सामाजिक अध्ययन कक्षा - १० (एकाई- १ देखी एकाई- ३ सम्म) नयाँ पाठ्यक्रम : २०८०

सामाजिक अध्ययन  कक्षा - १० (एकाई- १ देखी एकाई- ५ सम्म)  नयाँ पाठ्यक्रम : २०८०

 (Social Studies Class- 10) 


 एकाइ -
हामी र हाम्रो समाज ( We and Our Society)

पाठ - १ सामाजिकीकरण (Socialization)

तलको प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्।

१.      सामाजिकीकरण भनेको के हो ?

      सामाजिकीकरण भनेको

-       समाजमा रहेका मूल्य मान्यता, चालचलन, नीति नियम, बुझ्ने बुझाउने, सिक्ने सिकाउने प्रक्रिया हो।

-       व्यक्तिले अनुकरण, सल्लाह सुझाव र भाषाका माध्यमबाट समूहको मूल्य मान्यता, व्यवहार, जीवनशैली, परम्परा, विचार तथा सामाजिक व्यवहार सिक्ने प्रक्रिया हो।

२.      नेपाली बृहत शब्दकोषले सामाजिकीकरणलाई कसरी परिभाषित गरेको छ ?

          नेपाली बृहत शब्दकोष अनुसार्, "मानिसका गतिविधिलाई समाजसँग अनुकूल बनाउने वा सामाजिक बनाउने प्रक्रियालाई समाजिकिकारण भनिएको छ।"


३.      सामाजिकीकरण किन आवश्यक छ ? एक वाक्यमा लेख्नुहोस।

      मानिस सामाजिक प्राणी भएकोले र समाजमा भएका विभिन्न जात, धर्म, संस्कृतिका  मानिसहरुसँग मिलेर बस्नुपर्ने भएकाले सामाजिकीकरण आवश्यक छ

४.      सामाजिकीकरणलाई किन निरन्तर प्रक्रिया भनिएको हो ?

       मानिस जन्मेदेखि नमरुन्जलसम्म समाजका विभिन्न गतिविधि र कार्यमा संलग्न भइ निरन्तर रुपमा केही नकेही समाजका मूल्यमान्यता, प्रथा, परम्परा आदि सिक्ने र सिकाउने कार्य गरिरहेको हुन्छ त्यसैले सामाजिकीकरणलाई निरन्तर प्रक्रिया भन्ने गरिन्छ ।

५.      सामाजिक मूल्यमान्यताको हस्तान्तरण (Social Values Transfer) भनेको के हो ?

      सामाजिक मूल्यमान्यता एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण हुनुलाई सामाजिक मूल्यमान्यता हस्तान्तरण भनिन्छ । जस्तै: आमा बुवाले सिकेका कुराहरु छोरा-छोरीले सिक्नु ।

६.      तपाईंको समाजबाट तपाईंले सिकेका कुनै दुई सामाजिक व्यवहारहरू उल्लेख गर्नुहोस् ।

    मैले आफ्नो समाजबाट सिकेका सामाजिक व्यवहारहरु:  

-       ढोग र नमस्ते गर्न

-       पारिवारिक वा सामाजिक भेटघाटमा सहभागी हुनु

७.      सामाजिकीकरणको माध्यम (Agents of Socialization) लाई एक वाक्यमा परिभाषित गर्नुहोस् ।

   सामाजिक मूल्यमान्यता, परम्परा, र संस्कृति सिक्ने सिकाउने साधन वा माध्यमहरुलाई सामाजिकीकरणको माध्यम भन्ने गरिन्छ ।

८.      सामाजिकीकरणको एउटा महत्व लेख

    सामाजिकीकरणको एउटा महत्व: सामाजिकीकरणले सामाजिक सिपको विकास गर्छ ।

९.      सामाजिकीकरणको एउटा विशेषता उल्लेख गर्नुहोस।

   सामाजिकीकरणको एउटा विशेषता: सामाजिकीकरण निरन्तर रुपमा चलिरहने प्रक्रिया हो

१०.  सामाजिकीकरणका माध्यमहरु कती प्रकारका हुन्छन ? नाम लेख ।

   सामाजिकीकरणका माध्यमहरु दुइ प्रकारका हुन्छन्: प्राथमिक माध्यम र द्वितीय माध्यम 

११.  सामाजिकीकरणका कुनै दुइ तत्वहरु उल्लेख गर्नुहोस।  

    सामाजिकीकरणका तत्वहरु: भाषा र सामाजिक अन्तरक्रिया

१२.  तपाईको दौतरी समूहबाट तपाईंले सिकेका कुनै दुई सामाजिक व्यवहारहरू उल्लेख गर्नुहोस् ।

   मैले आफ्नो दौतारी समूह (Peer Groups) बाट सिकेका सामाजिक व्यवहारहरु : समस्यामा परेकालाई सहयोग गर्ने र पढे लेखेकाकुराहरु अन्तरक्रिया गर्ने

१३.  सामाजिकीकरण भएको व्यक्तिको व्यवहारमा कस्तो परिवर्तन हुन्छ ?

      सामाजिकीकरणले व्यक्तिलाई अनुशासितबनाई उसको व्यक्तित्वको विकास गर्नमा मद्दत गर्छ ।






तलको प्रश्नहरुको छोटो उत्तर दिनुहोस्।

१.      सामाजिकीकरणको परिचय दिँदै सामाजिकीकरणको महत्त्वलाई चार बुँदामा उल्लेख गर्नुहोस् ।

    सामाजिकीकरणको परिचय (Introduction to Socialization)

    सामाजिकीकरण भनेको

          -  समाजमा रहेका मूल्य मान्यता, चालचलन, नीति नियम, बुझ्ने बुझाउने, सिक्ने सिकाउने            प्रक्रिया हो।
  - व्यक्तिले अनुकरण, सल्लाह सुझाव र भाषाका माध्यमबाट समूहको मूल्य मान्यता, व्यवहार,                जीवन शली, परम्परा, विचार तथा सामाजिक व्यवहार सिक्ने प्रक्रिया हो।

   यसरी भन्नु पर्दा, सामाजिकीकरण भनेको समाजका नीति नियम, चालचलन, प्रथा र परम्परा अरु व्यक्तिसँग गर्ने व्यवहारहरु सिक्ने सिकाउने प्रक्रिया हो । यसले सामाजिक सिप सिकाउनुको साथै सामाजिक नियम र कानुनको पालनागर्न सिकाउँछ ।  यसले हामीले हाम्रा मान्यजन, आफु भन्दा ठुलो र आफु भन्दा सानो उमेरका व्यक्तिहरुसगँ कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा पनि सिकाउँछ

     सामाजिकीकरणको महत्व (Importance of Socialization)

        -       सामाजिकीकरणले सभ्य समाजको निर्माण गर्छ ।
        -       यसले हरेक व्यक्तितहरुलाई सामजिक मूल्य मान्यता र आदर्शका पाठहरु सिकाउँछ ।
        -       यसले व्यक्तिमा सामाजिक सिपहरुको विकास गर्छ ।
        -       यसले व्यक्तिको व्यक्तित्वको विकासगर्नमा मद्दत गर्छ ।
        -       यसले व्यक्तिलाई समाजको अनुशासित, जिम्मेवार र सक्रीय सदस्य बनाउँछ ।
        -       यसले व्यक्तिलाई सामाजिक वातावरणमा घुलमिल गराउँछ ।

२.      सामाजिकीकरणका प्रमुख विशेषताको सूची बनाउनुहोस् ।

   सामाजिकीकरणका विशेषताहरु ( Features of Socialization)

        -       सामाजिकीकरण जीवनभर वा निरन्तर चल्ने प्रक्रिया हो ।

        -       प्रक्रिया र स्थान अनुसार सामाजिकीकरण फरक फरक तरिकाको हुन्छ ।

        -       सामाजिकीकरण सांस्कृतिक हस्तान्तरण तथा सांस्कृतिक आत्मसात गर्ने प्रक्रिया हो ।

        -       सामाजिकीकरण सामाजिक सदस्य बनाउन र आत्मविश्वास बढाउने प्रक्रिया हो ।

        -       यो समाजको सदस्यलाई सामाजिक प्राणी बनाउने प्रक्रिया हो ।

        -       यसले मानिसहरुको मानविय व्यवहार नियन्त्रणगरी अनुशासन कायम गर्ने गर्दछ ।

३.      सामाजिकीकरणका तत्त्वहरू समेटी एक चार्ट तयार गर्नुहोस् ।

    


४.      सामाजिकीकरणका तत्त्वहरूमध्ये तपाईलाई सबैभन्दा बढी महत्त्वपूर्ण कुन लाग्छ ? कारण लेख्नुहोस्

   सामाजिकीकरणका तत्वहरु मद्धे सामाजिक अन्तरक्रिया (Social Interaction) मलाई सबै भन्दा महत्वपूर्ण तत्व हो जस्तो लाग्छ। यसका कारणहरु निम्नलिखित छन्:

-       सामाजिक क्रियाले एउटा व्यक्तिको अर्को व्यक्ति, संस्था, वा समूहसँग अनुभव र विचार साट्नमा मद्दत गर्छ।

-       यसले मानिसमा सहयोगी भावनाको विकास गर्छ ।

-       यसले मानिसको मूडलाई हल्का बनाउन सक्छ र खुसी महसुस गराउँछ ।

-       यसले मानिसमा सकारात्मक सोचको विकास गराउँछ ।

-       सामाजिक अन्तरक्रिया आवश्यक छ किनकि यसले विद्यार्थीहरूलाई सम्बन्ध बनाउन, आफू र अरूसँग विश्वास निर्माण गर्न, विभिन्न विषयहरू बुझ्न, नयाँ कुराहरू सिक्न, र सामाजिक र संज्ञानात्मक रूपमा विकास गर्न मद्दत गर्दछ।

५.      सामाजिकीकरणका माध्यम / निकायहरूको सूची बनाई कुनै एकको बारेमा विवचेना गर्नुहोस् ।

     अथवा,   सामाजिकीकरणका माध्यमहरु कति प्रकारका हुन्छन ? छोट्करीमा लेख्नुहोस । 

    सामाजिकीकरणका माध्यमहरु (Agents of Socialization)

    सामाजिक मूल्यमान्यता, परम्परा, र संस्कृति सिक्ने सिकाउने साधन वा माध्यमहरुलाई   सामाजिकीकरणको माध्यम भन्ने गरिन्छ ।

    यी माध्यमहरु मुख्यगरी दुइ प्रकारका हुन्छन्:

    १.   प्राथमिक माध्यम (Primary Agents) : बालबालिकाहरु जुन माध्यमसँग सर्वप्रथम परिचित       हुन्छन ति माध्यमहरुलाई प्राथमिक माध्यम भनिन्छ

            - परिवारका सदस्यहरु: आफु भन्दा ठुलाको व्यवहारको नक्कल गर्नु, नमस्ते, गुड मर्निङग भन्न       सिक्नु, ढोगगर्नु आदि

            -  दौँतारी समूह: साथीहरुका व्यवहार र क्रियाक्लापहरु सिक्नु    

            - छर छिमेक र नातेदार आदि

. द्वितीय माध्यम (Secondary Agents) : यस अन्तर्गत शैक्षिक संस्था, धार्मिक संस्था, राजनीतिक संस्था, सामाजिक संस्था, संङ्गसंस्था, संचारका माध्यमहरु, व्यवसायिक समुहहरु, काम गर्ने ठाँउहरु आदि पर्दछन।

   - शैक्षिक संस्था: विद्यालय, कलेज, विश्वविद्यालय आदि

- धार्मिक संस्था : मन्दिर, मस्जिद, गिरिजाघर, गुम्बा आदि

- राजनीतिक संस्था: राजनीतिक पार्टीहरु

- सामाजिक संस्था: क्लब, समिति, समूह आदि

- संङ्गसंस्था : UNICEF, SOS, CWIN आदि

- व्यवसायिक समुहहरु: बैंक, वित्तिय संस्था, सहकारी आदि

- काम गर्ने ठाँउहरु: अफिस, अड्डा, पसल आदि

- संचारका माध्यमहरु : रेडिओ, टि. भी., मोबाइल फोन आदि



तलको प्रश्नहरुको लामो उत्तर दिनुहोस्।

१.      तपाईंले आफ्नो परिवारबाट सिकेका सामाजिक मूल्यमान्यताको पहिचान गरी सूची बनाउनुहोस्।

    परिवारबाट सिकेका सामाजिक मूल्यमान्यताहरुको सुची :

   परिवारले हाम्रो आत्मविश्वास बढाउँछ र हामीलाई माया गरेको महसुस गराउँछ। परिवारका सदस्यहरु हाम्रो शक्तिका स्तम्भहरू हुन् जुन कहिल्यै खस्दैन बरु हामीलाई बलियो राख्छन ताकि हामी राम्रो मान्छे बन्न सक्छौं। हामी प्रेम, सम्मान, विश्वास, आशा, हेरचाह, संस्कृति, नैतिकता, परम्परा आदि मूल्यहरू हाम्रो परिवार मार्फत सिक्ने गरेका हुन्छम्:

   हामीले हाम्रो परिवार बाट सिकेका मूल्यमान्यताहरु निम्नलिखित छन्:

        -       सकारात्मक सोच

        -       सधैं कृतज्ञ हृदय राख्ने

        -       जुनसुकै काममा सधैं कडा मेहनत गर्ने

        -       अरूलाई राम्रो बनाउन प्रयास गर्ने

        -       हरेक दिन उपहारको रुपमा लिने

        -       जिम्मेवारी बहन गर्ने

        -       अरूलाई मद्दत गर्ने

        -       राम्रो व्यवहार देखाउने

        -       रचनात्मक हुने

        -       समानुभूति देखाउने

        -       असल बानीको विकास गर्ने

        -       ठूलाको सम्मान गर्ने

        -       अनुशासित हुने

        -       इमानदार हुने

        -       टोली भावनामा विश्वास राख्ने आदि




२.      हाम्रा सामाजिक मूल्यमान्यताको संरक्षण र संवर्धन गर्न के कस्ता कार्यहरू गर्नुपर्ला सिफारिस गर्नुहोस् ।

   हाम्रा सामाजिक मूल्य र मान्यताहरु संरक्षण र संवर्धनगर्ने उपायहरु:

        -       संग्रहालयहरु स्थापनागर्न लगाएर सांस्कृतिक साइटहरूलाई पर्यटन क्षेत्रमा परिणत गरेर

        -       साहित्य र कविताको पाठगर्न लगाएर

        -       आगामी पुस्तालाई सांस्कृतिक ज्ञान प्रदान गरेर

        -       सांस्कृतिक परम्परा कायम राख्न अरूसँग साझेदारी गरेर

        -       विभिन्न सांस्कृतिका कार्यक्र्मको आयोजना गरेर

        -       सांस्कृतिक प्रती सम्मान देखाएर

        -       पुराना र भाँचिएका वा क्षतिग्रस्त साइटहरूको नियमित मर्मतसम्भार र मर्मत गरेर

        -       साँस्कृतिक सम्पदाको महत्व र तिनको संरक्षण गर्ने तरिका बारे जनचेतना जगाएर

        -       सुरक्षा व्यवस्था कडा पारेर

        -       धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गरेर

        -       धार्मिक सहिष्णुतालाई अझ व्यवहारिक तरिकाले विकास र अभ्यास गर्न लगाएर


३.      विद्यालयलाई सामाजिकीकरणको द्वितीय माध्यमको रुपमा लिइन्छ, किन ?  कारण दिनुहोस ।

विद्यालय: दोस्रो प्रमुख सामाजिकीकारणको माध्यमको रुपमा 
(School as Medium of the Secondary Agent of Socialization)

विद्यालय भनेको सामाजिक संस्था हो जसले औपचारिक र अनोपचारिक  शिक्षा प्रदान गर्छ । विद्यालयलाई समाजीकरणको द्वितिय एजेन्ट भनिन्छ। विद्यालयमा अन्तरक्रिया एक व्यक्ति, शिक्षक र साथी विद्यार्थीहरू बीच हुन्छ। विद्यालयमा सामाजिकीकरणको उद्देश्य बालबालिकाहरूलाई सामाजिक, भावनात्मक र संज्ञानात्मक सीपहरू प्रदान गर्नु हो ताकि उनीहरूले समाजमा सफलतापूर्वक काम गर्न सकून्। विद्यालयलाई द्वितिय महत्वपूर्ण सामाजिकीकरणको माध्यमको रुपमा लिनुका कारणहरु निमलिखित छन्:

-       विद्यालय एउटा सामाजिक संस्था हो र यसलाई  सामाजिककरणको प्रक्रियाहरू बृद्धि गर्ने उद्देश्यले सिर्जना गरिएको हो।

-       विद्यालयले व्यक्तिमा 'सामाजिक आत्म सिर्जना गर्ने' प्रक्रियामा योगदान गर्दछ।

-       विद्यालयलाई संस्कृति प्रसारितगर्ने उद्देश्यले निर्माण गरिएको हुन्छ जसले समाजीकरणमा मद्दत गर्दछ।

-       विद्यालयका पाठ्यक्रमहरू प्राय: सामाजिककरणलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने तरिकामा डिजाइन गरिएको हुन्छ ।

-       विद्यालयले हामी लाई सञ्चार गर्ने सिकाउँछ र साथै भाषाहरूसँग परिचय गराउँछ।

-       समाजको लागि उपयोगी बनाउने सीपहरू प्रदानगर्न स्कूल  महत्वपूर्ण भूमिका खेल्छ।

-       आ-आफ्नो समाजमा मानिसहरूलाई सार्थक बनाउन विद्यालयहरु प्रत्यक्ष रूपमा जिम्मेवार हुन्छन्। उदाहरणका लागि, डाक्टर, इन्जिनियार, पाइलेट आदि बनाउनमा।





                    (All Images Credit: Google Images)



पाठ - २ पहिचान र विविधता 
(Identity and Diversity)


 अभ्यास
तलको प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्।
१.      पहिचान भनेको के हो ?
पहिचान भनेको एक व्यक्तिको जातिगत, धर्म, सम्प्रदाय, शारीरिक,  मनोवैज्ञानिक, सामाजिक भूमिकाहरूको आधारमा हुने परिचयलाई जनाउँछ ।

२.      क्षेत्रीय पहिचान भनेको के हो ?       
क्षेत्रीय/ स्थानीय पहिचान त्यस्तो पहिचान हो जहाँ मानिसहरूले आफूलाई निश्चित क्षेत्रको सामाजिक प्रणाली, मानिसहरू, संस्कृति, परम्परा, भाषा, जीवनशैली इत्यादिसँग पहिचान गर्छन्। क्षेत्रीय पहिचान मूल्य प्रणालीमा आधारित हुन्छ ।

३.      धार्मिक पहिचानका कुनै दुई उदाहरण लेख्नुहोस् ।
    धार्मिक पहिचानको उदाहरण: हिन्दू, बौद्ध इस्लाम, किराँत आदि। 
४.      तपाईंको क्षेत्रीय पहिचान के हो ?
        मधेस , थरुहट वा तराईवासी 
५.      तपाईंको साथीको दिदीले नागरिकता बनाउँदा 'यौनिक अल्पसङ्ख्यक' लेखेको नागरिकता पाउनुभयो। यो उहाँको कुन पहिचानसँग सम्बन्धित छ             
       नागरिक्तामा 'यौनिक अल्पसङ्ख्यक्' लेखिएको पाइएमा - लैङ्गिक पहिचान
६.      राष्ट्रिय पहिचान भनेको के हो ?
       राष्ट्रिय पहिचान भन्नाले आफ्नो देशको ऐतिहासिक र सांस्कृतिक परम्परा, नैतिक मूल्यमान्यता,  आदर्श, मान्यता, राष्ट्रिय सार्वभौमसत्ता आदि भएको देशका नागरिकको पहिचानलाई जनाउँछ।

७.      विविधतामा एकता भनेको के हो ?
       विविधतामा एकता एक अवधारणा हो जसले व्यक्तिहरू बीच रहेको निश्चित भिन्नताहरू जस्तै संस्कृति, भाषा, विचारधारा, धर्म, सम्प्रदाय, वर्ग, जाति आदि  बीचको एकतालाई जनाउँछ । विभिन्न वेषभूषा, गीत, सङ्गीत, कला, संस्कृति भएपनि सँगै रमाउनु विविधतामा एकता हो ।

८.      लिङ्ग र लैंगिकता बिच एक फरक लेख ।
    लिङ्ग र लैंगिकतामा फरक : लिङ्ग जैविक विशेषताहरूसँग (Biological features) सम्बन्धित हुन्छ तर लैंगिकता सामाजिक सुविधाहरूमा (Social features) आधारित हुन्छ ।

९.      नेपालमा विविधतामा एकता कायम गर्न सक्ने एउटा उपाय लेख।
   नेपालमा विविधतामा एकता कायम गर्न सक्ने एक उपाय: फरकपन स्वीकार गर्ने

१०.  पहिचानका मुख्य दुइ तहहरु के के हुन।
   पहिचानका मुख्यतया दुई तह हुन्छन्: १. व्यक्तिगत पहिचान २. सामूहिक पहिचान


तलको प्रश्नहरुको छोटो उत्तर दिनुहोस्।
१.      पहिचान शब्दलाई परिभाषित गर्दै यसको महत्त्व उल्लेख गर्नुहोस् ।
    पहिचानको अर्थ (Meaning of Identity)

पहिचान भनेको एउटा चिनारी हो जुन मानिस ले आफ्नो जात, धर्म, इतिहास, संस्कृति, संस्कार्, पेशा आदीको आधारमा पाएको हुन्छ अर्को शब्दमा भन्नु पर्दा, पहिचान एउटा व्यक्तिको जातिगत, धर्म, सम्प्रदाय, शारीरिक, मनोवैज्ञानिक, सामाजिक भूमिकाहरूको आधारमा हुने परिचयलाई जनाउँछ ।  पहिचानका मुख्यतया दुई तह हुन्छन्:    . व्यक्तिगत पहिचान     . सामूहिक पहिचान

पहिचान अस्थायी र परिवर्तनशील हुन्छ। कुनै पनि व्यक्तिले आफ्नो व्यक्तिगत, संस्कारगत, धार्मिक तथा सामाजिक पहिचान परिवर्तन गरेर अर्को पहिचान स्थापित गर्न सक्छ ।सामाजीकरणले पहिचान परिवर्तनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । 

पहिचानको महत्व (Importance of Identity)

पहिचानले "म को हुँ ?" भन्ने प्रश्नको उत्तर दिनमा मद्दत गर्छ । पहिचानका महत्वलाई निम्न बुदाँमा प्रस्तुत गर्न सकिन्छ:

    -   पहिचानले आफ्नोपन वा अपनत्वको भावनाको विकास गराउँछ । जस्तै- आफ्नो समूदायको         भाषा,  संस्कृति, चाडपर्व, आदि ।
    -    यसले आत्मविश्वास जगाउँछ र मानिसहरुलाई थप आशावादी बनाउँछ ।
    -   समाजमा पहिचान किन महत्त्वपूर्ण छ किनकी यसले तपाइँ को हो भनेर तपाइँ कसरी परिभाषित        गर्नुहुन्छ; अरूले तपाईंलाई कसरी परिभाषित गर्छन् भन्ने कुराबारे जानकारी दिन्छ।
    -   पहिचानले आफ्नो अधिकार र अवसरप्रति सचेत गराउँछ । जस्तै- आरक्षण, छात्रवृति, सामाजिक      सुरक्षा भत्ता आदि।
    -   पहिचानले व्यक्ति वा समूहको परिचय दिन्छ। जस्तै- म थारु हुँ, म हिन्दू हुँ, हामी अल्पसङ्ख्यक      हौं,  हामी नेपाली हौ ।
    -   विभिन्न पृष्ठभूमिका मानिसहरूलाई थप खुला बनाउँदछ।

२.      बहुपहिचान भनेको के हो ? यो किन आवश्यक छ ?
    बहुपहिचान र यसको आवश्यक्ता

कुनै व्यक्ति जन्मेपछि उसको सामाजिकीकरण सुरु हुन्छ । त्यसपछि उसको परिवार वा समाजमा बोलिने भाषा, नाता कुटुम्ब, धार्मिक संस्कार, रीतिथिति, प्रथा परम्परामा ऊ समाहित हुन्छ । यसबाट उसको सामूहिक पहिचान स्थापित हुन्छ ।जसलाई हामी बहुपहिचान भन्ने गर्दछौ । उदाहरणका लागि तराइको थारु समुदाय मा जन्मेको  बालकले आफ्नो थारु संस्कार अनुसार हुर्किन्छ, उसले हिन्दू धर्म पालन गर्छ, उ स्कुल गए पछी नेपाली भाषा पनि सिक्छ । यसरि उसको सामूहिक पहिचान थारु, हिन्दू  नेपालीका रूपमा स्थापित हुन्छ ।  अर्को शब्दमा  भन्नु पर्दा, यदी कसैले आफ्नो पहिचान दिँदा- म पुरुष हुँ । म हिन्दू हुँ । म नेपाली हुँ । म थारु हुँ । म मधेसी हुँ । भन्दछ भने त्यो बहुपहिचान हो ।

यो हाम्रो जस्तो मुलुकमा निम्न कारणले आवश्यक छ:

-    नेपाल बहुजातिय, बहुभाषिक्, र बहुसांस्कृतिक मुलुक हो।

-    यसलाई सङ्घियताको आधारको रुपमा लिने गरिन्छ।

-    यसले सबैको आफ्नो पहिचान होस र सबैको पहिचानको सम्मान होस भन्ने धारणा बोकेको हुन्छ।

-    यसले विविधतामा एकतालाई संबोधन गर्छ ।

-    यसले सामुहिक कार्य र अरुको कार्यप्रती सम्मानको भावनाको विकास गर्छ।

३.      लैङ्गिक पहिचान भनेको के हो ? लैङ्गिक पहिचानको महत्त्व छोटकरीमा उल्लेख गर्नुहोस् ।

लैङ्गिक पहिचान (Gender Identity)

   लैङ्गिक पहिचान भनेको व्यक्तिको महिला,पुरुष, यौनिक अल्पसङ्ख्यकको रुपमा गरिने चिनारी हो।मानिस जन्मजातनै महिला, पुरुष वा अल्प सङ्ख्यक भएर जन्मेका हुन्छन। शारीरिक रुपमा महिला पुरुष भन्दा फरक हुन्छन । जन्मदै महिला योनी र पुरुष लिङ्ग लिएर जन्मिन्छन। पुरुषको दारी आउँछ, महिलामा रजस्वाला हुन्छ, सन्तान जन्माउँछन र स्तनपान गराउँछन। पुरुषमा XY क्रोमोजोम हुन्छ भने महिलामा XX क्रोमोजोम हुन्छ। यो सबै जैविक वा प्राकृतिक  भिन्नता हो

   नेपालमा सन २००१ मा यौनिक अल्पसङ्ख्यकहरुको हकहितका लागि निलहिरा समाज (Blue Diamond Society) नामक संस्था स्थापना भएको थियो ।

लैङ्गिक पहिचानको महत्व:

-    लैङ्गिक पहिचान आफ्नो वास्तविक लिङ्ग पहिचान देखाउन महत्वपूर्ण छ।

-    भावनात्मक र मानसिक स्वास्थ्यको लागी

-    लैङ्गिक समाजीकरणको लागी

-    आफ्नो लैङ्गिक विश्वासहरू विकासगर्नको लागी

-    आफ्नै लैङ्गिक पहिचान बनाउनको लागी

-    लैङ्गिक निर्णयहरूबारे  सबैलाई सचेत राख्नको लागी

-    लैङ्गिक भूमिका र मापदण्डहरू निराधारित गर्नको लागी

-    हाम्रो परिवारहरूमा लैङ्गिक भूमिकाहरूले कसरी घरको कामहरू साझा गर्छन्, परिवारका सदस्यहरूले कसरी एकअर्कासँग कुराकानी गर्छन्, र आमाबाबुले आफ्ना बच्चाहरूसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने बारे जान्न र बुझ्नको लागी

                        


४.      नेपालमा सदियौं देखि कायम रहेको विविधतालाई निरन्तरता दिन के गर्न सकिन्छ ? कुनै पाँच उपायहरू उल्लेख गर्नुहोस् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र क्षेत्रीय विविधता भएको देश हो । यहाँ सबैको आआफ्नै संस्कृति रहेका छन् । हिमाल, पहाड र तराई गरी मुख्य तीन भौगोलिक प्रदेशहरूमा मानिसहरूको बसोबास छ र उनीहरूको आआफ्नै क्षेत्रीय विशेषताहरू रहेका छन् । यहाँ १२५ जातजाति, १२९ भाषाहरू बोल्ने मानिसहरू र दर्जनौं धर्म मान्ने मानिसहरू बसोबास गर्दछन् । राज्यले विभिन्न कानुन, नीति र कार्यव्रम्महरू सञ्चालन गरेर सबैको आआफ्नो पहिचान सहितको समावेशीकरणको व्यवस्था मिलाई राष्ट्रिय एकता कायम गर्न प्रयास गरेको छ।

नेपालमा विविधतामा एकता कायम राख्न अपनाउनुपर्ने उपायहरु:

-       हरेक नेपालीमा एकअर्का प्रति सदभाव, सम्मान, र एकताको भावनाको विकास गरेर
-       भेदभाव रहित वातावरण सिर्जना गरेर
-       फरक जात जति, धर्म वा सम्प्रदायको चाल चलन, भेषभुषा र अभिव्यक्ती स्वीकार गरेर
-       छुवाछुतको भावनालाई हटाएर र द्वन्दरहित वातावरण सिर्जना गरेर
-       अन्तरजातिय र अन्तरसांस्कृतिक विवाह तथा भोज भतेरमा व्यक्ती र समाजलाई अन्तरघुलन गराएर
-       ऐन, कानुन तथा नियमको पूर्ण रुपमा पालना गरेर
-       समाजमा विद्यमान रुढिबादी परम्परालाई हटाएर  

५.      अपाङ्गता भएका व्यक्तिको समावेशीकरण कसरी प्रभावकारी बनाउन सकिन्छ ? कुनै पाँच बुँदामा उल्लेख गर्नुहोस ।
नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि भएका समावेशीकरणका प्रयासहरु वा प्रभावकारी बनाउने उपायहरु:

-       राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक सदस्यमा अपाङ्गता भएका व्यक्तिलाई समावेश गर्नुपर्ने संवैधानिक व्यवस्था गरिएको छ ।

-       संवैधानिक आयोगका रूपमा समावेशी आयोगको व्यवस्था छ ।

-       अपाङ्गता परिचयपत्रको वितरण र त्यसका आधारमा भत्ताको व्यवस्था छ ।

-       यातायातमा आरक्षण सिटको व्यवस्था र भाडादरमा छुट दिने नीतिगत प्रावधानहरू छन् ।

-       स्वस्थ्य उपचारका लागि छुट सुविधा प्रदान गरिएको छ ।

-       निजामती सेवा, शिक्षक सेवालगायतका सेवामा अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण कोटा (आरक्षण कोटाको ४५% लाई सत प्रतिशत मानी ५% सिट अपाङता कोटा) को व्यवस्था गरिएको छ ।

-       विद्यालय, सार्वजनिक स्थल, शौचालय तथा भवनहरूमा अपाङ्ग मैत्री संरचनाको विकास हुन थालेका छन् ।

-       अपाङ्ग छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

 

६.      तपाईंको कक्षाकोठामा कस्तो खालको विविधता छ ? कुनै पाँच बुँदामा उल्लेख गर्नुहोस् ।
मैले पढ्ने कक्षा कोठामा पाइएको विविधताहरु:
मैले पढ्ने कक्षा कोठामा पाइएको विविधताहरु यस प्रकार छन्:
-    मैले पढ्ने कक्षामा विभिन्न जाति तथा जनजातिका विद्यार्थीहरु (जातिगत विविधता) पढ्ने गर्दछन।  तिनीहरु फरक फरक जातिका जस्तै- थारु, मुस्लिम, बाहुन्, छेत्री, थापा, मगर, सुनार्, यादव          आदि रहेका छन।
-    केहि विद्यार्थीहरु अपाङ्गता भएका पनि छन । दुइ जना दिर्ष्टिगत अपाङ्गता भएका र एक जना    एउटा हात नभएका छन।
-    लैङ्गिक पहिचान अर्को विविधता हो। लगभाग ६०% छात्रा र ४०% जती छात्र छन।
-    कक्षा कोठामा धार्मिक विविधता पनि विद्यमान छ। धेरै जसो हिन्दू, केहि मुस्लिम र केहि बौद्ध      धर्म मान्ने विद्यार्थीहरु छन।
-    त्यस्तैगरी, उमेरको पनि विविधता कक्षा कोठामा विद्यमान नै छ । धेरै जसो विद्यार्थीहरु १६      देखी १८ वर्ष बिचका भने केहि २०-२१ वर्षका र कोही त १४-१५ वर्षका पनि छन ।

 


तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्
७.      "नेपाल एक सुन्दर साझा फूलबारी हो ।पुष्टि गर्नुहोस्
    नेपाल एक सुन्दर साझा फुलबारी हो,” पुष्टी गर्नुहोस ।

नेपाल एउटा सुन्दर साझा फूलबारी हो भने हामी सबै नेपालीहरू यो साझा फूलबारोमा फुलेका फूलहरू हौँ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तरको हिमाली क्षेत्रदेखि दक्षिणको तराईसम्म बसोबास गर्ने नागरिकहरूलाई नेपालीनामको धागोले बनेको एउटै माला गाँसेको छ। "हिमाल, पहाड़ तराई, कोही छैन पराई।" भन्ने भनाई यो सन्दर्भमा सान्दर्भिक छ । मेचीदेखि महाकाली सम्म हामी सबै नेपालीहरु जाति फरक भए पनि हामी सबैमा एउटै गोर्खाली रगत बगेको छ। धर्म फरक भए पनि धार्मिक सहिष्णुताको बलियो विश्वास अमर रहेको छ। त्यसैगरी भौगोलिक क्षेत्र फरक रहे पनि नेपाली माटोको न्यानो मायाले सबैलाई अङ्गालेको छ ।

वि. सं. २०६८ को जनगणनाअनुसार नेपालमा मुख्य गरी १२५ जातजाति, १२३ भन्दा बढी भाषाभाषी र १०  धर्मावलम्बीहरूको बसोबास रहेको छ । विभिन्न मठमन्दिर, चैत्यगुम्बा, मस्जिद र चर्चहरूले सजिएको हाम्रो देश नेपाल धार्मिक सहिष्णुताको नमुना राष्ट्र हो। विभिन्न धर्मावलम्बीहरूका चाडपर्व र मेलाजात्रामा हामी सबै नेपालीहरू मिलेर रमाउँछौँ। एउटा नेपालीलाई दुःख वा आपत् विपत् परेको बेला अरू नेपालीले मिलेर सहयोग गर्नु नै हाम्रो मूल धर्म हो। त्यसैले हाम्रो देश नेपाल विभिन्न जातजाति, भाषा, संस्कृति र सभ्यताको साझा फूलबारी हो।

८.      विविधतामा एकता भनेको के हो ? नेपालको सन्दर्भमा यसको महत्व उल्लेखगरी यसलाई कायमगर्न के कस्ता उपायहरु अपनाउनु पर्ला? उल्लेख गर्नुहोस।

विविधतामा एकता (Unity in Diversity)

   विविधतामा एकता भनेको विविध सांस्कृतिक, धार्मिक विश्वास, सामाजिक स्थिति र अन्य जनसांख्यिकीय भिन्नता भएका व्यक्तिहरू बीचको एकतालाई जनाउनु हो। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र क्षेत्रीय विविधता भएको देश हो । यहाँ सबैको आआफ्नै संस्कृति रहेका छन्। हिमाल, पहाड र तराई गरी मुख्य तीन भौगोलिक प्रदेशहरूमा मानिसहरूको बसोबास छ र उनीहरूको आआफ्नै क्षेत्रीय विशेषताहरू रहेका छन् । यहाँ १२५ जातजाति, १२९ भाषाहरू बोल्ने मानिसहरू र दर्जनौं धर्म मान्ने मानिसहरू बसोबास गर्दछन् ।

   वि.सं. २०६३ साल भन्दा अगाडि नेपाल हिन्दु राज्य थियो । तर सांस्कृतिक विविधतालाई सम्बोधन गर्न राज्यले धर्म निरपेक्षता घोषणा गन्यो । यसो गर्नुको पछाडि सबै जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग तथा पेशामा आवद्ध मानिसहरूमा समानता कायम गर्नु हो । राज्यले विभिन्न कानुन, नीति र कार्यव्रम्महरू सञ्चालन गरेर सबैको आआफ्नो पहिचान सहितको समावेशीकरणको व्यवस्था मिलाई राष्ट्रिय एकता कायम गर्न प्रयास गरेको छ।

   विधतामा एकताको महत्व (Importance of Unity in Diversity) 

          -       विविधतामा एकताले विविध संस्कृति र पृष्ठभूमि भएका मानिसहरूसँग शान्तिपूर्ण सहअस्तित्व         कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।
    -       यसले उनीहरूको असहमतिको बाबजुद एकताबद्ध रहन मद्दत गर्दछ।
    -       यसले कार्यस्थल, कम्पनी र समाजमा मानिसहरूको मनोबल बढाउँछ।
    -       यसले व्यक्तिहरू बीचको सम्बन्ध र सहयोग सुधार गर्न मद्दत गर्दछ ।
    -       यसले काममा गुणस्तर, उत्पादकता, र जीवनशैलीमा सुधार ल्याउँछ।
    -       यसले खराब परिस्थितिमा पनि सञ्चारलाई प्रभावकारी बनाउँछ।
    -       यसले व्यक्तिहरूलाई सामाजिक समस्याहरूबाट टाढा लैजान्छ र प्रभावकारी रूपमा विवादहरू         समाधान गर्न मद्दत गर्दछ।
    -       यसले मानव सम्बन्ध सुधार गर्दछ र मानव अधिकारको रक्षा गर्दछ।
    -       यसले देशको समृद्ध सम्पदालाई महत्व दिन्छ र हाम्रो देशको सांस्कृतिक सम्पदालाई बढाउँछ र       समृद्ध बनाउँछ।
    -       यसले राष्ट्रको एकता र देशको दिगो विकासमा सहयोग गर्छ ।


   
    

     हाम्रा विविध पहिचानहरु (Our Different Identities)    

   हाम्रो पहिचान हाम्रो गर्वको पनि विषय हो । नेपालमा सङ्घियता र सामर्थ्यलाई पहिचानको आधारको रुपमा लिने गरिन्छ । नेपाल एउटा बहुजातीय, बहुभाषिक्, बहुसांस्कृतिक मुलुक हो। नेपालको सन्दर्भमा निम्न विविध पहिचानहरुलाई अध्ययनगर्न सकिन्छ:

१.      राष्ट्रिय पहिचान (National Identity)

   कुनै एउटा राष्ट्रियता वा राष्ट्रसँग आबद्ध हुनु राष्ट्रिय पहिचान हो । जातीय, क्षेत्रीय, लैगिक, धार्मिक, भाषिक पहिचानका बाबजूद एक राष्ट्रको छाताभित्र समेटिएका सबै व्यक्तिहरूको एउटै साझा पहिचान हुन्छ । त्यसलाई राष्ट्रिय पहिचान भनिन्छ । राष्ट्रिय पहिचान एउटा साझा पहिचान हो । राष्ट्रिय पहिचानले विविधतामा एकता कायम गर्न मद्दत गर्छ । उदाहरणका लागी हाम्रो नागरिकता, राहदानीराष्ट्रिय परिचयपत्रले हाम्रो राष्ट्रिय पहिचान 'नेपाली' भएको पुष्टि गर्छन्।

   उदाहरणहरु: नेपाली, भारतीय, अमेरिकी, जापनिज आदि

२.      धार्मिक पहिचान (Religious Identity)

   धार्मिक पहिचानले व्यक्तिहरूको आफ्नो जीवनकालमा धार्मिक वा आध्यात्मिक अभ्यासहरु स्वतन्त्ररुपले आफ्नो व्यक्तिगत भावना अनुरुपगर्न पाउनुलाई बुझाउँछ।

   धार्मिक सहिष्णुता नेपालको अमूल्य सम्पत्ति हो । नेपालको संविधानले नेपाललाई बहुधार्मिक र धर्मनिरपेक्ष राष्ट्रको रूपमा उल्लेख गरेको छ । संविधानमा मौलिक हकअन्तर्गत धारा २६ मा धार्मिक स्वतन्त्रताको हक समावेश गरिएको छ । जसअनुसार प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने उल्लेख छ । वि.सं. २०६८ सालको जनगणनाअनुसार नेपालमा मुख्य दशओटा धार्मिक समुदायहरूको बसोबास भएको देखिन्छ।

   उदाहरणको लागि- हिन्दू, बौद्ध, इस्लाम, किराँत आदि

३.      क्षेत्रीय पहिचान (Regional Identity)

   क्षेत्रीयस्थानीय पहिचान त्यस्तो पहिचान हो जहाँ मानिसहरूले आफूलाई निश्चित क्षेत्रको सामाजिक प्रणाली, मानिसहरू, संस्कृति, परम्परा, भाषा, जीवनशैली इत्यादिसँग पहिचान गर्छन्। क्षेत्रीय पहिचान मूल्य प्रणालीमा आधारित हुन्छ ।

   उदाहरणको लागि- पूर्वमा बस्ने नेपालीलाई पूर्वेलि, पश्चिममा बस्ने नेपालीलाई पश्चिमेली, सुदुरपश्चिममा बस्ने  नेपालीलाई सुदूरपश्चिमेली, हिमालमा बस्ने हिमाली, पहाडमा बस्ने पहाडी, मधेसमा बस्ने मधेसी आदी हाम्रो क्षेत्रीय पहिचान हुन।

   नेपालमा क्षेत्रीय पहिचानलाई भौगोलिक र प्रशासनिक गरी दुई किसिमले हेर्न सकिन्छ । भौगोलिक अवस्थाका आधारमा हिमाली, पहाडी र तराई गरी तीन क्षेत्रका अलग अलग पहिचान कायम भएको देखिन्छ। नेपालमा सङ्घीय राज्य प्रणाली लागु भएपछि प्रशासनिक रूपमा सात प्रदेशहरू रहेका छन्। ती सातओटै प्रदेशका मानिसहरूको प्रदेशगत पहिचान पनि रहेको हुन्छ।

*      कोशी प्रदेश- मानिसहरू सगरमाथा, कञ्चन जङ्घा, चिया बगान र कोशी नदी, किरात भाषा र संस्कृति आदिमा आफ्नो पहिचान देख्छन् ।

*      मधेस प्रदेश- मानिसहरू जनकपुर धाम र अन्नको भण्डारमैथिली भाषा र संस्कृति, भोजपुरी भाषा र संस्कृतिलाई आफ्नो पहिचान ठान्छन् ।

*      बाग्मती प्रदेश- मानिसहरू सङ्घीय राजधानी र पशुपतिनाथ, तामाङ भाषा र संस्कृति, नेवार सभ्यता र संस्कृति आदिलाई आफ्नो पहिचान ठान्न सक्छन् ।

*      गण्डकी प्रदेश- मानिसहरूले पर्यटकीय नगरी पोखरा र मुक्तिनाथमा, गुरुङ संस्कार र संस्कृति, थकाली संस्कार र संस्कृति आदिमा गर्व गर्छन् ।

*      लुम्बिनी प्रदेश- मानिसहरूले गौतम बुद्धको जन्म स्थल लुम्बिनी र तराईको अन्नको भण्डारमा, अवधि भाषा र संस्कृति, मगर भाषा र संस्कृति, थारु भाषा र संस्कृति आदिमा गर्व गर्छन्।

*      कर्णाली प्रदेश- मानिसहरु जुम्लाको मार्सीधान, जडीबुटी र सिँजा सभ्यतालाई आफ्नो पहिचान ठान्छन्।

*      सुदूरपश्चिम- मानिसहरूले थारु सभ्यता र संस्कृति, महाकाली नदी र देउडा संस्कृति आदिलाई आफ्नो पहिचान ठान्छन् ।

   

   नेपालका ९ ओटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट्, मुगु, बझाङ, बाजुरा, अछाम र जाजरकोट) लाई  पिछडिएको क्षेत्रको  रुपमा उल्लेख गरिएको छ जसको लागी ४% समावेशी कोटाको व्यवस्था गरिएको छ। यसरी हरेक क्षेत्रको आआफ्ना जातिगत, भाषिक, सांस्कृतिक, भौगोलिक आदि पहिचान रहने गर्छ।

४.      लैङ्गिक पहिचान (Gender Identity)

   लैङ्गिक पहिचान भनेको व्यक्तिको महिला,पुरुष, यौनिक अल्पसङ्ख्यकको रुपमा गरिने चिनारी हो ।

   मानिस जन्मजातनै महिला, पुरुष वा अल्प सङ्ख्यक भएर जन्मेका हुन्छन। शारीरिक रुपमा महिला पुरुष भन्दा फरक हुन्छन । जन्मदै महिला योनी र पुरुष लिङ्ग लिएर जन्मिन्छन। पुरुषको दारी आउँछ, महिलामा रजस्वाला हुन्छ, सन्तान जन्माउँछन र स्तनपान गराउँछन। पुरुषमा XY क्रोमोजोम हुन्छ भने महिलामा XX क्रोमोजोम हुन्छ। यो सबै जैविक वा प्राकृतिक  भिन्नता हो।

   नेपालमा सन २००१ मा यौनिक अल्पसङ्ख्यकहरुको हकहितका लागि निलहिरा समाज (Blue Diamond Society) नामक संस्था स्थापना भएको थियो ।


लिङ्ग र लैंगिकतामा फरक (Difference Between Sex and Gender)

लिङ्ग (Sex)

लैंगिकता (Gender)

१.   यसले महिला र पुरुषबीचको जैविक र शारीरिक भिन्नतालाई जनाउँछ।

२.   यो जैविक भिन्नतामा आधारित हुन्छ।

३.   यस अन्तर्गत मुख्यगरी महिला, पुरुष र अल्पसङ्ख्यक वर्ग पर्दछन।

४.   उत्पत्तिको आधार जन्मजात, जैविक वा प्राकृतिक हुन्छ ।

५.   समय र संस्कृति जस्तोसुकै भएपनि लिङ्ग उस्तै रहन्छ । (अपरिवर्तनशील- महिलाले मात्र बच्चा जन्माउने)

६.   लिङ्गको निर्धारक तत्वहरु: क्रोमोजोम, हर्मोन तथा योनाङ्ग हुन।

 

   . यसले पुरुष र महिला बीचको सामाजिक र सांस्कृतिक भिन्नतालाई जनाउँछ।

     यो सामाजिक र सांस्कृतिक भिन्नताहरूमा आधारित छ।

     यस अन्तर्गत मुख्यगरी पुरुष र स्त्री पर्दछन।

     उत्पत्तिको आधार सामाजिक र सांस्कृतिक हुन्छ।

     लैंगिकताको भूमिका, अपेक्षाहरू समय र संस्कृति अनुसार फरक हुन सक्छ। (परिवर्तनशील- महिलाले घर भित्र मात्र काम गर्न हुने अवधारणा परिवर्तन भएर महिला घरबाहिर कामगर्ने शुरुवात भएको)

     लैंगिकताको निर्धारक तत्वहरु: सामाजिक मान्यताहरु, पुरातन सोचपितृसत्तात्मक सत्ता आदि हुन ।

 

 

५.     अपाङ्गताको पहिचान (Disability)

   अपाङ्गता अधिकार सम्बन्धी ऐन २०७४ अनुसार, अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधार मा जीवन मा सहभागीहुन बाधा भएका व्यक्तिलाई बुझिन्छ ।

   नेपालमा अशक्तताको गम्भीरताका आधारमा अपाङ्गतालाई चार वर्गमा वर्गीकरण गरिएको छ ।

  (क)    पूर्ण अशक्त अपाङ्गता

   आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रूपमा अरूको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थापूर्ण अशक्त अपाङ्गता हो। यस्तो अपाङ्गतालाई वर्गमा वर्गीकरण गरी रातो रङको परिचयपत्रको व्यवस्था गरिएको छ।

(ख) अति अशक्त अपाङ्गता

   वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रूपमा अरूको सहयोग लिनुपर्ने अवस्था अति अशक्त अपाङ्गता हो । यस्तो अपाङ्गतालाई वर्गमा वर्गीकरण गरी निलो रङमा परिचयपत्रको व्यवस्था गरिएको छ ।

(ग) मध्यम अपाङ्गता

   अरूको सहयोग लिई वा नलिई नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्था हो । यस अवस्थाका अपाङ्गतालाइ वर्गमा वर्गीकरण गरी पहेँलो रङमा परिचयपत्रको व्यवस्था गरिएको छ ।

(घ) सामान्य अपाङ्गता

   नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थालाई सामान्य अपाङ्गता भनिन्छ । यस अवस्थाका अपाङ्गतालाई वर्गमा वर्गीकरण गरी सेतो रङमा परिचयपत्रको व्यवस्था गरिएको छ । 





In  Progress....


पाठ - ३ हाम्रा राष्ट्रिय गौरवहरु (Our National Glories)

राष्ट्रिय गौरव

हाम्रो देश नेपाललाई विशिष्ट पहिचानदिई विष्व सामु चिनाउने अथवा देशको गौरव र सम्मान बढाउने वस्तुहरुलाई राष्ट्रिय गौरवका वस्तुहरु भनिन्छ । जस्तै: बहुसांस्कृतिकता, वीरता, राष्ट्रिय झाण्डा, राष्ट्रिय गान, विष्वको सर्वोच्च शिखर सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, जानकी मन्दिर, निषान छाप, लगायत विश्वसम्पदा सूचिमा सूचिकृत सम्पदाहरु नेपालका  गौरवहरु हुन ।

यी राष्ट्रिय गौरवका वस्तु वा ठाँउहरु हाम्रो लागी निम्न कारणले महत्वपुर्ण छन्:

  •        यिनीहरुले हाम्रो देशलाई विश्व सामु चिनाउने प्रयास गरेका छन ।
  •         यिनीहरुले हाम्रो देशको मान सम्मान र गौरव बढाउने गरेका छन ।
  •        यिनीहरुले हाम्रो देशलाई एउटा पर्यटकिय देशको रुपमा विश्व सामु चिनाउने गरेका छ ।
  •        यिनीहरुले मानिसहरुमा धार्मिक आस्था माथिको विश्वासलाई अझ दृढ बनाएका छन ।
  •        यिनीहरुले विविधतामा एकता र विश्व सामु वीर नेपालीको वीरताको गाठा गाउनमा मद्दत गरेका छन ।
  •    यिनीहरुले हाम्रो देशको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्छन ।

(क)      बहुसांस्कृतिकता (Multiculturalism)

बहुसांस्कृतिकता भनेको धेरै संस्कृतिहरूको अस्तित्व हो जहाँ फरक्-फरक शारीरिक, वा सामाजिक अस्तित्व रहेका मानिसहरु  एकसाथ एकै स्थानमा रहने गर्छन । यसले संस्कृति भित्र राखिएको सबै भिन्नताहरू जस्तै- धार्मिक, भाषिक, जातीय, जातीय वा  लैङ्गिकलाई समेट्छ । यो एक सिद्धान्त हो जसले सबै क्षेत्रहरूमा अवस्थित सांस्कृतिक विविधतालाई मान्यता दिन्छ र यस विविधताको अधिकारलाई बढावा दिन्छ। यसरी भन्नु पर्दा, एउटै भूगोलभित्र फरक फरक संस्कृतीहरु रहेको अवस्थालाई बहुसांस्कृतिकता भनिन्छ।

नेपाल हिन्दू र बौद्ध दुवै परम्परामा विशेष स्थान ओगटेको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको अनुपम विविधताले धनी हो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सांस्कृतिक सम्पदाको दृष्टिले धनी देश हो। नेपाली संस्कृतिमा हिन्दू र बौद्ध स्रोतबाट धेरै प्रतीकहरू छन्। यो बहु-आयामी सांस्कृतिक सम्पदाले विभिन्न उचाइहरूमा बसोबासगर्ने विभिन्न जातीय, जनजाति र सामाजिक समूहहरूको सांस्कृतिक विविधतालाई समेट्छ । संगीत र नृत्य; कला र शिल्प; लोककथा र लोककथाहरू; भाषा र साहित्य; दर्शन र धर्म; उत्सव र उत्सवहरू; र खाना र पेय पदार्थ आदि यसका उदाहरण हुन । समग्र रूपमा राष्ट्रका लागि प्रतीकहरू मध्ये महत्त्वपूर्ण राष्ट्रिय फूल लालीगुराँस र चरा र डान्फे; झण्डा; र गोर्खाहरूको क्रस गरिएको बक्र चक्कूले पनि बहुसांस्कृतिक्ता झल्काउँछन ।

 (ख) नेपालीहरुको वीरता (Bravery of Nepalese):

जब देशको रक्षाको कुरा आउँछ, नेपालका गोर्खा सैनिकहरू उनीहरूको साहसका लागि सबैभन्दा परिचित छन्।

कायर हुनुभन्दा मर्नु राम्रोभन्ने नाराका साथ नेपाली गोर्खा सैनिकहरूले आफ्नो राष्ट्रको रक्षाका लागि उत्कृष्ट काम गर्दै आएका छन् र वर्षौंदेखि आफ्नो प्रयासका लागि व्यापक प्रतिष्ठा पाएका छन्। नेपाली वीरताका केही उदाहरणहरु यसप्रकार छन्:

१.    नेपालको राष्ट्रिय वीर र स्वतन्त्रता सेनानी, बलभद्र कुँवरले Anglo-Nepal War को समयमा नेपाली सेना (गोरखाली सेना) को कप्तानको रूपमा सेवा गरेका थिए । नेपाल-अङ्ग्रेज  युद्ध (१८१४-१८१६) मा नालापानी किल्लाको रक्षाको लागि उनको सैन्य कौशलको लागि उनको अत्यधिक प्रशंसा गरिएको थियो।

२.      जुम्ला जिल्लामा जन्मेका सरदार भक्ति थापालाई उनको जीवन्को  सबैभन्दा महत्त्वपूर्ण योगदान देवथलको पश्चिमी मोर्चामा थियो।  उनी नेपाल- अङ्ग्रेज युद्धमा संलग्न देशभक्त थिए। उनको महान योगदानलाई नेपालीले कहिल्यै भुल्न सक्दैन ।
३.      दोस्रो विश्वयुद्धमा बर्मामा जापानीहरू विरुद्ध लडेका भानुभक्त गुरुङलाई उपस्थित लगभग सबै बंकर आफैले कब्जा गरेकोमा भिक्टोरिया क्रसबाट सम्मानित गरिएको थियो। उनले दुई जापानी सैनिकलाई चक्कुले र अर्कोलाई ढुङ्गाले हनेर हराएका थिए ।
४.      सन् १९४५ मा राइफलम्यान लछिमान गुरुङ दुई सय भन्दा बढी जापानी सैनिकले गोली चलाउँदा अरु दुई जना मात्रै साथमा खाडलमा तैनाथ थिए। गुरुङका साथीहरु गम्भीर घाइते भएका छन् । एकपछि अर्को गर्दै ग्रेनेड उड्न थालेपछि गुरुङले एक एकलाई पछाडि फाल्ने प्रयास गरे । जापानीहरूले खाडलमा आक्रमण गर्दा, गुरुङले आफ्नो राइफल चलाउन आफ्नो देब्रे हात प्रयोग गरे, ३१ शत्रुहरूलाई पराजित गरे र जापानीहरूलाई अगाडि बढ्नबाट रोके। गुरुङ बाँचे, र त्यही वर्ष पछि भिक्टोरिया क्रसबाट सम्मानित भए।
५.      अफगानिस्तानमा २०१० मा, कार्यवाहक Sergeant  दीपप्रसाद पुनले एक्लै ३० तालिबान सैनिकहरूलाई लडे। पुन चेकपोइन्टको छतमा पहरा दिइरहेका बेला चारैतिरबाट रकेट प्रोपेल्ड ग्रेनेड र एके४७ सहित आक्रमणकारीहरू परिसरमा आएका थिए । ती सबैलाई मार्न पुनलाई एक घण्टाभन्दा कम समय लागेको थियो । पुनको वीरतालाई Conspicuous Gallantry Cross- दोस्रो-सर्वोच्च ब्रिटिश सैन्य सजावटबाट पुरस्कृत गरियो
(ग) राष्ट्रिय झण्डा (National Flag):
नेपालको राष्ट्रिय झण्डाले देशको पहिचान बोकेको छ । यो  एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो। नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउँछ। निलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।
नेपालको राष्ट्रिय झण्डा वि.. २०१९ पौष १ गते प्रयोगमा ल्याइएको थियो। यसका डिजाइनर शंकर नाथ रिजाल हुन। राष्ट्रिय प्रतीक हुनुका साथै झण्डाले आफ्नो रूप र रंगबाट देशको पहिचान र व्यक्तित्व झल्काउँछ। त्यसैले झण्डालाई सम्मानगर्नु भनेको राष्ट्रिय पहिचान र त्यसका विभिन्न आयामहरूलाई सम्मान गर्नु हो। यो एउटा राष्ट्रिय पहिचानको विषय बनेको छ । यसको प्रयोग सरकारी कार्यालय, औपचारिक कार्यक्रम तथा विशिष्ट अतिथी वा व्यक्तिहरुको सवारी साधनमा प्रयोग गरिन्छ ।

(घ) राष्ट्रिय गान (National Anthem):

सयौँ थुङ्गा फूलका हामी, नेपालको राष्ट्रिय गान हो। यसलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो। यसलाई अन्तरिम संसदका सभामुख सुवासचन्द्र नेम्वाङ सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक रूपमा राष्ट्रिय गानको रूपमा लिइएको घोषणा गरेका थिए।नेपालको राष्ट्रगानको रूपमा छनोट गरेको थियो। यो गानका रचनाकार कवि व्याकुल माइला हुन् भने सङ्गीतकार अम्बर गुरुङ हुन्। अम्बर गुरुङले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान "सयौँ थुङ्गा फुलका हामी" शीर्षकको राष्ट्रिय गानलाई नेपालको संविधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ। राष्ट्रिय गान एउटा देशभक्तिपूर्ण साङ्गीतिक रचना हो जसले सबै नेपालीलाई एकताबद्ध गर्छ ।

(ङ) पशुपतिनाथ मन्दिर (Pashupatinath Temple):

हिन्दु धर्मावलम्वीहरुको पवित्र तीर्थस्थलमध्येको एक हो पशुपतिनाथ। बागमती नदीको किनारमा रहेको यो मन्दिर २४० हेक्टरको ९४,७९२ रोपनी जग्गामा फैलिएको छ। शिवजीको पूजा हुने पशुपतिनाथ दर्शनका लागि विभिन्न देशबाट तीर्थालुहरु आउने गर्छन् ।

-    पशुपतिनाथको मन्दिरलाई सन १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा अन्तर्गत सांस्कृतिक सम्पदामा सूचीकृत गरेको थियो।

-    पशुपतिनाथको मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ ।

-    यो मन्दिर शैव, वैष्षव, बौद्ध, जैन्, हिन्दू लगायत अन्य सम्प्रदाय का श्रद्धालुहरुको आस्थाको केन्द्र पनि हो ।

-    यस मन्दिरमा सुनको छाना र मूख्य ४ ढोकाहरू चाँदीका रहेका छन्। साथै मूख्य मन्दिरको गजुर सुनको रहेको छ।

-    पशुपतिनाथखासमा भगवान शिवको नाम हो।

-    नेपालकै सबैभन्दा पुरानो मानिने गोपालराज वंशावलीका अनुसार, लिछ्छवी राजा सुपुष्प देवले पशुपतिनाथ मन्दिरको निर्माण गरेका थिए।

-    राजा शिवसिहं मल्लको रानी र राजा प्रताप मल्लले यसको जीर्णोद्वार गराएका थिए ।

-    सन १९७९ मा यस  मन्दिरलाई युनेस्को विश्वसम्पदाको सुचीमा समावेश गरिएको थियो ।

-    हरेक वर्श धेरै तीर्थयात्रीहरु यस मन्दिरको दर्शनगर्न आउँछन ।

च) सगरमाथा (Mt. Everest) :

-    विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको गौरव हो।

-    यसको उचाँइ समुद्रको सतहबाट ८८४८.८६ मी. रहेको छ।

-    यसको नाम ब्रीटिस सर्भेएर जर्ज एभरेष्टको नाममा राखिएको थियो।

-    इतिहासकार बाबुराम आचार्यले वि. सं. २०१३ मा सगरमाथा नाम दिएका थिए।

-    ८ हजार मिटर भन्दा बढी उचाइ भएका विश्वका १४ ओटा हिमाल मद्धे ८ ओटा नेपालमा रहेका छन।

-    हाम्रो देशको सगरमाथा अंचलको उत्तर तर्फ यो हिमाल रहेको छ।

-    यो हिमाल नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्गल्हामु गाउँपालिकामा पर्छ।

-    सगरमाथा चढने तेन्जिङ्ग नेर्गे शेर्पा (नेपाली) र एडमण्ड हिलारी पहिलो व्यक्ती थिए।

-    सगरमाथा हाम्रो पहिचानशान र गर्वको विषय हो।

-    सगरमाथाको आर्थीक महत्व: सगरमाथा चढ्न र आरोहणगर्न धेरै पर्यटक आउने गर्छन। यसले देशको आर्थीक विकासमा पनि योगदान पुर्याएको छ ।



(लुम्बिनी (Lumbini):

-   लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल यो ठाउँ नेपालको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ।

-     यसैको नामबाटनै यस प्रदेश ५ को नामाकारण पनि 'लुम्बिनी प्रदेश' राखिएको हो ।

-   सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ त्यहाँ अवस्थित छ । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ ।

-   सबैभन्दा राम्रो अनि मुख्य आकर्शणको बिन्दु भनेको मायादेवी मन्दिर हो । त्यहाँ उत्खनन गरेर राखेका बस्तुहरू पनि छन् ।

-     यो ठाँउ बौद्धमार्गीहरुको लागी पवित्र स्थल हो ।

-     सन १९९७ मा लुम्बिनीलाई युनेस्को द्वारा विश्व सम्पदा सूचिमा समावेश गरिएको थियो ।



(ज) जानकी मन्दिर  (Janaki Temple) :

-       जानकी मन्दिर नेपाल को सबै भन्दा ठुलो मन्दिर हो। यो जनकपुर जिल्ला र मधेस प्रदेशमा अवस्थित छ। यो मुगूल शैलीमा बनाइएको मन्दिर हो।

-       भारतको टिकमगढकी रानी वृषाभानुदेवीले यस मन्दिरको निर्माण सन १९१० मा गराएकी थिइन। निर्माणको क्रममा ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो ।

-       जानकी मन्दिरलाई पवित्र हिन्दू धर्मस्थलको रुपमा चिनिन्छ। मन्दिर सीताको जन्मस्थल जनकपुरमा अवस्थित छ।

-       राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् । प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ ।



हाम्रा राष्ट्रिय गौरवको महत्त्व अझ बढाउन र विश्वसामु चिनाउन अपनाउनु पर्ने उपायहरू:

-      -        प्राकृतिक्, धार्मिक र सांस्कृतिक साइटहरूलाई पर्यटन क्षेत्रमा परिणत गरेर
-       राष्ट्रिय गौरवका वस्तु र ठाँउहरुलाई विभिन्न साहित्य र कविताको  माध्यमबाट पाठगर्न लगाएर
-       राष्ट्रिय गौरवका वस्तु र ठाँउहरुलाई  कडा सुरक्षा व्यवस्था प्रदान गरेर
-       विभिन्न सांस्कृतिका कार्यक्र्ममा तीनइहरुको समावेसिता देखाएर
-       राष्ट्रिय गौरवका वस्तु र ठाँउहरु प्रती सम्मान देखाएर
-       पुराना र भाँचिएका वा क्षतिग्रस्त साइटहरूको नविकरण तथा पुन: निर्माण  गरेर
-       राष्ट्रिय गौरवका वस्तु र ठाँउहरुको महत्व र तिनको संरक्षण गर्ने तरिका बारे जनचेतना जगाएर
-       धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गरेर
-       मिडियाको माध्यम द्वारा विभिन्न राष्ट्रिय गौरवका वस्तु र ठाँउहरुको पब्लिसिटी गराएर ।

'नेपाल एक बहु सांस्कृतिक राष्ट्र हो' यस भनाइलाई पुष्टी गर्नुहोस ।

बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।

नेपालं बहुल जाति, बहुभाषी, बहुसंस्कृति, बहुधार्मिक सम्प्रदाय भएको देश हो । यस देशको पहिचान नेपालको राष्ट्रिय गीतले नै गराउँछ । मेचीदेखि महाकालीसम्म फैलिएको हाम्रो देशमा हिमाल पहाड र तराई भएको बहु भौगोलिक क्षेत्र छ । त्यस्तै यहाँ ब्राह्मण, क्षेत्रीय, नेवार, राई, मगर, लिम्बू, ठकुरी, कुमाइ, थारु, यादव, मुसलमान, छन्त्याल आदि बहुजातिको बसोबास छ । जसरी फूलैफूल गुँथेर एउटा माला बन्छ, त्यसरी नै बहुजातीय संस्कृति मिलेर नेपाल बनेको छ । मालामा गुडिंएका फूलहरूको आफ्नै पहिचान हुन्छ र समग्र मिलेर पनि अलग पहिचान । विभिन्न जातिको संस्कृतिको आफ्नै पहिचान छ, समग्र संस्कृति मिलेर नेपालीको पहिचान बनेको छ । भक्तपुरमा मनाइने गाईजात्राको रौनक नै अर्को छ। काठमाडौंको घोडेजात्राले दर्शकलाई त्यतिकै लोभ्याउछ । किराँतीहरूको उधौँली र उभौँलीमा झ्यालीझ्याम्टाको स्वरले कति उत्साहित बनाउँछ । ब्राह्मणहरूले गाएको वालनले ईश्वरभक्तितिर मन लैजान्छ । तराईमा मनाइने होलीले भिन्न भिन्न रङ्गहरू मिलेर एउटै होलीको रङ्ग बन्छ । जुनसुकै जातको होस्, जुनसुकै उमेरको होस्, सबैको साथ भए सुखमय समाज बन्छ भनेर होलीले सन्देश दिन्छ । हिमाली भेकमा मनाइने मनिरिम्दु, ल्होसार, बुद्ध जयन्ती, पहाडमा मनाइने दशैं, तिहार, उधौँली, उभौँली, गौरा, भैलो तथा तराईमा छठ, मकर सङ्क्रान्ति, तिहार आदि हो । यी सबै नेपालमा बसोबास गर्ने नेपालीका संस्कृति हुन् । विभिन्न जातिका फूल उनिएर एउटै माला बनेझै विभिन्न क्षेत्रमा रहने जात जातिको आफ्नो मौलिक परम्परा, रीतिरिवाज, संस्कृति मिलेर एउटै नेपालीको पहिचान दर्शाउँछ । यसैले भन्छन् बहुसंस्कृति नै नेपालीको पहिचान हो ।

 अभ्यास

तलका प्रश्नहरुको अति छोटो उत्तर लेख्नुहोस ।

१.      हाम्रो राष्ट्रिय झण्डामा चन्द्र र सूर्यलाई के को प्रतीक मानिन्छ ?
२.      नेपालीको विरताको एउटा उदाहरण दिनुहोस्
३.      नेपालको राष्ट्रिय गान कसले लेखेका हुन् ?
४.      सगरमाथालाई किन हाम्रो राष्ट्रिय गौरव मानिन्छ ?
५.      राष्ट्रिय गौरव भन्नाले के बुझिन्छ ?
६.      जानकी मन्दिरलाई नौलखा मन्दिर किन भनिन्छ ?
७.      नेपालको वर्तमान झण्डा कहिले पहिलो पटक प्रयोगमा ल्याइएको थियो ?
८.      वर्तमान राष्ट्रिय गानको रचनाकार र संगीताकार को हुन ?
९.      सगरमाथाको नेपाली नाम कसले राखेका थिए ?
१०.  सगरमाथाको उचाइ कती रहेको छ ?
११.  भगवान शिवलाई किन पशुपतिनाथ भनिन्छ ?
भगवान शिवलाई ज्ञानका देवता मानिन्छ - ज्ञानम महेश्वरत इच्छा। भगवान शिवको कृपाले मात्र पशु र जीव पाश वा मायाको बन्धनबाट मुक्त हुन सक्छ। त्यसैले भागअवान शिवको नाम पशुपतिनाथ राखिएको छ । 
१२.  नेपालको सबै भन्दा ठुलो मन्दिरको नाम के हो र यसलाई कसले निर्माण गरेका थिए ?
१३.  लुम्बिनीलाई विश्व सम्पदा सुचिमा युनेस्कोले कहिले समावेश गरेको थियो ?
१४.  नेपालमा पाइएका प्रसिद्धठाँउहरु मद्धे तपाईको विचारमा कुनलाई विश्वको सम्पदा सुचीमा समावेश गर्दा राम्रो हुन्छ ? किन ?
      Ø  हाम्रो राष्ट्रिय झण्डामा चन्द्र र सूर्यले यी दुबै रहुन्जेल नेपालीहरुको सार्वभौम र वीरता                स्थायित्व रहीरहने कुरालाई प्रतिनिधित्व गर्दछन।

Ø  बलभद्र कुँवरले नेपाल-अङ्ग्रेज  युद्धमा नालापानी किल्लाको रक्षाको लागि देखाएको सैन्य कौशल

Ø  नेपालको राष्ट्रिय गानका लेखक रचनाकार - प्रदिप कुमार राई (व्याकुल माइला)

Ø  सगरमाथा विश्वको सर्वोच्च शिखर भएकाले र यसले हाम्रो देशलाई विश्वमा चिनाउने भएकाले यसलाई हाम्रो राष्ट्रिय गौरव मानिन्छ ।

Ø  हाम्रो देश नेपाललाई विशिष्ट पहिचानदिई विष्व सामु चिनाउने अथवा देशको गौरव र सम्मान बढाउने वस्तुहरुलाई राष्ट्रिय गौरवका वस्तुहरु भनिन्छ ।

Ø  जानकी मन्दिरको निर्माणगर्ने क्रममा नौ लाख भन्दाबढी चाँदिका असर्फीहरुको प्रयोग भएकोले यसलाई नौलखा मन्दिर पनि भनिन्छ ।

Ø  नेपालको वर्तमान झण्डा पहिलो पटक प्रयोग वि.. २०१९ पुष १९ गते गरिएको थियो ।

Ø  वर्तमान राष्ट्रिय गानको रचनाकार  प्रदिप कुमार राइ र संगीतकार अम्बर गुरुङ्ग हुन ।

Ø  सगरमाथाको नेपाली नाम इतिहासकार बाबुराम आचार्यले वि.. २०१३ मा राखेका थिए ।

Ø  सगरमाथाको उचाइ ८८४८.८६ मिटर रहेको छ ।

Ø  नेपालको सबै भन्दा ठुलो मन्दिरको नाम जानकी मन्दिर हो र यसलाई भारत को टिकमगढकी रानी वृषाभानुदेवीले सन १९१० मा निर्माण गरेकी थिइन ।

Ø  लुम्बिनीलाई विश्व सम्पदा सुचिमा युनेस्कोले सन १९९७मा  समावेश गरेको थियो ।

Ø  नेपालमा पाइएका प्रसिद्धठाँउहरु मद्धे मेरो विचारमा जानकी मन्दिर लाई विश्वको सम्पदा सुचीमा समावेश गर्दा राम्रो हुन्छ किनकी यो हाम्रो देशको सबै भन्दा ठुलो मन्दिर हो र यो हिन्दू धर्मा को मुख्य आस्था सँग स म्ब न्धित छ ।



तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस ।

१.      राष्ट्रिय गौरव भन्नाले के बुझ्नुहुन्छ ? यी हाम्रो लागि किन महत्त्वपूर्ण छन् ?

२.      नेपालको राष्ट्रिय गौरवहरू सूचीबद्ध गर्नुहोस्।

३.      जानकी मन्दिरले नेपालको महिमा कसरी उजागर गर्छ ? उल्लेख गर्नुहोस् ।

४.      'नेपालीको वीरता' शीर्षकमा एक अनुच्छेद लेख्नुहोस्।

५.      'हाम्रो राष्ट्रिय झण्डाको सम्मान' शीर्षकमा छोटो टिप्पणी लेख्नुहोस् ।


तलका प्रश्नहरुको लामो उत्तर लेख्नुहोस्\

६.      सगरमाथाको आर्थिक महत्त्व के छ ? नेपालमा पर्वतारोहणको कस्तो सम्भावना छ ?

७.      पशुपतिनाथ मन्दिर र लुम्बिनीले नेपाललाई विश्वमा महिमा दिन कसरी योगदान पुयाइरहेका छन् भनी चर्चा गर्नुहोस्।

८.      नेपालको सांस्कृतिक विविधताले कसरी राष्ट्रिय पहिचान बनाएको छ र साथीसँगको संवाद तयार गर्नुहोस्।

९.      हाम्रा राष्ट्रिय गौरवको महत्त्व अझ बढाउन र विश्वसामु चिनाउन के कस्ता उपायहरू अपनाउनुपर्ला ? उल्लेख गर्नुहोस् ।

१०.  मानौ तपाइँ बिदेश भ्रमणमा हुनुहुन्छ । त्याहाँको कुनै कार्यक्रममा तपाइँलाई नेपालको चिनारी गराउने अवसर पाउनु भयो भने नेपालको राष्ट्रिय गौरव बढाउन के के विषय प्रस्तुत गर्नु हुन्छ ?

    मैले बिदेश भ्रमणको सिलसिलामा त्यहाँको कुनै कार्यक्रममा आफ्नो देश नेपालको चिनारी गराउने अवसर पाए भने नेपालको राष्ट्रिय गौरव बढाउन निम्न विषय वस्तुहरु प्रस्तुत गर्ने थिए:

-       हाम्रो देश बहुलजाति, बहुभाषी, बहुसंस्कृति, बहुधार्मिक सम्प्रदाय भएको देश हो । यसलाई हाम्रो देशको नेपालको राष्ट्रिय गान - सयौँ थुङ्गा फूलका हामीले समावेश गरेको छ ।

-       मेचीदेखि महाकालीसम्म फैलिएको हाम्रो देशमा हिमाल पहाड र तराई भएको बहु भौगोलिक क्षेत्र छ ।

-       यहाँ विश्वको सर्बोच्च शिखर सगरमाथा- हाम्रो देशको गौरव अवस्थित छ । ८ हजार मिटर भन्दा बढी उचाइ भएका विश्वका १४ ओटा हिमाल मद्धे ८ ओटा नेपालमा रहेका छन।

-       लुम्बिनी गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। यसैको नामबाटनै यस प्रदेश ५ को नामाकारण पनि 'लुम्बिनी प्रदेश' राखिएको हो ।

-       नेपालको सबै भन्दा ठुलो मन्दिर- जानकी मन्दिर  हो जुन जनकपुर जिल्ला र मधेस प्रदेशमा अवस्थित छ। यो मुगूल शैलीमा बनाइएको मन्दिर हो। यसलाई भारतको टिकमगढकी रानी वृषाभानुदेवीले यस मन्दिरको निर्माण सन १९१० मा गराएकी थिइन।

-       वीर नेपालीहरुको वीर गाथा विश्वभरी प्रचलित छ ।

  ११.  "हामी वीर नेपालीका सन्ततिहौं, कसैले हाम्रो मान मर्दन गरेमा सो कार्य हामी लाई कदापि स्वीकार्य हुँदैन।" यस भनाइप्रती आफ्नो धारणा प्रस्तुत गर्नुहोस।

   नेपाल बहुजाती, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुप्राकृतिक, देश हो । यतिले मात्र पुग्दैन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण, निश्चल, कलकल बग्ने कञ्चन नदी, स्वच्छ हावा पानी, अटल, चाँदीजैं टल्किरहने हिमाल । बुद्धको देश, शान्तिको देश, मन्दिरै मन्दिरको देश । लडाकुको देश, वीरको देश हो। यतिले अझै पुग्दैन ।  हामी भन्ने गर्छौ कि हामी वीर नेपालीका सन्ततिहौं, कसैले हाम्रो मान मर्दन गरेमा सो कार्य हामी लाई कदापिइ स्वीकार्य हुँदैन ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे द्वारा रचित हरफ - " यो नेपाली शिर उचाली संसार मा लम्किन्छ, जुनकिरी झैं ज्योति बाली आन्धकारमा चम्किन्छ ।" ले नेपाली गौरवमय वीर गाथालाई प्रतिबिम्बित गर्दछ 
नेपाललाई अङ्ग्रेजले आक्रमणगर्दा वीर गोर्खालीहरु अमरसिहं थापा, बलभद्र कुँवर्, भक्तीथापा लगायतका नेपाली वीर योद्धाहरुले देखाएको अदम्य साहासको कारण हामी नेपाली भन्ने सौभागय पाएका छौं ।जर्मन सम्राट कैजर विलियमले जर्मन सेनालाई विश्वको जुनसुकै सेनासँग लड्न पठाउन सकिने तर गोर्खाली सेना भन्ने वित्तिकै आफ्नो मुटु काम्ने अभिव्यक्ती दिएका थिए ।
नेपालीहरुले युद्धमा अतुलनिय योगदान तथा बहादुरीका साथ लडेबापत   ब्रिटिश सरकारले विश्व  प्रसिद्ध गौरवमय पदक 'भिक्टोरिया क्रस्' 'मिलिटरी क्रस्'बाट विभुषित गरेका थिए ।यिनै कारणले गर्दा नेपालीलाई वीर गोर्खालीको देश भनेर विश्वमा चिनिने गरिन्छ । तसर्थ्, यसले के पुष्टी गर्छ भने हामी नेपाली शिर कटाउन तयार छौ तर शिर झुकाउन तयार कदापी हुँदैनौ ।


  





एकाइ    विकास र विकासका पूर्वाधार

पाठ -१  मानव विकास सुचकाङ्क

 (Human Development Index)

मानव विकासको अवधारणा  (Human Development) :

व्यक्तिको आर्थिक  तथा सामाजिक विकासका पक्ष जस्तै- स्वास्थ्य, शिक्षा, खानपान, बसोबासको अवस्था तथा सिप विकासको पक्षमा भएको सुधारात्मक प्रगति नै मानव विकास हो

सन १९९० मा प्रकाशित मानव विकास प्रतिवेदनले मानव विकासलाई यसरी परिभाषित गरेको छ:

"मानव विकास भनेको मानव छनोटलाई व्यापक बनाउने प्रकृया हो । यसका सिद्धान्तहरु अनगिन्ती हुन्छन तर स्वास्थ्य र दिर्घ जीवन यापन गर्न पाउनु, ज्ञान र शिक्षा आर्जन गर्नु एवम सबै प्रकारका आवश्यक साधन हरुमाथि पहुँच स्थापित हुनु महत्वपुर्ण कुरा हुन।" 

संक्षेपमा भन्नुपर्दा, मानव विकासले तीन वटा तत्वहरु: स्वास्थ्य र दिर्घ जीवन, ज्ञान र शिक्षा तथा आवश्यक साधनहरु माथिहरुको पहुँच भन्ने कुरालाई बुझाउँछ

मानव विकास सुचकाङ्क (Human Development Index):

मानव विकासका तीन महत्वपुर्ण पक्ष प्रतिव्यक्ति आय, औसत आयु र शिक्षा को समग्र सुचकलाई आधर मानी कुनै भौगोलिक एकाइ, जाति, वा समुदायको मानव विकासको अवस्था देखाउने संख्यात्मक प्रस्तुती नै मानव विकास सुचकाङ्क हो ।

मानव विकास सुचकाङ्कका तीन सुचक वा आयामहरु:

१. आयु सुचक/ औसत आयु : यसले मानिसले प्राप्त गरेको स्वास्थ्य सुबिधा र लामो जीवनलाई प्रतिनिधित्व गर्छ ।
२. शैक्षिक सुचक/ शिक्षा:  यसलाई विद्यालय पठना पाठनको आउसत वर्ष र विद्दलय पठन पाठनको अपेक्षित वर्षको आधारमा मापन गरिन्छ ।
३.  आय सुचक/ प्रतिव्यक्ति आय: यसलाई प्रतीव्यक्तिको अपेक्षित आयको आधारमा मापन गरिन्छ ।


मानव विकास सुचकाङ्कले विकासका लक्ष्यका आधारमा विश्वका विभिन्न मुलुकहरुलाई ०.० देखी १.० सम्म राखी चार श्रेणीमा विभाजन गरेको पाइन्छ:

  • *      .० देखी ०.५४९:  निम्न मानव विकास
  • *      .५५० देखी ०.६९९: मध्यम मानव विकास्
  • *      .७०० देखी ०.७९९: उच्च मानव विकास्
  • *      .८०० देखी १.० :  अति उच्च मानव विकास

सार्कका मुलुकहरुको मानव विकास सुचकाङ्क

क्रम

देश

अङ्क

७३

९०

१२७

१२९

१३२

१४३

१६१

१८०

श्रीलङ्का

माल्दिभ्स

भुटान

बङ्गलादेश

भारत

नेपाल

पाकिस्तान

अफगानिस्तान

.७८२

.७४७ 

.६६६ 

.६६१

.६३३ 

.६०२

.५४४ 

.४७८

श्रोत:  UNDP मानव विकास प्रतिवेदन, २०२२

मानव विकास सुचकाङ्क उच्च र न्युन भएका राष्ट्रहरु

मानव विकास सुचकाङ्क उच्च भएका ५ राष्ट्रहरु

देशको नाम

अङ्क

स्थान

स्वीटजरल्याण्ड

नर्वे

आइसल्याण्ड

हङकङ 

अष्ट्रेलिया

.९२६

.९६१ 

.९५९   

.९५२

.९५१  

 

मानव विकास सुचकाङ्क न्युन भएका ५ राष्ट्रहरु

देशको नाम

अङ्क

स्थान

दक्षिणी सुडान

चाड

नाइजर

मध्य अफ्रीकी गणतन्त्र

बुरुण्डी

.३८५  

.३९४  

.४००

.४०४  

.४२६

१९१

१९०

१८९

१८८

१८७ 

 

मानव विकास सुचकाङ्कको महत्व:

मानव विकास सुचकाङ्कको गणना किन गरिन्छ ? कारण दिनुहोस ।

  • *      देशको मानव विकासको अवस्था थाहा पाउन ।
  • *      देश्को शिक्षा, स्वास्थ्य र आयको अवस्था बुझ्न ।
  • *      विकास निर्माणको कार्यमा प्राथमिक्ताका क्षेत्रहरु तय गर्न ।
  • *      राष्ट्र नीतितथा कार्यक्रम निर्माण, सम्पादन र परिमार्जन गर्न ।
  • *      देशहरु बिचको विकासको अवस्था बुझ्न र तुलना गर्न ।

अधिकतम र न्युनातम मान

आयामहरु

सुचक

अधिकतम मान

न्युनतम मान

स्वास्थ्य

शिक्षा

 

जीवन

जीवन यापन

अपेक्षित विद्यालय वर्ष औसत विद्यालय वर्ष 

प्रतिव्यक्ति आय

८५

१८

१५

७५००० डलर 

२० 

० 

१०० डलर

 

मानव विकास सुचकाङ्क गणना गर्ने तरिका

२०२२ मा नेपालको मानव विकास सूचकाङ्कको मान गणना

अपेक्षित आयु(Life expectancy at birth) : ६८.
स्कुल पठनपाठनको औसत वर्ष (Mean years of schooling):  .१ वर्ष
स्कुल पठनपाठनको अपेक्षित वर्ष (Expected years of schooling):  १२.९ वर्ष 

प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी Gross national income per capita: PPP $):  ,८७७

अब,
स्वास्थ्य सूचक (Health index)  =   = .७५०

स्कुल पठनपाठनको औसत वर्षको सूचक (Mean years of schooling index) :  = .३४०
स्कुल पठनपाठनको अपेक्षित वर्षको सूचक (Expected years of schooling index)  = .७१६

शिक्षा सूचक (Education index)  =  = .५२८
आय सूचक (Income index) =     = . ५५३
मानव विकास सूचक (Human Development Index)  =
                                                                                    =
 

                                                                                    = 

() = .६०२

 ????????????????????????????????????????????///

 

 

 

कुनै देशको मानव विकासको सूचकाङ्क उच्च वा न्यून हुनुका कारणहरू :

मानव विकास सूचकाङ्क उच्च भएका देशका मानिसहरू स्वस्थ र पर्याप्त स्वास्थ्य सुविधा प्राप्त गरेका छन् । त्यसैले उनीहरू धेरै समय बाँच्दछन् । न्यून भएका देशमा मानिसहरूको स्वास्थ्य कमजोर छ, पर्याप्त पोषणयुक्त खानेकुरा खान पाउँदैनन्। विभिन्न प्रकारका रोग र माहामारीबाट ग्रसित हुन्सक्छन् । स्वास्थ्य सुविधा राम्रो छैन । खानेपानी र सरसफाइको अवस्था राम्रो छैन भन्ने जनाउँछ

शैक्षिक सूचकाङ्क राम्रो भएको देशको जनताहरू, शिक्षित, चेतनशील र सिर्जनशील हुन्छन् ।

मानव विकास न्यून भएका देशमा जनताहरू निरक्षरता प्रतिशत बढी हुन्छ । बिचैमा कक्षा छाड्ने र कक्षा दोहो¥याउने दर बढी हुन्छ । त्यसैले उनीहरूको शैक्षिक स्तर कमजोर हुन्छ । त्यहाँ शिक्षा प्राप्त गर्नुलाई भन्दा रोजीरोटीलाई बढी प्राथमिकता दिइन्छ । यस्ता देशहरू धेरैजसो गरिब देशहरू नै हुन्।

 प्रतिव्यक्ति आय धेरै हुने देशहरूको आर्थिक स्तर राम्रो हुन्छ । त्यहाँका जनताहरू उद्यमशील हुन्छन् । रोजगारीका अवसरहरू प्रसस्त हुन्छन्। कृषि, उद्योग, व्यापार र सेवा क्षेत्रको राम्रो विकास भएको हुन्छ । ती देशहरू कतिपय वस्तुमा आत्म निर्भर हुन्छन् । प्रतिव्यक्ति आय न्यून भएका देशहरूमा गरिबीको अवस्था हुन्छ । बेरोजगारी र अर्ध रोजगारीको अवस्था व्यापक रूपमा हुन्छ । धेरै काम गरेर थोरै आम्दानी हुने अवस्था हुन्छ । मानिसको आम्दानीका स्रोतहरू सीमित हुन्छन्। कृषिमा आधारित र परम्परागत व्यवसायमा आधारित अर्थतन्त्र हुन्छ ।

यसरी कुनै देश विकासित र कम विकसित कस्तो छ भनी तुलना गर्न आर्थिक अवस्थाले मात्र उपयुक्त हुँदैन ।

जव मानिस शिक्षित हुन्छ, चेतनशील हुन्छ, उद्यमशील हुन्छ, आर्थिक रूपले सम्पन्न हुन्छ, गुणस्तरीय जीवन बाँच्न सक्ने हुन्छ, स्वस्थ र निरोगी हुन्छ, लामो समयसम्म हाँसीखुसी बाँच्न पाउँछ त्यो देश नै विकसित देश ज्ञण्  हुन्छ । आज विश्वका सबै देशहरू विकासको यो अवस्था हासिल गर्न होडबाजीमा रहेका छन्।

 

 

मानव विकास सूचकमा पछाडि पर्नुका कारणहरू :

*      मानवविकास सूचकाङ्क कमजोर भएका देशहरूका चुनौतीहरू / नेपालमा मानव विकासका चुनौतीहरु

  •   राजनीतिक स्थिरता कायम गर्नु
  •  निरक्षरता उन्मुलन, कक्षा छाड्ने र दोहो¥याउने दर घटाई टिकाउदर बढाउनु
  •   बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्नु
  •  आय आर्जनका नयाँ, आधुनिक र भरपर्दा उपायहरू अवलम्बन गर्नु
  • देशका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नु र स्वदेशमा नै परिचालन गर्नु
  • प्राकृतिक स्रोत साधनको उपयोग बढाउनु
  •  जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनु
  •   परिवार नियोजनलाई प्रभावकारी बनाउनु
  •  कुलत मुक्त वातावरण तयार पार्नु
  •  स्वच्छ र सफा वातावरण तयार पार्नु
  •  मनिसको दैनिक आनिबानीमा परिवर्तन गर्नु 

 

नेपालमा मानव विकासको अवस्था सुधारगर्ने उपायहरु:

*      वैज्ञानिक, प्राविधिक र सिपमुलक शिक्षामा जोड दिनुपर्छ ।
*      गुणस्तरिय शिक्षामा जोड दिनुपर्छ ।
*      पोषण, सरसफाइ र सर्वसुलभ स्वास्थ्य सेवा र सुबिधाको विकास गर्नुपर्छ ।
*      जनतालाई रोजगारमुलक, स्वरोजगारमुलक आय आर्जनका कार्यक्रममा आवद्ध गर्नुपर्छ ।
*      जनचेतना अभिवृद्धी कार्यक्रम संचालन गर्नुपर्छ ।
*      मानव अधिकार्, स्वतन्त्र न्यायप्रणाली, समावेशीकरण, सुशासन, र जनसहभागिता स्तर अभिवृद्धी गर्नुपर्छ ।

 

 

 

 

 

अभ्यास

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस् ।

१.      मानव विकास सूचकाङ्क भनेको के हो ?
२.      मानव विकास सूचकाङ्कका कुनै दुई आयामहरू उल्लेख गर्नुहोस् ।
३.      नेपालमा मानव विकास सूचकाङ्क कम हुनुका कुनै दुई कारणहरू लेख्नुहोस् ।
४.      मानव विकास सूचकाङ्क गणना किन गरिन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
५.      मानव विकास सुचकाङ्क गणना गर्नु को कुनै एक उद्देश्य लेख ।
६.      मानव विकास सुचकाङ्कका रुपमा नेपाल कस्तो देश हो ?
७.      मानव विकास सुचकाङ्क निकाल्मे सुत्र लेख्नुहोस ।
८.      नेपालमा मानव विकासको अवस्था सुधार्न अपनाउनुपर्ने कुनै दुई उपाय लेख्नुहोस् ।
९.      मानव विकास सूचकाङ्कबाट के थाहा पाउन सकिन्छ ?
१०.  नेपालमा मानव विकासको कुनै एक चुनौती लेख्नुहोस् ।

 

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् ।

१.   मानव विकास सूचकाङ्कलाई परिभाषित गरी यसका महत्त्व वा आवश्यकता उल्लेख गर्नुहोस्।       
   नेपालको मानव विकासको स्थिति वर्णन गर्नुहोस् ।
२.      सार्क राष्ट्रहरूको मानव विकासको अवस्थालाई तुलना गर्नुहोस् ।
३.      मानव विकास सुचकाङ्कको आवश्यक्ता औंल्याउनुहोस ।
४.      नेपाल ले मानव विकास सुचकाङ्कमा सुधार गर्न कुन कुन पक्षमा ध्यान दिनुपर्ला ?
५.      नेपालको मानव विकास सूचकाङ्क सुधार्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
६.      नेपालमा मानव विकासका चुनौतीहरू के के छन् ? लेख्नुहोस् ।
७.      मानव विकास भनेको के हो ? नेपालको मानव विकासको वर्तमान अवस्था र यसलाई सुधार्ने उपायहरू लेख्नुहोस् ।
८.      नेपालमा मानव विकासका चुनौतीहरू उल्लेख गर्दै यी चुनौतीलाई सामना गर्ने उपाय चर्चा गर्नुहोस् ।
९.      मानव विकास सुचकाङ्क प्रतिवेदन,२०२२ मा धेरै सार्कका मुलुकको मानव विकास अवस्था कमजोर हुनुका कारणहरु उल्लेख गर्नुहोस ।

 तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।

 

 




पाठ -२ दिगो विकास

(Sustainable Development)

·    विकास भनेको सकारात्मक,गतिशील र बहुआयामिक परिवर्तन हो।
·   वातावरण लाई कुनै क्षति नपुर्याई भावी पुस्ताका आवश्यक्तालाई मध्य नजरगर्दै वर्तमान मानविय आवश्यक्ता पूरागर्ने कार्यनै दिगो विकास हो।
·    संयुक्त राष्ट्र सङ्घले सन १९७२ को जुन ५ देखी १६ सम्म स्वीडेनको स्टकहोममा मानविय वातावरण सम्बन्धी आयोजना गरेको प्रथम सम्मेलनले दिगो विकासको रणनिती वा अवधारणा तयारपार्ने प्रायत्न गरेको पाइन्छ।

 दिगो विकास सम्बन्धी केही विश्वब्यापी भएका प्रयासहरु:

*      सन १९७२ मा स्वीडेनको स्टकहोममा मानविय वातावरण सम्बन्धी सम्मेलन ।

*      सन १९८२ मा संयुक्त राष्ट्र सङ्गको महासभा द्वारा प्राकृतिक साधनका विषयमा बडापत्र जारी

*      सन १९८३ मा संयुक्त राष्ट्र सङ्गको साधारण सभा द्वारा वातावरण तथा विकास सम्बन्धी आयोग गठनगर्ने प्रस्ताव पारित

*      सन १९८७ मा विश्व वातावरण तथा विकास आयोग द्वारा हाम्रो साझा भविष्य भन्ने प्रतिवेदन प्रकाशित्

*      सन २००० मा सहस्राब्दी विकास लक्ष्य जारीगरी वातावरण सन्तुलनलाई विकास गन्तब्यको एक आधारको रुपमा स्वीकार गरिएको

*      सन २००५ पछी जलवायु परिवर्तनबाट विश्वमा पर्ने प्रभाव न्युनीकरणगर्न विश्वको साझा अभिमत निर्माण भएको

*      दिगो विकासको लक्ष्यमा (सन्- २०१६ -२०३०)मा दिगो शहर र समुदायको अवधारणा समावेश भएको


 दिगो विकासका उद्देश्य, मान्यता वा सिद्धान्तहरु 
(Objectives of Sustainable Development):
१.     वातावरणको प्रभावकारी संरक्षण गर्ने
२.     प्राकृतिक श्रोत र साधनको सावधानीपुर्ण प्रयोग गर्ने
३.     उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि गर्ने
४.     सामाजिक सदभाव कायम गर्ने
५.     गरिवी निवारणमा सहयोग गर्ने
६.    मानविय विकासको पक्षको सबलीकरन गर्ने
७.    सामाजिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने
८.     उपभोगवादी संस्कृति नियन्त्रण गर्ने
९.     वातावरण मैत्री विकास गर्ने
१०.  विकासको कार्यमा जनताको सहभागिता गराउने

 

दिगो विकासका लक्ष्यहरु (Goals of Sustainable Development)

सन २०१५ मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले दिगो विकासका १७ वटा लक्ष्य (सन २०१५- २०३०) तय गरेको छ।
१.     गरिबीको अन्त्य।
२.     भोकमरीको अन्त्य।
३.     सुस्वास्थ्य तथा समृद्ध जीवन्।
४.     गुणस्तरिय शिक्षा
५.     लैङ्गिक समानता ।
६.     स्वच्छ पिउने पानी तथा सरसफाइ।
७.     किफायती र स्वच्छ ऊर्जा ।
८.     मर्यादित काम र आर्थिक वृद्धि ।
९.     उद्योग, नवीन खोज र पूर्वाधार ।
१०.      असमानता न्यूनीकरण ।
११.      दिगो सहर र समुदाय ।
१२.      दिगो उपभोग तथा उत्पादन ।
१३.      जलवायुमा पहल ।
१४.      जलमुनिको जीवन ।
१५.      जमिनमाथिको जीवन ।
१६.      शान्ति, न्याय र सक्षम निकायहरू ।
१७.      लक्ष्य प्राप्तिका लागि साझेदारी ।

 दिगो विकास कार्यान्वयनका समस्या तथा चुनौतीहरु:

-          स्थानिय तहलाई  सक्रिय पार्न नसक्नु,
-          वित्त प्रविधी तथा अन्य श्रोतलाई परिचालन गर्न नसक्नु,
-          राष्ट्रीय स्वामित्वका साथ अभियान संचालन गर्न नसक्नु,
-          दिगो विकासका लक्ष्यलाई योजना र कार्यक्रममा प्रभावकारी रुपले समेट्न नसक्नु
-          योजना कार्यन्वयन स्तर वृद्धी गर्न नसक्नु ।
-          आन्तरिक र बाह्य साधन परिचालन गर्न नसक्नु ।
-          विपद व्यवस्थापन र पुन्: निर्माण क्षमता कमजोर हुनु ।

  दिगो विकासलाई प्रवर्धन गर्ने उपायहरु (Measures to Promote Sustainable Development) :

*    श्रोत र साधनको विवेकपुर्ण प्रयोग
*    वातावरण शिक्षा र चेतना
*    समतामूलक विकास र गुणस्तरिय जीवन
*    विकास का आयोजनाहरु गरिवी घटाउन र उत्पादक्त्वा बढाउन लक्षित गर्ने
*    क्षमता अनुसार साधन श्रोतहरुको प्रयोग
*    उपयुक्त प्रविधिको प्रयोग
*    सामाजिक, सांस्कृतिक र धार्मिक भावनाको सम्मान गर्दै विकासका कार्यक्रम संचालन

दिगो विकासका आयामहरु (Dimensions of Sustainable Development) :

दिगो विकासको अवधारणा सम्पुर्ण क्षेत्रमा प्रयोग गरिने भएकाले यसका आयामहरु बृहत छन्:
१.  वातावरणीय आयाम: प्राकृतिक श्रोत साधनको सही उपयोग  र मानव सम्बन्धसँग सम्बन्धित हुन्छ।२.  आर्थिक आयाम: आर्थिक श्रोत र साधनको पहुँच वृद्धि गरी गरिवी निवारण र समता कायमगर्ने कुरालाई समेट्छ ।
३. सामाजिक आयाम:  सामाजिक न्याय र सशक्तीकरणगर्ने जस्ता कुरासँग सम्बन्धित हुन्छ। (न्यायोचित प्रक्रिया)
४. सांस्कृतिक आयाम: सांस्कृतिक सम्पदाहरुको संरक्षण, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण र मानव सम्बन्ध बलियो बनाउने कुरासँग सम्बन्धित हुन्छ ।
५. प्राविधिक आयाम: कम प्रदुषणयुक्त प्रविधीको उपयोगगरी विश्व तापक्रमगर्ने कुरासँग सम्बन्धित हुन्छ।
६. मानवीय आयाम: व्यक्तिलाई रोजगारी उपलब्ध गराउने, निजको भविष्य सुनिश्चितगर्ने, संस्कृतिको संरक्षण तथा विकासगर्ने कुरालाई समेट्छ ।
७.  राजनीतिक आयाम: विकासका विभिन्न कृयाक्लापहरु वा गतिविधी लगायत दिगो विकाससँग सम्बधित सम्पुर्ण निती निर्माणसँग सम्बधित छ ।
 

 नेपालमा दिगो विकासका लागी भएका प्रयासहरु:

*      आठौं आयोजनामा दिगो विकासको अवधारणा समावेश गरिएको।
*      वि.. २०५० मा वातावरण संरक्षण परिषदको स्थापना ।
*      वि. . २०५२ मा जनसङ्ख्या तथा वातावरण मन्त्रालयको स्थापना ।
*      वि. . २०५३ मा वातावरण ऐन जारी ।
*      वि. . २०५४ मा वातावरण संरक्षण नियमावली जारी ।
*      वि. . २०५६ मा वातावरण संरक्षण परिषदको स्थापना ।
*      वि. . २०५७ मा ओजोन तहलाई नष्टगर्ने पदार्थको उपायोग नियमावली जारी ।
*      नेपालको संविधान २०७२ मा स्वच्छ वातावरणमा बाँच्न पाउने हकको प्रावधान ।
*      विभिन्न योजनाहरुमा दिगो विकास नीति, कार्यक्रम र रणनीतिहरु समावेश गरिएको ।

दिगो विकासमा ध्यान दिनुपर्ने पक्षहरु

*      साधन श्रोतको विवेकपुर्ण प्रयोग।
*      वातावरणीय सन्तुलन।
*      गरीबी निवारण र रोजगारी सृजना।
*      सबै संस्कृती तथा धर्मको सम्मान।
*      सुशासनमा जोड।
*      साधन्, श्रोत र जनसङ्ख्यामा तालमेल।
*      दिगो उत्पादन र उपयोग।
*      स्थानिय सहभागिता।
*      मानविय विकास तथा प्रगति।
 

के नेपालले दिगो विकासका महत्वकाक्षीं लक्ष्यहरु पुरागर्न सक्ला ? आफ्नो तर्कहरु ५ बुँदामा दिनुहोस।
दिगो विकासका लागी नेपालले गर्नुपर्ने कार्यहरु:
-          खाद्यान्न सुरक्षा गर्ने,
-          स्वास्थ्य सुधार गर्ने,
-          स्तरिय शिक्षा प्रदान गर्ने,
-          लैङ्गिक समानता र महिला सशक्तीकरणमा ध्यान दिने,
-          खानेपानी तथा सरसफाइको व्यवस्था गर्ने,
-          उर्जा व्यास्थापन गर्ने,
-          रोजगारी व्यवस्थापन गर्ने,
-          पूर्वाधार विकास गर्ने,
-          छेत्रीय असन्तुलन घटाउने,
-          सुरक्षित मानव बसोबास व्यवस्था गर्ने,
-          उत्पादन गर्ने,
-          जलवायु वा वातावरणिय असर घटाउने,
-          न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने इत्यादी । 

 

"सबै ठाउँबाट सबैप्रकारका गरिबीलाई अन्त्य गर्ने।" नेपालमा दिगो विकास यो लक्ष्य प्राप्त गर्न ५ उपायहरु उल्लेख गनुहोस।
सबै ठाउँबाट सबै प्रकारका गरिबीलाई अन्त्यगर्न  निम्न अनुसारको उपायहरु अपनाउनु पर्छ:
-          स्थानिय व्यक्तिलाई रोजगारी दिने कार्यक्रम तय गर्ने,
-          आय आर्जन गर्न का लागी पर्याप्त अवसर को खोजी गर्ने,
-          बैदेशिक रोजगारीबाट प्राप्त मुद्राको सदुप योग गर्ने,
-          युवा स्वरोजगार कार्यक्रम अभिवृद्धिगर्ने
-          प्रतिव्यक्तिआय वृद्धिगर्न विभिन्न किसिमका कार्यक्रम संचालन गर्ने
 

तलका प्रश्नहरुको धेरै छोटो उत्तर दिनुहोस ।
१.      दिगो विकास भनेको के हो ?
२.      दिगो विकासको अवधारणा कहिलेदेखि सुरू भएको
३.      दिगो विकासका कुनै दुई उद्देश्य लेख्नुहोस् ।
४.      दिगो विकासका कुनै दुई लक्ष्य लेख्नुहोस् ।
५.      दिगो विकासको औचित्यलाई स्पष्ट पार्नुहोस् ।
६.      नेपालमा दिगो विकासका लागि भएका कुनै दुई प्रयास उल्लेख गर्नुहोस् ।
७.      दिगो विकासका कुनै दुई आयाम लेख्नुहोस् ।
८.      दिगो विकासका लागि सचेत नागरिकको भूमिका एक वाक्यमा लेख्नुहोस् ।
९.      विकासका सामाजिक आयाम अन्तर्गत कुन कुन कुरा पर्दछन ?
१०.  दिगो विकासको मानवीय आयामले कुन कुन विषयवस्तु मा जोड दिएको छ ?
 
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस ।
१.      दिगो विकासको अवधारणा प्रस्ट पार्नुहोस् ।
२.      दिगो विकासका आयामका बारेमा छोटो व्याख्या गर्नुहोस् ।
३.      नेपालमा दिगो विकासका लागि भएका प्रयास चर्चा गर्नुहोस् । दिगो विकासलाई प्रवर्धन गर्ने उपायका बारेमा छोटो व्याख्या गर्नुहोस् ।
४.      दिगो विकासका लागि भएका विश्वव्यापी प्रयासहरू लेख्नुहोस् ।
५.      दिगो विकासमा ध्यान दिनुपर्ने कुरा के के हुन् ? वर्णन गर्नुहोस्।
६.      दिगो विकासका लागि तपाईंको स्थानीय तहमा के के प्रयास भएका छन् ? सूची तयार पार्नुहोस् ।
दिगो विकासका लागि मेरो स्थानीय तहमा निम्न किसिमका प्रयासहरु  भएका छन् :
-       सुशासन र पारदर्शिता कायम प्रयास्
-       जिम्मेवारी बाँडफाँड र सामाजिक श्रोतको बाँडफाँड
-       व्यवस्थित  सहरीकरण
-       आधारभूत मानविय आवश्यक्ताको परिपूर्ति
-       गरीबि न्युनिकरण र प्रतिव्यक्ति आयमा वृधि
-       स्वरोजगार कार्यक्रममा वृधि
७.      दिगो विकासको लागी तपाई कसरी योगदान दिन सक्नु हुन्छ ?
दिगो विकासका लागी मैले निम्न लिखित योगदान दिन सक्छु :
-          सुशासन  व्यासथापन तथा पारदर्शी कार्यमा सहयोग  गरेर
-          जिम्मेवारी र सामाजिक श्रोतको बाँडफाँड गरेर
-           जनचेतनाको कार्यक्रम संचालन गरेर
-          आधारभूत मानविय आवश्यक्ताको परिपूर्तीगर्न लगाएर
-          स्वरोजगार कार्यक्रममा सहयोग गरेर
-          वातावरण सन्तुलनमा सहयोग गरेर्
-          कम प्रदुषणयुक्त प्रविधीको प्रयोगगर्न लगाएर
८.      दिगो विकासका उद्देश्यको सुची तयार पार्नुहोस ।

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस ।
९.      नेपालजस्ता अल्पविकसित देशहरूले दिगो विकासको लक्ष्य प्राप्त गर्न कस्ता उपायहरू प्रमुखता का साथ अवलम्बन गर्नुपर्दछ ? प्रस्तुत गर्नुहोस्।
१०.  दिगो विकासका लक्ष्यमध्ये नेपालको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण लक्ष्य कुन ठान्नुहुन्छ ? तर्क सहित प्रस्तुतु गर्नुहोस । Or,
दिगो विकासका लक्ष्यहरूमध्ये तपाईंलाई बढी महत्त्वपूर्ण लागेको लक्ष्य कुन हो ? किन ? अन्य लक्ष्यहरूसँग तुलना गरी लेख्नुहोस् ।
दिगो विकासका लक्ष्यमध्ये मलाई लक्ष्य ४ बढी महत्त्वपूर्ण लागेको छ । "गुणस्तरिय शिक्षा" यो लक्ष्य शिक्षासँग सम्बन्धित छ । शिक्षाबाट जनशक्ति विकास हुन्छ र जनशक्तिविना कुनै लक्ष्य पूरा हुन सक्दैनन् ।
अन्य लक्ष्य गरिबी घटाउने, भोकमरी अन्त्य गर्ने, स्वस्थ जीवन सुनिश्चित गर्ने, समानता कायम गर्ने, सरसफाइमा ध्यान दिने, ऊर्जाको व्यवस्था गर्ने, रोजगारी सिर्जना गर्ने, पूर्वाधार निर्माण गर्ने, असमानता घटाउने, बस्ती सुरक्षित बनाउने, जलवायु परिवर्तनका प्रभाव रोक्ने, समुद्रको उपयोग गर्ने, दिगो पर्यावरणीय प्रणाली विकास गर्ने, शान्ति कायम गर्ने र सफल कार्यान्वयनसँग सम्बन्धित छन् । यी सबै लक्ष्य चारको सफल कार्यान्वयनबाट पूरा हुन्छन् । त्यसैले मलाई यो लक्ष्य मन परेको हो ।
यसरी भन्नु पर्दा, लक्ष्य ४ पुर्ण रुपमा पुरा गर्न सकिएमा देशको सर्वाङ्गिण विकासगर्नमा टेवा पुग्नेछ ।
११.  "विकास व्यवस्थित हुनुपर्दछ । अव्यवस्थित विकासले विनाश निम्त्याउँछ।" यस भनाइलाई पुष्टि गर्नुहोस ।
१२.  "दिगो विकास आजको आवश्यक्ता" भन्ने विषयमा एउटा लेख लेख ।
निश्चयनै, विकास व्यवस्थित हुनुपर्दछ । अव्यवस्थित विकासले विनाश निम्त्याउँछ। साधारण अर्थमा, विकास भनेको सकारात्मक्, बहु आयामिक र गतिशिल परिवर्तन हो । विकास आजको समाजमा महत्त्वपूर्ण छ किनकि यसले दैनिक जीवनमा हरेक पक्षलाई असर गर्छ। कतिपय कारकहरूले विकासमा ठूलो प्रभाव पारेका हुन्छन । विकासका धेरै पक्ष छन् । ती सबै पक्ष हरुको सकारात्मक र सही प्रयोग गर्न आवश्यक देखिन्छ । उदाहरण को लागि- प्राविधिक विकास विज्ञानको विकासले गर्दा हुन्छ। समाजको विकासका विकासबाट मात्रै मानिसले प्रगति गर्न सक्छ । विकास मानव जातिको विभिन्न आविष्कारहरूबाट हुन्छ।
यसले मानवजातिलाई राम्रो भविष्यतर्फ डोर्‍याउँछ। अर्को तिर भन्नु पर्दा, वातावरण र विकास एक अर्का सँग अन्तरसम्बन्धित छन्। वातावरणलाई ध्यान नदिई विकासको कल्पना गर्न सकिँदैन । विकासमा ध्यान केन्द्रित गर्दा वातावरणलाई बेवास्ता गरियो भने यसले विकासमा थप प्रभाव पार्छ ।
तसर्थ, प्राकृतिक संसाधना को विवेकपुर्ण तथा बुद्धिमत्तापूर्ण  उपायोग मार्फत गरिएको विकास ले मानविय आवश्यक्ता को परिपुर्ती र दिगोपना सुनिश्चित गर्छ । विकासका गतिविधि सञ्चालन गर्दा प्रकृतिको संरक्षण र स्रोतसाधनको सन्तुलित रूपमा उपयोग गर्ने दायित्व नागरिकको हो । विकासको लाभका लागि वातावरणीय दिगोपनामा ध्यान दिनुपर्ने हुन्छ । विकास कार्य गर्दा आर्थिक तथा सामाजिक र सांस्कृतिक दिगोपनामा समुचित ध्यान दिएमा दिगो विकास सम्भव हुन्छ । यसारे भन्नु पर्दा, विकास व्यवस्थित हुनुपर्छ र दिगो विकास आजको आवश्यक्ता हो ।
 

 

 

 

 

 

 

 

पाठ - ३ नेपालमा सङ्घियता

सङ्घियता भनेको:

-          देशलाई विभिन्न स्वतन्त्र प्रशासनिक एकाइमा विभाजन गर्नु हो ।

-          यो लोकतान्त्रीक तथा समावेशी व्यवस्था हो ।

-          एकै समयमा एकभन्दा बढी सरकारद्वारा शासन गरिने व्यवस्था सङ्घियता हो ।

नेपाल को सङ्घियता '.'  मा आधारित छ: 

  • सहकारिता (Co-operation) 
  • सहअस्तित्व (Co-existence) र 
  • समन्वय (Co-ordination)

नेपालको संविधानको अनुसूची ५ मा सङ्घिय सरकारको अनुसूची ६ मा प्रदेश सरकारको र  अनुसूची ८ मा स्थानिय सरकारका एकल अधिकार तोकिएको छ । संविधानको अनुसूची ६ मा सङ्घ र प्रदेश्को साझा अधिकार र अनुसूची ९ मा सङ्घ्, प्रदेश र स्थानिय तहको साझा अधिकारको सूची दिएको छ ।

संक्षेपमा भन्नु पर्दा, सङ्घियता भनेको विभिन्नतहका सरकारहरु बिच संवैधानिक रुपमा शक्तिको वितरण वा बाँड्फाँड गर्नु हो ।


सङ्घियता देश विकासको आधारशिला हो । ५ बुँदामा आफ्नो तर्क दिनुहोस ।

सङ्घियतालाई निम्न कारणले गर्दा देश विकासको आधारशिला हो भन्ने गरिन्छ:
*      राज्यभित्रको आन्तरिक सुरक्षा सबल भई जनताका चाहना सम्बोधन हुन्छन्।
*      जनताका हकअधिकार सुनिश्चित भई विकास निर्माण कार्य हरु समयमै समपन्न हुन्छन्।
*      शासन व्यवस्था र प्रतिफल बाँडफाँडमा सबैको सहभागिता हुन्छ ।
*      जनसहभागिता वृद्धि भइ  प्रान्तहरुमा आत्मनिर्भरता र स्वालम्बिपना बढ्छ ।
*      स्थानीय स्रोत साधनको अत्यधिक उपभोग भई रोजगारीका अवसर वृद्धि हुन्छन् ।
 

संघीय संरचना विभाजनका आधारहरूः

*      भौगोलिक क्षेत्रको आधार
*      जनसंख्याको आकार
*      प्राकृतिक स्रोतहरू
*      ऐतिहासिक पृष्ठभूमि
*      जातीय बसोबास
*      आम्दानीको स्रोत
 

नेपालमा संघीय संरचना स्थापना  गर्दा ध्यान दिएका कुराहरुः

नेपालको संघीय संरचनालाई सङ्घ, प्रदेश र  स्थानीय गरी तीन तहमा छुट्याइएको छ। यसलाई संघीय संरचनामा स्थापना गर्दा ध्यान दिएका पक्षहरु निम्न लिखित छन्:

*      धार्मिक, सांस्कृतिक तथा जातीय हिसाबले ऐतिहासिक कालदेखि बसोबास गर्दै आएका नागरिकहरूको एकतामा बाधा नपुर्याउने,
*      प्राकृतिक स्रोतहरूको सही तरिकाले बाँडफाँड गर्ने,
*      आर्थिक विकासको सम्भावनाहरुलाई पनि समानुपातिक हिसाबले विभाजन गर्ने,
*      जमिनको क्षेत्रफल र जनसंख्या बिच  तालमेल मिलाउने,
*      राष्ट्रीय अखंडता  र सार्वभौमसत्तामा असर नपार्ने आदि।
  
संघीयताका फाइदाहरु / सबल पक्षहरु:
*      देशको समानुपातिक विकासमा सहयोग पुग्छ।
*      विकासका लागि जनसहभागिता जुटाउन सजिलो हुन्छ।
*      विकास निर्माणका कार्यहरुमा प्रदेश बीच प्रतिस्पर्धा बढाउने हुँदा देश विकासमा सहयोग पुग्छ।
*      प्राकृतिक साधन स्रोत साधनहरुको सहि  र उचित परिचालन हुन्छ ।
*      भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षा स्थापन गर्ने कार्यमा पनि सहयोग पुग्छ।
*      भौगोलिक, जातिय र ऐतिहासिक पहिचान कायम हुन्छ ।
 
संघीयताका बेफाइदाहरु / दुर्बल पक्षहरु/ चुनौती हरु
  •       सरकारको महँगो रूप।
  •       साधन र प्राकृतिक स्रोतको उपयोग गर्दा राज्यहरूबीच द्वन्द्व उत्पन्न हुन सक्छ।
  •       विभिन्न जातीय समूहहरूले छुट्टै राज्यको चाहना राख्न सक्छन्।
  •       नेपाल जस्तो सानो देशको लागि उपयुक्त छैन।
  •       विखण्डनको सम्भावना छ।
  •       शक्ति वितरणमा संघीय र प्रादेशिक सरकारहरू बीच गलतफहमी हुन सक्छ।
  •       आफ्नो राज्य वा प्रान्त भित्र सुरक्षा ब्यवस्था सुधार गर्न गार्हो हुन्छ ।
  •       प्रदेशका फरक फरक नीति भएकाले बलियो राष्ट्रीय नीति कायम गर्न गार्हो हुन्छ ।

 

नेपालामा सङ्घियताले सिर्जना गरेका अवसरहरु :
नेपालामा सङ्घियता कार्यान्वयनमा आएसँगै देखिएका सकारात्मक परिवर्तनहरु :
  •       १० वर्षे सशस्त्र जनयुद्धको अन्त्य
  •       मधेस आन्दोलनको उपलब्धी
  •       मुलुकमा शान्तिबहाली
  •       सेवा प्रवाहमा सहजता र सरलता
  •       राजधानी र सदर मुकामबाट हुनुपर्ने ७०% कामहरु स्थानिय तहबाटै हुन थालेको छ ।
  •       गाउँ गाउँमा शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा प्राप्त भएको छ ।
  •       अहिले करीब ५५% शासकिय जिम्मेवारी प्रदेश र स्थानिय तहलाई प्रदान गरिएको छ ।
  •       चुस्त कर व्यवस्थापन
  •       बसाइँसराइ व्यवस्थापन
 
 
सङ्घिय वा केन्द्र सरकारका कार्यहरु:
  •       बाह्य सुरक्षा/ सीमा सुरक्षा
  •       राष्ट्रिय बजेट निर्माण/ राष्ट्रिय अर्थनीति व्यवस्थापन
  •       परराष्ट्र नीति तथा कुटनीतिक पक्षको व्यवस्थापन
  •       राष्ट्रिय श्रोत तथा राष्ट्रिय विकासको योजना
  •       मुद्रा निष्कासन
  •       युद्ध घोषणा गर्ने
  •       हुलाक कार्यालय र टिकटहरू बनाउने
  •       संविधानलाई समर्थन गर्ने कानुन बनाउने
  •  
प्रदेश सरकारका कार्यहरु:
*      राज्य भित्र आन्तरिक सुरक्षा व्यवस्था सुद्रुढ गर्ने
*      राज्य भित्र विकास निर्माणका कार्यहरु संचालन गर्ने
*      आन्तरिक प्रशासन संचालन गर्ने
*      राज्यको लागी कानुन बनाउने
*      विवाह, ड्राइभिङ, शिकार, इत्यादिको लागि इजाजतपत्र जारी गर्ने
*      राज्य भित्र वाणिज्य नियमन गर्ने वा आम्दानी र खर्च गर्ने अधिकार प्रदान गर्ने
*      निर्वाचन व्यावस्थापन गर्ने
*      संशोधनहरू अनुमोदन गर्ने
 
स्थानिय तह वा  सरकारका कार्यहरु:
*      स्थानिय प्रशासनिक कार्यलाई व्यवस्थापन गर्ने
*      स्थानिय कानुन बनाउने
*      सङ्घियताको बारेमा सचेतीकरण गराउने
*      शिक्षा, खानेपानी, संचार, विद्धुत लगायत विकासका पुर्वाधार निर्माण गर्ने
*      सडक, बगैंचा, सडक बत्ती, नाली, सार्वजनिक राजमार्ग, पार्कको निर्माण र मर्मत सम्भार गर्ने
*      मृत्यु, विवाह र जन्मदर्ता बनाउने
*      बजार र बसपार्कको स्थापना तथा मर्मत सम्भार गर्ने
 
 
तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस ।
१.      संघीयता शब्दलाई एक वाक्यमा परिभाषित गर्नुहोस् ।
२.      सङ्घियता भनेको के हो ?
३.      नेपालमा सङ्घियताको कार्यान्वयनले ल्याउने कुनै एक सबल पक्ष उल्लेख गनुहोस।
४.      सङ्फ्घियता मौलिक र देश सुहाउँदो हुनुपर्छ भनिन्छ, किन ? एक वाक्य मा लेख्नुहोस।
५.      एकात्मक व्यवस्था र सङ्घीयताविचको एक फरक उल्लेख गर्नुहोस् ।
६.      नेपाललाई कहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित गरियो ?
७.      नेपालमा सङ्घीय व्यवस्था अवलम्बन गर्नुका कुनै दुई कारणहरू लेख्नुहोस्।सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भनेको के हो ?
८.      नेपालमा सङ्घीय संरचना स्थापना गर्न के के कुरामा ध्यान दिइएको छ ?
९.      सङ्घियताले स्थानीय विकासमा सघाउ पुन्याउँछ भन्ने दृष्टिकोणको पक्ष र विपक्षमा तपाईको विचार एक वाक्यमा लेख्नुहोस् ।
१०.  सङ्घियतामा केन्द्र सरकारले कुन-कुन पक्ष नियन्त्रण गर्छ ?
 
तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस ।
१.      सङ्घीयताको परिचय दिँदै दक्षिण एसियामा सङ्घीयता कार्यान्वयनमा रहेका देशहरूको नाम लेख्नुहोस ।
२.      क्षेत्रीय विकासको अवधारणा र सङ्घीयताविच भिन्नता देखाउनुहोस् ।
क्षेत्रीय विकासको अवधारणा र सङ्घीयताविच भिन्नता
क.    संघीयता भनेको केन्द्रीय सरकार र क्षेत्रीय सरकारको संयोजन गर्ने शासन प्रणाली हो। क्षेत्रीयता एक राजनीतिक विचारधारा हो जसले समग्र राष्ट्रको हितलाई प्राथमिकता दिन्छ।
ख.    संघीयता एक शासन प्रणाली हो भने क्षेत्रीय विकासको अवधारणा एक राजनीतिक विचारधारा हो।
ग.     एकात्मक शासन व्यवस्था अन्तर्गत नेपाललाई ४ विकास क्षेत्रमा वि. . २०२९ मा र ५ विकास क्षेत्रमा वि. . २०३७ मा विभाजन गरिएको थियो । अर्कोतिर सङ्घियताले वि. सं. २०६५  जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा गरिएको थियो।
घ.     क्षेत्रीयता एकात्मक शासन व्यवस्था सँग सम्बन्धित हुन्छ भने सङ्घियता केन्द्र, प्रान्त र स्थानिय तहसँग सम्बन्धित हुन्छ ।
ङ.      एकात्मक शासन व्यवस्था भित्र पाँच विकास क्षेत्र, चौध अंचल, पचहत्तर जिल्ला र नगरपालिका तथा गाँउ विकास समितीहरु कायम थिए भने नेपालको वर्तमान संविधानमा नेपाललाई सात प्रदेश, ७५३ स्थानिय तह र सङ्घगरी तीन तहको सरकारको अभ्यास गरिएको छ ।
च.     उदाहरणको लागि- एकात्मक शासन व्यवस्थामा काठ्मान्डौं महानगरपालिकाले केन्द्र सरकारले बनाएका नीति नियमहरु कार्यान्वयन गर्थ्यो र केन्द्र सरकार प्रति उत्तरदायित्व बन्थ्यो  भने सङ्घिय व्यवस्थामा उसले ऐन, कानुन निर्माण पनि आफै गर्छ र त्यसको कार्यान्वयन पनि गर्छ ।
३.   नेपालमा सङ्घीयता कार्यान्वयनमा कस्ता चुनौती देख्नुहुन्छ ? कुनै ५ ओटा चुनौतीहरू उल्लेख गर्नुहोस।
४.      सङ्घीय शासन प्रणालीको परिचय दिदैं यसका कुनै ४ वटा सबल पक्षहरु उल्लेख गर्नुहोस ।
५.      नेपालमा सङ्घीय शासन प्रणालीको कार्यान्वयन आर्थीक एवम सामाजिक दृष्टिकोणले चुनौतिपूर्ण छ। आफ्नो विचार ५ बुँदामा प्रष्ट पानुहोस ।
६.      सङ्घियताको कार्यान्वयन का लागी केन्द्र, प्रदेश, स्थानिय तह र जनताले गर्नुपर्ने कुनै दुई दुई ओटा कार्यहरु लेख्नुहोस ।
 
तलका प्रश्न हरुको लामो उत्तर लेख्नुहोस ।
७.      सङ्घीयताको अवधारणा प्रस्ट पार्दै नेपालमा यसले सिर्जना गरेका अवसर चर्चा गर्नुहोस् ।
८.      सङ्घीयताका फाइदाहरू उल्लेख गर्नुहोस् ।
९.      सङ्घियता देश विकासको आधारशिला हो" आफ्नो तर्क दिनुहोस्।
१०.  देश विकासको लागि सङ्घीयता राम्रो अवसर हुन सक्दछ तर त्यसको व्यवस्थापन सही रूपम नसकिएमा त्यो राष्ट्रको लागि अभिशाप पनि बन्न सक्छ भन्ने भनाइलाई ५ बुँदामा स्पष्ट पार्नु होस ।
११.  सङ्घीय शासन प्रणालीमा केन्द्रले प्रान्तले र स्थानिय तहलाई के कस्ता आधिकारहरु प्रदान गरिएको हुन्छ ? उल्लेख गर्नुहोस ।

 

 

 

 

 

 

 

 

 

 

 

पाठ - ४ राष्ट्रिय गौरवका आयोजनाहरु

विकासका आयोजना : विविध लक्ष्य प्राप्तिका लागि समयावधी सम्पन्नगर्ने गरी संचालन गरिने विकास सम्बन्धी कार्यक्रमहरु विकास आयोजना हुन ।

राष्ट्रिय गौरवका विकास आयोजना : समग्र राष्ट्रको पहिचान दिलाउन, देशको ठुलो जनसङ्ख्यालाई लाभान्वित गराउने,  ठुलो लगानी भएका र राष्ट्रिय स्तरबाट संचालित विकास आयोजनालाई राष्ट्रिय गौरवका विकास आयोजना भनिन्छ।

 विकास आयोजनाको वर्गिकरण

ओगोटेको क्षेत्रका आधारमा (४ प्रकारका) :

  •       स्थानिय विकास आयोजना,
  •       प्रादेशिक विकास आयोजना,
  •       राष्ट्रिय विकास आयोजना र
  •       अन्तराष्ट्रिय विकास योजना

विकास कोष उपलब्ध गराएको आधारमा (४ प्रकारका):

*      सरकारी विकास आयोजना,
*      गैरसरकारी विकास आयोजना,
*      निजी विकास आयोजना र
*      सार्वजनिक विकास आयोजना

सेवा दिने अवधिको आधारमा (२ प्रकारका):

*      अल्पकालिन विकास आयोजना
*      दिर्घकालिन विकास आयोजना

आयोजनाका आधारहरु: पर्याप्त पूँजी , श्रोत साधन, दक्ष जनशाक्ति, आवश्यक औजार तथा उपकरणहरु, सडक तथा यातायातको सुबिधा, संचार आदि


राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य (Objectives of Project National Pride) :
राष्ट्रिय गौरवका आयोजनाहरुको महत्व र आवश्यक्ता
*      समृद्ध राष्ट्रको पहिचान दिलाउने।
*      सिँचाइ सुबिधा मार्फत कृषिको उत्पादन र उत्पादकत्व बढाउने ।
*      यातायातको पूर्वाधारको विकास मार्फत सघन अन्तर सम्बन्ध बढाउने ।
*      सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र संवर्धनको साथै पर्यटकीय क्षेत्रको विस्तार गर्ने।
*      आवाधिक योजनाको आर्थीक लक्ष्य प्राप्तीमा सहयोग गर्ने।
*      शुद्ध खाने पानीको आपुर्तिलाई सहज बनाउने।
*      उलब्ध श्रोत र साधनहरुको सही सदुपयोग गर्ने।
*      देशका अधिकांश जनातालाई लाभ पुर्याउने।
*      उच्च स्तरका ठुला जलविद्धुत आयोजना निर्माण गरी उर्जाको निर्यात गर्ने।
*      रोजगारी सिर्जना गर्ने र पूर्वाधारको विकास गर्ने।

 

नेपालमा राष्ट्रिय गौरवका आयोजनाका समस्याहरु:
नेपालमा संचालित आयोजनाहरु तोकिएको समयमा कार्य सम्पन्न नहुनाका कारणहरु:
*      देशमा व्याप्त राजनीतिका अस्थिरता
*      राजनीतिका दलहरुबिच सहमतिको अभाव
*      राजनीतिका हस्तक्षेप
*      अनुगमन निरिक्षण कमजोर हुनु
*      विकासको पूर्वाधारको अभाव
*      लगानीको अभाव्
*      आयोजना छनोटमा स्थानियको स्वामित्व नहुनु
*      महत्वाकाक्षीं योजना बन्नु र श्रोत र साधनको अभाव हुनु
*      पारदर्शिताको कमि
*      ठेक्का विवाद वा ठेकेदारहरुले समयमा काम सम्पन्न गर्न नसक्नु
*      दक्षजनशाक्तिको कमि
*      ट्रेड युनियनको हडताल
*       लोडसेडिङ
*      विदेशी सहयोग वा विदेशी ऋणमा आधारित योजना विकास हुनु ।

 

तोकिएको समयमा संचालित आयोजनाहरु सम्पन्न गर्न ध्यान दिनुपर्ने कुराहरु:

      राजनीतिक हस्तक्षेपविहीन स्वच्छता
*      पारदर्शिताको विकास
*      पर्याप्त श्रोत साधन सहित यथार्थ योजनाको छनोट
*      प्रभावकारी अनुगमन निरीक्षण्
*      स्थानिय सहभागितामा आयोजना छनोट्
*      ऋण छनोट गर्ने मापदण्ड बनाई राष्ट्रिय नीतिअनुसार खर्च गर्ने

 

नेपालमा निर्माण हुन लागेका आयोजनाहरुमा स्वदेशी वा विदेशी लगानी मद्धे कुन उपयुक्त लाग्छ ? लेखाजोखा गर्नुहोस ।

   नेपालमा निर्माण हुन लागेका आयोजनाहरुमा स्वदेशी वा विदेशी लगानी मद्धे मलाई स्वदेशी लगानीमा निर्माण भइरहेका आयोजनाहरु उपयुक्त लाग्छ यसका कारणहरु यस प्रकार छन्:
-          विकास निर्माण कार्यमा आफ्नै स्वामित्वको  पर्याप्त लगानी भएमा त्यो आयोजना सफल हुन्छ ।
-          आयोजनामा जनताको प्रत्यक्ष सहभागिता, स्वामित्व र स्थानिय तहको श्रोत परिचालनका लागी       स्वदेशी लगानी आवश्यक पर्छ ।
-          स्वदेशी लगानीको आयोजनामा जनाताले कुनै विरोध वा प्रतिकार बिना सहयोग गर्छन ।
-          स्वदेशी लगानी बढी उपयुक्त भए पनि आवश्यक्ता अनुसार बढी लगानी लाने खालका आयोजनाका     लागी विदेशी लगानी पनि आवश्यक पर्छ ।
-          स्वदेशी लगानीबाट संचालिन आयोजनामा स्वदेशी श्रोत र साधनहरुको साथै जनशक्ति पनि       प्रयोगमा  आउँछ ।

 

 

नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु:

१.      पुष्पलाल (मध्यपहाडी) राजमार्ग

२.      हुलाकी राजमार्ग

३.      उत्तर दक्षिण लोकमार्ग (कोसी करिडोर)

४.      उत्तर दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर)

५.      उत्तर दक्षिण लोकमार्ग (कर्णाली करिडोर)

६.      रेल, मेट्रो तथा मोनोरेल विकास आयोजना (पूर्व-पश्चिम विद्धुतिय रेल मार्ग आयोजना)

७.      काठमाडौं तराई मधेस द्रुतमार्ग

८.      गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेंसी रसुवागढी सडक

९.      गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

१०.  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

११.  निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

१२.  पशुपति क्षेत्र विकास कोष

१३.  लुम्बिनी क्षेत्र विकास कोष

१४.  माथिल्लो तामाकोसी जलविद्युत् आयोजना

१५.  पश्चिम सेती जलविद्युत् आयोजना

१६.  महाकाली सिँचाइ आयोजना

१७.  सिक्टा सिंचाइ आयोजना

१८.  रानी जमरा कुलरिया सिँचाइ आयोजना

१९.  भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना

२०.  सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

२१.  राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

२२.  मेलम्ची खानेपानी आयोजना

२३.  विद्युत् प्रसारण आयोजना

२४.  बुढीगण्डकी जलविद्युत् आयोजना

                                        स्रोतः राष्ट्रिय योजना आयोग

 १.      पुष्पलाल (मध्यपहाडी) राजमार्ग

उद्देश्य: मध्य पहाडी बस्ती मा यातायातको सहज पहुँच्

पूर्वी पहाडी जिल्ला पाँचथरको चियो भञ्ज्याङ,  च्याङ्थापुदेखि सुरु भई बैतडी जिल्लाको झुलाघाटसम्म जोड्ने विस्तार हने

सडकको कुल लम्बाइ १८७९ कि. मि.  

पहाडी प्रदेशका २३ जिल्ला, २१५ बस्ती र झन्डै ७० लाख जनता यस सडक सञ्जालबाट लाभान्वित हुने लक्ष्य राखिएको

लोकमार्ग आसपास १० वटा नमुना सहर विकास गर्ने कार्यक्रम रहेको

आयोजना २०६४-६५ देखी सुरु भएको

अनुमानित बजेट: रु १ खर्ब १ अर्ब ५० करोड 

मध्यपहाडी लोकमार्गको महत्व/ फाइदाहरु:

*      पूर्वदेखि पश्चिम (मेचीदेखि महाकाली)सम्म जाने यो राजमार्गले पहाडी क्षेत्रका जनतालाई सहज हुनेछ।

*      यातायातको समस्या धेरै हदसम्म समाधान गरिनेछ।

*      यसबाट हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकले पनि पहाडी र तराई क्षेत्रमा पहुँच पुर्याउने छन्।

*      यसले अत्यावश्यक क्षेत्रमा आवश्यक बस्तुको निकासी र पैठारीमा सघाउ पुर्याउने र तराईमा बसाइँ सर्ने कामलाई रोक्छ।

*      व्यवस्थित शहरीकरणको विकास हुनेछ ।

*      व्यापार अभिवृद्धी हुने ।

*      सामाजिक तथा सांस्कृतिक आदान प्रदान हुनेछ ।

*      आर्थीक समुन्नती हुने आदि ।



 

२.      हुलाकी राजमार्ग

उद्देश्य: नेपालको पूर्व पश्चिम तराईका बस्तीमा यातायातको सहज पहुच

पूर्वमा झापा देखी पश्चिममा कंचनपुर सम्मको बस्तीलाई जोड्ने 

सडकको कुल लम्बाइ १७९२.४२ कि. मि.

आयोजना २०६८-६९ देखी सुरु भएको

अनुमानित बजेट्: रु ६५ अर्ब २० करोड 

हुलाकी लोकमार्गले पुर्याउने फाइदाहरु:

*      नेपालको पूर्व पश्चिम तराईका बस्तीमा यातायातको सहज पहुच

*      पूर्वमा झापा देखी पश्चिममा कंचनपुर सम्मको बस्तीलाई जोड्ने 

*      तराईका २० जिल्लालाई छुने

*      पूर्व पश्चिमको राजमार्गको समानान्तर भइ जाने जसले गर्दा यातायातमा झन सजिलो हुने

*      वैदेशिक व्यापारमा सजिलो हुने

 

 

३.      उत्तर दक्षिण लोकमार्ग (कोसी करिडोर)

उद्देश्य: खाँदबारी देखी उत्तर सिमाना किमाथाङ्का जोड्ने

सडकको कुल लम्बाइ १६२ कि. मि.

आयोजना २०६५-६६ देखी सुरु भएको 

अनुमानित बजेट्: रु ११ अर्ब ९३ करोड 


४.      उत्तर दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर)

उद्देश्य: नवालापरासी जिल्ला को गैंडाकोट देखी गुल्मी को रिडि, बागलुङ, मालढुङ्ग, म्याग्दीको बेनी र मुस्ताङ्ग्को जोमसोम हुँदै उत्तरी सिमाना कोरला नाका सम्मको सडक निर्माण्

सडकको कुल लम्बाइ ४४४ कि. मि.

आयोजना: २०६५-६६ देखी सुरु भएको 

अनुमानित बजेट: रु २४ अर्ब 


५.      उत्तर दक्षिण लोकमार्ग (कर्णाली करिडोर)

उद्देश्य: कर्णाली प्रदेशको हुम्ला जिल्लामा पर्ने उत्तरी नाका  हिल्सा र कालीकोट जिल्लाको कर्णाली राजमार्गको खुलाउसम्म जोड्ने सडक निर्माण

सडकको कुल लम्बाइ: २६८ कि. मि.

आयोजना २०६५-६६ देखी सुरु भएको 

अनुमानित बजेट: रु ६ अर्ब ६६ करोड 


६.      रेल, मेट्रो  तथा मोनोरेल विकास आयोजना (पूर्व-पश्चिम विद्धुतिय रेल मार्ग आयोजना)

उद्देश्य: देशको आर्थीक र सामाजिक विकासमा टेवा पुर्याउने

यस अन्तर्गत मुख्यतया पूर्वपश्चिम रेलमार्ग, काठमाडौं वीरगंज रेलमार्ग, केरुङ्- काठमाडौं- पोखरा- लुम्बिनी रेलमार्ग रे भारतीय रेलमार्गसंग जोड्ने  कृयाक्लापमा केन्दृत

आयोजना २०६५-६६ देखी कार्यान्वयन भएको 

अनुमानित बजेट: रु ९ अर्ब ५५ करोड 


७.      काठमाडौं तराई मधेस द्रुतमार्ग

उद्देश्य: छोटो दुरिमा राजधानी काठमाडौंलाई तराईसँग ढुवानी सहज बनाउने र आर्थीक योगदानमा सहयोग गर्ने

ललितपुरको खोकाना र बाराको निजगढलाई जोड्ने

सडकको कुल लम्बाइ:  ७६.४ कि. मी.

.. २०६८-७९ देखी राष्ट्रीय गौरवको आयोजनामा समावेश गरिएको

आयोजना २०७४-७५ देखी नेपाली सेना द्वारा शुरु गरिएको

अनुमानित बजेट: रु १७५ अर्ब  


८.      गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेंसी रसुवागढी सडक

योजनाको  कूल लम्बाई ८२ कि. मि. : ३ खण्डमा विभाजन भइ निर्माण भैरहेको

प्रथम खण्ड : गल्छी त्रिशुली मैलुंग  लम्बाई: ४६ कि. मि.

निर्माण व्यवसायी: M/S COVEC/ Tundi/ Rasuwa JV, सानेपा, ललितपुर

२१ कि. मि. पहिलो चरणको र १४ कि. मि. दोस्रो चरणको कालोपत्रे  गरिएको ।

हालसम्मको कुल भौतिक प्रगति: ६५%

दोस्रो खण्ड : मैलुंग स्याफ्रुवेशी    लम्बाई: १९ कि. मि.

निर्माण व्यवसायी: M/S Bharat Construction-Siddhi Sai JV, Kathmandu

तेस्रो खण्ड : स्याफ्रुवेशी रसुवागढी  लम्बाई: १७ कि. मि.

चीन सरकारद्वारा निर्माण कार्य सुरु हुने

कोविद्-१९ को कारण कार्य सुचारु हुन नसकेको

 


 

९.      गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

उद्देश्य: भागवान बुद्धको जन्मस्थला लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने वा आकर्षण गर्ने

  दिगो पर्यटन विकासका लागी मुलुकमा अर्को वैकल्पिक अन्तराष्ट्रीय विमान स्थल निर्माण गर्नु

      रुपन्देही जिल्लामा अवस्थित गौतम बुद्ध विमान स्थलको धावनमार्गलाई स्तरोउन्नती गरी        नयाँ धावनमार्ग निर्माण गर्ने

.. २०७१-७२ मा सुरु भ ई आ.. २०७८-७९ मा सम्पन्न भएको 

वि.. २०७९ जेठ २ गते देखी व्यवसायिक रुपमा संचालनमा आएको

अनुमानित बजेट: रु ६ अर्ब  ८२ करोड

 



 

१०.  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

उद्देश्य: पोखरालाई विश्वकै एक पर्यटकीय गन्तब्यको रुपमा स्थापना गर्नु

विमानस्थलको क्षेत्रफल: करिब ४००० रोपनी

यसको कङक्रीट धावन मार्गको लम्बाइ र चौडाइ क्रमश: २५०० मिटरा र ४५ मिटर्

.. २०७१-७२ मा सुरु भई आ.. २०७८-७९ मा सम्पन्न भएको 

वि.. २०७९ मा सम्पन्न भएको र वि स २०७९ पौष १७ गते मा प्रधानमन्त्री पुष्पकमल दाहाल द्वारा विमान स्थलको उदघाटन

निर्माणकर्ता चिनिया कम्पनी र लगानीकर्ता चाइना एक्जिम बैङ्क्

अनुमानित बजेट: ३०५ मिलियन यु एस डलर

 

११.  निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

उद्देश्य: तराई क्षेत्रको पर्यटकीय विकासगर्ने उद्देश्य र वैकल्पिक अन्तराष्ट्रीय विमान स्थलको निर्माणगर्ने हेतु

स्थान: बारा जिल्लाको निजगढमा सुबिधा सम्पन्न उच्च कोटिको अन्तराष्ट्रीय विमान स्थल 

भौतिक प्रगती शुन्य रहेको

.. २०७१-७२ देखी सुरु भएको र आ.. २०८५-८६ मा सम्पन्न हुने लक्ष्य

अनुमानित बजेट्: १६५ अर्ब



१२.  पशुपति क्षेत्र विकास कोष

उद्देश्य: पशुपती क्षेत्रलाई प्रतिष्ठा एवम गरिमामय  अनुरुप स्वव्यवस्थित र विकसित पार्ने

पशुपती क्षेत्र भित्रका पुरै पुरातात्विक सम्पदाको संरक्षण र संबर्धन्, दर्शानार्थी तीर्थयात्रीको सुबिधाका लागी भौतिक पूर्वाधार विकास, विद्धुत शवदाह्र गृह संचालन तथा वातावरण सुधार गर्ने उद्देश्यले संचालित

पशुपती कोष विकास ऐन २०४४  अन्तर्गत संचालित

.. ३०७०-७१ देखी राष्ट्रीय गौरवको आयोजनमा समावेश गरिएको


१३.  लुम्बिनी क्षेत्र विकास कोष

उद्देश्य:भगवान बुद्धको पवित्र जन्म स्थलसँग सम्बन्धित पुरातात्त्विक स्थलहरु (तिलौराकोट्, गोटिहावा, निग्लीहावा सगरहावा , सिसिनियाकोट्, देवदह, रामग्राम्) को अन्वेषण , उत्खानन, संरक्षण र विकास गर्ने र लुबिनीलाई बौद्धमार्गी एवम शान्तिप्रेमी जनसमुदायको अन्तराष्ट्रीय केन्द्रको रुपमा निर्माणगर्ने

.. २०७०-७१ मा राष्ट्रीय गौरवको आयोजनामा समावेश गरिएको

अनुमानित लागत : १३ अर्ब २६ करोड


१४.  माथिल्लो तामाकोसी जलविद्युत् आयोजना

उद्देश्य: उर्जा वा जलविद्धुत उत्पादनगरी सम्बन्धित क्षेत्रलाई उपलब्ध गराउने

उत्पादन क्षमता: ४५६ मेगावाट

.. २०६७-६८ मा सुरु भएको तर भूकम्प र कोरोना महामारीले गर्दा सम्पन्न हुन नसकेको

स्थान: दोलाखा जिल्लाको उत्तरी भागमा अवस्थित

अनुमानित लागत: ५० अर्ब

स्वादेशी लगानी बाट संचालित :नेपाल टेलिकम, नेपाल विद्धुत प्राविधिकरण , कर्मचारी संचय कोषनागरिक लगानी कोष, राष्ट्रीय बीमा संस्थान, राष्ट्र सेवक कर्मचारी, आयोजना प्रभावित स्थानिय जनता तथा सर्वसाधारणा वित्तिय लगानी आदि

१५.  पश्चिम सेती जलविद्युत् आयोजना

उद्देश्य:सुदुर पश्चिम क्षेत्रमा विकास को आमुल परिवर्तन ल्याउने

स्थान: डोटी, डदेल्धुरा, बैतडी र बझाङ जिल्ला

कुल अनुमानित लागत : २ अर्ब ७३ लाख ८५ करोड

.. २०६७-६८ मा सुरु भएको

१६.  महाकाली सिँचाइ आयोजना

उद्देश्य: सुदुर पश्चिम प्रदेश मा अवस्थित कैलाली र कंचनपुर जिल्ला को ३३.५२० हेक्टर भुमिमा सिँचाइ सुबिधा उपलब्ध गराउने

.. २०६३-६४ मा सुरु भएको

अनुमानित लागत : ३५ अर्ब

१७.  सिक्टा सिंचाइ आयोजना

उद्देश्य: बाँकेको अगैया स्थित राप्ती नदिमा बाँध निर्माणगरी  कुल ४२७६६ हेक्टर कृषियोग्य भुमिमा सिचाँइ सुविधा पुर्याउने ।

.. २०६२-६३ बाट नेपाल सरकारको आफ्नै आर्थीक र प्राविधिक श्रोतबाट संचालित

.. २०६८-६९ मा राष्ट्रीय गौरव आयोजनामा स्तर उन्नति

१८.  रानी जमरा कुलरिया सिँचाइ आयोजना

उद्देश्य: कैलाली जिल्ल्ला को ३८३०० हेक्टर  खेतियोग्य जमिनमा वर्षैभरी सिचाँई सुबिधा उपलब्ध गराउने

कृषक द्वारा निर्माण गरिएको सबै भन्दा ठुलो सिँचाई योजना

१९.  भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना

उद्देश्य: बाँके र बर्दिया जिल्लाको ५१००० हेक्टर जमिन वर्षै भरी सिँचाइ सुबिधा पुर्याउनुको साथै ४६.५ मेघावाट विद्धुत उत्पादनगर्ने लक्ष्य

भेरी नदी बाट ४० घनमिटर  प्रतिसेकेण्ड पानी बबई नधीमा स्थानातारण गर्ने लक्ष्य

.. २०६८-६९ मा सुरु भएको

आनुमानित लागत: ३७ अर्ब

२०.  सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

उद्देश्य: बारा, रौताहट, सर्लाही, महोत्तरी, धनुषा, जिल्लाहरुमा कुल १,२२,००० हेक्टर जमिन वर्षैभरी सिँचाइ सुबिधा उपलब्ध गराउनुको साथै ३१.०७ मेघावाट विद्धुत उत्पादन गर्ने

सुन कोशीको पानी मरिनमा मिसाउने

.. २०७६-७७ मा राष्ट्रीय गौरव आयोजना भित्र राखिएको

अनुमानित लागत:  ४६ अर्ब १९ करोड

२१.  राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

उद्देश्य: चुरे क्षेत्रमा देखिएको बहुपक्षिय समस्याहरु समाधान गर्नु

चुरे क्षेत्रको विविधता, भौगोलिक, आर्थीक र सामाजिक पक्षलाई ध्यानमा राखी वातावरण सन्तुलन कायम राख्नु

चुरे तराई मधेसको संरक्षणका लागी २० वर्षे गुरुयोजना नेपाल सरकारबाट मिती २०७४ जेठमा स्वीकृत

स्थान: पूर्वको इलाम देखी पश्चिमको कंचनपुर सम्म ३७ जिल्ला (नेपाल को कुल भु-भागको १२.७८%)

नाम: राष्ट्रपती तराई मधेस चुरे संरक्षण विकास समिति

.. २०६६-६७ मा सुरु भएको  र आ.. २०७०-७१ मा राष्ट्रीय गौरवका आयोजनामा समावेश गरिएको

अनुमानित लागत: २ खर्ब ४९ अरब ७० लाख

२२.  मेलम्ची खानेपानी आयोजना

उद्देश्य: काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्ने

.. २०५५-५६ मा सुरु भएको

.. २०६८-६९ मा राष्ट्री य गौरव को आयोजना मा समावेश गरिएको

.. २०७७-७८ मा प्रथम चराण को काम समपन्न

अनुमानित नयाँ लागत : ३१ अर्ब ३६ करोड्

दोश्रो चरणको काम आ.. २०८०-८१ मा सम्पन्न गर्ने लक्ष्य

पहिलो चरणमा दैनिक १७ करोड  लिटर पानी आपुर्तिगर्न थालेको

अब दोश्रो चरणमा  लार्के र याङ्गी नदीबाट क्रमश: १७-१७ करोड लिटर गरी  ५१ करोड लिटर पानी वितरण गर्ने लक्ष्य रहेको

२३.  विद्युत् प्रसारण आयोजना

उद्देश्य: उर्जा उत्पादनगरी देश समृद्ध बनाउने

नेपाल सरकार र अमेरिकी सरकारी निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन बिच नेपालमा उर्जा र यातायात क्षेत्रको पूर्वाधार विकासका निम्ती विद्धुत प्रसारण आयोजन गठन भएको

सम्झौता अनुसार अमेरिकाले नेपाल सरकारलाई करिब ६० अर्ब रकम अनुदान दिनेछ ।

रकम अन्तरदेशिय विद्धुत प्रसारण लाईन निर्माणमा खर्च हुने, सडक निर्माणमा खर्च हुने आदि

साथै नेपालले पनि पूर्वाधार विकासमा करिब १५ अर्ब रुपैया खर्च गर्ने प्रावधान रहेको छ ।

२४.  बुढीगण्डकी जलविद्युत् आयोजना

उद्देश्य: उर्जा संकट पूर्ण रुपमा अन्त्य हुने अपेक्षा राखिएको

स्थान: गोरखा र धादिङ्ग जिल्लाको सिमानामा अवस्थित

जलविद्धुतको क्षमता: १२०० मेघावाट रहेको

अनुमानित लागत: २६० अर्ब

.. २०६९-७० मा सुरु भएको

प्रस्तावका संस्था:  बुढी गण्डकी जलविद्धुत आयोजन समिति

व्यवस्थापन, संचालन र रेखादेख - नेपाल सरकारले

लगानी कर्ता: विश्व बैंक, एसियाली विकास बैंक आदि

 

 

तलका प्रश्नहरुको अति छोटो उत्तर लेख्नुहोस ।

१.      राष्ट्रिय गौरवका विकास आयोजना भनेको के हो ?

२.      कस्ता आयोजनालाई राष्ट्रीय गौरवका आयोजना भनिन्छ ?

३.      नेपालका राष्ट्रिय गौरवका कुनै दुई आयोजनाको नाम लेख्नुहोस्।

४.      लगानीको आधारमा आयोजनाहरूलाई कसरी विभिन्न भागमा विभाजन गर्न सकिन्छ ?

५.      राष्ट्रिय गौरवका आयोजना सफल पार्न के गर्नुपर्दछ ? एक वाक्यमा लेख्नुहोस ।

६.      नेपालमा विकास आयोजनाहरू तोकिएको समयमा सम्पन्न हुन नसक्नुका कुनै दुई कारण लेख्नुहोस् ।

७.      राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालन गर्ने अधिकार किन सङ्घीय सरकारमा राखेको होला ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस् ।

राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालनगर्ने अधिकार सङ्घीय सरकारमा  हुन्छ किनकी नेपाल सरकारको मन्त्रीपरिषदले राष्ट्रीय  आयोजनाको घोषणागर्ने काम र यी योजनाहरुलाई व्यवस्थापनगर्ने काम गर्दछ ।

८.      पुष्पलाल मध्य पहाडी लोकमार्गको निर्माणले देश विकासमा सहयोग पुग्ने कुनै दुई आधार प्रस्तुत गर्नुहोस् ।

९.      माथिल्लो तामाकोसी आयोजना तोकेको समयमा सम्पन्न हुन नसक्नुका कुनै दुई कारण लेख्नुहोस् ।

 

तलका प्रश्नहरुको छोटो उत्तर  दिनुहोस ।

१.      विकास आयोजनाका प्रकारको सूची तयार गर्नुहोस् ।

२.      नेपालमा सञ्चालित कुनै आठ राष्ट्रिय गौरवका आयोजनाहरूको सूची बनाउनुहोस्।

३.      राष्ट्रपति चुरे संरक्षण आयोजनाका बारेमा सक्षिप्तमा लेख्नुहोस् ।

४.      राष्ट्रीय गौरवका आयोजना किन महत्वपूर्ण मानिन्छन ?

राष्ट्रीय गौरवका आयोजना महत्वपूर्ण मानिन्छन किनकी :

*      यस्ता आयोजनामा साधन, श्रोत एवम जनाशक्तिको दिगो सोच र उद्देश्यका साथ योजनाबद्ध रुपमा उपायोग गरिन्छ।

*      यस्ता आयोजना केन्द्र, प्रदेश तथा स्थानिय स्तरबाट संचालित हुन्छन ।

*      यी आयोजनाले राष्ट्रीय पहिचानलाई बोध गर्दछन ।

*      यसबाट ठुलो मात्रमा जनता लाभान्वित हुने गर्दछन ।

*      यी आयोजनाहरुले मुलुकको आर्थीक विकास र सामाजिक रुपान्तरणमा  महत्वपुर्ण योगदान  पुर्याउँछन ।

*      यी आयोजनाहरु नेपाल सरकार मन्त्रीपरिषदको निर्णय बमोजिम हुने गर्दछन ।

 

५.      हुलाकी लोकमार्गले पुर्याउने फाइदाहरुको विवेचना गर्नुहोस ।

६.      पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेर हाल चालु अवस्थामा छ। नेपालको पर्यटन क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ ? परिकल्पना गर्दै एक अनुच्छेद लेख्नुहोस् ।

७.      बुढी गण्डकी जलविद्युत् आयोजनाको दीर्घकालीन फाइदाहरू के हुन सक्छन् ? लेख्नुहोस् ।

-          उर्जा संकट पूर्ण रुपमा अन्त्य हुने

-          पानी जम्मा गरेर १२ महिना जलविद्धुत उत्पादन र आपूर्तिगर्ने

-          उर्जा निर्यात गरेर आर्थीक समृद्धी गर्ने

-          देशको जनशाक्ति प्रयोगमा आउने

-          स्थानिय तहको श्रोत र साधन प्रयोगमा आउने

८.      माथिल्लो तामाकोसी विद्युत् परियोजनालाई किन राष्ट्रिय गौरवको परियोजना भनिएको हो ? नेपालको विकासमा यसको भूमिका उल्लेख गर्नुहोस् ।

९.      नेपालमा संचालित आयोजनाहरु तोकिएको समयमा कार्य सम्पन्न नहुनाका कारणहरु उल्लेख गर्नुहोस।

 

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस ।

१०.  नेपालमा हाल सञ्चालनमा रहेका कुनै दुई राष्ट्रिय गौरवका आयोजनाका बारेमा चर्चा गर्नुहोस् ।

११.  तपाईं राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएको भए नेपालमा कस्ता कस्ता आयोजनाहरू निर्माण गर्नुहुन्थ्यो ? लेख्नुहोस् ।

राष्ट्रिय योजना आयोगको अध्यक्षता सम्माननीय प्रधानमन्त्रीले  गर्नुहुन्छ र यदिम यस राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएको भए नेपालमा नेपाल मा निम्न किसिमका आयोजनाहरू निर्माण गर्ने थिए:

*      राष्ट्रिय योजना आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, विभिन्न विषय क्षेत्र लगायतको  प्रतिनिधित्व हुने गरी विज्ञता एवं समावेशी आधारमा छ जना सदस्यहरू र नेपाल निजामती सेवाको विशिष्ट श्रेणीको अधिकृत (सचिव) सदस्य सचिवको रूपमा रहने व्यवस्था छ।

*      देशको विकास योजना तथा नीति तर्जुमामा सही र सुहाउँदो सल्लाह दिनेछु ।

*      विकास योजना,  नीति तथा कार्यक्रमहरूको समयमा अनुगमन र मूल्याङ्कन गरी योजनाहरुलाई सम्पन्नगर्ने थिए ।

*      विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्ने प्रयास गर्ने थिए।

*      देशको आर्थिक विकासको लागी बौद्धिक वर्ग बिच विचार आदानप्रदान, वहस, छलफल र अन्तक्रियागर्ने र गराउने काम गर्ने थिए ।

*      नागरिक समाज, गैरसरकारी संस्थाहरू र निजी क्षेत्रको समस्याहरू विश्लेषणगरि समाधान गर्ने प्रयास गर्ने थिए।

*      आयोजनाका लागी  मध्यमकालीन खर्च संरचना, आयोजना बैंक, बजेट सीमा तथा मार्गदर्शन एवं अनुगमन मूल्यांकन सम्बन्धी काम उचित तारिकाले गर्ने थिए ।

*      आवश्यकता अनुसार कार्यविधि एवं मापदण्ड तयारगरी कार्यान्वयन गर्ने थिए ।

*      योजना निर्माण विधि र पद्धतिमा, नीति विश्लेषणमा, महत्वपूर्व क्षेत्रको रणनीति निर्माणमा, अर्थतन्त्रको विश्लेषण गर्ने उपयुक्त र नवीन विधि, प्रविधि र तिनको प्रयोगमा, नव प्रवर्तनकारी कार्यान्वयन, अनुगमन, मूल्यांकन र परिमार्जन गर्ने विधिपद्धति, र लैंगिक तथा वातावरणीय परीक्षण विधि र पद्धतिजस्ता विषयमा विषेश ध्यान पु-याउने थिए

*      कार्य प्रणालीमा देखिएका कमजोरी र समस्यालाई सम्बोधन गरी सहजकर्ता प्रदान गर्ने थिए ।

*      राष्ट्रिय महत्वका आयोजना, जस्तैः विभिन्न प्रदेशलाई जोड्ने सडक, ऊर्जा पूर्वाधार, उत्पादन र रोजगारी बढाउने र अन्तरक्षेत्रीय र अन्तरप्रदेश असमानता घटाउने खालका ठूला परियोजना हरु निर्माणमा ध्यान दिने थिए

*      परियोजना सीमित स्रोतसाधनका साथ सहकार्यका आधारमा गर्ने र गराउने प्रयास गर्ने थिए।

 

 

 

 

 

 

सामुदायिक कार्य

१.      तपाईको समुदायमा सञ्चालित कुनै एक विकास आयोजनाका बारेमा अध्ययन गरी निम्न प्रश्नहरूको उत्तर दिनुहोस्

क.    आयोजनाको नाम के हो ?      - सिक्टा सिँचाइ आयोजना

ख.    आयोजना कुन स्थानमा सञ्चालित छ

- पश्चिमी नेपालको राप्ती नदीमा: सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहर

ग.      आयोजनाको अनुमानित लागत कति छ ?               - ५२.८९ बिलियन,

घ.     आयोजना कहिले सुरु भएको हो र कहिले सम्पन्न हुन्छ ?

-.. २०६२-६३ मा सुरु भएको र आ.. २०७८-०७९ मा सम्पन्न गरिने लक्ष्य लिइएको

ङ.      आयोजनाबाट कति जनसङ्ख्या लाभान्दित हुन्छ उक्त आयोजनाले दिगो विकासका निमित्त अपनाएका उपायहरू के के हुन् ?

बाँके जिल्लाको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य

आयोजनाको ४५ किलोमिटर पश्चिमी मुख्य नहरको निर्माण सम्पन्न भएको छ भने ५३ किलोमिटर पूर्वी नहर निर्माणको काम भइरहेको छ ।

आयोजनाले दिगो विकासका निमित्त अपनाएका उपायहरू :

*      सामाजिक र आर्थिक विकासलाई प्रवर्द्धन गर्न ऋण उपलब्ध गराउने,

*      प्राविधिक सहयोग गर्ने,

*      अनुदान उपलब्ध गराउने,

*      समता मुलक सोच को विकास गरी काम गर्ने

च.     वातावरणलाई क्षति नगर्ने सम्भावित विकल्पहरू के हुन सक्छन्।

वातावरणलाई क्षति नगर्ने सम्भावित विकल्पहरू :

*      बनजंगल फडानी नगरि नहर निर्माण गर्ने

*      सिचाँई सुबिधा उपलब्ध गराउने

*      नहरको छेउ छेउमा बोट बिरुवाहरु लागाउने

*      वातावरण क्षति न होस भनि केहि ठाँउमा अण्डरग्राउण्ड नहर निर्माण गर्ने

  

 (All Images Credit: Google Images)












एकाइ   हाम्रा सामाजिक मुल्य र मान्यता

(OUR SOCIAL VALUE AND NORM)

पाठ -१ हाम्रा राष्ट्रिय सम्पदा (Our Social Heritage)

राष्ट्रिय सम्पदाको  परिचय (Introduction to  National Heritage) :

हाम्रा पूर्वजबाट प्राप्त महत्त्वपूर्ण तथा संरक्षण योग्य स्थान, वस्तु, कला, संस्कृति र प्राकृतिक परिवेश हाम्रा राष्ट्रिय सम्पदा हुन् । यी सम्पदा हाम्रा गहना र चिनारी पनि हुन् । यिनले देशको पहिचान र गौरव दिलाउने काम गर्छन् । राष्ट्रको पहिचान दिने राज्यका सबै नागरिकको मूल्यवान् सम्पत्तिका रूपमा राष्ट्रिय सम्पदालाई लिन सकिन्छ । यसरी भन्नु पर्दा, हाम्रा पुर्खाले हामीलाई हस्तान्तरण गरेर गएका महत्वपूर्ण श्रोत साधन, सांस्कृतिक भवन, मन्दिर, गुम्बा, प्रथा परम्परा लाई सम्पदा भनिन्छ ।

 

मूर्त र अमूर्त सम्पदा:

धार्मिक एवम सांस्कृतिक सम्पदालाई मूर्त र अमूर्त गरी दुई भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।

*      देख्न र छुन सकिने धार्मिक एवम सांस्कृतिक सम्पदा जस्तै: मन्दिर, गुम्बा, मस्जिद, शिलालेख, धरहरा, स्तम्भ, सिक्का, भवन  आदिलाई  मूर्त सम्पदा भनिन्छ ।

*      देख्न र छुन नसकिने धार्मिक एवम सांस्कृतिक सम्पदा जस्तै: भाषा, कला, संस्कृति, लोकसङ्गीत, परम्परा आदिलाई अमूर्त सम्पदा भनिन्छ ।

राष्ट्रिय सम्पदाको महत्त्व (Importance of  National Heritage) फाइदाहरु/ सकारात्मक प्रभाव

राष्ट्रिय सम्पदा हाम्रा अमूल्य सम्पत्ति हुन् । यिनीहरू गौरवपूर्ण इतिहास बोकेका हाम्रा पहिचान हुन् । राष्ट्रिय सम्पदाका महत्वहरु यसप्रकार छन्:

*      पुर्खाको ज्ञान, सिप र प्रविधिको जानकारी तथा हस्तान्तरण हुन्छ ।

*      स्थानीय तथा राष्ट्रिय पहिचान स्थापित हुन्छ ।

*      राष्ट्रिय गौरवमा वृद्धि हुन्छ ।

*      खोज तथा अध्ययन अनुसन्धानमा सहयोग पुग्छ ।

*      आर्थिक सहयता प्राप्त हुन्छ ।

*      पर्यटन प्रवर्धनमा मदत पुग्छ ।

*      जैविक विविधता संरक्षणमा सहयोग पुग्छ ।

*      देशको चौतर्फी विकासमा सहयोग पुग्छ ।

 

राष्ट्रिय सम्पदा संरक्षणका उपायहरू (Methods of Preservation of National Heritage)

*      सम्पदा क्षेत्र भित्र र आसपास फोहर नगर्ने

*      सम्पदा आसपासका क्षेत्रमा भौतिक संरचनाको निर्माण नगर्ने

*      सम्पदाको विशेषता र महत्वको बारेमा छापा, अनलाईन र सामाजिक सजाल मार्फत प्रचार प्रसार गर्ने

*      सम्पदाको संरक्षणमा स्थानीय व्यक्तिहरूलाई सचेत गराउने र सहभागी गराउने

*      ऐतिहासिक र सांस्कृतिक सम्पदाको मर्मत र जिर्णोदार गर्ने

*      सम्पदा अतिक्रमण हुनबाट जोगाउने

*      प्राकृतिक सम्पदाको हकमा वनस्पति र जीवजन्तुको संरक्षण गर्ने

*      स्थानिय, प्रादेशिक र सङ्गिय सरकारले सम्पदा संरक्षणका लागी आवश्यक बजेट छुट्ट्याउने

*      विभिन्न प्राकृतिक प्रकोप र समयको कारणले क्षति भएका सम्पदाहरुको मर्मत सम्भार र पुननिर्माण गर्ने

 

मानविय कृयाक्लापबाट सम्पदामा परेका असरहरु:

*      सम्पदालाई छेक्ने गरी संरचना निर्माण

*      सम्पदा क्षेत्रको जग्गा अधिकारण्

*      विभिन्न किसिमको प्रदुषण्

*      सम्पदाको सौ न्दर्यमा असर

*      भिख माग्ने र ठेला व्यापारिको  नकारात्मक असर

*      पुरातात्विक भवन भात्काएर नयाँ शैलीमा  भवन निर्माण्

*      विभिन्न जनावरको अङ्ग तथा बहुमुल्य चिजहरुको तस्कारी

 

विश्व सम्पदा सूचि: विश्वका महत्वपूर्ण सम्पदाहरुलाई निश्चित मापदण्ड पूरा गरेपछि संयुक्त राष्ट्रसङ्घिय संस्था युनेस्कोले विश्वसम्पदाको हैसियत प्रदान गरेर उल्लेख गरेको सूचीलाई विश्वसम्पदा सूची भनिन्छ ।

विश्वसम्पदा सूचिमा समावेश हुने आधारहरु:

*      युनेस्कोले तोकेका १० वटा पूर्वसर्त मद्धे कुनै एक पूर्वसर्त पूरा भएको

*      उचित व्यवस्थापन र संरक्षणको व्यवस्था भएको

*      उत्कृष्ट विश्वव्यापी महत्व भएको

युनेस्कोले  विश्वसम्पदा सूचिमा नेपालका ४ ओटा सूचिकृत सम्पदा क्षेत्रहरु:

१.       काठमाडौं उपत्यका सम्पदा क्षेत्र

२.       सगरमाथा राष्ट्रिय निकुन्ज सम्पदा क्षेत्र

३.       लुम्बिनी सम्पदा क्षेत्र

४.       चितवन राष्ट्रिय सम्पदा क्षेत्र

यी ४ वटा क्षेत्रमा पर्ने नेपालका १० वटा सम्पदाहरुलाई (सांस्कृतिक ८ वटा प्राकृतिक २ वटा) युनेस्कोले विश्वसम्पदा सूचीमा समावेश गरेको छ:

 

हाम्रा सांस्कृतिक सम्पदाको महत्व

*      हाम्रा धार्मिक स्थलहरुमा धार्मिक आस्था भएका मानिसहरुले पूजा, प्रार्थना, ध्यानगर्न सहज हुन्छ ।

*      हाम्रा लोक गीतहरुको र लोक नाचहरुको  पहिचान हुन्छ ।

*      हाम्रा लोक बाजाहरुको  पहिचान र हुन्छ ।

*      विश्व सामु परिचितहुन सहयोग पुग्छ ।

*      विश्वमा देशको नाम राख्न मद्दत पुग्छ ।

 

काठमाडौं उपत्यकामा पर्ने सम्पदाहरु:

१.      पशुपतिक्षेत्र

*      यस क्षेत्र अन्तर्गत पशुपतिनाथ मन्दिर, गौरी घाट, गौशाला, श्लेषमान्तक वन, विश्वरुप मन्दिर, राजराजेश्वरी घाट तथा गुह्यश्वरी मन्दिर लगायत क्षेत्र पर्दछन।

*      सन १९७९ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको

*      पशुपतिनाथ मन्दिर: काठमाडौं महानगरपालिकाको वडा नं. ८ मा अवस्थित, चार ओटा चाँदीका ढोका भएको र मन्दिरलाई प्यागोडा शैलीमा बनाइएको

*      यस क्षेत्रमा एक हजार भन्दा बढी शिवलिङ्ग रहेको र विभिन्न शैलीमा निर्मित ४९२ वटा मन्दिर, देवालय, सत्तल, चैत्यहरु भएको 

२.      स्वयम्भुनाथ स्तूप

*      काठमाडौँ उपत्यकामा स्थित बौद्धमार्गीहरुको महत्वपूर्ण धार्मिक स्थल

*      भगवान बुद्धको चारैतिर आँखा रहेका

*      स्वम्भुको अर्थ स्वयं उत्पन्न भएको

*      यसलाई ज्योतिरुप पनि भन्ने गरिएको

*      स्वयम्भूनाथमा आफै निरन्तर बलिरहने ज्वाला पनि छ

*      धार्मिक साहिष्णुताको असल नमुनाको अभ्यास भएको ठाँउ- स्थल वरपर सरस्वतीको मन्दिर रहेको

*      सन १९७९ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको

३.      बौद्धनाथ महाचैत्य

*      काठ्माडौँ  उपत्यकाको उत्तरपूर्वमा अवस्थित  बौद्धमार्गीहरुको अर्को महत्वपूर्ण धार्मिक स्थल्

*      पाचौं शताब्दीमा निर्माण भएको विश्वास छ ।

*      बौद्धनाथलाई स्वास्ती भनेर पनि चिनिने गरिन्छ

*      यस क्षेत्रमा धेरै बौद्ध विहारहरु रहेको

*      सन १९७९ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको

४.      चाँगुनारायण मन्दिर

*      भक्तपुर दरबारबाट ४ किलोमिटर टाढा अवस्थित लिच्छबीकालिन वास्तुकलाको उत्कृष्ट नमुना

*      लिच्छबीकालिन राजा हरिदत्त वर्माले यो मन्दिर निर्माण गरेका थिए ।

*      यो मन्दिर प्यागोडा शैलीमा बनाइएको

*      हिन्दू र बौद्ध दुबै अनुयायीले पुजागर्ने

*      सन १९७९ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको

५.      काठ्माडौं दरबार क्षेत्र / हनुमानढोका दरबार क्षेत्र / वसन्तपुर दरबार क्षेत्र

*      बाग्मती प्रदेशको मध्य भागमा अवस्थित

*      मल्लकालिन वास्तुकलाको उत्कृष्ट नमुना

*      यस क्षेत्र अन्तर्गत वसन्तपुर दरबार, तलेजु भवानीको मन्दिर, कुमारी घर, काष्टमण्डप, हनुमानको मुर्ति, ठुलो घण्टा, नगरा, काल भैरवको मुर्ति, शिव पार्वतीको मन्दिर, सङ्ग्रहालय, जगन्नाथको मन्दिर रहेका छन।

*      सन १९७९ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको

 

६.      पाटन दरबार क्षेत्र

*      काठ्माडौं उपत्यकाको  ललितपुर जिल्लाको मङ्गलबजारमा अवस्थित यस क्षेत्रमा विभिन्न ऐतिहासिक र धार्मिक सम्पदाहरु जस्तै: कृष्ण मन्दिर, विश्वनाथ मन्दिर, कुम्भेश्वर महादेव, रातो मछिन्द्रनाथ मन्दिर, राजा योग नरेन्द्र मल्लको मुर्ती लगायत तीन मुख्य चोकहरु- मूल चोक, सुन्दरी चोक  र केशवनारायण चोक र  अन्य महत्वपुर्ण सम्पदाहरु

*      पाटनको कृष्ण मन्दिर्- २१ गजुर भएको र ढुङ्गाले बनेको यहाँको मुख्य आकर्षणको केन्द्र हो र यो वास्तुकलाको अनुपम उदाहरण हो ।

*      सन १९७९ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको

७.      भक्तपुर दरबार क्षेत्र

*      काठ्माडौं उपत्यकाको भक्तपुर जिल्लामा अवस्थित यस क्षेत्रभित्र पचपन्नझ्याले दरबार, वत्सलादेवीको मन्दिर, सुवर्ण दरबार, पाँचतले मन्दिर (न्यातपोल), दत्तात्रेय मन्दिर, सङ्ग्रहालय, सिद्ध पोखरी, रानी पोखरी आदि महत्वपूर्ण सम्पदाहरु

*      पचपन्न झ्याले दरबार- मध्यकालिन वास्तुकलाको उत्कृष्ट नमुना

*      सन १९७९ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको

 

लुम्बिनी सम्पदा क्षेत्र

८.      लुम्बिनी

*      लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित भगवान गौतम बुद्धको जन्मस्थल र बौद्धमार्गीहरुको पबित्र तीर्थस्थलको रुपमा प्रसिद्ध्

*      यस क्षेत्र अन्तर्गत अशोक स्तम्भ, पुस्करिणी पोखरी, मायाँदेवी मन्दिर, बुद्ध पुस्तकालय, अन्वेषण केन्द्र, सङ्ग्रहालय आदि सम्पदाहरु रहेका छन

*      मुख्य आकर्षण: मायाँदेवीको मन्दिर र अशोक स्तम्भ (ईसापूर्व २४९ मा सम्राट अशोकले निर्माण गरेको)

*      जापानी वास्तुविद केंजो ताङ्ग्गेले लुम्बिनिको विकासका लागी गुरुयोजना निर्माण गरेका थिए।

*      यस क्षेत्रमा विश्वका विभिन्न राष्ट्रहरुले बौद्ध विहार निर्माण गरेका छन।

*      सन १९७९ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको

 

चितवन राष्ट्रिय सम्पदा क्षेत्र

९.      चितवन राष्ट्रिय निकुन्ज

चितवन राष्ट्रिय निकुन्ज चितवन, मकवानपुर, नवलपरासी (पूर्व) र पर्सा जिल्लामा फैलिएको छ ।

नेपालको भित्री तराईको दक्षिण भागमा अवस्थित

नेपालको सबै भन्दा पुरानो संरक्षितक्षेत्र र पहिलो राष्ट्रिय निकुन्ज

स्थापना वि.. २०३० सालमा भएको

क्षेत्रफल  ९५२.६३ वर्ग कि. मि. मा फैलिएको

यस राष्ट्रिय निकुन्जमा विश्वमा दुर्लभ मानिएको एक सिङ्गे गैडा र अन्य जन्तुहरु जस्तै: गोही, हात्ती, पाठेबाघ, सालक, धनेस, मयुर, डल्फिन, लङ्गुर, अजिङ्गर आदि पाइन्छन।

सन १९८४ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको

 

१०.   सगरमाथा राष्ट्रिय निकुन्ज

*      सगरमाथा राष्ट्रिय निकुन्ज कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित्

*      यसको क्षेत्रफल्: ११४८ वर्ग कि. मि.

*      यस निकुन्जमा पर्ने हिमालहरु: सगरमाथा, ल्होत्से, पुमेरी, नुत्से, चोयु, आमाद्ब्लामा, आदि

*      यहाँ पाइने जीवजन्तुहरु: डाँफे, हिमाली भालु, कस्तूरी, हुँउ चितुवा, घोरल, न्याउरी मुसो आदि

*      यहाँ पाइने बनस्पतीहरु : लालीगुराँस, धुपी, भोजपत्रआदि

*      बौद्ध शिक्षा केन्द्र: तेङ्बोछे गुम्बा, पाङबोछे गुम्बा र थामे गुम्बा

*      सन १९७९ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको

 

सम्भावित विश्व सम्पदा सूचिमा समावेश हुन सक्ने सम्पदाहरु:

नेपालले पनौति, तिलौरा कोट्, मुक्तीनाथको गुफा, गोरखा दरबार, रामग्राम, खोकनाको प्राचिन बस्ति, मुस्ताङको मन्थाङ उपत्यका, साखुको वज्रयोगिनी, क्रीतिपुरको प्राचिन बस्ती, रुरुको ऋषिsagarकेश, नुवकोटको दरबार, रामजानकी मन्दिर, तानसेन बजार, सिँजा उपत्यका, दैलेखको मुर्ती मन्दिर गरी १५ वटालाई विश्व सम्पदाको सूचिमा राखेको छ ।

 

 

 

 

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्

१.      राष्ट्रिय सम्पदा भन्नाले के बुझ्नुहुन्छ ?

२.      प्राकृतिक सम्पदाका कुनै दुई उदाहरण लेख्नुहोस् ।

३.      सांस्कृतिक सम्पदा भन्नाले के हुन्छ ।

सांस्कृतिक सम्पदा भनेको हाम्रा गीत, संगीत, कला, संस्कार, भाषा, परम्परा, रितिरिवाज, चाल चलन, वेशभुषा आदिलाई  बुझिन्छ ।

४.      प्रकृतिक सम्पदा भनेको के हो ?

प्राकृतिक सम्पदा भनेको प्रकृतिबाट प्राप्त नदी, खोला, हिमाल, पहाड, झरना, वन्यजन्तु, ताल, पोखरी आदिलाई बुझिन्छ।

५.      सांस्कृतिक सम्पदाका कुनै दुईओटा महत्त्व लेख्नुहोस्।

६.      विश्वसम्पदा सूची भनेको के हो ?

७.      हाम्रा सांस्कृतिक सम्पदाको संरक्षणबाट हुने कुनै दुई फाइदाहरू उल्लेख गर्नुहोस् ।

८.      तपाईंको विचारमा लुम्बिनीलाई किन विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको होला ? कुनै दुई कारण लेख्नुहोस् ।

-             भगवान गौतम बुद्धको जन्म स्थल भएकोले

-             बौद्धमार्गीहरुको प्रमुख र मुख्य तीर्थस्थल भएकोले

९.      आफ्नो क्षेत्र (स्थानीय तह वा प्रदेश) मा भएका कुनै दुई सम्पदाको नाम लेख्नुहोस् ।

बागेश्वरी मन्दिर , काक्रे विहार, बाँके बर्दिया राष्ट्रीय निकुन्ज, देउतीबजै मन्दिर

१०.  विश्वसम्पदा सूचीमा सूचीकृत नेपालमा १० सम्पदामध्ये ८ सम्पदा सांस्कृतिक सम्पदा हुनुका दुई प्रमुख कारण लेख्नुहोस् ।

-          नेपाल एउटा बहुजातिय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको कारणले गर्दा

-          नेपाल संस्कृतीको  एक धनी देश र यहाँ विभिधतामा एकता  भएको कारणले गर्दा

११.  सम्पदा संरक्षणसँग सम्बन्धित कुनै दुई ऐनहरूको नाम उल्लेख गर्नुहोस् ।

-          राष्ट्रिय संस्कृति नीति २०७७

१२.  स्वयम्भु क्षेत्रलाई कहिले विश्वसम्पदा सूचिमा राखिएको हो ?

१३.  सगरमाथा राष्ट्रिय निकुन्जमापर्ने कुनै दुइ शिखरको नाम लेख्नुहोस ।

१४.  हाम्रो सम्पदाको संरक्षण गर्दा हुने कुनै २ वटा फाइदाहरु लेख ।

१५.  राष्ट्रिय सम्पदा कति प्रकारका हुन्छन ? नाम लेख । -तिन प्रकारका : धार्मिक सांस्कृतिक र प्राकृतिक

१६.  लुम्बिनी र पशुपतीलाई कहिले विश्व सम्पदा सूचीमा राखिएको हो ?

१७.  लुम्बिनीमा कसले र कहिले स्तम्भ राखेका हुन ?

१८.  राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा तयार गर्नुहोस ।

सम्पदालाई फोहोर नबनाउ, यसले देशको प्रतिनिधित्व गर्छ।

स्मारकहरूलाई क्षतिहुनबाट रोक्नुहोस् ।

हाम्रा सम्पदाहरू सबैभन्दा बहुमूल्य झोला हुन्।

सम्पदा राष्ट्रको गौरव र शक्ति हो ।

१९.  हाम्रा सम्पदाहरूको  संरक्षणकागर्दा हुने कुनै दुईवटा फाइदा लेख्नुहोस् ।

-          भावी पुस्ताले सम्पादका बारेमा जानकारी प्राप्त गर्ने

-          पर्यटकको विकास हुने             - राष्ट्रको गौरब बस्ने हुन .

 

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस । 

१.      राष्ट्रिय सम्पदाको अर्थ प्रष्ट पार्दै राष्ट्रिय सम्पदाका प्रकार उल्लेख गर्नुहोस् ।

२.      राष्ट्रिय सम्पदाको महत्वलाई कुनै चार बुँदामा उल्लेख गर्नुहो

३.      राष्ट्रिय  सम्पदा भनेको के हो ? ऐतिहासिक्, सांस्कृतिक र प्राकृतिक सम्पदाको एक एक वटा उदाहरण दिनुहोस।

४.      मुर्त र अमुर्त सम्पदा भनेको के हो ? उदाहरण सहित लेख्नुहोस ।

५.      हाम्र राष्ट्रिय सम्पदाको आर्थीक, सामाजिक एवम सांस्कृतिक महत्व लेख्नुहोस ।

६.      राष्ट्रिय सम्पदा संरक्षणमा सरोकार वालाको भूमिका शिर्षकमा सम्पादकीय तयार पार्नुहोस । Or,

राष्ट्रिय सम्पदा संरक्षणमा हामी सबैको दायित्व नामक शीर्षक्मा गोर्खापत्रका लागि सम्पादकिय तयार गर्नुहोस । 

सम्पादकीय
राष्ट्रिय सम्पदाको संरक्षण हामी सबैको दायित्व

प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पत्तिहरूलाई राष्ट्रिय सम्पदा भनिन्छ। यस्ता सम्पदाहरू राष्ट्रका साझा सम्पत्ति मानिन्छन् । धार्मिक स्थल, दरबार, सङ्ग्रहालय, नदीनाला, वनजङ्गल, हिमाल, ताल, झरना, सहर, चौक, पार्क, राष्ट्रिय निकुञ्ज आदि कुराहरु राष्ट्रिय सम्पदाहरू हुन् ।  यी सम्पदाहरू कुनै व्यक्ति वा समुदायको मात्र नभई सबैका निम्ति साझा सम्पत्ति मानिन्छन् । यिनीहरुको संरक्षण हाम्रो दायित्व हो ।

 

नेपाली आदिम संस्कृतिहरू र सबै नेपालीहरूको पहिचानका धरोहरहरू हाम्रा सम्पदा र हाम्रा पहिचान हुन। यी पहिचान र सभ्यताको संरक्षण हामी सबैको सामूहिक दायित्व र कर्तव्य दुबै हो । स्थानीय निकाय र नेपाल सरकारको पूरातत्व विभाग मात्र नभई स्थानीय व्यक्तिहरूको समेत सहभागितामा यस्ता सम्पदाहरूले उचित संरक्षण, व्यवस्थापन र मर्मत सम्भार गरिनुपर्छ । यस्ता सम्पदाहरूकै कारण हाम्रो मुलुकमा वर्षेनी हजारौं पर्यटकहरूको आवगमन हुन्छ, जसले अन्तर्राष्ट्रिय स्तरमा हाम्रो ख्याति दिलाउन मद्दत पुऱ्याइरहेको र हाम्रो आर्थिक विकासमा टेवा पुऱ्याएको सर्वविदितै छ । अतः तिनको संरक्षण र संवर्द्धन गर्नु अत्यावश्यक र परम धर्म पनि हो । हालैको महाविनाशकारी भूकम्पले हाम्रा सांस्कृतिक सम्पदाहरूमा पुऱ्याएको क्षति अकल्पनीय छ तापनि यो तितो सत्यलाई हृदयङ्गमा गरी सुनियोजित तरिकाबाट उचित समयमा तिनको मर्मत सम्भार गरी मौलिकताका साथ हामीले पुनर्निर्माण गरी सुरक्षितगर्नु आजको आवश्यकता हो । हरेक स्तरबाट हरेक व्यक्तितथा सम्बन्धित निकायले अ-आफ्नो दायित्वको बोध गरेर यिनीहरुको संरक्षणगर्न आवश्यक देखिन्छ ।

 

 

नेपालका विश्वसम्पदा सूचिमा परेका सम्पदाहरुको संरक्षणगर्न सरकार, स्थानीय निकाय, नागरिक समाज, र स्थानीय बासिन्दाले गर्नुपर्ने एक एक वटा कार्यहरु उल्लेख गर्नुहोस

विश्वसम्पदा सूचीमा परेका नेपालका सम्पदाको संरक्षण गर्न सङ्घीय सरकार, स्थानीय सरकार समुदायले खेल्नुपर्ने भूमिका उल्लेख गर्नुहोस्।

नेपालका विश्व सम्पदा सूचीमा परेका सम्पदाहरूको संरक्षण गर्न सरकार, स्थानीय निकाय, नागरिक समाज र स्थानीय बासिन्दाले गर्नुपर्ने एक एक ओटा कार्यहरू:

सरकारले उचित र सान्र्दभिक नियम कानुन र समयमै बजेटको व्यवस्था गरी पुनः निर्माण वा रेखदेख जे गर्नुपर्ने हो, सो कार्य गर्नुपर्दछ ।

स्थानीय निकायले सरकारले बनाएको नियम कानुन र छुट्याएको बजेटको पूर्ण कार्यान्वयन गर्नुपर्दछ ।

नागरिक समाजले सरकार र स्थानीय निकायले आफ्नो क्षेत्राधिकारबाट काम गरे नगरेको अनुभव गरी गरेको भए स्वागत सत्कार गर्ने, नगरेको भए जानकारीमूलक दबाबका कामहरू गर्ने ।

स्थानीय बासिन्दहरूले सम्पदा वरिपरि स्वच्छ सफा वातावरण कायम गर्ने  र सरसफाइ नियमित गर्ने

 

 

 

 

 

 

७.      विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदाको सूची बनाउनुहोस्।

८.      विश्वसम्पदामा सूचीकृत सम्पदाको संरक्षणको लागि तपाईंलाई जिम्मेवारी दिइयो भने के कस्ता गतिविधिहरू सञ्चालन गर्नुहुन्छ ? कुनै चार गतिविधिको सूची बनाउनुहोस् ।

९.      ऐतिहासिक सांस्कृतिक सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्दा के कस्ता सकारात्मक प्रभाव पर्छन्? कुनै चार बुँदामा उल्लेख गर्नुहोस् ।

ऐतिहासिक सांस्कृतिक सम्पदालाई हाम्र देशका गौरव हुन । यिनी हरुले हामी र हाम्रो देश लाई विश्व मा चिनाउने मा मद्दत गरेकाअ छन । यिनी हरुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्दा  निम्न लिखित सकारात्मक प्रभाव हरु देखा पर्ने छन्:

*      पुर्खाको ज्ञान, सिप र प्रविधिको जानकारी तथा हस्तान्तरण हुन्छ ।

*      ऐतिहासिक सम्पदाको स्थानीय, राष्ट्रिय तथा अन्तर राष्ट्रिय पहिचान स्थापित हुन्छ ।

*      राष्ट्रिय गौरवमा वृद्धि हुन्छ ।

*      खोज तथा अध्ययन अनुसन्धानमा सहयोग पुग्छ ।

*      आर्थिक सहयता प्राप्त हुन्छ ।

*      पर्यटन प्रवर्धनमा मदत पुग्छ ।

*      विश्व सामु परिचित हुन सहयोग पुग्छ ।

           

 

१०.  विश्वसम्पदा सूचीमा परेका नेपालका सम्पदाको वर्तमान अवस्था मूल्याङ्कन गर्नुहोस् ।

११.  "सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माणमा जनसहभागिता आवश्यक पर्छ।" यो भनाइलाई उचित तर्कले पुष्टि गर्नुहोस् । जस्को नेपालका १० ओटा सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ भने नेपाल सरकारले अरु १५ ओटा सम्पदालाई सम्भावित सूचीमा समावेश गरेको छ सम्भावित सूचीमा सूचीकृत गर्नुहोस् ।

१२.  विश्व सम्पदा सूचिमा परेका नेपालका सम्पदाहरु मद्धे कुनै एक सम्पदाको बयानगर्दै विदेशमा बस्ने तपाईको साथीलाई चिठ्ठी लेख्नुहोस ।

                                                         मिति: २०८०-०४-१२

प्रिय मित्र पबित्रा

धेरै धेरै सम्झना ।

तिमीले पठाएको पत्र पाएँ । पत्रमार्फत् तिमीले विश्व सम्पदा सूचिमा परेकाअ नेपाल का सम्पदा हरुक मद्धे कुनै एक सम्पदा को बारेमा जान्न चाहेका रहेछौ । पत्र पढ्दा खुसी लाग्यो ।

मित्र अभिषेक, मैले आज एउटा सम्पदा सगरमाथा  निम्कुन्ज को बारेमा जानेका कुराहरू तिमीलाई यस पत्रमार्फत् भन्न गइरहेछु ।

                                                 सगरमाथा राष्ट्रिय निकुन्ज

पू्र्वी नेपालको  सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्ज विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) लाई समेटेर फैलिएको छ । यसैगरी ६,००० मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरूले यस निकुञ्जको गौरवलाई अझ बढाएका छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन  २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग (टेमु लगायत १९३ प्रजातिका चराहरू यस राष्ट्रिय निकुञ्जका प्राकृतिक गहना हुन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, पाङ्वोचे तथा थामे गुम्बाहरूमा बौद्ध धर्मको शिक्षादीक्षा प्रदान गरिन्छ । मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलाकेन गर्न वर्षेनी हजारौं पयर्टकहरू यहाँ आउने गर्दछन ।
सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ भने मध्यवर्ती क्षेत्रको घोषणाबाट निकुञ्ज भित्र र वरपरका तीन गा.वि.. का जनता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पर्यटनको विकासबाट यहाँका बासिन्दाहरूको आर्थिक विकासमा ठूलो टेवा पुगेको छ । चिठी लेख्दा लेख्दै लामो हुन गयो । अरू कुरा अर्को चिठीमा नत्र भेटमा गरौंला आजलाई यतिमै कलम बन्द गर्छ ।

                                                                                                                                                                                                        उही तिम्रो प्यारो साथी

खुमा

१३.  नेपालमा सूचीकृत भइसकेका बाहेक अन्य ८ ओटा विशिष्ट क्षेत्र  स्थान सम्पदा हरुलाई विश्व सम्पदा सूचीमा राख्नुपरेमा तपाईं कुन कुन पक्षलाई सिफारिस गर्नुहुन्छ  र विश्व सम्पदा सूचिमा राख्नुपर्ने कारणहरु उल्लेख गर्नुहोस ।

१.         रामजानकी मन्दिर - तराईको मैथिली संस्कृतिको प्रतिनिधित्व गर्ने र नेपालको सबै भन्दाअ ठूलो मन्दिर भएको ले

२.         चन्दननाथ मन्दिर - जुम्लाको प्रसिद्ध तीर्थ स्थल भएको

३.         रानी महल - पाल्पाको आकर्षण भएकाले भारत को ताज महल जस्तै

४.         अरुण उपत्यका - विभिन्न जीवजन्तु पाइने भएकाले  र ट्रेकिङ्गको प्रसिद्ध रहेकाले

५.         महेन्द्र गुफा - नेपालको प्रसिद्ध गुफा भएकाले र सुन्दर शहर पोखरामा अवस्थित रहेकाले

६.         गोसाइँकुण्ड - उच्च हिमाली क्षेत्रको सबैभन्दा पबित्र र प्रसिद्धं पोखरी भएकाले

७.         काठमाडौंको जामे मस्जिद - इस्लामधर्मावलम्बीहरुको  प्रसिद्ध मस्जिद

८.         कर्णाली पुल-  नेपालकै विशेष प्रकारको पुल आन्तरिक र बाह्य पर्यटककोलागी प्रसिद्ध भएकाले

९.         धरहरा-  नेपालको एक मात्र धरहरा भएकाले

१०.      बूढानीलकण्ठ - नेपालको सबभन्दा ठुलो ढुङ्गाको मूर्ति भएकाले

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ - २ हाम्रा लोकगीत  (OUR FOLK SONG)

लोकगीतको परिचय (Introduction to Folk Song)

लोक गीत को परिचय

लोकगीत शब्द दुई शब्द 'लोक्' 'गीत' मिलेर बनेको हो जसमा लोक को अर्थ जनसमुदाय वा दुनिया र गीतको अर्थ अभिव्यक्ति वा गीत हो भन्न सकिन्छ । यसरी भन्नु पर्दा, जनमानसमा परम्परा देखी गाउँदै र चल्दै आएको गीतलाई लोकगीत भनिन्छ । यसलाई स्थानीय स्तर मा सिर्जित र सङ्कलित कलात्मक अभिव्यक्तिको रुपमा लिने गरिन्छ ।यसले मानिसको सुख, दुख, पीडा, उमाङ्ग र सम्पुर्ण लोकजीवनको अनुभव र  अभ्यासलाई समेटेको हुन्छ ।

लोकगीतलाई समुदायको गीत पनि भनिन्छ किनकी यो समुदायमा गाउने गीत हो जुन एक पछी अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ । यसलाई समाजमा गाइने गरिन्छ र यसले समाजलाई बचाएको हुन्छ ।

 

लोकगीतका विशेषताहरु:

क)    लोक गीतको मुल रचैताको नाम अज्ञात हुन्छ ।

ख)    लोकगीतमा सर्व साधारण जनताको भावना पोखिएको हुन्छ ।

ग)     लोक गीतको सहज छन्द तथा भाका हुन्छ ।

घ)     लोक गीतमा परम्परा देखी चली आएको रीतिरिवाज धर्म, संसकृत पर्व र व्यवहार झाल्किएको हुन्छ ।

ङ)      यसले समाज र प्रकृतीको चित्रण गरेको हुन्छ ।

च)     लोकगीतमा लोकभाषा वा जनभाषाको प्रयोग गरिएको हुन्छ ।

छ)    लोकगीत एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छन

 

लोकगीतको महत्व:

क)   लोकगीत हाम्रो मौलिक पहिचान र हाम्रो पुर्खाले हामीलाई  दिएको बहुमुल्य उपहार हो ।

ख)   यसले मनोरन्जन प्रदान गर्छ ।

ग)    यसले सामाजिक एकता कायम राख्न मद्दत गर्छ ।

घ)    पुर्खाको परम्परा र संस्कृतिलाई बचाउन सहयोग गर्छ ।

ङ)     मानिसलाई तनाव र चिन्ता बाट मुक्त हुन सहयोग गर्छ

च)    समाजलाई राष्ट्रीय र अन्तर राष्ट्रीय स्तरमा चिनाउनमा मद्दत गर्छ ।

छ)   यसलाई इतिहासको श्रोतको रुपमा प्रयोग गरिन्छ ।

ज)   यसले हाम्रो पहिचानलाई उजागर गर्छ ।

झ)   यसले हाम्रो र हाम्रो समाजको भावनालाई व्यक्त गर्नमा मद्दत गर्छ ।

ञ)    यसले सामाजिक सदभाव र जनसम्पर्क निर्माण गर्छ ।

 

 

 

 

लोकगीतका समस्या र चुनौतीहरु:

क)   मौलिकतालाई जोगाउने चुनौति

ख)   श्रोताहरुको भावनालाई सम्बोधनगर्ने चुनौति

ग)    बौद्धिक चोरीले कलाकारहरु मर्कामा परेको समस्या

घ)    युवाहरुको विदेशी गीत प्रती देखाएको मोहले यसको संरक्षण गर्नमा चुनौति

ङ)     मौलिक संस्कृति बिस्तारै लोप हुँदै गरिरहेको र विदेशी संस्कृतिको प्रभाव बढ्नु आदि समस्या हरु

 

 

लोकगीत संरक्षण गर्ने उपायहरु:

क)   नयाँ पुस्ताले लोकगीतको महत्व बुझ्ने र बुझाउने गर्नुपर्छ ।

ख)   युवा पुस्ताले परम्पराको पुस्तान्तरण गर्नमा सहयोग गर्नुपर्छ ।

ग)    लोकगीतका मर्म र भावनाको सम्मानहुने गरी शब्द र  लय को प्रयोग गर्नु पर्छ ।

घ)    हाम्रा उत्सव, पर्व, संस्कार र मेलामा आफ्नै लोकगीत सुन्ने र सुनाउने गर्नुपर्छ ।

ङ)     विद्ध्यालय र समुदायमा हुने सांस्कृतिक कार्यक्रममा लोकगीतलाई प्राथमिकता  दिनुपर्छ ।

च)    लोकगीत गायक र सङ्कलकलाई हौसला र सम्मान दिनुपर्छ । 

लोकगीतलाई प्रवर्द्धन गर्न तपाईंको समुदायमा मेला आयोजना हुँदै छ। उक्त मेलालाई प्रभावकारी  बनाउन ५ ओटा सुझाबहरु दिनुहोस् ।

मेरा सुझाबहरुः

*      मेलाको सांस्कृतिक कार्यक्रममा स्थानीय क्षेत्रमा रहेका सबै प्रकारका लोकगीतलाई समावेश गर्नुपर्छ

*      लोकगीत सम्बन्धित लोकबाजा र पोसाकहरु समेत समावेश गर्नुपर्छ।

*      लोकगीत  विशिष्ट व्यक्तित्व जस्तै- गायक र रचनाकारलाई आमन्त्रणगरी लोकगीतको व्याख्या विश्लेषण गर्न र गराउन लगाउनुपर्छ।

*      समूह समूहबिच लोकगीत गायन प्रतियोगिता गराई लोकगीतको प्रतिस्पर्धात्मक विकासहुने वातावरण सिर्जना गर्नुपर्छ।

*      सो कार्यक्रममा प्रथम द्वितीय आउनेलाई पुरष्कृत गरिनुपर्छ

लोकगीत र लोकसंगीतप्रति नयाँ पुस्तकको आकर्षण कम हुँदै गएको देखिन्छ। यसो हुनुका ५ ओटा कारणहरु उल्लेख गर्नुहोस्।

चासो घट्नुका कारण हरु:

*      रेडियो टेलिभिजन लगायत सञ्चारहरुमा पश्चिमी संस्कारको बढी प्रभाव

*      युवा युवतीहरुको पश्चिमि संस्कार र संस्कृती प्रति आकर्षण बढ्नु,

*      विदेशी संस्कारको सिनेमा, गित आदि माध्यमबाट निर्बाध रुपमा प्रचारप्रसार हुनु

*      लोकगीतको प्रवर्द्धन र आकर्षण प्रती सरोकारवालाहरुले ध्यान दिनु

*      लोकगीतको महत्व र मौलिक संस्कृती विस्तारै लोप वा कम हुँदै गइरहेको अवस्था

 

 

 

 

नेपालका केही प्रमुख लोकगीतहरु:

१.      तामाङ सेलो:  तामाङ जातिसँग सम्बन्धित विशेषगरी बाग्मती प्रदेशको पहाडी जिल्लामा प्रचलित लोकगीत

२.      देउसी/ भैलो: तिहारमा प्राय युवा युवतीले लक्ष्मीपुँजाको दिन गाइने गीत जसको माध्यम द्वारा समुहले सुख शान्ति समृद्धीको आशिष दिने र घर मालिकहरुबाट दान र उपहार लिने गर्छन।

३.      पुर्बेली लोकगीत: नेपालको कोशी प्रदेशका पहाडी जिल्ला प्रचलित मेलापात घाँस, दाउरागर्दा गाइने लोकगीत

४.      होरी गीत: नेपालको पूर्वी तराइको मिथिला क्षेत्रमा भगवान राम र सीताको चरित्रलाई आधार बनाई होली वा फागुपुर्णिमाका अवसरमा गाइने गीत

५.      तीज गीत: नेपालमा हिन्दु नारीहरूले तिज पर्वका अवसरमा वैवाहिक सौहाद्र, सुख शान्ति र समृद्धिका लागि, पती पत्नी, सन्तान र नारीहरुको आफ्नै शरीर र आत्माको शुद्धिकरणका लागि गाउने गीत

६.      देउडा गीत: नेपालको सुदूर पश्चिम क्षेत्रमा विभिन्न चाडवाड तथा पर्वका बेलामा देउडा भाकामा गाइने लोकगीत

७.      पालम गीत: नेपालको पूर्वी पहाडका लिम्बु जातिले गाउने प्रश्न उत्तरको माध्यमबाट धाननाचको समयमा गाउने  लोकगीत

८.      मालश्री धुन: दसैंको बेलामा रेडियो, टि. भि. र शक्तिपीठहरुमा गुन्जिने धुन

९.      गन्धर्भ गीत (कर्खा): सारङ्गी बोकेर गाउँ घरमा गाइने गीत जसले वीरताको कथा र परदेशीहरुको पीडा र व्यथाहरु समेटिएको हुन्छ ।

१०.  सालैजो : गण्डकी क्षेत्रमा विशेषगरी गुरुङ समुदायमा प्रचलित गीत्

११.  काँठे गीत: काठ्माडौं उपत्यकाका आसपासका जिल्लामा प्रचलित गीत

१२.  बालन खैजडी भजन्: काँठ क्षेत्रका धादिङ जिल्लामा प्रचलित गीत जसमा भगवानसँग सम्बन्धित गाथाहरु गाइन्छ ।

१३.  रोइला (आँधी खोले गीत चुड्का): विशेषगरी स्याङ्जा र गुल्मी लगायतका प्रचलित गीत

१४.  झ्याउरे गीत: गाइ वस्तु हेर्न गोठालो जाँदा वा मेलापात जाँदा गाउने गीत

१५.  असारे गीत (बेठि): असार साउनको  महिनामा धान रोप्ने बेलामा गाउने गीत

 

तपाईले धेरै जसो सुन्ने गरेको लोकगीतको चार हरफहरु लेख्नुहोस । यो गीत मनपर्नुका कारणहरु उल्लेख गर्नुहोस ।

मिथिलामे राम खेलेत  होरी मिथिलामे

किनकाके हात कनक पिचकारी

किनकाके हाथ अबीर झोरी

मिथिलामे राम खेलेत  होरी मिथिलामे

यो लोकगीत मलाई मनपर्ने कारणहरु निम्न लिखित छन्:

*      यसले हिन्दूहरुको एउटा महत्वपुर्ण चाड होलीलाई प्रतिनिधित्व गर्छ ।

*      यो एउटा खुशी र मेलमिलापको पर्व हो ।

*      यसले भगवान राम र माता सीताको जीवन चरित्रलाई प्रतीनिधित्व गर्छ ।

*      यसले असत्य माथी सत्यको विजय भएको देखाउँछ ।

 

 

 

 

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस ।

१.      लोकगीत भनेको के हो ? Or, लोकगीत भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।

२.      नेपाली लोकगीतका दुई प्रमुख तत्त्वहरू उल्लेख गर्नुहोस्। - जनमानस र संस्कार

३.      "लोकगीतको प्रमुख विशेषता भनेकै यसको मौलिकता हो ।एक वाक्यमा पुष्टि गर्नुहोस् ।

लोकगीतको प्रमुख विशेषता भनेकै यसको मौलिकता हो  किनकी यसले जनसमुदायको परम्परा र संस्कृती झल्काएको हुन्छ

४.      पालम गीत कुन समुदायमा प्रचलित छ ?

५.      तामाङ सेलो कुन बाजासँग गाइन्छ ? - डम्फु बाजासँग

६.      सालैजो कुन क्षेत्र वा समुदायमा गाइन्छ?

७.      कर्खा र बालन कस्ता गीतहरू हुन् ?

 

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस ।

१.      लोकगीत हाम्रो मौलिक पहिचान हो" । यस भनाइलाई उदाहरणसहित प्रष्ट गर्नुहोस ।

लोकगीतको प्रमुख विशेषता भनेकै यसको मौलिकता हो  किनकी यसले जनसमुदायको परम्परा र संस्कृती झल्काएको हुन्छ। लोकगीत अथवा लोक सङ्गीत लोक संस्कृतिकै प्रमुख अङ्ग हो । यसलाई नेपाली प्राकृतिक कविता पनि भन्ने गरिन्छ। यसले आफ्नो रूप र विधा आफैंले जन्माउँछ । त्यसैले लोकगीत भनेको समष्टिको मनबाट जन्मिने कुरा हो। लोक सङ्गीत अथवा लोकगीत जनसमूदायको गीत हो। यो एकपछि अर्कोमा मौखिक रूपमा हस्तान्तरिक हुने गर्दछ  । लोकगीतका रचनाकार पाइदैनन् । यो समाजको गीत हो। यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पूस्ताबाट अर्को पूस्तामा हस्तान्तरण गर्दै जान्छ । त्यसैले हामी भन्न सक्छौं कि लोकगीत हाम्रो मौलिकता हो।

२.      नेपाली लोकगीतको संरक्षणगर्नमा तपाईको भूमिका उल्लेख गर्नुहोस ।

३.      लोकगीत भनेको के हो ? यसका प्रमुख विशेषताको सूची बनाउनुहोस् ।

४.      पालन, तामाङ सेलो र तिज गीतको छोटो परिचय दिनुहोस ।

५.      तपाईंलाई मनपर्ने लोकगीतको चार हरफ रचना गरेर त्यसमा कुन कुन बाजा प्रयोग गर्न सकिन्छ ? लेख्नुहोस् ।

६.      लोकगीतको प्रमुख विशेषता भनेको यसको मौलिकपन हो । पछिल्लो समयमा नेपाली लोकगीत तथा सङ्गीतको मौलिकपन लोप हुँदै गएको सर्वत्र आलोचना भइरहेको छ। लोकगीतको मौलिकपनलाई जोगाइराख्न के के उपायहरु अवलम्बन गर्न सकिएला, चर्चा गर्नुहोस् ।

७.      लोकगीत र सङ्गीतप्रति नयाँ पुस्तालाई आकर्षित गर्नका लागि चालिनुपर्ने कुनै चार कदमको सूची तयार गर्नुहोस्।

८.      लोकगीतलाई प्रभावकारी बनाउन तपाईंको समुदायमा एउटा सांस्कृतिक मेलाको आयोजना हुदैछ उक्त मेलालाई प्रभावकारी बनाउन के के गर्न सकिन्छ ? कुनै ५ सुझाव लेख्नुहोस् ।

९.      तपाईंको जिल्लामा सांस्कृतिक महोत्सव आयोजना हुँदैछ। उक्त कार्यक्रममा चर्चित विदेशी गायक वा स्थानीय लोक गायकमध्ये कसलाई आमन्त्रित गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ। तपाईंको विचार कारणसहित ५  बुँदामा प्रस्तुत गर्नुहोस् ।

१०.  लोकगीतको संरक्षण गर्न स्थानीय समुदायले खेल सको कुनै दुई भूमिका उल्लेख गर्नुहोस् । लोकगीतमा आधारित रियालिटी शो, मेला, महोत्सव वा सांस्कृतिक कार्यक्रमले लोकगीतको संरक्षण र संवर्धनमा कसरी योगदान गर्छन् ? एक वाक्यमा लेख्नुहोस् ।

लामो उत्तर आउने प्रश्नहरु

११.  तपाईंको विद्यालयमा साङ्गीतिक कार्यक्रम आयोजना गरिदैछ । विद्यार्थीको एउटा समूहले कार्यक्रममा लोकगीतलाई प्राथमिकता दिनुपर्ने विचार राख्छन् भने अर्को समूहले लोकगीत पुराना भइसकेको कारण नयाँ शैलीका गीतहरूलाई प्राथमिकता दिनुपर्ने विचार राख्छन्। तपाईंको आफ्नो धारणा व्यक्त गर्दै प्रधानाध्यापकलाई चिठी लेख्नुहोस्।

श्री मान प्रधानाध्यापक ज्यु।

श्री ज्ञानदीप  माध्यमिक विद्यालय

बिषय: लोकगीतलाई प्राथमिकता दिनुपर्ने बारे।

सविनय सेवामा नम्र निवेदन यो छ कि म यस विद्यालयको कक्षा १० पढ्ने छात्र हुँ। हाम्रो विद्यालयमा आयोजना हुन गइरहेको कार्यक्रमको विषयवस्तु "लोकगीतलाई प्राथमिकता दिने वा लोकगीत पुरानो भइ सकेकोले नयाँ शैलीका गीतहरुलाई प्राथमिकता दिनुपर्ने" मा म लोकगीतलाई प्राथमिक्त दिनुपर्ने पक्षको समर्थन गर्दछु ।

वास्तवा मा भन्नु पर्दा लोक गीत हाम्रो संस्कृतिकै प्रमुख अङ्ग हो । यसलाई नेपाली प्राकृतिक कविता पनि भन्ने गरिन्छ। यसले आफ्नो रूप र विधा आफैंले जन्माउँछ । यसले जनसमुदायको परम्परा र संस्कृती झल्काएको हुन्छ। लोकसङ्गीत अथवा लोकगीत जनसमूदायको गीत हो। यो एकपछि अर्कोमा मौखिकरूपमा हस्तान्तरिक हुने गर्दछ  । लोकगीतका रचनाकार पाइदैनन् । यो समाजको गीत हो। यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पूस्ताबाट अर्को पूस्तामा हस्तान्तरण गर्दै जान्छ । यसले मनोरन्जन प्रदान गर्छ। यसले सामाजिक एकता कायम राख्न मद्दत गर्छ। पुर्खाको परम्परा र संस्कृतिलाई बचाउन सहयोग गर्छ। मानिसलाई तनाव र चिन्ताबाट मुक्त हुन सहयोग गर्छ। समाजलाई राष्ट्रीय र अन्तर राष्ट्रीयस्तरमा चिनाउनमा मद्दत गर्छ । यसलाई इतिहासको श्रोतको रुपमा प्रयोग गरिन्छ । यसले हाम्रो पहिचानलाई उजागर गर्छ । यसले हाम्रो र हाम्रो समाजको भावनालाई व्यक्त गर्नमा मद्दत गर्छ ।

तसर्थ लोकगीतलाई संरक्षण गर्नु आवश्यक देखिन्छ ।

तपाईको आज्ञाकारी छात्र

सिर्जन


पाठ - ३ नेपाली लोकबाजा

(NEPALI FOLK MUSICAL INSTRUMENTS)

लोकबाजा : 

स्थानिय स्तरमा उपलब्ध सामाग्रीको प्रयोग गरेर  बनाइएको लोकगीतमा बजाइने बाजालाई लोकबाजा भनिन्छ। कुनै लोकबाजालाई फुकेर बजाइन्छ, कुनैलाई रेटेर बजाइन्छ भने कुनैलाई ठटाएर बजाइन्छ।

लोकबाजा भनेको मौलिक परम्परामा आधारित बाजाहरू हुन्। यस्ता बाजाहरु परम्परादेखि विभिन्न गीत तथा भजनहरूमा प्रयोग गर्दै आएको पाइन्छ। लोकबाजाहरू स्थानीय स्रोत  साधनहरूको उपयोग गरी आफ्नै श्रम र शीप को प्रयोग गरी निर्माण गरिएका हुन्छन् ।  विभिन्न जाति र ठाउँ अनुसार लोक बाजाहरु पनि फरक-फरक किसिमका हुन्छन् ।त्यसले कतिपय लोकबाजा हरुले विशेष जाति र ठाउँलाई समेत प्रतिनिधित्व गर्ने कार्य गरेको हुन्छन्।

 

*      तिनीहरू सामान्यतया स्थानीय रूपमा उपलब्ध सामग्रीहरू प्रयोग गरेर बनाइएका छन्।

*      तिनीहरू गीतहरू लाई मधुर बनाउँछन्।

*      तिनीहरू विशेष स्थान, जाति, धर्म र संस्कृतिसँग जोडिएका छन्।

*      तिनीहरू चाडपर्व, उत्सव, जात्रा र अन्य सामाजिक अवसरहरूमा बजाइन्छ।

 

 

 

पञ्चे बाजा : पाँचवटा बाजाहरुको समूह्

क)   सहनाई : तामा, पित्तल वा चाँदीकोको पाइपले बनेको हावा फुकेर बजाउने बाजा (भाखा निकाल्ने लाई पोथी सहनाई र सुर दिनेलाई भाले सहनाई)

ख)   झ्याली/ झुर्मा/ झ्याम्टा : काँसले बनेको थाली जस्तो देखिने र एकअर्कालाई ठोकेर बजाइने यन्त्रको जोडी।

ग)    दमहा / नगरा: तामा र छालाले बनेको र हात वा बलियो लाठीले प्रहार गरी बजाउने बाजा, दमहा बजाउने लठ्ठीलाई गजो भन्ने गरिन्छ ।

घ)    ट्याम्को : दमाहा जस्तै भएपनि आकारमा सानो र छालाले बेरिएको खोक्रो तामाले बनेको र गजो नामक दुईवटा लठ्ठिले प्रहारगरी बजाइन्छ ।

ङ)     नरसिङ्घ/ कर्नाल : दुई टुक्रा अर्धगोलाकार तामाको ट्युबले बनेको र सिङ जस्तो देखिने र हावा उडाएर  वा फुकेर बजाइन्छ।

 

नौमती बाजा

नौमती बाजामा पञ्चे बाजाका सबै बाजाहरु समावेश हुन्छन तर बाजा सेट मात्र फरक हुन्छ :

क) ढोलकी-

ख) दमहा- २

ग) ट्याम्को- १

घ) नर्सिंहा- २

ङ) झुर्मा- १

च) सहनाई- २

 

लोक बाजाहरु:

१.   मादल: मुख्यगरी मगर समुदायले बजाउने, काठ, छाला र काँसको धुलोले बनेको, काठको खोक्रोलाई दुई तर्फ छालाले मोडेर त्यस छालामा खरी दलेर बनाइएको

२.   बाँसुरी: मलिङ्गो बाँसबाट बनेको फुकेर बजाइने बाजा जसमा ६ वटा औँला चलाएर सुर दिने

३.   सारङ्गी: काठ र तारले बनेको, गन्धर्व समुदाय सम्बन्धित

४.   झ्याली: काँसबाट बनेको प्लेट जस्तो आकारको, नेवार र दमाई समुदायमा प्रचलित

५.   नरसिंहा: तामा वा काँसबाट बनेको घुमाउरो आकारकोदमाई समुदायमा प्रचलित

६.   सहनाइ: धातु र काठले बनेको, दमाई समुदायमा प्रचलित

७.   ढोलक: काठको खोक्रालाई दुबैतिरबाट छालाले मोडेर बनाइएको, तराईमा प्रचलित लोकबाजा

८.   काहाल बाजा: गोरखाली मन्दिर र नुवाकोटको भैरवी मन्दिरमा बजाइने बाजा

९.   दमहा: तामा र छालाले बनेको, दमाइ समुदायमा प्रचलित

१०.     खैजडी: गोलो काठमा बाख्राको छालाले मोडेर बनाइएको, ब्रहामण समुदायमा भजन र रोइला गीतको साथमा प्रयोग गरिने बाजा

११.     ढ्याङ्ग्रो: छाला र काठले बनेको, धामी र झाक्री समुदायमा प्रचलित

१२.     बिनायो: बाँसको टुक्रामा ६ वटा तारहरुको प्रयोगगरी बनाएको, किराँत समुदायमा प्रचलित लोक बाजा

१३.     मुर्चुङ्गा: फलामले बनेको र बिनायो जस्तै ध्वनिनिकाल्ने, किराँत समुदायमा प्रचलित्

१४.     मसक: बझाङ जिल्लामा प्रचलित्

१५.     फामुक: बाँसको तीनवटा टुक्रा जोडेर बनाइएको, लिम्बु समुदायमा प्रचलित्

१६.     शृङ्खनाद: सन्यासीले बजाउने लोकबाजा, शङ्खे कीराको खोलबाट बनेको, हिन्दू हरुको धार्मिक अनुष्ठानमा प्रयोग गरिने

१७.     डक्कारी: मिथिला क्षेत्रमा प्रचलित लोकबाजा, काठमा ६ वटा तारले बाँधेर बनाइएको

१८.     डफली: होलीमा तराइ क्षेत्रमा बजाइने लोकबाजा, गोलाकार काठ्मा वा फलाममा छालाले बनाइएको

१९.     डम्फु: तामाङ समुदायमा प्रचलित लोकबाजा, तामाङ भाषामा यसलाई 'डाम्बा' भनिन्छ, गोलाकार काठको खोक्रोमा एक साइडमा भेडा वा बाख्राको छाला मोडेर बनाइएको

२०.     एकतारे: छाला र काठले भनेको सन्त वा जोगीले प्रयोग गर्ने लोकबाजा

२१.     हुड्को: कर्णाली र सुदुरपश्चिम नेपालमा हुड्के गीतसँग बजाइने लोकबाजा

२२.     पुङ्गी: सिङ द्वारा बनाइएको सोलुखुम्बुको किराँत समुदायमा प्रचलित लोकबाजा

२३.     उर्नी: काठमा नरिवलको गट्टा जोडेर बनाइएको एकतारे जस्तै धिमाल समुदायमा प्रचलित बाजा

२४.     टुङ्ना: गुराँसको काठले बनेको सारङी जस्तै लोकबाजा, तामाङ र शेर्पा समुदायमा प्रचलित लोकबाजा

२५.     काकुवयन: बाँसुरी जस्तो देखिने ने वारी समुदायमा प्रचलित बाजा

२६.     आरबाजो: सारङी जस्तै गन्धर्व समुदायमा प्रचलित लोकबाजा, आरबाजो पुरुषको बाजा र सारङी महिलाको बाजा, गन्धर्वले यसलाई आदिगुरुको रुपमा लिनेगरेको

२७.     यलम्बर: किराँत समुदायमा प्रचलित लोकबाजा

२८.     डाङ्गमेन: एउटा काठ र ८ ओटा तारले बनेको डाङ्गमेन शेर्पा समुदायसँग सम्बन्धित लोकबाजा

२९.     मुजुरा: झ्याली जस्तै लोकबाजा ब्रहामण र क्षेत्री समुदायमा रोइला र भजनमा बजाइने बाजा

३०.     फाक्वा: बाँसबाट बनेको फाक्वा लिम्बु जातिले पितृकार्यको बेला बजाउने बाजा

 

 

लोकगीत, लोकनृत्य, र लोकबाजा संरक्षणगर्ने उपायहरु:

लोकगीत, लोकनृत्य, र लोकबाजा संरक्षणगर्ने उपायहरु:

*      स्थानिय, प्रदेश र सङ्घिय सरकारले आफ्नो क्षेत्रका स्थानिय समुदायलाई संरक्षण गर्न प्रोत्साहन गर्ने,

*      यससँग सम्बन्धित स्पष्ट नीति र कार्यक्रम बनाउने,

*      विद्ध्यालय, कलेज क्लब आदिले लोक सङ्गितमा आधारित कार्यक्रमहरु आयोजन गर्ने,

*      युवा पुस्ताहरुलाई लोक गीत र नृत्य अभ्यास गर्न प्रोत्साहित गर्ने

*      पुराना लोकगीतहरु नयाँ प्रविधिका स्टोरेज डिभाइसहरुमा सुरक्षित राख्ने,

*      यससँग सम्बन्धित प्रतियोगिता र रियालिटी शो  आयोजना गर्ने

*      चर्चित सामाजिक संजालहरु जस्तै: टिकटक, युट्युब सर्ट्स, फेसबुक, लाईक मी, आदिमा लोकगीत सङ्गित लाई प्राथमिक्ता दिने

*      स्थानिय स्तरमा सङ्ग्रहालय स्थापना गर्ने

 

 

तपाईको समुदायमा एकातिर ड्रमसेट सहितको पपगीत र अर्कोतिर लोकबाजा सहित लोकगीतको सांस्कृतिक कार्यक्रम संचालन भइरहेको छ । यस्तो अवस्थामा तपाई कुन सांस्कृतिक कार्यक्रममा सहभागी हुनुहुन्छ र किन ? Or,

तपाईको समुदायमा आयोजना हुने कुनै कार्यक्रममा कुन बाजा र गीतलाई समावेश गर्ने भन्ने बहस चलिरहेको छ, उक्त बहसमा तपाईले दिने ५ ओटा व्यवहारिक प्रभाव लेख्नुहोस।

म लोक बाजा सहितको लोकगीतको सांस्कृतिक कार्यक्रममा निम्न कारणले  सहभागी हुनेछु:

लोक बाजाले लोकसंस्कृतीको संरक्षण गर्छ ।

यो हाम्रो मौलिक पहिचानसँग सम्बन्धित छ ।

यो समाजको सबै समुहलाई मनपर्ने बाजा हो ।

यसलाई संरक्षणगर्नु र बुझ्नु हाम्रो दायित्व हो ।

यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो ।

 

स्थानिय लोकबाजा तथा लोकनृत्य संरक्षणमा तपाईले आफ्नो क्षेत्रमा के कस्तो भूमिका निर्वाहगरी रहनु भएको छ ? लेख्नुहोस।

स्थानिय लोकबाजा तथा लोकनृत्य संरक्षणमा मैले आफ्नो क्षेत्रमा निम्न लिखित भूमिका निर्वाहगरी रहेको छु:

*      मैले हाम्रो लोकबाजा र लोकनृत्यको महत्वको बारेमा जनचेतना अभिवृद्धी कार्यक्रममा सहभागी भएको छु।

*      स्थानिय लोकबाजा बजाउने तथा लोकनृत्य प्रतियोगिता आफुलाई सहभागी गराएको छु।

*      स्थानिय प्रशासनलाई हाम्रो लोकबाजा तथा लोकनृत्यहरुको संरक्षण र संबर्धनका लागी अनुरोध र दबाबका कार्यक्रममा सहभागी भएको छु।

 

लोकबाजा र लोकनृत्य  सम्बन्धी सङ्ग्रहालय स्थापनाका लागिस्वयंसेवकको भूमिका निर्वाह गरेको छु।

स्थानिय मेला तथा कार्यक्रममा लोकबाजा र लोकनृत्य प्रस्तुत गर्नु पर्ने र यसलाई प्रोत्साहन गर्नु पर्ने कुरामा जोड दिएको छु।

विवाहमा बजाइने परम्परागत पञ्चे बाजालाई पाश्चात्य बाजाले बिस्तारै विस्थापित गरिरहेको छ। सहरी क्षेत्रमा प्राय: विस्थापित गरिसकेको छ भने ग्रामीण क्षेत्रमा पनि बिस्तारै विस्थापित गर्ने क्रममा रहेको छ। पञ्चेबाजालाई प्रचलनमा ल्याई राख्नका लागी तपाईको भूमिका ५ बुँदामा लेख्नुहोस।

पञ्चेबाजालाई प्रचलनमा ल्याइ राख्न मेरो भूमिका:

*      साथीहरुसँग सल्लाहगरी स्थानिय व्याण्ड बाजा बजाउने क्लब र संस्थालाई पञ्चेबाजा क्लब बनाउन अनुरोध गर्नेछु।

*      पञ्चेबाजाको सांस्कृतिक पहिचानको बारेमा प्रचार प्रसार गर्ने

*      आफैले पञ्चेबाजाको क्लब खोली बिभिन्न स्थानिय कार्यक्रममा बजाउन लगाउने

*      स्थानिय सरकारलाई पञ्चेबाजा संरक्षण र संबर्धनमा  ध्यान दिन र सहयोगगर्न आग्रह गर्नेछु।

*      पञ्चेबाजा हाम्रो लोकबाजा हो यसलाई हाम्रो समाजमा हुने विवाह व्रतबन्ध र अन्य धार्मिक उत्सवमा बजाउन समुदायका व्यक्तीहरुलाई प्रेरित गर्नेछु।

 

बाजा हाम्रो सांस्कृतिक सम्पदा हुन। नेपालको  पञ्चेबाजा देशभर प्रसिद्ध छ। तपाई पञ्चेबाजाको नाम लेखी तिनको सामान्य वर्णन गनुहोस।

हाम्रा कतिपय बाजाहरु लोपोन्मुख अवस्थामा रहेका छन। ती बाजाहरुको संरक्षणका लागी के गर्नुपर्ला। समूहमा छलफल गरी लेख्नुहोस।

हाम्रा कतिपय बाजाहरु लोपोन्मुख अवस्थामा रहेका छन। यी बाजाहरुको संरक्षणका लागी निम्नलिखित कार्यहरु गर्न आवश्यक देखिन्छ:

*      स्थानिय सरकारले प्रतिष्ठान खोल्न लगाई लोकबाजाहरु संरक्षण गर्नपर्छ ।

*      लोपोन्मुख बाजाहरुको बारेमा प्रचार प्रसार गर्नुपर्छ ।

*      जाती विशेषसँग सम्बन्धित लोकबाजालाई संरक्षणगर्न सम्बन्धित जातीलाई स्थानिय सरकारले सहयोग गर्नुपर्छ ।

*      सङ्ग्रहालय स्थापनागर्नमा सम्बन्धित निकायले जोड दिनुपर्छ।

*      लोपोन्मुख बाजाहरुको प्रयोग विवाह्, व्रतबन्ध र अन्य धार्मिक उत्सवमा  बजाउन समुदायका व्यक्तीहरुलाई प्रेरित गर्नुपर्छ ।

 

 

 

पाठ - ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

 

लोकनृत्य

खास स्थान वा समुदायसँग सम्बन्धित लोकभाका वा लोकगीतमा आधरित भई सुर, ताल, लयमा अभिनय सहितको प्रस्तुतिलाई लोकनृत्य भनिन्छ।

 

लोक नृत्यका विशेषताहरु (Features of  Folk Dance) :

*      लोकनृत्य पनि लोकगीत जस्तै मौलिक हुन्छन।

*      लोक नृत्य सरल र सजिलै सिक्ने खाल का हुन्छन।

*      यो निश्चित भौगोलिक्, क्षेत्र र समुदायसँग सम्बन्धित हुन्छन। जस्तै देउडानाच सुदुर पश्चिममा

*      यसको पर्व उत्सवसँग भावनात्मक सम्बन्ध हुन्छ।

*      यो लोकभाकामा आधारित हुन्छ।

 

 

लोक तथा शास्त्रीय नृत्यको  महत्व  (Importance of  Folk Dance/Classical Dance) :

*      नृत्य गर्ने व्यक्तिमा कला र सिपको विकास हुन्छ।

*      सामाजीकिकरण तथा सामाजिक एकतामा वृद्धि हुन्छ।

*      यिनी हरुले हाम्रो परम्परा , संस्कृति र इतिहासलाई जिउँदो राख्ने काम गरेको हुन्छन्।

*      नृत्य गर्ने व्यक्तिको शरीर फूर्तिलो र सुन्दर बन्छ।

*      नृत्यहरुबाट पेशा तथा व्यवसाय संचालनगरी राम्रो आम्दानी समेतगर्न सकिन्छ।

*      नृत्यले पर्यटन व्यवसायमा समेत सहयोग पुर्याएका हुन्छन् । 

*      यसले मानिसलाई मनोरन्जन पनि प्रदान गर्छ।

 

 

हाम्रा शास्त्रीय तथा लोक नृत्यहरु लोप हुने खतरामा रहेका छन । तिनीहरुको संरक्षण र प्रवर्धनगर्न स्थानिय तहले कस्तो भूमिका खेल्नु पर्छ ? ५ ओटा भूमिका लेख्नुहोस ।

शास्त्रीय तथा लोक नृत्य संरक्षण र प्रवर्धनमा स्थानिय तहको भूमिका:

*      लोकनृत्य र शास्त्रीयनृत्यको बिभिन्न ठाँउमा प्रतियोगिता आयोजना गराउने।

*      स्थानिय लोक नृत्यका कलाकार र कलाको संरक्षण र संबर्धनगर्न अग्रसर हुने।

*      लोक तथा शास्त्रीय नृत्यको क्लब तथा  प्रतिष्ठान खोल्न लगाउने र त्यसमा आर्थिक तथा प्रशासनिक सहयोग गर्ने।

*      लोक तथा शास्त्रीय नृत्य सङ्ग्रहालय स्थापना गर्ने।

*      संचारको माध्यमबाट लोक तथा शस्त्रीय नृत्यको प्रचार प्रसार गर्ने।

 

लोकनृत्य तथा शास्त्रीय नृत्यबिच भिन्नता  (Difference Between Folk Dance and Classical Dance)

लोक नृत्य :

१.      यो एक साधारण सामूहिक प्रदर्शन गर्ने लोकनृत्य हो ।

२.      यो लोक गीत र संगीतमा आधारित हुन्छ।

३.      यो आम जनताको समाजमा विकसित हुन्छ।

४.      यो प्रदर्शन गर्न सजिलो छ, औपचारिक रूपमा प्रशिक्षित नर्तकहरू आवश्यक पर्दैन।

५.      यो नि:शुल्क र प्रायः लोक पोशाकहरूमा प्रदर्शन गरिन्छ ।

उत्पत्ति: मेलापात, पर्व, उत्सव जस्ता गतिविधी गर्ने क्रममासाधारण नियम, साधारण नर्तक द्वारा गर्न सकिने,   उदाहरण्: मारुनी, झिझिया आदि

शास्त्रीय नृत्य

१.      यो अत्यधिक कलात्मक र शैलीगत नृत्य हो।

२.      यो महाकाव्य, शास्त्रीय गीत र संगीतमा आधारित हुन्छ।

३.      यो उच्च समाज सर्कलमा विकसित हुन्छ।

४.      यो व्यावसायिक र उच्च प्रशिक्षित नर्तकहरु द्वारा प्रदर्शन गरिन्छ।

५.      यसमा प्राविधिक पक्षहरू,विशेष पोशाकहरू र अभ्यासहरूको आवश्यक्ता हुन्छ ।

उत्पत्ति: नाट्य शास्त्रबाटनियमको कठोर रुपमा पालना, कठोर तालिम र अभ्यासद्वारा मात्र प्रस्तुतगर्न सकिनेउदाहरण : चर्या, भैरव आदि

 

 

नेपालका केही प्रमुख लोकनृत्यहरु (Some Major Folk Dances of Nepal):

क)    देउडा नृत्य:

-    कर्णाली तथा सुदुर पश्चिममा महिला र पुरुष समूहमा नाचिने प्रसिद्ध नृत्य

-    गोलो घेरामा उभिएर एक अर्काको हात र कुमजोडेर अगाडी तथा पछाडीसर्दै नाचिने नृत्य

-    गीतमा सुख, दुख, हर्ष, प्रेम आदि आदान प्रदान गरिने

ख)   मारुनी नृत्य:

-    मध्य पहाडका मगर, कुमाल तथा खस जातिमा प्रचलित नृत्य

-    विशेषगरी पुरुषले महिलाको भेषभुषा लगाएर महिला जस्तै भएर नाच्ने नृत्य

-    खासगरी दसैं र तिहारको बेलामा महाभारत रामायणका तथा धार्मिक ग्रन्थका कथालाई लोकगाथाबनाई प्रस्तुत गरिने

ग)     झिझिया नाच:

-    पूर्वी तराई क्षेत्रको मैथली तथा भोजपुरी समुदायमा प्रचलित नाच

-    दसैंको समयमा भैरवी देवीलाई अर्पण गरेर घटस्थापना देखी दशमी सम्म पन्द्रजना महिला र युवतीले माटोको घैटामा आगो बाली शिरमा राखेर नाचिने नाच

घ)     घाटु नाच:

-    गुरुङ, मगर र दुरा समुदायमा प्रचलित नाच

-    राजा परशुराम  र रानी यम्मवतीको कथामा आधारित भएर रजस्वला नभएको कन्यालाई नचाउने नाच्

-    वसन्त पंचमी देखी पुर्णिमा सम्म गरिने नाच

ङ)      धान नाच:

-    लिम्बु समुदायमा प्रचलित कृषिनाच सामान्यतया रोपाँइ तथा बाली भित्राउने समयमा गरिने नाच।

-    नेपालको पूर्वी पहाडी जिल्लामा पालम गीत गाउँदै  च्याब्रुक र ढोलक बजाउँदै गोलो घेरामा गरिने नाच

च)    चण्डी नाच/ श्री नाच:

-    पूर्वी नेपालको राई समुदाय उँधौली र उँभौलीको समयमा ढोल र झ्याम्टासहित एक अर्काको हातसमाई च्याब्रुकको तालमा गरिने प्रचलित नाच

छ)   सोरठी नाच:

-    गण्डकी र लुम्बिनी प्रदेशका गुरुङ र मगर समुदायमा प्रचलित नाच

-    सोरठीको अर्थ सोह्रजना सुन्दर रानी र यसनाचमा सोह्र जना महिला र एकजना जयसिङ्गे राजा (पुरुष) सामाजिक सदभाव र एकतालाई बलियो बनाउन देखाउने नाच

ज)   जटजटिन नाच्: नायक जट र नायिका जटिनको प्रेम कथामा आधारित श्रावण पुर्णिमादेखी भाद्र पुर्णिमासम्म मिथिलाक्षेत्रमा खडेरीबाट मुक्तहुन र इन्द्र देवतालाई खुशीपार्न  गरिने नाच्

झ)   बालन नाच : ब्राहमण र क्षेत्री समुदायमा राम, कृष्ण र शिवको चरित्रमा आधारित भएर बिभिन्न पुजा, विवाह, ब्रतबन्धमागरिने प्रचलित नाच

ञ)    कार्तिक नाच: राजा सिद्धिनरसिंह मल्लको पाला  देखी प्रचलित शास्त्रीय नृत्य हरेक वर्षको कार्तिक महिनामा विष्णु पुराणको नरसिंह अवतारको कथामा आधारित

ट)     सराय नाच्: गुल्मी, अर्घाखाँचि, बाग्लुङ्, पाल्पा जिल्लामा देवीलाई खुशीपार्न खुँडा, खुकुरी, तरवार लठ्ठी आदि हातमालिइ समुहमा गरिने प्रचलित नाच

ठ)    टप्पा नाच : लुम्बिनीप्रदेशको दाङ र आसपासको जिल्लामा मादलको तालमा शुरुमा बिस्तारै र पछी छिटोछिटो गरिने विशेषगरी मगर समुदायमा प्रचलित नाच

ड)     कौरा/ कौडा नाच: गण्डकी र लुम्बिनी प्रदेशको मगर, गुरुङ समुदायमा प्रचलित नाच, कौराको अर्थ - हामी आइम भन्ने हो। घाँसदाउरा, मेला पात जाँदा, पर्वमा खैजडीको तालमा नाचिने नाच

ढ)     धिमे नाच :  नेवार समुदायसँग  सम्ब धित धिमे बाजाको ताल मा नाचिने नाच्

समाचकेवा: मैथली समुदाय को समाचकेवा पर्वको अवसरमा कार्तिक शुक्लपक्ष को द्वितिया देखिपुर्णिमा सम्म दिदी बहिनी र दाजु भाइ बिच को प्रेम पूर्व स म्ब न्ध देखाउँदै प्रस्तुत गरिने नाच 

कुमारी नृत्य: काठ्माडौं मा ईन्द्र जात्राको समयमा देवी कुमारी लाई रथ मा राखेर जात्र गरिने बेला मा गरिने नाच्

च्याब्रुङ नृत्य : लिम्बु समुदायमा विशेष चाड पर्वको बेलामा घेरा बनाएर मुन्धुम गाँउदै नाचिने नाच

झ्याउरे नृत्य:  गण्डकी समुदाय का गुरुङ समुदायमा माया प्रेम को विषय वस्तु हरु प्रस्तुत गरी गरिने प्रचलित नाच्

रत्यौली नृत्य: विवाह समारोह मा पुरुष सदस्य हरु दुलही लिन निस्के पछी महिला द्वारा गरिने रत्यौली

तमाङ सेलो नृत्य: तामङ हरुले डम्फु बजाएर गरिने नृत्य जसलाई तामाङ भाषामा ताम्सिबा पनि भन्ने गरिन्छ ।

चुटकी नृत्य: क्षेत्री, ब्रहामण, गुरुङ र मगर समुदायमा खैजडी को ताल मा प्रस्तुत गरिने नाच

संगिनी नृत्य: ब्रहामण छेत्री महिला हरुले तिज चाड को समय मा टाउको दियो वा कलश राखेर गरिने नृत्य

म युर नृत्य: थारु समुदायमा नर्तक ले  म युर जस्तो आभुषण लगाएर गरिने नाच्

चौलो नृत्य: पश्चिमी पहाडी क्षेत्रमा कार्तिक महिनामा गरिने नृत्य

मुन्धुम नृत्य: पूर्वी पहाडी क्षेत्रमा किराँत बाहुल्य क्षेत्र मा प्रचलित नाच्

ख्याली पाङ्दुरे नृत्य: चाड पर्व मा खैजडी मुजुरा जस्ता बाजा हरु बजाउँडै गरिने नृत्य

पुलकिसी नृत्य:काठमाडौंको किलागल मा इ न्द्राजा त्रा को दिन मा गरिने नृत्य

माडिखोले नृत्य:सल्यान लगायत कर्णाली को केहि जिल्ला माप्रचलित नृत्य

तरवारे नृत्य: गन्धर्व समुदायमा विवाह्, व्रत बन्ध को समय मा तरवारे गीत को साथ मा तरवार नचाउँदै सारङी मुजुरा बजाउँदै गरिने नृत्य

 

नेपालका केही शास्त्रीय नृत्य:

क)   चर्या नृत्य: नेवार र गुरुङ समुदायमा प्रचलित नृत्य, देवी देवतहरुको भेष भुषा र आभुषण लगाएर गरिने नाच्

ख)   पंच बुद्ध नृत्य: बौद्ध परम्परा मा आधारित पाँच नर्तकी हरुले पाँच बुद्ध को प्रतिनिधित्व गर्दै गर्ने नृत्य

ग)    भैरव नृत्य: नेवार समुदायमा भैरव को भेष धारण गरेर गरिने नृत्य

घ)    आर्यतारा नृत्य: आर्य तारा भनेको पवित्र जननी र यस नृत्य मा बज्ने गीत ले आर्य तारा को विभिन्न गुण हरुको वर्णन गर्दछ र यसमा परम्परागत भेष भुषा को प्रयोग गरिन्छ

ङ)     हुड्के/ हुड्केली नृत्य: पश्चिमी नेपाल मा हुड्को बाजा को ताल मा विवाह ब्रत बन्ध मा नाचिने नृत्य

च)    बज्र योगिनी नृत्य: काठमाडौं उपत्यका मा बौद्ध परम्परा मा आधारित नृत्य

छ)   च रित्रा नृत्य: पुराण को पौराणिक कथा मा आधारित त राइ मा प्रचलित नृत्य

ज)   हनुमान नृत्य: हनुमान को भेष भुषामा बाग्लुङ र स्याङ्जा गरिने प्रचलित नृत्य

झ)   लाखे नृत्य : काठमाडौं उपत्यका मा ने वार हरु द्वारा लाखे को मास्क लगाएर खराबी र खराब शक्तिलाई बाहिर भ गाउन गरिने नृत्य

ञ)    मन्जु श्री  नृत्य:  काठमाडौं उपत्यका मा भ गवान स्वाम्भु नाथ लाई मन्जु श्री, ज्ञान कि देवी द्वारा पुजा गरिदै गरिने नृत्य,

 

मुन्धुम नाच्: पूर्वी पहाडी भेगमा किराँत हरुको मुन्धुम मा आधारित प्रचलित नाच्

 

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस ।

१.      लोक भनेको के हो ?

२.      शास्त्रीय नृत्यलाई एक वाक्यमा परिभाषित गर्नुहोस् ।

३.      तपाईंको समुदाय वा क्षेत्रमा प्रचलित कुनै दुई लोकनृत्यको नाम लेख्नुहोस् ।

४.      आर्यतारा नृत्यलाई एक वाक्यमा परिभाषित गर्नुहोस्।

५.      पंच बुद्ध नृत्य कस्तो नृत्य हो ?

६.      मैथिली र थारु समुदायमा प्रचलित एक एक लोकनृत्यको नाम लेख्नुहोस् ।

७.      लोकनृत्य संरक्षणमा स्थानीय र प्रदेश सरकारले कस्तो भूमिका निर्वाह गर्न सक्छन् ? एक एक वटा लेख्नुहोस ।

८.      शास्त्रीय नृत्यको कुनै एक महत्त्व लेख्नुहोस् ।

९.      लोकनृत्य हाम्रो पहिचानसँग गाँसिएका छन् ।" एक वाक्यमा लेख्नुहोस् ।

१०.  माडिखोले नृत्य कहाँ प्रचलित छ ?

११.  जटजदिन नृत्य कुन समुदायमा प्रचलित छ ?

१२.  तपाईंको समुदायमा प्रचलित कुनै दुई शास्त्रीय नृत्यको नाम लेख्नुहोस् ।

१३.  लोकनृत्यको संरक्षण गर्न तपाई जस्तै विद्यार्थीले खेल्नसक्ने कुनै दुई भूमिका उल्लेख गर्नुहोस्।

-          विद्यालयमा शिक्षकहरुको सहयोगमा लोकनृत्यलाई प्रवर्द्धन र प्रदर्शन गर्ने,

-          लोकनृत्य, गीत र संगीतको महत्वबारे जनचेतना फैलाउने

तलका प्रश्नहरुको छोटो उत्तर  दिनुहोस ।

१.      लोकनृत्यका विशेषताहरूको सूची बनाउनुहोस् ।

२.      कुनै चार बुँदामा लोकनृत्यको महत्व उल्लेख गर्नुहोस्। Or, लोक तथा शास्त्रीय नृत्य को महत्व उल्लेख गर्नुहोस ।

३.      हाम्रा शास्त्रीय तथा लोकनृत्यहरू लोपहुने खतरामा छन् । तिनीहरूको संरक्षण र प्रवर्धनगर्न स्थानीयतहले के कस्तो भूमिका खेल्नुपर्छ ?

४.      "लोकबाजा, लोकगीत र लोकनृत्य एक अर्काका परिपुरक हुन्" । यस भनाइ लाई पुष्टी गर्नुहोस।

१.      लोकनृत्य र शास्त्रीय नृत्य बिचमा रहेका भिन्नतालाई तालिकामा देखाउनुहोस ।

२.      तपाईले अन्तराष्ट्रीय समारोहमा नेपाली लोक तथा शास्त्रीय  नृत्यको परिचय दिनुपर्ने भयो भने कुन नृत्यको परिचय दिनुहुन्छ, कारण दिनुहोस ।

३.      देउडानाच र धान नाचको छोटो परिचय दिनुहोस।

४.      तपाइ बसोबास गरेको क्षेत्रको प्रचलित कुनै एक नाचको परिचय दिनुहोस।   

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्

५.      चर्चित नृत्यहरू धाननाच र हुड्केली नाचविच तुलनागरी तिनीहरूबिचमा समानता र भिन्नताहरू उल्लेख गर्नुहोस्।

६.      नेपाली विद्युतीय सञ्चार माध्यममा तपाई कस्तो गीत सङ्गीत तथा नृत्यहरू प्रसारण होऊन् भन्ने चाहनुहुन्छ? आफ्नो विचार ५ वाक्यमा लेख्नुहोस ।

 

 

 

 

 

 

 

 

पाठ -

हाम्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु

 

राष्ट्रिय दिवस: राष्ट्रिय दिवस भन्नाले राज्यले विशेष गौरवपुर्ण दिनको रुपमा तोकेको र त्यसलाई  वार्षिकरुपमा स्मरणगर्ने गरेको दिनलाई बुझिन्छ । जस्तै: शहिद दिवस, प्रजातन्त्र दिवस आदि।

राष्ट्रिय दिवसको महत्व (Importance of National Day):

*      हाम्रो पहिचानको संरक्षण र संवर्धन गर्न मदत गर्छ ।

*      देशमा घटेका महत्त्वपूर्ण घटना र तिनले ल्याएको परिवर्तनलाई स्मरण गराइरहन्छ ।

*      हाम्रो राष्ट्रको गौरव बढाउनमा मदत गर्छ ।

*      महत्त्वपूर्ण घटना र तिनले ल्याएको परिवर्तनको रक्षागर्न प्रेरित गर्छ ।

*      भावी पुस्तालाई पूर्खाको योगदानको बोध गराई राष्ट्रप्रति जिम्मेवार भई कर्तव्य पूरा गर्न प्रेरित गर्छ ।

*      नागरिक र राष्ट्रप्रति उत्तरदायी भई राज्य सञ्चालन गर्न मार्ग निर्देशन गर्छ ।

*      आम नागरिकमा चेतना र जागरण प्रदान गर्छ ।

*      ऐतिहासिक तथ्य, घटनाको महत्त्वपूर्ण स्रोतको रूपमा उपयोग गर्न सकिन्छ ।

*      राष्ट्रिय दिवसको मह्त्वा नयाँ पुस्ता मा हस्तान्तरण गर्न मा मद्दत गर्छ ।

 

केही राष्ट्रिय दिवसहरुको परिचय:

१.      संविधान दिवस (Constitution Day) :

मिति: हरेक वर्ष असोज ३ गते

ऐतिहासिक पृष्ठभूमिः नेपालको संविधान २०७२ असोज ३ गते संविधान सभाबाट जारीभएको

महत्व: संविधानको रक्षा र पालना गर्न, नेपालको इतिहासको एउटा सुनौलो दिन, देशको कानुन र न्याय प्रती सम्मान देखाउन

कृयाक्लापहरु: सरकार र शैक्षिक संस्थाद्वारा रैली, कार्यक्रमहरु व्यवस्थापन गर्ने

२.      गणतन्त्र दिवस (Republic Day) :

मिति: जेष्ठ १५ गते गणतन्त्र दिवस मनाइने गरेको

ऐतिहासिक पृष्ठभूमिः नेपालमा गणतन्त्रको स्थापना २०६५ जेष्ठ १५ गते,

महत्व: सर्वसाधारण जनता राष्ट्रप्रमुखहुने व्यवस्था, जनताको वर्षौंदेखीको त्याग र बलिदानलाई स्मरण गराउन, राष्ट्रिय एकता दिवसको रुपमा मनाउने

कृयाक्लापहरु:  सरकार र अन्य संस्थाहरुद्वारा देशका जनताबिच स्थापितगर्न विभिन्न कार्यक्रमहरु 

आयोजना गर्ने  

३.      सहिद दिवस (Martyr’s Day):

मिति:  माघ १६ गते

ऐतिहासिक पृष्ठभूमिः: वि.. १९९७ माघमा राणा शासनको अन्त्य र प्रजातन्त्र प्राप्तीका लागी शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल श्रेष्ठ, र धर्मभक्त माथेमा सहिद भएका थिए ।

महत्व: सहिदहरुको योगदान प्रती सम्मानगर्ने, सहिदका शालिकहरुमा माल्यार्पण गर्न, सहिदको स्मरणमा

कृयाक्लापहरु: सहिदहरुको समझना र सम्मानप्रती लेनचोरको सहिद स्मारकमा र देशभरका अन्य सहिद स्मारकहरुमा माल्यार्पण गरी सहिद दिवस मनाउने गरिन्छ ।

४.      मजदुर दिवस (Workers’ Day):

मिति: हरेक वर्ष मे १ मा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने

ऐतिहासिक पृष्ठभूमिः: रसियन आन्दोलनले लाखौं मजदुरहरुलाई यसै दिन न्याय दिलाएको थियो।

महत्व: मजदुरहरुको अधिकार र फाइदाको कुरा गर्नमजदुरलाई स्वतन्त्र र शोषणमुक्त बनाउन, श्रम र श्रमिक प्रती सम्मान गर्न, मजदुरले आफ्नो हक अधिकार प्राप्त गरेको दिनको स्मरण गर्न

कृयाक्लापहरु: मजदुरको अधिकारहरुसँग सम्ब न्धित विभिन्न कार्यक्रमको आयोजना गरिने

५.      नारी दिवस ( Women’s Day):

मिति: हरेक वर्ष मार्च ८ मा विश्वभर महिला दिवस मनाइने

ऐतिहासिक पृष्ठभूमिः नारीप्रतिको सम्मानको परम्परालाई निरन्तरता दिन हामीले यो दिनलाई सुरुदेखि नै मनाउँदै आएका छौं ।

महत्व: महिला शोषण विरुद्धको संघर्षको स्मरण गर्न र महिलाले राजनीतिक अधिकार प्राप्त गरेको दिनको सम्झनामा,

कृयाक्लापहरु: महिला शिक्षा, महिलाको समान अधिकार लगायतका अभिभावकको सम्पत्तिको अधिकार जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिएका हुन्छन्।

६.      बाल दिवस (Children’s Day)

मिति: नेपालमा भाद्र २९ गते मनाइने

ऐतिहासिक पृष्ठभूमिः नेपालले सन् १९९० सेप्टेम्बर १४ (भद्र २९ गते) मा संयुक्त राष्ट्र संघको बालअधिकारसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको थियो, त्यसबेलादेखि यो दिवस २९ भाद्रमा मनाइन्छ।

महत्व: बालबालिकाको अधिकारको प्राप्ती, बालबालिकाहरुको आधारभूत अधिकारको संरक्षणगर्न, उनीहरू राष्ट्रका भविष्यका स्तम्भनिर्माताहरू हुन् भनेर पनि सम्झाउन, व्यक्ति, समुदारी र राष्ट्रलाई बालबालिकाप्रतीको जिम्मेवारी बोध गराउन्

क्रियाक्लापहरु: सरकार, शैक्षिक संस्था र अन्य संघसंस्थाले बालबालिकालाई पुरस्कार, मिठाई, पुस्तक आदि वितरणगरी बालअधिकारसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने गर्छन्। केही परोपकारी व्यक्ति तथा संस्थाले बालमन्दिरमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री, लत्ताकपडा, फलफूल र मिठाई दान गरेका हुन्छन्।

 

७.      प्रजातन्त्र दिवस र लोकतन्त्र दिवस (Democracy Day)

मिति: प्रत्येक वर्ष फागुन ७ गते /  वैशाख ११ गते लोकतन्त्र दिवस

ऐतिहासिक पृष्ठभूमि: जनताले वि. सं. २००७ फाल्गुन ७ गते निरंकुश राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेका थिए । दोस्रो जनआन्दोलनको परिणाम स्वरुप तत्कालिन राजा ज्ञानेन्द्रले विघटित प्रतीनिधी सभाको पुनस्थापना गरेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाइने गरेको पाइन्छ ।

महत्व: -यो दिनले हामीलाई लोकतन्त्रको रक्षा र रक्षा गर्न स्मरण गराउँछ। -यसले हामीलाई अब्राहम लिंकनको परिभाषा "जनताले, जनताकोलागी र जनताद्वारा गरिने शासन प्रणाली लोकतन्त्र हो ।" लाई स्मरण गराउँछ

क्रियाक्लापहरु: तिनीहरू कसरी अवलोकन गरिन्छ: लोकतन्त्रको महत्त्व सम्बन्धी चेतनामूलक कार्यक्रमहरू, र्‍याली र भाषणहरू आयोजना गरेर।

८.      अन्तराष्ट्रीय साक्षरता दिवस (International Literacy Day)

मिति: यो हरेक वर्ष सेप्टेम्बर 8 मा मनाइन्छ।

ऐतिहासिक पृष्ठभूमि : यस दिनलाई विश्व साक्षरता दिवसकारूपमा मनाइन्छ। वि.. २०६३ भन्दा अगाडी फाल्गुन ७ गते शिक्षा दिवस मनाइने गरिन्थ्यो तर त्यसपछि अन्तराष्ट्रीय साक्षरता दिवसको दिनमा शिक्षा दिवस मनाउन सुरु गरियो ।

महत्व: शिक्षाको महत्वलाई स्मरण गराउन, संसारलाई हेर्नको लागि शिक्षा आवश्यकता र एकमात्र झ्याल हो भनेर सम्झाउँछ।

क्रियाक्लापहरु:

विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ। शिक्षाको क्षेत्रमा योगदान पु¥याउने विशेष व्यक्तित्व तथा विभिन्न संघसंस्थाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने गरिन्छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय, विभिन्न विश्वविद्यालय र शैक्षिकसंस्थाहरुले यसदिनलाई विशेष उत्सवका साथ मनाउने गर्छन।

 
पोस्टर
१.      शहीद दिवस- महान शहीदहरू अमर रहुन्।
२.      बाल दिवस- आजका बाल बालिका भोलिका कर्णधार हुन/ आज माया गरेको
बच्चाले भोलि या फैलाउनेछ।
३.      महिला दिवस- महिलाहरूलाई दाइजो होइन शिक्षा चाहिन्छ।
४.      लोकतन्त्र दिवस- लोकतन्त्र सार्वजनिक सरकारको भावना हो।
५.      संविधान दिवस- संविधानको सम्मान नागरिकको सम्मान हो।
 
सरकारले केही राष्ट्रिय दिवस मनाउन बिदा दिने गरेको छ । के ती दिनहरूमा बिदा 
दिनु राम्रो हो ? आफ्नो तर्क दिनुहोस्।
सरकारले केही राष्ट्रिय दिवस मनाउन बिदा दिने गरेको छ । ती दिनहरूमा बिदा दिनु राम्रो होइन
"राष्ट्रिय दिवस मनाउन बिदा काट्नु" बरु निम्न कारणहरूले गर्दा राम्रो देखिन्छ:
*      सरकारले बिदा घोषणा गरेमा जनता केही नगरी घरमै बस्छन् ।
*      विशेष राष्ट्रिय दिनहरूको महत्त्वबारे सचेत गराउने
*      विभिन्न कार्यक्रमहरू आयोजना गरी त्यसमा मानिसहरूलाई सहभागी गराउनुपर्छ।
*      सार्वजनिक विदा कारण अत्यावश्यक कार्यहरु रोकिन्छन ।
*      विशेष राष्ट्रिय बिदाको महत्व सञ्चारमाध्यम, पत्रपत्रिका र अन्य माध्यमहरूमा प्रचार गरिनुपर्छ।
*      बिदा काट्दा जनतालाई सम्बन्धित राष्ट्रिय दिनहरूमा ध्यान केन्द्रित गर्न बढाउँछ र राष्ट्रको
विकासका काममा केही दिन थपिन्छ ।
  •  
हामीले राष्ट्रिय दिवस किन मनाउने ?
*      विगतका घटनाहरू सम्झन,
*      उपलब्धिहरू चिन्ह वा मार्क लगाउन,
*      विरासत जारी राख्न,
*      नागरिकको हितको लागि यी दिन्हरूको महत्त्व र कानूनको रक्षा गर्न,
*      राष्ट्रिय एकता र अखण्डताको बारेमा जनतालाई चिन्तन गराउन,
*      मानिसहरूलाई आपसमा समानता र सदभावको भावना आदान प्रदान गर्न,

 

प्रजातन्त्र दिवसको महत्व

*      नेपालमा प्रत्येक वर्षको फागुन ७ गते विभिन्न कार्यक्रमहरु आयोजनागरी  प्रजातन्त्र दिवस मनाइन्छ ।

*      २००७ साल फाल्गुन ७ गते प्रजातन्त्रको घोषणा भएदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।

*      यसले १०४ वर्षे जहानिया राणा शासनको अन्त्य गरेको थियो।

*      प्रजातन्त्रको घोषणासंग देशमा कानुनी शासन स्थापना भयो।

*      इतिहासमा पहिलो पटक नेपाली जनताले प्रजातन्त्रको अनुभव गर्ने मौका पाएका थिए।

*      यो घोषणाबाट जनताले आफ्नो मौलिक हक कानुनी अधिकार र स्वतन्त्रता प्राप्तगर्ने सपना देखेका थिए।

*      नेपाली जनताको ठूलो त्याग तपस्या र बलिदानको प्रतिफल प्रजातन्त्र प्राप्त भएको थियो ।

 

राष्ट्रिय दिवस मनाउनु सदुपयोग हो कि दुरुपयोग ? कारण दिनुहोस्।

राष्ट्रिय दिवस मनाउनु सदुपयोग हो, किनकी

*      राष्ट्रिय दिवसले राष्ट्रियताको बोध गराउँछ।

*      यसले राष्ट्रियता एकता कायम गर्छ।

*      यसले  राष्ट्रिय परम्परा र गौरवको इतिहास थाहा हुन्छ ।

*      राष्ट्रिय सम्पदा, परम्परा, संस्कार र स्वाभिमान एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरणगर्न सकिन्छ ।

*      यसले राष्ट्रप्रती सम्मानको बोध गराउंछ ।

 

नेपाल सरकारले भाद्र २९ लाई बालदिवस भनी घोषणा गरेको छ। त्यसदिन तपाईंले गर्ने ५ महत्वपूर्ण क्रियाकलापसम्बन्धी कार्यक्रम बनाउनुहोस।

बाल दिवसका दिनमा मैले निम्नानुसारका क्रियाकलाप सम्ब न्धी कार्यक्रम राख्ने सोच बनाएको छु::

*      खेलकुद प्रतियोगिता

*      जुलुस प्रदर्शन

*      बाल बालिकाहरुलाई मिठाइ, फलफुल्, कपडा तथा शैक्षिक सामाग्री वितरण

*      बाल अधिकारबारेमा वक्तृत्वकला प्रतियोगिता

*      बालबालिकालाई विद्यालय पढाउने भन्दै घर पुगेर जनचेतना जगाउने

*      बालिकालाई पढाउने  रोजगारीमा नलगाउ हो भनेर नारा तयार पार्नेछु

*      पुरस्कार वितरण

*      बाल बालिकाहरुलाई मिठाइ, फलफुल्, कपडा तथा शैक्षिक सामाग्री वितरण

 

सहिद दिवस किन मनाउने ?

साहिद दिवस माघ १६ गते मनाइन्छ। सहिद दिवस मनाइने कारणहरु:

*      सहिदहरु प्रति श्रद्धा सुमन प्रकटगर्न,

*      उनीहरूको बलिदानको कदरगर्न्

*      उनीहरु देशका निर्माता हुन भनि सम्झन,

*      सहिदको सपना साकार गर्न्

*      उनीहरुको त्याग तपस्या र बलिदानका प्रेरणाबाट पाठ सिक्न,

*      नयाँ पुस्तालाई सहिदको बलिदानको बारेमा जानकारी दिन्

*      जनतामा देशप्रेमको भावना जगाउन्

*      विगतका घटनाबाट प्रेरणादायी पाठ सिक्न

*      उनको योगदानप्रती पुष्पगुच्छा र फुलमाला चढाएर सम्मान व्यक्त गर्न्,

*      शुक्रराज शास्त्री, धर्मभक्त,  दशरथ चन्द र गंगालाल जस्ता महान सहिदलाई  स्मरणगर्न र उनीहरु प्रती सम्मान व्यक्त गर्न ।

 

नारी हिंसा अन्त्यगर्न राज्य र समुदायले निम्नलिखितकार्य गर्न आवश्यक देखिन्छ:

*      घरायसी हिंसा अन्त्य गर्नुपर्छ ।

*      महिला माथीहुने अपराध नियन्त्रणगर्न सुरक्षा निकाय सक्रीय हुनुपर्छ ।

*      दाइजोप्रथाको अन्त्य गर्नुपर्छ ।

*      समुदायले महिला हिंसा गतीबिधी रोक्नुपर्छ ।

*      महिला हिंसा विरुद्ध कानुन बनाइ कडा तरिकाले लागु गर्नुपर्छ ।

*      जनचेतना मुलक कार्यक्रम चलाउनु पर्छ ।

*      महिलाको लागी रोजगारीमुलक कार्यक्रमहरु सिर्जना गर्नुपर्छ ।

*      छात्रा शिक्षामा जोड दिनु पर्छ।

 

 

 

सेप्टेम्बर ८ मा तपाईको विद्यालयमा कार्यक्रमको व्यवस्थापन र संचालनको जिम्मा तपाईलाई दिइएको छ।  त्यसको व्यवस्थापन र संचालन कसरी गर्नुहुन्छ ? बुँदागत लेख्नुहोस।

*      साथीहरु बिचमा कामको बाँडफाँडको लागी बिभिन्न समितीहरुको गठन्

*      कार्यक्रम संचालन एवम उदघोषण्

*      सभापतीको आसन ग्रहण्

*      प्रमुख अतिथीको आसन ग्रहण्

*      अतिथीहरुको आसन ग्रहण्

*      अतिथीहरुको मन्तब्य

*      अन्य निर्धारित कार्यक्रम (नाच्गान्, हास्य, आदी ) को व्यवस्थापन्

*      पुरस्कार वितरण्

*      अतिथी हरुको सम्मान एवम खाजा वितरण्

*      कार्यक्रम समापन


 

तलका प्रश्नहरुको अति छोटो उत्तर  दिनुहोस ।

१.      राष्ट्रिय दिवस भनेको के हो ?

२.      नेपालमा मनाइने कुनै दुई अन्तर्राष्ट्रिय दिवसको नाम उल्लेख गर्नुहोस् । - अन्तराष्ट्रिय साक्षरता दिवस (सेप्तेम्बर ८) र अन्तराष्ट्रिय नारी दिवस (मार्च ८)

३.      एक वाक्यमा संविधान दिवस मनाउनुको महत्त्व उल्लेख गर्नुहोस् ।

४.      गणतन्त्र दिवस कहिले मनाइन्छ ।

५.      मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइनुको कारण के हो ?

६.      के तपाईं ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनभन्ने विचारसँग सहमत हुनुहुन्छ ? एक वाक्यमा पुष्टि गर्नुहोस् ।

दिएको भनाइसँग म  सहमत छु किनकी लगातार अभ्यासले मानिसलाई परिपक्व बनाउँछ, ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरंजनले मानिसलाई वास्तविक जीवन जिवन सिकाउँछ र एउटा असल सामाजिक नागरिक बन्नमा मद्दत गर्छ।

रोवर्ट आवेन्: "आठ घण्टा श्रम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम"

७.      तपाईलाई बाल दिवस २०८० को नारा तयार गर्ने जिम्मेवारी दिइयो भने कस्तो नारा तयार गर्नुहुन्थ्यो ?

८.      प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवस कहिले कहिले मनाइन्छ ?

तलका प्रश्न हरुको छोटो उत्तर दिनुहोस ।

१.      राष्ट्रिय दिवस मनाइनुको महत्त्व कुनै चार बुँदामा उल्लेख गर्नुहोस् ।

२.      राष्ट्रिय दिवस  बनेको के हो ? राष्ट्रिय दिवसको महत्व उल्लेख गर्नुहोस ।

३.      हामी सहिद दिवस किन मनाउँछौं, कारण दिनुहोस ।

४.      "हाम्रा राष्ट्रिय दिवस  हाम्रो चिनारी र गौरव हुन्" भन्ने शिर्षक  मा सम्पादकीय तयार पार्नुहोस ।

सम्पादकीय

हाम्रा राष्ट्रिय दिवस, हाम्रो चिनारी र गौरव

राष्ट्रिय दिवस भन्नाले राज्यले विशेष गौरवपुर्ण दिनको रुपमा तोकेको र त्यसलाई  वार्षिकरुपमा स्मरणगर्ने गरेको दिनलाई बुझिन्छ । जस्तै: शहिद दिवस, प्रजातन्त्र दिवस आदि। राज्यले महत्व पूर्ण उपलब्धी हासिल गरेको वा ऐतिहासिक घटनाहरु घटेको महत्वपूर्ण दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गर्दछ । यी दिवसहरु हाम्रा चिनारी र गौरव हुन । यिनीहरुले हामीलाई केहि ऐतिहासिक परिवर्तनहरु, घटनाहरु वा घोषणाहरुको समझना गराउँने गर्छन ।यिनीहरुले हाम्रो पहिचानको संरक्षण र संवर्धनगर्न मदत गर्छन र हाम्रो राष्ट्रको गौरव बढाउनमा मदत गर्छन ।     भावी पुस्तालाई पूर्खाको योगदानको बोधगराई राष्ट्रप्रति जिम्मेवार भई कर्तव्य पूरागर्न प्रेरित गर्दछन ।नागरिकलाई राष्ट्रप्रति उत्तरदायी भई राज्य सञ्चालन गर्न मार्ग निर्देशनगरी आम नागरिकमा चेतना र जागरण प्रदानगर्ने कार्य गर्दछन । राष्ट्रिय दिवसको मह्त्व नयाँ पुस्तामा हस्तान्तरण गर्नमा मद्दत पुग्छ । तसर्थ, हाम्रा राष्ट्रिय दिवस, हाम्रो चिनारी र गौरव हुन ।

 

 

५.      "सहिदको योगदानको कदरको निम्ति सहिद दिवस मनाइन्छ ।यो दिवसलाई प्रभावकारी रूपमा मनाउन कुनै ५ ओटा कार्यक्रमको सूची बनाउनुहोस् ।

६.      "गणतन्त्रलाई संस्थागतगर्न गणतन्त्र दिवस मनाएर मात्रै हुँदैन ।यसप्रति तपाईंको धारणा ५ बुँदामा उल्लेख गर्नुहोस् ।

७.      राष्ट्रिय दिवस मनाउन विद्यालयमा गरिने दुईओटा कार्यक्रम र त्यसबाट तपाईंमा परेका सकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।

८.      राष्ट्रिय दिवसहरू मनाउने क्रममा सार्वजनिक बिदा बढी भएको र कार्यघण्टा कम भएको तर्कहरू उठ्न थालेका छन् । तपाईंको विचार ५ बुँदामा उल्लेख गर्नुहोस् ।

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस ।

९.      लोकतन्त्र दिवसको उपलक्ष्यमा वैशाख ११ गते तपाईंको विद्यालयमा वक्तृत्वकला सञ्चालन हुने भएको  छ । उक्त कार्यक्रमको शीर्षक 'लोकतन्त्र र हाम्रो दायित्व' रहेको छ । उक्त शीर्षकमा बोल्नको लागि छोटो मन्तव्य लेख्नुहोस् ।

यस दीपाज्योती हाइ स्कुल्, कोहलपुरमा लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, आदरणीय सर म्यामहरू, मञ्चमा आसिन अन्य विशिष्ट अतिथिगणहरू तथा उपस्थित सम्पूर्ण सज्जनवृन्द तथा साथीहरू !

आज म यस लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमको शिर्षक "लोकतन्त्र र हाम्रो दायित्व" को समर्थनमा आफ्नो मन्तव्य राख्न उपस्थित भएको छु।

नेपालको सम्दर्भमा कुरा गर्दा, प्रजातन्त्र दिवस र लोकतन्त्र दिवसलाई सँगसँगै जोड्ने गरेर मनाउने गरिन्छ तर वास्तवमा भन्नु पर्दा प्रजातन्त्र दिवसलाई प्रत्येक वर्ष फागुन ७ गते र लोकतन्त्र दिवसलाई वैशाख ११ गते मनाउने गरिन्छ । जनताले वि. सं. २००७ फाल्गुन ७ गते निरंकुश राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेका थिए । दोस्रो जनआन्दोलनको परिणाम स्वरुप तत्कालिन राजा ज्ञानेन्द्रले विघटित प्रतीनिधी सभाको पुनस्थापना गरेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाइने गरेको पाइन्छ।

यस दिनले हामीलाई लोकतन्त्रको रक्षा र रक्षा गर्न स्मरण गराउँछ। यसले हामीलाई अब्राहम लिंकनको परिभाषा "जनताले, जनताकोलागी र जनताद्वारा गरिने शासन प्रणाली लोकतन्त्र हो" लाई स्मरण गराउँछ । यस दिनमा विभिन्न लोकतन्त्रका  महत्त्व सम्बन्धी चेतनामूलक कार्यक्रमहरू, र्‍याली र भाषणहरू आयोजना गरेर यस दिवसलाई मनाउने गरिन्छ ।

अन्त्यमा भन्नुपर्दा, लोकतन्त्र भनेको हामी र हाम्रो देशको पहिचान हो जसले देशको नागरिकलाई वास्तविक हक अधिकार र दायित्वको प्रतिभुति गराएको छ ।

धन्यवाद !

१०.  प्रत्येक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै गर्दा देशका विभिन्न स्थानमा महिला हिंसाकम घटनाहरू सुनिन्छ । महिलाका हकलाई वास्तविक रूपमा कार्यान्वयन गर्न र महिला हिंसा कम गर्न के गर्न सकिएला ? परिवार, समुदाय र विभिन्न तहका सरकारले खेल्न सक्ने भूमिका उल्लेख गर्नुहोस् ।

महिला हिंसा कमगर्न परिवारको भूमिका

*      छोरा छोरीलाई समान शिक्षा दिने

*      महिलाहरु प्रति सम्मानजनक व्यवहार

*      समान अभिभावकत्व

*      लैङ्गिक असमानता हटाउने

*      छोरीलाई दाइजोको सट्टा शिक्षामा जोड

महिला हिंसा कम गर्न समुदाय को भूमिका

*      समुदायमा हिंसा विरोधी आन्दोलनलाई प्राथमिक्ता दिने

*      महिला सशक्तिकरण कार्यक्रम चलाउने,

*      लैङ्गिक लोकतन्त्रको विकासगर्ने

*      सामुदायिक ज्ञान र क्षमताको प्रयोगगर्ने

*      सामाजिक कुरिती र खराबीहरुलाई जरैबाट हटाउन प्रयासगर्ने

महिला हिंसा कमगर्न विभिन्न तहका सरकारले खेल्न सक्ने भूमिका

*      उचित नीति बनाउने र कार्यान्वयनगर्ने

*      महिलालाई रोजगारी दिने

*      महिलाहरुलाई तालिम दिने

*      जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने

*      महिला हिंसामा विशेष ध्यान दिने

*      समाजबाट सामाजिक विकृति हटाउने

११.  प्रत्येक वर्ष सेप्टेम्बर १४ लाई बाल दिवसको रूपमा मनाइन्छ । यसको वास्तविक मर्मलाई आत्मसात गर्नको लागि दिवस मनाउनु मात्रै उपाय हैन । यसका लागि के गर्नुपर्ला ? कुनै चार बुँदामा उल्लेख गर्नुहोस् ।

बाल दिवसको वास्तविक मर्मलाई आत्मसाथ गर्न गर्नुपर्ने कुराहरु:

 

*      बालबालिकाहरुको आधारभूत अधिकारको संरक्षणगर्ने,

*      उनीहरू राष्ट्रका भविष्यका स्तम्भनिर्माताहरू हुन् भनेर स्मरणगरी तिनिहरुको भविष्यको बारेमा ध्यानराखी विभिन्न कार्यक्रम संचालन गर्ने

*      व्यक्ति, समुदाय र राष्ट्रलाई बालबालिकाप्रतीको जिम्मेवारी बोध गराउने

*      सरकार, शैक्षिक संस्था र अन्य संघसंस्थाले बालबालिकालाई पुरस्कार, मिठाई, पुस्तक आदि वितरण गर्ने

*      बालअधिकारसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने

*      अनाथ बालबालिकालाई शैक्षिक सामग्री, लत्ताकपडा, फलफूल र मिठाई दान गर्ने आदि

१२.  राष्ट्रिय दिवस केवल उत्सव र छुट्टीमा सीमित हुनुहुँदैन, यिनको महत्त्वलाई आत्मसात गर्न सक्नुपर्छ । यसको लागि के के गर्न सकिएला ?

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ - ६ अन्तर्राष्ट्रिय व्यक्तित्वहरु

 

 

 

नेल्सन मन्डेला (Nelson Mandela)

पुरा नाम: नेल्सन रोली हलाहला मन्डेला

उपनाम: मडिबा

जन्म: सन १९१८ जुलाई १८ मा द्क्षिण अफ्रिकाको केप प्रान्त अन्तर्गत पर्ने म्वेजो भन्ने स्थानमा

राजनीतिक जीवन: सन १९४४ मा अफ्रिकी नेसनल काङ्ग्रेसको लिगमा आवद्ध

सन १९५६ : अफ्रिकी नेसनल काङ्ग्रेसमाथी प्रतिबन्ध र मण्डेला माथी देशद्रोहको आरोप

सन १९६२ : अल्जेरियाबाट छापामार युद्ध र सशस्त्र सङ्घर्षको प्रशिक्षणलिएर  देशफर्के लगत्तै पक्राउ र सन १९६४ मा आजीवन काराबासको सजाय

सन १९९० मा जेलबाट छुटेका

सन १९९३ मा नोबेल शान्तिपुरस्कार प्राप्त

सन १९९४ मा दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति

सन १९९४ मा उनको आत्म वृतान्त Long Walk to Freedom प्रकासित

सन १९९९ मा नेल्सन मण्डेला फाउण्डेसनको स्थापना

सन २००४ मा सक्रीय जीवनबाट अवकाश

सन २०१३ डिसेम्बर ५ मा मृत्यु

संयुक्त राष्ट्र सङ्घले १८ जुलाईलाई मण्डेला दिवसको रुपमा मनाउने गरेको

 

तत्कालिन भारतको प्रसिद्ध नेता महत्मा गान्धीको "शान्ती र अहिंसा'को नीतिबाट प्रभावित

मण्डेलालाई आधुनिक दक्षिण अफ्रिकाको पिता मानिन्छ किनकी दमनकारी सरकारलाई ढाल्न र प्रजातन्त्र स्थापना गर्नमा उनको ठुलो भूमिका थियो।

नेल्सन मण्डेला जातीय भेदभावको लागि २७ वर्ष जेलमा बिताए, १९९० मा रिहा भए।

मण्डेलालाई सन् १९९३ मा शान्तिपूर्ण प्रकृयामा महत्वपुर्ण योगदान पुर्याए बापत नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।

उनको नेतृत्वमा भएको जातिभेदी र रङ्गभेदी आन्दोलन सफल भएपछी उनि दक्षिणको पहिलो अस्वेत राष्ट्रप्रमुख वा राष्ट्रपतिपदमा सन १९९४ मा निर्वाचित भए।

मण्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपतिको रूपमा पनि चिनिन्छन्, जसले १९९४ देखि १९९९ सम्म सेवा गरेका थिए।

त्यस समयमा दक्षिण अफ्रिकामा एच. आई. भी. एड्सको आक्रान्त थियो जस बिरुद्ध उनले आभियान चलाएका थिए ।

उनको निधन ९५ वर्षको उमेरमा ५ डिसेम्बर २०१३मा दक्षिण अफ्रिकाको जोहन्सवर्ग शहरमा भयो।

नेल्सन मण्डेलाको योगदानले वर्तमान पुस्तालाई शान्ति र मानव अधिकार प्राप्तिमा लाग्न मार्गदर्शन प्रदान गरेको छ।

नेल्सन मण्डेलाबारे केहि तथ्य/ प्रेरणाहरु/ महत्वपुर्ण विचार :

*      आशा कहिल्यै नत्याग्नुहोस्।

*      हिंसा उत्तर होइन।

*      शिक्षा एउटा त्यस्तो सशक्त हतीयार हो जसले विश्व बदल्न सक्छ।

*      सबैभन्दा गाह्रो काम समाजलाई बदल्नु होइन बरु आफैलाई बदल्नु हो।

*      म कहिल्यै हार्दिन, म या त जित्छु या सिक्छु ।

*      स्वतन्त्र हुनु भनेको बन्धनबाट मुक्त हुनु मात्र होईन, अरु मानिसको स्वतन्त्रतालाई सम्मान र अभिवृद्धी गर्दै जिवन सक्नु हो।

*      बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डर बाबजुत अघि बढ्छ ।

*      सत्य मा अडिग रहनु पर्छ। एक दिन अवश्य विजय हुन्छ।

*      अन्याय, अत्याचार र विभेद विरुद्ध चुपचाप बस्नु हुँदैन।

 

 

 

 

 

मलाला युसुफजाई (Malala Yusufjai)

उपनाम: गुल मकइ

जन्म: सन १९९७ जुलाई १२ मा पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तको स्वात जिल्लाको मिङ्गोरा भन्ने ठाँउमा

बाबु र आमा: जियाउद्धिन युसुफजाइ र तोर पेकाइ युसुफजाइ

शिक्षा: बि.. (स्नातक) अक्सफोर्ड विश्वविद्यालय (२०२०)

पाकिस्तानी बालअधिकार र महिला शिक्षा अभियन्ता

सन २०११मा अन्तर्राष्ट्रिय बाल शान्तिपुरस्कार/ पाकिस्तान राष्ट्रिय युवा शान्ती पुरस्कार्

सन २०१२ अक्टोबर ९ मा तालिवान द्वारा उनिमाथी गोली प्रहार

सन २०१३ जुलाई १२ मा अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

सन २०१४ अक्टोबरमा नोबेल शान्तिपुरस्कार प्रदान (१७ वर्षको उमेरमा यो पुरस्कार प्राप्तगर्ने सबैभन्दा कान्छी व्यक्ति)

हाल 'मलाला कोष्' नामक एक गैर नाफा मुलक संस्था आफ्नो बुवाको सहयोगमा खोलेर महिला शिक्षा कार्यमा संलग्न

तालिवान- एक मुस्लिम अतिवादी राजनीतिक समूह जसले छात्राहरुलाई विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो त्यसको यिनले विरोध गरिन। फलस्वरुप तालिवानीहरुले उनि माथी सन २०१२ अक्टोबर ९ मा गोलीप्रहार गरे तापनि उनि बच्न सफल भइन।

मलाला युसुफजाइको प्रमुख योगदान:

*      छात्रा शिक्षा माथिको  प्रतिबन्ध  विरुद्ध आवाज  उठाएकी

*      छात्रा शिक्षाका लागि विश्व व्यापीरुपमा अपिल गरेकी

*      मलाला फाउण्डेसन मार्फत लेबनानमा सिरियाली गृहयुद्धका शरणार्थी हरुका छात्राहरुका लागि विद्यालय स्थापना

*      पाकिस्तानी अभियन्ताको रुपमा विश्वभरी प्रचलित

 

 

 

 

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस ।

१.      नेल्सन मण्डेलाको जन्म कहाँ र कहिले भएको थियो ?

२.      नेल्सन मण्डेलाले कुन विषयमा अध्ययन गरेका थिए ?

३.      नेल्सन मण्डेलालाई के को आरोपमा गिरिप्तार गरिएको थियो ? त्यसको वास्तविक कारण के थियो ?

४.      देशद्रोहको आरोप लगाइएको तर वास्तविक कारण उनि र उनका साथीहरुले सुरुगरेको अश्वेत कानुनी अभ्यास थियो ।

५.      अहिंसात्मक जनआन्दोलन गर्ने नेल्सन मण्डेलालाई कुन घटनाले सशस्त्र आन्दोलन रोक्न बाध्य तुल्यायो?

सन १९६० मा प्रहरीले निहत्था दक्षिण अफ्री की हरुको गरेको नरसंहार र अफ्री की काङ्ग्रेश माथी लगाइएको प्रतिबन्ध ले मण्डेला लाई त्यसो गर्न बाध्य बनायो ।

६.      नेल्सन मण्डेला समानता र अश्वेतका अधिकारका पक्षपाती थिए, भन्ने कुरालाई एक वाक्य मा पुष्टी गर्नुहोस ।

नेल्सन मण्डेला समानता र अश्वेतका अधिकारका पक्षपाती थिए किनकी उनी एकातिर शान्ती मेलमिलाप र सामाजिक न्याय जस्त कार्य हरुका समर्थक थिए भने अश्वेत मुक्ती समूह का नेता थिए ।

 

७.      नेल्सन मण्डेलाले नोबेल शान्तिपुरस्कार कहिले प्राप्त गरेका थिए ?

८.      नेल्सन मण्डेलाको राष्ट्र पतिको रुपमा कार्यकाल कहिले देखी कहिले सम्म रहेको थियो ?

९.      मलाला युसुफजाइको जन्म कहिले र कहाँ भएको थियो ?

१०.  मलालालाई किन गोली हानिएको थियो ? - छात्रा शिक्षाका समर्थनकर्ता थिइन ।

 

११.  मलाला युसुफजाइले कहिले नोबेल शान्तिपुरस्कार प्राप्त गरेकी थिइन ?

१२.  मलाला युसुफजाईलाई कहिले नोबेल पुरस्कार प्रदन गरियो र त्यस बखत उनि कारी वर्ष की थिइन ?

१३.  पाकिस्तानी मिडिया र सामाजिक संजालमा मलाला युसुफजाइको किन आलोचना गरिएको होला ? एक वाक्यमा लेख्नुहोस । - मलालाले देशको बेइज्जत गरेको भनेर /छात्रा शिक्षामा लगाइएको प्रतिबन्ध र विद्यालय मा गरेको विरोधको कारण   

 

१४.  संयुक्त राष्ट्र सङ्घका तत्कालिन महासचिब वान कि मुनले मलालालाई किन "हाम्रो नायक भनेर सम्बोधन गरेका होलान ?

तालिवानीहरुको गोली प्रहार पछी पनि उनले पहिले जसतै निडर भ इ दिएको पहिलो मन्तब्य को कारण

 

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस ।

१.      अन्तर्राष्ट्रिय व्यक्तित्वको जिवनी अध्ययन गर्नु किन आवश्यक छ ? Or,

अन्तर्राष्ट्रिय व्यक्तित्वको जिवनी अध्ययन गर्दा के फाइदा हुन्छ ?

नेल्सन मण्डेला र मलाला युसुफजाईको जीवनबाट हामीले के कस्तो प्रेरणा प्राप्तगर्न सक्द्छौ ? सुची तयार पार्नुहोस।

अन्तर्राष्ट्रिय व्यक्तित्वको जिवनीबाट हामी निम्न कुराहरु सिक्न सक्छौ:

*      बाल अधिकार संरक्षणगर्ने,

*      हिंसाको विरोध गर्ने,

*      समानाता, स्वातन्त्रता र सम्मानको लागी सङ्घर्ष गर्नुपर्ने,

*      छात्रा शिक्षा को समर्थन गर्ने,

*      वर्ण विभेद लगायत जातिय, धार्मिक एवम सांस्कृतिक विभेदको अन्त्यगर्ने,

*      बाल अधिकार तथा नागरिक अधिकार का लागी सचेत हुने,

*      शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने,

*      सार्बजनिक यातायात तथा अन्य ठाँउमा रङ्गभेदको विरोधी आन्दोलन गर्ने,

*      बालश्रमको उन्मुलन गर्ने,

*      परोपकारका कार्यहरु गर्ने,

*      गरीब जनाताका लागी गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य तथा कामको व्यवस्थाको पहलगर्ने आदि

२.      तपाइको स्थानिय तहमा योगदान दिएका व्यक्तिको जीवनी तयार गर्नुहोस।

३.      नेल्सन मण्डेलाको महत्वपूर्ण योगदानको सूची तयार गर्नुहोस ।

४.      नेल्सन मण्डेलाको राजनीतिक जीवनका मुख्य ५ घटना उल्लेख गर्नुहोस ।

५.      नेल्सन मण्डेलाले दक्षिण अफ्रीका र विश्वसमुदायलाई पुर्याएको योगदानको चर्चा गर्नुहोस ।

६.      मलाला युसुफजाईको सङ्घर्षको बारेमा छोटकरीमा लेख्नुहोस ।

७.      मलाला युसुफजाईका प्रमुख योगदानहरुको सूची बनाउनुहोस ।

मलाला युसुफजाईका योगदानहरू:

*      उनी नोबेल शान्ति पुरस्कार विजेता हुन्। केटीहरूको शिक्षा प्रवर्द्धन कालागि 2014 मा सम्मानित।

*      उनी संयुक्त राष्ट्र शान्तिको दूत हुन्। (2017 नियुक्त गरिएको)

*      उनी मलाला कोषका संस्थापक हुन्। मलाला कोष एक गैर-लाभकारी संस्था हो जसले सबै केटीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न काम गर्दछ।

*      उनी बालिका शिक्षाका लागि विश्वव्यापी अधिवक्ता हुन्।

*      उनी विश्वभरका लाखौं मानिसहरूका लागि प्रेरणा हुन्।

*      उनको कामले संसार परिवर्तन गर्न मद्दत गरेको छ। उनले केटीहरूको शिक्षाको महत्त्वको बारेमा चेतना जगाउन मद्दत गरेकी छिन् ।

*      उनी जताततै केटीहरू र युवतीहरूका लागि रोल मोडेल हुन्।

मलाला युसुफजाई एक उल्लेखनीय युवती हुन् जसले विश्वमा महत्त्वपूर्ण योगदान दिएकी छिन्। उनी केटीहरूको शिक्षाको लागि एक शक्तिशाली अधिवक्ता र सबै ठाउँमा केटीहरू र युवा महिलाहरूको लागि एक रोल मोडेल हुन्।

८.      मलाला युसुफजाईको जीवनीबारे छोटकारीमा परिचय दिनुहोस ।

९.      मलाला युसुफजाई किशोर अवस्थामा नै किन नोबेल पुरस्कार जस्तो विश्व प्रसिद्ध पुरस्कार दिइएको होला ? कारण दिनुहोस।

कारणहरु:

*      ११ वर्षको उमेरमा मलालाले बिबिसी उर्दु सेवाका लागी ब्लग लेख्न सुरु गरिसकेकी थिइन।

*      गुल मकइ छदम नामबाट उनले थुप्रै ब्लगहरु लेखिन।

*      फेब्रअरी  २००९ मा उनले पाकिस्तानी टेलिभिजन सोमा उनले अन्तर्वाता दिइन।

*      उनकै कारणले गर्दा छात्रा शिक्षामाथिको प्रतिबन्ध केहि समयको लागी भए पनि हटेको थियो।

*      टेलिभिजन र राष्ट्रीय र अन्तराष्ट्रीय मिडियामा बाक्लो उपस्थितीका कारण उनि ब्यापक चर्चामा आइन।

*      सन २०११ मा मानवा अधिकार अभियन्ता डेस्मण्ड टुटुद्वारा बालशान्ती पुरस्कारको लागी मनोनित भइन।

*      यही वर्ष उनलाई पाकिस्तान पहिलो राष्ट्रीय युवा शान्ती पुरस्कार प्राप्त भयो।

*      सन २०१२ अक्टोबर ९ मा विद्यालयबाट घर फर्कने क्रममा तालिवानले उनको टाउको गोली प्रहार गरे तर उनि बाच्न सफल भइन र फेरी उनको १६औं जन्मदिनमा सन २०१३ जुलाई १२ को दिनमा शिक्षामा विश्वव्यापी पहुँच विषयमा उनले संयुक्त राष्ट्र सङ्गमा आफ्नो मन्तब्य राखिन।

१०.  नेल्सन मण्डेला र मलाला युसुफजाई बिच के के समानाता र भिन्नाता रहेका छन ? चर्चा गर्नुहोस।

नेल्सन मण्डेला र मलाला युसुफजाई बिच समानता:

*      मानव अधिकार र बालअधिकार

*      शिक्षामा सबैको पहुँचका लागी सङ्घर्ष्

*      समाज कल्याणकारी कार्यहरु

*      दुबैले थुप्रै सम्मानहरु र साथै नोबेल शान्ति पुरस्कार प्राप्तगरी सकेका

 

नेल्सन मण्डेला र मलाला युसुफजाई बिच भिन्नता:

नेल्सन मण्डेला

मलाला युसुफजाई

१.      अश्वेत कानुनी अभ्यासका समर्थक

२.      शिक्षा: एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व लाई नयाँ स्वरुप दिन सक्छ ।

३.      जन्म्: अफ्रीकाको भेजोमा मा सन १९१८ जुलाई १८ मा

४.      रङ्गभेद विहिन लोकतन्त्रका समर्थक

५.      राष्ट्रीय काङ्ग्रेशका कार्यकर्ता

६.      सन १९६४ मा आजिवन कारावासको सजाय

७.      सन १९९३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित

८.      प्रसिद्ध किताब: लङ वाक टु फ्रीडम (Long Walk to Freedom) सन १९९४ (आत्मवृतान्त)

१.      छात्रा शिक्षाकी समर्थनकर्ता

२.      शिक्षा: एउटा हतियार जसले संसारलाई परिवर्तन गर्न सक्छ ।

३.      जन्म्: पाकिस्तानको स्वात उपत्यकामा सन १९९७ मा

४.      महिला सामाजिक कृयाक्लापमा सक्रीय्

५.      मकइ छदम नामक ब्लगमा संलग्न्

६.      सन २०१२ मा विद्यालयबाट घर फर्कने क्रममा तालिवान द्वारा ताउकोमा गोली प्रहार्

७.      सन २०१४ अक्टोबरमा नोबेल शान्ति पुरस्कार्

८.      प्रसिद्ध किताब: आइ एम मलाला (I am Malala)

 

 

११.  मलाला युसुफजाईले जस्तै  तपाइ आफ्नो समाजमा योगदान दिनु पर्दा कुन क्षेत्रमा योगदान दिन चाहनुहुन्छ ? कारण सहित उल्लेख गर्नुहोस ।

मलाला जस्तै मैले आफ्नो समाजमा योगदान दिनुपर्दा बालअधिकार क्षेत्रमा योगदान दिने प्रयास गर्नेछु:

*      हाम्रो समाजमा बालबालिकाहरुलाई श्रमिकको रुपमा प्रयोग गरिएको पाइन्छ तर वास्तवमा भन्नु पर्दा बालबालिका हाम्रा भविष्यका कर्णधार हुन त्यस कारणले तिनीहरुलाई श्रमबाट मुक्तगर्न मैले कदम चाल्नेछु ।

*      गाँउमा विद्यालय खोल्न लगाएर बालबालिकाहरुलाई विद्यालयमा पढ्न लगाउन प्रेरित गर्नेछु ।

*      शिक्षाको महत्व बालबालिका र तिनीहरुका अभिवावकहरु समक्ष राख्नेछु ।

*      विद्यालयमा बालबालिका दैनिक उपस्थितगर्न बिभिन्न आकर्षणयुक्त कार्यक्रमहरु संचालन गर्नेछु।

*      खेलकुद मुलक वा खेल्दै सिक्दै शैक्षिक कार्यक्रम लागु गराउनेछु।

*      यी सबै कुराको उपयुक्त निरक्षण र समय समयमा जाँच गराउने छु।

*      विद्यालायमा खेलकुद सप्ताहगर्न र गराउन प्रेरित गर्नेछु ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ ७

विश्वबन्धुत्व र मानवता

(World Fraternity and Humanity)

विश्वबन्धुत्वको अर्थ (Meaning of Fraternity)

*    विश्वबन्धुत्व भनेको विश्वलाई एउटा घर परिवार जस्तै मानेर सबैलाई आफन्त (दाजुभाइ दिदी बहिनी) जस्तै आत्मीय व्यवहार गर्नु हो।

*    यसले विश्वको मानिस बिचको आत्मीय व्यवहारलाई जनाउँछ।

*    यस अर्थमा सम्पुर्ण संसार एउटा बृहत परिवार हो भन्ने बुझिन्छ।

 

मानवता (Humanity)

मानवमा हुनुपर्ने गुणहरु जस्तै: दया, माया, बुद्धि, विवेक, करुणा, कल्पना, सिर्जनशीलता, सहानुभुति आदि मानवता हो।

 

'वसुधैव कुटुम्बम्' भनेको के हो ?

वसुधैव कुटुम्बम् भनेको सम्पुर्ण संसार एउटा परिवार हो। “The World is My Family.”

 

विश्वबन्धुत्व र मानवताको महत्व (Importance of World Fraternity and Humanity)

*    आपसी फुट्, कलह्, झगडामा कमी ल्याइ विश्व शान्ति स्थापना गर्न्

*    एक आपसमा सहयोग, सहकार्य, र समानुभुतीको भावनाको विकास गर्न्

*    समतामूलक विश्वको निर्माण गर्न्

*    मानिस लाई एकताको सुत्र मा जोड्न्

*    परोपकार र सेवा भावको वातावरण सिर्जना गर्न्

*    फरकपनलाई सम्मान गर्न

 

विश्वबन्धुत्व र मानवतामा बाधा सिर्जनागर्ने तत्वहरु वा चुनौतीहरु

(Obstacles or Hindrances to World Fraternity and Humanity)

 

*    कतिपय ठुला र शक्तिशाली राष्ट्रहरुले आफ्नो शक्तिको दम्भ देखाउनु र साना राष्ट्र माथी आफ्नो दबाव देखाउनु फलस्वरुप विश्व युद्धको खतरा देखिनु

*    हात हतियार तथा सेना निर्माणमा प्रतिस्प्रधा देखिनु

*    बढ्दो व्यक्तिवादी र भौतिक वादी सोचको विकास हुनु

*    उदाहरणको लागि: रुस र युक्रेनको युद्धमा युद्धरत देश मात्र नभइ सारा विश्व प्रभावित भएको छ ।

 

विश्वग्राम र यसले मानव जीवनमा पारेको प्रभाव

(Global Village and its effects on Human life)

विश्वग्रामले संसारलाई एउटा समुदायको रूपमा लिने गर्छ जसमा मानिसहरू कम्प्युटर, टेलिभिजन, इत्यादिद्वारा जोडिएका हुन्छन र सबै एक अर्कामा निर्भर छन्। सुचना र संचार प्रविधिको द्रुत विकासले संसार भर्चुवल समुदायमा परिवर्तन भइसकेको छ ।

विश्वग्रामले मानव जीवनमा पारेको प्रभाव निम्नलिखित छन्:

*    सुचना तथा जानकारीको सहज आदन प्रदान्

*    विश्व बजारको विस्तृतीकरण्

*    वस्तु तथा सेवाको विश्वव्यापीकरण्

*    विशाल जनमानसमा भावनात्मक एकता, जस्तै: विश्वभरमा रहेका नेपालीहरु बिच एकता

*    ज्ञानको क्षेत्रको विस्तार, जस्तै: अनलाईन कोर्स र अनलाईन तालिम

 

विश्वबन्धुत्व र मानवता विकास तथा प्रवर्धन गर्ने उपायहरु

*    सम्पुर्ण मानव जातिलाई आफ्नै परिवारको सदस्य जस्तै ठानेर सुख दु:खमा साथ दिने

*    सबैले सहयोग र सहकार्यको संस्कारको विकास गर्ने

*    भाषा, लिङ्ग तथा धर्मको साँघुरो प्रखालबाट माथि उठ्ने

*    सबैले अनुशासन तथा नियमको पालनगर्ने

*    साहिष्णुता र सहअस्तित्वको भावनाको विकास गर्नु

 

 

 

 

 

 

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्

१.     एक वाक्यमा 'विश्वबन्धुत्व' शब्दलाई परिभाषित गर्नुहोस् ।

२.     विश्वबन्धुत्व र मानवताविचको सम्बन्ध एक वाक्यमा उल्लेख गर्नुहोस् ।

३.     मानवता भनेको के हो ?

४.     विश्वबन्धुत्व कायम गर्न तपाईले खेल्न सक्ने कुनै दुई भूमिका लेख्नुहोस् ।

५.     विश्वग्राम भनेको के हो ?

६.     विश्वग्रामको शाब्दिक अर्थ के हो ? - विश्वग्रामको शाब्दिक अर्थ्- सम्पुर्ण विश्व एउटा भर्चुवल गाउँ हो भन्ने बुझिन्छ ।

७.     'बसुधैव कुटुम्बकम्' को शाब्दिक अर्थ लेख्नुहोस् ।

८.     "बसुधैव कुटुम्बकम्" भनेको के हो ?

९.     "बसुधैव कुटुम्बकम्" शब्दावली पूर्वीय सभ्यताको कुन ग्रन्थमा उल्लेख गरिएको छ ?

-उपनिषदमा


विश्व भ्रातृत्वले राष्ट्रहरू बीचको अन्तरसम्बन्ध र विश्वव्यापी एकताको भावनालाई प्रतिनिधित्व गर्दछ, जबकि विश्वव्यापी गाउँको अवधारणाले दुरीको संकुचन र विश्वव्यापी मानिसहरू र संस्कृतिहरूको बढ्दो अन्तरनिर्भरतालाई जोड दिन्छ।

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्

१.     विश्वबन्धुत्वको महत्त्व उल्लेख गर्नुहोस् ।

२.     विश्वग्रामको भावनाले कसरी विश्वबन्धुत्वको भावना विकास गर्छ ?

३.     "घरपरिवार र आमाबुबाको सम्मानबाट विश्वबन्धुत्वको भावना विकास हुन्छ ।यस सहमति वा असहमतिका तर्क प्रस्तुत गर्नुहोस् ।

४.     विश्वबन्धुत्व भनेको के हो ? यसको आवश्यकतामाथि प्रकाश गर्नुहोस् ।

५.     मानवतालाई आफ्नै शब्दमा परिभाषित गर्नुहोस् ।

६.     विश्वग्रामको अवधारणामाथि प्रकाश पार्नुहोस् ।

७.     वर्तमान विश्व राजनीतिक तथा सामाजिक परिदृश्यमा विश्वबन्धुत्व र मानवताको महत्त्वलाई उल्लेख गर्नुहोस् ।

८.     विश्वबन्धुत्व र मानवताको अभिवृद्धिका लागि केही उपायहरू सुझाउनुहोस् । OR,

विश्वबंधुत्व कायम गर्न हामीले के गर्नुपर्छ ?

विश्वबंधुत्व संसारका सम्पुर्ण मानवजातिलाई परिवार को सदस्य मानी गरिने आत्मिय व्यवहार हो, यो कायमगर्न हामीले निम्न अनुसारको व्यवहार अवलम्बन गर्नुपर्छ:

Ø सम्पुर्ण मानवजातिलाई आफ्नो परिवारका सदस्य सरह व्यवहार गर्ने

Ø पाहुनाहरुलाई परिवारिक वातावरण दिने

Ø समय प्रति उच्च सम्मान प्रदर्शन गर्ने

Ø आफ्ना इच्छा पूरागर्दा अरूको अस्तित्वको ख्यालगर्ने

Ø समाजमा शान्ति कायमगर्ने

Ø सबैलाई सहानुभूति र सहयोगको भावना प्रकटगर्न लगाउने

Ø अरुको दुख र पीडामा सहानुभूती देखाउने

Ø मानव मानव बिच मानवताको भावनाको विकास गर्ने

९.     विश्वबन्धुत्वको महत्व दर्शाउँदै विदेशमा बस्दै गरेको आफ्नो एउटा साथीलाई चिठी लेख् ।

२०८०-०२-१२

प्रिय मित्र जेमिला

नमस्कार,

हामी यहाँ सञ्चै छौ र आशा गर्छौं कि तिमीलाई पनि त्यहाँ सञ्चै होला। विश्वभरका मानिसहरुको एक हुन् भन्ने भावना विकास हुन लागेको आजको समाजमा त्यहाँ पनि तिमीलाई सबैले माया नै गर्दा हुन्। विश्वभरका मानिस एकै हुन् भन्ने भावनाले हरेक व्यक्तिलाई समाजमा बस्न सजिलो बनाएको छ। यो संसारमा बस्ने मानिस दुरीको हिसाबले टाढा होलान तर भूगोल्, प्रजाती पेसा, धर्म, संस्कृती र परम्पराका आधारमा भिन्न होलान तर मानवियता र मानविय व्यवहारमा हामी सबै एक हौं। स्ंसार का सबै मानव जाती आफन्त हुन।

विश्वबन्धुत्वको भावनाले समाजमा एकत्वको भावना, सबैले समान रुपमा  शान्ति र सह  अस्तित्वका साथ आफ्नो जीवन बाच्न पाउने मानविय हकको सुनुश्चित गर्छ। धर्म, जात, क्षेत्र, अवस्थाका बीच शान्ति कायम गरेर विश्वबन्धुत्वको भावना प्रगाढ हुन्छ।

साथि, विश्वबन्धुत्वको महत्वले मानव जीवनमा प्रत्यक्ष प्रभाअव पार्ने भएकाले हामीले पनि यस भावनालाई पालना गर्नुपर्छ। आजलाई यति नै। बाँकी कुरा अर्को पत्रमा लेखौला।

तिम्रो उही साथी,

सोनिया

 

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्।

१०.      विश्वबन्धुत्वको महत्त्वका बाबजुद विश्वमा बन्धुत्व र शान्ति कायम गर्ने कार्य विश्वबन्धुत्व कायम गर्ने चुनौतीहरू उल्लेख गर्नुहोस् ।

११.      "विश्वमा शान्ति कायम गर्न विश्वबन्धुत्व अपरिहार्य छ ।" यस भनाइलाई पुष्टि गर्नुहोस्

 

 

पाठ - ८  हाम्रो सामाजिक दायित्व

जेष्ठ नागरिक तथा असहाय र अपाङ्गता भएका व्यक्तिप्रतिको दायित्व

(Our Responsibility to Senior Citizens, Destitute and Differently Able People)

जेष्ठ नागरिकको परिचय (Introduction to Senior Citizens)

जेष्ठ नागरिक सम्बन्धी  ऐन २०६३ अनुसार, ६० वर्ष पूरा गरेको व्यक्ति जेष्ठ नागरिक

बुढ्यौली एउटा प्राकृतिक एवम अपरिहार्य प्रक्रिया हो।

लक्षणहरु: शारीरिक रुपमा कमजोर्, कपाल फुलेको, दाँत झरिसकेका, अनुहार च्याउरी परीसकेको, सुन्ने, देख्ने र स्मरण गर्ने क्षमता कमजोर भएको

जेष्ठ नागरिकको महत्व (Importance of Senior Citizens)

*    जेष्ठ नागरिक अनुभवका भण्डार हुन ।

*    उनीहरु समाजका निर्माता एवम नियामक हुन ।

*    उनीहरु संस्कृति, धर्म मूल्यमान्यताका स्तम्भ हुन ।

*    देश र नागरिक समाजका लागी अमूल्य योगदान पुर्याउने अनुभवी वर्ग हो ।

*    पुराना सामाजिक परम्परा, सांस्कृतिक मूल्यमान्यताका जिउँदो श्रोत हुन ।

*    राजनीतिक परिवर्तन तथा लोकतान्त्रीक आन्दोलन ठूलो योगदान पुर्याएका अग्रज हुन ।

 

 

नेपालमा जेष्ठ नागरिकसँग सम्बन्धित सामाजिक सुरक्षा व्यवस्था

(Social Security Provisions to Senior Citizens in Nepal)

*    नेपालको संबिधानको भाग ३ को मौलिक हक अन्तर्गत धारा ४१ जेष्ठ नागरिकको हकको व्यवस्था

*    वि.. २०५२ साल देखी जेष्ठ नागरिक्, विधवा, अपाङ्गता भएका व्यक्तिहरुलाई भत्ताको व्यवस्था गरिएको

*    वृद्ध तथा लोपोन्मुख जातिय समूहहरुको संरक्षण कार्यक्रमको व्यवस्था

*    जेष्ठ नागरिकका लागिका सार्वजनिक गाडीमा दुईवटा सिट छुट्याइएको र भाडामा ५०% छुटको व्यवस्था

 

 

 

 

जेष्ठ नागरिक ऐन २०६३ मा रहेका केहि कानुनी प्रावधानहरु:

(Some Provisions in Senior Citizen Act 2063)

 

Ø जेष्ठ नागरिकको सम्मान गर्नु सबैको कर्तब्य हुनेछ ।

Ø जेष्ठ नागरिकको इच्छा विपरित कसैले पनिपरिवार बाट अलग गर्न पाउने छैन ।

Ø कसैले पनि जेष्ठ नागरिकलाई भिक्षा माग्न लगाउन पाइने छैन ।

Ø मुद्दा मामिलामा जेष्ठ नागरिकले प्राथमिक्ता दिइनेछ ।

Ø सार्वजनिक सवारी साधन, चिकित्सा सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा सुबिधा र सहयोग उपलब्ध गराउनु सबैको कर्तब्य हुनेछ ।

Ø परिवारका सदस्य तथा नातेदारले हेरविचार नगरेमा जेष्ठा नागरिकले सम्बन्धित गाँउपालिका वा नगर पालिकाका वडा अध्यक्ष समक्ष उजुरी दिन सक्ने छन ।

Ø नेपाल सरकारले  जेष्ठ नागरिक, असहाय जेष्ठ नागरिकलाई वर्गिकरणगरी तोकिएबमोजिम भत्ता वा सुबिधा उपलब्ध गराउन सक्नेछ ।

 

 

जेष्ठ नागरिक, अपाङ्ग तथा असहाय व्यक्तिले पाउने सुबिधाहरु

(Facilities Provided to Senior Citizens, People having Disability and Helpless)

Ø राज्यले व्यवस्था गरे बमोजिम मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिइने।

Ø सार्वजनिक सवारी साधनमा ५०% भाडामा छुट दिइने।

Ø सार्वजनिक सवारीमा कम्तिमा २ सिट सुरक्षित राख्ने।

Ø स्वास्थ्य सेवामा विशेष छुट।

Ø सार्वजनिक सेवामा प्राथमिक्ता।

Ø सरकारी कर्मचारी भए निवृत्तिभरण पाउने।

Ø जेष्ठ नागरिकलाई उचित संरक्षण गर्नुपर्ने व्यवस्था।

 

अपाङ्गता भएका व्यक्ति (People Having Disability)

अपाङ्गता भएका व्यक्तिहरूले दीर्घकालीन शारीरिक, मानसिक, बौद्धिक वा संवेदी कमजोरी भएका व्यक्तिहरूलाई जनाउँछ जसले जीवनका विभिन्न पक्षहरूमा उनीहरूको सहभागितालाई असर गर्न सक्छ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ अनुसार, -  अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन, अशक्तता, कार्यगत सीमितता तथा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिलाई बुझिन्छ ।

यो ऐनले अपाङ्गतालाई दश प्रकारमा वर्गीकरण गरेको छः

१.     शारीरिक अपाङ्गता,

२.     दृष्टिसम्बन्धी अपाङ्गता,

३.     सुनाइसम्बन्धी अपाङ्गता,

४.     श्रवण दृष्टिविहीन अपाङ्गता,

५.     स्वर र बोलाइसम्बन्धी अपाङ्गता,

६.     मानसिक वा मनोसामाजिक अपाङ्गता,

७.     बौद्धिक अपाङ्गता,

८.     अनुवंशीय रक्तश्राव,

९.     अटिज्म अपाङ्गता र

१०.      बहुअपाङ्गता ।

अपाङ्गता भएका व्यक्तिहरुप्रति व्यक्ति, समाज र राज्यले खेल्नुपर्ने भूमिका

व्यक्तिले खेल्नुपर्ने भूमिका:

Ø भेद भाव नगर्ने,

Ø सक्षम व्यक्तिसरह हेर्ने,

Ø माया र स्नेह देखाउने,

Ø खेलकुद तथा रमाइलो कार्यक्रम मा सहभागी गराउने

Ø दैनिक कार्यहरूमा सहयोग प्रदान गर्ने

Ø समावेशी र मिलनसार वातावरण सिर्जना गर्ने  आदि

समाजले खेल्नुपर्ने भूमिका:

Ø अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको रक्षा गर्ने,

Ø सेवा र अवसरहरूमा समान पहुँच सुनिश्चित गर्ने

Ø मिडियामा सकारात्मक प्रतिनिधित्व प्रवर्द्धन गर्ने,

Ø सचेतना कार्यक्रम्हरू संचालन गर्ने,

Ø भेद भाव युक्त वातावरणको अन्त्य गर्ने,

Ø समाजमा सजिलै घुलमिल गर्न सक्ने वातावरण बनाउने,

Ø सामुदायिक सहभागिताका लागि अवसरहरू सिर्जना गर्ने आदि

राज्यले खेल्नुपर्ने भूमिका:

Ø अपाङ्गतामा आधारित भेदभावलाई निषेध गर्ने कानून र नीतिहरू बनाउने र लागू गर्ने

Ø अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण गर्ने,

Ø जीवनका सबै क्षेत्रमा भेदभाव निषेध गर्ने व्यापक कानून र नीतिहरू स्थापना गर्न,

Ø सार्वजनिक स्थल र कार्यालय मा पहुँचयोग्य पूर्वाधार निर्माण गर्ने,

Ø समावेशी रोजगारी अभ्यास र पहल गर्ने,

Ø स्वास्थ्य, शिक्षा, तथा रोजगारी मा समान पहुँच सुनिश्चित गर्ने,

Ø समावेशी अभ्यासहरूमा केन्द्रित अनुसन्धानहरु मा  लगानी गर्ने  आदि

 

 

 

तलको प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्

१.     एक वाक्यमा ज्येष्ठ नागरिकको परिचय दिनुहोस्।

२.     ज्येष्ठ नागरिकप्रति तपाईंको दायित्व एक वाक्यमा लेख्नुहोस्।

३.     ज्येष्ठ नागरिकप्रति सकारात्मक धारणा विकासगर्न तपाईंको भूमिका के हुन सक्छ ? एक वाअक्यमा लेख्नुहोस्।

४.     अपाङ्गता भनेको के हो ?

५.     कति वर्ष नाघेका व्यक्तिलाई जेष्ठ नागरिक भनिन्छ ?

६.     संविधानको कुनकुन धारामा जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको मौलिक हकको प्रत्याभूति गरिएको छ ?

७.     वृद्ध तथा अपाङ्गता भएकाको लागि सार्वजनिक सवारीमा कति ओटा सिट सुरक्षित गरिएको हुन्छ ?

८.     जेष्ठ नागरिक ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन कहिले जारी भएको हो ?

९.     पुस्तान्तरण भनेको के हो ?

१०.      ज्येष्ठ नागरिकको ज्ञान र अनुभवले राष्ट्रको समुन्नतिमा सकारात्मक टेवा पुग्न सक्छ। यस भनाइ एक वाक्यमा लेख्नुहोस् ।

 

११.       

 

           

 



तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस ।

१.     कुनै चार बुँदामा ज्येष्ठ नागरिकको महत्त्व उल्लेख गर्नुहोस् ।

२.     ज्येष्ठ नागरिकको संरक्षणसम्बन्धी के-कस्ता कानुनी व्यवस्था छन् ? उल्लेख गर्नुहोस् ।

३.     'असहाय एबम् अपाङ्गता भएका व्यक्तिहरू र हाम्रो दायित्व' शीर्षकमा छोटो मन्तव्य तयार पार्नुहोस्

४.     जेष्ठ नागरिक, अपाङ्गता भएका र असहाय व्यक्तिको परिचय दिनुहोस् ।

५.     जेष्ठ नागरिकको समाजमा के महत्त्व छ ? चार बुँदामा लेख्नुहोस् ।

६.     जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिहरूको लागि संवैधानिक व्यवस्था बारे प्रकाश पार्नुहोस् जेष्ठ नागरिक बारे कानुनी प्रावधान के कस्तो छ ? लेख्नुहोस् ।

७.     सामाजिक सुरक्षा भन्नाले के बुझनुहुन्छ ? यो किन आवश्यक छ ?

८.     अपाङ्गता भएका व्यक्तिप्रति समाज र राज्यको दायित्व के छ ?

९.     जेष्ठ नागरिकको महत्त्व कुनै चार बुँदामा उल्लेख गर्नुहोस् ।

१०.      "जेष्ठ नागरिक हाम्रा पथ प्रदर्शक, संस्कृति, मूल्यमान्यता र परम्पराका स्रोत हुन्यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् ।

११.      असहाय र अपाङ्गता भएका व्यक्तिको सुविधा र संरक्षणका लागि भएका कानुनी व्यवस्थाहरू के के छन्, उल्लेख गर्नुहोस्।

१२.      अपाङ्गता भएका व्यक्तिलाई दया माया होइन, अवसर प्रदान गर्नुपर्छ, किन ?

१३.      बिगत केही वर्षयता ज्येष्ठ नागरिक परिवारबाटै अपहेलित भइरहेका घटनाहरू सुन्न र पढ्न पाइन्छ ? यसका कारणहरू के के होलान् ? यसका समाधानका उपायसमेत उल्लेख गर्नुहोस् ।

बिगत केही वर्षयता ज्येष्ठ नागरिक परिवारबाटै अपहेलित भइरहेका घटनाहरू सुन्न र पढ्न पाइन्छ । ज्येष्ठ नागरिक अपहेलित हुने कारणहरु निम्न लिखित छब्न्:

Ø छोराछोरी काममा व्यस्त हुनु,

Ø छोराछोरीमा आदर्शता को भावना हराउनु र ज्येष्ठ नागरिकप्रतिको कर्तव्य बिर्सनु,

Ø ज्येष्ठ नागरिक र छोराछोरीका इच्छा नमिल्नु,

Ø छोराछोरीमा एकल परिवारको चाहना हुनु,

Ø ज्येष्ठ नागरिकप्रति गरिने खर्चबाट बच्न खोज्नु

यसका समाधानका उपायहरु यस प्रकार छन्:

Ø बालबालिकालाई बुढ्यौली शिक्षा दिने,

Ø परिवारका सबै सदस्यलाई ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने शिक्षा दिनुपर्ने,

Ø संयुक्त परिवारका फाइदाबारे परिवारमा जानकारी गराउनु,

Ø सम्पत्ति जेष्ठ नागरिकका नाममा राख्नु,

Ø ज्येष्ठ नागरिकको सुरक्षाका लागि कडा कानुनी व्यवस्था गर्नु ।

 

 

तलको प्रश्नहरुको लामो उत्तर लेख्नुहोस्

१४.      ज्येष्ठ नागरिक ऐन २०६३ मा रहेका मुख्य प्रावधानहरूको बारेमा लेख्नुहोस्।




















                    Any Queries...?


Comments

Popular posts from this blog

Grade: 11 (Compulsory English) Model/Sample Questions Sets - based on NEB Exam Paper Model

Grade-11 (English) 1.4 The Wish - by Roald Dahl (Short Stories) Part-2