सामाजिक अध्ययन कक्षा-१० एकाइ १० : जनसङ्ख्या र यसको व्यवस्थापन (Population and Its Management) अति छोटो उत्तर आउने प्रश्नहरू
एकाइ १०: जनसङ्ख्या र यसको व्यवस्थापन
(Population and Its Management)
अति छोटो उत्तर आउने प्रश्नहरू
१.
२०७८
को जनगणना अनुसार नेपालमा शहरमा बस्ने जनसङ्ख्याको प्रतिशत वृद्धि हुनाको एउटा
कारण लेख्नुहोस् ।
Ø शहरमा रोजगारी, शिक्षा, स्वास्थ्य, सेवा र अन्य सुविधा बढी हुनु ।
२.
२०७८
को जनगणना अनुसार सबैभन्दा बढी र कम जनसङ्ख्या भएका जिल्लाहरूको नाम लेख्नुहोस् ।
Ø बढी जनसंख्या भएका जिल्ला : काठ्माडौं- २०,१७,५३२
Ø कम जनसंख्या भएका जिल्ला : मनाङ्ग- ५,६४५
३.
विश्वको
जनसङ्ख्या वृद्धिदर घट्नुको एउटा कारण दिनुहोस् ।
Ø विश्वको जनसङ्ख्या वृद्धिदर घट्नुको
एउटा मुख्य कारण महिला शिक्षा र रोजगारीमा पहुँचको वृद्धि हो।
४.
जनसङ्ख्या
वृद्धि भन्नाले के बुझिन्छ ?
Ø जनसङ्ख्या वृद्धि भन्नाले कुनै निश्चित
समयमा कुनै निश्चित ठाउँको जनसङ्ख्यामा हुने वृद्धि वा बढोत्तरीलाई बुझिन्छ।
५.
नेपालमा
कृषि पेशामा संलग्न मानिसहरूको सङ्ख्या किन घट्दै गइरहेको छ ? एउटा कारण दिनुहोस् ।
Ø मुख्य कारण: वैदेशिक रोजगारीको अवसरमा
भएको वृद्धि हो ।
६.
जनसङ्ख्याको
आकार भन्नाले के बुझिन्छ ?
Ø जनसङ्ख्याको आकार भन्नाले कुनै निश्चित
समयमा कुनै निश्चित ठाउँमा बसोबास गर्ने मानिसहरूको कुल सङ्ख्यालाई बुझिन्छ।
७.
मधेश
प्रदेशमा जनघनत्त्व बढी हुनाको एउटा कारण लेख्नुहोस् ।
Ø मुख्य कारण : समथर भूभाग हो ।
८.
शहरीकरणले
निम्त्याउने एउटा समस्या उल्लेख गर्नुहोस् ।
Ø शहरीकरणले निम्त्याउने एउटा मुख्य
समस्या : आवासको अभाव
९.
दादुरा-रूबेला
खोप लगाएपछि तपाईले कस्तो महसुस गर्नुभयो ?
Ø दादुरा-खोप लगाएपछि मैले हल्का
दुख्नेको र केहि समय पछि ज्वरो आएको महसुस गरेको थिए ।
१०.
सकारात्मक
सोचले कसरी स्वस्थ जीवनशैली कायम गर्न मद्दत गर्छ ?
Ø सकारात्मक सोचले तनाव कम गरी स्वस्थकर
निर्णयहरू लिन प्रेरित गरेर स्वस्थ जीवनशैली कायम राख्न मद्दत गर्दछ।
११.
गुणस्तरीय
जीवन प्राप्त गर्न तपाईको परिवारले गरेको कुनै एक व्यवहारिक अभ्यास उल्लेख
गर्नुहोस ।
Ø गुणस्तरीय जीवन प्राप्त गर्न मेरो
परिवारले गरेको एउटा व्यवहारिक अभ्यास: नियमित रूपमा सँगै खाना खाने र कुराकानी गर्ने हो।
१२.
समुदायको
स्वास्थ्यमा सुधारगर्न तपाईको समुदायले गरेको कुनै एक कार्य लेख्नुहोस ।
Ø समुदायको स्वास्थ्यमा सुधार गर्न हाम्रो
समुदायले गरेको एउटा कार्य: नियमित रूपमा स्वास्थ्य शिविर आयोजना गर्नु हो।
१३.
गुणस्तरीय
जीवन कायम गर्न तपाईले गर्न सक्ने कुनै एक भूमिका उल्लेख गर्नुहोस ।
Ø गुणस्तरीय जीवन कायम गर्न मैले गर्न
सक्ने एउटा भूमिका: वातावरणलाई
स्वच्छ राख्न मद्दत गर्नु हो।
१४.
गुणस्तरीय
जीवन कायम गर्न तपाईको परिवारले अवलम्बन गर्दै आएको कुनै एक कार्य लेख्नुहोस ।
Ø गुणस्तरीय जीवन कायम गर्न मेरो
परिवारले अवलम्बन गर्दै आएको एउटा कार्य: नियमित रूपमा व्यायाम गर्नु हो।
१५. जनसंख्याको असमान वितरणले तपाईको समुदायमा
पारेको प्रभाव एक वाक्यमा लेख्नुहोस ।
Ø एक प्रभाव: समुदायमा भीडभाड बढ्नु
१६. नेपालमा पहाडी क्षेत्रबाट तराईको क्षेत्रमा बसाँइ सर्ने प्रवृति वर्षे पिच्छे बढी रहेको छ । यसलाई रोक्न के गर्नुपर्ला? एउटा प्रभावकारी सुझाव प्रस्तुत
गर्नुहोस।
नेपालमा पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्ने
प्रवृत्तिलाई रोक्नको लागि एउटा प्रभावकारी सुझाव: पहाडी क्षेत्रमा नै रोजगारी र अवसरहरू सिर्जना
गर्नु हो।
१७.
जनसंख्या वृद्धिका कारणले तपाईको वरिपरिको
समुदायमा पारेको कुनै एक प्रभाव लेख्नुहोस ।
Ø जनसंख्या वृद्धिका कारणले मेरो
वरिपरिको समुदायमा पारेको एउटा प्रभाव : फोहोरमैलाको व्यवस्थापनमा चुनौती थपिएको छ।
१८.
जनसंख्या
भनेको के हो ?
Ø जनसंख्या भन्नाले कुनै निश्चित समयमा
कुनै निश्चित ठाउँमा बसोबास गर्ने मानिसहरूको कुल सङ्ख्यालाई बुझिन्छ।
१९. राष्ट्रीय जनगणना २०७८ अनुसार नेपालको
जनसंख्या कति छ ?
Ø राष्ट्रीय जनगणना २०७८ अनुसार नेपालको
जनसंख्या - २,९१,६४,५७८
२०. राष्ट्रीय जनगणना २०७८ अनुसार नेपालको
जनसंख्या वृद्धिदर कति छ ?
Ø राष्ट्रीय जनगणना २०७८ अनुसार नेपालको
जनसंख्या वृद्धिदर: ०.९२ प्रतिशत
२१.
राष्ट्रीय
जनगणना २०७८ अनुसार नेपालको जनसंख्या वृद्धि दर ०.९२
प्रतिशत रहेको छ । यस हिसाबले नेपालको जनसंख्या दोब्बर हुन कती समय लाग्ला ?
Ø ७५ वर्ष
२२. जनसंख्या व्यवस्थापन गर्न एउटा चेतना
मुलक नारा तयार गर्नुहोस ।
Ø दुई सन्तान ईश्वरको बरदान
२३.
जनसंख्याको
वितरण भनेको के हो ?
Ø विभिन्न भौगोलिक क्षेत्र, प्रदेश, जिल्ला तथा स्थानिय तह अनुसारको जनसंख्याको अवस्थालाई जनसंख्या वितरण
भनिन्छ ।
२४.
पारिवारिक योजना भनेको के हो ?
Ø पारिवारिक जीवनलाई स्वास्थ्य, व्यवस्थित
र गुणस्तरीय बनाउने योजनालाई पारिवारिक भनिन्छ ।
२५.
गुणस्तरीय
जीवनका २ आधारहरु उल्लेख गर्नुहोस ।
Ø गुणस्तरीय जीवनका २ आधारहरु : स्वास्थ्य र शिक्षा
२६.
गुणस्तरीय जीवन पारिवारिक आकारमा किन भर पर्दछ?
Ø गुणस्तरीय जीवन पारिवारिक आकारमा
धेरै हदसम्म भर पर्दछ। ठूलो परिवारमा आवश्यकताहरू पूरा गर्न गाह्रो हुन्छ भने सानो
परिवारमा आवश्यकताहरू सजिलै पुरा हुन्छन।
२७. सामाजिक स्वास्थ्यको कुनै एक महत्व
लेख्नुहोस।
अथवा, सामाजिक स्वास्थ्यको किन महत्वपूर्ण छ ? कुनै एक कारण लेख्नुहोस ।
Ø सामाजिक स्वास्थ्यको महत्व: वातावरण
सरसफाइ र स्वास्थ्य जनशाक्ति उत्पादन गर्नु ।
२८. गुणस्तरीय जीवन पारिवारिक आकारमा किन भर पर्दछ?
Ø गुणस्तरीय जीवन पारिवारिक आकारमा
धेरै हदसम्म भर पर्दछ। ठूलो परिवारमा आवश्यकताहरू पूरा गर्न गाह्रो हुन्छ भने सानो
परिवारमा आवश्यकताहरू सजिलै पुरा हुन्छन ।
२९. सामाजिक स्वास्थ्यको कुनै एक महत्व
लेख्नुहोस।
अथवा, सामाजिक स्वास्थ्यको किन महत्वपूर्ण छ ? कुनै एक कारण लेख्नुहोस ।
Ø सामाजिक स्वास्थ्यको महत्व: वातावरण
सरसफाइ र स्वास्थ्य जनशाक्ति उत्पादन गर्नु ।
३०. नेपालको कुनै दुई वटा स्वास्थ्य
समस्याहरु के के हुन ?
नेपालको दुईवटा प्रमुख स्वास्थ्य समस्याहरु:
Ø स्वास्थ्य शिक्षाको कमि
Ø सरुवा रोगको प्रकोप
३१. सामाजिक स्वास्थ्य भनेको के हो ?
Ø समुदायका लागि समुदायकै व्यक्तिहरुले समुदायमा रहेका
स्वास्थ्य समस्या पहिचान गरी त्यसको समाधान गर्न एवम व्यक्तिगत तथा वातावरणीय
सुधार ल्याउन गरिने क्रियाकलापलाई सामुदायिक स्वास्थ्य भनिन्छ ।
३२. सन २०२२ मा विश्वको जनसंख्या कती
पुगेको छ ?
Ø हाल विश्वको जनसंख्या: ७ अर्ब ९६ करोड ३ लाखको हाराहारीमा छ ।
३३. सन २०२२ को तथ्याङ्क अनुसार्, विश्वको जनसंख्या वृद्धि दर कति पुगेको छ ?
Ø हाल जनसंख्या वृद्धिदर :०९ प्रतिशत
रहेको छ ।
३४. विश्वमा सबैभन्दा बढी जनसंख्या भएको
देश कुन हो ?
संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (UNFPA) को प्रतिवेदन अनुसार विश्वको सबैभन्दा
बढी जनसंख्या भएको देश भारतको रहेको छ ।
भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको छ।
चीनको जनसंख्या- १ अर्ब ४२ करोड रहेको छ।
३५.
वातावरण संरक्षणमा तपाईले खेल्न सक्ने कुनै एक भूमिका
लेख्नुहोस ।
Ø एउटा
विद्यार्थीको नाताले मैले वातावरण संरक्षण सम्बन्धी जनचेतना जगाउने कार्यमा सहयोग
गर्न सक्छु ।
९.
Comments
Post a Comment