सामाजिक अध्ययन कक्षा- १० एकाई- ६ देखी एकाई- १० सम्म (नयाँ पाठ्यक्रम- २०८०)
सामाजिक अध्ययन कक्षा- १०
एकाई- ६ देखी एकाई- १० सम्म
(नयाँ पाठ्यक्रम- २०८०)
एकाइ
: ६ हाम्रो पृथ्वी (OUR EARTH)
पाठ : १ हावापानीमा प्रभाव पार्ने तत्वहरु (Factors Affecting Climate)
हावापानी : एक परिचय
कुनै स्थान विशेष्को लामो अवधिको मौसमी वा वायुमण्डलको औसत अवस्थालाई हावापानी भनिन्छ। साधारणतया ३० वर्ष भन्दा बढी समयको मौसम वा वायुमण्डलको औसत प्रवृतिलाई गणनागरी हावापानीको अवस्था यकिन गर्ने गरिन्छ। हावापानीले ठुलो क्षेत्र जस्तै नेपालको सन्दर्भमा तराई, पहाड र हिमालको हावापानी ओगटेको हुन्छ। हावापानीका सुचक अन्तर्गत तापक्रम, वर्षा, वायुका चाप हुन। हावापानीलाई जलवायु भनेर पनि चिनिने गरिन्छ।
मौसम
र हावापानीबिच फरक् (Difference Between Weather and
Climate)
मौसम:
१ कुनै पनि स्थानको
छोटो अवधिको वायुमण्डलिय स्थितिलाई मौसम भनिन्छ।
२ मौसम छोटो
समयको, परिवर्तनशिल र अनिश्चित
हुन्छ।
३ प्रभाव पार्ने
तत्वहरु: तापक्रम, हावाको चाप्, ओस्,
४ उदाहरणको
लागि: बादल लागेको, पानी परेको, घाम लागेको आदि
हावापानी:
१ कुनै पनि स्थानको लामो समय (३०-३५ वर्ष)को औसत मौसमलाई
हावापानी भनिन्छ।
२ हावापानी लामो
समयको लागी अपरिवर्तनशिल र निश्चित हुन्छ।
३ प्रभाव पार्ने
तत्वहरु: अक्षांश, उचाइ, सामुद्रीक दुरी आदि
४ उदाहरणको
लागि: उष्ण (तातो), समशितोष्ण (ठिक्क) र
ठ्ण्डा (चिसो) हावापानी
हावापानीलाई
प्रभाव पार्ने तत्वहरु (Factors Affecting Climate)
१.
अक्षांश
२.
उचाइ
३.
जमिनको मोहोडा
४.
सामुद्रिक दूरी
५.
पहाडको उपस्थिति
६.
सामुद्रिक धार
७.
वनस्पति र माटो
१. अक्षांश (Latitude) : भूमध्य रेखामा सुर्यका किरण सिधा पर्छन त्यसकारण त्यस क्षेत्र्को आसपासमा उष्ण खालको हावा पानी वा वर्षैभरी गर्मी हुन्छ भने भुमध्य रेखाबाट जती टाढा गयो सुर्यको किरण छड्के पर्छ र गर्मी कम हुँदै गइ बढी ठण्डा हावापानी भएको पाइन्छ । तसर्थ, भुमध्य रेखा क्षेत्रमा बढी गर्मी र धुर्वीय क्षेत्रमा बढी जाडो हुन्छ।
२. उचाइ (Altitude): सामान्यतया हरेक १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम घट्छ। पृथ्वीको सतहमा धुलो, धुवाँ वजनदार ग्याँसहरुको कारणले हावाको घनत्व बढी हुन्छ र सुर्यको बढी ताप सोस्छ। जती जती उचाइ बढ्छ त्यती नै हावाको चाप घट्दै जान्छ र चिसो बढ्दै जान्छ। उदाहरणको लागि- नेपालगन्ज (२८°३' उत्तरी) र नाम्चे बजार (२७°४९' उत्तरी) अक्षांशको हिसाबले नजिक भए तापनि नेपालगन्जमा गर्मी हुन्छ र औसत तापक्रम ३०°C सम्म हुन्छ तर नाम्चे बजारमा जाडो हुन्छ र तापक्रम औसत १२ डिग्रीको आसपास रहन्छ। नेपालको हावापानीमा अरु तत्वले भन्दा उचाइले बढी प्रभाव पारेको छ।
३. जमिनको मोहोडा : जमिनको मोहोडा वा ढालले पनि हावापानीमा प्रभाव पार्ने गर्छ । उदाहरण को लागि- नेपालमा उत्तरतर्फ गर्केको जमिनको भूभाग चिसो हुन्छ भने सुर्य तर्फ फर्केको दक्षिणको जमिन न्यानो हुन्छ ।
४. सामुद्रिक दूरी (Distance From the Sea): समुद्रको नजिकैको तापक्रम मध्यम वा सुरम्य हुन्छ भने जती टाढा गयो त्यती चिसो वा तातो (विषम हावापानी) हुन्छ । यसको कारण जमिन र पानीको तात्ने र सेलाउने स्वभाव फर्क फरक हुन्छ । जमिन छिटै तात्छ र छिटै सेलाउँछ भने पानी ढिलो तात्छ र ढिलो सेलाउँछ। त्यसकारण समुद्रको किनारी भागको हावापानी मध्यम हुन्छ भने समुद्रका टाढाका ठाउँमा हावापानी ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै चिसो हुने गर्छ।
८. पहाडको उपस्थिति/ वायुको दिशा: पहाडले वायुलाई एकैतिर बहने दिशामा अवरोध सिर्जना गर्दछ। ग्रीष्म ऋतुमा हिन्द महासागरबाट आउने जलवाष्पयुक्त वायुलाई पर्वतले रोकेर नेपालमा वर्षा गराउँछ भने हिउँदमा उत्तरबाट बहने चिसो वायुलाई रोकिदिन्छ। बार्फिलो वायु बहने मार्गमा पर्वतको अवरोध भएमा पर्वत पछाडी क्षेत्र शुष्क रहन्छ।
५. सामुद्रिक धार/ छाल (Ocean Currents): समुद्रमा न्यानो पानीको धार र चिसो पानीको धारको प्रभाव हुन्छ। न्यानो पानीको धारको नजिकका ठाउँहरुमा बढी गर्मी हुन्छ भने चिसो पानीको धारको नजिक बढी ठण्डा हुन्छ ।उदाहरणको लागि: अमेरिकाको पुर्वी किनारको हावापानी पश्चिमी किनारको भन्दा न्यानो हुन्छ किनभने पूर्वी किनारमा न्यानो गल्फस्ट्रीम धार बहेको छ भने पश्चिममा चिसो क्यालिफोर्निया धार बहेको छ।
६. वनस्पति र माटो: घना जङ्गल भएको ठाँउमा आर्द्रतायुक्त वायु हुने हुँदा बढी वर्षा हुन्छ। बनस्पती भएको क्षेत्रमा सुक्खा र विषम खालको हावापानी पाइन्छ। यस्तै कालो माटो भएको ठाँउमा माटाले ताप सोस्ने हुँदा न्यानो हुन्छ। कमेरो र सेतो माटो भएको ठाँउमा ताप कम सोस्ने हुँदा तापक्रम कम र चिसो हुन्छ। बलौटे तथा रातो फुस्रो माटो भएको स्थान छिटो तात्ने र छिट्टै सेलाउने हुनाले उक्त स्थानको हावापानी प्राय: विषम हुन्छ।
👉सामुद्रिक दुरीले हावापानीमा कसरी प्रभाव पारेको हुन्छ? कारण र उदाहरण दिनुहोस्।
हावापानीमा प्रभाव
पार्ने तत्वहरु मद्धे सामुद्रिक दुरी पनि एक हो। समुद्रबाट बहने वायुले जलवाष्प बोकेको हुन्छ जसमा बादल सँग पानीको स-साना कणहरू उडेर
गरेको हुन्छन। यिनीहरु भारी भएकोले धेरै
टाढासम्म उडेर जान सक्दैन। समुन्द्र नजिकको क्षेत्रमा यसले आफनो भारी बिसाउनका
लागि प्रशस्त वर्षा गराउँछ। जसको कारण समुद्र नजिकको हावापानी ठण्डा र
राम्रो हुन्छ। समुद्रबाट जति जति टाडा गयो
त्यति हावापानी सुख्खा हुदै जान्छ। सुख्खाको भनेको वर्षा ज्यादै कम हुनु हो
।जलवाष्पयुक्त भारी वायु वा बादल धेरै
टाढासम्म पुग्न नसक्ने हुँदा कम वर्षा भएको हुन्छ।। त्यसैले समुन्द्र भन्दा टाढाका
क्षेत्रहरु सुख्खा मरुभूमि जस्तै बन्दछन्। उदाहरणको लागि- समुद्रबाट टाढापर्ने
मंगोलियामा मरुभूमि क्षेत्र पाइन्छ।
अक्षांशका
विशेषताहरू उल्लेख गर्नुहोस् र नेपालको हावापानीमा अक्षांशले त्यति प्रभाव पारेको
छैन, किन ? कारण दिनुहोस्
।
अक्षांशका विशेषताहरू यसप्रकार छन् :
-
अक्षांश भनेका भूमध्यरेखीय उत्तर र दक्षिणतर्फ खिचिएका
पूर्ण वृत्ताकार रेखा हुन्।
-
अंक्षाश रेखा बढ्दै जाँदा क्रमशः चिसोपना बढ्दै जान्छ।
-
अक्षांश घटे गर्मी बढ्छ।
नेपालमा चाहिँ अक्षांशको त्यति प्रभाव परेको छैन। नेपाल २२° देखि २६° अक्षांशमा पर्छ। ४° मात्र अक्षांशको
फरक परेकाले नेपालमा अक्षांशले त्यति प्रभाव पारेको छैन।
कुनै पनि
ठाउँको हावापानीमा प्रभाव पार्ने कुनै दुई तत्त्वको उल्लेख गरी तिनले कसरी
हावापानीमा प्रभाव पार्छन्, उदाहरणसहित लेख्नुहोस्।
नेपालको
हावापानीमा उचाइले बढी प्रभाव पारेको छ। यस वाक्यलाई नेपालमा पाइने हावापानी र
वनस्पतिको आधारमा ५ बुँदामा लेख्नुहोस्।
नेपालको हावापानीमा उचाइको प्रभावलाई निम्न बुँदामा उल्लेख
गर्न सकिन्छ :
- नेपाल ५९ मिटरदेखि ८८४८.८६ मिटरसम्मको उचाइमा छ ।
- यहाँ विभिन्न खाले वनस्पति पाइन्छन् ।
- तराईमा उष्ण सदाबहार, पहाडमा पतकर, हिमालमा कोणधारी सदाबहार र उच्च हिमालमा टुन्ड्रा वनस्पति
पाइन्छन् ।
- नेपाल समशीतोष्ण हावापानी क्षेत्रमा पर्ने भएकाले पहाडी
क्षेत्रमा कोणधारी र उष्ण सदाबहार जङ्गलको मिश्रण पाइन्छ।
- हावापानीमा विविधता भएजस्तै यहाँका प्राकृतिक वनस्पतिमा पनि
विविधता छ।
केही प्रमुख
बुँदाहरू:
- जलवायु क्षेत्र: जलवायु क्षेत्र भन्नाले समान जलवायु, ढाँचा र वनस्पतिको प्रकृति भएको ठूलो क्षेत्रलाई जनाउँछ। विश्वलाई ३ जलवायु क्षेत्र र १२ ओटा प्रमुख जलवायु क्षेत्रहरूमा विभाजन गरिएको छ।
- हाम्रो देशको मनाङ र मुस्ताङ उपत्यका सुक्खा छ, किनभने तिनीहरू उकालो leeward ढलानमा छन्। त्यसैले तिनीहरू वर्षभरि सुख्खा र चिसो रहन्छन्।
- बाँके जिल्लाको नेपालगन्ज र ताप्लेजुङ जिल्लाको ताप्लेजुङ लगभग एउटै अक्षांशमा पर्छ तर नेपालगन्ज ताप्लेजुङ भन्दा तातो छ किनभने नेपालगन्ज हाम्रो देशको तराई क्षेत्र मा र समुद्री सतहबाट कम उचाइमा अवस्थित छ भने ताप्लेजुङ धेरै उचाइमा छ। तसर्थ्, नेपालगन्ज मा ताप्लेजुङ भन्दा बढी गर्मि हुन्छ।
- नेपाल ट्रपिकल मनसुन जलवायु क्षेत्रमा पर्दछ।
- विराटनगरको तुलनामा ताप्लेजुङ उच्च उचाइमा रहेकोले चिसो हावापानी हुने भएकाले विराटनगरका जनताले ताप्लेजुङको हावापानीमा भिन्नता महसुस गर्छन् ।
- उचाइको भिन्नताका कारण नेपालको सबै क्षेत्रको हावापानी समान छैन।
- नेपालको भूगोल (उचाई) ठाउँअनुसार फरक हुने र समुन्द्रदेखिको दूरीका कारण पनि नेपाललाई जलवायु विविधताको देश मानिन्छ।
- धनगढी र विराटनगर दुवै एउटै उचाइमा रहेकाले विराटनगरभन्दा धनगढीमा बढी तातो छ तर विराटनगर समुद्रको नजिक छ भने धनगढी मरुभूमिभन्दा नजिक छ
- नेपालगन्ज र झापा तराई क्षेत्रमा अवस्थित भए पनि नेपालगन्ज गर्मीमा झापाभन्दा बढी तातो हुने कारण दुवै एकै उचाइमा रहेकाले नेपालगन्ज मरुभूमिभन्दा नजिक छ जहाँ झापा समुद्रको नजिक छ ।
- उचाइलाई जलवायु निर्धारण गर्ने एक प्रभावकारी कारकको रूपमा लिइन्छ किनभने प्रत्येक 160-165 मिटर उचाइमा 1˚C तापक्रम घट्छ।
अक्षांशको विशेषताहरु:
- अक्षांशहरू पृथ्वीमा पूर्वदेखि पश्चिमसम्म चल्छन्।
- तिनीहरू एकअर्कासँग समानान्तर चल्छन्।
- तिनीहरूले पृथ्वीमा ठाउँहरूको मौसम निर्धारण गर्छन्।
- ०˚ अक्षांशलाई भूमध्य रेखा भनिन्छ अक्षांशको सबै भन्दा तातो रेखा हो।
नेपालको जलवायु सन्दर्भमा अक्षांश प्रभावकारी छैन किनभने:
- नेपालको हावापानी मुख्यतया उचाइले निर्धारण गरिन्छ किनभने यहाँ उचाइमा धेरै भिन्नता छ।
- नेपाल थोरै अक्षांश (80˚ देखि 88˚ सम्म) फैलिएको सानो देश हो जसले जलवायुमा ठूलो भिन्नता ल्याउन सक्दैन।
- नेपाल उष्णकटिबंधीय मानसुन जलवायु क्षेत्रमा पर्दछ जहाँ सामान्य रूपमा हावापानी चरम हुँदैन।
- समुन्द्रदेखिको दूरीले पनि नेपालमा मौसममा भिन्नता ल्याउँछ।
पाठ : २ विश्वका हावापानीका प्रकारहरु
(Types of World Climate
)
विश्वमा
पाइएका हावापानी लाई मुख्यगरी ३ मण्डलमा वर्गिकरण गरेर अध्ययन गर्न सकिन्छ ।
१. उष्ण मण्डल
२. समशितोष्ण
मण्डल
३. शीत मण्डल
१. उष्ण हावापानीको क्षेत्र ( Tropical Climate
Zone): भुमध्य रेखाबाट
दुबै गोलार्धको ३० अक्षांशसम्मको क्षेत्रलाई उष्णमण्डल भनिन्छ। ०0 अक्षांश (भुमध्य रेखा)
देखी ३०0 उत्तरी र दक्षिणी अक्षांश दुबैतिर फैलिएको क्षेत्रमा
पाइने हावापानीलाई उष्ण क्षेत्रको हावापानी भनिन्छ।
- यस मण्डलमा सुर्यको किरण सिधारुपमा पर्ने हुनाले निकै
गर्मी हुने र तातो हावापानी चल्ने गर्छ। यस मण्डलमा चाप, ताप, र वर्षा उच्च हुन्छ ।
-
तापक्रम ग्रीष्म याममा ३०0 देखी ४२0 सम्म र हिउँदमा १५0 सम्म
-
वर्षाको मात्रामा एक रुपता नभएको
-
औषत वार्षिक वर्षा २०० से. मि. रहेको
यस मण्डल
अन्तर्गत ४ हावापानी उपप्रदेशहरु पर्दछन्:
v भुमध्य रेखीय हावापानीको
क्षेत्र (Equatorial Climate Zone)
v उष्ण तृष्ण भुमिको
क्षेत्र / सभाना क्षेत्र (Tropical Grassland/ Savana)
v उष्ण मौसमी हावापानीको
क्षेत्र (Tropical Monsoon Climate Zone)
v उष्ण मरुस्थलिय हावापानीको क्षेत्र (Tropical Desert Climate Zone)
२. समशितोष्ण हावापानीको क्षेत्र
(Temperate Climate Zone):
दुबै गोलार्धको ३०0 देखी ६०0 अक्षांश सम्मको भूभागलाई
समशीतोष्ण मण्डल भनिन्छ ।
-
वर्षै भरितातो र चिसोको समान अवस्था वा ठिक्कको हावापानी
रहेको
-
मध्यम खालको (औसत हावापानी) हावापानी
-
पर्याप्त वर्षा र उर्वर जमिनको उपलब्धता
-
मानव बसोबासको उपलब्ध क्षेत्र
-
मानव जीवनको बसोबासको लागी उपयुक्त क्षेत्र
-
हावापानी, बनस्पति, मानव जाति र संस्कृति लगायतका विविधता भएको क्षेत्र
-
युरोपका अधिकांश भाग, संयुक्त राज्य अमेरिकाको पश्चिमी र पूर्वी क्षेत्र र पूर्वी चीनका क्षेत्रहरु
यस मण्डल अन्तर्गत ६ हावापानी
उपप्रदेशहरु पर्दछन्:
v भुमध्य सागरीय हावापानीको
क्षेत्र
v समशीतोष्ण मरुस्थलिय
हावापानीको क्षेत्र
v समशीतोष्ण मौसमी
हावापानीकोक्षेत्र
v समशीतोष्ण सामुद्रीक
हावापानीको क्षेत्र
v समशीतोष्ण तृणभुमिको
हावापानीको क्षेत्र
v सेन्ट लरेन्स र मचुरियाको
हावापानी
३. शीत वा ठण्डा हावापानीको क्षेत्र:
पृथ्वीको दुबै उत्तरी र दक्षिणी गोलार्धमा ६०0 देखी ९०0 अक्षांशमा फैलिएको
क्षेत्रको हावापानीलाई शीत वा ठण्डा हावापानी भनिन्छ।
- वर्षैभरी सुर्यको किरण छड्के पर्ने र तापक्रम शून्य डिग्री
भन्दा तल रहने हुनाले अत्याधिक जाडो हुन्छ।
- सुख्खा वायु बहने र कम वर्षा हुने क्षेत्र
- ६ महिना रात र ६ महिना दिन हुने क्षेत्रहरु
- मानव बसोबासको उपयुक्त क्षेत्र नरहेको
- उत्तरी धुर्वीय भाग गृन्ल्यान्ड , आइसल्यान्ड तथा दक्षीनी
धुर्वीय क्षेत्रको अन्टार्कटिका लगायतका वर्षैभरी बरफ जमेको क्षेत्र
यस मण्डल
अन्तर्गत ३ हावापानी उपप्रदेशहरु पर्दछन्:
v टुण्ड्रा क्षेत्र
v अन्टार्टिका क्षेत्र
v साइबेरियन क्षेत्र
पाठ : ३ उष्ण
मण्डल (Tropical Zone)
भुमध्य रेखाबाट
दुबै गोलार्धको ३०0 अक्षांशसम्मको क्षेत्रलाई उष्ण मण्डल भनिन्न्छ । ०0 अक्षांश (भुमध्य रेखा)
देखी ३०0 उत्तरी र दक्षिणी अक्षांश दुबैतिर फैलिएको क्षेत्रमा
पाइने हावापानीलाई उष्ण क्षेत्रको हावापानी भनिन्छ ।
यस मण्डल
अन्तर्गत ४ हावापानी उपप्रदेशहरु पर्दछन्:
v भुमध्य रेखीय हावापानीको
क्षेत्र (Equatorial Climate Zone)
v उष्ण तृष्ण भुमिको
क्षेत्र सभाना क्षेत्र (Tropical Grassland/ Savana)
v उष्ण मौसमी हावापानीको
क्षेत्र (Tropical Monsoon Climate Zone)
v उष्ण मरुस्थलिय हावापानी
को क्षेत्र (Tropical Desert Climate Zone)
१. भुमध्य रेखीय
हावापानीको क्षेत्र (Equatorial Climate Zone)
अवस्थिति- भुमध्य रेखाको
०° देखी अक्षांश ५° उत्तरी र दक्षिणी दुबै
गोलार्धमा फैलिएको
हावापानी पाइने क्षेत्रहरु: दक्षिण
अमेरिकाको अमेजन बेँसी, अफ्रीकाको कङ्गो बेँसी, गिनिया कोस्ट बेँसी, मलेसिया, सिंगापुर र पूर्वी
भारत आदि
हावापानी:
- तापक्रम वर्षभरि तातो, ओसिलो र आर्द्र (hot, humid and wet) हुन्छ।
- कुनै मौसमी परिवर्तन नहुने किनभने सूर्यको किरणहरू
लम्बाइमा झर्छन्।
- दिन र रातको लम्बाइ वर्षभरि लगभग बराबर हुन्छ।
- उच्च तापका कारण दिन र रात बराबर हुने भएकाले भारी वर्षा
हुनेगर्छ ।
- औसत वार्षिक तापक्रम २७ सेल्सियसको आसपासमा हुनेगर्छ ।
- औसत वार्षिक वर्षा २०० से.मि. हुनेगर्छ ।
वनस्पती र वन्यजन्तु:
· पर्याप्त वर्षा र उष्ण हावापानीका कारण यसक्षेत्रमा उष्ण
सदाबहार वनस्पती पाइन्छन।
· कहिल्यै पात नझर्ने ठुला, अग्ला र कडा जातका सदाबहार बनस्पति जस्तै- माहोगानी, साल, बाँस, इबोनी, रबर आदि,
· दक्षिण अमेरिकाको अमेजन बेँसीमा पर्ने विश्वकै सबैभन्दा
ठुलो जंगल 'सेल्भास' पाइन्छ।
· यसले विश्वको ९० प्रतिशत वन्यजन्तुलाई (सजिव प्रजाती)बासस्थान प्रदान गर्दछ।
त्यसैले यसलाई ‘सामान्य प्रजातिको घर’ भनेर चिनिन्छ।
· जैविक विभिधतामा संसारभर प्रसिद्ध छ ।
· यहाँ चिम्पान्जी, विषालु सर्प्, गोही आदी जनावर र हाँस्, बकुल्ला, धनेस मेउर जस्ता
चराअचुरुङ्गी पाइन्छन ।
जनजीवन र आर्थिक क्रियाक्लाप्
· जनसान्ख्यिक संरचनामा विभिधता: अमेजन र कङ्गो बेँसीमा कम जनघनत्व- यस क्षेत्रका आदिवासीहरु पिग्मी, कुबा, रेड इण्डियन, बोर्नियो, सेमाङ्ग हुन। यिनीहरुको जीवनशैली अझै पनि फिरन्ते छ।
· अर्कोतिर पूर्वी एसियाका बासिन्दाहरु बढी बिकसित र जीवन शैली आधुनिक छ । यिनिहरु खेतिपाती काठकटान र व्यापारमा संलग्न छन ।
२. उष्ण
तृष्णभुमिको क्षेत्र/ सभाना क्षेत्र (Tropical Grassland/ Savana)
- भुमध्यरेखाबाट उत्तर र दक्षिण दुबै तर्फ ५˚ सेल्सियस देखि २०˚ सेल्सियस अक्षांशमा फैलिएर क्षेत्र ।
- ठाउँहरू: अफ्रिकाको
सवाना (सुडान, सेनेगल, केन्या, युगान्डा, तान्जानिया), लानोस जस्ता ठाउँहरू, भेनेजुएला, क्याम्पोस (ब्राजिल), ओरिनोको बेसिन (दक्षिण
अमेरिका) आदि।
- यसलाई सुडान खालको हावापानी वा सभाना खालको हावापानी पनि
भनिन्छ किनभने यो प्रायः सुडानमा पाइन्छ।
हावापानी:
· यस क्षेत्रमा दुइवटा ऋतु: ग्रीष्म (उष्ण खालको तापक्रम ३२
डिग्री सेल्सियस र हिँउद (२१ डिग्री सेल्सियस)
· ग्रीष्म धेरै तातो हुन्छ र जाडो न्यानो हुन्छ।
· औसत वर्षा ५० सेमी देखि १५० सेन्टिमिटर सम्म हुन्छ।
· ‘वाणिज्य वायु’ (Trade Wind) का कारण गर्मीमा
परम्परागत वर्षा हुन्छ तर जाडोमा सुख्खा हुन्छ।
वनस्पती र वन्यजन्तु:
· १० फिट सम्म अग्ला रुखहरु र घना घासे मैदान
पाइन्छ ।
· कम वर्षाले गर्दा फाट्टफुट्ट मात्र अग्ला रुखहरु पाइन्छन ।
· यसलाई अफ्रीकामा सभाना क्षेत्र, भेनेजुएला र कोलम्बियामा
लानोस, अष्ट्रेलियामा ट्रपिकल
ग्रासल्याण्ड र दक्षिण अफ्रीकामा भेल्ड्स भनेर चिनिन्छ ।
· विश्वमा पाइने जनावरका प्रजातीहरु मद्धे ९०% प्रजातियो
क्षेत्रमा पाइन्छन्, त्यसैले यसक्षेत्रलाई विश्वको चिडियाखाना पनि भनेर
चिनिन्छ ।
· जनावरहरुमा: सिंह्, गैडा, जेब्रा, जिराफ, अष्ट्रीच, इमु लगायतका चराहरु
पाइने गरेको
जनजीवन र आर्थिक क्रियाक्लाप
· मसाइ र हौसा आदिवासीहरुको
बसोबास रहेको र यिनिहरु अहिले पनि फिरन्ते जीवन बिताइरहेको अवस्था छ ।
· जनघनत्व एकदमै कम छ।
· गरीबि ब्याप्त रहेको छ।
· राष्ट्रीय निकुन्ज र वन्य
जन्तु आरक्षहरुले गर्दा पर्यटकीय गतिबिधी र फिल्म सुटिन्ङ्गमा वृद्धी भएको अवस्था देखिन्छ।
· गहुँ, कपास, मकै खेती कपास, पशुपालन, पर्यटन आदि आर्थिक
क्रियाक्लाप हुन।
३. उष्ण मरुस्थलिय हावापानीको क्षेत्र
(Tropical Desert Climate Zone)
अवस्थिति:
- भुमध्यरेखाबाट उत्तर र दक्षिण दुबै तर्फ २०˚ सेल्सियस देखि ३०˚ सेल्सियस अक्षांशमा यो क्षेत्र फैलिएको छ।
- अफ्रिकाको सहारा, कालाहारी र नामिब मरुभूमिहरू; एसियाको अरेबियन र थार मरुभूमिका साथै उत्तरी अमेरिकाको दक्षिण क्यालिफोर्निया, दक्षिण अमेरिकाको एटकामा; मेक्सिकन मरुभूमिहरू; दक्षिण अमेरिकाको एटाकामा मरुभूमि र अष्ट्रेलियाको ग्रेट अष्ट्रेलिया मरुभूमी क्षेत्रमा यस प्रकारको हावापानी पाइन्छ।
- सम्पूर्ण सहारा मरुभूमि यस प्रकारको हावापानीले ढाकेको हुनाले यसलाई ‘सहारा जलवायु’ पनि भनिन्छ।
- यस क्षेत्रको हावापानी कठिन छ, वर्षभरि अत्यधिक तातो र सुख्खा हुन्छ।(सबैभन्दा सुख्खा हावापानी भएको क्षेत्र)
- तापक्रम दिनमा ४० डिग्री सेल्सियस भन्दा बढी हुने र र रातमा १० डिग्री सेल्सियसा भन्दा कम हुन्छ।
- चिसो बिहानमा ० डिग्री सेल्सियस सम्म पनि तापक्रम जान्छ।
- सुख्खा हावाको कारण न्युन वर्षा हुने वा वर्षा नै नहुने गर्छ ।
- वार्षिक औसत वर्षा लगभग २० सेन्टिमिटर मात्र हुन्छ।
वनस्पति र वन्यजन्तु:
- प्राकृतिक वनस्पतिका लागी उपयुक्त वातावरण नरहेकोले यहाँ काँडेदार, लामा जरा भएका र खस्रा पातयुक्त सिउँडी (Cactus) जातका वनस्पति मात्र पाइन्छन ।
- उदाहरणको लागी, एक बबूलको रूखको जरा ३० मिटर सम्म वाष्पिकारणको लागी जान सक्छ।
- मुख्य जनावरहरू मरुभूमि स्याल, मरुभूमि मुसा, बालुवा बिरालो, सर्प, छेपारो, हाइना, हरिण, गधा, कंगारु, स्याल, ऊँट आदि हुन्।
- उँटलाई यातायातको प्रमुख साधनको रुपमा प्रयोग गरिन्छ। यसलाई ‘बोझको जनावर’ र यातायातको साधनका रूपमा प्रयोग गरिने भएकाले यसलाई 'मरुभूमिको जहाज' भनिन्छ। यसले आफ्नो कुममा पानी भण्डार गर्छ र यसको चौडा खुट्टाको कारण बालुवामा सजिलै हिड्न सक्छ।
- Addax जस्ता केही जनावरहरूले पानी कहिल्यै खाँदैनन उनिहरुले आफ्नो खानाबाट पानी पाउने गर्छन्।
जनजीवन र आर्थिक क्रियाक्लाप
- विषम हावापानीका कारण जीवन गाह्रो छ।
- जनघनत्व अति कम रहेको छ।
- मरुस्थलको कतिपय ठाँउमा पानी पाइने भएकोले त्यहाँ खेतीपाती गरिन्छ र बस्ती बाक्लो पाइन्छ। यस क्षेत्रलाई मरुद्धान भनिन्छ।
- खनिज तेल , सुन, पेट्रोलियम पदार्थ उत्खनन कार्य, खजुर, पाम, गहुँ, कपास, मकै आदिको खेति, उँटलाई समान ओसार पसार गर्ने साधनको रुपमा प्रयोग गरिने आदि यस क्षेत्रका आर्थिक क्रियाक्लाप हुन।
४. उष्ण मौसमी हावापानीको क्षेत्र
(Tropical Monsoon Climate Zone)
अवस्थिति:
- लगभग ५˚C देखि ३०˚C उत्तरी र दक्षिणी अक्षांशमा महाद्वीपको दक्षिण पुर्वी भागमा पाइने हावापानी,
- प्रमुख क्षेत्रहरू: मुख्य क्षेत्र दक्षिण एसियामा (नेपाल, भुटान, भारत, म्यानमार, बंगलादेश, श्रीलंका, पाकिस्तान), दक्षिण पूर्व एसियाली (थाइल्याण्ड, भियतनाम, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया) देशहरू हुन्।
- यसबाहेक, दक्षिणपूर्वी चीन, पूर्वी अफ्रिका, मध्य अमेरिका, भेनेजुएला, कोलम्बिया, दक्षिणपूर्वी ब्राजिल, उत्तरी अष्ट्रेलिया र वेस्ट इन्डिज आदिमा यस्तो खालको हावापानी पाइन्छ।
हावापानी:
-
मुख्यतया तीन प्रकारका
मौसमहरू: गर्मी, जाडो र वर्षा ऋतु।
-
ग्रीष्ममा गर्मी र औसत तापक्रम ३०˚C हुन्छ ।
-
हिउँदा ठ्न्डा र औसत
तापक्रम १५˚C हुन्छ ।
-
स्थान अनुसार ५ देखी २०
से. मि. सम्म मनसुनी वर्षा हुने गर्छ ।
-
हावाको मौसमी विपरित (गर्मीमा
समुन्द्रबाट जमिन र जाडोमा भूमिबाट समुद्र) यस क्षेत्रको प्रमुख जलवायु विशेषताहरू
मध्ये एक हो।
वनस्पती
र वन्यजन्तु:
- पर्याप्त वर्षा र वर्षैभरी गर्मी हुने ठाउँ भएकोले सदाबहार बन पाइन्छ ।
- साल, रबर र बाँस जस्ता सदाबहार वनस्पती पनि पाइन्छन ।
- यहाँ हात्ति, गैंडा, बाघ्, भालु, चितुवा, आदी जनावर र पानी हाँस, मयुर आदी जस्ता चराचुरुङ्गी पाइन्छन।
जनजीवन
र आर्थिक क्रियाक्लाप:
- कृषि उद्धोग्, र व्यापार लगायत सबै कार्य अनुकुल छ।
- मुख्य बाली धान :कुल जनसङ्ख्याको करिब ७० प्रतिशत जनता धानलाई प्रमुख बाली बनाउन कृषिमा संलग्न
- बंगलादेश (जुट), श्रीलंका (चिया), मलेसिया (रबर) र भारत (उखु)जस्ता नगदी बालीका सबैभन्दा ठूलो उत्पादक हुन्।
- मानिसहरू उद्योग र व्यापार, माछा मार्ने, वन, खानी, उत्पादन र पर्यटनमा पनि संलग्न छन्।
- जनघनत्व बढी
पाठ : ४ समशीतोष्ण मण्डल (Temperate Zone)
यस मण्डल अन्तर्गत ६
हावापानी उपप्रदेशहरु पर्दछन्:
v भुमध्य सागरीय हावापानीको
क्षेत्र
v समशीतोष्ण मरुस्थलिय
हावापानीको क्षेत्र
v समशीतोष्ण मौसमी
हावापानीको क्षेत्र
v समशीतोष्ण सामुद्रीक
हावापानीको क्षेत्र
v समशीतोष्ण तृणभुमिको
हावापानीको क्षेत्र
v सेन्ट लरेन्स र मचुरियाको
हावापानी
दुबै गोलार्धको
३०0 देखी ६०0 अक्षांश सम्मको भूभागलाई
समशीतोष्ण मण्डल भनिन्छ ।
-
वर्षै भरि तातो र चिसोको समान
अवस्था वा ठिक्कको हावापानी रहेको
-
मध्यम खालको (औसत हावापानी) हावापानी
-
पर्याप्त वर्षा र उर्वर जमिनको उपलब्धता
-
मानव बसोबासको उपलब्ध क्षेत्र
-
मानव जीवनको बसोबासको लागी उपयुक्त क्षेत्र
-
हावापानी, बनस्पति, मानव जाति र संस्कृति लगायतका विविधता भएको क्षेत्र
-
युरोपका अधिकांश भाग, संयुक्त राज्य अमेरिकाको पश्चिमी र पूर्वी क्षेत्र र पूर्वी चीनका क्षेत्रहरु
१. भुमध्य सागरीय
हावापानीको क्षेत्र :
उत्तरी गोलार्धमा ३० देखी ४५ अक्षांश र
दक्षिणी गोलार्धमा ३० देखी ४० अक्षांशमा महाद्विपको पश्चिमी भागमा यो हावापानी
पाइन्छ ।
भुमध्य सागर वरिपरी अवस्थित युरोपका (स्पेन, पोर्चुगल, दक्षिणी फ्रान्स, इटाली), पश्चिम एशिया (सिरिया, प्यालेस्टाइन, लेबनान,
इजरायल), मध्य चिली (दक्षिण
अमेरिका),
मध्य क्यालिफोर्निया (अमेरिका), उत्तर- पश्चिम अफ्रिका (मोरक्को, अल्जेरिया, ट्युनिसिया), दक्षिण-पश्चिम अफ्रिका (दक्षिण अफ्रिका), दक्षिण र दक्षिण अष्ट्रेलिया आदि।
हावापानी:
- ग्रीष्ममा औसत तापक्रम २०
डिग्री देखी २७ डिग्री सेल्सियस सम्मर र हिउँदमा ५ डिग्री देखी १५ डिग्री सेल्सियस
सम्म रहन्छ।
- वार्षिक औसत वर्षा ४० से.मि. देखी ८० से. मि. सम्म
- ग्रीष्ममा गर्मी र
सुख्खा र हिउँदमा मधुर र आर्द्र (wet) हुन्छ ।
- हिउँदको समयमा समुद्री
सतह भएर आउने पश्चिमी वायु (Westerlies) ले वर्षा गराउँछ ।
वनस्पती र वन्यजन्तु:
मध्यम वर्षाको कारण यो क्षेत्र
वनस्पति र वन्यजन्तुका लागि त्यति उपयुक्त मानिँदैन। प्रायशः होचा रुखहरू र
बुट्यानहरू पाइन्छ। यस क्षेत्रमा पाइने
प्रमुख वनस्पति ओक, कटुस, ओखर, धूपी,
ओलिभ आदि हुन्। यो क्षेत्र फलफूल हरुमा सुन्तला, अंगुर्,
कागती आदिइको खेतीका लागि प्रख्यात छ। त्यसैले यसलाई 'विश्वको बगैँचा' (Garden of the World) भनेर चिनिन्छ।
यो क्षेत्रमा पाइने प्रमुख
वन्यजन्तुहरू मृग, खरायो, जरायो आदि हुन्।
जनजीवन र आर्थिक क्रियाक्लाप:
भुमध्यसागरीय हावापानीले पृथ्वी को
१% जती भुभाग ओगट्छ जहाँ करिब विश्वको ५% जती जनसन्ख्या बसोबास गर्दछ।
कृषि यहाँको प्रमुख आर्थिक कृयाक्लाप
र मुख्य उत्पादनमा गहुँ, मकै, जैतुन आदि हुन ।
फलफुलको बगैचा भनेर चिनिने यस ठाँउमा
वाइन र पर्फ्युमका उद्धोगहरु छन ।
पर्यटनको लागी पनि प्रचलित छ। यहाँ
विश्वको सबै भन्दा ठुलो फिल्म उद्धोग अमेरिकाको लस एन्जलस हलिउड पनि यही पर्छ।
यो क्षेत्र प्राचिन युरोपेली संस्कृती
र सभ्यता: जस्तै युनानी, मिश्र , मेसोपोटामिया, रोमको केन्द्र हो ।
२. समशीतोष्ण
मरुस्थलिय हावापानीको क्षेत्र
महाद्विपको भित्री भागमा दुबै
गोलार्धको ३० डिग्री देखी ४५ डिग्री अक्षांशमा यो हावापानी पाइन्छ ।
क्यास्पियन सागर देखी पूर्व पट्टी
तुर्किस्तान, चीनको पश्चिमी क्षेत्र, मङ्गोलिया, अमेरिकाको रकी पर्वत बीचको उच्च समस्थली आदी क्षेत्रमा यो हावापानी पाइन्छ।
हावापानी:
ग्रीष्ममा अधिकतम तापक्रम २७ डिग्री
सेल्सियस र हिउँदमा ० डिग्री सेल्सियस सम्म वर्षा हुन्छ।
चक्रवात वर्षा हुन्छ।
औसत वर्षा १० से मि २५ से. मि. सम्म हुन्छ।
वनस्पती र वन्यजन्तु:
यहाँ जमिन सुख्खा र बलौटे हुनुका
साथै काँडेदार झाडी र खस्रा घाँसका वनस्पती पाइन्छन।
वनस्पतीका लामा लामा जराहरु हुन्छन
।
जनावरहरुमा मिरकाट्, कङ्गारु मुसा, स्यान्ड बिरालो, उँट आदि पाइन्छन ।
जनजीवन र आर्थिक क्रियाक्लाप:
यहाँ कम खेतिपाती र बढी मात्रामा
पशुपालन गरिन्छ ।
जीवन कष्टकर छ ।
३. समशीतोष्ण
मौसमी हावापानीको क्षेत्र
महाद्वीपको ३० डिग्री देखि ४५ डिग्री
अक्षांशमा पूर्वी भागको क्षेत्रमा यो हावापानी पाइन्छ ।
एसियाको पूर्वी खण्ड मुख्यतया मध्य र
उत्तरी चीन,
संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्वी खण्ड र
अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा यो हावापानी फैलिएको छ ।
हावापानी:
चीनको धेरै भूभागमा यो हावापानी पाइने
भएकाले यसलाई चिनियाँ हावापानी पनि भनिन्छ।
ग्रीष्म गर्मी र आर्द्र हुन्छ भने
हिउँदमा ठन्डा र सुख्खा हुन्छ।
औसत तापक्रम ग्रीष्ममा २५°C र हिउँदमा ५°C हुन्छ ।
मनसुनी वायुले ५० देखि १५० से. मि. सम्म वर्षा गराउँछ ।
वनस्पती र वन्यजन्तु:
वर्षा धेरै हुने क्षेत्रमा पतझर वन र
कम हुने क्षेत्रमा झाडी र घाँस पाइन्छ ।
जनजीवन र आर्थिक क्रियाक्लाप:
रेसम उत्पादनका लागि यहाँको हावापानी
अनुकूल छ। यहां धान, गहुँ, मकै, कपास,
उखु आदिको खेती गरिन्छ। ठुला ठुला सहरको विकास तथा उद्योग
व्यवसायको राम्रो प्रगति भएकाले यो क्षेत्रमा जनसङ्ख्या अधिक रहेको छ ।
४. समशीतोष्ण सामुद्रीक
हावापानीको क्षेत्र
दुवै गोलार्धको ३० देखि ४५° अक्षाशको पश्चिमी सामुद्रिक क्षेत्रमा यो हावापानी पाइन्छ । मानव स्वास्थ्यका
लागि अनुकूल यो हावापानीको मुख्य क्षेत्र पश्चिम युरोप, पश्चिम क्यानडा, चिली, तास्मानिया टापु, दक्षिण न्युजिल्यान्ड हुन् ।
हावापानी:
ग्रीष्ममा न्यानो हुने र हिउँदमा खासै जाडो नहुने यो
हावापानी सार्है मनोरम र स्वास्थ्यकर मानिन्छ।
ग्रीष्ममा १५°C हिउँदमा ५°C तापक्रम रहन्छ ।
वार्षिक वर्षा ७५ देखि १५० से.मि. सम्म हुन्छ।
सामुद्रिक प्रभावले १२ महिना पानी परिरहन्छ।
सामुद्रिक चक्रवात (सामुद्रीक आँधी) र पश्चिमी वायुका
कारणले यस क्षेत्रमा वर्षा हुन्छ।
वनस्पती
र वन्यजन्तु:
मिश्रित खालका वनस्पति जस्तै- धुपी, सल्ला, ओखर आदी पाइन्छन ।
यो क्षेत्रको पहाडी भागमा कोणधारी वन र मैदानी भागमा पतकर
वनस्पती पाइन्छ ।
जनावर हरुमा- स्याल्, भालु । लोखर्के, बनविरालो, पुमा आदी ।
जनजीवन
र आर्थिक क्रियाक्लाप:
प्रमुख आर्थिक क्रियाक्लापहरुमा कृषि, खानी, काठ्कटान, कागज तथा पल्प उद्धोग आदि
उत्पादन हुने प्रमुख बालीहरुमा गहुँ, जौ, भट्मास आलु आदि हुन।
५. समशीतोष्ण
तृणभुमिको हावापानीको क्षेत्र
दुवै गोलार्धको
४५° देखि ६०° अक्षांश विच
महाद्वीपको मध्यभागतिर यो हावापानी पाइन्छ ।
दक्षिणी रुस, उत्तर पश्चिम एसिया, पूर्वी युरोप, दक्षिण अफ्रिकाको उच्च
समस्थली क्षेत्र,
दक्षिण पूर्वी
अस्ट्रेलिया, उत्तर अमेरिकाको मध्यभाग, दक्षिण अमेरिकाको
दक्षिणपूर्वी भाग यो हावापानी पाइने मुख्य क्षेत्रहरू हुन् ।
हावापानी:
- यहाँ विषम खालको हावापानी पाइन्छ।
- यहाँ ग्रीष्ममा २७° सेल्सियससम्म
तापक्रम र हिउँदमा ०° सेल्सियससम्म
तापक्रम हुन्छ।
- हिउँदमा २५ से. मि. देखी ६५ डिग्रीसम्म
वर्षा हुन्छ।
- यहाँ हिउँदमा हिउँ पर्नु पनि यसको विशेषता हो।
वनस्पती र वन्यजन्तु:
कम वर्षा हुने
हुँदा यहाँ ठुला जातका वनस्पति पाइँदैनन्।
यहाँ होचो र कमलो
खालको पाइन्छ।
यहाँ ठुला ठुला घाँसे
मैदान पाइन्छन्। समशीतोष्ण तृणभूमि क्षेत्रका घासे भूमिलाई एसिया र युरोपमा
स्टेप्स, उत्तर अमेरिकामा प्रेरिज, अर्जेन्टिनामा पम्पास, दक्षिण अफ्रिकामा भेल्ड र
अस्ट्रेलियामा डाउन्स भनिन्छ ।
प्रमुख जनावरहरु
तथा चरा चुरुङ्गिहरुमा- ब्वाँसो, हरिण्, अष्ट्रीच, इमु, कङ्गरु आदी ।
जनजीवन र आर्थिक क्रियाक्लाप:
उर्वर माटो
हुनाले प्रेरिज र पम्पास क्षेत्र गहुँ
खेतीको लागी प्रख्यात छ। यस क्षेत्रलाई विश्वको अन्नको भण्डार भनेर पनि चिनिन्छ ।
अर्जेन्टिना गाई
र अष्ट्रेलिया भेडा पालनमा विश्वमा
प्रख्यात छ ।
अष्ट्रेलिया
भेडाको ऊनको लागी र अर्जेन्टिना भेडाको मासुको विश्व प्रख्यात छ ।
आदिवासिहरु:
अष्ट्रेलियामा हटेनटट र मध्य एसियामा
किग्रीज
६. सेन्ट लरेन्स र
मचुरियाको हावापानी
महाद्वीपको ४५° देखी ६०° अक्षांशमा पर्ने पूर्वी
किनारमा यस प्रकारको हावापानी पाइन्छ।
उत्तरी अमेरिकाको सेन्ट
लरेन्स नदीको आसपास र चीनको मन्चुरिया प्रायद्वीपमा यो हावापानी पाइन्छ।
हावापानी:
ग्रीष्ममा तापक्रम २०° सेल्सियस सम्म पुग्छ भने
हिउँदमा ०° सेल्सियस भन्दा तल झर्छ
।
महाद्विपको पूर्वी किनारमा चिसो पानीको धार बहने भएकोले ग्रीष्ममा न्यानो भए पनि हिउँदमा अत्यन्त
ठन्डा हुन्छ ।
यहाँ न्यानो र चिसो
सामुद्रीक धारको सङ्गम हुने भएकोले चक्रवाती वर्षा हुन्छ ।
वार्षिक ५० से. मि. देखी
१०० से.मि. सम्म वर्षा हुन्छ ।
वनस्पती र
वन्यजन्तु:
यहाँ कोणधारी वनस्पती
पाइन्छ ।
जनजीवन र
आर्थिक क्रियाक्लाप:
कृषि, पशुपालन्, तथा मतस्य व्यव्साय
यहाँका प्रमुख आर्थिक क्रियाक्लाप हुन ।
भूमध्य रेखिय हावापानी र
भूमध्य सागरिय हावापानी बीचको भिन्नता
भूमध्य रेखिय
हावापानी (Equatorial Climate):
१.
भूमध्य रेखाको ०˚C देखि ५˚C N/S मा पाइने हावापानी
पाइन्छ।
२.
हावापानी वर्षभरि
तातो र ओसिलो रहन्छ पाइन्छ।
३.
यस क्षेत्रमा उष्ण सदाबहार बनस्पती पाइन्छ।
४.
आदिम शैलीको मानव
जीवन पाइन्छ ।
५.
मानिसहरु काठ कटान्, खेतिपाती र व्यापारमा संलग्न छन ।
भूमध्य सागरिय
हावापानी (Mediterranean Climate):
१.
भूमध्य रेखाको ३०˚क देखि ४०˚क णस सम्म फैलिएको क्षेत्रमा रहेको हावापानी ।
२.
हावापानी गर्मीमा तातो र सुख्खा र जाडोमा चिसो र आर्द्र
रहन्छ।
३.
छोटो र कडा रूखहरू पाइन्छ।
४.
उद्योगहरू राम्रोसँग विकसित छन् ।
५.
मानिसहरूको जीवन शैली उच्चस्तरको छ।
पाठ: ५
शीत प्रदेश वा ठण्डा हावापानीको क्षेत्र
(Cold Zone or
Frigid Climatic Zone)
· समग्रमा शीत प्रदेश ६०˚
देखी ९० उत्तर
दक्षिण दुबै अक्षांशमा फैलिएको क्षेत्र
· सुर्यको किरणहरु छड्के पर्ने हुनाले र यो पृथ्बीको केन्द्रबाट निकै टाढा पर्ने
हुनाले यस क्षेत्रमा अत्यन्तै जाडो हुन्छ
।
· ग्रीष्म ज्यादै छोटो हुन्छ ।
· यस क्षेत्रम्को उत्तरी गोलार्धमा सुमेरु महासागर र दक्षिणमा अन्टार्कटिका महादेश पर्दछन।
· पुरै अन्टार्कटिका हिउँ नै हिउँले ढकिएको हुन्छ र यहाँ कोही पनि स्थायी रुपमा
बसोबास गर्दैनन तर थुप्रै वैज्ञानिकहरु
विभिन्न अनुसन्धान गर्न जाने गर्छन ।
· अत्याधिक जाडो हुने हुनाले र यहाँ माटो समेत जमिरहने हुन्छ
तसर्थ यस प्रदेशलाई हिउँको मरुभुमि पनी भनिन्छ ।
· सुर्यको उत्तरायण र दक्षिणायनको कारण शीत प्रदेशको अति उत्तरी र अति दक्षिणी भागमा ६
महिना दिन र ६ महिना रात हुन्छ। (सुमेरु वृतको वरिपरी क्षेत्रमा ६ महिना सम्म
लगातार दिन र कुमेरु वृतको वरिपरी क्षेत्रमा ६ महिना सम्म रात हुन्छ)
शीत प्रदेशलाई ३
वटा क्षेत्रमा वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ:
१ साइबेरियन
क्षेत्र (Siberian Region)
२ टुन्ड्रा
क्षेत्र (Tundra Region)
३ अन्टार्कटिका
क्षेत्र (Antarctic Climate Region)
६०˚ देखी ७०˚ अक्षांशमा उत्तरी गोलार्धमा फैलिएको क्षेत्र
दक्षिणी अलस्का, दक्षिणी क्यानडा, नर्वे, स्वीडेन, फिनल्याण्डको उत्तरी भागमा र रुसको साइबेरिया क्षेत्रमा पाइने हावापानी
हावापानी:
अतिठण्डा हावापानी पाइने
क्षेत्र हो ।
४ फिट सम्म बाक्लो हिउँको
तह पाइन्छ ।
ग्रीष्म छोटो र न्यानो
हुन्छ ।
ग्रीष्ममा तापक्रम १२˚C र हिउँदमा तापक्रम -१३˚C भन्दा कम हुन्छ ।
भुँमरीले गर्दा वार्षिक
औसत वर्षा ४० देखी ५० से.मि. सम्म हुन्छ ।
वनस्पती र
वन्यजन्तु:
तापक्रम कम र माटो सधैं
भिजेको रहने हुनाले यहाँ अग्ला र ठुला वनस्पति पाइँदैनन बरु नरम काठ भएका कोणधारी
जङ्गल पाइन्छन जसलाई टाइगा भनिन्छ।
रुखहरु कोण जस्तै आकारका र हाँगा लचकदार हुन्छन जसले गर्दा हाँगामा हिउँ जम्मा नभइ सजिलै जमिनमा खस्न
सक्छ ।
यो जङ्गल रसिया, क्यानडा र अलास्कामा
पाइन्छ ।
वन्यजन्तुहरुमा लोखर्के, बिभर, कस्तूरी, वन विरालो आदि
जनजीवन र
आर्थिक क्रियाक्लाप:
मानव आवदी निकै पातलो र
फिरन्ते जीवन शैलि
टाइगाको जङ्गल आर्थिक
हिसाबले महत्वपूर्ण जस्तै फर्निचार प्लास्टिक, कागज र सलाई बनाउन उपायोगी छ ।
पल्प र कागजका उद्धोगहरु
पनि छन ।
खनिज क्षेत्रको
लागि प्रसिद्ध
काठ्को व्यवसाय
सिकार गर्ने कार्य
रुसी शब्द टुण्ड्राको अर्थ: चिसो बोट बिरुवा विहीन समतल मैदान हो
उत्तरी गोलार्धमा ध्रुवको वरिपरी ७०˚ देखी ९०˚ अक्षाँशमा अवस्थित क्षेत्र जस्तै: अलास्का, उत्तरी क्यानडा, उत्तरी साइबेरिया, उत्तरपश्चिम नर्वे, स्वीडेन्, डेन्मर्क्, फिनल्याण्ड्, आइसल्याण्ड्, ग्रीन्ल्याण्ड आदी स्थानमा पाइने हावापानी
हावापानी:
वर्षैभरी ठ्ण्डा
रहने
तापक्रम एकदम कम
प्रायजसो जम्ने विन्दु भन्दा तल रहने
ग्रीष्मको
तापक्रम -२ डिग्री देखी -५ डिग्री सेल्सियस सम्म रहने र हिउँदमा -४५ डिग्री
सेल्सियस सम्म जाने
९-१० महिना जाडो
रहने
ग्रीष्ममा २५ से. मि. सम्म वर्षा हुने भने हिउँदमा हिउँ जम्ने
वनस्पति र वन्यजन्तु:
सधैभरि हिउँले
छोपिने हुँदा यहाँ वनस्पतिहरु उम्रदैनन।
उत्तरी भागमा
केहि सिमित वनस्पतिहरु जस्तै: लाइ, झेउ,
काइ, ढुसी आदि
केहि सिजनल फुल
फुल्ने विरुवा र जडिबुटिहरु
वन्यजन्तुहरुमा
समुद्री तटमा हजारौ जनावर र चराहरु पाइन्छन ।जनावरहरुमा ध्रुवीय भालु, ध्रुविय कुकुर, कस्तूरी, व्वाँसो आदि तथा समुद्रमा ह्वेल, सिल र अन्य
माछाहरु र समुद्री किनारमा पेन्गुइन पाइन्छन ।
जनजीवन
र आर्थिक क्रियाक्लाप:
मानव वस्ती नगण्य
वराबर
क्यानडा
क्षेत्रमा इन्युट र अलास्का र ग्रीनल्याण्ड क्षेत्रमा इस्किमो
(Eskimo) स्कान्डिनाभिया
क्षेत्रमा ल्याप (Lapps) वा सामी (Saami) यस क्षेत्रका आदिवासीहरु हुन । यिनिहरु फिरन्ते जीवन शैली व्यतित गर्दछन ।
माछा मार्ने, सिकार गर्ने, जनावरको भुवा निकाल्ने, कपडा र पाल बानाउने आदि प्रमुख कृयाक्लापहरु
इन्युइटहरुले ह्वेल,
सिलको छाला र
हड्डी प्रयोग गरेर बनाएको वासस्थानलाई टुपिक (Tupic) भनिन्छ। इस्किमोहरुलो
हिउँबाट बनाएको वासस्थानलाई इग्लु भनिन्छ ।
हावापानी:
पृथ्वीको अक्षको
झुकवको कारण यस क्षेत्रले वर्ष भरिसुर्यको किरणहरु प्राप्त गर्दैन ।
मौसम परिवर्तन
हुँदैन, सधै जाडो हुन्छ, गर्मी हुँदैन ।
तापक्रम -४५
डिग्री सेल्सियस र सो भन्दा तल झर्छ ।
वनस्पति
र वन्यजन्तु:
अत्यन्यै चिसोका
कारण यस क्षेत्रमा रुख र बोटबिरुवा पाइँदैन ।
२ वटा फुल फुल्ने
वनस्पतिहरु - अन्टाकर्टिक हेयर ग्रास (Antarctic
Hair Grass) र अन्टाकर्टिक
पर्लवर्ट (Antarctic Pearlwort) का साथै केहि
फुल नगुल्ने वनस्पतिहरु जस्तै: फङ्गी, लिचेन, एल्गी आदी पाइन्छन ।
महाद्वीपको
भित्री भागमा कुनै वन्य जन्तु पाइँदैन तर महाद्वीपको किनारमा असङ्ख्य चराहरु, जनावरहरु र माछाहरु पाइन्छन ।
कठोर हावापानी
भएको क्षेत्र
जनजीवन
र आर्थिक क्रियाक्लाप:
मानव वस्ती संभव
नभएको क्षेत्र्
वैज्ञानिक तथा
अन्वेषकहरु आस्थायी रुपमा अनुसन्धान कार्य र खोजी कार्य गरीरहेका पाइन्छन ।
फिल्म र वृतचित्र
शुटिङ्गको सेन्टरको रुपमा प्रयोग हुँदै
आएको
पाठ : ६
विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव
(Climate of the
World: Geographical Diversity and its Effects)
शीत क्षेत्रमा जनजीवन कष्ट्कर हुनुका कारणहरु:
· अत्यधिक चिसो तापक्रम- औसत तापक्रम -१० डिग्री सेल्सियस
देखी -४५ भन्दा पनि तलसम्म जाने जसले मानिस र अन्य जनावरहरूलाई बाँच्न गाह्रो
बनाउँछ।
· चिसो क्षेत्रमा लामो,
गाढा जाडो र छोटो, चिसो गर्मी छ।
· स्रोतसाधनको अभाव जस्तै: खाना, पानी र बास पाउन गाह्रो
· ध्रुवीय भालु, ब्वाँसो जस्ता धेरै
सिकारीहरूको घर हो। यी शिकारीहरूले मानिस र अन्य जनावरहरूको लागि खतरा निम्त्याउन
सक्छन्।
इन्युटहरु अझै पनि किन फिरन्ते जीवन
विताइरहेका छन ? कारण दिनुहोस ।
इन्युट उत्तरी
अमेरिकाको आर्कटिक क्षेत्रहरूमा बस्ने आदिवासीहरूको समूह हो। यिनिहरूको घुमन्ते
जीवनशैली बाँच्ने लामो इतिहास छ, र धेरै इनुइटहरूले आज पनि
त्यसो गरिरहन्छन्।
यसका कारणहरु:
· आर्कटिकको वातावरण
कठोर र अप्रत्याशित छ जसकारण तिनीहरू वर्षभरि विभिन्न स्थानहरूमा सारीरहेका हुन्छन। उदाहरणका लागि, जाडोको समयमा केही
क्षेत्रहरूमा सिलहरू धेरै प्रचुर मात्रामा हुन्छन्, जबकि गर्मीको
समयमा अन्य क्षेत्रहरूमा क्यारिबुहरू प्रचुर मात्रामा हुन्छन्।
· इनुइटको भूमिसँग गहिरो सम्बन्ध छ। उनीहरू विश्वास गर्छन् कि
उनीहरूको भूमि र यसका स्रोतहरूको हेरचाह गर्ने आध्यात्मिक जिम्मेवारी हो। घुमन्ते
जीवनशैलीले उनीहरूलाई भूमिसँगको यो सम्बन्ध कायम राख्न र उनीहरूले कुनै पनि
क्षेत्रको अति शोषण नगर्ने सुनिश्चित गर्न अनुमति दिन्छ।
· इनुइट संस्कृति साझेदारी र सहयोगमा आधारित छ। घुमन्ते
जीवनशैलीले बाँच्नको लागि मानिसहरूलाई मिलेर काम गर्न आवश्यक छ। यसले मानिसहरू
बीचको बन्धनलाई बलियो बनाउन र समुदायको भावना सिर्जना गर्न मद्दत गर्दछ।
इस्लाम
समुदायमा मानिसहरुले किन सूर्यलाई भन्दा चन्द्रमा लाई बढी महत्व दिन्छन ?
इस्लामिक
विश्वासले सूर्यलाई भन्दा चन्द्रमालाई बढी महत्त्व दिन्छ। किन ?
- कुरानमा सूर्य भन्दा चन्द्रमा धेरै पटक उल्लेख गरिएको छ।
इस्लामको पवित्र ग्रन्थ कुरानले चन्द्रमालाई २७ पटक उल्लेख गरेको छ भने सूर्यको
मात्र ३ पटक उल्लेख गरिएको छ । यसले सुझाव दिन्छ कि इस्लामिक ब्रह्माण्ड विज्ञानमा
चन्द्रमा बढी महत्त्वपूर्ण छ।
- चन्द्रमा रातसँग सम्बन्धित छ, जसलाई शान्ति र
शान्तिको समयको रूपमा लिइन्छ। कुरानले भन्छ,
"रात आरामको लागि
हो र दिन भोजन खोज्नको लागि हो।" यसले चन्द्रमा आराम र शान्तिको प्रतीक हो
भनेर सुझाव दिन्छ।
- चन्द्रमा महिनासँग सम्बन्धित छ, जुन इस्लामिक क्यालेन्डरमा समयको आधारभूत एकाइ हो।
- चन्द्रमा हजसँग सम्बन्धित छ, मक्काको
तीर्थयात्रा। हज इस्लामको पाँच स्तम्भहरू मध्ये एक हो, र यो यात्रा गर्न सक्षम सबै मुस्लिमहरूको लागि आवश्यक छ।
इस्लामिक क्यालेन्डरको बाह्रौं महिना धुअल-हिज्जा महिनामा हज गरिन्छ। हजको सुरुवात
र अन्त्य निर्धारण गर्न चन्द्रमा प्रयोग गरिन्छ।
हिन्दू धर्मवालम्बी हरुले सूर्यलाई पुजागर्ने
कारणहरु उल्लेख गर्नुहोस ।
- हिन्दू धर्ममा सूर्यलाई पवित्र देवता मानिन्छ जसले जीवन र
ऊर्जा प्रदान गर्ने गरेको विश्वास गरिन्छ।
- सूर्य सत्य, ज्ञान र समृद्धि जस्ता
अन्य धेरै सकारात्मक गुणहरूसँग पनि सम्बन्धित छ।
- सूर्य पृथ्वीमा सबै जीवनको स्रोत हो। यसले हामीलाई प्रकाश र
गर्मी प्रदान गर्दछ, जुन बिरुवाहरू बढ्न र
जनावरहरू बाँच्नको लागि आवश्यक छ।
- सूर्य सत्य र ज्ञानको प्रतीक हो। यसले अन्धकार र अज्ञानतालाई
हटाउँछ।
- सूर्य समृद्धि र सौभाग्यको प्रतीक हो। सूर्यको आराधनागर्नेलाई प्रशस्तता र सुख प्राप्त हुने भनिएको छ ।
- सूर्य पवित्रता र दिव्यताको प्रतीक हो। भनिन्छ, सूर्यको आराधना गर्नेको पाप र अशुद्धता हट्छ।
-
हिन्दू धर्ममा सूर्यको महत्त्व धेरै चाडपर्व र उत्सवहरूमा
स्पष्ट हुन्छ जस मध्ये एक सूर्य नमस्कार हो ।
इन्युट
जातिहरू कसरी रेड इन्डियन र पिग्मिजभन्दा फरक छन् ?
इन्युट जातिहरू
रेड इन्डियन र पिग्मिजभन्दा निम्न कारण हरुले गर्द फरक छन् :
- इन्युट जाति उपध्रुवीय क्षेत्रको निकै चिसो भागमा बस्छन्, रेड इन्डियनहरु संयुक्त राज्य अमेरिका, मेक्सिको, बोलिभिया, पेरु लगायतका उत्तर र दक्षिण अमेरिकी मुलुकमा बस्छन् तर
पिग्मिज खासगरी मध्य अफ्रिकी मुलुकमा बस्छन्।
- इन्युट निकै अग्ला हुन्छन् भने रेड इन्डियन र पिग्मिज अलि
पुड्का खालका हुन्छन् ।
- इन्युटको जीवनशैली रेड इन्डियन र पिग्मिजहरूको भन्दा बढी
परम्परागत र कष्टकर हुन्छ ।
- इन्युटले केवल सिल
मारेर खान्छन् तर रेड इन्डियन र पिग्मिजले भने खेतीपाती र पशुपालन समेत गर्दछन्
।
के
कारणले नेपालको तराई, पहाड र हिमाली
क्षेत्रको जनजीवन फरक परेको होला, प्रष्ट पार्नुहोस् ।
प्राकृतिक रुपमा
नेपाल हिमाल, पहाड र तराई गरी तीन
मुख्य भौगोलिक क्षेत्रमा विभाजित छ । भौगोलिक संरचना र उचाइमा भिन्नताका कारण
हिमाल, पहाड र तराई क्षेत्रको
जीवनशैली एकअर्कासँग फरक छ ।
हिमाली क्षेत्र
उच्च उचाइमा अवस्थित भएकोले यहाँ वर्षभरि नै चिसो हुन्छ। चिसो हावापानीका कारण
यहाँका जनता सक्रिय, ऊर्जावान र साहसी छन्।
तिनीहरू बाक्लो र न्यानो लुगा लगाउँछन्। तिनीहरू न्यानो घरमा बस्छन् र तातो
उत्पादन गर्ने खाना प्रयोग गर्छन्।
पहाडी क्षेत्रमा
हावापानी हल्का र मनसुनी खालको हुन्छ। यहाँका मानिसहरूले मौसम अनुसार बाली, तरकारी र फलफूल खेती गर्छन्। मानिसहरू व्यापार, व्यवसाय र कलामा पनि संलग्न छन्। मौसम अनुसार खाना र कपडाको
प्रयोग गर्छन्।
तराई क्षेत्रमा
सामान्यतया वर्षभरि नै तातो हावापानी रहन्छ। तातो हावापानीका कारण मानिसहरू
तुलनात्मक रूपमा अल्छी, कम सक्रिय निन्द्रा महसुस
गर्छन्। तिनीहरू हल्का पातलो लुगा लगाउँछन् र हल्का र चिसो पेय पदार्थ प्रयोग
गर्छन्। यसरी हावापानीकै कारणले तराई, पहाड र हिमाली क्षेत्रमा
बस्ने मानिसको खानपान, रहनसहन, बसोबास, बोलचाल आदिमा विविधता
देखिएको छ।
चिसो र
समशीतोष्ण हावापानीको क्षेत्रमा रहेको देशहरू विकासको हिसाबले
निकै अगाडि छन्, किन र कसरी ?
- चिसो र समशीतोष्ण हावापानीको क्षेत्रमा रहेको देशहरू
विकासको हिसाबले निकै अगाडि हुनुको कारणहरु:
- यस क्षेत्रमा वर्षैभरि चिसो हावापानी हुने भएकाले यहाँका
मानिसहरू स्वस्थ, मेहनती, फुर्तिला र जाँगरिला छन्।
- यस क्षेत्रमा मानिसले प्राकृतिक स्रोत र साधनको सदुपयोग गरी
उद्योगधन्दा स्थापना गरेका छन्।
- उनीहरुले कृषि र पशुपालनमा आधुनिक प्रविधिको प्रयोग गर्छन्।
- यस क्षेत्रमा पर्यटन राम्रोसँग विकास भएको छ र धेरै
लाभान्वित भएको छ।
- यस प्रकारको हावापानी प्राय: तटीय क्षेत्रमा अवस्थित छ
त्यसैले समुद्री व्यापार राम्रोसँग विकसित भएको छ।
मानव जीवन हावापानीको उपज हो, प्रष्ट
पार्नुहोस।
मानव जीवन हावापानीको
उपज होइन बरु हावापानी मानव अस्तित्वको एउटा निर्धारक तत्व हो भनेए भन्न सकिन्छ।
यद्यपि, मानव जीवनलाई अगाडी बढाउन
हावापानीले महत्त्वपूर्ण भूमिका खेल्छ। कुनै क्षेत्रको हावापानीले मानव जीवनको
लागि आवश्यक खाद्यान्न, पानी र अन्य स्रोतहरूको
उपलब्धता निर्धारण गर्छ। यसले रोगको फैलावट,
प्राकृतिक
प्रकोपको घटना र उपलब्ध रोजगारीका प्रकारहरूलाई पनि निर्धारित गर्दछ।
हावापानीमा
हुने परिवर्तनले मानव समाजलाई विभिन्न
हावापानीमा अनुकूलन गर्न गाह्रो बनाउँदै गैरहेको छ। यसले खाद्यान्न असुरक्षा, पानीको अभाव र रोगको फैलावट बढाएको छ। यसले बाढी, खडेरी र तातो लहरहरू जस्ता चरम मौसमी घटनाहरू पनि
निम्त्याउँछ।
तसर्थ्, स्पष्ट रुपमा भन्नु पर्दा, मानव जीवन
हावापानीको उपज होइन तर मानव अस्तित्वको
एक निर्धारक तत्व अवश्य हो भनेए भन्न सकिन्छ। यद्यपि, हावापानीले मानव जीवनलाई आकार दिन महत्त्वपूर्ण भूमिका
खेल्छ, र यसको परिवर्तनले मानव
समाजमा ठूलो प्रभाव पार्न सक्छ।
जलवायु, वनस्पति र
वन्यजन्तु बीचको अन्तरसम्बन्ध
- वनस्पति र वन्यजन्तु कुनै ठाउँको हावापानी परिस्थितिमा
प्रचलित रूपमा निर्भर हुन्छन्। तिनीहरू उपलब्ध तापमान, वर्षा, ध रातलिय विभिधता, र जलवायुसँग सम्बन्धित अन्य कारक तत्व हरूद्वारा हुर्केका हुन्छन्।
- उदाहरणका लागि, चिसो हावापानीमा धेरै
जनावरहरू चिसोबाट बच्नको लागि फर र न्यानो कपडाको प्रयोग गर्छन।
- मरुभूमिमा उम्रने
बिरुवाहरुको लामो जराहरु हुन्छन्
- तातो र ओसिलो हावापानी भएका क्षेत्रमा सदाबहार वनस्पति हुन्छ र हिउँमा भएका
बिरुवाहरूमा हिउँ बाट बचन कोण आकार का हुन्छन्।
- यसरी, वनस्पति र जनावरहरू साथै
तिनीहरूका प्रजातिहरू सम्बन्धित ठाउँहरूमा अवस्थित परिस्थितिहरूद्वारा निर्धारण
गरिएका हुन्छन।
पाठ: ७
उत्तर अमेरिका महादेश
(North America)
- विश्वको तेस्रो ठूलो महादेश र जनसङ्ख्याको आधारमा
चौथो ठुलो महादेश- ७०˚ देखि ८४˚ उत्तरी अक्षांश र ५२˚ देखि १७२˚ पश्चिमी देशान्तरमा अवस्थित छ।- यसको त्रिकोणीय आकारको क्षेत्रफल लगभग २४७०९०० वर्ग
किलोमिटर छ।- क्रिस्टोफर कोलम्बसले १७९२ ईस्वीमा यो महाद्वीप पत्ता
लगाएका थिए र यसलाई भारत ठानेका थिए तर
पछि एक नाविक
Amerigo Vespucci नामकले यो तथ्य
पत्ता लगाए र यसको नाम अमेरिका राखे।- देशको सङ्ख्या: २३ धेरै जसो भु-भाग (अमेरिका र क्यानडाले
ओगेटेको)- सर्बोच्च शिखर : म्याकिन्ले /डेनाली (Mt.
McKinley)- सबै भन्दा ठुलो देश: क्यानडा- सबै भन्दा सानो देश्: सेन्ट भिसेन्ट एण्ड नेभिस्- सबै भन्दा लामो नदि: मिसौरी- सबै भन्दा ठुलो नदि: मिसिसिपी भौगोलिक स्वरुप, हावापानी, वनस्पति, माटो र अन्य वातावरणीय अवस्थाको आधारमा उत्तर अमेरिकालाई ३
भौगोलिक क्षेत्रमा विभाजन गर्न सकिन्छ:१.
पश्चिमी पर्वतीय क्षेत्र (The Western Mountain Region)२.
केन्द्रीय मैदानी क्षेत्र (The Central Lowland Region)३.
पूर्वी उच्च भूमि क्षेत्र: (The Eastern Highland Region) १.
पश्चिमी पर्वतीय क्षेत्र :- यो क्षेत्र उत्तरमा अलास्कादेखि दक्षिणमा पनामा नहरसम्म
फैलिएको छ।- उत्तर अमेरिकाको सर्वोच्च शिखर - माउन्ट म्याककिन्ले (६१९४
मिटर) संयुक्त राज्य अमेरिकाको अलास्कामा अवस्थित छ।- डेथ भ्याली (Death Valley) (अत्यन्तै तातो र सुख्खा
उपत्यका, समुन्द्र सतह देखी ८६ मिटर तल), ग्रान्ड क्यान्यन (Grand Canyon) (१८०० मिटर गहिरो), ग्रेट साल्ट लेक(Great
Salt Lake) (समुद्र भन्दा
नुनिलो), अलास्कन पठार(Alaskan
Plateau), युकोन बेसी (Youkon
basin), र कोलम्बियन बेसी (Columbian Basin) यस क्षेत्रका प्रमुख प्राकृतिक आश्चर्यका रूपमा
रहेका छन्। २. केन्द्रीय
मैदानी क्षेत्र :- यसलाई ग्रेटप्लेन (Great Plain) भनेर पनि चिनिन्छ ।- यो क्षेत्र उत्तरमा सुमेरु महासागरको हडसनको खाडी देखी
दक्षिणमा मेक्सिकोको खाडी सम्म फैलिएको छ।- यस महादेशको सबैभन्दा ठुलो नदी मिसिसिपीले बनाएको
मिसिसिपी मैदान यही पर्छ ।- शितोष्ण घाँसे मैदान प्रेरिज यही पर्छ। यो विश्वकै सबैभन्दा बढी उर्बर क्षेत्र हो। प्रेरिजलाई विश्वको अन्न भण्डार (Granary of the World)पनि भनेर चिनिन्छ।- यसलाई ताल क्षेत्रको रूपमा पनि चिनिन्छ किनभने यसमा धेरै
तालहरू पर्दछन ।- नियाग्रा फल्स ओन्टारियो र एरी तालको बीचमा अवस्थित छ।
३. पूर्वी उच्च भूमि क्षेत्र:- उत्तरमा न्यू फाउण्डल्याण्ड देखी दक्षिणमा अलावामा सम्म
फैलिएका यि उच्चभुमिहरु २१०० मि. भन्दा कम उचाइका ३ वटा उच्च भूमिहरु: - उत्तरमा
ग्रीनल्याण्ड्को पठार (Plateau
of Greenland)
- मध्य भागमा क्यान्डेली
शिल्ड (Canadian shield) र
- दक्षिणमा अपालाचियन पर्बत ( Appalachian
Mountains) बाट निर्माण भएको
छ ।
- सेन्ट लरेन्स व्यापारको दृष्टिकोणले सबैभन्दा व्यस्त नदी
हो । हावापानीका
विशेषताहरु:· उत्तर अमेरिकामा भौगोलिक विभिधताका कारण हावापानीमा
विभिधता जस्तै: अत्यधिक गर्मि, न्यानो, र ठण्डा सबै खाले हावापानी पाइन्छ।
· यो महादेशको उत्तरी भागमा शीतप्रदेश रहेकोले वर्षैभरि चिसो हुन्छ, मध्य भागमा चरम हावापानी थियो अर्थात् गर्मीमा धेरै तातो र
जाडोमा धेरै चिसो भने दक्षिण भागमा उष्णक्षेत्र रहेको छ।
· भित्री भागको हावापानी विषम छ।
· सेन्टलरेन्स क्षेत्रको हावापानी मध्यम छ। संयुक्त राज्य
अमेरिकाको दक्षिण पूर्वी भाग सबैभन्दा बढी पानी पर्ने ठाउँ हो ।
· सबैभन्दा बढी आँधीबेहरी आउने ठाउँ फ्लोरिडा हो ।
- रकी पर्वत श्रेणी क्षेत्र: शीतोष्ण हावापानी- अपलेचियान पर्वत क्षेत्र: शीतोष्ण हावापानी- प्रेरिजको मैदान क्षेत्र: सुख्खा र चिसो हावापानी- ग्रेट ताल क्षेत्र: समशितोष्ण हावापानी(आद्र हावापानी)- पूर्वी किनारी क्षेत्र:समशीतोष्ण सामुदृक हावापानी- मरुभूमी क्षेत्र: सुख्खा मरुस्थलिय हावापानी- उत्तरी जङ्गल क्षेत्र: चिसो र शीतोष्ण हावापानी- दक्षिणी पश्चिम क्षेत्र: भुमध्यसागरीय हावापानी प्राकृतिक
वनस्पती र वन्यजन्तु:- उत्तरी भागमा चिसो र ओसिलो हावापानी हुनाले- टुण्ड्रा वनस्पति- संयुक्त राज्य अमेरिकाको उत्तरी भाग - टुन्ड्रा वनस्पति- क्यानाडाको उत्तरी भाग - टाइगा वन घना कोणधारी जङ्गल- केन्द्रीय मैदान - प्रेरिज ग्रासल्याण्ड- दक्षिण-पूर्व र सेन्टलरेन्स क्षेत्र- पतझर वनस्पति- मध्य दक्षिणी भाग- उष्ण सदाबहार जङ्गल- पश्चिमी भाग - पहाडी वनस्पति- पूर्वी भाग - मिश्रित जङ्गल- सुमेरु क्षेत्रमा अत्यन्तै ठण्डा हावापानी पाइने हुनाले
रुखविरुवाहरु पाइदैनन ।- क्यालिफोर्निया उपत्यका क्षेत्रमा भुमध्यसागरीय हावापानी
पाइन्छ जहाँ अङ्गुर, सुन्तला गहुँ आदिउत्पादन
गरिन्छ।- चिसो हावापानीमा अनुकुल हुने धुर्बीय जनावरहरु जस्तै: सिल, वालरस्, सेतो फ्याउरो, धुर्वीय भालु पाइन्छन। उत्तर
अमेरिकाको आर्थिक गतिविधी:१. उद्योग, खानी तथा उत्खनन: उत्तर अमेरिकी देशहरू, मुख्यतया संयुक्त राज्य अमेरिका र क्यानडामा धेरै फलाम र
स्टील उत्पादनका कारखानाहरू छन्। सुन, चाँदी, तामा, जस्ता, कोइला आदिको उत्खननगर्ने काम भएको छ। ग्यास र पेट्रोलियम पदार्थ जमिनबाट ड्रिलिङ
मार्फत प्राप्त गरिएको छ, र रिफाइनरी मार्फत शुद्ध
गरिन्छ।२. कृषि: लगभग १०% मानिसहरू गहुँ, मकै, आलु, उखु, सुर्ती, कपास, फलफूल खेती, अंगूर आदि (व्यावसायीकृत उन्नत प्रकारको कृषि) जस्ता
बालीहरूसँग खेतीमा संलग्न छन्।- उष्ण प्रदेश क्षेत्रमा सुन्तला, उखु, कफि, कोका, केरा उत्पादन गरिन्छ।- सुख्खा तातो क्षेत्रमा कपास र गाँजा उत्पादन गरिन्छ।- टेक्सास्, मेक्सिको
क्यालिफोर्नियामा तरकारी र फलफुल उत्पादनका लागी प्रख्यात छ।- रियोग्रण्ड उपत्यका अमिला फलफुलको लागी प्रख्यात छ।- संसारकै अन्न भण्डार भनेर चिनिने प्रेरिज क्षेत्र गहुँ
उत्पादनको लागी प्रसिद्ध छ।- अपालाचियान क्षेत्र- कपास र सुर्तिको खेतिको लागी प्रख्यात्- संयुक्त राज्य अमेरिकाले मरुभूमी क्रान्ति भनेर
मरुभूमिक्षेत्रमा अङ्गुर उत्पादन सुरुगरेको छ।- न्यानो समशितोष्ण क्षेत्रमा स्याउ र आरु जस्ता फलफुलहरुको
उत्पादन गरिन्छ।- ओहायो र मिसौरी नदिको बिचको भागलाई मकै क्षेत्र भनिन्छ ।३. पशुपालन: क्यानडा, अमेरिका र
मेक्सिको लगायत का देश हरुमा व्यावसायिक पशुपालन गरिन्छ। तिनीहरूले विश्व समुदायमा
मासु, दूध र दुग्ध
उत्पादनहरू निर्यात गर्न सुँगुर, भेडा, रेनडियर, गाईवस्तु आदि पाल्छन्।४. मत्स्यपालन: तटीय क्षेत्रहरू
माछापालनका लागि विकसित छन्।५. काठचिरान: उत्तरी भागका
मानिसहरूले काठ चिरान को अभ्यास गर्छन्। तिनीहरूले काठको फर्निचर, कागज र पल्प
निर्यात गर्छन्। टाइगा वन यसको लागी सबैभन्दा उपयुक्त छ। जलसंसाधन
: नदी र तालहरु१. कोलम्बिया नदी: क्यानाडाको ब्रिटिश
कोलम्बिया राज्यमा उत्पत्तिभई दक्षिणतर्फे बग्दैगएर प्रशान्त महासागरमा खस्छ। लम्बाइ- १८५७ कि.मि.।२. फ्रेजर नदी: क्यानाडाको ब्रिटिश
कोलम्बियामा अवस्थित रकी पर्वतबाट सुरुभई जर्जिया स्ट्रेटमा समाप्त हुन्छ। लम्बाइ
१३६८ कि.मि.।३. ब्राजोस नदी: नदी टेक्सास राज्यको
उत्तरी भागबाट सुरुभई मेक्सिकोको खाडीमा खस्दछ। लम्बाइ १,३५१ कि.मि.।४. कोलोराडो नदी: उत्तरी कोलोराडोको रकी
पर्वतबाट सुरु भएर दक्षिणपश्चिम क्यालिफोर्नियाको खाडीमा खस्दछ। लम्बाइ-२,९३३ कि.मि.।५. म्याकेन्जी
नदी: क्यानाडाको सबैभन्दा लामो
र उत्तर अमेरिकाको दोस्रो लामो नदी। यो नदी उत्तरपश्चिम
राज्यहरू हुँदै ब्यूफोर्ट सागरमा अन्त्य हुन्छ। लम्बाइ १,८०० कि.मि. छ।६. सेन्ट लरेन्स
नदी: ओन्टारियो तालबाट
उत्पत्ति भई उत्तरपूर्वतर्फ गएर सेन्ट लसेन्सको खाडीमा खस्दछ। लम्बाई १,२२५ कि.मि. छ।७. ओहायो नदी: संयुक्त राज्य अमेरिकाको पूर्वी राज्यहरू ओहायो र बेस्ट
भर्जिनिया एवम ओहायो र केन्टकीको प्राकृतिक सिमानाको रूपमा बह्दै गएर मिसिसिपी
नदीमा मिसिन्छ। लम्बाई १५६९ कि. मि. छ।८. रियो
ग्रान्डे नदी: ३,०९४ कि.मि. लामा यो नदी कोलोराडोको
जुआन पर्वत बाट शुरुभइ मेक्सिकोको खाडीमा खस्दछ।९. युकोन नदी: क्यानडाको
युकोन क्षेत्रको दक्षिणपश्चिममा सुरुभई उत्तरपश्चिममा गएर अलास्काको
दक्षिणपश्चिममा बेरिङ सागरमा खस्दछ। लम्बाई २०३५ कि. मि. लामो छ१०. मिसिसीपी नदी: २,७६५ कि.मि. लामो नदी उत्तरी अमेरिका र संयुक्त राज्य अमेरिकाको
प्रमुख नदी हो। उत्तरपश्चिमी मिनेसोटाबाट बहदै मेक्सिकोको खाडीमा खस्दछ। यसका सहायक नदीहरू मिसौरी
र ओहायो नदीहरुसँग मिल्दा यो संसारकै तेस्रो लामो नदीप्रणाली ६२३६ कि. मि. बन्दछ।११. मिसौरी
नदी: दक्षिणी मोन्टानामा रकी
पर्वतबाट सुरुभई संयुक्त राज्य अमेरिकाको मध्य भागमा दक्षिणपूर्वमा सेन्ट लुइस
हुँदै मिसिसिपी नदीमा मिसिन्छ। यो संयुक्त राज्य अमेरिकाको सबैभन्दा लामो नदी हो।
मिसिसीपी नदीसँग मिल्नुभन्दा अगाडि यसको लम्बाइ २,७६७ कि. मि. रहेको छ। उत्तर
अमेरिकाका तालहरू :संयुक्त राज्य अमेरिका र क्यानाडाको सिमानामा अवस्थित पाँचओटा मुख्य तालहरू- सुपेरियर
- मिचिगन,
- ह्युरोन,
- एरिर
- ओन्टारियो ताल
- यी तालहरू एक आपसमा सेन्ट लरेन्स नदीद्वारा जोडिएका छन् र
संयुक्त रूपमा यी तालहरूलाई ग्रेट लेक्स (Great Lakes) भनिन्छ।- एरि तालबाट ओन्टारियो तालमा पानी खस्दा विश्वप्रसिद्ध नायगरा
भरना बनेको छ। अरु महत्वपूर्ण तालहरूमा ग्रेट स्लेभ ताल, ग्रेट वियर ताल, पिनिपेज ताल, निकारागुवा ताल, ग्रेट साल्ट ताल आदि । उत्तरी
अमेरिकाको पूर्वीभाग अत्यधिक विकसित वा धनी महाद्वीप हो किनभने:- यो एक उर्वराभूमि हो जहाँ खाडी, मैदान, एट्लान्टिक तटीय मैदान र
सेन्ट लरेन्स नदी बेसिनहरू छन्।- हजारौं बन्दरगाहहरू छन् जसले विश्वका विभिन्न देश्हरूसँग
व्यापार सम्बन्ध कायम राख्न मद्दत गर्दछ।- यस क्षेत्रमा मानव
बसोबासको लागि समान हावापानी छ ।- धेरै उद्योगहरू स्थापना गरिएका छन्। विश्वका ठूला र
प्रसिद्ध आविष्कारहरू यही क्षेत्रमा भएका छन्।- छोटकरीमा, उत्तरी अमेरिकाको पूर्वी
भागका मानिसहरू नवीन र बौद्धिक छन् त्यसैले यो अधिक विकसित छ वा यो एक धनी महाद्वीप हो भन्न सकिन्छ।
संयुक्त राज्य अमेरिकाको कृषि अभ्यास र उत्पादन
वस्तुहरु:- दक्षिणपूर्वी खाडीमा धान, उखु र कपासको
खेती गरिन्छ ।- पूर्वी तटमा बदाम, फलफूल, तंबाकू र उखु खेती गरिन्छ।- गाईवस्तु र सुँगुरहरू ठूला तालहरू वरिपरि पालिने गरिन्छ।- मकै, गहुँ र भटमास पूरै
केन्द्रीय क्षेत्रमा उत्पादन गरिन्छ।- सुन्तला र अंगूर जस्ता फलहरू दक्षिण पूर्व र दक्षिण
पश्चिममा उत्पादन गरिन्छ।- पश्चिममा भेडा पालिन्छ ।
उत्तर अमेरिकाको वन्यजन्तुको बारेमा छोटो जानकारी:उत्तर अमेरिकामा विभिन्न प्रकारका चराहरु, र अन्य विभिन्न प्रकारका वन्यजन्तुहरू छन्। चिसो हावापानीमा अनुकुल हुने
धुर्बीय जनावरहरु जस्तै: सिल, वालरस्, सेतो फ्याउरो, धुर्वीय भालु पाइन्छन।कालो भालु, हिरण, मुसा र पोर्कुपाइन्स
जस्ता जनावरहरू र क्यानाडाली गिज, हाँस जस्ता चराहरू क्यानडा र पूर्वी
संयुक्त राज्य अमेरिकाको जंगलमा बस्छन्।दक्षिण पश्चिमी मरुभूमिहरूमा छेपारो र
रैटल सर्पहरूको एक विस्तृत विविधता छ। गिलहरी, लङ्गुर बाँदर र रंगीन चराहरू ट्रपिकल मध्य अमेरिकामा पाइन्छ। एलिगेटरहरू सुदूर
दक्षिणको तटीय पानीमा बस्छन्। क्यानडामा गहुँको उत्पादन धेरै किन हुन्छ ? प्रेरिजको बारेमा छोटो जानकारी:- उत्तरी अमेरिका
महाद्वीपको केन्द्र क्यानाडाको मध्यभागको दक्षिणतिर रहेको घाँसे मैदानलाई प्रेरीज
भनिन्छ।- यो एउटा समतल
जमिन हो जहाँ जाडोमा चिसो, गर्मीमा तातो र रूखहरूको लागि धेरै सुख्खा हावापानी भएको क्षेत्र हो ।- यस विशाल
क्षेत्रलाई गहुँ र मकै उब्जाउन र गाईवस्तु पालनको लागि प्रयोग गरिन्छ।- यस क्षेत्रमा
आधुनिक मेसिन, मल र प्रविधिको
प्रयोग गरिने गरिन्छ।- नहर सिँचाइ र
हेलिकप्टर सिँचाइले गर्द व्यापक गहुँ खेती
गर्ने गरिन्छ। यसरी हामी भन्न सक्छौ कि क्यानाडामा गहुँ धेरै उत्पादन गरिन्छ।
नेपाल
र उत्तरी अमेरिका बिच समानता:- दुबै उत्तरी गोलार्धमा अवस्थित छन्।- हावापानी विशेषता र वनस्पति समान छन्।- चट्टानी र हिमाली क्षेत्रहरूमा जलवायु, वनस्पति र जीवन शैलीको लगभग समान विशेषताहरू छन्।- दुबैले कम समान प्रकारको राजनीतिक प्रणाली विशेषगरी
संयुक्त राज्य अमेरिका र क्यानडालाई अनुसरण गर्छन्।- सांस्कृतिक विविधताको हिसाबले दुवैमा समानता छ।- मध्य अमेरिकी देशहरू र नेपालको विकासको ठूलो सम्भावना भएको
सामाजिक-आर्थिक अवस्था लगभग उस्तै छ। उत्तर
अमेरिका र नेपाल बीचको भिन्नता- नेपालमा दिन हुँदा अमेरिकामा रात हुन्छ ।- भौतिक विभाजनहरूको दिशा र नाममा भिन्नता छ।- संस्कृति, परम्परा, धर्म, सामाजिक-राजनीतिक चेतना र
विज्ञान र प्रविधिको विकासमा भिन्नता छ।- प्राकृतिक स्रोतको उपलब्धता र तिनको परिचालन, आर्थिक गतिविधि र पूर्वाधार विकासमा फरक छ।- उत्तरी अमेरिका एक विकसित महादेश हो जबकि नेपाल एसियाको एक
अल्पविकसित
राष्ट्र हो।- उत्तरी अमेरिकाले आफ्नो प्राकृतिक श्रोतको उत्तम उपायोग
गरेको छ भने नेपालले गर्न सकेको छैन।- उत्तरी अमेरिका सेवा र व्यापार क्षेत्रमामा सफल छ र कृषि पनी व्यवसायिक र
आधुनिक छ तर नेपालले त्यसो गर्न सकेको छैन।
- उत्तरमा ग्रीनल्याण्ड्को पठार (Plateau of Greenland)
- मध्य भागमा क्यान्डेली शिल्ड (Canadian shield) र
- दक्षिणमा अपालाचियन पर्बत ( Appalachian Mountains) बाट निर्माण भएको छ ।
· यो महादेशको उत्तरी भागमा शीतप्रदेश रहेकोले वर्षैभरि चिसो हुन्छ, मध्य भागमा चरम हावापानी थियो अर्थात् गर्मीमा धेरै तातो र जाडोमा धेरै चिसो भने दक्षिण भागमा उष्णक्षेत्र रहेको छ।
· भित्री भागको हावापानी विषम छ।
· सेन्टलरेन्स क्षेत्रको हावापानी मध्यम छ। संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्वी भाग सबैभन्दा बढी पानी पर्ने ठाउँ हो ।
· सबैभन्दा बढी आँधीबेहरी आउने ठाउँ फ्लोरिडा हो ।
- सुपेरियर
- मिचिगन,
- ह्युरोन,
- एरिर
- ओन्टारियो ताल
पाठ : ८
दक्षिण अमेरिका :
भौगोलिक स्वरुप, सामाजिक
तथा आर्थिक जनजीवन
South America: Geographical Features, Social and Economic
Lifestyles
- अमेरिकन इण्डियन (रेड इण्डियन्)
- आइबेरियन (स्पेनी र पुर्तगाली)
- अफ्रीकन
- अन्य आप्रवासीहरु
पाठ : ९
अफ्रीका : भौगोलिक स्वरुप, सामाजिक
तथा आर्थिक जनजीवन
(Africa:
Physical Features, Social and Economic Lifestyle)
अवस्थिति:
एसिया पछिको दोस्रो ठूलो
महादेश
३७˚उत्तर देखि ३५˚दक्षिणी अक्षांश र ५१˚ पुर्व देखी १७˚ पश्चिम देशान्तरसम्म
फैलिएको छ। विश्वको कुल भुभागको २०,२५% भुभाग ओगोटेको छ र
क्षेत्रफल लगभग ३०,३६५,००० वर्ग किलोमिटर छ। यसको आकार त्रिकोणीय छ।
- यसको सर्वोच्च शिखर : किलिमान्जारो
- देशको सङ्ख्या: ५४ ओटा
- सबै भन्दा ठुलो देश: अल्जेरिया
- सबै भन्दा सानो देश: सेसिलेस
- विश्वको सबैभन्दा लामो र ठुलो नदि: नाइल्
- यो महासागरको पुर्वमा हिन्द महासागर र लाल सागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भुमध्य सागर र दक्षिणमा कुमेरु महासागर पर्दछन ।
- विश्वकै सबैभन्दा ठुलो मरुभूमी : सहारा मरुभूमी
अफ्रीका: भौगोलिक विभाजन (Africa : Physical Division):
अफ्रिकालाई भौगोलिक स्वरुपको आधारमा ५ भौगोलिक क्षेत्रमा विभाजन गरिएको छ:
१. पठार क्षेत्र: अफ्रीकालाई पठारको पनि पठार भन्ने गरिन्छ जस्तै- ताडेमाइट पठार, काटङ्गा पठार आदि।
२. पर्वतिय क्षेत्र: उत्तर पश्चिममा एटलस शृङ्खला दक्षिणमा केप शृङ्खला र दक्षिण पूर्वमा ड्रेकन्सवर्ग शृङ्खला पर्छन। माउन्ट किलिमन्जारो (५,८९५ मिटर) अफ्रिकाको सर्वोच्च शिखर हो।
३. ग्रेट रिफ्ट उपत्यका: पृथ्वीमा आउने हलचलका कारण निर्माण भएका लम्बिय दरारको परिणाम स्वरुप निर्मित साँगुरो उपत्यका ग्रेट रिफ्त उपत्यका हो। अफ्रीका महादेशका अधिकांश ताजा पानीका तालहरु जस्तै: मलावी, रुडोल्फ आदी यही क्षेत्रमा पर्दछन।
४. नाइल तथा जायार बेंसी: विश्वको सबैभन्दा लामो नदी नाइल नदी र जायार नदीले बनाएका बेंसीहरु यस भित्र पर्दछन। यसले १२ देखी १६ मि. फराकिलो उर्वर मैदान बनाएको छ।
५. मरुभूमी तथा घाँसे मैदान क्षेत्र: यस क्षेत्रमा विश्वकै सबैभन्दा ठुलो सहारा मरुभूमी र अरु मरुभूमिहरु पर्दछन। यस क्षेत्रमा चाड ताल पनि पर्छ। कालाहारी मरुभूमीको दक्षिण पश्चिममा भिक्टोरिया झरना पर्छ।
हावापानी:
भूमध्य रेखाले लगभग बिचबाट काटेर जाने भएकोले अफ्रीका महादेश उच्च हावापानीको क्षेत्रमा पर्दछ। त्यसकारण यहाँ वर्षैभरी उष्ण खालको हावापानी पाइन्छ।
दक्षिण पूर्वी पठारमा मात्रै ग्रीष्ममा तातो र हिउँदमा ठण्डा हुन्छ।
मकर रेखा र कर्कट रेखाको बिचमा पनि उष्ण खालको हावापानी पाइन्छ।
सहारा र नामिब मरुभूमिमा अत्यन्तै कम वर्षा हुन्छ।
तटिय क्षेत्रमा भने राम्रो वर्षा हुन्छ र यस क्षेत्रमा समशीतोष्ण हावापानी पाइन्छ।
दक्षिण अफ्रीकाको उच्च समस्थली क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुने हावापानी पाइन्छ।
वनस्पति र वन्यजन्तु (Vegetation and Wildlife):
मध्य अफ्रीकामा उष्ण र ओसिलो हावापानी पाइने भएकोले र पर्याप्त वर्षाहुने भएकोले यहाँ सदाबहार जङ्गल पाइन्छ। जनावरहरुमा बाँदर्, गोरिल्ला, चिम्पान्जी, उड्ने सर्प एवम विभिन्न खालका कीराहरु पाइन्छन।
सुडान, जाम्बेजी बेंसी र पूर्वी उच्च भूमिका क्षेत्रहरुमा वर्षा कमहुने भएकोले यहाँ घाँसे मैदान छ जसलाई सभाना घाँसे मैदान भनिन्छ। यस घाँसे मैदानलाई "विश्वको चिडिया खाना" भनेर पनि चिनिन्छ। यहाँ मृग, जरायो, जेब्रा जस्ता वन्यजन्तुहरु पाइन्छन।
सहारा र कालाहारी क्षेत्रमा होचा घाँस र काँडे बुट्यानहरुका साथै केहि खजुरका रुखहरु पाइन्छन र यहाँ पाइने प्रमुख जनावरमा ऊँट र अष्ट्रीच हुन।
भुमध्य सागरिय क्षेत्रमा झाडीहरु मात्रै पाइन्छ र यस क्षेत्रमा अङ्गुर्, जैतुन्, गहुँ, ओटस्, मकै जस्ता बोट बिरुवाहरु पाइन्छन।
जात
जाति (People):
अफ्रीकामा लगभग
८०० भन्दा बढी अश्वेत जात जातिहरु बसोबास गर्छन र लगभग १००० भन्दा बढी भाषा
बोलिन्छ। अफ्रीकाका आदिबासीहरु:
कालो छाला र
घुम्रे कपाल भएमा: सहारा मरुभूमिको दक्षिणी भाग र इथियोपियामा बसोबास गर्छन ।
बुसमेन: छोटो कद र पहेलो
छाला भएको कालाहारी मरुभूमिमा बसोबासगर्ने मानिसहरु
पिग्मी: भूमध्य रेखाको वरिपरी
कङ्गोमा बसोबासगर्ने होचा कद भएका र फिरन्ते जीवनशैली बिताउने व्यक्तीहरु
मसाइ: पूर्वी अफ्रीकामा बसोबासगर्ने
अग्ला कद भएका मानिसहरु जसले गाइ पालेर आफ्नो जीविका चलाउँछन।
धर्म: मुख्य धर्म मा परम्परागत धर्म, इसाई र इस्लाम
अफ्रिकाको
आर्थिक गतिविधिहरू
१. कृषि : कुल जमिनको ८% मात्र
कृषियोग्य जमिन भएपनि ७५% भन्दाबढी जनसङ्ख्या यही पेशामा आवद्ध छन। यद्दपि कृषी
निर्वाह्मूखी मात्र छ।
- सभाना क्षेत्र, इजिप्ट र दक्षिण अफ्रीकामा मकै उत्पादन गरिन्छ।
- पूर्वी उष्ण तटिय क्षेत्र: धानबाली
- अल्जेरिया, ट्युनिसिया, मोरोक्को: गहुँबाली
- केन्या, तान्जेनिया, दक्षिण अफ्रीका: केरा,
कफी, रबर, कोदो, सुर्ती आदिको व्यवसायिक खेती - नाइल उपत्यका, युगाण्डा तथा पश्चिम :
कपास खेति
२. पशुपालन: अफ्रीकाको प्रायजसो
भागको हावापानी र वनस्पती पशुपालनको लागिउपयुक्त छ। दक्षिण अफ्रीकाको समशीतोष्ण
घाँसेमैदानमा गाइवस्तु र भेडा पालन गरिन्छ। दक्षिण अफ्रीकाले उच्च
गुणस्तरको मेरिनो भेडाको ऊन निर्यात गर्छ। मसाई आदिवासीहरु दुध र मासुको
लागिगाई वस्तु पाल्छन।
३. उद्धोग: अफ्रीका महादेशका प्रायजसो उद्धोगहरु कृषिमा आधारित छन
जस्तै- कपडा मिल, तेल मिल, तेल प्रसोधन उद्धोग्,
रबर उद्धोग आदि खनिजमा
आधारित उद्धोगहरु जस्तै- फलाम, तामा, इस्पात, आल्मुनियम्, तेल प्रसोधन आदी पनि
स्थापना भएका छन।
४. पर्यटन: पर्याप्त प्राकृतिक श्रोत साधन र जैविक विभिधताका कारण
अफ्रीका महादेशमा पर्यटनको सम्भावना बढी छ। केन्यामा मात्रै ४० भन्दा बढी
राष्ट्रीय निकुन्जहरु छन। यो ठौँउ सफारी, चलचित्र र वृत्तचित्र
सुटिङ्गको हब बनेको छ ।
५. खनिज पदार्थ: अफ्रीकामा प्रचुर
मात्रमा खनिज पदार्थ उपलब्ध भएको तर समुचित उपभोग नभएको महादेश हो। यो महादेशमा
सुन, चाँदी, हिरा, पेट्रोल, तामा जस्ता बहुमुल्य खानइज पदार्थ पाइन्छ। दक्षिण अफ्रीका
विश्वकै अग्रणी हिरा उत्पादक र निर्यातकर्ता हो। अफ्रीकाका १४ ओटा देशहरु
पेट्रोलियम पदार्थका निर्यातकर्ता हुन।
दक्षिण
अफ्रिका अफ्रिकाको सबैभन्दा धनी देश हो: चार कारणहरू
यसमा सुन, हीरा कोइला, तामा, तेल जस्ता धेरै खनिजका खानीहरू छन्।
यो महासागरले घेरिएको छ र
त्यसैले अन्य देशहरूसँग सबै प्रकारका सम्बन्धहरूमा पहुँच सजिलो छ। (बंदरगाह)
विगतमा अंग्रेजहरूको उपनिवेशका
कारण विकास भएकोले यसले सभ्यता सिकेको छ र अघी बढेको छ।
यसमा राजनीतिक स्थिरता र
विकासका लागि अन्य आवश्यकताहरू छन्।
उर्वर माटो र अनुकूल
हावापानीले अफ्रिकाको यस भागलाई सहयोग गरेको छ।
अफ्रिका
महादेशका प्रमुख समस्याहरु:
अफ्रिकालाई
संसारको सबैभन्दा अँध्यारो महादेशको रूपमा चिनिन्छ जुन कम विकसित पनि छ। यस
क्षेत्रमा निम्न प्रमुख समस्याहरू देखिएका छन:
अधिकांश स्थानहरू तातो र
सुख्खा छन्।
जलवायु मानव बसोबास र
खेतीका लागि उपयुक्त छैन।
एचआईभीएड्सले सक्रिय मानव
शक्तिलाई मारिरहेको छ।
साक्षरता दर अत्यन्त
न्यून हुनुले जनशक्तिको अभाव छ ।
धेरै अफ्रिकी देशहरूमा
अझै पनि शान्तिको अभाव छ।
v नाइल नदीको उर्वर भूमिमा
गहुँ, जौ, मकै, कोदो, कपास, मूंगफली र तरकारी उत्पादन
हुने भएकाले नाइल उपत्यकामा सघन जनसंख्या रहेको छ ।
v दक्षिण अफ्रिका, सबैभन्दा ठूलो सुनको उत्पादक र अफ्रिकाको सबै भन्दा धनी
देश हो भने जायर अफ्रिकाको सबैभन्दा गरीब
देश हो ।
v सभाना अफ्रिकाको लगभग
उत्तर र दक्षिणमा फैलिएको घाँसे मैदानको विशाल क्षेत्रहरूको नाम हो। यो भूमध्य
रेखाको उत्तर र दक्षिण दुवैमा अवस्थित छ। सिंह,
बाघ, जेब्रा, मृग, स्याल आदि विभिन्न वन्यजन्तु र गिद्ध, चील, बाज आदि चराचुरुंगीको
बासस्थान भएकाले यसलाई ‘विश्वको चिडियाखाना’ पनि भनिन्छ ।
v अफ्रिकामा पेट्रोल
निर्यात गर्ने देशहरू; इजिप्ट, लिबिया र अल्जेरिया - अफ्रिकाको धनी र अधिक विकसित देशहरू।
नेपाल
र अफ्रिका:
· अफ्रिकाको एटलस शृङ्खला र ड्रकेन्सवर्ग पर्वतको नेपालको
हिमालयन क्षेत्रसँग समानता छ।
· नेपाल र अफ्रिकाका अधिकांश देशहरु अविकसित छन र राजनीतिक
अस्थिरता छ।
· आर्थिक गतिबिधी लगभग समान छ।
o
नेपाल उत्तरी गोलार्धमा अवस्थित छ तर अफ्रिका दुबै गोलार्धमा
अवस्थित छ।
o
अफ्रिकामा विषम हावापानी छ भने नेपालमा उपोष्ण हावापानी छ।
o
नेपाल र अफ्रिका भुस्वरुप र हावापानीको हिसाबले भिन्न छन।
पाठ: १०प्राकृतिक प्रकोप: भूकम्पNatural
Disaster: Earthquake
आन्तरिक वा बाह्य
कारणले पृथ्वी थर्किने वा काम्ने प्रकीयालाई भूकम्प भनिन्छ। पृथ्वीको
भूमण्डलमा अकस्मात उत्पन्नहुने उर्जाको कारण पृथ्वीको सतहमा पैदाहुने हलचललाई भूकम्प
भन्ने गरिन्छ।
ठाडो भूकम्प
(Vertical Earthquake): जमिन माथि र तल
(ठाडो) गति बनाएर जाने भूकम्प - कम विनाशकारी।
क्षितिजिय भूकम्प
(Horizontal Earthquake): जमिन दायाँ र बायाँ वा अगाडि र पछाडि हल्लिएर जाने भूकम्प
- अधिक विनाशकारी।
वि. स. २०५५ साल देखी माघ २
गतेलाई राष्ट्रीय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आएको छ।
भूकम्पको उदगम
बिन्दु (Hypocenter/Focus): पृथ्वीको क्रस्ट भित्र
भूकम्प उत्पन्न वा सुरु हुने वास्तविक बिन्दु।
केन्द्रबिन्दु
(Epicenter): भूकम्प हलचलको पहिलो धक्का मह्सुसहुने पृथ्वीको सतह्-
उद्गम स्थलको ठीक माथि।
सिस्मोलोजी
(Seismology): भूकम्पीय
तरंगहरूको अध्ययन गर्ने विज्ञान।
सिस्मोग्राफ/ सिस्मोमिटर: भूकम्पको तीव्रता, उत्पत्ति, स्थान र परिमाण नाप्ने
यन्त्र।
रेक्टर स्केल (म्याग्निच्युड): भूकम्पको तीव्रता मापनगर्न प्रयोग गरिने एक संख्यात्मक एकाइ, जसको नाम अमेरिकी भूकम्पविद् चार्ल्स एफ रेक्टरले
राखेका थिए। उनले भूकम्पलाई १९३५ मा ०
देखि ९ को दायरामा राखेका थिए, जहाँ ५.५ म्याग्निच्युड भन्दा
माथिकोलाई अधिक विनाशकारी मानिन्छ।
पूर्वकम्पन्न(Foreshock): भूकम्प आउनु भन्दा पहिला
आउने स-साना धक्काहरु
मुख्य कम्पन्न
(Mainshock): भूकम्पको ठुलो
धक्का
पराकम्पन्न
(Aftershock): मुख्य कम्पन्न
गइ सकेपछी आएका स-साना कम्पन्नहरु
भूकम्पका
कारणहरु (Causes of Earthquake):
टेक्टोनिक हलचल: पृथ्वीको रहेक ७ वटा
प्लेटहरु मद्धे २ वा दुइ भन्दा बढी प्लेटहरू
एकअर्कासँग ठोकिने, मोड्ने, भाँचिने र एकअर्कामा ओभरल्याप हुँदा भूकम्प जान्छ।
ज्वालामुखी विष्फोट: ज्वालामुखी विष्फोट
हुँदा, म्याग्मा वा पग्लिएको
चट्टानहरू कम्पन सिर्जना गरेर पृथ्वीको क्रस्टबाट सतहमा आई भूकम्प सिर्जना गर्छन्।
मानवीय क्रियाक्लाप: मानवले निर्माणगर्ने
विकास कार्य जस्तै- सुरुङ्ग निर्माण, जलाशय निर्माण र भर्ने
काम, आणविक हात हातीयारको
परिक्षण आदिले ती क्षेत्रमा भूकम्प जाने गर्छ ।
समुद्री छाल,
पहिरो, र हिम पहिरो आदिका कारण पनि भूकम्प जान सक्छ ।
भूकम्पका
असरहरु :
यसले हजारौं मानिसको
ज्यान लिन्छ र ठूलो मात्रामा सम्पत्तिको क्षति गर्दछ।
कम्पनका कारण भवन र घरहरु
भत्किन्छन्।
सडक, पुल, उद्योग, बाँध लगायतका पूर्वाधारहरु ध्वस्त हुन्छन् ।
रोग र भोकमरी फैलिन सक्छ।
मानिसहरू भोक भोकै
मर्छन्।
भूस्वरूपहरू उठ्ने र
डुब्ने हुँदा पृथ्वीको सतहमा ठूलो परिवर्तन हुन्छ।
बाढी, पहिरो, हावाहुरी र ज्वारभाटा
जस्ता प्राकृतिक प्रकोप आउने हुनाले त्यसले ठूलो क्षति पुर्याउँछ।
घटनापछि आर्थिक संकट, चोरी, डकैती, महामारी, भोकमरी आदि जोखिमपूर्ण समस्या उत्पन्न हुन सक्छ।
भूकम्पबाट
सुरक्षित रहने उपायहरू:
भूकम्प जानु
भन्दा अगाडी:
- भूकम्प प्रतिरोधी
घर निर्माणगर्ने।
- घरमा झटपट झोलाको/ झापट झोला (आपतकालिन
सप्लायर चीजहरू) व्यवस्था गर्ने।
- ग्यास, ट्याप र बल्बलाई राम्ररी
बन्द गर्ने।
- टुट्ने-फुट्ने समान र गरुङ्गो समानलाई झुण्ड्याएर नराख्ने।
भूकम्प गइ रहेको
समयमा:
- नआत्तिनुहोस्, शान्त रहनुहोस र यता र
उता हतार गर्नुहोस्।
- जोखिमपूर्ण चिजहरुलाई
बन्द गर्नुहोस्।
- वरिपरि हेर्नुहोस् र सुरक्षित ठाउँ खोज्नुहोस्।
- बाहिर हुनु हुन्छ भने खुला ठाँउमा बस्नुहोस।
- अग्लो भवनमा हुनुहुन्छ भने लिफ्ट्को प्रयोग नगर्नुहोस।
- आगो उत्पन्न हुने वा आगो टिप्ने वस्तु प्रयोग नगर्नुहोस।
भूकम्प पछि:
- कम्पन कम भएपछि सुरक्षित स्थानमा जानुहोस्।
- ढोका जस्तै कडा ठाउँमा बस्नुहोस्।
- हाम फाल्नु हुँदैन।
- परिवारका सदस्यहरुलाई जाँच गर्नुहोस।
- क्षतिग्रस्त भवनबाट टाढा बस्नुहोस।
- रेडियो खोलेर समाचार सुन्नुहोस।
- जिम्मेवार व्यक्तिको हैसियतले निर्देशन पालना गर्नुहोस।
नेपाल
एक भूकम्प संवेदनशील क्षेत्र
नेपाल भारतिय
भुखण्ड/ इन्डियन प्लेटमाथी अवस्थित छ।
लगभग ५ करोडवर्ष
अगाडी दक्षिण तर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन
प्लेटसँग ठोकिन पुगेको मानिन्छ।
त्यसपछी इन्डियन
प्लेट उत्तरतर्फ सर्ने क्रम निरन्तर जारी छ। इन्डियन प्लेट प्रतिवर्ष ४
सेन्टिमिटरको दरले उत्तरतर्फ सरिरहेको छ। यसकारण हिमालय क्षेत्रमा शक्ति संचय भइरहेको छ।
जब संचित शक्ति चट्टानले थेग्न
सक्दैन तब भौगर्भिक दरारको माध्यमबाट बाहिर निस्कन्छ। अनि भुकम्पका तरङ्घरु चारैतिर
प्रसारणहुन थाल्छन ।
नेपालको भुकम्पिय
जोखिमको आधारमा ११औं स्थानमा र एउटा संवेदनशिल राष्ट्रमा पर्छ। नेपालको विभिन्न
भूभागमा ठुलो मात्रमा शक्ती संचय भइरहेको कारणले जुनसुकै समयमा भुकम्प जानसक्ने
सम्भावना छ ।
नेपालका प्रमुख
भुकम्पहरु:
-
वि. स. १९९० भदौ १२
-
वि. स. २०४५ भदौ ५
-
वि. स. २०७२ वैशाख १२
पाठ: ११
नक्सा कार्य (Map Work)
पृथ्वीको कुनै
अंश वा पुरै भाग कागज वा अन्य वस्तुमा निश्चित नापसहित उतारिएको आकृतिलाई नक्सा भनिन्छ। नक्सा भौगोलिक तथा राजनीतिक
तथ्यहरूको प्रस्तुति पनि हो। दिशा, सङ्केत र स्केल वा नापो नक्साका तीन आधारभूत तत्त्व हुन्।
खुला हातले (कोर्ने नक्सामा दिशा र सङ्केत मात्र देखाउन सकिन्छ तर नापोको प्रयोग
गर्न सकिंदैन। नक्सामा सङ्केतका सहायताले विभिन्न तथ्य र तथ्याङ् कको सहज ढङ्गबाट
प्रस्तुत गरिएको हुन्छ। सिमाना, भौगोलिक स्वरूप, ( उचाइ, वनस्पति, वस्ती, खनिज, वन, माटो, जनसङ्ख्या वितरण, धार्मिक स्थल र सम्पदा, बाली र उत्पादन, विकासका पूर्वाधार आदि
नक्सामा देखाउन सकिन्छ।
नक्सा
निर्माणका केही विधिहरु:
क)
स्वतन्त्र नक्साङ्कन विधि : यो विधिअनुसार नक्सा बनाउँदा वास्तविक नक्सालाई हेर्दै उक्त
नक्सालाई कापीमा उतानें प्रयास गरिन्छ। यसको कुनै वास्तविक स्केल भने हुँदैन ।
(ख) टेम्प्लेट
विधि: कुनै पनि नक्सालाई बाक्लो
कागज वा काठमा उतारेर उक्त काठ वा कागजलाई काटेर नक्सा बनाइन्छ। यस्तो नक्सा
दृष्टिविहीन बालबालिकालाई अध्ययन अध्यापन गर्नका लागि प्रयोग गरिन्छ।
ग)
ग्राफिक विधि : वास्तविक नक्सा माथि ग्राफ गरेर नक्साको आकार प्रकार र फैलावटका आधारमा नक्सा
उतानें विधिलाई ग्राफिक विधि भनिन्छ।
(घ) कार्बन
विधि: नक्साको तल कार्बन पेपर
राखी नक्सा माथि कुनै सिसाकलम वा पेन्सिलले कोरेर कार्बनको मुनि राखिएको कागजमा
नक्सा छाप्ने तरिकालाई नै कार्बन विधि भनिन्छ ।
ङ)
ट्रेसिङ विधि: वास्तविक नक्सामाथि
ट्रेसिङ पेपर राखी उक्त ट्रेसिङ पेपरमा नक्सा छापेर नक्सा बनाउने विधिलाई नै
ट्रेसिङ पेपर विधि भनिन्छ।
(च) जी. पी. एस. विधि: जी. पी. एस. एउटा यस्तो उपकरण हो
जसको सहायताबाट सर्वेक्षणगरी नक्सा निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ।
छ) जी. आई. एस. विधि: जि. आई. यस कम्प्युटरमा नक्सा
बनाउने एक सफ्टवेर हो जसको सहायताबाट भूउपग्रहबाट खिचिएको तस्बिरका आधारमा नक्सा
बनाइन्छ।
स्वतन्त्र नक्सा
कोर्ने विधि शिक्षण कार्यमा
बढी प्रचलनमा रहेको छ । जसमध्ये एक तरिका निम्नअनुसार प्रस्तुत गरिन्छ :
चरण १ : नेपाल आयतकार छ ।
चरण २ : नेपाल पश्चिमबाट
पूर्वतर्फ ढल्केको छ ।
चरण ३ : नेपाल पश्चिममा हल्का फराकिलो र पूर्वमा साँघुरिदै गएको छ ।
चरण ४ : नेपाल करिव अर्ध
चन्द्राकार जस्तै मध्यउत्तर भागमा बागिएको छ ।
चरण ५ : सिमा क्षेत्रमा स्पष्ट
देखिने गरी बाहिर निस्केका चुच्चे भागहरू पश्चिम उत्तरबाट क्रमशः लिपुलेक
लिम्पियाधुरा, मुस्ताङ, लाङटाङ, गौरीशङ्कर, सगरमाथा र कञ्चनजङ्घा रहेका छन् । पूर्वमा पाँचथर दक्षिणमा
विराटनगर, जनकपुर, चितवन, भैरहवा र धनगढीमा
भित्रतिर घुसेका क्षेत्र रहेका छन् ।
विज्ञान र
प्रविधिको विकाससँगै नक्सा निर्माण र अध्ययनमा विभिन्न आधुनिक व्यावहारिक प्रविधि
प्रयोगमा आएका छन् । यी प्रविधिले नक्सा निर्माणलाई सहज र सरल बनाउनुका साथै
स्पष्ट पनि बनाएका छन् । तीमध्ये केही यसप्रकार रहेका छन्
(क) भौगोलिक
सूचना प्रणाली (Geographical Information System-
GIS))
भौगोलिक सूचना
प्रणाली पृथ्वीमा स्थित जानकारी वा तथ्याङ्कलाई एकीकरण भण्डारण, सम्पादन, विश्लेषण, विभाजन जस्ता कार्य गर्न सकिने सूचना प्रणाली हो । यसले
कम्प्युटरलगायतका उपकरणको formation प्रयोग गरी सफ्टवेयरका माध्यमबाट कार्य गर्दछ । भौगोलिक
वस्तुको यथार्थ पहिचान अवस्थिति, भौतिक क्षेत्र जस्तै गाउँ, सहर, जिल्ला, प्रदेश, देश आदि देखाउन यो
प्रणाली उपयोगी मानिन्छ। यस प्रविधिबाट नक्सामा तथ्याङ्क र विवरण लिङ्क गरेर
राख्न सकिन्छ ।
भौगोलिक सूचना
प्रणालीका कार्यहरु:
· विभिन्न श्रोत बाट तथ्याङ्क संकलन गर्ने गर्छ ।
· संकलित तथ्याङ्खरुको सुरक्षागर्ने, सत्यता परिक्षणगर्ने, संचितगर्ने तथा
व्यवस्थापनगर्ने कार्य गर्दछ।
· तथ्याङ्कको क्षेत्रगत विश्लेषणगर्ने कार्य
गर्छ ।
· व्यवस्थित गरिएका तथ्याङ्कहरुलाई तालिका वा
रेखा चित्रमा प्रस्तुतगर्ने कार्य गर्छ।
(ख)
भूमण्डलीय/ विश्व अवस्थिति मापन प्रणाली
(Global Positioning System- GPS)
भूउपग्रहको
सहायताले कुनै डिभाइस वा सफ्टवेयरलगायतका प्रविधिमार्फत पृथ्वीको कुनै स्थानको
अक्षांश, देशान्तर र उचाइलगायतका
सूचना प्राप्तगर्ने प्रणालीलाई भूमण्डलीय अवस्थिति मापन प्रणाली (Global
Positioning System- GPS) भनिन्छ। यसको उपयोगगरी नक्सा कोर्नका लागि आधारभूत तथ्यहरू प्राप्त
हुन्छन्।
विश्व
अवस्थित प्रणालीका कार्यहरु:
· स्थान वा वस्तुको अवस्थिती पत्ता लगाउने,
· एक स्थानबाट अर्को स्थानमा जान मद्दतगर्ने,
· नक्सा निर्माणगर्ने,
· समय मापनगर्ने आदि
(ग) गुगल
अर्थ (Google Earth)
गुगल अर्थ एक
कम्प्युटर प्रोग्राम हो। यसको प्रयोगबाट मुख्यगरी उपग्रहबाट खिचिएका तस्बिरका
आधारमा पृथ्वीका विभिन्न क्षेत्रको अवस्थिति खोजीगर्न सकिन्छ।
पृथ्वीमा रहेका
भौगोलिक अवस्थिति जस्तै महासागर, महादेश, देश, आफू बसेको स्थान आदिको
अवस्थितिको खोजीगर्न यसको उपयोग प्रभावकारी हुन्छ।
नक्सा
ग्लोब
१. जमिनको सतहको समतल आकारमा प्रतीनिधित्वगर्ने चित्र नक्सा हो।
२. नक्सा दुई डाइमेन्सनमा (2D) प्रस्तुत हुन्छ।
३. नक्सामा अंक्षाश र देशान्तरलाई सिधा रेखामा देखाइन्छ।
४. नक्साले पृथ्वीको आंशिक वा पूर्ण प्रती निधित्व गर्छ।
५. नक्साले बढी जानकारी समेटेको हुन्छ।
१. पृथ्वीको गोलाकार प्रतीनिधित्व ग्लोब हो।
२. ग्लोब तीन डाइमेन्सनमा (3D) प्रस्तुत हुन्छ।
३. ग्लोबमा अंक्षाश र देशान्तरलाई वृताकार वा अर्ध वृताकार रुपमा प्रस्तुत ग्ररिन्छ।
४. ग्लोबले पृथ्वीको पूर्ण प्रतीनिधित्व गर्छ।
५. ग्लोबले तुलनत्मक रुपले कम जानकारी समेटेको हुन्छ।
नेपालको रूपरेखा नक्सा निर्माणको चरणहरू (Steps to draw the map of Nepal)
चरण: १ सुरूमा पेन्सिलले एउटा २०x१२ से.मि.को आयात खिच्नुहोस् ।
चरण: २ त्यसपछि चित्रमा दिए जस्तै लम्बाइतर्फ ४ से.मि., ६ से.मि., ६ से.मि. र ४ से.मि.को कोठाहरू बनाउनुहोस् । चौडाइतर्फ ४ से.मि. का तीनओटा कोठा बनाउनुहोस् ।
चरण: ३ तल घुसेका र माथि उठेका भागहरू ख्याल गर्नुहोस् । ती भाग कुन कुन कोठामा कति ढल्काइमा खिचिएको छ । याद गर्नुहोस् । सोहीअनुसार पटक पटक कोर्ने अभ्यास गर्नुहोस् ।
चरण: ४ कोठाहरूलाई मेटिदिनुहोस् ।
चरण: ५ उत्तर देखाउने सङ्केत राख्नुहोस् ।
चरण: ६ स्केल देखाउनुहोस् । नेपालको पूर्वपश्चिम लम्बाइ ८८५ कि.मि. छ । त्यसलाई तपाईंले कागजको २० से.मि. लम्बाइमा प्रस्तुत गर्दै हुनुहुन्छ । अतः
१ से.मि. = ८८५२० = ४४/२५ कि.मि. हुन आउँछ।
तर नेपाल पश्चिमबाट पूर्वतर्फ ढल्किएकोले व्यवहारमा १ से.मि. बराबर औसतमा ४० कि.मि. लेख्ने चलन छ ।
नक्सामा संकेतको प्रयोग
केहि प्रश्नहरु:
१. सामुद्रिक दुरीले हावापानीमा कसरी प्रभाव पारेको हुन्छ ? कारण र उदाहरण दिनुहोस्।
हावापानीमा प्रभाव पार्ने तत्व मद्धे समुन्द्र दूरी पनि एक हो। समुद्रबाट बहने वायुले जलवाष्प बोकेको हुन्छ। जलवाष्प भनेको पानीको स-साना कणहरू बोकेर उडेको बादल हो। जलवायुमा वायु बढी भारी हुन्छ। त्यसैले यो धेरै टाढासम्म उडेर जान सक्दैन। समुन्द्र नजिकको क्षेत्रमा यसले आफनो भारी बिसाउनका लागि प्रशस्त वर्ष गराउँछ। जसको कारण समुद्र नजिकको हावापानी ठण्डा र रमाइलो खाल को हुन्छ। समुद्रबाट जति जति टाडा गयो त्यति हावापानी सुख्खा हुँदै जान्छ।
२. उष्ण तृष्ण भूमिको क्षेत्रलाई संसारको चिडियाखाना भनिन्छ। किन ? कारण उल्लेख गर्नुहोस्।
उष्ण तृष्ण भूमिको क्षेत्रलाई संसारको चिडियाखाना निम्न कारणहरुले भनिन्छ:
वर्षभरी नै धेरै गर्मी र प्रायः सुख्खा हुने भएकोले यहाँ ठूला रुखहरू भएको जंगल पाइँदैन। यसतो क्षेत्रमा लामा लामा जारा भएको बाक्लो र अग्लो घास पाइन्छ। ठाउँ ठाउँमा छाता आकार भएका होचो रुखहरू पाइन्छ।
यो घाँसेमैदानमा सिंह, चितुवा, हरिण, मृग, अर्ना, हाथी गेडा जलगैंडा गोही आदि सयौं प्रजातिका जङ्गली जनावरहरू पाइन्छन् ।
शत्रुको आक्रमणबाट बच्नका लागि यहाँका जनावरहरू आफ्नो समूह बनाएर बस्ने गर्छन्।
यो ठाउँमा मानव बस्ती छैन र जंगल पनि छैन। सुख्खा घाँसेमैदानमा गाडी गुडाउँदै पर्यटकहरुले नजिकबाट यस्ता जनावरहरूलाई अवलोकन गर्न सक्छन्। त्यसकारण यो क्षेत्रलाई सन्सारको चिडिया घर भनेर पनि चिनिन्छ।
अफ्रिका महादेशमा मध्य भागमा विशाल घासे मैदान रहेको छ। यो घाँसे मैदान केन्या, सुडान तान्जेनिया, नाइजेरिया आदि देशहरुमा फैलिएको पाइन्छ।
३. रक्की पर्वत माला पर्यटनको हिसाबले निकै अगाडि हुनुका कारणहरु उल्लेख गर्नुहोस।
रक्की पर्वतमाला पर्यटनको हिसावले निकै अगाडि हुनुका कारणहरु यस प्रकार छन्:
भौगोलिक विविधता र प्राकृतिक सुन्दरताको लागि अति योग्य हुनु
ज्वालामुखी विस्फोटका दृष्यहरु अवलोकन गर्ने अवसर पाउनु
यातायात, सञ्चार, विधुत जस्ता पूर्वाधारको सुविधा सम्पन्न हुनु
सुविधाजनक होटल, बसोबासको लागि होमस्टे तथा सुरक्षा व्यवस्था राम्रो हुनु
राष्ट्रिय निकुञ्जमा अनेकौं जीव जन्तु तथा वनस्पतिहरूको अवलोकन गर्न अवसर हुनु
यहाँको प्रचारप्रसार र आकर्षक कार्यक्रमहरुले पर्यटक हरु यस क्षेत्रमा तानिनु
४. भुमध्यरेखिय क्षेत्रमा पाइने होवापानी र वनस्पतिका दुईवटा विशेषता लेख्नुहोस।
हावापानीका विशेषताहरु:
पृथ्वीको बिच भागमा पर्ने उनले ऋतु परिवर्तन नहुने
सर्यको किरण सिधा पर्ने हुनाले गर्मी र ओसिलो हावापानी पाइने।
सूर्यको किरण बर्षेनी सिधा पर्ने हुनाले बर्षे भरी गर्मी हुने
वनस्पतिका विशेषताहरु:
वर्षा र गर्मी हावापानी पाइने हुनाले अग्ला र ठुला रुख भएको जंगल पाइने
धेरै गर्मी हुने हुनाले टुप्पोमा पात भएका सुरीला रुखहरु हुने
५. अमेरिकाको आर्थिक अवस्था समृद्ध हुनुका कारणहरु उल्लेख गर्नुहोस।
अमेरिकाको आर्थिक अवस्था समृद्ध हुनका निम्नखित कारण हरु छन्
दक्ष जनशक्ति उत्पादन र अधिकतम स्रोत परिचालन
वन जंगल बाट कागज, पल्प र काष्ठ व्यवसाय सञ्चालन
खनिज उद्योगहरु स्थापना
कोइला ग्याँस र पेट्रोलको पर्याप्ता
नोकरी, उद्योग, व्यापार, सेवा, व्यवसाय खनिज उत्खनन तथा प्रशोधन माछापालन र कृषिको उन्नत अवस्था
दक्ष जनशक्ति उत्पादन र अधिकतम स्रोत परिचालन
६. दक्षिण अमेरिकाका प्रमुख आर्थिक गतिविधिहरु केकेहुन लेख्नुहोस्।
दक्षिण अमेरिकाका प्रमूख आर्थिक गतिविधिहरू निम्नलिखित छन्:
कृषि उद्योग र पर्यटन व्यवसाय
भेडापालन तथा लामा पालन
खनिजमा आधारित उधोग संचालन
युरोपसँग व्यापार
कोइला, कफी र उखु उत्पादन
७. भूकम्पलाई रोक्न नसकिएता पनि यसको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ कसरी ? अथवा भूकम्पबाट बाँच्न के-के सुरक्षा उपायहरु अवलम्बन गर्नु पर्ला ?
भूकम्पलाई रोक्न सक्दैन तर यसको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। सोका लागि निम्नलिखित कार्यमा ध्यान दिनुपर्ने देखिन्छ:
घर बनाउँदा भुकम्प प्रतिरोधात्मक प्रविधि अपनाउने
घर कम्पन हुँदा सामान नझर्ने गरी राख्ने
उध्दार कार्यमा सहयोग पुर्याउने
घरमा पानी खानेकुरा जस्ता कुराको व्यवस्था गरी राख्ने
भूकम्पको प्रभाव नरहेको क्षेत्रमा घर बनाई बसोबास गर्ने
भुकम्प गइहालेमा ढोका, टेबुल, झयाल, खाटा आदि मुने बसेर जोगिने
भुकम्प आउदा सम्भव भएसम्म घरबाट निस्किएर खुला चौरमा जाने
८. भूकम्पका कुनै दुई कारणहरु र भूकम्प बराबर उत्पत्ति भईरहने कुनै दुई क्षेत्रहरु उल्लेख गर्नुहोस् ।
भूकम्प जाने मुख्य दुई कारणहरु:
· पृथ्वी भित्रका दुई प्लेट ठोकिने, चट्टान मोडिने, भाँचिने आदि भई पृथ्वी भित्र अतिरिक्त हलचल भएमा।
· ज्वालामुखि विस्फोट भएमा
बारम्बार भुकम्प जाने क्षेत्र:
· प्रशान्त माहासागर वरिपरिको रकी,एन्डिज र पुर्वी क्षेत्र
· एसियाको हिमालय प्रदेश, हिन्दुकुश, सुलेमान र आलस्य पर्वत क्षेत्र
जाडो प्रदेशमा आधुनिकता को विकाश सँगै विस्तारै त्यहाँ बसोबास गर्ने मानिसहरूको जीवन शैलीमा परिवर्तन आइरहेको छ। पहिले यहाँका मानिसहरु हिउका ढिक्का र समुन्द्री हवेल माछा र सिलको छालाबाट बनेको घरमा क्रमश: हिउद र ग्रीष्म बस्थे। तर आजभोलि आधुनिक पक्की घरमा बस्छन् । त्यस्तै पहिले एक ठाउँमा बाट अर्को ठाउँमा जाँदा पैडल र कुकुरहरुले तान्ने काठ को क्यारिजको प्रयोगले सजिलै एक ठाउँमाबाट अर्को ठाउँमा पुग्ने गर्दथे। खानालाई धेरै समस्या हुन्थ्यो। जंगली जनावर र समुद्री जीवहरूको सिकारबाट गुजारा टार्थे। अहिले यहाँ विभिन्न स्थानमा उत्पादित खानेकुराको पसल र स्टोरहरु उपलब्ध छन्। जीवन पहिलेभन्दा धेरै सुखद् र सजिलो भएको छ अझ सञ्चार र विकासका पूर्वाधारहरूको कारण यो ठाउँ धेरै सजिलो भएको छ।
१०. नेपालमा अहिलेसम्म भएका भूकम्पको सुची बनाउनुहोस।
नेपालमा अहिलेसम्म भएका ठूला भूकम्पहरुको सुची:
· वि.सं. १३१० आषाढ शुक्ल तृतीय सोमबार राजा अभय मल्लको शासनकालमा काठमाडौंमा भएको करिब ७.७ रेक्टर स्केलको भुकम्प- हालसम्म नेपालमा अभिलेख प्राप्त भूकम्पमध्ये पहिलो प्रमाणिक भूकम्प्
· वि.स. १३१६ राजा जयदेवको पालामा आएको भूकम्प र सो को कारण अपार जनधनको क्षती भई अनिकाल लागेको
· वि.सं. १४६४ भाद्र शुक्ल द्वादशीको दिन आएको भूकम्पबाट ठूलो संख्यामा जनधनको क्षति भएको
· वि.सं. १८९१ अनुसार असार र असोज महिनाका विभिन्न दिन गएका भूकम्पहरु र त्यस बाट भएका धन जनको क्षति।
· वि.सं. २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्प र १३ गते सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६.९ रेक्टर स्केलको भूकम्प- ठूलो धन जनको क्षति।
एकाइ: ७ हाम्रो विगत (OUR PAST)
७. १ २००७ सालको
क्रान्ति र दिल्ली सम्झौता
२००७ सालका क्रान्तिका कारणहरू/ राणा
शासनका पतनका कारणहरू
२००७ सालका क्रान्ति वा राणा
शासनका पतनका पछाडि धेरै कारण थिए जुन निम्न हुन्:
१. सामाजिक कारण: आमजनतामा चरम सामाजिक विभेद, कमारा मजदुर
जस्तो व्यवहार, सुन्दर छोरी र श्रीमतीलाई
लक्षितगर्ने आदि राणा विरोधी भावनाको परिणाम २००७ सालको जनक्रान्ति हो।
२. राजनीतिक कारणः राणाहरुले सुशासन सुनिश्चित गर्न असफल हुनु, वि.सं. १९९७ मा चार राजनीतिक कार्यकर्ताको शहीद हुनु, मोहन शमशेरको कठोर नीति,
नेपाली
कांग्रेसद्वारा मुक्ति सेनाको गठन, तत्कालीन राजा त्रिभुवनको
दरबारबाट गद्दी त्यागी सपरिवार भारतिय दुतावासमा शरण लिनु। यी सबै कुरामा दिल्ली, देहरादुन आदिमा गठन भएको गोर्खा लिगले क्रान्तिको ज्वाला
दियो।
३. आर्थिक कारणः व्यापक गरिबी र बेरोजगारी, शासक र जनताबीचको
फराकिलो आर्थिक खाडल, राणाहरूद्वारा राष्ट्रिय
खजानाको दुरुपयोग आदिले आन्दोलनको नेतृत्व गर्यो। - भ्रष्टाचारी एवम दमनकारी शासन
४. अन्तर्राष्ट्रिय कारण: दोस्रो विश्वयुद्धको लहर, सन् १९४७ मा ब्रिटिश शासनबाट भारतले स्वतन्त्रता प्राप्त
गर्नु आदि।
५. पारिवारिक कारण: चन्द्र शमशेरले बनाएको राणाहरू बीच विभाजन (क, ख र ग वर्ग) र 'ग' वर्गका राणाहरूलाई शासनको भूमिकाबाट बहिष्कृत गरिनु यस
क्रान्तिका प्रमुख कारण थिए।- राणाहरुको आन्तरिक कलह
६. नेपाली काङ्ग्रेसको वैरगनिय सम्मेलन : वि.स. २००७ साल असोज १२ र १३ गते नेपाली काङ्ग्रेसले
भारतको बैरगनियामा सम्मेलन गरे नेपालमा राणाशासनका अन्त्यका लागी थिरबम मल्लको
नेतृत्वमा सशस्त्र क्रान्तीगर्ने निर्णय गर्यो।
दिल्ली सम्झौता (Delhi Agreement):
मोहन शमशेरले प्रकोप नियन्त्रणगर्न नसकेपछि भारत सरकार (जवाहरलाल नेहरू) को
सहयोगमा नेपाली कांग्रेस, राजा त्रिभुवन र राणाहरू
तीन पक्षबिच दिल्लीमा सम्झौता भएको थियो
जसलाई त्रिपक्षीय सम्झौता वा दिल्ली सम्झौता पनि भनिन्छ। (वि.सं. २२०७ फागुन १ गते/ १२ फेब्रुअरी १९५१) जसले
राणा शासनको अन्त्यगरी राष्ट्रमा पहिलो पटक प्रजातन्त्र स्थापना गरेको थियो।
दिल्ली सम्झौताका प्रमुख प्रावधानहरू:
· निर्वाचित विधानसभाले दुई वर्षभित्र लोकतान्त्रिक संविधान
निर्माण गर्नेछ।
· राणा र नेपाली कांग्रेसबाट ५-५ जना गरी १० सदस्यीय
अन्तरिम मन्त्रिमण्डल गठन गरिनेछ।
· राजा त्रिभुवननै नेपालका राजा रहने छन र सर्बोच्च शक्ति
राजामै रहनेछ।
· फौजदारी कसुरमा अभियोग लागेका बाहेक सबै राजनीतिक
बन्दीहरूलाई आममाफी दिइनेछ र रिहा गरिनेछ।
· आन्दोलनकारीले आन्दोलन रोक्न सबै हतियार बुझाउनुपर्नेछ।
· पार्टीहरु खोल्नमा
कुनै प्रतिबन्ध हुनेछैन।
· प्रधानमन्त्रीपदमा मोहन शमशेरनै रहनेछन।
यस सम्झौता प्रश्चात वि.स. २००७ फागुन ४ मा राजा त्रिभुवन र नेपाली काङ्ग्रेसका
प्रमुख सदस्यहरु नेपाल फर्के र फागुन ७ गते राजा
त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरे।
दिल्ली सम्झौता अनुसार गठ्बन्धन सरकार गठन भयो जसमा निम्न
अनुसारका मन्त्रीमण्डलका सदस्यहरु थिए:
राणाहरुबाट
नेपाली काङ्ग्रेसबाट्
१. मोहन शमशेर जबरा- प्रधानमन्त्री तथा परराष्ट्र मामिला
२. बबर शमशेर जबरा - रक्षा
३. चुडाराज शमशेर जबरा - वन
४. नृप्जङ्ग राणा- शिक्षा
५. यज्ञबहादुर बस्नेत- स्वास्थ्य र स्थानिय स्वशासन
१. बिपी कोइराला- गृह्
२. सुवर्ण शमशेर राणा- अर्थ्
३. गणेशमान सिंह- वाणिज्य र उद्धोग्
४. भरतमणी शर्मा- खाद्ध र कृषि
५. भद्रकाली मिश्र्- यातायात
डा. के. आई. सिंह :
डा. के.आई. सिंह एक प्रसिद्ध स्वतन्त्रता सेनानी थिए। राणाविरुद्धको लडाइँमा उनी पश्चिमी मोर्चाका कमाण्डर थिए।
दिल्ली सम्झौताको विरोध किन भयो ?
दिल्ली सम्झौताको विरोध कसले र किन गर्यो ?
दिल्ली सम्झौताको विरोध डा. के.आई. सिंह र उनका समर्थकहरूले गरेका थिए जसका कारणहरु निम्न लिखित थिए:
· उनको असन्तुष्टि लोकतन्त्रमा पनि राणा मोहन शमशेरलाई प्रधानमन्त्री बनाएको थियो।
· उनको माग राणालाई सेना र निजामती सेवाका सबै उच्च पदबाट हटाउनुपर्ने थियो ।
· त्यसैगरी उनले विदेशमा नभई नेपालमा सम्झौता गर्न चाहेका थिए ।
· तर, उनको विरोध दबाइयो र उनलाई देशद्रोहको मुद्दा लगाइयो।
२००७ को क्रान्तिको नतिजा र पछि देखिएका परिवर्तनहरू:
· यसले पारिवारिक शासन वा हुक्मी शासनको अन्त्य गर्यो ।
· लोकतन्त्र र जनताको शासन स्थापना गर्यो।
· यसले मानिसहरूलाई अधिकार र स्वतन्त्रता प्रदान गर्यो ।
· विभिन्न राजनीतिक कार्य हरुमा उनीहरूको सहभागिता बढायो।
· यसैको परिणाम स्वरुप वि.स. २०१७ साल चैत १७ गते अन्तरिम सरकार गठनभई पहिलो लिखित संविधान जारी भएको थियो ।
· नेपालले अन्य देशसँग कूटनीतिक सम्बन्ध स्थापनागरी संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्यो।
· जनताले लोकतन्त्रको महत्व बुझेका छन्।
नेपालमा
प्रजातान्त्रिक राजनीतिको दशक: वि.स. २००७-२०१७
प्रजातान्त्रिक राजनीतिको दशक:
वि.स. २००७ फागुन ७ गते राणाशासनको अन्त्य र प्रजातन्त्रको
स्थापनाले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपालमा पार्टी
राजनीतिलाई मार्गनिर्देशन गरायो जसलाई पार्टी वा प्रजातान्त्रिक राजनीतिको दशक
भनेर चिनिन्छ।
१. नेपालको अन्तरिम शासन विधान-२००७ जारी र राणा-काङ्ग्रेस
अन्तरिम सरकार विघटन:
मोहन शमशेर र नेपाली
कांग्रेसको सरकारले वि.स. २००७ साल चैत १७ गते नेपालको इतिहासमा पहिलो लिखित
संविधानको रुपमा "नेपालको अन्तरिम शासन विधान-२००७" जारी गरेको थियो
। (७ भाग, ७३ धारा र ३ अनुसूची)
राणा र नेपाली कांग्रेसको
अन्तरिम सरकारको गठबन्धनमा राणा सत्तामा रहेसम्म पूर्ण लोकतन्त्र सम्भव नहुने बिपी
कोइरालाले सोचेकाले २००७ साल कात्तिक २५ मा कांग्रेसका मन्त्रीहरूले
मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए। फलस्वरूप मोहन शमशेरले
राजीनामा दिन बाध्य भए र पूरै मन्त्रिमण्डल विघटन भयो ।
२. नेपाली कांग्रेसको
एकल पार्टी सरकार: मातृकाप्रसाद कोइरालाको नेतृत्व
राजा त्रिभुवनले नेपाली
कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालाको नेतृत्वमा १४ सदस्यीय एकल
पार्टी सरकार विस २००८ साल मंसिर १ गते गठन गरेका थिए ।
सरकारका प्रमुख
दायित्वहरू वा जिम्मेवारीहरु:
·
स्वतन्त्र र निष्पक्ष न्यायपालिका स्थापनागर्ने।
·
मौलिक हक सुनिश्चित गर्न।
·
लोकसेवा आयोगलाई प्रभावकारी बनाउने।
·
वि.सं. २००९ भित्र संविधानसभाको निर्वाचन गराउने।
·
नागरिक अधिकारको प्रत्याभूती गराउने
तर सरकार निम्न कारणले
असफल भयो:
·
संयुक्त मोर्चाको गठन र त्यसको विरोध।
·
डा के. आई. सिंहको क्रान्ति (दिल्ली सम्झौता) र भीमदत्त पन्तको आन्दोलन
(किसानहरूको भूमि स्वामित्व)
·
नेपाली कांग्रेसको आन्तरिक द्वन्द्व।
३. परामर्षदात्री
त्रिभुवन सरकार:
वि.स. २००९ साउन ३० गते आफ्नै
अध्यक्षतामा राजा त्रिभुवनले ५ सदस्यीय सरकार गठन गरेका थिए। यो सरकारमा ५ जना
सदस्यहरु थिए जो राजाप्रती उत्तरदायी थिए तरपछि राजनीतिक दल, र भारत सरकारको चर्को आलोचनाका कारण वि.स. २०१० असार ३० गते एक
वर्षभित्रै यसको विघटन भयो।
४. मातृकाप्रसाद
कोइरालाको दोस्रो एकल पार्टी सरकार (नेपाल प्रजा पार्टी)
मातृकाप्रसाद कोइरालाले
नेपाली काङ्ग्रेसबाट फुटाएर राष्ट्रीय प्रजापार्टी नामक नयाँ पार्टी स्थापना
गरेका थिए।
राजा त्रिभुवनले
मातृकाप्रसाद कोइरालालाई पुनः निमन्त्रणा दिएर वि.स. २०१० असार २ गते ५
मन्त्रीसहितको नयाँ सरकार गठन गरे तर हतियार लिएर नेपाल भित्रिएको भारतीय सेना, वि.स. २०१० भाद्र ७ गते भीमदत्त पन्तको हत्या, कोशी सम्झौताको विरोध जस्ता मुद्दाका कारण सरकार कमजोर भयो
। राजा त्रिभुवनले आफ्नो शाही शक्ति युवराज महेन्द्रलाई सत्ता
हस्तान्तरण गरि उपचारका लागि स्विट्जरल्याण्ड गए र अन्ततः सरकार विघटन
भयो।
५. राजा
महेन्द्रको प्रत्यक्ष शासन:
राजा महेन्द्रले वि.स. २०११ चैत्र ४ गते
राजगद्दी आरोहण गरे र गुञ्जयमान सिंहको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार सरकार गठनगरी
प्रत्यक्ष शासन सुरु गरे। यसको चारैतिर
विरोध भयो। नेपालले सन १९५५ डिसेम्ब र १४ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता
प्राप्त गरेको थियो।
६. नेपाल सरकार
प्रजापरिषद (टंक प्रसाद आचार्य- अध्यक्ष)
वि.स. २०१२ माघ १३ गते
टंकप्रसाद आचार्यको नेतृत्वमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन भयो तर निर्वाचन विवाद, चरम आर्थिक संकट र पत्रपत्रिकामाथि प्रतिबन्ध लगाउने प्रयास
जस्ता मुख्य ३ कारणले ६ महिनामै वि.स. २०१४ असार ३१ गते विघटन
भयो।
उपलब्धिहरु:
·
पहिलो पञ्चवर्षीय आवधिक योजनाको सुरुवात (२०१३-२०१७)- पहिलो पञ्चवर्षीय
योजनामा यातायात, सञ्चार र कामलाई बढी
प्राथमिकता दिइएको थियो।
·
सर्वोच्च अदालतको वि.स. २०१३ जेष्ठ ८ मा स्थापना
·
नेपाल राष्ट्र बैंकको स्थापना वि.स. २०१३ वैसाख १४ गते
·
विराटनगर अस्पतालको स्थापना वि.स. २०१३ पौष ६ गते
·
नेपालले विश्व हुलाक सङ्घको सदस्यता वि.स. २०१३ असोज २६ मा प्राप्त
गर्यो
७. डा केआई सिंह
सरकार:
राजा त्रिभुवनले राष्ट्रद्रोही
घोषणा गरेकाले डा केआई सिंह चीनको तिब्बतमा निर्वासित जीवन बिताइरहेका
थिए। राजा महेन्द्रले डा कुँवर इन्द्रजित सिंहलाई बोलाई उनकोको नेतृत्वमा वि.स. २०१४ साउन ११ मा ११ सदस्यीय
नयाँ मन्त्रिपरिषद् गठन गरेका थिए तर यसको विरोदका भएका कारण त्यसको ३ महिनापछि
त्यो पनि विघटन भएको थियो।
८. राजा
महेन्द्रको प्रत्यक्ष शासन:
राजा महेन्द्रले वि.सं. २०१४ कात्तिक २९ बाट ५
सदस्यीय समिति गठनगरी प्रत्यक्ष शासन सुरु गरे र यस सरकारले नेपाल अधिराज्यको
संविधान- २०१५ निर्माणगरी वि.स. २०१५ फागुन १ गते राजा द्वाराजारी गरियो।
९. सुवर्ण शमशेरको
अन्तरिम सरकार:
राजा महेन्द्रले
राष्ट्रिय निर्वाचन गराउन सुवर्ण शमशेरको
नेतृत्वमा ६ सदस्यीय अन्तरिम सरकार वि.स. २०१५ साल जेठ २ गते गठन गरेका थिए। वि.स. २०१५ फागुन ७ गतेदेखि
१०९ निर्वाचन क्षेत्रका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले पूर्ण बहुमत (१०९
मध्ये ७४ सिट) जितेको थियो।
१०.
बीपी कोइरालाको पहिलो निर्वाचित सरकार कोइराला:
नेपाली कांग्रेसले बीपीको
नेतृत्वमा १९ सदस्यीय एकल दलको सरकार गठन गरेको थियो। कोइराला वि.स. २०१६ साल जेठ १३ गते
नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। संसदको सभामुखमा कृष्णप्रसाद
भट्टराई निर्वाचित भएका छन्। यसै समयमा द्वारिका देवी ठ्कुरानी एक मात्र
महिला निर्वाचित उम्मेद्वार थिइन जो नेपाल कि पहिलो महिला मन्त्री भइन तर राजा
महेद्रको महत्वकांक्षाका कारण यो सरकार २०७४ साल पुस १ गते विघटन भयो।
आम
निर्वाचन र संविधानसभा निर्वाचन:
आम निर्वाचन एक निर्वाचन
प्रक्रिया हो जसमा सबै योग्य मतदाताहरूले प्रतिनिधि सभाको लागि सबैभन्दा उपयुक्त
उम्मेदवार चयनगर्न भाग लिन सक्छन्।
आम निर्वाचन
संविधानसभा निर्वाचन
१.यो राष्ट्रिय निर्वाचन प्रक्रिया हो जसले संसदका सदस्यहरू चयन गर्छ।
२. यो प्रजातान्त्रिक मुलुकमा हरेक ५ वर्षको फरकमा हुन्छ।
३. यसले संसद सदस्यहरू चयन गर्दछ जसले राष्ट्रको आवश्यकता अनुसार कानून निर्माण गर्दछन।
१. यो नयाँ संविधान निर्माणका लागि प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित जनप्रतिनिधिहरूको सभा हो।
२. यो लामो समयअवधि पछि वा आवश्यकता अनुसार मात्रहुने गर्दछ ।
३. यसको मुख्य उद्देश्य नयाँ संविधान निर्माण गर्ने भएकाले यसलाई सांसद पनि भनिन्छ।
वि.स. २००७ देखी २०१७ सम्मका प्रमुख उपलब्धिहरु:
राजनीतिक र सामाजिक उपलब्धिहरु:
· प्रजातन्त्रको स्थापना- वि.स. २००७ साल फागुन ७ गते
· अन्तरराष्ट्रीय सम्बन्धको विस्तार-संयुक्त राष्ट्रसङ्घको सदस्यता सन १९५५ डिसेम्बर १४ मा प्राप्त गर्यो
· भौतिक पुर्वाधारको विकास्,
· निर्वाचन आयोग, लोकसेवा आयोग, न्याय आयोगको स्थापना,
· सर्बोच्च अदालतको स्थापना- वि.स. २०१३ मा
· काठमाडौं नगरपालिका तथा र प्रतीनिधिसभाको निर्वाचन,
· स्वास्थ्य क्षेत्रको विकास,
· रेडियो नेपालको स्थापना- वि.स. २००८ चैत्र २० गते
· परोपकार संस्था स्थापना- वि.सं. २००९ मा
· हेटौंडा–काठमाडौं रोपवे विस्तार गरिएको
· कोशी (१२ वैशाख, २०१२) र गण्डक (१९ मंसिर, २०१६) सन्धिमा हस्ताक्षर भएको
· दूरसञ्चार सेवा पनि सुरुभयो,
आर्थिक उपलब्धिहरु:
· भूमिसुधार मन्त्रालय तथा भूमिसुधार आयोगको स्थापना,
· भूमिसुधार नितीको कार्यान्वयन र विर्ता उन्मुलन,
· वार्षिकरुपमा बजेट प्रस्तुतगर्ने प्रणालीको थालनी- अर्थमन्त्री शुभर्ण शमशेर द्वारा वि.सं. २००८ देखि
· वि.स. २०१३ वैशाख १४ मा राष्ट्र बैङ्कको स्थापना,
· त्रिभुवनराजपथ को निर्माण र अन्य राजपथहरुको निर्माण थालनी,
· नागरिक उड्ड्यन प्राधिकरणको स्थापना आदि
· वि.स. २०१३ सालको आश्विन २२ गतेदेखि पञ्चवर्षीय आर्थिक योजना सुरुभएको
· वि.स. २०१३ साल भदौ १७ गते जग्गा सम्बन्धी घोषणापत्रमार्फत बहालवालाको हक (मोहियानी हक)को व्यवस्था गरिएको
शैक्षिक उपलब्धिहरु:
· कन्या कलेजको स्थापना-वि.स. २००८ असोज ६ गते
· राष्ट्रीय शिक्षा बोर्डको गठन- वि.स. २००९ साल
· राष्ट्रीय शिक्षा आयोगको गठन- वि.स. २०१० चैत्र ९ गते
· राष्ट्रीय शिक्षक तालिम केन्द्रको स्थापना– वि.स. २०१०,
· देशभरी माध्यमिक विद्ध्यलयमा शिक्षणको माध्यम नेपाली हुनुपर्ने- वि.स. २०१४
· कलेज अफ एडुकेसनको स्थापना- वि.स. २०१४ मा
· त्रिभुवन विश्व विद्ध्यालयको स्थापना- वि.स. २०१६
राजनीतिक दल माथीको प्रतिबन्ध लोकतन्त्रको अपहरण र पंचायती व्यवस्थाको उदय
राजा महेन्द्र :
राजा महेन्द्रलाई बीपी कोइरालाको लोकप्रियता र लोकतान्त्रिक व्यवस्था अन्तर्गतको प्रजातन्त्र सँग ईर्ष्या थियो। अर्कोतर्फ जनताहरु भौतिक सुबिधा नपाएर बीपी कोइरालाको नेतृत्वमा आएको लोकतान्त्रिक शासनसँग सन्तुष्ट थिएनन।
राजा महेन्द्र पनि एउटा महत्वाकांक्षी राजा थिए। त्यसैले उनले झूटा आरोप लगाएर शाही घोषणा मार्फत सरकारलाई वि.स. २०१७ पौष १ गते बर्खास्त गरे। उनले नेपालको संविधानको धारा ५५ को उपधारा ५५ बमोजिम बीपी कोइराला, अन्य मन्त्री र राजनीतिक नेतालाई जेल हालेका थिए।
उनले संविधानलाई निलम्बन र राजनीतिक दल र राजनीतिक गतिविधिमा समेत प्रतिबन्ध लगाएका थिए। त्यसैले पौष १ गतेलाई नेपाली इतिहासमा कालो दिनको रुपमा लिइन्छ।
उनले पौष २२ गते पार्टी बिनाको आफ्नो प्रत्यक्ष शासनप्रणालीको सुरुवात भएको औपचारिक घोषणा गरे।
राजा महेन्द्रद्वारा राजनीतिक दललाई प्रतिबन्ध लगाउने कारणहरू:
· राजनीतिक दलहरुले आफ्नो अधिकारको दुरुपयोग गरेका,
· राजनीतिक दलको शासनकालमा भ्रष्टाचार पनि बढेको,
· राष्ट्रिय एकता खतरामा परेको,
· राजनीतिक नेताहरूले जनताका लागि काम नगरेकाले,
· उनीहरुले देशलाई फाइदा नहुनेगरी जथाभावी आर्थिक निर्णय गरेकाले,
· राष्ट्रमा अराजकता स्थापित भएकोले,
· राजनीतिक दलले जनताको चाहना पूरागर्न नसकेकाले आदि,
बिर्ता उन्मूलन (Birta Abolition):
सरकारले केही विशेष व्यक्तिलाई दिएको जग्गाको स्वामित्वलाई बिर्ता भनिन्छ। यो प्रणाली भूमि प्रयोगकर्ताका लागि उचित छैन। यो व्यवस्थाको अन्त्य हुनुपर्छ।
जग्गाको अनुचित वितरणलाई अन्त्य गर्नुलाई बिर्ता उन्मूलन भनिन्छ। बिर्ता उन्मूलन ऐन वि.स. २०१६ मा लागू भएको थियो र यसले भूमिसुधार कार्यक्रम अगाडि बढाएको थियो।
वि.सं. २०१७
देखि २०३६ सम्मका राजनीतिक घटनाक्रमहरू:
१.
शाही विद्रोह र पञ्चायत प्रणालीको घोषणा :
शाही विद्रोहपछि
राजा महेन्द्रले पञ्चायत व्यवस्थालाई पञ्चायती राजनीतिक प्रणालीमा परिणत गरे।
प्ंचायती राजनीतिक प्रणाली ४ तहमा विभाजन थियो: राष्ट्रीय पंचायत, अंचल पंचायत, जिल्ला पंचायत, र गाँउ/नगर पंचायत
उनले वि.स. २०१८ वैशाख १ गते
नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेका थिए।
२.
जनकपुर काण्ड:
जानकी मन्दिरमा
पूजापाठ गरेर राजा महेन्द्र पञ्चायत समर्थक बैठकमा सहभागी हुन रंगभूमि जाँदै थिए। यसैबीच, वि.स. २०१८ माघ ९ गते दुर्गानन्दझाले राजाको गाडीमा बमप्रहार गरे
तर राजा बाँचे। उक्त आरोपमा दुर्गानन्द झा सहित अन्य दुई आन्दोलनकारीलाई
पक्राउ गरी वि.स. २०२० माघ २५ गते मृत्युदण्ड दिइएको थियो भने अन्य दुई जनालाई आजीवन
कारावासको सजाय सुनाइएको थियो।
३.
नयाँ संविधानको घोषणा:नेपालको संविधान - २०१९
महेन्द्रले
पञ्चायती व्यवस्थालाई वैधानिकता दिन चाहेकाले पौष १ गते नेपाल अधिराज्यको संविधान
२०१९ जारी गरेका थिए। यसै संविधानलाई अझै कठोर बनाउन वि.स. २०२३ र वि.स. २०३२ सालमा क्रमश:
दोश्रो र तेश्रो संशोधन गरियो।
४.
झापा विद्रोह र सुखानी हत्याकाण्ड:
नेकपा एमालेले वि.सं. २०२८ मा झापाबाट पञ्चायत
गतिविधि विरुद्ध सुरुगरेको विद्रोहलाई झापा विद्रोह भनिन्छ।
राष्ट्रिय
पञ्चायतका सदस्य धर्मप्रसादको हत्याको आरोपमा केहि युवाहरु जस्तै- रामनाथ दाहाल, नेत्रप्रसाद घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइकेल र वीरेन
राजवंशी पक्राउ गरिएको थिए। यी युवाहरुलाई वि.स. २०२९ फागुन २१ गते
तत्कालिन शाही सेनाले इलामको सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए।
५.
राजा महेन्द्रको निधन र वीरेन्द्र राजगद्दीमा
बसे:
राजा महेन्द्र
शिकारको सिलसिलामा चितवन भ्रमणमा गएका थिए र वि.स. २०२८ माघ १७ गते दियालो
बंगलामा हृदयघातका कारण उनको निधन भयो र त्यसपछि वीरेन्द्र सिंहासनमा बसे।
६. वि.स. २०३०
सालको विमान अपहरण र सिंह दरबारमा आगलागी :
वि.स. २०३० जेठ २५ गते
विराटनगरबाट काठमाडौंका लागि उडेको शाही
नेपाल वायु सेवा निगमको विमानलाई उडेको ३ मिनेटमै नेपाली काङ्ग्रेसका ३ सदस्यले अपहरणगरी
भारतको बिहारको फारबेसगन्जको घासे मैदानमा अवतरणगर्न लगाएका थिए। ३० लाख आईसी
नियन्त्रणमा लिएर विमानलाई मुक्त गरिएको थियो।
गिरिजाप्रसाद
कोइरालालाई यस अपहरणको मुख्य मास्टर माइन्ड भएको मानिएको थियो। पञ्चायती व्यवस्था
विरुद्ध लड्न कोषको ब्यबस्थापनको लागि कोइराला र नेपाली काङ्ग्रेसले यो अपहरणलाई
घटना दिएका थिए।
यो घटनाको ठिक एक
महिना पछी वि.स. २०३० असार २५ गते सिंहदरबारमा आगलागी हुँदा अधिकांश कागजपत्र र प्रमाणपत्र
जलेर नष्ट भएको थियो। जसका कारण तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले
आफ्नो पदबाट राजीनामा दिन बाध्य भएका थिए।
७.
टिम्बरबोटे हत्याकाण्ड्:
वि.स. २०३१ सालमा नेपाली
कांग्रेसले युवालाई तालिम दिएर पञ्चायत व्यवस्थाको विरोध गर्न टिम्बुरबोटे
(सोलुखुम्बु)को गुफामा शिविर बनाएर पूरै ओखलढुङ्गा कब्जागर्न ओखलढुंगामा रहेको
सेनाको ब्यारेकमा आक्रमणगर्ने योजना बनाइरहेको गोप्यता खुलेपछी र पञ्चायत सरकारले
शाही सेना मार्फत वि.स. २०३१ पौष १ गते ओढारमा बसेका लडाकु माथी आक्रमण गर्यो।
अगाडी शिविरमा बसेका राम लक्ष्मण, क्याप्टेन यज्ञ
बहादुर थापा, भीमनारायण श्रेष्ठ र अन्य युवाहरुको निर्मम तरिकाले हत्या गरिएको
थियो ।
८.
बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति
वि.स. २०३३ साल पौष १६ गते
बीपी कोइराला,
गणेशमान सिंह
सहितको टोलिले राष्ट्रिय मेलमिलाप नीति लिएर राजा र लोकतान्त्रिक शक्तिबीच
लोकतन्त्रको पुनर्स्थापनाका लागि समझदारी निर्माणगरी फर्के पनि यो नीति राजासामु
आत्मसमर्पण र शुद्ध लोकतन्त्रको अपमान भएको भन्दै चर्को आलोचना भएको थियो।
९.
देउमाई काण्ड रत्नकुमार बन्तवाको हत्या:
पञ्चायतलाई
वैधानिक बनाउन पञ्चायत सरकारले विभिन्न रणनीति अपनाएको थियो। त्यही क्रममा वि.स. २०३५ साल चैत २७ गते
इलामको देउमाई नदी किनारमा नेपाल कम्युनिष्ट पार्टीका नेता रत्नकुमार बन्तवालाई
गोली हानी हत्या गरियो भने ऋषिराज देवकोटा (आजाद) र जयगोविन्द शाहको पनि हत्या
गरियो र अन्य धेरै कार्यकर्तालाई पनि सरकारले गोली हानी मारेको थियो।
१०.
जनमत संग्रहको घोषणा:
पाकिस्तानका
सैन्य तानाशाह,
जियाउल हक र उनको सेनाले तत्कालीन
प्रजातान्त्रिक प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई दिएपछि, त्रिविका विद्यार्थीहरूले
२०३५ चैत २२ गते विशाल र्याली निकालेर काठमाडौंस्थित पाकिस्तानी दूतावासतिर यस
कार्यको विरोधमा ‘निन्दा पत्र’ बुझाएका थिए तर प्रहरीले
भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणगर्न लाठी चार्ज गर्यो।
फलस्वरूप, धेरै विद्यार्थीहरूले
शैक्षिक सुधारको बारेमा धेरै कुराहरू मागगर्दै पञ्चायत सरकार विरुद्ध विद्रोह गरे
तरपछि यस अराजक अवस्था र उच्च विरोधको कारणले यो राजनीतिक मुद्दा बन्यो। आन्दोलन
दबाउन सरकारले चालेका कदमहरु प्रभावकारी नभएपछी राजा वीरेन्द्रले वि.स. २०३६ जेठ १० गते
जनमत संग्रहको घोषणा गरे। वि.स. २०३७ वैशाख २० मा हुने भएको जनमत संग्रहमा दुईवटा
विकल्प दिइएको थियो: सुधारिएको पंचायती व्यवस्था र वा बहुदलिय व्यवस्था।
राष्ट्रिय
सरोकारका महत्वपूर्ण विषयमा जनताको राय लिनगरिने विशेष मतदानलाई जनमत संग्रह
भनिन्छ। मतदाताहरूलाई २ वा ३ मुद्दाहरू वा विकल्पहरू प्रस्ताव गरिन्छ र बहुमतको
निर्णयलाई अन्तिम कार्यान्वयनको रूपमा अनुसरण गरिन्छ। यो चुनाव जस्तै हो तर मतदान
उम्मेदवारको सट्टा मुद्दाको लागि गरिन्छ।
जनमत
सङ्ग्रहहुनका कारणहरु:
·
दमनकारी सरकार हुनु,
·
जनतालाई मौलिक अधिकारबाट वञ्चित गरिनु,
·
देशभर विभिन्न विद्रोह सुरुहुनु,
·
जनताले सरकारको कामको विरोधगर्न सुरुगर्नु,
·
राजनीतिक कार्यकर्ता र नेताहरूको शृङ्खलाबद्ध हत्या हुनु,
·
बढ्दो विद्यार्थी आन्दोलन आदिघटनाहरुले राजालाई
जनमतसंग्रहको बारेमा सोच्न र घोषणा गर्न बाध्य बनायो।
वि.सं. २०३७
देखि २०४७ सम्मका राजनीतिक घटनाक्रमहरु
१.
जनमत संग्रहको नतिजा:
२०३७ साल वैशाख
२० गते भएको जनमत संग्रहमा बहुदलीय व्यवस्थाले करिब २० लाख (४५.२१%) र सुधारिएको पञ्चायत
व्यवस्थाले करिब २४ लाख (५४.७९%) मत प्राप्तगरेको थियो।
त्यसपछि वि.स. २०३७ साल पौष १ गते
नेपालको संविधान,
२०१९ तेस्रोपटक
संशोधन भयो। वि.स. २०३८ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन भयो र सुर्यबहादुर थापा
प्रधानमन्त्री बने।
२.
पिस्कर हत्या:
पिस्कर
हत्याकाण्ड वि.स. २०४० माघ १ गते सिन्धुपाल्चोक जिल्लाको पिस्कर महादेवस्थानमा भएको थियो। माघे
सङ्क्रान्तिको अवसरमा राजनीतिक दलले पञ्चायत व्यवस्थाविरुद्ध जनचेतना जगाउन
सांस्कृतिक कार्यक्रम गरिरहेका थिए। त्यसैबेला प्रहरीले घटनास्थललाई घेरा हालेर
अन्धाधुन्ध गोली चलाएर वीर बहादुर धामि, इले धामि, जस्ता निर्दोष
गाउँलेहरूलाई,
केही बच्चाहरुलाई
मारेको थियो र अन्य दर्जनौंलाई पक्राउ गरी यातना दिइयो। यो घटनालाई पिस्कर हत्या
काण्डको नामले चिनिन्छ। यो घटनाले राष्ट्रिय पञ्चायतमा ‘अविश्वासको मत’ मार्फत थापालाई
प्रधानमन्त्री पदबाट हटायो। उनको स्थानमा लोकेन्द्रबहादुर चन्दप्रधान मन्त्री भए।
वि.स. २०४३ सालमा राष्ट्रिय
पञ्चायतको आम निर्वाचन भयो र मरिचमान श्रेष्ठ प्रधानमन्त्री भए।
३.
कांग्रेस द्वारा सत्याग्रह र रामराजा द्वारा
बमबारी:
सत्याग्रह भनेको शान्तिपुर्ण
प्रतिरोध हो। महात्मा गांधीको अहिंसात्मक
आन्दोलनबाट प्रभावित नेपाली काङ्ग्रेसले वि.स. २०४२ साल जेष्ठ १० गते
देखी लोकतन्त्रको माग गर्दै राष्ट्रव्यापी शान्तिपूर्ण अवज्ञा आन्दोलन (सत्याग्रह)
सुरुगरेको थियो। नेपाली कांग्रेसका १२ हजारभन्दा बढी कार्यकर्ता तथा शुभचिन्तकले
समर्थन गरेका थिए र उत्पीडन तथा जेल सजाय पनि स्वीकार गरेका थिए।
यसैबीच, रामराजा प्रताप सिंहको
नेतृत्वमा रहेको राष्ट्रिय जनवादी मोर्चाले वि.स. २०४२ असार ६ गते
राजदरबारसहित काठमाडौं उपत्यका, पोखराका विभिन्न
ठाउँमा बम विष्फोट गराएपछि पञ्चायत सरकारले नयाँ कानून पारितगरी रामराजा प्रसाद
सिंह, लक्ष्मण सिंह, विश्वेश्वर मण्डल, खेमराज भट्ट र प्रेम
बिद्रोही लाई मृत्युदण्डको घोषणा गरियो।
यो हिंसात्मक
अवस्थाले सत्याग्रहलाई बाधा पुर्यायो र नेपाली कांग्रेसले सत्यग्रह बीचमा फिर्ता
लिनुपर्यो।
४.
पहिलो जनआन्दोलन-I (२०४६
साल):
लोकतान्त्रिक
शक्तिहरू प्रजातन्त्रको पुनर्स्थापनाको उच्च मागमा थिए र आमजनता पञ्चायती
निरंकुशता विरुद्ध लड्न धेरै कटिबद्ध थिए।
वि.स. २०४६ माघ ५ देखि ७
गतेसम्म गणेशमान सिंहको निवासमा बसेको नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनले
संयुक्त वाम मोर्चासँगको सहकार्यमा जनआन्दोलन गर्ने निर्णय गरेको थियो। त्यसैले वि.स. २०४६ साल फागुन ७ गते
संयुक्त राष्ट्रिय मुक्त जनआन्दोलन समिति गठनगरी गणेशमान सिंहको नेतृत्वमा
जनआन्दोलनको सुरुवात गरेको थियो। आन्दोलन रोक्न राजा वीरेन्द्रले अथक प्रयास गरे।
राजाले मारिचमान नेतृत्वको सरकार विघटनगरी लोकेन्द्रबहादुर चन्दलाई नियुक्त गरे तर आन्दोलन नयाँ जोश र
प्रतिबद्धताका साथ अगाडी बढी रह्यो।
सबै प्रयास असफल
भएपछि राजा वीरेन्द्रले गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, सहाना प्रधान, गिरिजा प्रसाद कोइराला,निलाम्बर आचार्य र राधाकृष्ण मैनालीलाई वार्ताको लागी
दरबारमा बोलाई वि.स. २०४६ साल चैत २६ गते
वार्ताका लागि बोलाई सो वार्ताको आधारमा उनिहरु माथी लगाइएको प्रतिबन्ध हटाएको
घोषणा गरे। वि.स. २०४६ साल चैत २६ गते मध्यरात ११ बजेर ४५ मिनेटमा रेडियो नेपाल र
एनटिभीले पञ्चायत व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्स्थापना कार्यक्रम
प्रसारण गरेको थियो। जनताले सफलताको खुसी मनाए र लोकतन्त्र दिर्घायुको नारा लगाए।
कृष्ण प्रसादको नेतृत्वमा वि.स. २०४६ साल वैशाख ६ गतेका
दिन ११ सदस्यीय
आन्तरिम मन्त्रीमडल गठन भयो। यस सरकारको मुख्यकाम नयाँअ संविधान बनाउने र १ वर्ष
भित्र आम निर्वाचन गराउने थियो। यसरी नेपालमा बहुदलीय प्रणालीको पुनर्स्थापना भयो।
पहिलो
जनआन्दोलन-२०४६ का कारणहरू:
·
पञ्चायत समर्थकहरू अहंकारी हुनु,
·
पिस्कर हत्याकाण्डमा राजनीतिक दलहरूको सांस्कृतिक
कार्यक्रममा प्रहरीले गोली चलाउनु,
·
नेपाली कांग्रेसले २०४२ सालमा देशभर सत्याग्रह सुरुगर्नु,
·
सरकारले आन्दोलनकारीलाई दमनगर्नु आदि,
पहिलो
जनआन्दोलन-२०४६ का परिणामहरु:
·
बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो।
·
अन्तरिम सरकार बन्यो।
·
नेपाल अधिराज्यको संविधान जारी भयो।
·
आम निर्वाचन भयो।
·
जनताले आफ्ना नेतालाई भोट हाल्ने अवसर पाए।
·
जनतालाई मानवअधिकार र आधारभूत अधिकारको प्रत्याभूती गरायो।
पञ्चायत
व्यवस्था
(Panchayat System):
पञ्चायत व्यवस्था भनेको तत्कालीन राजा महेन्द्रले नेपालमा ल्याएको निरंकुश
प्रकृतिको दलविहीन राजनीतिक प्रणाली थियो। तर, शासकहरूले यसलाई लोकतान्त्रिक प्रणाली भएको दाबी गरेका
गरेता पनि यो निर्देशित राजनीतिक प्रणाली थियो। यस प्रणालीमा जनताले आफ्ना
प्रतिनिधिहरू चुन्न सक्छन, जबकि राज्यको वास्तविक
शक्ति राजाको हातमा रहन्छ।
पञ्चायत व्यवस्थाको उदयका कारणहरू :
· वि.सं. २००७ मा राणा शासनको अन्त्यपछि
सरकारले नागरिकलाई पूर्ण अधिकार र स्वतन्त्रता प्रदानगर्न असफल भएको,
· संविधानसभाको निर्वाचनको प्रारम्भमा दिल्ली सम्झौताको
कार्यान्वयनमा असफलता हुनु,
· राज्यमा निरंकुश शक्ति प्रयोग गर्न चाहने राजा महेन्द्रको
महत्वाकांक्षा,
· बदलिँदो समयको आवश्यकतालाई सम्बोधनगर्ने र सरकार सञ्चालनगर्ने
नयाँ राजनीतिक दलहरूको अभ्यास र अनुभवको अभाव,
· भ्रष्टाचार र लोकतन्त्र विरोधी तत्वका कारण सुशासनको अभाव ।
· दलहरुबीच अस्वास्थ्य प्रतिस्प्रधा हुनु,
· लामो सङ्क्रमण काल,
· संवैधानिक कमजोरी भएकाले नेपालको संविधान २०१५ ले राजालाई
पर्याप्त ठाउँ दिनु,
· अशिक्षाका कारण नागरिकमा चेतनाको कमी,
पञ्चायत व्यवस्थाको पतनका कारणहरू :
·
पञ्चायत व्यवस्थाको लोकतान्त्रिक प्रकृतिले राजाको निरंकुश
शक्तिलाई अगाडि बढायो।
·
जनतामा साक्षरता र चेतनाको स्तर बढेको अवस्था,
·
दलहरुबीच राजनीतिक एकता हुनु,
·
हत्याको शृंखला र यस प्रणाली विरुद्ध विरोध।
·
पञ्चायत व्यवस्था नै खराब सरकार हो भन्ने धारणाको विकास
हुने,
·
निरंकुश सट्टबाट मुक्त भएका देशहरुको अन्तर्राष्ट्रिय प्रभाव,
·
पहिलो जनआन्दोलनमा आमजनताको ठूलो समर्थन,
पंचायत कालिन
सामाजीक आर्थिक उपलब्धिहरु:
·
नयाँ मुलुकी ऐन- २०२० जारी,
·
भूमिसुधार ऐन- २०२१ र भूमी प्रशासन ऐन-२०२४
जारी
·
गाँउको विकासमा बाधा देखिएपछि, वि.स. २०२४ सालमा नेपालको
संविधान २०१९ मा पहिलो संशोधन गरी गाँउफर्क राष्ट्रीय अभियान लागु गरियो
·
पहिलो पंचवर्षिय योजना (वि.स. २०१३-२०१८) लागु गरियो।
·
विकेन्द्रीकरण : नेपाललाई ७५ जिल्ला १४ अंचल
र ५ विकास क्षेत्रमा विभाजन
·
पूर्वाधारको विकास- वि.स. २०१९ मा महेन्द्र
राजमार्गको निर्माण,
·
पंचायत कालमा भएका निर्वाचनहरु
वि.स. २०४६
देखि २०६३ सम्मका राजनीतिक घटनाक्रमहरु
१.
बहुदलीय लोकतन्त्रको स्थापना:
वि.स. २०४७ साल वैशाख ३ गते राष्ट्रिय पञ्चायत, पञ्चायत नीति तथा
अनुसन्धान समिति र यसका भ्रातृसंस्थाहरूलाई विघटन गरियो र कृष्णप्रसादको नेतृत्वमा
वि.स. २०४७ साल वैशाख ६ गते
अन्तरिम सरकार गठन भयो। भट्टराईको सरकारको दुईवटा प्रमुख कामहरू थियो:
·
लोकतान्त्रिक संविधान निर्माणगर्न र
·
संसदबाट आमनिर्वाचन गराउने
२.
नयाँ संविधानको घोषणा/ नेपाल
अधिराज्यको संविधान-२०४७
वि.स. २०४७ साल जेठ १६ गते तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ
उपाध्यायको संयोजकत्वमा गठित १० सदस्यीय समितिले संविधानको मस्यौदा तयार गरेको थियो।
राजा वीरेन्द्रबाट अनुमोदन भइ वि.स. २०४७ कार्तिक २३ नेपाल
अधिराज्यको संविधान, २०४७ जारी भएको
थियो।
३.
आम निर्वाचन(२०४८) र मध्यावधि निर्वाचन(२०५१):
नेपाल अधिराज्यको संविधान,२०४७ मा उल्लेख भएबमोजिम वि.स. २०४८ वैशाख २९ गते २०५
सिटका लागि संसदको निर्वाचन भएको थियो जसमा नेपाली कांग्रेसले प्रतिनिधिसभामा (११०/२०५) बहुमत सिट जितेको
थियो। त्यसपछि,
नेपाली
काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो तर पार्टी भित्र आन्तरिक
द्वन्द्वले गर्दा ५ वर्षका लागी बनेको सरकार ३ वर्षमै विघटन भयो।
निर्वाचन सम्पन्न भएर व्यवस्थापिकालाई प्राप्त अवधी नपुग्दै
विशेषपरी स्थिती वशहुने निर्वाचनलाई मध्यवधी निर्वाचन भनिन्छ।
सोही बमोजिम, वि.स. २०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचन सम्पन्न भयो। यो
निर्वाचनमा कुनै पनि पार्टिले बहुमत ल्याउन सकेनन र नेकपा (एमाले)ले (नेपाली काङ्ग्रेस-८३ र नेकपा
एमाले- ८८ सिट) प्रतिनिधिसभामा सबैभन्दा बढी सिट ल्यायो र मनमोहन अधिकारीको नेतृत्वमा
अल्पमतको सरकार गठन भयो तर मनमोहन अधिकारी
नेतृत्वको सरकार संसदमा विश्वासको मतसमर्थन प्राप्त गर्न असफल भयो र नौ महिनापछि
विघटन भयो। त्यसपछि, शेरबहादुर देउवा
(नेपाली कांग्रेस)को नेतृत्वमा अर्को गठबन्धन सरकार गठन भयो।
४.
माओवादी सशस्त्र क्रान्ति र शाही नरसंहार:
नेकपा माओवादीले वि.स. २०५२ साल माघ महिनामा ४१
सुत्रीय माग तत्कालिन सरकारसँग राख्यो तर सरकारबाट कुनै प्रतिकृया न आए पछी वि.स. २०५२ फागुन १ गते रोल्पा
जिल्लाबाट मुलुकमा आमूल राजनीतिक परिवर्तन ल्याउने उद्देश्यले सशस्त्र क्रान्तिको
घोषणा गरेको थियो। यसै बीचमा वि.स. २०५८ साल जेठ १९ गते
शाही नरसंहार भयो जसमा राजा वीरेन्द्र र उनको परिवारका सदस्यहरुको ज्यान गयो।
५.
ज्ञानेन्द्रको राज्यरोहण र अलोकतान्त्रीक
गतिविधिहरु:
राजपरिवारको निर्मम हत्यापछि ज्ञानेन्द्रले नेपाली राजनीतिमा
खेल खेल्ने अवसर पाए। उनले शेरबहादुरको नेतृत्वमा रहेको मन्त्रिपरिषद्लाई आयोज्ञ
ठानेर विघटन गरे।
ज्ञानेन्द्रले सबै राजनीतिक दललाई हिरासतमा लिएर आफ्नै
अध्यक्षताको सरकार बनाए र अर्को प्रत्यक्ष शासन सुरु गरे जुन राजा महेन्द्रको वि.स. २०१७ पौष को कू- शासन जस्तै थियो। उनको अलोकतान्त्रिक कार्यको
निन्दा भएपछि उनले शेरबहादुर देउवालाई पुन: प्रधानमन्त्री नियुक्त
गरे र पछी उनले संविधानको धारा १२७ बमोजिम देउवालाई वि.स. २०६१ माघ १९ गते अपदस्थ
गरी आफ्नै अध्यक्षतामा पंचायत कालिन प्रधानमन्त्री कृतीनिधि विष्ट र तुलसी गिरीलाई
उपाध्यक्ष बनाइ प्रत्यक्ष शासन सुरु गरे र
उनी निरंकुश बने।
नेपाल
अधिराज्यको संविधान- २०४७ को
धारा १२७
कठिनाइहरू हटाउने अधिकारः ‘यस संविधानको
कार्यान्वयनको सिलसिलामा कुनै कठिनाइ उत्पन्न भएमा त्यस्तो कठिनाइ हटाउन श्री ५
बाट आवश्यक आदेश जारीगर्न सकिनेछ र त्यस्तो आदेश संसदसमक्ष राखिनेछ।
६.
१२ बुँदे सहमति/ दोश्रो
जनआन्दोलनको पृष्ठभूमि- II:
सातदल (नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कांग्रेस-लोकतान्त्रिक, जनमोर्चा नेपाल, नेपाल मजदूर किसान पार्टी, नेपाल सद्भावना पार्टी
(आनन्दीदेवी),
र संयुक्त वाम
मोर्चा) र माओवादीबीच भारतको नयाँ दिल्लीमा वि.स. २०६२ मंसिर ७ मा १२
बुँदे सहमति भएको थियो। उनीहरु ज्ञानेन्द्रको निरंकुशता विरुद्ध मिलेर आन्दोलन
गर्न सहमत भएका थिए।
७.
दोश्रो जनआन्दोलन - II (२०६२/०६३)
सातदल र माओवादीको समर्थनमा वि.स. २०६२ साल चैत २४ गतेदेखि
सुरु भएको जनआन्दोलनले मुलुकभर चार दिने आम हड्ताल गरेको थियो। माओवादीले काठमाडौं
उपत्यकामा युद्धविराम घोषणा गरेको थियो। शाही सरकारले आन्दोलनलाई दबाउन कुनै कसर
बाँकी राखेन। आम नागरिकको समर्थनमा प्रदर्शनकारीहरू सडकमा उत्रिए र कर्फ्यूको
अवज्ञा गरे र प्रसासनले लाठी चार्ज गर्यो। अन्ततः चार लाखभन्दा बढी प्रदर्शनकारीले
काठमाडौं उपत्यकाको रिङ्ग रोड घेरा हालेर विभिन्न नाराबाजी गर्दै जुलुस निकालेका
थिए। यो आन्दोलन १९ दिन सम्म चलेको थियो। वि.स. २०६३ वैशाख ११ गते राजा
ज्ञानेन्द्रले विघटित प्रतीनिधी सभाको पुनर्स्थापना गरे र देशको सार्वभौमसत्ता
नागरिकलाई फिर्ता गरे र ‘जनताको नसो
जनतालाई’ दिएको घोषणा गरे।
तत्पश्चात्, देशमा लोकतन्त्रको
स्थापना भयो।
पहिलो
जनआन्दोलन – I (२०४६) र दोश्रो जनआन्दोलन-II (२०६२०६३)
पहिलो जनआन्दोलन – I (२०४६)
दोश्रो जनआन्दोलन-II (२०६२०६३)
१. यो वि.स. २०४६ फागुन ७ गते सुरुभई चैत्र २६ गते सम्म (४९ दिन) चलेको थियो।
२. यसको मुख्य उद्देश्य दलविहीन पञ्चायत व्यवस्थाको अन्त्य गरी लोकतन्त्रको पुनर्स्थापना गर्ने थियो।
३. नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन भएको थियो।
४. यसले देशमा संवैधानिक राजतन्त्र स्थापना गरेको थियो।
५. यस आन्दोलनमा ४५ भन्दा बढी मानिसको ज्यान गएको थियो।
१. वि.स. २०६२ चैत्र २४ मा सुरुभई विस २०६३ वैशाख ११ सम्म (१९ दिन) चलेको थियो।
२. यसले प्रतिनिधि सभालाई पुनर्स्थापित गर्ने र राजाको प्रत्यक्ष शासनको अन्त्यगर्ने उद्देश्य राखेको थियो।
३. माओवादीको अप्रत्यक्ष समर्थनमा सातदल्ले आन्दोलनको नेतृत्व गरेको थियो।
४. यसले राजालाई पूर्णरूपमा सत्ताबाट हटायो र उनको सम्पत्ति कर योग्य बनाइदियो।
५. यस आन्दोलनमा २३ जनाभन्दा बढीको ज्यान लिएको थियो ।
सन् २००७ को सशस्त्र जनक्रान्ति :
· वि.सं. २००७ को सशस्त्र क्रान्ति निरंकुश राणा शासनलाई हटाउन गरिएको थियो।
· प्रजातन्त्र स्थापनाका लागि जनता र राजाले चार महिनासम्म निरन्तर संघर्ष गरेका थिए।
· वि.स. २०६२०६३ को आन्दोलनको तुलनामा २००७ सालको आन्दोलनमा मानवीय मृत्युदर कम थियो।
· वि.सं. २००७ साल्मा जनताले आफ्नो शक्ति, बन्दुक र गोलाबारुद प्रयोग गरेका थिए।
· आन्दोलनकारीले देशका विभिन्न स्थानमा कब्जा गरेका थिए ।
· विसं २००७ मा मुख्य पदाधिकारी र उनका समर्थकलाई आन्दोलनकारीले लखेटाका थिए ।
वि.स. २०६३ देखि २०७२ सम्मका राजनीतिक घटनाक्रमहरु
१. पुनर्स्थापित प्रती निधिसभाले गरेको ऐतिहासिक घोषणा:
राजा ज्ञानेन्द्रले आफुले वि.स. २०५९ जेष्ठ ८ गते विघटन गरेको प्रतीनिधी सभा वि.स. २०६३ वैशाख ११ गते शाही घोषणाबाट पुनर्स्थापना गरे। वि.स. २०६३ वैशाख १२ गते नेपाली काङ्ग्रेसको नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त भए। वि.स. २०६३ साल जेठ ४ गते पुनर्स्थापित सभाले निम्न ऐतिहासिक घोषणा गरेको थियो:
· नेपालको व्यवस्थापिका अधिकार प्रतीनिधी सभाले प्रयोग गर्नेछ।
· नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषद रहनेछ।
· राजपरिवारको आय र सम्पत्ति कर योग्य हुनेछ।
· राजा अब सेनाको सर्वोच्च कमाण्डर रहने छैन।
· ‘शाही नेपाली सेना’ को नाम परिवर्तनगरी 'नेपाली सेना' राखिनेछ ।
· ‘ष्री ५ को सरकार’ नाम परिवर्तनगरी नेपाल सरकार बनाइनेछ।
· नेपाल हिन्दू अधिराज्यबाट धर्मनिरपेक्ष राष्ट्र हुनेछ।
· कायम राष्ट्रीय गानलाई परिवर्तन गरिनेछ।
· माओवादीसँग शान्तिवार्ता गरिनेछ।
· आन्तरिम संविधान बनाइ लागु गरिनेछ।
प्रतीनिधिसभाले निम्न कार्यहरू पूरा गर्ने निर्णय लिएको थियो:
· असल संविधान निर्माण गर्न,
· संविधानसभाको निर्वाचन गराउने,
· माओवादीसँग वार्तागरी मूलधारको राजनीतिमा ल्याउने,
· नेपाल अधिराज्यको संविधान, २०४७ निलम्बनगरी अन्तरिम संविधान निर्माण गर्ने,
२. विस्तृत शान्ति सम्झौता : वि.स. २०६३ मंसिर ५
प्रतिनिधिसभाको निर्णयअनुसार वि.स. २०६३ असार २ गते सातदल र माओवादीबीच ८ बुँदे सहमति भएको थियो। त्यसपछि तत्कालीन नेपाल सरकार (गिरिजा प्र. कोइराला) र माओवादी पुष्पकमल दाहालसँग १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो।
सम्झौतामा हस्ताक्षर गरेपछि नेकपा माओवादीले १० वर्ष लामो सशस्त्र आन्दोलनको अन्त्य गर्दै शान्ति प्रगतिमा स्थायी सहभागीता जनाएको थियो। प्रमुख दलहरुबीचको राजनीतिक सहमतिमा वि.स. २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान, २०६३ जारी भएको थियो।
३. शान्तिप्रक्रिया र अनमिन :
नेपालमा शान्ति प्रक्रियामा सहयोगगर्न संयुक्त राष्ट्रसंघले अनमिन- नामक विशेष राजनीतिक मिशन २३ जनवरी २००७ मा गठन गरेको थियो। यसलाई सरकार र माओवादीबीच मध्यस्थता गर्न पठाइएको थियो। यसले प्रमुख दलहरूबीचको राजनीतिक सहमतिमा वि.स. २०६३ माघ १ गते देखी नेपाललाई ४ वर्ष सम्म सहयोग गरेको थियो।
४. पहिलो सविधान सभा, यसको अन्त्य र राजनीतिक अस्थिरता:
संविधानसभा निर्वाचन भनेको जनताको इच्छा अनुसार नयाँ संविधानको मस्यौदा निर्माणका लागि गरिने निर्वाचन हो।
वि.स. २०६४ चैत २८ गते नेपालमा पहिलो पल्ट संविधानसभाको निर्वाचन गराइएको थियो। त्यसमा सहभागी ७४ दलहरुले भाग लिएका थिए। नेकपा माओवादी सबैभन्दा ठुलो दल, नेपाली काङ्ग्रेस दोश्रो ठुलो पार्टी, नेकपा एमाले तेश्रो ठुलो पार्टी र चौथो दल मधेसी अधिकार फोरम थिए। सविधान सभाका ६०१ सदस्यहरु छानिए। संविधान सभाको पहिलो बैठक २०६५ जेष्ठ् १५ गते बसी देशबाट राजतन्त्रको अन्त्यगरी नेपाल गणतन्त्र भएको घोषणा गर्यो। वि.स. २०६५ साउन १ गते नेकपा माओवादी नेता पुष्पकमल दाहालको नेतृत्वमा सयुक्त सरकार बन्यो र वि.स. २०६५ साउन ६ गते रामवरण यादव गणतन्त्र नेपालका प्रथम प्रधानम्न्त्री बने। प्रमुख ३ दलहरु बिचको खिचातानीका कारण प्रथम संविधान सभाले पटक पटक पनि म्याद थप्दा पनि संविधान निर्माण कार्य पुरा हुन सकेन। संविधानसभाले दुई वर्षमा संविधान निर्माणगर्न नसकेपछि थप दुई वर्षको कार्यकाल तीन किस्तामा (१ वर्ष+ ६ महिना+ ६ महिना) थपियो। चार वर्ष बितिसक्दा पनि संघीयताको एजेण्डामा राजनीतिक दलहरु सहमत हुन नसकेपछि संविधानसभाको कार्यसम्पादन नभई वि.स. २०६९ कात्तिक १४ गते विघटन भयो। डा. बाबुराम भट्टराईले यसलाई विघटन गरी दोश्रो संविधानसभाका लागि नयाँ निर्वाचनको घोषणा गर्नुभयो।
५. अन्तरिम निर्वाचन सरकार र दोश्रो संविधान सभा- II:
वि.स. २०६९ जेष्ठ १४ गते पहिलो संविधान सभा विघटन भएपछी तत्कालिन प्रमुख न्यायधिस खिलराज रेग्मीको अध्यक्षतामा निजामती कर्मचारीको सहभागितामा अन्तरिम निर्वाचन सरकार गठन गरियो।
उक्त सरकारले वि.स. २०७० मंसिर ४ गते दोश्रो संविधान सभा को निर्वाचन सम्पन्न गर्यो। नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको थियो। वि.स. २०७० माघ २७ मा सुशील कोइरालाको नेतृत्वमा नेकपा एमालेको संलग्नतामा सरकार गठन भयो। दोश्रो संविधान सभाले नयाँ संविधानको मस्यौदा तयार गर्यो र सो संविधान वि.स. २०७२ असोज ३ गते प्रथम राष्ट्रपति डा. रामवरण यादवले जारी गरियो।
· वि.स. २०७२ असोज २४ गते केपी ओलीको नेतृत्वमा गठबन्धन सरकार बन्यो।
· वि.स. २०७३ साउन १९ गते विद्यादेवी भण्डारी नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भइन्।
· वि.स. २०७३ साउन १९ गते पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्री बने।
· वि.स. २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन भएको थियो।
· वि.स. २०७४ असार १४ गते दोस्रो चरणको स्थानीय निर्वाचन भएको थियो।
· वि.स. २०७४ असोज २ गते तेस्रो चरणको स्थानीय निर्वाचन भएको थियो।
· वि.स. २०७४ साल मंसिर १० गते हिमाली जिल्लाका ३५ जिल्लामा संघीय संसद र प्रदेश सभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो।
· वि.स. २०७४ साल मंसिर २१ गते बाँकी ४२ जिल्लामा संघीय संसद र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको थियो ।
· वि.स. २०७४ माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन भएको थियो ।
· वि.स. २०७४ फागुन ३ गते केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
· वि.स. २०७४ फागुन २९ गते विद्यादेवी भण्डारी नयाँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।
· वि.स. २०७४ चैत ४ गते नन्दबहादुर पुन नयाँ कार्यकालका लागि उपराष्ट्रपतिमा पुनः निर्वाचित भएका थिए।
दोश्रो जनआन्दोलनपछि देखिएका आर्थिक परिवर्तनहरु
§ नेपाल सरकारले काठमाडौं–तराई द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको विस्तार, जलविद्युत तथा सिँचाइ आयोजना र मेलम्ची खानेपानी आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनालाई सकेसम्म चाँडो पूरागर्न ध्यान केन्द्रित गरेको छ।
§ नयाँ संविधानको घोषणाले सरकारको नीतिमा थप स्थायित्व र बहुपक्षीय लगानी ग्यारेन्टी सम्झौता जस्ता सार्वजनिक-निजी साझेदारीका लागि सुहाउदो वातावरण सिर्जना गर्नुका साथै लगानीकर्ताहरूको आत्मविश्वास बढाएको छ।
§ सहकारी र बैंकिङ क्षेत्रहरूले स्व-उत्पादन र रोजगारीका गतिविधिहरू सुरु गर्नेहरूलाई ऋण उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
§ पूर्वाधार विकासमा महिला, निजी क्षेत्र र विदेशी डोनर्हरूको संलग्नता बढाइँदैछ।
§ पर्यटकीय गन्तव्यका लागि नयाँ क्षेत्रको खोजी भई कृषि उत्पादन वृद्धिगर्न कृषकलाई तालिम, सहुलियत कर्जा र अनुदानको व्यवस्था गरिएको छ।
§ रेमिटेन्स नेपालको आर्थिक बृद्धिको एक प्रमुख स्रोत हो जसले नेपालको GDP दर बढाउन निरन्तर योगदान दिइरहेको छ।
§ वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकहरूले बेरोजगारी समस्या न्यूनीकरणका लागि लघु उद्यम र व्यावसायिक खेती सञ्चालन गरिरहेका छन्।
§ आन्तरिक राजस्व वृद्धिको लागि गैरआवासीय नेपालीले विभिन्न विकास क्षेत्रमा लगानी गर्न गरेको पहल देखिएको छ ।
§ गरिबी घट्दै गएको छ तर विकास जनसंख्याको बढ्दो दर र मागअनुसार सुस्त छ।
§ भ्रष्टाचार, बजेट चुहावट, सम्बन्धित निकायको पारदर्शिता र जवाफदेहितालाई आम जनता, सञ्चारमाध्यम, नागरिक समाज र अन्य संगठित संस्थाहरूले गम्भिरतापूर्वक जाँच्ने र सचेत गराउने गरेका छन्।
दोश्रो जनआन्दोलन हुनुका कारणहरू:
· संविधानसभाको निर्वाचन गराउने,
· नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न,
· २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्न,
· गणतन्त्र स्थापना गर्न,
· जनताको मौलिक अधिकार सुनिश्चित गर्न,
खिलराज रेग्मीको मन्त्रिमण्डल गठनहुनु कारणहरु:
· खिलराज रेग्मीको मन्त्रिमण्डल गठन हुनका निम्न कारणहरु छन्:
· पहिलो संविधानसभा विस २०६९ जेठ १४ गते विघटन हुनु,
· राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकमत नहुनु,
· निर्वाचनबाट राजनीतिक दलले सरकार बनाउन नसक्नु,
· राजनीतिक दलहरूले दोस्रो संविधानसभा गर्ने वातावरण बनाउनुपर्ने अवस्था आदि,
संविधानसभा असफल हुनुका कारणहरुः
· राजनीतिक दलहरूबीच विभिन्न विषयमा अविश्वास र भ्रम पैदा हुनु,
· संविधानसभामा धेरै राजनीतिक दलको प्रतिनिधित्व भएकाले ती सबैबीच संवैधानिक विषयमा सहमति जुटाउन गार्हो हुनु,
· राजनीतिक दलहरू दलभन्दा माथि उठेर राष्ट्रका लागि सोच्न नसक्नु,
· राजनीतिक दलहरू संविधान निर्माणमा भन्दा पनि सरकार गठनमा केन्द्रित हुनु,
· संविधानसभामा कुनै पनि राजनीतिक दलको बहुमत नहुनु,
· संविधानसभाको आकार र संरचना ठूलो हुनु,
· संविधान निर्माण गर्ने विषयमा राजनीतिक नेता र राजनीतिक दलहरुबिच सहमतिहुनमा ज्ञान र अनुभवको कमी हुनु आदि,
दोश्रो जनआन्दोलनका परिणामहरु:
· धर्मनिरपेक्ष राज्य र दिगो शान्ति स्थापना हुनु,
· संविधान सभाको निर्वाचन हुनु,
· नेपालको संविधान-२०७२ घोषणा हुनु,
· राजतन्त्रको उन्मूलन हुनु,
वि. स. २०७२ देखि हाल सम्मका राजनीतिक घटनाक्रमहरु
१. नेपालको संविधान- २०७२ जारी:दोश्रो संविधान सभाले वि.स. २०७२ असोज ३ ऐतिहासिक समारोहका बिच नेपालको नयाँ संविधान नेपालको संविधान, २०७२ घोषणा गर्यो। यसलाई राष्ट्रपती रामवरन यादवले घोषणा गरेका थिए। यस संविधानले सङ्घियता, गणतन्त्र र धर्म निरपेक्षता जस्ता विषयलाई संस्थागत गरेको छ। यस संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसुची थिए।
२. तीनै तहको पहिलो निर्वाचन-२०७४
संविधान जारी भइसकेपछी तीनै तहका व्यवस्थापिकाको निर्वाचन गराउनु प्रमुख कार्य थियो:
· प्रथम चरणमा वि.स. २०७४ वैशाख ३१ गते बागमति, गण्डकी र कर्णाली प्रदेशका स्थानिय तहमा निर्वाचन सम्पन्न भएको थियो।
· दोश्रो चरणमा वि.स. २०७४ जेष्ठ १४ गते कोशीप्रदेश, लुम्बिनीप्रदेश र सुदूरपश्चिम प्रदेशका स्थानिय तहमा निर्वाचन सम्पन्न भएको थियो।
· तेश्रो चरणमा वि.स. २०७४ असोज २ गते मधेस प्रदेशमा स्थानिय तहमा निर्वाचन सम्पन्न भएको थियो।
३. प्रदेश तथा स्थानिय सरोकारवालाहरुको भूमिका:
अधिकारका हिसाबले नेपालमा सङ्घीय र स्थानिय सरकारहरु बढी अधिकार समपन्न देखिन्छ्न र प्रभावकारी ढङ्ग तरिकाले कार्यक्रमहरु लागुगरिरहेका छन। जस्तै-मधेस प्रदेशको बेटी बचाउ बेटी पढाउ अभियान, कर्णाली प्रदेशको जटिबुटी प्रबर्धन सम्बन्धी कार्यक्रमहरु, भकतपुर नगरपालिकाले लागुगरेको स्थानिय पाठ्यक्रम आदि।
४. नेपालको नयाँ नक्सा सार्वजनिक:
नेपालको संसदले आफ्नो अतिक्रमित भूमी लिपुलेख, कालापानी, लिम्पियाधुरा सहितका भूभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक वि.स. २०७७ जेष्ठ ७ गते गरेको थियो भने निशानछापमा भएको नक्सा सच्याउन प्रतीनिधी सभाबाट जेष्ठ ३१ गते र राष्ट्रीय सभाबाट असार २ गते पारित भएपछी असार ४ गतेनै राष्ट्रपतिद्वारा अनुमोदित भइ सोहीदिन नेपाल राजपत्रमा प्रकासित भएको थियो।
५. सातवटै प्रदेशको नामाकरण:
प्रदेश गठन भएको ५ वर्ष पछी वि.स. २०७९ फाल्गुन १७ गते प्रदेश १ को नाम कोसी प्रदेश राखिएको छ। प्रदेश सभामा रहेका कुल ९३ सदस्य मद्धे ८२ जना सदस्यले कोसी नाममा सहमती जनाएका थिए।
६. प्रतीनिधी सभा, प्रदेशसभा र स्थानिय तहको दोश्रो निर्वाचन-२०७९
निर्धारित ५ वर्ष पछि प्रतीनिधी सभा, प्रदेशसभा र स्थानिय तहको दोश्रो निर्वाचन सम्पन्न भयो। प्रतीनिधी सभा, प्रदेश सभाका सदस्य चयन गर्न वि.स. २०७९ मङ्सिर ४ गते निर्वाचन सम्पन्न भएको थियो भने स्थानिय तहको वि.स. २०७९ वैशाख ३० गते सम्पन्न भयो ।
पाठ: ५
प्रथम विश्व युद्ध: कारणहरु र परिणामहरु
(First World War : Reasons & Causes)
युद्ध
र यसका किसिमहरु:
युद्ध - हिंसा, द्वन्द्व वा लडाईको कार्य।
३ प्रकारको
युद्ध:
१.
विश्व युद्ध: विश्वका शक्तिशाली राष्ट्रहरूको प्रत्यक्ष वा अप्रत्यक्ष
युद्धमा संलग्नता हुनुलाई विश्व युद्ध भनिन्छ । जस्तै - प्रथम विश्व युद्ध।
२.
शीतयुद्ध: देशहरूका बीचमा राजनीतिक शत्रुताको कारणले चिसो वा खराब सम्बन्ध सिर्जना हुनुलाई शीतयुद्ध
भनिन्छ । जस्तै- चीन र युरोपेली देशहरू बीचको शत्रुता।
३.
गृहयुद्ध: एउटै देशका नागरिकहरू बीचहुने युद्धलाई गृहयुद्ध भनिन्छ।
जस्तै- नेपालमा माओवादी र तत्कालीन सरकारबीच भएको १० वर्षे जनयुद्ध ।
प्रथम विश्व
युद्ध: सन् १९१४-१९१८
सन १९१४ जुलाई २८ देखी सुरु भएर १९१८
नोवेम्बर ११ सम्म युरोप, मध्य पूर्व, अफ्रिका,प्रशान्त द्विपको भूभागमा
र एशियाका केही भागहरूमा चलेको इतिहासको सबैभन्दा घातक लडाइँलाई पहिलो
विश्वयुद्ध भनेर जानिन्छ।
शक्ति राष्ट्रको
गठबन्धन
१.
मित्र राष्ट्र (Allied Power) : बेलायत, फ्रान्स, रुस, इटाली, रोमानिया, जापान, अमेरिका आदि
२.
धुरी राष्ट्र (Axis Power): जर्मनी, अष्ट्रीया-हङ्गेरी, ओटोमान साम्राज्य (टर्की), बुल्गेरिया आदि
प्रथम
विश्वयुद्धका कारणहरू
१. राष्ट्रहरु
बिच गठबन्धन:
जब ओटोमन
बिस्मार्क सन १८७० मा जर्मनीको चान्सलर भए, उनले जर्मनीको विस्तारबाद्को नीति अपनाए र फ्रान्सलाई अलग
पारे र फलस्वरूप सन् १८७९ मा उनले अस्ट्रिया-हंग्रेसँग गोप्य 'दोहोरो गठबन्धन' गरे र इटाली पनि
पछीसन् १८९२ मा दोहोरो गठबन्धन'मा सामेल भयो जसलाई 'ट्रिपल एलायन्स' भनेर चिनिन्छ ।
अर्कोतर्फ फ्रान्सले
पनि रुससँग सन् १८९४ मा र बेलायतसँग सन १९०४ मा गोप्य सन्धि गर्यो
जसलाई ‘ट्रिपल एन्टेन्टे’ भनिन्छ। यसरी, सम्पूर्ण युरोप दुई बलियो प्रतिद्वन्द्वी समूहहरूमा परिणत
भयो।
२.
उग्र राष्ट्रवाद:
उग्र राष्ट्रवादलाई मानवताको लागी एउटा दुष्ट शक्ति र अभिशापको रुपमा लिने
गरिन्छ। यो सामान्यतया ‘मेरो देश, सहि वा गलत सबैभन्दा ठूलो’ भन्ने नारामा आधारित हुन्छ। यसले पहिलो विश्वयुद्धको बीउ छर्यो । उदाहरणका
लागि, जर्मनी र इटाली यति
घमण्डी भए कि तिनीहरू अन्य देशहरूको अस्तित्वनै स्वीकार्न तयार थिएनन्।
३.
विस्तारवाद, उपनिवेशवाद
र साम्राज्यवाद :
युरोपमा भएको औद्योगिक क्रान्तिका कारण, धेरै शक्तिशाली युरोपेली राष्ट्रहरूले बजार विस्तारगर्न र
कच्चा पदार्थ प्राप्त गर्नका लागि मुख्यतया अफ्रिका र एसियाका कमजोर
राष्ट्रहरूमाथि कब्जा र शासन गर्न थाले जसले गर्दा एक आपसमा आपसी वैमनस्य र
सत्रुता सिर्जना भयो। यस कार्यमा जर्मनी, बेलायत, फ्रान्स र रुस अगाडि बढे र सामर्थ्य देखाउन उपनिवेशवाद र साम्राज्यवादको विकास
गरे जसले गर्दा देशहरु एक अर्का देशका विरोधी भए।
४. सैन्यवाद
र अस्त्रशस्त्रको होडबाजी: सन १८७१ जर्मनीले फ्रान्सको भूमि (अलास्का र लोरिने)
लाई कब्जा गरेपछि फ्रन्सले हतियार र सैन्य दौड सुरु गर्यो। जर्मनी पनि सो दौडमा
सामेल भयो। सबै देशले आफ्नो हात हतियार, र सैन्य बल वृद्धि गरी दोब्बरगर्न थाले। सैन्य शक्तिको
यस्तो प्रतिस्पर्धाले विश्वलाई युद्धतिर
धकेल्यो ।
५. समाचार
तथा पत्रपत्रीकाहरुको भूमिका: युरोपेली देशका
पत्रपत्रिकाहरूले नागरिकहरूमा तिब्र राष्ट्रिय भावना जगाउने काम गरेका थिए।
तिनीहरूले अन्य देश र शासकहरूको बारेमा झुटा समाचार र प्रचार प्रसार गरे। औपनिवेशिकता चलिरहेको बेलामा सानो घटनालाई
(सानो राज्यको कब्जालाई) ठूलो गरी प्रस्तुत गरे ।
६. विलियम
द्वितीयको चरित्र: कैजर विलियम द्वितीय, जर्मन सम्राट एक 'अहंकारी, घमण्डी र समझौता
नगर्ने मानिस थिए। उनी जर्मनीलाई विश्व शक्ति बनाउन चाहन्थे। उनी ‘विश्व शक्ति वा
पतन’ नीतिमा विश्वास
गर्थे । उनी जुनसुकै हालतमा बेलायतमाथि प्रभुत्व जमाउन चाहन्थे र यसरी जर्मनी र
बेलायतबीच प्रतिद्वन्द्विताको विकास भयो।
७. बाल्कन
प्रायद्वीपको समस्या: प्रथम विश्वयुद्ध अघि बाल्कन क्षेत्रका धेरै
देशहरू जस्तै ग्रीस, सर्बिया, बल्गेरिया, मोन्टेनेग्रो, अल्बानिया, मेसेडोनिया आदि
टर्कीको शासनमा थिए जसलाई ओटोमन साम्राज्य भनिन्थ्यो। टर्कीले यस क्षेत्रका इसाई
जनतामाथि दमनकारी शासन चलाएको थियो। तसर्थ, यी राज्यहरु ओटोमन साम्राज्यबाट स्वतन्त्रता चाहन्थे,
अन्ततः प्रथम विश्वयुद्ध निम्तियो ।
८. बोस्निया
र हर्जेगोभिनाको समस्या: बर्लिन सम्मेलनले
बोस्निया र हर्जेगोभिना,दुई बाल्कन
राज्यहरू सन १८७८ मा अस्ट्रिया-हंगेरीलाई अ स्थाइ रुपमा दिएको थियो । यद्यपि, अस्ट्रिया-हंगेरीले
तिनीहरूलाई सन १९०८ मा आफ्नो राज्यमा गाभ्यो। बोस्निया-हर्जेगोभिनाका अधिकांश
मानिसहरू जातिको आधारमा सर्बियाली थिए जो कि पूर्ण स्वतन्त्रता चाहन्थे वा सर्बियामा मिल्न चाहन्थे। तसर्थ, तिनीहरूले
सर्बियाको समर्थनमा 'ब्ल्याक ह्यान्ड
सोसाइटी' वा 'एकता वा मृत्व ' नामक भूमिगत
जासूस संगठन गठन गरे परिणामस्वरुप उनीहरूबीच दुश्मनी वा चिसो सम्बन्ध विकास भयो र
युद्ध भड्कियो।
९. तत्कालिन
कारण (अस्ट्रिया हंगेरीको युवराजको हत्या): अस्ट्रियाको
सिंहासनका उत्तराधिकारी आर्कड्युक फ्रान्सिस फर्डिनान्ड र उनकी श्रीमती सोफी चोटेक बोसानियाको राजधानी साराजेभोमा
यात्रा गरी रहेको बेला ब्ल्याक ह्यान्ड
सोसाइटीका एक १९ वर्षका बोसानियाली विद्यार्थी सदस्य गेब्रिलो प्रिन्सेपले सन १९१४
जुन २८ मा नजिकैबाट गोली हानेर दम्पतीको हत्या गरे। यो घटनाले पहिलो विश्वयुद्धको सुरुवात गर्यो र परिणाम स्वरुप, अस्ट्रियाले
सर्बिया विरुद्ध सन १९१४ जुलाई २३ मा युद्धको घोषणा गर्यो।
सन १९१४ जुन २८
मा अस्ट्रिया-हंगेरीका युवराज आर्कड्युक फ्रान्सिस फर्डिनान्ड र उनकी श्रीमती सोफी चोटेकको हत्या पश्चात
अस्ट्रिया-हंगेरीका सम्राटले सर्बिया विरुद्ध त्यही दिन युद्धको घोषणा गरियो।
प्रथम विश्व युद्धका मुख्य घटनाहरु: (सन् १९१४-१९१८)
§ सन १९१४, २९ जुलाई - रूसले
सर्बियाको रक्षागर्न आफ्नो सेना परिचालन गर्यो।
§ ३० जुलाई जर्मनीले रुसी
सम्राट जार निकोलस द्वितीयलाई आफ्नो सेना फिर्तागर्न दबाब दियो र अगस्ट १
मा जर्मनीले रुस विरुद्ध युद्धको घोषणा गर्यो र फ्रान्सले आफ्नो सेनालाई रुसलाई
सहयोगगर्न आदेश दियो।
§ ३ अगस्ट- जर्मनीले
फ्रान्समाथि आक्रमणगर्न आफ्नो सेना एउटा तटस्थ देश बेल्जियममा पठाएर
फ्रान्सविरुद्ध युद्धको घोषणा गर्यो। बेलायतले जर्मनीलाई आफ्नो सेना फिर्तागर्न
चेतावनी दियो र अगस्ट ४ मा बेलायतले जर्मनीविरुद्ध युद्धको घोषणा गर्यो।
§ १२ अगस्ट, बेलायत र फ्रान्सले अस्ट्रिया-हंगेरी विरुद्ध युद्धको घोषणा
गरे।
§ अगस्ट २३ मा जापानले
ट्रिपल इन्टेन्टे सामेल भई जर्मनी विरुद्ध युद्धको घोषणा गरे।
§ सन १९१५ मे २४ मा इटाली
ट्रिपल इन्टेन्टेमा सामेल भयो र अस्ट्रिया-हंगेरी विरुद्ध युद्धको घोषणा गर्यो।
§ १५ अक्टोबरमा, बेलायतले बल्गेरिया विरुद्ध युद्ध घोषणा गर्यो।
§ सन १९१६ अगस्त २७ , रोमानियाले अस्ट्रिया-हंगेरी र २८ अगस्त, इटालीले जर्मनी विरुद्ध युद्धको घोषणा गर्यो।
§ सन १९१८ अगस्त ७, जर्मन सेनाको 'कालो दिन' र ९ नोभेम्बरमा जर्मन सम्राट, केजर विलियम द्वितीय
होल्याण्ड भागे।
§ सन १९१९ जनवरी १८ मा
पेरिस शान्ति सम्मेलन भयो र सन १९१९ जुन २८ मा फ्रान्सको भर्सेलिज दरबारमा
भर्सेलिजा सन्धिमा हस्ताक्षर गरियो र पहिलो विश्वयुद्ध औपचारिक रूपमा समाप्त भयो।
प्रथम
विश्व युद्धका परिणामहरु:
१.
भर्सेलिजको सन्धि: सन् १९१९ जुन २८ मा फ्रान्सको भर्सेलिज दरबारमा मित्रराष्ट्र (द अलाईज्) र
जर्मनीबीच औपचारिक रूपमा युद्ध अन्त्य गर्न सन्धिमा हस्ताक्षर भएको थियो। यो कुनै
सहमतिको सन्धि थिएन। यसलाई जर्मनीको भावनाको विरुद्धमा एकतर्फी लगाइएको सन्धि थियो
जसमा युद्ध अपराधको लागि जर्मनीलाई एकमात्र जिम्मेवार बनाइएको थियो:
अ) युद्ध अपराध: जर्मनीलाई युद्ध अपराधी
घोषित गरियो र युद्धको सबै प्रकारको हानिको नैतिक जिम्मेवारी लिनुपर्यो ।
आ) क्षेत्रको हानि: जर्मनीले आफ्नो निम्न क्षेत्र गुमाउनु परेको थियो:
§
अलास्के र लोरिने
फ्रान्सलाई
§
युर्पन्- मल्मेडे बेल्जियमलाई
§
उत्तर स्लेस्विग
डेनमार्कलाई
§
पोसेन, प्रुसिया र माथिल्लो सिलेसिया पोल्याण्ड लाई
§
सार र डेन्जिङ्ग लाई लीग
अफ नेसन्सको नियन्त्रणमा
§
मेमेल शहरलाई लिथुआनिया एउटा नयाँ बाल्टिक राज्यमा
§
सबै जर्मन उपनिवेशहरू
कब्जा गरियो र सहयोगीहरू बीच विभाजित गरियो
इ) सैन्य प्रतिबन्धहरू: जर्मनीले राइनल्याण्डबाट आफ्नो सेना फिर्ता गर्नुपर्यो र
यसलाई १५ वर्षसम्म मित्र राष्ट्रहरूको अधीनमा राखियो। उसले आफ्नो सेनालाई १
लाखसम्म घटाउनुपर्ने थियो र उसको लागी नयाँ भर्ती निषेध गरिएको थियो। जर्मनीलाई जम्मा ४ वटा युद्धपोत राख्न अनुमति दिइएको थियो । हात्-हतियार, गोलाबारुद, ट्याङ्क, हवाइजहाज, युद्धपोत आदि उत्पादनगर्न प्रतिबन्ध लगाइएको थियो ।
ई) युद्ध क्षतिपूर्ति: जर्मनीले ३३००० मिलियन डलर बराबरको सुन र अन्य क्षतिपूर्ति
सहयोगी शक्तिलाई क्षतिपूर्तिको रूपमा तिर्नुपर्ने थियो। सार कोइला उत्पादन
क्षेत्र फ्रान्सलाई १५ वर्षको लागि दिनुपर्ने थियो।
२. धनजनको व्यापक क्षति:
§ करिब १ करोड ६०लाख भन्दा बढी मृत्व
§ करिब १ करोड १३ लाख घाइते
§ करिब ६० लाख सदाका लागि अशक्त वा अपाङ्ग भए र धेरै बेपत्ता भए।
यस्तै धेरै ठूला भवनहरू, उद्योगहरू, अस्पतालहरू, पुलहरू र सुन्दर शहरहरूलाई बर्बाद भए र अकल्पनीय सम्पत्ति
नष्ट गर्यो। युद्धमा लगभग ३६ राष्ट्रहरू संलग्न थिए र प्रत्यक्ष खर्च १८६ बिलियन
अमेरिकि डालर भन्दा बढी थियो।
३. राजतन्त्रको
पतन र गणतन्त्रको उदय:
प्रथम विश्व युद्ध अगाडी युरोपका अधिकाश्ं देशहरुमा राजतन्त्र थियो तर यस
पश्चात राजतन्त्रको पतन भयो र धेरै देशहरूमा गणतन्त्रात्मक व्यवस्था स्थापित भयो।
उदाहरणको लागी रुसी सम्राट निकोलस, जर्मन सम्राट विलियम द्वितीय, टर्कीका सुल्तान र बल्गेरियाको निरंकुश शासन
पहिलो युद्ध पश्चात अन्त्य भयो र गणतन्तृक प्रजातन्त्रको स्थापना भयो।
४. नयाँ राष्ट्रहरूको उदय:
युद्धपछि विश्वको नक्सा बदलिएपछि धेरै नयाँ देशहरू देखा परे । आम नागरिक
राजनीतिक रूपमा सचेत भए र बिस्तारै पृथकतावादी आन्दोलन गरेर छुट्टै राज्यको मागगर्न
थाले । अल्बानिया, युगोस्लाभिया, पोल्याण्ड, फिनल्याण्ड, चेकोस्लोभाकिया विश्वको युरोपको नक्सामा देखा परे।
५. आर्थिक संकट र
सामाजिक परिवर्तनहरू:
युद्धका कारण युरोपेली देशहरूमा ठूलो आर्थिक संकट देखा पर्यो। कृषि र
औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको थियो ।
समाजमा पुरुषको संख्या घट्दै गएपछि महिलालाई कार्यालय वा कारखानामा काम गर्न उत्प्रेरित
गरियो। अधिकारका लागि लड्नका लागि महिला आन्दोलनहरू सञ्चालन गरियो र समानता, समानता, न्याय आदिका सिद्धान्तहरू खुलेर छलफल गर्न गरियो।
६. राष्ट्र संघको
स्थापना:
फलस्वरूप, विश्वका राष्ट्रहरूबीच
शान्ति, सहयोग र आपसी समझदारीको
विकासगर्न सन १९२० जनवरी १० मा पहिलो विश्वव्यापी संगठन राष्ट्र संघको स्थापना
भयो। यसले भविष्यमा द्वन्द्व रोक्ने र शान्तिपूर्ण रूपमा विवाद समाधानगर्ने लक्ष्य
पनि राखेको थियो। स्थापित राष्ट्र सङ्घमा ४२ राष्ट्र थिए भने पछी सदस्यको संख्या
बढेर ६२ पुगेको थियो ।
प्रथम
विश्व युद्ध र नेपाल;
नेपालले पहिलो विश्वयुद्धमा बेलायतको तर्फबाट लडेको थियो । चन्द्रशमशेर
(प्रधानमन्त्री)ले सेनापति बाबर शमशेरको नेतृत्वमा बेलायतलाई सहयोग गर्न ७ हजार
सैनिक पठाएका थिए। पछि सेनापति पद्मशमशेर, तेज शमशेर र केशरशमशेरको नेतृत्वमा अन्य सैनिकहरू पनि पठाइयो। नेपालले १० लाख पाउण्ड नगद सहयोग
गरेको थियो।
नेपाली सेनाको अद्भुत वीरता देखेर केजर विलियम द्वितीयले भनेका थिए, “विश्वका जुनसुकै सेनासँग लड्न आफ्नो सेना पठाउन सक्छु, तर गोर्खाको नाम सुन्दा मेरो मुटु काँप्छ।“
उत्कृष्ट प्रदर्शनका कारण बेलायतले केही नेपाली सैनिकलाई ‘भिक्टोरिया क्रस’ र ‘मिलिटरी क्रस’, जस्ता सम्मान प्रदान गरेको थियो। चन्द्रशमशेरलाई उनको
पालामा ‘जनरल’को उपाधि पनि
दिइएको थियो ।
पाठ : ६
दोश्रो
विश्व युद्ध : प्रमुख कारणहरु र परिणामहरु
(World War- II : Major Causes & Results)
दोश्रो
विश्व युद्धका कारणहरु:
१.
भर्सेलिजको सन्धि र यसको उल्लङ्घन:
जर्मनीको लागि भर्सेलिजको सन्धि ‘घाँटीमा छुरी’ राखे जस्तै अनुचित र बदला लिने स्वभावको थियो। जर्मनीले यस्तो अपमान कहिल्यै
बिर्सन सक्दैन्थ्यो र यसको बदला लिनको लागि सही समय पर्खिरहेको थियो। फलस्वरुप
दोश्रो विश्व युद्धहुन गयो ।
२.
हिटलर र सैन्यवादको उदय:
विश्व आर्थिक संकट, बेरोजगारी र निराशाबाट ग्रसित भइरहेका बेला जर्मनीमा एडोल्फ हिटलर, इटालीमा बेनिटो मुसोलिनी, स्पेनमा जनरल फ्रान्सिस्को र रुसमा जोसेफ स्टालिन चरम राष्ट्रवादको नारा बोकेर आएका अधिनायक बाद थिए। हिटलरले देशभक्तिको भावना
जगाए र विगतमा जस्तै जर्मनीलाई एकीकरणगर्ने आश्वासन दिदै उनि जर्मनीका चान्सलर बने
र आफ्नो सैन्य शक्ती बढाउन शुरु गरे फलस्वरुप दोश्रो विश्वयुद्ध भयो।
३.
विश्व आर्थिक मन्दी:
पहिलो विश्वयुद्धको विनाशले मुख्यतया सन १९२० को दशकमा विश्वभर आर्थिक संकट र
मन्दी निम्त्याएको थियो। व्यापार, वाणिज्य र कृषि ठप्प थियो र बेरोजगारी बढ्दै गएको थियो। यस्तो संकटमा पीडित
जनताले शासकहरूले जे भने पनि विश्वास गर्ने अवस्था थियो र तानाशाहहरूले आफू र
अरूमा युद्धको भावना पैदा गरे।
४.
साम्यवादको डर
:
सन् १९१७ को अक्टोबर क्रान्तिपछि रुसमा साम्यवाद वा कम्युनिज्मको स्थापना भएको
थियो र यसले छोटो समयमै आर्थिक प्रगति गरिरहेको थियो। कम्युनिज्मको फैलावट लाई
रोक्न जापान र जर्मनीले सन् १९३६ मा एन्टी कमेन्टर्न प्याक्ट नामक एन्टी
कम्युनिष्ट सन्धिमा हस्ताक्षर गरे र सन् १९३७ मा इटाली पनि यसमा सामेल भएपछि यसलाई
रोम-बर्लिन-टोकियो एक्सिस भनियो जसले देशहरूबीच झगडा सिर्जना गरेको थियो।
५.
जापानको विस्तारबाद निती:
जापानले दोश्रो विश्व युद्धको बेला मित्रराष्ट्रलाई छोडेर
धुरी राष्ट्रतिर लागी सकेको थियो किनकी उसले प्रथम विश्व युद्धबाट त्यती धेरै
फाइदा पाएको थिएन। जापानमा प्राकृतिक श्रोतको अभावको कारण जापानले विस्तारबाद निती
अपनायो र सन १९३१ मा मन्चुरिया र सन १९३७ मा चीनमा आक्रमण गर्यो। यसले दोश्रो विश्व युद्धको बिउ रोप्ने कार्य गर्यो।
६.
स्पेनको गृह युद्ध:
स्पेनमा सन १९३६
मा गृह युद्ध सुरु भयो। विद्रोही पक्षलाई इटाली र जर्मनीको र सत्ता पक्षलाई रुस र
अमेरिकाको सहयोग थियो। प्रत्यक्ष रुपमा स्पेन गृह युद्ध भए पनि अप्रत्यक्ष रुपमा
शक्ती राष्ट्रहरुनै लडीरहेका थिए।
७.
राष्ट्र सङ्घको असफलता:
प्रथम विश्व
युद्ध पश्चात सन १९२० जनवरी १० का दिन राष्ट्रसङ्घको स्थापना भएको थियो। यसको उद्देश्य
विश्वमा हुन सक्ने युद्ध रोक्नु र विश्व शान्ती स्थापनागर्नु थियो। तर राष्ट्र सङ्घको सदस्यहरु बिच आपसी
प्रतिस्प्रधा र गुटबन्दिका कारण यसले आफ्नो कार्य गर्न सकेन ।
कारणहरु:
§ जापन, इटाली र जर्मनीले यसको
बडापत्र विपरित काम गर्नु,
§ अमेरिकाले यसको सदस्यता
नलिनु,
§ जापन र जर्मनीले यसको
सदस्यता फिर्ता लिनु,
§ जर्मनीले भर्सेलिजको
सन्धीको उलङ्घनगर्नु आदि,
जपानले सन १९३१
मा मन्चुरिया माथि, इटालीले सन १९३६
म इथियोपिया माथि,
रुसले सन १९३९ मा फिनल्याण्ड
माथि, र जर्मनीले सन १९३९
अष्ट्रीयामाथी आक्रमण गरे ।
८.
तत्कालिन कारण (जर्मनीले पोल्याण्ड माथी आक्रमण
गर्नु):
जर्मनीले सन १९३९
मा पोल्याण्डसँग डान्जिङ र पोलिस करिडोरको माग गएको थियो ।
पोल्याण्डले यी प्रान्तहरु भर्सिलिज सन्धी विरुद्ध दिन अस्विकार गर्यो ।
तत्पश्चात, हिटलरले सन १९३९ सेप्टेम्ब
र १ मा पोल्याण्डलाई स्थल र आकास दुबै तिरबाट आक्रमण गरे । त्यसपछि, दोश्रो विश्व युद्ध सुरु
भयो ।
दोश्रो विश्वयुद्ध : संक्षिप्त
परिचय
दोश्रो विश्व युद्ध मित्र राष्ट्र र धुर्बिय राष्ट्र
शक्तीहरु बिचको अहंकारपूर्ण भावना र प्रतिद्वन्दताको कारण भएको थियो ।
सन् १९४० भन्दा पहिले फ्रान्स, पोल्याण्ड, डेनमार्क, नेदरल्याण्ड, नर्वे, बेल्जियम, चेकोस्लोभाकिया आदि देश जर्मनीसँग पराजित भएका थिए ।
जापान एसियामा प्रभुत्वशाली राष्ट्र थियो जसले पूर्वी एसिया, दक्षिण पूर्व एसियामा आक्रमण गर्यो र भारतसम्म पुग्यो।
विजयी जापानले ७ डिसेम्बर १९४१ मा अमेरिकाको पर्ल हार्बर र हवाई द्वीपमा आक्रमण
गरेको थियो। यो घटनापछि अमेरिका मित्र राष्ट्रको पक्षबाट युद्धमा सामेल हुन बाध्य
भयो ।
अमेरिकाको संलग्नतापछि धुर्बिय शक्तिका देशहरू युद्धमा क्रमशः पराजित हुँदै
गए। जर्मनी पूर्वी जर्मनी र पश्चिम जर्मनीमा विभाजित भयो। हिटलरले आत्महत्या गरे र
जर्मनीले ७ मे १९४५ मा आत्मसमर्पण गर्यो। जापान एक्लै सहयोगी शक्ति विरुद्ध
लडिरहेको थियो।
अमेरिकाले ६ अगस्ट १९४५ मा हिरोशिमा र ९ अगस्ट १९४५ मा
नागासाकीमा एटम बम खसाल्यो र यी सहरहरू पूर्ण रूपमा ध्वस्त भए। जापानले मित्र राष्ट्रहरुको
सामुन्ने बिना शर्त आत्मसमर्पण गर्यो र १२ सेप्टेम्बर १९४५ मा दोस्रो
विश्वयुद्धको अन्त्य भयो।
दोश्रो
विश्व युद्धका क्रमबद्ध घटनाहरु:
§
१९३६- जर्मन सेनाले
राइनल्याण्ड कब्जा गर्यो।
§
१९३८- जर्मनले अस्ट्रियामा
आक्रमण गर्यो।
§
१९३९- १० मार्चमा जर्मनीले
चेकोस्लोभाकियालाई कब्जा गर्यो; १ सेप्टेम्बरमा
जर्मनीले पोल्याण्डमाथि आक्रमण गर्यो; र सेप्टेम्बर ३ मा बेलायत र फ्रान्सले जर्मनीविरुद्ध
युद्धको घोषणा गरे।
§
१९४०- ९ अप्रिल, जर्मनीले डेनमार्क र
नर्वेमाथि आक्रमण गर्यो; ३० अप्रिल, जापान ध्रुबिय शक्तिमा
सामेल भयो; १० मे मा जर्मनीले
बेल्जियम, नेदरल्याण्ड र
लक्जमबर्गमाथि आक्रमण गर्यो; १७ मे मा
जर्मनीले फ्रान्समाथि आक्रमण गर्यो; १० जुनमा इटालीले बेलायत र फ्रान्स विरुद्ध युद्ध घोषणा गर्यो; १० जुलाई मा बेलायतले
युद्धमा भाग लियो;
र २८ अक्टोबरमा
इटालीले ग्रीसमाथि आक्रमण गर्यो।
§
१९४१- ६ अप्रिल, जर्मनीले युगोस्लाभिया र
ग्रीसमाथि आक्रमण गर्यो; २१ अप्रिलमा
ग्रीसले आत्मसमर्पण गर्यो; २२ जुनमा जर्मनीले
रुसमाथि आक्रमण गर्यो; १ सेप्टेम्बरमा
इटालीले इजिप्टमाथि आक्रमण गर्यो; ७ डिसेम्बरमा जापानले पर्ल हार्बर (अमेरिका) मा आक्रमण
गर्यो र १८ जहाजहरू र २०० विमानहरू नष्ट गर्यो र ३००० मानिसहरूलाई मार्यो र ८
डिसेम्बरमा संयुक्त राज्य अमेरिकाले एक्सिस पावर विरुद्ध युद्धको घोषणा गर्यो।
§
१९४२- २७ फेब्रुअरीमा जाभामा
महासागर युद्ध सुरु भयो; ४ मेमा कोरल
महासागरको युद्ध र मिडवेको युद्ध सुरु भयो।
§
१९४३- ३ सेप्टेम्बरमा इटालीले
मित्र राष्ट्रहरूलाई आत्मसमर्पण गर्यो तर यो कुरा सेप्टेम्बर ८ मा मात्र सार्वजनिक
गरियो।
§
१९४४- २५ अगस्तमा मित्र
राष्ट्रहरूले पेरिसलाई स्वतन्त्र गरे।
§ १९४५- १७ जनवरीमा रूसले
पोल्याण्डमा वार्सा आक्रमण गर्यो; १२ अप्रिलमा
अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी । रुजवेल्टको मृत्यु; २८ अप्रिलमा बेनिटो
मुसोलिनीको हत्या; ३० अप्रिलमा हिटलर र उनको
प्रिय इभा ब्राउनले आत्महत्या गरे; ७ मेमा जर्मनीले रेम्समा
आत्मसमर्पण गर्यो; ६ अगस्टमा अमेरिकाले हिरोशिमामा एटम बम 'लिटिल ब्वाई' खसाल्यो; ९ अगस्तमा अमेरिकाले नागासाकीमा
'फेट म्यान' एटम बम खसाल्यो; १२ सेप्टेम्बरमा जापानले
आत्मसमर्पण गर्यो र दोश्रो विश्व युद्ध्को अन्त्य भयो; र २४ अक्टोबरमा संयुक्त
राष्ट्र संघको गठन भयो
दोश्रो विश्व युद्धका परिणामहरु:
१.
अप्रत्याशित धनजनको क्षति:
करिब २ करोड २० लाख मानिसको मृत्व,
करिब ३ करोड ४० लाख घाइते,
करिब ११ सय खरब मिलियन डलर युद्धमा खर्च,
अमेरिकाको मात्रै कुल ३५० अर्ब डलर खर्च,
विकसित शहरहरु, हजारौं कलकारखाना, तथा उद्धोगहरु ध्वस्त, कृषीयोग्य उर्वरभूमि मरुभूमिमा परिणत भयो र आर्थिक गतिविधि
शून्य भयो।
२.
जर्मनीको विभाजन र शीतयुद्ध:
जर्मनीलाई सन् १९४५ मा पूर्वी जर्मनी र पश्चिम जर्मनीमा
विभाजन गरियो। पूर्वी जर्मनी कम्युनिस्ट
सोभियत संघ (युएसएसआर)को प्रभावमा र पश्चिम जर्मनी अमेरिका, बेलायत र फ्रान्सजस्ता
पुँजीवादीहरूको प्रभावमा थियो जसले पछी कम्युनिस्ट र पूँजिवादी राजनीतिक
विचारधाराको जन्म दियो। कम्युनिस्ट सोभियत संघ र पूँजीवादी संयुक्त राज्य अमेरिका
बीचको लामो समयको शीतयुद्ध २६ डिसेम्बर
१९९१ मा युएसएसआरको पतन पछि बिस्तारै खतम भयो।
३.
राष्ट्रिय आन्दोलन र उपनिवेशवादको अन्त्य:
दोश्रो विश्व युद्ध पछि, औपनिवेशिक शासन विरुद्धको राष्ट्रिय आन्दोलनको लहर
एफ्रो-एसियाली देशहरूमा फैलियो जसले गर्दा धेरै देशहरू युरोपेली देशहरूको पकडबाट
स्वतन्त्र भए जस्तै- भारत, पाकिस्तान, श्रीलंका,मलेसिया, इजिप्ट आदि बेलायतबाट; भियतनाम, कम्बोडिया र लाओस फ्रान्सबाट; र इन्डोनेसिया नेदरल्याण्डबाट
। नेपालमा पनि राणा शासनलाई फालेर प्रजातन्त्र स्थापनागर्न यसले प्रभाव पारेको
थियो।
४.
अमेरिका महाशक्तिको रूपमा उदय:
बेलायत (युके)को पकड दोस्रो विश्व युद्धको अन्त्यसँगै
समाप्त भएपछि एशिया र अफ्रिकाका धेरै उपनिवेशहरू स्वतन्त्र भए। बरु, अमेरिका विश्वको महाशक्तिको
रूपमा उभियो। उसको नीति र त्यसको कार्यान्वयनले विश्व अर्थतन्त्रलाई विभिन्न
तरिकाले प्रभाव पार्न थाल्यो ।
५.
मार्शल प्लान र मोलोटोभ प्लान:
मार्शल प्लान:
· सन् १९४८ मा अमेरिकी विदेशमन्त्री जर्ज सी मार्शलले तयार
पारेको योजनालाई मार्शल प्लान भनिन्छ।
· द्वन्द्व पीडित देशहरूलाई आर्थिक
सहायता प्रदान गर्नको लागि यसको स्थापना भएको हो।
· यसको भित्री उद्देश्य देशहरूमा साम्यवाद वा कम्युनिज्मको
प्रभावलाई रोक्नु थियो।
· यसलाई यूरोपियन रिकभरी प्रोग्रामको नामले पनि
चिनिन्छ र यसले यस योजना अन्तर्गत युरोपेली अर्थतन्त्रको पुनर्निर्माण गर्न १३
बिलियन डलर खर्च गरेको थियो।
· बेलायत, फ्रान्स, डेनमार्क, इटाली, ग्रीस, बेल्जियम, पश्चिम जर्मनी आदि मार्शल प्लानका सदस्य थिए।
मोलोटोभ प्लान:
· सोभियत संघले सन् १९४९ मा मार्शल प्लनको प्रतिकारगर्न
मोलोटोभ योजना ल्याएको थियो।
· यसले साम्यवादमा विश्वासगर्ने उनको पक्षका देशहरूलाई आर्थिक
सहायतागर्ने लक्ष्य पनि राखेको थियो।
· यसलाई रुसका विदेशमन्त्री वी एम मोलोटोभले बनाएका
थिए।
· यसलाई पारस्परिक आर्थिक सहायता परिषद पनि भन्ने
गरिन्छ।
· सोभियत संघ, पोल्याण्ड, बल्गेरिया, हंगेरी, चेकोस्लोभाकिया, पूर्वी जर्मनी आदि यसका
सदस्य थिए।
६.
संयूक्त राष्ट्र सङ्घको गठन:
दोश्रो विश्व युद्धको
सबैभन्दा महत्त्वपूर्ण परिणाम २४ अक्टोबरमा १९४५ मा सयूक्त राष्ट्र सङ्घ
(UNO) को स्थापना भएको थियो। यो
लिग अफ नेसन्सको उत्तराधिकारीको रूपमा आएको थियो किनभने लिग अफ नेसन्स युद्ध रोक्न
र विकासगर्ने आफ्नो मिशनमा असफल भएको थियो। सयूक्त राष्ट्र सङ्घका उद्देश्यहरू:
·
द्वन्द्वलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने,
·
अन्तर्राष्ट्रिय शान्ति, सद्भाव र सुरक्षा कायम गर्ने,
·
अन्तर्राष्ट्रिय कानुनको आधारमा सहयोग गर्न,
·
सदस्य राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने,
·
सदस्य राष्ट्रहरूको सामाजिक-सांस्कृतिक र आर्थिक विकासलाई
प्रवर्द्धन गर्ने।
·
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने,
·
समानता र मौलिक स्वतन्त्रताको सिद्धान्तलाई अघी सार्ने,
दोस्रो विश्वयुद्धमा नेपालको भूमिका :
दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट जुद्धशमशेरले पहिलो चरणमा बहादुर
शमशेरको नेतृत्वमा ८ हजार सैनिक भारत पठाएका थिए।
आवस्यकता अनुसार, करिब २ लाख ५०
हजार नेपाली सेना बारम्बार युद्धमा पठाइएको थियो र तीमध्ये ७ हजार ५३३
मारिए र केहि बेपत्ता भएका थिए भने २३ हजार ६५६ गम्भीर घाइते भएका थिए।
नेपाली सेनाले मुख्यतया युद्धमा बेलायत सरकारको तर्फबाट जापान र जर्मनीसँग
लडेको थियो। तिनीहरू दोस्रो विश्वयुद्धमा साइप्रस, ग्रीस, सिरिया, इरान, इटाली, लेबनान, प्यालेस्टाइन, इराक, सिंगापुर, मलाया (पश्चिमी मलेशिया), बर्मा, सुडान, म्यानमार, इथियोपिया आदिमा लडेका
थिए।
बेलायतले खुसी हुँदै कतिपयलाई ‘भिक्टोरिया क्रस’ र ‘मिलिटरी क्रस’ प्रदान गरेको थियो।
बेलायती सरकारले नेपाललाई सहयोग गरे बापत ३३.३ मिलियन एकमुष्ट रुपैया
उपलब्ध गराएको थियो र वार्षिक १० लाख दिने वाचा गरेको थियो। जुद्धशमशेरलाई ‘जनरल अफ द ब्रिटिस आर्मी’को उपाधिबाट पनि सम्मानित
गरिएको थियो ।
लाल बहादुर थापा र लक्ष्मण गुरुङलाई – भिक्टोरिया क्रसबाट सम्मानित ।
पहिलो विश्व युद्ध र दोश्रो विश्व युद्धबीच
विभिन्नता:
प्रथम विश्व युद्ध
दोस्रो विश्व युद्ध
१.सैन्यवाद, गठबन्धन, साम्राज्यवाद र राष्ट्रवाद पहिलो विश्व युद्धका मुख्य कारणहरू हुन्।
२.युद्धमा प्रयोग गरिएका प्रविधिहरू हवाइजहाज, मेसिनगन र विषयुक्त ग्याँस थिए।
३.बेलायती प्रचारप्रसार र जर्मन पनडुब्बी युद्धले संयुक्त राज्य अमेरिकालाई पहिलो युद्धमा संलग्नहुन उत्प्रेरित गर्यो।
४. भर्सेलिज सन्धिले यो युद्ध समाप्त भयो।
५. पहिलो विश्व युद्धपछी लीग अफ नेशन्स स्थापना भएको थियो।
१. पेरिसको शान्ति सन्धि, युरोपमा राष्ट्रवाद र तानाशाहहरूको उदय दोश्रो विश्व युद्धका मुख्य कारणहरू थिए।
२. युद्धमा प्रयोग गरिएका प्रविधिहरू राडार, जेट, हेलिकप्टर र एटम बम थिए।
३.पर्ल हार्बरमा जापानको बमबारीले अमेरिकालाई दोस्रो विश्वयुद्धमा तान्यो।
४.याल्टा सम्मेलनले दोस्रो विश्वयुद्ध अन्त्य गरेको थियो।
५.दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रको स्थापना भयो।
के तेस्रो विश्वयुद्धको सम्भावना छ ? कारणहरू दिनुहोस्।
तेस्रो विश्व युद्ध भविष्यको कुरा हो र सम्भवतः यो अन्तरिक्ष युद्ध हुनेछ। यो राष्ट्रहरूको साथ साथै मानव जातिको अन्त्यसम्मा युद्ध हुनेछ।
केहि सम्भावनाहरू छन्:
· अमेरिकन र रुसीहरूको पुरानो प्रतिद्वन्द्वता ।
· पुँजीवादी र कम्युनिस्टहरू बीचको भिन्नता,
· गृहयुद्धहरूमा शत्रु शक्तिहरूद्वारा समर्थन,
· शक्तिशाली राष्ट्रहरूको स्वार्थ,
· हात हतियारको विकास,
· विश्वमा आतंककारी गतिविधिहरू,
· सुपर पावर बन्ने होडबाजी आदि।
पाठ: ७
परियोजना कार्य:
ऐतिहासिक स्थल र स्मारकहरूको अनुसन्धान, पहिचान, संरक्षण र
प्रवर्द्धन
रिपोर्ट
लेखन/ प्रतिवेदन लेखन:
कुनै पनि घटना, स्थान, व्यक्ति वा संस्थाको
विशेष विवरण समावेश भएको कुनै पनि लिखित जानकारीलाई रिपोर्ट लेखन वा प्रतिवेदन लेखन भनिन्छ। रिपोर्ट लेखन प्रक्रिया एउटा व्यवस्थित दृष्टिकोण हो जसमा विभिन्न
आवश्यक बुँदाहरू समावेश गरिएका हुन्छन्।
प्रतिवेदन
लेखन प्रक्रियाका तत्वहरू:
१.
परिचय: यसले भ्रमणको शीर्षक र भ्रमणको कारणहरू सहित भ्रमण गर्ने
ठाउँको बारेमा जानकारी दिन्छ।
२.
उद्देश्यहरू: यसले भ्रमण पूरागर्ने प्रमुख उद्देश्यहरू समावेश गर्दछ।
३.
विधि: यसले मुख्यगरी भ्रमणका प्राथमिक र द्वितिय श्रोतहरु समावेश
गर्दछ
४.
उपलब्धिहरु: यो भ्रमणको मुख्य उपलब्धिहरुसँग सम्बन्धित छ।
५.
निष्कर्ष एवम सिफारिस: यसले अनुसन्धानकर्ताको
मुख्य प्राप्तीहरु र साइटको अवस्था सुधारगर्ने मुख्य रणनीतिहरूको बारेमा जानकरी
दिन्छ।
हामी कक्षा १० का विद्यार्थीहरुले सिकाइलाई बढी उपलब्धिमूलक र प्रभावकारी बनाउन शिक्षण क्रियाकलापका क्रममा बिभिन्न शिक्षण बिधिहरु प्रयोगगर्नका लागी लुम्बिनी क्षेत्रको भ्रमण गर्यों। कक्षा १० का ए सेक्सनका हामी ५० जना विद्ध्यार्थी थिएम।
हामी विद्यार्थीहरुले विभिन्न पक्षहरुको बारेमा प्रत्यक्ष अवलोकन र अन्वेषण गरी आफैं देखेर सिक्ने अवसर प्राप्त गर्न भ्रमण गरेका थिएम। यसबाट सहभागी विद्यार्थीहरुले विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षका बारेमा प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाएका थिए। भ्रमणका क्षेत्रहरुमा लुम्बिनी र यस आसपासका अन्य क्षेत्रहरुको बिबिध पक्षहरुलाई समेत अध्ययन अवलोकनको विषयवस्तु बनाइएको थियो।
लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल यो ठाउँ नेपालको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। विभिन्न बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ भने सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेको पाइन्छ।
२. भ्रमणका उद्देश्यहरु
यस शैक्षिक भ्रमणका निम्न उद्देश्यहरु थिए:
· लुम्बिनी को ऐतिहासिक महत्व पत्ता लगाउने,
· विभिन्न प्राचिनकला र संस्कृतिको बारेमा जानकारी प्राप्तगर्नु ,
· बिबिध ऐतिहासिक तथ्यहरुको जानकारी लिनु ,
· यस क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी गर्नु,
· यस क्षेत्रको संरक्षणका लागी उपायहरु सिफारिस गर्ने,
३. अध्ययन विधि:
यो अध्ययन विधीको लागी निम्न विधीको प्रयोग गरिएको थियो:
प्राथमिक तथ्याङ्क अध्ययनको लागी स्थलगत अवलोकन गरी लुम्बिनी क्षेत्रको विभिधता, विशेषता,वर्तमान अवस्थाकोबारेमा अध्ययन गरिएको थियो ।
द्वितिय तथ्याङ्क सङ्कलन को लागिपुस्तक, पत्रपत्रीका, भिडियो आदिको अध्ययन गरिएको थियो।
केहि इतिहासकार र लुम्बिनी क्षेत्रका कर्मचारीहरुसंग अन्तर्वार्ता लिएको थियो ।
४. प्राप्ति: कपिलबस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा लुम्बिनी पर्दछ। यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो। फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक वर्ष लाखौं मानिसकू आउँछन्। नारायणगढ बजारबाट करिब २५ किलिमिटरको दुरिमा प्रगतिनगर भन्ने ठाउँ छ। कावसोतिबाट सरिब ८२-८३ किलोमिटरको दुरिमा लुम्बिनी पर्दछ । लुम्बिनी जाने बाटोमा अलिकति कच्ची घरहरू पनि देखिन्छन्। घर बनाएको तर झ्याल ढोका नराखेको अती नै अनौठो पनि देखिन्छ। बाटो अलि अलि सांघुरो नै छ । फराकिलो भुभागमा विभिन्न मन्दिरहरु छन्। विभिन्न डिजाइन अनि फरक शैलीमा निर्माण गरेका ती गुम्बा, मन्दिरहरू राम्रा छन्। सबैभन्दा राम्रो अनि मुख्य आकर्शणको बिन्दु भनेको मायादेवी मन्दिर हो। त्यहाँ उत्खनन गरेर राखेका बस्तुहरू पनि छन्। मन्दिर वरपर घांसहरू पनि उम्रिएका छन्। त्यो वरपरको वातावरण आनन्दित छ । नेपाल र भारतबाट धेरै मान्छे आउँछन्। अरू विदेशीहरू पनि आउँछन्। नेपालीहरूको लागि टिकट लाग्दैन। मन्दिर भित्र फोटो खिच्न मनाही छ। मन्दिर बाहिर भने फोटो खिच्न पाइन्छ। गुम्बाहरू, मन्दिरहरु चारैतिर बुद्दका मन्दिरहरु छन्। विभिन्न घटनाक्रम सम्झाउने बुद्दको जीवनीसँग सम्बन्धित तस्बिर र मुर्तिहरू पनि छन्। फुलहरू रोपेको, हरियो दुबोहरू राम्रो छ। कुनै कुनै ठाउँको पोखरी भने अलि फोहोर थियो जहाँ प्लास्टिकका बोटलहरू फालिएका थियो। लुम्बिनी सम्भावना बोकेको ठाउँ हो। पर्यटकिय र धार्मिक दुबै हिसाबमा लुम्बिनी राम्रो छ। यसको विकास र प्रबर्धन अति आवश्यक छ। यो एकपटक घुम्न जानुपर्ने ठाउँ हो।
५. निष्कर्ष: हाम्रो अध्ययनले नेपालको मात्र नभएर विश्वको महत्वपूर्ण धार्मिक क्षेत्रको रुपमा अवस्थित रहेको लुम्बिनी क्षेत्रको संरक्षणगर्न आवश्यक देखिन्छ।
गोरखा दरबार:
गोरखा जिल्लामा रहेको यो ऐतिहासिक दरबार गोरखा सहर भन्दा माथि पहाडको टुप्पामा रहेको छ। यस दरबार को पस्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ। त्यहाँ एउटा पुरानो गुफा पनि छ जहाँ बाबा गोरखनाथको मुर्ति रहेको पाईन्छ। नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका राजा पृथ्वी नारायण शाह को जन्मस्थल रहेको यो दरबार नेपालको महत्त्वपुर्ण ऐतिहासिक स्थल मनिन्छ। सन् १७२३ मा राजा पृथ्वी नारायण शाहको जन्म गोरखा दरबारमा भएको थियो।२ गोरखा राज्यको नाम बाबा गोरखनाथको नामबाट राखिएको मनिन्छ। भनिन्छ पृथ्वी नारायण शाहलाई राज्य एकीकरण गर्ने प्रेरणा पनि गोरखनाथबाट मिलेको थियो।
एकाइ- ८
आर्थिक क्रियाक्लाप
पाठ : १ उर्जा र आर्थिक समृद्धि
उर्जा:
एक परिचय
शक्तिको श्रोतलाई उर्जा भनिन्छ । यसरी भन्नु पर्दा, प्रकृतिमा पाइने विभिन्न
वस्तुहरु जस्तै: दाउरा, पेट्रोलियम पदार्थ्, ग्याँस, कोइला, जल आदिबाट प्राप्त हुने ताप, प्रकाश वा
शक्तिलाई उर्जा भनिन्छ। यो मानव जीवनको आधारभुत आवश्यक्ता हो किनकी यसलाई खाना
पकाउन्, यातायात तथा उद्धोगहरु
संचालनगर्न यसको आवश्यक्ता पर्दछ।
उर्जाहरु मुख्य
गरी २ किसिमको हुन्छन्:
१.
परम्परागत उर्जाका श्रोतहरु: दाउरा, कृषिजन्य अवशेषहरु आदि बाट आपुर्तिहुने उर्जा
२.
व्यवसायिक उर्जाका श्रोतहरु: पेट्रोलियम पदार्थ, जलशक्ति, शौर्य शक्ति, कोइला आदिबाट प्राप्त उर्जा
नेपालमा
उर्जाका श्रोतहरु:
नेपालमा उर्जाका
श्रोतहरुलाई २ भागमा वर्गिकरण गर्न सकिन्छ:
-नविकरण उर्जाका श्रोतहरु: सौर्य उर्जा, जलविद्धुत वायु उर्जा आदि
-अनविकरण उर्जाका श्रोतहरु: प्रकृतिमा सिमित रुपमा
रहेको- पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस आदि
नेपालमा उर्जाका
श्रोतहरु:
·
दाउरा, गुइँठा, र कृषिजन्य अवशेष्
·
जलविद्धुत्
·
पेट्रोलियम पदार्थ र कोइला
·
सौर्य शक्ति
·
वायु उर्जा
·
गोबर ग्याँस आदि
नेपालमा उर्जाको महत्व वा देश विकासमा उर्जाको
महत्व
·
दैनिक जीवनलाई सजिलो बनाउन जस्तै: खाना पकाउन्, लुगा धुन आदि,
·
कृषी क्षेत्रको विकास गर्न,
·
औद्ध्गिक क्षेत्रको विकास गर्न,
·
यातायातको विकास गर्न,
·
सुचना र संचारको विकास गर्न,
·
शिक्षा र स्वास्थ्यको विकास गर्न,
·
बनजंगलको संरक्षण गर्न,
·
निर्यात बढाउन र आयात घटाउन,
·
उर्जा उत्पादन गरेरे विदेशी मुद्रा आजर्न गर्न,
·
स्वदेशमै रोजगारी सिर्जना गर्न्,
नेपालमा
जलविद्धुतको उत्पादनको सम्भाव्यता:
नेपालमा
जलविद्धुत उत्पादन गर्न सकिने सम्भावना: ८३,००० मेगावाट
आर्थिक दृश्टिकोणबाट
उत्पादनको सम्भावना: करिब ४२,००० मेगावाट
नदिहरु |
सैद्धान्तिक सम्भावना मेगावाट |
आर्थिक सम्भावना मेगावाट् |
सप्तकोसी सप्त गण्डकि कर्णाली र महाकाली दक्षिणी नदिहरु जम्मा |
२२,३५० २०,६५० ३६,००० ४,००० ८३,००० |
१०,८६० ५,२७० २५,१२५ ८७८ ४२,१३३ |
नेपालमा जलविद्धुतको वर्तमान अवस्था:
जल विद्धुत
उत्पादन - २४२४ मेगावाट (आर्थिक वर्ष-२०७८-७९ सम्म)
९४% जनसंख्या
विद्धुतको पहुचमा
नेपालको पहिलो जलविद्धुत
जल विद्धुत आयोजना- फर्पिङ्ग जलविद्धुत आयोजना- उत्पादन क्षमता ५०० किलोवाट चन्द्रशमशेर
नेपालमा
जलविद्धुतका चुनौतीहरु:
·
लगनीको कमि
·
राजनीतिक अस्थिरता
·
दक्ष जनशाक्तिको कमि
·
प्रविधिक पछौटेपन्
·
पूर्वाधारको कमि
·
भौगोलिक विकटता
·
कर्मचारीतन्त्रको ढिलासुस्ती
·
आयोजनाको निर्माणमा स्थानिय जनताको अवरोध
पाठ : २
पर्यटन र आर्थिक विकास
(Tourism & Economic Development)
पर्यटक
: मनोरञ्जन, ज्ञान वा शिक्षाको लागि विभिन्न ठाउँको भ्रमण गर्ने
व्यक्तिलाई पर्यटक भनिन्छ।
पर्यटन: मानिसले विभिन्न
उद्देश्यले एक ठाँउबाट अर्को ठाँउमाअ यात्रा गर्नुलाई पर्यटन भनिन्छ ।
ग्रेट
हिमालयन ट्रेल: पूर्वमा
कञ्चनजङ्घा हिमालदेखि पश्चिममा साइपाल हिमालसम्मको पदयात्रा मार्गलाई ग्रेट
हिमालयन ट्रेल भनिन्छ।
पर्यटनका
प्रकारहरु:
१. आन्तरिक पर्यटन: कुनै पनि देशको नागरिक
उक्त देशको एक स्थानबाट अर्को स्थानमा यात्रा गर्नुलाई आन्तरिक पर्यटन भनिन्छ
।जस्तै- नेपाली नागरिक पोखरा घुम्न जानु
२. बाह्य वा अन्तर राष्ट्रीय पर्यटन: एक देशको नागरिक अर्को
देशमा यात्रा गर्नुलाई अन्तर राष्ट्रीय पर्यटन भनिन्छ ।जस्तै- अमेरिकाबाट पर्यटक
नेपाल घुम्न आउनु
नेपालमा
पर्यटनको महत्व / सकारात्मक
प्रभाव:
·
पर्यटन उद्योगले व्यापार बढाउँछ
·
यसलाई विदेशी मुद्राको स्रोतको रुपमा लिने गरिन्छ ।
·
यसले नेपाललाई विश्वमा चिनाउँछ।
·
यसले रोजगारीको अवसर बढाउँछ।
·
यसले घरेलु उद्योगहरूलाई प्रवर्धन गर्दछ।
·
यसले परम्परागत कला,
शिल्प र
संस्कृतिको संरक्षण गर्दछ।
·
यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई बढावा दिन्छ।
·
यसले राष्ट्रिय आयमा योगदान पुर्याउँछ।
·
यसले नयाँ विचार र प्रविधिसँग अन्तरक्रिया गर्न मद्दत
गर्दछ।
·
यसले मानव जीवनशैलीको स्तर माथि उठाउँछ ।
नेपालमा
पर्यटनबाट परेको नकारात्मक असर
·
भीडभाड
·
योजना र वन्यजन्तुको विनाश।
·
दुर्लभ प्रजातिको लोप।
·
प्रदूषणमा वृद्धि।
·
अपर्याप्त खाना, इन्धन र पानी।
·
स्थानीयभन्दा पर्यटकलाई बढी प्राथमिकता दिनु
·
राष्ट्रको बारेमा महत्त्वपूर्ण तथ्यहरूको खुलासा।
·
खराब संस्कृति र रीतिरिवाजको आगमन्
·
तस्करी र लागुऔषध दुव्र्यसन बढ्न सक्छ।
·
सामानको मूल्य वृद्धि।
नेपालमा
पर्यटन उद्योगको सम्भावना
अ) प्राकृतिक
सौन्दर्यता
आ) ग्रेट हिमालयन
ट्रेल
इ) ऐतिहासिक र
धार्मिक केन्द्रहरूको उपस्थिति
ई) सांस्कृतिक
विविधता (१३० जाति र जातीय समूह र १० धर्म)
उ) जलवायु र
सांस्कृतिक भिन्नता
ऊ) विशिष्ट पर्यटन:
·
-रोमाञ्चक वा साहसिक
पर्यटन (ट्रेकिङ, हाइकिङ, राफ्टिङ, प्याराग्लाइडिङ, पर्वतारोहण
·
-ग्रामीण पर्यटन (होम
स्टे)
·
धार्मिक पर्यटन (१० धार्मिक स्थलहरू)
ए) वनस्पति र
जीवजन्तु भित्ता आरोहण, बङ्ग्जी जम्प, जिप फ्लायर आदिमा)
ऐ) अतिथि सत्कार
ओ) दुर्लभ
वनस्पति र जनावरहरूको अवलोकन।
औ) विभिन्न
खेलहरू जस्तै एलिफ्यान्ट पोलो, माउन्ट एभरेष्ट क्याम्पमा
मारथान आदि।
नेपालमा
पर्यटन उद्योगका समस्याहरू र समाधान
पर्यटन
उद्योगको समस्या:
·
यातायात र सञ्चार सुविधाको अभाव।
·
सांस्कृतिक र धार्मिक स्थलहरूको संरक्षणको अभाव।
·
प्रचार प्रसार तथा विज्ञापन को कमि
·
पर्यटन सम्बन्धी सामानको अभाव।
·
मनोरंजनको केन्द्रहरुको कमी ।
·
आवास र सरसफाई को अभाव।
·
उचित सुरक्षा र नीतिको अभाव।
·
प्रदूषण, वन विनाश र धोखा आदि।
·
होटल, लज, रेस्टुरेन्ट र गाइडको अभाव।
·
तालिम प्राप्त जन शक्तिको अभाव्
·
आधुनिकीकरणमा पिछडिएको: इ-मेल, इन्टरनेट र मनोरञ्जनको आवश्यक साधनको पर्याप्त सुविधा छैन।
·
सुरक्षा र राजनीतिक स्थिरताको कमी
पर्यटन
उद्योगको समस्याअ हरुको समाधान:
·
यातायात र संचारको विस्तार।
·
सांस्कृतिक र धार्मिक स्थलहरूको संरक्षण।
·
मनोरञ्जनका साधनहरूमा वृद्धि।
·
पर्यटकमैत्री सामानको उत्पादन।
·
अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो प्रचार प्रसार्।
·
प्रदूषण नियन्त्रण र वातावरणको उचित सरसफाइ।
·
स्पष्ट नीति तर्जुमा र कार्यान्वयन।
·
शान्ति र सुरक्षा सुनिश्चित गर्ने र उचित होटल र लज सुविधा
प्रदान गर्ने।
#नेपालमा
पर्यटन उद्योगको प्रवर्धन सम्बन्धी ९ गतिविधि वा कार्यक्रमहरु:
१.
हात्ती पोलो
२.
स्टिक डान्स
३.
विशेष बैलगाडी
४.
जात्रा
५.
जलयात्रा
६.
मेलाहरू
७.
बुन्जी जम्प
८.
सगरमाथा मारथान
९.
सम्मेलन र सेमिनार।
पाठ : ३
रोजगारी (Employment)
रोजगारी: एक परिचय
समान्य अर्थमा, आयआर्जन काम नै रोजगारी
हो। यस्तो काम, मानसिक वा शारीरिक
जे पनि हुन सक्छ। शिक्षक, कर्मचारी, डाक्टर आदिले गर्ने काम
मानसिक हो भने घर, सड़क आदिको
निर्माण गर्ने मजदुरहरूले गर्ने काम शारीरिक हो। रोजगारीको प्रमुख उद्देश्य जीवन
धान्न आयआर्जन गर्नु हो। आज को युगमा, रोजगारीको ठुलो महत्त्व छ। यसले मानिसको जीवनस्तर बढाउन र गरिबी निवारण गर्न
सहयोग गर्दछ। नेपालमा औद्योगिक क्षेत्रको तीव्र विकासको अभावले गर्दा पर्याप्त
मात्रामा रोजगारी सिर्जना हुन सकेको छैन त्यसैले धेरै नेपालीहरू रोजगारीका लागि
विदेश जान बाध्य छन्।
स्वदेशी रोजगारी र वैदेशिक रोजगारी
आफ्नो देशभित्र
गरिने रोजगारी स्वदेशी रोजगारी हो भने एउटा देशको नागरिक अर्को देशमा गएर रोजगारी
या काम गर्नु वैदेशिक रोजगारी हो।
नेपालमा स्वदेशी
रोजगारीको अभावले गर्दा हरेक वर्ष ठुलो सङ्ख्यामा नेपाली युवाहरू वैदेशिक
रोजगारीमा जाने गरेको देखिन्छ। हाल सम्म ४५ लाख भन्दाअ धेरै युवाहरु वैदेशिक
रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा रहेका वा विदेशमा काम गरिरहेका मानिसले
आयआर्जन गरेर आफ्नो देशमा पठाएको रकमलाई विप्रेषण
भनिन्छ। नेपालमा ठुलो मात्रामा विप्रेषण भित्रिने गरेको छ। आर्थिक वर्ष
२०७७/७८ मा रु ९६१.१ अर्ब बराबरको रकम विप्रेषणका रूपमा नेपाल भित्रिएको थियो।
यो नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २२.४७ प्रतिशत हो। नेपालमा प्रतिदिन
औसत २ अर्बभन्दा बढी विप्रेषण भित्रिने गर्दछ।
नेपालीहरु वैदेशिक राजागारीमा जाने प्रमुख मुलुकहरू :
(कतार, मलेसिया, कुबेत, साउदी अरेबिया, दक्षिण कोरिया, युएइ)
स्वदेशमै
रोजगारी सिर्जना गर्ने उपायहरु
स्वदेशमा
रोजगारी सिर्जना गरेर मात्रै वैदेशिक रोजगारीमा जाने सङ्ख्या घटाउन सकिन्छ। केहि
उपायहरु निम्न लिखित छन्:
·
जनशक्तिलाई नयाँ प्रविधि र बजारको व्यवस्था गर्ने,
·
सुहाउँदो शिक्षा,तालिम र सिप प्रदान गर्ने,
·
उद्धमसिलताको विकास गर्ने
·
औद्योगिक नीति उदार र उद्योगमैत्री बनाउने
·
उद्यमी र लगानीकर्तालाई सुलभ ब्याजदरमा ऋणको व्यवस्था गर्ने,
·
कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायिकरण बनाउने,
· ग्रामीण क्षेत्रमा घरेलु तथा साना उद्योगको पनि विकास गर्ने, पर्यटन र जलविद्दुत को पनि विकास गर्ने,
·
पूर्वाधारहरूको जस्तैः सडक, सञ्चार,
बैंक, बजार आदिको व्यापक विकास गर्ने,
·
स्थानिय स्तरमा रोजगारीका कार्यक्रम हरु संचालन गर्ने,
नेपालमा वैदेशिक रोजगारीका सकारात्मक र नकारात्मक
प्रभाव
नेपालमा वैदेशिक रोजगारीका सकारात्मक प्रभाव वा
फाइदाहरु:
·
बेरोजगारी घटाउछ।
·
विप्रेषण आम्दानी बढाउछ।
·
सिपयुक्त र तालिमप्राप्त जनशक्ति तयार गर्छ।
·
जीवनस्तरमा सुधार गर्छ।
·
गरिबी निवारण गर्न सघाउँछ।
·
राज्यले विदेशी मुद्रा आर्जन गर्दछ।
·
आधुनिक तथा विदेशी ज्ञान, सीप तथा प्रविधिको आर्जन हुन्छ।
·
स्वेदशमा उद्योग,
कलकारखानाको विकास
हुन्छ।
·
संस्कृति तथा परम्पराको आदानप्रदान अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्छ।
नेपालमा वैदेशिक रोजगारीका नकारात्मक प्रभाव वा
बेफाइदाहरु:
·
देशको सबल जनशक्ति विदेश पलायन हुन्छ।
·
देशमा जनशाक्तिको अभाव हुन्छ।
·
परिवार अव्यवस्थित हुन्छ।
· जनशक्तिको अभावले विकास निर्माणको कार्यमा ढिलासुस्ती हुनसक्छ। विभिन्न
सङ्क्रामक रोगहरू सर्न सक्ने सम्भावना हुन्छ।
· परम्परागत मूल्यमान्यतामा ह्रास आउने र सामाजिक विकृति बढ्न सक्छ। विदेशमा
सम्मानजनक काम नपाउने,
दलालबाट ठगिन सकिने र
जोखिमपूर्ण काम गर्दा ज्यान पनि जान सक्छ ।
वैदेशिक
रोजगारीमा जानु पूर्व सम्झने वा तयारीगर्ने कुराहरु:
·
जाने व्यक्ति मानसिक
रुपमा तयार रहनु पर्छ ।
·
हामी जाने देश बारेमा राम्ररी जान्नुपर्छ ।
·
देशमा सुरक्षित र सहज रूपमा काम गर्नको लागि उपयुक्त सीप र तालिम लिएको
हुनुपर्छ ।
·
देशमा प्रयोग हुने भाषा, धर्म र प्रविधिको ज्ञान हुनुपर्छ।
·
काम,
सुरक्षा, तलब सुविधा र देश बारे विस्तृत जानकारी प्राप्त गरेर
जानुपर्छ ।
·
काममा हुँदा हामीले सामना गर्न सक्ने जोखिम र कारक तत्वहरूसँग परिचित हुनुपर्छ
।
·
राहधानी र आवश्यक कागजात तथा प्रमाण पत्र तयार गरेर जानु पर्छ ।
·
अनिवार्य रुपमा दुर्घटना बिमा बनाएर जानु पर्छ ।
·
सही कागजात र दर्ता र राम्रो म्यानपावर कम्पनीको माध्यम भएर र विभाग बाट स्विकृती लिएर जानु पर्छ अन्यथा
हामी दलालहरूको पासोमा पर्न सक्छौं।
·
आवश्यक भएमा राष्ट्रिय प्राधिकरण, दूतावास वा परामर्शदातासँग परामर्श लिनु पर्छ ।
पाठ : ४
वित्तिय शिक्षा
(Financial
Education)
वित्त (Finance):
सामान्य अर्थमा, वित्त भनेको रकम वा
कोषलाई बुझाउँछ । यसलाई मुद्रा व्यवस्थापनको विज्ञान पनि भन्ने गरिन्छ।
वित्तीय
शिक्षा (Finance Education) :
आफुसँग भएको धन
सम्पत्ति र आम्दानीको प्रभावकारी एवम मितव्ययी तरिकाले प्रयोग गर्न सिकाउने ज्ञानलाई वित्तिय
शिक्षा भनिन्छ। यसलाई वित्तिय साक्षरता पनि भनिन्छ ।
वित्तिय
संस्थाको महत्व:
·
उद्धमशिलताको विकास गर्न,
·
पूँजिको प्रयोग र परिचलन गर्न,
·
घरायसी आम्दानी र खर्चलाई व्यवस्थित ढङ्ग्ले प्रयोग गर्न,
·
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आयलाई उत्पादनशील
क्षेत्रमा लगानी गर्न,
·
आफ्ना आर्थिक कृयाक्लापलाई सरल र सहज बनाउन्,
·
वित्तीय जोखिम न्युनीकरण गर्न,
·
ठगिनबाट जोगिन,
·
बैङ्कबाट ऋण लिने प्रकिया बुझ्न,
·
आधुनिक वित्तीय प्रविधिका बारेमा बुझ्न,
·
पैसाको महत्व बुझ्न,
·
सही समयमा कर तिर्न सचेत बनाउन्,
·
मानविय कृयाक्लापलाई सहज र सरल बनाउन आदि
नेपालमा
वित्तीय शिक्षालाई प्रभावकारी बनाउने उपायहरू
·
विद्यालयको पाठ्यक्रममा आधारभूत वित्त शिक्षालाई उल्लेख
गर्नुपर्छ।
·
प्रत्येक समुदायमा आर्थिक शिक्षा प्रदान गर्ने अभियान
सञ्चालन गर्नुपर्छ।
·
प्रत्येक समुदायमा "आमा समूह" गठन गर्नुपर्छ।
·
अशिक्षित र गरिब मानिसहरूलाई आर्थिक शिक्षा दिनुपर्छ।
·
लगानी र नाफाबारे सबैलाई सचेत गर्नुपर्छ ।
वित्तीय
उपकरणहरु (Financial Instruments / Devices)
कुनै पनि देशको
वित्तीय प्रणाली सञ्चालन गर्नका लागि निर्माण गरिएका औजार वा सम्पत्तिहरूलाई वित्तीय
साधन भनिन्छ। वित्तीय उपकरणलाई वित्तीय
प्रणालिमा आर्थिक कारोबारगर्न प्रयोग गरिन्छ।
१. मुद्रा: मुद्रा विनिमयको माध्यम र
मूल्य निर्धारणकर्ता हो। नेपाल राष्ट्र बैंकले हाम्रो देशमा राज्य वा सरकारको
तर्फबाट मुद्रा जारी गर्छ। त्यहाँ दुई प्रकारका मुद्राहरू छन्: कागज नोट र सिक्का।
२. बैंक ऋण: बैंक ऋण भन्नाले बैंकबाट
लिएको ऋण वा पैसालाई बुझाउँछ जुन निश्चित समयावधि पछि हाम्रो सम्पत्तिबाट केहि
जमानत (धितो) को रूपमा लिएर ब्याज सहित फिर्ता गर्नु पर्छ।
बैंक ऋणको
फाइदाहरु:
·
राम्रो ब्याज दर।
·
स्वामित्व उधारकर्तासँग रहन्छ।
·
लचिलोपन।
·
तरलता बिना खरिदहरू।
बैंक ऋणको
बेफाइदाहरु
·
प्रशोधन शुल्क र प्रक्रिया आवश्यक ।
·
कडा भुक्तानी तालिका।
·
भुक्तानी दण्ड र शुल्कहरू।
·
सुरक्षा आवश्यकताहरू।
३. रेमिटेन्स: रेमिटेन्स भनेको विदेशी
कामदारहरूले विशेष गरी विदेशी भूमिबाट स्वदेशमा पैसा पठाउने प्रक्रिया हो। यसले
नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ३० प्रतिशत योगदान गरेको छ। रेमिट्यान्सको
उचित उपयोगहरू निम्नलिखित हुन्:
·
लगानीको अवसर सिर्जना गर्ने ।
·
उत्पादनशील क्षेत्रमा लगानी गर्ने।
·
अनुत्पादक लगानी नियन्त्रण।
·
सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
४.
विदेशी विनिमय वा मुद्रा : एक देशको मुद्रा अर्कोसँग साट्ने प्रवृत्तिलाई
विदेशी मुद्रा भनिन्छ। अर्को अर्थमा भन्नु पर्दा, अन्य देशको मुद्रालाई
विदेशी विनीमय भनिन्छ।
वित्तीय
प्रणाली:
नेपालमा वित्तीय
प्रणालीअन्तर्गत केन्द्रीय बैङ्क, वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी र लघु
वित्तहरू पर्दछन्। साथै यसअन्तर्गत बैङ्किङ कारोबार गर्ने सहकारी संस्था तथा
लघुवित्तको कारोबार गर्ने गैर सरकारी सङ्घसंस्थाहरू पर्दछन्।
नेपालको
केन्द्रिय बैङ्क नेपाल राष्ट्र बैङ्क हो। केन्द्रीय बैङ्कलाई “बैङ्कहरूको पनि बैङ्क" भनिन्छ। यसले नयाँ नोटहरू
निकाल्नुको साथै देशको अर्थतन्त्रलाई नियन्त्रणमा राख्न महत्त्वपूर्ण भूमिका
खेलेको हुन्छ।
नेपालमा वि.सं. २०७३ को तथ्याङ्क अनुसार
वित्तीय सङ्घसंस्थालाई 'क, ख, ग, घ' गरी चार वर्गमा विभाजन
गरिएको छ। वि.सं. २०७९ को साउन महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा वित्तीय संस्थाहरूको
अवस्था यस प्रकार रहेको छ।
वित्तीय
सङ्घसंस्थाको प्रकार
१.
वाणिज्य बैङ्क ('क' वर्ग) सङ्ख्याः २२ ओटा
२.
विकास बैङ्क ('ख' वर्ग) सङ्ख्या: १७ ओटा
३.
वित्त कम्पनीहरू ('ग' वर्ग)सङ्ख्या: १७ ओटा
४.
लघुवित्त कम्पनीहरू ('घ' वर्ग) सङ्ख्याः ६५ ओटा
बैङ्क
तथा वित्तीय संस्थाका कार्यहरु:
·
बचत संकलन गर्ने,
·
कर्जा प्रदान गर्ने,
·
विप्रेषण बारे जानकारी दिने,
·
लकर सुबिधा प्रदान गर्ने,
·
विदेशी मुद्रा सटही गर्ने,
·
बचत परिचालन गर्ने,
·
सरकारी ऋणपत्रहरुको कारोबार गर्ने,
·
सुनचाँदी राखी कर्जा दिने,
·
बैंक ग्यारेन्टी बस्ने आदि,
बैंक खाता (Bank Account)
वित्तीय कारोबार गर्नका निमित्त
व्यक्ति वा संस्थाको नाममा बैंकमा रहेको विवरणलाई बैंक खाता भनिन्छ। यसले व्यक्ति
तथा संस्थालाई मुद्राको कारोबार गर्ने व्यवस्था मिलाउँछ। बैंकमा खाता खालेपछि रकम
जम्मा गर्न पाइन्छ। साथै आफूले बैंकमा जम्मा गरेको रकम झिक्न चेकबुक र कारोबारको
विवरण हेर्न बैंक स्टेटमेन्ट पाइन्छ। आजकल सूचना प्रविधिको विकासले गर्दा
अनलाइनबाट खाता खोल्न, रकम जम्मा गर्न र
पठाउन सकिन्छ।
बैंक खाता खोल्दा चाहिने कुराहरू:
१.
परिचयपत्रः
नागरिकता वा पासपोर्ट
२.
पासपोर्ट साइजको
फोटो (२ प्रति)
३.
ग्राहक पहिचान
विवरण
४.
खातावालाको दस्तखत
५.
बैंकले तोकेको
न्यूनतम रकम
६.
नाबालकको हकमा
अभिभावकको नागरिकता, फोटो र निवेदन।
७.
आवेदन फाराम|
बैंक खाताका प्रकारहरु
बैंक खाता निम्नानुसार तीन प्रकारका
हुन्छन् :
१. चल्ती खाता: आफूले चाहेको जति पनि रकम जम्मा गर्न र
झिक्न पाइने बैंक खातालाई चल्ती खाता भनिन्छ। यस्तो खाता धेरै आम्दानी भएका ठुला
चल्ती खाता व्यापारी, उद्योगी आदिलाई
उपयोगी हुन्छ। यस्तो खातामा बैंक वा वित्तीय संस्थाले ब्याज प्रदान गर्दैन। यस
खातामा चेकबुक पाइन्छ।
२. बचत खाता: जति पटक र जति रकम पनि जम्मा गर्न
सकिने तर निश्चित सीमाभित्र रहेर रकम झिक्न पाइने खातालाई बचत खाता भनिन्छ। बचत
खातामा ब्याज पाइन्छ। यो खाता कम आम्दानी हुने साना बचत कर्ता र जागिरेहरूका लागि
उपयोगी हुन्छ। यस खाताबाट रकम झिक्ने सीमा बैंकले निर्धारण गर्दछ। यस खातामा
चेकबुक पाइन्छ।
३. मुद्दती खाता: कुनै निश्चित अवधिका लागि रकम जम्मा
गरिने खातालाई मुद्दती खाता भनिन्छ। यस्तो खातामा ३ महिना, ६ महिना, १ वर्ष, ५ वर्ष वा सहमतिअनुसार
एउटा निश्चित अवधि तोकेर खोल्न पाइन्छ। जम्मा गरिएको रकम तोकिएको अवधिभन्दा अगाडि
भिक्न पाइदैंन। यस्तो खातामा बचत खातामा भन्दा धेरै ब्याज पाइन्छ। यस खातामा
चेकबुक पाइँदैन।
ई-बैंकिङ
ई-बैंकिङ भन्नाले इलेक्ट्रोनिक्स
माध्यमबाट हुने सबै प्रकारका बैंकिङ सेवा र कारोबारलाई जनाउँछ। उदाहरणका लागि- बिल भुक्तानी, मोबाइल ब्यालेन्स रिचार्ज, एक खाताबाट अर्को खातामा पैसा स्थानान्तरण, स्टेटमेन्ट जाँच आदि।
१. ATM कार्ड: ATM भनेको अटोमेटिक टेलर मेसिन हो। यो एक
कम्प्युटराइज्ड उपकरण हो जसले पैसा निकाल्न र अन्य वित्तीय गतिविधिहरू सञ्चालन
गर्न मद्दत गर्दछ।
एटीएम कार्डका
फाइदाहरू
१. हामी कुनै पनि समयमा नगद झिक्न सक्छौं।
२. यसले धेरै स्थानहरूको सुविधा प्रदान गर्दछ।
३. यसले हामीलाई नगद बिना किनमेल गर्न सक्षम
बनाउँछ।
४. यो हराएको अवस्थामा सजिलो छ किनभने यसलाई पिन
नम्बर चाहिन्छ।
एटीएम कार्डका
बेफाइदाहरू
१.
यसले मानिसहरूलाई बढी खर्च गर्न प्रोत्साहित गर्छ।
२.
नेटवर्कले काम नगर्दा यसले कठिनाई सिर्जना गर्छ।
३.
यसमा एक दिनमा पैसा निकाल्ने सीमा छ।
४.
कहिलेकाहीं यो आपतकालीन अवस्थामा काम गर्दैन।
२.
क्रेडिट कार्ड: एक वित्तीय कम्पनी वा
बैंकले आफ्नो विश्वासिलो ग्राहक लाई निजको खाताआमाअ रकम नभए पनि वस्तु तथा सेवा
खरिद गर्न सक्ने गरी प्रदान गरेको कर्जा सुबिधा हो। उक्त कर्जा बैंकले तोकेको
समयमा भुक्तानी गर्नु पर्छ। यो एक प्रकार को
विद्धुतिय कार्ड हो। यो एटिएम कार्ड जस्तो भए पनि खर्च गर्ने सीमा भने तोकिएको
हुन्छ। नेपालको बैंकको इतिहासमा यो सुबिधा सर्वप्रथम नबिल बैंकले सन १९९०मा सुरु
गरेको हो।
३.
मोबाइल बैंकिङ्ग वा एसएमएस बैंकिङ: ग्राहकहरूलाई मोबाइल वा
ट्याब्लेटको प्रयोगबाट विद्धुतिय कारोबार गर्न अनुमति दिने आधुनिक बैंकिङ सेवालाई
मोबाइल बैंकिङ भनिन्छ। यसले खाता ब्यालेन्स चेक गर्न, बिल भुक्तानी, कोष स्थानान्तरण आदि
जस्ता कार्यहरू पूरा गर्दछ।
४.
इन्टरनेट बैंकिङ वा अनलाइन बैंकिङ: यसले २५० भन्दा बढी
सेवाहरू र सुविधाहरू प्रदान गर्दछ जसले तपाईंलाई तपाईंको खातामा वास्तविक समयमा
पहुँच प्रदान गर्दछ जस्तै चेक खाता स्टेटमेन्ट, फन्ड ट्रान्सफर, नेट बैंकिङ प्रयोग गरेर भुक्तानी, फिक्स डिपोजिट खोल्न, उपयोगिता बिलहरू तिर्न, कर तिर्न,बीमा आदि। कुमारी बैंक
लिमिटेडले सर्बप्रथम सन २००२ मा सुरु भएको थियो।
५.
भाइबर बैंकिङ्ग: भाइबर बैंकिङ्ग हालसाल प्रयोगमा
आएको बैंकिङ्ग सुविधा हो। यसबाट सबै प्रकारको
कारोबारहरु गर्न सकिन्छ। नेपालमा सर्बप्रथम नेबिल बैंकले सन २०१७ मा यो
सेवा सुरु गरेको हो। हाल अन्य बैंकले पनि यो सुबिधासुरु गरेका छन।
६.
एबिबिएस (ABBS- Any Branch Banking Service): एबि बिएस सेवा भनेको कुनै पनि बैंकको एउटा शाखामा खाता खोलेर
उक्त बैंकको सम्पुर्ण शाखाबाट बैंकिङ्ग कारोबारगर्न पाउने सुबिधा हो। उदाहरणको लागि:
नेपाल बैंक लिमिटेड को हुम्लाको शाखामा खाता खोलेर यसका देशभरिका शाखाहरुमा रकम जम्मा
गर्न र निकाल्न सकिन्छ। यस सुबिधाले नगद बोकेर हिड्न पर्दैन तर यसको लागी
इन्टरनेटको आवश्यक्ता पर्दछ।
क्रिप्टोकरेन्सी (Crypto Currency) :
क्रिप्टोकरेन्सी
भनेको भौतिक अस्तित्वविहीन मुद्रा हो। यसले सुरक्षा निमित्त क्रिप्टोकरेन्सी प्रयोग गर्द्छ। यो दुइ ओटा शब्द 'क्रिप्टो' र 'करेन्सी' मिलेर बनेको हो। क्रिप्टोको अर्थ
गुप्त र करेन्सीको अर्थ मुद्रा हुन्छ। अत्: क्रिप्टोकरेन्सी भनेको अभौतिक मुद्रा
हो जुन डिजिटल माध्यम बाट चल्छ।
यो केन्द्रीय
बैंक वा सरकारको हस्तक्षेपबिना स्वतन्त्र
रुपले संचालन हुन्छ र यसको लेनदेन लाई विकेन्द्रीकृत डिजिटल खातामा रेकर्ड गरिन्छ।
यसलाई ब्लकचेन भनिन्छ। यसको भौतिक अस्तित्व हुँदैन। यो डिजिटल रुपमा मात्र अवस्थित
हुन्छ। यसलाई प्रयोग गरेर सामान तथा सेवाहरु खरिद बिक्रीगर्न सकिन्छ। आजकल
बिटक्वाइन, इथिरियम, रिप्पल, लाइटक्वाइन, मोनेरो आदि विभिन्न
प्रकारका क्रिप्टोकरेन्सीहरु प्रचलनमा छन। तापनि हाल यो नेपाल लगायतका
धेरै देशाहरुमा प्रतिबन्धित छ ।
पाठ : ६
सहकारी (Cooperative)
सहकारी:
केहि
प्रयोगकर्ताहरूको समूहले आफ्नै स्वामित्व, र नियन्त्रणमा आफ्नै फाइदाको लागि सञ्चालन गरेको कुनै पनि
फर्म वा व्यवसायलाई सहकारी भनिन्छ।
· रोबर्ट ओवेन, एक वेल्श समाज सुधारकलाई सहकारी आन्दोलनको अग्रगामीको रुपमा
लिने गरिन्छ।
· विश्वको पहिलो सफल सहकारी संस्था The Rochdale Society of Equitable Pioneers हो जुन सन १९९४ अक्टोबर २४ मा
स्थापित भएको थियो ।
· नेपालको पहिलो सहकारी - २०१३ सालमा चितवनमा
स्थापना भएको भाकन सहकारी हो।
· नेपालमा हाल ३४,००० भन्दा बढी सहकारी संस्थाहरू छन्।
७
सहकारीका सिद्धान्तहरू
१.
स्वैच्छिक तथा खुला सदस्यता
२.
सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण
३.
सदस्यहरूको आर्थिक सहभागिता
४.
स्वायत्तता र स्वतन्त्रता
५.
शिक्षा, तालिम र सूचना
६.
अन्तर सहकारी सहयोग
७.
समुदायप्रति चासो
नेपालको
सहकारीको इतिहास
नेपालामा
प्राचिनकाल देखीनै सहकारीको अभ्यास हुँदै आएको
वि.स. २०१० मा सहकारी विकासको
स्थापना
वि.स. २०१६ मा सहकारी ऐन जारी
वि.स. २०१८ मा सहकारी नियम
बनाइएको
वि.स. २०२० मा सहकारी बैंकको
स्थापना
वि.स. २०४८ मा पुन सहकारी ऐन जारी
हाल ३४००० भन्दा
बढी सहकारी संस्थामा ६० लाख भन्दा धेरै मानिसहरु आवद्ध
सहकारीका
विशेषताहरू ( Features of Cooperatives):
सहकारी हुनका
निमित्त आवश्यक सर्त वा सहकारीका विशेषताहरू निम्नानुसार छन्:
·
सहकारी एउटा गैरनाफामूलक स्वायत्त संस्था हो।
·
सहकारी समान आवश्यकता र उद्देश्य भएका व्यक्तिहरू मिलेर
स्थापना गर्छन्।
·
सहकारी संस्थाको स्वामित्व समान हुन्छ अर्थात् सबै
हिस्सेदार वा सेयर सदस्यहरूको समान हैसियत हुन्छ ।
·
सहकारी संस्थाको सदस्य बन्न एउटा निश्चित रकम सेयरको रूपमा
तिर्नुपर्दछ।
·
सहकारी संस्थाका सदस्यहरू स्वयम मिलेर यसलाई सञ्चालन
गर्छन्। संस्थाका सदस्यहरूबाट निर्वाचन सञ्चालक समिति गठन गरिन्छ ।
·
सहकारी संस्था एक सदस्य एक मतको सिद्धान्तमा आधारित हुन्छ।
सहकारी संस्थामा सदस्यहरूले मात्रै कारोबार गर्न पाउँछन्।
·
सहकारी संस्थाको सञ्चालन सदस्यहरूले आफै मिलेर गर्छन्।
·
सहकारी संस्थाको सञ्चालनका लागि आवश्यक विनिमय र अन्य
नियमहरू सदस्यहरूले आफैँ मिलेर बनाउँछन्।
·
सहकारी संस्थाले सदस्यहरूको हितमा व्यवसाय सञ्चालन गर्दछ।
·
सहकारी संस्थाको दीर्घकालीन सोच तथा उद्देश्य सदस्यहरूको
आर्थिक, व्यावसायिक, सामाजिक र सांस्कृतिक उन्नतिमा सहयोग पुयाउने हुन्छ।
सहकारीका
आवश्यकता र महत्त्व:
·
पूँजी परिचालन तथा निर्माणमा सहयोगी
·
गरिबी निवारणमा सहयोगी
·
लगानी र बचतलाई प्रवर्धन गर्न
·
आपसी सहयोग र एकतालाई बढावा दिने
·
कृषक तथा उद्यमीहरूलाई कामप्रति उत्तरदायी बनाउने
·
उत्पादनमुखी भावनाको विकास गराउने
·
उद्यमीहरूलाई ऋण उपलब्ध गराउने
·
उत्पादन गरिएका वस्तुहरूको बजारीकरणमा सहयोगी
·
घरेलु तथा साना उद्योगको विकासमा सहयोगी
·
बचत गर्ने बानीको विकास
·
रोजगार र स्वरोजगारको अवसर सिर्जना हुने
·
परनिर्भरता हटाउन
नेपालमा
सहकारीमा देखिएका समस्याहरु र समाधानका उपायहरु:
नेपालमा सहकारीका
धेरै सम्भावनाहरू हुँदाहुँदै पनि यसले सोचेजस्तो फाइदा दिन सकेको छैन। यसका पछाडि
सहकारीमा भएका समस्याहरू मुख्य रहेका छन्। ती समस्याहरूलाई निम्नानुसार
उल्लेख गर्न सकिन्छ:
·
आफन्त तथा चिनेजानेकोलाई बढी ऋण प्रवाह गर्ने।
·
एकै परिवारका सदस्यहरूलाई सञ्चालक समितिमा राख्ने ।
·
सञ्चालकले निक्षेप रकम आफूखुसी प्रयोग गर्ने र निक्षेप रकम
बेप्रवाह घरजग्गामा लगानी गर्ने।
·
सर्वसाधारणबाट सङ्कलन भएको रकम व्यवसायीलाई दिने र आर्थिक
कारोबारको लेखा परीक्षण नगर्ने ।
·
एउटै व्यक्ति धेरै सहकारी संस्थामा संलग्न हुने ।
·
कार्य क्षेत्र भन्दा बाहिर गएर लगानी गर्ने ।
·
सहकारीका संचालकहरुले रकम हिनामिना गरेर भाग्ने ।
·
सहकारीको नाममा व्यक्तिगत व्यापार गर्ने ।
समाधानका उपायहरू
·
सहकारी ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।
·
कार्यक्षेत्रभन्दा बाहिर गएर गरिने लगानीलाई निरुत्साहित
गर्नुपर्दछ ।
·
वास्तविक निक्षेपकर्तालाई सुविधा प्रदान गर्नुपर्दछ ।
·
कार्यक्षेत्रभन्दा बाहिरका मानिसलाई सेयर बिक्री गर्न
बन्देज लगाई प्रभावकारी नियमनको व्यवस्था हुनुपर्छ।
नेपालमा
सहकारीको उपयोग :
नेपालमा सहकारीको
ठुलो मात्रामा उपयोग भएको छ। लाखौं मानिसहरू सहकारीमा आवद्ध भएका छन्। उनीहरूको
जीवनस्तर र जीवन पद्धतिमा ठुलो परिवर्तन आएको छ। ग्रमीण क्षेत्रमा साहु महाजनको
चर्को ब्याजबाट गरिब र निमुखा जनता जोगिएका छन्। आफूसँग भएको सानोतिनो रकम
सहकारीमा जम्मा गर्छन्। आवश्यक पर्दा ऋण लिन्छन्। सहकारीबाट ऋण लिएर व्यवसाय
गर्नेको सङ्ख्या बढिरहेको छ। सहकारीले गर्दा रोजगारी सिर्जनामा सहयोग पुगेको छ।
बेरोजगारी र गरिबी घटेका छन्। गाउँ गाउँमा घरेलु तथा साना उद्योग खुलेका छन।
उद्धमशिलता बढेको छ। कृषिको व्यवसायीकरणमा टेवा पुगेको छ। कृषकहरूको आम्दानी बढेको
छ। अतः नेपालको समग्र विकास र नेपाली जनताको जीवन पद्धति सुधार्न सहकारीको ठुलो भूमिका
रहेको छ।
बचत
र यसका फाइदाहरू
विशेष गरी बैंक
मार्फत भविष्यको उपयोगको लागि बचत हुने पैसालाई बचत भनिन्छ।
आफ्नो आम्दानीको
केहि अंश खर्च नगरी भविष्यमा उपयोगको लागि छुट्ट्याएर राख्नुलाई बचत
गर्नु भनिन्छ। उक्त रकम बैंकमा खाता खोली जम्मागर्न सकिन्छ।
बचतको फाइदाहरू:
·
पूंजीनिर्माण गर्न,
·
लगानीको अवसर सिर्जना गर्न,
·
ब्याज प्राप्त गर्न,
·
उद्यमशीलता को बानी विकास गर्न,
·
आवश्यक परेका बेला प्रयोग गर्न,
·
आर्जन गरेको रकम सुरक्षित राख्न आदि।
·
सन्तानको सुखद भविष्यको उप योगी ।
·
दु:खको समयमा आवश्यक्ता पुरा गर्न ।
·
भविष्य सुरक्षित गर्ने ।
·
सामाजिक व्यव हार जस्तै- विवाह, व्रतबन्ध, मृत्व संस्कार आदिको
लागिप्रयोग हुने ।
बचत गर्ने
ठाँउहरु:
१.
केन्द्रिय बैंकबाट इजाजत प्राप्त वित्तीय संस्थाहरु -वाणिज्य बैंक्, विकास बैंक र वित्तीय
संस्थाहरु
२.
अर्ध औपचारिक वित्तीय स्ंस्थाहरु - आमा समूह्, सहकारी संस्था, महिला समूह आदि
३.
अनौपचारिक निकाय: साहु महाजन, नातेदार, साथी भाइ आदि
४.
खुत्रुके बचत् : माटो व काठको भाडोमा
दैनिक ससाना रकम जम्मा गरेर
सेयर
र यसको महत्व (Share and its Importance):
सेयर :
व्यवसायिक संस्था
वा कम्पनीले आफ्नो व्यवसायको विकास र विस्तारका लागी आवश्यक पूँजिलाई कम्पनीको सेयर
जारी गरेर सङ्कलन गर्छन। कम्पनीको पूँजिलाई स-साना एकाइमा विभाजित अंशलाई सेयर
भनिन्छ। कुनै पनि व्यवसाय गर्दा पूँजिको आवश्यक्ता पर्दछ र यो सबै भन्दा प्रचलनमा
रहेको विधी हो। यसमा कम्पनीलाई आवश्यक पूँजी संकलनगर्न विभिन्न अंशमा विभाजित
गरी धितोपत्र बोर्डको अनुमती लिनुपर्छ।
धितोपत्रको माध्यमबाट सर्बसाधारन जनता वा लगानिकर्तासँग चारिएर रहेका
स-सानो बचतलाई उद्धोगधन्दामा परिचालन गरिन्छ।
नेपालामा प्रतीकित्ता सेयरको मूल्य रु १०० कायम गर्ने प्रचलन छ ।
सेयरको
मह्त्व (Importance of Share):
·
बचत गर्ने बानीको विकास हुने ।
·
छरिएर रहेको सानो सानो बचतलाई उत्पादनशीलक्षेत्रमा लगानी
बढाउन सकिने।
·
देशको समग्र विकासमा सहयोगी हुने।
·
औद्धोगिक विकासमा सहयोगी हुने।
·
मानिसलाई वित्त व्यवस्थापनको राम्रो जानकारी हुने।
·
देशको वित्तीय क्षेत्रको विकासमा सहयोग हुने।
·
आय आर्जन हुने।
सेयरका
प्रकारहरु:
समान्यतया २
प्रकार्
१.
अग्राधिकार सेयर : साधारण सेयर धनीभन्दा
अघी प्रतिफल र पूँजी फिर्ता पाउने अधिकार सहित जारी गरिएको सेयरलाई अग्राधिकार सेय
र भनिन्छ । अग्राधिकार सेयरमा लगानीकर्ता वा सेयर धनीले सम्झौता अनुसारको निश्चित
लाभांश प्राप्त गर्छन । उनिहरुले पूँजिको जोखिम उठाउनु पर्दैन।
२.
साधारण सेयर : साधारण सेयर अग्राधिकार
सेयरमा लाभांश वितरण गरेर बाँकी रहेको
मुनाफाबाट लाभांश वितरण गरिन्छ। यस्तो सेयर जोखिमपूर्ण हुन्छ र त्यसैले जोखिम
उठाउन चाहने व्यक्तिले मात्र यस्तो सेयरमा लगानी गर्छन । यस्ता सेयर धनीहरुले
मतदान गर्न र साधाराण सभामा भाग लिन पाउन अधिकार हुन्छ।
सेयर
कारोबारगर्न वा डिम्याट खाता खोल्न आवश्यक कुराहरु:
१.
बैंक खाता
२.
नागरिक्ताको प्रमाणित प्रतिलिपि
३.
आवेदकको स्थायी ठेगाना
४.
टीनपुस्ते विवरण्
५.
सम्पर्क नम्बर
६.
पासपोर्ट साइजको फोटो
७.
दस्तखत
पाठ : ८
बीमा (Insurance)
बीमाको अर्थ
(Meaning of Insurance)
बीमा भनेको आर्थिक जोखिमको
न्यूनीकरण, हस्तान्तरण र व्यवस्थापनको एउटा उपाय हो। अर्को
शब्दमा बीमितले आफ्नो जीवन सम्पत्ती वा
दायित्वमा पर्न सक्ने जोखिम्को आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रियालाई बीमा भनिन्छ।
यसमा बीमा कम्पनीलाई बीमा शुल्क बुझाएर भविष्यमा आइपर्ने जोखिमलाई कम गर्न सकिन्छ
। बीमा गर्दा बीमा कम्पनी र इच्छुक व्यक्तिबिच सम्झौता गरिन्छ। बीमा गर्ने
व्यक्ति र बीमा कम्पनीबिच हुने सम्झौतालाई बीमालेख भनिन्छ । बीमालेखमा बीमा गर्ने
व्यक्तिको नाम,
ठेगाना, जोखिमको विवरण, बीमा शुल्क,
अवधि, विभिन्न सर्तहरू, बीमा गरिएका वस्तुहरू समावेश गरिएको हुन्छ । बीमा गर्ने व्यक्तिलाई बीमित र
बीमा कम्पनीलाई बीमक भनिन्छ।
बीमाको इतिहास
(History of Insurance)
बीमाको सुरुवात
इटलीबाट सन् १३०० मा भएको हो। समुद्री जहाजबाट सुरु गरिएको बीमा पछि जीवन बीमाका
रूपमा विकास भयो।
बेलायतमा सन् १७४४
देखि जीवन बीमासुरु भएको हो।
नेपालमा भने बीमाको
इतिहास को कुरा गर्दा पहिलो बीमा कम्पनी वि.सं. २००४ साल असोज ८ गते नेपाल माल चलानी तथा वित्त
कम्पनी लिमिटेड को नाम ले स्थापना भएको तियो । पछि, वि.स. २०२५ मा नेपाल सरकार
को स्वामित्वमा राष्ट्रीय बीमा कम्पनी स्थापना भयो। यो बीमा कम्पनी बीमा
संस्थान ऐन,
२०२५ अन्तर्गत
स्थापना भएको थियो। हाल नेपालमा ४१ ओटा बीमा कम्पनीहरू स्थापना भएका छन्।
त्यसमध्ये २० ओटा निर्जीवन बीमा, १९ औ जीवन बीमा र २ ओता पुनर्बीमा कम्पनी रहेका छन्। नेपालमा बीमासम्बन्धी गतिविधिलाई
नियन्त्रण गर्न बीमा ऐन २०७९ बनाइएको छ। सम्पूर्ण बीमा कम्पनीको स्थापना र सञ्चालन
यसै ऐनअनुसार भइरहेको छ।
बीमाका प्रकारहरु
(Types of Insurance)
१.
जीवन
बिमा ( Life Insurance)
१.
जीवन बीमा भनेको मानिसको जीवन को जोखिम विरुद्धको आर्थिइक सुरक्षाअ हो ।
२.
जीवन बीमा मानव जीवनसँग सम्बन्धित छ।
३.
यो एक दीर्घकालीन लगानी हो र मासिक, त्रैमासिक वा वार्षिक रूपमा आवधिक भुक्तानीहरू आवश्यक पर्दछ।
४.
तुलनात्मक रूपमा बढी प्रिमियम तिर्नुपर्छ।
फाइदा:
·
यसले बचत गर्ने बानीको विकास गर्छ।
·
यसले बीमित व्यक्तिलाई आर्थिक सुरक्षा दिन्छ।
·
लाभ भुक्तानीहरू सामान्यतया कर-मुक्त हुन्छन्।
·
नीतिहरू सीधै कम्पनीबाट वा सल्लाहकारको सहयोगमा खरिद गर्न सकिन्छ।
·
यो निवृत्तिभरण जस्तै हो।
२.
निर्जीवन
बीमा
१.
निर्जीवन बीमा भनेको धन सम्पत्ति, उद्धोग, कृषि,
क्षेत्र, भवन्, आदिमा कुनै पनि प्राकृतिका वा दैविका कारण ले नोक्सानी हुँदा क्षतिपूर्ती
विरुद्ध तोकिएको आर्थिइक सुरक्षा हो ।
२.
गैर-जीवन बीमा सामान्यतया धन सम्पत्ती को नोक्सानी को जोखिम बहन गर्दछ ।
३.
गैर-जीवन बीमा नीतिहरू सामान्यतया एक वर्षको लागि एक पटक प्रिमियमका आधारमा
हुन्छन्।
४.
जीवन बीमाको तुलनामा प्रिमियम कम हुन्छ ।
फाइदा:
·
स्वास्थ्य र चिकित्सा नीतिहरूले सहज उपचार प्रदान गर्दछ।
·
दुर्घटना बीमा नीतिहरू आपतकालीन अवस्थामा उपयोगी छन्।
·
गृह बीमा नीतिहरूले आगलागी वा अन्य तरिकाले सम्पत्ति क्षतिको अवस्थामा मद्दत
गर्दछ।
·
मोटर वाहन बीमाले दुर्घटना वा क्षतिको समयमा मर्मत गर्न मद्दत गर्दछ।
·
त्यसैगरी,
यात्राको समयमा
यात्रा बीमा र बेरोजगार हुँदा बेरोजगारी नीतिहरूका आधारामा बीमा गर्ने गरिन्छ।
३.
तेस्रो
पक्ष बीमा: यसले दुर्घटनामा संलग्न तेस्रो पक्ष सुरक्षित छ भनी
सुनिश्चित गर्दछ। उदाहरणका लागि, यदि सवार दुर्घटनामा पर्यो र अर्को बाइकमा क्षति पुग्यो भने, अर्को बाइकको सवारलाई भएको क्षतिको लागत कभर हुनेछ।
यद्यपि तपाईले आफ्नो क्षति दावी गर्न सम्भव छैन।
४.
स्वास्थ्य
बीमा: यस प्रकारको नीतिले व्यक्ति बिरामी हुँदा र उपचारको
लागि पैसा नहुँदा उसको स्वास्थ्य सुनिश्चित गर्दछ। स्वास्थ्य जोखिमको सन्दर्भमा
हरेक मानिसको लागि यो महत्त्वपूर्ण छ।
बीमाको प्रमुख महत्त्व वा फाइदाहरू
(Importance or Benefits of Insurance)
सम्भावित
हानिनोक्सानी तथा जोखिमलाई न्यूनतम गर्ने सबैभन्दा उत्तम उपाय बीमा हो।
·
बीमाले जोखिमलाई न्यूनतम गर्न सहयोग गर्दछ।
·
यसबाट अनिवार्य बचत हुन्छ। जसले हाम्रो भविष्यलाई आर्थिक तवरबाट सुरक्षित
बनाउँछ।
·
जीवन बीमा गरेको व्यक्तिलाई रु. ४०,००० बराबरको आम्दानीमा आयकर छुट हुन्छ।
·
बीमा गरेको व्यक्तिले बीमा कम्पनीबाट आफूले बीमा शुल्कबापत भुक्तानी गरेको रकम
एउटा निश्चित प्रतिशत ऋण लिन पाउँछ ।
·
बीमा कम्पनीले बीमितलाई नाफा र बोनस वितरण गर्दछ ।
·
एक मुष्ट रकम उपलब्ध हुने हुनाले सो रकमलाई व्यवसायमा लगानी गर्न सकिन्छ।
·
बीमा गर्ने व्यक्तिलाई आर्थिक सुरक्षा प्राप्त हुन्छ।
·
पूँजी बजारको विकासमा सहयोग हुन्छ ।
·
बीमाले व्यवसाय तथा सम्पत्तिको नोक्सानी हुने चिन्ताबाट उत्पन्न हुन मानसिक
तनावलाई घटाउँछ।
बीमा गर्दा ध्यान पुयाउनुपर्ने
कुराहरू (Things to Consider while Buying Insurance Policy)
·
बीमा गर्नुको उद्देश्य प्रस्ट हुनुपर्दछ ।
·
बीमा लेख इच्छाइएको व्यक्तिबारे स्पष्ट उल्लेख गर्नुपर्दछ ।
·
बीमा कम्पनी र बीमा अभिकर्ताबारे प्रस्ट हुनुपर्दछ ।
·
बीमा अभिकर्ताको इजाजत प्राप्त व्यक्ति हुनुपर्दछ ।
·
बीमा शुल्क भुक्तानीको अनिवार्य भरपाई लिनुपर्दछ ।
·
बीमा लेख वा सम्झौता पत्रहरू सुरक्षित राख्नुपर्दछ ।
·
बीमा गरेको घरपरिवारलाई जानकारी दिनुपर्दछ ।
·
आफ्नो वर्तमान र भविष्यको आर्थिक क्षमतालाई ख्याल गरेर मात्रै बीमा शुल्क
निर्धारण गर्नुपर्दछ ।
·
बीमा प्रस्तावलाई राम्रोसँग पढ्नुपर्दछ ।
·
यथासमयमा बीमा शुल्क तिर्नुपर्दछ ।
·
बीमा अभिकर्ता वा कसैको दबाबमा परेर बीमा गर्नुहुँदैन ।
पाठ: ९
कर तथा
राजस्व (Tax & Revenue)
सरकारी राजस्व/ राजस्व : यसले विभिन्न स्रोतबाट सरकारको वार्षिक
आम्दानीलाई जनाउँछ।
२ प्रकारका राजस्व: कर राजस्व र गैरकर राजस्व
१. कर राजस्व: सरकारले आम्दानी र नाफा, सामाजिक
सुरक्षा योगदान, वस्तु तथा सेवा आदिको करबाट सङ्कलन गरेको राजस्वलाई कर
राजस्व भनिन्छ। जनताले सरकारलाई तिर्नुपर्ने कर हो । जस्तैः आयात तथा निकासी कर, कृषि सुधार कर, मूल्य
अभिवृद्धि कर, स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर, आयकर, जग्गा कर, आवास तथा सम्पत्ति कर, जग्गा दर्ता कर, भन्सार महसुल आदि।
प्रकृतिमा आधारित कर: प्रत्यक्ष कर र अप्रत्यक्ष कर
१.
प्रत्यक्ष कर:
त्यस्तो कर जुन व्यक्तिलाई लगाइएको हो त्यसैले तिर्दछ भने त्यो प्रत्यक्ष कर हो ।
यस प्रकार को कर को भार अरु व्यक्तिमा सार्न सकिदैना। उदाहरणका लागि, आयकर, भूमि कर, भाडा कर, सवारी कर आदि।
फाइदा:
·
प्रगतिशील र
आर्थिक,
·
लचिलो: दर
बढाउन वा घटाउन सकिन्छ,
·
जागरूकतामा
आधारित,
·
लोकतान्त्रिक।
बेफाइदा:
·
कर छली,
·
बेइमान,
·
जोखिमपूर्ण्,
·
मानसिक दबाब,
·
भ्रष्टाचार र
घुसखोरी।
२.
अप्रत्यक्ष कर: करको भार पूर्ण वा आंशिक रूपमा अरूलाई सार्न सकिने करलाई
अप्रत्यक्ष कर भनिन्छ। उदाहरणका लागि भन्सार महसुल, मूल्य
अभिवृद्धि कर, अन्तःशुल्क आदि। हामीले होटलामाअ बस्दा र होटलको बिलमा
तिर्ने कर यसको राम्रो उदाहरण हो।
फाइदा:
·
असीमित
सहभागिता,
·
लचिलो र
इमानदारीमा आधारित,
·
कुनै मानसिक
दबाब छैन,
·
राजस्वको ठूलो
कभरेज,
·
करको कम छली
आदि
बेफाइदा:
·
अनिश्चित,
·
समानताको अभाव,
·
अनैतिक र
व्यक्तिपरक,
·
अधिक कार्यबलको
आवश्यकता आदि
२. गैरकर राजस्व
:
कर राजस्व बाहेक अन्य स्रोतबाट संकलन हुने राजस्वलाई
गैरकर राजस्व भनिन्छ। सरकारले नागरिकलाई उपलब्ध गराइने बिजुलीको महशुल, खानेपानीको बिल, टेलिफोनको बिल,
शुल्क, र जरिवाना लगायतका सेवा वापत राजस्व संकलन गर्छ भने
उपहार,
चन्दा र सार्वजनिक
सम्पत्ति जफत गरी सरकारले गैरकर राजस्व पनि उठाउँछ। अवैध सम्पत्ति, भाडाबाट आय, ब्याज आदि।
प्रत्यक्ष कर र अप्रत्यक्ष कर बिच फरक
प्रत्यक्ष कर
अप्रत्यक्ष कर
१. प्रत्यक्ष करको भार सार्न सकिदैन।
२. प्रत्यक्ष कर निश्चित हुन्छ।
३. प्रत्यक्ष कर लोचकदार हुन्छ।
४. प्रत्यक्ष कर छल्न सजिलो हुन्छ।
५. प्रत्यक्ष करले मुल्य वृद्धी रोक्न मद्द्त गर्छ।
६. प्रत्यक्षा कर तिर्न झनझट हुन्छ।
१. अप्रत्यक्ष करको भार सार्न सकिन्छ।
२. यसमा निश्चितता हुँदैन।
३. यो बेलोचकदार हुन्छ।
४. यो छल्न कठिन हुन्छ।
५. यसले मुल्य वृद्धी गराउँछ।
६. यो तिर्न सजिलो हुन्छ।
नेपालमा केही लोकप्रिय करहरू:
१. मूल्य अभिवृद्धि कर (भ्याट) : मूल्य अभिवृद्धि कर (वट्) भन्नाले वस्तु तथा सेवाको उत्पादन र वितरणको क्रममा बढ्दो मूल्यमा सरकारले सङ्कलन गरेको करलाई बुझाउँछ। नेपालले २०५४ सालदेखि कर नीति लागू गरेको थियो । (१९९७ अड्) १० लाख भन्दा बढी कारोबार भएको कुनै पनि फर्म वट मा दर्ता गर्नुपर्छ। नेपालमा सामान्य भ्याट दर १३% छ।
राम्रा पक्षहरु: राजस्व वृद्धि, पारदर्शिता, धोखाधडी कम, निर्यात प्रोत्साहन आदि।
नराम्रा पक्षहरु: मूल्य वृद्धि, कठिन कर प्रणाली, व्यवस्थापन खर्च वृद्धि, चुहावट र धोखाधडीको सम्भावना आदि।
२. अन्तःशुल्क: उपभोक्तालाई प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले देशभित्र उत्पादन वा बिक्री गर्ने विलासी समूह र वस्तुहरूमा तिर्नु पर्ने कर हो। यो करको पुरानो रूप हो। उदाहरणका लागि, मदिरा, चुरोट, चाउचाउ, प्लास्टिक, सवारी साधन, टिभी, मुद्रण सामग्री र अन्य उत्पादनहरूमा कर लगाइएको छ। त्यस्ता वस्तुहरूलाई मुख्यतया तीन वर्गमा विभाजन गरिएको छ: सुर्ती समूह, मदिरा समूह र स्वमा निकासी समूह।
३. भन्सार भन्सार : भन्सार भनेको कुनै पनि देशको सीमानामा वस्तु तथा सेवाको निकासी वा पैठारी गर्दा सरकारले उठाउने अप्रत्यक्ष र व्यक्तिपरक कर हो। फरक–फरक वस्तुमा कानुनअनुसार भन्सार दर फरक–फरक हुन्छ । नेपालका प्रमुख भन्सार कार्यालयहरू टिअ, काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्ज र तातोपानी हुन्।
४. आयकर: सामान्यतया कुनै व्यक्ति वा संस्थाको आयमा लगाइने करलाई आयकर भनिन्छ। यो पशुपालन, माछा मार्ने र कृषिमा लाग्ने करको सबैभन्दा पुरानो रूप हो। यसमा अहिलेको दिनमा व्यापार, जागिर, लगानी र अन्य आर्थिक गतिविधिहरू पनि समावेश छन्।
५. भूमि राजस्व कर: सरकारले जग्गा खरिद, बिक्री र होल्ड गर्दा जमिन्दारहरूबाट उठाउने कर।
करको महत्व:
· सरकारको आम्दानीको प्रमुख श्रोत्
· उत्पादन र उपभोग दुबैलाई आवश्यक्ता अनुसार नियन्त्रण गर्ने
· देशमा व्याप्त आर्थिक असमानतालाई घटाउने ।
· देशमा सन्तुलित छेत्रीय विकास गर्न्,
· आर्थिक स्थायित्व कायम गर्न,
· देशको आर्थिक तथा सामाजिक विकास गर्न,
· देशको भौतिक पूर्वाधिकारको विकास गर्न,
· कृषी र औद्धोगिक क्षेत्रको विकास गर्न,
· सामाजिक कल्याणका कामहरुगर्न जस्तै: वृद्ध भत्ता, एकल भत्ता, महिला भत्ता, बेरोजगारी भत्ता आदिको विवरण आदीको वितरण्,
· देशको आन्तरिक र बाह्य सुरक्षा गर्न खर्च जुटाउन,
योजना:
योजना भनेको एक विशेष लक्ष्य हासिल गर्न को लागी तयार गरिएको रणनीति हो।
आर्थिक योजना:
आर्थिक योजना भनेको निश्चित आर्थिक लक्ष्य हासिल गर्न तयार पारिएको विस्तृत रणनिती वा योजना हो। यो राज्यद्वारा श्रोत साधन को उचित प्रयोग गरी निश्चित समयमा तोकिएको उद्देश्य हरु पुरा गर्न बनाइएको आर्थिक गतिविधि हो।सन् १९२८ मा सोभियत संघ आर्थिक योजना पेश गर्ने पहिलो राष्ट्र हो।
वर्तमान योजना:
निर्दिष्ट योजना सहितको कुनै पनि गतिविधि जुन वर्तमान समयमा उल्लेखित अवधि र स्रोतहरू भित्र सम्पन्न गर्ने कार्यलाई वर्तमान योजना भनिन्छ।
आर्थिक योजना
आर्थिक योजना लक्षित आर्थिक लक्ष्यहरू प्राप्त गर्नको लागि बनाइएको कार्यक्रम हो।
विशेषताहरू:
· निश्चित उद्देश्य
· आवधिक
· आर्थिक गतिविधिहरूमा आधारित योजना
· सार्वजनिक लाभहरूको हित
· योजना मुताविक आर्थिइक कृयाक्लाप हरु
· राष्ट्रिय स्रोतको वितरण
· बृहत क्षेत्र
नेपालमा आर्थिक योजनाहरु असफल हुनुका बाधाहरु:
· महत्वाकांक्षी योजना
· व्यापक भ्रष्टाचार
· अस्थिर राजनीतिक प्रणाली र सरकार
· दक्ष जनशक्तिको अभाव
· योजना संयन्त्रमा राजनीतिक हस्तक्षेप
· राम्रो दृष्टिकोण, लक्ष्य र उद्देश्यको अभाव
आर्थिक योजनाको महत्व:
· देशको विकास छिटो गर्न,
· श्रोत साधन को उचित प्रयोग गर्न,
· गरिइबी र बेरोजगारी घटाउन,
· जनकल्याण बढाउन,
· तोकिएको समयमा विकास आयोजना सम्पन्न गर्न,
· सन्तुलित विकास गर्न,
आर्थिक योजनाको इतिहास:
· विश्वमा सर्वप्रथम सन १९२८ मा पूर्व सोभियत सङ्घ (हालको रुस) बाट सुरु भएको हो ।
· बृटिस अर्थशास्त्री जे.एम. किन्सले आर्थिक योजना मार्फत आर्थिक मन्दीबाट उन्मुक्ती प्राप्त गर्न सकिन्छ भने सुझाव दिएका थिए।
· नेपालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरले २० वर्षे अर्थिक योजना तयारगर्ने घोषणा गरे तर यसलाई अगाडी बढाउने काम भने भएन।
· वि.स. २००५ मा राणा प्रधानमन्त्री मोहन शमशेरले राष्ट्रीय योजना समिती गठन गरी १५ वर्षे योजना घोषणा गरेका थिए तर यो पनि कार्यन्यवन हुन सकेन।
· नेपालमा वि.स. २०१३ देखी योजनाबद्ध आर्थिइक विकास सुरु भएको हो।
· नेपालमा हाल सम्म १४ वटा योजनाहरु कार्यावन्यन भइ सकेकाछन भने हाल १५औं योजना (२०७६/०७७- २०८०/८१) कार्यान्वयन भइरहेको छ ।
नेपालको चालु योजना: १५औं योजना (२०७६/०७७- २०८०/८१)
नेपालको संविधानमा समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने परिकलपना गरिएको छ। तीब्र र सन्तुलित आर्थिक विकास, समृद्धि, सुशासन र नागरिक्ले सुखको अनुभुती प्राप्त गर्ने दुरदृष्टी १५औं योजनाले लिएको छ।
लक्ष्य: समृद्ध नेपाल, सुखी नेपाली
पन्ध्रौं योजनाका राष्ट्रिय लक्ष्यहरू
· उच्च र समतामूलक राष्ट्रिय आय।
· राष्ट्रिय एकता र सम्मान।
· मानव संसाधनको विकास र तिनको पूर्ण उपयोग।
· बलियो लोकतन्त्र।
· व्यापक र आधुनिक पूर्वाधार र उच्च आन्तरिक सम्बन्ध।
· सुशासन।
· स्वस्थ र सन्तुलित इकोसिस्टम।
· समृद्ध र अनुशासित जीवन शैली।
पन्ध्रौं योजनाको राष्ट्रीय रणनीतिहरू:
· द्रुत, दिगो र रोजगारीमुलक आर्थिक वृद्धि हासिल गर्न।
· पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा सुनिश्चित गर्ने ।
· दिगो सहरीकरण र आवास विकास गर्न।
· उत्पादन र उत्पादकत्व वृद्धी गर्न।
· प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने ।
· संघीयता र सुशासनलाई सुदृढ गर्ने ।
चालु योजनाका प्रमुख कार्यक्रमहरु:
१. चालु योजनाले १५औं योजना मार्फत आन्तरिक बचत परिचालन मार्फत आत्मनिर्भर र समुन्नत अर्थतन्त्र निर्माणगर्ने सोच बनएको छ।
२. निजी तथा सहकारी क्षेत्रलाई आर्थिक संवाहकको रुपमा लिइ व्यवसायीकरण, आधुनिकिकरण र औद्धोगिकिकरणलाई अभिप्रेरित गर्ने रणनिती लिएको छ।
३. दिगो र भरपर्दो सिँचाइ सुबिधा उपलब्ध गराई कृषी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने कार्यक्रम बनाएको छ।
४. बसाइसराइको र आधारभुत खानेपानीको उचित व्यवस्थापन गर्ने कार्यक्रम बनाएको छ।
५. वैकल्पिक र नवीकरणीय उर्जाको विकास, यातायात संचारको विस्तार र सुचना तथा प्रविधीमा सबै नागरिकको पँहुच पुर्याउने जस्ता कार्यक्रम रहेका छन ।
६. यस अन्तर्गत न्यायपूर्ण शासनप्रणाली र प्रभावकारी सरकारी सेवा, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम मितव्ययी निर्वाचनको संचालन र व्यवस्थापन गर्ने आदी कार्यक्रम रहेका छन।
७. यसले गरिबी निवारण, श्रम तथा रोजगारी, बेरोजगारी, असमनाता, मानव श्रोतको विकास र समावेशिकरण क्षेत्रहरुलाई उच्च प्राथमिकता दिएको छ।
स्थानिय योजनाको परिचय:
स्थानिय स्तरमा संचालन हुने सबै प्रकारका कार्यक्रमका लागी बनाइने योजनालाई स्थानिय योजना भनिन्छ। स्थानिय योजनाहरु स्थानिय तहमा बसोबासगर्ने जनताको सहभागितामा निर्माण हुन्छन।
तपाईंको समुदायमा योजनाबद्ध तरिकाले गरिएका सम्पूर्ण कामहरू स्थानीय योजना हुन्। उदाहरणका लागिः खानेपानी उपलब्ध गराउन खानेपानी उपभोक्ता समितिले योजनाबद्ध तरिकाले गरेका सम्पूर्ण कार्यहरू स्थानीय योजनाअन्तर्गत पर्छन्। साथै आमा समूह, महिला समूह, युवा समूहलगायत विभिन्न प्रकारका क्लबहरूले पनि योजना बनाई विकासका कामहरू गर्छन्। टोल सुधार समितिले पनि टोल विकासका लागि विभिन्न योजना बनाउँछ । विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर बढाउन गर्ने विभिन्न काम पनि स्थानीय योजनाअन्तर्गत पर्छन्। जसरी राज्यले आफ्नो स्रोतसाधनका आधारमा विकासका कामका प्राथमिकता निर्धारण गर्छ त्यसैगरी हाम्रो घरपरिवारमा पनि आफ्नो आम्दानी अनुसारका प्राथमिकता निर्धारण गरेर खर्च गर्न सकेमा हाम्रो घरपरिवार सुखी हुन्छ । योजना देशका लागि मात्रै नभएर प्रदेश, स्थानीय तह, घर परिवार र व्यक्तिका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ।
आफ्नो परिवारको ६ बुँदे दुई वर्षे योजना तयार गर्नुहोस्।
· कृषि उत्पादन बढाउन जमिनको वैज्ञानिक उपयोग गर्ने।
· एक टुक्रा जमिन मात्र भएकाले खाद्यान्नभन्दा नगदे बालीलाई प्राथमिकता दिने।
· पशुपालन जारी राख्न।
· कृषि ऋणको लागि आवेदन दिन।
· तरकारी खेतीका लागि अर्काको जग्गा भाडामा लिने।
केहि महत्वपूर्ण कुराहरु:
सहकारी: सहकारी भनेको सामूहिक रूपमा आर्थिक र समाजिक रुपमा समान विचार बोकेको मानिसहरूको समूह हो।
धितोपत्र : सरकार वा कुनै कम्पनीले आफूलाई चाहिने रकम संकलन गर्न जारी गरिएको विद्युतीय औजारलाई धितोपत्र भनिन्छ।
अप्रत्यक्ष कर: कर तिर्ने भार एक पक्षमा र करको प्रभाव अर्को पक्षमा पर्ने करलाई अप्रत्यक्ष कर भनिन्छ।
योजना: कुनै पनि विकास कार्यलाइ निश्चित समयभित्र लक्षणमा पुर्याउनका लागि निर्माण गरिएको कार्यक्रमलाई योजना भनिन्छ ।
बीमा : मानिसको जिवन तथा धनमाल मा हुने जोखिम वहन गर्ने माध्यमलाई बिमा भनिन्छ।
नेपालमा जलस्रोतको विकास हुन नसक्नुका कारणहरु:
· कमजोर आर्थिक अवस्था
· बिदेशी चलखेल
· सरकारी व्यवस्ता
· भ्रष्टाचार
· जनसहभागिताको कमी
· दक्ष जनशक्ति तालिम र प्रविधि को कमी
· स्थानीय व्यक्तिबाट हुने विरोध
जलविद्युत विकासका लागि संचालन गर्नुपर्ने आवश्यक गतिबिधिहरु:
· सम्भव हुने ठाउँमा स्थानीय जनसहभागिता जुटाएर विधुत उत्पादन गर्ने
· राजनीतिक अस्थिरता र भ्रष्टाचारीरुपी रोगको उपचार गर्न
· वैदेशिक रोजगारमा गएका नेपालीलाई जलविद्युत्को क्षेत्रमा लगानी लगाउने वातावरणको सिर्जना गर्ने
· स्वदेशमै निजीलाई लगानीलाइ प्रोत्साहन दिनका लागि सेयर निष्काशन गरी कार्य सञ्चालन गर्न
· नेपालको जलस्रोतमा विदेशीहरुलाई चलखेल गर्न मौका नदिने
आर्थिक योजनालाई सफल पार्नको लागि ध्यान दिनुपर्ने पक्षहरू :
· सुशासन प्रवर्द्धन तथा सेवामा सेवा प्रवाहमा प्रभावकारिता बढाउने
· समावेशी विकास र लक्षित कार्यक्रमहरु संचालन गर्ने
· भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्ने
· रोजगारमूलक, गरिबोन्मुख र फराकिलो आर्थिक वृद्धि गर्ने।
पर्यटन उद्योग र यसका फाइदाहरु:
पर्यटकहरुलाई घुमाउने मनोरञ्जन दिने र पर्यटनसम्बन्धी सम्पूर्ण काम गर्ने व्यवसायलाई पर्यटन उद्योग भनिन्छ। यस उद्योग अन्तर्गत ग्रमिण पर्यटन, पर्वतीय पर्यटन, मनोरञ्जन पर्यटन र चमत्कारिक पर्यटन व्यवसाय सञ्चालन हुन्छन्।
पर्यटन उद्योगका फाइदाहरु;
· घरेलु तथा साना उधोगको विकास
· व्यापार तथा कला संस्कृतिको प्रवर्द्धन
· विश्वमा राष्ट्रको प्रचारप्रसार
· बिदेशी मुद्रा आर्जनको स्रोत
· रोजगारीको अवसर प्रदान
· राजस्वमा बृद्धि
वैदेशिक रोजगारी र नेपालको सन्दर्भमा यसको उपादेयता:
वैदेशिक रोजगारी अफ्नो देश बाहिर अरू देशमा गई गरिने रोजगारी हो। नेपालको सन्दर्भमा वैदेशिक रोजगारीको उपयोगिता :
· देशको आम्दानी र प्रविधिक ज्ञानमा वृद्धि हुन्छl
· सांस्कृति र परम्पराको आदानप्रदान हुन्छl
· जनताको जीवनस्तर सुधार हुन्छl
· भुक्तानी सन्तुलन कायम हुन्छl
· वैदेशिक रोजगारीबाट प्राप्त रकमले गरिबी न्यूनीकरण गर्न सकिन्छl
· उद्योग कलकारखानाको विकास हुन्छl
· बिदेशी मुद्रा आर्जन गर्न सकिन्छl
सेयरबाट हुने फाइदा:
· मुल्य आम्दानी अनुपात बढ्ने
· भविष्यका लागि आर्थिक सफलता प्राप्त हुने
· राम्रो शेयर बेचेर पैसा कमाउन सकेन
· कर तिरेर आय आर्जन गर्न सकिने
· व्यवस्थित ढंगले फाइदा लिन सिक्ने
नेपालमा जलस्रोतको विकास हुन नसक्नाका कारण उल्लेख गर्दै जलविद्युत विकासका लागि सञ्चालन गर्नुपर्ने गतिविधि लेखनुहोस् ।
नेपालमा जलस्रोतको विकास हुन नसक्नुका कारण निम्नलिखित छन्:
· राजनीतिक अस्थिरता
· पुँजीको अभाव
· विधुत उत्पादन मा लगानी को कमी
· जलश्रोतको प्रभावकारी उपयोग नहुनु
· स्थानीय व्यक्तिको अवरोध
· सडक तथा सञ्चार सुविधाको अभाव
· विद्युत् उत्पादनमा राजनीतिक दलको प्रतिबध्दताको कमी
जलविद्युत विकासका लागि निम्नानुसारका गतिविधी सञ्चालन गर्नुपर्छः
· राजनीतिक दलले जलविद्युत विकासमा प्रतिबद्धता जनाउने,
· राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीका स्रोत खोजी गर्ने,
· कलकारखाना गाउँदै यो यातायातमा जलविद्युत को प्रयोग गर्ने,
· विधुत्, व्यापारका लागि छिमेकी राष्ट्रसँग सम्झौता गर्ने,
· विद्युतमा हुने भ्रष्टाचार र चुहावट नियन्त्रण गर्ने,
· जलविद्युत विकासका लागि ऐन तथा राष्ट्रिय नेत्र निर्माण गर्ने,
· स्थानीय जनताको सहभागिता र स्वामित्व मा जलविद्युत उत्पादनको योजना बनाउने,
सहाकारीको सिद्धान्त उल्लेख गरी सहकारीले स्थानीय उत्पादन प्रर्वद्धनमा खेल्ने भुमिका लेखनुहोस।
स्वेच्छिक रुपमा एक जुट हुने र समान आर्थिक, समाजिक तथा संस्कृतिकआवश्यकता र आकाङ्क्षाहरूको परिपूर्ति संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यवसाय मार्फत गर्न चाहने व्यक्तिहरूको स्वायत संगठनलाई सहकारी भनिन्छ ।
सहकारीका सिध्दानत निम्नलिखित छन्ः
· शिक्षा तालिम र सूचना
· सहकारीबीच सहयोग
· संरक्षित तथा खुला सदस्यता
· सदस्यहरूको आर्थिक सहभागिता
· समुदायप्रति चासो
· स्वायत्तता र स्वतन्त्र
· सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण
सहकारी संस्थाले स्थानीय उत्पादनमा प्रवर्द्धनमा निम्नानुसार भूमिका निर्वाह गर्छः
· बेरोजगारी हटाउने
· गरिबी निवारण गर्ने
· साना तथा घरेलु उद्योग, स्थापना गर्न सहयोग
· कृषिलाई कृषि ऋण सुविधा र बजारको व्यवस्था गर्ने
· किसानहरुलाई मितव्ययि हुन सिकाउने
· ग्रामीण समाजमा उत्पादनमुखी भावना विकास गर्ने
· नयाँ सम्भावना र आवश्यकता पहिचान गर्ने
· योजनाबद्ध आर्थिक विकासमा सहयोग पुर्याउने
निर्जीवन बीमाको परिचय दिइ बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु लेख्नुहोस् ।
घर, पसल, कलकारखाना, कृषि, पहिरो, बाढी, खडेरी आदिबाट होने भौतिक क्षति तथा आर्थिक नोक्सानीको क्षतिपूर्ति हुने गरी बिमा लेखमा उल्लेखित हदसम्म को रकम फिर्ता पाउने गरी गरिने सम्झौता निर्जीवन बीमा हो। यसमा क्षत्ग्रिस्त भएका सम्पत्तिहरू को मुल्यांकन गरि बीमित लाई आर्थिक सुरक्षा प्रदान गरिन्छ।यस्तो बीमा एक वर्षका लागि गरिन्छ र अवधि पूरा भएपछि नवीकरण हुन सक्छ।
बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरू
· इच्छाएको व्यक्ति बारे स्पष्ट उल्लेख गर्नुहोस्।
· गलत विवरण जानकारी वा सूचना दिनु हुँदैन।
· बीमा गर्नुको उद्देश्यबारे स्पष्ट हुनुपर्छ।
· टोकियोको रकम बराबरको बीमा शुल्क, बीमा अवधि भित्र मा तिर्न सकिन्छ वा सक्दैन ध्यान पुर्याउनुपर्छ।
· बीमा प्रस्ताव ध्यानपूर्वक पढर्नु पर्छ। यदि आफूले चाहेअनुसारको छैन भने सम्बन्धित बिमा सँग सम्पर्क गर्नुपर्छ।
· बीमा अभिकर्ता बीमा समितिबाट इजाजत प्राप्त हो वा होइन थाहा पाउनुपर्छ।
· बीमा शुल्क भुक्तानी गरेपछि अनिवार्यरुपमा नगद बुझेको भरपाई लिनु पर्छ।
· बिमालेख नविकरणको मिति ख्याल गरेर तथाथा समय बिमा शुल्क भुक्तानी गर्नुपर्छ।
· बिमा गरेको कुरा घरपरिवारलाई जानकारी रहनुपर्छ।
एकाइ : ९
हाम्रो अन्तर राष्ट्रीय सम्बन्ध र सहयोग
(Our International
Relation and
पाठ
: १
नेपालको
परराष्ट्र नीति (Nepal’s Foreign Policy)
परराष्ट्र
नीतिको परिचय :
कुनै पनि
राष्ट्रको परराष्ट्र नीति भन्नाले उक्त राष्ट्रले अन्य राष्ट्रहरुसँग के कसरी सम्बन्ध
स्थापना गर्ने भन्ने मार्गनिर्देशक सिद्धान्तहरू भन्ने बुझिन्छ। प्रायजसो यस्ता
परराष्ट्र नीतिहरू सम्बन्धित राष्ट्रको इतिहास,
भूगोल, व्यवहारजस्ता कुराहरूमा आधारित हुन्छन्। परराष्ट्र नीतिको
आधारमा राज्यले विश्वपरिवेशमा आफ्नो उपस्थिति जनाउनेगर्दछ।
नेपालको
परराष्ट्र नीति
नेपाल दुई विशाल
छिमेकी मुलुकहरू भारत र चीनकोबीचमा अवस्थित एक सानो तथा भूपरिवेष्ठित मुलुक हो।
त्यसैले नेपालले आफ्नो परराष्ट्र नीति सुझबुझपूर्ण तरिकाले सन्तुलित रूपमा
कार्यान्वयन गर्दै आएको छ। नेपालको परराष्ट्र नीतिको कुरा गर्दा हामी हाम्रो देशको
ऐतिहासिक पृष्ठभूमिलाई बिर्सनु हुँदैन।
दक्षिण
एसियालगायत संसारभर उपनिवेशवादले जरा फैलाएको अवस्थामा राणा कालमा नेपालले
बेलायतसँग निकट सम्बन्ध राखे पनि बाहिरी जनतासँगको सम्पर्कबाट भने आफूलाई अगल
राखेको देखिन्छ। वि.सं. २००७ मा प्रजातन्त्रको आगमनसँगै नेपालले बाहिरी जगतसँग
कूटनीतिक सम्बन्धको विस्तार, संयुक्त राष्ट्रसङ्घ
लगायत असंलग्न आन्दोलनजस्ता बहुपक्षीय मञ्चमा सक्रिय उपस्थिति, साझा हितका विषयमा विकासोन्मुख, अल्पविकसित, भूपरिवेष्टित मुलुकहरुसँग
सहकार्य विस्तार तथा क्षेत्रीय सहयोगमा आबद्धता सुरु गर्यो। वि. सं. २०४६ सालपछि
प्रजातान्त्रिक मुलुकका रूपमा नेपालको पहिचान र सम्मान अझ बढ्नुका साथै नेपालको
अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक उपस्थिति अझ फराकिलो हुँदै गयो। वि.सं. २०६२०६३ सालको लोकतान्त्रिक आन्दोलनको सफलतापछि नेपालको पहिचान सङ्घीय लोकतान्त्रिक
गणतन्त्र, शान्तिप्रिय, समावेशी एवम् मानव अधिकारप्रति प्रतिबद्ध मुलुकको रूपमा
स्थापित भएको छ। यही पृष्ठभूमिमा नेपालको परराष्ट्रनीति राष्ट्रिय हित र
सुरक्षालाई केन्द्रविन्दुमा राख्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा
राष्ट्रिय सम्मानको अभिवृद्धि गर्ने दिशामा परिलक्षित छ।
नेपालको
परराष्ट्र नीतिका आधारहरु:
१. असंलग्नता: कुनै पनि शक्तिराष्ट्रको
गठ्बन्धनमा नरही अन्तरराष्ट्रीय घटनामा निरपेक्ष दृष्टिकोण राख्नु असंलग्नता हो।
२. पंचशीलको
सिद्धान्त्: नेपालको परराष्ट्रनीतिको
अर्को आधार पंचशीलको सिद्धान्त् हो। यसको प्रयोग पहिलो पटक भारतका प्रधानमन्त्री जवाहरलाल
नेहरुले सन १९५४ मा गरेका थिए। यसका निम्न ५ आधारहरु:
·
एक मुलुकले अर्को मुलुकको स्वातन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मअन गर्ने,
·
अर्काको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने,
·
समानता र पारस्परिकहित कायम गर्ने,
·
एकले अर्को मुलुकको विरुद्ध आक्रमण नगर्ने,
·
शान्तिपूर्ण सह-अस्तित्वको भावनालाई
स्वीकारगर्ने,
३. संयुक्त राष्ट्र सङ्घको बडापत्र प्रती प्रतिबद्ध :
नेपालले संयुक्त
राष्ट्रसङ्घ प्रती आस्था र विश्वास राख्दै विश्वशान्ति र राष्ट्र राष्ट्रबिच
मैत्री र सहयोग अभिवृधीगर्न यसको भूमिका र प्रभावकारिता बढाउनुपर्ने कुरामा जोड
दिंदै आएको छ।
४. क्षेत्रीय
सहयोग: नेपालले
क्षेत्रीय सहयोगका लागी दक्षिण एसियाली क्षेत्रीय संगठन
(SAARC) र बिमस्टेक
(BIMSTEC) जस्ता क्षेत्रीय
संगठनको प्रभावकारिता र सुद्रुढिकरणको लागी नेपालले जोड दिंदै आएको छ।
५. निशस्त्रीकरण: आणविक हतियार लगायत कुनै
पनि किसिमका आमविनासका हतियारको
प्रतिबन्धको वकालत निशस्त्रीकरण हो।
६. अन्तर राष्ट्रीय कानुन वा
शान्तिसम्झौताको सम्मान।
७. भूपरिवेष्टित मुलुकको हकहितको
सुरक्षा।
८. साना तथा अविकसित
मुलुकहरुको हकहितको सुरक्षा।
९. समस्याको शान्तिपूर्ण
समाधान्।
१०.
असल छिमेकिपन।
११.
स्वतन्त्र
परराष्ट्र नीति।
पाठ : २
संयुक्त राष्ट्र संघ (United Nations Organization):
·
संयुक्त राष्ट्रसंघ विश्वमा शान्ति कायम गर्न र युद्धको
अन्त्य गर्न स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो।
·
यसको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्क शहरमा छ।
·
यसको स्थापना सन १९४५ अक्टोबर २४ मा भएको थियो।
·
यसमा ६ आधिकारिक भाषाहरू छन् जस्तै अंग्रेजी, फ्रेन्च, स्पेनिश, रूसी, चिनियाँ र अरबी।
यसका
मुख्य उद्देश्यहरु:
·
अन्तर्राष्ट्रिय स्तरमा शान्ति र सुरक्षा कायम गर्न।
·
विश्वका राष्ट्रहरू बीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्न।
·
मानव अधिकार र स्वतन्त्रताको संरक्षण र प्रवर्द्धन गर्न।
·
विश्वको आर्थिक र सामाजिक प्रगतिको लागि काम गर्न।
·
राष्ट्र वा विश्वको समस्या समाधान गर्न ।
·
अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न।
संयुक्त राष्ट्र संघ (UNO) का ६ प्रमुख
अंगहरु:
१.
महासभा: UNO का सबै सदस्य राष्ट्रहरूको साझा बैठकहललाई महासभा भनिन्छ।
यसलाई संयुक्त राष्ट्र संसद पनि भनिन्छ। महासभा संयुक्त राष्ट्र सङ्घको
व्यवस्थापिका हो। यो हरेक वर्ष सेप्टेम्बर ३ मा हुन्छ।
प्रमुख कार्यहरू:
·
यसले UNO को योजना, नीति र कार्यक्रम तयार
गर्दछ।
·
यसले UNO को बजेट पारित गर्छ।
·
यसले सदस्यताको लागि सिफारिस गर्दछ।
·
यसले संयुक्त राष्ट्र संघका विभिन्न पदहरूको लागि चुनाव
सञ्चालन गर्दछ।
·
यसले महासचिव नियुक्त गर्दछ।
२.
सुरक्षा परिषद: सुरक्षा परिषदलाई UNO को कार्यकारणी अङ्गको
रुपमा लिने गरिन्छ। यो ५ स्थायी र १० अस्थायी सदस्यहरू मिलेर १५ सदस्य राष्ट्रहरू
मिलेर बनेको छ। स्थायी सदस्यहरुमा अमेरिका, बेलायत, रुस, फ्रान्स र चीन रहेका छन्। अस्थायी
सदस्यहरू क्षेत्रीयताको आधारमा पालैपालो
गरी दुई वर्षका लागि महासभाबाट चयन हुन्छन्। पाँच स्थायी सदस्यहरूले भिटो राख्न सक्छन्। (विशेष अधिकार जसले महासभाले गरेको
कुनै पनि निर्णयलाई अस्वीकारगर्न सक्छ ।)
प्रमुख कार्यहरू:
·
यसले शान्ति र सुरक्षा कायम राख्छ।
·
यसले कुनै पनि द्वन्द्व वा युद्धमा समाधान ल्याउँछ।
·
यसले शान्ति र व्यवस्थाको लागि शान्ति सुरक्षाबल परिचालन
गर्दछ।
·
यसले महासचिवको नियुक्ति र नयाँ राष्ट्रहरूको सदस्यताको
लागि महासभालाई सिफारिस गर्दछ।
३.
आर्थिक तथा सामाजिक परिषद्: यसमा भौगोलिक प्रतिनिधित्वको
आधारमा ३ वर्षको कार्यकालका लागि महासभाबाट निर्वाचित ५४ सदस्य राष्ट्रहरू
हुन्छन्। राष्ट्रपति हरेक वर्ष परिवर्तन हुन्छ। यो दिगो विकासका तीन प्रमुख
आयामहरू भएको केन्द्रीय प्लेटफर्म हो: आर्थिक,
सामाजिक र
पर्यावरण।
प्रमुख कार्यहरू:
·
यसले महासभाले दिएको कुनै पनि जिम्मेवारी पूरा गर्दछ।
·
यसले सदस्य राष्ट्रहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र मानवीय पक्षसँग सम्बन्धित समस्याहरू समाधान गर्दछ।
·
यसले मानव अधिकार र मौलिक अधिकारको प्रवर्द्धन गर्दछ ।
·
यसले विकास मुद्दाहरूसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनहरू
आयोजना गर्दछ।
४.
जिम्मा जमानी परिषद (ट्रस्टीशिप काउन्सिल): यो UNO को प्रमुख अंगहरु मध्ये
एक हो। यो सुरक्षा परिषद्का ५ स्थायी सदस्यहरु मिलेर बनेको छ ।
प्रमुख कार्यहरू:
·
यसले भर्खरै स्वतन्त्र उपनिवेश भएका देशहरूलाई स्वतन्त्र
हुन मद्दत र मार्गदर्शन गर्दछ।
·
यसले ट्रस्ट क्षेत्रहरूमा आवधिक र अन्य विशिष्ट मिशन चलाउछ।
·
यसले जनताको राजनीतिक,
आर्थिक, सामाजिक र शैक्षिक उन्नतिको लागि कार्य गर्दछ।
५.
अन्तर्राष्ट्रिय न्यायलय: यो UNO को न्यायिक अदालत हो ।
जसको कार्यालय हेग, नेदरल्याण्डमा छ। ९
वर्षका लागि महासभाबाट निर्वाचित १५ जना न्यायाधीश हुन्छन जसमा स्थायी सदस्यबाट ५
जना न्यायाधीश छन्। यसको आधिकारिक भाषाहरू अंग्रेजी र फ्रान्सेली छन्।
प्रमुख कार्यहरू:
·
यसले औपचारिक निर्णय मार्फत सदस्य राष्ट्रहरू बीचको
विवादहरू समाधान गर्दछ।
·
यसले संयुक्त राष्ट्र सङ्घ र यसका एजेन्सीहरूको कानुनी
सल्लाहकारको रूपमा काम गर्दछ।
·
यसले संयुक्त राष्ट्र बडापत्र,सन्धिहरू वा सम्झौताहरूको व्याख्या गर्दछ।
६.
सचिवालय: यो प्रशासनिक निकाय र उणो को मुख्यालय हो। ५ वर्षको
कार्यकालका लागि महासचिव र अन्य मातहतका पदाधिकारीको अध्यक्षता हुन्छ। महासचिवको नियुक्ति
सुरक्षा परिषद्को सिफारिसमा महासभाले गर्छ ।
प्रमुख कार्यहरू:
·
सचिवालयले UNO को दैनिक कार्यहरू
गर्दछ।
·
अन्तर्राष्ट्रिय विवाद समाधान गर्न मध्यस्थकर्ताको रूपमा
काम गर्दछ।
·
उसले संयुक्त राष्ट्रका गतिविधिहरूको रेकर्ड राख्छ।
·
उनले संयुक्त राष्ट्र संघको चलिरहेको गतिविधिहरूको बारेमा
समाचारहरू पनि प्रसारण गर्छन्।
UNO को सदस्यता
प्राप्त गर्नका लागि नियम र सर्तहरू वा प्रावधानहरू:
संयुक्त राष्ट्र संघको बडापत्रको धारा ४ मा UNO को सदस्यता प्राप्त गर्न
निम्न प्रावधानहरू छन्:
· सदस्य हुन चाहने देशले राष्ट्रसंघको बडापत्रका सर्तहरू
स्वीकार गरेको औपचारिक घोषणाको साथ आवेदन पेश गर्नुपर्छ।
· राष्ट्रले जुनसुकै बेला संयुक्त राष्ट्र संघले मागेको सहयोग
उपलब्ध गराउन इच्छुक हुनुपर्छ।
· महासभाले राष्ट्रलाई शान्तिप्रेमी राष्ट्रका रूपमा लिई र
संयुक्त राष्ट्र संघको दायित्व पूरा गर्ने गरी सदस्यता पारित गर्नुपर्छ।
· देश शान्तिप्रति प्रतिबद्ध हुनुपर्छ र UNO को विभिन्न तहका
बैठकहरूमा उपस्थित हुनुपर्छ।
तपाई UNO को
महासचिवमा नियुक्त हुनुभयो भने नेपालमा कस्ता कार्यक्रमहरु सञ्चालन गर्न
चाहनुहुन्छ ?
यदि म UNO को महासचिवमा नियुक्त भएँ भने, मैले नेपालमा निम्न कार्यक्रमहरू सञ्चालन गर्नेछु:
·
मानव अधिकार संरक्षण र द्वन्द्व व्यवस्थापन।
·
बालिका बेचबिखन र लागुऔषध दुरुपयोग रोक्न सचेतना कार्यक्रम।
·
पुरातन स्मारकहरूको नवीकरण।
·
गाउँ र शहर स्वास्थ्य कार्यक्रम।
·
बालश्रम विरुद्धको कार्यक्रम ।
·
शरणार्थीहरूको व्यवस्थापन र पुनर्स्थापना।
·
वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आदि।
संयुक्त
राष्ट्र सङ्घका विशिष्टीकृत संस्था (Specialized
Agencies of the UNO):
संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्थाहरू भन्नले
संयुक्त राष्ट्र सङ्घ अन्तर्गत्का कानुनी
रूपमा स्वतन्त्र अन्तर्राष्ट्रिय संस्थाहरू लाई जनाउँछ जसको आफ्नै नियम, सदस्यता, अंग र वित्तीय स्रोतहरू
छन्।
सयुक्त राष्ट्र सङ्घको बडापत्रको धारा ५७ मा १५ वटा
यस्ता संस्थाहरुको व्यवस्था गरिएको छ।
१. अन्तर्राष्ट्रिय
दुरसंचार सङ्घ:
स्थापना: १७ मे १८६५ मा
प्रधान कार्यालय: जेनेभा, स्वीटजरल्याण्ड्
कार्य/ उद्देश्य:
·
विश्वको जुन सुकै कुनामा बस्ने मानिसलाई सुचना प्रविधिको नेटवर्कमा
जोड्न।
·
दूरसंचार प्रवर्द्धन गर्न।
·
ग्रामीण क्षेत्रमा सञ्चार विस्तार गर्ने।
·
विभिन्न राष्ट्रहरू बीच अन्तरसम्बन्धको व्यवस्था गर्न।
२.
विश्व जलवायु सङ्गठन:
स्थापना: २३ मार्च १९५०
प्रधान कार्यलय: जेनेभा, स्वीटजरल्याण्ड्
कार्य:
·
मौसम पूर्वानुमान र अध्ययन गर्ने
·
मौसमको भविष्यवाणी गर्न,
·
मौसम विज्ञान स्टेशनहरू स्थापना गर्न।
·
जलवायु र मौसम विज्ञानको बारेमा जानकारी प्रदान गर्न।
३.
विश्व हुलाक सङ्घ्:
स्थापना: ९ अक्टोबर १९८४
प्रधान कार्यालय: वर्न, स्वीट्जरल्याण्ड्
कार्य:
·
हुलाक सेवालाई सुद्रुढ र स्तरिय बनाउन ।
·
विश्वव्यापी हुलाक सेवा र नेटवर्क विकास गर्न।
·
हुलाक सेवाहरूलाई प्राविधिक सहयोग प्रदान गर्न।
·
सदस्य राष्ट्रहरू बीच हुलाक नीतिहरू समन्वय गर्न ।
४.
अन्तर्राष्ट्रिय श्रम संगठन:
स्थापना: ११ अप्रिल १९१९
प्रधान कार्यालय: जेनेभा, स्वीट्जरल्याण्ड्
कार्य:
· मजदुरको हितमा काम गर्ने
।(आर्थिक तथा सामाजिक सुरक्षा)
· श्रमको बारेमा कानून
तर्जुमा गर्ने
· बालश्रम विरुद्ध काम
गर्ने ।
५.
खाद्ध तथा कृषिसङ्गठन:
स्थापना: १६ अक्टोबर १९४५
प्रधान कार्यलय: रोम, इटाली
कार्य:
·
कृषि उत्पादन र बजार प्रवर्द्धन गर्न।
·
कृषकहरुलाई तालिम दिने ।
·
भोकमरी हटाउन।
६.
अन्तर्राष्ट्रिय मुद्रा कोष:
स्थापना: २७ डिसेम्बर १९४५
प्रधान कार्यलय: वासिङ्ग्टन डिसि, अमेरिका
कार्य:
·
विश्वव्यापी मौद्रिक समस्या समाधान गर्न।
·
विकासोन्मुख राष्ट्रहरूलाई कम ब्याजमा ऋण उपलब्ध गराउने ।
·
भुक्तानीमा सन्तुलन कायम राख्न।
७.
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा
सांस्कृतिक सङ्गठन (युनेस्को)
स्थापना: ४ नोभेम्ब र १९४६
प्रधान कार्यालय: पेरिस, फ्रान्स्
कार्य:
· दिगो शान्तिका लागि काम
गर्ने ।
· संस्कृति, विज्ञान र संचारको प्रवर्द्धन गर्न।
· विश्वका राष्ट्रिय
सम्पदाको संरक्षण गर्ने ।
· न्याय, कानून र मानव अधिकार प्रवर्द्धन गर्न।
८.
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन्:
स्थापना: ४ अप्रिल, १९४७
प्रधान कार्यालय: मोन्ट्री यल, क्यानडा
कार्य:
·
विश्वमा सजिलो र सुरक्षित उड्डयनको विस्तार र व्यवस्थापन
गर्न।
·
अन्तर्राष्ट्रिय हवाई यातायातका लागि नियमावली बनाउने।
·
अन्तर्राष्ट्रिय नागरिक उड्डयनका लागि सीमा पारगर्ने
प्रक्रियालाई सहजीकरण गर्ने।
९.
विश्व स्वास्थ्य सङ्गठन:
स्थापना: ७ अप्रिल १९४८
प्रधान कार्यलय: जेनेभा, स्वीटजरल्याण्ड्
कार्य:
· विश्वमा सार्वजनिक
स्वास्थ्यको अवस्था सुधार गर्न।
· खोप र जागरूकता प्रदान
गर्न।
· विभिन्न रोग र महामारी
उन्मूलन गर्न ।
· पौष्टिक आहार सम्ब न्धी
कार्यक्रम संचालन गर्न ।
१०.
अन्तर्राष्ट्रिय सामुद्रीक सङ्गठन:
स्थापना:१७ मार्च, १९५८
प्रधान कार्यालय: लण्डन , ब्रिटेन
कार्य:
· विश्वव्यापी समुद्री
यातायातको विकासमा मद्दत गर्न ।
· समुद्री मार्गलाई
सुरक्षित बनाउन कानुन र प्राविधिक सहयोग विस्तार गर्ने।
· समुद्री सुरक्षा सुधार
गर्न र यसको प्रदूषण रोक्न।
११.
संयुक्त राष्ट्र सङ्घिय औद्धोगिक विकास सङ्गठन्:
स्थापना: १ जनव री १९६७
प्रधान कार्यालय: भियना, अष्ट्रेलिया
कार्य:
· विकासोन्मुख देशहरूमा
औद्योगिकीकरणलाई प्रोत्साहन गर्ने।
· ऊर्जा र वातावरण
संरक्षणमा मद्दत गर्न।
· गरिबी निवारणमा सहयोग
गर्ने ।
१२.
विश्व बौद्धिक सम्पत्ति सङ्गठन:
स्थापना: २५ अप्रिलअ, १९७०
प्रधान कार्यालय: जेनेभा, स्वीट्जरल्याण्ड्
कार्य:
· बौद्धिक सम्पत्ति
प्रवर्द्धन गर्न।
· रचनात्मक गतिविधिहरूलाई
प्रोत्साहन गर्न ।
· सिर्जनशीलतालाई
प्रोत्साहित गर्ने ।
१३.
कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष:
स्थापना: २५ डिसेम्बर, १९७७
प्रधान कार्यालय: रोम, इटाली
कार्य:
· कृषिविकासको लागी ऋण उपलब्ध
गराउने ।
· कृषिमा लगानी गर्ने,
· गरिबी हटाउने ।
१४.
विश्व बैंक:
स्थापना: १ जुलाई, १९४४
प्रधान कार्यालय: वासिङ्गटन डिसि, अमेरिका
कार्य:
· गरिबी निवारण गर्ने,
· जीवन स्तरको सुधार गर्ने
।
· कम ब्याजमा, बिना ब्याजमा लोन उपलब्ध गराउने र आर्थिक सहयोग गर्ने ।
१५.
विश्व पर्यटन सङ्गठन:
स्थापना: १ नोभेम्बर, १९७५
प्रधान कार्यालय: म्याड्रीड, स्पेन्
कार्य:
· विश्वमा पहुचयोग्य पर्यटन
सुबिधा
· पर्यटन प्रवर्धनमा विकास
गर्ने,
· पर्यटन स]म्बन्धी कार्यक्रम बनाउने
संयुक्त
राष्ट्र सङ्घ र नेपाल:
नेपालले सन् १९५५
डिसेम्बर १४ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्रप्त गरेको हो। त्यसपछि यसले
संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विशिष्टीकृत संस्थाहरूको पनि सदस्यता प्राप्त
गर्दै आएको छ । नेपालले सन् १९६७-१९६८ र १९८८- १९८९ मा दुईपटक सुरक्षा परिषद्को
सदस्यको रूपमा पनि काम गरेको थियो। नेपाली सेना, सशस्त्र प्रहरी
बल र नेपाल प्रहरीले संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा तैनाथ भएर महत्त्वपूर्ण
योगदान पुऱ्याएका छन्।
नेपालका कुलचन्द्र
गौतमले संयुक्त राष्ट्र सङ्घको उपमहासचिवको रूपमा काम गरेका छन् । त्यसैगरी
नेपालले संयुक्त राष्ट्र सङ्घको महासभामा धेरै पटक उपाध्यक्षको जिम्मेवारी पनि वहन
गरिसकेको छ। संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्थाहरूले नेपालमा विविध
क्षेत्रमा सहयोग पुयाउँदै आएको छन्। दश वर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्ने सेना
समायोजनको प्रक्रियामा पनि संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनको
महत्त्वपूर्ण भूमिका रहेको थियो ।
अनमिन र
नेपालमा यसको योगदान
अनमिन इयान मार्टिनको
नेतृत्वमा सन २००७ मा नेपालको शान्ति प्रक्रियामा मद्दत गर्न का लागी तयार पारिएको
एक विशेष राजनीतिक मिसन हो। यो सन् २००६ अगस्ट ९ मा नेपाल पठाइएको थियो जसले सरकार
र माओवादीबीच नोभेम्बर २००६ (५ मंसिर २०६३) मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर
गर्न मद्दत गर्यो। यसले नेपाली सेना र माओवादीका हतियार र सशस्त्र जनशक्ति दुवै
पक्षको हतियार दर्ता र भण्डारण गरी अनुगमन गर्न मद्दत गरेको थियो। यसका साथै
अनमिनले सचेतनाका लागि रेडियो कार्यक्रम “अनमिना को बोलि” पनि आयोजना गरेको थियो। अन्ततः यो आफ्नो कार्य पूरा गरी
२०११ माघ १५ गते (२०६७ माघ १ गते) नेपालबाट प्रस्थान गरेको थियो।
पाठ : ३
विश्वव्यापीकरण र स्थानीयकरण
(Globalization & Localization)
विश्वव्यापीकरण (Globalization) :
विश्वव्यापीकरण (भुमण्डलीकरण) भन्नाले राष्ट्रीय, आर्थिक, समाजिक, कृयाक्लापलाई विश्वव्यापी संजालमा जोड्ने कृयाक्लाप
विश्वव्यापिकरण हो। यो एक गतिशील प्रक्रिया हो जसले हाम्रो अस्तित्वका सबै
पक्षहरूलाई समेट्छ। यो एक शब्द १९७० को दशकमा मानिसहरूको बढ्दो आवागमन, तिनीहरूको ज्ञान र विचारहरू र सामानहरू र राष्ट्रिय सीमाहरू
पारगर्ने कुरालाई वर्णन गर्नका लागि प्रयोग गरिएको हो। अर्को शब्दमा भन्नुपर्दा
यो सिमाविहीन बजार सृजना गरी विश्वभर व्यापार वाणिज्य विस्तार गर्ने प्रक्रिया हो। यसरी भन्नु पर्दा, यो सीमा बिहिनको संसार
हो। यसले संसारका देशहरूलाई एउटा गाउँको
परिवार जस्तै लिने गर्दछ।
विश्वव्यापीकरणका
आयामहरू:
ग्लोबल स्टडीजका प्रोफेसर म्यानफ्रेड
स्टेगरले भूमण्डलीकरणका आयामहरूलाई
५ भागमा विभाजन गरेका छन।:
१.
आर्थिक विश्वव्यापीकरण: वस्तु, पुँजी, र श्रम बजार
२.
सांस्कृतिक विश्वव्यापीकरण: नैतिकता र मूल्य मान्यताहरु
३.
राजनीतिक विश्वव्यापीकरण: राजनीतिक विचारधाराशक्ति मार्फत
प्रभावलाई
४.
पर्यावरणिय विश्वव्यापीकरण: वातावरण वा प्रकृति संरक्षणसँग
सम्बन्धित
५.
वैचारिक विश्वव्यापीकरण: अल्पविकसित देशहरूमा क्रिश्चियन
धर्म फैलाउनुलाई
विश्वव्यापीकरणका
सबल पक्षहरु/ महत्व:
१.
यसले अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग विस्तार गर्दछ।
२.
यसले हाम्रो दिमागलाई फराकिलो बनाउँछ।
३.
यसले संस्कृति, जीवन शैली र राजनीतिको
प्रचार र आदानप्रदानलाई बढाउँछ।
४.
यसले व्यापार र वस्तुहरूलाई बढावा दिन्छ।
५.
यसले सस्तो मूल्यमा सामानको गुणस्तर पहुँच गर्दछ।
६.
अविकसित र विकासोन्मुख देशहरूमा जीवनको स्तर वस्तु र
सेवाहरूको गुणस्तरमा सुधार हुन्छ।
७.
यसले गरिब देशहरूलाई विदेशी सहायता बढाउँछ।
८.
विद्यार्थीहरूले संसारको कुनै पनि ठाउँमा अध्ययन गर्न
सक्छन् ।
विश्वव्यापीकरणका
बेफाइदा/ चुनौती :
१.
यसले धनी र गरिब बीचको खाडल विस्तार गर्दछ।
२.
विदेशी संस्कृति फैलाएर स्वदेशी संस्कृतिलाई खतरामा पार्छ।
३.
ठूला उद्योग र विषालु ग्याँसका कारण वातावरणमा असर पर्छ।
४.
स्थानीय व्यापार, हाते उद्योग, घरेलु र साना उद्योगहरु धेरै मारमा पर्छन ।
५.
संक्रामक, महामारी वा स्थानीय
रोगहरू फैलिन सक्छ।
६.
गरिब देशहरूमा प्रभुत्व वा वर्चस्व (नियन्त्रण) बढ्छ।
७.
गरिब देशहरूको राष्ट्रिय अर्थतन्त्र धेरै कमजोर र निर्भर
हुन्छ।
स्थानियकरण (Localization):
कुनै पनि वस्तु, सेवा वा प्रविधिलाई निश्चित क्षेत्रमा सीमितगर्ने कार्यलाई
स्थानियकरण भनिन्छ। यसले एउटा स्थान विशेषलाई प्राथमिक्ता दिन्छ। सङ्घिय प्रणालिमा यो प्रबल हुन्छ।
अक्सफोर्ड
डिक्सनरी अनुसार- स्थानीयकरण भनेको "कुनै पनि वस्तु वा यसको प्रभाव लाई विशेष क्षेत्रमा
मात्र सीमित गर्ने कार्य हो।"
स्थानीयकरणको
महत्व वा सकारात्मक पक्षहरु:
·
यसले स्थानीय जनतालाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्छ ।
·
यसले राष्ट्रको परम्परागत भाषा, धर्म, परम्परा, रीतिरिवाज, संस्कृतिको विकास गर्दछ ।
·
यसले पिचडिएको वर्गको विकास मा जोड दिन्छ ।
·
यसले जनता केन्द्रीत विकासको
दृष्टिकोण प्रस्तुत गर्छ ।
·
यसले बाहिरी राष्ट्रको हस्तक्षेपको विरोध गर्दछ ।
·
यसले वातावरण संरक्षणमा जोड दिन्छ ।
·
यसले स्थानीय मौलिक संस्कृतिको प्रवर्धन र रक्षा गर्दछ ।
·
यसले स्थानीय श्रम, पूँजी तथा प्रविधिको
उच्चतम प्रयोग गर्दछ ।
स्थानीयकरणको
चुनौती वा नकारात्मक पक्षहरु:
·
यसले वातावरणीय प्रदूषण बढाउँछ।
·
यसले स्रोत र उत्पादनको लागि अन्य ठाउँहरूमा निर्भरता बढाउँछ।
·
यसले विश्वव्यापी अर्थतन्त्र र संस्कृतिलाई वञ्चित गर्दछ।
·
यसले आफ्नै संस्कृति र जीवन शैलीप्रति कठोरतालाई बढावा
दिन्छ।
·
यसले अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित वस्तु र सेवाहरूको
प्रयोगलाई प्रतिबन्धित गर्दछ।
·
यो आधुनिक संसारको लागि एक संकीर्ण विचारधारा हो।
·
श्रम पूँजी र प्रविधी साँगुरो घेरामा सीमित हुन्छ।
·
प्रतिस्प्रधी बजारको अभाव हुन्छ।
पाठ : ४
सूचना तथा संचार प्रविधि र सामाजिक संजाल
(Information and Communication Technology and Social
Network)
सूचना
तथा सञ्चार प्रविधिको परिचय:
कम्प्युटर, इन्टरनेट तथा अन्य माध्यमको प्रयोग गरेर तथ्याङ्क सङ्कलन
गर्ने, सङ्कलित तथ्याङ्कलाई
प्रशोधन गरी सूचनामा परिवर्तन गर्ने, प्रशोधित सूचनालाई
भण्डारण गर्ने र उक्त सूचना प्रयोगकर्तालाई उपलब्ध गराउने कार्य नै सूचना तथा
सञ्चार प्रविधि हो। यसलाई छोटकरीमा सूचना प्रविधि वा आइटी पनि भन्ने गरिन्छ।
२१औं शताब्दीलाई विज्ञान र प्रविधिको युग मानिन्छ।
विज्ञानको विकास धेरै पहिलादेखि भए तापनि सन् १९६० को दशकमा इन्टरनेटको विकास
भएपछि सूचना तथा सञ्चार प्रविधि सबैभन्दा छिटो विकास हुँदै आएको छ। सूचना तथा
सञ्चार प्रविधिको क्षेत्रमा भएका नवीनतम विकास र तिनको प्रयोगले सबै क्षेत्रलाई
प्रभावित पारेको छ। शिक्षा, उद्योग, व्यापार, पर्यटन, कृषि, चिकित्सा, इन्जिनियरिङ लगायतका हरेक क्षेत्रमा सूचना तथा सञ्चार
प्रविधिको प्रयोगले मानिसको जीवनलाई सरल बनाएको छ। सूचना र सञ्चार प्रविधिमा भएको
तीव्र विकासले गर्दा आधुनिक विश्वनै एक गाउँ (Global Village)मा रूपान्तरण भएको छ।
सूचना
तथा सञ्चार प्रविधिको रूपमा सामाजिक सञ्जाल :
कम्प्युटर र मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले
सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरू
आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ। यो वेभसाइट एवम्
इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान
गर्ने साधन हो। यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले
यसलाई सामाजिक सञ्जाल भनिएको हो। यो सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरूको
सामूहिक रूप हो। यस्ता च्यानलहरू प्रायः निशुल्क हुन्छन्। फेसबुक, युटुव, भाइब, ट्वीटर आदि यसका उदाहरण हुन्।
सामाजिक सञ्जालका फाइदाहरु:
·
सूचना आदानप्रदान
छिटोछरितो गर्न सकिने,
·
घरमै बसेर स्वदेश
तथा विदेशमा प्रत्यक्ष रूपमा निःशुल्क सम्पर्क गर्न सकिने,
·
महत्त्वपूर्ण
कागजात, फोटो एवम् भिडियो
तुरुन्त आदानप्रदान गर्न सकिने,
·
कुनै घटना वा खास
विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने,
·
घरमै बसेर आवश्यक
सरसामान खरिदबिक्री गर्न सकिने,
·
आफ्नो विचार, भावना राख्न सजिलो हुने,
·
सम्पूर्ण विश्वलाई
एउटै गाउँमा ल्याउन सहयोग पुग्ने,
·
अध्ययन अनुसन्धान
एवम् लेखनकार्यमा सघाउ पुग्ने,
·
व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापारव्यवसाय सबैले
हरेक काममा प्रयोग गर्न सकिने आदि,
सामाजिक सञ्जालका बेफाइदा:
·
सामाजिक सञ्जालमा
बढी समय खर्च गर्ने,
·
अरुप्रति
नकारात्मक टीकाटिप्पणी सेयर गर्ने,
·
समाजलाई
हानिनोक्सानी गर्ने विषयवस्तु बढी सेयर गर्ने,
·
अश्लील भिडियो तथा
फोटो खिचेर अपलोड गर्ने, सेयर गर्ने,
·
नचिनेको
व्यक्तिलाई जिस्काउने,
·
अर्काको फोटो तथा
भिडियोको दुरुपयोग गर्ने,
·
सामाजिक सञ्जाललाई
अध्ययन अनुसन्धानको साधनभन्दा मनोरञ्जनको साधनको रूपमा प्रयोग गर्ने,
·
गलत समाचार
सम्प्रेषण गर्ने आदि ।
इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी
प्रयोगका लागि निम्न कुराहरूमा ध्यान दिनु जरुरी छ :
·
आफूलाई आवश्यक
परेको समय मात्र इन्टरनेट वा सामाजिक सञ्जालको प्रयोग गर्नुहोस्।
·
इन्टरनेटमा सूचना
खोज्नु सकारात्मक कुरा हो तर ससाना कुराहरूको लागि पनि इन्टरनेटकै सहारा लिने काम
नगर्नुहोस्। यसले सिर्जनशीलता घाटआउछ।
·
अध्ययनको उद्देश्य
किटान गरी मात्र आवश्यक पर्ने सामग्रीको मात्र खोजी गर्नुहोस्।
·
इन्टरनेटबाट लिएका
सामग्रीलाई जस्ताको त्यस्तै आफ्नो बनाएर प्रस्तुत नगर्नुहोस् ।
·
अवैधानिक स्रोतबाट
गीत, भिडियो तथा गेमहरू
डाउनलोड नगर्नुहोस् । यस्ता स्रोतमा भाइरस तथा मालवेयरहरू हुन सक्छन ।
·
अरुको फोटो वा
भिडियो खिच्नु वा पोस्ट गर्नु अगाडि उनीहरूको अनुमति अनिवार्य लिनुहोस्।
·
इन्टरनेटमा उपलब्ध
वयस्क सामग्रीहरू हेरेर आफ्नो शारीरिक बनावट वा संरचनासँग तुलना नगर्नुहोस्।
·
आफूमाथि कुनै पनि
प्रकारको इलेक्ट्रोनिक्स माध्यमबाट साइबर बुलिङ भइरहेको महसुस भइरहेको छ भने आफ्ना
अभिभावक वा शिक्षकलाई सुनाउनुहोस् वा प्रहरीमा उजुरी गर्नुहोस्।
·
अरुमाथि पनि साइबर
बुलिङ नगर्नुहोस्।.
साइबर अपराध:
कम्प्युटर तथा
विद्युतीय सामग्रीको प्रयोग गरी गरिने गैरकानुनी क्रियाकलापलाई साइबर अपराध
भनिन्छ। प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य,
यौनजन्य हिंसा, इन्टरनेट धोकेवाजी, क्रेडिट कार्ड एकाउण्ट आदिको चोरी गरिने बैङ्किङ कसुर आदि पर्दछन्। साइबर
अपराधहरूलाई निम्नानुसार उल्लेख गरिएको छ|
१.
विद्युतीय रुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने।
·
कानुनले प्रकाशन गर्न रोक लगाएका सामग्रीहरू प्रकाशन गर्ने
·
सार्वजनिक नैतिकता,
शिष्टता विरुद्ध
सामग्रीहरू प्रकाशन गर्ने
·
जातजाति र सम्प्रदायबिचको सम्बन्ध खलल पार्ने सामग्री प्रकाशन र प्रदर्शन
व्यक्तिले गर्ने
२.
गोपनीयता भङ्ग गर्ने:
·
कुनै अभिलेख ( रेकर्ड),
किताब, सूचना, कागजातको जिम्मेवारी दिएको व्यक्तिले त्यस्ता सूचनाको गोपनीयता भङ्ग गर्ने
३.
कम्प्युटर सूचना प्रणालीमा क्षति पुयाउने
·
कम्प्युटरमा रहेका सूचनालाई नष्ट गर्ने, क्षति पुयाउने
४.
कम्प्युटर सामाग्रीमा अनाधिकृत पहुच्
·
अन्य व्यक्ती को कम्प्युटर मा रहेको सुचना अनुमती बिना प्रयोग गर्ने,
·
गोपनीयता भङ्ग गर्ने,
·
कुनै अभिलेख,
कागजात, किताब, मा पहुच प्रप्त भएका व्यक्तिले त्यस्ता सुचना को पर्दाफास गर्ने।
५.
कम्प्युटर जालसाजि:
·
कुनै बिलको भुक्तानी रकम्, खाताको बाँकी ब्यालेन्स एटिएम कार्ड आदिमा जालसाजी ।
६.
झुठो व्यहोराको सुचना दिने:
·
झुठा इजाजतपत्र वा प्रमाण पत्र पेश गर्ने,
·
इजाजत नै नपाइ प्रमाणपत्र जारी गर्ने,
७.
कम्प्युटर श्रोत सामाग्रीको चोरी:
·
कम्प्युटर संकेट लाई जानीजानी चोरी गर्ने, नष्ट गर्ने,
परिवर्तन गर्ने, वा त्यस्तो काम गर्न लगाउने आदि
पाठ : ५
समसामायिक
अध्ययन (Contemporary Studies)
समसामायिक घटना र तिनका
असरहरु:
वर्तमान समयमा वा तत्कालीन समयमा घटेका
र विश्वमा नै शैक्षिक, खेलकुद, विज्ञान तथा प्रविधि, वातावरण, कला साहित्य स्वास्थ्य राजनीति, विपत् व्यवस्थापन, आतङ्कवाद आदि क्षेत्रमा प्रभाव पार्ने घटनाहरूलाई समसामयिक घटना भनिन्छ। यस्ता
घटनाहरू विश्वको जुनसुकै ठाउँमा घटे पनि यिनीहरूले संसारभरका मानिसहरू र
राष्ट्रहरूलाई असर पार्दछन्।
नेपाल र विश्वमा हालसालै
घटेका केही घटनाहरू:
१.
राष्ट्रिय जनगणना २०७८ को नतिजा
सार्वजनिक
·
राष्ट्रिय जनगणना २०७८ को नतिजा
सार्वजनिक २०७८ साल मंसिर ९ गते- सोल्टी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहालले
·
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४
हजार ५७८
·
पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार
५५१ (४८.९८ प्रतिशत)
·
महिलाको संख्या १ करोड ४९ लाख ११ हजार
२७ (५१.०२ प्रतिशत)
·
अनुपात प्रति १०० जना महिलामा पुरुषको
संख्या ९५.५९ जना रहेको गत
·
प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या
२ करोड ९१ लाख ९२ हजार ४८०
·
नेपालमा हरेक १०-१० वर्षमा राष्ट्रिय
जनगणना हुँदै आएको
·
नगरपालिकाहरुमा बस्ने जनसंख्या ६६.१७ प्रतिशत
·
गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३३.८३ प्रतिशत
·
भौगोलिक क्षेत्रअनुसार
-
तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१
करोड ५६ लाख ३४ हजार ६ जना)
-
पहाडमा ४०.३१ प्रतिशत (१
करोड १७ लाख ५७ हजार ६२४ जना) र
-
हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७
लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको
·
सबैभन्दा धेरै जनसंख्या बागमती
प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत
·
जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या
भएको जिल्ला काठमाडौ (२० लाख ४१ हजार ५८७ जना)
·
सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ
(५ हजार ६५८ जना)
२. नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध
अन्तर्राष्ट्रिय
·
विमानस्थलको उद्घाटन- २०७९ जेष्ठ २ गते, सोमबार प्रधानमन्त्री
शेरबहादुर देउवा
·
विमानस्थलमा ३ हजार
मिटर लामो धावनमार्ग
·
बोइङ ७७७, एयरबस ३३० र त्यही
क्षमताका वाइडबडी विमान अवतरण गर्न सक्ने क्षमता
·
अन्तर्राष्ट्रिय
नागरिक उड्ययन सङ्गठन तथा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएको
·
विमानस्थललाई नेपाल
नागरिक उड्डयन प्राधिकरणले गत वैशाख २१ गते प्रमाणीकरण गरिसकेको
·
पहिलो व्यवसायिक उडान
भरेको जजीरा एयरलाइन्सको एयरबस ३२० विमान बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण
गरेको थियो
३.
जलवायु परिवर्तन
वायुमण्डलको तापक्रम, हावाको बहाब र बर्सातमा हुने घटबढका कारण पृथ्वी तथा यसको कुनै भागमा औसत
मौसममा हुने महत्त्वपूर्ण परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। यो परिवर्तन
पृथ्वीको वायुमण्डलको तापक्रमको वृद्धिले जल र वायु तथा वातावरणमा हुने नकारात्मक
परिवर्तन हो। पृथ्वीको वायुमण्डल नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यास मिलेर बनेको हुन्छ। वायुमण्डलमा यी सबै ग्यास
निश्चित मात्रामा वा अनुपातमा हुन्छन्। यिनीहरूको सन्तुलन बिग्रन जाँदा जलवायु
परिवर्तन हुने गर्छ। चरम औद्योगिक विकासका कारण कार्बनडाइअक्साइड, मिथेन सल्फरडाइअक्साइड, क्लोरोफ्लोरो कार्बन आदि वृद्धि भएर वायुमण्डलमा तह
भएर बसेका छन्। यसका कारण वायुमण्डलमा असर परी जलवायु परिवर्तनको अवस्था सिर्जना
हुन्छ। विश्वका कतिपय जङ्गलमा लाग्ने डढेलोका घटनाले वायुमण्डलीय प्रदूषण उच्च
विन्दुमा पुऱ्याएको छ। नेपाल पनि वायुमण्डलीय प्रदूषणबाट मुक्त हुन सकेको छैन।
बढ्दो जलवायु परिवर्तनका कारण वर्षा कम हुने वा बढी हुने अवस्था रहन्छ।
जलवायु परिवर्तनका
असर:
·
समुद्रको सतह बढ्न गई होचा स्थान दुबानमा हुनसक्ने ।
·
हिमालहरू नाङ्गा डाँडामा परिणत हुने ।
·
हिमतालहरूको विस्फोट हुने खतरा बढ्नु ।
·
मौसमी फूल फुल्ने, फल फल्ने, पाक्ने समयमा
परिवर्तन हुने । ङ)
जीवजन्तुको लोप हुने
खतरा बढ्ने ।
·
बाढीपहिरो, भूक्षय बढ्ने ।
४.
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन- २०७९
·
गणतन्त्र नेपालको तेस्रो रास्ट्रपति र उपरास्ट्रपति निर्वाचन हालै सम्पन्न
·
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र
नेम्वाङलाई पराजित गर्दै गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति छानिएका (पौडेलले ३३,८०२ मत प्राप्त गरेको
नेम्वाङले १५, ५१८ मत)
·
गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिकामा जनता समाजबादी पार्टि (जसपा) नेपालका रामसहायप्रसाद यादव निर्वाचित
रास्ट्रपतिको लागि
फाल्गुन २५ गते र उपरास्ट्रपतिको लागि चैत्र ३ गते निर्वाचन सम्पन्न गरिएको
·
संसदीय निर्वाचनमा रामचन्द्र पौडेल तनहुँ-१ र रामसहायप्रसाद यादव बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका
५.
कोभिड १९
सारा विश्वलाई नै
आतङ्कित पार्ने गरी फैलिएको कोभिड १९ ले २०७९ चैत्र २ गतेसम्म ६८,१५,४०५ मानिसको मृत्यु भइसकेको छ। नेपालमै पनि १२,०२० जनाको मृत्यु भइसकेको छ । निको भएर घर फर्केका व्यक्तिको सङ्ख्या पनि
उल्लेखनीय छ। कोभिड-१९ ले भिन्नभिन्न
उमेर समूहका मान्छेहरूलाई भिन्नभिन्न तरिकाले असर गर्छ। धेरैजसो सङ्क्रमित
मान्छेहरूमा एकदम हल्कादेखि मध्यमस्तरसम्मका लक्षणहरू देखिन्छन् र बिरामीलाई अस्पतालमा भर्ना नगरिकनै रोग
निको हुन्छ।
६.
रुसद्वारा युक्रेनमाथि आक्रमण
रुसले युक्रेनमाथि
फेब्रुअरी २४, २०२२ मा जल, स्थल र वायु सेनाको
प्रयोग गरी आक्रमण गन्यो । उक्त आक्रमणमा परेर युक्रेनका महत्त्वपूर्ण सहरका भौतिक
संरचनामा क्षति पुग्नुका साथै थुप्रै सैनिक र गैरसैनिकहरूको मृत्यु भएको छ ।
७.
टर्की र सिरियाको महाभूकम्प
सन् २०२३ फेब्रुअरी ६
(वि.सं. २०७८ माघ २३) मा टर्की र सिरियामा ठुलो भूकम्प गएको छ। भूकम्प ७.८ म्याग्निच्युडको थियो (वि.सं. २०७२ मा नेपालमा गएको भूकम्प बराबर थियो । उक्त भूकम्पमा परेर ७० हजारभन्दा बढी मानिसको ज्यान
गएको थियो।
८.
नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा
नेपाल एकदिवसीय
विश्वकप छनोटमा पुगेको छ। युनाइटेड अबर इमिरेट्स (युएइ) लाई डकवर्थ एण्ड लुइस (Duckworth -Lewis-Stern:
DLS) मेथडमा ९ रनले हराएर
नेपाल विश्वकप छनोटमा पुगेको हो । कीर्तिपुर क्रिकेट मैदानमा वि.सं. २०७९ चैत्र २ मा भएको लिग २ को अन्तिम खेलमा पहिलो
ब्याटिङ गरेको युएइले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो भने जवाफमा
नेपालले (खराब प्रकाशका कारण खेल रोकिनु अघि) ४४ ओभरमा ६ विकेटको गुमाएर २६९ रन
बनाएको थियो। त्यसपछि डिएल मेथडका आधारमा नेपाललाई ९ रनले विजयी भएको घोषणा गरिएको
थियो।
हाम्रो जनसंख्या र व्यवस्थापन
(Our Population & Management)
पाठ- १
नेपालको जनसंख्या (Nepal's Population)
जनसंख्या
(Population):
एउटा निश्चित क्षेत्र र समयमा बसोबास
गर्ने मानिसको सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ। यसमा देशको सीमाभित्र बसोबास गर्ने
सबै वर्ग, उमेर, धर्म, जातजाति आदिका मानिसहरूको सङ्ख्या समावेश
हुन्छ।
जनसङ्ख्याको आकार (Size of
Population):
निश्चित भौगोलिक क्षेत्र र समयमा भएको
कुल जनसङ्ख्यालाई जनसङ्ख्याको आकार भनिन्छ। नेपालको कुनै जनसङ्ख्याको आकारले कुनै
निश्चित समयमा नेपालको कुल जनसङ्ख्या कति छ भन्ने कुरा बताउँछ। जनसङ्ख्या निरन्तर
परिवर्तन भइरहने हुनाले यसको वास्तविक आकार यही हो भन्न सकिँदैन। जनसङ्ख्याको आकार
बुझ्न एउटा निश्चित समय र भौगोलिक क्षेत्र तोकिनुपर्दछ। वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालको
जनसङ्ख्या २,९१,९२,४८० (२ करोड ९१ लाख ९२ हजार ४ सय ८०) रहेको
प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
जनसंख्याको बनोट:
जनसाङ्खियक बनोटले लिङ्ग, उमेर, जातिइ, भाषा, धर्म
आदिका आधारमा जनसंख्याको अवस्था कस्तो छ भन्ने कुराको जानकारी दिन्छ ।
१. लिङ्ग
अनुसार जनसंख्याको बनोट:
२०७८ सालको जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।
२.
उमेरको
आधारमा जनसंख्याको बनोट:
राष्ट्रीय जनगणना २०६८ अनुसार्:
·
१४
वर्ष वा सो भन्दा कम- ३५%
·
१५
वर्ष देखी ५९ वर्ष सम्म्- ५७% र
·
६०
वर्ष वा सो भन्दा माथि- ८% रहेको
३.
धर्म
अनुसार जनसंख्याको बनोट:
राष्ट्रीय जनगणना २०६८ अनुसार-
·
हिन्दू
धर्म:८१.३४%,
·
बौद्ध
धर्म: ९.०३%,
·
इस्लाम
धर्म:
४.३९%,
·
इसाइ
धर्म: १.४१% र
·
अन्य
धर्म:०.७८% रहेको
४.
मात्रुभाषा
अनुसार जनसंख्याको बनोट:
वि.स. २०६८ अनुसार १२३ मात्रुभाषा बोलिने गरेको:
नेपाली मात्रु भाषा -४४.६४%,
दोश्रो मैथलि-११.६७%,
तेश्रो, चोथो र पाँचो क्रमश्: भोजपुरी- ६%, थरु- ५.८%, तामाङ्ग्- ५.११%
रहेको ।
५. जातजातिअनुसार जनसंख्याको बनोट्:
राष्ट्रीय
जनगणना २०६८ अनुसार् नेपालमा १२५ जातजाती रहेको।
छेत्री-१६.६%, ब्रहमण्-१२.२%, मगर्-७.१%, थरु-६.६%, तामाङ्ग्-५.६% रहेको
६. पेशाअनुसार जनसंख्याको बनोट:
राष्ट्रीय जनगणना २०६८ अनुसार् ६०.४६% कृषिमा आवद्ध र ३९.५७ गैरकृषी पेशामा आवद्ध।
७.
शैक्षिक
स्थिती अनुसार जनस्ंख्याको बनोट्:
राष्ट्रीय जनगणना २०६८ अनुसार् ५ वर्ष भन्दा माथीको उमेरका महिलाको साक्षरता ५७.४% र पुरुषको ७५.१ % रहेको
जनसङ्ख्याको वितरण :
१.
भौगोलिक
वितरण
वि.स. २०७८ राष्ट्रीय जनगणना अनुसार (प्रारम्भिक
नतिजा):
हिमाली क्षेत्र- ६.०९%
पहाडी क्षेत्र- ४०.२५ %
तराइ- ५३.६६%
२.
प्रादेशिक
वितरण्
कोशी प्रदेश- ४९,७२,०२१ -१७.०३%
मधेस प्रदेश-६१,२६,२८८ – २०.९९%
बागमती प्रदेश्-६०,८४,०४२
– २०.८४%
गण्दकी प्रदेश्- २४,७९,७४५ -८.४९%
लुम्बिनी प्रदेश्- ५१,२४,२२५ -१७.५५
कर्णाली प्रदेश्-१६,९४,८८९ -५.८१%
सुदूर पश्चिम प्रदेश्- २७,११,२७० -९.२९%
३.
जिल्लागत
वितरण
५ बढी जनसंख्या भएका जिल्लाहरु:
काठ्माडौं- २०,१७,५३२
मोरङ्ग्- ११,४७,१८६
रुपन्देही- ११,१८,९७५
झापाअ- ९,९४,०९०
सुनसरी-९,३४,४६१
२ कम जनसंख्या भएका जिल्लाहरु
मनाङ्ग्- ५६४५
मुस्ताङ्ग्- १४५९६
४.
ग्रामिण
र शहरी वितरण्
शहरमा- १९२,९१,०३१
(६६.०८%)
गाँउमा- ९९,०१,४४९
(३३.९२%)
५.
नगरपालिका
र गाँउपालिका वितरण
नेपाली जनसंख्याको आकार र वृद्धिदर वि.स. १९६८ देखी २०७८ सम्म
क्र. स. |
जनगणना वर्ष |
जनसंख्या |
जनसंख्या वृद्धिदर् |
१ |
वि.स. १९६८ |
५६,३८,७४९ |
- |
वि.स. १९६८ सालमा लिएको लिएको जनगणना नेपालको पहिलो जनगणना थियो र उक्त जनगणना अनुसार नेपालको जनसंख्या ५६,३८,७४९ थियो ।
पाठ्: २
पारिवारिक योजना र गुणस्तरीय जीवन
(Family Planning and
Quality of Life)
पारिवारिक योजनाको अर्थ (Meaning of Family Planning)
परिवारमा उपलब्ध स्रोतसाधन र आम्दानीको
विवेकपूर्ण प्रयोग गरी परिवारका सदस्यलाई उच्च सन्तुष्टि प्रदान गर्न बनाइएको योजनालाई
पारिवारिक योजना भनिन्छ। पारिवारिक योजना परिवारलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय
बनाउनका लागि तयार गरिने कार्यहरूको पूर्वतयारी हो।
विगतमा पारिवारिक योजनालाई परिवार नियोजनको
दृष्टिकोणबाट हेरिन्थ्यो जसलाई जन्म नियन्त्रण गर्ने साधनको रूपमा मात्र
बुझिन्थ्यो तर हाल आएर यस्तो सङ्कुचित सोचमा व्यापक परिवर्तन आएको छ।
वर्तमान समयमा परिवारिक योजनालाई जन्म
नियन्त्रणको कार्यक्रम मात्र नभई समग्र पारिवारिक जीवनलाई व्यवस्थित गर्ने एक पद्दतिको
रूपमा स्वीकार गरिएको छ। यसअन्तर्गत परिवारको आकार सानो राख्ने, मातृ-शिशु कल्याण र
परिवारको स्वास्थ्यको ख्याल राख्ने, जन्मान्तर तथा विवाहको उमेरसम्बन्धी योजना
आदि कार्यहरू पर्दछन्। गुणस्तरीय जीवनमा सुधार गर्न उचित पारिवारिक योजना आवश्यक
पर्ने भएकाले पारिवारिक योजना र गुणस्तरीय जीवनबिच अन्तरसम्बन्ध रहेको छ।
पारिवारिक योजनाको महत्त्व (Importance to Family Planning)
पारिवारिक योजना व्यवस्थित, अर्थपूर्ण, प्रभावकारी र असल
परिवार निर्माण गर्नको लागि बनाइने योजना भएकाले यसको ठुलो महत्त्व छ ।
पारिवारिक योजनाका महत्त्वहरू :
- पारिवारिक योजनाले
विवाह गर्ने उपयुक्त उमेर निर्धारणमा सहयोग पुयाउँछ।
- यसले उपयुक्त उमेरमा
गर्भधारण गर्ने र उचित जन्मान्तर कायम गर्न सहयोग गर्दछ।
- यसले आफ्ना सन्तानको उचित लालनपालन, शिक्षादिक्षा आदिमा
सहयोग पुयाउँछ।
- यसले परिवारको उचित आकार निर्माण गरी
गुणस्तरीय परिवार निर्माणमा सहयोग गर्दछ।
- यसले गर्दा देशको जनसङ्ख्या व्यवस्थापन
गर्न सहयोग पुग्छ।
- यसले स्वस्थ र समृद्ध परिवार निर्माणमा
सहयोग पुयाउँछ।
- यसले मातृ मृत्युदर र
शिशु मृत्युदर घटाउन सहयोग पुग्नुका साथै राष्ट्रको औसत आयु वृद्धिमा सहयोग गर्छ।
गुणस्तरीय जीवन ( Quality Life)
भौतिक, सामाजिक सांस्कृतिक तथा आत्मिक पक्षमा
आधारभूत आवश्यकता पूर्ति भई सन्तुष्टि प्राप्त भएको जीवनलाई गुणस्तरीय जीवन
भनिन्छ। सबै आवश्यकताहरू पूरा भएको एक आदर्श जीवन जिउने सपना सबैको हुन्छ। मानिसले
आरामदायी आवास, स्वादिष्ट भोजन, राम्रो लुगा र सम्भव भएसम्म विलासिताको साधनको चाहना राख्छ।
गुणस्तरीय जीवन प्राप्त गर्न निम्न
आवश्यकता पूरा भई सन्तुष्टि प्राप्त भएको हुनुपर्छः
·
भौतिक पक्ष: खाना, कपडा, आवास, शुद्ध पिउने पानी आदि।
·
सामाजिक सांस्कृतिक
पक्ष रोजगारी, शिक्षा, स्वास्थ्य सुविधा र अन्य कुराहरू आदि
·
आत्मिक पक्ष
स्वतन्त्रता, सकारात्मक चिन्तन, शान्ति, मनोरञ्जन आदि
जीवनकोगुणस्तर सन्तुष्टिमा निर्भर गर्दछ तर
भोको पेट, तिर्खा र नाङ्गो शरीरमा सन्तुष्टि हुँदैन। तसर्थ गुणस्तरीय जीवनको
प्राप्तिको लागि कम्तीमा आधारभूत आवश्यकताहरू परिपूर्ति भएको हुनुपर्छ।
गुणस्तरीय जीवनको महत्त्व (Importance of Quality Life)
·
गुणस्तरीय जीवनको
महत्त्वहरूलाई निम्न बुँदामा प्रस्तुत गर्न सकिन्छ :
·
मानिसका आधारभूत
आवश्यकताको परिपूर्ति गर्न,
·
सन्तुष्टिपूर्ण
जीवनयापन गर्न
·
मानवीय जीवनलाई सरल, सहज तथा सफल बनाउन,
·
सामाजिक वातावरणलाई
स्वच्छ बनाउन,
·
सानो परिवारको
अवधारणालाई मूर्तरूप दिन
·
आधुनिक र स्तरीय
समाजको विकास गर्न, शिक्षा, स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी गर्न,
·
राष्ट्रको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, भौगोलिक पक्षमा सुधार
ल्याउन,
·
समृद्ध र विकसित
राष्ट्र निर्माण गर्न ।
गुणस्तरीय जीवनका आधारहरु ( Foundations of Quality Life)
१.
आधारभूत आवश्यकताहरु
गुणस्तरीय जीवनको एउटा आधार भनेको आधारभूत
आवश्यकताहरू के कति पूर्ति भए भनेर मूल्याङ्कन गर्नु हो । सन् १९७० मा आधारभूत
आवश्यकताको पूर्तिलाई आर्थिक विकासको सूचकाङ्कका रूपमा लिन थालियो। आर्थिक विकासले
गर्दा मानिसको आर्थिक तथा सामाजिक हैसियत बढ्छ र आधारभूत आवश्यकताहरू सजिलै पूरा
गर्न सकिन्छ । नेपालमा पहिलोपटक जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने
उद्देश्यले छैठौं पञ्चवर्षीय योजना ल्याइएको हो ।
२.
जीवनको भौतिक गुणस्तर
सूचकाङ्क
यस सूचकाङ्कका अनुसार जीवनको गुणस्तर
आम्दानीको स्तर मात्र नभई जनताको सामाजिक सेवासँग पनि सम्बन्धित छ। यसले देशको पाँच
वर्षभन्दा कम उमेरको मृत्युदर, जन्ममा औसत आयु र साक्षरता दर जस्ता तीनओटा आधारलाई हेरेर जीवनको भौतिक गुणस्तर
सूचकाङ्क मापन गरिन्छ ।
३.
मानव विकास सूचकाङ्क
मानव विकास सूचकाङ्क औसत आयु, शिक्षा र प्रतिव्यक्ति
आय सूचकहरूको समग्र तथ्याक हो। जब जन्मको औसत आयु लामो हुन्छ, शिक्षा अवधि लामो
हुन्छ र प्रतिव्यक्ति आय उच्च हुन्छ तब देशले उच्च मानव विकास सूचकाङ्क प्राप्त
गर्छ । यो सूचकाङ्क सन् १९९० मा विकसित भएको थियो । यसको बारेमा एकाइ २ मा विस्तृत
रूपमा चर्चा गरिएको छ ।
४.
खुसीपन वा आनन्दीपन: परिवारका सदस्यको खुसी पनि गुणस्तरीय जीवनको आधार हो। सन् २००२ देखि विश्व
खुसी प्रतिवेदन (World Happiness Report) प्रकाशन गर्न थालिएको हो। सन् २०२१ को प्रतिवेदनअनुसार संयुक्त राष्ट्र
सक्ष्म सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्क (UN Sustainable Development Solution Network) ले सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदन (World Happiness Report) २०२२ ले नेपाल दक्षिण एसियाकै सबैभन्दा खुसी मुलुक भएको देखाएको छ ।
विश्वका १४९ मुलुकमध्ये नेपाल ८४ औं स्थानमा रहेको छ । प्रतिवेदनले फिनल्याण्ड
विश्वकै सबैभन्दा बढी खुसी मुलुक भएको देखाइएको छ
५.
सन्तानको भरणपोषण र
शिक्षादीक्षा
: आफ्नो सन्तानको भरणपोषण र उचित
शिक्षादीक्षाबिना सुदृढ र व्यवस्थित परिवारको कल्पना गर्न सकिँदैन। सन्तान मात्र
नभएर जन्मिएका सन्तानहरूको सही पालनपोषण गर्नु बाबुआमाको उत्तरदायित्व हो। आफ्ना
बालबालिकाको शारीरिक र मानसिक वृद्धि र विकासलाई आवश्यक पर्ने पौष्टिक आहार प्रदान
गर्नुका साथै समयसापेक्ष व्यक्तित्वको विकासमा सहयोग पुयाउने शिक्षादीक्षा प्रदान
गर्ने कुरामा विशेष ध्यान दिनु जरुरी पर्छ ।
पाठ्: ३
जनसङ्ख्या र
वातावरणबीच अन्तरसम्बन्ध
(Relationship
Between Population & Environment)
जनसङ्ख्या र वातावरण
जनसङ्ख्याले कुनै निश्चित क्षेत्रमा बसोबास
गर्ने मानिसहरूको जम्मा सङ्ख्यालाई जनाउँछ। वातावरणले मानिस रहेको वरपरको
परिवेशलाई जनाउँछ। जनसङ्ख्या र वातावरण एकअर्कामा परस्पर सम्बन्धित र परिपूरक हुन्।
वातावरण एक वृहत् पक्ष भने मानिस वातावरणको एउटा अङ्ग हो। मानिसले आफ्ना हरेक
आवश्यकता पूरा गर्न वातावरणमा निर्भर रहन्छ। वातावरणमा उपलब्ध स्रोत र साधनको
परिचालन गरी मानिसका असीमित आवश्यकताहरू परिपूर्ति हुने गर्दछन्। अर्कातर्फ, वातावरण प्राकृतिक र
मानव निर्मित वस्तुहरू मिलेर बनेको हुन्छ। वातावरणको संरक्षण र संवर्धनमा मानिसको
प्रत्यक्ष प्रभाव रहेको हुन्छ त्यसैले जनसङ्ख्या र वातावरण एकअर्कामा
अन्तरसम्बन्धित छन्।
जनसङ्ख्या र वातावरणबीचको अन्तरसम्बन्ध यस
प्रकार उल्लेख गर्न सकिन्छ।
· जनसङ्ख्या र वातावरण
एकअर्कामा अन्तरसम्बन्धित र परिपूरक हुन् ।
· वातावरण एक वृहत् पक्ष
हो भने जनसङ्ख्या यसको एक अङ्ग हो 1
· मानिसका आवश्यकताहरू
वातावरणमा निर्भर हुन्छन् भने वातावरण संरक्षण र संवर्धन जनसङ्ख्यामा निर्भर हुन्छ ।
· वातावरणबिना न मानव
जनसङ्ख्याको अस्तित्व रहन सक्छ न त मानव जनसङ्ख्याबिना वातावरणको संरक्षण, संवर्धन र सदुपयोग नै
हुन सक्छ।
· हाल विश्वमा तीव्र
रूपले बढिरहेको जनसङ्ख्याको आकारले वातावरण विनाशमा भूमिका खेलेको पाइन्छ।
वातावरणीय विनाशले मानव जनसङ्ख्यामा प्रतिकूल प्रभाव पार्दछ।
· मानवीय क्रियाकलाप कै
कारण ओजोन तह पातलिँदै गएको, जलवायु परिवर्तन भइरहेको, प्रदूषण बढेर सम्पूर्ण प्राणी जगत्माथि नकारात्मक असर परेको छ।
त्यसकारण जनसङ्ख्या र वातावरणबिच
अन्योन्याश्रित सम्बन्ध छ ।
सामुदायिक स्वास्थ्य र वातावरण (Community Health and Environment)
समुदायका व्यक्तिहरूले समुदायका लागि
समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरी तिनको समाधान गर्न, व्यक्तित्व तथा
वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन गरिने क्रियाकलापलाई सामुदायिक स्वास्थ्य
भनिन्छ।
व्यक्तिले आफ्नो स्वास्थ्य सुधार गर्न
व्यक्तिगत प्रयासबाट मात्र सम्भव नहुने हुनाले सामुदायिक स्वास्थ्यको अवधारणा अघि
सारिएको हो। समुदायको स्वास्थ्य र वातावरणलाई सुधार गर्न व्यक्ति, परिवार, समुदाय एवम् राष्ट्र
सबैको प्रयास हुनुपर्दछ।
वर्तमान समयमा हाम्रो समुदायको स्वास्थ्य
स्थिति र त्यहाँको प्राकृतिक वातावरण बिस्तारै बिग्रँदो अवस्थामा गइरहेको पाइन्छ।
सामुदायिक स्वास्थ्यमा सुधार नआई त्यहाँका आम नागरिकको चौतर्फी विकासको परिकल्पना
गर्न सकिँदैन।
सामुदायिक स्वास्थ्यको मुख्य उद्देश्य नै
समुदायको स्वास्थ्यस्तरलाई माथि उकास्नु हो। हाम्रो समुदायमा विभिन्न प्रकारका
स्वास्थ्य तथा वातावरणीय समस्याहरू देखा परेका हुन्छन्। जस्तैः विभिन्न खालका
सरुवा रोगहरूको प्रकोप हुनु, स्वास्थ्य सेवाको अभाव हुनु, शिशु तथा मातृ मृत्युदर उच्च हुनु, कुपोषण बढ्नु, स्वास्थ्य शिक्षाको
कमी हुनु, धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गर्नेको सङ्ख्या बढ्दै जानु, गरिबहरूको पहुँचमा
स्वास्थ्य सर्वसुलभ नहुनु, सन्तुलित योजनाबारे जानकारी नहुनु, अस्वस्थकर जीवनशैलीमा वृद्धि हुनु जस्ता
समस्याहरू देखिएका छन्। त्यतिमात्र नभई भौगोलिक कठिनाइ, जनचेतनाको अभाव, औषधीको अभाव, स्वास्थ्यकर्मीको अभाव
आदि कारणले आज सामुदायिक स्वास्थ्य ग्रस्त छ।
स्वस्थ जीवनशैली र आहारविहार (Healthy Lifestyle and Food)
स्वस्थ जीवनशैली भन्नाले त्यस्तो
जीवनशैलीलाई जनाउँछ जसले जीवनयापनका आठओटा पक्षलाई समावेश गरेको हुन्छ : संवेगात्मक
पक्ष, वातावरणीय पक्ष, वित्तीय पक्ष, बौद्धिक पक्ष, पेसागत पक्ष, शारीरिक पक्ष, सामाजिक पक्ष र आत्मिक पक्ष।
परम्परागत अवधारणाअनुसार रोग वा
दुर्बलताबाट मुक्त हुनु नै स्वस्थ मानिन्थ्यो तर वर्तमान समयमा आएर यो अवधारणामा
आमूल परिवर्तन आएको छ। स्वस्थ जीवनशैलीले स्वास्थ्यका माथि उल्लेखित आठओटै
पक्षमा सन्तुलित जीवनयापन गर्ने आवश्यकतालाई इङ्गित गर्दछ। विज्ञान र
प्रविधिको व्यापक विकास र विस्तार भएको वर्तमान समयमा मानिसको जीवनशैली स्वस्थकर
छैन । दैनिक दौडधुप, अव्यवस्थित बसाइ, खानपानको गञ्जागोल तालिका, शारीरिक अभ्यास तथा कसरतको अभावजस्ता कारणले हाम्रो दैनिक जीवन अव्यवस्थित
भइरहेको छ । व्यस्तताका बाबजुद स्वस्थ जीवनशैली जिउनु हाम्रो आवश्यकता बनेको छ ।
स्वस्थकर जीवनयापनको लागि अपनाउनुपर्ने
उपायहरू:
१.
सन्तुलित जीवन जिउने
२.
अरुबाट सरसहयोग र
समर्थन लिने र दिने
३.
बौद्धिक विकासका
कार्यमा संलग्न हुने
४.
स्क्रिन समय घटाउन
स्वस्थ जीवनशैली र आहारविहारको महत्त्व
·
हामीलाई शारीरिक, मानसिक र आत्मिक रूपमा
तन्दुरूस्त राख्दछ ।
·
निरोगी र सुखी बनाउँछ
·
सकारात्मक सोच र उर्जा
प्रदान गर्दछ ।
·
हाम्रो सोचाइ, काम गराइ र
सिर्जनशीलतामा वृद्धि गराउँछ ।
·
तनाव व्यवस्थापन गर्न, अरुसँग सुमधुर सम्बन्ध
बनाउन मद्दत पुयाउँछ ।
·
सही निर्णय लिन मद्दत
पुयाउँछ ।
मानिस र वातावरणबीच सम्बन्ध
मानिस र वातावरणबीच प्रत्यक्ष र सिधा
सम्बन्ध रहेको हुन्छ । मानिसको अस्तित्व वातावरणकै कारणले सम्भव हुन्छ । त्यसैगरी
वातावरण बिना मानव अस्तित्वको कुनै स्पष्ट अर्थ छैन । अहिले बढ्दो जनसङ्ख्यासँगै
स्रोत र साधनको माग पनि बढिरहेको छ। तर ती स्रोतहरूको अत्याधिक प्रयोगले वातावरणको
गुणस्तर खस्कन्छ र प्रदूषण, बाढी, पहिरो, भूक्षय, आंशिक वर्षा र खडेरी जस्ता बिपत्हरू निम्त्याउँछ ।
मानिस एक विवेकशील प्राणी हो । मानिसले
वातावरण बचाउन पनि सक्छ र नष्ट गर्न पनि सक्छ । प्राकृतिक स्रोतसाधनको उचित
प्रयोगले वातावरण संरक्षणमा मद्दत गर्छ । यसका लागि तीव्र जनसङ्ख्या वृद्धिदरलाई
नियन्त्रण गर्नुपर्छ । वातावरणको नियन्त्रण र संरक्षणका लागि हामीले प्राकृतिक
स्रोतसाधनको महत्त्वबारे जनतालाई सचेत गराउनुपर्छ । वातावरणमा सबै जीवित
प्राणीहरूको समान हक लाग्दछ । जिवित सबै प्राणी र वातावरण एक अर्कामा निर्भर रहन्छन् ।
मानव र प्राकृतिक स्रोतहरू
प्रकृतिमा निःशुल्क पाइने स्रोतहरूलाई
प्राकृतिक स्रोत भनिन्छ। माटो, पानी, हावा, खनिज, वन्यजन्तु, पहाड, हिमाल आदि प्राकृतिक स्रोतका केही उदाहरण हुन् । प्राकृतिक श्रोतबिना
जीवनको सम्भावना हामी कल्पना गर्न सक्दैनौँ, जनसङ्ख्या वृद्धिसँगै प्राकृतिक स्रोतको
प्रयोग बढ्दै गएको छ। प्राकृतिक स्रोतको विनाशले सबै जीवहरूको अस्तित्वमा ठूलो
खतरा निम्त्याउँछ। तिनीहरूको संरक्षणमा मानवजातिको महत्त्वपूर्ण भूमिका हुन्छ।
वातावरण संरक्षणका लागि प्राकृतिक स्रोतको
सही उपयोग गर्नुपर्छ। तीव्र जनसङ्ख्या वृद्धिले मानिसको जीवनमा बाधा पुऱ्याएको छ।
प्रविधिको विकासले हाम्रो जीवनलाई सजिलो बनाएको त छ तर यसले वातावरणमा नराम्रो
प्रभाव पारेको छ। आधुनिक आविष्कारहरू जस्तैः यातायात, उपकरण, कृषि औजार आदिले
हाम्रो जीवनलाई सहज बनाएको छ।
पाठ: ४
विश्व जनसङ्ख्या (World Population)
विश्वमा जनसङ्ख्याको
अवस्था
(Status of Population in the
World)
आज विश्वको जनसङ्ख्या सन १९५० को भन्दा तीन
गुणाले बढेको छ। सन २०२२ को नोभेम्बरमा विश्व जनसङ्ख्या ८ अरब पुगेको अनुमान
गरिएको छ। सन् १९५० मा २ अरब ५० करोड़ थियो र ३७ वर्षको अन्तरालमा उक्त जनसङ्ख्या
बढेर दोब्बर भएको थियो त्यसैले, अबको ७० वर्षमा हालको जनसङ्ख्या बढेर दोब्बर हुने अनुमान गरिएको छ। विगत
१०० वर्षमा विश्वको जनसङ्ख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भएको छ। सन् १९६२ -
१९६५ को बीचमा जनसङ्ख्या वृद्धिदर २.१ प्रतिशत प्रतिवर्ष रहेको थियो। त्यसपछि
जनसङ्ख्या वृद्धिदर आधाभन्दा बढी घटेको छ। सन् १९५० पछि पहिलो पटक सन् २०२० मा
विश्वको जनसङ्ख्या वृद्धिदर १ प्रतिशतभन्दा तल रहेको थियो। आउने दशकमा वृद्धिदर अझ
घट्ने अनुमान रहेको छ। सन् २०३० सम्ममा विश्व जनसङ्ख्या ८.५ अरब पुग्ने र सन् २०५०
मा ९.७ अरब पुग्ने अनुमान रहेको छ।
विश्वको जनसङ्ख्या प्रक्षेपण सन् २०२२ -
२०५० (जनसङ्ख्या दश लाखमा)
क्षेत्र
२०२२
२०३०
२०५०
विश्व
अल्पविकसित राष्ट्र
भूपरिवेष्टित राष्ट्र
विकासोन्मुख युरोप र उत्तर अमेरिका
मध्यक्षिण एसिया
पूर्वी र दक्षिण पूर्वी एसिया७९४२
१११२५५७
११२०
२०७५
२०४२
८५१२
१३२८
६६४
११२९
२२४८२३७२
१९१४
९४७११२५
२५७५
२३१७
विश्व जनसङ्ख्याको वृद्धिको प्रवृति
सन् १९५१ मा १.६५ प्रतिशत रहेको जनसङ्ख्या वृद्धिदर सन् १९५८ सम्म निरन्तर बढेको थियो। सन् १९५९ देखि १९६१ सम्म जनसङ्ख्या वृद्धिदर घटेर १९६१ मा १.६३ प्रतिशत पुगेको थियो। पुनः जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी २.२४ प्रतिशत रहेको थियो। तत्पश्चात्, विश्वको जनसङ्ख्या वृद्धिदर निरन्तर घटेको देखिन्छ। सन् २०२२ विश्वको जनसङ्ख्या वृद्धिदर हालसम्मकै सबैभन्दा कम ०.८३ प्रतिशत प्रतिवर्ष रहेको छ।
विश्व जनसङ्ख्या वृद्धिको प्रवृत्ति
वर्ष (सन्)
विश्व जनसङ्ख्या
जनसङ्ख्या वृद्धिदर
१९५०
१९५५
१९६४१९७०
१९७५
१९८०
१९८५
१९९५
२००५
२०१५
२०२२२०२३
२,४९९,३२२, १२७
२,७४६, ०७२, १४१
३,२६७, २१२,३३८३,६९५,३९०,३३६
४,०६९,४३७,२३१
४,४४४,००७, ७०६
४,८६१,७३०, ६१२
५,४४३,२१९, ४५४६,५५८, १७६, ११९
७,४२६, ५९७,५३६
७,९७५, १०५, १५६
८,०४५,३११,४४७
२.०१२.१४
२.०६१.८५
१.८०
१.८०१.४६
१.२७
१.१९
०.८३
०.८८
नेपाल र विकसित देशको जनसङ्ख्या
(Population Situation of Nepal and Developed Countries)
नेपालको र विश्वको जनसङ्ख्या वृद्धिको तुलना गर्दा सन् १९११ मा करिब ५६ लाख रहेको नेपालको जनसङ्ख्या सन् १९५० को दशकसम्म निरन्तर वृद्धि देखिन्छ। सन् १९६१ को दशकमा भने जनसङ्ख्या वृद्धिदर २.२८ प्रतिशतबाट घटेर सन् १९६१ मा १.६४ प्रतिशत रहेको थियो। उक्त जनसङ्ख्या बढेर सन् २०११ मा २,६४,९४,५०४ थियो। हाल वि.सं २०७८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्या २,९१,६४,५७८ रहेको छ।
विकसित देशहरूको जनसङ्ख्याको आकार, बनावट, वृद्धिदर तथा जन्म तथा मृत्युको प्रवृत्ति नेपालको भन्दा फरक रहेको पाइन्छ ।
विकसित देशको जनसङ्ख्याको आकार वृद्धिदर जन्म र मृत्युको विवरणसँग नेपालको तुलना
देशको नाम
जनसङ्ख्याको
आकार (अर्बमा)जनसङ्ख्या वृद्धिदर
(प्रतिशतमा)जन्मदर (प्रति १०००
जीवित जन्ममा)मृत्युदर (प्रतिहजारमा)
अमेरिका
नर्वे
जापान
अष्ट्रेलिया
नेपाल३३२.८
५. ४
१२४.९२५.८
३०.९०.१
०.३
- ०.५
०.५०.९३
११
१०
७
१२
२०१०
८
१२
७
८
विकसित देश र नेपालको जनसङ्ख्याको आकार र वृद्धिदर फरक रहेको छ । सन् २०२२ मा अमेरिकाको जनसङ्ख्या वृद्धिदर ०.१ प्रतिशत रहेको छ, नर्वेको ०.३ प्रतिशत तर जापानको जनसङ्ख्या वृद्धिदर भने ऋणात्मक (- ०.५) रहेको छ । अष्ट्रेलियाको जनसङ्ख्या वृद्धिदर ०.५ प्रतिशत रहेको र नेपालको ०.९३ प्रतिशत रहेको छ। विकसित देशहरूमध्ये अमेरिकाको प्रतिहजार जनसङ्ख्यामा ११ जना जीवित जन्म हुन्छ भन्ने तथ्याङ्कले देखाउँछ। नर्वेमा प्रतिहजारमा १० जना जन्म हुने देखिन्छ। त्यसैगरी अष्ट्रेलियामा १२ जना र जापानमा ७ जना जन्मने देखिन्छ र नेपालमा २० जना। विश्वमा विकसित राष्ट्रहरूमा जनसङ्ख्या वृद्धिदर क्रमिक रुपमा घट्दो छ र त्यो बिस्तारै हासोन्मुख अवस्थामा रहेको छ।
AD- 2022-01-11- Published
कति छ विश्वमा जनसंख्या ?
संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ९५ करोड ४० लाख छ ।
जसमा ६५ प्रतिशत मानिस १६ देखि ६४ वर्ष उमेरका छन् ।
६५ वर्षभन्दा माथिका १० र १४ वर्षभन्दा मुनिका २५ प्रतिशत मानिस छन् ।
कोषका अनुसार अबको केही महिनामा विश्वको जनसंख्या ८ अर्ब पुग्ने छ ।
कस्तो छ जनसंख्याको बढ्दो दर ?
२ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो। तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा विश्वमा १ अर्ब जनसंख्या थपिँदै छ ।
२० औं शताब्दीको मध्यपछि विश्वमा जनसंख्या तीव्र गतिमा बढेको छ । सन् १९६५ देखि १९७० को बीचमा सबैभन्दा धेरै प्रतिवर्ष २.१ प्रतिशतको दरमा जनसंख्या बढेको थियो । सन् १९५० देखि २०२० मा विश्वको जनसंख्या ३ गुणा बढेको हो ।
जनसंख्या कोषले सन् २०३० मा विश्वको जनसंख्या साढे ८ अर्ब र सन् २०५० मा ९ अर्ब ७० करोड पुग्ने अनुमान गरेको छ यस्तै सन् २१०० मा पृथ्वीमा १० अर्ब ९० करोड मान्छे हुने उसको अनुमान छ।
प्रजनन दर र मानिसको आयु बढ्नु तथा तीव्र शहरीकरण, बसाइँ सराइँलगायतको कारणले जनसंख्या बढेको छ । तर पछिल्ला केही दशकको तुलना गर्ने हो भने प्रजनन् दर र मान्छेको आयुमा आकाश पातलको फरक देखिन्छ । सन् १९७० को दशकको सुरुमा विश्वमा एक महिला बराबर औसतमा ४.५ वटा बच्चा हुन्थे । तर सन् २०१५ मा यो घटेर प्रति महिला २.५ भन्दा कम बच्चा हुन्छन् ।
सन् १९९० को दशकमा मान्छेको आयु ६४.५ वर्ष थियो, त्यो बढेर सन् २०१९ मा ७२.६ वर्ष पुगेको छ ।
सन् २००७ मा ग्रामीण क्षेत्रमा बस्ने भन्दा शहरी क्षेत्रमा बस्ने धेरै भएका थिए । सन् २०५० सम्ममा विश्वका ६६ प्रतिशत मानिसको बसोबासा शहरी क्षेत्रमा हुने छ ।
नेपाल र छिमेकी देशको जनसंख्याको स्थिति
नेपालमा १९६८ साल देखि हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । पहिलो जनगणना गर्दा देशको जनसंख्या ५६ लाख ३८ हजार ६ सय ४९ थियो। पहिलो जनगणनाको ११० वर्ष पहिला सन् १८०० मा नेपालको जनसंख्या ४० लाख रहेको अनुमान छ। नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
विश्वको कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या एसिया महादेशमा छ । जसमा पनि धेरै जनसंख्या भएका देश नेपालसँग जोडिएका छन्। चीन र भारतमा मात्रै विश्वको कुल जनसंख्याको करिब ३५.८ प्रतिशत मान्छे बस्छन्।
विश्वमा धेरै मानिसको बसोबास रहेको चीनमा १ अर्ब ४४ करोड जनसंख्या छ । जहाँ सन् १८०० मा ३३ करोड जनसंख्या थियो।
यस्तै अर्को छिमेकी देश भारतको जनसंख्या १ अर्ब ४० करोड छ ।
चीनमा जनसंख्या वृद्धि घट्दो दरमा छ भने भारतमा बढ्दो । त्यसैले अबको ५ वर्षमा भारत विश्वको सबैभन्दा धेरै जनसंख्या हुने देश बन्ने अनुमान छ ।
भ्याटिकन सिटी विश्वमा सबैभन्दा कम जनसंख्या भएको देश हो । जसको जनसंख्या मात्र ८०० छ ।
ANY QURIES...?
Comments
Post a Comment