कक्षा : १२ सामाजिक अध्य्यन एकाइ: ९ सहरीकरण र बसाइँसराइ (Urbanization & Migration)
पाठ : १
सहरीकरणको अवधारणा
(Concept of Urbanization)
सहर शब्दको शाब्दिक
अर्थ (Etymological Meaning of
Urban) :
सहरीकरणको अवधारणा (Concept of Urbanization) :
सामान्यतया सहरीकरण भन्नाले सहरी जनसङ्ख्यामा भएको वृद्धिलाई नै जनाउँछ। सहरी क्षेत्रमा वृद्धि भएका सेवा सुविधाहरूको कारणले गर्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरू त्यसतर्फ आकर्षित हुन्छन्। अन्ततः त्यसतर्फ बसाईं सरेर स्थायी रूपमा बसोबास गर्न थाल्छन्। यही प्रक्रिया दोहोरिंदै जाँदा सहरी क्षेत्रको जनसङ्ख्यामा पनि अत्यधिक मात्रामा वृद्धि हुन्छ। सेवासुविधाको विस्तारले मानिसको जीवनशैलीमा पनि परिवर्तन हुँदै जान्छ। मानिसहरू त्यस्ता सेवा सुविधाहरूको उपभोग गर्नलाई आतुर हुन्छन्। जसले गर्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरू सानो सहरतर्फ आकर्षित हुन्छन्। पुन उक्त सानो सहरबाट ठुलो सहरतर्फ बसाइँ सर्छन् र फेरि त्यहाँबाट राजधानीतर्फ जान्छन्।
हाल विश्वको आधाभन्दा बढी (५४ प्रतिशत) जनसङ्ख्या सहरमा बसोबास गर्ने गरेको तथ्याङ्क छ। सन् २०५० सम्ममा सहरी जनसङ्ख्याको प्रतिशत ६६ हुने अनुमान World Urban Prospect, 2014 मा उल्लेख गरिएको छ। यो तथ्याङ्क पनि विकसित र अल्पविकसित राष्ट्रमा धेरै अन्तर पाइन्छ । जस्तैः अल्पविकसित राष्ट्रमा लगभग १५ देखि ४५ प्रतिशत जनसङ्ख्या मात्र सहरी क्षेत्रमा बसोबास गरेको देखिन्छ भने संयुक्त राज्य अमेरिका (USA), अष्ट्रेलिया, बेलायत लगायतका विकसित देशका लगभग ८० प्रतिशतभन्दा बढी जनसङ्ख्या सहरमा बसोबास गर्दछन्।
सहरीकरणका
विशेषताहरू
- जनसङ्ख्या र जनघनत्व बढ्दै जानु,
गैरकृषि व्यवसाय गर्ने मानिसहरुको बाहुल्यता बढ्दै जानु - बसाइँसराइ गरेर आउने मानिसहरूको सङ्ख्या
बढदै जानु
- उद्योग, कलकारखाना र रोजगारीका अवसरहरूको उपलब्धतामा
वृद्धि हुन्
- आयआर्जनका स्रोतमा विविधता आउनु,
- प्रशासनिक सेवा सुविधाको उपलब्धता हुनु,
- उच्च आर्थिक गतिविधि हुँदै जानु,
- बस्तीको आकार बढ्दै जानु,
- व्यापारिक तथा बजार केन्द्रका रूपमा विकसित
हुँदै जानु,
- ठुला भवन बन्दै जानु र बस्ती घना बन्दै जानु,
- सेवामूलक उद्योहरूको विकासमा तीव्रता आउनु ।
(क) प्रशासकीय क्षेत्र : ऐतिहासिक, राजनीतिक तथा प्रशासनिक हिसाबले परिचित क्षेत्रहरू
(ख) जनसङ्ख्याको आकार: जनसङ्ख्याको निश्चित आकार पार गरेपछि
(ग) स्थानीय सरकारी क्षेत्र: पहिलेदेखि सरकारी कार्यालय रहेका केन्द्रहरू
(घ) सहरी विशेषता: सडक तथा ढलको स्तर, पङ्क्तिवद्ध घरहरू, अस्पताल, विद्यालय, पुस्तकालय, प्रहरी चौकी, अदालत, | यातायात, सञ्चार, विद्युत् आदि सार्वजनिक सेवाका पूर्वाधार विस्तार भएका ठाउँ
(ङ) आर्थिक गतिविधि: कृषि पेसाको विकल्पमा उद्योग, व्यापार र रोजगारी (सेवा) का क्षेत्रहरू वृद्धि भएका ठाउँ
सहरीकरणको
विश्वव्यापी प्रवृत्ति (Urbanization of Global Trends)
- विश्वव्यापी रूपमा ग्रामीणभन्दा सहरी
क्षेत्रमा बढी मानिसहरू बसोबास गरिरहेका छन्। सन् २००७ पछिका दिनमा ग्रामीणको
तुलनामा सहरी क्षेत्रको जनसङ्ख्यामा वृद्धि भएको हो।
- सन् १९५० मा विश्वको लगभग ३४ प्रतिशत
जनसङ्ख्या मात्र सहरमा बसोबास गर्थे भने सन् २०५० मा पुग्दा यसको प्रतिशत
दोब्बर हुने अनुमान गरिन्छ।
- संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, ब्राजिल तथा अरेबियन देशका ८० प्रतिशत,
युरोपमा लगभग
७० प्रतिशत, एसिया, अफ्रिका र दक्षिण अमेरिका महादेशका विकासशील देशमा लगभग ४५
प्रतिशत तर केही अफ्रिकी देश (बुरुन्डी, सोमालिया, मलावी, नाइजर, दक्षिण सुडान) तथा अति अल्प विकसित देशमा २०
प्रतिशतभन्दा मानिसहरू सहरमा बसोबास गर्छन्।
- सन् १९९० मा Mega cities को सङ्ख्या विश्वमा १० थियो भने सन्
२०३० मा ४१ ओटा पुग्ने अनुमान गरिन्छ छन्। विश्वको सबैभन्दा ठुलो सहरजापानको
टोकियो (३८ मिलियन), दोस्रोमा सह भारतको दिल्ली (२५ मिलियन), तेस्रोमा चीनको सङ्घाई २३ मिलियन जनसङ्ख्या
रहेका सहरहरू
- ५० लाखदेखि १ करोडसम्म जनसङ्ख्या बसोबास
गर्ने सहरहरूको विशेषता (प्रवृत्ति) पनि Mega cities सँग मेल खान्छ।
- विश्व सहरीकरणमध्ये ५ भागको १ भाग जनसङ्ख्या
Medium city मा
बसोबास गरेको देखिन्छ। जहाँको जनसङ्ख्या १० लाखदेखि ५० लाख रहेको छ।
- विश्वका सहरमा बस्ने जनसङ्ख्यामध्ये लगभग ४५
प्रतिशत Cities मा
बसोबास गर्छन् । यस्ता सहरहरू धेरैजसो एसिया र अफ्रिका महादेशमा बढिरहेका
छन्।
नेपालमा सहरीकरणको
मापदण्ड
(Criteria of Urbanization in Nepal)
स्थानीय सरकार
सञ्चालन ऐन, २०७४ को नयाँ
व्यवस्थाअनुसार नेपालको सहरीकरणलाईः
- नगरपालिका
- उपमहानगरपालिका र
- महानगरपालिका गरी ३ भागमा वर्गीकरण गरिएको पाइन्छ।
यसका लागि: जनसङ्ख्याको आकार, सहरी सेवा सुविधा र आम्दानीको स्रोतलाई मुख्य आधार मानिएको छ। नगरपालिकामा कम्तीमा ९ देखि बढीमा ३५ ओटा वडा रहने छन्।
नगरपालिकाको मापदण्ड
(Criteria of Municipality)
•
नगरपालिका क्षेत्रको विगत पाँचवर्षको औसत वार्षिक आन्तरिक आय हिमाली
जिल्ला भएमा कम्तीमा वार्षिक १ करोड र अन्य जिल्ला भएमा वार्षिक ३ करोड हुनुपर्दछ।
•
विद्युत्, खानेपानी, सञ्चार, सडकपेटीसहितको सडकको विकास भएको हुनुपर्दछ।
•
फोहोरमैलाको उचित व्यवस्थापन, खुला क्षेत्र तथा पार्कको व्यवस्था हुनुपर्दछ।
•
कम्तीमा २५ शैयाको अस्पताल, यात्रु विश्रामस्थल तथा सार्वजनिक शौचालयसहितको बसपार्क, सामुदायिक भवन तथा सभास्थल भएको हुनुपर्दछ।
•
खानेपानी तथा सरसफाइको व्यवस्था, बैङ्किङ तथा वित्तीय सेवा, बजार क्षेत्र, खेलमैदान, पशुबधशाला, शवदाहस्थल तथा सहरी विकासको गुरुयोजना भएको
हुनुपर्दछ।
उपमहानगरपालिकाको
मापदण्ड
(Criteria of Sub-Metropolitan City)
- जनसङ्ख्या: कम्तीमा २ लाख स्थायी बासिन्दा
भएको,
- वार्षिक आम्दानी : कम्तीमा २५ करोड (पछिल्लो
५ वर्षको औषत वार्षिक आन्तरिक आय)
- नगरभित्रका मुख्य सडकहरू कालोपत्रे भएको, विद्युत्, खानेपानी तथा सञ्चार सुविधा भएको,
- विद्यालय, कलेज तथा प्राविधिक शिक्षा आर्जन गर्ने
सुविधा भएको,
- कम्ती १०० देखि २०० शैयाको अस्पताल सञ्चालन
भएको,
- सभा हल, रङ्गशाला, व्यायामशाला, कभर्ड हल, खेल मैदान, खुला क्षेत्र, उद्यान, पार्क आदि सुविधा भएको,
- पर्यटकीय स्तरका होटल, रिसोर्ट आदिको व्यवस्था भएको,
- पशुबधशाला तथा व्यवस्थित शवदाहस्थल भएको,
- फोहोरमैला प्रशोधन, सरसफाइ तथा ढल निकासको व्यवस्था भएको।
महानगरपालिकाको
मापदण्ड
(Criteria of Metropolitan City)
- जनसङ्ख्या कम्तीमा ५ लाख स्थायी बासिन्दा
भएको,
- वार्षिक आम्दानी कम्तीमा १ अर्ब (पछिल्लो ५
वर्षको वार्षिक औषत आन्तरिक आय भएको)
- टर्मिनल सहितको बसपार्क, पार्किङको लागि पर्याप्त सुविधा,
सब वे तथा सडक
पेटी भएको,
- सहरी यातायातमा अपाङमैत्री वातावरण भएको,
- महानगरका सडकहरूमध्ये कम्तीमा ७५ प्रतिशत
कालोपत्रे भएको,
- विद्यालय, प्राविधिक शिक्षालय तथा कम्तीमा स्नातकोत्तर
सम्मको अध्ययन संस्था भएको,
- विशेष सेवा सहितका कम्तीमा १०० देखि ५००
शैय्यासम्मका अस्पताल सञ्चालन भएको,
- व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र, सपिङ मलहरू, अन्तर्राष्ट्रिय स्तरको व्यापारिक केन्द्र
भएको,
- अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला, सभा हल, नाच घर, सिर्जना ग्यालरी, सङ्ग्रहालय भएको,
- सहरी हरियाली, पार्क, उद्यान, मनोरञ्जनस्थल भएको,
- अन्तर्राष्ट्रिय विमान स्थलसँग जोडिएको तथा
पर्यटकीय सुविधा भएको।
नेपालमा सहरीकरणको विस्तार
- सन १९५२/०५४ तिर नेपालमा १० ओटा सहरी
केन्द्रहरू रहेका थिए। जहाँ नेपालको कुल जनसङ्ख्यामध्ये २.९ प्रतिशत मानिसको
स्थायी बसोबास थियो।
- सन् २०११ मा आइपुग्दा सहरी केन्द्रको
सङ्ख्या ५८ पुगेको थियो भने सहरमा बस्नेको जनसङ्ख्या लगभग १७.१ प्रतिशत रहेको
देखिन्छ।
- हाल नेपालमाः
महानगरपालिका ६ (काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा)
उपमहानगरपालिका ११ - १. इटहरी २. धरान ३. जनकपुर ४. जितपुर-सिमरा ५. कैलाली
- ६. बुटवल ७. हेटौँडा ८. तुलसीपुर ९. घोराही १०. नेपालगञ्ज
- ११. धनगढी
- नगरपालिका- २७६
- नेपालमा सहरी सङ्ख्या: २९३
- सहरीकरण क्षेत्रभित्र बसोबास गर्ने नागरिकको
सङ्ख्या लगभग ५९ प्रतिशत पुगेको अनुमान गरिन्छ।
नेपालमा सहरीकरणको
प्रवृत्ति (विशेषता)
- नेपालमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका नामले
वर्गीकरण भएका सहरहरू अव्यवस्थित रूपले विस्तार भएको देखिन्छ।
- दिगो विकासको सिद्धान्तअनुसार सहरीकरणको
विस्तार नभएको हुँदा प्राकृतिक साधन स्रोतहरू (नदी, ताल, पोखरी, बोटबिरुवा आदि) नष्ट भ्रष्ट भएको अवस्था छ।
- सडक, यातायात, सञ्चार, विद्युत्, खानेपानी, ढल निकास आदि पूर्वाधारहरू व्यवस्थित नभई सहरीकरणको
सङ्ख्या मात्र बढ्दै गएको पाइन्छ।
- बस्तीलाई व्यवस्थित नगरिएको कारण सहरको
अवस्था कुरूप देखिन्छ ।
- मानववस्ती, विमानस्थल, उद्योग, कारखानाहरू मिश्रित रूपमा विस्तार भएको कारण
सहरमा प्रदूषणको मात्रा बढेको छ।
- नयाँ नामाकरण भएका नगरहरूले मापदण्डअनुसारको
सुविधा प्राप्त गर्न सकिरहेका छैनन्।
- हाल महानगर, उपमहानगर र नगरका केही टोलहरू भने नमुना
बस्तीका रूपमा विकसित हुँदै छन्।
सहरीकरणका अवसर (Opportunities
of Urbanization)
•
२१ औं शताब्दीमा सहरीकरणलाई आधुनिकताको प्रतीक मानिन्छ। सहरीकरणको
विस्तारसँगै अनेकों अवसरहरू थपिँदै जाने कुरा निश्चित देखिन्छ। सहरीकरणबाट प्राप्त
भएका तथा प्राप्त हुने अवसरलाई निम्नानुसारका बुँदामा प्रस्तुत गरिएको छः
•
सहरीकरणले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने
विशिष्ट प्रकारका वस्तु तथा सेवाको उत्पादन तथा निर्यात गरी मुलुकमा आर्थिक
विकास गर्न अवसर उपलब्ध गराउँछ।
•
देशका श्रम, पुँजी र प्रविधिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारले अवसर
प्राप्त गर्दछन्, जसले गर्दा लगानीको
क्षेत्र विस्तार हुन्छ।
•
सहरीकरणले उच्च शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार
प्रविधिको विस्तार भई सर्वसाधारण जनताको पहुँचमा विस्तार हुने अवसर प्राप्त
हुन्छ।
•
कृषि र पशुपालनको विकल्पमा मानिसहरूले उद्योग, व्यापार, सेवामूलक व्यवसाय आदि मा अवसर प्राप्त गरी जीविकोपार्जनको स्रोतमा
विविधता ल्याउन सक्छन्।
•
सहरीकरणको विकासले गर्दा स्थानीय उत्पादनले अवसर प्राप्त गरेको
छ भने ग्रामीण भेगको श्रम र सिपले सहरमा अवसर प्राप्त गरेको छ।
•
व्यवस्थित सहरीकरणको योजनाले सहरहरू अझ व्यवस्थित हुँदै जाने छन् भने यसले
नयाँ बनेका सहरहरूलाई पनि व्यवस्थित हुने अवसर प्राप्त हुनेछ।
•
आर्थिक भूमण्डलीकरण र सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरेर सहरहरूले आर्थिक विकास
गर्ने अवसर प्राप्त
गर्न सक्छन्।
•
देशमा विकास भइरहेका नयाँ सडक सञ्जाल, विमानस्थल निर्माण, विद्युत् उत्पादन, खानेपानी आयोजनाहरु आदिका कारण सहरी जनजीवनलाई अत्यावश्यक सेवा
सुविधा प्राप्त गर्ने अवसर मिल्ने छ ।
सहरीकरणका चुनौती (Challenges
of Urbanization)
सहरीकरणको विकासमा
देखापरेका समस्या तथा अवरोधहरू:
- पहिलेदेखि नै विस्तार भएका नगरहरू
अव्यवस्थित छन्। जनसङ्ख्याको वृद्धिले गर्दा ती सहरहरूमा सडक विस्तार,
वृक्षरोपण,
पार्क तथा
बगैँचाको निर्माण, खानेपानीको
पाइप वितरण आदि कार्यमा चुनौती थपिएको छ।
- फोहोर बग्ने दलको पाइपलाई सिधै नदी, ताल तथा पोखरीमा जोडिएको छ जसले
गर्दा दल निकासको छुट्टै व्यवस्था गर्ने कार्यमा समस्या थपिएको छ।
- सहरीकरण भएका नदी किनारमा सुकुम्बासी बस्ती
निर्माण भएको देखिन्छ। यस्ता बस्तीलाई अन्यत्र व्यवस्थित गर्ने कार्य अझ
डरलाग्दो चुनौती बनेको छ।
- दमकल तथा एम्बुलेन्स पनि छिर्न नसक्ने गल्ली
तथा अव्यवस्थित टाँगिएका तारहरूले अनको विपत् आइलाग्ने र तिनको नियन्त्रणमा
समस्या जन्माएको देखिन्छ।
- ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा
बसाइँसराइको गति तीव्र देखिन्छ। जसले गर्दा बेरोजगारी, महङ्गी, प्रदूषण, रोग, भोक, गरिबी आदि समस्याको भिड बढ्दै गएको छ।
- व्यवस्थित सहरीकरणको योजना लागु हुन नसक्दा
जथाभावी घर तथा कारखानाहरू निर्माण हुने, खेतीयोग्य जमिन प्लटिङ गर्ने, बालुवा र ढुङ्गाको अति प्रयोगको
कारणले पर्यावरणमा असर पर्ने समस्या थपिएको देखिन्छ।
- नगरको नाममा करहरू बढ्ने तर त्यसअनुसारको
सुविधा उपभोग गर्न गाह्रो पर्ने हुँदा नगरवासी र स्थानीय सरकारका बिचको दुरी
बढेको अवस्था पनि छ।
- कृषियोग्य जमिन सहरीकरणमा परिणत हुनु तथा
अन्य उद्योग, व्यापार
एवम् पर्यटनको क्षेत्रमा सुधार नहुनुलाई देशकै भविष्यमाथिको चुनौती
भनेर बुझ्न सकिन्छ।
सहरीकरणमा देखिएका
चुनौतीलाई व्यवस्थित गर्ने उपायः
- पहिलेदेखि विस्तार भएका नगरहरूमा सम्भव
भएसम्म सडक विस्तारको कार्यमा जोड दिनुपर्छ।
- नदी किनारको सार्वजनिक जमिन अतिक्रमण गरी
निर्माण गरेका घर टहरालाई अन्यत्र व्यवस्थित गर्नुपर्छ।
- नदीको दुवै किनारमा व्यवस्थित ढल निर्माण, पक्की सडक, वृक्षरोपण र पार्कहरू निर्माण गर्नुपर्छ।
- विद्युत् तथा सञ्चारका तारहरूलाई
जमिनमुनिबाट विस्तार गर्नुपर्छ।
- नदी, ताल, पोखरी, सार्वजनिक जमिन तथा सडकको सरसफाइ र संरक्षण गर्ने
जिम्मा स्थानीय समुदायलाई दिनुपर्छ।
- निर्माण कार्यमा हुने बजेटको चुहावट तथा
भ्रष्टाचारलाई पूर्ण रूपले नियन्त्रण गरी बलियो, टिकाउ तथा भरपर्दो विकास योजना लागु
गर्नुपर्छ।
- प्रत्येक स्थानीय निकायले व्यवस्थित
सहरीकरणको योजनाअनुसार बस्ती विकास गर्नुपर्ने कुरामा जोड दिनुपर्छ।
- सहरी क्षेत्रमा हुने अनियन्त्रित
बसाइँसराइलाई रोक्नका लागि ग्रामीण क्षेत्रमा यातायात, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन तथा पर्यटनको विकासमा जोड दिनुपर्छ।
- उद्योगिक र मानव बस्तीका क्षेत्रलाई
छुट्याएर व्यवस्थित बनाउनुपर्छ।
- सहरीकरणको विस्तार गर्दा दिगो विकास (Sustainable
Development) को
सिद्धान्तलाई व्यवहारमा लागु गर्नुपर्छ।
- स्थानीय सरकारले जनसहभागिता मूलक कार्यक्रम
सञ्चालन गर्नुपर्छ।
गाउ- सहर सम्बन्धको महत्व
ग्रामीण अर्थतन्त्रको विविधीकरण र सुदृढीकरणमा सहरको प्रमुख भूमिका हुन्छ। सहरीकरणले सहरको आकार र कार्यात्मक स्वरूप परिवर्तन गराउँदै ग्रामीण उत्पादनको माग वद्धि गर्दै जान्छ। गाउँ सहर सम्बन्धले ग्रामीण क्षेत्रमा परिवर्तन ल्याउँछ।
- गाउँ सहर सम्बन्धले कृषि क्षेत्रको
रूपान्तरणमा मदत गर्छ।
- यसले आय र रोजगारीमा विविधीकरण ल्याउँछ।
- आय र रोजगारीका असमानतालाई घटाउँदै सामाजिक
ध्रुवीकरण कम गर्छ।
- गाउँ सहर सम्बन्धले स्थानीय विकासलाई अवसर
प्रदान गर्छ।
- राष्टिय आय वृद्धिमा सहयोग पु¥याउँछ।
गाउँसहर सम्बन्ध र
जीविकोपार्जनको शैली
(Rural-urban
Relations and Livelihood Style)
गाउँसहर सम्बन्ध र
जीविकोपार्जनको शैलीलाई तलका बुँदामा प्रस्तुत गरिएको छः
- ग्रामीण क्षेत्रका जनताले दाल, चामल, तरकारी, फलफूल, माछामासु, दूध, घीउ, आदि वस्तुहरू उत्पादन गर्छन्।
- सहरी क्षेत्रका जनताले यस्ता वस्तुहरू खरिद
गरेर आफ्नो दैनिक जीवन सञ्चालन गर्छन्। जसको कारण ग्रामीण क्षेत्रका जनताको
आम्दानी बढेको छ भने सहरी क्षेत्रका आवश्यकताहरू सजिलै पूरा भएका छन् ।
- सहरी क्षेत्रमा बैंक तथा आर्थिक कारोबार
गर्ने वित्तीय संस्थाहरू खुलेका छन्।
- ग्रामीण क्षेत्रका मानिसहरू पनि कारोबार
गर्न सहरबजार जान्छन् जसको कारण सहरबजारका बैकिङ कारोबार गर्ने संस्थाहरू
फाइदामा गएका छन् भने आर्थिक विकास वृद्धि भएको छ
- ग्रामीण क्षेत्रका जनताले फलफूल, जडीबुटी, दुध, चियापत्ती, कपास, उखु, सुर्ती आदि
कच्चा पदार्थ उत्पादन गर्छन्। सहरी क्षेत्रका मानिसले फलफूलबाट वाइन तथा जुस, जडीबुटीबाट औषधी दूधबाट डेरी, चियापसोबाट चियारड, कपासबाट कपडा, उखुबाट चिनी आदि उद्योगहरु सञ्चालन गर्छन्। जसको कारण ग्रामीण तथा सहरी दुवै क्षेत्रमा रोजगारका अवसरहरु वृद्धि भएका छन्। - सहरी क्षेत्रमा मासु, फलफूल तथा तरकारीको ठुलो माग रहेको छ।
ग्रामीण क्षेत्रमा पशुपालन, फलफूल खेती र तरकारीको उत्पादन बढेको छ। जसले गर्दा व्यापारको
वृद्धि हुन भई जीविकोपार्जन सहज भएको छ । सहरबजारका पसलमा दैनिक उपभोग्य
वस्तुहरू जस्तैः लत्ताकपडा, भाँडाकुँडा, नुनतेल, सलाई,
साबुन, पेट्रोलियम
पदार्थ आदि बिक्रीका लागि राखिन्छ।
- ग्रामीण क्षेत्रका मानिसहरू यस्ता वस्तुको
खरिद गर्न सहरबजार जाने गर्छन्। जसको कारण ग्रामीण जनजीवन सहज बनेको छ भने
सहरी क्षेत्रमा व्यापार विस्तार भएको छ ।
- सहरी क्षेत्रमा अनेक किसिमका उद्योग, व्यापार व्यवसायहरू सञ्चालनमा आएका
छन्। यस्ता व्यवसायमा कामदारको खाँचो परेको हुन्छ। ग्रामीण
क्षेत्रका सिपयुक्त दक्षजनशक्तिले यस्ता ठाउँमा रोजगारको अवसर पाउँछन्। जसले
गर्दा सहरी क्षेत्रका आवश्यकता सजिलै पूरा भएका छन् भने ग्रामीण क्षेत्रका
जनशक्तिले रोजगारको अवसर प्राप्त गरेका छन्।
- सहरी क्षेत्रका बासिन्दाहरू ग्रामीण जनजीवन
र स्वच्छ वातावरणमा रमाउन चाहन्छन् । • ग्रामीण क्षेत्रका बासिन्दाहरू सहरी
क्षेत्रमा घुमफिर गर्न चाहन्छन्। जसको कारण दुवै क्षेत्रको पर्यटन
व्यवसायमा सहयोग पुगेको देखिन्छ।
- सहरी क्षेत्रका मानिसहरू कृषि बाहेकका पेसा
(उद्योग, व्यापार,
सेवा आदि) मा
सङ्लग्न छन्। • सहरी
क्षेत्रमा सम्बलित पेसाको कारणले गर्दा ग्रामीण क्षेत्रको कृषिमा जनसङ्ख्याको
भार कम भएको छ।
बसाईसराइको अवधारणा
र विशेषता
(Concept and Features of Migration)
बराइँसराइको अवधारणा
(Concept of Migration) :
- आफू बसोबास गर्दै आएको ठाउँलाई सधैंका
निम्ति छाडेर अन्यत्र ठाउँमा वासस्थान सार्ने कार्यलाई बसाइँसराइ भनिन्छ।
- संयुक्त राष्ट्रसङ्घीय शब्दकोषको परिभाषाअनुसार बसाइँसराइ भनेको एक
भौगोलिक क्षेत्रबाट अर्को भौगोलिक क्षेत्रमा सर्ने प्रक्रिया हो। जसमा उद्गम
स्थान (Place of Origin) बाट गन्तव्य स्थान (Place of Destination) मा बसोबास सार्ने प्रक्रिया भन्ने बुझिन्छ ।
- नेपालको सन्दर्भमा ६ महिना वा त्योभन्दा बढी
समयका लागि एक भौगोलिक वा प्रशासनिक क्षेत्रबाट अर्को भौगोलिक वा प्रशासनिक
क्षेत्रमा बसोबास सार्ने कार्यलाई बसाइँसराइ भनिन्छ।
- जनसङ्ख्यामा परिवर्तन ल्याउने प्रमुख तीन
तत्त्वः जन्म, मृत्यु
र बसाइँसराइ हुन् । जन्म र मृत्युलाई जनसङ्ख्यामा परिवर्तन गराउने प्राकृतिक
(जैविक) तत्त्व भनिन्छ भने बसाइँसराइलाई जनसङ्ख्यामा परिवर्तन ल्याउने
अप्राकृतिक (अजैविक) तत्त्व भनिन्छ।
आफू बसोबास गरिरहेको ठाउँलाई सधैंका निम्ति छाडेर अन्य क्षेत्रमा वासस्थान सार्ने कार्यलाई बसाई भनिन्छ।
बसाइँसराइका प्रमुख विशेषताहरू :
- बसाइँसराइ निरन्तर चलिरहने अप्राकृतिक विश्वव्यापी प्रकृया हो।
- बसाइँसराइले ठाउँ विशेषको जनसंख्यामा आमूल परिवर्तन ल्याउन सक्छ।
- बसाइँसराइ व्यक्तिको आवश्यकता वा बाध्यतामा निर्भर रहन्छ।
- बसाइँसराइ गर्ने कार्य व्यक्तिको छनोटपूर्ण प्रक्रिया हो।
- बसाइँसराइ गर्ने अधिकांश परिवारहरू आर्थिक रूपमा मध्यम तथा निम्न वर्गीय हुन्छन्।
- उमेरको हिसाबले १८ देखि ५८ वर्ष बिचका मानिसहरू बढी बसाई सर्ने गर्छन्।
- उच्च ज्याला, रोजगारको अवसर तथा सुविधाको खोजीले बसाइँसराइलाई प्रभाव पारेको हुन्छ।
- बसाइँसराइ विशेष गरी दुर्गमबाट सुगम, ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र तथा अल्पविकसित राष्ट्रबाटविकसित राष्ट्रमा हुने गर्दछ ।
- बसाइँसराइ बाध्यता वा नियतिको खेल पनि हो।
- बसाइँसराइसँगै जनसङ्ख्याको आकार वृद्धिदर, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यावरणीय क्षेत्रहरू प्रभावित हुन्छन् ।
बसाईसराइका कारणहरु
(Causes of Migration)
मानिसहरू विभिन्न
कारणले गर्दा एक स्थानबाट स्थानमा बसाईसरा गर्छ छन्।
महत्त्वपूर्ण
कारणहरु :
१. जमिनको उपलब्धता
२. रोजगारीको अवसर
३. धार्मिक स्वतन्त्रताको प्रत्याभूति
४. अधिक आयआर्जनको महत्त्वाकाङ्क्षा
५. राजनैतिक स्वतन्त्रता
६. प्राकृतिक तथा मानव सिर्जित विपत् तथा जोखिम
७. आकर्षण तथा विकर्षण तत्त्वहरूको प्रभाव
बसाइँसराइका आकर्षण तत्त्वहरू (Pulling
Factors) :
- रोजगारीका अवसर
- स्रोत तथा साधनको उपलब्धता
- सुशासन
- शान्तिपूर्ण अवस्था
- पूर्वाधारको विकास
- उर्वरायुक्त भूमि
बसाइँसराइका विकर्षण तत्त्वहरू (Pushing Factors):
- गरिबी
- बेरोजगारी
- अशिक्षा
- भोकमरी
- महामारी
- खडेरी
- प्राकृतिक प्रकोप
- हिंसा / द्वन्द्व
बसाइसराइका प्रकार
(Types of Migration)
बसाइसराइ एक जटिल
प्रक्रिया हो। बसाइसराइ निम्नलिखित भागमा विभाजन गरेको पाइन्छ:
१.
आन्तरिक र अन्तर्राष्ट्रिय
२.
अस्थायी र स्थायी
३.
स्वैच्छिक र बाध्यात्मक
४.
कानुनी र अवैध
५.
सहरी र ग्रामीण
(क) आन्तरिक :
आफ्नै देशको भौगोलिक सिमानाभित्र हुने
बसाइँसराइलाई आन्तरिक बसाइँसराइ भनिन्छ।
(ख) अन्तर्राष्ट्रिय: देशको भौगोलिक सिमानाभन्दा बाहिर जाने बसाइँसराइलाई अन्तर्राष्ट्रिय
बसाइँसराइ भनिन्छ।
(ग) ग्रामीण र सहरी
: गाउँबाट सहरतर्फ हुने बसाइँसराइलाई
ग्रामीण सहरी बसाइँसराइ भनिन्छ।
(घ) स्वेच्छिक र
बाध्यकारी:
व्यक्तिले प्रायः
आर्थिक कारणले बसाइँ सर्ने गर्छ। वर्तमान अवस्तामा भने राम्रो शिक्षा, ग्रामीण र सहरी क्षेत्रबिचको सेवा सुविधा,
सूचना तथा सञ्चारको विकासले पनि
बसाइँसराइलाई प्रेरित गरेको पाइन्छ। आन्तरिक द्वन्द्व, शरणार्थी, अशान्ति, विपत्, पुनर्वास आदिले
गरिने बसाइँसराइ बाध्यकारी बसाइँसराइ हो।
शरणार्थीका लागि
संयुक्त राष्ट्र सङ्घीय उच्च आयोगका अनुसार सन् २०२० मा पीडा, द्वन्द्व, हिंसा, मानव अधिकार उल्लङ्घनका घटनाहरूबाट कम्तीमा ८२.४ मिलियन मानिसहरू घर
छोड्न बाध्य भएको अवस्था छ। करिब २६.४ मिलियन शरणार्थीहरूमा अधिकांश १८ वर्ष
मुनिका छन् ।
(ङ) अस्थायी र
स्थायी :
बसाइँ सर्नेले
फर्केर आउने कुनै योजना गरेको हँुदैन भने त्यसलाई स्थायी बसाइँसराइ र बसाइँ गएको
स्थानमा स्थायी बसोबास गर्ने मनसाय नभएको बसाइँसराइलाई अस्थायी बसाइँसराइ भनिन्छ।
(च) कानुनी र अवैध:
नियमानुसार कुनै
व्यक्ति उत्पत्ति मुलुकबाट गन्तव्य मुलुकमा बसाइँ सरी जाने प्रक्रियालाई कानुनी
बसाइँसराइ भनिन्छ। कुनै व्यक्ति उत्पत्ति मुलुक, पारगमन र गन्तव्य मुलकका नियमहरूको परिधिभन्दा
बाहिर आवागमनका क्रममा कुनै विदेशी सिमाना पार गर्दछ भने त्यस्तो व्यक्तिलाई अवैध
आप्रवासी भनिन्छ।
आन्तरिक बसाइसराइका
प्रकार
देशको भौगालिक
सीमाभित्र हुने बसाइँसराइलाई आन्तरिक बसाइँसराइ भनिन्छ । व्यक्तिले आफ्नो बसोबासका
लागि देशभित्रै भौगोलिक वा प्रशासनिक सिमाना परिवर्तन गर्ने प्रक्रियालाई आन्तरिक
बसाइँसराइ भनिन्छ । आन्तरिक बसाइँसराइलाई प्रवाहको दिशा र धारका आधारमा
निम्नानुसार चार भागमा वर्गीकरण गर्न सकिन्छ:
- गाउँबाट सहर
- गाउँबाट गाउँ
- सहरबाट गाउँ
- सहरबाट सहर
•
स्थानिक आयामका आधारमा आन्तरिक बसाइसराइलाई तीन भागमा वर्गीकरण
गर्न सकिन्छ:
•
अन्तःजिल्ला : जिल्लाभित्रै हुने बसाइँसराइलाई अन्तःजिल्ला बसाइँसराइ भनिन्छ ।
•
अन्तरजिल्ला: एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँसराइलाई
अन्तरजिल्ला बसाइँसराइ भनिन्छ । यसलाई जिल्लान्तर बसाइँसराइ पनि भनिन्छ।
•
अन्तरप्रदेश : एक प्रदेशबाट अर्को प्रदेशमा हुने बसाइँसराइलाई
•
अन्तरप्रदेश बसाइँसराइ भनिन्छ ।
बसाइँसराइको
प्रवृत्ति (Trends of Migration):
बसाइँसराइको
प्रवृत्ति भनेको एक ठाउँबाट अर्को ठाउँमा बसोबास सार्ने क्रम (Trends) हो। बसाइँसराइको क्रम आदिम युगबाटै सुरु भएको हो।
जङ्गली युगमा रहेका मानिस सिकार र बसोबासको खोजीमा एकठाउँबाट अर्को ठाउँमा बसाइँ
सर्थे। बसाइँसराइ निरन्तर चलिरहने प्रकृया हो। आज पनि बसाइँसराइको क्रम जारी छ।
बसाइँसराइमा देखिएको प्रवृत्ति (Trends): नेपालको प्रवृत्ति
•
नेपालमा बसाइँसराइको तथ्याङ्क राख्ने क्रम सन् १९६१ बाट सुरु भएको हो।
कुल जनसङ्ख्यामध्ये ४.५ प्रतिशत नागरिकले बसाइँ सरेको देखिन्छ।
•
सन् २०११ मा आइपुग्दा बसाइँसराइ गर्नेको दर ३०.६ प्रतिशतले बढेको पाइन्छ।
नेपालभित्रको बसाइँसराइ हिमाली र पहाडी क्षेत्रबाट तराई क्षेत्रमा बढी हुने गरेको
छ।
- बसाइँसराइको अर्को प्रवृत्ति ग्रामीण
क्षेत्रबाट सहरी क्षेत्रमा हुने गरेको छ।
- सन् २०११ को तथ्याङ्कअनुसार भारतबाहेकका
देशमा २० लाख नेपाली बसाइँसराइ सरेको देखिन्छ। नेपालबाट बसाइँसराइ गर्नेको
क्रम प्रतिदिन लगभग १ हजारको दरमा रहेको छ।
- विभिन्न देशबाट नेपालमा बसाइँसराइ गर्ने
प्रवृत्ति पनि जारी रहेको छ। सन् १९६१ को तथ्याङ्कअनुसार नेपालको कुल
जनसङ्ख्यामा ३.५७ प्रतिशत विदेशी आप्रवासी थप भएका थिए। सन् २०११ मा यसको
सङ्ख्या घटेर १.८ प्रतिशत आइपुगेको देखिन्छ।
बसाइँसराइमा देखिएको
प्रवृत्ति (Trends): विश्वव्यापी प्रवृत्ति
•
Migration of Nepal: A Country Profile, 1919 को तथ्याङकअनुसार- विश्वको कुल जनसङ्ख्यामध्ये
करिब ६४ प्रतिशत मानिस अल्पविकसित मुलुकबाट विकसित मुलुकमा बसाई सरेको देखिन्छ।
•
युद्ध, आतङ्कवाद, प्राकृतिक प्रकोपको कारण सन् २०१८ मा मात्र
शरणार्थी बनेर बसाई सर्नेको सङ्ख्या २ करोड ८० लाखभन्दा बढी रहेको थियो।
•
बसाइँसराइ गर्नेमध्ये अधिकांश मानिस १८ देखि ५८ वर्ष उमेर समूहका
हुन्छन् । यसमा किशोरकिशोरी र युवायुवतीको सङ्ख्या धेरै हुन्छ ।
•
विश्वका विकसित मुलुकबाट बसाइँ सर्नेको दर अत्यन्तै न्यून रहेको छ भने
अल्पविकसित मुलुकबाट विकसित मुलुकमा बसाइँ सर्नेको दर उच्च रहेको छ।
बसाइँसराइको प्रभाव
(Impacts of Migration)
बसाइँसराइले उद्गम
तथा गन्तव्य स्थलमा पार्ने सकारात्मक प्रभाव (Positive Impacts)
- उद्गम स्थलमा- जनसङ्ख्याको चाप घट्नुको साथै प्रजनन दरमा
पनि कमी आउँछ।
- गन्तव्य स्थलमा- अनेक थरीका ज्ञान, सिप र क्षमता भएका जनशक्तिको सङ्ख्यामा
वृद्धि हुन्छ।
- उद्गम स्थलमा- जनसङ्ख्याका चाय कम हुन्छ। जसले गर्दा ज्ञान,
सिप र क्षमता
भएका युवाले आफ्नै ठाउँमा रोजगारको अवसर प्राप्त गर्छन्।
- गन्तव्य स्थलमा- अनेक प्रकारका उद्योग, व्यापार र पेसाहरू सन्चालित हुन्छन्।
त्यस्ता ठाउँमा ज्ञान, सिप र क्षमता भएका व्यक्तिले चाँडै रोजगारको अवसर प्राप्त
गर्छन्।
- उद्गम स्थलको स्थानीय भाषा र संस्कृतिमा विदेशी प्रभाव
पर्न पाउँदैन। जसले गर्दा आफ्नो मौलिक संस्कृति सधैँ जिउँदो रहन्छ।
- गन्तव्य स्थलमा विभिन्न देशको भाषा र संस्कृति सिक्ने अवसर
प्राप्त हुन्छ।
- उद्गम स्थलमा माटो, ढुङगा, वनजङ्गल, वन्यजन्तु आदि प्राकृतिक स्रोतहरूमा
सुन्दरता थपिन्छ।
- गन्तव्य स्थलमा- यातायात, सञ्चार विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा, सुरक्षिसोबास आदि क्षेत्रमा सुविधा थपिन्छ।
बसाइँसराइले उद्गम
तथा गन्तव्य स्थलमा पार्ने नकारात्मक प्रभाव (Negative Impacts)
•
उद्गम स्थलबाट युवावर्ग बसाइँ सर्ने हुँदा वृद्धवृद्धा र बालबालिकाहरू बेसहारा बनेका
हुन्छन्।
•
गन्तव्य स्थलमा- जनसङख्याको चाप र अव्यवस्थित बसोबासको समस्या देखिन्छ ।
•
उद्गम स्थलमा स्रोत साधनको उपयोग गरी काम गर्ने जनशक्तिको कमी हुन्छ ।
•
गन्तव्य स्थलमा- जनसङ्ख्याको चापले गर्दा बेरोजगारी, रोग, भोक, गरिबी जस्ता समस्या
थपिन्छन् । यस्ता ठाउँमा आफ्नो मौलिक भाषा र संस्कृतिमा विदेशी प्रभाव पर्न थाल्छ।
•
उद्गम स्थलमा- उद्योग, व्यापार अन्य पेसा
व्यवसायमा लगानी गर्ने व्यक्तिको कमी हुन्छ।
•
गन्तव्य स्थलमा उद्योग, कारखाना, सवारी साधन र जनसङ्ख्याको चापले गर्दा पर्यावरणीय
क्षेत्र नष्ट भ्रष्ट भएको देखिन्छ।
•
उद्गम स्थलमा यातायात, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा, सुरक्षा आदि पूर्वाधारको विस्तारमा बाधा उत्पन्न हुन्छ।
•
गन्तव्य स्थलमा - महङ्गी, असुरक्षा, चोरी, डकैती, लुटपाट, भ्रष्टाचार, कालाबजारी, यौन विकृति, ठगी आदि अनेकौं अमानवीय गतिविधि सञ्चालन भएका
हुन्छन्।
बसाइँसराइ र यसको
प्रभाव (Migration and Its Effects)
विश्वमा नेपालीको प्रवाह र विप्रेषणको प्रभाव
(Flow of Nepalese in the World and
Effects of Remittance)
- भारतमा शासन गर्ने अङ्ग्रेजहरूले नेपाली
युवालाई Gorkha Regiment मा भर्ती गराउन थालेपछि सन् १८१६ (वि.सं. १८७३) वैदेशिक रोजगारको
ढोका खुलेको हो।
- भारत, सिक्किम, भुटान, बर्माजस्ता देशमा बसाइँसराइ गर्नेहरूको क्रम
त त्योभन्दा अघिदेखिको हो। प्रजातन्त्रको स्थापना (वि.सं. २००७) पछि नेपालको
अन्तर्राष्ट्रिय सम्पर्कसँगै नेपालीहरूको विदेशिने क्रम बढ्यो। प्रजातन्त्रको
पुनस्थापना (वि.सं. २०४६) पछिका दिनमा प्रवासीको सङ्ख्या उल्लेख्य रूपमा
बढेको देखिन्छ। वि.सं. २०४६ देखि २०७६ को तीन दशकमा लगभग ४० लाख नेपालीहरू
विदेश जानेहरूको गणनामा रहेका छन्। लाखौँ नेपालीहरूले विदेशकै नागरिकता
प्राप्त गरेको कारण नेपालको जनगणनाबाट छुटेको स्थिति पनि रहेको छ।
- गरिबी र बेरोजगारीको कारणले बाध्य भएर विदेश
जाने नेपालको सङ्ख्या मलेसिया, कतार, साउदी
अरब, यु.ए.ई.,
कुबेत, बहराइन, दक्षिण कोरिया, ओमन, हङ्कङमा बढी देखिन्छ। आर्थिक रूपमा मध्यम
तथा उच्च वर्गका नेपालीहरू प्रायः जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा बेलायत लगायतका युरोपेली
देशमा गएका छन्। यस्ता व्यक्तिहरू उच्च शिक्षा, रोजगारीको राम्रो अवसर र व्यापार व्यवसायका
लागि विदेशिएका छन्। विदेश जाने नेपालीहरूमध्ये ५ प्रतिशत दक्ष (Skilled
Manpower), २०
प्रतिशत अर्धदक्ष (Semi Skilled Manpower) र ७० प्रतिशत अदक्ष (Unskilled Manpower) रहेको कुरा वि.सं. २०७१/०७२ को
तथ्याङ्कमा उल्लेख छ।
विश्वमा नेपालीहरूको
प्रवाह यति धेरै बढ्नुका पछाडि विभिन्न कारणहरू:
- नेपालमा श्रमको मूल्य र इज्जत कम हुनु : यसको
अर्थ नेपालमा श्रमअनुसार ज्याला कम प्राप्त हुन्छ। त्यसले आफ्नो गुजारा चलाउन
मुस्किल पर्छ।
- बेरोजगारीको समस्या बढ्नु : कृषिप्रधान देश भएर पनि नेपालमा आधुनिक तथा वैज्ञानिक प्रविधिको
विकास नहुनु, कृषि
उपजले सही मूल्य नपाउनु, अन्य उद्योगधन्दाहरूको कमी हुनु आदि कारणले धेरै नेपाली युवाहरू
रोजगारको खोजीमा विदेशिन बाध्य भएका हुन्।
- गरिबी: २०७६ सालको तथ्याङ्कअनुसार करिब १८ प्रतिशत
नेपालीहरू निरपेक्ष गरिबीको रेखामुनि रहेका छन्। बिहान मकै र बेलुका भोकै
रहनुपर्ने बाध्यतामा पिल्सिएका नेपालीहरू जीविकोपार्जनका लागि पनि विदेशिएका
छन्। विदेशिने नेपालीमध्ये लगभग ४० प्रतिशत जो भारतमा छन्; त्यसको मुख्य कारण नै चरण गरिबी हो।
- उच्च शिक्षा र आकर्षक आम्दानीको विकल्प
खोज्नुः
- विश्वव्यापीकरण (Globalization) का कारण आजका विद्यार्थीलाई
विश्वसमुदायसँग प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ। यसका लागि
आफूले रोजेको पढाइ र आकर्षक आम्दानीको खोजीमा शिक्षित वर्गहरू पनि विदेशतिर
आकर्षित बनेका छन्।
नेपालीको प्रवाह
रोक्न अपनाउनु पर्ने उपायहरु:
•
सर्वप्रथम नेपालमा कृषि क्रान्तिको जरुरी छ। कुलो र नहरको विस्तार
गरी सिँचाइ सुविधालाई प्रत्येक कृषियोग्य जमिनसम्म पुयाउनुपर्छ। सहरबजारबाट
उत्पादन हुने फोहोरबाट कम्पोष्ट मल तयार गर्ने कारखाना स्थापना गर्नुपर्छ।
पशुपालनलाई आधुनिकीकरण गरी कृषि पेसासँग जोड्नुपर्छ। त्यसैगरी फलफूल र तरकारी
खेतीलाई अग्यानिक बनाउनुपर्छ। त्यसपछि विदेशबाट आयात हुने खाद्यान्न, तरकारी तथा फलफूल लगायतका वस्तुमाथि प्रतिबन्ध
लगाउनुपर्छ ।
•
पर्यटन नेपालको आम्दानीको
अर्को प्रमुख स्रोत हो। यसका लागि यातायात, सञ्चार, विद्युत, स्वच्छ खानेपानी,
स्वास्थ्य सुविधा, सरसफाइ, सुविधाजनक होटल तथा होमस्टेहरूको विस्तार गर्नुपर्छ। तालिमप्राप्त
गाइडको उत्पादन र प्रचारप्रसारमा जोड दिएर पर्यटन व्यवसायलाई विश्वव्यापी बनाउन
सकिन्छ।
•
देशको सम्पूर्ण शिक्षालाई माटो सुहाउँदो, जीवनोपयोगी र प्राविधिक बनाउनुपर्छ ।
शिक्षाको माध्यमबाट कृषि, पर्यटन, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य, सिंचाइ, खानेपानी तथा घरेलु उद्योगमा योगदान दिन सक्ने दक्षजनशक्ति उत्पादन
गर्नुपर्छ।
•
घरेलु वस्तु उत्पादन गर्ने साना उद्योगहरूको स्थापनामा जोड दिनुपर्छ। आफ्नो देशका स्रोत
साधनलाई उपयोग गर्न सकिने खालका कारखानाहरू सञ्चालन गर्नुपर्छ। यसका लागि स्वदेशी
निजी लगानी र नेपाली कामदारलाई महत्त्व दिनुपर्छ।
•
गरिबीको रेखामुनि रहेका युवावर्गलाई सिपमुलक कामको तालिम
दिनुपर्छ। सिपमूलक तालिम सञ्चालन गर्दा स्थानीय आवश्यकतालाई ख्याल गर्नुपर्छ।
तालिमप्राप्त युवालाई सिपअनुसारको रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्छ ।
बसाईसराइको आर्थिक र
सामाजिक प्रभाव
(Economic
and Social Effects of Migration)
- बसाइँ सरेर जुन ठाउँ छाडिन्छ, त्यसलाई उद्गम स्थल (Place of
Origin) र जुन ठाउँमा
गइन्छ, त्यसलाई
गन्तव्य स्थल (Place of Destination) भनिन्छ । बसाइँसराइले उद्गम र गन्तव्य दुवै स्थानमा सकारात्मक
तथा नकारात्मक असर पारेको हुन्छ।
बसाइँसराइको आर्थिक
प्रभाव (Economic Impact) : सकारात्मक प्रभाव
- उद्गम स्थलमा- जनसङ्ख्याको चाप कम हुन्छ।
जसले गर्दा दैनिक उपभोग्य वस्तु जस्तैः अन्नबाली, तरकारी, दहीदुध, माछामासु, फलफूल आदि सस्तो मूल्यमा उपभोग गर्ने अवसर
मिल्छ।
- गन्तव्य स्थलमा आफूले उत्पादन गरेका वस्तु
तुरुन्त बिक्री गर्न सकिन्छ। त्यसैगरी आफूलाई आवश्यक पर्ने वस्तु रोजेर खरिद
गर्न सकिन्छ।
- उद्गम स्थलमा- जनसङ्ख्याको चाप कम हुन्छ।
जसले गर्दा कामदारहरूको पारिश्रमिक र इज्जत दुवै पक्षमा वृद्धि हुन्छ।
- गन्तव्य स्थलमा काम र ज्यालाको आधारमा
व्यक्तिलाई खासै ठुलो भेदभाव गरिँदैन।
- उद्गम स्थलमा- जनसङ्ख्याको चाप कम हुन्छ।
जसले गर्दा दैनिक उपभोग्य वस्तु जस्तैः अन्नबाली, तरकारी, दहीदुध, माछामासु, फलफूल आदि सस्तो मूल्यमा उपभोग गर्ने अवसर
मिल्छ।
- गन्तव्य स्थलमा आफूले उत्पादन गरेका वस्तु
तुरुन्त बिक्री गर्न सकिन्छ। त्यसैगरी आफूलाई आवश्यक पर्ने वस्तु रोजेर खरिद
गर्न सकिन्छ।
- उद्गम स्थलमा- जनसङ्ख्याको चाप कम हुन्छ।
जसले गर्दा कामदारहरूको पारिश्रमिक र इज्जत दुवै पक्षमा वृद्धि हुन्छ।
गन्तव्य स्थलमा काम र ज्यालाको आधारमा व्यक्तिलाई खासै ठुलो भेदभाव गरिँदैन।
बसाइँसराइको आर्थिक
प्रभाव : नकारात्मक प्रभाव (Negative Impacts)
- उद्गम स्थलबाट- युवाशक्तिहरू बढी बसाइँ सर्ने गर्छन्। जसले
गर्दा स्थानीय क्षेत्रमा काम गर्न सक्ने जनशक्तिको कमी हुन्छ।
- गन्तव्य स्थलमा बाहिरबाट बसाइँ सरेर आउने जनशक्तिको कारणले
स्थानीय व्यक्तिको रोजगारीमा असर पर्छ।
- उद्गम स्थलबाट सिपयुक्त जनशक्ति पनि पलायन हुन्छन्। जसको
कारणले स्थानीय क्षेत्रका स्रोत साधनको सदुपयोग हुन पाउँदैन।
- गन्तव्य स्थलमा- जनसङ्ख्याको चाप ज्यादा हुन्छ। जसले गर्दा
प्राकृतिक स्रोत साधनहरू नष्टभ्रष्ट हुन्छन्।
- उद्गम स्थलमा उद्योग, व्यापार अन्य पेसा व्यवसायमा लगानी गर्ने
व्यक्तिको कमी हुन्छ।
- गन्तव्य स्थलमा उद्योग, व्यापार र अन्य पेसा व्यवसायमा अस्वस्थ
प्रतिस्पर्धा बढ्छ । जसले गर्दा उपभोक्ताहरू मारमा पर्छन्।
- उद्गम स्थलमा- उत्पादनशील खेत बाँझो रहन्छ । जसले गर्दा
देशमा खाद्यान्नको कमी हुने, मूल्य वृद्धि हुने र खाद्यान्नका लागि विदेशी राष्ट्रसँग निर्भर
रहनुपर्छ।
- गन्तव्य स्थलमा उत्पादनशील खेतलाई घरबस्तीले ढाकेको हुन्छ ।
जुन ठाउँमा कृषि उत्पादनको का कुनै सम्भावना रहदैन।
बसाइँसराइको सामाजिक
सांस्कृतिक प्रभाव:
सकारात्मक प्रभाव (Positive
Impacts)
•
उद्गम स्थलबाट देश विदेशमा पुगेका युवा वर्गले आफ्नो घरमा आर्थिक सहयोग गरेका
हुन्छन्। यस्तो सहयोगलाई परिवारको शिक्षा, स्वास्थ्य, आवास आदि क्षेत्रमा उपयोग गरी गुणस्तरीय जीवनशैली निर्माण गर्न
सकिन्छ।
•
गन्तव्य स्थलमा- यातायात, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा आदि पूर्वाधारको उपभोग गर्ने अवसर मिल्छ।
•
उद्गम स्थलमा विदेशी प्रभाव पर्न पाउँदैन । जसले गर्दा आफ्नो मौलिक कला, भाषा र संस्कृति जिउँदो रहन्छ ।
•
गन्तव्य स्थलमा- देश विदेशको भाषा, संस्कृति सिक्ने अवसर प्राप्त हुन्छ।
उद्गम स्थलमा- परम्परागत सामाजिक मूल्यमान्यता कायम रहेको हुन्छ। यस्ता
ठाउँमा आपसी सहयोग, ऐचोपैचो सरसापट आदि
मानवीय भावना कायम रहन्छ ।
•
गन्तव्य स्थलमा अनेक प्रकारका सामाजिक कुप्रथा जस्तैः छुवाछुत, छाउपडी, बोक्सी आदि समस्याको सम्भावना रहँदैन ।
•
उद्गम स्थलमा अनावश्यक भिड, होहल्ला, ठगी, लुटपाट आदि समस्या ज्यादै कम हुन्छ ।
•
गन्तव्य स्थलमा प्रहरी, दमकल, एम्बुलेन्स, सहरी यातायात आदिको सुविधा हुन्छ। जसले गर्दा
सामाजिक जीवनशैली निकै सहज बन्न सक्छ ।
बसाइँसराइको सामाजिक
सांस्कृतिक प्रभाव:
नकारात्मक प्रभाव (Negative
Impacts)
- उद्गम स्थलका युवावर्ग बढी सङ्ख्यामा बसाई
सर्ने गर्छन्। जसले गर्दा घरपरिवार तथा सिङगो समाजलाई असुरक्षित भएको महसुस
हुन्छ।
- गन्तव्य स्थलमा घरपरिवारबाट टाढा रहेका
व्यक्तिले आफूलाई एक्लो भएको महसुस गर्छन्। यो घर परिवारबाट विछोड भएको
अवस्था हो।
- उद्गम स्थलमा- जनसङ्ख्या र युवाशक्तिको कमी
हुन्छ। जसले गर्दा यातायात, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा, सुरक्षाजस्ता पूर्वाधारको विस्तार हुन गाह्रो पर्छ।
- गन्तव्य स्थलमा- विकासका पूर्वाधारको सुविधा
प्राप्त गर्ने विषयमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ। जसले गर्दा मध्यम तथा
निम्न वर्गीय परिवारको जीवनशैली कठिन बन्दै जान्छ।
- उद्गम स्थलबाट धेरै युवाहरू वैदेशिक रोजगारीमा गएका हुन्छन्।
यस्ता धेरै घरपरिवारमा सम्बन्ध विच्छेदको स्थिति सिर्जना भएको हुन्छ ।
- गन्तव्य स्थलमा पुगेका एक्ला युवा वा
युवतीहरू अर्कै संसारमा भुल्न सक्छन् । जसले गर्दा आफ्नो पारिवारिक सम्बन्ध
विच्छेद हुने सम्भावना रहन्छ ।
- उद्गम स्थलमा- शिक्षा र चेतनाको कमी हुन्छ।
जसले गर्दा अनेक प्रकारका कुप्रथा, सामाजिक समस्या र विकृतिहरू कायमै रहन्छन्।
- गन्तव्य स्थलमा- विदेशी भाषा, संस्कृतिको प्रभाव पर्छ। जसले गर्दा
आफ्नो मौलिक संस्कृति लोप हुन सक्ने सम्भावना रहन्छ।
सुरक्षित एवम्
मर्यादित आप्रवासन
(Safe and Dignified In-migration)
- बसाइँ सरेर आउने कार्यलाई आप्रवासन (In-migration)
भनिन्छ। जस्तैः
ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँ सरेर आउनु आप्रवासन हो। पहाडी र
हिमाली क्षेत्रबाट तराईमा बसाइँ सरेर आउनु आप्रवासन हो । विभिन्न देशबाट
नेपालमा हुने बसाइँसराइ पनि आप्रवासन हो। आफ्नै देशको एक ठाउँबाट अर्को
ठाउँमा बसाइँ सर्न पाउनु संवैधानिक अधिकार हो । त्यसैले देशभित्र हुने
बसाइँसराइलाई नियन्त्रण गर्न सकिन्छ तर रोक्न सकिँदैन ।
- एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्दा
त्यहाँको आर्थिक, सामाजिक
तथा वातावरणीय पक्षमा खासै ठुलो असर पर्दैन भने त्यसलाई सुरक्षित एवम्
मर्यादित बसाइँसराइ भनिन्छ।
सुरक्षित एवम्
मर्यादित बसाइँसराइका लागि ध्यान दिनुपर्ने कुराहरु:
(क) योजना सहरबजारको
विस्तार गर्न :
मानिसहरू देश विदेशका विभिन्न क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँ सर्ने गर्छन्।
त्यसैले प्रत्येक सहरलाई व्यवस्थित तरिकाले विस्तार गर्नुपर्छ। जसले गर्दा सहरी
क्षेत्रमा बसाइँ सरेर आउने व्यक्ति सुरक्षित तथा मर्यादित बासिन्दा बन्न सकुन्।
(ख) सार्वजनिक स्थलको संरक्षण गर्ने:
बसाइँसराइको
प्रभावले नदी, पोखरी, ताल, वनजङ्गल, धार्मिक स्थल,
सड़क, चौर आदि सार्वजनिक स्थललाई अतिक्रमण गर्न दिनु
हुँदैन। यस्ता सम्पदा वरिपरिको क्षेत्रलाई मानव बस्तीबाट बचाउनुपर्छ।
(ग) स्थानीय विकासमा जोड दिने:
जुन ठाउँलाई छाडेर मानिसहरू बसाइँ सर्छन्, त्यसका कारणहरू पत्ता लगाउनुपर्छ। त्यस्ता ठाउँमा यातायात, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता पूर्वाधारको विस्तारमा जोड दिनुपर्छ
। कृषि, पर्यटन तथा घरेलु
उद्योगको विस्तार गरी रोजगारीका अवसर बढाउनुपर्छ। जसले गर्दा कसैलाई पनि आफ्नो
ठाउँ छाडेर हिँड्ने वातावरण सिर्जना नहोस्।
बसाइँसराइको गणना (Measurement
of Migration)
१.
आन्तरिक बसाइँसराइ (Internal Migration)
(क) भित्री बसाइँसराइ
दर (In-Migration Rate: IMR)
(ख) बाह्य बसाईसराई
दर (Out-Migration Rate: OMR)
(ग) खुद बसाइँसराइ
दर (Net- Migration Pate: NMR)
(घ) कुल बसाइँसराइ दर
(Gross Migration Rate: GMR)
2 .
बाह्य बसाइँसराइ (External Migration)
(क) आप्रवासन दर (Immigration Rate)
(ख) प्रवासन दर(Emigration Rate)
(ग) खुद बसाइँसराइ दर (Net
Migration Rate)
(घ) कुल बसाइँसराइ दर (Gross
Migration Rate)
उदाहरण :
(क) भित्री
बसाइँसराइ दर (In Migration Rate)
एउटा निश्चित क्षेत्रमा देशका विभिन्न ठाउँबाट बसाईं सरी आउनेको तथ्याङ्कलाई
भित्री बसाइँसराइ भनिन्छ।
मानौँ २०७७ को तथ्याङ्कअनुसार बुटवल सहरमा मध्यवर्षको कुल जनसङ्ख्या १,२५,००० थियो। त्यही वर्ष उक्त सहरमा विभिन्न ठाउँबाट
३४,००० मानिस बसाइँ
सरेर आए। त्यस ठाउँको बसाइँसराइ दर कति होला ?
प्रश्नअनुसार-
•
२०७८ सालमा बुटवल सहरको कुल जनसङ्ख्या = १,२५,०००
•
त्यस ठाउँमा त्यही वर्ष बाहिरबाट बसाइँ सरी आउनेको सङ्ख्या = ३४,०००
•
आन्तरिक बसाइँसराइ दर = ?
सूत्रअनुसार,
आन्तरिक बसाइँसराइ दर =
यस ठाउँमा बाहिरबाट
बसाइँ सरी आउनेको सङ्ख्या/ कुनै सहरको कुल जनसङ्ख्या (मध्यवर्षको) x १,०००
= ३४,०००/१,२५,००० x १००० = १७२ प्रतिहजार
त्यसकारण, वि.सं. २०७७ मा बुटवल सहरको आन्तरिक बसाइँसराइ दर
१७२ जना
प्रतिहजार देखियो।
बसाइँसराइको दर
निकाल्नका लागि तलका सूत्र प्रयोग गर्नुहोस्:
१.
आन्तरिक बसाइँसराइ
भित्री बसाइँसराइ दर =
त्यस ठाउँमा बसाइँ सरी आउने जानेको
सङ्ख्या/कुनै ठाउँको कुल
जनसङ्ख्या (मध्यवर्षको) x १०००
बाह्य बसाइँसराइ दर = त्यस ठाउँबाट बसाइँ सरी जानेको सङ्ख्या/ कुनै ठाउँको कुल जनसङ्ख्या (मध्यवर्षको) x
१०००
खुद बसाइँसराइ दर = त्यस ठाउँमा बसाइँ सरी आउने - जानेको सङ्ख्या/ कुनै ठाउँको कुल जनसङ्ख्या (मध्यवर्षको) x
१०००
कुल बसाइँसराइ दर =
त्यस ठाउँमा बसाइँ सरी आउने + जानेको सङ्ख्या/ कुनै ठाउँको कुल जनसङ्ख्या (मध्यवर्षको) x
१०००
२.
बाह्य बसाइँसराइ :
३.
आप्रवासन दर = त्यस ठाउँमा अन्य देशबाट बसाई सरी आउनेको सङ्ख्या/ कुनै ठाउँको कुल जनसङख्या (मध्यवर्षको) x १०००
प्रवासन दर = त्यस ठाउँबाट अन्य देशमा बसाईं सर्नेको सङ्ख्या
/ कुनै ठाउँको कुल जनसङख्या (मध्यवर्षको)
x १०००
खुद बसाइँसराइ दर = अन्य देशबाट त्यहाँ आउने - जानेको सङ्ख्या/ कुनै ठाउँको कुल जनसङख्या (मध्यवर्षको) x १०००
कुल बसाइँसराइ दर = अन्य देशबाट त्यहाँ आउने + जानेको सङ्ख्या/
कुनै ठाउँको कुल जनसङख्या (मध्यवर्षको)
x १००
Comments
Post a Comment