Posts

Showing posts from December, 2022

कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइ- १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा / एकाइ- २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू

Image
  कक्षा १२  सामाजिक अध्ययन तथा  जीवनोपयोगी शिक्षा Social Studies and Life Skill Education एकाइ १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा          (Concept of Social Studies and Life Skill Education)   पाठ: १  सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध Interrelation between Social Studies and Life Skill Education   तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस : १.     सामाजिक अध्ययन भनेको के हो  ?     सामाजिक अध्ययन  भनेको मानव प्रकृति ,  मानविय गतिविधी तथा मानव संशाधनको समग्र अध्ययन हो । २.    जीवनोपायोगी शिक्षा के लाई भनिन्छ  ? Or,  जीवनोपायोगी शिक्षाको अर्थ लेख्नुहोस्।   मानव जीवनलाई सरल ,  सहज र सफल बनाउनका लागी आवश्यक पर्ने सिपहरुलाई  जीवनोपायोगी सिप  भनिन्छ । जस्तै- अध्ययन सिप ,  समूहकार्य सिप आदि। ३.    सामाजिक शिक्षाको एउटा उद्देश्य लेख्नुहोस्।    सामाजिक शिक्षाको एउटा उद्देश्य -  मानिसलाई जीवनमा व्यवहारिक रुपमै उपयोग हुने सिप सिकाउने ४.     सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकअर्कासँग सम्बन्धित विषय हुन। एक वाक्यमा प्रष्ट पार्नुहोस।     जीवनोपयोगी सिपहरुक