Posts

Showing posts from September, 2023

सामाजिक अध्ययन कक्षा- १० एकाई- ६ देखी एकाई- १० सम्म (नयाँ पाठ्यक्रम- २०८०)

Image
 सामाजिक अध्ययन कक्षा- १०  एकाई- ६ देखी एकाई- १० सम्म   (नयाँ पाठ्यक्रम- २०८०)  एकाइ : ६ हाम्रो पृथ्वी (OUR EARTH) पाठ : १ हावापानीमा प्रभाव पार्ने तत्वहरु  (Factors Affecting Climate) हावापानी : एक परिचय कुनै स्थान विशेष्को लामो अवधिको मौसमी वा वायुमण्डलको औसत अवस्थालाई हावापानी भनिन्छ।  साधारणतया ३० वर्ष भन्दा बढी समयको मौसम वा वायुमण्डलको औसत प्रवृतिलाई गणनागरी हावापानीको अवस्था यकिन गर्ने गरिन्छ। हावापानीले ठुलो क्षेत्र जस्तै नेपालको सन्दर्भमा तराई , पहाड र हिमालको हावापानी ओगटेको हुन्छ। हावापानीका सुचक अन्तर्गत तापक्रम , वर्षा , वायुका चाप हुन। हावापानीलाई जलवायु भनेर पनि चिनिने गरिन्छ।   मौसम र हावापानीबिच फरक् (Difference Between Weather and Climate) मौसम: १ कुनै पनि स्थानको छोटो अवधिको वायुमण्डलिय स्थितिलाई मौसम भनिन्छ। २ मौसम छोटो समयको , परिवर्तनशिल र अनिश्चित हुन्छ। ३ प्रभाव पार्ने तत्वहरु: तापक्रम , हावाको चाप् , ओस् , ४ उदाहरणको लागि: बादल लागेको , पानी परेको , घाम लागेको आदि हावापानी: १ कुनै पनि   स्थानको लामो समय (३०-३५ वर्ष)को औसत मौसमलाई हावापानी भनिन्छ। २