सामाजिक अध्ययन कक्षा - १० (एकाई- ४ देखी एकाई- ६ सम्म) नयाँ पाठ्यक्रम : २०८०



सामाजिक अध्ययन  कक्षा - १० (एकाई- १ देखी एकाई- ५ सम्म)  नयाँ पाठ्यक्रम : २०८०

 (Social Studies Class- 10) 

                     

In Progress.....

एकाइ -४ सामाजिक समस्या र समाधान (Social Problem & Solution)

पाठ: १ मानव बेचबिखन: एक गम्भीर सामाजिक समस्या

(Human Trafficking: A Complicated Social Problem)

मानव बेचबिखनको अर्थ (Meaning of Human Trafficking)

कुनै पनि व्यक्तिलाई डर, धम्की, लोभलालच देखाई शोषण गर्ने उद्देश्यले सो व्यक्तिको इच्छा विपरित कामगर्न बाध्य तुल्याउने कार्यलाई मानव बेचबिखनको रुपमा लिने गरिन्छ।

यसरी भन्नुपर्दा, मानव बेचबिखन एक आपराधिक गतिविधि हो जसमा जबरजस्ती श्रम, यौन शोषण, वा अनैच्छिक दासता जस्ता विभिन्न उद्देश्यका लागि बल, ठगी वा जबरजस्ती मार्फत व्यक्तिहरूको शोषण समावेश हुछ। यो मानव अधिकारको गम्भीर उल्लङ्घन हो र यसले विश्वभरका लाखौं मानिसहरूलाई असर गर्छ।

नेपालको मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ का अनुसार, देहायको कुनै पनि कार्य गरेमा मानव बेचबिखन गरेको मानिने  भनी उल्लेख गरिएको छ:

क)    कुनै पनि उद्देश्यले मानव बेच्ने वा किन्ने,

ख)   कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्यावृतिमा लगाउने,

ग)     प्रचलित कानुन बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने,

घ)    वेश्यागमन गर्ने

मानव बेचबिखनका कारणहरु (Causes of Human Trafficking)

Ø गरिबी र आर्थिक असमानता

Ø शिक्षाको अभाव वा शिक्षामा सीमित पहुँच

Ø चेतनाको कमी

Ø लैङ्गिक असमानता र भेदभाव

Ø राजनीतिक अस्थिरता र आन्तरिक द्वन्द्व

Ø सस्तो श्रम र व्यावसायिक सेक्सको माग

Ø मनोरंजन उद्दोगको बढ्दो माग

Ø कमजोर सुरक्षा प्रणाली

Ø पारिवारिक विभाजन र घरेलु हिंसा

Ø असुरक्षित बसाइँसराइ

Ø संगठित अपराधको बढ्दो संजाल्

Ø भारत सँगको १७००० कि. मि. लामो खुल्ला सिमाना

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा भएको कानुनी व्यवस्था(Legal Provision to Control Human Trafficking Act 2064)

मनाव बेचबिखन सम्बन्धी कसुर

सजाय

१.   वेश्यावृत्तिमा लगाउने कसुर

 

२.   किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले विदेश लैजाने कसुर्

३.   किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले नेपाल भित्र एक ठाँउबाट अर्को ठाँउमा लैजाने कसुर

४.   शोषण गर्ने उद्देश्यले मानिसलाई विदेश लैजाने कसुर

५.   प्रचलित कानुन बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने कसुर

Ø १० देखी १५ वर्ष कैद र ५० हजार देखी १ लाख सम्म जरिवाना

Ø १५ देखी २० वर्ष कैद र १ लाख देखी २ लाख सम्म जरिवाना

Ø १० वर्ष देखी १२ वर्ष कैद र १ लाख सम्म जरिवाना

 

Ø २ वर्ष देखी ५ वर्ष सम्म कैद्

 

Ø १० वर्ष कैद र २ लाख देखी ५ लाख सम्म जरिवाना

मानव बेचबिखन नियन्त्रणगर्ने उपायहरु (Mitigating Measures of Human Trafficking)

Ø मानव बेचबिखनबारे सर्वसाधारणमा  सचेतना फैलाउने ।

Ø सीमा सुरक्षा कडा र प्रभावकारी बनाउने ।

Ø बनाइएका ऐन, कानुन, नीतिनियमहरुको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने ।

Ø वैदेशिक रोजगारीमा जाँदा आफुले गर्ने काम, तलब, जान लागेको देशको नियम कानुन राम्ररी अध्य्यन गरेर जाने ।

Ø सरकारी, गैरसरकारी र अन्य सङ्घ संस्थाबिच समन्वय स्थापना गर्ने ।

Ø मानव बेचबिखन कार्यगर्ने व्यक्तिलाई राजनीतिक संरक्षण नदिने ।

हाम्रो समाजमा मानव बेचविखनगर्ने कार्य किन बढेको होला ? कारण लेख्नुहोस।

हाम्रो समाजमा मानव बेचबिखन बढ्नुको कारण निम्नलिखित छन्:

Ø घरेलु काममा लगाउन

Ø श्रम शोषण गर्न

Ø मानव अङग झिकेर बेच्न

Ø वेश्यावृत्तिमा लगाउन

Ø सर्कसमा काम लगाउन

Ø माग्ने कार्यमा लगाउन

Ø समा र लागुऔसध ओसारपसार कार्यमा लगाउन

 

 

मानव बेचबिखन र ओसारपसारभित्र मुख्य गरी चेलीबेटी बेचबिखन र मानव अङ्ग बेच बिखन पर्दछन्:

१.   चेलीबेटी बेचबिखन (Girl Trafficking)

-            महिला तथा केटीहरुको बेचबिखन कार्य

-            युवतीहरुलाई वेश्यावृत्तिमा लगाउने कार्य

-            नेपालको सबैभन्दा पुरानो सामाजिक समस्या

-            नेपालमा हरेक वर्ष ९ देखि १६ वर्ष उमेर समूहका ७ देखी १० हजार चेलीबेटीहरु भारतमा मात्रै बेचिने गरेको तथ्याङ्क छ।

नेपालमा चेलीबेटीहरु बेचबिखनका कारणहरु:

Ø   अशिक्षा

Ø   बेरोजगारी

Ø   महिला र पुरुषमा विभेद

Ø   गरिबी

Ø   अत्याधिक लोभ

Ø   छिटो पैसा कमाउने सोच

Ø   चेतनाको अभाव

Ø   राजनीतिक अपराधीकरण

Ø   कमजोर सीमा सुरक्षा

 

नेपालमा चेलीबेटीहरु बेचबिखननियन्त्रणगर्ने उपायहरु:

Ø  ऐन कानुन र नीतिनियमको प्रभावकारी कार्यन्वयनगर्ने ।

Ø  छोरीहरुलाई शिक्षा र रोजगारीमा बढी अवसर प्रदानगर्ने ।

Ø  सीमा सुरक्षामा कडाइगर्ने।

Ø  अपराधीहरुलाई कडा कारबाहीको व्यवस्था गर्ने।

Ø  चेलीबेटी सचेतना सम्बन्धी कार्यक्रम संचालन गर्ने।

 

 

मानव अङ्ग तस्कारी (Human Organ Trafficking)

मानव अंगको तस्करी भनेको प्रत्यारोपण वा अनुसन्धान उद्देश्यका लागि मानव अंगको अवैध व्यापार हो।यो आधुनिक समयको दासत्वको एक रूप हो जसले गरिब र कमजोरहरूलाई शोषण गर्दछ। नेपालमा अंग ओसारपसार गरिबी, भ्रष्टाचार र चेतनाको कमीसँग जोडिएको गम्भीर समस्या हो।

नेपालमा अंग ओसारपसारका मुख्य शिकार गरिब, पैसाको प्रलोभनमा परेका ग्रामीण जनता हुन् । अंग बेचबिखन एक गम्भीर अपराध हो जसले यसको पीडितहरूमा विनाशकारी प्रभाव पार्छ। यसले दीर्घकालीन स्वास्थ्य समस्या, आर्थिक कठिनाइ र सामाजिक कलंक निम्त्याउन सक्छ। यो समस्याको बारेमा चेतना जगाउनु र यसलाई हुन नदिन काम गर्नु महत्त्वपूर्ण छ।

नेपालमा मानव अंग बेचबिखनमा योगदान गर्ने केही कारकहरू:

Ø  ब्याप्त गरिबी वा पैसाको अभाव

Ø  भ्रष्टाचार

Ø  अंग ओसारपसार विरुद्धको कानून लागूगर्न गाह्रो

Ø  चेतनाको अभाव

नेपालमा मानव अंग ओसारपसारको समस्यालाई सम्बोधन गर्न गर्न सक्ने कुराहरु:

Ø  मानिसहरूलाई आफ्नो अंग बेच्दा हुने जोखिमहरू बारे सचेत गराउने ।

Ø  यो एक अपराध हो भन्ने जानकारी दिने,

Ø  अंग ओसारपसार विरुद्धको कानुनलाई सुदृढ गरी कार्यान्वयन गर्ने

Ø  बढ्दो शिक्षा र रोजगारीका अवसरहरू प्रदान गर्ने

मानव अंग बेचबिखन एक गम्भीर समस्या हो जसले यसको पीडितहरूमा विनाशकारी प्रभाव पार्छ। यो समस्याको बारेमा चेतना जगाउनु र यसलाई हुन नदिन काम गर्नु महत्त्वपूर्ण छ।

 

मानव अङ्ग बेचबिखन रोक्न अपनाउनुपर्ने उपायहरु बुदागत रूपमा प्रस्तुत गर्नुहोस्।

मानव अङ्ग बेचबिखन रोक्न अपनाउनु पर्ने उपायहरु निम्नलिखित छन्:

Ø सरकारले अनिवार्य र निःशुल्क शिक्षा उपलब्ध गराउन जोड दिनुपर्छ ।

Ø प्राबिधिक शिक्षा र शिपमुलक तालिममा जोड दिएर रोजगारीका अवसरहरु बढाउनुपर्छ ।

Ø मानव अङ्ग बेचबिखन गर्ने कार्यमा संग दोषीलाई आजीवन कारावासको सजाय दिलाउनुपर्छ।

Ø बिरामी परेर उपचारका लागि छिमेकी राष्ट्रमा जादा बिरामी कुरुवा धेरै सचेत  भएर बस्नुपर्छ।

Ø कृषि र पर्यटन क्षेत्रमा लगानी बढाएर र गरिबी निवारण गर्नुपर्छ ।

Ø मानव बेचबिखन हुने कारण यसको असर र यसबाट बच्ने उपायका विषयमा जनचेतना फैलाउनु पर्छ।

 

बालबालिका बेचबिखन (Child Trafficking)

विभिन्न अभिप्रायले बालबालिका किन्ने र बेच्ने गतिविधिलाई  बालबालिका बेचबिखन भनिन्छ। पालन पोषण वा धर्मपुत्र धर्मपुत्री बनाउने बहानामा नेपालमा बालबालिका बेचबिखन बढ्दै गैरहेको छ । यसको साथसाथै, बालबालिकाहरुलाई उनि हरुको घर परिवारबाट टाढा पुर्याइ जोखिमयुक्त, घरेलु, निकृष्ट तथा यौनजन्य कृयाक्लापहरुमा संलग्न हुन, बाध्यपार्ने अङ्ग झिक्ने, भिख माग्न लगाउने, चोरी गर्ने, लागुपदार्थको ओसारपसार गर्ने जस्ता कार्यहरु गर्न लगाइन्छ।

बालबालिका बेचबिखनका कारणहरु  ( Importance of Child Trafficking)

-         गरिबी                                                 -  अभिभावककोबेवास्ता,                  

-         घरायसी तनाव,                                - महत्वकांक्षी,            

-         देखासिखीगर्ने स्वभाव,                     - बाबुआमा गुमाएर असहाय हुनु,

-         सचेतनाको अभावहुनु,                      - शिक्षाको स्तरमा कमीहुनु,           

-         शहरीकरणको तीब्रता,                      - धर्मपुत्र तथा धर्मपुत्रीको नाममा          

-         सहयोगगर्ने नाममा              - बालबालिकाको अङ्गको तस्करी

नेपालमा बालिका बेचबिखन नियन्त्रण गर्न उपायहरू

Ø कानून र कानून प्रवर्तन सुदृढीकरण

Ø जनचेतना अभिवृद्धि अभियान

Ø शिक्षा र रोजगारीको अवसर प्रदान गर्ने

Ø सुधारिएको आर्थिक अवसरहरू

Ø पालनपोषण केन्द्रहरू स्थापना गर्नुहोस्

Ø सीमा नियन्त्रण उपायहरू

Ø पहिले नै बेचबिखनमा परेका केटीहरूको लागि, पुनर्वास र पुन: एकीकरण

Ø सरकारी निकायहरू, गैरसरकारी संस्थाहरू र अन्य सरोकारवालाहरू बीचको सहकार्य र समन्वय।

Ø अपराधीलाई कडा र कडा सजायको व्यवस्था

 

मानव बेचबिखनबाट व्यक्तिमापर्ने गम्भीर र दीर्घकालीन प्रभावहरू

Ø शारीरिक र मनोवैज्ञानिक आघात

Ø रोगको सम्भावना

Ø सामाजिक वहिष्कार तथा पारिवारिक विछोड हुने

Ø आर्थिक शोषण

Ø कलंक र भेदभाव

Ø पुन: तस्करीको जोखिम

Ø व्यक्तिले हिंसा र दुर्व्यवहार झेल्नुपर्ने आदि

 

मानव बेचबिखनबाट समाजमापर्ने प्रभावहरू

Ø सामाजिक र आर्थिक विकासलाई कमजोर बनाउने,

Ø बढ्दो आपराधिक गतिविधि,

Ø एचआईभी/एड्स जस्ता संक्रामक रोगहरूको फैलावट,

Ø परिवार र समुदायको अस्थिरता,

Ø सामाजिक कलंक र भेदभाव

Ø राष्ट्रिय प्रतिष्ठामा ठेस,

Ø नराम्रो काम गरेर पैसा कमाउने मानसिकताको विकास

 

मानव बेचबिखन कार्य विरुद्ध परिचालित निकायहरु:

Ø नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (CBID) जस्ता कानून प्रवर्तन एजेन्सीहरू

Ø सरकारी निकायहरू जस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र गृह मन्त्रालयले मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरेको

Ø गैरसरकारी संस्था

Ø लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्र संघको कार्यालय (UNODC) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (IOM) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू

Ø दुतावास हरु

Ø स्थानिय सरकार आदि,




तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्

१.  मानव बेचबिखन भनेको के हो ?

२.  मानव बेचबिखनका कुनै दुई कारणहरू उल्लेख गर्नुहोस् ।

३.  मानव बेचबिखन रोकथामका लागि कुनै दुई उपायहरू लेख्नुहोस् ।

४.  चेलीबेटी बेचबिखन भनेको के हो ?

५.  मानव बेचबिखन नियन्त्रणमा संलग्न नेपालका कुनै दुई निकायको नाम लेख्नुहोस् ।

६.  मानव बेचबिखनका गतिविधि गर्न उक्साउने मतियारलाई कस्तो सजायको व्यवस्था गरिएको छ ?

७.  बालबालिका बेचबिखन हुने मुख्य प्रयोजनहरू केके हुन् ।

८.  वेश्यावृत्ति भन्नाले के बुझिन्छ ?

९.  यौन दुर्व्यवहार भनेको के हो ? एक वाक्यमा उत्तर लेख्नुहोस् ।

१०.  मानव बेचबिखन भनेको के हो ?

११.   मानव बेचबिखनका मुख्य कारणहरूको सूची बनाउनुहोस्

१२.   मानव बेचबिखन बिरुद्ध जनचेतना जगाउने एउता नारा तयार गर्नुहोस ।

बाल बालिका लाई विद्यालय पठाऔं ।

मानव बेच बिखन सामाजिक अपराध हो ।

१३.   चेली बेटी बेचबिखन र देह व्यापार नराम्रो कार्य हो। यस सम्बन्धी दृष्टिकोण एक वाक्य लेख्नुहोस।

चेली बेटी बेचबिखन र देह व्यापार नराम्रो कार्य हो।  यसको कार्यले विभिन्न चेलीहरु नरकिय जीवन बिताउन बाध्य हुन्छन र समाजमा विभिन्न किसिमका विकृतीहरु देख पर्छन।

१४.                        तपाईको समुदायमा एकजना चेली बेचिन लागेकी छिन । उनलाई बेचिनबाट रोक्न सब भन्दा पहिले के गर्नुहुन्छ ?-प्रहरीलाई खबर गर्छु ।

१५.                        बाल बालिका बेचबिखन बिरुद्ध एउटा नारा:"बाल बालिका लाई शिक्षा दिनु पर्छ।"

 

 

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्

१.  मानव बेचबिखन र मानव ओसारपसारअन्तर्गत के कस्ता कार्य पर्छन् ? सूची बनाउनुहोस् ।

२.  मानव बेचबिखनका कुनै ५ कारणहरू लेख्नुहोस्।

३.  मानव बेचबिखन रोकथामका लागि कुनै ५उपायहरू सुझाउनुहोस् ।

४.  मानव अङ्ग तस्करी किन हुन्छ ? कारण लेख्नुहोस्।

५.  चेलीबेटी बेचबिखन तथा मानव बेचबिखन विरुद्ध नीति, नियम र कानुन बनेको भए पनि हाम्रो समा अझै यो समस्या कायम रहिरहनुमा तपाई कसलाई जिम्मेवार ठहऱ्याउनुहुन्छ र किन ? ५ बुँदामा आफ्नो दृष्टिकोण प्रष्ट पार्नुहोस् ।

६.  मानव बेचबिखनमा आर्थिक कारण र प्राकृतिक विपत्मध्ये कुन कारण बढी जिम्मेवार ठान्नुहुन्छ ? कुनै ५ओटा कारण दिनुहोस् ।

७.  मानव बेचबिखन नियन्त्रणका लागि नेपालले गरेको प्रयासहरूको समीक्षा गर्दै यसमा के कस्ता सुधार गर्नसकिन्छ ? सिफारिस गर्नुहोस् ।

८.  मानव बेचबिखनबाट व्यक्ति र समाजमा कस्तो असर पर्छ ? उल्लेख गर्नुहोस् ।

Or,

मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरुको सूची बनाउनुहोस ।

९.  नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैर सरकारी संस्थाले गरेका प्रयासबाट कस्ता उपलब्धिहासिल भएका छन, लेख्नुहोस ।

१०.  बालबालिका बेचबिखन हुने मुख्य प्रयोजनहरू केके हुन् ?

११.  वेश्यावृत्ति भन्नाले के बुझिन्छ ?

१२.  यौन दुर्व्यवहार भनेको के हो ? एक वाक्यमा उत्तर लेख्नुहोस् । मानव बेचबिखन भनेको के हो ? यसका मुख्य कारणहरूको सूची बनाउनुहोस् ।

१३.  चेलीबेटी बेचबिखनका मुख्य कारणहरू र समाधानका उपायहरू उल्लेख गर्नुहोस् ।

१४.  हाम्रो समाजमा केकति कारणले गर्दा बालबालिका बेचबिखन बढिरहेको छ ? कारण दिनुहोस् । मानव अङ्ग बेचबिखन रोक्न अपनाउनुपर्ने उपायहरू बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।

१५.  यौन दुर्व्यवहार भित्र के कस्ता गतिविधि पर्दछन् ? छोटकरीमा लेख्नुहोस् ।

१६.  यौन दुर्व्यवहारबाट बच्न केकस्ता उपायहरू अपनाउन सकिन्छ ? उपायहरूको सूची तयार पार्नुहोस् ।

१७.        मानव बेचबिखन समस्याले समाजमा नकारात्मक असर पार्छ भन्ने भनाइप्रति तपाईंको दृष्टिकोण चारबुँदामा लेख्नुहोस् ।

१८.  सामाजिक समस्या भन्नाले के बुझिन्छ ? एक वाक्यमा उत्तर लेख्नुहोस् ।

१९.  नेपालको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार मानव बेचबिखन अन्तर्गत कुनकुन कार्यहरू पर्दछन् ?

२०.  मानव अङ्ग बेचविखन रोक्नका लागि तपाईंले सरकारसँग सहकार्य गरेर काम गर्ने अवसर पाउनुभयो भने तपाईंको भूमिका कस्तो रहने छ ? पाँच बुँदामा उल्लेख गर्नुहोस् ।

 

मानव अङ्ग बेचबिखन रोक्नका लागि मैले सरकारसँग सहकार्य गरेर काम गर्ने अवसर पाए भने मेरो भूमिका निम्नानुसारको रहने छ :

Ø मानव अङ्ग बेचबिखन गर्ने दलाललाई कारबाही गर्ने,

Ø सचेतीकरण अभियान संचालन गर्ने,

Ø उपचारका क्रममा अङ्ग निकाल्ने प्रवृत्ति हटाउन डाक्टरहरूको आचारसंहितामा यो विषय समेट्ने,

Ø मृत्युपर्यन्त अङ्गदान गर्न प्रचारप्रसार गर्ने,

Ø सरकारी अस्पतालमा उपचारगर्न  सर्बसाधारणलाई प्रोत्साहितगर्ने आदि,

 

चेलीबेटी बेचबिखन सामाजिक अपराध हो, यसलाई रोक्न तपाईंको योगदान के हुन सक्छ? आफ्ना पाँच योगदान लेख्नुहोस् ।

चेलीबेटी बेचबिखन रोक्न मैले निम्नानुसार योगदान पुर्याउनेछु:

Ø चेलीबेटी बेचबिखन हुने क्षेत्रका मानिसहरूलाई शिक्षित बनाउने,

Ø चेलीबेटीलाई उचित काम  वा रोजगारी दिने,

Ø छोरा र छोरीमा हुने विभेद अन्त्य गर्ने,

Ø चेलीबेटी बेचबिखन गर्नेलाई कडाभन्दा कडा सजाय दिने

Ø सीमा सुरक्षा कडाइ गर्न लगाउने आदि।

 

 

 

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्।

२१.  मानौं, तपाई नेपालको कुनै एउटा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ। तपाईंको जिल्लामा यौन मान आयोजित 'चेलीबेटी बेचबिखन र देहव्यापार' सम्बन्धी विचार गोष्ठीमा प्रमुख अतिथिको रूपमा आफ्ना विचार प्रस्तुत गर्न अनुरोध गरियो भने कसरी विचार राख्नुहुन्छ ? तपाईंको दृष्टिकोणलाई समेटेर एउटा छोटो मन्तव्य तयार पार्नुहोस् ।

 

 

 

 

पाठ : २ यौन विकृति र विसङ्गति (Sexual Perversions)

 

यौन विकृति/ यौन विसङ्गति/ यौन दुर्व्य्वहार:

यौन दुर्व्य्वहार भनेको महिला, पुरुष वा बालबालिकाहरुलाई उनिहरुको सहमतिबिना जवरजस्ती गरिने यौन कार्य हो । अर्को शब्दमा भन्नु पर्दा, गलत तरिकाले यौन चाहना पूरा गर्ने प्रयास गर्दा उत्पन्न हुने सामाजिक मर्यादा प्रतिकूल व्यवहार यौन विसङ्गति भनिन्छ।उदाहरणको लागि:अनावश्यक चुम्बन गर्नु वा छुनु, हिंसात्मक यौन गतिविधी गर्नु, बलात्कार गर्नु वा बलात्कारको प्रयास गर्नु आदि।

यौन विसङ्गतिका प्रकारहरु:

१.    बलात्कार:बिना मन्जुरी कसैलाई जबारजस्ती यौन सम्पर्क वा करणीगर्नुलाई बलत्कार भनिन्छ।आपसी सहमतिमै गरेको भए पनि नाबालिक अर्थात उमेर नपुगेको व्यक्तिलाई ललाईफकाइ, मन्जुरी लिइ व नलिईगरेको यौन सम्पर्कलाई पनि कानुनी रुपमा बलात्कार मानिन्छ । (नेपालको कानुन बमोजिम १८ वर्ष नपुगेको)

२.    अवैध सम्बन्ध: सामाजिक तथा कानुनी रुपमा  अनुमती प्राप्त व्यक्ती (जस्तै: श्रीमान र श्रीमति)बिच बाहेक यौन सम्बन्धनै अवैध सम्बन्ध हो ।

३.    यौन सामाग्रीको कुलत: इन्टरनेट वा अन्य माध्यममा राखिने यौन सामाग्री समय सम्म हेर्ने कुलत पनि यौन विसङ्गती हो ।

४.    यौन दुर्व्यवहार: कुनै पनि व्यक्तिको इच्छा विपरित गरिने व्यवहारलाई यौन दुर्व्यवहार भनिन्छ ।

५.    देहव्यापार : पैसालिएर यौन सम्पर्क राख्ने कार्यलाई देहव्यापार भनिन्छ ।

६.    हाडनातामा हुने सम्बन्ध: कानुनले रगतको नाता भनेर  परिभाषित गरेका हाडनातामा हुने  यौन सम्बन्धलाई पनि यौन विसङ्गती भनिन्छ।

यौन विसङ्गतिका कारणहरु ( Causes of Sexual Perversions)

Ø यौन एउटा प्राकृतिक विषय हो । यसको बारेमा समाजमा खुलेर कुरा नगर्नु ।

Ø अश्लील सामाग्रीमा सहज पहुँच (इन्टरनेट माध्यमको रुपमा)

Ø कमजोर कानुनी व्यवस्था र यसको कार्यान्वयन

Ø परम्परागत विवाह (बाल विवाह, बहु विवाह आदि)

Ø महिला र पुरुषमा विभेद र महिला सशक्तीकरणको अभाव आदि।

 

यौन विसङ्गतिका असरहरु (Impacts of Sexual Peversions)

व्यक्तिमापर्ने असर:

Ø भावनात्मक वा व्यवाहारमा उत्पन्न हुने संकट

Ø गलत लतको विकास्

Ø धनजनको क्षति

Ø स्वास्थ्य जोखिम

Ø मानसिक समस्या

Ø व्यक्तित्वमा नकारात्मक प्रभाव

परिवारमा पर्ने असर:

Ø पारिवारिक द्वन्द्व

Ø परिवारको मान सम्मानमा आँच

Ø सामाजिक कलंक

Ø स्वास्थ्य जोखिमहरू

Ø आर्थिक बोझ

Ø अनावश्यक झमेला

समाजमा पर्ने असर:

Ø समाजमा द्वन्द्व र विभाजन

Ø समाजको लागी कलंक र भेदभावको सिर्जना

Ø स्वास्थ्य समस्याहरूको जोखिम बध्ने सम्भावना

Ø मानसिक स्वास्थ्य समस्याहरू

Ø आर्थिक प्रभाव

 

 

 

विसङ्गती कम गर्न व्यक्तिको भूमिका:

Ø सर्बसाधारणलाई यौन विसङ्गतिबारे शिक्षा र सचेतना प्रदानगर्ने

Ø यौन विसङ्गतिका घटनाहरु देखिएमा सम्बन्धित निकायमा खबरगर्ने

Ø इन्टरनेटमा यौनजन्य सामाग्री नहेर्ने

Ø यस्ता विसङ्गतिको कडा रुपमा प्रतिवाद गर्ने

Ø सही तरिकाले सामाजिक संजालको प्रयोगगर्ने

Ø यौनेच्छा पुरागर्न वैकल्पिक उपायको प्रयोग गर्ने

विसङ्गती कम गर्न परिवारको भूमिका

Ø यौन विसङ्गतिबारे आफ्नो बालबालिकालाई जानकारी गराउने

Ø यौनको बारेमा कुरा गर्नु नै हुन्न भन्ने परम्परागत अवधारणा हटाउने

Ø समाजमा घटेका घटनाहरुको नतिजा र घट्ने सम्भावित घटनाहरुको हुन सक्ने नकारात्मक परिणामबारे जानकारी दिने

Ø यौन विसङ्गतिबारे आफ्नो बालबालिका र परिवारलाई सचेत गराउने

Ø बाल बालिकाहरुले के गर्दै छन भनिसमय समयमा हेर्ने

Ø परिवारमा धर्म, संस्कृती र मूल्य मान्यताहरु कायम राख्ने ।

 

 

 

 

 

पाठ - ३ घरेलु हिंसा (Domestic Violence)

घरेलु हिंसा: एक परिचय (Domestic Violence: An Introduction)

घरेलु हिंसा भनेको भनेको  परिवारभित्र परिवारकै सदस्यले अर्को सदस्यमाथी गर्ने शारीरिक, मानसिक्, आर्थिक तथा यौनिक दुर्व्यवहार हो ।यसले शारीरिक, मौखिक, भावनात्मक, आर्थिक, धार्मिक र यौन दुर्व्यवहार सहित धेरै रूपहरू लिन सक्छ।

घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार घरेलु हिंसा भनेको कुनै पनि व्यक्तिले आफ्नो पारिवारिक सम्बन्ध रहेको व्यक्तिलाई गरेको शारीरिक, मानसिक, यौन तथा आर्थिक यातना दिनु हो र सो शब्दले गाली गर्ने वा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्य समेत जनाउँछ ।

घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ले निम्न सम्बन्धलाई घरेलु सम्बन्धलाई घरेलु सम्बन्ध भनेर उल्लेख गरेको छ:

Ø वंशको नाता अन्तर्गत पर्ने

Ø विवाहको नाता अन्तर्गत पर्ने

Ø धर्मपुत्र वा धर्मपुत्री

Ø संयुक्त परिवारको सदस्य

Ø घरेलु कामदार

घरेलु हिंसाको प्रकार (Types of Domestic violence)

१.   शारीरिक हिंसा- कुटपीट्, तेजाब छर्कने, पोल्ने, जलाउने आदि।

२.   मानसिक हिंसा- डर वा धम्की देखाउने, गाली गर्ने, झुट्टाआरोप लगाउने, धार्मिक वा सांस्कृतिक परम्पराको आधारमा अपमानित गर्ने आदि।

३.   यौनजन्य हिंसा- यौनजन्य दुर्व्यवहार, अपमान वा आत्मसम्मानमा चोट पुर्याउने आदि।

४.   आर्थिक हिंसा- निजी सम्पत्तिको प्रयोगगर्न नदिने, दाइजो माग्ने, आर्थिक ब्लेकमेल गर्ने आदि।

 

घरेलु हिंसाका कारणहरु (Causes of Domestic Violence)

सामाजिक कारण: शक्तिको प्रयोग र नियन्त्रण, मानसिक स्वास्थ्य समस्याहरू जस्तै चिन्ता, र पोस्ट-ट्रमाटिक तनाव,  आर्थिक तनाव, लैङ्गिक असमानता, अशिक्षा, गरिबी, वैवाहिक झैझगडा, आदि।

व्यक्तिगत कारण: बेरोजगारी, अशिक्षा, मादक पदार्थको सेवन, शक्तिको गलत प्रयोग आदि।

 

घरेलु हिंसाका प्रभावहरू (Effects of Domestic Violence)

Ø शारीरिक चोटहरू जस्तै काट्ने, भाँचिएको, स्क्र्याप आदि।

Ø पीडितलाई मनोवैज्ञानिक समस्याहरू।

Ø परिवारका सदस्यहरूमा, विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकहरूमा नकारात्मक प्रभाव।

Ø पारिवारिक स्थिति/प्रतिष्ठाको पतन।

Ø परिवारमा सद्भाव र शान्ति छैन।

Ø सम्बन्ध बिच्छेदको सम्भावना।

Ø मदिरा तथा मादक पदार्थको दुरुपयोग।

Ø व्यक्तिगत तथा पारिवारिक समृद्धिमा ह्रास्।

Ø यौन सङ्क्रमणित रोगहरु।

Ø पारिवारिक झैझगडा वा विखण्डन।

Ø लागुऔषध दुव्र्यसनमा संलग्न हुने सम्भावना र आत्महत्या आदि।

घरेलु हिंसा नियन्त्रण गर्ने उपायहरू (Mitigating Measures of Domestic Violence)

Ø अरूको भावना बुझ्ने।

Ø परिवारमा एकता कायम राख्ने ।

Ø सम्पत्तिको लागि लोभबाट बच्नुहोस्।

Ø परिवारको सहमतिमा निर्णय लिनुहोस्।

Ø महिला सशक्तीकरणमा ध्यानदिने।

Ø जनचेतनामुलक कार्यक्रमहरु संचालनगर्ने।

Ø मदिरा सेवान तथा लागु औषध नियन्त्रण गर्ने।

Ø हिंसा भएमा सम्बन्धित निकायलाई जानकारी गराउने।

 

 

घरेलू हिंसा भनेको के हो ?

आनीबानी, बोलीवचन, मर्यादा, हक, अधिकार र पहुँच लगायतका विषयलाई लिएर घर परिवारका सदस्यमाथि हुने नकरात्मक व्यवहार, दबाब, कुटपेिट आदिलाई घरेलु हिंसा भनिन्छ।

 

 

 

 

 

 


तलका प्रश्नहरूको धेरै छोटो उत्तर लेख्नुहोस् :

१.   सामाजिक समस्या भन्नाले के बुझिन्छ ? एक वाक्यमा उत्तर लेख्नुहोस् ।

२.   यौन दुर्व्यवहार भनेको के हो ? एक वाक्यमा उत्तर लेख्नुहोस् ।

३.   घरेलू हिंसा भनेको के हो ?

४.   घरेलू हिंसा किन अमानवीय र निन्दनीय छ ?

५.   घरेलू हिंसा अन्त्य गर्न तपाईंले के गर्न सक्नुहुन्छ ?

 

तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस्

१.   यौन दुर्व्यवहार भित्र के कस्ता गतिविधि पर्दछन् ? छोटकरीमा लेख्नुहोस् ।

२.   यौन दुर्व्यवहारबाट बच्न केकस्ता उपायहरू अपनाउन सकिन्छ ? उपायहरूको सूची तयार पार्नुहोस् ।

३.   घरेलु हिंसाका प्रमुख कारणहरू लेख्नुहोस् ।

४.   घरेलु हिंसा अन्त्य गर्न व्यक्ति, समाज र राष्ट्रले कस्तो भूमिका खेल्न सक्छन् ?

५.   घरेलु हिंसा अन्त्य गर्नका लागि सन्देशमूलक कुनै चारओटा 'नारा' तयार गर्नुहोस् ।

६.   घरेलु हिंसाले निम्त्याउने परिणामहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।

तलका प्रश्नहरूको लामो उत्तर लेख्नुहोस्

७.   मानौँ, तपाईंको समाजमा बालबालिकालाई सुधार्ने नाममा शारीरिक सजाय दिइन्छ । यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ? लेख्नुहोस् ।

 

 

 

 

 

 

 

 

पाठ: ४

भ्रष्टाचार: एक सामाजिक विकृती

(Corruption: A Social Evil)

 

भ्रष्टाचारदुई शब्द मिलेर बनेको छ: भ्रष्टआचार जहाँ भ्रष्टको अर्थ खराब र आचारको अर्थ आचारण वा व्यवहार भन्ने हुन्छ । यसरी भन्नु पर्दा, भ्रष्टाचारको शाब्दिक अर्थ खराब आचारणलाई बुझिन्छ।

भ्रष्टाचार निवारण ऐन २०५९ ले निम्न कार्य हरुलाई भ्र्ष्टाचार अन्तर्गत समावेश गरेको छ :

·         रिसवत (नगदी,जिन्सी वा घुस) लिने

·         दान, उपहार वा चन्दा लिने

·         कमिसन लिने

·         राजस्व चुहावट गर्ने

·         हानि पुऱ्याउने काम गर्ने

·         गलत लिखत तयार गर्ने

·         गलत अनुवाद गर्ने

·         सरकारी कागजात केरमेट गर्ने, सच्याउने

·         सार्वजनिक संस्थाको कागजात लुकाउने

·         प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्ने

·         गलत प्रतिवेदन दिने

·         सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्ने

·         झुठा विवरण बनाउने

·         नपाएको ओहदाको प्रयोग गर्ने

·         गैरकानुनी व्यापार गर्ने आदि।

 

 

भ्रष्टाचार : एक सामाजिक रोग  (Corruption: A Social Disease)

भ्रष्टाचारलाई निम्न कारणले गर्दा एक सामाजिक रोगको रुपमा लिने गरिन्छ:

Ø  भ्रष्टाचारले सरकारी संस्थाहरू र सार्वजनिक अधिकारीहरूमाथिको विश्वासलाई कमजोर बनाउँछ, जुन कार्यशील लोकतन्त्र र स्वस्थ समाजको लागि आवश्यक छ।

Ø  यसले आर्थिक वृद्धि र विकासलाई कम गर्छ, गरिबीलाई स्थायी बनाउँछ र आय असमानता बढाउँछ।

Ø  यसले अनैतिक व्यवहारको संस्कृति सिर्जना गर्दछ, जहाँ मानिसहरू अगाडि बढ्नको लागि बेईमान वा अवैध गतिविधिहरूमा संलग्न हुने सम्भावना बढी हुन्छ।

Ø  यसले जनतामा अन्याय र निराशाको भावना निम्त्याउन सक्छ, जसले सामाजिक अशान्ति र राजनीतिक अस्थिरता बढाउन सक्छ।

Ø  भ्रष्टाचारले संगठित अपराध बढाउछ, जसले सामाजिक स्थिरतालाई थप खलल पार्न सक्छ र कानूनको शासनलाई कमजोर बनाउँछ।

 

 

भ्रष्टाचारका मुख्य कारणहरू ( Main Causes of Corruption)

Ø  आर्थिक कारण:गरिबी, कम तलब स्केल र ज्याला,वेरोजगारी, महङ्गी, विलासी जीवन शैली, रातारात अरबपतिबन्ने चाहना आदि

Ø  राजनीतिका कारण: राजनीतिक अस्थिरता, कमजोर लोकतन्त्र, चुनावका लागि राज्य कोषको अभाव, धेरै राजनीतिक दलहरूको विकल्प

Ø  सामाजिक कारण: सम्पत्तिको स म्मान गर्ने परम्परा,देखासिकी, सामाजिक प्रतिष्ठा

Ø  प्रशासनिक कारण: कडा र छिटो सजायको अभाव, पारदर्शिताको अभाव, स्वतन्त्र जासूस एजेन्सीको अभाव, न्यायपालिकाका लागि पर्याप्त अधिकारको अभाव, जवाफदेहिताको अभाव, कानुनको कार्यन्वयन कमजोर हुनु,

Ø  अख्तियार दुरुपायोग अनुसन्धान आयोगले सही भूमिका निर्वाह गर्न नसक्नु

 

भ्रष्टाचारको प्रभाव (Effects of Corruption)

Ø  भ्रष्टाचारले आर्थिक असक्षमता निम्त्याउन सक्छ ।

Ø  यसले उत्पादनशील गतिविधिहरूबाट स्रोतहरूलाई घूसखोरी तर्फ मोड्छ ।

Ø  यसले विदेशी लगानीलाई पनि घटाउन सक्छ र अन्तर्राष्ट्रिय व्यापारलाई क्षति पुर्याउछ ।

Ø  संस्थाहरूमा जनताको विश्वासलाई कम गर्छ र निरासा लाई बढौछ ।

Ø  कानुनी शासनलाई कमजोर पार्छ जसले राजनीतिक अस्थिरता र सामाजिक अशान्ति निम्त्याउँछ।

Ø  यसले वातावरणीय ह्रास पनि निम्त्याउन सक्छ, किनकि भ्रष्ट अधिकारीहरूले घूसको सट्टामा अवैध लगिङ, खानी, वा प्रदूषणलाई अनुमति दिन सक्छन्।

Ø  चुनाव मा मत किनेर खराब नेतृत्व सत्ता मा आउने सक्ने सम्भावना बढाउछ ।

समग्रमा, भ्रष्टाचारले समाज र अर्थतन्त्रमा व्यापक नकारात्मक प्रभाव पार्छ

 

 

नेपालमा अति भ्रष्टाचार हुने कारणहरू यस प्रकार रहेका छन्

Ø  सरकारी तथा अन्य सङ्घसंस्थामा गरिने खर्चको पारदर्शिताको अभाव हुनु ।

Ø  पदाधिकारीमा आफ्नो काम कर्तव्यप्रतिको दायित्वबोधको कमी हुनु ।

Ø  धनप्रतिको मोह र धनी बन्ने आकाङ्क्षा वृद्धि हुनु ।

Ø  धनी कसरी बन्यो भन्दा पनि धन कसरी कमाउने भन्ने प्रवृत्तिमा वृद्धि हुनु ।

Ø  कम तलबमा पारिवारिक खर्च धान्न कठिन पर्ने भएकोले आर्थिक लाभको लोभ बढ्नु । (च) सामाजिक संस्कारमा तडकभडक देखाउने प्रवृत्ति बढी हुनु र अनैतिक रूपमा धन कमाउने प्रवृत्ति बढ्नु ।

Ø  राजनैतिक नेताहरूमा राजनैतिक संस्कारको कमी हुनु ।

Ø  उच्च पदाधिकारीहरूबाट निम्न पदाधिकारीलाई अनैतिक रूपमा धन कमाउन लगाउने र हिस्सा लिने प्रवृत्ति

Ø  भ्रष्टाचारीहरूको शक्तिशाली समूह हुनु ।

 

 

 

नेपालमा भ्रष्ट्राचारको वर्तमान अवस्था

Ø भ्रष्टाचार अवधारणा सुचकाङ्क अनुसार भ्रष्ट्राचारहुने मुलुकहरुको सुचिमा नेपाल १०० मा ३४ अङ्कको साथ विश्वका १८०  मुलुक मद्धे  ११० औं स्थानमा रहेको छ।

Ø छिमेकी मुलुक भारत ४० अङ्कका साथ ८५ औं स्थान र चीन ४५ अङ्कका साथ ६५ औं स्थान छन ।

Ø सार्क मुलुकहरुमा भुटान सबैभन्दा कम (६८ अङ्क र २५ औं स्थान) र अफगानिस्तान सबै भन्दा बढी (२४ अङ्कको साथमा १५० औं स्थान) भ्रष्ट्रचार हुने मुलुकमा पर्दछन।

Ø ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकासित गरेको सुचकाङ्क बमोजिम १०० अङ्कको जति नजिक भयो त्यती कम र ० अङ्कको जति नजिक भयो त्यती बढी भ्रष्ट्राचार भएको मानिन्छ। ५० भन्दा कम अङ्क प्राप्त भएको मुलुकमा बढी भ्रष्टाचार भएको मानिन्छ।

Ø १०० मा ३४ मात्रै प्राप्त गरेको कारण  नेपाल बढी भ्रष्टाचारहुने मुलुकमा पर्छ। दक्षिण एसियामा अफगानिस्तान र बङ्गलादेश पछी तेस्रो बढी भ्रष्ट्राचार  हुने मुलुकमा नेपाल पर्छ। 

अति कम भ्रष्ट्राचारहुने राष्ट्रहरु:

देशको नाम

स्थान/श्रेणी

अङ्क

१.     डेनमार्क

२.     फिनल्याण्ड्

३.     न्यूजील्याण्ड

४.     नर्वे

५.     सिङ्गापुर्

६.     स्वीडेन

७.     संयुक्त राज्य अमेरिका  

८.     चीन 

२४

७२

९०

८७

८७

८७

८३

८३

६९

४५

 

बढी भ्रष्ट्राचार हुने राष्ट्र्हरु

देशको नाम

स्थान/श्रेणी

अङ्क

सोमालिया

सिरिया

दक्षिण सुडान

भेनेजुएला

यमन

१८०

१७८

१७८

१७७

१७६

१२

१३

१३

१४

१६

 

दक्षिण एसियामा भ्रष्टाचारको अवस्था 

देशको नाम

स्थान/श्रेणी

अङ्क

१.     भुटान

२.     भारत

३.     माल्दिभ्स

४.     श्रीलङ्का

५.     नेपाल

६.     पाकिस्तान

७.     बाङ्गलादेश

८.     अफगानिस्तान

२५

८५

८५

१०१

११०

१४०

१४७

१५०

६८

४०

४०

३६

३४

२७

२५

२४ 

 

 

 

 

नेपालमा भ्रष्ट्राचार नियन्त्रण गर्ने प्रयास र उपायहरु (Efforts and Measures to Control Corruption in Nepal)

नेपालमा भ्रष्ट्राचार नियन्त्रण गर्ने प्रयास

Ø नेपालको संविधान २०७२

Ø वि.. २०५९ मा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी भएको थियो ।

Ø भ्रष्ट्राचारका गतीविधीहरुको अनुसन्धान गर्ने र मुद्दा दायरगर्ने संबैधानिक निकाय अख्तियार दुरुपायोग अनुसन्धान आयोगको स्थापना

Ø सार्वजनिक निकायबाट हुने अनियमितता, भ्रष्ट्राचार, ढिलासुस्ती सम्बन्धी उजुरी सङ्कलन गर्ने प्रायोजनका लागी राष्ट्रीय सतर्कता केन्द्रको स्थापना

Ø त्यस्तैगरी, राजस्व अनुसन्धान विभाग, सम्पत्ती शुद्धिकारण अनुसन्धान विभाग, महालेखापरिक्षक जस्ता संस्थाको स्थापना

 

नेपालमा भ्रष्ट्राचार नियन्त्रण गर्ने उपायहरु:

Ø निती नियमको प्रभावकारी कार्यान्वन गर्ने

Ø सुशासन एवम राजनीतिक दलहरुबाट  भ्रष्ट्रचार नगर्ने कडा प्रतिबद्धता

Ø भ्रष्ट्रचारीलाई सामाजिक बहिष्कार गर्ने

Ø राम्रो काम गरेका व्यक्तिहरुको आत्मबल बढाउन संचारको माध्यमबाट प्रचारप्रसार गर्ने

Ø शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा व्यापारीकरणको अन्त्यगर्ने

Ø विलासी जीवन शैलीको परित्याग गर्ने

Ø चाडपर्व तथा उत्सवहरुलाई भडकिलो नबनाउने

Ø भ्रष्ट्राचारको घटनाहरुलाई उजागर गर्ने र सम्बधित निकायमा सम्प्रेषण गर्ने

Ø अवैध  तरिकाले आर्जन गरेको सम्पत्तिको छानबिन गर्ने

Ø हरेक नागरिकले असल सुचनदाता र निगरानीकर्ता भएर कामगर्ने

 

 

 

 

 

 

तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस्:

१.   भ्रष्टाचार भनेको के हो ?

२.   भ्रष्टाचारलाई किन एक गम्भीर समस्या मानिएको हो ?

३.   ट्रान्सपरेन्सी इन्टरन्यासनल २०२२ को रिपोर्ट अनुसार नेपालको स्थान भ्रष्टाचारमा कति रहेको छ ?

४.   भ्रष्टाचार भनेको के हो ? एक वाक्यमा उल्लेख गर्नुहोस् ।

५.    ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनअनुसार नेपालले भ्रष्टाचारसम्बन्धी सूचकाङ्कमा प्राप्त गरेको अङ्क र स्थान लेख्नुहोस्

 

तलको प्रश्नहरूको छोटो उत्तर दिनुहोस्:

१.  भ्रष्टाचारका कारण र प्रभाव उल्लेख गर्नुहोस् ।

२.  भ्रष्टाचारलाई नियन्त्रण वा न्यूनीकरण गर्न केके उपायहरू गर्नुपर्छ ?

३.  नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयासहरूको समीक्षा गर्नुहोस् ।

४.  भ्रष्टाचारलाई किन सामाजिक रोग भनिएको हो ? कुनै चार कारण उल्लेख गर्नुहोस्।

५.  "भ्रष्ट्राचार एक प्रकार को सामाजिक अपराध हो ।" यस भ नाइलाई उपयुक्त तथ्य हरुसहित प्रष्ट पानुहोस ।

६.  भ्रष्ट्राचार बाट समाज मा देखापर्ने समस्या हरु बुँदागत रुपमा टिपोट गरी समाधान का लागी उपयुक्त सुझाव दिनुहोस ।

७.  सार्क राष्ट्र हरुमा भ्रष्ट्राचार को अवस्था कस्तो छ, तुल्नात्मक रुपमा विश्लेषण गर्नुहोस ।

 

तलको प्रश्नहरुको लामो उत्तर दिनुहोस्:

८.  नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि गर्नुपर्ने उपायहरू सिफारिस गर्नुहोस् ।

 

 

 

 

 

 

 

पाठ : ५ अन्धविश्वास हटाऔं  (Eradicate Superstitions)

केही प्रथाजन्य कुरीतिहरु:

प्रथा :समाजलाई अनुशासित बनाउन र व्यवस्थितगर्न हाम्रा पुर्खाहरुले बसालेका रीतिथितिलाई प्रथा भनिन्छ। पुर्खाहरुले निर्माण गरेका र सर्वसम्मतबाट स्विकारगरी अभ्यासमा ल्याइएका व्यवहारहरुनै प्रथा हुन।

हाम्रा देशमा प्रचलित केही प्रथाजन्य कुरीतिहरु :

क) घुम्टो प्रथा:

-         विवाहित महिलाले मान्यजनको अगाडी पर्दा वा कपडाले अनुहार छोप्नुपर्ने प्रथा घुम्टो प्रथा हो। यसलाई बुर्का प्रथा पनि भन्ने गरिन्छ। तराइमा महिलाले आफ्नो अनुहार सारीले आफ्नो टाउको वा अनुहार छोप्ने प्रचलन छ।

-         यो एउटा लैङ्गिक विभेदको ज्वालन्त उदाहरण हो।

-         यो एउटा तराइमा र  विषेसगरी मुस्लिम समुदायमा प्रचलित एक सामाजिक अपराध हो ।

-         घुम्टो प्रथा वास्तवमा पुरुषप्रधान समाजको उपज हो।

-         यसले महिलाको स्वाभिमानमा धक्का र आँच पुर्याउँछ।

ख) छाउपडी प्रथा :

-         महिनावारी भएका महिला वा युवती नियमित बासस्थानबाट टाढा छाउगोठमा गएर बस्नुपर्ने प्रथालाई छाउपडी प्रथा भनिन्छ ।

-         यो प्रथा कर्णाली प्रदेश र सुदूर प्रदेशको केहि जिल्लाहरुमा जस्तै- जुम्ला, कालिकोट, दैलेख, डोल्पा, अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडि, डडेलधुराका ग्रामिण क्षेत्रहरुमा प्रचलित छ।

-         छाउपडी बस्ने महिलाले दही,दुध खाएमा गाइले दुध नदिने, घर तथा भाँडाकुँडा छोएमा देवता रिसाउँने, हानी नोक्सानी हुने, शरिर सुक्दै जाने,रुख छोएमा अन्न बाली नफल्ने, किताब पढे देवी सरस्वती रिसाउने, केटा मान्छे छोए ऊ बिरामी हुने आदि भन्ने जस्तो अन्धविश्वास रहेको छ ।

-         महिलाहरुलाई नियमित प्रयोग हुने घरायसी वस्तुहरु जस्तै: खाट, सिरक, तन्ना, भाँडाकुँडा र अन्य वस्तुहरु छुन दिइँदैन बरु तिनीहरु घाँस, पराल, गुन्द्री, बोरामा सुत्नुपर्छ । 

-         मुलुकको अपराध संहिता २०७४ ले यस प्रथालाई अपराधको रुपमा परिभाषित गरेको छ ।

छाउपडी प्रथा समाधान गर्ने उपायहरु:

Ø सचेतना कार्यक्रम संचालन गर्ने,

Ø छाउपडी बिरुद्ध कानुन कडारुपले लागुगर्ने

Ø महिला सशक्तिकरणमा जोडदिने, आदि

 

ग) दाइजो प्रथा/ तिलक प्रथा

विवाहको समयमा बेहुली पक्षले बेहुला पक्ष लाई दिने सम्पत्ती वा पैसा लाई दाइजो भनिन्छ । पहिला पहिला बेहुली का अभिभावक ले धन सम्पत्ति, पैसा, भाँडाकुँडा गरगहना कपडा जस्ता निर्वाह्का सामग्री आफ्नो इच्छा अनुसार  बेहुला बहुली लाई दिने चलन थियो तर पछी तिर आएर यसले विकृत रुप लिएर दाइजो प्रथा बन्न पुज्ञो ।

हिजो आज दाइजो लिने दिने व्यव हार लाई इज्जत र प्रतिष्ठा सँग जोडेर प्रतिस्प्र धा गर्ना ले समस्या अझ विकराल बन्दै ग इरहेको छ ।

दाइजो प्रथा का कारण हरु:

 निरक्षरता

पुरुष प्रधान समाज पैसा प्रतिको लोभ, देखासिकी प्रवृत्तिइ, गाडेर बसेको परम्परा आदिइ

दाइजो प्रथा का परिणाम हरु:

बेहुली परिवार लाई आर्थी क भार्, लैङ्गिक  भेद भाव्, हिंसा, अपराध्, हत्या, भ्रुण हत्या,जग्गा घर बेच्ने बाध्यता आदिइ

समाधान का उपाय हरु:

सचेतना मुलक कार्यक्रम्, छोरीलाई शिक्षा दिने, दाइजो लिने दिने दुबै लाई कडा कानुनी व्यवस्था, महिला सशक्तिकरण मा जोड आदिइ

 

 

 

झुमा प्रथा:

 

नेपाल को उत्तरी हिमाली क्षेत्र मा मुख्यगरी मुस्ताङ जिल्ला मा प्रचलन मा रहेको प्रथा

बौद्धा मार्गी, शेर्पा, लामा र लोवा समुदायमा प्रचलित्

तीन वता छोरी जन्मिएमा माइली छोरीलाई झुमा वा बौद्ध कन्या बनाउने चलन र तीन वटा छोरा जन्मिएमा माइलो छोरालाई धावा बनाउने चलन्

यिनीहरुले समाज मा धर्म गुरुपुरोहित र धर्मोपदेश को रुप मा काम गर्ने

झुमा र धावा ले आजीवन विवाहित रहनुपर्ने, कपाल खौरने, र यदी अवैध स म्ब न्ध रहन ग शिशु जन्मिएमा छोरालाई धावा र छोरी लाई झुमा बनाउने चलन

 

 

देउकी  प्रथा:

 नेपाल को सुदूर पश्चिम प्रदेश को केही ठाँउका मन्दिरहरुमा देवीदेवता को सेवा गर्न कन्या केटी चढाउने प्रथा

चढाइएको कन्यालाई देउकी भनिने

महारोग लागेमा, छोरा नभएमा, मुद्दा जित्नु परेमा वा आफ्नो मनोइच्छा पुरा गर्न परेमा वा अन्य कुनै इच्छा पुरा गर्न परेमा आफ्नै छोरी वा गरीब परिवार की अबोध बालिका किनेर देवी देवता को मन्दिरमा चढाउने चलन्

कन्या आजीवन विवाहित रहने

बैतडी जिल्लाको मेलौली देवी को मन्दिर यो प्रथा को केन्द्र बिन्दु हो ।

 

 

 

 

 

 

 

 

'दाइजो लिनु र दिनु दुबै अपराध हो ।' आफ्नो पाँच तर्क सहित पुष्टी गर्नुहोस ।

दाइजो प्रथा महिला विरुद्ध भेदभाव गर्ने सामाजिक दुष्टता हो।

यसले दुलहीको परिवारको लागि आर्थिक कठिनाइ र गरिबी पनि निम्त्याउन सक्छ।

दाइजो प्रथाले पनि महिला विरुद्ध हिंसा, हत्या, अपमान तथा मानसिक असन्तुलत निम्त्याउन सक्छ।

दाइजो लिनु र दिनु पुर्णतया शोषण हो ।

यसले समाजमा लैङ्गिक विभेद्लाई बलियो बनाउँछ।

दाइजो प्रथाले केटीहरूको शिक्षामा बाधाको रूपमा पनि काम गर्न सक्छ। कतिपय अवस्थामा, परिवारहरूले छोरीको शिक्षामा लगानी गर्नुभन्दा आफ्नो छोरीको दाइजोको लागि पैसा बचत गर्नलाई प्राथमिकता दिन सक्छन्।

यसले विभिन्न स्रोतहरूलाई उत्पादनशील लगानीबाट टाढा राख्छ र दाइजो सङ्कलन र दिने जस्ता गैर-उत्पादक गतिविधिहरूमा लगाउँछ।

 

तपाईको समुदायमा जरो गाडेर रहेको कुनै एउटा सामाजिक कुप्रथा को पहिचान गरी उक्त कुप्रथा हटाउन के के गर्नुपर्छ ? कुनै पाँच उपाय हरु उल्लेख गर्नुहोस ।

तपाई को समुदायमा छोरी लाई दाइजो दिनै पर्छ भन्ने अभिभावक लाई कसरी सम्झाउनुहुन्छ । आफ्नो विचार पाँच बुँदामा लेख्नुहोस ।

तपाईको समुदाय को कुनै पाँच सामाजिक समस्या लेखी ति नको समाधान का उपाय हरु सुझाउनुहोस ।

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ६

सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप

(Identification of Social Problems and their Solving Skills)

 

सामाजिक समस्या समाधानका चरणहरु निम्न लिखित छन्:

१.    समस्या पहिचान र परिभाषा :वास्तविक समस्याको पहिचान र त्यसको मूल कारण को पहिचान गर्ने जस्तै: कसैलाई रक्सी पिउने लत लाग्नु र यसको कारण गलत साथिहरुको संगत, देखासिकी वा अन्य कारण पत्ता लगाउने ।

२.    विकल्प हरुको छनौट् :     विकल्प १: उसलाई भेटेर सम्झाउने

विकल्प २: गलत साथिहरुको संगत छुटाउने

विकल्प ३: सिर्जनात्मक कार्यमा व्य स्त गर्ने

३.    विकल्प हरुको विष्लेषण् :यी उल्लेखित विकल्प हरुलाई विश्लेषण गर्ने  र यी विकल्प हरु को विष्लेषण गर्ने क्रम मा आइ पर्ने चुनौती अवसर, लागत्, फाइद र बेफाइदा लाई ध्यान मा राख्ने ।

४.    उत्तम विकल्प को छनोट निष्कर्ष् :यी माथी उल्लेखित विकल्प हरु लाई विष्लेषण गर्द उसलाई सिर्जन शिल कार्यमा व्या स्त राख्न बढी उपयुक्त देखिन्छ ।

५.    समाधान को कार्यान्वयन  :उसलाई विभिन्न सामाजिक सेवा तथा सिर्जन शिल कार्य मा लगाउने

 

 

समस्या समाधान का च रण हरु:

१ समस्याको प्रष्ठ्भूमिको अध्ययन

२समस्याको पहिचान्

३ समस्याको अ सर्

४ समाधान का सम्भावित विकल्प हरु

५ उत्तम विकल्प को छ्नोट्

६ समाधान को प्रतिबद्धता र प्रयोग

 

 

 

 

 

 

 

 

पाठ - ७ 

सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका

 

नेपालमा सामाजिक समस्या समाधानगर्नमा विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरु कार्यरत छन । केही क्रियाशिल कार्यरत संस्थाहरु निम्न लिखित छन ।

 

क) युनिसेफ:

युनिसेफ संयुक्त राष्ट्र सङ्घको विशिष्टकृत संस्था हो ।

स्थापना सन १९४६ मा

नेपाल मा युनिसेफले सन १९६४ देखी विभिन्न सामाजिक सुधार का कार्य हरु गर्दै आएको छ ।

कार्य हरु:

मातृ र नवजात शिशुको हेरचाह

शिक्षा, स्वास्थ्य तथ पोषण क्षेत्र

बाल अधिकारको संरक्षण र प्रवर्धन

ख) संयुक्त राष्ट्र सङ्घिय जनसंख्या कोष

स्थापना सन १९६९मा

मुख्यालय संयुक्त राज्य अमेरिकाको न्युयोर्क मा

कार्य हरु:

महिला र युवाहरुलाई स्वास्थ्य र उत्पादन शील बनाउने

लैङ्गिक तथा प्रजानन स्वास्थ्य का कार्यक्रम हरु संचालन गर्ने

समानाताअ र मानविय संकट समाधान मा सहयोग

 

 

 

ग) अन्तर्राष्ट्रिय श्रम सङ्गठन :

संयुक्त राष्ट्रा सङ्घको एक विशिष्टीकृत संस्था हो ।

कार्य हरु:

सबै खाले बालश्रम उन्मुलन

श्रम कानुन र श्रमनितिको निर्माण्

महिला र पुरुष को लागिमर्यादित काम्

बाल बालिका लाई बालश्रम मुक्त्

सामाजिक न्याय

 

 

 

 

 

घ) ट्रान्सपरेन्सी इन्टर नेसनल :

एउटा अन्तर्राष्ट्रिय गैर संस्था

स्थापना सन १९९३  मा

कार्य हरु:

भ्रष्ट्राचार रोक्ने,

पारदर्षिता ना जोड दिने,

उत्तरदायित्व र इमान्दारिता मा जोड दिने

साझा जिम्मेवारी

 






एकाइ : ५ नागरिक चेतना (Civic Consciousness)

पाठ : १

व्यवस्थापिका/ सङ्घीय व्यवस्थापिका (Legislature)

राज्यका प्रमुख तीन अङ्गहरु:

१ व्यवस्थापिका

२ कार्यपालिका

३ न्यायपालिका

व्यवस्थापिका: एक परिचय (Legislature: An Introduction)

कानुन निर्माण गर्ने राष्ट्रको महत्वपूर्ण  अङ्गगलाइ व्यवस्थापिका भनिन्छ ।

व्यवस्थापिका जनताका निर्वाचित प्रतिनिधिहरुबाट बनेको सरकारको कानुन बनाउने  एउटा अंग हो।यसलाई कानूनको कारखाना (Law Factory) पनि भन्ने गरिन्छ।

फ्रान्सेली दार्शनिक तथा राजनीतिक चिन्तक मोन्टेस्कले १८औँ शताब्दीमा आफ्नो पुस्तक The Spirit of Law’ मा राज्यका तीन अंगहरूको बारेमा चर्चामा गरेका थिए।

दुई प्रकारका व्यवस्थापिका:

१.     एक सदनात्मक व्यवस्थापिका - एकल सदन मिलेर बनेको छ।

२.      द्विसदनीय - दुई सदन मिलेर बनेको छ। (नेपाल)

संघीय व्यवस्थापिका:दुई सदनात्मक संघीय व्यवस्थापिका प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलेर बनेको हुन्छ।

प्रतिनिधि सभाको संरचना:

- कुल २७५ सदस्यहरू हुन्छन्।

- १६५ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट एक, FPTP प्रणाली मार्फत निर्वाचित।

- १ सय १० सदस्य समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित। (राजनीतिक दलले प्राथमिकता तोकेर जनसङ्ख्याको आकारमा खस आर्य (३१.२%), आदिवासी जनजातिइ (२८.७%), मधेसी (१५.३%), दलित (१३.८%) थारु(६.६%) र मुस्लिम ४.४%) कोटा छुट्ट्याएर बन्दसुची निर्वाचन मा पठाउनुपर्छ । बन्दसुचिमा पठाइएको नाम परिवर्तन गर्न पाँइदैन र यस्तो सुचिमा ५०% महिला र ५०% पुरुष हुनुपर्छ।)

- कार्यकाल ५ वर्षको हुन्छ।

- सदनको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख (कम्तीमा एक महिला) निर्वाचित गनुपर्छ।

राष्ट्रिय सभाको संरचना:

- यसमा ५९ जना सदस्यहरू हुन्छन्।

- प्रत्येक राज्यबाट कम्तीमा ३ महिला, १ दलित र १ अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक रहेका ८-८ जना सदस्य गरी ५६ जना सदस्य हरु।

- नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तिमा १ महिला रहेको ३ सदस्य।

- कार्यकाल ६ वर्षको लागि हो र यो स्थायी सभा हो।

- यसले पहिलो बैठकको १५ दिनभित्र एकजना अध्यक्ष र एकजना उपाध्यक्ष चयन गर्दछ।

 

 

 

 

 

संघीय संसदको सदस्य हुनका लागि चाहिने योग्यता:

-          नेपाली नागरिका हुनुपर्ने,

-          प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रियसभाका लागि ३५ वर्ष र स्थानीय तहका लागि २१ बर्ष पूरा भएको हुनुपर्ने।

-          नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नभएको (चोरी, डकैती, हत्या,अपहरण, भ्रष्टाचार, लागूपदार्थको करोबार मानव बेचबिखन आदि) हुनुपर्ने,

-          कुनै सङ्घियकानुनले अयोग्य नभएको ।

-          कुनै लाभको पदमा बहाल नरहेको ।

 

सङ्घीय संसदले ऐन कानुन बनाउने प्रकीया:

-          व्यवस्थापिका राज्यको कानुन बनाउने अङ्ग हो ।

-          ऐन कानुन बनाउँदा सब भन्दा पहिला जुन विषयमा कानुन बनाउने हो त्यसको खाका तयार पार्नु पर्छ।- मसयौदा

-          यसलाई संसदमा छलफल का लागिप्रस्तुत गरिन्छ जसलाई विधेयक (bill) भनिन्छ ।

-          विधेयक भनेको संसद मा पारित गर्नका लागिप्रस्तुत गरिएको कानुनी मसयौदा हो ।

-          संसद का दुइ सदन (प्रती निधी सभा र राष्ट्री य सभा) मद्धे  कुनै एक मा वि धे यक पेस गर्न सकिन्छ ।

-          पेस भएको विधेयकमाथिव्यापक छलफल पछी सदनका बहुमत सदस्यले सहमती जनाए पछी वि धेयक लाई अर्को सदन मा पठाइन्छ । दुबै सदन बाट पारित भए पछी प्रमाणिक रण कालागी राष्ट्र पतिसमक्ष पठाइन्छ । राष्ट्र सभाले १५ दिन भित्र सुझाव सहित फिर्ता पठाउँछ । राष्ट्र पति ले प्रमाणिक रण गरेको वि धेयक लाई ऐन भनिन्छ ।

सङ्घीय संसदले ऐन कानुन बनाउने प्रकीया:

अध्यादेश (Ordinance)

अध्यादेश भनेको सहर वा गाँउजस्ता स्थानीय सरकारले लागू गरेको कानून वा नियम हो।

संसदको दुबै सदन को अधिवेशन नचलेको अवस्थामा कुनै ऐन कानुन निर्माण गर्नुपर्ने अवस्थामा मन्त्री परिषद्को सिफारिस मा राष्ट्र पतिले अध्यादेश जारी गर्ने व्यवस्था छ । अध्यादेश ले ऐन सरह काम गर्दछ । संसद को दुअबै सदन ले स्वीकार नगरेमा स्वत: निष्क्री य हुन्छ ।

 

व्यवस्थापिका कार्यहरू  (Functions of Legislature)

व्यवस्थापिकाले गर्ने प्रमुख कार्यहरु:

१.     कानुन निर्माण सम्बन्धी कार्य: व्यवस्थापिका को प्रमुख कार्य कानुन तर्जुमा  जना भावना र आवश्यक्ता अनुरुप कानुन तर्जुमा गर्नु हो ।सरकार ले पेस गरेको विधे यक को मस्यौदा व्यवस्थापिका ले पास गरेपछी मानुन बन्छ ।

२.     सरकार तथा मन्त्री मण्डल गठन:संसदिय व्यवस्था कायम भएको देश मा सरकार वा मन्त्री मण्डल को गठन गर्ने कार्य व्यवस्थापिका ले गर्छ ।

३.     आर्थिक नियन्त्रण सम्बन्धी कार्य: व्यवस्थापिकाले देशको सम्पुर्ण अर्थतत्न्त्र नियन्त्रण गर्दछ ।यसै गरी जनाता सँग कर उठाउने, कर बढाउने वा घटाउने लागयत कार्य गर्दछ । व्यवस्थापिकाले बजेट पारित नगरि कार्यन्वयन हुँदैन।

४.     कार्यपालिका वा सरकारको नियन्त्रण: सङ्घिय व्यवस्था मा सरकार को गठन व्यवस्थापिका बाट हुन्छ । त्यस्तैगरि, सरकार का कार्य हरुका सम्बन्धमा व्यवस्थापिकामा प्रश्न हारु सोधेर्, प्रस्ताव राखेर्, आलोचना गरेर, र अविश्वास को प्रस्ताव राखेर सरकार लाई नियन्त्रण गर्दछ ।

५.     न्यायिक कार्य :संसदले राष्ट्र प्रमुख, सर्बोच्च अदालतका प्रधानन्यायधिस, र न्यायधिस र संबैधानिक निकायका प्रमुख सदस्यहरु लाई महाअभियोगको निर्णय व्यवस्थापिका ले गर्दछ ।

६.     संविधान संसोधन स म्ब न्धी कार्य: संविधानमा उल्लेख भएको केही कुराहरु जनताको माग र समय परिस्थितिअनुसार   परिवर्तन गर्नुपर्ने हुन सक्छ। यसका लागि व्यवस्थापिकामा दुईतिहाइले सदस्यहरूको समर्थन बाट संसोधन गर्न सकिन्छ ।तसर्थ्, व्यवस्थापिका संविधान संसोधन को कार्य गर्छ ।

७.     प्राशासकिय कार्य: व्यवस्थापिकाले सरकार गठनको प्रक्रिया पूरा गर्ने, उस्तै परे सरकार विघटन गर्ने, सरकारलाई आफ्ना lकार्यहरुप्रति सचेत गराउने कार्य गर्दछ।

 

 

 

 

 

अति छोटो प्रश्नहरु:

१.      व्यवस्थापिका :व्यवस्थापिका जनताका निर्वाचित प्रतिनिधिहरुबाट बनेको सरकारको कानुन बनाउने  एउटा अंग हो।

२.     प्रतिनिधी सभाको गठन कसरी गरिन्छ ? - प्रतिनिधी सभाको गठन  १६५ सदस्य प्रत्यक्ष प्रणालीबाट निर्वाचित र ११० सदस्य समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित गरी जम्मा  कुल २७५ सदस्यहरूबाट निर्वाचित हुन्छ ।

३.     पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली :पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली भनेको एउटा साधारण बहुमत मत प्रणाली निर्वाचनको एउटा प्रमुख विधि हो जसमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई विजयी घोषणा गरिन्छ। त्यसैले यसलाई सर्वाधिक मत प्राप्त गर्ने व्यक्तिको विजय’ (First Past The Post) भनिन्छ।

४.     राष्ट्रिय सभाको सदस्य कसरी निर्वाचित हुन्छन ?- राष्ट्रिय सभाको सदस्यहरु प्रत्येक राज्यबाट कम्तीमा ३ महिला, १ दलित र १ अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक रहेका ८-८ जना सदस्य गरी ५६ जना सदस्य हरु र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तिमा १ महिला रहेको ३ सदस्य गरी जम्मा ५९ जना सदस्यहरू निर्वाचित हुन्छन्।

५.     प्रतिनिधी र राष्ट्रिय सभा को सदस्य हुन को लागी चाहिने उमेर:- प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रियसभाका लागि ३५ वर्ष र स्थानीय तहका लागि २१ बर्ष पूरा भएको हुनुपर्ने।

६.     विधेयक भनेको के हो ? यो कसरी कानुन बन्छ ? - -      विधेयक भनेको संसदमा पारित गर्नका लागि प्रस्तुत गरिएको कानुनी मसयौदा हो ।दुबै सदनबाट विधेयक पारित भएपछी प्रमाणिकरण कालागी राष्ट्र पतिसमक्ष पठाइन्छ । राष्ट्रपति ले प्रमाणिकरण गरेपछी विधेयकलाई ऐन वा कानुन बन्छ ।

७.     अविश्वासको मत(No Confidence Moation):अविश्वास प्रस्ताव (वैकल्पिक रूपमा अविश्वासको मत) संसदीय प्रक्रियामा पारम्परिक रूपमा विपक्षीद्वारा (कुनै अवस्थामा सरकारलाई समर्थन दिएको दलबाट नै) संसदमा सरकारलाई गिराउने वा कमजोर गर्ने उद्देश्यले पेश गरिने एक संसदीय प्रस्ताव हो।

८.     मन्त्रीमण्डलका सदस्यहरु किन व्यवस्थापिका प्रती जवाफदेही हुन्छन ? - मन्त्री मण्डलका सदस्य हरु व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छन् किनभने उनीहरूले कानुन प्रस्ताव गर्ने र कार्यान्वयन गर्ने गर्दछन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ:२

सङ्घिय कार्यपालिका (Federal Executive)

 

जनप्रतीनिधिले तर्जुमा गरेको कानुनको कार्यन्वयनगर्ने अङ्गलाई कार्यपालिका भनिन्छ ।

कार्यपालिकलाई सरकार वा मन्त्रीपरिषद पनि भन्ने गरिन्छ। कार्यपालिका अन्तर्गत राष्ट्रप्रमुख वा राष्ट्रपति,सरकार प्रमुख वा प्रधानमन्त्री, मन्त्री, निजामती सेवा, सेना, प्रहरी जस्ता निकायहरु पर्दछन ।नेपालको संविधान अनुसार नेपालको कार्यकारी अधिकार मन्त्रीपरिषदमा रहने व्यवस्था छ ।

नेपालमा सङ्घिय प्रणाली अनुसार तीन तहको संरचनाको व्यवस्था रहेको छ: केन्द्रमा सङ्घिय कार्यपालिका, प्रदेशमा प्रदेश कार्यपालिका र स्थानिय तह अन्तर्गत स्थानिय कार्यपालिका(गाँउपालिका र नगरपालिका) को व्यवस्था गरिएको छ ।

 

नेपाल मा कार्यपालिका स म्ब न्धी व्यवस्था:

नेपाल को संविधान को भाग ७ मा सङ्घीय कार्य पालिकाको व्यवस्था गरिएको छ । नेपाल मा तीन तहको कार्यपालिका सरकार को व्यवस्था:

१ सङ्घ - मन्त्रीपरिषद्

२ प्रदेश - प्रदेश परिषद्

३ स्थानिय तह - गाँउ कार्यपालिका (गाँउ पालिका) र नगर कार्यपालिका (नगर पालिका)

नेपाल को संविधानको धारा ७५ मा "नेपाल को कार्यकारिणी अधिकार यो संविधान र कानुन बमोजिम मन्त्रीपरिषद मा निहित हुनेछ ।"

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नेपालको संविधान, २०७२ अनुसार नेपालमा ३ तहका कार्यपालिका

संघीय कार्यपालिका

प्रदेश/ राज्य कार्यपालिका

स्थानीय कार्यपालिका

१. प्रावधान भाग-७ मा

२. संघीय मन्त्रिपरिषद् वानेपाल सरकारको रूपमा चिनिन्छ।

३. यसको नेतृत्व प्रधानमन्त्रीले गर्दछ।

४. प्रमुख कार्यकारीले राष्ट्रपति समक्ष पद र गोपनीयताको शपथ लिन्छ।

५. यो सम्पूर्ण देशको सामान्य प्रशासनको लागि जिम्मेवारछ।

१. प्रावधान भाग-१३मा

२. राज्य मन्त्रिपरिषद वा राज्य सरकारको रूपमा चिनिन्छ।

३. यसको नेतृत्व मुख्यमन्त्रीले गर्ने हो ।

४. प्रमुख कार्यकारीले राज्य प्रमुख समक्ष पद र गोपनीयताको शपथ लिन्छ।

५. यो विशेष राज्य को प्रशासन को लागी जिम्मेवार छ।

१.    प्रावधान भाग-१७मा

२.    गाउँ कार्यपालिका / नगर कार्यपालिकाको रूपमा चिनिन्छ।

३.    यसको नेतृत्व अध्यक्ष/ मेयरले गर्दछ।

४.    प्रमुख कार्यकारीले सम्बन्धित स्थानीय निकायका प्रमुख निर्वाचन अधिकृत समक्ष पद र गोपनीयताको शपथ लिन्छ।

५.    यो सम्बन्धित गाउँनगरपालिकाको प्रशासनको लागि जिम्मेवार छ।

 

 

सङ्घीय कार्यपालिका गठन प्रक्रीया:

नेपाल को संविधान को धारा ७६ मा मन्त्रीमण्डल को गठन स म्ब न्धी व्यवस्था रहेको छ ।

व्यवस्था १: प्रतीनइधी सभाको कुनै एक दल ले स्पष्ट बहुमत (५१ प्रतिसत) ल्याएमा त्यही दल को नेताअ लाई प्र धान मन्त्री मा नियुक्त गर्ने र निज को अध्यक्षता मा  मन्त्री परिषद को गठन हुने । यसलाई बहुमत को सरकार वा एक पार्टी को सरकार भन्ने गरिन्छ ।

व्यवस्था २: प्रती निधी सभामा कुनै पनिदलको स्पष्ट बहुमत नरहेको अवस्था मा  दुइ व दुइ भन्दा बढी दल को समर्थन प्राप्त गर्न सक्ने प्रती निधी सभा को सदस्य लाई राष्ट्र पतिले प्रधान मन्त्री नियुक्त गर्ने व्यवस्था छ । यसलाई मिली जुली वा संयुक्त सरकार भनिन्छ ।

व्यवस्था ३: प्रती निधी सभा निर्वाचन को अन्तिम परिणाम आएको ३० दिन भित्र एक पार्टीको सरकार पनि बन्न नसक्ने र संयुक्त सरकार पनि बन्न नसकेमा अल्प्मत को सरकार बन्छ ।प्रती निधी सभा मा जुन दल कोब सबै भन्दा बढी सदस्य रहन्छन त्यही दलसंसदीय को नेता लाई राष्ट्र पतिले प्र धान मन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

 

 

 

 

विश्वासको मत र अविश्वासको मत

नेपालको सन्दर्भमा विश्वासको मत एउटा संसदीय प्रक्रिया हो जसमा प्रधानमन्त्री वा प्रदेशका मुख्यमन्त्रीले पदमा कायम रहन नियुक्त भएको ३० दिन भित्र व्यवस्थापिकाबाट वा प्रती निधी सभा को बहुमत सदस्यको विश्वासको मत पाउनु पर्छ । सदनमा बहुमत ल्याउने सरकारको क्षमताको बारेमा शंका हुँदा यो सामान्यतया गरिन्छ। त्यसो गर्न नस्के प्र धान मन्त्री पद मुख्त हुन्छन र विश्वास को मत पाउने आधार प्रस्तुत गर्ने सदस्य प्र धान मन्त्री हुन्छन तर उक्त प्र धान मन्त्री ले पनि विश्वास को मत प्राप्त गर्न नसकेमा राष्ट्र पती ले प्रती निधी सभा विघटन गरेर अर्को ६ महिना भित्र प्रती निधी सभाको नयाँ निर्वाचन को मिति तोक्न सक्छन ।

 

अर्कोतर्फ, अविश्वासको प्रस्ताव एक संसदीय प्रक्रिया हो जहाँ विपक्षी दल वा विधायकहरूको समूहले सत्तारूढ सरकारमाथि आफ्नो अविश्वास व्यक्त गर्न प्रस्ताव पेश गर्दछ। प्रस्ताव बहुमतले पारित भएमा सरकारले सदनको विश्वास गुमाएको मानिन्छ र प्रधानमन्त्री वा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ। सरकारको नीति र कार्यसम्पादनलाई प्रतिपक्षले चुनौती दिने यो एउटा माध्यम हो ।

 

 

कार्यपालिकाका कार्यहरू

क)    प्रशासनिक कार्य:

-          कार्यपालिकाको प्रमुख कार्य कानुन को कार्यन्वयन गर्नु हो ।

-          यसले राज्यको प्रशासनसँग सम्बन्धित सबै महत्त्वपूर्ण नियुक्तिहरू गर्दछ।

-          यसले देश मा शान्तिसुव्यवस्था कायम गर्ने र सुशासन गर्ने कार्य गर्दछ ।

-          यसले शान्ति सुव्यवस्था कायम गर्ने, नीति निर्माण गर्ने र निर्देशन दिने कार्य गर्दछ।

-          यसले कर्म चारी, सेना, प्रहरी आदिपरिचालन गर्दछ ।

ख)   कूटनीतिक कार्य :

-          कार्य पालिकाले वैदेशिक नीतितर्जुमा गरी वैदेशिक स म्ब न्ध विस्तार्, कोटनीतिक पदमा नियुक्ती सन्धिसम्झौता स म्ब न्धी कार्य हरु गर्दछ ।

-          यसले राजदुत हरु को नियुक्तिगर्ने, अन्तर राष्ट्री य निकाय मा राष्ट्र को तर्फ बाट प्रतिनिधित्व गर्ने, अन्तर राष्ट्रीय अ सन्धिर सम्झौता हरु मा हस्ताक्षर गर्ने, वैदेशिक स म्ब न्ध प्रगाढ राख्ने, पर राष्ट्र मन्त्रालयको स्थापना गर्ने आदिकार्यहरु गर्ने गर्दछ । 

ग)    आर्थिक व्यवस्थ्यापन सम्बन्धी कार्य:

-          कार्यकारी निकायले वार्षिक आर्थिक बजेट तयार गर्छ र आवधिक योजना पनि यसले तयार गर्छ ।

-          यसले कर निर्धारण गर्ने, कर संकलन गर्ने, राजस्व परिचालन गर्ने, अन्य देशबाट ऋण लिने आदि कार्य गर्ने गर्दछ ।

घ)    सेना सम्बन्धी कार्यहरु:

-          वैदेशिक आक्रमण, सीमा अतिक्रमण, बाह्य हस्तक्षेपबाट देशलाई जोगाउन सेना परिचालन गर्ने कार्य पालिकाको प्रमुख कार्य हो ।

-          नेपाल को संविधान बमोजिम मत्रीपरिषद को सिफारिसमा राष्ट्रपतिबाट सेना परिचालन गर्ने व्यवस्था छ ।

ङ)    व्यवस्थापिका र न्यायिक कार्यहरू:

-          कार्यपालिकाले संसदको बैठकमा विधेयक पेस गर्ने र संसदको अधिवेशन नभएको बेला अध्यादेश जारी गर्ने जस्ता विभिन्न व्यवस्थापिकीय कार्यहरू गर्दछ।

-          त्यसैगरी, यसले  न्यायपालिकाले तोकेको सजायलाई माफी दिन वा न्यूनीकरण गर्ने जस्ता न्यायिक कार्य पनिगर्ने गर्दछ ।

 

 

गाउँ कार्यपालिका र नगर कार्यपालिका

 

गाउँ कार्यपालिका

नगर कार्यपालिका

§  अध्यक्ष प्रमुख कार्यकारी

§  उपाध्यक्ष

§  वडा अध्यक्षहरु

§  गाउँ सभाबाट आफू मध्येबाट निर्वाचित ४ जना महिला सदस्य

§  गाउँ सभाबाट निर्वाचित दलित वा अल्पसंख्यक समुदायबाट २ जना सदस्य।

§  मेयर - प्रमुख कार्यकारी

§  उप मेयर

§  वडा अध्यक्षहरु

§  नगर सभाबाट निर्वाचित ५ जना महिला सदस्यहरु

§  नगरपालिका सभाबाट निर्वाचित दलित वा अल्पसंख्यक समुदायबाट ३ जना सदस्य

 

 

राष्ट्रीय सुरक्षा परिषद गठन प्रक्रीया (धारा - २५६)

१ प्रधानमन्त्री – अध्यक्ष्

२ नेपाल सरकारका रक्षामन्त्री - सदस्य

३ नेपाल सरकारका गृहमन्त्री - सदस्य

४ नेपाल सरकारका परराष्ट्र मन्त्री -सदस्य

५ नेपाल सरकारको अर्थ मन्त्री - सदस्य

६ नेपाल सरकारको मुख्य सचिव - सदस्य

७ प्रधान सेनापती नेपाली सेना- सदस्य

 

 

 

 

 

 

 

 

 

अति छोटो प्रश्नहरु:

१.     कार्यपालिका:कार्यपालिका:जनप्रतीनिधिले तर्जुमा गरेको कानुनको कार्यन्वयनगर्ने अङ्गलाई कार्यपालिका भनिन्छ ।

२.     सङ्घियकार्यपालिकाको वर्तमान अध्यक्षको नाम:नेपालमा संघीय कार्यपालिकको अध्यक्ष हुँदैन। नेपालको कार्यकारी शक्ति प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मन्त्रिपरिषदमा निहित छ। नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल हुन् ।

३.     नेपाली सेनाको सर्वोच्च कमाण्डर इन चिफ को हुने व्यवस्था छ ?- राष्ट्र पतिले मन्त्री परिषद को सिफारिस मा नेपाली सेनाको सर्वोच्च कमाण्डर इन चिफ हुने व्यवस्था छ । हाल का नेपाली सेनाको सर्वोच्च कमाण्डर इन चिफ जनरल प्रभुराम शर्मा हुन ।

४.     मिलीजुली सरकार : प्रतीनिधी सभामा कुनै पनिदलको स्पष्ट बहुमत नरहेको अवस्थामा  दुइ व दुइ भन्दा बढी दलको समर्थन प्राप्तगर्न सक्ने प्रतीनिधी सभाको सदस्यलाई राष्ट्रपतिले प्रधान मन्त्री नियुक्तगर्ने व्यवस्था छ । यसलाई मिलीजुली वा संयुक्त सरकार भनिन्छ ।\

५.     विश्वासको मत भनेको के हो ? कसरी नियुक्त प्रधान मन्त्रीले संसद बाट विश्वासको मत प्राप्त गर्नुपर्छ ?नेपालको सन्दर्भमा विश्वासको मत एउटा संसदीय प्रक्रिया हो जसमा प्रधानमन्त्री वा प्रदेशका मुख्यमन्त्रीले पदमा कायम रहन नियुक्त भएको ३० दिन भित्र व्यवस्थापिकाबाट वा प्रती निधी सभा को बहुमत सदस्यको विश्वासको मत पाउनु पर्छ । सदनमा बहुमत ल्याउने सरकारको क्षमताको बारेमा शंका हुँदा यो सामान्यतया गरिन्छ। त्यसो गर्न नसके प्रधानमन्त्री पद मुख्त हुन्छन र विश्वास को मत पाउने आधार प्रस्तुत गर्ने सदस्य प्रधान मन्त्री हुन्छन तर उक्त प्रधान मन्त्रीले पनि विश्वास को मत प्राप्त गर्न नसकेमा राष्ट्रपती ले प्रतीनिधी सभा विघटन गरेर अर्को ६ महिना भित्र प्रती निधी सभाको नयाँ निर्वाचन को मिति तोक्न सक्छन।

६.     सङ्घिय मन्त्रीमण्डल मा बढिमा कती जना रहने व्यवस्था छ ? -संविधान अनुसार सङ्घिय मन्त्रीमण्डल मा बढीमा २५ जना मात्रै मन्त्री बनाउन पाइने व्यवस्थाका

७.     राष्ट्रीय सुरक्षा परिषदको  मुख्य कार्य - मुलुक को समग्र राष्ट्रिय हित, सुरक्षा, प्रती रक्षा स म्ब न्धी निती तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने ।

८.     राष्ट्रीय सुरक्षा परिषद को अध्यक्ष को हुने व्यवस्था छ? - प्र धान मन्त्री

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ३ न्यायपालिका (Judiciary)

न्यायपालिका राज्यका तीन प्रमुख अङ्ग मद्धे एउटा हो जसले न्याय सम्पादन गर्ने,कानुनको व्याख्या गर्ने, न्यायिक पुनरावलोकन गर्ने, मौलिक हक हरुको संरक्षण गर्ने र मानव अधिकार को  संरक्षण गर्ने कार्य गर्दछ ।

न्यायपालिका न्याय सम्पादन गर्ने निकाय हो।कानुनको व्यख्यागरी वैधता स्थापितगर्ने काम न्यायपालिका ले गर्दछ । 

न्यायपालिकालाई संविधानको संरक्षक भनिन्छ । किन ?

न्यायपालिकालाई देहायका कारणले संविधानको संरक्षक भन्ने गरिन्छ:

-         यसले संविधानको व्याख्या गरेर,  संविधानको माध्यम बाट उपाय हरु निकालेर र यस मार्फत सजाय दिएर संविधानको संरक्षण र प्रवर्द्धन गर्दछ।

-         न्यायपालिका कमजोर वा स्वतन्त्र नभएको राष्ट्रमा जनताले द्वन्द्व, झगडा र अन्याय भोग्न बाध्य हुन्छन ।

-         यसले द्वन्द्व समाधान गर्छ, राष्ट्रको कानुन उल्लंघन गर्ने व्यक्तिलाई सजाय दिन्छ, संविधानको व्याख्या गर्छ र सरकारका अन्य अंगहरू जस्तै कार्यपालिका र व्यवस्थापिकाको गतिविधि जाँच गर्दछ।

-         यो एउटा संविधानको व्याख्या गर्ने र जनताको मौलिक हकको रक्षा गर्ने प्रामाणिक निकाय हो ।

नेपालमा न्यायपालिकाको संरचना (तीन तहका अदालत)

 

 

क) सर्वौच्च अदालत:

-         सबै भन्दा माथिल्लो तहको अदालत्

-         अभिलेख अदालत पनि भन्ने गरिन्छ ।

-         सबै अदालत र न्यायिक निकायहरु सर्वौच्च अदालतको मातहतमा हुन्छन ।

-         प्रधान न्यायाधिश, अतिरिक्त बढीमा २० जना न्यायाधिशहरु यस अदालतमा रहने  कानुनी प्रावधान छ।

-          

सर्वोच्च अदालतले गर्ने प्रमुख कार्यहरू:

-         देशका सबै जिल्ला तथा उच्च अदालतहरुलाई निती निर्देशन दिने ।

-         जिल्ला तथा उच्च आदालतबाट आएको मुद्दाको अन्तिम फैसला दिनु ।

-         कानुन सम्बन्धी महत्वपूर्ण तथा प्रमाणहरूको अभिलेख (रेकर्ड) राख्नु ।

-         कानुनमा नलेखिएका विषयअन्तर्गतका मुद्दाहरु फैसला गरेर नजिर निर्माणगर्नु आदि।

-         आवश्यकता परेको बेला कार्यपालिका व्यवस्थापिका लगायत अन्य संवैधानिक निकायहरुलाई कानुनी सल्लाह दिनु ।

 

 

प्रधान न्यायाधीश  र अन्य न्यायाधिशको योग्यता र पदावधि:

-         प्रधान न्यायाधीश बन्न सर्वोच्च अदालतको न्यायाधीशको रूपमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने र  न्यायाधीशको पदावधि ६ वर्षको हुने।

-         कानुनमा स्नातक (Bachelor) पास गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको रूपमा कम्तीमा ५ वर्ष काम गरेको ।

-         कानुनमा स्नातक पास गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको र विशिष्ट कानुनविद्को रूपमा ख्याति पाएको ।

-         न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी (Gazetted First Class) वा त्योभन्दा माथिल्लो पदमा कम्तीमा १२वर्ष काम गरेको ।

-         सर्वोच्च अदालतको प्रधान न्यायाधीश वा न्यायाधीश बन्न नेपाली नागरिक हुनुपर्छ ।

-         प्रधान न्यायाधीश र अन्य न्यायाधीशको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुन्छ ।

 

 

प्रधान न्यायाधीश  र अन्य न्यायाधीश पदमुक्त हुने अवस्था:

-         निजले राष्ट्रपतिसमक्ष राजीनामा दिएमा,

-         ६५ वर्ष उमेर पूरा भएमा,

-         नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएमा,

-         शारीरिक वा मानसिक रूपमा कार्यसम्पादन गर्न असमर्थ भएमा

-         सम्बन्धित निकायको सिफारिसमा राष्ट्र पतिले पदमुक्त गरेमा,

-         निजको मृत्यु भएमा आदि ।

 

महाअभियोग (Impeachment):

उच्च पदस्त अधिकारीलाई कार्यपालिका व अन्य निकाय द्वारापदको दुरुपायोग गरेको भनी लगाइने आरोपलाई महाअभियोग भनिन्छ ।

निम्न अवस्थामा प्रधान न्यायाधीश र न्यायाधीशलाई महाअभियोगबाट पद मुक्त गर्न सकिन्छ:

-         संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको,

-         कार्यक्षमताको अभाव भएको,

-         आफ्नो पदीय कर्तव्य इमानदारीपूर्वक निर्वाह नगरेको,

-         आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको ।

-         प्रतिनिधि सभाका एक चौथाइ (२५ प्रतिशत) सदस्यले महाअभियोग प्रस्ताव पेस गर्न सक्छन् । तत्काल कायम रहेका अदालतका तिहाइ सदस्यले पारित गरेमा प्रधान न्यायाधीश वा न्यायाधीश पदमुक्त हुन्छन् ।

 

 

ख) उच्च अदालत् (High Court)

-         संविधानको धारा १३९ मा उच्च अदालतको व्यवस्था भएको

-         हरेक प्रदेशमा एक उच्च अदालत रहने व्यवस्था

नियुक्ति: उच्च अदालतका न्यायधिश को नियुक्ती न्याय परिषद्को सिफारिस मा प्र धान न्यायधिशले गर्ने गर्दछन ।

योग्यता:

-         कानुनमा स्नातक उपाधि प्राप्तगरी जिल्ला न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको,

-         कानुनमा स्नातक उपाधि प्राप्तगरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको,

-         कम्तीमा १० वर्ष कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर काम गरेको,

-         न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कम्तीमा ५ वर्ष काम गरेको नेपाली नागरिक उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिन्छ ।

 

ग) जिल्ला अदालत

-         एक जिल्लामा एक अदालत रहने व्यवस्था

-         जिल्ला अदालतको न्यायाधिशको नियुक्ती न्याय परिषद को सिफारिस मा प्र धान न्यायधिश बाट हुने व्यवस्था छ ।

-         जिल्ला अदालत ले आफ्ना मातहत का न्यायिक निकाय हरुको निरीक्षण एंव सुपरिवेक्षण गर्न र आवश्यक निर्देशन दिने कार्य गर्छ ।

 

 

 

न्याय पालिकाका प्रमुख कार्यहरु:

क)   न्यायिक कार्य:

न्यायापालिकाको प्रमुख कार्य नागरिकलाई प्रचलित कानुन अनुसार न्याय प्रदान गर्नु र अपराधीलाई दण्ड दिनु हो । यसको साथ साथै, कानुन बमोजिम निर्दोषलाई क्षतिपुर्ती पनि प्रदान गराउने कार्य गर्छ ।

ख)  कानुनको व्याख्या गर्ने:

यसले व्यवस्थापिकाले बनाएको कानुनको आवश्यक्ता अनुरुप व्याख्यागर्ने र नजिर स्थापित गर्ने कार्य गर्दछ ।

ग)   कानुनी परामर्ष दिने कार्य:

न्यायपालिकाले अन्य अङ्गहरु जस्तै कार्यपालिका र व्यवस्थापिका लाई कानुनी सल्लाह सुझाव र परामर्शदिने कार्य गर्दछ ।

घ)   नागरिकको हक अधिकारको संरक्षण गर्ने:

संविधानले व्यवस्था गरेको नागरिकका हक र अधिकारहरुको संरक्षण गर्ने कार्य गर्दछ ।

ङ)   नजिर स्थापितगर्ने कार्य:

कानुनमा उल्लेख नभएका मुद्दाहरुको निर्णय गर्ने अधिकार न्यायधिश लाई आफ्नो विवेक प्रयोग गरी निर्णय गर्ने  दिएको हुन्छ । यस्ता निर्णय लाई नजिर भनिन्छ । यी यस्ता भविष्यमामा आइपर्ने  मुद्दा हरुमा नजिर लाई मुख्य श्रोतको रुपमा राख्ने गरिन्छ ।

 

 

सरकारका अंगहरू बीचको चेकजाँच र सन्तुलन

-         राज्यका अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका स्वतन्त्र र अन्तरसम्बन्धित छन् । तिनीहरूले चेकजाँच र सन्तुलनको सिद्धान्त अनुसार काम गर्छन्।

-         व्यवस्थापिकाले कानून बनाउँछ, कार्यपालिकाले कार्यान्वयन गर्छ र न्यायपालिकाले कानूनको व्याख्या र आम जनताको मौलिक हकको संरक्षण गर्छ ।

-         व्यवस्थापिकाले कार्यपालिका बनाउँछ, त्यसलाई विघटन गर्न सक्छ, त्यसका खराब कामहरू विरुद्ध चेतावनी दिन र प्रश्न उठाउन सक्छ, र वार्षिक बजेट पारित गर्दछ। कार्यपालिकाले अधिवेशन स्थगित गर्ने र अध्यादेश जारी गरेर व्यवस्थापिकाको पनि जाँच गर्छ।

-         व्यवस्थापिकाले न्यायाधीशहरूको नियुक्तिलाई अनुमोदन गरेर वा उनीहरूको कमजोर भूमिका र जिम्मेवारीको लागि हटाउन न्यायपालिका जाँच गर्दछ। त्यसैगरी, न्यायपालिकाले पनि विरोधाभासी कानून निर्माणका लागि व्यवस्थापिकासँग स्पष्टीकरण माग्न सक्छ ।

व्यवस्थापिका

                                                               

चेकजाँच

सन्तुलन

 

 

 

 

 

 

 

                                                              

                                                    

                                                                                                                   

कार्यपालिका                                                                                          न्यायपालिका

 

-         न्यायपालिकाले घोषणा गरेको सजाय कार्यपालिकाले माफ गर्न सक्छ । न्यायपालिकाले कार्यपालिकाको निर्णय कानुनविपरीत भएमा रोक लगाउने आदेश (Stay Order) पनि दिने गर्दछ ।

 

 

संवैधानिक परिषद् (Constitutional Council)

. प्रधानमन्त्री - अध्यक्ष

. प्रधानन्यायाधीश - सदस्य

. प्रतिनिधि सभाका सभामुख  - सदस्य                                                         

. राष्ट्रिय सभाको अध्यक्ष सदस्य

. संसदमा विपक्षी दलको नेता- सदस्य

. प्रतिनिधि सभाको उपसभामुख- सदस्य

 

न्यायिक परिषद् (Judicial Council)

१.    प्रधानन्यायाधीश - अध्यक्ष

२.    संघीय कानून तथा न्याय मन्त्री - सदस्य

३.    सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश -सदस्य

४.    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत एकजना न्यायविद - सदस्य

५.    नेपाल बार एसोसिएसनको सिफारिसमा अध्यक्षबाट नियुक्त हुने कम्तीमा बीस वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता - सदस्य

 

 

 

 

 

 

 

 

अति छोटो प्रश्नहरु:

१.     न्यायपालिका:न्यायपालिका राज्यका तीन प्रमुख अङ्ग मद्धे एउटा हो जसले न्याय सम्पादन गर्ने, कानुनको व्याख्या गर्ने, न्यायिक पुनरावलोकन गर्ने, मौलिक हक हरुको संरक्षण गर्ने र मानव अधिकार को  संरक्षण गर्ने कार्य गर्दछ ।

२.     न्यायपालिका लाई किन कानुनको संरक्षक भनिन्छ ?--           किनकी यसले संविधानको व्याख्या गरेर,  संविधानको माध्यम बाट उपाय हरु निकालेर र यस मार्फत सजाय दिएर संविधानको संरक्षण र प्रवर्द्धन गर्दछ।

३.     सर्वोच्च अदालतको प्रधान न्यायधिश हुन कस्तो व्यक्तियोग्य हुने नियम छ ?-सर्वोच्च अदादत को न्यायधिश भएर कम्तिमा ३ वर्ष काम गर्केओ व्यक्ती प्रधान न्यायधिस को पदमा नियुक्त हुने योग्य नियम रहेको छ ।

४.     सर्वोच्च अदालतको वर्तमान  प्रधान न्यायधिशको नाम: हरिकृष्ण कार्की  -पदावधि ६ वर्षको हुने।

५.     पुनरावलोकन/ न्यायिक पुनरावलोकनभनेको के हो ? -न्यायिक पुनरावलोकन भनेको न्यायपालिकाको त्यस्तो अधिकार हो जसले विधायिकाद्वारा निर्माण गरिएका कानुन सो कानुन बमोजिम बनाइएका नियमहरू तथा प्रशासनिक निकायबाट भए गरेका निर्णय तथा कार्यहरूको वैधानिकता परीक्षण गरिन्छ।

६.     उच्च अदालत र जिल्ला अदालतका न्यायधिसको नियुक्ती कसले नियुक्त गर्छ ? - प्रधान न्यायधिशले न्याय परिषदको सिफारिसमा उच्च अदालत र जिल्ला अदालतको न्यायधिशको नियुक्ती गर्छ ।

७.     शक्ति पृथकीकरण भनेको के हो ? -राज्य संयन्त्रको शक्ति प्रयोग गर्ने अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलग अलग रहने, यी अङ्गवीच शक्ति र अधिकारको बाँडफाँड हुने, यी अङ्गले आआफ्नो शक्ति र अधिकार आआफ्नो सीमाभित्र रही स्वतन्त्रतापूर्वक प्रयोग सिद्धान्तलाई शक्ति पृथकीकरण भनिन्छ।

८.     राज्यको विधायिकी शक्ति भनेको के हो ? - राज्यको विधायिकी शक्ति भनेको व्यवस्थापिकीय शक्तिहो जसले कानुन निर्माण गर्ने र सरकारका कार्म कार्यवाही लाई निगरानी गर्ने गर्छ ।

९.     कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मा कुन कुन शक्ती निहित हुन्छन ?

·         कार्यपालिका- कानुनलाई व्यवाहारमा लागुगर्नु

·         न्यायपालिका- नागरिकलाई प्रचलित कानुन बमोजिम न्यायप्रदान गर्नु

·         व्यवस्थापिका- कानुन निर्माण गर्ने

१०.           शक्तिसन्तुलन र नियन्त्रण:सरकारका ३ अङ्गहरु आ-आफुले प्राप्त गरेको अधिकार को अधिकार को सही र इमान्दारी पुर्वक कार्य गरुन भनेर  यी अङ्ग हरु बिच शक्तिसन्तुलन  र नियन्त्रण को समेत संविधान व्यवस्था गरिएको छ जसलाई शक्तिसन्तुलन र नियन्त्रण भनिन्छ ।

११.   महाअभियोग (Impeachment):उच्च पदस्त अधिकारीलाई कार्यपालिका व अन्य निकाय द्वारापदको दुरुपायोग गरेको भनी लगाइने आरोपलाई महाअभियोग भनिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ४ राजनीतिक दल (Political Parties

 

 

राजनीतिक दलको परिचय र पृष्ठभूमि

जनताको अधिकार प्रत्याभूत गर्नका लागी सङ्गठित आवाजको आवश्यक्ता हुने भएकोले  जनताको सङ्गठनको रुपमा राजनीतिक दलहरुको गठन गर्ने गरिन्छ।

अब्राहम लिङ्कनले लोकतन्त्रलाई जनताको शासन भनेका छन् । जनअपेक्षित सत्ता सञ्चालन गर्न लोकतन्त्र चाहिन्छ । लोकतन्त्र त्यस वेला सम्भव हुन्छ, जहाँ राजनीतिक दलको सार्थक उपस्थिति रहन्छ ।

निश्चित सिद्धान्त, मूल्यमान्यता र दर्शनमा आधारित राजनीतिक उद्देश्य प्राप्तिका लागि खोलिएको सगठनलाई राजनीतिक दल भनिन्छ ।

-         नेपालमा सर्वप्रथम वि. सं. १९९३ साल जेष्ठ २० गते प्रजा परिषद् नामक राजनीतिक दलको स्थापना

-         वि. सं. २००५ सालमा नेपाली काङ्ग्रेसको स्थापना

-         वि. सं. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना

पञ्चायतकालीन ३० बर्से अवधिमा पनि राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको थियो ।

२०४६ सालको जनआन्दोलनपछि पञ्चायती व्यवस्थाको अन्त्यसँगै दलमाथिको प्रतिबन्ध हट्यो । त्यसपछि नेपालमा राजनीतिक दलहरू उल्लेख्य रूपमा अस्तित्वमा आए ।वि. सं. २०६१ मा राजा ज्ञानेन्द्र शाहको शासनको समयमा पनि दलहरूमाथि प्रतिबन्ध लगाइयो । वि.सं. ०६२/०६३ को दोस्रो जनआन्दोलनबाट गणतन्त्रको स्थापना भयो । तत्पश्चात् विभिन्न राष्ट्रिय तथा क्षेत्रीय दलको स्थापना भयो।

 

नेपालको संविधानमा राजनीतिक दल दर्तासम्बन्धी निम्न व्यवस्था गरिएको छ

क)   दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने

ख)  घोषणा पत्रसहितको आवेदन

ग)    दलको झण्डा र चिन्हको नमुना

घ)   कम्तिमा ५०० जना मतदाताले दलको सदस्यता लिने गरेको प्रतिवद्धता  र उनिहरुको नागरिकता वा मतदाता परिचय पत्रको प्रतिलिपी र कम्ती मा एक्काइस सदस्यीय केन्द्रीय समिति

ङ)   लोगो, छाप र चुनाव चिन्ह

च)   कम्तीमा पाँच वर्षमा एक पटक सो दलको सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने

छ)  दलका विभिन्न तहका समितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने

ज)   राजनीतिक दलको नाम र त्यसको केन्द्रीय कार्यालयको ठेगाना

झ)  राजनीतिक दलको कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य

ञ)   पदाधिकारीको नाम र ठेगाना

ट)    राजनीतिक दलको आय श्रोतको कोष  र सो जुटाउने श्रोतको विवरण

 

राजनीतिक दलका कार्यहरू:

-         राजनीतिक दलहरूले मजदुर, किसान, विद्यार्थी र महिलाहरू जस्ता समाजका विभिन्न वर्गहरूको हित र आकांक्षाको प्रतिनिधित्व गर्छन्।

-         राजनीतिक दलहरूले चुनाव को माध्यम बाट शासन व्यवस्था कायम गर्दछन ।

-         राजनीतिक दलहरूले शिक्षा, स्वास्थ्य, आर्थिक विकास र वैदेशिक सम्बन्ध जस्ता विभिन्न विषयमा नीति तथा कार्यक्रम निर्माण गर्छन्।

-         राजनीतिक दलहरूले सरकारलाई आफ्ना कार्यहरूका लागि जवाफदेही बनाउँछन् र नागरिकहरूलाई आफ्ना सरोकारहरू सुनाउन मञ्च प्रदान गर्छन्।

-         राजनीतिक दल हरुले जनाता को प्रतिनिधित्वको रुपमा शासन व्यवस्था लाई अगाडी बढाउछन ।

-         राजनीतिक दलहरूले आफ्ना समर्थकहरूलाई परिचालन गर्छन् र उनीहरूका कारणहरूको चेतना जगाउन र उनीहरूको एजेन्डा प्रवर्द्धन गर्न जुलुस, विरोध प्रदर्शन र अन्य गतिविधिहरू आयोजना गर्छन्।

-         राजनीतिक दलहरूले जनाताअ र सरकार बिच सम्पार्क माध्यम को सिर्जना गर्छन ।

-         राजनीतिक दलहरूले द्वन्द्व समाधान गर्न र शान्ति र स्थिरता प्रवर्द्धन गर्न भूमिका खेल्न सक्छन्।

-         राजनीतिक दलहरूले लोकतन्त्रलाई जिवन्त पार्ने, देशको विकास गर्ने, जनाता को हक अधिकार को सुरक्षा गर्ने, सामाजिक सदभाव र एकता कायम गर्ने, लोक कल्याणकारी कार्य गर्ने इत्यादिकार्य  गर्ने गर्दछन ।

समग्रमा, नेपालको राजनीतिक परिदृश्यलाई आकार दिन र लोकतान्त्रिक मूल्यमान्यता र सिद्धान्तहरूको प्रवर्द्धन गर्न राजनीतिक दलहरूको महत्त्वपूर्ण भूमिका हुन्छ।

 

जनमत संग्रह (Referendum):

जनमत संग्रह एक प्रत्यक्ष मतदान प्रक्री या हो जसमा सम्पूर्ण मतदातालाई दुइ वा दुइ भन्दा बढी विकल्प मद्धे कुनै एकमा  निर्णय दिनका लागी जनाताअ हरुले निर्वाचन मा झै मत दिने कार्य हो ।

 

 

राष्ट्रीय दलहरु

वर्तमान सङ्घिय कानुन अनुसार संसदीय निर्वाचनका प्रत्यक्षतर्फबाट कम्तिमा १ निर्वाचन क्षेत्रबाट विजय भएको र समानुपातिक तर्फ जम्मा खसेको मतको कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको राजनीतिक दललाई राष्ट्रीय दल भनिन्छ ।

हाल अस्तित्वमा रहेका राष्ट्रिय दलहरु:

१.    नेपाली काङ्ग्रेस्

२.    नेपाल कम्युनिष्ट पार्टी (एमाले)

३.    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

४.    राष्ट्रिय स्वतन्त्र पार्टी

५.    राष्ट्रिय प्रजातन्त्र पार्टी

६.    जनातासमाज वादी पार्टी, नेपाल

७.    जनमत पार्टी

 

 

नेपालमा लोकतन्त्र स्थापनाको लागी राजनीतिक दलको भूमिका

(Roles of Political Parties in Establishment of Democracy in Nepal)

-         वि.सं. २००७ सालमा निरङ्कुश राणा शासन अन्त्य गर्न तत्कालीन राजनीतिक दल नेपाली काग्रेस, प्रजा परिषद र नेपाल कम्युनिष्ट पार्टीको सक्रिय भूमिका रहेको,

-         वि. सं. २०१५ सालमा भएको आम निर्वाचनमा दलहरूको सक्रिय सहभागिता, संसदीय निर्वाचनमा बहुमत प्राप्त र नेपाली काङ्ग्रेसको तर्फबाट विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपालको पहिलो जननिर्वाचित सरकार गठन्,

-         वि. सं. २०३७ सालमा भएको जनमत सङ्ग्रह (रेफेरेन्दुम्) मा सक्रिय रूपमा सहभागिता

-         वि.सं. २०४६ मा नेपाली काङ्ग्रेस र संयुक्त बाममोर्चाको संयुक्त आन्दोलन गरी बहुदलीय शासन व्यवस्था पुन:स्थापना गर्न महत्त्वपूर्ण भूमिका

-         वि.सं. २०४७ मा बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र, मौलिक अधिकार, आवधिक निर्वाचन जस्ता लोकतन्त्रका आधारभूत तत्त्वहरू भएको नेपाल अधिराज्यको संविधान , २०० जारी गर्न महत्वपूर्ण भूमिका

-         वि.सं. २०४८ सालमा संसदीय र वि. सं. २०४९ मा स्थानीय निकायको निर्वाचनमा सहभागिता, सरकार निर्माण र सञ्चालन

-         वि.सं. २०५१ र २०५६ मा निर्वाचनमा सहभागी भई सरकार गठन,

-         वि.सं. २०५८ मा राजाबाट निर्वाचित सरकारको विघटन र वि.सं. २०६१ मा राजाबाट आफैले राज्य सञ्च गरेपछि दलहरूबाट निरन्तर सङ्घर्ष,

-         वि.सं. २०६२/०६३ को जनआन्दोलनमा सात राजनीतिक दल र नेकपा माओवादीको संयुक्त प्रयासबाट जनताका

-         गुमेका अधिकारहरू पुनस्थापना गरी सार्वभौमसत्ता र राजकीय सत्ताको नेपाली जनतामा निहित, देशमा शान्ति

-         स्थापना ।

-         वि. . २०६४ र वि. सं. २०७० को संविधान सभाको निर्वाचनमा सहभागिता, जनतालाई अधिकार र कर्तव्यको बारेमा सचेत गराउन महत्त्वपूर्ण भूमिका ।

-         वि.सं. २०७२ मा जनताका प्रतिनिधिद्वारा लिखित नेपालको संविधान जारी ।

-         वि.सं. २०७४ र वि.सं. २०७९ को आम निर्वाचनमा सहभागी र सरकार गठन गरी जनताका हक र अधिकारहरूको संरक्षण र संवर्धनमा जोड ।

 

 

अति छोटो प्रश्नहरु:

१.          राजनीतिक दल:निश्चित सिद्धान्त, मूल्यमान्यता र दर्शनमा आधारित राजनीतिक उद्देश्य प्राप्तिका लागि खोलिएको सगठनलाई राजनीतिक दल भनिन्छ ।

२.          कस्तो राजनीतिक व्यवस्था लाई संसदीय व्यवस्था भनिन्छ ? - त्यस्तो राजनीतिक व्यवस्था लाई संसदीय व्यवस्था भनिन्छ जसमा व्यवस्थापिका,कार्यपालिका, र न्यायपालिका बिच शक्तिको बाँडफाँड संबैधानिक रुपमा गरिएको हुन्छ ।

३.          नेपाल प्रजा परिषदःनेपालमा सन् १९९३ मा स्थापना भएको पहिलो राजनीतिक दल हो।

४.          चुनावी घोषणापत्र / राजनीतिक दलको घोषणापत्र:कुनै पनि राजनीतिक दलको नीति, दृष्टिकोण र विचारका आधारमा निर्वाचन जितेर राष्ट्रको शासन सञ्चालन गर्ने दस्तावेज वा पुस्तिकालाई जनाउँछ।

५.          जनमत संग्रह :जनमत संग्रह एक प्रत्यक्ष मतदान प्रक्री या हो जसमा सम्पूर्ण मतदातालाई दुइ वा दुइ भन्दा बढी विकल्प मद्धे कुनै एकमा  निर्णय दिनका लागी जनताहरुले निर्वाचन मा झै मत दिने कार्य हो ।

६.          नेपालमा कस्तो प्रकार को राजनीतिक दल खोल्न पाइँदैन ?राज नीतिक दल जो देशको धार्मिक वा साम्प्रदायिक एकतामा खल ल वा देश लाई विखण्डन गर्ने प्रकृतिको भएमा खोल्न पाइने छैन ।

७.          नेपाललाई किन गणतान्त्रीक राष्ट्र भनिन्छ?-नेपाललाई गणतन्त्रात्मक राज्य भनेर चिनिन्छ किनभने यसको राज्य प्रमुखको रूपमा राजा नभएको हो। यसको सट्टा, नेपालको राष्ट्र प्रमुखको रूपमा राष्ट्रपति छ।



 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ६ निर्वाचन प्रक्रियार नागरिकको भूमिका (Election Process  and Roles of Citizens)

निर्वाचन : एक परिचय(Election: An Introduction)

निर्वाचन भनेको भोट हालेर जनप्रतिनिधि छान्ने लोकतान्त्रिक प्रक्रिया हो । यसले स्थानीय तह तथा राष्ट्रिय निकायका लागि उम्मेदवार छनोट गर्छ।अर्को शब्दमा भन्नु पर्दा, मतदाताले आफ्नो मताधिकार प्रयोगगरी प्रतीनिधिछान्ने तथा निर्णय प्रक्रीयामा सहभागी हुने प्रक्रीया नै निर्वाचन हो।

निर्वाचनको महत्त्व (Importance of Election):

-         सरकारलाई जवाफदेही बनाउन,

-         लोकतन्त्रको सुदृढीकरण गर्न,

-         शान्तिपूर्ण तरिकाले सरकार परिवर्तन गर्न,

-         लोकतन्त्रमा नागरिकको शासन व्यवस्था कायम गर्न,

-         आफूमा निहित अधिकारको उपयोग गर्न,

-         निरङ्कुश व्यवस्थाको अन्त्य गर्न,

-         सहभागितामूलक नीति निर्माण गर्न ।

 

निर्वाचन सम्बन्धी केहि विशिष्ट शब्दावलीहरु:

१.    निर्वाचन आयोग (Election Commision) :देश मा निर्वाचन संचालन गर्ने, रेखदेख गर्ने, निर्देशन गर्ने र नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी वहन गर्ने निकाय

२.    जिल्ला निर्वाचन कार्यालय (District Education Offices) :७७ औटै जिल्लामा रहेको जिल्ला स्तरीय  निर्वाचन कार्यालयहरु जसले मतदाता नामावली अध्यावधिक गर्ने, निर्वाचन संचालन गर्ने तथा निर्वाचन गराउने जस्ता काम गर्ने गर्छन ।

३.    निर्वाचनअधिकृत (Election Officers) :निर्वाचन आयोगले निर्वाचनको मिती घोषणा पश्चात नियुक्त गरेको निर्वाचन अधिकृत जसले निर्वाचन घोषणा भए देखी मतदान सम्पन्न  नहुन्जेल निर्वाचन सम्बन्धी सबै आवश्यक व्यवस्था गर्ने काम गर्दछ ।

४.    मतदान अधिकृत (Polling Officers) :प्रत्येक मतदान केन्द्र मा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी का साथ एउटा मतदान अधिकृत नियुक्त गरिएको हुन्छ जसले मतदान केन्द्र को व्यवस्था गर्ने, सुरक्षाअ मिलाउने, नियमाअनुसार मतदान शुरुगर्ने र अन्त्य  गर्ने आदिकार्य गर्दछ ।

५.    मतदाता नामावली (Electoral Roll):१८ वर्ष पुगेका नेपाली नागरिक्लाई मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्वाचन आयोग ले मतदाता नामावली अध्यावधिक गराउने काम गर्छ ।

६.    मत पेटिका (Ballot Box) : निर्वाचन का दिन मतदाताले मतपत्र मा छप लगाइसकेपछी उक्त मतपत्रलाई पट्याएर एउटा बाकस मा खसाल्ने गरिन्छ जसलाई मत पेटिका भनिन्छ । 

७.    मतदान केन्द्र र उपकेन्द्र (Polling Station and Sub-Station):मतदाता लाई पयक पर्ने ठाँउमा मतदान केन्द्र राखिएको हुन्छ र एउटै ठाँउमा मतदाता संख्या बढी भएमा एक भन्दा बढी मतदान केन्द्र राखिने गरिन्छ जसलाई उपकेन्द्र भनिन्छ ।

८.    मतदाता परिचय पत्र:निर्वाचन आयोगले मतदान मा सहभागी हुन प्रत्येक मतदातालाई मतदाता परिचयपत्र (नाम, ठेगाना र परिचयपत्र नम्बर) दिएको हुन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उम्मेदवार (Candidate):

v निर्वाचनमा निर्वाचित हुनको लागिभाग लिने व्यक्तिलाई उम्मेदवार भनिन्छ । निर्वाचनमा उम्मेदवार हुन चाहिएको उमेर:

v राष्ट्रपति/ उपराष्ट्र पति:४५ वर्ष उमेर पुगेको

v सङ्घिय सांसद्को सदस्य: प्रतीनिधिसभा २५ वर्ष र राष्टीयसभा ३५ वर्ष पुरा भएको

v प्र्देश सभाको सदस्य: २५ वर्ष उमेर पुरा भएको

v गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष वा सदस्य तथा नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख वा सदस्य: २१ वर्ष पुरा भएको

v गाउँ नगरसभा सदस्य: २१ वर्ष पुरा भएको

 

नेपालमा प्रचलित निर्वाचन हरु:

आम निर्वाचन (General Election) : नियमित अन्त राल मा जस्तै नेपाल मा ५ वर्ष मा हुने प्रती निधी सभा र प्रदेश सभा गठन को लागिहुने निर्वाचन्

मध्यावधिनिर्वाचन ( Mid Term Election): ५ वर्ष को अवधी पुरा नहुँदै विशेष प रिस्थितिवश बीचैमा भङ्ग भएमा बाँकी अवधिको लागी प्रती निधी सभा गठन हुन का लागिहुने निर्वाचन । जस्तै- वि.. २०४८ मा भएको प्रती निधी सभाको निर्वाचन को अवधी २०५३ मा पुराहुनु पर्ने तर वि.. २०५१ मै भङ्ग भएको ले भएको निर्वाचन

उप निर्वाचन (By Election): कुनै निर्वाचित सदस्य को पद वा स्थान कुनै कारणवश रिक्त भएमा निर्धारित समय भन्दा अघी पद पुर्तिका लागिहुने निर्वाचन

जनमत संग्रह (Referendum) :जनमत संग्रह एक प्रत्यक्ष मतदान प्रक्री या हो जसमा सम्पूर्ण मतदातालाई दुइ वा दुइ भन्दा बढी विकल्प मद्धे कुनै एकमा  निर्णय दिनका लागी जनाताहरुले निर्वाचन मा झै मत दिने कार्य हो ।

संविधान सभाको निर्वाचन (Constituent Assembly Election): संविधान लेख नको लागिजनप्रती निधिको सहभागिता मा भएको निर्वाचन - नेपाल मा भएको वि स २०६४ मा वि स २०७० मा भएको निर्वाचन्

स्थानिय निर्वाचन (Local Election):स्था निय निकाय हरु गाउँपालिका र नगरपालिका का प्रती निधिहरु छनौट का लागिगरिने निर्वाचन

 

 

 

 

 

 

 

 

 



निर्वाचन अगाडि, निर्वाचनको समयमा र निर्वाचन सम्पन्न भएपछि नागरिकले खेल्नुपर्ने भूमिकाहरू

 

निर्वाचन  अघि नागरिकको भूमिका:

आफ्नो नाम मतदाता नामावलीमा प्रकाशित भएको छ वा छैन भनी जाँच गर्ने।

मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउनको निम्ति आवश्यकता अनुसार दाबी र विरोध गर्ने।

मतदाता नामावलीमा मृतक, अन्यत्र बसाईं सरेर गएको र उमेर नपुगेको व्यक्तिको नाम भएमा मेटाउन लिखित निवेदन दिने ।

उम्मेदवारहरू तथा राजनीतिक दलहरूको चिह्नहरूको बारेमा जनचेतना फैलाउने।

विभिन्न दलहरू र उनीहरूका घोषणापत्र सम्बन्धमा जानकारी फैलाउने ।

मतदान गर्नु हामी सबैको अधिकार र कर्तव्य दुवै हो, यस आधारमा मताधिकार प्रयोग गर्न सबै नागरिकहरूलाई उत्साहित गराउने ।

तिनीहरूले प्रस्तावित विभिन्न प्रलोभनहरूमा प्रलोभनमा पर्नु हुँदैन बरु सही उम्मेदवार छान्ने गर्नु पर्छ भ नि भन्ने।

उनीहरूले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्नो इलाकामा चुनावी अभियान सञ्चालन गर्न र उनीहरूको योजना र कार्यक्रमहरूको बारेमा सुन्न मद्दत गर्नुपर्छ।

उनीहरूले मतपत्रमा छाप लगाउने र फोल्ड गर्ने उपयुक्त प्रविधिहरू सिक्नुका साथै अरूलाई तालिम दिनुपर्छ ताकि भोट अवैध नहोस ।

 

निर्वाचनको समय मा नागरिकको भूमिका:

आफ्ना परिवार र छरछिमेकका मतदातालाई मतदान केन्द्रमा गएर मतदान गर्न आग्रह गर्ने ।

मतदान स्थलमा आफू पंक्तिमा उभिने र अरूलाई पनि पङ्क्तिमा उभिएर आफ्नो पालो आएपछि मतदान गर्न आग्रह गर्ने ।

मतदाताहरूलाई सही ठाउँमा छाप लगाउन जानकारी दिने ।

अन्य व्यक्तिको नाममा मतदान नगर्ने र गर्न नदिने ।

निर्वाचनको समयमा निर्वाचनमा खटिएका मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयम्सेवक आदिसँग असल व्यवहार गर्ने ।

वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त आदि व्यक्तिलाई छिटो छिटो मतदान गर्न पाउने व्यवस्था मिलाउने ।

कुनै पनि अनियमितता देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउनु पर्नेछ।

उनीहरूले मतपत्र प्राप्त गरेपछि त्यसमा प्राधिकरणको हस्ताक्षर छ वा छैन भनी थाहा पाउनका लागि आफूले दिएको मत बदर नहोस् भनेर जाँच गर्नुपर्छ।

भोट दिएपछि मतदान केन्द्रबाट बाहिर निस्कनुपर्छ ।

 

निर्वाचन सम्पन्न भएपछी नागरिकको भूमिका:

निर्वाचनको परिणाम धैर्यपूर्वक जान्न नागरिकहरू शान्त रहन र अरूलाई पनि शान्त रहन लगाउने ।

आफ्नो उम्मेदवारले जितेमा वा हारेमा उत्तेजित नहुने, संयमित व्यवहार देखाउने।

जुनसुकै उम्मेदवारले जितेमा पनि शुभकामना तथा बधाई दिन नभुल्ने । निर्वाचनको समयमा प्रयोग भएका पोष्टर, पम्प्लेट, भित्तेलेखन आदि सरसफाइ गर्ने ।

चुनावका बेला वा अघिको शत्रुतालाई बिर्सनुपर्छ ।

 

 

निर्वाचनमा विद्यार्थीको भूमिकाको महत्व:

-         सहि उम्मेदवारलाई भोट हाल्न मतदाताहरुलाई प्रोत्साहन गर्ने ।

-         मतपत्रमा सही छाप लगाउन मानिसहरूलाई सिकाउँने।

-         जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई मतदान केन्द्रमा लैजाने ।

-         मतदान अधिकृत र सुरक्षा अधिकारीहरूलाई सही जानकारी प्रदान गर्ने।

-         मतदाता परिचयपत्र सङ्कलन र मतदान केन्द्रमा लैजान मानिसहरूलाई सहयोग गर्ने।




'दावी' भन्नाले बसाइँसराइ, विवाहित वा मृतक व्यक्तिको नाम समावेश वा बहिष्कार गर्न अनुरोध गर्ने कार्यलाई जनाउँछ। यसको मतलब नाम, हिज्जे, उमेर, ठेगाना आदिमा त्रुटिहरू सच्याउन सोध्नु पनि हो।

विरोधभन्नाले त्रुटिपूर्ण, जालसाजी र नक्कली नाम हटाउन अनुरोध गर्ने गतिविधिलाई जनाउँछ। कतिपयले दुई फरक ठाउँबाट नाम दर्ता गरेर ठगी गर्न सक्छन् ।

 

नेपालको अधिकांश निर्वाचनमा भोट बदर हुनुका चार कारण र चार उपायहरू :

कारणहरू:

-         जनता अशिक्षित छन्, चुनावी ज्ञानको कमी छ ।

-         दलहरु धेरै हुन्छन र मतदाताहरु अलमलमा पर्छन्।

-         एकभन्दा बढी चिन्हमा भोट हाल्ने प्रावधान भएकोले।

-         स्टाम्पको सट्टा हस्ताक्षर प्रयोगगर्ने भएकोले ।

-         दुई प्रतीकहरूको बीच रेखामा स्ट्याम्प प्रयोगगर्ने भएकोले।

 

उपायहरू:

-         मतदाता शिक्षा प्रभावकारी बनाउने।

-         भोट हाल्न प्रविधिको प्रयोग गर्ने ।

-         निष्पक्ष चुनावी अभियान चलाउने ।

-         मतदान प्रक्रिया बारे मतदाताहरुलाई सचेत गराउने ।

-         मतपत्रको साइज बढाउने।

-         मतदातालाई भोट हाल्ने तालिम Mock Electionसञ्चालन गन्रे।

 

मतदाताले भोट हाल्नु अघि के के कुरामा ध्यान दिनु पर्छ ? मतदान अधिकृतको हैसियतले मतदाताहरूलाई आफ्ना सुझावहरू लेख्नुहोस्।

यदि म मतदान अधिकृत भएको भए, मैले मतदाताहरूलाई निम्न सुझावहरू दिने थिएँ:

-         सबै मतदाताले आफ्नो मतदाता परिचयपत्र ल्याउनु पर्नेछ।

-         मतदाता आफ्नो पालो नआउन्जेलसम्म आफ्नो सम्बन्धित लाइनमा उभिनुपर्छ।

-         मतदाताहरूले आफ्नो मनपर्ने पार्टीको चुनाव चिन्ह समावेश हुने बाकसमा छाप लगाउनु पर्छ।

-         मतदाताहरूले सही तरिकाले मतपत्रलाई फोल्ड गर्नुपर्छ ताकि अन्य ठाउँमा मसी नलागोस्।

 

 

नेपालमा NOTA को प्रावधान

नेपालमा सर्वोच्च अदालतको फैसलापछि वि स २०७१ मा निर्वाचन आयोगले NOTA (None of the Above) को प्रावधान (मतदातालाई उम्मेदवारलाई अस्वीकार गर्ने अधिकार)  को प्रस्ताव गरेको थियो। NOTA को विकल्प अन्ततः वि स २०७९  मा नेपालको निर्वाचन ऐनमा समावेश गरिएको थियो।

NOTA प्रावधान अन्तर्गत, कुनै पनि उम्मेदवारलाई मतदान गर्न नचाहने मतदाताहरूले इलेक्ट्रोनिक भोटिंग मेसिन को बटन थिच्न वा मतपत्रमा "नोट्" लेख्न सक्नेछन्। नोटा भोटहरूलाई उम्मेदवारहरूको लागि गणिने भोटहरूबाट अलग गणना गरिन्छ, र यिनी हरुलाई अवैध मतहरू मानिने छैन।

 

यदि NOTA भोटहरू कुनै निर्वाचन क्षेत्रमा कुल वैध मतको ५०% भन्दा बढी भएमा, निर्वाचन बदर हुनेछ र नयाँ निर्वाचन हुनेछ। यो प्रावधानले मतदाताहरूलाई उम्मेदवार र निर्वाचन प्रक्रियाप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्ने माध्यम प्रदान गर्ने उद्देश्य राखेको छ।

 

 

 

स्वतन्त्र, निष्पक्ष र प्रभावकारी निर्वाचनको आधार:

-         उमेर पुगेका व्यक्तीहरुलाई मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न  र मतदान गर्न  जानकारी दिनुपर्छ।

-         निर्वाचन प्रणाली, उम्मेदवार र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउनुपर्छ ।

-         निर्वाचनमा मतदाताको मौलिक अधिकार र स्वतन्त्रताको सम्मान गरिनुपर्छ ।

-         निर्वाचनमा सरकारको भूमिका तटस्थ हुनुपर्छ ।

-         सञ्चारमाध्यमलाई निर्वाचनसँग सम्बन्धित घटनाहरू स्वतन्त्र रूपमा प्रचार र रिपोर्टिङ गर्न दिइनुपर्छ।

-         कुनै पनि किसिमको हिंसा, बल र प्रलोभनबाट टाढा भएर निष्पक्ष र स्वतन्त्र रूपमा निर्वाचन हुनुपर्छ ।

-         मतदाता परिचयपत्र प्रयोग गर्नुपर्नेछ।

-         मतदाता नामावली त्रुटिरहित हुनुपर्छ।

-         विद्युतीय भोटिङ प्रणाली सुरु गर्नुपर्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ: ६  मानव अधिकार (Human Rights)

मानव अधिकारको परिचय (Introduction to Human Rights):

मानव अधिकार भनेको संसारका प्रत्येक व्यक्तिसँग सम्बन्धित आधारभूत अधिकार हो । यो मानिसको जन्मसिद्धवानैसर्गिक अधिकार हो। प्रत्येक व्यक्तिमा जाति, भाषा, धर्म, लिङ्ग, अपाङ्गता, राष्ट्रियता तथा सामाजिक र आर्थिक अवस्था, राष्ट्रिय सिमाना आदिको भेदभावबिनाको व्यवहार मानव अधिकारभित्र पर्छन् ।

मानव अधिकार व्यक्तिकोसमग्र विकासको लागि आवश्यक जन्मजात विशेषाधिकार हो।

मानव अधिकार ऐन, २०६८ ले मानव अधिकार व्यक्तिको जीवन स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित हुने कुरा उल्लेख गरेको छ ।

पूर्व अमेरिकी राष्ट्रपति Franklin D. Roosevelt की पत्नी Eleanor Roosevelt(पुर्व अमेरिकी प्रथम महिला)संयुक्त राष्ट्र संघको एजेन्डामा मानव अधिकारको अवधारणाकोसबैभन्दा पहिले अभिव्यक्ति दिनेवा आवाज उठाउनेव्यक्ति थिइन्।

दोस्रो विश्वयुद्ध पछि, उनको अथक प्रयासले, UNO ले UNHRC (संयुक्त राष्ट्र मानव अधिकार आयोग) नामक एजेन्सी स्थापना गर्‍यो र श्रीमती रुजवेल्टले यसको अध्यक्षता गर्ने अवसर प्राप्त गरिन्।

संयुक्त राष्ट्र महासभाले अन्ततः पेरिसमा १० डिसेम्बर १९४८ मा मानव अधिकारको पहिलो विश्वव्यापी घोषणापत्र जारी गर्यो।अहिले हरेक वर्ष डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका रूपमा मनाउने गरिन्छ ।
मानव अधिकार घोषणा पत्रमा ३० ओटा धारा रहेका छन् ।

१.     सबै व्यक्तिहरु जन्मजात स्वतन्त्र हुन्छन र ति नी सबै को समान अस्तित्व र अधिकार छ।

२.     जातजाति, धर्म, भाषा आदिका नाममा कसैमाथि भेदभाव गरिने छैन ।

३.     हरेक व्यक्तिको स्वतन्त्रतापूर्वक जिउने, सुरक्षित रहने र बाच्ने अधिकार हुन्छ ।

४.     कुनै पनि व्यक्तिलाई  बँढुवा वा दास बनाइ राखिने छैन ।

५.     कुनै पनि व्यक्तिलाई अनावश्यक शारीरिक  दण्ड, सजाय र अमानवीय व्यवहार गर्न पाइने छैन।

६.     हरेक व्यक्तिले समान कानुनको प्रयोग गर्न पाउने छन ।

७.     कानुन को दृष्टिमा सबै व्यक्तिसमान छन ।

८.     संविधान वा कानुन द्वारा दिएको मौलिक अधिकार को उल्लङ्घन विरुद्ध अदालत बाट प्रभावकारी उपचार को अधिकार हुनेछ ।

९.     कसै लाई पनि स्वेच्छाचारी रुपले गिरिफ्तार गरिने, नजरबन्द गरिने  वा देश निकाला गरिने छैन ।

१०.कुनै व्यक्तिउपर लगाइएको फौजदारी अभियोग विरुद्ध निजको अधिकार र दायित्व निरुपण गर्दै स्वतन्त्र न्यायिक अदालत बाट निष्पक्ष सुनवाइ को हक हरेक व्यक्तिलाई समान रुपले हुनेछ ।

११.कुनै पनि व्यक्तिलाई कानुन ले अपराधी नठहर्याउन्जेल निर्दोष मानिने छ ।

१२.हरेक व्यक्तिलाई आफ्नो  गोपनियता वा परिवार माथी गैरकानुनी हस्तक्षेप वा आक्रमण गरिने छैन ।

 

 

 

 

 

मानव अधिकार र मौलिक अधिकार

(Human Rights and Fundamental Rights)

मानव अधिकार = मानवलाई दिइएको अधिकार

मौलिक अधिकार = संविधानद्वारा राज्यले आफ्नो न नागरिक  वा बासिन्दालाई दिइएको अधिकार

मानव अधिकार:

१.    मानव समुदायको हरेक व्यक्तिलाई उसको जन्म प्राप्त आधारभुत अधिकारे लाई मानव अधिकार भनिन्छ ।

२.    यसको क्षेत्र व्यापक हुन्छ ।

३.    सबै मौलिक अधिकार मानव अधिकार हुन ।

४.    मनाव अधिकार नैतिकता, दायित्व र मानवीय मूल्यसँग सम्बन्धित हुन्छन्।

५.    मानव अधिकार  विश्वा व्यापी हुन्छन ।

मौलिक अधिकार

१.    राज्यले आफ्नो नागरिक लाई देशको संविधान अनुसार दिएको अधिकार लाई मौलिक अधिकार भनिन्छ ।

२.    मानव अधिकार को क्षेत्र सिमित हुन्छ ।

३.    सबै मानव अधिकार मौलिक अधिकार होईन ।

४.    मौलिक अधिकार को संवैधानिक तथा कानुनी आधार हुन्छ ।

५.    मानव अधिकार मानव जीवनको समग्र पक्षहरूसँग सम्बन्धित हुन्छन

६.    यिनीहरू विशिष्ट छन् तर देश अनुसार फरक फरक हुन्छन ।

७.    यिनीहरू राष्ट्रिय कानून अन्तर्गत पर्दछन् र आंशिक मानव अधिकारको रूपमा परिभाषित गर्न सकिन्छ।

समानता:

Ø यी दुवै मानवको सम्पुर्ण विकास को लागि आवश्यक हुन्छन्।

Ø एक व्यक्तिले देशको नागरिक र विश्वको सम्मानित मानवको रूपमा यी दुवैको आनन्द लिन सक्छ।

 

 

 

\

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ :७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमिका

(Roles of Organizations in Preservation of Human Rights)

नेपाल मा मानव अधिकार सम्ब द्ध विभिन्न राष्ट्री य तथा अन्तर राष्ट्री य सङ्घ संस्था हरुले देशमा घट्ने मानव अधिकार उल्लङ्घन का घट्ना हरुमा सम्ब द्ध पक्ष लाई खबर दारी गर्ने, मानवा अधिकार का बारेमा सर्बसाधारण लाई सचेतना जगाउने र मानव अधिकार मुल्य मान्यता को प्रचार प्रसार गर्ने गर्दछन ।

१.    राष्ट्रीय मानव अधिकार आयोग:

-         नेपाल को एउटा संबैधानिक आयोग

-         स्थापना वि स २०५७

-         मुल नारा: गौरव, समान ता र न्याय

 यसका मुख्य कार्यहरु:

-         सबैको लागी गौरव,समानाता र न्याय स्थापना गर्ने

-         मानवा अधिकार  हनन हुन नदिना सचेतना मुलक कार्यक्रम संचालन गर्ने ।

-         मानवा अधिकार उल्लङ्घन गर्ने दोषिमाथी कानुनी कारवाहीको सिफारिस गर्ने

-         मानवा अधिकार को संरक्षण र संवर्धन स म्ब न्ध मा महत्वपुर्ण नीतिगत निर्णय गरी कार्यन्वयन का लागी सिफारिस गर्ने ।

-         विभिधता को आधारमा पिडित हरुको अवस्थाअ सार्वजनिक गर्ने ।

-         मानव अधिका को संरक्षण का लागी सरोकार वाला को ध्यान आकर्षण गराउने ।

 

२.      अनौपचारिक सेवा केन्द्र ;

स्थापना सन १९८८ मा

क्षेत्र: मानव अधिकार र मौलिक हक्

मुख्य कार्य हरु:

-         प्रत्येक वर्ष "मानव अधिकार वर्ष" पुस्तक मार्फत मानव अधिकार स म्ब न्धी वास्तविक घटना सार्वजनिक गर्छ ।

-         मानव अधिकार स म्ब न्ध मा विभिन्न सचेतना मुलक कार्यक्रम र तालिम संचालन गर्दछ ।

-         मानव अधिकार को अवस्थाअ विश्लेषन तथा अवश्यक राय र सल्लाह प्रस्तुत गर्छ ।

-         मानव अधिकार उल्लङ्घन विरुद्ध उजुरी तथा समाधन उपाय खोली गर्छ ।

-         मानव अधिकार संरक्षण र स्ंवर्धन गर्न सरोकार वाला संग अन्तर कृया, कार्यशआला तथा गोष्ठी को आयोजना गर्ने

-         मौलिक हक कार्यन्वयन गर्न दबाब मुलक कार्यक्रम संचालन गर्ने

 

३.   एम्नेस्टी इन्टरनेसनल्

-         मानवा अधिकार क्षेत्रमा कार्य रत एम्नेस्टी इन्टरनेसनल एउटा अन्तर राष्ट्री य संस्था

-         स्थापना सन १९६१

-         मानव अधिकार क्षेत्रमा उल्लेख निय कार्य गरे बापत सन १९७७ मा नोबेल शान्तिपुरस्कार र सन १९७८ मा संयुक्त राष्ट्र सङ्घिय मानव अधिकार पुरस्कार प्राप्त गरेको

-         विश्वा मा ७० भन्दा बढी देश मा कार्य रत्

मुख्य कार्य हरु;

-         यातना विरुद्ध विभिन्न दबाव मुलक अभिअयान संचालन गर्दै आएको

-         मानव अधिकार, शिक्षा एवम सचेतता का कार्यक्रम संचालन गर्ने

-         भे द भाव, पक्षपात, यातना, गैरकानुनि, थुना मृत्यु दण्ड लगायत मानवा अधिकार विरोधी कृयाक्लाप का लागी दबाब मुलक अभियान संचालन गर्दै आएको

-         मानव अधिकार को क्षेत्रमा खोज अनुसन्धान गरी सार्बजनिक गर्ने

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ८  उपभोक्ता अधिकार (Consumer’s Right)

उपभोक्ताको परिचय (Introduction to Consumers)

उपभोक्ता भनेको वस्तु र सेवा उपभोग गर्ने व्यक्तिहो भने उपभोक्ताले प्रयोग गर्ने सेवा वा वस्तुलाई उपभोग्य वस्तु भनिन्छ ।

नेपालमा २०५४ साल पहिलो उपभोक्ता संरक्षण ऐन बनाएको

वि.. २०७५ मा उपभोक्ता संरक्षण ऐन्-२०७५ जारी भएको

उपभोक्ता विवाद समाधान गर्न उपभोक्ता परिषद र अन्य निकाय गठन्

स्थानिय सरकार संचालन ऐन, २०७४ ले स्थानिय सरकार ले उपभोक्ता अधिकार स म्ब न्धी कानुन को कार्यन्वयन र नियमन गर्ने व्यवस्था गरेको छ ।

उपभोक्ता अधिकारहरु (Consumer’s Rights):

उपभोक्ता संरक्षण ऐन २०७५ ले निम्न अधिकार लाई उपभोक्ता अधिकार अन्तर्गत राखेको छ ।

-         वस्तु वा सेवामा सहज पहुचको अधिकार्

-         स्वच्छ प्रतिस्पर्धात्मक  मूल्यमा गुणस्तरिय वस्तु वा सेवाको छनोट गर्न पाउने अधिकार,

-         वस्तु वा सेवाको मुल्य, परिणाम्, शुद्धता, गुणस्त र आदिबारे सूचित हुने अधिकार्

-         मानव जिउ ज्यान स्वास्थ्य तथा सम्पत्तिमा हानिपुर्याउने वस्तु तथा सेवाअ को बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार्

-         वस्तु वा सेवाअ को प्रयोग बाट भएको हानिनोक्सानी विरुद्ध क्षतिपुर्ती पाउने अधिकार

 

नेपाल को संबिधान धारा ४४ मा उपभोक्ताको हक

प्रत्येक उपभोक्तालाई गुणस्त रिय वस्तु वा सेवा प्राप्त गर्ने हक हुनेछ ।

गुणस्त रियहीन वस्तु वा सेवा बाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपुर्तिपाउने हक हुनेछ ।

सन १९६२ मार्च १५ मा अमेरिकी राष्ट्र्पती जोन एफ केनेडीले अमेरिकी काङ्ग्रेस मा कन्जुमर बिल अफ राइट्स  प्रस्तुत गरेका थिए । उपभोक्ता अधिकार को इतिहास मा यो पहिलो राजनीतिक प्र यास थियो ।

सन १९८५ अप्रिल ९ मा संयुक्त राष्ट्र सङ्घ को साधारण सभा ले उपभोक्ता अधिकार को हक मा निम्न ८ वटा अधिकार हरु समावेश गरेको थियो:

१ आधारभूत आवश्यक्ता को पूर्तिको अधिकार्

२ सुरक्षाको अधिकार

३ सूचित हुने अधिकार्

४ छनौट को अधिकार्

५ क्षतिपुर्तिको अधिकार्

६ उपभोक्ता शिक्षाको अधिकार्

७ स्वच्छ  र दिगो वातावरण को अधिकार्

८ गुनासोको अधिकार

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उपभोग्य वस्तुमा उल्लेख हुनु पर्ने कुरा हरु:

-         उत्पादक को नाम, ठेगाना र उद्धोग को दर्ता न म्ब र

-         उपभोग्य वस्तुहरु मा जस्तै; खाद्ध्यान र औषधिहरु, ति नीहरु का सामाग्रीहरुका साथै ति नीहरुको मात्रा र तौल र उपभोग्य वस्तुहरुको गुणस्त र निर्धारण गरिएको जानकारी

-         उपभोग्य वस्तुहरुको उपभोग गर्ने तरिका र त्यसको उपभोग को सम्भावित अस र्

-         उपभोग्य वस्तुको मूल्य, ब्याच न म्ब र उत्पादन मिती र म्याद सकिने  मिति

-         विद्धुतिय सामान, हार्डवेय र र मेसिनरी जस्ता उपभोग्य वस्तु को हक मा त्यसको ग्यरेन्टी, ग्यरेन्टी मिती र अन्य आवश्यक कुरा हरु

-         ज्वालन शिल, खतरनाक वा नाजुक हुने उपभोग्य वस्तु हरुको अवस्थाअ मा ति नीहरुको सुरक्षा को लागी  सावधानीहरु तोकिए अनुसार  र अन्य विवरण हरु

 

 एकाइ :६ हाम्रो पृथ्वी (OUR EARTH)

पाठ :१ हावापानीमा प्रभाव पार्ने तत्वहरु

(Factors Affecting Climate)

हावापानी: एक परिचय

कुनै स्थान विशेष्को लामो अवधिको मौसमी वा वायुमण्डलको औसत अवस्थालाई हावापानी भनिन्छ ।  साधारण तया ३० वर्ष भन्दा बढी समयको मौसम वा वायुमण्डल को औसत प्रवृतिलाई गणना गरी हावापानीको अवश्ता यकिन गर्ने गरिन्छ । हावापानीले ठुलो क्षेत्र जस्तै नेपाल को सन्दर्भमा तराई, पहाड र हिमाल को हावापानी ओगटेको हुन्छ ।हावापानीका सुचक अन्तर्गत तापक्रम, वर्षा, वायुका चाप हुन । हावापानीलाई जलवायु भनेर पनि चिनिने गरिन्छ ।

 

 

मौसम र हावापानीबिच फरक् (Difference Between Weather and Climate)

मौसम:

१ कुनै पनि स्थानको छोटो अवधिको वायुमण्डलिय स्थितिलाई मौसम भनिन्छ ।

२ मौसम छोटो समयको, परिवर्तनशिल र अनिश्चित हुन्छ ।

३ प्रभाव पार्ने तत्व हरु: तापक्रम, हावाको चाप्, ओस्,

४ उदाहरण को लागि: बादल लागेको, पानी परेको, घाम लागेको आदिइ

हावापानी:°

१ कुनै पनि  स्थानको लामो समय (३०-३५ वर्ष)को औसत मौसमलाई हावापानी भनिन्छ ।

२ हावापानी लामो समयको लागी अपरिवर्तनशिल र निश्चित हुन्छ ।

३ प्रभाव पार्ने तत्वहरु:अक्षांश, उचाइ, सामु दृक दुरी आदिइ

४ उदाहरण को लागि: उष्ण (तातो), समशितोष्ण (ठिक्क) र ठ्ण्डा (चिसो) हावापानी

 

हावापानीलाई प्रभाव पार्ने तत्वहरु (Factors Affecting Climate)

१.    अक्षांश

२.    उचाइ

३.    जमिनको मोहोडा

४.    सामुद्रिक दूरी

५.    पहाडको उपस्थिति

६.    सामुद्रिक धार

७.    वनस्पतिर माटो

१.    अक्षांश (Latitude) : भूमध्य रेखामा सुर्यका किरण सिधा पर्छन त्यसकारण त्यस क्षेत्र्को आसपास मा उष्ण खालको हावा पानी वा वर्षैभरी गर्मी हुन्छ भने भुमध्य रेखा बाट जती टाढा गयो सुर्य को किरण छड्के पर्छ र गर्मी कम हुँदै ग इ बढी ठण्डा हावा पानी भएको पाइन्छ । तसर्थ, भुमध्य रेखा क्षेत्र मा बढी गर्मी र धुर्वीय क्षेत्रमा बढी जाडो हुन्छ ।

 

 

२.    उचाइ (Altitude): सामान्यतया हरेक १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम घट्छ । पृथ्वीको सतहमा धुलो, धुवाँ वजनदार ग्याँसहरुको कारणले  हावाको घनत्व बढी हुन्छर सुर्यको बढी ताप सोस्छ। जती जती उचाइ बढ्छ त्यती नै हावाको चाप घट्दै जान्छ र चिसो बढ्दै जान्छ। उदाहरणको लागि- नेपालगन्ज (२८°'उत्तरी) र नाम्चे बजार (२७°४९' उत्तरी) अक्षांशको हिसाबले नजिक भए तापनि नेपालगन्जमा गर्मी हुन्छ र औसत तापक्रम ३०°C सम्म हुन्छ तर नाम्चे बजारमा जाडो हुन्छ र तापक्रम औसत १२ डिग्रीको आस पास रहन्छ। नेपालको हावापानीमा अरु तत्वले भन्दा उचाइले बढी प्रभाव पारेको छ।

३.    जमिनको मोहोडा : ज मिन को मोहोडा  वा ढाल ले पनि हावापानी मा प्रभाव पार्ने गर्छ । उदाहरण को लागि- नेपाल मा उत्तर तर्फ गर्केको ज मिन को भूभाग चिसो हुन्छ भने सुर्य तर्फ फर्केको दक्षिण को ज मिन न्यानो हुन्छ ।

४.    सामुद्रिक दूरी (Distance From the Sea):समुद्रको नजिकैको तापक्रम मध्यम वा सुरम्य हुन्छ भने जती टाढा गयो त्यती चिसो वा तातो (विषम हावापानी) हुन्छ । यसको कारण ज मिन र पानी को तात्ने र सेलाउने स्वभाव फर्क  फरक हुन्छ । ज मिन छिटै तात्छ र छिटै सेलाउँछ भने पानी ढिलो तात्छ र ढिलो सेलाउँछ ।त्यसकारण समुद्रको कि नारी भाग को हावापानी मध्यम हुन्छ भने समुद्र का टाढाका ठाउँमा हावापानी ग्रीष्म मा धेरै गर्मी र हिउँदमा धेरै चिसो  हुने गर्छ । 

८.    पहाडको उपस्थिति/ वायुको दिशा: पहाड ले वायुलाई एकैतिर बहने दिशामा अवरोध सिर्जना गर्दछ । ग्रीष्म ऋतुमा हिन्द महासागर बाट आउने जलवाष्प्युक्त वायुलाई पर्वत ले रोकेर नेपाल मा वर्षा गराउँछ भने हिउँद मा उतार बाट बहने चिसो वायुलाई रोकिदिन्छ । बार्फिलो वायु बहने मार्गमा पर्वत को अवरोध भएमा पर्वत पछाडी क्षेत्र शुष्क रहन्छ ।

५.    सामुद्रिक धार/ छाल (Ocean Currents): समुद्रमा न्यानो पानीको धार र चिसो पानी को धार को प्रभाव हुन्छ । न्यानो पानीको धार को नजिक का ठाउँहरु मा बढी गर्मी हुन्छ भने चिसो पानीको धार को नजिक बढी ठण्डा हुन्छ ।उदाहरण को लागि:अमेरिका को पुर्वी किनार को हावापानी पश्चिमी किनार को भन्दा  न्यानो हुन्छ किनभने पूर्वी कि नारमा न्यानो गल्फस्ट्रीम धार बहेको छ भने पश्चिममा चिसो क्यालिफोर्निया धार बहेको छ ।

६.    वनस्पति र माटो: घना जङ्गल भएको ठाँउमा आर्द्रतायुक्त वायु हुने हुँदा बढी वर्षा हुन्छ । बनस्पतीन भएको क्षेत्रमा सुक्खा र विषम खाल को  हावापानी पाइन्छ । यस्तै कालो माटो भएको ठाँउमा माटाले ताप सोस्ने हुँदा न्यानो हुन्छ । कमेरो र सेतो माटो भएको ठाँउमा ताप कम सोस्ने हुँदा तापक्रम कम र चिसो हुन्छ । बलौटे तथा रातो फुस्रो माटो भएको स्थान छिटो तात्ने र छिट्टै सेलाउने हुनाले उक्त स्थान को हावापानी प्राय: विषम हुन्छ ।

 

 

 

 

सामुद्रिक दुरीले हावापानीमा कसरी प्रभाव पारेको हुन्छ?कारण र उदाहरण दिनुहोस्।

हावापानीमा  प्रभाव पार्ने तत्वहरु मद्धे सामुद्रिक दुरी पनि एक हो। समुद्रबाट बहने वायुले  जलवाष्प बोकेको  हुन्छ जसमा बादल सँग पानीको स-साना कणनहरू उडेर गरेको हुन्छन। यिनी हरु  भारी भएको ले धेरै टाढासम्म उडेर जान सक्दैन। समुन्द्र नजिकको क्षेत्रमा यसले आफनो भारी बिसाउन का लागि प्रशस्त वर्षा गराउँछ । जसको कारण समुद्र नजिकको हावापानी ठण्डा र राम्रो  हुन्छ। समुद्रबाट जति जति टाडा गयो त्यति हावापानी सुख्खा हुदै जान्छ। सुख्खाको भनेको वर्षा ज्यादै कम हुनु हो ।जलवाष्पयुक्त भारी वायु  वा बादल धेरै टाढासम्म पुग्न नसक्ने हुँडा कम वर्षा भएको हुछ । त्यसैले समुन्द्र भन्दा टाढाका क्षेत्रहरु सुख्खा मरुभूमि जस्तै बन्दछन्। उदाहरन को लागि- समुद्रबाट टाढा पर्ने मंगोलियामा मरुभूमि क्षेत्र पाइन्छ ।

 

 

अक्षांशका विशेषताहरू उल्लेख गर्नुहोस् र नेपालको हावापानीमा अक्षांशले त्यति प्रभाअव पारेको छैन, किन ? कारण दिनुहोस् ।

अक्षांशका विशेषताहरू यसप्रकार छन् :

-         अक्षांश भनेका भूमध्यरेखीय उत्तर र दक्षिणतर्फ खिचिएका पूर्ण वृत्ताकार रेखा हुन्।

-         अंक्षाश रेखा बढ्दै जाँदा क्रमशः चिसोपना बढ्दै जान्छ ।

-         अक्षांश घटे गर्मी बढ्छ ।

नेपालमा चाहिँ अक्षांशको त्यति प्रभाव परेको छैन । नेपाल २२ देखि २६ अक्षांश मा पर्छ । ४° मात्र अक्षांशको फरक परेकाले नेपालमा अक्षांशले त्यति प्रभाव पारेको छैन ।

 

कुनै पनि ठाउँको हावापानीमा प्रभाव पार्ने कुनै दुई तत्त्वको उल्लेख गरी तिनले कसरी हावापानीमा प्रभाव पार्छन्, उदाहरणसहित लेख्नुहोस् ।

कुनै पनि ठाउँमा भूमध्यरेखादेखिको दूरी, सामुद्रिक दूरी उचाइ तथा ढालले प्रभाव पार्दछन् । भूमध्यरेखादेखि उत्तर वा दक्षिणतिर जाँदा दूरी बढ्दै जान्छ र सूर्यको किरण पनि छड्के पर्छ । सूर्यको किरण छड्के परेपछि तापक्रम पनि घट्दै जान्छ । यसले गर्दा हावापानीमा असर पर्छ ।

समुद्र नजिकका क्षेत्रमा जाडो महिनामा धेरै जाडो र गर्मी महिनामा धेरै गर्मी हुँदैन । समुद्रको आसपासमा जमिनबाट समुद्रतिर हावा बहने क्षेत्रमा बाहेक अन्यत्र पानी परिरहने भएकाले ओसिलो हुन्छ । समुद्रबाट धेरै दूरीमा पर्ने क्षेत्रमा बढी गर्मी हुने, पानी कम पर्ने र जाडो याममा अति जाडो हुने हुन्छ ।

 

नेपालको हावापानीमा उचाइले बढी प्रभाव पारेको छ । यस वाक्यलाई नेपालमा पाइने हावापानी र वनस्पतिको आधारमा ५ बुँदामा लेख्नुहोस् ।

नेपालको हावापानीमा उचाइको प्रभावलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ :

-         नेपाल ५९ मिटरदेखि ८८४८.८६ मिटरसम्मको उचाइमा छ ।

-         यहाँ विभिन्न खाले वनस्पति पाइन्छन् ।

-         तराईमा उष्ण सदाबहार, पहाडमा पतकर, हिमालमा कोणधारी सदाबहार र उच्च हिमालमा टुन्ड्रा वनस्पति पाइन्छन् ।

-         नेपाल समशीतोष्ण हावापानी क्षेत्रमा पर्ने भएकाले पहाडी क्षेत्रमा कोणधारी र उष्ण सदाबहार जङ्गलको मिश्रण पाइन्छ ।

-         हावापानीमा विविधता भएजस्तै यहाँका प्राकृतिक वनस्पतिमा पनि विविधता छ । 

 

केही प्रमुख बुँदाहरू:

जलवायु क्षेत्र: जलवायु क्षेत्र भन्नाले समान जलवायु, ढाँचा र वनस्पतिको प्रकृति भएको ठूलो क्षेत्रलाई जनाउँछ। विश्वलाई 3 जलवायु क्षेत्र र 12 oTaaप्रमुख जलवायु क्षेत्रहरूमा विभाजन गरिएको छ।

हाम्रो देशको मनाङ र मुस्ताङ उपत्यका सुक्खा छ, किनभने तिनीहरू उकालो leeward ढलानमा छन्। त्यसैले तिनीहरू वर्षभरि सुख्खा र चिसो रहन्छन्।

बाँके जिल्लाको नेपालगन्ज र ताप्लेजुङ जिल्लाको ताप्लेजुङ लगभग एउटै अक्षांशमा पर्छ तर नेपालगन्ज ताप्लेजुङ भन्दा तातो छ किनभने नेपालगन्ज हाम्रो देशको तराई क्षेत्र मा र  समुद्री सतहबाट कम उचाइमा अवस्थित छभने ताप्लेजुङ धेरै उचाइमा छ। तसर्थ्, नेपालगन्ज मा ताप्लेजुङ भन्दा बढी गर्मिहुन्छ ।

 

नेपाल ट्रपिकल मनसुन जलवायु क्षेत्रमा पर्दछ।

विराटनगरको तुलनामा ताप्लेजुङ उच्च उचाइमा रहेकोले चिसो हावापानी हुने भएकाले विराटनगरका जनताले ताप्लेजुङको हावापानीमा भिन्नता महसुस गर्छन् ।

उचाइको भिन्नताका कारण नेपालको सबै क्षेत्रको हावापानी समान छैन।

नेपालको भूगोल (उचाई) ठाउँअनुसार फरक हुने र समुन्द्रदेखिको दूरीका कारण पनि नेपाललाई जलवायु विविधताको देश मानिन्छ।

धनगढी र विराटनगर दुवै एउटै उचाइमा रहेकाले विराटनगरभन्दा धनगढीमा बढी तातो छ तर विराटनगर समुद्रको नजिक छ भने धनगढी मरुभूमिभन्दा नजिक छ 

 

 

वनहरूले ताजा हावा उपलब्ध गराउने ठाउँको रमाइलो मौसम कायम राख्छन्। रूख र अन्य बोटबिरुवा भएको क्षेत्रमा तुलनात्मक रूपमा चिसो हावापानी हुन्छ र त्यहाँ खाली चट्टानी क्षेत्र भन्दा बढी वर्षा हुन्छ।

नेपालगन्ज र झापा तराई क्षेत्रमा अवस्थित भए पनि नेपालगन्ज गर्मीमा झापाभन्दा बढी तातो हुने कारण दुवै एकै उचाइमा रहेकाले नेपालगन्ज मरुभूमिभन्दा नजिक छ जहाँ झापा समुद्रको नजिक छ ।

नेपाल मनसुनी क्षेत्रमा अवस्थित छ, दक्षिणदेखि उत्तरसम्मको उचाइको भिन्नताका कारण हावापानी र प्राकृतिक वनस्पतिमा धेरै भिन्नता छ ।

उचाइलाई जलवायु निर्धारण गर्ने एक प्रभावकारी कारकको रूपमा लिइन्छ किनभने प्रत्येक 160-165 मिटर उचाइमा 1˚C तापक्रम घट्छ।

 

 

अक्षांश को विशेषताहरु:
अक्षांशहरू पृथ्वीमा पूर्वदेखि पश्चिमसम्म चल्छन्।
तिनीहरू एकअर्कासँग समानान्तर चल्छन्।
तिनीहरूले पृथ्वीमा ठाउँहरूको मौसम निर्धारण गर्छन्।
˚ अक्षांशलाई भूमध्य रेखा भनिन्छ अक्षांशको सबै भन्दा तातो रेखा हो।

 

 

नेपालको जलवायु सन्दर्भमा अक्षांश प्रभावकारी छैन किनभने:
 
नेपालको हावापानी मुख्यतया उचाइले निर्धारण गरिन्छ किनभने यहाँ उचाइमा धेरै भिन्नता छ।
नेपाल थोरै अक्षांश (80˚ देखि 88˚ सम्म) फैलिएको सानो देश हो जसले जलवायुमा ठूलो भिन्नता ल्याउन सक्दैन।
नेपाल उष्णकटिबंधीय मानसुन जलवायु क्षेत्रमा पर्दछ जहाँ सामान्य रूपमा हावापानी चरम हुँदैन।
समुन्द्रदेखिको दूरीले पनि नेपालमा मौसममा भिन्नता ल्याउँछ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : २ विश्वका हावापानीका प्रकारहरु

(Types of World Climate )

विश्वमा पाइएका  हावापानी लाई मुख्य गरी तीनोत मण्डल मा वर्गिकरण गरेर अध्ययन गर्न सकिन्छ ।

१ उष्ण मण्डल

२ समशितोष्ण मण्डल

३ शीत मण्डल

 

१.    उष्ण हावापानीकोक्षेत्र ( Tropical Climate Zone): भुमध्य रेखा बाट दुबै गोलार्धको ३० अक्षांशसम्म को क्षेत्र लाई उष्ण मण्डल भनिन्न्छ । ०0 अक्षांश (भुमध्य रेखा) देखी ३०0 उत्तरी र दक्षिणी अक्षांश दुबै तिर फैलिएको क्षेत्र मा पाइने हावापानी लाई उष्ण क्षेत्र को हावापानी भनिन्छ ।

-   यस मण्डलमा सुर्यको किरण सिधा रुपमा पर्ने हुनाले निकै गर्मी हुने र तातो हावापानी चल्ने गर्छ ।यस मण्डलमा चाप, ताप, र वर्षा उच्च हुन्छ ।

-   तापक्रम ग्रीष्म याममा ३०0देखी ४२0 सम्म र हिउँदमा १५0 सम्म

-   वर्षाको मात्रामा एक रुपता नभएको

-   औषत वार्षिक वर्षा २०० से. मि. रहेको

यस मण्डल अन्तर्गत ४ हावापानी उपप्रदेशहरु पर्दछन्:

v भुमध्य रेखीय हावापानीको क्षेत्र (Equatorial Climate Zone)

v उष्ण तृष्ण भुमिको क्षेत्र सभाना क्षेत्र (Tropical Grassland/ Savana)

v उष्ण मौसमी हावापानीको क्षेत्र (Tropical Monsoon Climate Zone)

v उष्ण मरुस्थलिय हावापानी को क्षेत्र (Tropical Desert Climate Zone)

 

२.    समशितोष्ण हावापानीको क्षेत्र (Temperate Climate Zone):

दुबै गोलार्धको ३०0 देखी ६०0 अक्षांश सम्मको भूभागलाई समशीतोष्ण मण्डल भनिन्छ ।

-         वर्षै भरितातो र चिसो को समान अवस्था वा ठिक्कको हावापानी रहेको

-         मध्यम खालको (औसत हावापानी)  हावापानी

-         पर्याप्त वर्षा र उर्वर ज मिन को उपलब्धता

-         मानव बसोबास को उपलब्ध क्षेत्र

-         मानव जीवन को बसोबासको लागी उपयुक्त क्षेत्र

-         हावापानी, बनस्पति, मानव जातिर संस्कृतिलगायत का विविधता भएको क्षेत्र

-         युरोप का अधिकांश भाग, संयुक्त राज्य अमेरिका को पश्चिमी  र पूर्वी क्षेत्र र पूर्वी चीनकाक्षेत्र हरु

यस मण्डल अन्तर्गत ६ हावापानी उपप्रदेशहरु पर्दछन्:

v भुमध्य सागरीय हावापानीको क्षेत्र

v समशीतोष्ण मरुस्थलिय हावापानी को क्षेत्र

v समशीतोष्ण मौसमी हावापानीको क्षेत्र

v समशीतोष्ण सामुद्रीक हावापानी को क्षेत्र

v समशीतोष्ण तृणभुमिको हावापानी को क्षेत्र

v सेन्ट लरेन्स र मचुरियाको हावापानी

 

३.    शीत वा ठण्डा हावापानी को क्षेत्र:

पृथ्वीको दुबै उत्तरी र दक्षिणी गोलार्धमा ६०0 देखी ९०0 अक्षांश मा फैलिएको क्षेत्र को हावापानी लाई शीत वा ठण्डा हावापानी भनिन्छ ।

-         वर्षैभरी सुर्यको किरण छड्के पर्ने र तापक्रम शून्य डिग्री भन्दा तल रहने हुनाले अत्याधिक जाडो हुन्छ ।

-         सुख्खा वायु बहने र कम वर्षा हुने क्षेत्र

-         ६ महिना रात र ६ महिना दिन हुने क्षेत्र हरु

-         मानव बसो बासको को उपयुक्त क्षेत्र नरहेको

-         उत्तरी धुर्वीय भाग गृन्ल्यान्ड , आइसल्यान्ड तथा दक्षी नी धुर्वीय क्षेत्र को अन्टार्कटिका लगायत का वर्षैभरी ब रफ जमेको क्षेत्र

यस मण्डल अन्तर्गत ३ हावापानी उपप्रदेशहरु पर्दछन्:

v टुण्ड्रा क्षेत्र

v अन्टार्टिका क्षेत्र

v साइबेरियन क्षेत्र

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ३ उष्ण मण्डल (Tropical Zone)

भुमध्य रेखा बाट दुबै गोलार्धको ३०0 अक्षांशसम्म को क्षेत्र लाई उष्ण मण्डल भनिन्न्छ । ०0 अक्षांश (भुमध्य रेखा) देखी ३०0 उत्तरी र दक्षिणी अक्षांश दुबै तिर फैलिएको क्षेत्र मा पाइने हावापानी लाई उष्ण क्षेत्र को हावापानी भनिन्छ ।

यस मण्डल अन्तर्गत ४ हावापानी उपप्रदेशहरु पर्दछन्:

v भुमध्य रेखीय हावापानीको क्षेत्र (Equatorial Climate Zone)

v उष्ण तृष्ण भुमिको क्षेत्र सभाना क्षेत्र (Tropical Grassland/ Savana)

v उष्ण मौसमी हावापानीको क्षेत्र (Tropical Monsoon Climate Zone)

v उष्ण मरुस्थलिय हावापानी को क्षेत्र (Tropical Desert Climate Zone)

 

१.             . भुमध्य रेखीय हावापानीको क्षेत्र (Equatorial Climate Zone)

अवस्थिति- भुमध्य रेखाको ०° देखी अक्षांश ५° उत्तरी र दक्षिणी दुबै गोलार्ध मा फैलिएको

हावापानी पाइने क्षेत्रहरु:दक्षिण अमेरिकाको  अमेजन बेँसी, अफ्रीकाको कङ्गो बेँसी, गिनिया कोस्ट बेँसी, मलेसिया, सिंगापुर र पूर्वी भारत  आदि

हावापानी:

-         तापक्रम वर्षभरि तातो, ओसिलो र आर्द्र (hot, humid and wet) हुन्छ।

-         कुनै मौसमी परिवर्तन नहुनेकिनभने सूर्यको किरणहरू लम्बाइमा झर्छन्।

-         दिन र रातको लम्बाइ वर्षभरि लगभग बराबर हुन्छ।

-         उच्च तापका कारण दिन र रात बराबर हुने भएकाले भारी वर्षा हुने गर्छ ।

-         औसत वार्षिक तापक्रम २७ सेल्सियस को आसपासमा हुने गर्छ ।

-         औसत वार्षिक वर्षा २०० से मि हुने गर्छ ।

 

वनस्पती र वन्यजन्तु:

·        पर्याप्त वर्षा र उष्ण हावापानीका कारण यसक्षेत्रमा उष्ण सदाबहार वनस्पती पाइन्छन।

·        कहिल्यै पात नझर्ने ठुला, अग्ला र कडा जातका सदाबहार बनस्पतिजस्तै- माहोगानी, साल्, बाँस, इबोनी, रबर आदि,

·        दक्षिण अमेरिकाको अ मेजन बेँसीमा पर्ने विश्वकै सबैभन्दा ठुलो जंगल 'सेल्भास' पाइन्छ।

·        यसले विश्वको ९० प्रतिशत वन्यजन्तुलाई (सजिव प्रजाती)बासस्थान प्रदान गर्दछ। त्यसैले यसलाई सामान्य प्रजातिको घरभनेर चिनिन्छ।

·        जैविक विभिधतामा संसारभर प्रसिद्ध छ ।

·        यहाँ चिम्पान्जी, विषालु सर्प्, गोही आदी जनावर र हाँस्, बकुल्ला, धनेस मेउर जस्ता चराअचुरुङ्गी पाइन्छन ।

 

जनजीवन र आर्थिक क्रियाक्लाप्

·     जनसान्ख्यिक संरचनामा विभिधता:अमेजन र कङ्गो बेँसीमा कम जनघनत्व- यस क्षेत्रका आदिवासीहरु पिग्मी, कुबा, रेड इण्डियन, बोर्नियो, सेमाङ्ग हुन । यिनीहरुको जीवनशैली अझै पनि फिरन्ते छ।

·     अर्कोतिर पूर्वी एसियाका बासिन्दाहरु बढी बिकसित र जीवन शैली आधुनिक छ । यिनिहरु खेतिपाती काठकटान र व्यापारमा संलग्न छन ।

 

 

. उष्ण तृष्णभुमिको क्षेत्र/ सभाना क्षेत्र (Tropical Grassland/ Savana)

 

-         भुमध्यरेखाबाट उत्तर र दक्षिण दुबै तर्फ ५˚ सेल्सियस  देखि २०˚सेल्सियस अक्षांश मा फैलिएर क्षेत्र ।

-         ठाउँहरू: अफ्रिकाको  सवाना (सुडान, सेनेगल, केन्या, युगान्डा, तान्जानिया), लानोस जस्ता ठाउँहरू,भेनेजुएला, क्याम्पोस (ब्राजिल), ओरिनोको बेसिन (दक्षिण अमेरिका) आदि-

-         यसलाई सुडान खालको हावापानी वा सभाना खालको हावापानी पनि भनिन्छ किनभने यो प्रायः सुडानमा पाइन्छ।

हावापानी:

·        यस क्षेत्रमा दुइवटा ऋतु: ग्रीष्म (उष्ण खालको तापक्रम ३२ डिग्री सेल्सियस र हिँउद (२१ डिग्री सेल्सियस )

·        ग्रीष्म धेरै तातो हुन्छ र जाडो न्यानो हुन्छ।

·        औसत वर्षा ५० सेमी देखि १५० सेन्टिमिटर सम्म हुन्छ।

·        वाणिज्य वायु’ (Trade Wind) का कारण गर्मीमा परम्परागत वर्षा हुन्छ तर जाडोमा सुख्खा हुन्छ।

 

 

वनस्पती र वन्यजन्तु:

·        १० फिट सम्म अग्लारुखहरु र घना घासे मैदान पाइन्छ ।

·        कम वर्षाले गर्दा फाट्टफुट्ट मात्र अग्ला रुख हरु पाइन्छन ।

·        यसलाई अफ्रीका मा सभाना क्षेत्र, भेनेजुएला र कोलम्बियामा लानोस्,अष्ट्रेलियामा ट्रपिकल ग्रासल्याण्ड र दक्षिण अफ्रीकामा भेल्ड्स भनेर चिनिन्छ ।

·        विश्वमा पाइने जनावर का प्रजाती हरु मद्धे ९०% प्रजातियो क्षेत्रमा पाइन्छन्, त्यसै ले  यस क्षेत्रलाई विश्वको चिडियाखाना पनि भनेर चिनिन्छ ।

·        जनावरहरुमा: सिंह्, गैडा, जेब्रा, जिराफ्, अष्ट्रीच्, इमु लगायत का चरा हरु पाइने गरेको

 

जनजीवन र आर्थिक क्रियाक्लाप

·        मसाइ र हौसा आदिवासीहरुको बसोबास रहेको र यिनिहरु अहिले पनि फिरन्ते जीवन बिताइरहेको अवस्था छ।

·        जनघनत्व एकदमै कम छ ।

·        गरीबि ब्याप्त रहेकोछ ।

·        राष्ट्रीय निकुन्ज र वन्य जन्तु आरक्षहरुले गर्दा पर्यटकीय गतिबिधी र फिल्म सुटिन्ङ्गमा वृद्धी भएको अवस्थादेखिन्छ।

·        गहुँ, कपास, मकै खेती कपास, पशुपालन्, पर्यटन आदिआर्थिक क्रियाक्लापहुन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

.उष्ण मरुस्थलिय हावापानीको क्षेत्र (Tropical Desert Climate Zone)

अवस्थिति:

भुमध्यरेखाबाट उत्तर र दक्षिण दुबै तर्फ २०˚ सेल्सियस  देखि ३०˚ सेल्सियस अक्षांश मा यो क्षेत्र फैलिएको छ।

अफ्रिकाको सहारा, कालाहारी र नामिब मरुभूमिहरू;एसियाको अरेबियन र थार मरुभूमिका साथै उत्तरी अमेरिका को दक्षिण क्यालिफोर्निया, दक्षिण अमेरिकाको एटकामा; मेक्सिकन मरुभूमिहरू; दक्षिण अमेरिकाको एटाकामा मरुभूमि र अष्ट्रेलिया को ग्रेट अष्ट्रेलिया मरुभूमी  क्षेत्रमा यस प्रकारको हावा पानी पाइन्छ।

सम्पूर्ण सहारा मरुभूमि यस प्रकारको हावापानीले ढाकेको हुनाले यसलाई सहारा जलवायुपनि भनिन्छ।

हावापानी:

-         यस क्षेत्रको हावापानी कठिन छ, वर्षभरि अत्यधिक तातो र सुख्खा हुन्छ।(सबैभन्दा सुख्खा हावापानी भएको क्षेत्र)

-         तापक्रम दिनमा ४० डिग्री सेल्सियस भन्दाअ बढी हुने र र रातमा १० डिग्री सेल्सियसा भन्दा कम हुन्छ।

-         चिसो बिहान मा ० डिग्री सेल्सियस सम्म पनि तापक्रम जान्छ।

-         सुख्खा हावाको कारण न्युन वर्षा हुने वा वर्षा नै नहुने गर्छ ।

-         वार्षिक औसत वर्षा  लगभग २० सेन्टिमिटर मात्र हुन्छ।

 

वनस्पति र वन्यजन्तु:

-         प्राकृतिक वनस्पतिका लागी उपयुक्त वातावरण नरहेकोले यहाँ काँडेदार, लामा जरा भएका र खस्रा पातयुक्त सिउँडी (Cactus) जातका वनस्पति मात्र पाइन्छन ।

-         उदाहरणको लागी, एक बबूलको रूखको जरा ३० मिटर सम्म वाष्पिकारणको लागी जान सक्छ।

-         मुख्य जनावरहरू मरुभूमि स्याल, मरुभूमि मुसा, बालुवा बिरालो, सर्प, छेपारो, हाइना, हरिण, गधा, कंगारु, स्याल, ऊँट आदि हुन्।

-         उँटलाई यातायात को प्रमुख साधन को रुपमा प्रयोग गरिन्छ । यसलाई बोझको जनावरर यातायातको साधनका रूपमा प्रयोग गरिने भएकाले यसलाई 'मरुभूमिको जहाज'भनिन्छ। यसले आफ्नो कुममा पानी भण्डार गर्छ र यसको चौडा खुट्टाको कारण बालुवामा सजिलै हिड्न सक्छ।

-         Addax जस्ता केही जनावरहरूले पानी कहिल्यै खाँदैनन उनिहरुले आफ्नो खानाबाट पानी पाउने गर्छन्।

 

जनजीवन र आर्थिक क्रियाक्लाप

-         विषम हावापानीका कारण जीवन गाह्रो छ ।

-         जनघनत्व अति कम रहेको छ ।

-         मरुस्थल को कतिपय ठाँउमा पानी पाइने भएको ले त्यहाँ खेतीपाती गरिन्छ र बस्ती बाक्लो पाइन्छ । यस क्षेत्र लाई मरुद्धान भनिन्छ ।

-         खनिज तेल , सुन, पेट्रोलियम पदार्थ उत्ख नन कार्य,खजुर्, पाम्, गहुँ, कपास्, मकै आदिको खेति, उँटलाई समान ओसार पसार गर्ने साधन को रुपमा प्रयोग गरिने आदि यस क्षेत्र का आर्थिक क्रियाक्लाप हुन ।

 

 

४.    उष्ण मौसमी हावापानीको क्षेत्र (Tropical Monsoon Climate Zone)

अवस्थिति:

लगभग ५˚C देखि ३०˚C उत्तरी र दक्षिणी अक्षांशमा महाद्वीपको दक्षिण पुर्वी भाग्मा पाइने हावापानी,

प्रमुख क्षेत्रहरू: मुख्य क्षेत्र दक्षिण एसियामा (नेपाल, भुटान, भारत, म्यानमार, बंगलादेश, श्रीलंका, पाकिस्तान), दक्षिण पूर्व एसियाली (थाइल्याण्ड, भियतनाम, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया) देशहरू हुन्।

यसबाहेक, दक्षिणपूर्वी चीन, पूर्वी अफ्रिका, मध्य अमेरिका, भेनेजुएला, कोलम्बिया, दक्षिणपूर्वी ब्राजिल, उत्तरी अष्ट्रेलिया र वेस्ट इन्डिज आदिइ मा यस्तो खाल को हावापानी पाइन्छ ।

हावापानी:

-         मुख्यतया तीन प्रकारका मौसमहरू: गर्मी, जाडो र वर्षा ऋतु।

-         ग्रीष्म  मा गर्मी र औसत तापक्रम ३०˚क हुन्छ ।

-         हिउँदा ठ्न्डा र औसत तापक्रम १५˚क हुन्छ ।

-         स्थान अनुसार ५ देखी २० से मि सम्म मनसुनी वर्षा हुने गर्छ ।

-         हावाको मौसमी विपरित (गर्मीमा समुन्द्रबाट जमिन र जाडोमा भूमिबाट समुद्र) यस क्षेत्रको प्रमुख जलवायु विशेषताहरू मध्ये एक हो।

वनस्पती र वन्यजन्तु:

पर्याप्त वर्षा र वर्षैभरी गर्मी हुने ठाउँ भएको ले सदाबहार बन पाइन्छ ।

साल, रबर र बाँस जस्ता सदाबहार व नस्पती पनि पाइन्छन ।

यहाँ हात्ति, गैंडा, बाघ्, भालु, चितुवा, आदी जनावर र पानी हाँस, म युर आदी जसता चराचुरुङ्गी पाइन्छन ।

 

जनजीवन र आर्थिक क्रियाक्लाप:

कृषि उद्धोग्, र व्यापार लगायत सबै कार्य अनुकुल छ ।

मुख्य बाली धान :कुल जनसङ्ख्याको करिब ७० प्रतिशत जनता धानलाई प्रमुख बाली बनाउन कृषिमा संलग्न

बंगलादेश (जुट), श्रीलंका (चिया), मलेसिया (रबर) र भारत (उखु)जस्ता नगदी बालीका सबैभन्दा ठूलो उत्पादक हुन्।

मानिसहरू उद्योग र व्यापार, माछा मार्ने, वन, खानी, उत्पादन र पर्यटनमा पनि संलग्न छन्।

जनघनत्व बढी

                                                  

 

 

 

 

 

पाठ :४  समशीतोष्ण मण्डल (Temperate Zone)

यस मण्डल अन्तर्गत ६ हावापानी उपप्रदेशहरु पर्दछन्:

v भुमध्य सागरीय हावापानीको क्षेत्र

v समशीतोष्ण मरुस्थलिय हावापानी को क्षेत्र

v समशीतोष्ण मौसमी हावापानीको क्षेत्र

v समशीतोष्ण सामुद्रीक हावापानी को क्षेत्र

v समशीतोष्ण तृणभुमिको हावापानी को क्षेत्र

v सेन्ट लरेन्स र मचुरियाको हावापानी

 

दुबै गोलार्धको ३०0 देखी ६०0 अक्षांश सम्मको भूभागलाई समशीतोष्ण मण्डल भनिन्छ ।

-         वर्षै भरितातो र चिसो को समान अवस्था वा ठिक्कको हावापानी रहेको

-         मध्यम खालको (औसत हावापानी)  हावापानी

-         पर्याप्त वर्षा र उर्वर जमिनको उपलब्धता

-         मानव बसोबास को उपलब्ध क्षेत्र

-         मानव जीवन को बसोबासको लागी उपयुक्त क्षेत्र

-         हावापानी, बनस्पति, मानव जातिर संस्कृतिलगायत का विविधता भएको क्षेत्र

-         युरोप का अधिकांश भाग, संयुक्त राज्य अमेरिका को पश्चिमी  र पूर्वी क्षेत्र र पूर्वी चीनकाक्षेत्र हरु

१.                                                                   . भुमध्य सागरीय हावापानीको क्षेत्र :

उतारी गोलार्धमा ३० देखी ४५ अक्षांश र दक्षिणी गोलार्धमा ३० देखी ४० अक्षांशमा महाद्विप को पश्चिमी भागमा यो हावापानी पाइन्छ ।

भुमध्य सागर वरिपरी अवस्थित युरोप का (स्पेन, पोर्चुगल, दक्षिणी फ्रान्स, इटाली), पश्चिम एशिया (सिरिया, प्यालेस्टाइन, लेबनान, इजरायल), मध्य चिली (दक्षिण अमेरिका), मध्य क्यालिफोर्निया (अमेरिका), उत्तर- पश्चिम अफ्रिका (मोरक्को, अल्जेरिया, ट्युनिसिया), दक्षिण-पश्चिम अफ्रिका (दक्षिण अफ्रिका), दक्षिण र दक्षिण अष्ट्रेलिया आदि।

हावापानी:

-         ग्रीष्ममा औसत तापक्रम २० डिग्री देखी २७ डिग्री सेल्सियस सम्मर र हिउँदमा ५ डिग्री देखी १५ डिग्री सेल्सियस सम्म रहन्छ ।

-         वार्षिक औसत  वर्षा ४० से मि देखी ८० से. मि. सम्म

-         ग्रीष्म मा गर्मी र सुख्खा र हिउँदमा मधुर र आर्द्र (wet) हुन्छ ।

-         हिउँदको समयमा समुद्री सतह भएर आउने पश्चिमी वायु  (Westerlies) ले वर्षा गराउँछ ।

 

वनस्पती र वन्यजन्तु:

मध्यम वर्षाको कारण यो क्षेत्र वनस्पति र वन्यजन्तुका लागि त्यति उपयुक्त मानिँदैन । प्रायशः होचा रुखहरू र बुट्यानहरू पाइन्छ । यस  क्षेत्रमा पाइने प्रमुख वनस्पति ओक, कटुस, ओखर, धूपी, ओलिभ आदि हुन् । यो क्षेत्र फलफूल हरुमा सुन्तला, अंगुर्, कागती आदिइको खेतीका लागि प्रख्यात छ । त्यसैले यसलाई 'विश्वको बगैँचा' (Garden of the World) भनेर चिनिन्छ ।

यो क्षेत्रमा पाइने प्रमुख वन्यजन्तुहरू मृग, खरायो, जरायो आदि हुन् । 

जनजीवन र आर्थिक क्रियाक्लाप:

भुमध्यसागरीय हावापानी ले पृथ्वी को १% जती भुभाग ओगट्छ जहाँ क रिब विश्वको ५%जती जनसन्ख्या बसोबास गर्दछ ।

कृषियहाँको प्रमुख आर्थिइक कृयाक्लाप र मुख्य उत्पादनमा गहुँ, मकै, जैतुन आदिहुन ।

फलफुलको बगैचा भनेर चिनिने यस ठाँउमा वाइन र पर्फ्युमका उद्धोग हरु छन ।

पर्यटन को लागी पनि प्रचलित छ । यहाँ विश्वको सबै भन्दा ठुलो फिल्म उद्धोग अमेरिकाको लस एन्जलस हलिउड पनि यही पर्छ ।

यो क्षेत्र प्राचिन युरोपेली संस्कृती र सभ्यता: जस्तै युनानी, मिश्र , मेसोपोटामिया, रोम को केन्द्र हो ।

 

२.            समशीतोष्ण मरुस्थलिय हावापानी को क्षेत्र

महाद्विप को भित्री भागमा दुबै गोलार्धको ३० डिग्री देखी ४५ डिग्री अक्षांश मा यो हावापानी पाइन्छ ।

क्यास्पियन सागर देखी पूर्व पट्टी तुर्किस्तान्, चीनको पश्चिमी क्षेत्र, मङ्गोलिया, अमेरिकाको रकी पर्वत बिच्को उच्च समस्थली आदी क्षेत्रमा यो हावापानी पाइन्छ ।

हावापानी:

ग्रीष्म मा अधिकतम तापक्रम २७ डिग्री सेल्सियस र हिउँदमा ० डिग्री सेल्सियस सम्म वर्षा हुन्छ ।

चक्रवात वर्षा हुन्छ ।

औसत वर्षा १० से मि २५ से. मि. सम्म हुन्छ ।

वनस्पती र वन्यजन्तु:

यहाँ ज मिन सुख्खा र बलौटे हुनु का साथै काँडेदार झाडी र खस्रा घाँसका वनस्पती पाइन्छन।

व नस्पती का लामा लामा जरा हरु हुन्छन ।

जनावर हरुमा मिरकाट्, कङ्गारु मुसा, स्यान्ड बिरालो, उँट आदिपाइन्छन ।

जनजीवन र आर्थिक क्रियाक्लाप:

यहाँ कम खेतिपाती र बढी मात्रा मा पशुपालन गरिन्छ ।

जीवन कष्टकर छ ।

 

 

३.            समशीतोष्ण मौसमी हावापानीको क्षेत्र

महाद्वीपको ३० डिग्री देखि ४५ डिग्री अक्षांशमा पूर्वी भागको क्षेत्रमा यो हावापानी पाइन्छ ।

एसियाको पूर्वी खण्ड मुख्यतया मध्य र उत्तरी चीन, संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्वी खण्ड र अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा यो हावापानी फैलिएको छ ।

हावापानी:

चीनको धेरै भूभागमा यो हावापानी पाइने भएकाले यसलाई चिनियाँ हावापानी पनि भनिन्छ।

ग्रीष्म गर्मी र आर्द्र हुन्छ भने हिउँदमा ठन्डा र सुख्खा हुन्छ।

औसत तापक्रम ग्रीष्ममा २५°C र हिउँदमा ५°C हुन्छ ।

मनसुनी वायुले ५० देखि १५० से. मि. सम्म वर्षा गराउँछ ।

वनस्पती र वन्यजन्तु:

वर्षा धेरै हुने क्षेत्रमा पतझर वन र कम हुने क्षेत्रमा झाडी र घाँस पाइन्छ ।

जनजीवन र आर्थिक क्रियाक्लाप:

रेसम उत्पादनका लागि यहाँको हावापानी अनुकूल छ । यहां धान, गहुँ, मकै, कपास, उखु आदिको खेती गरिन्छ । ठुला ठुला सहरको विकास तथा उद्योग व्यवसायको राम्रो प्रगति भएकाले यो क्षेत्रमा जनसङ्ख्या अधिक रहेको छ ।

 

 

४.            समशीतोष्ण सामुद्रीक हावापानीको क्षेत्र

 

दुवै गोलार्धको ३० देखि ४५° अक्षाशको पश्चिमी सामुद्रिक क्षेत्रमा यो हावापानी पाइन्छ । मानव स्वास्थ्यका लागि अनुकूल यो हावापानीको मुख्य क्षेत्र पश्चिम युरोप, पश्चिम क्यानडा, चिली, तास्मानिया टापु, दक्षिण न्युजिल्यान्ड हुन् ।

हावापानी:

ग्रीष्ममा न्यानो हुने र हिउँदमा खासै जाडो नहुने यो हावापानी सार्है मनोरम र स्वास्थ्यकर मानिन्छ।

ग्रीष्ममा १५°क हिउँदमा ५ क तापक्रम रहन्छ ।

वार्षिक वर्षा ७५ देखि १५० से मि सम्म हुन्छ।

सामुद्रिक प्रभावले १२ महिना पानी परिरहन्छ।

सामुद्रिक चक्रवात (सामुद्रीक आँधी) र पश्चिमी वायुका कारणले यस क्षेत्रमा वर्षा हुन्छ।

वनस्पती र वन्यजन्तु:

मिश्रित खाल का वनस्पति जस्तै- धुपी, सल्ला, ओखर आदी पाइन्छन ।

यो क्षेत्रको पहाडी भागमा कोणधारी वन र मैदानी भागमा पतकर वनस्पती पाइन्छ ।

जनावर हरुमा- स्याल्, भालु । लोखर्के, बनविरालो, पुमा आदी ।

जनजीवन र आर्थिक क्रियाक्लाप:

प्रमुख आर्थिक क्रियाक्लाप हरुमा कृषि, खानी, काठ्कटान्, कागज तथा पल्प उद्धोग आदि

उत्पादन हुने प्रमुख बाली हरुमा गहुँ, जौ, भट्मास आलु आदिहुन ।

 

५.                                    समशीतोष्ण तृणभुमिको हावापानी को क्षेत्र

दुवै गोलार्धको ४५°देखि ६०° अक्षांशविच महाद्वीपको मध्यभागतिर यो हावापानी पाइन्छ ।

दक्षिणी रुस, उत्तर पश्चिम एसिया, पूर्वी युरोप, दक्षिण अफ्रिकाको उच्च समस्थली क्षेत्र, दक्षिण पूर्वी अस्ट्रेलिया, उत्तर अमेरिकाको मध्यभाग, दक्षिण अमेरिकाको दक्षिणपूर्वी भाग यो हावापानी पाइने मुख्य क्षेत्रहरू हुन् ।

हावापानी:

-         यहाँ विषम खालको हावापानी पाइन्छ ।

-         यहाँ ग्रीष्ममा २७° सेल्सियस  सम्म तापक्रम र हिउँदमा ०° सेल्सियस सम्म तापक्रम हुन्छ।

-         हिउँदमा २५ से. मि. देखी ६५ डिग्रीसम्म वर्षा हुन्छ ।

-         यहाँ हिउँद हिउँ पर्नु पनि यसको विशेषता हो ।

वनस्पती र वन्यजन्तु:

कम वर्षा हुने हुँदा यहाँ ठुला जातका वनस्पति पाइँदैनन् ।

यहाँ होचो र कमलो खालको पाइन्छ ।

यहाँ ठुला ठुला घाँसे मैदान पाइन्छन् । समशीतोष्ण तृणभूमि क्षेत्रका घासे भूमिलाई एसिया र युरोपमा स्टेप्स, उत्तर अमेरिकामा प्रेरिज, अर्जेन्टिनामा पम्पास, दक्षिण अफ्रिकामा भेल्ड र अस्ट्रेलियामा डाउन्स भनिन्छ ।

प्रमुख जनावरहरु तथा चराचुरुङ्गिहरुमा- ब्वाँसो, हरिण्, अष्ट्रीच, इमु, कङ्गरु आदी ।

जनजीवन र आर्थिक क्रियाक्लाप:

उर्वर माटो हुनाले  प्रेरिज र पम्पास क्षेत्र गहुँ खेतीको लागी प्रख्यात छ । यस क्षेत्रलाई विश्वको अन्नको भण्डार भनेर पनि चिनिन्छ ।

अर्जेन्टिना गाई र अष्ट्रेलिया भेडा पालनमा  विश्वमा प्रख्यात छ ।

अष्ट्रेलिया भेडाको ऊनको लागी र अर्जेन्टिना भेडाको मासुको विश्व प्रख्यात छ ।

आदिवासिहरु: अष्ट्रेलियामा हटेनटट  र मध्य एसियामा किग्रीज

 

६.                                    सेन्ट लरेन्स र मचुरियाको हावापानी

महाद्वीप को ४५° देखी ६०° अक्षांश मा पर्ने पूर्वी कि नार मा यस प्रकारको हावापानी पाइन्छ।

उत्तरी अमेरिका को सेन्ट लरेन्स नदीको आसपास र चीनको मन्चुरिया प्रायद्वीप मा यो हावापानी पाइन्छ ।

हावापानी:

ग्रीष्म मा तापक्रम २०° सेल्सियस सम्म पुग्छ भने हिउँद मा ०° सेल्सियस भन्दा तल झार्छ ।

महाद्विप को पूर्वी कि नारमा चिसो पानी को धार बहने भएको ले ग्रीष्म मा न्यानो भए पनि हिउँद मा अत्यन्त ठन्डा हुन्छ ।

यहाँ न्यानो र चिसो सामुद्रीक धार को सङ्गम हुने भएको ले चक्रवाती वर्षा हुन्छ ।

वार्षिक ५० से मि देखी १०० से मि सम्म वर्षा हुन्छ ।

वनस्पती र वन्यजन्तु:

यहाँ कोणधारी व नस्पती पाइन्छ ।

जनजीवन र आर्थिक क्रियाक्लाप:

कृषि, पशुपालन्, तथा मतस्य व्यव्साय यहाँका प्रमुख आर्थिक क्रियाक्लाप हुन ।

 

 

 

 

भूमध्य रेखिय हावापानी र भूमध्य सागरिय हावापानी बीचको भिन्नता

भूमध्य रेखिय हावापानी (Equatorial Climate):

१.     भूमध्य रेखाको ०˚C देखि ५˚CN/S मा पाइने हावापानी पाइन्छ।

२.     हावापानी वर्षभरि तातो र ओसिलो रहन्छ पाइन्छ।

३.     यस क्षेत्रमा  उष्ण सदाबहार बनस्पती पाइन्छ।

४.     आदिम शैलीको मानव जीवन पाइन्छ ।

५.     मानिसहरु काठ कटान्, खेतिपाती र व्यापारमा संलग्न छन ।

भूमध्य सागरिय हावापानी (Mediterranean Climate):

१.    भूमध्य रेखाको ३०˚क देखि ४०˚क णस सम्म फैलिएको क्षेत्रमा रहेको हावापानी ।

२.    हावापानी गर्मीमा तातो र सुख्खा र जाडोमा चिसो र आर्द्र रहन्छ।

३.    छोटो र कडा रूखहरू पाइन्छ।

४.    उद्योगहरू राम्रोसँग विकसित छन् ।

५.    मानिसहरूको जीवन शैली उच्चस्तरको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ: ५

शीत प्रदेश वा ठण्डा हावापानीको क्षेत्र

(Cold Zone or Frigid Climatic Zone)

 

·        समग्रमा शीत प्रदेश ६०˚ देखी ९० उत्तर दक्षिण दुबै अक्षांश मा फैलिएको क्षेत्र

·        सुर्य को किरण हरु छड्के पर्ने हुनाले र  यो पृथ्बीको केन्द्र बाट निकै टाढा पर्ने हुनाले यस  क्षेत्रमा अत्यन्तै जाडो हुन्छ ।

·        ग्रीष्म ज्यादै छोटो हुन्छ ।

·        यस क्षेत्रम्को उत्तरी गोलार्धमा सुमेरु महासागर र दक्षिण मा अन्टार्कटिका महादेश पर्दछन।

·        पुरै अन्टार्कटिका हिउँ नै हिउँ  ले ढकिएको हुन्छ र यहाँ कोही पनि स्थायी रुपमा बसोबास गर्दैनन तर थुप्रै वैज्ञानिक हरु  विभिन्न अनुसन्धान गर्न जाने गर्छन ।

·        अत्याधिक जाडो हुने हुनाले र यहाँ माटो समेत ज मिरहने हुन्छ तसर्थ यस प्रदेश लाई हिउँको मरुभुमिपनी भनिन्छ ।

·        सुर्यको उत्त रायण  र दक्षिणायन को कारण शीत प्रदेश को अति उत्तरी र अति दक्षिणी भाग मा ६ महिना दिन र ६ महिना रात हुन्छ । (सुमेरु वृत को वरिपरी क्षेत्र मा ६ महिना सम्म लगातार दिन र कुमेरु वृत को वरिपरी क्षेत्रमा ६ महिना सम्म रात हुन्छ)

 

शीत प्रदेश लाई ३ वटा क्षेत्रमा वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ:

१ साइबेरियन क्षेत्र (Siberian Region)

२ टुन्ड्रा क्षेत्र (Tundra Region)

३ अन्टार्कटिका क्षेत्र (Antarctic Climate Region)

 

 

 

 

 

 

 

१.    साइबेरियन क्षेत्र (Siberian Region)

अवस्थिति:

६०˚ देखी ७०˚ अक्षांश मा उत्तरी गोलार्धमा फैलिएको क्षेत्र

दक्षिणी अलस्का, दक्षिणी क्यानडा, नर्वे, स्वीडेन, फिनल्याण्ड को उत्तरी भागमा र रुसको साइबेरिया क्षेत्रमा पाइने हावापानी

हावापानी:

अतिठण्डा हावापानी पाइने क्षेत्र हो ।

४ फिट सम्म बाक्लो हिउँको तह पाइन्छ ।

ग्रीष्म छोटो र न्यानो हुन्छ ।

ग्रीष्म मा तापक्रम १२˚C र हिउँदमा तापक्रम -१३˚C भन्दा कम हुन्छ ।

भुँमरीले गर्दा वार्षिक औसत वर्षा ४० देखी ५० से मि सम्म हुन्छ ।

वनस्पती र वन्यजन्तु:

तापक्रम कम र माटो सधैं भिजेको रहने हुनाले यहाँ अग्ला र ठुला व नस्पतिपाइँदैनन बरु नरम काट भएका कोणधारी जङ्गल पाइन्छन जसलाई टाइगा भनिन्छ

रुख हरु कोण जस्तै आकार का र हाँगा लचकदार हुन्छन जसले गर्दा हाँगामा हिउँ जम्मा नभ इ सजिलै ज मिन मा खस्न सक्छ ।

यो जङ्गल रसिया, क्यानडा र अलास्का मा पाइन्छ ।

वन्यजन्तुहरुमा लोखर्के, बिभर्, कस्तूरी, वन विरालो आदि

जनजीवन र आर्थिक क्रियाक्लाप:

मानव आवदी निकै पातलो र फिरन्ते जीवन शैलि

टाइगाको जङ्गल आर्थिइक हिसाबले महत्वपूर्ण जस्तै फर्निचार प्लास्टिक, कागज र सलाई बनाउन उपायोगी छ ।

पल्प र कागजका उद्धोग हरु पनि छन ।

खनिज क्षेत्रको लागिप्रसिद्ध

 काठ्को व्यवसाय सिकार गर्ने कार्य 

 

२.      टुन्ड्रा क्षेत्र (Tundra Region)

अवस्थिति:

रुसी शब्द टुण्ड्राको अर्थ: चिसो बोट बिरुवा विहीन समतल मैदान हो

उत्तरी गोलार्धमा ध्रुवको वरिपरी ७०˚ देखी ९०˚ अक्षाँशमा अवस्थित क्षेत्र जस्तै: अलास्का, उत्तरी क्यानडा, उत्तरी साइबेरिया, उत्तरपश्चिम नर्वे, स्वीडेन्, डेन्मर्क्, फिनल्याण्ड्, आइसल्याण्ड्, ग्रीन्ल्याण्ड आदी स्थान मा पाइने हावा पानी

हावापानी:

वर्षैभरी ठ्ण्डा रहने

तापक्रम एकदम कम प्रायजसो ज म्ने विन्दु भन्दा तल रहने

ग्रीष्मको तापक्रम -२ डिग्री देखी -५ डिग्री सेल्सियस सम्म रहने र हिउँदमा -४५ डिग्री सेल्सियस सम्म जाने

९-१० महिना जाडो रहने

ग्रीष्ममा २५ से मि सम्म वर्षा हुने भने हिउँदमा हिउँ ज म्ने

वनस्पतिर वन्यजन्तु:

सधैभरिहिउँले छोपिने हुँदा यहाँ वनस्पतिहरु उम्रदैनन ।

उत्तरी भाग मा केहि सिमित वनस्पतिहरु जस्तै: ला इ, झेउ, काइ, ढुसी आदि

केहि सिजनल फुल फुल्ने विरुवा र जडिबुटिहरु

वन्यजन्तुहरुमा समुद्री तटमा हजारौ जनावर र चराहरु पाइन्छन ।जनावरहरुमा ध्रुवीय भालु, ध्रुविय कुकुर्, कस्तूरी, व्वाँसो आदितथा समुद्रमा ह्वेल्, सिल र अन्य माछाहरु र समुद्री कि नार मा पेन्गुइन पाइन्छन ।

जनजीवन र आर्थिक क्रियाक्लाप:

मानव वस्तीनगण्य वराबर

क्यानडा क्षेत्रमा इन्युट र अलास्का र ग्रीनल्याण्ड क्षेत्रमा इस्किमो (Eskimo) स्कान्डिनाभिया क्षेत्रमा ल्याप (Lapps) वा सामी(Saami) यस क्षेत्रका आदिवासी हरु हुन । यिनिहरु फिरन्ते जीवन शैली व्यतित गर्दछन ।

माछा मार्ने, सिकार गर्ने, जनावर को भुवा निकाल्ने, कपडा र पाल बानाउने आदिप्रमुख कृयाक्लापहरु

इन्युइटहरुले  ह्वेल्, सिलको छाला र हड्डी प्रयोग गरेर बनाएको वासस्थान लाई टुपिक (Tupic) भनिन्छ । इस्किमो हरुलो हिउँबाट बनाएको वासस्थान लाई इग्लु भनिन्छ ।

 

३.   अन्टार्कटिका क्षेत्र (Antarctic Climate Region)

अवस्थिति: पृथ्वीको दक्षिणी गोलार्धमा ६६˚ ९०˚  अक्षांश मा सम्पुर्ण अन्टार्कटिका महदेशमा फैलिएको क्षेत्र

हावापानी:

पृथ्वी को अक्षको झुकवको कारण यस क्षेत्रले वर्ष भरिसुर्यको किरण हरु प्राप्त गर्दैन ।

मौसम परिवर्तन हुँदैन, सधै जाडो हुन्छ, गर्मी हुँदैन ।

तापक्रम -४५ डिग्री सेल्सियस र सो भन्दा तल झ र्छ ।

वनस्पति र वन्यजन्तु:

अत्यन्यै चिसो का कारण यस क्षेत्रमा रुख र बोटबिरुवा पाइँदैन ।

२ वटा फुल फुल्ने व नस्पति हरु - अन्टाकर्टिक हेयर ग्रास (Antarctic Hair Grass)  र अन्टाकर्टिक पर्लवर्ट (Antarctic Pearlwort) का साथै केहि फुल नगुल्ने वनस्पति हरु जस्तै: फ ङ्गी, लिचेन, एल्गी आदी पाइन्छन ।

महाद्वीपको भित्री भागमा कुनै वन्य जन्तु पाइँदैन तर महाद्वीपको कि नारमा असङ्ख्य चरा हरु, जनावर हरु र माछा हरु पाइन्छन ।

कठोर हावापानी भएको क्षेत्र

जनजीवन र आर्थिक क्रियाक्लाप:

मानव वस्ती संभव नभएको क्षेत्र्

वैज्ञानिक तथा अन्वेषक हरु आस्थायी रुपम अनुसन्धान कार्य र खोजी कार्य गरीरहेका पाइन्छन ।

फिल्म र वृतचित्र शुटिङ्ग  को सेन्टर को रुपमा प्रयोग हुँदै आएको

 

 

 

 

 

 

 

 

पाठ : ६

विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव

(Climate of the World: Geographical Diversity and its Effects)

 

शीत क्षेत्रमा जन जीवन कष्ट्कर हुनु का कारण हरु:

·        अत्यधिक चिसो तापक्रम- औसत तापक्रम -१० डिग्री सेल्सियस देखी -४५ भन्दा पनि तल सम्म जाने जसले मानिस र अन्य जनावरहरूलाई बाँच्न गाह्रो बनाउँछ।

·        चिसो क्षेत्रमा लामो, गाढा जाडो र छोटो, चिसो गर्मी छ।

·        स्रोतसाधनको अभाव जस्तै: खाना, पानी र बास पाउन गाह्रो

·        ध्रुवीय भालु, ब्वाँसो जस्ता धेरै सिकारीहरूको घर हो। यी शिकारीहरूले मानिस र अन्य जनावरहरूको लागि खतरा निम्त्याउन सक्छन्।

 

इन्युट हरु अझै पनि किन फिरन्ते जीवन विताइरहेका छन ? कारण दिनुहोस । 

इन्युट उत्तरी अमेरिकाको आर्कटिक क्षेत्रहरूमा बस्ने आदिवासीहरूको समूह हो। यिनिहरूको घुमन्ते जीवनशैली बाँच्ने लामो इतिहास छ, र धेरै इनुइटहरूले आज पनि त्यसो गरिरहन्छन्। यसका कारण हरु:

·        आर्कटिकको  वातावरण कठोर र अप्रत्याशित छ जसकारण तिनीहरू वर्षभरि विभिन्न स्थानहरूमा सारीरहेका हुन्छन । उदाहरणका लागि, जाडोको समयमा केही क्षेत्रहरूमा सिलहरू धेरै प्रचुर मात्रामा हुन्छन्, जबकि गर्मीको समयमा अन्य क्षेत्रहरूमा क्यारिबुहरू प्रचुर मात्रामा हुन्छन्।

·        इनुइटको भूमिसँग गहिरो सम्बन्ध छ। उनीहरू विश्वास गर्छन् कि उनीहरूको भूमि र यसका स्रोतहरूको हेरचाह गर्ने आध्यात्मिक जिम्मेवारी हो । घुमन्ते जीवनशैलीले उनीहरूलाई भूमिसँगको यो सम्बन्ध कायम राख्न र उनीहरूले कुनै पनि क्षेत्रको अति शोषण नगर्ने सुनिश्चित गर्न अनुमति दिन्छ।

·        इनुइट संस्कृति साझेदारी र सहयोगमा आधारित छ। घुमन्ते जीवनशैलीले बाँच्नको लागि मानिसहरूलाई मिलेर काम गर्न आवश्यक छ। यसले मानिसहरू बीचको बन्धनलाई बलियो बनाउन र समुदायको भावना सिर्जना गर्न मद्दत गर्दछ।

 

 

इस्लाम समुदायमा मानिसहरुले किन सूर्यलाई भन्दा चन्द्रमा लाई बढी महत्व दिन्छन ?

इस्लामिक विश्वासले सूर्यलाई भन्दा चन्द्रमालाई बढी महत्त्व दिन्छ। किन?

 

-         कुरानमा सूर्य भन्दा चन्द्रमा धेरै पटक उल्लेख गरिएको छ। इस्लामको पवित्र ग्रन्थ कुरानले चन्द्रमालाई २७ पटक उल्लेख गरेको छ भने सूर्यको मात्र ३ पटक उल्लेख गरिएको छ । यसले सुझाव दिन्छ कि इस्लामिक ब्रह्माण्ड विज्ञानमा चन्द्रमा बढी महत्त्वपूर्ण छ।

-         चन्द्रमा रातसँग सम्बन्धित छ, जसलाई शान्ति र शान्तिको समयको रूपमा लिइन्छ। कुरानले भन्छ, "रात आरामको लागि हो र दिन भोजन खोज्नको लागि हो।" यसले चन्द्रमा आराम र शान्तिको प्रतीक हो भनेर सुझाव दिन्छ।

-         चन्द्रमा महिनासँग सम्बन्धित छ, जुन इस्लामिक क्यालेन्डरमा समयको आधारभूत एकाइ हो।

-         चन्द्रमा हजसँग सम्बन्धित छ, मक्काको तीर्थयात्रा। हज इस्लामको पाँच स्तम्भहरू मध्ये एक हो, र यो यात्रा गर्न सक्षम सबै मुस्लिमहरूको लागि आवश्यक छ। इस्लामिक क्यालेन्डरको बाह्रौं महिना धुअल-हिज्जा महिनामा हज गरिन्छ। हजको सुरुवात र अन्त्य निर्धारण गर्न चन्द्रमा प्रयोग गरिन्छ।

 

हिन्दू धर्मवालम्बी हरुले सूर्यलाई पुजागर्ने कारणहरु उल्लेख गर्नुहोस ।

-         हिन्दू धर्ममा सूर्यलाई पवित्र देवता मानिन्छ जसले जीवन र ऊर्जा प्रदान गर्ने गरेको विश्वास गरिन्छ।

-         सूर्य सत्य, ज्ञान र समृद्धि जस्ता अन्य धेरै सकारात्मक गुणहरूसँग पनि सम्बन्धित छ।

-         सूर्य पृथ्वीमा सबै जीवनको स्रोत हो। यसले हामीलाई प्रकाश र गर्मी प्रदान गर्दछ, जुन बिरुवाहरू बढ्न र जनावरहरू बाँच्नको लागि आवश्यक छ।

-         सूर्य सत्य र ज्ञानको प्रतीक हो। यसलेअन्धकार र अज्ञानतालाई हटाउँछ।

-         सूर्य समृद्धि र सौभाग्यको प्रतीक हो। सूर्यको आराधना गर्नेलाई प्रशस्तता र सुख प्राप्त हुने भनिएको छ ।

-         सूर्य पवित्रता र दिव्यताको प्रतीक हो। भनिन्छ, सूर्यको आराधना गर्नेको पाप र अशुद्धता हट्छ।

-         हिन्दू धर्ममा सूर्यको महत्त्व धेरै चाडपर्व र उत्सवहरूमा स्पष्ट हुन्छ जस मध्ये एक सूर्य नमस्कार हो ।

इन्युट जातिहरू कसरी रेड इन्डियन र पिग्मिजभन्दा फरक छन् ?

इन्युट जातिहरू रेड इन्डियन र पिग्मिजभन्दा निम्न कारण हरुले गर्द फरक छन् :

-         इन्युट जाति उपध्रुवीय क्षेत्रको निकै चिसो भागमा बस्छन्, रेड इन्डियनहरु संयुक्त राज्य अमेरिका, मेक्सिको, बोलिभिया, पेरु लगायतका उत्तर र दक्षिण अमेरिकी मुलुकमा बस्छन् तर पिग्मिज खासगरी मध्य अफ्रिकी मुलुकमा बस्छन्।

-         इन्युट निकै अग्ला हुन्छन् भने रेड इन्डियन र पिग्मिज अलि पुड्का खालका हुन्छन् ।

-         इन्युटको जीवनशैली रेड इन्डियन र पिग्मिजहरूको भन्दा बढी परम्परागत र

-         कष्टकर हुन्छ ।

-         इन्युटले केवल सिल  मारेर खान्छन् तर रेड इन्डियन र पिग्मिजले भने खेतीपाती र पशुपालन समेत गर्दछन् ।

 

के कारणले नेपालको तराई, पहाड र हिमाली क्षेत्रको जनजीवन फरक परेको होला, प्रष्ट पार्नुहोस् ।

प्राकृतिक रुपमा नेपाल हिमाल, पहाड र तराई गरी तीन मुख्य भौगोलिक क्षेत्रमा विभाजित छ । भौगोलिक संरचना र उचाइमा भिन्नताका कारण हिमाल, पहाड र तराई क्षेत्रको जीवनशैली एकअर्कासँग फरक छ ।

हिमाली क्षेत्र उच्च उचाइमा अवस्थित भएकोले यहाँ वर्षभरि नै चिसो हुन्छ । चिसो हावापानीका कारण यहाँका जनता सक्रिय, ऊर्जावान र साहसी छन् । तिनीहरू बाक्लो र न्यानो लुगा लगाउँछन्। तिनीहरू न्यानो घरमा बस्छन् र तातो उत्पादन गर्ने खाना प्रयोग गर्छन् ।

पहाडी क्षेत्रमा हावापानी हल्का र मनसुनी खालको हुन्छ । यहाँका मानिसहरूले मौसम अनुसार बाली, तरकारी र फलफूल खेती गर्छन्। मानिसहरू व्यापार, व्यवसाय र कलामा पनि संलग्न छन्। मौसम अनुसार खाना र कपडाको प्रयोग गर्छन् । 

तराई क्षेत्रमा सामान्यतया वर्षभरि नै तातो हावापानी रहन्छ । तातो हावापानीका कारण मानिसहरू तुलनात्मक रूपमा अल्छी, कम सक्रिय निन्द्रा महसुस गर्छन् । तिनीहरू हल्का पातलो लुगा लगाउँछन् र हल्का र चिसो पेय पदार्थ प्रयोग गर्छन् । यसरी हावापानीकै कारणले तराई, पहाड र हिमाली क्षेत्रमा बस्ने मानिसको खानपान, रहनसहन, बसोबास, बोलचाल आदिमा विविधता देखिएको छ ।

 

 

चिसो र समशीतोष्ण हावापानीको क्षेत्रमा रहेको देशहरू विकासकोहिसाबले निकै अगाडि छन्, किन र कसरी ?

-         चिसो र समशीतोष्ण हावापानीको क्षेत्रमा रहेको देशहरू विकासको

-         हिसाबले निकै अगाडि हुनुको कारणहरु:

-         यस क्षेत्रमा वर्षैभरि चिसो हावापानी हुने भएकाले यहाँका मानिसहरू स्वस्थ,

-         मेहनती, फुर्तिला र जाँगरिला छन् ।

-         यस क्षेत्रमा मानिसले प्राकृतिक स्रोत र साधनको सदुपयोग गरी उद्योगधन्दा

-         स्थापना गरेका छन् ।

-         उनीहरुले कृषि र पशुपालनमा आधुनिक प्रविधिको प्रयोग गर्छन् ।

-         यस क्षेत्रमा पर्यटन राम्रोसँग विकास भएको छ र धेरै लाभान्वित भएको छ ।

-         यस प्रकारको हावापानी प्राय: तटीय क्षेत्रमा अवस्थित छ त्यसैले समुद्री

-         व्यापार राम्रोसँग विकसित भएको छ ।

 

मानव जीवन हावापानीको उपज हो, प्रष्ट पार्नुहोस।

मानव जीवन हावापानीकोउपज होइन बरु हावापानी मानव अस्तित्वको एउटा निर्धारक तत्व हो भनेए भन्न सकिन्छ। यद्यपि, मानव जीवनलाई अगाडी बढाउन हावापानीले महत्त्वपूर्ण भूमिका खेल्छ। कुनै क्षेत्रको हावापानीले मानव जीवनको लागि आवश्यक खाद्यान्न, पानी र अन्य स्रोतहरूको उपलब्धता निर्धारण गर्छ। यसले रोगको फैलावट, प्राकृतिक प्रकोपको घटना र उपलब्ध रोजगारीका प्रकारहरूलाई पनि निर्धारित गर्दछ ।

हावापानीमा हुने  परिवर्तनले मानव समाजलाई विभिन्न हावापानीमा अनुकूलन गर्न गाह्रो बनाउँदै गै रहेको छ । यसले खाद्यान्न असुरक्षा, पानीको अभाव र रोगको फैलावट बढाएको छ। यसले बाढी, खडेरी र तातो लहरहरू जस्ता चरम मौसमी घटनाहरू पनि निम्त्याउँछ।

तसर्थ्, स्पष्ट रुपमा भन्नु पर्दा, मानव जीवन हावापानीको उपज  होइन तर मानव अस्तित्वको एक निर्धारक तत्व अवश्य हो भनेए भन्न सकिन्छ। यद्यपि, हावापानीले मानव जीवनलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छ, र यसको परिवर्तनले मानव समाजमा ठूलो प्रभाव पार्न सक्छ।

 

 

 

 

 

 

 

 

जलवायु, वनस्पति र वन्यजन्तु बीचको अन्तरसम्बन्ध

-         वनस्पति र वन्यजन्तु कुनै ठाउँको हावापानी परिस्थितिमा प्रचलित रूपमा निर्भर हुन्छन्। तिनीहरू उपलब्ध तापमान, वर्षा, ध रातलिय विभिधता, र जलवायुसँग सम्बन्धित अन्य कारक तत्व  हरूद्वारा हुर्केका हुन्छन्।

-         उदाहरणका लागि, चिसो हावापानीमा धेरै जनावरहरू चिसोबाट बच्नको लागि फर र न्यानो कपडाको प्रयोग गर्छन ।

-         मरुभूमि मा उ म्रने  बिरुवाहरु को लामो जराहरु हुन्छन्

-         तातो र ओसिलो हावापानी भएका क्षेत्रमा  सदाबहार वनस्पति हुन्छ र हिउँमा भएका बिरुवाहरूमा हिउँ बाट बचन कोण आकार का हुन्छन्।

-         यसरी, वनस्पति र जनावरहरू साथै तिनीहरूका प्रजातिहरू सम्बन्धित ठाउँहरूमा अवस्थित परिस्थितिहरूद्वारा निर्धारण गरिएका हुन्छन

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ: ७

उत्तर अमेरिका महादेश

(North America)

-         विश्वको तेस्रो ठूलो महादेशर जनसङ्ख्याको आधारमा चौथो ठुलो महादेश

-         ७०˚ देखि ८४˚ उत्तरी अक्षांश र ५२ ˚ देखि १७२ ˚ पश्चिमी देशान्तरमा अवस्थित छ।

-         यसको त्रिकोणीय आकारको क्षेत्रफल लगभग २४७०९०० वर्ग किलोमिटर छ।

-         क्रिस्टोफर कोलम्बसले १७९२ ईस्वीमा यो महाद्वीप पत्ता लगाएका थिए र यसलाई भारत ठानेका थिए  तर पछिएक नाविकAmerigo Vespucci नामकले यो तथ्य पत्ता लगाए र यसको नाम अमेरिका राखे।

-         देशको सङ्ख्या: २३ धेरै जसो भु-भाग (अमेरिका र क्यानडाले ओगेटेको)

-         सर्बोच्च शिखर : म्याकिन्ले/डेनाली ( Mt. McKinley)

-         सबै भन्दा ठुलो देश: क्यानडा

-         सबै भन्दा सानो देश्: सेन्ट भिसेन्ट एण्ड नेभिस्

-         सबै भन्दा लामो नदि: मिसौरी

-         सबै भन्दा ठुलो नदि: मिसिसिपी

 

भौगोलिक स्वरुप, हावापानी, वनस्पति, माटो र अन्य वातावरणीय अवस्थाको आधारमा उत्तर अमेरिकालाई ३ भौगोलिक क्षेत्रमा विभाजन गर्न सकिन्छ:

१.   पश्चिमी पर्वतीय क्षेत्र (The Western Mountain Region)

२.   केन्द्रीय मैदानी क्षेत्र (The Central Lowland Region)

३.   पूर्वी उच्च भूमिक्षेत्र: (The Eastern Highland Region)

 

१.   पश्चिमी पर्वतीय क्षेत्र :

-         यो क्षेत्र उत्तरमा अलास्कादेखि दक्षिणमा पनामा नहरसम्म फैलिएको छ।

-         उत्तर अमेरिकाको सर्वोच्च शिखर - माउन्ट म्याककिन्ले (६१९४ मिटर) संयुक्त राज्य अमेरिकाको अलास्कामा अवस्थित छ।

-         डेथ भ्याली (Death Valley) (अत्यन्तै तातो र सुख्खा उपत्यका, समुन्द्र सतह  देखी ८६ मिटर तल), ग्रान्ड क्यान्यन (Grand Canyon) (१८०० मिटर गहिरो), ग्रेट साल्ट लेक(Great Salt Lake) (समुद्र भन्दा नुनिलो), अलास्कन पठार(Alaskan Plateau), युकोन बेसी (Youkon basin), रकोलम्बियन बेसी (Columbian Basin)  यस क्षेत्रका प्रमुख प्राकृतिक आश्चर्यका रूपमा रहेका छन्।

 

२.   केन्द्रीय मैदानी क्षेत्र :

-         यसलाई ग्रेट प्लेन (Great Plain) भनेर पनि चिनिन्छ ।

-         यो क्षेत्र उत्तरमा सुमेरु महासागर को हडसन को खाडी देखी दक्षिणमा मेक्सिकोको खाडी सम्म फैलिएको छ ।

-         यस महादेशको सबै भन्दा ठुलो नदी मिसिसिपी ले बनाएको मिसिसिपी मैदान यही पर्छ ।

-         शितोष्ण घाँसे मैदान प्रेरिज यही पर्छ । यो विश्वकै सबै भन्दा बढी उर्बर क्षेत्र हो । प्रेरिज लाई विश्वको अन्न भण्डार  (Granary of the World)पनि भनेर चिनिन्छ ।

-         यसलाई ताल क्षेत्रको रूपमा पनि चिनिन्छ किनभने यसमा धेरै तालहरूपर्दछन ।

-         नियाग्रा फल्स ओन्टारियो र एरी तालको बीचमा अवस्थित छ।

३.     पूर्वी उच्च भूमिक्षेत्र:

-         उत्तरमा न्यू फाउण्डल्याण्ड देखी दक्षिण मा अलावामा सम्म फैलिएका यि उच्च भुमिहरु २१०० मि. भन्दा कम उचाइका ३ वटा उच्च भूमिहरु: उत्तरमा ग्रीनल्याण्ड्को पठार (Plateau  of Greenland)मध्य भागमा क्यान्डेली शिल्ड (Canadian shield) र दक्षिणमा अपालाचियन पर्बत ( Appalachian Mountains) बाट निर्माण भएको छ ।

-         सेन्ट लरेन्स व्यापारको दृष्टिकोणले सबै भन्दा व्यस्त नदी हो ।

 

हावापानीका विशेषताहरु:

·        उत्तर अमेरिकामा भौगोलिक विभिधता का कारण हावापानी मा विभिधता जस्तै: अत्यधिक गर्मि, न्यानो, र ठण्डा सबै खाले हावापानी पाइन्छ।

·        यो महादेशको उत्तरी भागमा शीत प्रदेश रहेको ले  वर्षैभरि चिसो हुन्छ, मध्य भागमा चरम हावापानी थियो अर्थात् गर्मीमा धेरै तातो र जाडोमा धेरै चिसो भने दक्षिण भागमा उष्ण क्षेत्र रहेको छ ।

·        भित्री भागको हावापानी विषम छ ।

·        सेन्ट लरेन्स क्षेत्रको हावापानी मध्यम छ । संयुक्त राज्य अमेरिका को दक्षिण पूर्वी भाग सबै भन्दा बढी पानी पर्ने ठाउँ हो ।

·        सबै भन्दा बढी आँधीबेहरी आउने ठाउँ फ्लोरिडा हो ।

-         रकी पर्वत श्रेणी क्षेत्र: शीतोष्ण हावापानी

-         अपलेचियान पर्वत क्षेत्र: शीतोष्ण हावापानी

-         प्रेरिज को मैदान क्षेत्र: सुख्खा र चिसो हावापानी

-         ग्रेट ताल क्षेत्र: समशितोष्ण हावापानी(आद्र हावापानी)

-         पूर्वी कि नारी क्षेत्र:समशीतोष्ण सामुदृक हावापानी

-         मरुभूमी क्षेत्र: सुख्खा मरुस्थलिय हावापानी

-         उत्तरी जङ्गल क्षेत्र: चिसो र शीतोष्ण हावापानी

-         दक्षिणी पश्चिम क्षेत्र: भुमध्यसागरीय हावापानी

 

प्राकृतिक वनस्पती र वन्यजन्तु:

-         उत्तरी भागमा चिसो र ओसिलो हावापानी हुनाले- टुण्ड्रा वनस्पति

-         संयुक्त राज्य अमेरिकाको उत्तरी भाग - टुन्ड्रा वनस्पति

-         क्यानाडाको उत्तरी भाग - टाइगा वन घना कोणधारी जङ्गल

-         केन्द्रीय मैदान - प्रेरिज ग्रासल्याण्ड

-         दक्षिण-पूर्व र सेन्टलरेन्स क्षेत्र- पतझर वनस्पति

-         मध्य दक्षिणी भाग- उष्ण सदाबहार जङ्गल्

-         पश्चिमी भाग - पहाडी वनस्पति

-         पूर्वी भाग - मिश्रित जङ्गल

-         सुमेरु क्षेत्रमा अत्यन्तै ठण्डा हावापानी पाइने हुनाले रुखविरुवाहरु पाइदैनन ।

-         क्यालिफोर्निया उपत्यका क्षेत्रमा भुमध्यसागरीय हावापानी पाइन्छ जहाँ अङ्गुर, सुन्तला गहुँ आदिउत्पादन गरिन्छ।

-         चिसो हावापानी मा अनुकुल हुने धुर्बीय जनावर हरु जस्तै: सिल, वालरस्, सेतो फ्याउरो, धुर्वीय भालु पाइन्छन।

 

 

उत्तर अमेरिकाको आर्थिक गतिविधी:

१.   उद्योग, खानीतथा उत्खनन:उत्तर अमेरिकी देशहरू, मुख्यतया संयुक्त राज्य अमेरिका र क्यानडामा धेरै फलाम र स्टील उत्पादनका कारखानाहरू छन्। सुन, चाँदी, तामा, जस्ता, कोइला आदिको उत्खनन गर्ने काम  भएको छ। ग्यास र पेट्रोलियम पदार्थ जमिन बाट ड्रिलिङ मार्फत प्राप्त गरिएको छ, र रिफाइनरी मार्फत शुद्ध गरिन्छ।

२.   कृषि:लगभग १०% मानिसहरू गहुँ, मकै, आलु, उखु, सुर्ती, कपास, फलफूल खेती, अंगूर आदि (व्यावसायीकृत उन्नत प्रकारको कृषि) जस्ता बालीहरूसँग खेतीमा संलग्न छन्।

-         उष्ण प्रदेश क्षेत्रमा सुन्तला, उखु, कफि, कोका, केरा उत्पादन गरिन्छ ।

-         सुख्खा तातो क्षेत्रमा कपास र गाँजा उत्पादन गरिन्छ ।

-         टेक्सास्, मेक्सिको क्यालिफोर्नियामा तरकारी र फलफुल उत्पादन का लागी प्रख्यात छ ।

-         रियोग्रण्ड उपत्यका अ मिला फल फुल को लागी प्रख्यात छ ।

-         संसार कै अन्न भण्डार भनेर चिनिने प्रेरिज क्षेत्र गहुँ उत्पादन को लागी प्रसिद्ध छ ।

-         अपालाचियान क्षेत्र- कपास र सुर्तिको खेतिको लागी प्रख्यात्

-         संयुक्त राज्य अमेरिका ले मरुभूमी क्रान्तिभनेर मरुभूमिक्षेत्र मा अङ्गुर उत्पादन सुरु गरेको छ ।

-         न्यानो समशितोष्ण क्षेत्र मा स्याउ र आरु जस्ता फलफुल हरुको उत्पादन गरिन्छ ।

-         ओहायो र मिसौरी नदिको बिचको भाग लाई मकै क्षेत्र भनिन्छ ।

३.   पशुपालन: क्यानडा, अमेरिका र मेक्सिको लगायत का देश हरुमा व्यावसायिक पशुपालन गरिन्छ। तिनीहरूले विश्व समुदायमा मासु, दूध र दुग्ध उत्पादनहरू निर्यात गर्न सुँगुर, भेडा, रेनडियर, गाईवस्तु आदि पाल्छन्।

४.   मत्स्यपालन: तटीय क्षेत्रहरू माछापालनका लागि  विकसित छन्।

५.   काठचिरान: उत्तरी भागका मानिसहरूले काठ चिरान को अभ्यास गर्छन्। तिनीहरूले काठको फर्निचर, कागज र पल्प निर्यात गर्छन्। टाइगा वन यसको लागी सबै भन्दा उपयुक्त छ।

 

 

 

जलसंसाधन : नदी र तालहरु

१.कोलम्बिया नदी:क्यानाडाको ब्रिटिश कोलम्बिया राज्यमा उत्पत्तिभई दक्षिणतर्फे बग्दैगएर प्रशान्त महासागरमा खस्छ।  लम्बाइ- १८५७ कि. मि.

२.   फ्रेजर नदी:क्यानाडाको ब्रिटिश कोलम्बियामा अवस्थित रकी पर्वतबाट सुरुभई जर्जिया स्ट्रेटमा समाप्त हुन्छ। लम्बाइ १३६८ कि. मि.

३.ब्राजोस नदी: नदी टेक्सास राज्यको उत्तरी भागबाट सुरुभई मेक्सिकोको खाडीमा खस्दछ । लम्बाइ १,३५१ कि. मि.

४.   कोलोराडो नदी:उत्तरी कोलोराडोको रकी पर्वतबाट सुरु भएर दक्षिणपश्चिम क्यालिफोर्नियाको खाडीमा खस्दछ । लम्बाइ-२,९३३ कि. मि.

५.म्याकेन्जी नदी:क्यानाडाको सबैभन्दा लामो र उत्तर अमेरिकाको दोस्रो लामो नदी।यो नदीउत्तरपश्चिम राज्यहरू हुँदै ब्यूफोर्ट सागरमा अन्त्य हुन्छ। लम्बाइ १,८०० कि.मि. छ ।

६.सेन्ट लरेन्स नदी:ओन्टारियो तालबाट उत्पत्ति भई उत्तरपूर्वतर्फ गएर सेन्ट लसेन्सको खाडीमा खस्दछ। लम्बाई १,२२५ कि. मि. छ।

७.ओहायो नदी:संयुक्त राज्य अमेरिकाको पूर्वी राज्यहरू ओहायो र बेस्ट भर्जिनिया एवम ओहायो र केन्टकीको प्राकृतिक सिमानाको रूपमा बह्दै गएर मिसिसिपी नदीमा मिसिन्छ।लम्बाई १५६९ कि. मि. छ।

८.    रियो ग्रान्डे नदी:,०९४ कि.मि.  लामा यो नदी कोलोराडोको जुआन पर्वत बाट शुरुभइ मेक्सिकोको खाडीमा खस्दछ।

९.   युकोन नदी:क्यानडाको युकोन क्षेत्रको दक्षिणपश्चिममा सुरु भई उत्तरपश्चिममा गएर अलास्काको दक्षिणपश्चिममा बेरिङ सागरमा खस्दछ । लम्बाई २०३५ कि. मि. लामो छ

१०.      मिसिसीपी नदी:,७६५ कि. मि. लामो नदी उत्तरी अमेरिका र संयुक्त राज्य अमेरिकाको प्रमुख नदी हो। उत्तरपश्चिमी मिनेसोटाबाट बहदै मेक्सिकोको खाडीमा खस्दछ।।यसका सहायक नदीहरू मिसौरी र ओहायो नदीहरुसँग मिल्दा यो संसारकै तेस्रो लामो नदी प्रणाली६२३६ कि. मि. बन्दछ।

 

११.          मिसौरी नदी:दक्षिणी मोन्टानामा रकी पर्वतबाट सुरुभई संयुक्त राज्य अमेरिकाको मध्य भागमा दक्षिणपूर्वमा सेन्ट लुइस हुँदै मिसिसिपी नदीमा मिसिन्छ। यो संयुक्त राज्य अमेरिकाको सबैभन्दा लामो नदी हो। मिसिसीपी नदीसँग मिल्नुभन्दा अगाडि यसको लम्बाइ २,७६७ कि. मि. रहेको छ।

 

उत्तर अमेरिकाका तालहरू:संयुक्त राज्य अमेरिका र क्यानाडाको सिमानामा अवस्थित पाँचओटा मुख्य तालहरू

*    सुपेरियर

*    मिचिगन,

*    ह्युरोन,

*    एरिर

*    ओन्टारियो ताल

-         यी तालहरू एक आपसमा सेन्ट लरेन्स नदीद्वारा जोडिएका छन् र संयुक्त रूपमा यी तालहरूलाई ग्रेट लेक्स (Great Lakes)  भनिन्छ।

-         एरि तालबाट ओन्टारियो तालमा पानी खस्दा विश्वप्रसिद्ध नायगरा भरना बनेको छ। अरु महत्वपूर्ण तालहरूमा ग्रेट स्लेभ ताल, ग्रेट वियर ताल, पिनिपेज ताल, निकारागुवा ताल, ग्रेट साल्ट ताल आदि ।

 

उत्तरी अमेरिकाको पूर्वी भाग अत्यधिक विकसित वा धनी महाद्वीप हो किनभने:

-         यो एक उर्वराभूमि हो जहाँ खाडी, मैदान, एट्लान्टिक तटीय मैदान र सेन्ट लरेन्स नदी बेसिनहरू छन्।

-         हजारौं बन्दरगाहहरू छन् जसले विश्वका विभिन्न देश्हरूसँग व्यापार सम्बन्ध कायम राख्न मद्दत गर्दछ।

-         यस क्षेत्रमा  मानव बसोबासको लागि समान हावापानी छ ।

-         धेरै उद्योगहरू स्थापना गरिएका छन्। विश्वका ठूला र प्रसिद्ध आविष्कारहरू यही क्षेत्रमा भएका छन्।

-         छोटकरीमा, उत्तरी अमेरिकाको पूर्वी भागका मानिसहरू नवीन र बौद्धिक छन् त्यसैले यो अधिक विकसित छ  वा यो एक धनी महाद्वीप हो भन्न सकिन्छ।

 

संयुक्त राज्य अमेरिकाको कृषि अभ्यास र उत्पादन वस्तुहरु:

-         दक्षिणपूर्वी खाडीमा धान, उखु र कपासको खेती गरिन्छ ।

-         पूर्वी तटमा बदाम, फलफूल, तंबाकू र उखु खेती गरिन्छ।

-         गाईवस्तु र सुँगुरहरू ठूला तालहरू वरिपरि पालिने गरिन्छ।

-         मकै, गहुँ र भटमास पूरै केन्द्रीय क्षेत्रमा उत्पादन गरिन्छ।

-         सुन्तला र अंगूर जस्ता फलहरू दक्षिण पूर्व र दक्षिण पश्चिममा उत्पादन गरिन्छ।

-         पश्चिममा भेडा पालिन्छ ।


उत्तर अमेरिकाको वन्यजन्तुको बारेमा छोटो जानकारी:

उत्तर अमेरिकामा विभिन्न प्रकारका  चराहरु, र अन्य विभिन्न प्रकारका वन्यजन्तुहरू छन्। चिसो हावापानी मा अनुकुल हुने धुर्बीय जनावर हरु जस्तै: सिल, वालरस्, सेतो फ्याउरो, धुर्वीय भालु पाइन्छन।

कालो भालु, हिरण, मुस र पोर्कुपाइन्स जस्ता जनावरहरू र क्यानाडाली गिज, हाँस  जस्ता चराहरू क्यानडा र पूर्वी संयुक्त राज्य अमेरिकाको जंगलमा बस्छन्।

दक्षिण पश्चिमी मरुभूमिहरूमा छेपारो र रैटल सर्पहरूको एक विस्तृत विविधता छ। गिलहरी, लङ्गुर बाँदर र रंगीन चराहरू ट्रपिकल मध्य अमेरिकामा पाइन्छ। एलिगेटरहरू सुदूर दक्षिणको तटीय पानीमा बस्छन्।

 

 

क्यानडामा गहुँको उत्पादन धेरै किन हुन्छ प्रेरिज को बारेमा छोटो जानकारी:

-         उत्तरी अमेरिका महाद्वीपको केन्द्र क्यानाडाको मध्यभागको दक्षिणतिर रहेको घाँसे मैदानलाई प्रेरीज भनिन्छ।

-         यो एउटा समतल जामएएन हो जहाँअ जाडोमा चिसो,गर्मीमा तातो र रूखहरूको लागि धेरै सुख्खा हावापानी भएको क्षेत्र हो ।

-         यस विशाल क्षेत्रलाई गहुँ र मकै उब्जाउन र गाईवस्तु पालनको लागि प्रयोग गरिन्छ।

-         यस क्षेत्रमा आधुनिक मेसिन, मल र प्रविधिको प्रयोग गरिने गरिन्छ ।।

-         नहर सिँचाइ र हेलिकप्टर सिँचाइले गर्द  व्यापक गहुँ खेती गर्ने गरिन्छ। यसरी हामी भन्न सक्छौ कि क्यानाडामा गहुँ धेरै उत्पादन गरिन्छ।


नेपाल र उत्तरी अमेरिका बिच समानता:

-         दुबै उत्तरी गोलार्धमा अवस्थित छन्।

-         हावापानी विशेषता र वनस्पति समान छन्।

-         चट्टानी र हिमाली क्षेत्रहरूमा जलवायु, वनस्पति र जीवन शैलीको लगभग समान विशेषताहरू छन्।

-         दुबैले कम समान प्रकारको राजनीतिक प्रणाली विशेष गरी संयुक्त राज्य अमेरिका र क्यानडालाई अनुसरण गर्छन्।

-         सांस्कृतिक विविधताको हिसाबले दुवैमा समानता छ ।

-         मध्य अमेरिकी देशहरू र नेपालको विकासको ठूलो सम्भावना भएको सामाजिक-आर्थिक अवस्था लगभग उस्तै छ।

 

उत्तर अमेरिका र नेपाल बीचको भिन्नता

-         नेपालामा दिन हुँदा अमेरिकामा रात हुन्छ ।

-         भौतिक विभाजनहरूको दिशा र नाममा भिन्नता छ।

-         संस्कृति, परम्परा, धर्म, सामाजिक-राजनीतिक चेतना र विज्ञान र प्रविधिको विकासमा भिन्नताछ।

-         प्राकृतिक स्रोतको उपलब्धता र तिनको परिचालन, आर्थिक गतिविधि र पूर्वाधार विकासमा फरक छ।

-         उत्तरी अमेरिका एक विकसित महादेश हो जबकि नेपाल एसियाको एक अल्पविकसित राष्ट्र हो।

-         उत्तरी अमेरिकाले आफ्नो प्राकृतिक श्रोतको उत्तम उपायोग गरेको छ भने नेपालले गर्न सकेको छैन।

-         उत्तरी अमेरिका सेवा र व्यापार क्षेत्रमामा सफल छ र कृषिपनी व्यवसायिक र आधुनिक छ तर नेपालले त्यसो गर्न सकेको छैन।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ८

दक्षिण अमेरिका: भौगोलिक स्वरुप, सामाजिक तथा आर्थिक जनजीवन

South America:  Geographical Features, Social and Economic Lifestyles

 

*    अवस्थित : १२° उत्तरी र ५५° दक्षिणी अक्षांशमा अवस्थित

*    क्षेत्रफल - १,७८,४०,००० वर्ग किलोमिटर

*    विश्वको कुल भुक्षेत्रको ११.९६% भुक्षेत्र ओगोटेको र चौथो ठुलो महादेश

*    सबैभन्दा ठूलो देश - ब्राजिल

*    सबै भन्दा सानो देश - एरुबा

*    जनसंख्याको आधारमा सबैभन्दा ठूलो शहर - साओ पाउलो (ब्राजिल)

*    देशहरूको संख्या- १२ (स्वतन्त्र) र ३ (निर्भर)

*    सबै भन्दालामो र ठुलो नदी - अमेजन

*    सबै भन्दाठुलो जङ्गल - अमेजन

*    सबै भन्दा लामो हिमशृङ्खला वा पर्वतमाला– एण्डिज

 

दक्षिण अमेरिका: जातजाति

दक्षिण अमेरिका को जनसन्ख्या मुख्य गरी ४ प्रमुख जात जातिले मिलेर बनेको छ:

*    अमेरिकन इण्डियन (रेड इण्डियन्)

*    आइबेरियन (स्पेनी र पुर्तगाली)

*    अफ्रीकन

*    अन्य आप्रवासीहरु

दक्षिण अमेरिका: भौगोलिक स्वरुप

दक्षिण अमेरिका तीन प्रमुख प्रदेशहरु वा भुक्षेत्रहरु:

१.   एन्डिज क्षेत्र  (Andes Region) :

उत्तरमा भेनेजुएला देखि दक्षिणी भाग मा चिलीसम्म फैलिएको छ।

संसारको सबैभन्दा लामो हिम श्रृंखला वा पर्वतमालाएण्डिज हो (७२००  कि. मि.)

यस महदेशको सबै भन्दा अग्लो हिमाल वा शिखर- माउन्ट अकान्कागुवा (६९६० मि) अर्जेन्टिना मा पर्छ ।

यो पर्वत माला संसारको सबैभन्दा धेरै भूकम्प र ज्वालामुखी प्रभावित क्षेत्रहरु मध्ये एक हो।

 

२.   पूर्वी उच्चभूमि (The Eastern Region) :

यसमा गुयाना उच्चभूमी (उत्तर) र ब्राजिल उच्चभूमि(दक्षिण पूर्व) समावेश छ।

एन्जल झरना  (विश्वको सबैभन्दा अग्लो झरना- ९७९ मि), मारकाइबा ताल( यस महाद्वीपको सबैभन्दा ठूलो ताल), ब्राजिल(जलस्रोतमा सबैभन्दा धनी देश) र पाटागोनियाको पठार (Patagonia Plateau)- एक समशीतोष्ण मरुभूमि पनि यस क्षेत्रमा पर्छ।

 

३.   केन्द्रीय मैदान भाग (The Central Lowland Region) :

पूर्वमा उच्चपहाडी क्षेत्र र पश्चिम्आमा एण्डिज पर्वतको बिच मा रहेको विशाल मैदानी क्षेत्र रहेको छ । उत्तरमा उष्ण प्रदेशीय घासे मैदान छ । यस ठाँउमा उम्रने घाँस हजारौं जनावर हरुको आहारा को रुपमा प्रयोग हुन्छ ।

यस क्षेत्रका प्रमुख प्राकृतिक उपहारहरूमा अ मेजन नदी बेंसीमा  सेल्भास नामको विशाल उष्ण प्रदेशीय सदाबहार जङ्गल छ । समशीतोष्ण घाँसे मैदान (पाम्पास), माराकाइबो ताल (महाद्वीपको सबैभन्दा ठूलो ताल, र अमेजन नदी बेसिन (सबैभन्दा ठूलो नदी बेसिन) हुन्।

 

 

हावापानी र प्राकृतिक वनस्पति

-         दक्षिण अमेरिकामा विविध हावापानी र वनस्पतिहरू छन्। उत्तरी भागमा हावापानी तातो र चिसो छ भने दक्षिणी भागमा न धेरै तातो छ न धेरै चिसो छ।

-         दक्षिण अमेरिकाको अधिकांश भाग उष्ण हावापानी क्षेत्रमा पर्दछ।

-         दक्षिण अमेरिकाका तटीय क्षेत्रहरूमा समुद्री प्रभावका कारण हल्का मौसम छ। त्यसैले यहाँको हावापानी तातो र ओसिलो छ ।

-         एन्डिज र उच्च पहाडी क्षेत्रमा ठण्डा हावापानी पाइन्छ ।

-         यस महादेशको पूर्वी भाग पश्चिमी भाग भन्दा तातो छ।

-         भुमध्य रेखामा रहेको अमेजन बेंसीमा भारी वर्षा हुन्छ ।

प्राकृतिक वनस्पति:

१. लानोस:ओसिनो को बेंसी मा अवस्थित घाँसे भूमी छ । कम वर्षाका कारण क्षेत्र तातो छ ।उत्पादन हुने वस्तुहरु:उखु, कफी, सुर्ती, कपास, कोको आदि।

२. सेल्भास: अ मेजन नदी बेंसी मा अवस्थित यस घना उष्ण सदाबहार जङ्गल लाई सेल्भास को नाम ले चिनिन्छ ।यो संसार को सबै भन्दा विस्तृत क्षेत्रमा फैलिएको जङ्गल हो । पर्याप्त वर्षा भएको ले बाँस र अन्य मुल्यवान रुखहरुको घना जङ्गल पाइन्छ ।

३. पम्पास: अर्जेन्टिना, उरुग्वे र ब्राजिल का भूभाग मा फैलिएको घाँसे भूमिलाई पम्पास भनिन्छ।

४. एटाकामा:उत्तरी चिल्ली र दक्षिणी पेरुमा अवस्थित एटाकामा एउटा तातो मरुभूमी हो जहाँ व नस्पती उम्रदैंन ।

 

 

*    अर्जेन्टिना विश्वमा गाईको मासु र मासुउत्पादन गर्ने अग्र देश हो किनभने अर्जेन्टिनामा रहेको पम्पास घाँसे मैदान नजिकका मानिसहरूको मुख्य पेशा गाईवस्तुपालन हो।

नदी प्रणाली

दक्षिण अमेरिकाका  ५ प्रमुख नदी हरु:

१ अमेजन नदी प्रणाली:संसारकै सबै भन्दा लामो नदी हो जसका १००० भन्दा बढी सहायक नदी हरु छन । यो नदी एण्डिज पर्वत माला बाट उत्पत्तिभ इ एटलान्टिक महासागर मा खस्छ ।

२ रियो दे ला प्लाटा (पाराग्वे, पाराना र उरुग्वे): दक्षिण अमेरिका को दोश्रो महत्वपुर्ण नदी हो । यो मुख्य गरी ३ ओटा नदी हरु पाराग्वे, पराना, र उरुग्वे नदिहरु मिलेर बनेको छ ।

३ ओरिनोको: दक्षिण अमेरिका को तेश्रो ठुलो नदी प्रणाली हो । यो नदी ब्राजिल को गुयाना उच्च भूमी बाट उत्पत्तिभ इ आन्ध्र महासागर मा मिसिन्छ । यसले अन्तरदेशिय सामुदृक मार्ग निर्माण गर्छ ।

४ साओ फ्रन्सिस्को: दक्षिण अमेरिका को चौथो ठुलो नदी प्रणाली हो । यो पुर्ण रुप मा ब्राजिल भित्र बग्छ ।यसै बाट ब्राजिल का मुख्य जल विद्धुत आयोजना हरु स्थापना गरिएका छन ।

५ म्याग्डेलेना नदी प्रणाली: यो नदी प्रणाली कोलम्बियामा अवस्थित छ । यो नदी एण्डिज पर्वत बाट उत्पत्ती भ इ क्यारेवियन समुद्रमा गएर मिसिन्छ ।

 

दक्षिण अमेरिका :अदभुत वा अद्वितीय विशेषताहरू

*    अमेजन नदी- संसारको सबैभन्दा ठूलो नदी

*    अमेजन जङ्गल सेल्भास- संसारको सबैभन्दा ठूलो वर्षावन

*    एण्डिज पर्वत शृङ्खल- संसारको सबैभन्दा लामो पर्वत श्रृंखला (७२०० किमी)

*    चिली- विश्वको सबैभन्दा लामो देश

*    टिटिकाका ताल - ताजा पानी भएको संसारको सबैभन्दा अग्लो नेभिगेबल ताल

*    केप हर्न - संसारको सबैभन्दा आँधी र हावायुक्त ठाउँ

*    एन्जल झ र ना (भेनेजुएला) - संसारको सबैभन्दा उच्च पतन

*    अटाकामा - सबैभन्दा सुख्खा मरुभूमि

*    लापाज (राजधानी) - उच्चतम उचाइमा रहेको (बोलिभिया)

 

पम्पास र यसको महत्व:

पम्पास अर्जेन्टिनामा पाइने समशीतोष्ण घाँसे मैदान हो। निम्न कारणहरूले गर्दा यो महत्त्वपूर्ण छ:

*    पम्पास एक धेरै उर्वरा घाँसे मैदान हो जहाँ गहुँ खेती उच्च स्तरमा गरिन्छ। त्यसैले, अर्जेन्टिनालाई विश्वमा गहुँको ठूलो उत्पादक को रुपमा लिने गारिन्छ ।

*    पर्याप्त चर्न योग्य जग्गा भएकाले र न्यानो समशीतोष्ण हावापानीका कारण गाईवस्तु धेरै मात्रा मा पालने गरिन्छ ।

*    अर्जेन्टिना गाईको मासु र मासुको प्रमुख उत्पादक हो र यहाँ दुग्ध खेती पनि फस्टाएको छ।

*    पम्पासमा भेडा पालन को उपयुक्त भएको अर्जेन्टिनालाई प्रमुख ऊन उत्पादक को रुप मा लिने गरिन्छ ।

 

दक्षिण अमेरिकाको आर्थिक गतिविधिहरू:

कठोर हावापानी र बाँझो माटोको कारण असमान जनसंख्या वितरण छ। प्रमुख आर्थिक गतिविधिहरू निम्न हुन्:

१ कृषि:

पम्पास, तटीय मैदानहरू र ब्राजिलको उच्च भूमिको भाग आलु, कपास, तेल-बीज र सोयाबीन आदि खेतीका लागि अत्यधिक प्रयोग गरिन्छ।

ब्राजिल कफी, कोको र उखुको विश्वको सबैभन्दा ठूलो निर्यातक हो।

मकै र गहुँका लागि अर्जेन्टिना, चिली र उरुग्वे र धान खेतीका लागि दक्षिणपूर्वी ब्राजिल र कोलम्बिया प्रचलित छन्।

पशुपालन:

दक्षिण अमेरिका को एउटा महत्वपुत्ण आर्थिकक गतिविधी पशुपालन हो । पम्पास क्षेत्र गाइवस्तु, भेडा, बाख्रा पालन का लागी उपयुक्त क्षेत्र हुन । अर्जेन्टिनाले संसारको चौथो ठुलो गहुँ र मासु निर्यात गर्ने देश हो । ब्राजिल स्ंसारको सबै भन्दा धेरै कुखुरा को मासु निर्यात गर्ने देक्ष हो ।

उद्योगहरु:

प्रचुर मात्रामा खनिजहरूको बावजुद दक्षिण अमेरिकामा कमजोर औद्योगिक विकास छ। ब्राजिलमा फलाम,स्टिल रबर र कागज उत्पादन गर्ने उद्योगहरू छन्। भेनेजुएलाले माराकाइबो तालबाट पेट्रोलियम निकाल्छ। अर्जेन्टिना मा मासु प्रसोधन, कपास ऊन्, फर्निचर स म्ब न्धी उद्धोग हरु संचालित छन ।

माछा पालन र पर्यटन:

माछापालनमा ब्राजिल्, चिली, पेरु र तटीय क्षेत्रहरू प्रसिद्ध छन्।

एण्डिज पर्वत टिटिकाका ताल्, एन्जेल झ र ना, अ मेजन जङ्गल्,गालापागोस टापु र तटीय क्षेत्रले विश्व भरिकै पर्यटकहरूलाई आकर्षित गर्दछ।

सन् २०१६ मा रियो दि जेनेरियोमा आयोजना भएको ओलम्पिक खेलले पनि महादेशमा पर्यटन प्रवर्द्धन गर्नमा मद्दत गरेको थियो।

 

नेपाल र दक्षिण अमेरिका

समानता:

दक्षिण अमेरिका का ३ भौगोलिक क्षेत्र नेपाल को हिमाल, पहाड र त राइ क्षेत्र सँग मेल खान्छन।

दुबै देशको विविध भूमि संरचना, जलवायु, वनस्पति उस्तै उस्तै छन ।

जलस्रोत र प्राकृतिक स्रोतको उपलब्धतामा नेपाल ब्राजिल जस्तै छ ।

हिमालय र एन्डिज क्षेत्रहरू जलवायु, वनस्पति र जीवनशैलीका विशेषताहरूमा एक अर्कासँग मेल खान्छ।

एण्डिज एक नयाँ मोडदार पहाड हो जुन हिमाल सँग मिल्दोजुल्दो छ ।

दक्षिण अमेरिकाका धेरै देशहरू नेपाल जस्तै विकासको ठूलो सम्भावना बोकेका छन र विकास सुस्त गतिमा भइ रहेको छ ।

दक्षिण अमेरिकाका धेरै जसो देशहरु नेपाल जस्तै कम विकसित छन ।

नेपाल र दक्षिण अमेरिका दुबैमा कृषिमा आधारित अर्थ व्यवस्था छ ।

नेपाल र दक्षिण अमेरिका बीचको भिन्नता

विपरित गोलार्धमा, दक्षिण अमेरिका प्राय: दक्षिणी गोलार्धमा  र नेपाल उत्तरी गोलार्धमा अवस्थित छ ।

दिन र रातहरू ठीक विपरीत अनुभव गर्दछन्।

नेपाल र दक्षिणी अमेरिका भूभागले विपरीत हावापानीको अनुभव गर्दछन्।

भौगोलिक  विभाजनहरूको दिशा र नाममा भिन्नता छ ।

आकार र सीमामा भिन्नता छ ।

संस्कृति, परम्परा, राजनीतिक चेतनाको स्तर, विकास, पूर्वाधार, जलवायु र वनस्पतिमा भिन्नता पाइन्छ ।

 

 

 

पाठ : ९

अफ्रीका : भौगोलिक स्वरुप, सामाजिक तथा आर्थिक जनजीवन

(Africa: Physical Features, Social and Economic Lifestyle)

 

अवस्थिति:

*    एसिया पछिको दोस्रो ठूलो महादेश

*    ३७˚उत्तर देखि ३५˚दक्षिणी अक्षांश र ५१˚ पुर्व देखी १७˚ पश्चिम देशान्तर सम्म फैलिएको छ। विश्वा को कुल भुभाग को २०,२५% भुभाग ओगोटेको छ र क्षेत्रफल लगभग ३०,३६५,००० वर्ग किलोमिटर छ। यसको आकार त्रिकोणीय छ ।

*    यसको सर्वोच्च शिखर: किलिमान्जारो

*    देशको सङ्ख्या:५४ ओटा

*    सबै भन्दा ठुलो देश: अल्जेरिया

*    सबै भन्दा सानो देश: सेसिलेस

*    विश्वा को सबै भन्दा लामो र ठुलो नदि: नाइल्

*    यो महासागरको पुर्वमा हिन्द महासागर र लाल सागर्, पश्चिम मा आन्ध्रमहासागर,उत्तरमा भुमध्य सागर र दक्षिणमा कुमेरु महासागर पर्दछन ।

*    विश्वकै सबैभन्दा ठुलो मरुभूमी : सहारा मरुभूमी

 

अफ्रीका: भौगोलिक विभाजन (Africa : Physical Division):

अफ्रिकालाई  भौगोलिक स्वरुपको आधारमा ५ भौगोलिक क्षेत्रमा विभाजन गरिएको छ:

१.   पठार क्षेत्र:अफ्रीकालाई पठारको पनि पठार भन्ने गरिन्छजस्तै-ताडेमाइट पठार, काटङ्गा पठार आदि।

२.   पर्वतिय क्षेत्र: उत्तर पश्चिममा एटलस शृङ्खला दक्षिणमा केप शृङ्खला र दक्षिण पूर्वमा ड्रेकन्सवर्ग शृङ्खला पर्छन । माउन्ट किलिमन्जारो (५,८९५ मिटर) अफ्रिकाको सर्वोच्च शिखर हो।

३.   ग्रेट रिफ्ट उपत्यका: पृथ्वीमा आउने हलचलका कारण निर्माण भएका लम्बिय दरारको परिणाम स्वरुप निर्मित साँगुरो उपत्यका ग्रेट रिफ्त उपत्यका हो । अफ्रीका महादेशका अधिकांश ताजा पानीका तालहरु जस्तै: मलावी, रुडोल्फ आदी यही क्षेत्रमा पर्दछन ।

४.   नाइल तथा जायार बेंसी:विश्वको सबै भन्दा लामो नदी नाइल नदी र जायार नदीले बनाएका बेंसी हरु यस भित्र पर्दछन । यसले १२ देखी १६ मि. फराकिलो उर्वर मैदान बनाएको छ ।

५.   मरुभूमी तथा घाँसे मैदान क्षेत्र:यस क्षेत्रमा विश्वकै सबैभन्दा ठुलो सहारा मरुभूमी र अरु मरुभूमिहरु पर्दछन । यस क्षेत्रमा चाड ताल पनि पर्छ । कालाहारी मरुभूमीको दक्षिण पश्चिममा भिक्टोरिया झरना पर्छ ।

 

हावापानी:

*    भूमध्य रेखाले लगभग बिच बाट काटेर जाने भएकोले अफ्रीका महादेश उच्च हावापानी को क्षेत्र मा पर्दछ । त्यसकारण यहाँ वर्षैभरी उष्ण खाल को हावापानी पाइन्छ ।

*    दक्षिण पूर्वी पठारमा मात्रै ग्रीष्ममा तातो र हिउँदमा ठण्डा हुन्छ ।

*    मकर रेखा र कर्कट रेखाको बिचमा पनि उष्ण खालको हावापानी पाइन्छ ।

*    सहारा र नामिब मरुभूमिमा अत्यन्तै कम वर्षा हुन्छ ।

*    तटिय क्षेत्रमा भने राम्रो वर्षा हुन्छ र यस क्षेत्रमा समशीतोष्ण हावापानी पाइन्छ ।

*    दक्षिण अफ्रीकाको उच्च समस्थली क्षेत्रमा ग्रीष्म मा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुने हावापानी पाइन्छ।

 

वनस्पति र वन्यजन्तु (Vegetation and Wildlife):

*    मध्य अफ्रीका मा उष्ण र ओसिलो हावापानी पाइने भएकोले र पर्याप्त वर्षा हुने भएकोले यहाँ सदाबहार जङ्गल पाइन्छ । जनावर हरुमा बाँदर्, गोरिल्ला, चिम्पान्जी, उड्ने सर्प एवम विभिन्न खाल का कीराहरु पाइन्छन ।

*    सुडान, जाम्बेजी बेंसी र पूर्वी उच्च भूमिका क्षेत्रहरुमा वर्षा कम हुने भएको ले यहाँ घाँसे मैदान छ जसलाई सभाना घाँसे मैदान भनिन्छ । यस घाँसे मैदान लाई "विश्व को चिडिया खाना" भनेर पनि चिनिन्छ ।यहाँ मृग, जरायो, जेब्रा जस्ता वन्यजन्तुहरु पाइन्छन।

*    सहारा र कालाहारी क्षेत्रमा होचा घाँस र काँडे बुट्यानहरु का साथै केहि खजुरका रुखहरु पाइन्छन र यहाँ पाइने प्रमुख जनावर मा ऊँट र अष्ट्रीच हुन ।

*    भुमध्य सागरिय क्षेत्रमा झाडीहरु मात्रै पाइन्छ र यस क्षेत्रमा अङ्गुर्, जैतुन्, गहुँ, ओटस्, मकै जस्ता बोट बिरुवाहरु पाइन्छन ।

जात जाति (People):

अफ्रीकामा लगभग ८०० भन्दा बढी अश्वेत जात जातिहरु बसोबास गर्छन र लगभ ग १००० भन्दा बढी भाषा बोलिन्छ । अफ्रीका का आदिबासीहरु:

कालो छाला र घुम्रे कपाल भएमा: सहारा मरुभूमिको दक्षिणी भाग र इथियोपियामा बसो बास गर्छन ।

बुसमेन:छोटो कद र पहेलो छाला भएको कालाहारी मरुभूमिमा बसोबास गर्ने मानिसहरु

पिग्मी: भूमध्य रेखाको वरिपरी कङ्गोमा बसोबास गर्ने होचा कद भएका र फिरन्ते जीवनशैली बिताउने व्यक्तीहरु

मसाइ: पूर्वी अफ्रीकामा बसोबासगर्ने अग्ला कद भएका मानिसहरु जसले गाइ पालेर आफ्नो जीविका चलाउँछन ।

धर्म: मुख्य धर्म मा परम्परागत धर्म, इसाई र इस्लाम

अफ्रिकाको आर्थिक गतिविधिहरू

१.    कृषि: कुल जमिन को ८% मात्र कृषियोग्य जमिन भए पनि ७५% भन्दा बढी जनसङ्ख्या यही पेशामा आवद्ध छन ।यद्दपिकृषी निर्वाह्मूखी मात्र छ ।

-         सभाना क्षेत्र, इजिप्ट र दक्षिण अफ्रीका मा मकै उत्पादन गरिन्छ ।

-         पूर्वी उष्ण तटिय क्षेत्र: धानबाली

-         अल्जेरिया,ट्युनिसिया, मोरोक्को: गहुँबाली

-         केन्या, तान्जेनिया, दक्षिण अफ्रीका: केरा, कफी, रबर्, कोदो, सुर्ती आदिको व्यवसायिक खेतीनाइल उपत्यका, युगाण्डा तथा पश्चिम : कपास खेति

२.    पशुपालन: अफ्रीकाको प्रायजसो भागको हावापानी र वनस्पती पशुपालन को लागिउपयुक्त छ। दक्षिण अफ्रीकाको समशीतोष्ण घाँसेमैदान मा गाइवस्तु र भेडा पालन गरिन्छ ।दक्षिण अफ्रीका ले उच्च गुणस्त र को मेरिनो भेडाको ऊन निर्यात गर्छ । मसाई आदिवासी हरु दुध र मासु को लागिगाई वस्तु पाल्छन ।

३.    उद्धोग: अफ्रीका महादेश का प्रायजसो उद्धोग हरु कृषिमा आधारित छन जस्तै-कपडा मिल्, तेल मिल्, तेल प्रसोधन उद्धोग्, रबर उद्धोग आदिखनिजमा आधारित  उद्धोगहरु जस्तै-फलाम, तामा, इस्पात, आल्मुनियम्, तेल प्रसोधन आदी पनि स्थापना भएका छन ।

४.    पर्यटन: पर्याप्त प्राकृतिक श्रोत साधन र जैविक विभिधताका कारण अफ्रीका महादेशमा पर्यटन को सम्भावना बढी छ । केन्यामा मात्रै ४० भन्दा बढी राष्ट्रीय निकुन्जहरु छन । यो ठौँ सफारी, चलचित्र र वृत्तचित्र सुटिङ्गको हब बनेको छ ।

५.    खनिज पदार्थ:अफ्रीका मा प्रचुर मात्रमा ख निज पदार्थ उपलब्ध भएको तर समुचित उपभोग नभएको महादेश हो ।यो महादेश मा सुन, चाँदी, हिरा, पेट्रोल्, तामा जस्ता बहुमुल्य खानइज पदार्थ पाइन्छ ।दक्षिण अफ्रीका विश्व कै अग्रणी हिरा उत्पादक र निर्यातकर्ता हो ।अफ्रीका का १४ ओटा देश हरु पेट्रोलियम पदार्थ का निर्यातकर्ता हुन । ।

 

 

 

दक्षिण अफ्रिका अफ्रिकाको सबैभन्दा धनी देश हो: चार कारणहरू

*    यसमा सुन, हीरा कोइला, तामा, तेल जस्ता धेरै खनिजका खानीहरू छन्।

*    यो महासागरले घेरिएको छ र त्यसैले अन्य देशहरूसँग सबै प्रकारका सम्बन्धहरूमा  पहुँच सजिलो छ। (बंदरगाह)

*    विगतमा अंग्रेजहरूको उपनिवेशका कारण विकास भएकोले यसले सभ्यता सिकेको छ र अघी बढेको छ।

*    यसमा राजनीतिक स्थिरता र विकासका लागि अन्य आवश्यकताहरू छन्।

*    उर्वर माटो र अनुकूल हावापानीले अफ्रिकाको यस भागलाई सहयोग गरेको छ।

 

अफ्रिका महादेशका प्रमुख समस्याहरु:

अफ्रिकालाई संसारको सबैभन्दा अँध्यारो महादेशको रूपमा चिनिन्छ जुन कम विकसित पनि छ। यस क्षेत्रमा निम्न प्रमुख समस्याहरू देखिएका छन:

*    अधिकांश स्थानहरू तातो र सुख्खा छन्।

*    जलवायु मानव बसोबास र खेतीका लागि उपयुक्त छैन।

*    एचआईभीएड्सले सक्रिय मानव शक्तिलाई मारिरहेको छ।

*    साक्षरता दर अत्यन्त न्यून हुनुले जनशक्तिको अभाव छ ।

*    धेरै अफ्रिकी देशहरूमा अझै पनि शान्तिको अभाव छ।

 

 

 

v नाइल नदीको उर्वर भूमिमा गहुँ, जौ, मकै, कोदो, कपास, मूंगफली र तरकारी उत्पादन हुने भएकाले नाइल उपत्यकामा सघन जनसंख्या रहेको छ ।

v दक्षिण अफ्रिका,सबैभन्दा ठूलो सुन को उत्पादक र अफ्रिका को सबै भन्दा धनी देश हो भने जायर  अफ्रिकाको सबैभन्दा गरीब देश हो ।

v सभाना अफ्रिकाको लगभग उत्तर र दक्षिणमा फैलिएको घाँसे मैदानको विशाल क्षेत्रहरूको नाम हो। यो भूमध्य रेखाको उत्तर र दक्षिण दुवैमा अवस्थित छ। सिंह, बाघ, जेब्रा, मृग, स्याल आदि विभिन्न वन्यजन्तु र गिद्ध, चील, बाज आदि चराचुरुंगीको बासस्थान भएकाले यसलाई विश्वको चिडियाखानापनि भनिन्छ ।

v अफ्रिकामा पेट्रोल निर्यात गर्ने देशहरू; इजिप्ट, लिबिया र अल्जेरिया - अफ्रिकाको धनी र अधिक विकसित देशहरू।

नेपाल र अफ्रिका:

·        अफ्रिकाको एटलस शृङ्खला र ड्रकेन्सवर्ग पर्वतको नेपालको हिमालयन क्षेत्रसँग समानता छ ।

·        नेपाल र अफ्रिकाका अधिकांश देशहरु अविकसित छन र राजनीतिक अस्थिरता छ ।

·        आर्थिक गतिबिधी लगभग समान छ ।

o   नेपाल उत्तरी गोलार्ध मा अवस्थित छ तर अफ्रिका दुबै गोलार्धमा अवस्थित छ ।

o   अफ्रिकामा विषम हावापानी छ भने नेपालमा उपोष्ण हावापानी छ ।

o   नेपाल र अफ्रिका भुस्वरुप र हावापानीको हिसाबले भिन्न छन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ: १०

प्राकृतिक प्रकोप: भूकम्प

Natural Disaster: Earthquake

 

आन्तरिक वा बाह्य कारणले पृथ्वी थर्किने वा काम्ने प्रकीयालाई भूकम्प भनिन्छ । पृथ्वीको भूमण्डलमा अकस्मात उत्पन्न हुने उर्जाको कारण पृथ्वीको सतहमा पैदा हुने हलचललाई भूकम्प भन्ने गरिन्छ।

ठाडो भूकम्प (Vertical Earthquake):  जमिन माथि र तल (ठाडो) गति बनाएर जाने भूकम्प - कम विनाशकारी।

क्षितिजिय भूकम्प (Horizontal Earthquake): जमिन दायाँ र बायाँ वा अगाडि र पछाडि हल्लिएर जाने भूकम्प - अधिक विनाशकारी।

वि.. २०५५ साल देखी माघ २ गतेलाई राष्ट्रीय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आएको छ।

भूकम्पको उदगम बिन्दु(Hypocenter/Focus): पृथ्वीको क्रस्ट भित्र भूकम्प उत्पन्न वा सुरु हुने वास्तविक बिन्दु।

केन्द्रबिन्दु (Epicenter):भूकम्प हलचल को पहिलो धक्का मह्सुस हुने पृथ्वीको सतह्- उद्गम स्थलको ठीक  माथि।

सिस्मोलोजी (Seismology): भूकम्पीय तरंगहरूको अध्ययन गर्ने विज्ञान।

सिस्मोग्राफ/ सिस्मोमिटर: भूकम्पको तीव्रता, उत्पत्ति, स्थान र परिमाण नाप्ने यन्त्र।

रेक्टर स्केल (म्याग्निच्युड): भूकम्पको तीव्रता मापन गर्न प्रयोग गरिने एक संख्यात्मक एकाइ, जसको नाम अमेरिकी भूकम्पविद् चार्ल्स एफ रेक्टरले राखेका थिए । उनले  भूकम्पलाई १९३५ मा ० देखि ९ को दायरामा राखेका थिए, जहाँ ५.५ म्याग्निच्युड भन्दा माथिको लाई अधिक विनाशकारी मानिन्छ। 

पूर्वकम्पन्न(Foreshock): भूकम्प आउनु भन्दा पहिला आउने स-साना धक्काहरु

मुख्य कम्पन्न (Mainshock): भूकम्पको ठुलो धक्का

पराकम्पन्न (Aftershock): मुख्य कम्पन्न गइ सकेपछी आएका स-साना कम्पन्नहरु

 

भूकम्पका कारणहरु (Causes of Earthquake):

*    टेक्टोनिक हलचल: पृथ्वीको रहेक ७ वटा प्लेट हरु मद्धे २ वा दुइ भन्दा बढी प्लेटहरू  एकअर्कासँग ठोकिने, मोड्ने, भाँचिने र एकअर्कामा ओभरल्याप हुँदा भूकम्प जान्छ ।

*    ज्वालामुखी विष्फोट: ज्वालामुखी विष्फोट हुँदा, म्याग्मा वा पग्लिएको चट्टानहरू कम्पन सिर्जना गरेर पृथ्वीको क्रस्टबाट सतहमा आई भूकम्प सिर्जना गर्छन्।

*    मानवीय क्रियाक्लाप: मानव ले निर्माण गर्ने विकास कार्य जस्तै-सुरुङ्ग निर्माण, जलाशय निर्माण र भर्ने काम, आणविक हात हातीयारको परिक्षण आदिले ती क्षेत्रमा भूकम्प जाने गर्छ ।

*      समुद्री छाल, पहिरो, र हिम पहिरो आदिका कारण पनि भूकम्प जान सक्छ ।

 

भूकम्पका असरहरु :

*    यसले हजारौं मानिसको ज्यान लिन्छ र ठूलो मात्रामा सम्पत्तिको क्षति गर्दछ।

*    कम्पनका कारण भवन र घरहरु भ त्किन्छन्।

*    सडक, पुल, उद्योग, बाँध लगायतका पूर्वाधारहरु ध्वस्त हुन्छन् ।

*    रोग र भोकमरी फैलिन सक्छ।

*    मानिसहरू भोक भोकै मर्छन्।

*    भूस्वरूपहरू उठ्ने र डुब्ने हुँदा पृथ्वीको सतहमा ठूलो परिवर्तन हुन्छ।

*    बाढी, पहिरो, हावाहुरी र ज्वारभाटा जस्ता प्राकृतिक प्रकोप आउने हुनाले त्यसले ठूलो क्षति पुर्याउँछ ।

*    घटना पछि आर्थिक संकट, चोरी, डकैती, महामारी, भोकमरी आदि  जोखिमपूर्ण समस्या उत्पन्न हुन सक्छ ।

 

भूकम्पबाट सुरक्षित रहने उपायहरू:

भूकम्प जानु भन्दा अगाडी:

-         भूकम्प प्रतिरोधी  घर निर्माण गर्ने ।

-         घरमा झटपट झोलाको/झापट झोला (आपतकालिन सप्लायर चीजहरू) व्यवस्था गर्ने ।

-         ग्यास, ट्याप र बल्बलाई राम्ररी बन्द गर्ने ।

-         टुट्ने-फुट्ने समान र गरुङ्गो समान लाई झुण्ड्याएर न राख्ने ।

 

भूकम्प गइ रहेको समयमा:

-         नआत्तिनुहोस्, शान्त रहनुहोस र यता र उता हतार गर्नुहोस्।

-         जोखिमपूर्ण चिज हरुलाई  बन्द गर्नुहोस्।

-         वरिपरि हेर्नुहोस् र सुरक्षित ठाउँ खोज्नुहोस्।

-         बाहिर हुनु हुन्छ भने खुला ठाँउमा बस्नुहोस ।

-         अग्लो भवनमा हुनुहुन्छ भने लिफ्ट्को प्रयोग नगर्नुहोस ।

-         आगो उत्पन्न हुने वा आगो टिप्ने वस्तु प्रयोग नगर्नुहोस ।

 

भूकम्प पछि:

-         कम्पन कम भएपछि सुरक्षित स्थानमा जानुहोस्।

-         ढोका जस्तै कडा ठाउँमा बस्नुहोस्।

-         हाम फाल्नु हुँदैन।

-         परिवार का सदस्य हरुलाई जाँच गर्नुहोस ।

-         क्षतिग्रस्त भवन बाट टाढा बस्नुहोस ।

-         रेडियो खोलेर समाचार सुन्नुहोस ।

-         जिम्मेवार व्य्क्तिहो हैसियत ले निर्देशन पालना गर्नुहोस ।

 

 

नेपाल एक भूकम्प संवेदनशील क्षेत्र

नेपाल भारतिय भुखण्ड/इन्डियन प्लेटमाथी अवस्थित छ ।लगभग ५ करोड वर्ष अगाडी दक्षिण तर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोकिन पुगेको मानिन्छ ।

त्यसपछी इन्डियन प्लेट उत्तर तर्फ सर्ने क्रम निरन्तर जारी छ । इन्डियन प्लेट प्रतिवर्ष ४ सेन्टिमिटरको दरले उत्तर तर्फ सरिरहेको छ । यस कारण हिमालय क्षेत्रमा शक्तिसंचय भइ रहेको छ ।

जब संचित शक्तिचट्टानले थेग्न सक्दैनतब भौगर्भिक दरारको माध्यमबाट बाहिर निस्कन्छ । अनि भुकम्पका तरङ्घरु चारैतिर प्रसारण हुन थाल्छन ।

नेपालको भुकम्पिय जोखिमको आधारमा ११औं स्थानमा र एउटा संवेदनशिल राष्ट्रमा पर्छ । नेपालको विभिन्न भूभागमा ठुलो मात्रमा शक्ती संचय भइरहेको कारणले जुनसुकै समयमा भुकम्प जान सक्ने सम्भावना छ ।

नेपालका प्रमुख भुकम्पहरु:

-         वि.. १९९० भदौ १२

-         वि.. २०४५ भदौ ५

-         वि..२०७२ वैशाख १२

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ: ११

नक्सा कार्य (Map Work)

पृथ्वीको कुनै अंश वा पुरै भाग कागज वा अन्य वस्तुमा निश्चित नापसहित उतारिएको आकृतिलाई नक्सा भनिन्छ । नक्सा भौगोलिक तथा राजनीतिक तथ्यहरूको प्रस्तुति पनि हो । दिशा, सङ्केत र स्केल वा नापो नक्साका तीन आधारभूत तत्त्व हुन् । खुला हातले ( कोर्ने नक्सामा दिशा र सङ्केत मात्र देखाउन सकिन्छ तर नापोको प्रयोग गर्न सकिंदैन । नक्सामा सङ्केतका सहायताले विभिन्न तथ्य र तथ्याङ् कको सहज ढङ्गबाट प्रस्तुत गरिएको हुन्छ । सिमाना, भौगोलिक स्वरूप, ( उचाइ, वनस्पति, वस्ती, खनिज, वन, माटो, जनसङ्ख्या वितरण, धार्मिक स्थल र सम्पदा, बाली र उत्पादन, विकासका पूर्वाधार आदि नक्सामा देखाउन सकिन्छ । 

नक्सा निर्माण का केही विधिहरु:

क) स्वतन्त्र नक्साङ्कन विधि :यो विधिअनुसार नक्सा बनाउँदा वास्तविक नक्सालाई हेर्दै उक्त नक्सालाई कापीमा उतानें प्रयास गरिन्छ । यसको कुनै वास्तविक स्केल भने हुँदैन ।

(ख) टेम्प्लेट विधि:कुनै पनि नक्सालाई बाक्लो कागज वा काठमा उतारेर उक्त काठ वा कागजलाई काटेर नक्सा बनाइन्छ । यस्तो नक्सा दृष्टिविहीन बालबालिकालाई अध्ययन अध्यापन गर्नका लागि प्रयोग गरिन्छ ।

ग) ग्राफिक विधि :वास्तविक नक्सा माथि ग्राफ गरेर नक्साको आकार प्रकार र फैलावटका आधारमा नक्सा उतानें विधिलाई ग्राफिक विधि भनिन्छ ।

(घ) कार्बन विधि:नक्साको तल कार्बन पेपर राखी नक्सा माथि कुनै सिसाकलम वा पेन्सिलले कोरेर कार्बनको मुनि राखिएको कागजमा नक्सा छाप्ने तरिकालाई नै कार्बन विधि भनिन्छ ।

ङ) ट्रेसिङ विधि:वास्तविक नक्सामाथि ट्रेसिङ पेपर राखी उक्त ट्रेसिङ पेपरमा नक्सा छापेर नक्सा बनाउने विधिलाई नै ट्रेसिङ पेपर विधि भनिन्छ ।

(च) जी. पी. एस. विधि:जी. पी. एस. एउटा यस्तो उपकरण हो जसको सहायताबाट सर्वेक्षण गरी नक्सा निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ ।

छ)जी. आई. एस. विधि:जि. आई. यस कम्प्युटरमा नक्सा बनाउने एक सफ्टवेर हो जसको सहायताबाट भूउपग्रहबाट खिचिएको तस्बिरका आधारमा नक्सा बनाइन्छ ।

 

 

स्वतन्त्र नक्सा कोर्ने विधि शिक्षण कार्यमा बढी प्रचलनमा रहेको छ । जसमध्ये एक तरिका निम्नअनुसार प्रस्तुत गरिन्छ :

चरण १ : नेपाल आयतकार छ ।

चरण २ : नेपाल पश्चिमबाट पूर्वतर्फ ढल्केको छ ।

चरण ३ नेपाल पश्चिममा हल्का फराकिलो र पूर्वमा साँघुरिदै गएको छ ।

चरण ४ : नेपाल करिव अर्ध चन्द्राकार जस्तै मध्यउत्तर भागमा बागिएको छ ।

चरण ५ : सिमा क्षेत्रमा स्पष्ट देखिने गरी बाहिर निस्केका चुच्चे भागहरू पश्चिम उत्तरबाट क्रमशः लिपुलेक लिम्पियाधुरा, मुस्ताङ, लाङटाङ, गौरीशङ्कर, सगरमाथा र कञ्चनजङ्घा रहेका छन् । पूर्वमा पाँचथर दक्षिणमा विराटनगर, जनकपुर, चितवन, भैरहवा र धनगढीमा भित्रतिर घुसेका क्षेत्र रहेका छन् ।

 

 

 

विज्ञान र प्रविधिको विकाससँगै नक्सा निर्माण र अध्ययनमा विभिन्न आधुनिक व्यावहारिक प्रविधि प्रयोगमा आएका छन् । यी प्रविधिले नक्सा निर्माणलाई सहज र सरल बनाउनुका साथै स्पष्ट पनि बनाएका छन् । तीमध्ये केही यसप्रकार रहेका छन्

(क) भौगोलिक सूचना प्रणाली (Geographical Information System- GIS))

भौगोलिक सूचना प्रणाली पृथ्वीमा स्थित जानकारी वा तथ्याङ्कलाई एकीकरण भण्डारण, सम्पादन, विश्लेषण, विभाजन जस्ता कार्य गर्न सकिने सूचना प्रणाली हो । यसले कम्प्युटरलगायतका उपकरणको formation प्रयोग गरी सफ्टवेयरका माध्यमबाट कार्य गर्दछ । भौगोलिक वस्तुको यथार्थ पहिचान अवस्थिति, भौतिक क्षेत्र जस्तै गाउँ, सहर, जिल्ला, प्रदेश, देश आदि देखाउन यो प्रणाली उपयोगी मानिन्छ । यस प्रविधिबाट नक्सामा तथ्याङ्क र विवरण लिङ्क गरेर राख्न सकिन्छ ।

भौगोलिक सूचना प्रणालीका कार्य हरु:

·        विभिन्न श्रोत बाट तथ्याङ्क संकलन गर्ने गर्छ ।

·        संकलित तथ्याङ्खरुको सुरक्षा गर्ने, सत्यता परिक्षण गर्ने, संचित गर्ने तथा व्यवस्थापन गर्ने कार्य गर्दछ ।

·        तथ्याङ्क को क्षेत्रगत विश्लेषण गर्ने कार्य गर्छ ।

·        व्यवस्थित गरिएका तथ्याङ्क हरुलाई तालिका वा रेखा चित्रमा प्रस्तुत गर्ने कार्य गर्छ ।

(ख) भूमण्डलीय/विश्व अवस्थिति मापन प्रणाली (Global Positioning System- GPS)

भूउपग्रहको सहायताले कुनै डिभाइस वा सफ्टवेयरलगायतका प्रविधिमार्फत पृथ्वीको कुनै स्थानको अक्षांश, देशान्तर र उचाइलगायतका सूचना प्राप्त गर्ने प्रणालीलाई भूमण्डलीय अवस्थिति मापन प्रणाली (Global Positioning System- GPS) भनिन्छ । यसको उपयोग गरी नक्सा कोर्नका लागि आधारभूत तथ्यहरू प्राप्त हुन्छन् ।

विश्व अवस्थित प्रणालीका कार्यहरु:

·        स्थान वा वस्तुको अवस्थिती पत्ता लगाउने,

·        एक स्थान बाट अर्को स्थानमा जान मद्दत गर्ने,

·        नक्सा निर्माण गर्ने,

·        समय मापन गर्ने आदि

(ग) गुगल अर्थ (Google Earth)

गुगल अर्थ एक कम्प्युटर प्रोग्राम हो । यसको प्रयोगबाट मुख्य गरी उपग्रहबाट खिचिएका तस्बिरका आधारमा पृथ्वीका विभिन्न क्षेत्रको अवस्थिति खोजी गर्न सकिन्छ ।

पृथ्वीमा रहेका भौगोलिक अवस्थिति जस्तै महासागर, महादेश, देश, आफू बसेको स्थान आदिको अवस्थितिको खोजी गर्न यसकोउपयोग प्रभावकारी हुन्छ।

 

नक्सा र ग्लोब बिच भिन्नता:

 

 

 

नक्सा

ग्लोब

१. जमिनको सतह को समतल आकारमा प्रतीनिधित्व गर्ने चित्र नक्सा हो ।

२. नक्सा दुई डाइमेन्सनमा (2D) प्रस्तुत हुन्छ।

३. नक्सामा अंक्षाश र देशान्तरलाई सिधा रेखामा देखाइन्छ ।

४. नक्साले पृथ्वीको आंशिक वा पूर्ण प्रती निधित्व गर्छ ।

५. नक्साले बढी जानकारी समेटेको हुन्छ ।

 

 

१.    पृथ्वीको गोलाकार प्रतीनिधित्व ग्लोब हो।

२.    ग्लोब तीन डाइमेन्सनमा (3D) प्रस्तुत हुन्छ।

३.    ग्लोबमा अंक्षाश र देशान्तरलाई वृताकार वा अर्ध वृताकार रुपमा प्रस्तुत ग्ररिन्छ ।

४.    ग्लोबले पृथ्वीको पूर्ण प्रतीनिधित्व गर्छ ।

५.    ग्लोबले तुलनत्मक रुपले कम जानकारी समेटेको हुन्छ ।

 

 

 

नेपालको रूपरेखा नक्सा निर्माणको चरणहरू (Steps  to draw the map of Nepal)

*    चरण:१ सुरूमा पेन्सिलले एउटा २०x१२ से.मि.को आयात खिच्नुहोस् ।

*    चरण: २ त्यसपछि चित्रमा दिए जस्तै लम्बाइतर्फ ४ से.मि., ६ से.मि., ६ से.मि. र ४ से.मि.को कोठाहरू बनाउनुहोस् । चौडाइतर्फ ४ से.मि. का तीनओटा कोठा बनाउनुहोस् ।

*    चरण: ३ तल घुसेका र माथि उठेका भागहरू ख्याल गर्नुहोस् । ती भाग कुन कुन कोठामा कति ढल्काइमा खिचिएको छ । याद गर्नुहोस् । सोहीअनुसार पटक पटक कोर्ने अभ्यास गर्नुहोस् ।

*    चरण:४ कोठाहरूलाई मेटिदिनुहोस् ।

*    चरण: ५ उत्तर देखाउने सङ्केत राख्नुहोस् ।

*    चरण: ६ स्केल देखाउनुहोस् । नेपालको पूर्वपश्चिम लम्बाइ ८८५ कि.मि. छ । त्यसलाई तपाईंले कागजको २० से.मि. लम्बाइमा प्रस्तुत गर्दै हुनुहुन्छ । अतः

१ से.मि. = ८८५२० = ४४/२५ कि.मि. हुन आउँछ।

तर नेपाल पश्चिमबाट पूर्वतर्फ ढल्किएकोले व्यवहारमा १ से.मि. बराबर औसतमा ४० कि.मि. लेख्ने चलन छ । 

 

 

 

 

 

नक्सामा संकेतको प्रयोग

 

 

 

 

केहि प्रश्नहरु:

१. सामुद्रिक दुरीले हावापानीमा कसरी प्रभाव पारेको हुन्छ कारण र उदाहरण दिनुहोस्।

हावापानीमा प्रभाव पार्ने तत्व मद्धे समुन्द्र दूरी पनि एक हो। समुद्रबाट बहने वायुले  जलवाष्प  बोकेको  हुन्छ। जलवाष्प भनेको पानीको स-साना कणहरू बोकेर उडेको बादल हो। जलवायुमा वायु बढी भारी हुन्छ। त्यसैले यो धेरै टाढासम्म उडेर जान सक्दैन। समुन्द्र नजिकको क्षेत्रमा यसले आफनो भारी बिसाउनका लागि प्रशस्त वर्ष गराउँछ। जसको कारण समुद्र नजिकको हावापानी ठण्डा र रमाइलो खाल को हुन्छ। समुद्रबाट जति जति टाडा गयो त्यति हावापानी सुख्खा हुँदै जान्छ। सुख्खाको अर्थ वर्षा ज्यादै कम हुनु हो । जलवाष्पयुक्त भारी वायु( बादल) धेरै टाढासम्म पुग्न नसक्ने खोज्दा वर्षा हुन नसकेको हो। त्यसैले समुन्द्र भन्दा टाढाका क्षेत्रहरु सुख्खा मरुभूमि जस्तै बन्दछन्। उदाहरण को लागी समुद्रबाट टाढा पर्ने मंगोलियामा मरुभूमि जस्तै  पनि पाइन्छ।

 

२. उष्ण तृष्ण भूमिको क्षेत्रलाई संसारको चिडियाखाना  भनिन्छ। किन ? कारण उल्लेख गर्नुहोस्।

उष्ण तृष्ण भूमिको क्षेत्रलाई संसारको चिडियाखाना निम्न कारणहरुले  भनिन्छ:

*    वर्षभरी नै धेरै गर्मी र प्रायः सुख्खा हुने भएकोले यहाँ ठूला  रुखहरू भएको जंगल पाइँदैन। यसतो क्षेत्रमा लामा लामा  जारा  भएको बाक्लो र अग्लो घास पाइन्छ। ठाउँ ठाउँमा  छाता आकार भएका होचो रुखहरू पाइन्छ।

*    यो घाँसेमैदानमा सिंह, चितुवा, हरिण, मृग, अर्ना, हाथी गेडा जलगैंडा गोही आदि सयौं प्रजातिका जङ्गली जनावरहरू पाइन्छन् ।

*    शत्रुको आक्रमणबाट बच्नका लागि यहाँका जनावरहरू आफ्नो समूह बनाएर बस्ने गर्छन्।

*    यो ठाउँमा मानव बस्ती छैन र जंगल पनि छैन। सुख्खा घाँसेमैदानमा गाडी गुडाउँदै पर्यटकहरुले  नजिकबाट यस्ता जनावरहरूलाई अवलोकन  गर्न सक्छन्। त्यसकारण यो क्षेत्रलाई सन्सारको चिडिया घर भनेर पनि चिनिन्छ।

*    अफ्रिका महादेशमा  मध्य भागमा विशाल घासे मैदान रहेको छ।  यो घाँसे मैदान  केन्या, सुडान तान्जेनिया, नाइजेरिया आदि देशहरुमा फैलिएको पाइन्छ।

३.   रक्की  पर्वत माला पर्यटनको हिसाबले निकै अगाडि हुनुका कारणहरु उल्लेख गर्नुहोस।

रक्की  पर्वतमाला पर्यटनको हिसावले निकै अगाडि हुनुका कारणहरु यस प्रकार छन्:

*    भौगोलिक विविधता र प्राकृतिक सुन्दरताको लागि अति योग्य हुनु

*    ज्वालामुखी विस्फोटका दृष्यहरु अवलोकन गर्ने अवसर पाउनु

*    यातायात, सञ्चार, विधुत जस्ता पूर्वाधारको सुविधा सम्पन्न हुनु

*    सुविधाजनक होटल, बसोबासको लागि होमस्टे तथा सुरक्षा व्यवस्था राम्रो हुनु

*    राष्ट्रिय निकुञ्जमा अनेकौं जीव जन्तु तथा वनस्पतिहरूको अवलोकन गर्न अवसर हुनु

*    यहाँको प्रचारप्रसार र आकर्षक कार्यक्रमहरुले पर्यटक हरु यस क्षेत्रमा तानिनु

 

४.   भुमध्यरेखिय क्षेत्रमा पाइने होवापानी र वनस्पतिका दुईवटा विशेषता लेख्नुहोस।

हावापानीका विशेषताहरु:

*    पृथ्वीको बिच भागमा पर्ने उनले ऋतु परिवर्तन नहुने

*    सर्यको किरण सिधा पर्ने हुनाले गर्मी र ओसिलो हावापानी पाइने।

*    सूर्यको किरण बर्षेनी सिधा पर्ने हुनाले बर्षे भरी गर्मी हुने

वनस्पतिका विशेषताहरु:

*    वर्षा र गर्मी हावापानी पाइने हुनाले अग्ला र ठुला रुख भएको जंगल पाइने

*    धेरै गर्मी हुने हुनाले टुप्पोमा पात भएका सुरीला रुखहरु हुने

 

५.   अमेरिकाको आर्थिक अवस्था समृद्ध हुनुका कारणहरु उल्लेख गर्नुहोस।

अमेरिकाको आर्थिक अवस्था समृद्ध हुनका  निम्नखित कारण हरु छन्

*    दक्ष जनशक्ति उत्पादन र अधिकतम  स्रोत परिचालन

*    वन जंगल बाट कागज, पल्प र काष्ठ व्यवसाय सञ्चालन

*    खनिज उद्योगहरु स्थापना

*    कोइला ग्याँस र पेट्रोलको पर्याप्ता

*    नोकरी, उद्योग, व्यापार, सेवा, व्यवसाय खनिज उत्खनन तथा प्रशोधन माछापालन र कृषिको उन्नत अवस्था

*    दक्ष जनशक्ति उत्पादन र अधिकतम स्रोत परिचालन

 

६.    दक्षिण अमेरिकाका प्रमुख आर्थिक गतिविधिहरु केकेहुन लेख्नुहोस्।

दक्षिण अमेरिकाका प्रमूख आर्थिक गतिविधिहरू निम्नलिखित छन्:

*    कृषि उद्योग र पर्यटन व्यवसाय

*    भेडापालन तथा लामा पालन

*    खनिजमा आधारित उधोग संचालन

*    युरोपसँग व्यापार

*    कोइला, कफी र उखु उत्पादन 

७.   भूकम्पलाई रोक्न नसकिएता पनि यसको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ कसरी ? अथवा भूकम्पबाट  बाट बाँच्न के-के सुरक्षा उपायहरु अवलम्बन गर्नु पर्ला ?

भूकम्पलाई रोक्न सक्दैन तर  यसको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । सोका लागि निम्नलिखित कार्यमा ध्यान दिनु पर्ने देखिन्छ:

*    घर बनाउँदा भुकम्प प्रतिरोधात्मक प्रविधि अपनाउने

*    घर कम्पन हुँदा सामान  नझर्ने गरी राख्ने

*    उध्दार कार्यमा सहयोग पुर्याउने

*    घरमा पानी खानेकुरा जस्ता कुराको व्यवस्था गरी राख्ने

*    भूकम्पको प्रभाव नरहेको क्षेत्रमा घर बनाई बसोबास गर्ने

*    भुकम्प गइहालेमा ढोका, टेबुल, झयाल, खाटा आदि मुने बसेर जोगिने

*    भुकम्प आउदा सम्भव भएसम्म घरबाट निस्किएर खुला चौरमा जाने

 

८.   भूकम्पका कुनै  दुई कारणहरु र भूकम्प बराबर उत्पत्ति भईरहने कुनै दुई क्षेत्रहरु उल्लेख गर्नुहोस् ।

भूकम्प जाने मुख्य दुई कारणहरु:

·        पृथ्वी भित्रका दुई प्लेट ठोकिने, चट्टान मोडिने, भाँचिने आदि भई पृथ्वी भित्र अतिरिक्त हलचल भएमा।

·        ज्वालामुखि विस्फोट भएमा

बारम्बार भुकम्प जाने क्षेत्र:

·        प्रशान्त माहासागर वरिपरिको रकी,एन्डिज र पुर्वी क्षेत्र

·        एसियाको हिमालय प्रदेश, हिन्दुकुश, सुलेमान र आलस्य पर्वत क्षेत्र

९.   जाडो प्रदेशमा बसोबास गर्ने मानिसको जीवनशैलीमा कसरी परिवर्तन हुदैछ ? विगतको आधारमा प्रष्ट पार्नुहोस्।

जाडो प्रदेशमा आधुनिकता को विकाश सँगै विस्तारै त्यहाँ बसोबास गर्ने मानिसहरूको जीवन शैलीमा परिवर्तन आइरहेको छ। पहिले यहाँका मानिसहरु हिउका ढिक्का र समुन्द्री हवेल माछा र सिलको छालाबाट बनेको घरमा  क्रमश: हिउद र  ग्रीष्म  बस्थे। तर आजभोलि आधुनिक पक्की घरमा बस्छन् । त्यस्तै पहिले एक ठाउँमा बाट अर्को ठाउँमा जाँदा पैडल र कुकुरहरुले तान्ने काठ को क्यारिजको  प्रयोगले सजिलै एक ठाउँमाबाट अर्को ठाउँमा  पुग्ने गर्दथे। खानालाई धेरै समस्या हुन्थ्यो। जंगली जनावर र समुद्री  जीवहरूको सिकारबाट गुजारा टार्थे।  अहिले यहाँ विभिन्न  स्थानमा उत्पादित खानेकुराको पसल र स्टोरहरु उपलब्ध छन्। जीवन पहिलेभन्दा धेरै सुखद् र सजिलो भएको छ अझ सञ्चार र विकासका पूर्वाधारहरूको कारण यो ठाउँ धेरै सजिलो भएको छ।

 

१०.   नेपालमा अहिलेसम्म भएका भूकम्पको सुची बनाउनुहोस।

नेपालमा अहिलेसम्म भएका ठूला भूकम्पहरुको सुची:

·     वि.सं. १३१० आषाढ शुक्ल तृतीय सोमबार राजा अभय मल्लको शासनकालमा काठमाडौंमा भएको करिब ७.७ रेक्टर स्केलको भुकम्प- हालसम्म नेपालमा अभिलेख प्राप्त भूकम्पमध्ये पहिलो प्रमाणिक भूकम्प्

·     वि..१३१६ राजा  जयदेवको पालामा आएको भूकम्प र सो को कारण अपार जनधनको क्षती भई अनिकाल  लागेको

·     वि.सं. १४६४ भाद्र शुक्ल द्वादशीको दिन आएको भूकम्पबाट ठूलो संख्यामा जनधनको क्षति भएको

·     वि.सं. १८९१  अनुसार असार र असोज महिनाका विभिन्न दिन  गएका भूकम्पहरु र त्यस बाट भएका धन जनको क्षति।

·     वि.सं.२०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्प र १३ गते सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६.९ रेक्टर स्केलको भूकम्प- ठूलो धन जनको क्षति।

 

 

 

 

 

 

 


Comments

Popular posts from this blog

कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइ- १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा / एकाइ- २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू

Grade-11 (English) 1.4 The Wish - by Roald Dahl (Short Stories) Part-2

Grade: 11 (Compulsory English) Model/Sample Questions Sets - based on NEB Exam Paper Model