कक्षा : १२ सामाजिक अध्य्यन तथा जीवनोपायोगी शिक्षा एकाइ : ७ सामाजिक पहिचान र विविधता

 
एकाइ : ७  सामाजिक पहिचान र विविधता 

पाठ : १ सामाजिक वर्ग, वर्ग विभाजनका आधार र सामाजिक 
(Social Class, Bases of Class Division and Social Transformation)

१ सामाजिक वर्गको परिचय :

  • सामाजिक वर्ग भनेको आर्थिक आधारमा विभाजित तह हो 'वर्गअंग्रेजीको class बाट नेपालीमा अनुवाद गरिएको शब्द हो जुन शब्द ल्याटिन भाषाको Classic बाट class मा रुपान्तरण भएको हो। यसको अर्थ मानिसको खास समूह भन्ने हुन्छ मानिसको खास समूह पनि आर्थिक अवस्थाले नै निर्धारण गर्दछ जस्तै आर्थिक रूपले सम्पन्न परिवारको समूह मध्यम स्तरका परिवारको समूह तथा आर्थिक रूपले विपन्न परिवारको समूहलाई वर्ग भनिन्छ।
  • सबै समूहलाई वर्गको परिभाषाभित्र राख्न मिल्दैन। जस्तैः बालबालिकाको समूह, युवा समूह, बृद्धबृद्धाको समूह, महिला समूह, पुरुष समूह, धार्मिक तथा जातीय समूह आदि यस्ता समूहहरू वर्ग होइनन्। वर्ग हुनको लागि, आर्थिक रूपमा विभाजित समूह नै हुनुपर्छ।

आधुनिक समाजशास्त्रीहरुले समाजमा ३ वटा वर्ग रहेको कुरा गर्दछन्:

उच्च वर्ग;

  • आम्दानीको स्रोत राम्रो भएका,
  • सामाजिक मान, प्रतिष्ठा र इज्जत भएका,
  • आफ्ना आवश्यकताहरू सजिलै पूरा गर्न सक्ने
  • मिठो खाने, राम्रो लाउने, भौतिक सुविधा सम्पन्न
  • उत्पादन का साधन माथी नियन्त्रण भएको वर्ग्,
  • उच्च लगानी क्षमता र आय भएको वर्ग,
  • उदाहरणको लागि- उद्धोगपति, व्यापारी, धनाढ्य आदि
  • भएको व्यक्तिको समूह भन्ने बुझिन्छ।

.  मध्यम वर्ग: 

  • पढेलेखेका शिक्षित वर्ग,
  • आफ्नो श्रम, सिप वा मध्यम खाले व्यापार वा व्यवसाय गरे,
  • उच्च वर्ग बन्न अथक प्रायअस गर्ने
  • उदाहरण को लागि-डाक्टर, इन्जिनियर, वकिल,पाइलट, शिक्षक, लेखक, कलाकार आदि।

. निम्न वर्ग :

  • गरिव मानिसको समूह,
  • लामो समय सम्म काम गर्द हाथमुख जोड्न गार्हो पर्ने वर्ग,
  • मजदुरी गरेर जीविकापार्जन गर्ने वर्ग्,
  • भुमिको स्वामित्व नभएको वा नगन्य भएको
  • उदाहरणको लागि-जोताहा किसान, भारी बोक्ने भरिया, शारीरिक श्रम गर्ने मजदूर आदि
  • समाजशास्त्री दार्शनिक कार्ल मार्क्सका अनुसार सामाजिक वर्ग भनेको आर्थिक रूपमा विभक्त भएको समूह हो।" कार्ल मार्क्स ले जमिनदार, उद्योगपति, उच्च कोटीका व्यापारी र राज घरानालाई पुँजीपति वर्ग भनेका छन्।
  • दार्शनिक E.B. Tyler का अनुसार- वर्ग भनेको समाजभित्रको यस्तो समूह हो, जो सामाजिक तथा आर्थिक रूपमा अरूभन्दा भिन्न हुन्छ।
  • आदिम जङ्गली जीवनशैली सम्यवादमा आधारित थियो। त्यो समय धनी र गरिब शब्दको उत्पत्ति नै भएको थिएन। त्यसपछि दास युग सुरु भयो। यसमा मालिक र दास गरी दुई वर्ग देखा परे। दास युगपछि सामन्ती युग सुरु भयो। यसमा सामन्त (धेरै जमिन हुने) र मोही (अरूको खेती गर्ने) वर्ग देखा परे। त्यसपछिको पूँजीवादी समाजमा पूँजीपति (कपितलिस्त्स्) र सर्वहारा (मजदुर तथा खेती गर्ने गरिब किसान) वर्ग देखियो।
नेपाली समाजका वर्ग निर्माणका आधारहरू:
१. धनसम्पत्ति तथा आम्दानी: वर्ग निर्धारणको एक प्रमुख आधार धनसम्पत्ति  र आम्दानी हो। जोसँग बढी सम्पत्ति छ र जसको आम्दानीको स्रोत राम्रो छ, ऊ समाजमा प्रतिष्ठित र उच्च वर्गको हुन्छ।
२. जन्म: खासगरी हिन्दु सामाजिक संरचनामा वर्ग निर्माणको आधार जातिको आधारमा तय गरिन्छ। हिन्दु समाजमा ब्राह्मण जातिलाई सबैभन्दा उच्च वर्गमा राखिएको छ भने शुद्र जातिलाई सबैभन्दा निम्न वर्गमा राखिएको छ। यसैकारण जुन व्यक्तिको जन्म ब्राह्मण जातिमा हुन्छ उसलाई उच्च वर्गमा राखिन्छ भने शुद्र जातिमा जन्मेको व्यक्तिलाई निम्न वर्गमा राखिन्छ। तर नेपालमा पनि बदलिँदो परिस्थितिअनुसार वर्ग व्यवस्थाको यो आधार कमजोर हुँदै गएको पाइन्छ।
३. व्यवसायको प्रकृति: व्यवसायको प्रकृतिले पनि वर्ग निर्माण गर्दछ। प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिल तथा राजनीतिज्ञ आर्थिक स्थिति जस्तोसुकै भए पनि उनीहरूलाई समाजमा उच्च वर्गमा गणना गरिन्छ।
४. शिक्षा: शिक्षा एक यस्तो साधन हो, जसले व्यक्तिलाई समाजमा इज्जत प्रदान गर्दछ। यसैकारण शिक्षित व्यक्तिलाई उच्च वर्गमा राखिन्छ भने अशिक्षित व्यक्तिलाई शिक्षित व्यक्तिको तुलनामा निम्न वर्ग राखिन्छ।
५. राजनीतिक अधिकार: जबसम्म कुनै व्यक्तिसँग राजनीतिक अधिकार हुन्छ, तबसम्म उसको समाजमा ठुलो इज्जत हुन्छ। उदाहरणका लागि प्रधानमन्त्रीलाई राजनीतिक अधिकारको आधारमा उच्च वर्गमा गणना गरिन्छ भन उक्त प्रधानमन्त्रीको पदबाट हटेर राजनीतिक अधिकारबाट विमुख भएपछि उसलाई उच्च वर्गमा गणना नगर्न पनि सकिन्छ।
६. बुद्धि: प्रत्येक व्यक्तिको दक्षता, सिप तथा बुद्धि भिन्नाभिन्नै खालको हुन्छ। त्यसैले जुन व्यक्तिको धेरै बुद्धि तथा सिप छ उसलाई धेरै बुद्धि भएको व्यक्तिको तुलनामा उच्च वर्गमा गणना गरिन्छ।
७. बासस्थान: व्यक्तिको बासस्थानको आधारमा पनि वर्ग निर्धारण गरिएको हुन्छ। उदाहरणका लागि सहरको विकसित स्थान जस्तै काठमाडौंको नयाँ सडक, इन्द्रचोकका घरमा भएका व्यक्तिलाई उच्च वर्गमा राखिन्छ भने अविकसित र फोहोर बस्तीमा बस्ने व्यक्तिलाई निम्न वर्गमा राखिन्छ।

वर्गीय विभाजनका असरहरु:
१.       वर्गीय विभाजनले सामाजिक एकता कमजोर हुन्छ।
२.       विकास निर्माण कार्यमा जनसहभागिता जुटाउन गार्हो हुन्छ।
३.       सामुहिक द्वन्द्व हुने सम्भावना हुन्छ।
४.       भेदभाव, हेपाइ तथा अमान्वीय कृयाक्लापका समस्याहरु वृद्धी हुन्छ।
५.       सामाजिक समस्या तथा विकृतीहरु बढ्छन।
६.       देशको चौतर्फी विकासमा बाधा पुग्छ।
७.       समाजमा अराजक स्थिती बढ्छ।
८.       मानव अधिकारको हनन हुन्छ।

सामाजिक रुपान्तरण (Social Transformation)
 समाजमा आउने सकारात्मक परिवर्तनलाई सामाजिक रुपान्तरण भनिन्छ।
  अर्को शब्दमा भन्नुपर्दा, सामाजिक जीवनका सबै पक्ष- संस्कार देखी लिएर सामाजिक सम्बन्ध, राजनीतिक देखी लिएर अर्थतन्त्र, चिन्तन गर्ने शैली जीवन जिउने शैलीमा हुने पुनर्संरचना वा सकारात्मक परिवर्तन नै सामाजिक रुपान्तरण हो।
  वर्गीय रुपमा हुने विभेद अन्त्य गर्नका लागी सामजिक रुपान्तरण आवश्यक पर्दछ। अथार्त सामाजिक रुपान्तरणले वर्गीय विभेद अन्त्यगर्न सक्छ। यसरी वर्ग र सामाजिक रुपान्तरण एक अर्का सँग अन्तरसम्बधित छन।

सामाजिक रुपान्तरणका विशेषताहरु:
  निरन्तर रुपमा भइरहने प्रक्रीया हो।
  विश्वव्यापी प्रकीया हो।
   समाज एकनासको नभएको यसको स्वरुपमा भिन्नता हुन्छ।
   यो समसामयिक समयद्वारा प्रभावित हुन्छ।
   कतिपय सामाजिक परिवर्तन योजनाबद्ध भने कतिपय एक्कासी हुन्छन।
   कारण एउटै वा फरक्- फरक हुन सक्छ।
   ठ्याक्कै अनुमानगर्न नमिल्ने खालको हुन्छ।

सामाजिक रुपान्तरणमा सहयोगगर्ने केही पक्षहरु:
१.       शिक्षाको उपलब्धता र मानिसको सामाजिक हैसियत
२.       आर्थिक अवस्थामा सुधार्
३.       रोजगारीको अवसरको उपलब्धता
४.       राजनीतिक एवम संबैधानिक उपलब्धता
नेपालमा सामाजिक रुपान्तरणका भएका प्रयासहरु:
       चन्द्रशमशेरले वि.. १९८१ मा दासप्रथा र वि.. १९७७ मा सतिप्रथाको उन्मुलनको घोषणा
       सरकारले फेरी वि.. २०५७ मा यी प्रथाहरु पूर्ण रुपमा उन्मुलन गरेको
       वि.. २०२० सालको मुलुकी ऐनले जातीय छुवछुतलाई दण्डनीय बनायो।
       नेपाल अधिराज्यको संविधान २०४७, अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ ले विस्तारित रुपमा यी कुराहरु उल्लेख गरिएको र समानाता र समताको उल्लेख गरिएको
 
 

जात

वर्ग

१.   जातको सदस्यता जन्मजात हुन्छ।

२.     यो जन्मको आधारमा निर्धारित हुन्छ।

३.     जात अपरिवर्तनशील हुन्छ।

४.     जात बन्द संरचनामा आधारित हुन्छ।

५.     जात विवाहको मामलामा कडा हुन्छ।

६.     जात व्यवस्थामा जातभित्र सदस्यहरु निश्चित रीतिरिवाज, प्रथाहरु अवलम्बन गरुन भन्ने अपेक्षा राख्छन।

१.  आर्थिक अवस्थामा विभाजित समूहलाई वर्ग भनिन्छ।

२.  मिहेनत अवसर आदिले वर्ग परिवर्तन हुन्छ।

३.  जात बन्द संरचनामा आधारित हुन्छ।

४.  वर्ग खुला संरचनामा आधारित हुन्छ।

५.  दुईवटा वर्गहरु बीचको विवाह तुलनात्मक रुपमा सहज हुन्छ।

६.  वर्गीय व्यवस्था भित्रका रीतिरिवाज, प्रथाहरु फरक-फरक हुन्छन।

 

 




 

 

पाठ : २ 

लैङ्गिक सवाल ( Gender Issues)

       लैङ्गिकता भनेको महिला र पुरुष प्रती समाजले हेर्ने दृश्ट्रीकोण हो। यो समाजको परम्परामा अल्झिएको हुन्छ। व्यवहारिकरुपमा पनि महिला र पुरुषप्रती फरक अवधारणा पाइन्छ। यही महिला र पुरुष बीचको विभेदपूर्ण अवस्थाको आवाज नै  लैङ्गिक सवाल हो।

       यसरी भन्नुपर्दा, महिला र पुरुषमा देखिएको भिन्नतालाई विश्लेषणगर्ने आधार नै लैङ्गिक सवाल हो।

  

लिङ्ग

लैङ्गिकता

१.    स्त्री, पुरुष तथा तेश्रो लिङ्गी छुट्ट्याउने प्रक्रीया

२.    जन्मजात प्रकीया

३.    प्राकृतिका एवम जैविक देन

४.    विश्वभरी एकै प्रकारको व्याख्या

५.    महिला पुरुष र यौनिक अल्पसंख्यक: प्रकार

६.    अपरिवर्तनशील (महिलाले मात्र बच्चा जन्माउन सक्ने)

७.    निर्धारक तत्व क्रोमोजोम, हर्मोन, यौनाङ्ग आदि

१.  लैङ्गिकता- महिला र पुरुषप्रती हेर्ने दृष्टृकोण्

२. सामाजिक प्रकीया/सामाजिक देन /सामाजिक परम्परा र पुरातन सोच

३.   मनौवैज्ञानिक पक्ष्

४.    देश, काल र परीस्थिती अनुसार परिवर्तनगर्न सकिने

५.   व्याख्या समाजअनुसार फरक हुने

६.     परिवर्तनशील हुने

७.    महिलाले बाहिराकाम  गर्नु हुन्न मान्यतामा परिवर्तन भएको

 

 

 

 













लैङ्गिकताको निर्माण: जैविक तथा सामाजिक पक्ष

       पुरुष र  महिलाको संरचनालाई लैङ्गिकताको निर्माण भनिन्छ। लैङ्गिकता निर्माणलाई जैविक तथा सामाजिक गरी २ भागमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ ।

१.       लैङ्गिकताको निर्माण : जैविक पक्ष (Biological Aspects)

२.       लैङ्गिकताको निर्माण : सामाजिक पक्ष (Social Aspects)

 . लैङ्गिकताको निर्माण : जैविक पक्ष

       पुरुष, महिला वा तेश्रो लिङ्गी भनेर जन्मजात रुपमा छुट्टिने आधारलाई लैङ्गिकताको जैविक पक्ष भनिन्छ ।

       छोरा वा छोरी हुनका लागी पुरुषको शुक्रकीट्मा भएका २३ क्रोमोजोम र महिलाको अण्डमा भएका २३ क्रोमोजोम बिच मेल खाएर ४६ क्रोमोजोमहरु मिलेर मानव शरिर निर्माण हुन्छ ।

       २३-२३ क्रोमोजोम मद्धे पुरुषबाट आएको १ महिलाबाट आएको १ क्रोमोजोमले लिङ्गा निर्धारण गर्दछ । यही प्रकीयालाई जैविक निर्माण भनिन्छ।

       लिङ्ग निर्धारण गर्नका लागि पुरुषको शुक्रकिटमा X Y क्रोमोजम र महिलाको डिम्ब (अन्ड) मा X X  क्रोमोजम रहेका हुन्छन्।

       महिला महिनावारी भएको लगभग १४ दिनमा अन्डासयबाट एउटा अन्डा पाठेघरमा आउँछ। त्यही समयमा पुरुषसँग यौन सम्पर्क भएमा पुरुषको शुक्रकिट र महिलाको अन्डबिच मेल भएर गर्भ रहन्छ।

       पुरुषको बिर्यबाट X क्रोमोजम सक्रिय भई महिलाको X क्रोमोजमसँग मेल खाएमा छोरीको जन्म हुन्छ।

       यदि पुरुषको बिर्यबाट Y क्रोमोजम सक्रिय भई महिलाको X क्रोमोजमसँग मेल खाएमा छोराको जन्म हुन्छ।

 

. लैङ्गिकताको निर्माण: सामाजिक पक्ष

महिला पुरुषप्रति समाजले हेर्ने जुन दृष्टिकोण , त्यसलाई लैङ्गिकता निर्माणको सामाजिक पक्ष भनिन्छ। लैङ्गिकता निर्माणको सामाजिक पक्ष परम्परागत वा मानिसले बनाएको धारणामा निर्भर रहन्छ यस सामाजिक पक्षलाई शिक्षा, चेतना, रोजगार, पूर्वाधार आदि कुराले प्रभाव पारेको हुन्छ।

लैङ्गिकता निर्माणको सामाजिक पक्षमा देखा परेका विशेषताहरु:

लैङ्गिकता निर्माणको सामाजिक पक्ष मानिसले बनाएको धारणामा निर्भर हुन्छ।

यसका विशेषताहरू समाज अनुसार फरक हुन सक्छन्।

समय परिवर्तनसँगै सामाजिक पक्षका धारणाहरू परिवर्तन हुन्छन्।

विकसित देशमा लैङ्गिकता निर्माणको सामाजिक पक्ष लगभग समान देखिन्छ भने अल्पविकसित देशमा यसको अवस्था असमान रहेको छ।

लैङ्गिकतालाई शिक्षा, चेतना, पूर्वाधारको विस्तार, रोजगारको अवसर आदि कुराले प्रभाव पारेको हुन्छ

धार्मिक तथा सांस्कृतिक पक्षले पनि लैङ्गिकता निर्माणको सामाजिक पक्षलाई प्रत्यक्ष रूपले प्रभाव पारेको हुन्छ।

लैङ्गिकता निर्माणको सामाजिक धारणालाई समय र परिस्थितिअनुसार सुधार गर्न सकिन्छ।

 

यौनिक अल्पसङ्ख्यकको पहिचान
(Identity of Sexual Minorities)

 

       यौनिक अल्पसङ्ख्यक शब्दले महिला पुरुष को परिभाषा भित्र नपर्ने वा यी दुबै लिङ्ग भन्दा फरक शारीरिक वा भावनात्मक व्यव हार भएका व्यक्तिह रु लाई जनाउँछ अङ्ग्रेजीमा यिनीहरु को लागी LGBTIQ  शब्द प्रयोग गरिन्छ,जसको अर्थ:

१.       Lesbian (समलिङ्गी महिला)- यौनिक रुपमा महिला भए पनि महिला प्रतिआकर्षिता हुने

२.       Gay (समलिङ्गी पुरुष)- यौनिक रुपमा पुरुष भए पनि पुरुषह प्रतिआकर्षित हुने

३.       Bisexual (द्विलिङ्गी)- महिला पुरुष दुबैप्रतिआकर्षित हुने

४.       Transsexual/ Transgender (तेश्रो लिङ्गी)- शारीरिक संरचना महिला जस्तोभए पनि पुरुषको भावना शारीरिक संरचना पुरुष को जस्तो भए पनि महिला जस्तो भावना

५.       Intersexual (अन्तरलिङ्गि)- दुबै को यौन अङ्ग भएको वा स्पष्ट रुपमा लिङ्ग नछुट्टिएको

६.       Queer (अनौठो)- यौनिक उन्मुखता स्थिर नभएको

नेपालको सन्दर्भमा यौनिक
अल्पसङ्ख्यकको समावेशिकरण

  • विश्वव्यापी रूपमा यौनिक अल्पसङ्ख्यकहरू खुलेर आफ्नो पहिचान दिने आफूलाई महिला वा पुरुषभन्दा फरक यौनिक उन्मुखता (Sexual orientation) भएको व्यक्तिको रूपमा पहिचान दिन थालेका छन्। यसको प्रभाव नेपालमा पनि परेको देखिन्छ। नेपालमा पनि सन् २००१ मा यौनिक अल्पसङ्ख्यकहरूको हकहितका लागि निलहिरा समाज (Blue Diamond Society) नामक संस्था स्थापना भएको थियो। यसका संस्थापक सुनिल बाबु पन्त व्यवस्थापिकाको सदस्यसमेत बनिसकेका छन्।
  • वि.सं. २०६४ साल पुष गते यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवन अधिकार सुरक्षित गर्नका लागि सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई अन्य नागरिक सरह मानव अधिकारको व्यवस्था गर्ने, पहिचानसहितको अधिकार सुनिश्चित गर्ने नागरिकतामा पनि 'अन्य' उल्लेख गरेर नागरिकता लिन पाउने व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो।
  • नेपालको संविधानको धारा १२ मा लैङगिक पहिचानसहितको नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरिएको त्यसैगरी संविधानको धारा १८ ले धर्म, वर्ण, लिङ्ग वा अन्य कुनै पनि आधारमा भेदभाव गर्न नपाइने यस्ता भेदभाव दण्डनीय हुने कुरा उल्लेख गरेको छ।

लैङगिक समावेशिता (Gender Inclusiveness)

       महिलालाई कानुनी रूपमा थप अधिकार अवसर दिएर पुरुषसरहको स्थितिमा ल्याउने प्रयासलाई लैगिक समावेशिता भनिन्छ। लैङ्गिकतामा आधारित राजनीतिक, आर्थिक सांस्कृतिक असमानता कम गरी लैङ्गिक समानता कायम गर्नका लागि राज्यस्तरबाट विभिन्न प्रयासहरू भएका छन् जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:

१.       छैटौँ योजनामा पहिलोपल्ट विकास कार्यमा महिला सहभागिता प्रवर्धन गर्ने छुट्टै नीति तयार गरियो।

२.       वि. सं. २०३८ मा महिला विकास शाखा स्थापना भयो

३.       वि.सं. २०५२ मा महिला तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो हाल (बि.सं. २०७८) यस मन्त्रालयको नाम महिला, बालबालिका, समाजकल्याण ज्येष्ठ नागरिक मन्त्रालय रहेको छ।

४.       वि.सं. २०५७ मा महिला विकास विभाग स्थापना गरियो

५.       .. २०५७/५८ मा ७५ ओटै जिल्लामा महिला विकास कार्यालयहरू खोलियो

६.       सरकारी जागिरका लागि लिइने परीक्षालाई समावेशी बनाउन ४५ प्रतिशत सिट छुट्याइएको छ। त्यो ४५ प्रतिशत सिटलाई १०० प्रतिशत मान्दा ३३ प्रतिशत सिट महिलाका निम्ति छुट्याइएको छ।

७.       महिलालाई निजामती सेवा, शिक्षक सेवालगायतका सेवामा प्रवेश गर्न पुरुषले ३५ वर्ष नाघेपछि पाउँदैनन् भने महिलाले ४० वर्षको उमेरसम्म प्रतिस्पर्धामा सहभागी हुन पाउने नीतिगत प्रावधान लागु भएको छ।

८.        पैत्रिक सम्पत्तिमा परिवारमा भएका छोरा छोरीको समान हकको व्यवस्था छ।

९.       राष्ट्रपति उपराष्ट्रपति फरक समुदाय वा लिङ्गको हुनुपर्ने व्यवस्था गरिएको छ।

१०.   सभामुख उप सभामुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था रहेको छ।

११.   प्रत्येक प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित हुने आठ सदस्यमध्ये तीन जना महिला हुनुपर्ने राष्ट्रपतिले मनोनित गर्ने तीन जना सदस्यमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था रहेको छ।

१२.   प्रतिनिधि सभा प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले बन्दसूची पेस गर्दा पचास प्रतिशत महिला सदस्य हुने गरी बन्द सूची तयार पारी पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

१३.   स्थानीय तहमा प्रमुख उपप्रमुख फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरिएको छ। स्थानीय तहको वडा सदस्यमा दुई जना, गाउँ कार्यपालिकामा चार जना, नगर कार्यपालिकामा पाँच जना महिला सदस्यको सुनिश्चित गरिएको छ।

१४.   प्रहरी कार्यालयहरूमा महिलाको उजुरी सहजीकरण गर्नका लागि महिला सेलको व्यवस्था गरिएको छ।

१५.   त्यसैगरी राष्ट्रिय महिला आयोगलाई नेपालको संविधानमा व्यवस्थित गरेर आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा लैङ्गिक समावेशिता बढाउने प्रयास भइरहेको छ।

१६.   विद्यालयमा छात्रा छात्रवृत्तिको व्यवस्था गरिएको छ।

लैङ्गिक समानताका मूलभुत विषयहरु:
() लैङ्गिक समानता लैङ्गिक समता
लैङ्गिक समानता समता सुन्दा उस्तै लागे पनि यिनको अर्थ फरक समानताले जहाँसुकै महिला पुरुषबिच बराबरी हुनुपर्छ भन्ने मान्यता राख्छ समताले सामाजिक न्यायको सिद्धान्तअनुसार महिलाहरूमाथिको न्यायपूर्ण व्यवहारलाई जोड दिन्छ
() महिला सशक्तीकरण
महिलाको क्षमता बढाउनु सशक्तीकरण हो महिला सशक्तीकरणलाई पाँच स्तरमा हेर्ने चलन यो कल्याणकारी तहबाट सुरु भएर नियन्त्रण तहसम्म पुग्छ पहिले महिलाका हित हुने कार्यक्रम सुरु गरिन्छ नीतिगत तथा कानुनी सुधारहरू गरेर आर्थिक सामाजिक क्षेत्रमा महिलाको पहुँच बढाइन्छ महिलाको विद्यमान अवस्था, अधिकार आफूमाथि भएको अन्याय, अत्याचार, शोषण हिंसाका बारेमा सचेतीकरण गरिन्छ त्यसपछि विकासका हरेक
क्षेत्रमा पुरुषसरह अर्थपूर्ण सहभागी गराइन्छ
() लैङ्गिक मूलप्रवाहीकरण
महिला सशक्तीकरणका माध्यमबाट महिलालाई लैङ्गिक मूलप्रवाहीकरणमा ल्याउनु नै लैङ्गिकसमावेशिताको गन्तव्य हो लैङ्गिक विभेदलाई सम्बोधन गर्ने गरी विकास नीति, कार्यक्रम कार्यविधि तर्जुमा एवम् कार्यान्वयन पुनरवलोकन गर्ने प्रव्रिmयाको रूपमा पनि लैङ्गिक मूलप्रवाहीकरणलाई लिन सकिन्छ महिलाको क्षमता विकास, चेतनाको स्तरमा वृद्धि आर्थिक नियन्त्रण क्षमताको विकासले मूल प्रवाहीकरणलाई सहज बनाउँछ

 

लैङ्गिक समानता लैङ्गिक समता बीच फरक
(Gender Equality & Gender Equity)

लैङ्गिक समानता

लैङ्गिक समता

समान अवसर

समान स्तर

समान अधिकार

समान जिम्मेवारी

विकासको स्रोत एवम् प्रतिफलमा महिला र

पुरुषको समान पहुँच

विकास प्रक्रीयामा महिला र पुरुषको समान

सहभागिता

निर्णय कार्यमासमान मत

समान ज्यालादर

विशेष अवसर

प्राथमिकता

अग्राधिकार

आरक्षण

विशेष सुविधा

क्षमता वृद्धिका लागि उत्प्रेरित गरी व्यक्तिगत,

सामाजिक तथा आर्थिक स्तर उठाउने प्रयासहरू

निर्णयमा अर्थपूर्ण सहभागिता

सकारात्मक कदम

 

 

 पाठ: अपाङ्गताको सवाल

(Disability Issue)

 

अपाङ्गताको परिचय:
       शरीरका कुनै पनि अङ्गले राम्रोसँग काम गर्न नसकेको अवस्थालाई अपाङ्गता भनिन्छ। हातखुट्टा नचल्नु, आँखा नदेख्नु, कान नसुन्नु, दिमागी सन्तुलन गुमाउनु आदि अपाङ्गताका लक्षणहरू हुन्। व्यक्तिहरू विभिन्न कारणले अपाङ्गताको अवस्थामा पुगेका हुन्छन्। जस्तैः
- जन्मजात रुपमा हुने अपाङ्गता
- कुनै रोग लागेर हुने अपाङ्गता
- कुनै दुर्घटनामा परेर हुने अपाङ्गता

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन’- २०७४ ले अपाङ्गताको अवस्था हेरी निम्न आधारमा आपाङ्गताको वर्गीकरण गरेको :
१.       शारीरिक अपाङ्गता: हाडजोर्नी, नसा तथा मांसपेशीमा समस्या देखिएको अवस्थालाई शारीरिक अपाङ्गता भनिन्छ। जस्तै: शरीरमा कुनै अङा नभएको,अङग भएर पनि काम गर्न नसक्ने,पश्चात (परल्य्सिस्) भएका,हाडजोर्नी तथा नसाको कारणले अशक्त भएका व्यक्ति
२.       दृष्टिसम्बन्धी अपाङ्गता
       पूर्ण दृष्टिविहीनः उज्यालो अँध्यारो छुट्याउन नसकने,
       दृष्टिविहीनः औषधी, चश्मा अथवा लेन्सको प्रयोग गर्दा पनि १० फुटभन्दा टाढाको दृश्य देख्न नसक्ने,
       न्यून दृष्टि: औषधी, चश्मा अथवा लेन्सको प्रयोग गर्दा पनि २० फुटभन्दा टाढाको दृश्य देख्न नसक्ने,
. सुनाइ सम्बन्धी अपाङ्गता: कानको बनावट बिग्रिएका, आवाज सुन्न नसक्ने तथा आवाज छुट्याउन नसक्ने अवस्थालाई ध्वनिसम्बन्धी अपाङगता भनिन्छ।
       बहिराः ८० डेसिवलभन्दा माथिको ध्वनि सुन्न नसक्ने तथा बोलाइमा साङ्केतिक भाषाको प्रयोग गर्ने।
       सुस्त श्रवण: ६५ देखि ८० डेसिबल ध्वनि मात्र सुन्न सक्ने तथा सुन्नका लागि यन्त्रको प्रयोग गर्नुपर्ने।
. श्रवण-दृष्टिविहीन अपाङ्गता: सुनाइ दृष्टि दुवै अङगमा समस्या देखिएको अवस्थालाई श्रवण-दृष्टिविहीनताको अपाङ्गता भनिन्छ
. स्वर बोलाईसम्बन्धी अपाङ्गता: बोली स्पष्ट नहुने, अडकिएर बोल्मे, बोल्दा शब्द वा अक्षर दोहरियाउने आदि।
. मानसिक वा मनोसामाजिक अपाङ्गता: मानसिक सन्तुलन गुमाएको अवस्था, स्मरण शक्ति नहुने, बौद्धिक स्तरको काम गर्न नहुने, अस्वाभाविक व्यवहार देखाउने जस्ता समस्या आदि।
. बौद्धिक अपाङ्गता : उमेर सँगै बुद्धिको विकास हुन नसक्नु वा मन्द बुद्धिहुनु
. अनुवंशीय रक्तश्राव (हेमोफिलिया): शरीरमा रगत बाक्लो हुने वा क्लटिङ्ग गर्ने तत्वको कमी हुँदा यो समस्या देखा पर्छ। यसमा चोटपटक लाग्दा बढी रगत बग्ने समस्या उत्पन्न हुन्छ। यो एउटा वंशाणुगत समस्या हो
. अटिज्म सम्बन्धी समस्या: मस्तिष्कको विकासमा बाधा उत्पन्न भएको अवस्थालाई जसले सामाजिक सम्बन्ध संचार मा समस्या देखा पर्छ।
१०. बहुअपागता: एउटै व्यक्तिमा माथि उल्लेखित समस्यामध्ये दुई वा त्योभन्दा बढी समस्या देखिएको अवस्था- बहुअपाङगता


अपाङ्गताको वर्गीकरण (- भागमा वर्गीकरण)
नेपाल राजपत्र खण्ड ५६ अनुसार अपाङ्गतालाई मात्राको आधारमा वर्गीकरण गरिएको छ। अपाङ्गता भएको  व्यक्तीहरुको परिचय पत्र वितरण अनुसार परिचय पत्र अनुसार निम्न अनुसारको परिचय पत्र दिने व्यवस्था :
वर्ग- : पूर्ण अशक्त अपाङ्गता : आफ्नो दैनिक जीवन निर्वाह गर्न दैनिक रुपमा अरुको सहयोग लिनुपर्ने अवस्था- गरी रातो रङको परिचयपत्र
वर्ग- : अति अशक्त अपाङ्गता : वैयक्तिक कृयाक्लाप सम्पादन गर्न तथा सामाजिक कृयाक्लापमा संलग्न हुन निरन्तर अरुको सहयोग लिनुपर्ने अवस्था- निलो रङमा परिचयपत्र
वर्ग- : मध्यम अपाङ्गता : भौतिक सुविधा, वातावरणिय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरुको सहयोग नलिइ नियमित रुपमा आफ्नो दिन चर्या वा सामाजिक कृयाक्लापमा सहभागी हुन सक्ने अवस्था- पहेँलो रङमा परिचयपत्र
वर्ग- : सामान्य अपाङ्गता
नियमित रूपमा आफ्नो दिनचर्या सामाजिक कृयाक्लाप सहभागी हुन सक्ने अवस्था-सामान्य अपाङ्गता- सेतो
रङमा परिचयपत्र

अपाङ्गताका कारणहरु:

  • कोही व्यक्ति जन्मजातनै अपाङ्गता भएका हुन सक्छन भने कोही व्यक्तिमा जन्मँदा साङ्ग जन्मिए पनि हुर्कँदै जाँदा अपेक्षाकृत रूपमा शारीरिक मानसिक विकास हुन नसक्दा अपाङ्गता देखा पर्न सक्छ।
  • कोही व्यक्तिमा धनुष्टङ्कार, कुष्ठरोग, मस्कुलर डिस्ट्रोफी, हाड जोर्नीसम्बन्धी रोगहरू, क्यान्सर, जलबिन्दु, मोतिया बिन्दु, मधुमेह, स्नायु नसा, रक्तनलीसम्बन्धी रोग, मस्तिष्कमा रक्तस्राव जस्ता रोगहरू लागेर अपाङ्ग भएका हुन्छन
  • सल्यकृया बाट अङ्गहरू काट्नुपरेमा दुर्घटना वा युद्धमा परेर अङ्ग भङ्ग भएमा पनि अपाङ्गता हुन सक्छ।

q  विश्वका महान वैज्ञानिक स्टेफेन हकिङको दिमाग एउटा औँला मात्र चल्थ्यो त्यसकै भरमा आज उनी विश्वभर प्रख्यात छन्

q  नेपालकी साहित्यकार झमक कुमारी खुट्टाले लेख्छिन् आज उनको योगदानले साहित्यमार्फत समाजमा केही गर्न सकिन्छ भन्ने सन्देश दिएको केही गर्न हौसला बढाएको छ।

q  खगेन्द्रबहादुर बस्नेतले खगेन्द्र नवजीवन केन्द्र नामको अपाङ्गता

q  पुनस्र्थापना केन्द्र नै स्थापना गरेका छन्।

नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि भएका समावेशीकरणका प्रयासहरु :

अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण तथा मूल प्रवाहीकरणका लागि भएका विभिन्न प्रयासहरू:

  • राष्ट्रिय सभा, प्रतिनिधि सभा प्रदेश सभामा समानुपातिक सदस्यमा अपाङ्गता भएका व्यक्तिलाई समावेश गर्नुपर्ने संवैधानिक व्यवस्था गरिएको छ।
  • संवैधानिक आयोगका रूपमा समावेशी आयोगको व्यवस्था छ।
  • अपाङ्गता परिचयपत्रको वितरण त्यसका आधारमा भत्ताको व्यवस्था छ।
  • यातायातमा आरक्षण सिटको व्यवस्था भाडादरमा छुट दिने नीतिगत प्रावधानहरू छन्।
  • स्वस्थ्य उपचारका लागि छुट सुविधा प्रदान गरिएको छ।
  • निजामती सेवा, शिक्षक सेवालगायतका सेवामा अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण कोटाको व्यवस्था गरिएको छ।

       विद्यालय, सार्वजनिक स्थल, शौचालय तथा भवनहरूमा अपाङ्ग मैत्री संरचनाको विकास हुन थालेका छन्।

       अपाङ्ग छात्रवृत्तिको व्यवस्था गरिएको छ।

       पाठ्यक्रम्, पाठ्यपुस्तक तथा मूल्याङ्कन पद्धतिलाई अपाङ्गतामैत्री बनाउँदै लगिएको छ।

       सरकारी स्वास्थ्य केन्द्र वा अस्पतालहरूमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको प्रावधान छ।

       नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि निश्चित ४१ प्रकारका औषधीहरू सरकारी अस्पतालहरूबाट निःशुल्क रूपमा प्राप्त गर्ने व्यवस्था गरेको छ।

       सुनाइ बोलाई सम्बन्धी समस्या भएकालाई सांकेतिक भाषामा पढाउने १८ ओटा विद्ध्यालय संचालित छन। त्यस्तैगरी बौद्धिक अपाङ्गताको लागि १४ ओटा दृष्टिविहीनको लागिब्रेल लिपिमा पढने एउटा विद्ध्यालय संचालनमा आएका छन।

       अपाङ्गता भएका व्यक्तिका लागि समावेशी नीति- २०७३

 

राष्ट्रिय जनगणना वर्ष (२०६८) अनुसार

नेपालको कुल जनसङ्ख्यामध्ये .९४ प्रतिशत (,१३,३२१) जनसङ्ख्यामा अपाङ्गताको समस्या देखा परेको छ। शारीरिक तथा मानसिक रूपमा अपाङ्गता भएका कुल व्यक्तिमध्ये ५४.५६ प्रतिशत पुरुष ४५.४४ प्रतिशत महिला रहेका छन्। अपाङ्गता भएका व्यक्ति मध्येः

       शारीरिक अपाङ्गता = ३६.३२ प्रतिशत

       दृष्टिविहीन सम्बन्धी = १८.४६ प्रतिशत

       सुनाइ सम्बन्धी१५.४५ प्रतिशत

       मानसिक अपाङ्गता = .०४ प्रतिशत

       बौद्धिक अपाङ्गता= .९० प्रतिशत

       बहु अपाङ्गता= २०.८३ प्रतिशत रहेको छ।

 


पाठ :
धार्मिक तथा क्षेत्रीय पहिचान
(Religious & Regional Identity)

 

       नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, विविधतायुक्त पहिचान बोकेको राष्ट्र हो। नेपालमा मुख्य गरी १० भन्दा बढी धर्म प्रचलनमा आएका छन्। यी धर्मभित्रका सम्प्रदाय शाखाहरू असङ्ख्य रहेका छन्

       आफूले वा आफ्ना पुर्खाले मान्दै आएको धर्म आफ्नो धार्मिक पहिचान हो। धार्मिक पहिचानसँग मानिसको सांस्कृतिक पहिचान पनि पर्दछन्। चाडपर्व, मेलाजात्रा, संस्कार आदि धार्मिक पहिचानसँग जोडिएका संस्कृतिहरू हुन्। त्यसैले धार्मिक पहिचान एउटा महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको चिनारी हो।

       २०६३ जेठ गतेभन्दा अगाडि नेपाल विश्वकै एक मात्र हिन्दु राष्ट्रका रूपमा परिचित थियो। २०६३ जेठ गतेको ऐतिहासिक प्रतिनिधि सभाले नेपाललाई 'धर्म निरपेक्ष' राष्ट्रका रूपमा घोषणा गयो। धर्म निरपेक्षताको अर्थ- देशमा प्रचलित सबै धर्मलाई समान रूपले मान्यता दिनु हो।

नेपालमा धार्मिक समुदाय

धर्म

जनसङ्ख्या प्रतिशत/ जना

धर्म

जनसङ्ख्या प्रतिशत/ जना

हिन्दु

बौद्ध

इस्लाम

किरात

इसाई

प्रकृति

 

८१.३४

.०४

.३९

.०५

.४२

.

बोन

जैन

वहाई

शिख

१३,००६

,२१४

,२८३

६०९

                                                                                                                        राष्ट्रिय जनगणना, २०६८

() हिन्दु धर्म:

  • सबैभन्दा पुरानो धर्म - सनातन धर्म पनि भनिने गरेको,
  • ३३ कोटी देवता
  • मूल आदर्श: अर्काको उपकार गर्नु धर्म हो अर्कालाई दुःख दिनु पाप हो।
  • मुख्य धर्मिक ग्रन्थ: वेद, गीता, पुराण, उपनिषद, रामायण, महाभारत आदि
  • हिन्दु जनसङ्ख्या ८१.३४%
  • हिन्दुहरू देवी देवताहरु: गणेश, सूर्य, देवी, विष्णु, शिव, राम, कृष्ण आदि
  • जनावर वनस्पति, पहाड, समुद्र, नदीलाई पनि ईश्वरका रूपमा पूजा आराधना गरिने
  • धार्मिकस्थल: पशुपतिनाथ, मुक्तिनाथ, मनकामना आदि
  • चाडपर्वहरू: जनैपूर्णिमा, दसैँ, तिहार, शिवरात्री, रामनवमी, कृष्णाष्ठमी, छठ, गौरा पर्व आदि

() बौद्ध धर्म :

  • नेपालको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले प्रवर्तन गरेको धर्म- बौद्ध धर्म
  • धार्मिक ग्रन्थ त्रिपिटक
  • बौद्ध धर्मका आदर्श सत्य: ज्ञान, सत्कर्म, अहिंसा शान्ति  पञ्चशीलका नियमहरू: सत्य बोल्नु, हिंसा नगर्नु,चोरी नगर्नु, ब्रह्मचर्यमा रहनु, मद्यपान नगर्नु
  • मुख्य धार्मिक स्थल: बिहार, स्तूप, गुम्बा
  • चाडपर्वहरू: बुद्ध जयन्ती ल्होसार

() इसाई धर्म :

  • जिसस क्राइस्ट- इसाई धर्मका प्रवर्तक
  • धर्मको नाम्- क्रीस्चियन धर्म
  • धार्मिक ग्रन्थ- बाइबल
  • धार्मिक स्थल- चर्च  
  • मूल आदर्श- लोभ नगर्नु क्षमा गर्नु
  • इसाईहरूको धार्मिक चिह्न- क्रस

 

() इस्लाम धर्म:

  • धर्मका प्रवर्तक- पैगम्बर मोहमद
  • धार्मिक ग्रन्थ- कुरान
  • धार्मिक स्थल- मस्जिद
  • धर्मका एक मात्र ईश्वर अल्लाह
  • इस्लाम धर्मावलम्बीहरू मूर्ति फोटो पूजा गर्दैनन्।
  • धर्मको सार- गरिबलाई अनिवार्य रूपमा दान दिनुपर्छ
  • धर्मका अनुयायिहरू धार्मिक मान्यतामा कट्टर
  • मुख्य तीर्थ स्थल: मक्का मदिना 
  • मुख्य चाड पर्व: इद, बकरइद, रमजान

() जैन धर्म :

  • भारतको बैसालीमा जन्मिएका महावीर जैन- जैन धर्मका प्रवर्तक
  • धार्मिक स्थल- जैन मन्दिर
  • धर्म ग्रन्थ- वचनामृत
  • महावीर जैनलाई जैन धर्मका अन्तिम तीर्थङ्कर मानिन्छ
  • धर्मका आदर्श: पवित्रता, सच्चरित्रता अहिंसा
  • मुख्य चाडपर्व: महावीर जयन्ती दिवाली

() शिख धर्म

  • प्रवर्तक- गुरु नानक
  • धार्मिक ग्रन्थ-गुरु ग्रन्थ साहीव
  • शिख धार्मिक स्थल- गुरुद्वारा
  • भारतको स्वर्ण मन्दिर- मुख्य तीर्थस्थल अन्य गुरुद्वाराहरू
  • मुख्य आदर्श: अहिंसा, सत्कार्य, परोपकार
  • चाड पर्व: गुरुनानक जयन्ती, होली, दिवाली

() किरात धर्म:

  • पूर्वी नेपालमा मूल थलो भएका किरात (राई, लिम्बु, सुनुवार, याक्खा) जातिले मान्ने धर्म्,
  • सत्मार्गमा लाग्नु, शरीर शुद्ध राख्नु असल बानी व्यहोरा गर्नु शान्ति यस धर्मका आदर्श
  • किरातहरू ईश्वरका रूपमा प्रकृति पूजा गर्ने
  • किरात धार्मिक स्थल- मान्खिम
  • नेपालका राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन- धर्मगुरु
  • चाड पर्व: उँधौली उँभौली पर्व
  • धार्मिक ग्रन्थ- मुन्धुम
  • महत्वपूर्ण धार्मिक स्थल- इलामको माङ्सेबुङ
(ज) बोन धर्म:
  • नेपालको हिमाली प्रदेशका केही समुदाय खास गरी डोल्पामा बोन धर्म मान्ने मानिसहरूको बसोबास रहेको
  • धर्मका आदर्श: शान्ति, अहिंसा र परलोकको सुख
  • बोन धर्मका संस्थापक- सेन राब मिबो
  • धार्मिक स्थल- बोन पो
(झ) बहाई धर्म:
  • विश्वमा सबैभन्दा पछि विकास भएको धर्म
  • धर्मका प्रवर्तक- बहाउल्ला
  • एक ईश्वर र एकतामा जोड
  • मूल आदर्श: प्रेम र एकता 
  • धर्ममा कुनै पुजारी वा धर्म गुरु नभएको
  • धार्मिक ग्रन्थ किताबे अक्कदस
  • धर्मको मुख्य बहाउल्लाको जन्मदिन र मृत्यु भएको दिनलाई पर्वका रूपमा मनाइने गरेको ।
  • धर्मका नियम: दैनिक रूपमा अल्ला ओ आभाको पाठ गर्नु, मादक पदार्थ सेवन नगर्नु, बचतको एक अंश ईश्वरको नाममा दान गर्नु

धार्मिक समावेशीकरण:

  • २०६२-०६३ को ऐतिहासिक जनआन्दोलन पछी वि.. २०६३ जेठ गते नेपाललाई धर्म निरपेक्ष राष्ट्रको रुपमा घोषणा गरियो।
  • धर्म निरपेक्षको अर्थ सबै धर्मलाई समान प्राथमिक्ता दिनु हो।
  • नेपालको संविधानको धारा मा नेपाल राज्य को परिभाषा अन्तर्गत नेपाल स्वतन्त्र अभिभाज्य, सार्वभौम सत्त सम्पन्न धर्म निरपेक्ष, समावेशी लोकतान्त्रीक समाजबाद उन्मुख सङ्घिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य हो
  • नेपालको संविधान (भाग्- धारा-२६) मा मौलिक हक अन्तर्गत धार्मिक स्वतन्त्रताको हकलाई व्यवस्थित गरिएको :
  • धर्ममा आस्था राख्ने प्रतेक व्यक्तिलाई आफ्नो धर्म अवलम्बन संरक्षण गर्ने हक हुनेछ
  • हरेक समुदालाई आफ्नो धार्मिक गुठी संचालन संरक्षण गर्ने हक हुनेछ
  • अरुको धर्मलाई असरपार्ने कृयाक्लाप धर्म परिवर्तन गराउन पाइने छैन।

. क्षेत्रीय पहिचान

नेपालमा क्षेत्रीय पहिचानलाई भौगोलिक प्रशासनिक गरी दुई किसिमले हेर्न सकिन्छ:

  • भौगोलिक अवस्थाका आधारमा हिमाली, पहाडी तराई गरी तीन क्षेत्रका अलग अलग पहिचान भएको:
  • तराईमा मधेसी मूलका जातिहरू: राजवंशी, यादव, थारु, धिमाल, तराई ब्राह्मण तथा क्षेत्रीहरूको बाहुल्य
  • रहेको
  • हिमाली क्षेत्रका मूल जातिहरु: शेर्पा, थकाली, मुगाली, डोल्पो जातिका मानिसहरूको बाहुल्य रहेको
  • पहाडी प्रदेशका मूल जातिहरु: बाहुन, क्षेत्री, गुरुङ, नेवार, मगर, राई, लिम्बु, तामाङ आदिको बाहुल्य रहेको
  • कोही व्यक्तिले बोलेको नेपाली शब्द सुन्नेबित्तिकै ती व्यक्ति पुर्बेली हुन् कि काठमाडौँ आसपासका हुन् वा गण्डकी क्षेत्रका हुन् वा सुदूरपश्चिमेली हुन् भनी अनुमान लगाउन सकिन्छ


भौगोलिक क्षेत्रअनुसार नेपाललाई हिमाल, पहाड, तराई, भित्री मधेश काठमाडौँ उपत्यकाको रूपमा पहिचान गर्न सकिन्छ:

) हिमाली प्रदेश
. ताप्लेजुङ . सङ्खुवासभा . सोलुखुम्बू . दोलखा . सिन्धुपाल्चोक . रसुवा . मनाङ . मुस्ताङ . डोल्पा १०. जुम्ला ११. मुगु १२. हुम्ला १३. कालीकोट १४. बाजुरा १५. बझाङ १६. दार्चुला १७. धादिङ १८. रामेछाप १९. गोरखा २०. रुकुम (पूर्वी)२१. म्याग्दी
) पहाडी प्रदेश
. इलाम . पाँचथर . ताप्लेजुङ . धनकुटा  . भोजपुर . ओखलढुङ्गा . खोटाङ . काभ्रे . नुवाकोट १०. लमजुङ  ११. तनहुँ १२. कास्की १३. स्याङ्जा १४. पर्वत १५. बाग्लुङ १६. पाल्पा १७. अर्घाखाँची १८. गुल्मी  १९. रुकुम (पश्चिम) २०. रोल्पा २१. प्युठान २२. सल्यान २३. जाजरकोट २४. दैलेख २५. डोटी  २६. अछाम २७. बैतडी २८. डडेलधुरा
) तराई प्रदेश
. झापा . मोरङ . सुनसरी . सप्तरी . सिराहा . धनुषा . महोत्तरी . सर्लाही . रौतहट १०. बारा  ११. पर्सा १२. नवरपरासी(पश्चिम) १३. रूपन्देही १४. कपिलवस्तु १५. बाँके १६. बर्दिया      १७. कैलाली  १८. कञ्चनपुर
) भित्री मधेश
. उदयपुर . मकवानपुर . चितवन . सिन्धुली . नवलपरासी (पूर्व) . दाङ  . सुर्खेत
)  काठमाडौं उपत्यका
. काठमाडौं . भक्तपुर . ललितपुर

 

प्रशासनिक विभाजन: प्रदेश

नेपालमा सङ्घीय राज्य प्रणाली लागु भएपछि प्रशासनिक रूपमा- सात प्रदेशहरूरहेका सातओटै प्रदेशका मानिसहरूको प्रदेशगत पहिचान पनि रहेको

१.       कोशी प्रदेशका मानिसहरू कञ्चन जङ्घा, चिया बगान, सगरमाथा अरूण नदी, किरात भाषा संस्कृति आदिमा आफ्नो पहिचान देख्नेगरेको।

२.       मधेस प्रदेशका मानिसहरू जनकपुर धाम अन्नको भण्डार, मैथिली भाषा संस्कृति, भोजपुरी भाषा संस्कृतिलाई आफ्नो पहिचानको रुपमा लिने गरेको।

३.       बाग्मती प्रदेशका मानिसहरू सङ्घीय राजधानी पशुपतिनाथ, तामाङ भाषा संस्कृति, नेवार सभ्यता संस्कृति आदिलाई आफ्नो पहिचानको रुपमा लिने गरेको।

४.       गण्डकी प्रदेशका मानिसहरूले पर्यटकीय नगरी पोखरा मुक्तिनाथमा, गुरुङ संस्कार संस्कृति, थकाली संस्कार संस्कृति आदि भएको मा आफु गर्व गरेको।

५.       लुम्बिनी प्रदेशका मानिसहरूले गौतम बुद्धको जन्म स्थल लुम्बिनी तराईको अन्नको भण्डारमा, अवधि भाषा संस्कृति, मगर भाषा संस्कृति, थारु भाषा संस्कृति आदिमा गर्व गर्ने गर्को

६.       कर्णाली प्रदेशको पहिचान जुम्लाको मार्सीधान, जडीबुटी सिँजा सभ्यतालाई आफ्नो पहिचान ठान्ने गरेको।

७.       सुदूरपश्चिमका मानिसहरूले थारु सभ्यता संस्कृति, महाकाली नदी देउडा संस्कृति आदिलाई आफ्नो पहिचान ठानेको।

 

पिछडिएको क्षेत्र : ( वटा जिल्ला)

       पिछडिएको क्षेत्रका लागी समावेशी कोटा अन्तर्गत % कोटा छुट्ट्याइएको :

१.       हुम्ला

२.       जुम्ला

३.       डोल्पा

४.       कालीकोट्

५.       मुगू

६.       बझाङ्ग

७.       बाजुरा

८.       अछाम्

९.       जाजरकोट

 

नेपालमा क्षेत्रीय समावेशीकरण :

       भुगोलको आधारमा: हिमाली, पहाडी तराईगरी प्रदेशमा विभाजन

       हिमाली: कुल क्षेत्रफलको १५% भूभाग्

       पहाडी: कुल क्षेत्रफलको ६८% भूभाग

       तराई: कुल क्षेत्रफलको १७% भूभाग

       २०७२ सालको संविधानजारी भएपछी नेपाललाई प्रदेश, ७७ जिल्ला ७५३ ओटा स्थानिय तहमा तथा ६७४३ वडामा विभाजन गरिएको

       ओटा जिल्लालाई पिछडिएको जिल्लाको रुपमा

       हाल नेपाललाई भौगोलिक क्षेत्र अनुसार हिमाल, पहाड, तराई, भित्री मधेस काठमाडौं  उपत्यकागरी पहिचान गर्न सकिने

 

 

 

 

 

पाठ:
समतामूलक समाज निर्माण
(Formation of Equitable Society)

       समतामूलक समाज : देशका सबै क्षेत्रमा बसोबास गर्ने जातजाति, वर्ग, लिङ्ग, समुदायको जीवनस्तरमा सुधार आउनुलाई समतामूलक समाज भनिन्छ।

       समतामूलक समाज निर्माण गर्नका लागि विभिन्न कारणले पछाडि परेका समुदायलाई अगाडि बढाउने नीति लागु गर्नुपर्छ। जस्तैः हाम्रो देशका विकट पहाडी हिमाली क्षेत्रहरू विकासको दृष्टिले पछि परेका छन्।

       पुरुषको तुलनामा महिलाहरू पछि परेका छन्।

       अन्य जातिको तुलनामा दलित समुदाय पछि परेका छन्।

       अन्य समुदायको तुलनामा लोपोन्मुख जाति (राउटे, कुसुन्डा, वनकरिया, सुरेल, हायु, राजी, किसान, लाप्चे, मेचे, कुसवाडिया) पछि परेका छन्।

       त्यसैगरी अति सिमान्तकृत समूह, सिमान्तकृत समूह सुविधाविहीन समूह राज्यको पहुँचबाट पछि परेका छन्।

समतामूलक समाज निर्माणका मुख्य उद्देश्य
समतामूलक समाज निर्माणका मुख्य उद्देश्यलाई निम्नानुसारका बुँदामार्फत पनि बुझ्न सकिन्छः
() पिछडिएका क्षेत्रको विकासमा विशेष जोड दिनु,
() लैङ्गिक समानता कायम गर्नु,
() ऐतिहासिक कालदेखि राज्यको पहुँचबाट बञ्चित भएका जाति तथा समुदायलाई क्षतिपूर्ति दिलाउनु,
() जाति, लिङ्ग, शारीरिक अवस्था, क्षेत्र आदिका आधारमा हुने भदेभावको अन्त्य गर्नु,
() राज्यबाट प्राप्त हुने सेवा, सुविधा आदि पहुँचको वितरणलाई समान बनाउनु,
() समतामूलक समाज निर्माणको प्रयासबाट समानतामूलक समाजको निर्माण गर्नु।

समतामूलक समाज निर्माणका उपायहरु:

१.       सकारात्मक विभेद समावेशीकरण नीतिको अवलम्बन गर्ने

२.       महिला सशक्तिकरणमा जोड दिने

३.       सामाजिक जागरण अभियान संचालन गर्ने

४.       कानुनी राज्यको स्थापना गर्ने

५.       समानुपातिक विकासमा जोड दिने

६.       आर्थिक  विकास रोजगारको अवसरमा जोड दिने

७.       प्रतिनिधित्व  वा निर्णय प्रकृयामा समावेशिता अपनाउने

८.       हैसियत स्तरीकरण गर्ने

९.       सहज न्यायोचिता पहुँचको सुनिश्चितता

१०.   सुशासन व्यवस्था

समतामूलक समाज निर्माणको महत्त्व

  • विभिन्न कारणले समाजमा पछि परेका वर्ग, लिङ्ग, जाति, समुदाय तथा क्षेत्रका नागरिकले आगाडि बढ्ने अवसर पाउँछन्।
  • कानुनी राज्य सुशासन निर्माणमा सहयोग पुग्छ
  • समाजमा रहेको जातीय, वर्गीय, लैङ्गिक तथा क्षेत्रीय विभेदको अन्त्य हुन्छ।
  • राज्य सञ्चालन नीति निर्माणको तहमा उपेक्षित वर्गको पनि पहुँच कायम रहन्छ।
  • विकास निर्माणका कार्यमा जनसहभागिता जुटाउन सजिलो हुन्छ
  • राष्ट्रिय एकता कायम गर्ने कार्यमा मदत पुग्छ।
  • समाजमा हुने द्वन्द्व तथा विभेदको अन्त्य भई शान्ति स्थापनामा सहयोग पुग्छ।
  • सामाजभित्र रहेका परम्परागत समस्या विकृतिको अन्त्य हुन्छ।
  • समग्र नेपालीको जीवनस्तरमा सुधार आउँछ।
  • देशको चौतर्फी विकासमा सहयोग पुग्छ।

 

 

 

 

 

 

 

 

 

समता समानताबीच  भिन्नता

समानता (Equality)

समता (Equity)

समाजमा पछि परेका वर्ग, लिङ्ग, समुदाय  तथा क्षेत्रका नागरिकलाई विशेष प्राथमिकता दिने सिद्धान्तलाई समता भनिन्छ ।

देशको चौतर्फी विकास नहुञ्जेल यो सिद्धान्त  लागु गर्नु राम्रो मानिन्छ ।
यसले व्यवहारिक पक्षलाई जोड दिन्छ ।
यो समावेशीकरणको सिद्धान्तमा आधारित छ।
यसलाई समानता प्राप्त गर्ने उपाय मानिन्छ ।

राज्यबाट प्राप्त हुने हक अधिकार र अवसर सबैका निम्ति बराबर मानिने सिद्धान्तलाई समानता भनिन्छ।
विकसित राष्ट्रमा यो सिद्धान्त लागु गर्नु |उपयुक्त मानिन्छ।
यसले सैद्धान्तिक पक्षलाई जोड दिन्छ।
यो पुँजीवादी सिद्धान्तमा आधारित छ।
यसलाई समानता प्राप्त भइसकेको अवस्था मानिन्छ।

 

नेपालमा समावेशीकरण समतामूलक समाज निर्माणका लागि भएका प्रयास

() शासकीय प्रणालीमा सुधार

  • राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको हुने गरी निर्वाचन हुने
  • सभामुख उपसभामुखमा एक जना महिला हुनुपर्ने
  • राष्ट्रिय सभामा समानुपातिक महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिलगायतको प्रतिनिधित्व हुने
  • प्रतिनिधि सभा प्रदेश सभाको समानुपातिकतर्फ दलहरूले बन्द सूची पेस गर्दा पचास प्रतिशत महिला बाँकी पचास प्रतिशतमा पनि आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी अल्पसङ्ख्यकको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने
  • सङ्घीय कार्यपालिका प्रदेश कार्यपालिकामा समावेशी सिद्धान्तका आधारमा मन्त्रिपरिषद्को गठन गर्नुपर्ने

स्थानीय कार्यपालिकामा

१.       गाउँ कार्यपालिकामा गाउँसभाले निर्वाचित गरेका दलित वा अल्पसङ्ख्यक समुदायबाट दुई जना महिला चार जना गरी जना थप सदस्य हुने

२.       नगर कार्यपालिकामा नगरसभाले निर्वाचित गरेका दलित वा अल्पसङ्ख्यक समुदायबाट तीन जना महिला पाँच जना गरी आठ जना थप सदस्य हुने

३.       जिल्ला सभाले कम्तीमा तीन जना महिला कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यकसहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने

४.       (ख) राज्यका संयन्त्रमा सुधार

५.       निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई सत्प्रतिशत मानेर   ओटा समूह तथा समुदायका बिचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा:

६.       प्रहरी र सेनामा हुने विज्ञापनमा भने आरक्षणका लागि छुट्याइएको ४५ प्रतिशतलाई १०० प्रतिशत

७.       मानी त्यसलाई पाँच समूहका आरक्षणको व्यवस्था गरिएको छ। पिछडिएको क्षेत्र :अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लालाई पनि आरक्षणको व्यवस्था

८.        

समावेशी क्षेत्र

निजामती सेवा, न्याय सेवा, शिक्षक सेवा

सैनिक, प्रहरी सेवा

(क) महिला

(ख) आदिवासी/जनजाति

(ग) मधेसी

(घ) दलित

(ङ) अपाङ्ग (च) पिछडिएको क्षेत्र

जम्मा

३३

२७

२२

१००

२०

३२

२८

१५

१००

 

 

() सामाजिक न्यायका क्षेत्रमा सुधार

सामाजिक न्यायका क्षेत्रमा देहायअनुसारका सुधारहरू गरिएको :

       सामाजिक सुरक्षा भत्ताको व्यवस्था

       संवैधानिक अङ्गका रूपमा समावेशी आयोग, दलित आयोग, मधेसी आयोग, महिला आयोग, थारु आयोग मुस्लिम आयोगको व्यवस्था

       पारिश्रमिकमा समानताको व्यवस्था

       तालिम तथा स्वरोजगार कार्यव्रक्रमहरूको सञ्चालन

       छात्रवृत्तिको व्यवस्था

       छुवाछुत, कमैया, हलिया, कमलरी, देउकी, झुमा, छाउपडीलगायतका कुप्रथाको अन्त्यका लागि कानुनी

       व्यवस्था विशेष कार्यक्रमहरू सञ्चालन

       श्रमिकको न्यूनतम ज्यालाको निर्धारण

q  केन्द्रीकृत राज्य संरचनामा पुनसंरचना गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरी प्रदेश, ७७ जिल्ला ७५३ स्थानीय तहमा विभाजन गरिएको छ।

q  नेपालको संविधानको प्रस्तावनामा सबै खालका विभेदको अन्त्य गरिने कुरा उल्लेख गरिएको : समानताको हकअन्तर्गत धर्म, वर्ण, लिङ्ग, जातजाति, उत्पत्तिका आधारमा समान व्यवहार गरिने तर मूलप्रवाहबाट पछि परेका वा पारिएका समुदायको उत्थानका लागि विशेष व्यवहार गर्न सकिने कुरा उल्लेख गरिएको छ।

 

 

            समाप्त !

 Any Queries ?





Comments

Popular posts from this blog

Grade: 11 (Compulsory English) Model/Sample Questions Sets - based on NEB Exam Paper Model

सामाजिक अध्ययन कक्षा - १० (एकाई- १ देखी एकाई- ३ सम्म) नयाँ पाठ्यक्रम : २०८०

Grade-11 (English) 1.4 The Wish - by Roald Dahl (Short Stories) Part-2