Posts

Showing posts from October, 2023

अतिसङ्क्षिप्त (धेरै छोटो) प्रश्नहरु : कक्षा- १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

Image
कक्षा- १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइ - ११ शिक्षा र सामाजिक  विकास अति छोटो प्रश्नहरु:   अतिसङ्क्षिप्त (धेरै छोटो) उत्तर आउने प्रश्न: ( प्रत्येक प्रश्न १ अङ्क) १.         शिक्षा र रोजगारीका सम्बन्धमा भएको संवैधानिक व्यवस्थालाई एक वाक्यमा उल्लेख गर्नुहोस्।   - नेपालको संविधानले शिक्षा र रोजगारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ। २.         शिक्षा र रोजगारीको अन्तरसम्बन्ध देखाउने कुनै एक उदाहरण पेश गर्नुहोस्।  - व्यक्तिसँग जस्तो शिक्षा र सिप छ त्यसै अनुसारको रोजगार प्राप्त गर्छ , जस्तै- मेडिकल साइन्स पढेको मानिसले अस्पतालामा रोजगारी पाउँछ । ३.         शिक्षालाई रोजगारमूलक बनाउन कस्तो कार्यमा जोड दिनुपर्छ ? कुनै एक सुझाव प्रस्तुत गर्नुहोस्।   - शिक्षालाई रोजगार मुलक बनाउन प्राविधिक शिक्षा जस्तैः मेडिकल साइन्स , इन्जिनियरिङ , सिए , कृषि विज्ञान , आई . टी . आदिमा जोड दिनुपर्छ। ४.         शिक्षा विकासमा समुदायको भूमिका किन महत्त्वपूर्ण हुन्छ ? कुनै एक वाक्यको प्रयोग गरी विचार व्यक्त गर्नुहोस्। - शिक्षालयको भौतिक , शैक्षिक तथा व्यवस्थापकीय कार्यमा आर