कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइ- १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा / एकाइ- २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू

 

कक्षा १२ 
सामाजिक अध्ययन तथा  जीवनोपयोगी शिक्षा
Social Studies and Life Skill Education



एकाइ १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा
       (Concept of Social Studies and Life Skill Education) 

पाठ: १ 
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध
Interrelation between Social Studies and Life Skill Education

 तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस:

१.   सामाजिक अध्ययन भनेको के हो ?

   सामाजिक अध्ययन भनेको मानव प्रकृतिमानविय गतिविधी तथा मानव संशाधनको समग्र अध्ययन हो ।

२.  जीवनोपायोगी शिक्षा के लाई भनिन्छ ? Or, जीवनोपायोगी शिक्षाको अर्थ लेख्नुहोस्।

  मानव जीवनलाई सरलसहज र सफल बनाउनका लागी आवश्यक पर्ने सिपहरुलाई जीवनोपायोगी सिप भनिन्छ । जस्तै- अध्ययन सिपसमूहकार्य सिप आदि।

३.  सामाजिक शिक्षाको एउटा उद्देश्य लेख्नुहोस्।

  सामाजिक शिक्षाको एउटा उद्देश्यमानिसलाई जीवनमा व्यवहारिक रुपमै उपयोग हुने सिप सिकाउने

४.   सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकअर्कासँग सम्बन्धित विषय हुन। एक वाक्यमा प्रष्ट पार्नुहोस।

   जीवनोपयोगी सिपहरुको शिक्षण तथा प्रशिक्षणगर्ने क्रममा युवा सिकारुहरुले जीवनमा घट्ने घटना र अनुभवहरुलाई अध्ययन र अनुसन्धान गरेर आफु र आफ्नो समाजको बारेमा एउटा  नयाँ दृष्टिकोणको निर्माण गर्दछन र यही शिक्षण विधिलाई सामाजिक अध्यायनको शिक्षणमा प्रयोग गरिन्छतसर्थ  सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकअर्कासँग सम्बन्धित विषय हुन

५.  विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ मा जीवनोपयोगी सिपअन्तर्गत छ ओटा पहिचान गरिएका मुख्य क्षेत्रहरू मद्धे कुनै दुइ ओटा उल्लेख गर्नुहोस।

  विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ मा जीवनोपयोगी सिपअन्तर्गत छ ओटा पहिचान गरिएका क्षेत्रहरू मद्धे मुख्य दुइक्षेत्रहरू:

  क)    सञ्चार र अन्तरर्वैयक्तिक सिप

  ख)   निर्णय गर्ने र समस्या समाधान सिप

६.  कुनै चार ओटा जीवनोपयोगी सिपहरु उल्लेख गर्नुहोस्।

         चार ओटा जीवनोपयोगी सिपहरु: संचार सिप, समूहकार्य सिप, नेतृत्व सिप, तनाव व्यवस्थापन सिप, समस्या समाधान सिप आदि 

७.      नेपालको प्राचीन परम्परामा कती वटा विद्याशास्त्र र कलाहरुको अध्ययन हुने गरेको पाइन्छ?

   नेपालको प्राचीन परम्परामा १४ विद्या१८ शास्त्र र ६४ कलाको अध्ययन हुने गरेको पाइन्छ।

८.    चार ओटा वेदहरूको नाम लेख।

   चार ओटा वेदहरूको नामऋग्वेदयजुर्वेदसामवेद र अथर्ववेद

९.      छ ओटा वेदाङ्गहरूहरुको नाम लेख ।

    छ ओटा वेदाङ्गहरूहरुको नामशिक्षाकल्पव्याकरणनिरुक्तज्योतिष र छन्द

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्।

१.      जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू के कस्ता छन् ?

जीवनोपयोगी शिक्षा (Life Skill Education):

जीवनोपयोगी सिप सिकाउने शिक्षा जीवनोपयोगी शिक्षा हो। जीवनोपयोगी शिक्षा मानव जीवनमा पेसागत दक्षताका लागि जरुरी प्राविधिक वा व्यावसायिक ज्ञान र सिपका साथसाथै सामाजिक जीवनमा जुनुसुकै पेसाका व्यक्तिका लागि अत्यावश्यक सिपहरूको सिकाइसँग सम्बन्धित विषय हो

जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू

जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू यसप्रकार छन्:

-    सामाजिक परिवेश,

-    संसाधनको उपलब्धता,

-    स्थानीय र राष्ट्रिय आवश्यकता,

-    मनोसामाजिक पक्षहरू र व्यक्तिमा अन्तर्निहित गुणहरूलाई उजागर गर्ने क्रियाक्लापहरु,

-    व्यक्ति स्वयम्को शारीरिकमानसिक र आध्यात्मिक समुन्नतिका लागि गरिने क्रियाक्लापहरु,

-    व्यक्तिहरूसमुदाय र समाजसँग उपयुक्त व्यवहार गर्ने दृष्टिकोणको विकास,

-    सभ्य सामाजिक सम्बन्ध,

-    नैतिक मर्यादापूर्ण व्यवहार,

-    प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा कामगर्ने सिपको सिकाइ,

-    नागरिकका हैसियतमा अधिकार र कर्तव्यको बोध,

-    जीवन र जगतको सम्बन्ध आदि

जीवनोपयोगी शिक्षाका कारणले व्यक्तिमा असल चरित्र,सिर्जनात्मकतानैतिकताव्यावहारिक कुशलता र असल व्यक्तित्वको विकास हुने मानिन्छ ।

२.      सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन्?

३.      सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध प्रष्ट पार्नुहोस्।

४.      सामाजिक अध्ययन र जीवनोपयोशिक्षाको अन्तरसम्बन्धलाई पाँच बुँदामा उल्लेख गर्नुहोस्।

सामाजिक अध्ययन र जीवनोपयोशिक्षा बिचको अन्तरसम्बन्ध

सामाजिक अध्ययन अन्तर्गत मानव र मानव समाजसँग सम्बन्धित विभिन्न पक्षबारे गरिने खोजीअध्ययन एवम् विश्लेषणका क्रममा जीवनोपयोगी सिप पनि अपरिहार्य छन्। सामाजिक अध्ययन विषयका सिकाइ क्रियाक्लापहरू तथा परियोजना कार्यहरू गर्दा पनि जीवनोपयोगी सिप हासिल हुन्छन्।

  • सामाजिक अध्ययन विभिन्न सामाजिक विज्ञानका विषयवस्तुहरू मिलेर बनेको शैक्षिक कार्यक्रम हो भने अर्को तिर जीवनोपयोगी शिक्षा तिनै सामाजिक विज्ञानका विषयहरूको व्यावहारिक जीवनमा सम्बन्धित सिपयुक्त शिक्षा हो।
  • सामाजिक अध्ययनले मानवका भौतिकसामाजिकराजनीतिकसांस्कृतिक तथा आर्थिकलगायतका आयामहरूको ज्ञान गराउनुका साथसाथै जीवनोपयोगी शिक्षाअन्तर्गत पर्ने सिपहरूको सिकाइलाई पनि समावेश गरेको हुन्छ।
  •  जीवनोपयोगी शिक्षाले जीवनदर्शन र मानवीय मूल्यमान्यताहरूको बोध गराउँछ। यसले त्यस्ता मूल्यमान्यताहरूलाई सामाजिक व्यवहारमा प्रदर्शन गर्न मदत पनि गर्छ।
  •  सामाजिक अध्ययनका कतिपय विषयवस्तुहरु जस्तै सूचना तथा सञ्चार प्रविधि सामाजिक सञ्जालका एप्लिकेसनहरूपरियोजना कार्य समूहकार्यवित्तीय साक्षरता आदि विषयवस्तुहरू जीवनोपयोगी शिक्षाका पनि विषयवस्तुहरू हुन् ।
  •  सामाजिक रूपान्तरणविकास निर्माणशान्ति र सुव्यवस्थासम्पदा संरक्षणस्वस्थ एवम् मितव्ययी जीवनशैली सम्बन्धी सैद्धान्तिक ज्ञान सामाजिक अध्ययनबाट प्राप्त हुन्छ भने यी विषयहरूलाई व्यावहारिक रूपमा आत्मसात गर्न आवश्यक सिप जीवनोपयोगी शिक्षाबाट प्राप्त हुन्छ।
  • जीवनोपयोगी शिक्षाले व्यक्तिलाई समाजका विभिन्न पक्षहरू जान्न र सामाजिक विषयवस्तुको विश्लेषण गर्न पनि सिकाउँछ । सञ्चार र अन्तर्वैयक्तिक सिप हासिल गर्ने क्रममा अध्येताले समाजमा रहेका व्यक्तिसमूहसंस्था र ठुलो जनसमुदायको संरचना र आपसी सम्बन्धबारे ज्ञान हासिल पनि गरेको हुन्छ ।
  • जीवनोपयोगी शिक्षाले जीवनोपयोगी सिपलाई मुख्य विषयवस्तु बनाउँदै सामाजिक अध्ययनका विषयवस्तु पनि ज्ञान गराइरहेको हुन्छ भन्ने यो एउटा उदाहरण हो ।

जीवनोपयोगी शिक्षाको अभ्यास वास्तवमा समाजको अध्ययनका विविध आयामसँग प्रत्यक्षतः सम्बद्ध हुन्छ । यसले व्यक्तिलाई समाजको सदस्यका रूपमा गर्नु पर्ने कर्तव्य र पाउनुपर्ने अधिकारबारे सचेत गराई त्यसका लागि आवश्यक सिपसमेत दिन्छ। जीवनोपयोगी शिक्षाले जीवनोपयोगी सिपसँगै सामाजिक अध्ययनका विषयवस्तुलाई पनि समावेश गरेको हुन्छ ।यसरी सामाजिक अध्ययनले जीवनोपयोगी शिक्षाका लागि पनि मदत पु¥याउँछ र जीवनोपयोगी शिक्षाको अध्ययनबाट सामाजिक अध्ययनका लागि उपयोगी विषयवस्तुको ज्ञान पनि हुन्छ। त्यसैले सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा अन्तरसम्बन्धित छन् भनिएको हो।

५.      सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाका विषयवस्तुहरुको चर्चा गर्नुहोस्।

सामाजिक अध्ययनका विषयवस्तुहरु:

-  सामाजिक अध्ययनको विषयवस्तु बृहत हुन्छ।

-  राजनीतिक व्यवस्था र समसामायिक परिस्थिती अनुसार निर्माण र परिमार्जन हुन्छ।

-  यो सामाजिक विज्ञानहरुको बिभिन्न नरम विषयवस्तुहरु मिलेर बनेको विषय हुन्छ।

-  यसमा इतिहासभूगोलकानुनराजनीतिशास्त्रअर्थशास्त्रसमाजशास्त्र लगायतका विषयहरु समावेस गरिएको हुन्छ।

-  सामाजिक अध्यायनले व्यवहारिक विषयहरुमा जोड दिन्छ।

-  नागरिक चेतनाकुटनीतिरणनीती जस्ता जीवनोपायोगी शिक्षाको विषयहरुले सामाजिक अध्ययनको पाठ्यक्रममा महत्वपूर्ण स्थान ओगट्दछन।

जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू

जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू यसप्रकार छन्:

-    सामाजिक परिवेश,

-    संसाधनको उपलब्धता,

-    स्थानीय र राष्ट्रिय आवश्यकता,

-    मनोसामाजिक पक्षहरू र व्यक्तिमा अन्तर्निहित गुणहरूलाई उजागर गर्ने क्रियाक्लापहरु,

-    व्यक्ति स्वयम्को शारीरिकमानसिक र आध्यात्मिक समुन्नतिका लागि गरिने क्रियाक्लापहरु,

-    व्यक्तिहरूसमुदाय र समाजसँग उपयुक्त व्यवहार गर्ने दृष्टिकोणको विकास,

-    सभ्य सामाजिक सम्बन्ध,

-    नैतिक मर्यादापूर्ण व्यवहार,

-    प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा कामगर्ने सिपको सिकाइ,

-    नागरिकका हैसियतमा अधिकार र कर्तव्यको बोध,

-    जीवन र जगतको सम्बन्ध आदि

६.      जीवनोपयोगी सिपअन्तर्गत पर्ने छ ओटा मुख्य क्षेत्रहरू के के हुन् ?

जीवनोपयोगी सिपअन्तर्गत पर्ने मुख्य क्षेत्रहरू

विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ मा जीवनोपयोगी सिपअन्तर्गत निम्नानुसारका छ ओटा मुख्य क्षेत्रहरू पहिचान गरेको छ :

क)    सञ्चार र अन्तरर्वैयक्तिक सिप

ख)   निर्णय गर्ने र समस्या समाधान सिप

ग)     सिर्जनात्मक र समालोचनात्मक सोचाइ सिप

घ)     आत्मजागरुकता र समानुभूति

ङ)     दृढता र समभाव वा आत्मनियन्त्रण

च)    उत्थानशिलता र समस्यालाई सम्बोधन गर्ने क्षमता

७.      सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा बिचको अन्तर वा भिन्नता प्रस्तुत गर्नुहोस ।

सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा बिचको अन्तर वा भिन्नता

सामाजिक अध्ययन

जीवनोपयोगी शिक्षा

१.   सामाजिक अध्ययन सामाजिक विज्ञानमा आधारित विद्द्यालय को पाठ्यक्रममा पढाइने एउटा विषय हो जसले मानविय सम्बन्धको अध्यायन गर्ने गर्छ।

२.   यसका प्रमुख सिपहरु: पठन सिप, बौद्धिक सिप र सामाजिक सिप हुन ।

३.   सामाजिक अध्ययन २०औं शताब्दीमा सुरु भएको विषय हो।

४.   सामाजिक अध्ययनको मुख्य उद्देश्य  राष्ट्रप्रति असल र निष्टावान नागरिक उत्पादन गर्नु हो।

५.   सामाजिक अध्ययनले व्यक्तिलाई समाजमा सामाजिकीकरण गराउँदछ।

१.जीवनोपयोगी शिक्षा मानिसमा ज्ञान र सिपको अभिवृधि गरी व्यवहारमा आमुल परिवर्तन ल्याउने एउटा महत्वपूर्ण शिक्षा हो।

२.यसका प्रमुख सिपहरुमा संचार सिप, सिर्जानात्मक सिप, तनाव व्यवस्थापन सिप, निर्णय निर्माण सिप आदि पर्दछन।

३.सन १९८६ मा ओटावा चार्टर फर हेल्थ एजुकेसनले जीवनोपायोगी सिपलाई परिचित गराएको थियो ।

४.यसको प्रमुख उद्देश्य व्यक्तिलाई चुस्त र दुरुस्तहुने सिप प्रदान गर्नु हो।

५.यसले मानिसलाई जीवन जिवने कला सिकाउँदछ।


८.      सामाजिक अध्ययन र जीवनोपायोगी शिक्षा शिक्षणमा प्रयोग हुने विधिहरु उल्लेख गर्नुहोस्। Or,
९.      "सामाजिक अध्ययन र जीवनोपायोगी शिक्षाको शिक्षण विधि समान छ।" यस भनाईलाई पुष्टी गर्नुहोस्। 


सामाजिक अध्ययन र जीवनोपायोगी शिक्षा शिक्षणमा प्रयोग हुने विधिहरु

सामाजिक अध्ययन र जीवनोपायोगी शिक्षाको शिक्षण विधि समान छ किनकी यो दुबैको शिक्षण सिकाइमा निम्न लिखित विधिहरुको प्रयोग गर्ने गरिन्छ:

क) छलफल विधि: जोडी वा समुहमा छलफल गरी विचारको आदान प्रदान र अनुभवको साटा साट गरी सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ।

ख) अवलोकन वा भ्रमण विधि: कुनै निश्चित ठाँउ जसले भौगोलिक, सांस्कृतिक, राजनितिक वा आर्थिक महत्व बोकेको हुन्छ त्यसको भ्रमण गरी सिकाइ प्राप्त गर्नु भ्रमण वा अवलोकन विधी हो।

ग) नाटकीकरण विधि: सम्बन्धित विषयवस्तुलाई स्क्रीप्टको माध्यम द्वारा अभिनयगरी सिकाइलाई अझ प्रभावकारी बनाउन सकिन्छ।

घ) समस्या समाधान विधि: वास्तविक समस्याको पहिचान गरी सकेपछि, पत्ता लगाइएको विभिन्न विकल्पहरु मद्धे उपयुक्त विकल्पको छनोट गरी त्यसको कार्यान्वयन गर्नुलाई समस्या समाधान विधी भन्ने गरिन्छ।

ङ) प्रदर्शन विधि: चार्ट, नक्सा, तालिका, तथा प्रतिरुपहरुको निर्माण गरेर कक्षा कोठामा प्रदर्शन गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ।

च) प्रश्नोत्तर विधि: महत्वपूर्ण विषयमा छलफलगरी प्रश्न उत्तरको माध्यमबाट विचार आदान प्रदान गरी निष्कर्ष निकाल्ने विधिलाई प्रश्नोत्तर विधि भन्ने गरिन्छ।

छ) सामाजिक अध्ययन ल्याब: सामाजिक अध्ययन ल्याब भित्र विभिन्न स्रोतहरु जस्तै- प्रतिरुपहरु, श्रव्यदृश्य सामाग्रीहरु, सांस्कृतिक पोशाकहरु, भाँडाकुँडा, हतियार, सिक्का, ग्लोब, नक्सा आदिसामाग्रीहरुको उपस्थितीमा शिक्षण सिकाइ प्रभावकारी हुन्छ। 

 



तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्।

१०.  सामाजिक अध्ययन र जीवनोपयोशिक्षा बिचको अन्तरसम्बन्धको चर्चा गर्नुहोस्।

  ( उत्तरको लागी प्रश्न नं. २,३, ४ को उत्तर हेर्नुहोस्) 

११.  "जीवनोपयोगी शिक्षा आजको आवश्यकता" शीर्षकमा एक सम्पादकीय लेख्नुहोस ।

जीवनोपयोगी शिक्षा आजको आवश्यकता

  • मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ
  • शिक्षाले अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउन सक्नुपर्दछ
  • शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहजरूपमा सामना गर्नसक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नुपर्दछ
  • श्रमप्रति आस्था  विस्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्ने शिक्षाको उद्देश्य  हुनुपर्दछ। जीवनोपयोगी व्यावहारिक शिक्षाको सुनिश्चितता आजको आवश्यकता हुनुपर्छ।
  • शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ
  • अतः दैनिक जीवनमा प्रयोग गर्ने खालको शिक्षा हुनुपर्दछ
  • कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्तांकभन्दा पनि उसले देखाउने बानीव्यवहारचालचलनचरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ
  • पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ
  • त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति  अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ
  • राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान  प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्दछ।
  • विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक एवं पारिवारिक विभिन्नतालाई उच्च मूल्याकंन गरेर सोहीअनुसार अधिकतम सम्बोधन गर्ने खालको बालमैत्री हुनुपर्दछ
  • विद्यार्थीले सामान्यतया  घण्टा मात्रै विद्यालय  बाँकी १८ घण्टा घरपरिवार  समुदायमा बिताउँछन्
  • तसर्थ घरपरिवार  समुदायप्रति जिम्मेवार  जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्दछ।
  • घर परिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारेमा अभिभावकसँग निरन्तर सम्पर्क राख्ने नीति लिनुपर्दछ त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रुचि र क्षमताअनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भइराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने गराउने सहज अवसर पाउने खालको हुनुपर्दछ
  • उनीहरूको जीवनशैलीलाई सुविधा सम्पन्नप्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो

 











 

 

 

 

 

 

पाठ: २

जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध

Interrelation between Life Skill Education, Life Skill Expertise and Healthy Life Style


..१ पूर्विय चिन्तन परम्परा र भैइरहेका अभ्यास

Eastern Intellectual Tradition and its Current Exercise

..२ पाश्चात्य चिन्तन परम्परा र वर्तमान अभ्यास 

Western Intellectual Tradition and its Current Exercise

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्:

१.      जीवनोपयोगी सिप भनेको के हो ?

           मानव जीवनलाई स्वास्थ्यसफल एवम सार्थक बनाउनका लागिआवश्यक पर्ने सिपहरुलाई 

   जीवनोपयोगी सिप भनिन्छ। 

२.      जीवनोपयोगी शिक्षा भनेको के हो ?    

   जीवनोपयोगी शिक्षा भनेको मानव जीवनलाई सहज र सरल ढङ्गले अघि बढाउनका लागि आवश्यक पर्ने सिपमूलक शिक्षा हो।

३.      स्वास्थ्य जीवन शैली भनेको कस्तो जीवन शैली हो ?Or,

४.      स्वास्थ्य जीवन शैली भनेको के हो ?              

   स्वास्थ्य जीवन शैली भन्नाले सुन्दरशान्त र आरोग्यमय जीवन जिउने कलालाई बुझ्ने गरिन्छ। यसलाई सुखी जीवनको आधारशिला पनि भन्ने गरिन्छ।

५.      दैनिक जीवनमा प्रयोग हुने कुनै चार वटा सिपहरु उल्लेख गर्नुहोस्। 

          दैनिक जीवनमा प्रयोग हुने कुनै चार वटा सिपहरु

  •     संचारको सिप
  •     सिर्जनात्मक सिप
  •     निर्णय निर्माण को सिप
  •     समस्या समाधान को सिप

६.      चिन्तन (Intellect) भनेको के हो 

   चिन्तन एउटा यस्तो मानसिक प्रकृया हो जसमा व्यक्ति कुनै नया परिस्थितिको सामनागर्न अथवा कुनै समस्याको समाधान गर्नमा आफ्नो पुर्व अनुभवहरुको उपयोग गर्दछl

७.      पूर्वीय चिन्तन (Eastern Intellect) भनेको के हो ?

      पूर्वीय दर्शनधर्मसंस्कारसंस्कृतिसभ्यतारीतिथितिकला आदिमा आधारित चिन्तन परम्परा

   पूर्वीय चिन्तन हो।

८.      वैदिक दर्शनलाई किन षड्दर्शन भनिएको हो ?

   वैदिक दर्शन अन्तर्गत ६ ओटा दर्शनहरुको समुह हुने गरेकोले यसलाई षड्दर्शन पनि भन्ने गरिन्छ।

९.      वैदिक दर्शन अन्तर्गत पर्ने ६ ओटा षड्दर्शनहरु के के हुनलेख्नुहोस्Or,

१०.  बौद्ध दर्शनका चारओटा आर्य सत्य के के हुन ?

         बौद्ध दर्शनका चारओटा आर्य सत्यहरु:

१.      संसारमा दुःख छ।

२.      दुःखका कारण छन् ।

३.      दुःखको निवारण छ।

४.      निवारणका लागि अष्टाङ्गिक मार्ग (प्रेम) छ।

११.    चर्वाक दर्शन अनुसार जगतको सृष्टीका लागी आवश्यक ४ ओटा तत्वहरु के के हुन?

             चर्वाक दर्शन अनुसार जगतको सृष्टीका लागी आवश्यक ४ ओटा तत्वहरुपृथ्वीजलप्रकाश र वायु 

१२.  नास्तिक (Non-affirmism) दर्शनअन्तर्गत कुन कुन दर्शन पर्छन् 

   नास्तिक (Non-affirmism) दर्शनअन्तर्गत पर्ने दर्शनहरुचर्वाक दर्शनबौद्ध दर्शन जैन दर्शन

१३.  बसुधैव कुटुम्बकमको अर्थ लेख्नुहोस्।

   बसुधैव कुटुम्बकम हिन्दू धर्मग्रन्थ गीतामा आधारित एउटा पुर्वीय चिन्तन परम्परा हो जसले विश्वका सबै मानिसहरुलाई दाजुभाइ दिदीबहिनीको रुपमा वा आफन्तको रुपमा लिन प्रेरणा दिन्छ।

१४.  पाश्चात्य चिन्तन भनेको के हो ?

   पश्चिम युरोपबाट विकसित भएको बिचारसिद्धान्त र धारणाहरुलाई पाश्चात्य चिन्तन भनिन्छ।

१५.  पाश्चात्य चिन्तनको उदमस्थल कुन क्षेत्रलाई मानिन्छ ?

   पाश्चात्य चिन्तनको उदमस्थलप्राचिन ग्रीस

१६.  पाश्चात्य चिन्तन परम्पराको मुख्य श्रोत कुन परम्परालाई मानिन्छ ?

   पाश्चात्य चिन्तन परम्पराको मुख्य श्रोत ग्रीस चिन्तन परम्परा

१७.  पाश्चात्य दर्शनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुनै दुई दार्शनिकहरुको नाम लेख।पाश्चात्य दर्शनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने दुई दार्शनिकहरु:

  •           रेने डेस्कार्टस्- आधुनिक पाश्चात्य चिन्तनका जन्मदाता
  •    जोन लक- एक अनुभववादी

१८.  बौद्ध दर्शनको सार लेख्नुहोस।

   बौद्ध दर्शनको सारशान्ती र अहिंसा मानव जीवनको सुखको अन्तिम स्रोत

१९.  आधुनिक पाश्चात्य दर्शनका जन्मदाता कसलाई मानिन्छ ?

          आधुनिक पाश्चात्य दर्शनका जन्मदाता रेने डेकार्टेलाई मानिन्छ।

२०.  धर्म सुधार आन्दोलनले मानवलाई हेर्ने दृष्टिकोणमा कस्तो परिवर्तन ल्यायो ?

   धर्म सुधार आन्दोलनले मानवलाई हेर्ने दृष्टिकोणपाश्चात्य दर्शनको विकासक्रममा मध्यकालमा सम्पूण कुरालाई धार्मिक दृष्टिकोणबाट हेर्ने गरिन्थ्यो। मानिसको बारेमा नकारात्मक धारणाको विकास भएको थियो कि मानव जन्मजात पापी हुन्छ।" तर त्यती बेला धर्म सुधार आन्दोलनले "मानिस सर्व  श्रेष्ठ प्राणी हो” भन्ने दृष्टिकोणलाई आगाडी बढाई मानवलाई हेर्ने दृष्टी कोणमा अहम परिवर्तन ल्यायो।

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्:

१.      दर्शनको परिचय दिनुहोस् ।

   दर्शनशास्त्र (Philosophy):

दर्शनशास्त्र भन्नाले मानवसँग सम्बन्धित मनज्ञानभ्रमवास्तविकताकारण वा अन्य यस्तै मानव जीवन-जगतको विषयमा धारणाको अध्ययन गर्ने शास्त्र हो। साधारणत: दर्शन भन्नाले कुनै व्यक्ति वा विशेष समूहको विचारसोच र मानसिकता भन्ने बुझिन्छत्यसैको अध्ययन नै दर्शन शास्त्र हो। दर्शनशास्त्रलाई जिवनशैलीको माध्यमको रुपमा पनि लिन सकिन्छ।

दर्शन शब्द सर्वप्रथम इ.पू. ५८० मा पाइथागोरसले गरेका थिए। पाइथागोरस एक ठुला गणितिज्ञदार्शनिक र धार्मिक व्यक्तित्व थिए। उनले All Things Are Numbers भन्थे। त्यसपछि यो शब्द सर्वत्र प्रयोग हुँदै आयो।

नेपालीमा दर्शन शब्द संस्कृत भाषाको दृश्” धातुबाट भएको मानिन्छजसको नेपालीमा अर्थ देख्नु वा हेर्नु भन्ने हुन्छ। कुनै वस्तुघटनाव्यक्तिव्यवहारविचारसिद्धान्तविश्व ब्रह्माण्डलाई हेर्ने विश्व दृष्टिकोणलाई दर्शनले प्रतिबिम्बत गर्दछ।

यसरी भन्नु पर्दादर्शन एक अमूर्त चिन्तन होजसमा आत्मापरमात्माजीवनजगतजीवन,

मृत्युप्रकृतिजस्ता कुराको रहस्य थाहा पाउन कोशिस गरिन्छ । मानिस के हो संसार के हो?

प्रकृति र त्यसका नियम के हुन सत्य के हो सुखदुःख भनेको के हो मानव जीवनका मूल्यमान्यता के हुन् यस जगतको उत्पत्ति कसरी भयो पुनर्जन्म हुन्छ कि हुँदैन स्वर्गनर्कको अस्तित्व छ कि छैन ईश्वर के हो आत्मापरमात्मा के हो आदि विषयमा दर्शनले खोजी गरी दृष्टिकोण बनाउने र तार्किक प्रश्नको व्यवस्थित उत्तर दिने गर्दछ । मानव आचरणका लागि मार्गदर्शन गर्दछ र विज्ञानका उपलब्धीलाई अर्थसहित व्याख्याविश्लेषण गर्दछ ।

२.      पूर्वीय चिन्तन परम्परा वा पूर्विय दर्शन  भन्नाले के बुझिन्छ ?

पूर्वीय चिन्तन परम्परा वा पूर्विय दर्शन 

पूर्विय दर्शन वा पूर्विय चिन्तन भन्नाले भारत वर्षमा प्रतिपादित दर्शन हो। यस अन्तर्गत चीनिया (कन्फुसियस) दर्शनजापानी दर्शनभारतीय दर्शननेपाली दर्शन आदि लगायत एसियाली दर्शनहरु पर्दछन। पूर्विय दर्शन खास गरी वेदमा आधारित दर्शन हो। वेद आफैमा दर्शन भने होइन तर दर्शनको आधार भने अवश्य हो।

पूर्विय दर्शनलाई दुइ खण्डमा विभाजन गर्न सकिन्छ: आस्तिक दर्शन र नास्तिक दर्शन। आस्तिक दर्शन अन्तर्गत वैदिक सिद्धान्तलाई समर्थन गर्ने मतहरु पर्दछन जस्तै- न्याय दर्शनवैशेषिक दर्शनवेदान्त दर्शनमीमांसा दर्शन साङ्ख्य दर्शन र योग दर्शन। नास्तिक दर्शन अन्तर्गत वैदिक सिद्धान्तलाई जस्ताको त्यस्तै  समर्थन नगर्ने दार्शनिक विचारहरु पर्दछन जस्तै- चार्वाक दर्शनबौद्ध दर्शन र जैन दर्शन।

पूर्वीय दर्शनधर्मसंस्कारसंस्कृतिसभ्यतारीतिथिति कला आदिमा आधारित चिन्तन परम्परा पूर्वीय चिन्तन हो। पूर्वीय चिन्तन परम्परामा मानव जीवनमा चरित्रलाई निकै महत्त्व दिइन्छ। मानवको चरित्र निर्माणमा धर्मसंस्कारसंस्कृतिसामाजिकीकरणशिक्षाकलासिप आदिको प्रत्यक्ष प्रभाव पर्छ।

३.      आस्तिक (Affirmismदर्शनअन्तर्गत कुन कुन दर्शन पर्छन् ?

आस्तिक (Affirmism) दर्शनअन्तर्गत पर्ने दर्शनहरु

क)       न्याय दर्शनयस दर्शनका संस्थापक - आचार्य महर्षि गौतम

ख)      वैशेषिक दर्शनयस दर्शनका प्रणेता- महर्षि कणाद

ग)        साङ्ख्य दर्शनयस दर्शनका संस्थापक- महर्षि कपिल

घ)        योग दर्शनयस दर्शनका प्रणेता- महर्षि पतन्जली

ङ)        मीमांसा दर्शन: यस दर्शनका प्रणेता- महर्षि जैमिनी

च)       वेदान्त दर्शनयस दर्शनका प्रणेता- महर्षि व्यास

४.      पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?

पाश्चात्य चिन्तन परम्परा

पाश्चात्य चिन्तन परम्पराको मूल स्रोत प्राचीन ग्रिस हो। ग्रिस तथा युनानी दार्शनिकहरू जस्तै सुकरात (Socrates)प्लेटो र अरस्तु (Aristotle) का विचारले पाश्चात्य चिन्तनमा प्रभाव पारेको वर्तमान युगमा पनि स्पष्ट देख्न सकिन्छ। सोक्रेट्सका शिष्य प्लेटो र प्लेटोका शिष्य एरिस्टोटल हुन्। सोक्रेट्सको तार्किक बहसको शैलीलाई पाश्चात्य दर्शनको आधारशिला मानिन्छ।

समयको आधारमा पाश्चात्य दर्शनलाई तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ।

प्राचीनकाल:  ईसा पूर्व ५०० सम्मको काललाई प्राचीन काल भनिन्छ। यस कालमा पाश्चात्य दर्शनका लागी योगदान दिनेहरुमा प्रसिद्ध दार्शनिकमा सुकरात र अरस्तु पर्दछन।

मध्यकाल: ईसा पूर्व ५०० देखी लगभाग पन्ध्रौं शताब्दी सम्मको अवधिलाई मध्यकालिन दर्शन भन्ने गरिन्छ। यस कालका प्रसिद्ध दार्शनिकहरुमा अगस्टिनसेन्ट थोमस अक्वानिस आदि हुन। यी दार्शनिकहरुले ईश्वरलाई सर्वशक्तिमान मानेर ईश्वरको अस्तित्व प्रमाणित गर्ने कोशिस गरेका छन।

आधुनिक काल: पन्ध्रौं शताब्दी पछीको समयलाई आधुनिक काल मानिन्छ। यस अवधिका प्रसिद्ध दार्शनिकहरुमा रेने देकार्ट्ज्सजोन लककार्ल मार्क्सरुसोहेगेल आदि हुन। रेने देकार्ट्ज्सलाई आधुनिक पाश्चात्यका जन्मदाताको रुपमा लिने गरिन्छ।

पाश्चात्य चिन्तन परम्परा मानव सभ्यताको विचार हो । वर्तमान समयमा पूर्वीय चिन्तन परम्पराको विस्तार पश्चिम समाजमा पनि भइरहेको छ भने पाश्चात्य चिन्तन परम्पराको विस्तार पूर्वीय समाजमा पनि भइरहेको छ।

५.      "पाश्चात्य चिन्तन प्रगतिशिल चिन्तन हो।" यस भनाइ लाई पुष्टी गर्नुहोस।

पाश्चात्य चिन्तन प्रगतिशिल चिन्तन हो।

निश्चय नै, पाश्चात्य चिन्तन प्रगतिशिल चिन्तन हो। यसको सुरुवात प्राचिन ग्रीस चिन्तनबाट भए पनि यसको विचारधाराहरुमा समय अनुसार विभिन्न किसिमको परिवर्तन देखिएका छन।

  •     सुरुवातमा सुकरात्प्लाटो र अरस्तु जस्ता विद्धानहरुले राजनीतिअर्थशास्त्रमानवशास्त्र निती नियम जस्ता विषयवस्तुमा आफ्ना विचार राखी यसलाई मानवतावाद विचारधाराको रुपमा प्रस्तुत गरे।
  •     मध्यकालमा आएर मानवतावादको सोच रोमन कृस्चिनिटी (Christianity) मा परिणत भयो।यसले साहित्यकला र दर्शनलाई नकारात्मक रुपमा हेरेर "मानिस जन्मजात पापी हुन्छ" भन्ने विचार प्रस्तुत गर्‍यो। त्यसैले यस युगलाई अन्धकारको युग (Dark Age) पनि भन्ने गरिन्छ।
  •   त्यसपछिमार्टिन लुथरद्वारा संचालित धर्म सुधार आन्दोलनले  पादरीहरुको अतिवादको अन्त्य गरी फेरी मानवतावादको उदय गराइ मानिसलाई सर्वश्रेष्ट प्राणीको स्ंज्ञा दियो। यसलाई हामी आधुनिक युगको सुरुवात पनि भन्ने गर्छौ।
  •    १८औं शताब्दीमा आएर  फ्रान्सको राज्य क्रान्ती सँगै युरोप  ज्ञानको युगमा प्रवेश गर्‍यो र उदारवाद्साम्यवाद जस्ता विचारहरुको जन्म भयो।
  •   दोस्रो विश्व युद्ध पछी दर्शनकलासंस्कृतिसमालोचनामा स्थापित मुल्य मान्यताहरुलाई चुनौती दिदैं नयाँ विचारहरुको उदय भयो। १९६० को दशकतिर नागरिक आधिकारका क्षेत्रमा थुप्रै आन्दोलन भइ उदारताप्रतीनिधी मुलक लोकतन्त्रलोकतान्त्रीक संस्कारको विकास भयो।

यसरी भन्नु पर्दापाश्चात्य चिन्तन समय अनुरुप परिवर्तन भइ नयाँ सोच र विचारको विकास गरेका कारण यसलाई प्रगतिशिल चिन्तनको रुपमा लिने गरिन्छ।

६.      पूर्वीय चिन्तन परम्परामा नेपालको कस्तो योगदान रहेको छ ?

पूर्वीय चिन्तन परम्परामा नेपालको योगदान

पूर्विय दर्शन वा पूर्विय चिन्तन भन्नाले भारत वर्षमा प्रतिपादित दर्शन हो। यस अन्तर्गत चीनिया (कन्फुसियस) दर्शनजापानी दर्शनभारतीय दर्शननेपाली दर्शन आदि लगायत एसियाली दर्शनहरु पर्दछन। हाम्रो राष्ट्रिय मौलिक संस्कृतिको मूल आधार जनताको श्रम संघर्ष र राष्ट्रप्रतिको समर्पणको भाव हो।

नेपाली मौलिक सांस्कृतिक पहिचान भनेको विभिन्न वर्गक्षेत्रलिङ्ग र जातजातिका भाषाधर्म

संस्कृतिरहनसहननैतिकताचाडपर्वभेषभूषारीतिथितिविचारखानपानकला शिक्षासंगीत

साहित्यश्रमइतिहासयोग ध्यानचालचलनराष्ट्रिय प्रतीकमनोरञ्जनराजनीति, प्रकृतिनदी

तालरक्षाविकासका पक्ष आदि हुन्। नेपालमा पूर्विय दर्शनले सिकाएको ज्ञाननैतिकता, संस्कार,

 संस्कृतिशिक्षाकलासिपको गहिरो छाप परेको पाइन्छ। नेपालले पनि पूर्विय दर्शनले सिकाएका पाठहरु जस्तै- आमा बुवागुरु र अतिथिको सम्मान गर्नेप्रकृतीको संरक्षण गर्नेसबैलाई सम्मान र समान व्यवहार गर्ने दीनदु:खीको सेवा गर्नेमितव्ययी बन्ने लगायतका जीवनोपायोगी शिक्षा र सिपहरुलाई आत्मसाथ गरी पूर्विय दर्शनमा ठुलो योगदान पुर्याएको छ।

७.      पूर्वीय चिन्तन वा दर्शनका मुख्य विशेषताहरू उल्लेख गर्नुहोस् ।

पूर्वीय चिन्तन वा दर्शनका मुख्य विशेषताहरू:

-   पूर्विय दर्शन परम्परा बहुआयामिक छ।

-   यो कन्फुसियसवादतायोवादहिन्दू र बौद्ध परम्परामा आधारित छ।

-   यसले सहअस्तित्वलाई महत्व दिन्छ।

-   यसमा अध्यात्मिक्ताको ठुलो भूमिका रहेको पाइन्छ।

-   यसले प्रकृती प्रति सम्मान देखाउँछ।

-   हामिले गरेको प्रत्यैक कर्मको भविष्यमा असर हुने कुरामा विश्वास राख्छ।

-   यसको मुल आसय- "दु:खको कारण अज्ञानता हो र अज्ञानताको समाधान ज्ञान हो"।

-   शारिरिक र मानसिक स्वास्थ्यको महत्वपूर्ण पक्ष योगप्राणयाम र ध्यान हो।

-   यसले लोककल्याणकारी राज्यको अवधाराणालाई आत्मसाथ गर्छ।

-   यो बसुधैव कुटुम्बकम  सिद्धान्तमा आधारित छ।

८.      पाश्चात्य चिन्तन परम्पराका मुख्य विशेषताहरु उल्लेख गर्नुहोस्

पाश्चात्य चिन्तन परम्पराका मुख्य विशेषताहरु:

-  ज्ञानको प्राप्तीलाई महत्वपूर्ण विषयको रुपमा छलफल 

-  उदारताप्रतीनिधीमूलकलोकतन्त्रर लोकतान्त्रीक संस्कारको विकास

-  प्रकृतिवादी तथा मानव मूल्यमान्यता मा केन्दृत

-  बौद्धिक कल्पनामा आधारित्

-  सत्यको सिद्धान्तमा आधारित

-  दर्शनको वर्गिकरण

-  आत्मज्ञान र स्वच्छन्दतामा आधारित

-  ज्ञानको सिद्धान्तमा आधारित

-  सन्देह र जिज्ञासामा आधारित

-  प्राकृतिक नियममा आधारित      

९.   बौद्ध दर्शनका अनुसार धर्मका १० ओटा लक्षणहरु के के हुन लेख्नुहोस्

बौद्ध दर्शनका अनुसार धर्मका १० ओटा लक्षणहरु

बौद्ध दर्शनका अनुसार, धर्मका १० ओटा लक्षणहरु यस प्रकार छन्:

-   धृति (धैर्य),

-   क्षमा (क्षमाशील हुनु),

-   दम (आफ्नो वासनाहरू माथि नियन्त्रण गर्न सक्नु),

-   अस्तेय (चोरी नगर्नु वा आफ्नो अधिकार नभएको वस्तु नलिनु),

-   शौच (शरीर, मन एवम् बुद्धिलाई शुद्ध एवम् पवित्र राख्नु),

-   इन्द्रिय निग्रह (इन्द्रियहरूलाई बसमा राख्नु),

-   धी (बुद्धिमानी हुनु),

-   विद्या (ज्ञान आर्जन गर्नु),

-   सत्य (मन, वचन र कर्मबाट सत्यको पालन गर्नु)

-   र अक्रोध (क्रोध नगर्नु )

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस:

१०.  पूर्वीय चिन्तन वा दर्शन अन्तर्गत कुन कुन दर्शनहरु पर्दछन ?  सूची बनाउनुहोस्

   पूर्विय चिन्तन वा दर्शन अन्तर्गत पर्ने दर्शनहरु

   पूर्विय दर्शन वा पूर्विय चिन्तन भन्नाले भारत वर्षमा प्रतिपादित दर्शन हो। यस अन्तर्गत चीनिया (कन्फुसियस) दर्शनजापानी दर्शनभारतीय दर्शननेपाली दर्शन आदि लगायत एसियाली दर्शनहरु पर्दछन।

पूर्विय दर्शनलाई दुइ खण्डमा विभाजन गर्न सकिन्छ: आस्तिक दर्शन र नास्तिक दर्शन
आस्तिक दर्शन अन्तर्गत वैदिक सिद्धान्तलाई समर्थन गर्ने निम्नलिखित मतहरु पर्दछन:
क)    न्याय दर्शन: यो यथार्थवादी दर्शन हो र यसका संस्थापक आचार्य महर्षि गौतम हुन।
ख)   वैशेषिक दर्शन: यस दर्शनले ईश्वर प्राप्तीको उपायहरु बताउँछ र यसका प्रणेता महर्षि कणाद हुन।
ग)     वेदान्त दर्शन: यस दर्शनले प्रकृती र पुरुषको संयोगबाटनै सृष्टीको अस्तित्व रहेको कुरामा विश्वास गर्छ। यस दर्शनका संस्थापक महर्षि  कपिल हुन।
घ)     मीमांसा दर्शन: यस दर्शन ले अष्टाङ्ग योग को साधन बाट मानिस को अज्ञानता नाश भएर जीवन सुखी र खुशी रहने कुरामा जोड दिन्छ।
ङ)     साङ्ख्य दर्शन: यो वैदिक कर्मकाण्ड र अनुष्ठानमा आधारित दर्शन हो र यसका प्रवर्तक महर्षि जैमिनी हुन।
च)    योग दर्शन: यस दर्शनको आधार उपनिषद हो र यसका संस्थापक महर्षि व्यास हुन।

नास्तिक दर्शन अन्तर्गत वैदिक सिद्धान्तलाई जस्ताको त्यस्तै  समर्थन नगर्ने निम्नलिखित दार्शनिक विचारहरु पर्दछन:
क)    चार्वाक दर्शन: यो भौतिक वादी दर्शन हो जसले ईश्वरिय शक्तिलाई अस्वीकार गर्दछ र मृत्यु पछी केहि पनि बच्दैन भन्ने कुरामा विश्वास गर्छ। त्यसकारण ऋण लिएर भए पनि जीवनमा मौज मस्ती गर्नु पर्छ भन्ने कुरामा विश्वास राख्द्छ।
ख)   बौद्ध दर्शन: बौद्ध दर्शन गौतम बुद्धको उपदेशबाट निर्मित दर्शन हो जसले ज्ञानका चार आर्य सत्यमा विश्वास राख्द्छ: संसारमा दु:ख छ। दु:खको कारण छ। दु:ख नास गर्न सकिन्छ। दु:ख हटाउने उपाय छ।
ग)     जैन दर्शनजैन दर्शनको प्रमुख आसय सबै प्राणीमा दया भाव राख्नु हो। यो एउटा प्रचिन दर्शन हो जसले पवित्रतासत्यता र अहिंसामा विशेष जोड दिन्छ।

 

११.  पाश्चात्य चिन्तन परम्पराका काल खण्डमा महत्वपूर्ण योगदान पुर्याउने दार्शनिकहरुको बारेमा लेख।

पाश्चात्य चिन्तन परम्पराका काल खण्डमा महत्वपूर्ण योगदान पुर्याउने दार्शनिकहरु

पाश्चात्य चिन्तन परम्पराको मूलस्रोत प्राचीन ग्रिस हो। ग्रिस तथा युनानी दार्शनिकहरू जस्तै सुकरात (Socrates)प्लेटो र अरस्तु (Aristotle) का विचारले पाश्चात्य चिन्तनमा प्रभाव पारेको वर्तमान युगमा पनि स्पष्ट देख्न सकिन्छ।

पाश्चात्य चिन्तन परम्परालाई मुख्य गरी तीन कालखण्डमा वर्गिकरण गरेर अध्ययन गर्न सकिन्छ:

क)    प्राचीनकाल:  ईसा पूर्व ५०० सम्मको काललाई प्राचीनकाल भनिन्छ। यस कालमा पाश्चात्य दर्शनका लागी योगदान दिनेहरुमा प्रसिद्ध दार्शनिकमा सुकरात र अरस्तु (Aristotle) पर्दछन।

पाइथागोरस (Pythagoras): उनी एक महान गणितज्ञ र धार्मिक व्यक्ती थिए। उनी पूर्वजन्ममा विश्वास राख्थे। उनले  ‘All Things Are Numbers’ भन्ने गर्थे।

हिराक्लिटस (Heraclitus): उनको विचारमा संसारको मुल तत्व अग्नी हो। संसारको सबै वस्तु परिवर्तनशील छन।

प्रोटागोरस (Protagoras): उनको विचारमा संसारका सबै वस्तुहरुको मापदण्ड मानिस हो।

सोक्रेटस (Socrates): उनी तार्किक वहस विधी (Dialectic Method) लाई ज्ञान प्राप्त गर्ने मह्त्वपूर्ण विधिको रुपमा लिने गर्थे र नैतिक शिक्षामा विशेष जोड दिने गर्थे।

प्लेटो (Plato): प्लेटोका अनुसारइन्द्रीयबाट प्राप्त ज्ञान अल्प ज्ञान हो र  पुर्णज्ञान आत्म चिन्तनबाट प्राप्त गर्न सकिन्छ।

एरिस्टोटल (Aristotle): एरिस्टोटलका अनुसार ईश्वरनै सृष्टीको आदि र अन्त्य हुन। ज्ञान प्राप्तगर्ने उत्तम विधि आगमन र निगमन (Inductive and Deductive Method) विधि हो।


ख)   मध्यकाल: ईसा पूर्व ५०० देखी लगभग पन्ध्रौं शताब्दी सम्मको अवधिलाई मध्यकालिन दर्शन भन्ने गरिन्छ। यस कालका प्रसिद्ध दार्शनिकहरुमा अगस्टिनसेन्ट थोमस अक्वानिस आदि हुन। यी दार्शनिकहरुले ईश्वरलाई सर्वशक्तिमान मानेर ईश्वरको अस्तित्व प्रमाणित गर्ने कोशिस गरेका छन।

प्लोटिनस (Plotinus): प्लोटिनसका अनुसारसंसारका तीन प्रमुख तत्वहरु: सर्वशक्तिमान तत्व(ईश्वर्)अध्यात्म तत्त्व (ईश्वर प्राप्त गर्ने माध्यम) र आत्मिक तत्त्व (आत्मा) हुन।

सेन्ट अगस्टिन (St. Augustine): उनको विचारमाईश्वर सर्वशक्तिमान र सत्य हुन र उनले नै सम्पुर्ण सृष्टीको सृजना गरेका हुन।

सेन्ट थोमस एक्विनास (St. Thomas Aquinas): उनी क्याथोलिक धर्मका समर्थक थिए र मानिसले असल कर्म गरे पुण्य प्राप्त हुने र खराब कर्म गरे पाप लाग्ने कुरामा उनले जोड दिएका थिए।


ग)     आधुनिक काल: पन्ध्रौं शताब्दी पछीको समयलाई आधुनिक काल मानिन्छ। यस अवधिका प्रसिद्ध दार्शनिकहरुमा रेने देकार्ट्ज्सजोन लककार्ल मार्क्सरुसोहेगेल आदि हुन। रेने देकार्ट्ज्सलाई आधुनिक पाश्चात्यका जन्मदाताको रुपमा लिने गरिन्छ।

बेकन (Bacon): बेकनका अनुसार वैज्ञानिक निरक्षण वा अनुभवबाट प्राप्त हुने ज्ञाननै वास्तविक ज्ञान हो।

डेस्कार्टस् (Descartes)कुनै पनि कुराको बारेमा विश्वासगर्न प्रमाणको आवश्यक्ता हुने कुरामा उनी बढी जोड दिन्थे। उनको विचारमा पदार्थ र मस्तिष्क दुइ अलग तत्व हुन।

जोन लक (John Locke): उनि अनुभववादी थिए र उनको विचारमा कुनै पनि ज्ञानको आर्जन इन्द्रीयहरुको प्रत्यक्ष अवलोकनबाट मात्र सम्भव हुन्छ।

डेभिड ह्युम (David Hume): आत्मा चेतनशील हुन्छ भन्ने कुरामा उनी विश्वास गर्थे। आत्मा चेतन अनुभवहरुको समूह हो।

रुसो (Rousseau): रुसो प्रकृतिवादी थिए र उनको विचारमा प्रकृती नै ज्ञानको श्रोत हो।

कार्ल मार्क्स (Karl Marx) : उनी द्वन्द्वात्मक भौतिकवाद दर्शनका प्रतिपादक थिए।

जोन डिवे (John Dewey): उनले पाश्चात्य दर्शनमा व्यवहारवादी दृश्टिकोणको विकास गरे ।

 

१२.  बौद्ध  दर्शन का चारओटा आर्य सत्यआठओटा असल मार्गहरू (आर्य अष्टाङ्गिक मार्ग) र पञ्चशीलको उपदेशलाई उल्लेख गर्नुहोस ।

बौद्ध दर्शनका चारओटा आर्य सत्यआठओटा असल मार्गहरू (आर्य अष्टाङ्गिक मार्ग) र पञ्चशीलको उपदेश

बौद्ध  दर्शन का चारओटा आर्य सत्यआठओटा असल मार्गहरू (आर्य अष्टाङ्गिक मार्ग) र पञ्चशीलको उपदेश यस प्रकार छन्:

बौद्ध दर्शनका चार आर्य सत्यहरु:

१.      संसारमा दुःख छ।

२.      दुःखका कारण छन्।

३.      दुःखको निवारण छ।

४.      निवारणका लागि अष्टाङ्गिक मार्ग छ।

बौद्ध दर्शनका आर्य अष्टाङ्गिक मार्गमा निम्नानुसारका कुराहरू बताइएको छ:

१.      सम्यक् दृष्टि (चार आर्यसत्यमा विश्वास गर्नु)

२.      सम्यक् सङ्कल्प (मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्नु)

३.      सम्यक् वाक् (हानिकारक कुरा र झुठो नबोल्नु)

४.      सम्यक् कर्म (हानिकारक कर्म नगर्नु)

५.      सम्यक् जिविका (कुनै पनि स्पष्ट र अस्पष्ट हानिकारक पेसाव्यवसायव्यापार नगर्नु)

६.      सम्यक् प्रयास (आफूले आफैँलाई सुधार्ने कोसिस गर्नु)

७.      सम्यक् स्मृति (स्पष्ट ज्ञानले देख्न सक्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिस गर्नु)

८.      सम्यक् समाधि (निर्वाण प्राप्त गर्ने कोसिस गर्नु )

बौद्ध दर्शनका पञ्चशीलको उपदेशहरु निम्न अनुसार छन्:

प्राणीको हिंसा नगर्नेझुटो नबोल्नेचोरी नगर्नेव्यभिचार नगर्ने र मद्यपान नगर्ने नियम छन् ।

मानव जीवनमा अतिवादबाट बच्नुपर्छ र मध्यमार्गी हुनुपर्छ भनिएको छ। कुनै पनि कुरामा अन्धविश्वास नगरी आफैँले परीक्षण वा अनुभव गरेर मात्र विश्वास गर्नुपर्छ भन्ने उपदेश पनि बुद्धबाट मिल्छ।


१३.  पूर्विय चिन्तन परम्परा र पाश्चात्य चिन्तन परम्पराका समानता र प्रमुख भिन्नताहरु उल्लेख गर्नुहोस्।

पूर्विय चिन्तन परम्परा र पाश्चात्य चिन्तन परम्पराका समानताहरु यसप्रकार रहेका छन्:

-    पूर्विय चिन्तन परम्परा र पाश्चात्य चिन्तन परम्परा दुबैका चिन्तकहरु विश्वभरिका मानवजाति समान छन् भन्ने कुरामा विश्वास गर्छन।

-    यी दुबै चिन्तनले सदाचारलाई संसारिक वस्तु भन्दा माथी राख्छन।

-    दुबैले प्रकृतीलाई कारक तत्वको रुपमा लिने गरेका छन्।

-    दुबैले ईश्वरिय शक्तिमा विश्वास गर्छन्।

 

पूर्विय चिन्तन परम्परा र पाश्चात्य चिन्तन परम्पराका भिन्नताहरु

पूर्विय चिन्तन परम्परा

 पाश्चात्य चिन्तन परम्परा

१.   पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिथिति, कला आदिमा आधारित चिन्तन परम्परा पूर्वीय चिन्तन हो।

२.   पूर्विय चिन्तनले समूह, समाज वा व्यक्तिहरुको सोच र कार्यमा जीवनको अर्थ खोज्दछन्।

३.   पूर्विय चिन्तनले वास्तविकता अज्ञानताबाट थाहा हुन्छ भन्ने मान्यता राख्द्छ ।

४.   यसमा अध्यात्मिक्ताको ठुलो भूमिका रहेको पाइन्छ।

 

५.   यो बसुधैव कुटुम्बकम  सिद्धान्तमा आधारित छ।

१.   पश्चिम युरोपबाट विकसित भएको बिचार, सिद्धान्त र धारणाहरुलाई पाश्चात्य चिन्तन भनिन्छ। 

२.   पश्चिमी चिन्तनले जीवनको अर्थ "म" लाई  केन्द्रमा राखरे बुझ्ने गर्छन।

३.   पश्चिमी चिन्तनमा वास्तविकता तार्किक एवम् ठोस प्रमाण बाट थाहा हुन्छ भन्ने मान्यता राख्दछ।

४.   यसमा ज्ञानको प्राप्तीलाई महत्वपूर्ण विषयको रुपमा छलफल गर्ने गरेको पाइन्छ।

५.   यो सन्देह र जिज्ञासामा आधारित छ।

 

Any Queries...?


एकाइ-

जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू

Digital Skills and Basic Research Skills as Life Skills

 

पाठ : १ अनुसन्धान परिचय Introduction to Research


तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्

१.      अनुसन्धान भनेको के हो ?

   कुनै एउटा घटनाक्षेत्रस्थानमुद्दा वा विषयवस्तुमा केन्द्रित रहेर तथ्याङ्क सङ्कलन

   व्यवस्थापन र विश्लेषण गरी निष्कर्ष निकाल्ने कार्यलाई अनुसन्धान भनिन्छ।

२.      सूचना भनेको के हो ?

   सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्त्वको काम

   तत्सम्बन्धी कामकारबाही वा निर्णयसँग सम्बन्धित कुनै लिखितसामग्री वा जानकारी हो।

३.      तथ्याङ्क भनेको के हो उदाहरण दिनुहोस्।

   तथ्याङ्क वा सूचना भन्नाले कुनै तथ्य वा शब्दवाक्यचित्रसङ्केतविवरण आदि बुझिन्छ। जस्तैः परिमाणात्मक तथ्याङ्क- ५ किलोग्राम (तौल)१० मिटर (लम्बाइचौडाइ)१००० रुपियाँ (आम्दानीखर्च) आदि।

४.      असल अनुसन्धानका कुनै दुइ विशेषताहरु उल्लेख गर्नुहोस्

   असल अनुसन्धानका कुनै दुइ विशेषताहरु:

        ·      असल अनुसन्धान समस्याको समाधानप्रति निर्देशित हुन्छ।

        ·      यो अनुभवजन्य अध्ययन (Empirical Study) मा आधारित हुन्छ।

५.      गुणात्मक सुचना भनेको कस्तो सुचना हो ?

   सङ्ख्यामा व्यक्त गर्न नसकिने वा गणनागर्न नसकिने तथ्याङ्क वा सुचनालाई गुणात्मक तथ्याङ्क भनिन्छ। जस्तै- कुनै पनि कम्पनीले उत्पादित गरेको खाद्धय सामाग्रीलाई उपभोक्ताहरुले कति मन पराए? भन्ने प्रश्नको उत्तर गुणात्मक तथ्याङ्कको राम्रो उदाहरण हो।

६.      सर्वेक्षण भनेको के हो ?

   सर्वेक्षण भन्नाले विभिन्न प्रश्नहरु निर्माण गरी कुनै पनि विषयवस्तुको सन्दर्भमा मानिसहरुको धारणा बुझ्ने प्रक्रीया हो।

७.      सामाजिक अनुसन्धान भनेको के हो ?

           सामाजिक अनुसन्धान एउटा व्यवस्थित प्रकृया हो जस अन्तर्गत समाजमा हुने गतिविधिमानवीय चिन्तनसोचधर्मपरम्परा आदिसँग सम्बन्धित विषयमा खोजी गर्ने कार्य गरिन्छ।

८.      सैद्धान्तिक अनुसन्धान भनेको के हो ?

   सैद्धान्तिक  अनुसन्धान अन्तर्गत पुरानो ज्ञानलाई पुन:स्थापित गरी नयाँ तथ्यको खोजी गर्न सहयोग गर्दछ र यस अनुसन्धानले घटनाको वास्तविक यथार्थता खोज्नमा मद्दत गर्छ।

९.      तथ्य र तथ्याङ्कको परिचय दिनुहोस।

 तथ्य भनेको प्राकृतिक वा सामाजिक घटनाको निर्विवाद वा मान्य अवलोकन हो।

 तथ्याङ्क भनेको अनुसन्धानका क्रममा सङ्कलन गरिएका सुचना र जानकारी हो। 

१०.  अनुसन्धान विधी र अनुसन्धान पद्धतिको विचमा एउटा फरक लेख।

   अनुसन्धान विधी र अनुसन्धान पद्धतिको विचमा फरकअनुसन्धान विधी तथ्याङ्क सङ्कलन गर्ने प्रक्रियासँग सम्बन्धित छ भने अनुसन्धान पद्धति तथ्याङ्क सङ्कलनतथ्याङ्क विश्लेषण र प्रस्तुतीको समग्र प्रक्रियालाई जनाउँछ।

११.  अनुभवजन्य अनुसन्धान भनेको के हो ?

  अनुभवजन्य अनुसन्धान (Empirical Research) भनेको आफ्नो इन्द्रीयहरुको प्रयोग गरेर तथ्याङ्क सङ्कलन गरी गरिने अनुसन्धान हो।

१२.  अनुसन्धानमा अन्तर्वार्ता भनेको के हो ?

  अनुसन्धानका उद्देश्यहरु हासिल गर्न उत्तरदाता र अन्तर्वार्ताकार बिच गरिने दोहोरो वार्तालाप नै अन्तर्वार्ता हो। यो प्रक्रिया अनुसन्धानकर्ता र उत्तरदाताको प्रत्यक्ष संलग्नतामा हुन्छ।

१३.  अन्तर्वार्ता र अवलोकन विच एक वाक्यमा फरक लेख्नुहोस ।

      अन्तर्वार्ता र अवलोकन विच फरक: अनुसन्धानकर्ता र नमुना श्रोत व्यक्ति बीच निश्चित उदेश्यले निश्चित बिषयमा केन्द्रित रही गरिएको कुराकानी नै अन्तर्वार्ता हो भने कुनै विषयवस्तुको वास्तविकता थाहा पाउनको लागि प्रत्यक्ष रूपमा सहभागी भएर सम्बन्धित स्थानमा पुगेर सम्बन्धित विषयवस्तु हेर्नुलाई अवलोकन भनिन्छ।

१४.  प्रश्नावली भनेको के हो ?

   प्रश्नावली एउटा तथ्याङ्क सङ्कलन गर्ने विधी हो जसअन्तर्गत तयार गरिएका प्रश्नहरुको मौखिकलिखित वा इमेलद्वारा उत्तरदाताहरुसँग उनिहरुको विचार लिने गरिन्छ।

१५.  गुणात्मक सुचनाको कुनै दुइ महत्व लेख्नुहोस।

         गुणात्मक सुचनाको दुइ महत्व

   विषयवस्तु र यसको विशेषताहरु  पहिचान गर्न र 

   सामाजिक अन्तरक्रिया गरी विषयवस्तुको व्याख्या गर्न

१६.  परिणात्मक सुचना भनेको के हो ?

           सङ्कलन गरिएका सुचना वा जानकारी (तथ्याङ्कहरु) जसलाई सङ्ख्या वा मात्राको रुपमा प्रस्तुतगर्न सकिन्छत्यसलाई परिमाणात्मक तथ्याङ्क भनिन्छ।

१७.  परिणात्मक सुचनाको कुनै दुइ महत्व लेख्नुहोस।

           परिणात्मक सुचनाको दुइ महत्वपरिकल्पना परिक्षण गर्न र भविष्यवाणी गर्न 

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्

१.      अनुसन्धानको परिचय दिनुहोस्।

अनुसन्धान को परिचय (Introduction to Research)

साधारण अर्थमा अनुसन्धान भनेको कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम हो। यसलाई अङ्ग्रेजी भाषामा ‘Research’ भनिन्छ । शाब्दिक अर्थमा ‘Re’ को अर्थ पुन: र ‘search’ को अर्थ खोजी गर्नु हुन्छ। यसरी भन्नु पर्दाअनुसन्धान भनेको कुनै पनि तथ्यघटना वा समस्याको बारेमा खोजीगर्ने प्रक्रियालाई अनुसन्धान भनिन्छ। अनुसन्धानलाई निम्न तरिकाले परिभाषित गर्न सकिन्छ:

-   यो नयाँ ज्ञान प्राप्त गर्ने व्यवस्थित प्रयास हो।

-   यो सत्य तथ्य पत्ता लगाउने तरिका हो।

-   ज्ञान प्राप्तीगर्नको लागी खोजीगर्ने व्यवस्थित प्रक्रिया अनुसन्धान हो।

-   कुनै ठोस निष्कर्षमा पुग्न अपनाइने व्यवस्थित प्रक्रिया हो।

-   नयाँ नयाँ ज्ञान प्राप्ती तर्फ उन्मुख हुने प्रक्रिया हो।

-   कुनै घट्नाअवस्थावा स्थितीको व्यवस्थितवस्तुनिष्ठिट एवम तथ्यपरक विश्लेषण हो ।

२.      अनुसन्धानको उद्देश्यहरुको सुची बनाउनुहोस्।

३.      सामाजिक अनुसन्धानको मह्त्व लेख्नुहोस।Or.

४.      अनुसन्धानको मह्त्व लेख्नुहोस।

५.      सामाजिक अनुसन्धानको आवश्यक्ता किन पर्छ कारण लेख्नुहोस।

६.      सामाजिक अनुसन्धानका विशेषताहरु उल्लेख गर्नुहोस।Or,

७.      असल अनुसन्धानका विशेषताहरु लेख्नुहोस।

८.   तथ्याङ्कका स्रोतहरू कति प्रकारका छन् ?

९.      तथ्याङ्कका स्रोतहरू कति प्रकारका हुन्छन् उदाहरणसहित स्पष्ट पार्नुहोस्।

१०.  प्राथमिक तथा द्वितीय तथ्याङ्क बिच कुनै पाँचवटा भिन्नता देखाउनुहोस।

अनुसन्धान को परिचय (Introduction to Research)

साधारण अर्थमा अनुसन्धान भनेको कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम हो। यसलाई अङ्ग्रेजी भाषामा ‘Research’ भनिन्छ । शाब्दिक अर्थमा ‘Re’ को अर्थ पुन: र ‘search’ को अर्थ खोजी गर्नु हुन्छ। यसरी भन्नु पर्दा, अनुसन्धान भनेको कुनै पनि तथ्य, घटना वा समस्याको बारेमा खोजीगर्ने प्रक्रियालाई अनुसन्धान भनिन्छ। अनुसन्धानलाई निम्न तरिकाले परिभाषित गर्न सकिन्छ:

-   यो नयाँ ज्ञान प्राप्त गर्ने व्यवस्थित प्रयास हो।

-   यो सत्य तथ्य पत्ता लगाउने तरिका हो।

-   ज्ञान प्राप्तीगर्नको लागी खोजीगर्ने व्यवस्थित प्रक्रिया अनुसन्धान हो।

-   कुनै ठोस निष्कर्षमा पुग्न अपनाइने व्यवस्थित प्रक्रिया हो।

-   नयाँ नयाँ ज्ञान प्राप्ती तर्फ उन्मुख हुने प्रक्रिया हो।

-   कुनै घट्ना, अवस्था, वा स्थितीको व्यवस्थित, वस्तुनिष्ठिट एवम तथ्यपरक विश्लेषण हो ।

 

अनुसन्धानको उद्देश्यहरु (Objectives/Aims of Research):

-   नयाँ नयाँ ज्ञान एवम तथ्य पत्ता लगाउन।

-   पुरानो ज्ञानलाई पुन:स्थापित गर्ने।

-   स्पष्ट नभएका सिद्धान्तलाई स्पष्ट पार्न।

-   सामाजिक घट्नाको यथार्तता खोजी गर्न।

-   परिकल्पना परिक्षणगरी निष्कर्ष निकाल्न।

-   समाजमा विद्दमान समस्या समाधान गर्न।

-   कुनै घट्नाको कारण पत्ता लगाउन।

-   विगता र वर्तमानलाई आधार बनाइ भविष्यको आँकलन गर्न।

-   योजना बनाउन र प्रशासनिक कार्य गर्न।

 

अनुसन्धानको मह्त्व (Importance of Research)

अनुसन्धानले समाजमा विद्दमान समस्याको कारक तत्वको पहिचान गरी निराकारण गर्ने कार्य गर्छ। अहिलेको परिपेच्छमा विश्वमा सामाजिक अनुसन्धानको मह्त्व दिन प्रती दिन बढ्दै गइरहेको पाएका छौं। यसको महत्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ:

-   सामाजिक अनुसन्धानले समाज र यससँग सम्बन्धित विषयहरुको बारेमा जानकारी दिने काम गर्द्छ।

-   सामाजिक, शैक्षिक एवम राजनीतिक समस्याहरुलाई समाधान गर्ने काम गर्दछ।

-   प्रतिपादित सिद्धान्तहरुलाई दैनिक जीवनमा परिक्षण गरी लागु गर्ने कार्य गर्दछ।

-   ज्ञानको क्षेत्रलाई विस्तार गर्न र प्राप्त ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्ने कार्य गर्दछ।

-   विगत र वर्तमानको अध्ययनगरी भविष्यको आँकलनगर्ने कार्य गर्दछ।

-   कार्य क्षेत्रमा देखा परेका समस्यालाई तत्कालिन समाधानगर्ने कार्य गर्दछ।

-   सिद्धान्तहरुको  विकास एवम सुधारगर्ने कार्य गर्दछ।

-   सरकारलाई निती निर्माण गर्न र योजना बनाउनमा सहयोग गर्दछ।

-   राजनीतिक स्थिरता कायमगरी देश विकासमा सहयोग गर्नमा मद्दत गर्छ।

 

सामाजिक अनुसन्धानका विशेषताहरु / असल अनुसन्धानका विशेषताहरु

सामाजिक अनुसन्धान एउटा वैज्ञानिक अनुसन्धान हो जस अन्तर्गत व्यवस्थित खोजीगर्ने कार्य गरिन्छ। यसका विशेषताहरु निम्न लिखित छन:

-  अनुसन्धान एउटा व्यवस्थित एवम चरणबद्ध रुपमा हुने प्रक्रिया हो।

समस्याको पहिचान समस्याको व्याख्या विश्लेषण पूर्व साहित्यको समिक्षा उद्देश्यको निर्धारण परिकल्पनाको निर्माणअनुसन्धान ढाँचाको निर्माणतथ्याङ्क सङ्कलन तथ्याङ्क विश्लेषणसामान्यीकरण

-  यो निश्चित समस्यामा केन्द्रित हुन्छ।

-  यो समस्याको समाधान प्रति निर्देशित हुन्छ।

-  यो वस्तुगत र तार्किक हुन्छ।

-  यो अनुभवजन्य अध्ययनमा आधारित हुन्छ।

-  यसमा व्यवहारिकताको गुण विद्धमान हुन्छ।

-  यसमा तथ्यको विश्वसनियता र वैधताको राम्ररी परिक्षण गरिन्छ।

-  यसमा तथ्याङ्कलाई समलोचानात्मक दृष्टिकोणबाट विश्लेषण गरिएको हुन्छ।

 

तथ्याङ्कका स्रोतहरू (Sources of Statistics) :

तथ्याङ्कका स्रोतहरू प्राथमिक र द्वितीय गरी दुई प्रकारका हुन्छन् जुन निम्नलिखित छन्:

(क) प्राथमिक स्रोत/ प्राथमिक तथ्याङ्क् (Primary Data):

प्राथमिक स्रोतबाट वास्तविक तथ्याङ्क प्राप्त गरिन्छ। यसलाई अध्ययन गर्ने व्यक्ति वा समूहले आफैँले सङ्कलन गरेको हुन्छ। सर्भेक्षण, अन्तर्वार्ता, क्षेत्रभ्रमण, अवलोकन आदि तथ्याङ्क सङ्कलन गर्ने प्राथमिक स्रोतहरू हुन्।

(ख) द्वितीय स्रोत/ द्वितीय तथ्याङ्क वा माध्यमिक तथ्याङ्क (Secondary Data):

कतिपय तथ्याङ्क वा सूचना अनुसन्धानकर्ताबाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन्। यस्ता तथ्याङ्क प्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन्। ती स्रोतहरू जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यम आदि लाई द्वितीय स्रोत भनिन्छ।

 

प्राथमिक तथा द्वितीय तथ्याङ्क बिच भिन्नता

प्राथमिक तथ्याङ्क

 द्वितीय तथ्याङ्क

१.   प्राथमिक तथ्याङ्क व्यक्ति वा समूहले आफैँले सङ्कलन गरेको हुन्छ।

२.   सङ्कलनमा बढी श्रोत्, साधन, समय र श्रमको खर्च हुन्छ।

३.   बढी विश्वासिलो हुन्छ।

४.   तथ्याङ्क मौलिक हुन्छ।

५.   कुनै उद्देश्यका निम्ति सङ्कलन गरिन्छ।

६.   उदाहरणको लागि- सर्भेक्षण, अन्तर्वार्ता, क्षेत्रभ्रमण, अवलोकन आदिबाट सङ्कलन गरिएका तथ्याङ्क । 

१.  द्वितीय तथ्याङ्क अनुसन्धानकर्ताबाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन्।

२.  तथ्याङ्क पहिल्यै सङ्कलन गरिएकोले सहजै प्राप्त हुन्छ।

३.  कम विश्वासिलो हुन्छ।

४.  तथ्याङ्क तयारी अवस्थामा हुन्छ।

५.  उद्देश्य र छनौट अनुसार पहिले नै छनौट गरिएको हुन्छ।

६.  उदाहरणको लागि- जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यम आदिबाट सङ्कलन गरिएका तथ्याङ्क ।

 

 

परिमाणात्मक तथ्याङ्क र गुणात्मक तथ्याङ्क ( Quantitative and Qualitative Data):

परिमाणात्मक तथ्याङ्क:

अनुसन्धानको क्रममा विभिन्न साधनहरु जस्तै- प्रश्नावली वा अन्तरवार्ताको प्रयोग गरी सङ्कलन गारिएका तथ्याङ्कहरुलाई सांख्यीक रुपमा व्याख्या एवम विश्लेषण गरी राखिन्छ भने त्यसलाई परिणात्मक तथ्याङ्क भनिन्छ। यस अन्तर्गत गणना वा मापनगर्न सकिने तथ्याङ्कहरु पर्दछन।

परिणात्मक तथ्याङ्कका विशेषता वा गुणहरु:

-   तथ्याङ्कहरु प्रष्ट र मापनयोग्य हुन्छन।

-   तथ्याङ्कहरु विश्वसनिय हुन्छन।

-    तथ्याङ्कलाई परिक्षण र जाँचगर्न सकिन्छ।

-   तथ्याङ्कहरु सङ्ख्यात्मक मानहरुमा मापन वा गणना गर्ने सकिने हुन्छन।

-   तथ्याङ्क संकलनको लागी प्रयोगहुने नमुनको आकार ठुलो हुन्छ।

-   उदाहरणको लागि- ५ वर्ष, १० प्रतिशत, १०० रुपैया आदि।

परिणात्मक तथ्याङ्कका प्रकारहरु : नाप, गणना,अहिसाब, अनुमान, पूर्वानुमान आदि।

गुणात्मक तथ्याङ्क:

गुणात्मक तथ्याङ्क भनेको कुनै पनि घटना, समस्या वा मुद्दाको बारेमा प्राप्तहुने व्याख्यात्मक सुचनाहरु हुन। यसरी संकलन गरिएका तथ्याङ्कहरुलाई शाब्दिक रुपमा व्याख्या र विश्लेषणगर्न सकिन्छ।

गुणात्मक तथ्याङ्कका विशेषता वा गुणहरु:

-   तथ्याङ्कहरु मानविय अनुभव र अवलोकनमा आधारित हुन्छ।

-   यो लचिलो हुन्छ।

-   कुनै पनि विषयवस्तुलाई फरक ढङ्गले मुल्याङ्कन गर्न सकिन्छ।

-   उत्तरदाताको विचार स्वतन्त्र रुपले आउँछ।

-   सङ्ख्यामा व्यक्तगर्न नसकिने मानविय व्यवहारका कुराहरुलाई प्रस्तुत गर्न सकिन्छ।

-   वास्तविक परिवेश सँग सम्बन्धित हुन्छ।

-   भाव्, दृश्टिकोण र बुझाइ लाई बढी प्राथमिक्ता दिन्छ।

-   उदाहरण को लागि- सुन्दरता, मानविय स्वभाव, संस्कार आदि।

गुणात्मक तथ्याङ्कका प्रकारहरु: मामला अध्ययन (Case Study),  धरातलीय अध्ययन (Grounded Study), समूह अध्ययन, सहभागितामुलक अनुसन्धान (Participatory Research) आदि

 

सामाजिक अध्ययनमा प्रयोग हुने विधिहरु ( Methods Used in Social Studies):

सामाजिक अध्ययन गर्नका लागि विभिन्न विधिहरूको प्रयोग गरिन्छ। त्यसमध्ये खोज तथा अनुसन्धान एउटा प्रमुख विधिका रूपमा रहेको छ।

सामाजिक अध्ययनमा अनुसन्धान विधिअन्तर्गत अन्य धेरै विधि प्रयोग गरिन्छ ती मद्धे प्रमुख यसप्रकार छन्:

(क) छलफल विधि: यसमा शिक्षक विद्यार्थी वा विद्यार्थी विद्यार्थीबिच विचार आदानप्रदान गरी एक निष्कर्षमा पुगिन्छ। यस विधिले जीवनोपयोगी सिप विकास गर्नसमेत सहयोग पुर्याउँछ।

(ख) प्रश्नोत्तर विधि: अध्ययन गरिएका विषयवस्तुलाई पुनरवलोकन गर्न तथा अवधारणाहरू स्पष्ट पार्न शिक्षक विद्यार्थीबिच तथा विद्यार्थी विद्यार्थीबिच प्रश्न सोध्ने र उत्तर दिने गरिन्छ।

(ग) अवलोकन विधि: कुनै घटना,स्थान वा व्यवहारलाई हेरेर सिक्ने विधि अवलोकन विधि हो।

(घ) अन्तर्वार्ता विधि: विद्यार्थीले शिक्षकबाहेक अन्य जानकार व्यक्तिसँग प्रश्नहरू सोधेर जानकारी वा सूचना सङ्कलनगर्ने तरिका नै अन्तर्वार्ता विधि हो।

(ङ) समस्या समाधान विधि: यो विद्यार्थीलाई कुनै समस्या दिएर त्यस समस्याको पहिचान, कारणहरू र समाधानका उपायहरूको खोजी गर्न लगाउने विधि हो ।

(च) क्षेत्र भ्रमण विधि: कुनै भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, औद्योगिक वा पर्यटकीय क्षेत्रमा गएर त्यससम्बन्धी अध्ययन गर्ने विधिलाई क्षेत्र भ्रमण विधि भनिन्छ।

(छ) परियोजना विधि: परियोजना विधिमा विद्यार्थीले एक्लाएक्लै वा समूहमा कुनै कार्य गरेर सिक्ने बानीको विकास हुन्छ।

 

 

 

 


 


 

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस।

११.  परिमाणात्मक तथ्याङ्क तथा गुणात्मक तथ्याङ्कको उदाहरणसहित परिचय दिनुहोस्।

१२.  परिमाणात्मक तथ्याङ्क तथा गुणात्मक तथ्याङ्कबिच फरक देखाउनुहोस।

१३.  सामाजिक अध्ययन विषयमा के के विधिहरू प्रयोग हुन्छन् ?

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : २ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा

Concept of Correlation and Causal Relation in Social Studies

चर: अनुसन्धानमा चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ। चरहरुलाई निर्भर चर र स्वतन्त्र  चर गरी वर्गिकरणगर्न सकिन्छ। वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाका कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन। यस्तो सम्बन्धलाई नै सहसम्बन्ध भनिएको हो।

 

कार्यकारण सम्बन्ध

कार्यकारण सम्बन्ध विश्लेषणमा एउटा घटना, वा व्यवहारले अर्को घटना वा व्यवहारमा पार्ने प्रभाव विश्लेषणगर्न सहयोग गर्छ। यसमा दुइ चरहरु मद्धे एउटाको कारक तत्व अर्को हो भने यी दुइ बिचमा कार्यकारणको सम्बन्ध रहेको हुन्छ। उदाहरणको लागि- गरीबि र भोकमरीको बिच भोकमरिको कारक तत्व गरीबि हो।

 

अनुसन्धानमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको प्रयोग

-   कुनै विशेष व्यवहार, पारिस्थिति, वा घटना गराउने तत्वहरु के के हुन सक्छन भन्ने कुरा पत्ता लगाउन।

-   दुइ ओटा चरहरुको बिचको सम्बन्धको अध्ययन गर्न।

-   वास्तविक समस्या वा कारण पत्ता लगाइ त्यसको निवारण गर्न।

-   परिक्षणको वैधता र विश्वासनियता पुष्टी गर्न।

-   सकारात्मक र नकारात्मक सहसम्बन्ध पत्ता लगाउन।

-   सामाजिक्, राजनैतिक्, शैक्षिक  एवम वैज्ञानिक अनुसन्धानमा प्रयोग गर्नका लागी।

 

सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच समानता र भिन्नताहरू

सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच समानताहरु:

-    एउटा चर वा घटनाका कारण गर्दा अर्को चर वा घटना घट्ने गर्छ।

-    दुबैको प्रयोग अनुसन्धानमा गरिन्छ।

-    घटना वा चरहरु बिच सम्बन्ध स्थापित हुन्छ।

-    उदाहरणको लागि- दुवै सम्बन्धमा वर्षाको कारणले धान उत्पादित हुने बुझिन्छ तर धानको उत्पादन र किसानको उमेरविच यो सम्बन्ध हुँदैन।

सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच भिन्नताहरु:

-    सहसम्बन्धमा एउटा चरको वृधिगर्दा अर्कोमा वृधि हुन्छ तर अर्कोमा वृधिगर्दा पहिलोमा नहुन सक्छ भने अर्कोतिर कार्यकारण सम्बन्धमा, एउटा चरको कारण अर्को वृधी हुन्छ र एउटा घट्दा अर्को पनि घट्ने गर्छ।

-    उदाहरणको लागि, वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन। यस्तो सम्बन्धलाई नै सहसम्बन्ध भनिन्छ भने वर्षा बढी हुँदा धान उत्पादन बढ्छ र वर्षा कम हुँदा घट्छ, यस्तो सम्बन्धलाई कार्यकारण सम्बन्ध भनिन्छ।

-    सबै प्रकारका सहसम्बन्धहरु कार्यकारण सम्बन्ध हुँदैनन् तर सबै प्रकार का कार्यकारण सम्बन्ध हुन सक्छन्।

-    सहसम्बन्धको तुलनामा कार्यकारण सम्बन्ध महँगो हुन्छ।

-    सहसम्बन्ध भनेको दुइ चरहरु बिचको संयुक्त सम्बन्ध हो भने कार्यकरण सम्बन्ध विचारहरुको संयोजन हो जो सम्बन्ध भन्दा पनि बढी महत्वपूर्ण हुने गर्छ।

 

अनुसन्धान कार्यमा सहसम्बन्धको महत्व:

अनुसन्धानमा दुइ वा दुइ भन्दा बढी चरहरु बिचको सम्बन्ध नै सहसम्बन्ध हो। सहसम्बन्धलाई अङ्ग्रेजीमा ‘Correlation’ भन्ने गरिन्छ। अर्को शब्दमा भन्नु पर्दा एउटा चरमा परिवर्तन आउँदा अर्को चरमा कुनै न कुनै प्रकारको असर परेको हुन्छ त्यो नै सहसम्बन्ध हो।

अनुसन्धानमा सहसम्बन्धको महत्व/ उपयोगिता यस प्रकार छन्:

-   यसले दुइ ओटा चरहरु बिच कस्तो सम्बन्ध छ भन्ने कुराको जानकारी दिन्छ।

-   अनुमानलाई बढी सटिक बनाउनमा मद्दत गर्छ।

-   परिक्षणमा वैधता र विश्वसनियताको पुष्टी गर्छ।

-   परिवर्तितमानहरुको  सम्बन्धको बारेमा अध्ययन गर्छ।

-   मानिसहरुको काम गर्ने क्षमता, सहनशिलता, समाजिक सदभाव्, साहिष्णुता जस्तो गुणहरु थाहा पाउन सकिन्छ।

-   व्यक्तीहरुको विविध क्षमताको पहिचानगरी उनीहरुको पेशागत विकास गर्न सकिन्छ।

-   दुइ चरहरुको सम्बन्धको अध्ययन गरेर भविष्यवाणी गर्न सकिन्छ।

अनुसन्धान कार्यमा कार्यकारण सम्बन्धको महत्व:

कार्यकारण सम्बन्ध विश्लेषणमा एउटा घटना, वा व्यवहारले अर्को घटना वा व्यवहारमा पार्ने प्रभाव विश्लेषणगर्न सहयोग गर्छ। यसमा दुइ चरहरु मद्धे एउटाको कारक तत्व अर्को हो भने यी दुइ बिचमा कार्यकारणको सम्बन्ध रहेको हुन्छ। उदाहरणको लागि- गरीबि र भोकमरीको बिच भोकमरिको कारक तत्व गरीबि हो।

अनुसन्धान कार्यमा कार्यकारण सम्बन्धको महत्व यस प्रकार छन्:

-   यसले कार्यक्षेत्रमा भएको प्रगती र दुर्गर्तीको कारण पत्ता लगाउँछ।

-   कार्य र कारणको सम्बन्धको जानकारी दिन्छ।

-   कारणले कसरी चरलाई असर पार्छ भन्ने कुरा जानकारी गराउँछ।

-   विश्लेषणात्मक अनुसन्धान हो।

 

सहसम्बन्ध  र यसका प्रकारहरु

अनुसन्धानमा दुइ वा दुइ भन्दा बढी चरहरुबिचको सम्बन्धनै सहसम्बन्ध हो। सहसम्बन्धलाई अङ्ग्रेजीमा ‘Correlation’ भन्ने गरिन्छ। अर्को शब्दमा भन्नु पर्दा एउटा चरमा परिवर्तन आउँदा अर्को चरमा कुनै न कुनै प्रकारको असर परेको हुन्छ त्यो नै सहसम्बन्ध हो।

सहसम्बन्ध दुइ विषयवस्तुहरुको  बिचको अन्तरनिर्भरताका आधारमा तीन प्रकारमा विभाजन गर्न सकिन्छ जुन निम्न लिखित छन्:

क)    सकारात्मक सहसम्बन्ध (Positive Correlation): एउटा चरमा आएको परिवर्तनले अर्को चरमा  सकारात्मक प्रभाव पार्छ भने त्यस्तो सम्बन्धलाई सकारात्मक सम्बन्ध भनिन्छ । यस्तो सहसम्बन्धको तहलाई ० देखी +१ मानले देखाउँछ। उदाहरण को लागि-

-   लगानीमा वृधी हुँदा नाफा बढ्नु र घट्दा घट्नु।

-   मानिसको उँचाइको वृधी सँगै तौल बढ्नु।

ख)   नकारात्मक सहसम्बन्ध (Negative Correlation): एउटा चरमा सकारात्मक परिवर्तन आउँदा अर्कोमा नकारात्मक तथा नकारात्मक परिवर्तन आउँदा सकारात्मक परिवर्तन आउँछ भने त्यसलाई नकारात्मक सहसम्बन्ध भनिन्छ।यस सहसम्बन्धको तहलाई ० देखी -१ मानले देखाउने गरिन्छ। उदाहरणको लागि-

-   हामी हिमालको जती माथी जान्छौ, तापक्रम उतिनै घट्छ र जती जती तल आउँछौ त्यती बढ्छ।

-   मानिस जती बढी तनावमा हुन्छ उतिनै आत्म सम्मानमा कमी आउँने गर्छ।

ग)     शुन्य सहसम्बन्ध (Zero Correlation): एउटा चरमा आएको परिवर्तनले अर्को चरमा कुनै परिवर्तन आउँदैन भने त्यस्तो सहसम्बन्धलाई शुन्य सहसम्बन्ध भनिन्छ। यस्तो सहसम्बन्धलाई ० ले सङ्केत गर्ने गरिन्छ। उदाहरणको लागि- बौद्धिक क्षमता र चियाको सम्बन्ध।

 

चरको परिभाषा र प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफ्नो कक्षाको साथीलाई एक पत्र

२०७९/१२/३०

प्रिय साथी प्रमिला,

मिठो सम्झना,

मा यहाँ आरामै छु र आशा गर्छु कि तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ आरामै छन भन्ने कामना गर्दछु। तिम्रो चिठ्ठी पाएर सार्हैं खुशी भए। तिम्रो पत्रको जवाफ मैले यस पत्र मार्फत दिदैं छु। साथी, हिजो सर ले चर के हो र यो कतिप्रकारका हुन्छन  भनिपढाउनु भएको थियो।

साथी, अनुसन्धानमा चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ। चरहरुलाई निर्भर चर र स्वतन्त्र  चर गरी वर्गिकरणगर्न सकिन्छ। वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाका कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन। यस्तो सम्बन्धलाई नै सहसम्बन्ध भनिएको हो।

अहिलेलाई यती नै, बाँकी अर्को पत्रमा। सबैलाई नमस्कार !

तिम्रो उहि प्यारो साथी,

निर्मला

 

केहि महत्वपूर्ण बुँदाहरु:

Ø  अनुसन्धानमा चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ।

Ø  स्वतन्त्र चर: उदाहरण: वर्षा हुनु  निर्भर चर: उदाहरण: धान उत्पादन हुनु

Ø  स्वतन्त्र चर र निर्भर चर (आश्रीत चर) बिच एक वाक्यमा फरक: स्वतन्त्र चर अरु माथी निर्भर हुँदैन तर आश्रीत चर अरु माथी निर्भर हुन्छ।

Ø  अनुसन्धानमा दुइ वा दुइ भन्दा बढी चरहरुबिचको सम्बन्धनै सहसम्बन्ध हो।

Ø  सहसम्बन्ध र कार्यकारण सम्बन्धबिचको सम्बन्ध: सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच गहन सम्बन्ध छ किनकी यिनै सम्बन्धको कारणले गर्दा एउटा चर वा घटनाले अर्को चर वा घटना निम्त्याएका हुन्छन।

Ø  एउटा घटना वा चरको कारक तत्व अर्को चर हुन्छ भने त्यसलाई कार्यकारण सम्बन्ध भनिन्छ।उदाहरणको लागि- गर्मीको तापक्रम र आइसक्रीमको बिक्री

Ø  रेखा चित्रको माध्यमबाट चरहरुको सम्बन्ध विश्लेषण गर्ने विधीलाई विक्षेप चित्र विधि (Scatter Diagram Method) भनिन्छ।

Ø  सरल र बहु सहसहम्बन्ध बिचको फरक: दुइ चरहरुको बिचको सम्बन्धलाई सरल सहसम्बन्ध भनिन्छ। जस्तै- शिक्षा र वृधि र नागरिक चेतनाको विकास भने दुइ भन्दा बढी चरहरु बिचको सम्बन्धलाई बहुसम्बन्ध भनिन्छ। जस्तै- शिक्षामा वृधि, रोजगारी, गरीबी निवारण र देशको विकास।

Ø  एउटा चरमा आएको परिवर्तनले अर्को चरमा कुनै परिवर्तन आउँदैन भने त्यस्तो सहसम्बन्धलाई शुन्य सहसम्बन्ध भनिन्छ। यस्तो सहसम्बन्धलाई ० ले सङ्केत गर्ने गरिन्छ।

Ø  कार्यकारण सम्बन्धको एउटा फाइदा: कार्य र कारणको सम्बन्धको जानकारी दिन्छ।

 

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्

१.      चर भनेको के हो ?

२.      स्वतन्त्र चर र निर्भर चर (आश्रीत चर) का एक एक उदाहरण दिनुहोस्।

३.      स्वतन्त्र चर र निर्भर चर (आश्रीत चर) बिच एक वाक्यमा फरक देखाउनुहोस।

४.      सहसम्बन्धको परिभाषा लेख्नुहोस्।

५.      सहसम्बन्ध र कार्यकारण सम्बन्धबिचको सम्बन्धलाई एक वाक्यमा लेख्नुहोस्।

६.      कार्यकारण सहसम्बन्ध  भन्नाले के बुझिन्छ ?

७.      रेखा चित्रको माध्यमबाट चरहरुको सम्बन्ध विश्लेषण गर्ने विधीलाई के भनिन्छ ?

८.      सरल र बहु सहसहम्बन्ध बिचको फरक लेख।

९.      शुन्य सहसम्बन्ध (Zero Correlation) भनेको के हो ?

१०.  कार्यकारण सम्बन्धको एउटा फाइदा लेख।

 

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्

१.      चरको परिभाषा र प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफ्नो कक्षाको साथीलाई एक पत्र लेख्नुहोस्।

२.      कार्यकारण सम्बन्धको परिचय दिनुहोस्।

३.      अनुसन्धानमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको प्रयोग किन गरिन्छ? कुनै पाँच बुँदामा लेख्नुहोस्।

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्

४.      सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच समानता र भिन्नताहरू उल्लेख गरी दुई अनुच्छेद लेख्नुहोस्।

५.      सहसम्बन्ध र कार्यकारण सम्बन्ध बिच फरक देखाउनुहोस्।

६.      अनुसन्धान कार्यमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको महत्व लेख्नुहोस्।

७.      कार्यकारण सम्बन्धको महत्व बारेमा एक अनुच्छेदमा लेख्नुहोस्।

८.      कार्यकारण सम्बन्धको बारेमा चर्चा गरी त्यसको महत्वबारे लेख्नुहोस्।

९.      सहसम्बन्धको उपायोगिताबारे उल्लेख गर्नुहोस्।

१०.  सामाजिक अध्ययनमा सहसम्बन्धको फाइदा उल्लेख गर्नुहोस्।

११.  सहसम्बन्ध भनेको के हो ? यसलाई कती प्रकारमा विभाजन गरिएको छ? छोट्करीमा वर्णन गर्नुहोस।

१२.  सहसम्बन्धको प्रकारहरुबारे चर्चा गर्नुहोस।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ३ अध्ययन प्रस्तावनाको संरचना

Format of a Research Proposal

अध्ययन प्रस्तावना (Research Proposal)

अध्ययन प्रस्तावना भनेको कुनै पनि प्रस्तावित अध्ययनको संक्षिप्त सारांशको रुपरेखा हो। यसलाई अनुसन्धान सम्बन्धी विस्तृत योजना हो।

अध्ययन प्रस्तावना किन आवश्यक हुन्छ ?

अध्ययन प्रस्तावनाले भावी अनुसन्धान कार्य के-कसरी संचालन गरिने हो भन्ने सम्बन्धमा आवश्यक जानकारी प्रदन गर्दछ। अनुसन्धान कर्ताले कुन विषय शिर्षकमा, कुन कुन उद्देश्य राख्ने, कुन विधि र प्रक्रियाको माध्यमबाट तथ्याङ्क संकलन गर्ने, कुन विधिको प्रयोग गरी त्यसको विश्लेषण गर्ने, के कती समय सीमा र लागतमा सम्पन्न गर्ने आदि प्रश्नहरुको उत्तर प्राप्त गर्नको लागी अनुसन्धान प्रस्तावनाको आवश्यक्ता पर्दछ ।

 

अध्ययन प्रस्तावनाको महत्व:

-   सरोकारवालाहरुलाई भविष्यमा सहयोग पुर्याउन।

-   भावी अनुसन्धान कार्यको बाटो देखाउन।

-   समग्र अध्ययन अनुसन्धान परियोजनको मुल्याङ्कनगर्ने आधार प्रदान गर्न।

-   अनुसन्धानको पृष्ठभूमि, समस्याको कथन, र अनुसन्धानको  उद्देश्यको बारेमा सम्बन्धित निकायलाई जानकारी दिन।

-   अनुसन्धान कार्यमा संलङ्ग्न सुपरिवेक्षक, निर्देशक तथा पुनरावलोकन कर्तालाई प्रस्तावित विधिको उत्कृष्टता, वैधता र व्यवहारिक्ताको सवालमा विश्वास दिलाउन।

-   अनुसन्धानका लागि समय र सीमाको निर्धारण गर्न।

-   अनुसन्धानको औचित्य  प्रदान गर्न।

 

 

 

सोधकार्यमा वा अध्ययन अनुसन्धानमा साहित्यको पुनरावलोकनको महत्व

सोधकार्यमा वा अध्ययन अनुसन्धानमा साहित्यको पुनरावलोकनगर्न निम्न कारणले जरुरी छ:

-    अध्ययन अनुसन्धानको औचित्य प्रष्ट पार्न।

-    उपयुक्त अनुसन्धान विधिको छनोट गर्न।

-    तथ्याङ्क सङ्कलन र विश्लेषण गर्न।

-    सम्बन्धित विषयवस्तुको क्षेत्रमा यस अघि भएको अध्ययनको बारेमा जानकारी हासिलगरी त्यस विषयमा आफ्नो  विचार स्पष्ट पार्न।

-    अनिसन्धान प्रक्रियाको बारेमा ठोस आधार प्रदानगर्न।

-    यसभन्दा अघि भएका अनुसन्धानमा देखिएका loopholes पत्ता लगाइ सुधारगर्न।

 

अनुसन्धान प्रस्तावना तयारगर्दा समेट्नुपर्ने खण्डहरु

. परिचय (Introduction)

.१ अध्ययनको पृष्ठभूमि (Background of Study)

.२ समस्याको कथन (Statement of Problem)

.३ अध्ययनको उद्देश्यहरु (Objectives of Study)

.४ अध्ययनको महत्व (Significance of Study)

.५ अध्ययनको सीमाहरु (Limitations of Study)

.६ शब्दावली (Vocabularies)

. पूर्व साहित्यको पुनरावलोकन (Review of Literature)

. अध्ययनविधी तथा प्रक्रिया (Methods and Procedures of Study)

.१ अध्ययनको ढाँचा (Design of Study)

.२ तथ्याङ्कको स्रोत (Sources of Data)

.३ तथ्याङ्क सङ्कलन प्रक्रिया (Process of Data Collection)

.४ तथ्याङ्क सङ्कलनका साधनहरु (Tools of Data Collection)

.५ तथ्याङ्क विश्लेषण प्रक्रिया (Process of Data Analysis)

. सन्दर्भसूचिहरु (References)

अध्ययन प्रस्तावनाको आवरण पृष्ठको नमुना

 

बाँके जिल्ला, नेपालगन्ज न. पा. स्थित यादवजातिको आर्थिक तथा सामाजिक  अवस्था सम्बन्धी अध्ययन

प्रस्तावना, २०८०

 

 

 

 

 

 

 

 

 

सामाजिक अध्ययन कक्षा १२ को पाठ्यक्रमलाई पूर्णगर्न तयार पारिएको विस्तृत प्रस्तावना २०८०

 

 पेस गर्ने

पबित्रा यादव्

कक्षा १२

रोल न्ं.

सागरमाथा माध्यमिक विद्द्यालय

नेपालगन्ज

२०८० असोज

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


अध्ययन प्रस्तावनाको नमुना

लुम्बिनी अध्ययन भ्रमण

१ परिचय

१. पृष्ठभूमी:

विद्यार्थीको सिकाइलाई बढी उपलब्धिमूलक र प्रभावकारी बनाउन शिक्षण क्रियाकलापका क्रममा बिभिन्न शिक्षण बिधिहरु प्रयोग गरिनु आवश्यक हुन्छ। ती बिधिहरु मध्ये अन्वेषण र अवलोकन बिधि पनि एक प्रभावकारी बिधि हो। यसै सन्दर्भमा विद्यार्थीहरुलाई लुम्बिनी क्षेत्रको भ्रमण गराइ विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षका बारेमा प्रत्यक्ष साक्षात्कारगर्ने अवसरको रुपमा यो भ्रमण केन्दृत छ। भ्रमणको क्षेत्रको रुपमा लुम्बिनी क्षेत्र र यसको आसपासको अन्य क्षेत्रहरुको बिबिध पक्षहरुलाई समेत अध्ययन अवलोकनको विषयवस्तु बनाइएको थियो।

.२ समस्याको कथन:

नेपाल एउटा बहुजातिय, बहुभाषिक तथा बहुधार्मिक मुलुक हो। कक्षा ११ र १२ को सामाजिक अध्ययन तथा जीवनोपायोगी शिक्षा विषय अन्तर्गत भ्रमण अध्ययनको विषयवस्तु समावेश गारिएकोले विद्दार्थीहरुलाई सो को बारेमा जानकारी गराउन  एउटा धार्मिक एवम एतिहासिक ठाँउको प्रत्यक्ष अवलोकन गराउनुपर्ने  आवश्यक देखिन्छ।

.३ भ्रमणका उद्देश्यहरु:

यस अध्ययनका लागि तय गरिएका उद्देश्य निम्न बमोजिम रहनेछन्:

-   लुम्बिनी क्षेत्रमा भेटिएका पुरातात्विक वस्तुहरुको अवलोकन गर्न।

-   यस क्षेत्रको धार्मिक, शैक्षिक, एतिहासिक तथा पर्यटकिय महत्व बुझ्न।

.४ अध्ययनका प्रश्नहरु:

यो अध्ययन निम्न प्रश्नहरुमा केन्दृत हुनेछ:

-   लुम्बिनी के का लागी प्रसिद्ध छ?

-   गौतम बुद्ध लाई एसिया का तारा र शान्ती का दुत  किन भन्ने गरिन्छ?

-   बुद्धका उपदेशहरु के के हुन ?

-   आध्यात्मिक पर्यटनलाई धार्मिक सम्पदा पर्यटन पनि किन भनिन्छ?

-   अज्ञानाता हटाउने तरिकाहरु के के हुन?

२. साहित्यको पुनरावलोकन:

बुद्ध धर्म व्यक्तिहरूलाई निर्वाण स्थितिमा पुग्न सिकाउँछ। उचित अभ्यास, बुद्धि र मध्यस्थताले जो कोही पनि प्रबुद्ध हुन सक्छ।(अग्रवाल, २०१५, पृष्ठ १) बुद्धको शिक्षाले बुझेर अज्ञानता हटाउने लक्ष्य राख्छ ।( दे रूइज र कोक्जन्, २०१५,पृष्ठ  १) आध्यात्मिक पर्यटन लाई धार्मिक सम्पदा पर्यटन पनि भनिन्छ। (घिमिरे र राई, २०१५,पृष्ठ २) मायादेवी मन्दिरको छेउमा बस्नु सबैका लागि परम समय हो। साँझमा, त्यहाँ शान्तिको "बत्तीहरू" छन्, र बिहान त्यहाँ शान्तिको "ध्वनि" छन्। लुम्बिनीमा हुनु भनेको स्वर्गमा हुनु जस्तै हो। (एन डी सि काठ्मान्डू, मार्च २०१३) 

. अध्ययन विधि र प्रक्रिया 

.१ तथ्याङ्कको स्रोत:

अनुसन्धान कर्ताले निम्नलिखित स्रोतको प्रयोग गर्नेछ:

प्राथमिक स्रोतको रुपमा प्रत्यक्ष अवलोकन,  अन्तर्वार्ता, शिलालेख अध्ययन, गुगल फर्म आदि  द्वारा तथ्याङ्क संकलन गरिने छ। अन्य द्वितिय स्रोतका रुपमा पुस्तक, पत्रपत्रीका,  इन्टरनेट आदिको प्रयोग गरिनेछ।

. सन्दर्भ सामाग्री:

Agarwal, R. (2015). Buddhism. In Athyal, J.M (ed). Religions in Southeast Asia: An Encyclopedia of Faiths and Cultures.

Retrieved from https://www.researchgate. net/publication/303859535 Buddhism

de Rooij, L & Koczan, Z. (2015). Buddhism. Encyclopedia of Economics and Society.

Retrieved from https://www.researchgate.net/publication/312292611_Buddhism

Ghimire, H. L & Rai, H. D. (2015). Spirituality in Lumbini: A fundamental aspect of Buddhism. Lumbini Darpan. Lumbini: Lumbini Development Trust.

https://www.tripadvisor.com/ShowUserReviews-g424940-d320283-r164557553-Maya_Devi_Temple-Lumbini_Lumbini_Zone_Western_Region.html

 

केहि महत्वपूर्ण बुँदाहरु:

Ø  अध्ययन प्रस्तावना भनेको कुनै पनि प्रस्तावित अध्ययनको संक्षिप्त सारांशको रुपरेखा हो। यसलाई अनुसन्धान सम्बन्धी विस्तृत योजना हो।

Ø  अनुसन्धान प्रस्तावनामा साहित्य पुनरवलोकन निम्नलिखित कारणले गरिन्छ:

·         अध्ययन अनुसन्धानको औचित्य प्रष्ट पार्न

·         उपयुक्त अनुसन्धान विधिको छनोट गर्न

·         तथ्याङ्क सङ्कलन र विश्लेषण गर्न

Ø  अध्ययन प्रस्तावनामा उल्लिखित द्वितीय तथ्याङ्क संकलनका स्रोतहरू निम्न लिखित छन्: सम्बन्धित साहित्यको पुनरावलोकन गरेका विभिन्न पुस्तक, पत्रपत्रिका, लेख, रचना, शोधपत्र, इन्टरनेट, रेडियो, संचारग्राम आदि

Ø  अध्ययन प्रस्तावनाको आवरण पृष्ठको सवै भन्दा शिर्ष भागमा उल्लेखित कुराहरु:

·         अध्ययनको शिर्षक र मिति

·         के प्रयोजनको लागी प्रस्तावना तयार गरेको लेख्ने

·         प्रस्तुतकर्ताको आधिकारीक परिचय

·         प्रस्तावना बुझाउने ठाँउको नाम

Ø  समस्याको कथन भन्नाले अनुसन्धान कुन विषयमा गर्ने हो र किन गर्न लागिएको हो त्यसको स्पष्ट रुपमा व्याख्या गरिनु हो।

Ø  अनुसन्धानमा प्रयोग हुने शब्द 'समस्या'ले अध्ययनगर्न लागिएको मुद्दा वा प्रश्नलाई  जनाउँछ।

Ø  अनुसन्धानमा प्रश्नहरुको निर्माण अनुसन्धानकर्तालाई स्पष्ट मार्ग निर्देशनगर्नका लागी गरिन्छ।

Ø  सन्दर्भ सामग्री (References) भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो। यस अन्तर्गत अनुसन्धानमा प्रयोग गरिएका सम्पुर्ण अभिलेखहरुलाई वर्णानुक्रम अनुसार जस्तै-लेखकको थर नाम, कृती प्रकाशन मिति, कृतीको नाम, प्रकाशनको नाम, प्रकासित ठाँउ आदि।

 

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस।

१.      अध्ययन प्रस्तावना भनेको के हो ?

२.      अध्ययन विधिमा के के कुरा लेख्नुपर्छ ?

३.      अनुसन्धान प्रस्तावनामा साहित्य पुनरवलोकन किन गरिन्छ ?

४.      यस अध्ययन प्रस्तावनामा उल्लिखित द्वितीय तथ्याङ्क संकलनका स्रोतहरू कुन कुन हुन् ?

५.      अध्ययन प्रस्तावना किन आवश्यक हुन्छ ? दुइ बुँदामा लेख।

६.      अध्ययन प्रस्तावनाको  आवरण पृष्ठको सवै भन्दा शिर्ष भागमा के के कुरा राखिन्छ ?

७.      समस्याको कथन भनेको के हो ?

८.      अनुसन्धानमा प्रयोग हुने शब्द 'समस्या' ले के लाई जनाउँछ ?

९.      अनुसन्धानमा प्रश्नहरुको निर्माण किन गरिन्छ ?

१०.  सन्दर्भ सामाग्री भनेको के हो ?

 

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस।

१.    अध्ययन प्रस्तावनाको महत्वलाई पाँच बुँदामा उल्लेख गर्नुहोस।

२.      अध्ययन प्रस्तावना भित्र के के कुरा लेखिएको वा समेटिएको हुनु पर्छ ? लेख्नुहोस।

३.      सोधकार्यमा साहित्यको पुनरावलोकनगर्न किन जरुरी छ? लेख्नुहोस।

४.      अनुसन्धान प्रस्तावना तयारगर्दा समेट्नुपर्ने खण्डहरु उल्लेख गर्नुहोस।

५.      अध्ययन प्रस्तावनाको आवरण पृष्ठको नमुना तयार गर्नुहोस।

६.      परियोजना कार्य

तलका कुनै एक शीर्षकमा एउटा अध्ययन प्रस्तावना तयार गर्नुहोस्:

(क) कुनै धार्मिक क्षेत्रको अध्ययन भ्रमण

(ख) कुनै सांकृतिक समारोह (जस्तै: जात्रा, चाडपर्व) को अध्ययन

(ग) कुनै औद्योगिक क्षेत्र वा उद्योगको अध्ययन भ्रमण

(घ) कुनै पर्यटकीय क्षेत्रको भ्रमण

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ: ४

लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष

Ethical Aspects to Consider while Using Other Peoples Writing in Writing Work

 

बौद्धिक चोरी (Plagiarism)

बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरूको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरू,अध्ययन, अनुसन्धान, आदि) को अनुमती नलिइ हुबहु रुपमा सार्ने कार्य गर्छ र तिनीहरूलाई आफ्नो दावी गर्छ।

जानाजान गरिने बौद्धिक चोरीहरु:

-    अरूको कामलाई आफ्नो भनी प्रकाशित गर्नु

-    अन्य व्यक्तिको लेख रचना सार्नु

-    बजारबाट लेख रचना किनेर विद्यालय/ विश्वविद्यालयमा बुझाउनु

-    पुस्तक, लेख रचना तथा विद्युतीय स्रोतबाट बिना उद्धरण सार्नु

-    इन्टरनेटबाट बिना उद्धरण सार्नु

अन्जानमा गरिने बौद्धिक चोरीहरु:

-    लापरबाही तरिकाबाट पुनर्लेखन गर्नु

-    अनुपयुक्त तरिकाबाट उद्धरण गर्नु

-    अनावश्यक रूपमा उद्धरण गर्नु

-    आफैँले पहिला प्रकाशित गरेको लेखरचनाबाट बिना उद्धरण सूचना उल्लेख गर्नु

 

 

बौद्धिक चोरी एक अपराध हो।

बौद्धिक चोरी (Plagiarism) गर्नुलाई कानुनी अपराध मानिन्छ। यो एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरूको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरु,अध्ययन, अनुसन्धान, आदि) को अनुमती नलिइ हुबहु रुपमा सार्ने कार्य गर्छ र तिनीहरूलाई आफ्नो दावी गर्छ। खासगरी विश्वविद्यालयमा बुझाउनुपर्ने प्रोजेक्ट प्रतिवेदन, थेसिस तथा अन्य लिखित दस्तावेजमा व्यापक बौद्धिक चोरी हुने गरेको छ। विद्यार्थीलाई लगभग हरेक दिन इन्टरनेट प्रयोग गर्ने खालका गृहकार्य दिइएको हुन्छ। उनीहरु विकिपेडिया  र कुनै पनि उपलब्ध साइटहरूबाट पुरै सारेर गृहकार्य बुझाउँछन्। शिक्षकहरूले पनि विना कुनै दुविधा त्यसलाई स्वीकार गर्नुहुन्छ। यो नै बौद्धिक चोरी सिक्ने र गर्ने पहिलो चरण हो। इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताका कारण मानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरू गर्छन् । यसरी अरुको अध्ययन,अनुसन्धान लेख र रचना लाई हुबहु आफ्नो बनाइ प्रस्तुत गर्नु एउटा अपराध हो किनकी  वास्तविक व्यक्तिले आफ्नो लेख्, रचना र अनुसन्धान को उद्धरण उल्लेख गरिएको पाउँदैन।

 

बौद्धिक चोरीबाट बच्ने कुनै पाँच उपायहरू

बौद्धिक चोरीबाट बच्ने उपायहरू निम्नलिखित छन्:

. उपयुक्त तरिकाले स्रोत उल्लेख गर्ने: अरूको बौद्धिक सम्पत्ति जस्ताको त्यस्तै प्रयोग गर्न नपाउने होइन। जुन लेख, किताब, इन्टरनेट वा लेखक, प्रकाशकबाट आफूले सूचना वा तथ्याङ्क लिएको हो त्यसको स्रोत उल्लेख गर्ने।

. प्रुफरिडिङ गर्ने: आफूले तयार गरेको प्रस्तावना, प्रतिवेदन वा लेख आफ्ना गुरु वा अन्य जानकारहरूलाई पढ्न दिएर उनीहरूको सुझाव अनुसार सच्याएर मात्र विद्यालय वा कलेजमा बुझाउने।

. उद्धरण गर्ने: कुनै स्रोतबाट सूचना लिँदा उनीहरूको भनाइ जस्ताको तस्तै राख्ने हो भने त्यसलाई उद्धरण चिह्न  प्रयोग गरी उपयुक्त तरिकाले स्रोत उल्लेख गर्ने ।

. पुनर्लेखन गर्ने: अरूको भनाइ वा सूचनाको मुख्य कुरालाई आफ्नै शब्दमा पुनर्लेखन गर्न सकिन्छ तर यस्तो गर्द पनि स्रोत भने उल्लेख गर्ने।

. सन्दर्भ सामग्रीको सूची लेख्ने: आफ्नो लेख, प्रस्तावना वा प्रतिवेदनको अन्तमा सन्दर्भ सामग्रीहरूको सूची उल्लेख गर्ने ।

 

नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ अनुसार बौद्धिक चोरी ठहर्ने अवस्था

नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ अनुसार बौद्धिक चोरी ठहर्ने अवस्थाहरु निम्न लिखित छन्:

. असको कामलाई बेवास्ता गरी आफ्नो भनेर जनाउने कार्य गरेको अवस्था,

. अरुको विचारलाई आफ्‌नो विचार बनाउँदा, अरुको लेख रचनाका सिर्जनाको सन्दर्भ नखुलाई प्रयोग गर्दा वा मौलिक व्यक्तिको पहिचान नखुलाउँदाको अवस्था,

. अरुको भनाईको प्याराग्राफ जस्ताको तस्तै उतार गर्दा कोटेसन चिन्ह भित्र नपारी राखेको अवस्था,

. एउटा सन्दर्भ लेख्नुपर्ने ठाउँमा अर्कै सन्दर्भ उल्लेख गरेको अवस्था,

. अरुको भनाईलाई केही शब्द मात्रै परिवर्तन गरी हुबहु उतार गरेको अवस्था,

. अरुको लेख, किताव वा थेसिसमा भएका कुराहरू अधिकांस उतार गरेर आफ्नो बनाउने कार्य गरेको अवस्था आदि।

 

 

नेपालमा बौद्धिक सम्पत्तिको चोरी भए उपर कानुनी कारवाहीको व्यवस्था

दफा २६: अनाधिकार प्रतिलिपिहरुको पैठारीमा प्रतिबन्ध

नेपाल " " भित्र तयार गरिएको भए अनधिकार प्रकाशन ठहरिने  कुनै रचना वा ध्वनि अङ्कनको प्रतिलिपिहरु विदेशमा तयार गरी वा अन्य कुनै तरिकाले प्राप्त गरी व्यापारिक  प्रयोजनको लागि नेपाल "  " भित्र पैठारी गर्न हुँदैन।

दफा २७: संरक्षित अधिकारको उत्सव गरेमा दण्ड सजाय:
(१) कसैले दफा २५ उलन गरेमा त्यस्तो उल्लङ्घन गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार दश हजार रुपैया देखी एक लाख रुपैयासम्म जरिवाना वा छ महिनासम्ममा सजाय हुनेछ र दोस्रोपटक देखि पटकै पिच्छे बीस हजार रुपैयाँदेखि दुई लाखसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको का वितरण गरेको सामग्रीहरू जफत हुनेछ।
(
) संरक्षित अधिकारको उल्लङ्घनगर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ।
दफा २८: अनाधिकार प्रतिलिपि पैठारी गरेमा सजाय
कसैले दफा २६ उल्लङ्घन गरी कुनै रचनाको अनाधिकार प्रतिलिपिहरू पैठारी गरेमा त्यस्तो प्रतिलिपिहरू जफत गरी निजलाई कसुरको मात्रा अनुसार दश हजार रुपैयादेखि एकलाख रुपैयाँसम्म जरिवाना हुनेछ र प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो पैठारीबाट भएको नोक्सानीको क्षतिपूर्ति समेत सो पैठारी गर्ने व्यक्तिबाट भराई दिनु पर्नेछ।
दफा २९: अन्य सजाय
कसैले यो ऐन र यस ऐनअन्तर्गतको नियममा लेखिएका अन्य कुनै कुरा उल्लङ्घन गरेमा कसूरको मात्रा अनुसार पाँच हजार रुपैया देखी पचासहजार रुपैयासम्म जरिवाना हुनेछ।

 

 

APA उद्धरण ढाँचा र MLA उद्धरण ढाँचा

APA stands for American Psychological Association

MLA stands for Modern Language Association

भाषा विषयहरु MLA को ढाँचाको प्रयोग गरिन्छ भने समाजशास्त्र, शिक्षा जस्ता विषयहरुमा APA ढाँचा प्रयोग गरिन्छ। त्यस्तै अन्य प्रचलित उद्धरण ढाँचाहरु Chicago, Turabian, IEEE आदि हुन।

APA उद्धरण ढाँचाको उदाहरण:

Reference List: 

Brader, T. (2006). Campaigning for hearts and minds: How emotional appeals in political ads work. University of Chicago Press. 

Miller, T. E., & Schuh, J. H. (2005). Promoting reasonable expectations: Aligning student and institutional views of the college experience. Jossey-Bass.

Basic format for an eBook:

Author's Last name, First Initial. (Year). Book title [format of book]. Publisher. URL 

 

MLA उद्धरण ढाँचाको उदाहरण:

References:

Walker, Alice. The Color Purple. New York: Harcourt, 1992.

Cohn, Rachel, and David Levithan. Dash & Lily’s Book of Dares. Ember Publishing House, 2011.

Basic format for an eBook:

Last name, First name of author. Book title. Place of publication, Publisher’s name, publication date. URL

 

केहि महत्वपूर्ण बुँदाहरु:

Ø  बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरूको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरू,अध्ययन, अनुसन्धान, आदि) को अनुमती नलिइ हुबहु रुपमा सार्ने कार्य गर्छ र तिनीहरूलाई आफ्नो दावी गर्छ।

Ø  मानिसहरूले बौद्धिक चोरी गर्नुका कुनै दुई कारणहरू : इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताका कारण शिक्षकहरूले विद्यार्थीहरूलाई होमवर्क गर्दा इन्टरनेटको प्रयोग गर्न प्रोत्साहन दिएको कारण।

Ø  बौद्धिक चोरी गर्ने व्यक्तिलाई हुने कारबाही को उदाहरण:  ऐनको दफा (२७) ले अरुको रचना अनुपयुक्त तरिकाले प्रयोग गरेको पाइएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्राअनुसार रु १०,००० देखि रु १,००,००० सम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

Ø  प्राज्ञिक निष्ठा  (Academic  Integrity) अन्तर्गतपर्ने पाँच प्रमुख मुल्य तथा मान्यताहरु: इमान्दारिता,  विश्वासनीयता,  निष्पक्षता,  आदर र जिम्मेवारी

Ø  नेपालमा प्रतिलिपी अधिकार ऐन वि.. २०५९ मा  जारी भयो

Ø  प्राज्ञिक दुराचार भनेको आफ्नो लेख तथ रचनामा निष्ठा कायम गर्न असमर्थ हुनु हो। यस अन्तर्गत बौद्धिक चोरी,  बनावटी तथ्याङ्कहरुको प्रयोग,  गलत सुचनाको प्रवाह लगायत अन्य अनैतिक गती बिधी पर्दछन। 

 

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् ।

१.      बौद्धिक चोरी भनेको के हो ?

२.      मानिसहरूले बौद्धिक चोरी गर्नुका कुनै दुई कारणहरू लेख्नुहोस् ।

३.      जानाजान गरिने बौद्धिक चोरीका कुनै दुई उदाहरण दिनुहोस्।

४.      बौद्धिक चोरी गर्ने व्यक्तिलाई कस्तो कारबाही हुन्छ ? एक उदाहरण दिनुहोस्।

५.      प्राज्ञिक निष्ठा  (Academic  Integrity) अन्तर्गतपर्ने पाँच प्रमुख मुल्य तथा मान्यताहरु लेख्नुहोस।

६.      नेपाल मा प्रतिलिपी अधिकार ऐन कहिले जारी भयो ?

७.      प्राज्ञिक दुराचार भनेको के हो ?

 

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् ।

१.      बौद्धिक चोरी एक अपराध हो। यस भनाइलाई उदाहरणसहित एक अनुच्छेदमा व्याख्या गर्नुहोस् ।

२.      "बौद्धिक चोरी बौद्धिक अपराध हो।" पुष्टी गर्नुहोस ।

३.      बौद्धिक चोरीबाट बच्ने कुनै पाँच उपायहरू उल्लेख गर्नुहोस्।

४.      बौद्धिक चोरी रोक्ने उपाय के के होलान् ?

५.      अनुसन्धान नैतिकता भित्र के के कुरा पर्दछन ?  उल्लेख गर्नुहोस।

६.      बौद्धिक सम्पत्तिको प्रयोग सम्बन्धी नैतिक आधारहरु उल्लेख गर्नुहोस।

७.      अरुको लेख तथा रचना आफ्नो लेखमा समावेश गर्दा ध्यान दिनुपर्ने  कुराहरु के के हुन ?

८.      नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ अनुसार बौद्धिक चोरी ठहर्ने अवस्था के के हुन? लेख्नुहोस ।

९.      नेपालमा बौद्धिक सम्पत्तिको चोरी भए उपर के कस्तो  कानुनी कारवाहीको व्यवस्था गरिएको छ ? लेख्नुहोस ।

१०.  जानाजान गरिने बौद्धिक चोरी र अन्जानमा गरिने बौद्धिक चोरीको बारेमा लेख।

११.  APA उद्धरण ढाँचा र MLA उद्धरण ढाँचाबारे उदाहरण सहित प्रष्ट पार्नुहोस।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ५ सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन

विधि चयन

Formulation of Problem and Selection of Study Methods   in Social Studies

 

समस्या पहिचान/ समस्या निर्माण

समस्या पहिचान/ समस्या निर्माण भन्नाले कुनै पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक र उपयुक्त कुनै अवधारणा पहिचान गरी प्रस्तावित गर्नु भन्ने बुझिन्छ ।

 

अनुसन्धान समस्याको छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु

अनुसन्धानकर्ताले अनुसन्धानका लागि समस्याको पहिचान गर्दा निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्दछ:

क)    अनुसन्धानकर्ताले आफ्नो रुचिअनुसारको विषय छनोट गर्नुपर्दछ।

ख)   अनुसन्धानको विषय समाजमा रहेका ज्वलन्त समस्या र व्यक्तिलाई अधिक लाभ पुग्ने किसिमको हुनुपर्दछ।

ग)     अनुसन्धानको विषयसँग सम्बन्धित प्रशस्त अध्ययन सामग्रीहरू प्राप्त गर्न सकिने हुनुपर्दछ।

घ)     अनुसन्धान विषय नौलो तथा नदोहोरिएको हुनुपर्दछ।

ङ)     अनुसन्धानको विषय सरल, स्पष्ट र दोहोरो अर्थ नलाग्ने हुनुपर्दछ ।

च)    अनुसन्धानको विषय समय र स्रोत साधनको पहुँचभित्रको हुनुपर्दछ।

छ)    विषय समाज स्वीकार्य हुनुपर्दछ ।

ज)    अनुसन्धानको विषय तथ्याङ्क प्राप्त गर्न सकिने, चरहरूको सम्बन्ध देखाउन साथै परीक्षण गर्न सकिने हुनुपर्दछ ।

झ)   विषय सैद्धान्तिक दृष्टिकोणबाट बढी मौलिक र व्यवहारिक दृष्टिबाट उपयोगी खालको हुनुपर्दछ । 

 

अनुसन्धान समस्या पहिचान गर्दा गरिने चरणबद्ध कार्यहरु

अनुसन्धान समस्या पहिचान गर्दा निम्नतरिकाले चरणबद्ध रुपमा लेखिएमा सरल र सहज हुन्छ:

१. अध्ययनगर्न चाहने बृहतक्षेत्र पहिचानगर्ने।

२. छनोट गरेको क्षेत्रको सम्भावित उपक्षेत्रहरु थाहापाउने।

३. आफ्नो रुची भएको एउटा उपक्षेत्र छनोटगर्ने।

४. अनुसन्धानगर्न चाहेको, जान्न खोज्न मनलागेका प्रश्नहरु निर्माण गर्ने।

५. प्रश्न बमोजिम उद्देश्य तयारगर्ने।

 

अन्तर्वार्ता र अन्तर्वार्ता विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षहरू

अन्तर्वार्ता

दुई व्यक्तिबिच प्रत्यक्ष कुरा गरी सूचना सङ्कलन गर्ने तरिकालाई अन्तर्वार्ता भनिन्छ। यसमा उत्तरदातालाई प्रत्यक्ष भेटेर वा फोन भिडियो कलमार्फत प्रश्नहरू सोधिन्छ।

अन्तर्वार्ता विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षहरू निम्न लिखित छन्:

-    उत्तरदाताबाट आएको उत्तर वा सूचना डायरीमा टिप्नुपर्छ।

-    उत्तरदाताको सहमति लिएर अडियो वा भिडियो रेकर्ड गर्नुपर्छ जसबाट पछी आवश्यक सूचना निकाल्न सकिन्छ।

-    अन्तर्वार्तामा अन्तर्वार्ताकारले आफूले आवश्यक ठानेका प्रश्नहरूको सूचना सङ्कलन गरेर राख्नुपर्छ।

-    अनुसन्धानकर्ता आफैँ अन्तर्वार्ताकार हुनुपर्छ।

-    प्रतिकृयादाताबाट बनावटी कुरा पनि समेत आउन सक्ने भएकोले प्रश्ननिर्माण र सोध्दा विशेष ध्यान दिनुपर्छ।

 

विद्यालयमा अनुसन्धान गर्न सकिने कुनै दुई समस्याहरू

हाम्रो विद्यालयमा अनुसन्धानगर्न सकिने कुनै दुई समस्याहरू निम्न लिखित छन्:

-    विद्धार्थीहरुले बिचमै कक्षा छाडेर पढ्न छाड्नु।

-    बिद्धार्थी गणित र अङ्ग्रेजी विषय मा पढाइमा कमजोर हुनु।

यी दुबै समस्याहरु अनुसन्धानगर्न आवश्यक र उपयुक्त छन। यसका कारणहरु निम्नलिखित छन्:

-    यी दुबै समस्याहरु प्राय: जसो धेरै सामुदायिक विद्यालयहरुमा देखिन्छ।

-    विद्दार्थीहरु पछीतिर गएर एस... पासगरे पनि विज्ञान र प्रविधीजस्तो क्षेत्रतिर आगाडी बढ्न सकीरहेका छैनन।

-    अभिभावकमा पनि चेतना र शिक्षाको कमी भएर छोराछोरीको भविष्यको चिन्तित नहुने अवस्था छ।

-    गरीबि र अशिक्षा  र विद्ध्यालय घर देखी टाढाभएको ले पनि बिच मै विद्यालय छोड्ने अवस्था देखिएको छ।

-    प्राय: जसो मधेसी र आदिवासी जनजाती बसोबास भएको क्षेत्रमा यस्तो बढी देखिएको छ।

-    अङ्ग्रेजी तेस्रो भाषा र गणित विषय सम्बन्धी शिक्षणसामाग्री र प्रा. वि. तह देखीनै राम्रो शिक्षकको अभाव पनि देखिएको छ।

 

परिमाणात्मक, गुणात्मक र मिश्रित अध्ययन पद्धतिबिच फरक

अध्ययन पद्धति मुख्यतः तीन प्रकारका हुन्छन्ः परिमाणात्मक, गुणात्मक र मिश्रित।

परिमाणात्मक पद्धति: प्राप्ताङ्क, तौल, उमेर आदि सङ्ख्यामा सूचनाहरू सङ्कलन हुने र विश्लेषण गर्दा तथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिने अनुसन्धान विधिलाई परिमाणात्मक पद्धति भनिन्छ।

यस पद्धतिमा प्रयोग हुने विधि: सर्वेक्षण विधि र प्रयोग विधि

गुणात्मक पद्धति: सङ्ख्यामा उल्लेख गर्न नसकिने जस्तै मानिसका भावना, विचार, व्यवहार जस्ता कुराहरूका सूचनाहरू लिन प्रयोग गरिने अनुसन्धान पद्धति चाहिँ गुणात्मक पद्धति हो।

यस पद्धतिमा प्रयोग हुने विधि: अन्तर्वार्ता विधि र अवलोकन विधि

मिश्रित पद्धति: दुवै विधि परिणात्मक र गुणात्मक पद्धति प्रयोग गरी तथ्यङ्क संकलन गर्ने पद्धति भने मिश्रित पद्धति हो।

 

 

केहि महत्वपूर्ण बुँदाहरु:

Ø  समस्या पहिचान/ समस्या निर्माण भन्नाले कुनै पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक र उपयुक्त कुनै अवधारणा पहिचान गरी प्रस्तावित गर्नु भन्ने बुझिन्छ ।

Ø  सर्वेक्षण विधि भन्नाले कुनै सामाजिक विषयवस्तुसँग सम्बन्धित समस्यामा केन्दृत रही प्रश्नावलीका प्रश्नहरु सोधेर प्राप्त जानकारीलाई विश्लेषण गरी नयाँ ज्ञान प्राप्त गरिने विधि हो।

Ø  अवलोकन वा क्षेत्र अवलोकन भनेको कुनै व्यक्ति, संस्था वा प्रक्रियालाई लामो समयसम्म हेरेर तथ्याङ्क सङ्कलन गर्ने एक प्रकारको सहज र सरल अनुसन्धान विधि हो।

Ø  प्राप्ताङ्क, तौल, उमेर आदि सङ्ख्यामा सूचनाहरू सङ्कलन हुने र विश्लेषण गर्दा तथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिने अनुसन्धान विधिलाई परिमाणात्मक पद्धति भनिन्छ।

Ø  दुई प्रकारका अवलोकन विधि: सहभागितामूलक अवलोकन र असहभागितामूलक अवलोकन

Ø  सहभागितामूलक अवलोकन एउटा यस्तो अनुसन्धान विधि हो जसमा अवलोकनकर्ता अध्ययन समूहभित्र यसरी घुलमिल हुन्छ कि त्यस समूहका सबै सदस्यहरुले अवलोकनकर्ताको वास्तविक उद्देश्यसँग परिचित नभएर उसलाई  पनि आफ्नो समूहको वास्तविक सदस्य मान्न थाल्छन र अवलोकनकर्ता तिनिहरुको विभिन्न कृयाक्लापमा संलग्न भइ दैनिक घटनाहरुको अध्ययनगरी आफ्नो उद्देश्य पुरागर्न सफल हुन्छ।

Ø  अनुसन्धान पद्धति भनेको एउटा अध्ययन विधि हो जसले अनुसन्धानलाई सहज बनाउनुको साथै अनुसन्धान प्रतिको विश्वासनियता कायमगर्न महत्वपूर्ण भूमिका खेल्द्छ।

अभ्यास:

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस:

१.      समस्या पहिचान भनेको के हो ?

२.      समस्या निर्माण भनेको के हो ?

३.      अनुसन्धान को समस्यालाई परिभाषित गर्नुहोस ।

४.      सर्वेक्षण विधि भनेको के हो ?

५.      अवलोकन भनेको के हो ?

६.      क्षेत्र अवलोकन भनेको कस्तो विधि हो ?

७.      परिमाणात्मक अध्ययन पद्धति भनेको कस्तो पद्धति हो ?

८.      अवलोकन कति प्रकारका हुन्छन ?

९.      सहभागितामूलक अवलोकन भनेर कस्तो अवलोकनलाई भन्ने गरिन्छ?

१०.  अनुसन्धान पद्धति भनेको के हो ?

 

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस:

१.      समस्या पहिचान गर्दा के के कुरामा ध्यान पुर्याउनुपर्छ ?

२.      अनुसन्धान समस्याको छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्नुहोस।

३.      अनुसन्धान समस्या पहिचान गर्दा गरिने चरणबद्ध कार्यहरु के के हुन ?  उल्लेख गर्नुहोस।

४.      अन्तर्वार्ता भनेको के हो ? अन्तर्वार्ता विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षहरू चर्चा गर्नुहोस्।

५.      तपाईंको विद्यालय वा समुदायमा अनुसन्धान गर्न सकिने कुनै दुई समस्याहरू पहिचान गर्नुहोस् । ती समस्याहरू किन अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन् ? कारण दिनुहोस् ।

६.      परिमाणात्मक, गुणात्मक र मिश्रित अध्ययन पद्धतिबिच के फरक छ ? एउटा तालिकामा देखाउनुहोस् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ६ सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरू

Social Data and Information Collection Methods and Tools

 

केहि महत्वपूर्ण बुँदाहरु:

Ø  तथ्याङ्क सङ्कलन विधी भनेको एउटा व्यवस्थित प्रक्रिया हो जसद्वारा  खोज वा अनुसन्धानका प्रश्नहरूको समाधान गर्नका लागि सान्दर्भिक विशिष्ट जानकारी प्राप्त गर्ने गरिन्छ।

Ø  समाज भित्र रहेका आर्थिक, जनसाङ्खिक, व्यक्तिगत, पारिवारिक, भाषिक, धार्मिक, पेसागत, आदि कुराहरु नै सामाजिक तथ्याङ्क हुन।

Ø  सामाजिक तथ्याङ्क दुइ प्रकारका हुन्छन्: परिणात्मक र गुणात्मक

परिणात्मक तथ्याङ्क: परिवारको आम्दानि, खर्च, जनसङ्ख्या, उमेर आदि।

गुणात्मक तथ्याङ्क: परिवारको आर्थिक अवस्था धनी, गरीब, विचार, धर्म, परम्परा, आदि।  

Ø  प्रश्नावलीलाई  तथ्याङ्क संकलन गर्ने सबैभन्दा प्रचलित साधनको रुपमा लिने गरिन्छ किनकि यसअन्तर्गत  तयार गरिएका प्रश्नहरू मौखिक, लिखित वा इमेलमार्फत उत्तरदातासँग सोधी उत्तर प्राप्त गर्न सकिन्छ  र साथै यो साधनबाट धेरै व्यक्तिहरूबाट कम समय र स्रोतसाधन प्रयोगगरी तथ्याङ्क सङ्कलन गर्न सकिन्छ।

Ø  सामाजिक तथ्याङ्क सङ्कलन गर्न प्रयोग गरिएका प्रश्नावली, अवलोकन मार्गदर्शन, अन्तर्वार्ता मार्गदर्शन आदि यन्त्रहरू÷उपकरणहरूलाई तथ्याङ्क सङ्कलनका साधनहरू भनिन्छ ।   

Ø  अन्तर्वार्ताकारले उत्तरदातालाई सोध्ने प्रश्नहरू वा सोसम्बन्धी टिपोटलाई नै अन्तर्वार्ता मार्गदर्शन भनिन्छ।

Ø  कुनै व्यक्ति,सङ्घ्-संस्था वा निकायको प्रत्यक्ष संलङ्ग्नातामा उत्पादन गरिएको तथ्याङ्कलाई प्राथमिक तथ्याङ्क वा First Hand Information भनिन्छ।

Ø  तथ्याङ्क संकलनदेखी भण्डारण सम्मका प्रक्रियालाई तथ्याङ्क व्यवस्थापन भनिन्छ ।

Ø  बन्द प्रश्नावली (Closed Questionnaire) भनेको यस अन्तर्गत दिएका प्रश्नहरुको सामुन्ने अनेक संभावित उत्तर दिएको हुन्छ तिनिहरु मद्धे एउटा उत्तर छानेर आफ्नो विचार अभिव्यक्त गर्नुपर्ने हुन्छ।

Ø  केहि महत्वपूर्ण र  मनपर्ने सामाजिक संजाल हरु: क) फेसबुक ख) टिकटक ग)ट्विटर घ) युटुब

Ø  सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ।

Ø  वाणिज्य सफ्टवेयर (Commercial Software) त्यस्तो सफ्टवेयर वा कार्यक्रम हो जुन अन्तिम प्रयोगकर्ताहरूलाई इजाजतपत्र वा बिक्रीको लागि डिजाइन गरी विकास गरिएको हो वा जसले व्यावसायिक उद्देश्य पूरा गर्दछ।

Ø  व्यावसायिक सफ्टवेयरका केही उदाहरणहरू: Windows अपरेटिङ सिस्टम, एमएस अफिस, Adobe Photoshop हुन्।

 

सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने साधनहरू

सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलनगर्न प्रयोगगर्न सकिने चारओटा साधनहरू यस प्रकार छन्:

(क) प्रश्नावली: प्रश्नावली अन्तर्गत आवश्यक सूचना प्राप्तगर्ने गरी प्रश्नहरूको सूची तयार गरिन्छ जुन दोहोरो अर्थ नलाग्ने तथा उत्तरदाताको व्यक्तिगत वा सामूहिक भावनामा चोट नपर्ने गरी सरल भाषामा तयार गर्नुपर्छ।

(ख) अन्तर्वार्ता मार्गदर्शन: अन्तर्वार्ताकारले उत्तरदातालाई सोध्ने प्रश्नहरू वा सोसम्बन्धी टिपोटलाई नै अन्तर्वार्ता मार्गदर्शन भनिन्छ। यो मुख्य गरी ३ किसिम का हुन्छन्: संरचित अन्तर्वार्ता अर्धसंरचित अन्तर्वार्ता र असंरचित अन्तर्वार्ता।

(ग)  अवलोकन मार्गदर्शन: अवलोकन गर्ने मुख्य कुराहरू उल्लेख गरिएको टिपोट वा फारम तयार गरेर अवलोकन मार्गदर्शन तयार गरिन्छ।

(घ)  रुजुसूची: रुजुसूची अन्तर्गत आवश्यक सूचनाहरूबारे हो/ होइनवा / छैनवा अन्य विभिन्न विकल्पहरू पहिलेनै तयार गरेर अवलोकन गरिन्छ।

अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि तथा साधनहरू छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू

अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि वा साधनहरु छनोट गर्दा निमलिखित कुरामा ध्यान दिनुपर्छ:

-    अध्ययन अनुसन्धानको प्रकृती र प्रकार  अनुसार तथ्याङ्क र साधनहरु छनोट गर्नुपर्छ।

-    अनुसन्धानकर्ताले अनुसन्धानको आवश्यकता, साधनको उपलब्धता, र उद्देश्यलाई ध्यानमा राखी सोअनुसार विधि र साधनको छनोट गर्नुपर्छ।

-    एउटै अध्ययन अनुसन्धानमा विभिन्न किसिमका विधि र साधनहरुको प्रयोग हुनसकने कुरा ध्यानमा राख्नुपर्छ।

-    समयअनुसार अध्ययन अनुसन्धानको विधि र साधनहरु फरक हुने भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ।

-    प्रश्नावली तयारगर्दा उत्तरदाताको व्यक्तिगत वा सामुहिक भावनामा चोट नपर्नेगरी सरल र स्पष्ट भाषामा वा दोहोरो अर्थ नलाग्ने खालको तयार गर्नुपर्छ।

 

भिडियो अनुप्रयोगलाई तथ्याङ्क सङ्कलनमा प्रयोग

भिडियो अनुप्रयोग हरु  जस्तै-Google Form, Microsoft Teams, Google Meet, Zoom Meeting, Gmail, Cisco Webex, Gmail आदिलाई भिडियो कल मार्फत जोडेर तथ्याङ्क संकलनगर्न सकिन्छ । उदाहरणको लागी यी अनुप्रयोगको प्रयोग गरेर अनलाइन कक्षा संचालनगर्न, जुम मिटिङ्ग गर्न, औपाचारिक तथा अनौपचारिक कुरा कानी गर्न, अन्तर्वार्ता लिन, छलफल गर्न,  प्रश्नावली तयारगरी गुगलफर्म मार्फत उत्तरदाताको विचारलिइ तथ्याङ्ककोरुपमा  प्रयोगगर्न सकिन्छ।

खोज अनुसन्धानका क्रममा अन्तर्वार्ता लिन तथा लक्षित समूह छलफल गर्नसमेत यिनीहरूको उपयोग हुन्छ। यी अनुप्रयोगहरूमा उच्च गुणस्तरको भिडियो कुराकानी गर्न र कुराकानीलाई नियन्त्रण गर्न तथा अडियो तथा भिडियो रेकर्ड गर्न पनि सकिने भएकाले अनुसन्धानमा प्रयोग गर्न सकिन्छ।

 

तथ्याङ्क संकलन विधि वा साधन अन्तर्गत गुगल फर्मको मह्त्व

गुगल फर्म:

गुगल सर्वे फर्म गुगल कम्पनीले विकास गरेको  इन्टरनेटको माध्यमबाट तथ्याङ्क सङ्कलन गर्ने एक साधन हो। यो सर्वेक्षणको प्रतिक्रिया सङ्कलन गर्न हामी प्रश्नहरू निर्माण गरेर अनलाइन राख्दछौं। यस्तो फर्मलाई हामी कुनै पेजमा, इमेलमा वा वेवसाइटमा राख्न सक्दछौं। हरेक प्रश्नको उत्तर वा प्रतिक्रिया अटोमेटिक स्प्रेडसीटमा सङ्कलित हुन्छ।

गुगल सर्वेको महत्व:

-    गुगल सर्वे फर्म गुगलद्वारा सिर्जना गरिएको निःशुल्क सर्वे प्रणाली हो। यस अन्तर्गत गुगलद्वारा निर्मित Google Docs, Google Keep लगायतका साइटहरू छन्।

-    सामाजिक सूचना अर्थात् समाजका लागि आवश्यक सूचना प्राप्त गर्नका लागि यसको प्रयोग गर्न सक्छौं।

-    यसले ठूलो क्षेत्रका धेरै मानिसहरूको विचार तथा प्रतिक्रिया सङ्कलन गर्न सहयोग गर्दछ।

-    यो खर्चको हिसाबले अत्यन्तै न्यून खर्चमा सञ्चालन गर्न सकिने र समयको हिसावले अत्यन्तै लचक मानिन्छ।

-    उदाहरणको लागि सरकारले चाहे संविधान निर्माण होस वा जुन सुकै विषयका सन्दर्भमा आम नागरिकको धारणा बुझ्न चाहेको खण्डमा आवश्यक सङ्ख्यामा प्रश्नावली राखेर गुगल सर्वे फर्मको प्रयोग गरी सर्वेक्षण गर्न सक्दछौं।

-    यस सर्वेक्षणमा देश विदेशका सबै नेपाली नागरिक पनि भागलिन सक्दछन्।

 

गुगल सर्वे फर्म प्रयोग गर्ने तरिकाहरु:

डेस्कटप, ल्यापटप कम्प्युटरमा कुनै पनि ब्राउजर (क्रोम, फायर बक्स, ओपेरा आदि) मा जिमेल एकाउन्ट लगइन गरेपछि स्वतः चलाउन सकिन्छ भने स्मार्ट फोन, आइप्याड जस्ता डिभाइसमा भने गूगल फर्म भन्ने अनुप्रयोग (Application) डाउनलोड र इन्स्टल गर्नुपर्छ। यो गुगल फर्ममा फर्म बनाउनको लागि धेरै सजिलो छ।

 

गुगल फर्म बनाउने चरणहरू:

-   सर्वप्रथम सर्च इन्जिनमा गएर docs.google.com/forms खोल्ने, साइट लोड भएपछि,  देवे साइडमा रहेको मुख्य मेनु बटम खोले पछी फर्मको  शिर्षक पाउनु हुनेछ।

-   सो फारममा नयाँ फारम खोलेर, सर्वेक्षणको नाम राखी आफ्नो अध्ययनका लागि आवश्यक पर्ने फर्म तयार गर्ने।

-   आफुलाई उपयुक्त लाग्ने प्रश्न जस्तै- ठिक, बेठिक, बहुवैकल्पिक, खाली ठाँउ भर्ने, छोटो उत्तर लेख्ने आदी किसिमका प्रश्नहरु तयार पार्ने।

-   आँखा (Eyes) आइकनमा क्लिक गरेर सर्वेको ढाँचा कस्तो छ हेर्ने।

-   सेटिङ्ग मिलाउने।

-   गुगल फर्ममा प्रश्नावली तयारगरी इमेल वा अन्य सञ्चार साधनमार्फत उत्तरदाता समक्ष इमेल वा अन्य माध्यमबाट पठाउने।

-   उत्तरदाताले उक्त फर्म खोलेर भरेपछि Submit गर्नुपर्छ।

-   सो प्रश्नावली स्वतः अध्ययनकर्ताको जिमेलमा आएर भण्डारण हुनेछ।

यसका लागि Digital Device र इन्टरनेटको भने आवश्यकता पर्छ। 

 

अभ्यास

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्।

१.      तथ्याङ्क सङ्कलन विधि भनेको के हो ?

२.      सामाजिक तथ्याङ्कको परिचय दिनुहोस।

३.      सामाजिक तथ्याङ्कको  प्रकारको छोटकरीमा वर्णन गर्नुहोस।

४.      प्रश्नावली किन सबैभन्दा प्रचलित साधन हो ?

५.      सामाजिक तथ्याङ्क संकलन साधन भन्नाले के बुझिन्छ ?

६.      अन्तर्वार्ता मार्गदर्शन भनेको के हो ?

७.      प्राथमिक तथ्याङ्क भनेको के हो ?

८.      तथ्याङ्क व्यवस्थापन भन्नाले के बुझिन्छ ?

९.      बन्द प्रश्नको एउटा उदाहरण दिनुहोस।

१०.  सामाजिक संजालको परिचय दिनुहोस।

११.  कमर्सीयल सफ्टवेयर भनेको के हो ?

१२.  तपाइको सबैभन्दा मनपर्ने सामाजिक संजाल कुन हो?

 

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्।

१.      सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने कुनै चारओटा साधनहरूको नाम लेखी कुनै दुईको छोटो परिचय दिनुहोस्।

२.      अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि तथा साधनहरू छनोट गर्दा के के कुराहरूमा ध्यान दिनुपर्छ? पाँच बुँदामा लेख्नुहोस्।

३.      भिडियो अनुप्रयोगलाई तथ्याङ्क सङ्कलनमा कसरी प्रयोग गर्न सकिन्छ? एक उदाहरण दिनुहोस्।

४.      तथ्याङ्क संकलन विधि वा साधन अन्तर्गत गुगल फर्मको मह्त्व लेख्नुहोस।

५.      गुगल फर्मबारे छोटकरीमा लेख।

६.      गुगल फर्म प्रयोग गर्ने तरिकाहरु के के हुन ? लेख्नुहोस ।

७.      गुगल फर्म प्रयोग गर्ने तरिकाबारे लेख्नुहोस ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ७ तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण

Analysis and Presentation of Data and Information

 

केहि महत्वपूर्ण बुँदाहरु:

Ø  संकलित तथ्याङ्कलाई सफाइ तथा व्यवस्थित गरी त्रुटीहरुलाई सच्याइ अर्को चरणका लागि तयार पारिने विधिलाई नै तथ्याङ्क तयारी भनिन्छ।

Ø  गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने कम्प्युटर सफ्टवेयरको नाम : Microsoft Excel and Google Sheets

Ø  जानकारीलाईशब्द, वाक्य तथा अनुच्छेदमा गरिने प्रस्तुतीकरणलाई शाब्दिक प्रस्तुतीकरण भनिन्छ।

Ø  तथ्याङ्क सङ्कलनदेखि विश्लेषणसम्मका सबै कागजहरू तथा कम्प्युटरमा भएका डकुमेन्टहरू पछीतिर अनुसन्धानबारे कुनै प्रश्न उठेमा त्यसलाई पुष्टि गर्नका लागी ती डकुमेन्टहरू आवश्यक पर्ने भएकोले सुरक्षित राख्नुलाई भण्डारण भन्ने गरिन्छ।

Ø  तथ्याङ्क प्रशोधनबाट आएका नतिजाहरूको विश्लेषणगरी त्यसको अर्थ निकाल्ने कार्यलाई तथ्याङ्क विश्लेषण भनिन्छ। यही अर्थका आधारमा अनुसन्धान समस्या वा प्रश्नहरूको जवाफ निकाल्ने कार्य गरिन्छ।

Ø  विभिन्न लक्षित समूह जस्तै: नीति निर्माता, अन्य अनुसन्धानकर्ता, सरोकारवाला, उपभोक्तालगायतलाई जानकारी गराउनका लागि विभिन्न माध्यमहरूबाट नतिजाको प्रसारण गर्ने कार्यलाई नतिजा प्रबोधीकरण भनिन्छ ।

 

तथ्याङ्क विश्लेषण चरण सबैभन्दा महत्वपूर्ण चरण

तथ्याङ्क विश्लेषण चरणलाई निम्न कारणले गर्दा सबैभन्दा महत्वपूर्ण चरण भन्ने गरिछ:

-    यस चरणमा तथ्याङ्क प्रशोधनबाट आएका नतिजाहरूको विश्लेषणगरी त्यसको अर्थ निकाल्ने कार्य गरिन्छ।

-    त्यही अर्थका आधारमा अनुसन्धान समस्या वा प्रश्नहरूको जवाफ निकाल्ने कार्य हुन्छ।

-    वास्तवमा तथ्याङ्कको नतिजा आफैँले मात्र केही अर्थ दिन सक्दैन। तथ्यङ्कको अर्थ र अनुसन्धान प्रश्नहरूसँग तिनीहरूको सम्बन्ध महत्वपुर्ण हुन्छ।

-    अनुसन्धानको निष्कर्ष  यिनीहरुको सम्बन्धबाट निकालिने भएकाले अनुसन्धानकर्ताले अत्यन्त चनाखो भएर यी तथ्यहरुको  विश्लेषण गर्नुपर्छ।

-    प्राप्त निष्कर्षका आधारमा योजना निर्माणलगायतका कार्यहरू सम्म्पन्न हुने गरेका हुन्छन ।

 

तथ्याङ्क सङ्कलनपछि गर्नुपर्ने कार्यहरू

खोज वा अनुसन्धान एउटा व्यवस्थित प्रक्रिया हो। यस अन्तर्गत विभिन्न किसिमका कार्यहरु क्रमबद्ध रुपमा गर्न आवश्यक हुन्छ। अनुसन्धान वा खोजका क्रममा सूचना वा तथ्याङ्क सङ्कलन गरेर मात्रै पुग्दैन। तथ्याङ्क सङ्कलनपछि पनि विभिन्न कार्यहरु गर्न जरुरी हुन्छ।

-   सङ्कलन गरिएका सूचना तथा तथ्याङ्क सबै अनुसन्धानको क्रममा काम लाग्दैनन्। प्राप्त गरिएका सूचना वा तथ्याङ्कलाई सर्वप्रथम तयारी गरिन्छ।

-   त्यसपछि प्रशोधन गरिन्छ।

-   प्रशोधनगरी सकेपछि विश्लेषणगरी अनुसन्धान प्रश्नहरुको जवाफ निकालिन्छ। तथ्याङ्क विश्लेषण चरण सबैभन्दा महत्त्वपूर्ण चरणको रुपमा लिने गरिन्छ।

-   तथ्याङ्क प्रशोधनबाट आएका नतिजाहरुको विश्लेषणगरी तिनीहरुको अर्थ निकाल्ने कार्य गरिन्छ र त्यही अर्थका आधारमा अनुसन्धान समस्या वा प्रश्नहरुको जवाफ निकाल्ने कार्यहरु गरिन्छ। 

-   यी सबैकार्य सकिएपछि तथ्याङ्कको भण्डारण गरिन्छ।

-   अन्त्यमा लक्षित समूहलाई तथ्याङ्कबारे जानकारी दिनका लागि विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ।

यसरी भन्नु पर्दा, तथ्याङ्क सङ्कलनले कामलाई अगाडि मात्रै बढाउने कार्य गर्छ। यसपछी पनि अन्य धेरै कार्यगर्न बाँकी नै हुन्छ भन्ने कुरा सिद्ध हुन्छ ।

 

शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने उपायहरू

जानकारीलाई शब्द, वाक्य तथा अनुच्छेदमा गरिने प्रस्तुतीकरणलाई शाब्दिक प्रस्तुतीकरण भनिन्छ। यस प्रस्तुतीकरणलाई प्रभावकरी बनाउने उपायहरु निम्नलिखित छन्:

-    लेखकको आफ्ना भावना तथा पक्षधरता देखाउने शब्द वा भाषा प्रयोग नगर्ने।

-    लक्षित पाठकको दक्षता, आवश्यकता र चासोलाई ध्यानमा राखेर उनीहरूले सजिलोसँग बुझ्नसक्ने भाषास्तर प्रयोग गर्ने।

-    तथ्याङ्क तथा सङ्ख्या र प्रतिशतहरू प्रस्तुतगर्दा गल्ती हुनसक्ने भएकाले तिनीहरूलाई पुनरवलोकनगरी गल्ती भए सच्याएर प्रस्तुत गर्ने।

-    धेरै लामो व्याख्या वा वर्णनले पाठकलाई मुख्य कुरा बुझ्न कठिन हुने भएकाले सकभर सटिक व्याख्या गर्ने।

-    वाक्य वा वाक्यांशलाई सकभर छोटो पार्ने।

-    एउटै बुँदालाई पटक पटक दोहो¥याउँदा पाठकलाई दिक्क लाग्दो हुने भएकाले यसो नगर्ने।

-    विशिष्ट मात्रा नबुझाउने शब्दहरू जस्तै: धेरै, अधिकांश, थोरै, कम, सधैँभरि आदिको सट्टामा सङ्ख्या वा प्रतिशत प्रयोग गर्ने।

-    आलङ्कारिक भाषा तथा दोहोरो अर्थ लाग्ने वाक्य वा वाक्यांश प्रयोग गर्दा पाठकहरू द्विविधामा पर्न सक्ने भएकाले सरल र सिधा अर्थ आउने वाक्य वा वाक्यांश प्रयोग गर्ने।

 

चित्रात्मक प्रस्तुति

जानकारीलाई चित्र, चार्ट, ग्राफ आदि दृश्य माध्यममा गरिने

प्रस्तुतीकरणलाई चित्रात्मक प्रस्तुतीकरण भनिन्छ।

 

चित्रात्मक प्रस्तुतीकरणका प्रकारहरू

चित्रात्मक प्रस्तुतीकरणका पाँच प्रकारहरु र तिनका फाइदा निम्नानुसार छन्:

१.   चार्ट: चार्टले विभिन्न प्रकारका चित्रात्मक प्रस्तुतीकरणलाई समेट्छ।

२.   ग्राफ: यसले परिमाणात्मक तथ्याङ्कलाई रेखाको लम्बाइ वा उचाइको माध्यमबाट देखाउने गर्छ।

३.   तालिका: ठुला परिणात्मक तथ्याङ्कलाई तालिका द्वारा प्रस्तुत गरिन्छ।

४.   फोटो: ठूलो क्षेत्रफल भएको चिजलाई फोटो फर्ममा निकालेर अध्ययन गर्न सजिलो हुन्छ।

५.   नक्सा: नक्सामार्फत पृथ्वीको सम्पूर्ण सतह वा एक सानो भागको अध्ययनगर्न सजिलो हुन्छ।

 

तथ्याङ्क प्रसोधन (Processing of Data)

तथ्याङ्क प्रसोधनगर्ने क्रममा तथ्याङ्कलाई विभिन्न प्रकारका तथ्याङ्कशास्त्रीय तथा गैरतथ्याङ्कशास्त्रीय परीक्षणका लागि तयार गरिन्छ। परिमाणात्मक तथ्याङ्कलाई मध्यक( Mean), मध्यिका (Median), रित (Mode), स्तरीय भिन्नता (Standard Deviation), सहसम्बन्ध (Co-relation), प्रतिगमन ( Regression)लगायतका विभिन्न तथ्याङ्कशास्त्रीय विश्लेषण (Statistical Analysis) गरिन्छ। यसका लागिः Microsoft Excel, SPSS जस्ता विभिन्न कम्प्युटर सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ।

त्यस्तै गुणात्मक तथ्याङ्कमा भने यस्ता तथ्याङ्कशास्त्रीय विश्लेषण गर्न सकिँदैन। यस्ता तथ्याङ्कबाट विभिन्न शब्द वा वाक्यांशको बारम्बारता गणना गर्न सकिन्छ। यस्ता तथ्याङ्कबाट कोड र उद्धरण निकाली तिनीहरूको अन्तरसम्बन्धको जालो बनाउने गरिन्छ। यसका लागि विभिन्न कम्प्युटर सफ्टवेयर प्रयोग गर्न वा गराउन सकिन्छ।

 

तालिकीकरण र  तालिकीकरणगर्दा  ध्यान दिनुपर्ने कुराहरु

तथ्याङ्कलाई उपयुक्त ColumnRow मा  राखेर  तुलनात्मक अध्ययनलाई सहज बनाउने कार्य तालिकीकरण हो।

तालिकीकरणगर्दा ध्यान दिनुपर्ने कुराहरु निम्नलिखित छन्:

-   तालिकीकरण मुख्यगरी MS Excel MS Word सफ्टवेयरमा प्रस्तुत गरिन्छ।

-   तालिका नम्बर र शिर्षक प्रष्ट रुपमा लेखिएको हुनुपर्छ।

-   तथ्याङ्कको एकाइ खुलाईएको हुनुपर्छ।

-   विषयवस्तुलाई तार्किक रुपमा खुलाएर राखिएको हुनुपर्छ।

-   तथ्याङ्कको स्रोत र वर्ष खुलाएको हुनपर्छ।

-   उप्लब्ध नभएको तथ्याङ्कलाई 0 को सट्टामा उपलब्ध नभएको भनेर लेखिनुपर्छ।

-   कस्तो खालको Tax उल्लेखित देशले लागु गरेको छ सो कुरालाई ब्राकेट भित्र राख्नु पर्छ।

 

 

अभ्यास

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

१.      तथ्याङ्क तयारी (Data Preparing) भनेको के हो ?

२.      तथ्याङ्क परिक्षण (Data Checking) भनेको के हो ?

३.      कुनै दुई गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने कम्प्युटर सफ्टवेयरको नाम उल्लेख गर्नुहोस्।

४.      शाब्दिक प्रस्तुतीकरण(Textual Presentation) भनेको के हो ?

५.      तथ्याङ्क भण्डारण (Data Storage) भनेको के हो ?

६.      तथ्याङ्क विश्लेषण (Data Analysis)  भनेको के हो ?

७.      नतिजा प्रबोधीकरण वा तथ्याङ्क प्रबोधिकरण (Data Dissemination) भनेको के हो ?

 

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्:

१.      तथ्याङ्क विश्लेषण चरणलाई किन सबैभन्दा महŒवपूर्ण चरण भनिएको हो ? कारण दिनुहोस।

२.      तथ्याङ्क सङ्कलनपछि गर्नुपर्ने कार्यहरू अझ महŒवपूर्ण हुन्छन् । यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् ।

३.      शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने कुनै पाँच उपायहरू उल्लेख गर्नुहोस्

४.      चित्रात्मक प्रस्तुति भनेको के हो ? चित्रात्मक प्रस्तुतीकरणका कुनै पाँच प्रकारहरू उल्लेख गरी प्रत्येकको एक एक फाइदा उल्लेख गर्नुहोस्।

५.      तथ्याङ्क प्रसोधन (Processing of Data) बारे छोट्कारीमा लेख।

६.      तालिकीकरण भनेको के हो ? तालिकीकरण गर्दा के के कुरामा ध्यान दिनु पर्छ ? लेख्नुहोस ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ८ तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग

              Uses of MS Excel in Data Processing and Data Analysis

 

केहि महत्वपूर्ण बुँदाहरु:

Ø  माइक्रोसफ्ट एक्सेल एक स्प्रेडसिट मा आधारित सफ्टवेयर हो  जसलाई Windows, macOS, Android, and iOS  जस्ता अपरेटिङ्ग सिस्टमका लागि माइक्रोसफ्ट  कम्पनीले विकसित गरेको हो।

Ø  मध्यक भनेको तथ्याङ्कको औसत (Average) हो । मध्यकलाई    जहाँ  भनेको  तथ्य (Total Value)  n  भनेको  तथ्य सङ्ख्या ( Value Number)  को सूत्र प्रयोग गरेर पनि निकाल्न सकिन्छ।

Ø  मध्यिका भनेको परिमाणका आधारमा क्रममा मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्ने तथ्य हो।

Ø  मध्यिका निकाल्ने सुत्र: Median (Md) =   ( जहाँ N = तथ्याङ्कहरुको जम्मा सङ्ख्या)

Ø  रित (Mode) भनेको तथ्याङ्कभित्र सबैभन्दा बढी दोहोरिएको वा सबैभन्दा बढी बारम्बारता (Frequency) भएको तथ्य (Value) हो। रितलाई बहुलक पनि भनिन्छ।

Ø  तथ्याङ्कको सेटभित्र तथ्यहरू (Values) मध्यकबाट कति टाढा वा नजिक छन् भन्ने मापन गर्ने सूचकाङ्कलाई नै स्तरीय भिन्नता (Standard Deviation) भनिन्छ।

Ø  स्तरीय भिन्नतालाई निम्नलिखित सूत्र प्रयोग गरी निकाल्न वा मापन गर्न सकिन्छ:

S =
जहाँ:

S = स्तरीय भिन्नता (Standard Deviation)

  = को योगफल (Sum of..)

X = प्रत्येक तथ्य (Each Value)

= मध्यक (Mean)

n = तथ्य को सङ्ख्या (Number of Values)

 

 

माइक्रोसफ्ट एक्सेल प्रयोगगरी मध्यिका (Median) निकाल्ने तरिका

मध्यिका भनेको परिमाणका आधारमा क्रम्मा  मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्ने तथ्य हो ।

माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा तथ्याङ्कलाई प्रविष्ट गरेपछि तलका चरणहरू अनुसार मध्यिका निकाल्न सकिन्छ:

-    आवश्यक भएको Cell मा क्लिक गर्नुहोस्।

-    त्यस्पछी बराबर चिह्न ( = ) टाइप गर्नहोस्।

-    अब Median टाइप गर्नुहोस्।

-    त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell  हरू Select गर्नुहोस् र कोष्ठ बन्द गर्नुहोस्। (यसको सट्टा Formulas Bar मा गएर More Functions भित्रगई Statistical मा जानुहोस्। त्यसपछि Median मा क्लिक गर्नुहोस्।)

-    अब Enter Key थिच्नुहोस्। छनोट गरिएको तथ्याङ्कको मध्यिका देखिन्छ।

 

कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा हुने फाइदाहरु

मानिसले आफैँले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोगगरी तथ्याङ्क प्रशोधन र विश्लेषणगर्दा निम्नलिखित फाइदा हुन्छ:

-    कम्प्युटर सफ्टवेयर प्रयोगगरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा समयको बचत हुन्छ ।

-    कम खर्चिलो हुन्छ।

-    सुरक्षित र आपदा परेको बेला रिकभरी गर्न सजिलो हुन्छ।

-    तथ्याङ्क सही र एक्कुरेट हुन्छ।

-    तथ्याङ्क अधिक विश्वसनीय हुन्छ।

-    कम्प्युटर सफ्टवेयर प्रयोग बाट परिणात्मक र गुणात्मक तथ्याङ्क दुबै निकाल्न  र विश्लेषण गर्न सकिन्छ।

 

माइक्रोसफ्ट एक्सेल (Microsoft Excel)

माइक्रोसफ्ट एक्सेल एक स्प्रेडसिट मा आधारित सफ्टवेयर हो  जसलाई Windows, macOS, Android, and iOS जस्ता अपरेटिङ्ग सिस्टमका लागि माइक्रोसफ्ट  कम्पनीले विकसित गरेको हो।

यसलाई परिणात्मक तथ्याङ्क प्रशोधनगर्न र विश्लेषणगर्न प्रयोग गरिन्छ। जसरी रजिष्टरमा पेन्सिलले पङ्ती (Row) र स्तम्भ (Column) बनाएर तथ्याङ्क तयार पारिन्छ त्यसरी नै माईक्रोसफ्ट एक्सेल अन्तर्गत तथ्याङ्कलाई व्यवस्थितगर्न वर्कसिट बनाइन्छ। माईक्रोसफ्ट एक्सेलको एउटा सिट (Sheet) मा १६,३८४ वटा  Column र १०,४८,५७६ वटा  Rows हुन्छन।

माइक्रोसफ्ट एक्सेल खोल्ने तरिका:

Windows को कुनै पनि भर्सनमा निम्नलिखित चरणहरूबाट माइक्रोसफ्ट एक्सेल खोल्न सकिन्छ:

-    Start मेन्युमा क्लिक गर्नुहोस्।

-    All Programs मा जानुहोस्।

-    Scroll गर्दै गएर माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा क्लिक गर्नुहोस्। अब माइक्रोसफ्ट एक्सेल आफैँ खुल्छ।

 

माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा  मध्यक (Mean) निकाल्ने तरिका

मध्यक (Mean) भनेको तथ्याङ्कको औसत हो। माइक्रोसफ्ट एक्सेलमा तथ्याङ्कलाई प्रविष्ट गरेपछि निम्नचरणहरू अनुसार मध्यक

निकाल्न सकिन्छ:

-    आवश्यक भएको Cell मा क्लिक गर्नुहोस्।

-    त्यसपछि बराबर चिह्न ( = ) टाइप गर्नहोस्।

-    अब AVERAGE टाइप गर्नुहोस् । त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell हरू Select गर्नुहोस् र कोष्ठ बन्द गर्नुहोस्। (यसको सट्टा Formulas Bar मा गएर  More Functions भित्र गई  Statistical मा जानुहोस्। त्यसपछि AVERAGE मा क्लिक गर्नुहोस्।)

-    अब Enter Key थिच्नुहोस्। छनोट गरिएको तथ्याङ्कको मध्यक देखिन्छ।

 

माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा रित (Mode) निकाल्ने तरिका

रित (Mode) भनेको तथ्याङ्कभित्र सबैभन्दा बढी दोहोरिएको वा सबैभन्दा बढी बारम्बारता (Frequency) भएको तथ्य (Value) हो। रितलाई बहुलक पनि भनिन्छ।

माइक्रोसफ्ट एक्सेलमा तथ्याङ्कलाई प्रविष्ट गरेपछि तलका चरणहरू अनुसार रित निकाल्न सकिन्छ:

-     आवश्यक भएको Cell मा क्लिक गर्नुहोस्।

-     त्यसपछि बराबर चिह्न ( = ) टाइप गर्नहोस्।

-     अब MODE टाइप गर्नुहोस् ।

-     त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell हरू Select गर्नुहोस् र कोष्ठ बन्द गर्नुहोस् । (यसको सट्टा Formulas Bar मा गएर More Functions भित्र गई Statistical मा जानुहोस्। त्यसपछि MODE मा क्लिक गर्नुहोस्।)

-     अब Enter Key थिच्नुहोस्। अब छनोट गरिएको तथ्याङ्कको रित (Mode) देखिन्छ।

 

माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा स्तरीय भिन्नता (Standard Deviation) निकाल्ने तरिका

तथ्याङ्कको सेटभित्र तथ्यहरू मध्यकबाट कति टाढा वा नजिक छन् भन्ने मापन गर्ने सूचकाङ्कलाई नै स्तरीय भिन्नता (Standard Deviation) भनिन्छ। Microsoft Excel मा स्तरीय भिन्नता (Standard Deviation) गणना गर्नका लागि तथ्याङ्कलाई प्रविष्ट गरेपछि तलका चरणअनुसार निकाल्न सकिन्छ:

-    आवश्यक भएको Cell मा क्लिक गर्नुहोस्।

-    त्यसपछि बराबर चिह्न ( = ) टाइप गर्नहोस्।

-    अब STDEV टाइप गर्नुहोस्।

-              त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell हरू Select गर्नुहोस् र कोष्ठबन्द गर्नुहोस् । (यसको सट्टा Formulas Bar मा गएर  More Functions भित्र गई Statistical मा जानुहोस् । त्यसपछि STDEV मा क्लिक गर्नुहोस्।)

-   अब Enter Key थिच्नुहोस्।

-   अब छनोट गरिएको तथ्याङ्कको स्तरीय भिन्नता (Standard Deviation) देखिन्छ।

 

अभ्यास

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

१.      माइक्रोसफ्ट एक्सेलको छोटो परिचय दिनुहोस् ।

२.      मध्यक (Mean) भनेको के हो ?

३.      मध्यक निकाल्ने सुत्र लेख ।

४.      मध्यिका निकाल्ने सुत्र लेख ।

५.      मध्यिका (Median) भनेको के हो ?

६.      रित (Mode) भनेको के हो ?

७.      स्तरीय भिन्नता (Standard Deviation) भनेको के हो ?

८.      स्तरीय भिन्नता निकाल्ने सुत्र लेख ।

९.      स्तरीय भिन्नताले के मापन गर्छ ?

 

 

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्:

१.      माइक्रोसफ्ट एक्सेल प्रयोगगरी मध्यिका (Median) निकाल्ने तरिका लेख्नुहोस्।

२.      मानिसले आफैँले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा के के फाइदा हुन्छ ? कम्तीमा पाँच बुँदामा लेख्नुहोस् ।

३.      माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) को परिचय दिइ  खोल्ने तरिका लेख्नुहोस।

४.      माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा  मध्यक (Mean) निकाल्ने तरिका उल्लेख गर्नुहोस।

५.      माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा रित (Mode) निकाल्ने तरिका उल्लेख गर्नुहोस।

६.      माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा स्तरीय भिन्नता (Standard Deviation) निकाल्ने तरिका उल्लेख गर्नुहोस।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठ : ९  शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका

              Methods of Presenting Verbal Information

 

केहि महत्वपूर्ण बुँदा हरु:

Ø  अनुसन्धान कार्यको प्रस्तावना तथा प्रतिवेदन लेखन गर्दा विभिन्न शाब्दिक जानकारीहरू उल्लेख गर्नुपर्छ। कतिपय शब्दहरूको परिभाषा दिनुपर्ने हुन्छ भने धेरै दोहोरिने शब्दावलीको छोटो रूप (Abbreviation) प्रयोग गर्नुपर्ने हुन्छ। यी शब्दहरुलाई प्राविधिक शब्द भनिन्छ।

Ø  कुनै निश्चित क्षेत्रसँग सम्बन्धित शब्दलाई प्राविधिक शब्द भनिन्छ।

Ø  पादटिप्पणी (Footnotes) तथा अन्त्य टिप्पणी (Endnotes) बिच फरक: कुनै विषयवस्तुबारे थप जानकारी दिन वा प्रतिलिपि अधिकारसम्बन्धी जानकारी दिन पृष्ठको तल दिइने विवरणलाई पादटिप्पणी भनिन्छ भने विषयवस्तुबारे थप जानकारी दिन प्रस्तावना, प्रतिवेदन वा लेखरचनाको अन्तमा दिइने विवरणलाई अन्त्य टिप्पणी भनिन्छ ।

Ø  छोटो रुपको सूचीलाई प्रारम्भिक पानामा तालिका र चित्र सूची (List of Figures) भन्दा पछाडी लेखिन्छ।

 

छोटो रूपको सूचीको परिचय:

अनुसन्धानको प्रस्तावना, प्रतिवेदन तथा लेखरचनामा शब्दावलीहरू पटक पटक दोहोरिन्छन् भने तिनीहरूको छोटो रूप प्रयोग गर्ने गरिन्छ। यसो गर्दा समयको बचत हुनाका साथै लेखको लम्बाइ पनि छोटो बनाउँछ। यसबाहेक पाठकहरूलाई समेत लेखरचनाको विषयवस्तु बुझ्न सजिलो हुन्छ। जस्तै: पाठ्यक्रम विकास केन्द्र (पाविके), निर्वाचन आयोग (निआ) आदि ।त्यसपछि भने छोटो रूप मात्र प्रयोग गरिन्छ ।

छोटो रूपको सूचीको तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छन्:

-    सूचीमा वर्णानुक्रम अनुसार छोटो रूप र सँगसँगै पूरारूप उल्लेख गरिन्छ।

-    अङ्ग्रेजी तथा नेपाली दुवै भाषामा छोटो रूप प्रयोग गरेको भए पहिला एउटा भाषाको सूची बनाइसकेपछि मात्र अर्का भाषाको छोटो रूपको सूची बनाउनुपर्छ।

-    तालिका र चित्र सूची छ भने त्यसको पछाडि र छैनभने विषयसूचीको पछाडि राखिन्छ ।

-    छोटो रूपको प्रयोग गर्दा पहिलो पटक पूरा रूप र त्यसपछी उक्त शब्द वा शब्दावलीको छोटो रूप राखिन्छ।

 

छोटो रूपको सूचीको परिचय:

अनुसन्धानको प्रस्तावना, प्रतिवेदन तथा लेखरचनामा शब्दावलीहरू पटक पटक दोहोरिन्छन् भने तिनीहरूको छोटो रूप प्रयोग गर्ने गरिन्छ। यसो गर्दा समयको बचत हुनाका साथै लेखको लम्बाइ पनि छोटो बनाउँछ।

उदाहरण को लागि:

छोटो रुपको सूचि (List of Abbreviaton)

पाविके = पाठ्यक्रम विकास केन्द्र  

निआ = निर्वाचन आयोग

रायोआ = राष्ट्रीय योजना आयोग्

राखेपा = राष्ट्रीय खेलकुद परिषद्

नेवानी = नेपाल वायूसेवा निगम

गाविस = गाउँ विकास समिति

शाब्दिक जानकारीलाई वर्णन र विश्लेषणगर्ने मुख्य तरिकाहरु

शाब्दिक जानकारीलाई वर्णन र विश्लेषणगर्ने मुख्य ३ वटा तरिकाहरु छन्:

१.   विषयवस्तु विश्लेषण: विषयवस्तु विश्लेषण भन्नाले शब्दको विश्लेषणलाई बुझाउँछ। जस्तै:शब्द, वाक्य, अनुच्छेद, चित्र, सङ्केत आदि।

२.   भाव विश्लेषण: भाव विश्लेषण अन्तर्गत ४ वटा चराण हरु पर्दछन: पुर्वसाहित्यको पुनरावलोकन, हरेक पङ्क्तिको साङ्केतिकरण, वर्णात्मक भावको विकास र विश्लेषण।

३.   कथानक विश्लेषण: वक्तव्य, लेख, फिल्म वा आदि घटनालाई क्रमबद्धरुपमा गरिएको प्रस्तुती कथानक विश्लेषण हो। यो मौखिक वा लिखित, लामो वा छोटो दुबै हुन सक्छ।

 

अभ्यास

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

१.      प्राविधिक शब्द (Technical Term) को छोटो परिचय दिनुहोस्।

२.      पादटिप्पणी (Footnotes) तथा अन्त्य टिप्पणी (Endnotes) मा के फरक छ? Or,

३.      पाद टिप्पणी र अन्त्य टिप्पणी बिचको एउटा फरक लेख।

४.      छोटो रुपको सूची (List of Abbreaviation) कहाँ राखिन्छ ?

 

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्:

१.      छोटो रूपको सूचीको परिचय दिई यसलाई तयार गर्दा ध्यान दिनुपर्ने कुनै तीन कुराहरू लेख्नुहोस् ।

२.      छोटो रूपको सूचीको परिचय दिई यसको कुनै पाँच वटा उदाहरण लेख्नुहोस। 

३.      शाब्दिक जानकारीलाई वर्णन र विश्लेषणगर्ने मुख्य तरिकाहरु के के हुन? छोटकारीमा लेख।

 

 

Comments

Popular posts from this blog

Grade: 11 (Compulsory English) Model/Sample Questions Sets - based on NEB Exam Paper Model

सामाजिक अध्ययन कक्षा - १० (एकाई- १ देखी एकाई- ३ सम्म) नयाँ पाठ्यक्रम : २०८०

Grade-11 (English) 1.4 The Wish - by Roald Dahl (Short Stories) Part-2