Posts

Showing posts from November, 2023

कक्षा : १२ सामाजिक अध्य्यन तथा जीवनोपायोगी शिक्षा एकाइ : ७ सामाजिक पहिचान र विविधता

Image
  एकाइ : ७  सामाजिक पहिचान र विविधता  पाठ : १ सामाजिक वर्ग, वर्ग विभाजनका आधार र सामाजिक  (Social Class, Bases of Class Division and Social Transformation) १  .  सामाजिक वर्गको परिचय  : सामाजिक वर्ग भनेको आर्थिक आधारमा विभाजित तह हो ' वर्ग ‘ अंग्रेजीको class बाट नेपालीमा अनुवाद गरिएको शब्द हो जुन शब्द ल्याटिन भाषाको Classic बाट class मा रुपान्तरण भएको हो। यसको अर्थ मानिसको खास समूह भन्ने हुन्छ मानिसको खास समूह पनि आर्थिक अवस्थाले नै निर्धारण गर्दछ जस्तै आर्थिक रूपले सम्पन्न परिवारको समूह मध्यम स्तरका परिवारको समूह तथा आर्थिक रूपले विपन्न परिवारको समूहलाई वर्ग भनिन्छ। सबै समूहलाई वर्गको परिभाषाभित्र राख्न मिल्दैन। जस्तैः बालबालिकाको समूह , युवा समूह , बृद्धबृद्धाको समूह , महिला समूह , पुरुष समूह , धार्मिक तथा जातीय समूह आदि यस्ता समूहहरू वर्ग होइनन्। वर्ग हुनको लागि, आर्थिक रूपमा विभाजित समूह नै हुनुपर्छ। आधुनिक समाजशास्त्रीहरुले समाजमा ३ वटा वर्ग रहेको कुरा गर्दछन्: १ .  उच्च वर्ग ; आम्दानीको स्रोत राम्रो भएका , सामाजिक मान , प्रतिष्ठा र