Posts

Showing posts from April, 2023

सामाजिक अध्ययन कक्षा - १० (एकाई- १ देखी एकाई- ५ सम्म) नयाँ पाठ्यक्रम : २०८०

Image
सामाजिक अध्ययन  कक्षा - १० (एकाई- १ देखी एकाई- ५ सम्म)  नयाँ पाठ्यक्रम : २०८०  (Social Studies Class- 10)    एकाइ - १ हामी र हाम्रो समाज ( We and Our Society) पाठ - १ सामाजिकीकरण (Socialization) तलको प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। १.       सामाजिकीकरण भनेको के हो ?        सामाजिकीकरण भनेको -        समाजमा रहेका मूल्य मान्यता , चालचलन , नीति नियम , बुझ्ने बुझाउने , सिक्ने सिकाउने प्रक्रिया हो। -        व्यक्तिले अनुकरण , सल्लाह सुझाव र भाषाका माध्यमबाट समूहको मूल्य मान्यता , व्यवहार , जीवनशैली , परम्परा , विचार तथा सामाजिक व्यवहार सिक्ने प्रक्रिया हो। २.       नेपाली बृहत शब्दकोषले सामाजिकीकरणलाई कसरी परिभाषित गरेको छ ?              नेपाली बृहत शब्दकोष अनुसार् , " मानिसका गतिविधिलाई समाजसँग अनुकूल बनाउने वा सामाजिक बनाउने प्रक्रियालाई समाजिकिकारण भनिएको छ।" ३.       सामाजिकीकरण किन आवश्यक छ ? एक वाक्यमा लेख्नुहोस।        मानिस सामाजिक प्राणी भएकोले र समाजमा भएका विभिन्न जात , धर्म , संस्कृतिका  मानिसहरुसँग मिलेर बस्नुपर्ने भएकाले सामाजिकीकरण आवश्यक छ