अतिसङ्क्षिप्त (धेरै छोटो) प्रश्नहरु : कक्षा- १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
कक्षा- १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
एकाइ - ११
शिक्षा र सामाजिक विकास
अति छोटो प्रश्नहरु:
अतिसङ्क्षिप्त (धेरै छोटो) उत्तर आउने प्रश्न: (प्रत्येक प्रश्न १
अङ्क)
१.
शिक्षा
र रोजगारीका सम्बन्धमा भएको संवैधानिक व्यवस्थालाई एक वाक्यमा उल्लेख गर्नुहोस्।
- नेपालको संविधानले
शिक्षा र रोजगारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ।
२.
शिक्षा
र रोजगारीको अन्तरसम्बन्ध देखाउने कुनै एक उदाहरण पेश गर्नुहोस्।
- व्यक्तिसँग जस्तो शिक्षा र सिप छ त्यसै अनुसारको रोजगार प्राप्त गर्छ,जस्तै- मेडिकल
साइन्स पढेको मानिसले अस्पतालामा रोजगारी पाउँछ ।
३.
शिक्षालाई
रोजगारमूलक बनाउन कस्तो कार्यमा जोड दिनुपर्छ ? कुनै एक सुझाव प्रस्तुत गर्नुहोस्।
- शिक्षालाई रोजगार
मुलक बनाउन प्राविधिक शिक्षा जस्तैः मेडिकल साइन्स, इन्जिनियरिङ,
सिए, कृषि विज्ञान, आई.टी. आदिमा जोड दिनुपर्छ।
४.
शिक्षा
विकासमा समुदायको भूमिका किन महत्त्वपूर्ण हुन्छ? कुनै एक वाक्यको प्रयोग गरी विचार व्यक्त गर्नुहोस्।
-शिक्षालयको भौतिक, शैक्षिक तथा
व्यवस्थापकीय कार्यमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्न समुदायले महत्वपूर्ण भूमिका खेल्दछ।
५.
लगानीको आधारमा सामुदायिक र निजी विद्यालयको फरकलाई एक-एक
वाक्यमा प्रष्ट्याउनुहोस्।
निजी विद्यालय - निजी शैक्षिक संस्थाहरूले भवन निर्माण, शिक्षक तथा कर्मचारीको तलब, भत्ता र सुविधा, यातायात लगायत
सम्पूर्ण कुरामा आफ्नो व्यक्तिगत लगानी गरेका हुन्छन्।
सामुदायिक विद्यालय - सामुदायिक विद्यालयमा भवन निर्माण,
शिक्षक तथा कर्मचारीको तलब, भत्ता र सुविधा, यातायात लगायत
सम्पूर्ण कुरा नेपाल सरकारले गरेको हुन्छ।
६.
सामुदायिक
स्रोतमा आधारित विद्यालयलाई कुन कार्यक्रमले सरकारीमा परिणत गर्यो ? कार्यक्रमको नाम र मिति उल्लेख गर्नुहोस्।
कार्यक्रम को नाम: राष्ट्रिय
शिक्षा पद्धतिको योजना
मिति: २०२८
देशभरमा एकै
प्रकारको शिक्षण संस्थाहरूको स्वरूप प्रदान
७.
शिक्षामा
समुदायको सहभागिता वृद्धि गर्ने कुनै एक उपाय लेख्नुहोस् ।
विद्यालयका सबल र दुर्बल पक्षहरू के के हुन् ? कमजोर पक्षलाई कसरी
सुधार गर्न सकिन्छ ? भन्ने विषयमा अभिभावक भेला बोलाइ छलफल गर्नुपर्छ।
८.
शिक्षाले
तपाईं बसोबास गरेको समाजमा पारेको कुनै दुई सकारात्मक प्रभाव लेख्नुहोस्।
सामाजिक एकतामा सुधार, र नागरिक संलग्नता, व्यक्तिगत विकास, समुदायमा
आर्थिक वृद्धि र रोजगारी सिर्जना
९.
शिक्षाको
प्रभावले नेपाली समाजबाट अन्त्य भएका कुनै दुई कुप्रथाको नाम उल्लेख गर्नुहोस्।,
शिक्षाको प्रभावले गर्दा नेपाली समाज बाट अन्त्य भएका कुप्रथाहरू जस्तै-
छाउपडी प्रथा, कमलरी प्रथा, बोक्सी प्रथा
१०.
नेपालमा
औपचारिक शिक्षाको थालनी कहिले र कोबाट भएको हो ? or,
नेपालमा औपचारिक शिक्षाको सुरुवात कहिले
भएको थियो ?
(i)
थालनी गर्ने व्यक्तिः जङ्गबहादुर राणा
(ii) मिति (वि.सं.): थापाथलीको दरबार हाइस्कुलबाट (वि.सं. १९१०) - नेपालमा विद्यालय
शिक्षाको सुरुआत
११.
नेपालमा
एस.एल.सी. बोर्डको स्थापना कहिले र कुन प्रधानमन्त्रीको पालमा भएको हो ?
नेपालमा एस.एल.सी. बोर्ड
(i) स्थापना मितिः वि.सं. १९९० मा
(ii) व्यवस्था
मिलाउने प्रधानमन्त्रीः जुद्धशमशेर
१२.
तलको
जस्तै तालिका बनाएर कक्षाको तह छुट्याउनुहोस्ः
आधारभूत तह : कक्षा १ देखी ८
सम्म
माध्यमिक तह : कक्षा ९ देखी १२
सम्म
१३.
शिक्षाको
अर्थ प्रष्ट पार्न कुनै एक वाक्य प्रस्तुत गर्नुहोस् ।
शिक्षा भनेको मानिसलाई सक्षम बनाउने मूल आधार हो। Or, शिक्षा भन्नाले
सिकाइलाई सहजीकरण गर्ने प्रक्रिया वा ज्ञान, सिप, मान्यता, मूल्य, संस्कार, असल आनीबानी आदि आर्जन
गर्नु भन्ने बुझिन्छ ।
१४.
शिक्षाको
कुनै दुई उद्देश्य लेख्नुहोस्ः
-
ज्ञान आर्जन गर्नु,
-
सामाजिक तथा सांस्कृतिक
क्षेत्रमा सकारात्मक सुधार ल्याउनु,
१५.
शिक्षाले
तपाईंको जीवनमा आएको कुनै एक सुधारात्मक कार्य लेख्नुहोस् ।
शिक्षाले म मा ल्याएको एउटा सकारात्मक परिवर्तन- मेरो ज्ञान र विभिन्न विषय वा अवधारणाहरु
प्रतिको बुझाइ हो।
१६.
मानव
संसाधन भनेको के हो ?
एक अर्थयुक्त वाक्य प्रस्तुत
गर्नुहोस्।
विभिन्न कामका लागि आवश्यक पर्ने दक्ष जनशक्तिलाई मानव संसाधन भनिन्छ।
१७.
मानव
संसाधन विकासको कुनै एक महत्त्व उल्लेख गर्नुहोस् ।
-
कुनै पनि उद्योग, व्यापार तथा
कम्पनीको उत्पादन बढाउन,
-
काममा समयअनुसार
नयाँ प्रविधिको उपयोग गर्न,
१८.
नेपालमा
शिक्षामा सुमदायको विकासको थालनी कहिलेदेखि भएको हो ?
नेपाल मा वि.स. १९९६ मा शिक्षा इस्तिहार प्रकाशित
भएपछी व्यक्ती वा समूह द्वारा सर्त बमोजिम विद्धयालय संचालन गर्न सक्ने व्यवस्था
रहेको थियो ।
१९.
शिक्षाले
सामाजिक जीवनमा पार्ने कुनै दुई प्रभावहरू उल्लेख गर्नुहोस् ।
-
गुणस्तरीय
जीवन यापनमा वृद्धि
-
नागरिकको
औसत आयूमा वृद्धि
२०.
विद्यालय
शिक्षा भन्नाले के बुझिन्छ ?
- विद्यालय
शिक्षा भनेको प्राम्भिक बाल शिक्षा, आधारभूत शिक्षा, र माध्यमिक शिक्षा हो ।
२१.
विद्यालय
शिक्षाको व्यापक विस्तार कहिलेबाट भएको हो ?
- वि.स.२०४६ को जनआन्दोलन पश्चात
२२.
समता
भनेको के हो ?
समताले समाजमा
सबैलाई न्यायपूर्ण व्यवहार गर्न, सबैलाई समान अवस्थामा बस्न, र
सबैले आफ्नो योग्यताका आधारमा समान अवसरहरू प्राप्त गर्न प्रोत्साहित गर्दछ।
२३.
समावेशिता
भनेको के हो ? or, समावेशिताको अर्थ प्रस्ट पार्नुहोस् ।
सामाजिक, आर्थिक तथा अन्य विविध आधारमा समाजमा रहेका
विभिन्न व्यक्तिहरूको समान पहुँचलाई सुनिश्चितता गर्ने पद्धतिलाई समावेशिता भनिन्छ
।
२४.
संविधानले
शिक्षा र रोजगारीलाई कुन हकमा राखेको छ ?
मौलिक हकको
धारा ३१ : शिक्षाको हक
धारा ३३ : रोजगारीको हक
२५.
नेपालमा
बेरोजगारी दर कति प्रतिशत रहेको छ ?
-नेपालमा बेरोजगारी दर ११.४ % विद्धमान
रहेको
२६.
मानव सक्षमताको अर्थ
लेख्नुहोस् ।
मानव जीवनको दैनिक समस्या समाधान गर्न
आवश्यक ज्ञान, सिप, अनुभव, जानकारी, संयम, लगनशीलता आदिको सदुपयोग गर्न सक्ने व्यक्तिगत क्षमतालाई सक्षमता भनिन्छ ।
२७.
शिक्षाका विभिन्न
स्वरूपहरूमध्ये कुनै दुईबोटा उदाहरण दिनुहोस् ।
- औपचारिक तथा अनौपचारिक पाठ्यक्रममा आधारित शिक्षा र
- विभिन्न प्रविधि तथा पेसागत तालिम दुईओटा
शिक्षाका स्वरूपहरूका उदाहरण हुन्।
२८.
स्वाध्यायको अर्थ
प्रस्ट पार्नुहोस् ।
कामदारहरू आफैले आफ्नो दैनिक पेसागत रूपमा आवश्यक पर्ने नवीन प्रविधि, सिम सार्वजनिक नीति
आदिको बारेमा अध्ययन गर्ने शैक्षिक प्रणालीलाई स्वाध्याय भनिन्छ।
२९.
पहुँच भन्नाले के
बुझिन्छ ?
पहुँच भन्नाले कुनै वस्तु प्राप्त गर्ने
क्षमता वा स्वतन्त्रता भएको अवस्थालाई बनाउँछ।
३०.
नेपालमा विद्यालय शिक्षामा सबै बालबालिकाको
पहुँच नहुनुको मुख्य दुई कारण प्रस्ट पार्नुहोस् ।
- गरिबी र विद्यालयको सीमित उपलब्धता दुर्गम
क्षेत्रमा नेपालमा विद्यालय
३१.
नेपालको संविधानको कति
औं धाराले शिक्षालाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ?
- नेपालको संविधानका धारा ३ ले शिक्षालाई
मौलिक हकको रूपमा व्यवस्था गरेको
३२.
सामाजिक विकासको अर्थ
प्रस्ट पार्नुहोस् ।
सामाजिक विकास भन्नाले मानवीय मूल्य
मान्यताहरूमा समयसापेक्ष सुधार हरेक व्यक्तिको सर्वागीण विकासको लागि आवश्यक पर्ने
न्यूनतम पूर्वाधारहरूको सुनिश्चिततालाई बुझाउँछ ।
३३.
सांस्कृतिक विकासको
परिचय दिनुहोस् ।
सांस्कृतिक विज्ञान भाले समाजमा अभ्यास
भइरहेका विभिन्न सांस्कृतिक विषयहरूमा भएका नामा पहनाई परिमार्जन गर्दै राम्रा
पक्षहरूको संवर्द्धन र संरक्षण गर्ने विषयलाई जनाँउछ ।
३४.
स्वावलम्बी समाजको
उदाहरण दिनुहोस् ।
आफ्ना आर्थिक-सामाजिक आवश्यकता पूरा गर्न
आफैमा सक्षम विकसित देशहरू स्वावलम्बी समाज हुन् ।
३५.
दिगो विकासको परिचय
दिनुहोस् ।
दीर्घकालीन सकारात्मक प्रभाव राख्ने र भावी
सन्ततिको लागि पनि लाभको संरक्षण ने विकास दिगो विकास हो।
३६.
सशक्तिकरणको अर्थ हो।
विज्ञान र पहुँचमा पछि परेका समूह वा समुदायलाई सशक्त वा बलियो बनाउने
कार्य
सशक्तिकरण हो।
३७.
सामाजिक सहिष्णुताको
उपहरण
दिनुहोस।
नेपालको समाजमा विभिन्न गर्न जातिहरू आता
सांस्कृतिक अभ्यासका अन्य जातजातिकायामाहागी हुने वा सम्मान सहयोग गर्ने परम्परा
महिष्णुताको उदाहरण हो ।
३८.
शिक्षामा समुदायको
सहभागिता भनेको के हो?
शैक्षिक कार्यक्रमहरू निर्माण, सञ्चालन र अनुगमनमा
स्थानीय समुदायको संलग्नता नै शिक्षामा समुदायको सहभागिता हो।
३९.
सामुदायिक सहभागिताको
अर्थ हो।
कुनै कार्यमा स्थानीय समाजको प्रत्यक्ष संलग्नता सामुदायिक सहभागिता हो ।
४०.
नेपालमा आधारभूत तहमा
मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार कहिलेबाट प्राप्त भएको हो ?
नेपालमा आधारभूत तहमा मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार नेपालको
संविधान २०७२ लागू भएपछि
प्रदान गरिएको हो।
४१.
नेपालमा धार्मिक रूपले
सञ्चालित विद्यालयका प्रकारहरू के के हुन् ? लेख्नुहोस् ।
नेपालमा धार्मिक रूपले सञ्चालित विद्यालयहरू गुरुकुल, मदरसा र गुम्बा गरी
तीन प्रकारका रहेका छन् ।
४२.
रोजगारी भनेको के हो ?
आय आर्जन गर्ने उत्पादनमूलक कार्यलाई रोजगारी भनिन्छ ।
४३.
उद्यमशीलताको अर्थ
लेख्नुहोस् ।
कुनै पनि रचनात्मक कार्य वा व्यवसाय गर्ने प्रेरणालाई उद्यमशीलता भनिन्छ ।
४४.
शिक्षाले व्यक्तिगत
क्षमतामा कसरी वृद्धि गर्दछ ? उदाहरणद्वारा प्रस्ट पार्नुहोस् ।
स्वास्थ्यसम्बन्धीको शिक्षाले एउटै व्यक्तिलाई विभिन्न रोगका उपचार मन मस्त डाक्टर बनाउनु शिक्षाले क्षमता वृद्धि गर्ने उदाहरण हो ।
४५.
नेपालमा बेरोजगारीका
मुख्य दुई कारण उल्लेख गर्नुहोस् ।
न्यून औद्योगिकीकरण र व्यावसायिक शिक्षाको
अभाव नेपालमा बेरोजगारीका मुख्य कारण हुन् ।
४६.
नेपालमा बेरोजगारीका
मुख्य दुई असर उल्लेख गर्नुहोस् ।
बेरोजगारीले नेपालमा गरिबी र जनशक्तिको
विदेश पलायन जस्ता समस्या उत्पन्त गएको छ ।
४७.
बेरोजगारी समस्या
समाधानका लागि गर्न सकिने दुई उपायहरू औल्याउँनुहोस ।
कृषिको व्यवसायीकरण र व्यावसायिक शिक्षामा
जोड
४८.
साधारण शिक्षा र प्राविधिक शिक्षाबिचको एक फरक लेख्नुहोस् ।
शिक्षाले
मानिसलाई साधारण जीवन जिवने आधार दिन्छ तर विशिष्ट सीप भने दिंदैन भने त्यसलाई
साधारण शिक्षा भनिन्छ, अर्कोतिर यदी
शिक्षाले मानिसलाई कुनै विषयमा पारङ्गत वा विषेष प्रविधी जस्तै यन्त्र, उपकरण तथा
मेसिन सँग सम्बन्धित ज्ञान दिन्छ भने त्यसलाई
प्राविधिक शिक्षा भनिन्छ।
४९.
नेपालमा रोजगार क्षेत्रको मुख्य समस्या के हो ?
हरेक वर्ष ५
लाख जती युवा श्रम बजार मा प्रवेश गर्नु र देश मा व्यक्तिको आवश्यक्ता अनुरुप
रोजगारी सिर्जना हुन नसक्नु
५०.
नेपालले किन वैदेशिक जनशक्ति आयात गर्नु परेको हो ?
देशमा
प्रविधिक जनशाक्तिको कमी भएर
५१.
बौद्धिक पलायन रोक्न के के गर्न सकिन्छ ? एक उपाय लेख्नुहोस्।
सीप मुलक
तालिम दिने,
प्राविधिक
तथा व्यवसायिक मुलक शिक्षा दिने लगानी मैत्री वातावरण सिर्जना गर्ने आदि
५२.
राणा शासनकालमा विद्यालयहरू विकास नहुनाको एक कारण दिनुहोस् ।
सरकारले वार्षिक
रुपमा केहि रकम नदिनु र राणाहरु निरंकुश हुनु
५३.
शिक्षाले समुदायको विकासमा खेल्ने कुनै एक भूमिका उल्लेख गर्नुहोस्
।
शिक्षाले
समुदायमा जवाफदेहिता र पारदर्शिता कायम
गर्छ।
५४.
तपाईँको विद्यालयका भवनहरू कसकसको सहयोगमा बनेका हुन् ।
मेरो
विद्यालयका भवनहरु स्थानिय व्यक्तिहरु, स्थानिय सरकार, प्रदेश सरकार
र नेपाल सरकारको सहयोगमा बनेका छन ।
५५.
सामाजिक विकास भन्नाले के बुझिन्छ ?
समाजका हरेक
व्यक्तिले आफ्नो क्षमताको अधिकतम प्रयोग गरे उनिहरुको जीवन शैली वा सुविधाहरुमा
सुधार गर्ने नै सामाजिक विकास हो।
५६.
शिक्षाले देशको अर्थतन्त्रलाई कसरी सबल बनाउँछ ?
शिक्षित
व्यक्तिहरुले आफै रोजगारी सिर्जना गरी आफ्नो र साथ साथै आफ्नो समाजमा विभिन्न
प्रकारका रोजगारी सिर्जना गरी समाज र देशलाई सहयोगगरी रहेका हुन्छन जसले देशको
अर्थतन्त्रलाई सबल बनाउनमा मद्दत गर्छ।
५७.
शिक्षामा पहुँच भन्नाले के बुझिन्छ ?
शिक्षामा
पहुँच भन्नाले लिङ्ग, सामाजिक
वर्ग, जातिय
पृष्ठभूमि,
अपाङ्गता
आदिको आधारमा कुनै भेदभाव विना सबैले शिक्षा लिन सक्ने क्षमता र अवसर प्राप्त
गर्नु हो ।
५८.
समानता र समताबिचको एउटा भिन्नता लेख्नुहोस्।
समानता भनेको
कुनै पनि चिजलाई बराबर रुपमा सबैमा बाड्नु हो भने समता भनेको न्यायोचित रुपमा वा
आवश्यक्ता अनुरुप वितरण गर्नु हो। समानातामा न्याय नहुन सक्छ तर समतामा न्याय
निश्चित हुन्छ।
५९.
शिक्षामा समावेशिताको परिचय दिनुहोस् ।
शिक्षामा
पहुँच भनेको फरक फरक पृष्ठभूमी र क्षमता भएका
बालबालिकाहरुको योगदानको कदर गर्दै एउटै कक्षामा बसेर औपचारिक शिक्षा आर्जनगर्न पाउने अवस्था
हो।
६०.
नेपालको संविधानले मौलिक हक अन्तर्गत आधारभूत तथा माध्यमिक
शिक्षाका लागि कस्तो व्यवस्था गरेको छ ?
नेपालको
संविधान २०७२ को धारा १७ मा शिक्षा तथा संस्कृतिसम्बन्धी हक अन्तर्गत्:
१.
प्रत्येक बालबालिकालाई आधारभूत तह (कक्षाः १ देखि ८ सम्म) निःशुल्क र अनिवार्य
शिक्षाको व्यवस्था गरिएको छ।
२.
माध्यमिक तह (कक्षाः ९ देखि १२) सम्म सबैका लागि निःशुल्क शिक्षाको व्यवस्था
गरिएको छ।
६१.
शिक्षा र मानव संसाधन विकासबिचको एउटा भिन्नता लेख्नुहोस् ।
शिक्षा
ज्ञानको भण्डार हो जसले व्यक्तिको बौद्धिक क्षमता वृद्धि गराउँछ।
विभिन्न कामका लागि आवश्यक पर्ने
दक्ष जनशक्तिलाई मानव संसाधन भनिन्छ।
६२.
कार्यगत तालिमको परिचय दिनुहोस् ।
एउटा दक्ष र अनुभवी कामदार र अर्को नयाँ वा सिकारु कामदार बिचको औपचारिक वा अनौपचारिक सम्बन्ध नै कार्यगत तालिम हो।
एकाइ: १० अर्थतन्त्र र विकास
(Economics & Development)
अतिसङ्क्षिप्त/ धेरै छोटो उत्तर आउने
प्रश्न
१. तपाईं किन समसामयिक घटनाको बारेमा जानकारी राख्नुहुन्छ ? एक वाक्यमा आफ्नो अनुभव व्यक्त गर्नुहोस्।
- विविध क्षेत्रको ज्ञान हासिल गर्न
२. समसामयिक घटनाको कुनै
एउटा महत्त्व उल्लेख गर्नुहोस् ।
लोकसेवा आयोग लगायत अन्य क्षेत्रका प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ठ नतिजा हासिल गर्ने अवसर मिल्छ।
३. विश्व समाजलाई प्रभाव
पारेको कुनै एउटा घटनाको जानकारीलाई एक वाक्यमा उल्लेख गर्नुहोस् ।
कोरोना भाइरस (COVID 19) महामारी रोगको कारण वि.सं. २००६ चैत ६ गतेदेखि शैक्षिक संस्थाहरू बन्द
४. गरिबीको परिभाषालाई एक वाक्यमा प्रष्ट्याउनुहोस् ।Or, गरिबीको अर्थ लेख्नुहोस् ।
जीवन निर्वाहका लागि आधारभूत आवश्यकता परिपूर्ति गर्न नसकेको अवस्था नै गरिबी हो।
५.
तलको जस्तै तालिका
बनाएर एक/एक वाक्यमा फरक छुट्याउनुहोस् । Or, सापेक्ष गरिबी भनेको के हो? Or, निरपेक्ष गरिबीलाई परिभाषित गर्नुहोस्।
निरपेक्ष गरिबी (Absolute Poverty) : निरपेक्ष गरिबी भनेको जीवन निर्वाहका
लागि आधारभूत आवश्यकता परिपूर्ति हुन नसकेको अवस्था हो।
सापेक्ष
गरिबी (Relative
Poverty): सापेक्ष गरिबी भनेको अरूको तुलनामा
आफू कमजोर भएको अवस्था हो।
६.
गिनी गुणाङ्क भनेको के
हो ?
गिनी
गुणाङ्कलाई सामान्यत: गिनी सूचकाङ्क अथवा गिनी अनुपातको नामले चिनिने गरिन्छ। यो
मुख्य रूपले एउटा राष्ट्रको व्यक्तिको आय वितरणमा धन र आय असमानताको वितरणमा
असमानतालाई मापन गर्नका लागि प्रयोग गरिन्छ ।
७.
गरिबीका कुनै दुई
लक्षण उल्लेख गर्नुहोस् ।
- न्यून आय
- गुणस्तरीय जीवनको अभाव
८.
वि.सं. २०७४/०७५ का
अनुसार नेपालको निरपेक्ष गरिबी कति प्रतिशत रहेको छ ?
– १८.७%
९.
गरिबीका सम्बन्धमा
वि.सं. २१०० सम्म नेपालले लिएको लक्ष्यलाई एक वाक्यमा उल्लेख गर्नुहोस् ।
गरिबीका
सम्बन्धमा वि.सं. २१००
सम्म नेपालले निरपेक्ष गरिइबीलाई ० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।
१०. दिगो विकासको परिभाषालाई एक वाक्यमा प्रष्ट्याउनुहोस् ।
पछि आउने पुस्ताको भविष्यमा असर नपर्ने गरी सञ्चालन गरिएका गतिविधिलाई दिगो विकास भनिन्छ।
११. सन् १९८७ मा संयुक्त राष्ट्र सङ्घद्वारा जारी दिगो विकासको नारालाई प्लेकार्डद्वारा प्रदर्शन गर्नुहोस् ।
सन्
२०२० मा UNDP
ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार
नेपालको मानव विकासक्रम- १४२ तथा अङ्क- ०.६०२ HDI
१३. सार्क (SAARC) को नामलाई नेपाली तथा अङ्ग्रेजीको पूर्ण रूपमा लेख्नुहोस् ।
सार्कको अङ्ग्रेजी नाम : South Asian Association for
Regional Cooperation
सार्कको नेपाली नाम : दक्षिण
एसियाली क्षेत्रीय सहयोग सङ्गठन
१४. सार्क स्थापनाको प्रमुख उद्देश्यलाई एक वाक्यमा प्रस्तुत गर्नुहोस् ।
दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूबिच आपसी सहयोग, पारस्परिक मैत्रीभाव तथा आत्मनिर्भरता अभिवृद्धिगरी शान्ति, सुरक्षा र स्थिरताको वातावरण निर्माण गर्न, र सम्प्रभुताको संरक्षण गर्न लागि गठन गरिएको हो।
१५. के कुरालाई आधार मानेर सार्कका महासचिव नियुक्त गरिन्छ ?
सार्क
राष्ट्रका नामको वर्णानुक्रम अनुसार महासचिव नियूक्त गरिन्छ।
१६. सार्कको प्रतीक चिह्न (Logo) तयार गर्ने कलाकारको नाम
लेख्नुहोस् ।
सार्कको
लोगो तयार गर्ने- नेपाली कलाकार शैलेन्द्र महर्जन
१७. सार्क राष्ट्रमध्ये चारैतिर समुद्रले घेरिएका कुनै दुई टापु राष्ट्रको नाम
लेख्नुहोस् ।
मालिभ्स
र श्रीलंका
१८. नेपालले कुन मितिमा बिमस्टेक (BIMSTEC) को सदस्यता प्राप्त गरेको हो
? पूरा मिति लेख्नुहोस्।
नेपालले
बिमस्टेकको सदस्यता प्राप्त - सन २००४ मा
बिमस्टेकको
गठन- सन १९९७ जुन ०६
१९. बिमस्टेक (BIMSTEC) मा सम्मिलित कुनै दुई भूपरिवेष्ठित राष्ट्रको नाम लेख्नुहोस्।
नेपाल र
भुटान- बिमस्टेक
(BIMSTEC) मा
सम्मिलित भूपरिवेष्ठित राष्ट्र
२०. विश्व व्यापार सङगठन (WTO) ले लिएको कुनै एक प्रमुख
उद्देश्य लेख्नुहोस्।
विश्वव्यापीरूपमा व्यापार विस्तार गर्ने उद्देश्य
२१. नेपालमा वैदेशिक श्रम सम्बन्धी निर्माण भएका कुनै दुई नीतिहरू उल्लेख
गर्नुहोस् ।
- अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका अवसरहरूको पहिचान तथा प्रवर्धन गर्ने।
- प्रतिस्पर्धात्मक क्षमतासहितका सिपयुक्त जनशक्ति तयार गरी वैदेशिक रोजगारीको लाभलाई अधिकतम गर्ने,
२२. वैदशिक रोजगारका सम्बन्धमा प्रयोग हुने अभिमुखीकरण तालिमको कुनै एक मुख्य
उद्देश्य लेख्नुहोस् ।
वैदेशिक रोजगारीका समग्र चरण तथा प्रक्रियालाई सरल, पारदर्शी, भरपर्दो व्यवस्थित र सुरक्षित बनाउने,
२३. विप्रेषणलाई उपयोग गर्ने विषयमा निर्माण भएको कुनै एक रणनीति उल्लेख
गर्नुहोस् ।
वैदेशिक
रोजगारीबाट फर्किएका नेपालीले ल्याउने निश्चित समानमा भन्सार शुल्क छुट गर्ने
व्यवस्था मिलाईने छ।
२४. वैदेशिक व्यापार सन्तुलनको अर्थलाई एक वाक्यमा प्रष्ट्याउनुहोस् ।
वैदेशिक व्यापार सन्तुलन भनेको आयात र निर्यातको मूल्यमा बराबरीको हिसाब हो।
२५. नेपालको वैदेशिक व्यापारको सन्तुलन ऋणात्मक (-) हुनुको कुनै एक भौगोलिक
कारण लेख्नुहोस् ।
नेपाल चारैतिर जमिनले घेरिएको भूपरिवेष्ठित राष्ट्र हो। समुद्रको मार्ग छैन। हवाई तथा जमिनको मार्ग भएर गरिने व्यापार महङ्गो पर्छ।
२६. नेपालसँग पहिलो अन्तर्राष्ट्रिय सम्बन्ध कायम भएको देशलाई मितिसहित उल्लेख
गर्नुहोस्।
सन १८१६
मार्च ३ मा नेपाल अङ्ग्रेज युद्ध (सन
१८१४-१८१६) पछी भ्एको बेलायतसँग सुगौली सन्धी- नेपालको अन्तर राष्ट्रीय सम्बन्धको
शुरुवात
२७. पछिल्लो तथ्याङ्कअनुसार नेपालसँग अन्तर्राष्ट्रिय सम्बन्ध कायम भएको देशको
सङ्ख्या र पछिल्लो पटक सम्बन्ध कायम भएको मुलुकको नाम लेख्नुहोस्।
पछिल्लो
पटक सम्बन्ध कायम भएको मुलुक- अफ्रीकी मुलुक सियरालियोन सन २०२१ जुन
२९मा
२८. भारत र चीनसँग नेपालको कूटनीतिक सम्बन्ध कुन-कुन मितिमा कायम भयो ?
नेपाल-भारत कूटनीतिक सम्बन्धः नेपाल भारत बीच दौत्य
सम्बन्ध कायम-
सन १९४७ जुन १३
नेपाल-चीन कूटनीतिक सम्बन्धः नेपाल चीन बीच दौत्य
सम्बन्ध कायम- सन १९५५ अगस्त १
२९.
नेपालको परराष्ट्र
नीतिमा उल्लेख भएको 'अनाक्रमण' शब्दको शाब्दिक अर्थलाई एक वाक्यमा प्रष्ट्याउनुहोस् ।
३०.
व्यक्तिगत वा
पारिवारिक अर्थतन्त्रको परिचय दिनुहोस् ।
एउटा परिवारले आफ्नो खेतीपाती,
वैदेशिक रोजगारी, पशुपालन, बैङ्क मौज्दात, श्रममूल्य,
घरभाडा आदिबाट प्राप्त आम्दानीलाई व्यक्तिगत
वा परिवारको अर्थतन्त्र मान्न सकिन्छ।
३१.
अर्थतन्त्र भनेको के
हो ?
अर्थतन्त्र भन्नाले एउटा समाज सँग उपलब्ध
स्रोत र साधनहरूको परिचालन र उपभोग गर्न बनाइएको संयन्त्र वा पद्धतिलाई अर्थतन्त्र
भनिन्छ ।
३२.
नेपालको अर्थतन्त्रका
मुख्य अङ्गहरू लेख्नुहोस् ।
नेपालको अर्थतन्त्रका
मुख्य दुई अङ्गहरू- कृषि र पर्यटन
३३.
नेपालको अर्थतन्त्रको
मुख्य एक आधार उल्लेख गर्नुहोस् ।
कृषि- खाद्यान्न उत्पादन, तरकारी तथा फलफूल खेती, पशुपालन, मत्स्यपालन आदि
३४.
विकास भनेको के हो?
विकास भनेको सकरात्मक
परिवर्तन हो। अर्थात् देशको आर्थिक,
सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिक आदि क्षेत्रमा हुने सकारात्मक परिवर्तन नै विकास हो।
३५.
विदेश नीति भनेको के
हो?
कुनै एउटा देशको की
विसंग सम्बन्ध व्यवस्थित गर्न देशले लिएको नीति नै विदेश नै हो।
३६.
अन्तर्राष्ट्रिय
सम्बन्ध अर्थ
विभिन्न देशहरुविचको आर्थिक, कूटनीतिक, सामरिक वा अन्य
पारस्पारिक सम्बन्ध अन्तर्राष्ट्रिय सम्बन्ध हो।
३७.
विदेश नीतिका आवश्यकता
औल्याउनुहोस् ।
-
अन्तर
राष्ट्रीय श्रमबजारमा रोजगारका अवसर पहिचान गर्न
३८.
वैश्विक सरकार भनेको
के हो?
वैश्विक सरकार भन्नाले
दुई वा सोभन्दा बढी देशहरूले साझा समस्या समाधान गर्न उद्देश्यले सहमतिमा सञ्चालन
गरिने अभियानलाई वैश्विक सरकार भनिन्छ।
३९.
सार्क सचिवालय कहाँ
रहेको छ ? -
नेपालको काठमाडौँमा
४०.
BIMSTECको परिचय दिनुहोस्।
यो जुन ०६ सन् १९९७
थाइल्यान्डको बैङ्ककमा गठित एक उपक्षेत्रीय समूह हो जसको मुख्य उद्देश्य
खाडीमार्फत सामुद्रिक मार्गबाट व्यापार गर्नु हो।
४१.
विश्व व्यापार
सङ्गठनमा हाल कति सदस्य राष्ट्र रहेका छन् ?
हाल विश्व व्यापार
सङ्गठनका १६४ सदस्य राष्ट्र - ती राष्ट्रहरूविचमा स्वतन्त्र
व्यापारको मान्यता
४२.
विश्व व्यापार
सङ्गठनको मुख्य उद्देश्य लेख्नुहोस्।
विश्व व्यापार सङ्गठन
को मुख्य उद्देश्य:वस्तुको व्यापारलाई सहज बनाउनु, सेवाको व्यापारलाई
विस्तार गर्नु, र बौद्धिक सम्पत्तिको अधिकार संरक्षण गर्नु हो ।
४३.
साफ्टाभित्र कति सदस्य
रहेका छन् ?
साफ्टामा हाल सात
सदस्य रहेका छन्।
४४.
साफ्टाको मुख्य
उद्देश्य के हो ?
सार्क राष्ट्रविच व्यापारका समस्या हटाइ
परस्परमा व्यापारिक लाभ वृद्धि गर्नु हो।
४५.
नेपालले विश्व व्यापार
सङ्गठनबाट प्राप्त गर्न सक्ने मुख्य लाभ के हो ?
नेपालले विश्व व्यापार सङ्गठनको सदस्यता
लिएपछि विश्व व्यापारमा खुला र प्रतिस्पर्धी बजार प्राप्त गरेको छ।
४६.
साफ्टा कहिलेदेखि लागु
भएको हो ?
पाकिस्तानको इस्लामावादमा सम्पन्न १२ औं
सार्क शिखर सम्मेलन,
२००४ का अवसरमा साफ्टा सम्झौतामा हस्ताक्षर
गरियो। साफ्टा सम्झौतालाई सन् २००६ देखि कार्यान्व्यनमा ल्याउन सुरु गरिएको छ।
४७.
साफ्टाको न्यून
प्रभावकारिताको मुख्य कारण के हो ?
साफ्टाको न्यून प्रभावकारिताको मुख्य कारण- सार्क क्षेत्रमा देशहरूको न्यून आर्थिक अवस्था र यहाँका मुख्य दुई शक्ति
राष्ट्र भारत र चीनबिचको द्वन्द्व
४८.
बिमस्टेकको स्थापना
कहिले भएको हो ?
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका
लागि बङ्गालको खाडीको प्रयास (BIMSTEC)
सन् १९९७ जुन ६ मा थाइल्यान्डको राजधानी
बैङ्ककमा बसेको सदस्य राष्ट्रहरूका मन्त्रीस्तरीय बैठकले एक स्मृतिमात्रमा हस्ताक्षर
गरी स्थापित गरिएको हो।
४९.
वैदेशिक श्रम र
वैदेशिक रोजगारीबिचको कुनै एक भिन्नता औँल्याउनुहोस् । Or, वैदेशिक रोजगारलाई परिभाषित गर्नुहोस्।
वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर
शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। भने यसको विपरीत विदेशी श्रम तथा श्रमिकले आन्तरिक अर्थव्यवस्थामा प्राप्त
गरेको आर्थिक सक्रियता वा रोजगारीलाई वैदेशिक श्रम भनिन्छ।
५०.
नेपालको वैदेशिक
श्रमसम्बन्धी नीतिगत व्यवस्था कहिले लागु गरिएको थियो ?
नेपालमा वैदेशिक श्रमसम्बन्धी ऐन २०४४
देखि
५१.
नेपालको वैदेशिक
श्रमसम्बन्धी नीति केमा उल्लेख गरिएको छ ?
नेपालको श्रम ऐन २०७४ को परिच्छेद 'छ' को दफा २२ देखि २७
सम्म वैदेशिक कामदारको हक, अधिकार र कर्तव्यको साथै वैदेशिक श्रम प्रयोग गर्ने रोजगारदाताले पालन
गर्नुपर्ने नियमको उल्लेख छ।
५२.
वैदेशिक व्यापार भनेको
के हो?
उत्तर एउटा देशले बाँकी विश्वसँग गर्ने
वस्तु तथा सेवाहरूको कारोवारलाई वैदेशिक व्यापार भनिन्छ।
५३.
व्यापार घाटा भनेको के
हो ? Or, व्यापार घाटालाई परिभाषित गर्नुहोस्
एउटा देशको निश्चित अवधिमा निर्यात व्यापारको
तुलनामा आयातको आकार ठूलो छ भने यस्तो अवस्थालाई व्यापार घाटा भनिन्छ।
५४.
अनुकूल व्यापार
सन्तुलनको अर्थ लेख्नुहोस् ।
एउटा देशको निश्चित अवधिमा निर्यात
व्यापारको तुलनामा आयातको आकार सानो छ भने यस्तो अवस्थालाई अनुकूल व्यापार सन्तुलन
भनिन्छ।
५५.
व्यापार सन्तुलनको
परिचय दिनुहोस् । Or, व्यापार सन्तुलनलाई
परिभाषित गर्नुहोस्।
एउटा देशले निश्चित अवधिमा निर्यात
व्यापारमार्फत प्राप्त गरेको आय र आयात
व्यापारका लागि गरेको भुक्तानीबिचको
तुलनात्मक स्थितिलाई व्यापार सन्तुलन भनिन्छ।
५६.
नेपालको वैदेशिक
व्यापार घाटाका मुख्य दुई कारण उल्लेख गर्नुहोस् ।
निर्यातमूलक उद्योगको कमी र गुणस्तरीय उत्पादनको कमी
५७.
नेपालको वैदेशिक
व्यापार घाटालाई कम गर्ने दुई उपाय लेख्नुहोस्।
व्यापार विविधिकरण र गुणस्तरीय उत्पादन
५८.
आर्थिक वृद्धि भनेको
के हो ?
एउटा अर्थव्यवस्थामा निश्चित अवधि (एक
वर्ष) भित्र देशको राष्ट्रिय आय वा उत्पादनमा हुने वृद्धिको आकारलाई आर्थिक वृद्धि भनिन्छ ।
५९.
आर्थिक वृद्धिका लागि
आवश्यक पर्ने मुख्य सर्त के हो ?
आर्थिक वृद्धिका लागि आवश्यक पर्ने
मुख्य सर्त- देशको उत्पादन र रोजागारीको अवस्थामा सुधार हुनु
६०.
आर्थिक विकास भनेको के
हो ? Or, आर्थिक विकास भनेको के हो ? उल्लेख गर्नुहोस् ।
चौतर्फी रूपमा देशको प्रगति हुनुलाई आर्थिक
विकास भनिन्छ।
६१.
आर्थिक विकासले
समेट्ने मुख्य दुई पक्षहरू लेख्नुहोस। Or, आर्थिक विकासका कुनै दुई सूचकहरूको नाम लेख्नुहोस् ।
आर्थिक विकासले समेट्ने मुख्य दुई पक्षहरू: देशको कुल राष्ट्रिय उत्पादन (GNP), प्रतिव्यक्ति आय (Per
Capita Income), साक्षरता प्रतिशत आदि
६२. मानव
विकासलाई परिभाषित गर्नुहोस् ।
मानिसलाई
जन्मदेखि मृत्युसम्म सफल जीवनयापनका लागि आवश्यक पर्ने सम्पूर्ण कुराको प्राप्ति
हुनु नै मानव विकास हो ।
६३. श्रम भनेको
के हो, अर्थ
लेख्नुहोस् ।
सामान्य
भाषामा शारीरिक रूपमा काम गर्ने व्यक्ति (श्रमिक) र उक्त व्यक्तिको
मिहिनेतलाई श्रम भनिन्छ ।
६४. रोजगारी र
बेरोजगारीमा भिन्नता छुट्याउनुहोस् ।
रोजगारी बेरोजगारीको
विपरीतार्थक शब्द हो। राज्यको मापदण्डअनुसार कामगर्ने उमेर पुगेका व्यक्तिले र
वैधानिक कार्य गरी भुक्तानी प्राप्त गर्नु हो । रोजगारी र यस्तो कार्यबाट बन्चित
हुनुलाई बेरोजगारी भनिन्छ ।
६५. बचत
व्यापार भनेको के हो ?
६६. विश्वमा एक
राष्ट्रले अर्को राष्ट्रलाई आर्थिक सहयोग गर्ने प्रचलनको सुरुआत गर्नुको
कारण के
थियो ?
- आर्थिक रूपमा शक्तिशाली देशहरूले विश्व बजारलाई
आफ्नो पहुँच बाहिर जान नदिन आर्थिक सहयोग, अनुदान, ऋण आदिको प्रचलन सुरु गरेका थिए ।
६७.
सार्कमा कतिओटा देशहरू भूपरिवेष्टि छन् ? तिनीहरूको नाम उल्लेख गर्नुहोस् । २ ओटा
नेपाल र भुटान
६८.
नेपालको आर्थिक विकासका कुनै दुई अवरोधकको नाम लेख्नुहोस् ।
राजनीतिक
अस्थिरता र बेरोजगारी
६९.
सार्क,
बिम्स्टेक, ग्याट र WTO को स्थापना कहिले भएको थियो ?
सार्कको स्थापना- सन १९८५ दिसेम्बर ७ र ८
बिम्स्टेकको स्थापना- जुन ०६ सन १९९७ थाइल्यान्डको बैङ्ककमा
साफ्टाको स्थापन- सन २००४ पाकिस्तानको इस्लामावादमा सम्पन्न १२
औं सार्क शिखर सम्मेलनमा हस्ताक्षर र सन २००६ देखि कार्यान्व्यन
ग्याट वा विश्व व्यापार सङ्गठनको
स्थापना- सन १९४८
Comments
Post a Comment