SEE अनिवार्य सामाजिक अध्ययन (Grade Increment) 2080 (2024) Question Solution Model

 

SEE (Grade Increment) 2080 (2024)      GI-1051

अनिवार्य सामाजिक अध्ययन

समय : ३ घण्टा                                                                                            पूर्णाङ्क : ७५

दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :

समूह ''

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :                                          (११ X=११)
१.  सामाजिकीकरण भनेको के हो ?
 - सामाजिकीकरण भनेको  समाजमा रहका मूल्य मान्यता, चालचलन, नीति नियम, बुझ्ने बुझाउने, सिक्ने सिकाउने प्रक्रिया हो।
२. सुनकोसी मरिण डाइभर्सन आयोजनाको एक फाइदा लेख्नुहोस् ।
-  सुनकोसी मरिण डाइभर्सन आयोजनाको एक प्रमुख फाइदा:  सिन्धुली, रामेछाप र दोलखा जिल्लाका हजारौँ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेछ।
३. घरेलु हिंसाबाट पर्ने एक असर लेख्नुहोस् ।
-  घरेलु हिंसाबाट पर्ने एक असर: मानसिक स्वास्थ्यमा गम्भीर असर जस्तै- डिप्रेशन
४. दाइजो प्रथा विरुद्ध जनचेतना जगाउने आकर्षक नारा सहितको प्लेकार्ड तयार पार्नुहोस् ।

५. नेपालमा गणतन्त्र कहिले घोषणा भयो?
-  नेपालमा गणतन्त्रको घोषणा वि.. २०६५ जेठ १५ गते  भएको थियो।
६.  युद्ध समस्याको समाधान होइन, किन ? एक वाक्यमा लेख्नहोस्।
-  युद्ध समस्याको समाधान होइन बरु यसले थप हिंसा, विनाश र द्वन्द्व निम्त्याउने गर्छ र मानव  समस्यालाई झन जटिल बनाउँछ।
७. आन्तरिक पर्यटक र बाह्य पर्यटकविच एक भिन्नता लेख्नुहोस् ।
- आन्तरिक पर्यटकले आफ्नै देश भित्रकै पर्यटकीय स्थलको भ्रमण गर्छ भने, बाह्य पर्यटकले केही निश्चित समयको लागि अर्को देशमा गएर भ्रमण गर्दछ।
८. तपाई सहकारीको सदस्य हुनुभयो भने के फाइदा लिन सक्नुहुन्छ ? एक फाइदा लेख्नुहोस् ।
-  सहकारीको सदस्य भएर मैले  सहज रुपमा ऋण प्राप्त गर्न सक्नेछु ।
९.  संयुक्त राष्ट्रसङ्घको कुनै एक कार्य लेख्नुहोस् ।

-   संयुक्त राष्ट्रसङ्घको एउटा प्रमुख कार्य विश्वमा शान्ति स्थापना गर्नु हो ।

१०. "सूचना तथा सञ्चार प्रविधिको विकास मानव जीवनमा आवश्यक छ किन एक वाक्यमा लेख्नुहोस् ।
-सूचना तथा सञ्चार प्रविधिको विकासले मानव जीवनलाई सहज, सूचनामूलक र अन्तरसम्बन्धित बनाउँदै विश्वलाई एउटा सानो गाउँ जस्तै बनाएको छ।
११.  तपाईंको परिवारले गुणस्तरीय जीवन प्राप्त गर्न अपनाएको कुनै एक उपाय लेख्नुहोस् ।
-  मेरो परिवारले गुणस्तरीय जीवन प्राप्त गर्न नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, पर्याप्त निद्रा लिने र नियमित स्वास्थ्य जाँच गराउने गरेको छ ।

समूह ''

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्:                                                         ( x४-३६)

.    नेपालमा विविधतामा एकता कायम गर्न के कस्ता प्रयास गर्नुपर्ला कुनै चार सुझावहरू प्रस्तुत गर्नुहोस् ।

नेपालमा विविधतामा एकता कायम गर्नका लागि निम्न चार सुझावहरू प्रस्तुत गर्न सकिन्छ:
१.  सांस्कृति आदानप्रदान गर्ने:
विभिन्न जातजाति र समुदायका पर्वहरूलाई संयुक्त रूपमा मनाउने कार्यक्रमहरू आयोजना गरी एकताको भावना बढाउन सकिन्छ।
२. शिक्षामा विविधताको सम्मान:
विद्यालयको पाठ्यक्रममा विभिन्न जातजाति र समुदायका इतिहास, संस्कृति र योगदानलाई समावेश गरी सांस्कृतिक सहिष्णुतासम्बन्धी शिक्षा प्रदान गर्न सकिन्छ ।
३.  सकारात्मक सञ्चार माध्यमको भूमिका:
सञ्चार माध्यमले विभिन्न जातजाति र समुदायबीच सकारात्मक सम्बन्ध स्थापित गर्ने खालका समाचारहरूलाई प्राथमिकता दिनुपर्छ।
४.  सरकारी नीतिमा समावेशिता: 
सरकारले विभिन्न जातजाति र समुदायका प्रतिनिधित्व हुने गरी समावेशी नीति निर्माण गर्नुपर्छ।

३. राष्ट्रिय गौरवका कुनै एक आयोजनाको छोटो परिचय दिनुहोस् ।

हुलाकी राजमार्ग: एक राष्ट्रिय गौरवको आयोजना
हुलाकी राजमार्ग नेपालको एक महत्वाकांक्षी राष्ट्रिय आयोजना हो जसले देशको पहाडी भेगका अधिकांश जिल्लाहरूलाई एक आपसमा जोड्ने लक्ष्य राखेको छ। यो राजमार्गले तराई क्षेत्रका बासिन्दाहरूको जीवनस्तर उकास्ने, कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहज बनाउने, पर्यटन प्रवर्द्धन गर्ने र विकासको गतिलाई तीव्र बनाउने अपेक्षा गरिएको छ।
हुलाकी राजमार्गका मुख्य विशेषताहरू:
उद्देश्य: नेपालको पूर्व पश्चिम तराईका बस्तीमा यातायातको सहज पहुच र कृषि तथा पर्यटन प्रवर्द्धन।
लम्बाइ करिब १,७७६ किलोमिटर
अनुमानित बजेट्: रु ६५ अर्ब २० करोड 
हुलाकी लोकमार्गले पुर्याउने फाइदाहरु:
* पूर्वमा झापा देखी पश्चिममा कंचनपुर सम्मको बस्तीमा यातायातको सहज पहुच हुने
* तराईका २१ जिल्लालाई छुने
* पूर्व पश्चिमको राजमार्गको समानान्तर भइजाने जसले गर्दा यातायातमा झन सजिलो हुने
* वैदेशिक व्यापारमा सजिलो हुने
* कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज बनाई किसानहरूको आय वृद्धि हुने
* राजमार्ग निर्माणका क्रममा र निर्माण पश्चात् रोजगारीका अवसरहरू सिर्जना  हुने 


. अन्तर्राष्ट्रिय व्यक्तित्वबाट प्राप्त हुन सक्ने प्रेरणा उल्लेख गर्दै दुई साथी बिचको संवाद तयार पार्नुहोस् ।

दुई साथीबीचको संवाद
स्थान: स्कूलको पुस्तकालय
पात्र: कक्षा १० का विद्यार्थी आयुष र सुमी

आयुष: सुमी, तिमीलाई नेल्सन मण्डेलाको बारेमा थाहा छ ?
सुमी: हो, उनले दक्षिण अफ्रिकामा जातीय विभेद विरुद्ध लडेका थिए।
आयुष: एकदमै सही। उनले २७ वर्ष जेल बसेर पनि आफ्नो लक्ष्यबाट विचलित भएनन्। त्यसपछि गएर उनी दक्षिण अफ्रिकाका राष्ट्रपति बने। उनको जीवनबाट हामी धेरै कुरा सिक्न सक्छौँ।
सुमी: हो, मलाई त मलाला युसुफजाइको कथा अझ मन पर्छ। उनी त निकै कम उमेरमै शिक्षाको अधिकारका लागि लडेकी थिइन्। तालिबानले उनलाई गोली हाने पनि उनी डराइनन्।
आयुष: हो, मलालाले पनि संसारलाई देखायिन् कि, कति सानो उमेरमा पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ।
सुमी: यसले हामीलाई सिकाउँछ कि हामीले आफ्नो अधिकारका लागि लड्न सिक्नुपर्छ। साथै हामीले अरूको लागि पनि केही गर्नुपर्छ। हामीले कठिन परिस्थितिमा पनि आशावादी रहनुपर्छ।
आयुष:  हो, ठिक कुरा हो। हामीले पनि हाम्रो समाजमा भएका गलत कुराहरूको विरोध गर्नु पर्छ।
सुमी: अवश्य, एकदमै राम्रो विचार छ। हामी यसबारे अरू साथीहरूसँग पनि कुरा गरौँ हैं ।
 

१५ नेपाली लोक बाजा संरक्षणका लागि स्थानीय तहलाई तपाईंले दिन सक्ने चारओटा सुझावहरू लेख्नुहोस् ।

नेपाली लोक बाजा संरक्षणका लागि स्थानीय तहलाई चारवटा सुझावहरू

नेपाली लोकबाजा हाम्रो सांस्कृतिक पहिचानको अभिन्न अंग हो। यसको संरक्षणका लागि स्थानीय तहले निम्न कार्यहरू गर्न सक्छन्:

-   स्थानीय तहले नियमित रूपमा लोक बाजा प्रतियोगिता, प्रदर्शनी र कार्यशालाहरू आयोजना गर्न सक्छ।स्थानीय चाडपर्व र मेलाहरूमा लोक बाजा प्रदर्शनलाई अनिवार्य बनाउन सकिन्छ। यसले युवा पुस्तालाई लोक बाजाबारे जानकारी दिने र यसप्रति आकर्षित गर्नेछ।

-   स्थानीय रूपमा उत्पादित लोक बाजाको प्रवर्द्धन गर्न र यसको बजार विस्तार गर्न सहयोग गर्न सकिन्छ। पुराना लोक बाजा मर्मत गर्ने कार्यशालाहरू  वा तालिम सञ्चालन गर्न सकिन्छ।

-   स्थानीय तहले विभिन्न प्रकारका लोक बाजाको संग्रहालय स्थापना गर्न सक्छ।

-   स्थानीय तहले लोक बाजाबारे अनुसन्धान गर्न र यससम्बन्धी पुस्तक, लेख र भिडियोहरू प्रकाशित गर्न सक्छ। लोक बाजाको डिजिटल अभिलेख राख्न सकिन्छ।

 

अथवा

हाल युद्धरत मुलुकहरूमा शान्ति कायम गर्नका लागि कसरी विश्वबन्धुत्वको भावना विकास गर्न सकिएला ? आफ्नो विचार लेख्नुहोस् ।

युद्धरत मुलुकहरूमा शान्ति कायम गर्न विश्वबन्धुत्वको भावना विकास गर्नु अत्यन्तै जरुरी छ। यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ:

  • विद्यार्थीहरूलाई सानै उमेरदेखि नै विभिन्न संस्कृति, धर्म र जातजातिका मानिसहरूबारे सिकाइ विश्वबन्धुत्वको भावना जगाउन सकिन्छ।
  • सञ्चार माध्यमहरूले विश्वबन्धुत्वको भावनालाई प्रवर्द्धन गर्ने खालका समाचार र कार्यक्रमहरू प्रसारण गर्नुपर्छ।
  • सामाजिक सञ्जालहरूको माध्यमबाट सकारात्मक सन्देशहरू फैलाएर विश्वबन्धुत्वको भावनालाई प्रोत्साहन गर्न सकिन्छ।
  • अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू आयोजना गरेर युवाहरूलाई एकै ठाउँमा ल्याई विश्वबन्धुत्वको भावना विकास गर्न सकिन्छ।
  • विभिन्न देशका राजनीतिक नेताहरूले मिलेर शान्ति स्थापनाका लागि प्रयास गर्नुपर्छ।
  • विवाद समाधानका लागि संवाद र वार्तालाई प्राथमिकता दिनुपर्छ।
  • धार्मिक नेताहरूले सहिष्णुता र एकताको सन्देश प्रवाह गर्नुपर्छ। सबै धर्मका मानिसहरू बराबर हुन् भन्ने भावनालाई प्रवर्द्धन गर्नुपर्छ।
  • गरिबी र बेरोजगारीजस्ता समस्या समाधान गर्न आर्थिक सहयोग प्रदान गर्नुपर्छ।
  • विपद्‌मा परेका मानिसहरूलाई मानवीय सहायता प्रदान गर्नुपर्छ।
विश्वबन्धुत्वको भावना विकास गर्नु युद्धरत मुलुकहरूमा शान्ति कायम गर्ने दीर्घकालीन समाधान हो। यसका लागि शिक्षा, सचेतना, सांस्कृतिक आदानप्रदान, राजनीतिक नेतृत्व, धार्मिक नेतृत्व, आर्थिक सहयोग र मानवीय सहायताजस्ता विभिन्न पक्षहरूमा ध्यान दिनुपर्छ।

१६.   सामाजिक समस्याले समाजको विकासमा बाधा पुऱ्याउँछ, कसरी ? प्रष्ट पार्नुहोस् ।

 सामाजिक समस्याले समाजको विकासमा बाधा पुऱ्याउँछ। सामाजिक समस्याहरू जस्तै भ्रष्टाचार, अनियमितता, चोरी, डकैती आदिले गर्दा राज्यका स्रोतसाधनको दुरुपयोग हुन्छ। यसले विकासका लागि आवश्यक पर्ने कोषको अभाव हुन्छ र विकासका कार्यक्रमहरू प्रभावित हुन्छन्। जात, धर्म, लिंग, क्षेत्र आदि आधारमा हुने विभेद, असमानता र द्वन्द्वले सामाजिक सद्भावमा खलल पुर्‍याउँछ। यसले विकासका लागि आवश्यक पर्ने एकता र सहयोगको वातावरणलाई कमजोर बनाउँछ। हिंसा, आतंकवाद, युद्ध आदि सामाजिक समस्याहरूले मानवीय क्षति निम्त्याउँछ। यसले जनशक्तिको क्षति हुने हुँदा उत्पादन र सेवा क्षेत्रमा असर पर्छ र विकासको गति मन्द हुन्छ। सामाजिक अशान्ति, अपराध, भ्रष्टाचार आदिले गर्दा लगानीकर्ताहरू लगानी गर्न हिच्किचाउँछन्। यसले गर्दा रोजगारी सिर्जना हुन पाउँदैन र आर्थिक विकासमा बाधा पुग्छ। सामाजिक समस्याहरूले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रहरूमा पनि असर गर्छ। बालविवाह, बालश्रम, कुपोषण आदि समस्याहरूले बालबालिकाको भविष्यमा असर पार्छन् र देशको विकासमा बाधा पुर्‍याउँछ।

सामाजिक समस्याहरूले समाजको हरेक पक्षमा नकारात्मक असर पार्छन्। यसले गर्दा विकासका लागि आवश्यक पर्ने शान्ति, सुरक्षा, सद्भाव र सहयोगको वातावरण बिग्रन्छ र समाज विकासमा अवरोध हुन जान्छ ।

 

१७ व्यवस्थापिकाले गर्ने कुनै चार कार्यहरू लेख्नुहोस् ।

व्यवस्थापिकाले गर्ने प्रमुख कार्यहरु: 

१.कानुन निर्माण सम्बन्धी कार्य: व्यवस्थापिकाको प्रमुख कार्य कानुन तर्जुमा  जना भावना र आवश्यक्ता अनुरुप कानुन तर्जुमा गर्नु हो।सरकारले पेस गरेको विधेयकको मस्यौदा व्यवस्थापिकाले पास गरे पछी कानुन बन्छ । 
२. सरकार तथा मन्त्री मण्डल गठन:संसदिय व्यवस्था कायम भएको देशमा सरकार वा मन्त्री मण्डलको गठन गर्ने कार्य व्यवस्थापिकाले गर्छ ।
३. आर्थिक नियन्त्रण सम्बन्धी कार्य: व्यवस्थापिकाले देशको सम्पुर्ण अर्थतत्न्त्र नियन्त्रण गर्दछ ।यसैगरी जनतासँग कर उठाउने, कर बढाउने वा घटाउने लागयत कार्य गर्दछ । व्यवस्थापिकाले बजेट पारित नगरि कार्यन्वयन हुँदैन।
४. कार्यपालिका वा सरकारको नियन्त्रण: सङ्घिय व्यवस्थामा सरकारको गठन व्यवस्थापिकाबाट हुन्छ । त्यस्तैगरि, सरकारका कार्यहरुका सम्बन्धमा व्यवस्थापिकामा प्रश्नहरु सोधेर, प्रस्ताव राखेर, आलोचना गरेर, र अविश्वासको प्रस्ताव राखेर सरकारलाई नियन्त्रण गर्दछ ।

 

१८. पहाडको उपस्थितिले हावापानीमा कसरी प्रभाव पार्छ ? प्रस्ट पार्नुहोस् ।

पहाडको उपस्थिति: पहाडले वायुलाई एकैतिर बहने दिशामा अवरोध सिर्जना गर्दछ । ग्रीष्म ऋतुमा हिन्द महासागरबाट आउने जलवाष्प्युक्त वायुलाई पर्वतले रोकेर नेपालमा वर्षा गराउँछ भने हिउँदमा उत्तरबाट बहने चिसो वायुलाई रोकिदिन्छ । बार्फिलो वायु बहने मार्गमा पर्वतको अवरोध भएमा पर्वत पछाडी क्षेत्र शुष्क(सूखा) रहन्छ ।

पहाडको उचाइ बढ्दै जाँदा हावा चिसिन्छ र आद्रता (नमी) बढ्छ। यसले गर्दा पहाडी क्षेत्रमा बढी वर्षा हुन्छ। पहाडको ढालमा पर्ने हावा उठ्दै जाँदा चिसिन्छ र वर्षा हुन्छ। पहाडको उचाइ बढ्दै जाँदा तापक्रम घट्दै जान्छ। यसलाई तापक्रमको उचाइअनुसारको घट्दो दर भनिन्छ।

पहाडको उपस्थितिले हावापानीमा महत्वपूर्ण प्रभाव पार्दछ। यसले वर्षा, तापक्रम, हावाको दिशा र गति, आद्रता, वनस्पति, माटो र प्राकृतिक प्रकोप जस्ता विभिन्न पक्षहरूलाई प्रभावित गर्दछ।

 

 

१९. नेपालको परराष्ट्र सम्बन्ध सुधारका लागि अपनाउनु पर्ने तीन उपाय समेटी साथीलाई चिठी लेख्नुहोस् ।

नेपालगन्ज- ८ बाँके
५ साउन, २०८१
 
प्रिय साथी,
 म यहाँ आरामै छु र आशा गर्छु कि तिमी पनि त्यहाँ आरामै होलौ । तिमीलाई यो चिठी लेख्दै म नेपालको परराष्ट्र सम्बन्ध सुधारका लागि केही उपायहरू यस पत्र मार्फत प्रस्तुत गर्न गई रहेको छु। हामी सबैलाई अवगत भएकै कुरा हो कि नेपालको आर्थिक समृद्धि र विकासका लागि बलियो परराष्ट्र सम्बन्ध अति आवश्यक छ। हालैका वर्षहरूमा नेपालले विभिन्न देशहरूसँगको सम्बन्धमा केही चुनौतीहरूको सामना गरिरहेको छ। यसैले हामीले यसलाई सुधार गर्नका लागि केही ठोस कदम चाल्नुपर्ने हुन्छ।
१. सन्तुलित परराष्ट्र नीति: नेपालले कुनै पनि एक देशसँग अत्यधिक निर्भर रहनु हुँदैन। हामीले सबै मित्र राष्ट्रहरूसँग समान दूरी कायम राख्दै सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्छ। यसले हामीलाई विभिन्न मुलुकहरूबाट सहयोग प्राप्त गर्न सघाउनेछ।
२. आर्थिक कूटनीतिमा जोड: हामीले आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्छ। विभिन्न देशहरूसँग व्यापार सम्झौता गर्ने, लगानी भित्र्याउने र पर्यटन प्रवर्द्धन गर्ने जस्ता कार्यहरूमा जोड दिनुपर्छ। यसले हाम्रो अर्थतन्त्रलाई मजबुत बनाउन र रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ।
३. क्षेत्रीय सहयोगमा जोड: हामीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) जस्ता क्षेत्रीय मञ्चहरूमा सक्रिय भूमिका खेल्नुपर्छ। यसले हामीलाई क्षेत्रीय सहयोग बढाउन र साझा हितका विषयमा सहकार्य गर्न मद्दत गर्नेछ।
मलाई विश्वास छ कि यी उपायहरूलाई अवलम्बन गरेर हामी नेपालको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउन सक्छौँ र यसबाट देशको समग्र विकासमा टेवा पुग्नेछ।
तिमीसँग यस विषयमा केही सुझाव छ भने मलाई पत्र मार्फत जानकारी दिन आग्रह गर्दै बिदा हुन्छु।
धन्यवाद,
सुमन
 

 

२०. पारिवारिक योजनाको चारओटा महत्त्व लेख्नुहोस् ।

पारिवारिक योजना व्यवस्थित, अर्थपूर्ण, प्रभावकारी र असल परिवार निर्माण गर्नको लागि बनाइने योजना भएकाले यसको ठुलो महत्त्व छ ।

पारिवारिक योजनाका महत्त्वहरू:

    - पारिवारिक योजनाले विवाह गर्ने उपयुक्त उमेर निर्धारणमा सहयोग पुयाउँछ र उपयुक्त उमेरमा गर्भधारण गर्ने र उचित जन्मान्तर कायम गर्न सहयोग गर्दछ।
- यसले आफ्ना सन्तानको उचित लालनपालन, शिक्षादिक्षा आदिमा सहयोग पुयाउँछ र स्वस्थ र समृद्ध परिवार निर्माणमा सहयोग पुयाउँछ।
- यसले परिवारको उचित आकार निर्माण गरी गुणस्तरीय परिवार निर्माणमा सहयोग गर्दछ र देशको जनसङ्ख्या व्यवस्थापन गर्न सहयोग पुयाउँछ।
- यसले मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सहयोग पुग्नुका साथै राष्ट्रको औसत आयु वृद्धिमा सहयोग गर्छ।


समूह ''

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :                                         : ( X =२८)

२१. मानव अधिकार संरक्षणमा विभिन्न संस्थाहरूले काम गरिरहँदा पनि मानव अधिकार हननका समाचारहरू आइरहन्छन् । यसो हुनुका तीन कारण उल्लेख गर्दै समाधानका चार उपायहरू लेख्नु होस्।

मानव अधिकार संरक्षणका लागि विभिन्न संस्थाहरू जस्तै-   राष्ट्रीय मानव अधिकार आयोग, अनौपचारिक सेवा केन्द्र एम्नेस्टी इन्टरनेसनलले निरन्तर प्रयास गरिरहेको भए तापनि मानव अधिकार हननका घटनाहरू अझै पनि निरन्तर रूपमा सार्वजनिक हुने गरेका छन्। यसका पछाडि विभिन्न जटिल कारणहरू रहेका छन्।

  •     न्याय प्रणालीको कमजोरी: पीडितहरूले न्याय पाउनका लागि लामो समयसम्म संघर्ष गर्नुपर्ने, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप जस्ता कारणले गर्दा न्याय प्रणाली प्रभावकारी बन्न नसक्नु। कानून बने तापनि  तिनको प्रभावकारी कार्यान्वयन हुन नसक्नु, कानून कार्यान्वयन गर्ने निकायहरूमा राजनीतिक दबाब, जनशक्तिको अभाव जस्ता समस्याहरूदेखा पर्नु आदि
  •     राजनीतिक शक्ति केन्द्रित हुनु: शक्ति केही व्यक्ति वा समूहको हातमा केन्द्रित हुँदा उनीहरूले आफ्नो स्वार्थका लागि मानव अधिकारको उल्लङ्घन गर्ने सम्भावना बढी हुन्छ। त्यस्तैगरी, धनी र गरिबबीचको खाडल बढ्दै जाँदा गरिब र कमजोर वर्गका मानिसहरू शक्तिशालीहरूबाट दमनमा पर्ने सम्भावना बढी हुन्छ।
  •     मानव अधिकारबारे जनचेतनाको कमी: मानिसहरूलाई आफ्नो अधिकारका बारेमा जानकारी नहुनु र यसका साथ साथै डर र दमनकारी शासन व्यवस्था वा द्वन्द्वग्रस्त क्षेत्रमा मानिसहरू आफ्ना अधिकारको बारेमा बोल्न डराउने भएकाले मानव अधिकार हननका घटनाहरू भएका पाइएका छन ।

मानव अधिकार हननका घटनाहरू कम गर्नका लागि चार उपायहरू:

  • न्याय प्रणालीलाई बलियो बनाउनु: न्यायाधीशहरूको नियुक्तिमा पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, कानूनी प्रक्रियालाई सरल बनाउने जस्ता उपायहरू अवलम्बन गर्नु।
  • शक्तिको विकेन्द्रीकरण: शक्तिलाई केन्द्रबाट स्थानीय तहसम्म विकेन्द्रीकृत गर्नु। गरिब र कमजोर वर्गको आर्थिक अवस्था सुधार गर्नका लागि नीतिगत व्यवस्था गर्नु।
  • मानव अधिकार शिक्षा: विद्यालय तहदेखि नै मानव अधिकार शिक्षा अनिवार्य बनाउनु। नागरिक समाजलाई मानव अधिकार संरक्षणका लागि सक्रिय बनाउनु।
  • अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पालना: अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सन्धि सम्झौताहरूको पूर्ण पालना गर्नु। मानव अधिकारको अवस्था सुधार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नु।
  • मानव अधिकार हननका घटनाहरूलाई पूर्ण रूपमा अन्त्य गर्नका लागि दीर्घकालीन र व्यापक प्रयास आवश्यक देखिन्छ ।

 

 

२२. पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् ।

(क) सगरमाथा हिमाल
(ख) मधेशप्रदेश
(ग) मध्यपहाडी लोकमार्ग
(घ) फेवा ताल

अथवा

पृष्ठ भरिने गरी उत्तर अमेरिका महादेशको नक्सा बनाई उपयुक्त स‌ङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :

(क) सुपेरियर ताल
(ख) म्याकिन्ले पर्वत
(ग) सेन्ट लरेन्स नदी
(घ) मेक्सिको खाडी

अथवा

(दृष्टिविहीनहरूका लागि मात्र)

उत्तर अमेरिका महादेशको भौतिक, आर्थिक तथा सामाजिक पक्षको वर्णन गर्नुहोस् ।

उत्तर अमेरिका विश्वको तेस्रो ठूलो महादेशर जनसङ्ख्याको आधारमा चौथो ठुलो महादेश ७०˚ देखि ८४˚ उत्तरी अक्षांश र ५२ ˚ देखि १७२ ˚ पश्चिमी देशान्तरमा अवस्थित छ। यसको त्रिकोणीय आकारको क्षेत्रफल लगभग २४७०९०० वर्ग किलोमिटर छ। यो महादेश विश्वको सबैभन्दा विकसित र विविधतापूर्ण महादेशमध्ये एक हो। यसको भौगोलिक विविधता, समृद्ध इतिहास र बहुसांस्कृतिक समाजले यसलाई विश्वको नक्सामा एक विशिष्ट पहिचान प्रदान गरेको छ।
भौतिक पक्ष:
भौगोलिक स्वरुप, हावापानी, वनस्पति, माटो र अन्य वातावरणीय अवस्थाको आधारमा उत्तर अमेरिकालाई ३ भौगोलिक क्षेत्रमा विभाजन गर्न सकिन्छ:
१. पश्चिमी पर्वतीय क्षेत्र :
-   यो क्षेत्र उत्तरमा अलास्कादेखि दक्षिणमा पनामा नहरसम्म फैलिएको छ। उत्तर अमेरिकाको सर्वोच्च शिखर - माउन्ट म्याककिन्ले (६१९४ मिटर) संयुक्त राज्य अमेरिकाको अलास्कामा अवस्थित छ।
-   डेथ भ्याली (Death Valley) (अत्यन्तै तातो र सुख्खा उपत्यका, समुन्द्र सतह  देखी ८६ मिटर तल), ग्रान्ड क्यान्यन (Grand Canyon) (१८०० मिटर गहिरो), ग्रेट साल्ट लेक(Great Salt Lake) (समुद्र भन्दा नुनिलो)यस क्षेत्रका प्रमुख प्राकृतिक आश्चर्यका रूपमा रहेका छन्।
२. केन्द्रीय मैदानी क्षेत्र :
-  यसलाई ग्रेट प्लेन (Great Plain) भनेर पनि चिनिन्छ ।
-  यो क्षेत्र उत्तरमा सुमेरु महासागरको हडसनको खाडी देखी दक्षिणमा मेक्सिकोको खाडी सम्म फैलिएको छ ।
-  यस महादेशको सबै भन्दा ठुलो नदी मिसिसिपी ले बनाएको मिसिसिपी मैदान यही पर्छ ।
-   शितोष्ण घाँसे मैदान प्रेरिज यही पर्छ । यो विश्वकै सबै भन्दा बढी उर्बर क्षेत्र हो । प्रेरिज लाई विश्वको अन्न भण्डार  (Granary of the World)पनि भनेर चिनिन्छ ।
३.  पूर्वी उच्च भूमिक्षेत्र:
-   उत्तरमा न्यू फाउण्डल्याण्ड देखी दक्षिणमा अलावामा सम्म फैलिएका यि उच्च भुमिहरु २१०० मि. भन्दा कम उचाइका ३ वटा उच्च भूमिहरु: उत्तरमा ग्रीनल्याण्ड्को पठार (Plateau  of Greenland)मध्य भागमा क्यान्डेली शिल्ड (Canadian shield) र दक्षिणमा अपालाचियन पर्बत ( Appalachian Mountains) बाट निर्माण भएको छ । सेन्ट लरेन्स व्यापारको दृष्टिकोणले सबै भन्दा व्यस्त नदी हो ।
 
आर्थिक पक्ष

उद्योग, खानीतथा उत्खनन:उत्तर अमेरिकी देशहरू, मुख्यतया संयुक्त राज्य अमेरिका र क्यानडामा धेरै फलाम र स्टील उत्पादनका कारखानाहरू छन्।
कृषि:लगभग १०% मानिसहरू गहुँ, मकै, आलु, उखु, सुर्ती, कपास, फलफूल खेती, अंगूर आदि (व्यावसायीकृत उन्नत प्रकारको कृषि) बालीहरूसँग खेतीमा संलग्न छन्। उष्ण प्रदेश क्षेत्रमा सुन्तला, उखु, कफि, कोका, केरा उत्पादन गरिन्छ । सुख्खा तातो क्षेत्रमा कपास र गाँजा उत्पादन गरिन्छ । संसार कै अन्न भण्डार भनेर चिनिने प्रेरिज क्षेत्र गहुँ उत्पादन को लागी प्रसिद्ध छ ।
पशुपालन: क्यानडा, अमेरिका र मेक्सिको लगायत का देश हरुमा व्यावसायिक पशुपालन गरिन्छ। तिनीहरूले विश्व समुदायमा मासु, दूध र दुग्ध उत्पादनहरू निर्यात गर्न सुँगुर, भेडा, रेनडियर, गाईवस्तु आदि पाल्छन्।
प्रविधि: यहाँ सूचना प्रविधि, जैविक प्रविधि जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ।

सामाजिक पक्ष
यहाँ विभिन्न जातजाति, धर्म र संस्कृति भएका मानिसहरू बसोबास गर्छन्।  यहाँको जीवनस्तर विश्वको उच्चतम मानिन्छ। शिक्षामा उच्च प्राथमिकता दिइने भएकाले यहाँको साक्षरता दर उच्च छ। यहाँ स्वास्थ्य सेवाको स्तर उच्च छ।  अधिकांश उत्तर अमेरिकी देशहरू लोकतान्त्रिक शासन व्यवस्था अपनाएका छन्।

२३ प्रथम विश्व युद्धका तीन कारण र चार परिणामहरू लेख्नुहोस् ।

प्रथम विश्वयुद्धका कारणहरू
१.    राष्ट्रहरु बिच गठबन्धन:
जब ओटोमन बिस्मार्क सन १८७० मा जर्मनीको चान्सलर भए, उनले जर्मनीको विस्तारबाद्को नीति अपनाए र फ्रान्सलाई अलग पारे र फलस्वरूप सन् १८७९ मा उनले अस्ट्रिया-हंग्रेसँग गोप्य 'दोहोरो गठबन्धन' गरे र इटाली पनि पछीसन् १८९२ मा दोहोरो गठबन्धन'मा सामेल भयो जसलाई'ट्रिपल एलायन्स'भनेर चिनिन्छ ।
अर्कोतर्फ फ्रान्सले पनि रुससँग सन् १८९४ मा र बेलायतसँग सन १९०४ मा गोप्य सन्धि गर्यो जसलाई ट्रिपल एन्टेन्टेभनिन्छ। यसरी, सम्पूर्ण युरोप दुई बलियो प्रतिद्वन्द्वी समूहहरूमा परिणत भयो।
२.  उग्र राष्ट्रवाद:
उग्र राष्ट्रवादलाई मानवताको लागी एउटा दुष्ट शक्ति र अभिशापको रुपमा लिने गरिन्छ। यो सामान्यतया मेरो देश, सहि वा गलत सबैभन्दा ठूलोभन्ने नारामा आधारित हुन्छ। यसले पहिलो विश्वयुद्धको बीउ छर्यो । उदाहरणका लागि, जर्मनी र इटाली यति घमण्डी भए कि तिनीहरू अन्य देशहरूको अस्तित्वनै स्वीकार्नतयार थिएनन्।
३.  तत्कालिन कारण (अस्ट्रिया हंगेरीको युवराजको हत्या):अस्ट्रियाको सिंहासनका उत्तराधिकारी आर्कड्युक फ्रान्सिस फर्डिनान्ड र उनकी  श्रीमती सोफी चोटेक बोसानियाको राजधानी साराजेभोमा यात्रा गरी रहेको बेला  ब्ल्याक ह्यान्ड सोसाइटीका एक १९ वर्षका बोसानियाली विद्यार्थी सदस्य गेब्रिलो प्रिन्सेपले सन १९१४ जुन २८ मा नजिकैबाट गोली हानेर दम्पतीको हत्या गरे। यो घटनाले पहिलो विश्वयुद्धको  सुरुवात गर्यो र परिणाम स्वरुप, अस्ट्रियाले सर्बिया विरुद्ध सन १९१४ जुलाई २३ मा युद्धको घोषणा गर्‍यो।
सन १९१४ जुन २८ मा अस्ट्रिया-हंगेरीका युवराज आर्कड्युक फ्रान्सिस फर्डिनान्ड र उनकी  श्रीमती सोफी चोटेकको हत्या पश्चात अस्ट्रिया-हंगेरीका सम्राटले सर्बिया विरुद्ध त्यही दिन युद्धको घोषणा गरियो।
 
प्रथम विश्व युद्धका परिणामहरु:
१.  भर्सेलिजको सन्धि:सन् १९१९ जुन २८ मा फ्रान्सको भर्सेलिज दरबारमा मित्रराष्ट्र (द अलाईज्) र जर्मनीबीच औपचारिक रूपमा युद्ध अन्त्य गर्न सन्धिमा हस्ताक्षर भएको थियो। यो कुनै सहमतिको सन्धि थिएन। यसलाई जर्मनीको भावनाको विरुद्धमा एकतर्फी लगाइएको सन्धि थियो जसमा युद्ध अपराधको लागि जर्मनीलाई एकमात्र जिम्मेवार बनाइएको थियो:
अ)युद्ध अपराध: जर्मनीलाई युद्ध अपराधी घोषित गरियो र युद्धको सबै प्रकारको हानिको नैतिक जिम्मेवारी लिनुपर्यो ।
आ) क्षेत्रको हानि: जर्मनीले आफ्नो निम्न क्षेत्र गुमाउनु परेको थियो:
§  अलास्के र लोरिने फ्रान्सलाई
§  युर्पन्- मल्मेडे बेल्जियमलाई
§  उत्तर स्लेस्विग डेनमार्कलाई
§  पोसेन, प्रुसिया र माथिल्लो सिलेसिया पोल्याण्ड लाई
§  सार र डेन्जिङ्ग लाई लीग अफ नेसन्सको नियन्त्रणमा
§  मेमेल शहरलाई  लिथुआनिया एउटा नयाँ बाल्टिक राज्यमा
§  सबै जर्मन उपनिवेशहरू कब्जा गरियो र सहयोगीहरू बीच विभाजित गरियो
इ)सैन्य प्रतिबन्धहरू:जर्मनीले राइनल्याण्डबाट आफ्नो सेना फिर्ता गर्नुपर्‍यो र यसलाई १५ वर्षसम्म मित्र राष्ट्रहरूको अधीनमा राखियो।उसले आफ्नो सेनालाई १ लाखसम्म घटाउनुपर्ने थियो र उसको लागी नयाँ भर्ती निषेध गरिएको थियो।जर्मनीलाई जम्मा ४ वटा युद्धपोत राख्न अनुमति दिइएको थियो ।हात्-हतियार, गोलाबारुद, ट्याङ्क, हवाइजहाज, युद्धपोत आदि उत्पादनगर्न प्रतिबन्ध लगाइएको थियो ।
ई)युद्ध क्षतिपूर्ति:जर्मनीले ३३००० मिलियन डलर बराबरको सुन र अन्य क्षतिपूर्ति सहयोगी शक्तिलाई क्षतिपूर्तिको रूपमा तिर्नुपर्ने थियो।सार कोइला उत्पादन क्षेत्र फ्रान्सलाई १५ वर्षको लागि दिनुपर्ने थियो।
२.  धनजनको व्यापक क्षति:
§  करिब १ करोड ६०लाख भन्दा बढी मृत्व
§  करिब १ करोड १३ लाख घाइते
§  करिब ६० लाख सदाका लागि अशक्त वा अपाङ्ग भए र धेरै बेपत्ता भए।
यस्तै धेरै ठूला भवनहरू, उद्योगहरू, अस्पतालहरू, पुलहरू र सुन्दर शहरहरूलाई बर्बाद भए र अकल्पनीय सम्पत्ति नष्ट गर्‍यो। युद्धमा लगभग ३६ राष्ट्रहरू संलग्न थिए र प्रत्यक्ष खर्च १८६ बिलियन अमेरिकि डालर भन्दा बढी थियो।
३. राजतन्त्रको पतन र गणतन्त्रको उदय:
प्रथम विश्व युद्ध अगाडी युरोपका अधिकाश्ं देशहरुमा राजतन्त्र थियो तर यस पश्चात राजतन्त्रको पतन भयो र धेरै देशहरूमा गणतन्त्रात्मक व्यवस्था स्थापित भयो। उदाहरणको लागी रुसी सम्राट निकोलस, जर्मन सम्राट विलियम द्वितीय, टर्कीका सुल्तानबल्गेरियाको निरंकुश शासन पहिलो युद्ध पश्चात अन्त्य भयो र गणतन्तृक प्रजातन्त्रको स्थापना भयो।
४.  नयाँ राष्ट्रहरूको उदय:
युद्धपछि विश्वको नक्सा बदलिएपछि धेरै नयाँ देशहरू देखा परे । आम नागरिक राजनीतिक रूपमा सचेत भए र बिस्तारै पृथकतावादी आन्दोलन गरेर छुट्टै राज्यको मागगर्न थाले । अल्बानिया, युगोस्लाभिया, पोल्याण्ड, फिनल्याण्ड, चेकोस्लोभाकिया विश्वको युरोपको नक्सामा देखा परे।
  

२४. विमाको महत्त्व र बिमा गर्दा ध्यान दिनु पर्ने कुराहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्।

बीमा भनेको आर्थिक जोखिमको न्यूनीकरण, हस्तान्तरण र व्यवस्थापनको एउटा उपाय हो । अर्को शब्दमा बीमितले आफ्नो जीवन  सम्पत्ती वा दायित्वमा पर्न सक्ने जोखिम्को आर्थिइक भार बीमकलाई  हस्तान्तरण गर्ने प्रक्रियालाई बीमा भनिन्छ ।

बीमाको प्रमुख महत्त्व वा फाइदाहरू (Importance or Benefits of Insurance)

सम्भावित हानिनोक्सानी तथा जोखिमलाई न्यूनतम गर्ने सबैभन्दा उत्तम उपाय बीमा हो।

·   बीमाले जोखिमलाई न्यूनतम गर्न सहयोग गर्दछ।

·   यसबाट अनिवार्य बचत हुन्छ। जसले हाम्रो भविष्यलाई आर्थिक तवरबाट सुरक्षित बनाउँछ।

·   जीवन बीमा गरेको व्यक्तिलाई रु. ४०,००० बराबरको आम्दानीमा आयकर छुट हुन्छ।

·   बीमा गरेको व्यक्तिले बीमा कम्पनीबाट आफूले बीमा शुल्कबापत भुक्तानी गरेको रकम एउटा निश्चित प्रतिशत ऋण लिन पाउँछ ।

·   बीमा कम्पनीले बीमितलाई नाफा र बोनस वितरण गर्दछ ।

·   एक मुष्ट रकम उपलब्ध हुने हुनाले सो रकमलाई व्यवसायमा लगानी गर्न सकिन्छ।

·   बीमा गर्ने व्यक्तिलाई आर्थिक सुरक्षा प्राप्त हुन्छ।

·   पूँजी बजारको विकासमा सहयोग हुन्छ ।

·   बीमाले व्यवसाय तथा सम्पत्तिको नोक्सानी हुने चिन्ताबाट उत्पन्न हुन मानसिक तनावलाई घटाउँछ। 

 

बीमा गर्दा ध्यान पुयाउनुपर्ने कुराहरू (Things to Consider while Buying Insurance Policy)
·      बीमा गर्नुको उद्देश्य प्रस्ट हुनुपर्दछ ।
·      बीमा लेख इच्छाइएको व्यक्तिबारे स्पष्ट उल्लेख गर्नुपर्दछ ।
·      बीमा कम्पनी र बीमा अभिकर्ताबारे प्रस्ट हुनुपर्दछ ।
·      बीमा अभिकर्ताको इजाजत प्राप्त व्यक्ति हुनुपर्दछ ।
·      बीमा शुल्क भुक्तानीको अनिवार्य भरपाई लिनुपर्दछ ।
·      बीमा लेख वा सम्झौता पत्रहरू सुरक्षित राख्नुपर्दछ ।
·      बीमा गरेको घरपरिवारलाई जानकारी दिनुपर्दछ ।
·      आफ्नो वर्तमान र भविष्यको आर्थिक क्षमतालाई ख्याल गरेर मात्रै बीमा शुल्क निर्धारण गर्नुपर्दछ ।
·      बीमा प्रस्तावलाई राम्रोसँग पढ्नुपर्दछ ।
·      यथासमयमा बीमा शुल्क तिर्नुपर्दछ ।
·      बीमा अभिकर्ता वा कसैको दबाबमा परेर बीमा गर्नुहुँदैन ।




                Best of Luck




                                        Any Queries......?

Comments

Popular posts from this blog

Grade: 11 (Compulsory English) Model/Sample Questions Sets - based on NEB Exam Paper Model

सामाजिक अध्ययन कक्षा - १० (एकाई- १ देखी एकाई- ३ सम्म) नयाँ पाठ्यक्रम : २०८०

Grade-11 (English) 1.4 The Wish - by Roald Dahl (Short Stories) Part-2