कक्षा : १२ सामाजिक अध्य्यन एकाइ: १० अर्थतन्त्र र विकास (Economics & Development)
एकाइ: १० अर्थतन्त्र र विकास
(Economics & Development)
पाठ : १
नेपालको
अर्थतन्त्र र विकास
(Nepalese Economics & Development)
अर्थतन्त्रको परिचय
अर्थतन्त्र भनेको उत्पादन, उपभोग, विनिमय, वितरण तथा राजस्वको
अन्तरसम्बन्धित क्रियाकलापहरूको समष्टिगत संरचना हो जसले दुर्लभ साधनहरूको उचित
वितरण र सदुपयोगद्वारा मानवीय आवश्यकता पूरा गर्ने उद्देश्य लिएको हुन्छ। यसलाई
अर्थव्यवस्था वा आर्थिक प्रणाली पनि भनिन्छ।
वर्तमान समयका आर्थिक प्रणालीहरूलाई ३
प्रकारमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ:
१. पुँजीवादी अर्थव्यवस्था: पुँजीवादी
अर्थव्यवस्था भनेको अहस्तक्षेपकारी सरकारी भूमिका हुने, माग
र पूर्तिको अन्तरक्रियाबाट मूल्य निर्धारण हुने तथा निजी क्षेत्रको प्रमुख भूमिका
रहने स्वतन्त्र आर्थिक प्रणाली हो। जस्तै- अमेरिका, बेलायत, क्यानडा तथा पश्चिमी युरोपका देशहरूको
अर्थव्यवस्था।
२. समाजवादी अर्थव्यवस्था: समाजवादी
अर्थव्यवस्था भनेको केन्द्रीय वा योजनाबद्ध अर्थव्यवस्था हो जुन राज्यद्वारा पूर्ण रूपमा नियन्त्रित तथा
निर्देशित हुन्छ र जसमा निजी क्षेत्रको कुनै भूमिका हुंदैन। जस्तै- चीन, उत्तर
कोरिया, क्युवा,
भियतनाम आदि देशले आगाँलेको अर्थ्व्यवस्था।
३. मिश्रित अर्थव्यवस्था: मिश्रित अर्थव्यवस्था भनेको पुँजीवादी तथा
समाजवादी दुबै अर्थव्यवस्थाका राम्रा पक्षलाई समावेश गरी बनाइएको आर्थिक प्रणाली
हो। यस्लाई मिश्रित अर्थव्यवस्था पनि भनिन्छ। जस्तै- नेपाल, भारतलगायतका
अतिकम विकशित तथा विकासशील राष्ट्रहरूले अवलम्बन गरेका अर्थव्यवस्था।
आर्थिक विकास र आर्थिक
वृद्धि:
आर्थिक विकास गुणात्मक अवधारणा हो भने
आर्थिक वृद्धि सङ्ख्यात्मक अवधारणा हो।
विकास भनेको सकरात्मक परिवर्तन हो।
अर्थात् देशको आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिक
आदि क्षेत्रमा हुने सकारात्मक परिवर्तन नै विकास हो।
अर्थशास्त्री लिविसका अनुसार, “आर्थिक विकास भनेको प्रतिव्यक्ति उत्पादनमा
वृद्धि हुनु हो।”
अर्थशास्त्री मेयर र बाल्डविनका अनुसार,
“आर्थिक विकास भनेको एउटा प्रक्रिया हो
जसका कारण एउटा अर्थ व्यवस्थाको दीर्घकालसम्म वास्तविक राष्ट्रिय आय वृद्धि भइरहन्छ।
विकासका
सूचकहरू
•
उच्च प्रतिव्यक्ति
आय
•
उच्च राष्ट्रिय आय
•
उच्च मानव विकास
सूचक
•
आधारभूत आवश्यकताको
परिपूर्ति
•
गरिबी, बेरोजगारी र
असमानता कम
•
मानव कल्याणमा
वृद्धि
•
सम्पदाको उचित
प्रयोग तथा संरक्षण
•
वातावरणीय सन्तुलन
•
मानव खुस
नेपालको अर्थतन्त्र
• नेपालले मिश्रित आर्थिक प्रणालीलाई
अङ्गीकार गरेको छ। नेपालको अर्थव्यवस्थाका प्रमुख आधारहरू: कृषि, उद्योग
तथा व्यापार, पर्यटन, वैदेशिक रोजगार आदि हुन्। अर्थ
मन्त्रालय (२०७८) अनुसार आर्थिक वर्ष २०७६/७७ मा कृषि क्षेत्रको योगदान कुल मूल्य अभिवृद्धिमा २६.४
प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ३०.७ प्रतिशत रहेको थियो भने यस्तो तथ्याङ्क
गैरकृषि क्षेत्रका लागि व्रmमशः
७४.२ प्रतिशत र ६९.३ प्रतिशत रहेको थियो।
नेपालको विदेश नीतिका आधारहरू
नेपालको
संविधानको धारा ५१ को उपधारा ‘ङ’ मा नेपालको विदेश नीतिका बारे निम्न
दुई कुरा उल्लेख गरिएको छ ।
१. नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा
गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र
विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र
परराष्ट्र नीति सञ्चालन गर्ने।
२. विगतमा भएका सन्धिहरूको पुनरवलोकन
गर्दै समानता र पारस्परिक हितका आधारमा सन्धि सम्झौताहरू गर्ने।
संविधानमा उल्लिखित यी विषयवस्तुका
आधारमा नेपाल सरकारले नेपालका विदेश नीतिहरू यसप्रकार तय गरेको छ:
१. सबैको सार्वभौमिकता र भौगोलिक
अखण्डताको सम्मान गर्ने
२. कुनै पनि देशको आन्तरिक मामिलामा
हस्तक्षेप नगर्ने
३. समानता र पारस्परिक हितका आधारमा
नयाँ सन्धि सम्झौताहरू गर्ने
४. पारस्परिक समानताको सम्मान गर्ने
५. विवादको शान्तिपूर्ण निरुपण गर्ने
६. पारस्परिक लाभका आधारमा व्यवहार
गर्ने
७. संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति
प्रतिबद्ध हुने
८. पञ्चशीलको सिद्धान्तका आधारमा
व्यवहार गर्ने
९. विश्वशान्तिको मान्यतालाई अङ्गीकार
गर्ने
१०. विगतका सन्धिहरूको पुनरावलोकन गर्दै जाने
नेपालको अन्तरराष्ट्रीय सम्बन्ध
क) नेपाल- भारत सम्बन्ध :
पौराणिक कालदेखि
नै नेपाल र भारतबिच घनिष्ट सम्बन्ध कायम हुँदै आएको देखिन्छ। नेपाल उपत्यकामा शासन
गर्ने किराँतीहरूले महाभारतको युद्धमा भाग लिनु, भारतका पाँचपाण्डव तथा ऋषिमुनिहरूले
नेपाललाई आफ्नो ज्ञान प्राप्त गर्ने तपोभूमि बनाउनु, नेपालको लुम्बिनीमा जन्मिएका
सिद्धार्थ गौतमले भारतको बोधगयामा गई बुद्धत्त्व प्राप्त गर्नु आदि
नेपाल-भारतबिचको पौराणिक सम्बन्धका महत्त्वपूर्ण उदाहरण हुन्।
नेपाल-भारतबिचको सम्बन्धमा समेटिएका प्रमुख कुराहरू:
१. महात्मा गान्धीको नेतृत्त्वले
भारतीय भूमिका अङ्ग्रेज विरोधी आन्दोलन सुरु गयो। आन्दोलनमा भारतका विभिन्न ठाउँमा
अध्ययनरत नेपाली विद्यार्थीहरू पनि सहभागी भएका थिए।
२. भारतबाट अङ्ग्रेज शासनको पतन भएपछि
नेपाल-भारतबिच दौत्य सम्बन्ध कायम (१३ जुन १९४७) भयो।
३. अङ्ग्रेज शासनबाट भारत स्वतन्त्र
भएपछि त्यसको प्रभाव नेपालमा पनि पर्यो। नेपालको राणा विरोधी आन्दोलनमा भारतीय
शासकहरूले सहयोग गरे। भारतीय सहयोगमै तत्कालीन राज त्रिभुवनलाई भारतमा शरण दिने र
दिल्ली सम्झौतामार्फत नेपालमा प्रजातन्त्रको घोषणा गराउने कार्य सम्पन्न गरियो।
४. नेपाल भारतबिच द्विपक्षीय आर्थिक
सम्बन्धको थालनी सन् १९५० को सन्धिबाट भएको पाइन्छ।
५. वि.सं. २०१७ सालमा तत्कालीन राजा
महेन्द्रले दलमाथि प्रतिबन्ध लगाए पश्चात् नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट
पार्टीका नेताले भारतमा शरण पाउनु, २०४६ सालको जनआन्दोलनमा भारतीय राजनेताले सहयोग पुयाउनु, २०६२/०६३ सालको आन्दोलन सफल बनाउने
चरणवद्ध कार्यमा भारतीय पक्षको मद्दतलाई भुल्न मिल्दैन।
नेपाल-भारतबिचको सामाजिक तथा
सांस्कृतिक र आर्थिक सम्बन्ध
नेपाल-भारतबिचको सामाजिक तथा
सांस्कृतिक सम्बन्ध
§ भारतीय ऋषिमुनिहरूले ज्ञान प्राप्त
गर्ने थलो नेपाललाई बनाउनु,
§ नेपालको लुम्बिनीमा जन्मिएका
सिद्धार्थ गौतमले भारतको बोधगयामा गई बुद्धत्त्व प्राप्त गर्नु,
§ भारतीय मौर्य सम्राटले लुम्बिनीमा
अशोकस्तम्भ निर्माण गर्नु,
§ नेपाल एकीकरण हुनुभन्दा अगाडि
नेपाली र भारतीय राजा रजौटाबिच वैवाहिक सम्बन्ध कायम हुनु आदि घटनाहरू
नेपाल-भारतबिच सम्बन्ध जोड्ने एतिहासिक प्रमाणहरू हुन्।
नेपाल–भारतबिचको आर्थिक सम्बन्ध
§ प्राचीन कालदेखि नै नेपालमा
उत्पादित ऊनीका राडीपाखी तथा कम्बल भारतीय बजारमा बिक्री हु गरेको कुरा कौटिल्यको
अर्थशास्त्रमा उल्लेख गरिएको छ।
§ नेपाल-भारतबिचको औपचारिक आर्थिक
सम्बन्ध भने सन् १९५० को सन्धिबाट दुई राष्ट्रका नागरिकले एक अर्को देशमा गई
औद्योगिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न पाउने कुरा उल्लेख गरिएको छ।
§ नेपाल - भारतबिच 'कोशी सम्झौता' (सन् १९५४), 'गण्डक सम्झौता' (सन् १९५९) तथा 'टनकपुर सन्धि' (सन् १९९६) सम्पन्न भएका छन्। यस्ता
सम्झौतामा नेपालका नदीलाई सिँचाइ तथा जलविद्युत्का लागि उपयोग गर्ने विषयमा सहमति
गरिएको पाइन्छ।
§ नेपाल भारतबिच सन् २००९ मा 'नयाँ बाणिज्य सन्धि' कायम भएको छ। यस सन्धिमा
नेपाल-भारतबिच व्यापारिक नाकाको सङ्ख्या वृद्धि गर्ने तथा भन्सार शुल्क (Tax) कम गर्ने विषयमा सहमति गरिएको छ।
नेपालको आर्थिक विकासमा भारतीय
सहयोगले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। जस्तैः
• बी.पी. कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान, धरान
• वीर अस्पताल तथा ट्रमा सेन्टर, काठमाडौँ
• पूर्व- पश्चिम, सुनौली-पोखरा, काठमाडौं-त्रिशुली, हुलाकी आदि राजमार्ग
• रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइप
लाइनको विस्तार,
• एम्बुलेन्स, स्कुल बस, भवन निर्माण आदि।
हाल नेपालमा सञ्चालित भारतीय
सहायताका केही परियोजनाहरू
(क) बुटवल
नारायणगढ सडक विस्तार परियोजना
(ख) दक्षिणकाली
कुलेखानी सडक विस्तार परियोजना
(ग) राष्ट्रिय
ट्रमा सेन्टर निर्माण परियोजना
(घ) रक्सौल
विरगन्ज रेल परियोजना
(ङ)
महेन्द्रनगर टनकपुर सडक परियोजना
नेपाल र चीन सम्बन्ध
• नेपाल-चीनबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध
• नेपाल-चीनको सम्बन्धलाई आजभन्दा
लगभग ३ हजार वर्ष पुरानो मानिन्छ।स्वयम्भू पुराणका अनुसार चीनियाँ धार्मिकयात्री
मज्जुश्रीले नेपाल भ्रमण गरेका र तलाउको रूपमा रहेको काठमाडौं उपत्यकाको पानीलाई
कटुवाल दहबाट बग्ने व्यवस्था मिलाएको कुरा उल्लेख गरिएको छ।
छैटौँ शताब्दीको अन्त्यतिर नेपाली राजकुमारी भृकुटीको विवाह तिब्बती राजा स्रङ्चङ
गम्पोसँग भएको थियो।
• तेरौ शताब्दीमा कलाकार अरनिकोले
चीनमा गई आफ्नो कलाकारिता प्रदर्शन गरेपछि दुई देशबिचको सम्बन्ध अगाडि बढ्दै गयो।
बेइजिङको केन्द्रमा निर्माण गरिएको श्वेतचैत्य हालसम्म पनि पर्यटकको आकर्षण
केन्द्र बनेको छ।
• चीनियाँ यात्री हुयान साङको नेपाल
भ्रमणलाई ऐतिहासिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। उनले प्राचीन कालको नेपाली
संस्कृतिलाई बेजोड तरिकाले बयान गरेका प्रमाणहरू भेटिन्छन्।
• नेपाल र चीनविच बौद्ध धर्मावलम्वीको
आवत-जावत अझसम्म पनि कायम रहेको छ।
हाल नेपालमा सञ्चालित चिनिया“ सहायताका केही परियोजनाहरू
• माथिल्लो त्रिशुली हाइड्रोपावर
परियोजना
• काठमाडौँ चक्रपथ सुधार परियोजना
• पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट
निमार्ण परियोजना
• स्याफ्रुबेँसी रसुवागढी सडक निर्माण
• सिभिल अस्पताल स्तरोन्नति परियोजना
• कोदारी राजमार्ग स्तरोन्नति
कार्यक्रम
• भेरी बबई डाइभर्सन बहुउद्देश्य
परियोजना आदि ।
आर्थिक सम्बन्ध
आर्थिक विषयलाई
लिएर नेपाल र तिब्बत तथा चीनविच ३ ओटा युद्ध भए। तीन ओटा युद्धमा नेपालले विजय
प्राप्त गयो । युद्धविरामका लागि दुई देशबिच सन्धि सम्झौता भयो।
(१) केरुङ
सन्धि (सन् १७८९)
(२) बेत्रावती
सन्धि (सन् १७९२) तथा
(३) थापाथली
सन्धि (सन् १८५६)
• यी सन्धिमा व्यापार व्यवस्थापन, मुद्रा तथा सिमा सम्बन्धी विषयमा
सम्झौता भएका थिए।
- लिच्छविकाल
चीनका लागि नेपाली भूमि एउटा ठुलो बजार क्षेत्र हो। चीनमा उत्पादन भएका सामानले सर्वसाधारण नेपालीको जीवनशैली सहज बनेको छ भने चीनको व्यापारमा ठुलो सहयोग प्राप्त भएको छ।
चीनले नेपालको आर्थिक विकासमा ठूलो सहयोग गर्दै आएको छ। जस्तै:
• काठमाडौँ पोखरा, मुग्लिन नारायणघाट, काठमाडौं चक्रपथ, अरनिको राजमार्ग निर्माण, काठमाडौ स्थित नयाँ वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सुनकोशी हाइड्रो पावर
• हाल बन्द भएका ठूली बस, बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखान आदिको निर्माणमा विशेष सहयोग प्राप्त भएको छ।
• संविधान सभाको निर्वाचन सम्पन्न भएपछि गणतन्त्रात्मक नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को पहिलो भ्रमण चीनमै भएको थियो।
• सन् २०१७ मा पहिलो र सन् २०१९ चीनमा भएको दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनम नेपालका राष्ट्रप्रमुखको पनि सहभागिता रहेको थियो।
अर्थतन्त्र र नेपालको वैदेशिक
सम्बन्ध (Economy and
Foreign Relation of Nepal)
• नेपाल-अङ्ग्रेजविच भएको सुगौली
सन्धि (सन् १८१६) पश्चात् नेपालको अर्थतन्त्र वैदेशिक राष्ट्रसँग जोडिन गयो।
नेपाली युवाहरू Gorkha Regiment अन्तर्गत
ब्रिटिस भारत सेनामा भर्ती हुन थाले। त्यही साल नेपाल र बेलायतबिच दौत्य सम्बन्ध
कायम भयो। त्यसपछि नेपाल र बेलायतबिच राजनीति, -कूटनीतिक तथा आर्थिक सम्बन्ध कायम भयो।
• हाल
(ख) नेपाललाई आर्थिक सहयोग गर्ने मुख्य दातृराष्ट्रहरूः भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका(USA), बेलायत (UK), जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स, डेनमार्क, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, स्विट्जरल्याण्ड आदि हुन्।
• भारत, चीन, जर्मनी, फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलायत, जापान आदि देशमा आफ्ना उत्पादनलाई
निर्यात गर्दछ।
• सार्क (SAARC), बिमस्टेक (BIMSTEC), विश्व व्यापार सङगठन (WTO), विश्व बैडक (World Bank), संयुक्त राष्ट्रसङ्घीय विकास
कार्यक्रम (UNDP), युनेस्को (UNESCO) आदि सङ्घ सङ्गठनमार्फत नेपालको अर्थतन्त्र
विश्वसमुदायसँग जोडिएको देखिन्छ।
• विश्वका ११० राष्ट्रसँग नेपालको
श्रम सम्झौता कायम भएको छ । नेपालबाट लगभग ५० लाख नागरिक विश्वका विभिन्न देशमा
छरिएर रहेका छन्। वैदेशिक रोजगारीबाट नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण सहयोग
प्राप्त भएको छ। वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण (Remittance) ले नेपालको कुल राष्ट्रिय उत्पादनमा
लगभग २५ प्रतिशत योगदान दिएको छ। त्यसैले नेपालको अर्थतन्त्र दातृराष्ट्र र Remittance मा धेरै हदसम्म निर्भर देखिन्छ।
नेपाल र विश्वबिचको सम्बन्ध
§ वि.सं. २००० (सन् १९५०) को
दशकपश्चात् संसारमा आर्थिक उदारीकरण, निजीकरण र विश्वव्यापीकरण अवधारणाको सुरुआत भएको हो। विश्व
बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोषले संरचनागत समायोजनका कार्यक्रमहरू ल्याए पश्चात् नेपालले पनि उनीहरूको सर्तहरू
मान्दै वि.सं. २०३० (सन् १९८०) को दशकदेखि आर्थिक ऋण सहयोग लिन थालेको हो।
§ नेपालले वि.सं. २००८ (सन् १९५१) मा
पहिलो पटक अमेरिकाबाट २,०००
अमेरिकी डलर नगद सहयोग प्राप्त गरेको थियो। जब नेपालले विश्व व्यापार सङ्गठनको
सदस्यता लियो र विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषका सर्तहरू पूरा गरी ऋण
लिन थाल्यो तब नेपाल पनि विश्व समुदायसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
§ नेपालले कुल विश्व व्यापारको करिव
०.१ प्रतिशत मात्र अंश ओगटेका भए तापनि यसले हाल विश्वका करिव १५० मुलुकहरूसँग
व्यापारिक सम्बन्ध कायम गरेको छ।
§ नेपालले वि.सं. २०६० भाद्र २५
(सेप्टेम्बर ११, २००३) मा १४८
औँ सदस्यको रूपमा विश्वव्यापार सङ्गठनको सदस्यता लिएको थियो।
§ नेपालको वि.सं. १८७३ (सन् १८१६) मा
बेलायतसँगको कूटनीतिक सम्बन्ध तथा वि.सं. १८७३ (सन् १८१६) को सुगौली सन्धिपश्चात्
अन्तर्राष्ट्रिय सम्बन्धले नयाँ दिशा लिएको हो ।
नेपाल र विश्वस्तरका
सङ्गठनहरूबिचको सम्बन्ध
संस्थाहरू सदस्यता मिति
१. संयुक्त राष्ट्रसङ्घ १९५५
२. अन्तर्राष्ट्रिय मुद्राकोष १९६१
३. विश्व बैङ्क १९६१
४. एसियाली विकास बैङ्क १९६६
५. विश्व व्यापार सङ्गठन २००३
६. विश्व स्वास्थ्य सङ्गठन २००४
वैदेशिक व्यापार सन्तुलन र घाटा
(Foreign Trade
Balance and Deficit in Nepal)
• वैदेशिक व्यापार सन्तुलन भनेको आयात
र निर्यातको मूल्यमा बराबरीको हिसाब हो। उदाहरणका लागि एक वर्षभित्रमा लगभग ५ अर्ब
डलर बराबरका सामानहरू आफ्नो देशबाट निर्यात भए र त्यही वर्ष आफ्नो देशले पनि लगभग
त्यही मूल्य बराबरका सामानहरू आयात गर्यो भने त्यसलाई वैदेशिक व्यापारको सन्तुलन
भनिन्छ। त्यसैले व्यापार सन्तुलनमा सामानहरूको गणनाभन्दा मूल्यको हिसाब राख्ने
गरिन्छ। जति मूल्य बराबरका सामानहरू निर्यात भए र लगभग त्यति नै सामानहरू आयात भए
भने त्यो सन्तुलित व्यापार हो।
• आफ्नो देशबाट धेरै मूल्य पर्ने
सामानहरू निर्यात गरियो र कम मूल्यका थोरै सामान मात्र आयात गरियो भने त्यसलाई
वैदेशिक व्यापारको सकारात्मक (Positive) सन्तुलन भनिन्छ ।
• त्यस्तै, आफ्नो देशबाट कम मूल्य पर्ने थोरै
सामान निर्यात गरिन्छ र अन्य देशबाट बढी मूल्यका धेरै सामान आयात गरिन्छ भने
त्यसलाई वैदेशिक व्यापारको नकारात्मक (Negative) सन्तुलन भनिन्छ।
वैदेशिक व्यापारको सन्तुलन तालिका
(Balance of
Trade)
निर्यात = आयात ~ सन्तुलित व्यापार
निर्यात आयात ~ सकारात्मक व्यापार
निर्यात आयात ~ नकारात्मक व्यापार
कम मूल्यका थोरै सामानहरू निर्यात गर्ने र बढी मूल्यका धेरै सामानहरू आयात
गर्नुपर्ने अवस्थालाई व्यापार घाटा भनिन्छ। नेपाल यसको एउटा उदाहरणीय राष्ट्र हो।
नेपालबाट निर्यात हुने मुख्य
वस्तुहरू :
• गलैँचा, तयारी सुती तथा ऊनको कपडा, हस्तकलाका सामान, जडीबुटी, काँचो छाला तथा हड्डी, नेपाली कागज, चिया, कफी, अलैँची, सुपारी, जुट तथा जुटका सामान, आयुर्वेदिक औषधी, धागो, पामको तेल आदि
नेपालले आयात गर्ने मुख्य वस्तुहरू :
• पेट्रोलियम पदार्थ, सवारी साधन, मेसिनरी, पार्टपुर्जा, भेषभूषा, औषधी, सञ्चारका साधन, सुन, श्रृङ्गारका सामान, खाद्यवस्तु, निर्माणका लागि प्रयोग हुने औजार
आदि ।
नेपालको वैदेशिक व्यापार सन्तुलन
ऋणात्मक देखिनुका धेरै कारणहरू:
प्रमुख कारणहरू:
१. सस्तो मूल्यका वस्तु निर्यात गर्नु : नेपालबाट गलैँचा, सुती कपडा, हस्तकलाका सामान, जुट, धागो, छाला, हड्डी, जडीबुटी, चिया, अलैंची, पाम तेल आदि वस्तुहरू निर्यात
गरिन्छ। यस्ता वस्तुको मूल्य कम पर्छ।
२. महङ्गो मूल्यका वस्तु आयात हुनु: नेपालले विदेशी मुलुकबाट पेट्रोलियम
पदार्थ, सवारी साधन, मेसिनरी पार्टपूर्जा, औषधी, सञ्चारका साधन, श्रृङ्गार सामग्री, सुन आदि वस्तु आयात गर्दछ। यस्ता वस्तुको मूल्य बढी पर्छ। जसले गर्दा
आयातित सामानमा धेरै ठुलो धनराशी खर्च गर्नुपर्छ।
३. भूपरिवेष्ठित राष्ट्र हुनु : नेपाल चारैतिर जमिनले घेरिएको भूपरिवेष्ठित राष्ट्र हो।
समुद्रको मार्ग छैन। हवाई तथा जमिनको मार्ग भएर गरिने व्यापार महङ्गो पर्छ।
४. गुणस्तरीय उत्पादनको कमी हुनु : नेपालमा उत्पादित अधिकांश वस्तुको
गुणस्तर नै कमजोर छ। जसले गर्दा विश्वका गुणस्तरीय सामानसँग प्रतिस्पर्धा गर्न
सक्ने अवस्था देखिँदैन।
५. कृषि उत्पादनमा ध्यान नदिनु : नेपाल कृषि प्रधान मुलुक हो। वैज्ञानिक तरिकाले कृषि कार्य
नहुँदा विदेशबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ।
६. खनिज पदार्थको उपयोग नहुनु : नेपालमा पेट्रोल, ग्याँस, फलाम, तामा, चुनढुङ्गा आदिका खानीहरू रहेका छन्। यस्ता वस्तुको उत्पादन र उपयोग हुन नसक्दा विदेशी राष्ट्रको भर पर्नु परेको छ।
नेपालको वैदेशिक व्यापार घाटालाई
कम गर्नका लागि ध्यान दिनु पर्ने कार्यहरू :
§ नेपालले कम्तीमा पनि कृषिबाट
उत्पादन हुने वस्तुमा आत्मनिर्भर बन्न सक्नुपर्छ। यसका लागि खाद्यबाली, नगदेबाली, दलहन तथा तेलहन बाली, फलफूल तथा तरकारी खेती, पशुपालन तथा जडीबुटी उत्पादन आदि
क्षेत्रलाई नाफामूलक बनाउनुपर्छ।
§ आफ्नै देशको कृषिजन्य कच्चा
पदार्थमा आधारित उद्योगहरू सञ्चालन गर्नुपर्छ। जस्तैः जडीबुटीबाट औषधी, कपासबाट कपडा, दुधबाट डेरीको उत्पादन, पशुपालनबाट माछामासु र अन्डाको
आपूर्ति,
उखुबाट चिनी, काठबाट फर्निचर, फलफूलबाट वाइन तथा जुस, जनावरको छालाबाट जुत्ता आदि
वस्तुहरू उत्पादन गर्ने उद्योगहरू सञ्चालन गर्नुपर्छ।
§ कृषि उत्पादनमा आफ्नो देशलाई आत्मनिर्भर
बनाएपछि विदेशबाट आयात हुने सम्पूर्ण कृषिजन्य उत्पादनमा रोक लगाउनुपर्छ।
§ देशमा रहेका अन्य साधन स्रोतहरूलाई
उपयोग हुने गरी उद्योगहरू सञ्चालन गर्नुपर्छ । यसरी उत्पादन गरिएका वस्तुहरू
गुणस्तरीय तथा विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने खालका हुनुपर्छ।
§ सरकारले आफ्नो देशमा उद्योगहरू
सञ्चालन गर्न सक्ने उचित वातावरण तयार गरी स्वदेशी तथा गैरआवासीय निजी लगानीलाई
आकर्षण गर्नुपर्छ ।
नेपालको वैदेशिक श्रमसम्बन्धी नीति
(Foreign Employment
Policy of Nepal)
वैदेशिक श्रमको परिचय:
अर्को देशमा
राई कुनै पेसा व्यवसायमा सङ्लग्न हुने कार्यलाई वैदेशिक श्रम भनिन्छ। नेपालमा
वैदेशिक श्रमसम्बन्धी इतिहास एक सय वर्षभन्दा पनि लामो छ। सुरुमा नेपालीहरू कामको
खोजीमा भारत, भुटान, बर्मा आदि देशमा जाने गर्थे। यस्ता
देशमा जानका लागि पासपोर्ट तथा भिजाको आवश्यता थिएन। वि.स. १८७३ को सुगौली सन्धि
पश्चात् नेपाली युवाहरू Gorkha Regiment मा भर्ना भई भारत हुँदै बेलायतसम्म पुगे। त्यसै समयदेखि
नेपालीका लागि वैदेशिक श्रमको ढोका खुलेको हो।
वि.सं. २०४२
भन्दा अगाडिका दिनमा वैदेशिक रोजगारी त्यति सहज थिएन। नेपालमा सर्वप्रथम 'वैदेशिक श्रम ऐन, २०४२' निर्माण भयो। यस ऐनले नेपाली
कामदारलाई खाडी मुलुक (कतार, साउदी अरब, यु.ए.ई., कुवेत आदि) मा वैदेशिक श्रमसम्बन्धी ढोका खोलिदियो।
वैदेशिक श्रम
ऐन, २०४२ ले यस क्षेत्रमा प्रभावकारी
भूमिका खेल्न सकेन । त्यसैले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउने
उद्देश्यले वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावली, २०६४ जारी गरियो।
हाल वैदेशिक रोजगार नीति, २०६८ कार्यान्वयनमा आएको छ। वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने
उद्देश्यले वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार - प्रवर्द्धन बोर्डको स्थापना
गरिएको छ।
हालसम्म नेपाल सरकारले विश्वका ११०
मुलुकहरूमा वैदेशिक श्रमका लागि स्वीकृति प्रदान गरेको छ । नेपालको संविधान भाग :
४ मा वैदेशिक श्रम तथा रोजगार सम्बन्धी नीतिको व्यवस्था गरिएको छ ।
• वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्ने,
• श्रमिकको पारिश्रमिक र अधिकारको
व्यवस्थापन गर्ने,
• वैदेशिक रोजगारबाट आर्जन भएको पुँजी, सिप, प्रविधि तथा अनुभवलाई स्वदेशको
उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने कुरा उल्लेख गरिएको छ।
नेपालको वैदेशिक रोजगार नीति, २०६६ मा उल्लेख भएका मुख्य नीतिहरू:
• अन्तर्राष्ट्रिय श्रम बजारमा
रोजगारीका अवसरहरूको पहिचान तथा प्रवर्धन गर्ने।
• प्रतिस्पर्धात्मक क्षमतासहितका
सिपयुक्त जनशक्ति तयार गरी वैदेशिक रोजगारीको लाभलाई अधिकतम गर्ने,
• वैदेशिक रोजगारीका समग्र चरण तथा
प्रक्रियालाई सरल, पारदर्शी, भरपर्दो व्यवस्थित र सुरक्षित
बनाउने,
• श्रम बजारमा महिला कामदारका
सरोकारलाई सम्बोधन गर्दै समग्र आप्रवास चक्रमा उनीहरूको अधिकार सुनिश्चित गर्ने,
• वैदेशिक रोजगार व्यवस्थापनमा
सुशासनको प्रत्याभूत गर्ने,
• वैदेशिक रोजगार व्यवस्थापनमा
स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
स्रोत परिचालन गर्दै क्षेत्रगत साझेदारीक अभिवृद्धिबाट सहकार्य तथा प्रवर्धन गर्ने,
• विप्रेषणलाई मानव विकास तथा
उत्पादनशील क्षेत्रमा आधिकारिक रूपमा परिचालन गर्ने।
रणनीतिहरु (Strategies)
वैदेशिक रोजगार नीति, २०६८ ले आफ्ना लक्ष्य तथा उद्देश्य प्राप्तिका निमित्त
विभिन्न रणनीतिहरू बनाएको छ:
• नेपाली कामदारहरूका निमित्त कम
जोखिमपूर्ण तथा बढी आर्जन हुने अवसरहरूको खोजी गर्ने।
• आकर्षक श्रम बजारको खोजी र
प्रवर्धनमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने।
• आप्रवासी नेपाली कामदारहरू भएको
मुलुकमा आवश्यकताअनुसार कूटनीतिक नियोगहरू विस्तार गर्ने।
श्रम बजारलाई विविधीकरण गर्ने ।
वैदेशिक रोजगारीमा जान चाहने श्रमशक्तिलाई सिप तथा ज्ञान प्रदान गरी दक्षता
अभिवृद्धि गर्ने ।
वैदेशिक रोजगारीलाई समावेशी बनाउने ।
वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको सिप तथा उद्यमशीलता प्रवर्धन तथा परिचालन
गरी उपयोग गर्ने।
• विप्रेषणको उत्पादनशील लगानी र
अधिकतम लाभ प्राप्त हुन सक्ने गरी सार्वजनिक, निजी, साझेदारीमा आधारित उद्यम र लगानीलाई प्रोत्साहन गर्ने ।
• एक हजारभन्दा बढी नेपाली महिला
कामदार रहेको मुलुकहरूमा महिला श्रम सहचारी वा महिला कल्याणकारी अधिकृतको व्यवस्था
गर्ने ।
• विप्रेषण र यसका अधिकतम उपयोगका
सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने ।
योगदानमा आधारित सामाजिक सुरक्षाका कार्यक्रमहरूमा वैदेशिक रोजगारी र विप्रेषणलाई
आबद्ध गर्ने ।
नेपाल र क्षेत्रीय तथा वैश्विक
सङ्गठनबिचको सम्बन्ध
(Relationship between Nepal & Regional & World Organization)
• सार्क भनेको दक्षिण एसियाली
क्षेत्रीय सहयोग सङ्गठन हो ।
• SAARC को पुरा रुप South Asian
Association for Regional Co-operation हो ।
उद्देश्य: दक्षिण एसियाली क्षेत्रका
राष्ट्रहरूबिच आपसी सहयोग, पारस्परिक मैत्रीभाव तथा आत्मनिर्भरता अभिवृद्धिगरी शान्ति, सुरक्षा र स्थिरताको वातावरण
निर्माण गर्न, र
सम्प्रभुताको संरक्षण गर्न लागि गठन गरिएको हो।
सार्कको अवधारणा (Concept of SAARC):
• सार्कको अवधारणा तत्कालिन
बाङ्गलादेशका राष्ट्रपति जियाउर रहमान द्वारा मे १९८० मा प्रस्तुत गरिएको थियो।
त्यसैले यिनलाई सार्क सङ्गठनका पिता पनि मानिन्छ।
सार्कको
स्थापना वा गठन
• सार्कको स्थापना संयुक्त राष्ट्र
सङ्घ बडापत्रको अध्याय ८ को धारा: ५२ मा "पारस्परिक हितको लागि
क्षेत्रीय सङ्गठन स्थापना गर्न सकिने " प्रावधान अनुरुपनै गरिएको हो।
• सार्कको स्थापना सन् १९८५
डिसेम्बर ७ - ८ बाङ्गलादेशको राजधानी ढाकामा भएको पहिलो शिखर
सम्मेलनबाट भएको हो।
• सुरूमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स श्रीलंका र भुटान सात
सदस्य राष्ट्र थिए। यिनलाई संस्थापक राष्ट्रहरु
पनि भनिन्छ ।
अफगानिस्तान:
• सन २००७ अप्रील ४ मा अफगानिस्तान
सार्कमा प्रवेश गरेपछि यसका आठ सदस्य राष्ट्र भएका छन।
• अफगानिस्तानले तेह्रौं सम्मेलनबाट सदस्यता पाएको
र चौधों सम्मेलनबाट सहभागी भयो।
• अफगानिस्तानलाई सार्क भित्र ल्याउन
प्रस्ताव राख्ने देश भारत हो।
सार्कको
सचिवालाव
• भारतको बेङलोरमा १९८६ डिसेम्बर १६ र
१७ सम्पन्न दोस्रो शिखर सम्मेलनबाट सार्क
सचिवालय स्थापना गरियो।
• उदघाटन सन १९८७ जनवरी १६ मा वा
विक्रम सम्बत २०४३ माघ २ गते राजा विरेन्द्रबाट
गरिएको थियो ।
• नेपालको काठ्माडौको ठमेलमा अवस्थित
छ ।
• नेपालामा राख्नुपर्ने प्रस्ताव
पाकिस्तानले राखेको थियो ।
• सचिवालयको आधिकारिक भाषा अङ्ग्रेजी
हो ।
• सचिवालयको प्रमुख महासचिव हुने
व्यवस्था छ ।
• नेपालमा सार्कको महासचिवलाई राजदुत
स्तरमा वा राजदुतको मर्यादा क्रममा राखिने व्यवस्था छ ।
• कार्यकाल: पहिले २-२ वर्ष थियो तर
९औं सम्मेलन ले ३-३ वर्ष बनायो ।
सार्कका
उद्देश्यहरू (Objectives of SAARC)
सार्क
बडापत्रको धारा १ मा यस सङ्गठनका उद्देश्यहरू उल्लेख गरिएको छ। जुन निम्नानुसार
छन्ः
§ दक्षिण एसियाली क्षेत्रको जनताको
हितको अभिवृद्धी गर्ने।
§ उनीहरूको जीवन स्तरमा सुधार
ल्याउनु।
§ प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक
बाँच्ने अवसर प्रदान गर्ने।
§ सदस्य राष्ट्रहरूबिच पारस्परिक
समझदारी कायम गर्ने।
§ एक अर्काका समस्याहरू बुझ्नमा सहयोग
गर्नु।
§ यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि
सदस्य राष्ट्रहरूबिच सहकार्य र सहयोग गर्नु।
§ अन्य विकासोन्मुख राष्ट्रसँग सहयोग
विस्तार गर्नु।
§ समान उद्देश्य भएका अन्य
अन्तर्राष्ट्रिय सङ्गठनसँग सहकार्य गर्नु।
सार्कको बडापत्र:
सार्क
बडापत्रमा १० वटा धाराहरु रहेका छन:
धारा १:
उद्देश्य
धारा २:
सिद्धान्त
धारा ३:
राष्ट्र प्रमुखको बैठक
धारा ४:
मन्त्री स्तरिय बैठक
धारा ५: स्थाई
समिति
धारा ६:
प्राविधिक समिति
धारा ७: कार्य
समिति
धारा ८:
सचिवालाय
धारा ९:
वित्तिय व्यवस्था (विशेष व्यवस्था)
धारा १०:
सामान्य व्यवस्था
सार्कको
वडापत्रमा हस्ताक्षर गर्ने व्यक्तिहरु:
• भारतका तत्कालिन प्रधानमन्त्री
राजीव गान्धी, नेपालका राजा
विरेन्द्र,
भुटानका राजा
जिग्मे सिग्मे वाङचुक, पाकिस्तानका राष्ट्रपती जियाउल हक, बङ्गलादेशका राष्ट्रपति हुसेन
मोहम्मद यर्साद, श्रीलंकाका
राष्ट्रपती रिचार्ड जयवर्दने र माल्दिभ्सका राष्ट्रपती मौमुन अब्दुल गयुम थिए।
सार्कका
अङ्गहरु
• राष्ट्रप्रमुखको बैठक- यसलाई सार्कको सर्बोच्च अङ्ग र निर्णायक अङ्ग भनिन्छ ।
• मन्त्री परिषदको बैठक - यस अन्तर्गत विदेशमन्त्री वा
परराष्ट्र मन्त्रीहरुको बैठक पर्दछ।
• स्थाइ समिति- यस अन्तर्गत परराष्ट्र सचिव वा
विदेश सचिवहरुको बैठक पर्दछ।
• प्राविधिक समिति- यस अन्तर्गत कृषि, स्वास्थ्य, जनसंख्या, विज्ञान तथा प्रविधि, यातायात र वातावरण सम्बन्धी
समितिहरुको बैठक पर्दछन।
• सार्क सचिवालय- यो सार्कको प्रशासनिक कार्यगर्ने
अङ्ग हो।
सार्कका
सिद्धान्तहरू
• सार्क राष्ट्रहरूले एकआपसमा गर्ने
व्यवहारहरू निम्न पाँच ओटा सिद्धान्तमा आधारित छ:
1. सार्वभौम समानता
2. क्षेत्रीय अखण्डता
3. राजनीतिक स्वतन्त्रता
4. सदस्य देशको आन्तरिक मामिलामा
हस्तक्षेप नगर्ने
5. आपसी फाइदाहरू
सार्कका
सहकार्यका क्षेत्रहरू
सार्कका
सहकार्यका क्षेत्रहरू १४ ओटा रहेका छन्, जसलाई निम्नानुसार
प्रस्तुत गर्न सकिन्छ:
1. कृषि र ग्रामीण विकास
2. ऊर्जा
3. सूचना, सञ्चार र मिडिया
4. लगानी प्रवर्धन
5. शिक्षा र संस्कृति
6. वातावरण
7. गरिबी निवारण
8. सामाजिक विकास
9. बायोटेक्नोलोजी
10. पर्यटन
11. शान्ति र सुरक्षा
12. आर्थिक, व्यापार र वित्त
13. विज्ञान र प्रविधि
14. जनसम्पर्क
सार्कको अठारौं
सम्मेलन:
§ सन २०१४ नोभेम्बर २६ र २७ वा विक्रम
सम्बत २०७१ मंसिर १० र ११ गते काठमाडौंको
राष्ट्रीय सभागृहमा भएको थियो।
§ यसको अध्यक्षता तत्कालिन
प्रधानमन्त्री शुशील कोइरालाले गरेका थिए।
§ नारा: "शान्ती र समृद्धिको
लागी गहन एकता" थियो।
§ उपस्थित अतिथी राष्ट्र: दक्षिण अफ्रीकालाई अतिथिइको रुपमा
बोलाईएको थियो।
१८औं सम्मेलनका
महत्वपूर्ण निर्णयहरु:
§ शिखर सम्मेलन २-२ वर्षमा गर्ने
निर्णय गरियो । (यो भन्दा अगाडी १-१ वर्षमा गरिन्थ्यो)
§ १९औं सम्मेलन सन २०१६ मा
पाकिस्तानमा गर्ने निर्णय गरियो।
§ ३६ बुँदे घोषणापत्र जारी गरियो ।
§ सार्क उर्जा व्यापार सम्झौतामा
हस्ताक्षर गरियो।
१८औं सम्मेलनमा
उपस्थित राष्ट्रप्रमुखहरु:
यस सम्मेलनमा
नेपालका प्रधानमन्त्री शुशील कोइराला, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना
वाजेद्, पकिस्तानका प्रधानमन्त्री नबाज शरिफ, भुटानका प्रधानमन्त्री छिरिङ तोम्बे, श्रीलंकाका राष्ट्र पति महिन्दा
राजपाक्षे अफगानिस्तानका राष्ट्रपती मोहम्मद असरफ घानी र माल्दिभ्सका राष्ट्रपती
यमिन अब्दुल गयुम उपस्थित थिए।
सार्कका
उपलब्धिहरू तथा सम्भावनाहरू
Achievements and Prospects of SAARC
§ सार्कले हालसम्म १८ ओटा शिखर
सम्मेलनहरू सम्पन्न गरिसकेको छ।
§ समसामयिक समस्याहरू र विकासका
सम्भावनाहरूमाथि बहस चलाउन सफल भएका छन्।
§ शिक्षा, संस्कृति, खेलकुद, वातावरण तथा जलवायु विज्ञान, कृषि, सूचना तथा सञ्चार, स्वास्थ्य तथा जनसङ्ख्या, लागुपदार्थ ओसारपसार तथा दुर्व्यसन
नियन्त्रण,
विज्ञान तथा
प्रविधि,
पर्यटन, यातायात, ग्रामीण विकास, महिला तथा बालबालिकाको क्षेत्रमा
संयोजक राष्ट्र तोकेर एकीकृत कार्यक्रमहरू सन्यालन भएका छन्।
§ सार्क राष्ट्रहरूबिच शान्ति र
मैत्रीभाव विकास गर्न सन् १९८२ नोभेम्बर २६ मा दक्षिण एसियाली खेलकुद महासङ्घको
गठन भयो। प्रत्येक दुई दुई वर्षमा दक्षिण एसियाली खेलकुद सञ्चालन भइरहेको छ।
§ सन् १९८९ देखि सार्क वर्ष घोषणा
गर्ने गरिएको छ। दक्षिण एसियाली विश्वविद्यालयको स्थापनाले शैक्षिक/प्राज्ञिक
क्षेत्रको विकासमा मद्दत पुगेको छ।
सार्कका
चुनौतीहरू (Challenges of SAARC)
• सार्कले विश्वका अन्य क्षेत्रीय
सङ्गठनको तुलनामा सार्क अलि कमजोर देखिनु।
• समयमा शिखर सम्मेलनहरू हुन नसक्ने र
सम्मेलनमा भएका प्रतिबद्धताअनुसार काम हुन नसक्नु ।
• सार्क राष्ट्रमा प्रतिव्यक्तिआय कम
हुनु,
• भारत पाकिस्तानबिच आणविक होडबाजी।
• राजनैतिक अस्थिरता हुनु।
• वातावरण प्रदूषण हुनु ।
• जलवायु परिवर्तनबाट सिर्जित
समस्याहरू।
• मानव बेचबिखन।
• लागुऔषध ओसारपसार तथा सेवन।
• आतङ्कवाद ।
सार्कबारे केहि महत्वपूर्ण तथ्यहरु:
§ सार्कको सिद्धान्त : एक अर्काको सार्वभौम समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आन्तरिक अहस्तक्षेप तथा पारस्परिक
हितमा आधारित हुनेछ।
§ सार्कको पहिलो महिला महासचिव :
माल्दिभ्सकी फतिमाथ धियना सैयद हुन्। उनी १ मार्च २०११- २२ जनवरी २०१२ सम्म सार्कको महासचिव
बनेकी हुन्।
§ अन्नपूर्ण संरक्षण क्षेत्रभित्र
पर्ने लमजुङ जिल्लाको घले गाउँलाई सार्क राष्ट्रकै नमुना गाउँको रूपमा
घोषणा गरिको छ।
§ सार्कको प्रतीक चिह्न (Logo) बनाउने व्यक्ति नेपाली कलाकार शैलेन्द्र
महर्जन हुन्।
§ सार्क राष्ट्रमध्ये चारैतिर समुद्रद्वारा
घेरिएको देशः माल्दिभ्स र श्रीलङ्का हुन्।
§ अफगानिस्तान, नेपाल र भुटान सार्कका भूपरिवेष्ठित
राष्ट्रहरू हुन्।
§ क्षेत्रफलको हिसाबले माल्दिभ्स
सार्कमा सबैभन्दा सानो राष्ट्र हो। यो देशमा २ हजार टापुहरू (Islands) रहेका छन्। तीमध्ये २०२ ओटा टापुमा
मात्र मानव बसोबास रहेको छ।
नेपाल र सार्क
• नेपाल दक्षिण एसियाली क्षेत्रीय
सहयोग सङ्गठनको संस्थापक सदस्य राष्ट्र हो। सार्कको वार्षिक बजेटमध्ये नेपालले १०.७२ प्रतिशत रकम सहयोग गरिरहेको छ ।
• सार्कको केन्द्रीय कार्यालय (सार्क
सचिवालय) नेपालको काठमाडौँस्थित त्रिदेवीमार्गमा रहेको छ।
• यसबाहेक नेपालमा अवस्थित अन्य
सार्कका कार्यालयहरू निम्न लिखित छन्:
1. सार्क क्षयरोग तथा एच आईभी एड्स
केन्द्र
2. सार्क सभामुख तथा सांसद सङ्घ
3. सार्क आर्थिक सङ्घको कार्यालय
4. सार्क सांस्कृतिक महासङ्घको
कार्यालय
5. सार्क सूचना केन्द्र
§ हालसम्म तेस्रो सार्क शिखर सम्मेलन
सन १९८७ मा, ११औं सम्मेलन सन २००२ मा र १८औं
सम्मेलन सन २०१४ मा हाम्रो देश नेपालमा सफलताका साथ सम्पन्न भइसकेका छन्।
§ यी सम्मेलनहरूमा नेपालले शान्ति र
सद्भावको सन्देश बाँड्न सफल भएको छ।
§ सन् १९८४ को सेप्टेम्बरमा पहिलो र
सन् १९९९ अक्टोबरमा आठौं दक्षिण एसियाली खेल नेपालमा सम्पन्न भएको हो।
§ आतङ्कवाद नियन्त्रण, मानव बेचबिखन, बाल मजदुरी आदि समस्या समाधानको
लागि नेपालको भूमिका सार्क राष्ट्रका लागि उल्लेख्य मानिन्छ।
§ आठ राष्ट्रको फरक-फरक भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक दुरीलाई
सार्क सङ्गठनले एकताको सूत्रमा बाँध्ने प्रयास गर्दै आएको छ।
दक्षिण एसियाली
स्वतन्त्र व्यापार क्षेत्र सम्झौता वा साफ्टा सम्झौता
(South Asian Free Trade Area Agreement or SAFTA
Agreement)
§ साफ्टा भनेको सार्क राष्ट्र: नेपाल, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तानलाई
स्वतन्त्र व्यापार क्षेत्र बनाउने एक सम्झौता हो।
§ पाकिस्तानको इस्लामावादमा सम्पन्न
१२ औं सार्क शिखर सम्मेलन, २००४ का अवसरमा साफ्टा सम्झौतामा हस्ताक्षर गरियो।
§ साफ्टा सम्झौतालाई सन् २००६ देखि
कार्यान्व्यनमा ल्याउन सुरु गरिएको छ।
साफ्टाको मुख्य
उद्देश्यः
• सार्क राष्ट्रविच व्यापारका समस्या
हटाइ परस्परमा व्यापारिक लाभ वृद्धि गर्नु हो।
साफ्टाका
उद्देश्यहरु (Objectives of SAFTA)
§ व्यापारिक अवरोध हटाउनु : भन्सार
युनियनजस्तै स्वतन्त्र बनाउने,
शुल्कमा लाग्ने करको अन्त्य गर्दै सार्क राष्ट्रलाई युरोपयन
§ व्यापारमा स्वस्थ प्रतिस्पर्धा
गराउनु: सार्क राष्ट्रविच हुने व्यापारमा स्वस्थ प्रतिस्पर्धा गर्ने,
§ सम्झौताको कार्यान्वयनलाई
प्रभावकारी बनाउने : सार्क राष्ट्रबिच हुने स्वतन्त्र व्यापारलाई व्यवहारमा लागु
गर्ने,
§ साफ्टालाई प्रभावकारी बनाउन योजना
तर्जुमा गर्ने:साफ्टालाई प्रभावकारी बनाउन खाका (योजना) निर्माण गर्ने,
साफ्टाका
सिद्धान्तहरू
१. सदस्य राष्ट्रहरूमा हुने वस्तु र
सामानको ओसारपसारलाई
सहजीकरण गरी व्यापारसँग सम्बन्धित अवरोधहरूलाई हटाउने,
२. सदस्य राष्ट्रहरूको समग्र र
समानुपातिक फाइदालाई सुनिश्चित गर्दै खुला व्यापार क्षेत्रमा स्वस्थ
प्रतिस्पर्धाको वातावरणलाई कायम गर्ने,
३. सम्झौताको कार्यान्वयन संयुक्त
प्रशासन एवम् विवाद समाधानका लागि समेत प्रभावकारी संयन्त्र बनाउने,
४. आपसी लाभलाई बढावा र विस्तार गर्न
थप क्षेत्रीय सहयोगका खाका तयार गर्ने,
साफ्टाका फाइदा
(Advantages of SAFTA):
§ यस क्षेत्रमा उपलब्ध साधन स्रोतको
अधिकतम उपयोग हुने।
§ व्यापार विस्तारद्वारा सदस्य
राष्ट्रहरूको उत्पादन वृद्धि गरी तुलनात्मक लाभ प्राप्त हुने ।
§ वस्तु उत्पादनमा विशिष्टीकरण हुने र
यसको लाभ यस क्षेत्रका जनताहरूलाई हुने।
§ व्यापारका अवरोधहरू हट्ने र
अन्तरक्षेत्रीय व्यापारमा वृद्धि हुने ।
§ विकसित राष्ट्रहरूले
अन्तर्राष्ट्रिय व्यापारमा प्रतिकूल अवस्था सिर्जना गरेमा संयुक्त आवाज उठाउन
सकिने ।
साफ्टाका बेफाइदाहरू (Disadvantages of
SAFTA)
§ ठुला औद्योगिक राष्ट्रलाई बढी फाइदा
हुने तर साना र पिछडिएका राष्ट्रले फाइदा लिन नसक्ने।
§ साना राष्ट्रले ठुला राष्ट्रको
उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने।
§ साना राष्ट्रहरूले प्रतिस्पर्धा
गर्न नसकी आफ्नै देशको बजार पनि गुम्ने।
अन्तर्राष्ट्रिय व्यापार (आयात र निर्यात) मा कर घटाउनुपर्ने भएकोले सरकारी राजस्व
घट्ने।
साफ्टाका
चुनौतीहरू (Challenges of SAFTA):
§ भारत र पाकिस्तानबिचको विवाद र
राजनीतिक समस्याले गर्दा साफ्टाले आसा गरेअनुरूप नतिजा प्राप्त गर्न सकेको छैन।
§ साफ्टा सम्झौताहरू विश्व व्यापार
सङ्गठनका प्रावधानसँग मेल नखाएको गुनासो पनि आउने गरेको छ।
§ नेपाली उत्पादनले भारत जस्तो
औद्योगिक मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने हुनाले वैदेशिक व्यापारबाट
फाइदा लिन अत्यन्तै कठिन छ।
§ साथै स्वतन्त्र व्यापारका
प्रावधानअनुसार भन्सार दर घटाउँदा देशको राजस्व गुम्ने ठुलो जोखिम छ।
§ तापनि साफ्टाको माध्यमबाट समग्र
दक्षिण एसियाली क्षेत्रको आर्थिक विकासको गतिलाई अगाडि बढाउने प्रसाय गर्न जरुरी छ
।
बिमस्टेक (BIMSTEC)
§ जुन ०६ सन् १९९७ थाइल्यान्डको
बैङ्ककमा 'बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्ड आर्थिक सहयोग' (BIST - EC) नामक एक उपक्षेत्रीय समूहको गठन
भयो।
§ २२ डिसेम्बर १९९७ (वि.स. २०५४ पुस ७) मा नाम परिवर्तन भई 'बङ्लादेश, भारत, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड आर्थिक
सहयोग'
(BIMST - EC) भयो।
§ सन् २००४ (वि.स. २०६१) मा नेपाल र भुटान पनि यस
सङ्गठनको समूहमा थपिए। त्यसपछि यसको नाम पुनः परिवर्तन गरी 'बहुपक्षीय प्राविधिक तथा आर्थिक
सहयोगका लागि बङ्गाल खाडीको प्रयास' (Bay of Bangal Initiative For Multi -
Sectoral Technical and Economic Co- operation – BIMSTEC) राखियो।
§ हाल यसमा ७ ओटा राष्ट्र सदस्यको
रूपमा रहेका छन्। यसको मुख्य कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ।
§ हिन्द महासागरको एउटा कुना
(बङ्गालको खाडी) नजिक रहेका देशहरू यसको सदस्य बनेका छन्। बङ्गालको खाडीमार्फत
सामुद्रिक मार्गबाट व्यापार गर्नु यस सङ्गठनको मुख्य उद्देश्य हो।
BIMSTEC को पहिलो सम्मेलन थाइल्याण्डमा (सन्
२००४) भएको थियो । दोस्रो सम्मेलन भारतमा (सन् २००८) भएको थियो भने तेस्रो सम्मेलन
म्यानमार (सन् २०१४) सम्पन्न भयो । त्यसैगरी चौथो सम्मेलन नेपालमा (सन् २०१८)
सम्पन्न भएको थियो।
BIMSTEC का मुख्य उद्देश्यहरू
§ तीव्र आर्थिक विकासका लागि वातावरण
तयार गर्नु,
सदस्य राष्ट्रहरूबिच सहयोग तथा समानताको भावना विकसित गर्नु,
§ सदस्य राष्ट्रहरूबिच साझा हितका
लागि पारस्परिक सहयोग बढाउनु,
§ शिक्षा, विज्ञान तथा प्रविधिक क्षेत्रमा
एक-अर्का राष्ट्रबिच सहयोग वृद्धि गर्नु,
§ बङ्गालको खाडीलाई मुख्य
केन्द्रविन्दु बनाइ सामुद्रिक व्यापारबाट फाइदा लिनु,
समुद्रले नछोएका तर बङ्गालको खाडीबाट नजिक रहेका नेपाल तथा भुटानलाई सामुद्रिक
सब्जालमा जोड्नु,
सांस्कृतिक क्रियाकलापको आदान-प्रदान गरी धार्मिक सहिष्णुताको भावना अभिवृद्धि
गर्नु,
§ आङ्कवाद तथा आपराधिक गतिविधि
नियन्त्रण गर्न साझा अवधारणा तयार पार्नु,
§ कृषि, पर्यटन, उर्जा तथा व्यापारको विस्तार गरी
गरिबी निवारणमा जोड दिनु आदि।
BIMSTEC
का सिद्धान्तः
§ सबै राष्ट्रको सार्वभौमितालाई समान
मानिने छ।
§ यस क्षेत्रका प्रत्येक राष्ट्रको
अखण्डतालाई सम्मान गरिने छ।
§ प्रत्येक देशमा राजनीतिक
स्वतन्त्रता कायम रहने छ।
§ अन्य राष्ट्रको आन्तरिक मामिलामा
हस्तक्षेप गरिने छैन।
§ सबै राष्ट्रको अस्तित्त्व समान रहने
छ।
§ सङ्गठनका राष्ट्रहरूबिच परस्परमा
सहयोगी भाव राखिने छ।
नेपाल र
बिमस्टेक (Nepal and BIMSTEC )
• नेपालले सन् १९९८ देखि बिमस्टेकका
सम्मेलनहरूमा पर्यवेक्षक भई भाग लिँदै आएको थियो।
§ वि.स. २०६१ मा आएर नेपालले बिम्स्टेकको
सदस्यता प्राप्त गर्यो। नेपालले आर्थिक उदारीकरणको नीति लिएको छ। नेपाल
भूपरिवेष्ठित राष्ट्र भएकाले यसलाई व्यापारका लागि समुद्रसँग जोडिनु उत्तिकै
आवश्यक रहेको छ।
बिमस्टेकको
सदस्य भएर नेपाललाई पुग्न सक्ने फाइदाहरू
§ आर्थिक सम्बन्ध विस्तार गर्ने
§ पर्यटन विकास गर्ने
§ व्यापार विस्तार गर्ने
§ विदेशी लगानी भित्रिने
विश्व व्यापार
सङ्गठन (World Trade Organization)
• विश्वव्यापीरूपमा व्यापार विस्तार
गर्ने उद्देश्यले २३ राष्ट्रहरूको सक्रियतामा ग्याटको स्थापना (सन् १९४८) भयो।
• ग्याटको अर्थ General Agreement on
Tariffs and Trade (GATT )हो । ग्याटद्वारा सञ्चालित
उरुग्वेमा भएको वार्ताको निर्णयअनुसार ग्याटलाई विश्व व्यापार सङ्गठन (World Trade
Organization) भनी नाम
परिवर्तन गरियो।
• यो निर्णय १ जनवरी सन् १९९५ मा भएको
थियो। यसको प्रधान कार्यालय स्वीजरल्याण्डको जेनेभामा रहेको छ।
हाम्रो देश नेपालले २३ अप्रिल सन् २००४ मा यस सङ्गठनको सदस्यता
प्राप्त गरेको हो। नेपाल यस सङ्गठनको १४७ औं सदस्य राष्ट्र हो ।
आफ्नो व्यापारलाई छिमेकी राष्ट्रमा मात्र सीमित नराखी विश्वबजारसँग जोड्ने
उद्देश्य राखेर नेपालले यसको सदस्यता लिएको हो। तर नेपालबाट निर्यात हुने वस्तु
ज्यादै नगन्य भएको र आयात गर्ने वस्तु अझ बढेको कारण नेपाल आफ्नो उद्देश्यमा सफल
नभएको पनि मल्याङकन गरिन्छ।
विश्व व्यापार
सङ्गठनका प्रमुख कार्य तथा उद्देश्यहरू
व्यापार सङ्गठन
(WTO) स्थापनाको मुख्य उद्देश्य: ३ वर्गमा विभाजन गरिएको
• वस्तुको व्यापारलाई सहज बनाउनु,
• सेवाको व्यापारलाई विस्तार गर्नु,
• बौद्धिक सम्पत्तिको अधिकार संरक्षण
गर्नु।
विश्व व्यापार
सङ्गठनका उद्देश्यहरू
विश्व व्यापार
सङ्गठनका मुख्य उद्देश्यहरू :
§ विश्व व्यापारसम्बन्धी नीति नियमको
निर्माण र कार्यान्वयन गर्ने।
§ आर्थिक उदारीकरणलाई अझ व्यापक
बनाउँदै लैजाने।व्यापारसम्बन्धी विवादहरूको समाधान गर्ने।
§ भन्सार महसुललगायतका अवरोधहरूलाई
हटाउँदै विकासशील
§ मुलुकहरूलाई विश्व व्यापारमा समाहित
गर्ने।
§ विश्वका स्रोत तथा साधनहरूको
विवेकपूर्ण एवम् समुचित प्रयोग गरी वातावरण संरक्षण तथा दिगो विकासमा टेवा
पुऱ्याउने।
§ अन्तर्राष्ट्रिय आर्थिक
सङ्गठनहरूसँग समन्वय गर्ने।
§ बहुपक्षीय व्यापार प्रणालीका
आधारभूत सिद्धान्तहरूको संरक्षण एवम् विकास गर्ने।
§ सदस्य राष्ट्रहरूमा रोजगारी हासिल
गर्ने र आम्दानी वृद्धि गर्ने।
जीवनस्तर उकास्ने।
विश्व व्यापार
सङ्गठनका सिद्धान्तहरू (Principles of
WTO)
विश्व व्यापार
सङ्गठनका सिद्धान्तहरू :
§ भेदभावरहित व्यवहारः अन्य देशको
वस्तु तथा सेवालाई पनि समान व्यवहार गर्नुपर्ने।
§ राष्ट्रिय व्यवहारः आफ्नो देशको
सिमानाभित्र प्रवेश गरिसकेपछि अन्य देशको वस्तु र आफ्नो देशको वस्तुविच व्यवहार
गर्नुपर्ने ।
§ स्वतन्त्र व्यापारः व्यापार/भन्सार
सम्बद्ध अवरोधहरू हटाउनुपर्ने।
§ प्रतिस्पर्धालाई प्रवर्धनः खुला, उदार र व्यवधानरहित व्यापार प्रणाली
सुनिश्चित गर्ने।
§ विकास र आर्थिक सुधारलाई प्रोत्साहन
गर्नेः विकासोन्मुख र अति कम विकसित मुलुकहरूलाई विशेष छुट तथा सुविधाहरू प्रदान गर्ने ।
नेपाल र विश्व
व्यापार सङ्गठन (Nepal
and WTO)
विश्व व्यापार
सङ्गठन (WTO) मा
प्रवेश भएपछि नेपाललाई निम्न फाइदाहरू/ उपलब्धि भएका छन् :
§ उपभोक्ताको वस्तु तथा सेवा छनोट
गर्न पाउने अधिकार स्थापित भएको छ।
§ विश्व बजारमा रोजगारी खोज्न पाउने
अधिकार स्थापित भएकोले नेपाली युवाले विदेशका विभिन्न ठाउँमा रोजगारी प्राप्त गरेका छन्।
§ वस्तु तथा सेवामा विश्वव्यापी
प्रतिस्पर्धात्मक भावनाको विकास हुनाले गुणस्तर अभिवृद्धि गर्ने मौका प्राप्त भएको
छ।
§ नेपाली उत्पादनले विश्वव्यापी पहुँच
प्राप्त गरेका छन्।
§ नेपालमा वैदेशिक लगानी र प्रविधि
हस्तान्तरणको बाटो खुला भएको छ।
विश्व व्यापार
सङ्गठनको सदस्य भएर नेपालले भोग्नुपरेका समस्या/ चुनौती/ बेफाइदाहरू (Disadvantages):
§ ठुलो सङ्ख्यामा उत्पादन हुने
औद्योगिक उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी स्थानीय उद्योगहरू घरासयी हुन सक्छन्।
§ स्थानीय रैथाने ज्ञान, सिप र प्रविधि लोप हुँदै जान सक्छ ।
§ नेपाल जस्ता साना राष्ट्रहरूको
राजस्वको मुख्य स्रोत भन्सार राजश्व हो ।
§ भन्सारमा कटौती गर्नुपर्ने
व्यवस्थाले राजस्व घट्ने गरेको छ ।
§ विदेशी लगानीसँग प्रतिस्पर्धा गर्न
नसकी स्वदेशी लगानीकर्ताहरू निरुत्साहित हुन सक्छन्।
§ अन्तर्राष्ट्रिय स्तरका मापदण्ड
पूरा गर्न गाह्रो हुन सक्छ।
आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणा
(Concept of Economic Growth, Human Development and Sustainable Development)
आर्थिक
वृद्धिको अर्थ :
• सामान्य अर्थमा वृद्धि भनेको आकार
वा परिमाणमा थप हुनु हो। यसलाई भौतिक परिवर्तनको अवस्थाका रूपमा पनि बुझ्न सकिन्छ।
वृद्धिलाई परिमाणात्मक रूपमा मापन गर्न सकिन्छ।
• उदाहरणका लागि : जब मानिस जन्मिन्छ तब निश्चित उमेरसम्म उसको शारीरिक उचाइ तथा मोटाइमा परिवर्तन हुन्छ त्यसलाई वृद्धि भनिन्छ। आर्थिक वृद्धि भनेको कुल राष्ट्रिय आय बढ्नु हो। यसलाई व्यापक अर्थमा भन्दा कुल राष्ट्रिय आय, कुल उत्पादन, कुल रोजगार, कुल उपभोग, कुल बजार माग, कुल निर्यात, कुल बचत, कुल लगानी आदिको आकारमा वृद्धि हुनु हो।
आर्थिक वृद्धिको वास्तविक अर्थ बुझ्नका लागि निम्नलिखित तीन तत्वको ज्ञान हुनु आवश्यक मानिन्छ:
१. प्रक्रिया
• आर्थिक वृद्धिलाई एउटा प्रक्रियाका
रूपमा लिइन्छ जसले सामाजिक,
प्राविधिक तथा आर्थिक शक्तिहरूमा परिवर्तनको शृङ्खलालाई सङ्केत गर्छ र ती शक्तिहरू
आर्थिक विकासको गति दु्रत बनाउन उपयोगी मानिन्छन्।
२. वास्तविक राष्ट्रिय आय
• राष्ट्रिय आय कुनै अर्थब्यवस्थाले
एक वित्तीय वर्षमा उत्पादन गरेको सम्पूर्ण वस्तु तथा सेवा मौद्रिक मूल्य हो।
वास्तविक राष्ट्रिय आय वृद्धि हुन देशको उत्पादनशील क्षमता नै वृद्धि हुनुपर्दछ।
३. दीर्घकाल
• दीर्घकाल भनेको लामो समय अवधि हो।
वास्तविक राष्ट्रिय आय अल्पकालमा वृद्धि भएर मात्र हुँदैन्।
• यो त लामो समयसम्म निरन्तर रूपमा
वृद्धि हुनुपर्छ।
आर्थिक वृद्धि भनेको आर्थिक विकासको एक अंश मात्र
हो। त्यसैले यसलाई विकासको तुलनामा सङ्कुचित अवधारणा मानिन्छ। कुल गार्हस्थ्य
उत्पादन,
राष्ट्रिय आय
तथा प्रतिव्यक्ति आय उच्च हुनु, गरिबी
तथा आय असमानतामा कमी हुनु, मानव कल्याणमा वृद्धि हुनु र प्राकृतिक तथा मानव संसाधनको
उचित परिचालन गरी रोजगारी सिर्जना गर्नु आर्थिक विकास हो।
नेपालको आर्थिक
वृद्धि
§ अतिकम विकसित तथा विकासशिल देशहरूका
लागि आर्थिक वृद्धिभन्दा आर्थिक विकासको आवश्यकता धेरै हुन्छ। सन् २०२० को
सुरुआतदेखि वैश्विक महामारीको रूपमा कोभिड १९ भाइरसले
विश्वका मानव जातिहरू तथा विश्वको आर्थिक क्षेत्रमा ठुलो सङ्कट उत्पन्न गरेको छ।
§ विश्वका आर्थिक क्रियाकलापमा
सुस्तता आएसँगै नेपालमा पनि त्यसको प्रभाव प्रत्यक्ष परेको छ। यसबाट अर्थतन्त्रका
विभिन्न क्षेत्रहरू जस्तैः उत्पादन, वितरण, श्रम बजार, पर्यटन
आदि प्रत्यक्ष प्रभावित भएका छन्। फलस्वरूप, बेरोजगारी, गरिबी र असमानतामा वृद्धि भएको छ।
§ नेपालको विगत चार वर्षको यर्थाथ कुल
गार्हस्थ्य उत्पादन (आधारभूत मूल्यमा) को वृद्धिदरलाई तालिकामा देखाइएको छ।
नेपालको आर्थिक वृद्धिदर
§ आर्थिक वर्ष वृद्धिदर (प्रतिशतमा)
§ २०७३/७४ ८.६
§ २०७४/७५ ७.४
§ २०७५/७६
६.४
§ २०७६/७७ –२.१
§ स्रोतः अर्थ मन्त्रालय – २०७८
आर्थिक
वृद्धिदर उच्च राख्नका लागि ध्यान दिनुपर्ने कुरा :
क) कृषि क्षेत्रमा आमूल क्रान्ति
ल्याउने
ख) कृषिजन्य उद्योगमा जोड दिने
ग) रोजगारका अवसरमा वृद्धि गर्ने
घ) आयात घटाइ निर्यात बढाउने
ङ) पर्यटन उद्योगको विस्तार गर्ने
आर्थिक वृद्धिको महत्त्व
विकसित देशको
प्रगति नाप्ने एकाइ भनेकै आर्थिक वृद्धिदर हो। आर्थिक वृद्धिदर उच्च हुनु भनेको
देशको समग्र विकासमा सकारात्मक परिवर्तन आउनु हो। आर्थिक वृद्धिदर उच्च हुनुको
सङ्केत नै देश विकास हुनु हो।
§ देशभित्रै विभिन्न वस्तु तथा सेवाको
उत्पादन हुन्छ ।
§ वस्तुको उत्पादनले देशवासीको जनजीवन
सहज बन्ने छ ।
§ वस्तु निर्यातले गर्दा वैदेशिक
व्यापार नाफामूलक हुने छ।
§ आर्थिक वृद्धिदर उच्च रहेमा यातायात, सञ्चार, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षाजस्ता पूर्वाधारको विस्तारमा सहयोग पुग्छ ।
§ विभिन्न प्रकारका उद्योगधन्दाको
विकास गर्न सजिलो हुन्छ।
§ पुँजीको अभावमा अल्किएर रहेका विकास
योजनाले सकारात्मक गति लिन थाल्छ।
§ देश रोजगारका अवसरहरू वृद्धि
हुन्छन्। जसले गर्दा देशको बेरोजगारी समस्यामा कमी आउँछ।
§ अर्थिक विकास र गरिवी निवारणका लागि
विदेशी राष्ट्रको मुख ताकेर बस्नु पर्दैन।
आर्थिक
विकास र आर्थिक वृद्धिबिच भिन्नता
(Economic Development and Economic Growth)
मानव विकास (Human Development)
•
सामाजिक तथा आर्थिक
रूपमा मानिसले गरेको प्रगतिलाई मानव विकास भनिन्छ। मानव विकासको मूल्याङ्कन गर्ने
प्रमुख ३ आधार
क) साक्षारता दर/ शिक्षा (Literacy Rate)
ख) औसत आयु/ स्वास्थ्यको अवस्था (Life
Expectancy) र
ग) प्रतिव्यक्तिआय/ आम्दानी (Per-capita Income)
§ जुन देशको साक्षरता प्रतिशत, औषत आयु र प्रतिव्यक्ति आय उच्च छ। त्यो देशमा मानव विकासको अवस्था
राम्रो रहेछ भनेर बुझ्न सकिन्छ। यसको विपरीत जुन देशको साक्षरता, औषत आयु र
प्रतिव्यक्ति आय न्यून छ, त्यो देशमा मानव विकासको अवस्था कमजोर छ भनेर जान्न सकिन्छ।
§ संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (UNDP) ले पहिलो पटक सन्
१९९० मा मानव विकास प्रतिवेदन प्रकाशित गयो।
§ कुन देशको मानव विकास कस्तो छ भनेर जान्नका लागि साक्षरता प्रतिशत, औषत आयु र
प्रतिव्यक्ति आयको अङ्कलाई आधार मानेर हिसाब गरिन्छ । यसरी हिसाब गरेर आएको
अङ्कलाई मानव विकास सूचकाङ्क (Humand
Development Index - HDI) भनिन्छ।
§ मानव विकासको सूचकाङ्क निकाल्दा हिसाब गरेर आएको अङ्क ० देखि १ को
बिचमा हुन्छ।
§ UNDP ले ० देखि १ अङ्कलाई
देशको अवस्था हेरी अति उच्च (विकसित राष्ट्र),
उच्च (विकासशील राष्ट्र), मध्यम (अल्प विकसित
राष्ट्र) र न्यून (अति अल्पविकसित राष्ट्र) को सूचीमा राख्ने गरेको छ।
§ सन् २०२० को मानव विकास प्रतिवेदनमा १८९ राष्ट्रको HDI जाँच गरिएको थियो।
§ सन् २०२० को प्रतिवेदनमा सबैभन्दा बढी HDI भएको देश नर्वे हो भने सबैभन्दा कम HDI भएको देश नाइजर
रहेको थियो।
§ HDI को Rank मा नर्वे नं. १ मा
परेको थियो भने नाइजेरिया नं. १८९ Rank मा थियो। नेपालको Rank १४२ रहेको थियो। जसलाई मध्यम स्तरको सूचकाङ्क मानिन्छ।
मानव विकास सूचकाङ्कको आवश्यकता /
महत्त्व:
§ विकासको प्रक्रिया थाहा पाउन: प्रत्येक वर्ष आफ्नो देशले आर्थिक, सामाजिक, शैक्षिक, लगायतका क्षेत्रमा
के कस्तो प्रगति गरिरहेको छ भन्ने कुराको जानकारी लिन सकिन्छ।
§ सुधारको क्षेत्र पहिचान गर्नः मानव विकास सूचकाङ्कबाट आफ्नो देशको आर्थिक, सामाजिक, शैक्षिक लगायतका
क्षेत्रमध्ये कुन क्षेत्रलाई बढी र कुनलाई कम महत्त्व दिनुपर्ने रहेछ भन्ने कुरा
बुझ्न सकिन्छ।
§ भावी योजना निर्माण गर्नः आउने वर्षहरूमा
आफ्नो देशको मानव विकास सूचकाङ्क वृद्धि गर्नका लागि योजना निर्माण गर्न सकिन्छ।
यसबाट वार्षिक बजेटको वितरण गर्न सजिलो हुन्छ।
§ तुलना गरी अघि बढ्नः विश्वका अन्य
देशहरूभन्दा हामी कति अङ्कले अघि वा पछि छौँ भन्ने कुराको पहिचान गरी
प्रतिस्पर्धात्मक रूपले अगाडि बढ्न सजिलो हुन्छ।
दिगो विकास (Sustainable Development)
§ पछि आउने पुस्ताको भविष्यमा असर नपर्ने गरी सञ्चालन गरिएका गतिविधिलाई
दिगो विकास भनिन्छ। दिगो विकास वातावरणमैत्री,
बढी टिकाउ र सामाजिक सद्भाव कायम गर्ने खालको
हुनुपर्छ।
§ संयुक्त राष्ट्रसङ्घबाट प्रकाशित (सन् १९८७) 'हाम्रो साझा भविष्य' नामक प्रतिवेदनले
दिगो विकासको सिद्धान्तलाई जन्म दिएको हो। त्यसपछि रियो दि जेनेरियो (ब्राजिल-सन्
१९९२) तथा कायरो (इजिप्ट-सन् १९९४) सम्मेलनहरूले दिगो विकासको सिद्धान्तलाई
विश्वव्यापी बनाउने काम गरे।
दिगो विकासको सिद्धान्त अर्थात् यसका
उद्देश्यहरू
§ जैविक विविधताको संरक्षण गर्दै निर्माण कार्यलाई अगाडि बढाउने,
§ विकास निर्माणका कार्य सञ्चालन गर्दा जति मात्रामा प्राकृतिक स्रोतको
प्रयोग गरिन्छ, त्योभन्दा बढी तिनको संरक्षण र वृद्धि गर्ने,
§ जनसङ्ख्या नियन्त्रण र समानुपातिक वितरण कार्यमा जोड दिने,
§ उच्च शिक्षा, गुणस्तरीय स्वास्थ्य, सरसफाइ र रोजगारीको पहुँचलाई व्यापक बनाउने,
§ विकास निर्माणका कार्यहरूमा जनसहभागिता बढाउने,
§ ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने, विकास निर्माणका
हरेक कार्यलाई वातावरणमैत्री, बढी टिकाउ र बलियो बनाउने,
§ पृथ्वीमा भएका सम्पूर्ण स्रोत साधनहरू भविष्यमा आउने पुस्तालाई
सुरक्षित राखी वर्तमानका क्रियाकलापहरू होसियारीपूर्वक सञ्चालन गर्ने।
दिगो विकासको महत्त्व:
§ प्राकृतिक स्रोत साधनहरूको उचित प्रयोग हुन्छ।
§ प्राकृतिक सुन्दरतासँगै सडक, सहर, उद्योग आदि पूर्वाधारहरू निर्माण भएको देखिन्छ।
§ ढल फोहोरको सही व्यवस्थापनले गर्दा वातावरणीय प्रदूषण बढ्न पाउँदैन।
विकास निर्माणका कार्यहरू सुन्दर, बढी टिकाउ तथा बलिया हुन्छन्।
§ दिगो विकासको सिद्धान्तले जनताको लागि उच्च शिक्षा, गुणस्तरीय स्वास्थ्य
सुविधा, सरसफाइ तथा रोजगारीको अवसर दिलाएको हुन्छ।
§ दिगो विकासले सामाजिक सद्भाव र विकासमा जनसहभागिता बढाएको हुन्छ।
§ धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण हुन्छ। जैविक विविधताको
संरक्षणमा अझ बढी सहयोग पुग्छ।
§ प्राकृतिक स्रोत साधनको उपयोगका लागि भविष्यमा आउने पुस्ताले कुनै
चिन्ता लिनुपर्दैन।
नेपालले निर्धारण गरेका दिगो विकासका लक्ष्य सन् २०३० सम्ममा पुयाउनुपर्ने दिगो विकासका लक्ष्यहरू :
लक्ष्य १ - सबै स्थानबाट र सबै प्रकारका गरिबीको अन्त्य
लक्ष्य २ - भोकमरीको अन्त्य, खाद्य सुरक्षा र
उन्नत पोषण प्राप्ति गर्ने र दिगो कृषिको प्रवर्धन
लक्ष्य ३ - सबैका लागि स्वस्थ जीवनको सुनिश्चितता
लक्ष्य ४ - सबैको लागि समावेशी, समानुपातिक र स्तरीय शिक्षाको अवसरको सुनिश्चितता
लक्ष्य ५ - लैङ्गिक समानता र महिला तथा बालबालिका सशक्तीकरण
लक्ष्य ६ - सबैका लागि खानेपानी तथा सरसफाइको दिगो उपलब्धताको सुनिश्चितता
लक्ष्य
७- सबैका लागि भरपर्दो र धानिन सक्ने आधुनिक ऊर्जाको
पहुँच सुनिश्चिता
लक्ष्य ८- भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि एवम् सबैका लागि उत्पादनशील रोजगारी
लक्ष्य ९- सबल पूर्वाधार, दिगो र समावेशी, औद्योगिकीकरण र
नवप्रर्वतन
लक्ष्य १०- देशभित्र र
देशहरूबिच रहेको असमानता न्यूनीकरण
लक्ष्य ११- स्वस्थ एवम् सुरक्षित सहर तथा मानव बसोबास
लक्ष्य १२- दिगो उत्पादन र
उपभोगको सुनिश्चितता
लक्ष्य १३- जलवायु परिवर्तनका
असर न्यूनीकरणका लागि तत्काल कार्य
लक्ष्य १४ - समुद्र, समुद्री किनार र
समुद्री स्रोतको संरक्षण एवम् दिगो उपभोग
लक्ष्य १५- दिगो विकासका लागि
जैविक विविधता संरक्षण, वन व्यवस्थापन र यस विरुद्धका कार्यको नियन्त्रण
लक्ष्य १६ - शान्त र समावेशी
समाज प्रवर्धन, न्यायमा समान पहुँच र प्रभावकारी एवम् जबाफदेही संस्थात्मक संरक्षण
लक्ष्य १७ - दिगो विकासका लागि
कार्यान्वयन संयन्त्रको सबलीकरण र विश्व साझेदारी
नेपालमा गरिबी चक्र र सम्बोधनका उपाय
(Poverty Cycle in Nepal and Measures )
§ गरिबी भनेको अभावमा तड्पिएको अवस्था हो । जीवन निर्वाहका लागि आधारभूत
आवश्यकता परिपूर्ति गर्न नसकेको अवस्था नै गरिबी हो।
§ विश्व बैङ्कको परिभाषामा “न्यूनतम आवश्यकता (गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य) सहज रूपमा प्राप्त गर्न नसकेको अवस्था गरिबी हो ।”
§ UNDP ले - कम आयु, कम साक्षरता र निम्न
स्तरको जीवनशैलीलाई गरिबी भनेर व्याख्या गरेको छ।
§ जति परिश्रम गरे पनि पोषिलो खानेकुरा, मौसमअनुसारका कपडा, सुरक्षित घर, उच्च शिक्षा र
गुणस्तरीय स्वास्थ्य उपचारको अभाव हुनुलाई गरिबी भनिन्छ।
§ विश्व बैङ्कको परिभाषामा प्रतिदिन १.९ भन्दा कम अमेरिकी डलर आम्दानी
भएका नागरिकलाई गरिब मानेको छ।
गरिबीलाई दुई तहमा वर्गीकरण :
१.
निरपेक्ष गरिबी (Absolute Poverty) : निरपेक्ष गरिबी भनेको जीवन निर्वाहका लागि आधारभूत आवश्यकता परिपूर्ति
हुन नसकेको अवस्था हो। आधारभूत आवश्यकता (Basic
Needs) भनेको खाने,
लाउने, बस्ने, शिक्षा र स्वास्थ्यजस्ता नभइ नहुने कुराहरू हुन्। यिनै आधारभूत
आवश्यकता परिपूर्ति गर्न नसकेको अवस्था नै निरपेक्ष गरिबी हो। विश्वव्यापी
मान्यताअनुसार प्रतिदिन १.९ डलरभन्दा कम आम्दानी हुने र २,१४४ क्यालोरीभन्दा
कम पोषणतत्त्व प्राप्त गर्ने अवस्थालाई निरपेक्ष गरिबी भनिएको छ।
२.
सापेक्ष गरिबी (Relative Poverty):
सापेक्ष गरिबी भनेको अरूको तुलनामा आफू कमजोर
भएको अवस्था हो। यो आधारभूत आवश्यकता नै परिपूर्ति गर्न नसकेको अवस्था भने होइन।
आर्थिक तथा सामाजिक कारणले अरूको दाँजोमा आफू पछि परेको अवस्थालाई सापेक्ष गरिबी
भनिन्छ। जस्तैः अरूका ठुला र राम्रा घर छन् तर त्यसको तुलनामा आफ्नो घर सानो र
पुरानो छ । अरूका छोराछोरी महङ्गो र ठुलो विद्यालयमा पढ्छन् तर आफ्ना छोराछोरीलाई
साधारण विद्यालयमा पढाउनु परेको छ।
गरिबीका लक्षण
§ न्यून आय
§ गुणस्तरीय जीवनको अभाव
§ ठुलो परिवार सङ्ख्या
§ आधारभूत आवश्यक्ता परिपूर्तिमा कठिनाइ
§ सामाजिक प्रतिष्ठामा कमी
§ कमजोर स्वास्थ्य
§ मादक पदार्थ तथा सुर्तिजन्य वस्तुको बढी प्रयोग
§ बेरोजगारी
§ सामाजिक कुरीतिको सिकार
§ सरसफाइको कमी
§ सरकारी सुविधाबाट बञ्चित
§ हिनताबोधको भावना
§ प्राकृतिक प्रकोपको मार
§ उच्च शिक्षा, चेतना र स्वास्थ्य सुविधाबाट बञ्चित रहेको अवस्था
नेपालमा गरिबीका
प्रमुख कारण र गरिबी न्यूनीकरणगर्ने उपाय
नेपालमा गरिबीका
कारण :
§ जनसङ्ख्याको ठुलो हिस्सा (लगभग ६४ प्रतिशत) परम्परागत कृषि पेसामा
सङ्लग्न हुनु,
§ कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादनमूलक बनाउन नसक्नु,
कृषिमा आधारित घरेलु, साना, मझौला तथा ठुला उद्योगहरूको कमी हुनु,
§ वैज्ञानिक तथा प्राविधिक शिक्षाको कमी हुनु,
§ सिपमूलक कामको लागि तालिम केन्द्रहरू सञ्चालन हुन नसक्नु,
§ नेपालका सबै गाउँबस्तीहरूमा विकासका पूर्वाधारको विस्तार हुन नसक्नु,
§ स्थानीय क्षेत्रमा उत्पादन भएका वस्तुहरूले बजार र उचित मूल्य नपाउनु,
§ सम्भावना भएर पनि पर्यटन, पशुपालन, जडीबुटी, फलफूल तथा तरकारी खेतीले विकसित हुने अवसर नपाउनु,
§ देशमा राजनीतिक अस्थिरता र भ्रष्टाचार बढ्नु
गरिबी न्यूनीकरणको
उपाय
नेपालमा गरिबी चक्रलाई सम्बोधन गर्ने उपायहरु
•
गैर कृषि व्यवसाय
(उद्योग, व्यापार आदि) सञ्चालन गर्ने वातावरणको सिर्जना गर्नुपर्छ।
•
कृषि क्षेत्रलाई
आधुनिकीकरण र उत्पादनमूलक बनाउन सिँचाइ, उन्नत बिउबिजन तथा आधुनिक कृषि औजार उपलब्ध गराउनु पर्छ।
•
कृषिमा आधारित घरेलु, साना, मझौला तथा ठुला
उद्योग सञ्चालन गर्नुपर्छ।
•
देश सुहाउँदो
प्राविधिक शिक्षामा जोड दिनुपर्छ।
•
उच्च शिक्षा हासिल
गर्न नसकेका व्यक्तिहरूका लागि सिपमूलक कामका तालिम केन्द्रहरू
सञ्चालन गर्नुपर्छ।
•
विकासका पूर्वाधारहरूलाई
प्रत्येक नेपाली जनताको घरआँगनसम्म विस्तार गर्नुपर्छ।
•
स्थानीय उत्पादनका
लागि बजार व्यवस्थापन र उचित मूल्य दिने काम सरकारले नै गर्नुपर्छ।
•
पर्यटन, पशुपालन, जडीबुटी, फलफूल तथा तरकारी
खेतीलाई व्यवस्थित गर्नेतर्फ जोड दिनुपर्छ।
•
देशमा सम्भावना
बोकेका खनिज पदार्थको उत्खनन् र उपयोग गर्ने कार्यमा स्वदेशी लगानीलाई जोड
दिनुपर्छ।
•
समानुपातिक र
समावेशी सिद्धान्तको सुविधा निरपेक्ष गरिबीप्रति लक्षिण हुनुपर्छ।
•
देशमा सुशासन कायम
गरी भ्रष्टाचार नियन्त्रणमा जोड दिनुपर्छ
।
गरिबी पहिचान (
मापन) गर्ने आधार
निरपेक्ष गरिबी
पहिचान गर्ने विभिन्न उपायहरू छन् । जसलाई गरिबी मापन गर्ने आधार पनि भनिन्छ यस्ता
आधारहरू निम्नानुसार रहेका छन्ः
मुख्य आधार
(क) आम्दानीको आधारमा
(ख) उपभोगको आधारमा
(ग) आधारभूत आवश्यकताको आधारमा
(घ) गुणस्तरीय जीवनशैलीका आधारमा
(ङ) सामाजिक हैसियतका आधारमा
(च) सुविधाको आधारमा
(छ) हक अधिकारको आधारमा
गरिबी निवारण नीति, २०७६
नेपाल सरकारले
वि.सं. २०८७ सम्म निरपेक्ष गरिबीको दर ५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। त्यस्तै
वि.सं. २१०० सम्म निरपेक्ष गरिबीलाई ० प्रतिशतमा पुऱ्याउने लक्ष्य लिएको छ। यसका
लागि सरकारले गरिबी निवारण नीति, २०७६ तय गरेको हो।
यसका प्रमुख नीतिहरू :
(क) गरिब व्यक्ति, परिवार तथा विपन्न वर्गको पहिचान गर्ने,
(ख) गरिब तथा विपन्न वर्गप्रति हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने,
(ग) गरिबी निवारणका प्रयासहरूमा गरिब एवम् विपन्न वर्गलाई सहभागी गराउने,
(घ) गरिब तथा विपन्न वर्गको मर्यादित जीवनयापनको लागि न्यूनतम आवश्यकता परिपूर्ति
गराउने,
(ङ) देशमा उपलब्ध स्रोत साधनको उपयोगितामा गरिब तथा विपन्न वर्गको पहुँच बढाउने,
(च) गरिब तथा विपन्न
वर्गका लागि रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने,
नेपालमा गरिबी चक्र (Poverty Cycle in Nepal)
§ नेपालमा व्यापक मात्रामा गरिबी रहनुका विविध कारणहरू छन्। नेपालमा गरिबीका कारणहरू केबल आर्थिक मात्रै नभई सामाजिक र राजनीतिक
पनि हुन्।
§ नेपालमा विद्यमान् उच्च जनसङ्ख्या वृद्धिदर, बेरोजगारी र
अर्धबेरोजगारी, परम्परागत कृषि प्रणाली र न्यून उत्पादकत्व, आर्थिक असमानता, सुस्त औद्योगिक
विकास, न्यून ग्रामीण विकास, असमान क्षेत्रीय विकास, राजनीतिक अस्थिरता, योजनाको प्रभावकारी कार्यान्वयनमा कमी, सुशासनको कमी,
न्यून आर्थिक वृद्धि आदि गरिबीका कारणहरू हुन्।
§ देशमा कृषि क्षेत्रको आधुनिकीकरण तथा औद्योगिक क्षेत्रको विकासलाई
तीव्रता दिएर रोजगारी सिर्जना गरी आय आर्जनमा वृद्धि गरेर मात्रै गरिबीको समस्यालाई समाधान गर्न सकिन्छ।
§ अर्को शब्दमा व्यापक उत्पादन वृद्धिबाट उच्च आर्थिक वृद्धि हासिल गरेर
मात्रै नेपालमा अपेक्षाकृत गरिबी निवारण सम्भव छ।
समसामयिक घटना (Contemporary Events)
वर्तमान समयका
बहुचर्चित समाचारलाई समसामयिक घटना भनिन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
क्षेत्रमा अनेकों परिवर्तन भइरहेका हुन्छन्। वर्तमान समयमा घटेका यस्ता चर्चित
घटनाहरू भोलिको लागि इतिहास बन्ने छन्। समसामयिक घटनाको बारेमा जानकारी
राख्नाले हामीलाई निम्नानुसारको फाइदा मिल्ने छ:
§ व्यक्तिमा विविध क्षेत्रको ज्ञान हासिल गर्ने क्षमता वृद्धि हुन्छ।
§ आफ्नो मानसिक स्थितिलाई क्रियाशील राख्न सकिन्छ ।
§ यस्तो जानकारीले आफ्नो पढाइलाई पनि सहयोग पुयाउँछ।
§ व्यक्तिको जीवनशैली ताजा, स्वस्थ र सक्रिय बन्छ।
§ बौद्धिक क्षमतामा वृद्धि हुन्छ।
§ विभिन्न क्षेत्रको जानकारीमूलक सन्देशले आफूलाई सही दिशा प्रदान
गर्दछ।
§ लोकसेवा आयोग लगायत अन्य क्षेत्रका प्रतिस्पर्धात्मक परीक्षामा
उत्कृष्ठ नतिजा हासिल गर्ने अवसर मिल्छ।
समसामयिक घटनाका
क्षेत्रहरू
§ राजनीतिक परिवर्तन
§ आर्थिक गतिविधि
§ विज्ञान तथा प्रविधि
§ शिक्षा क्षेत्रका मुख्य समाचार
§ आफ्नो समाजमा घटेका घटना
§ खेलकुद सम्बन्धी गतिविधि
राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय क्षेत्रका समसामयिक घटना
राजनीतिक घटना :
संयुक्त राज्य
अमेरिकाको ४६ औ राष्ट्रपतिमा जो बाइडेन निर्वाचित
संयुक्त राज्य
अमेरिकाको ४६ औ राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। उनले सन् २०२१ जनवरी
२० बाट आफ्नो पद सम्हाल्दै आएका छन् जो बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गरी आफ
राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनी डेमोक्रेटिक पार्टीका नेता हुन्।
खेलकुद
त्रिदेशीय फुटबल कप
•
वि.सं. २०७७ चैत १६
गते त्रिदेशीय फुटबल कप (Three Nations
Cup) मा नेपाल विजयी बनेको छ। नेपाल, बङ्गलादेश र
किर्गिस्तानबिचको खेल दशरथ रङ्गशाला काठमाडौँमा सम्पन्न भएको थियो। उक्त
प्रतियोगितामा नेपालले बङ्गलादेशलाई २-१ गोलले पराजित गरेको थियो।
१७ औँ स्पोर्ट
अवार्ड सम्पन्न
•
नेपाल खेलकुद पत्रकार
मञ्चले आयोजना गरेको १७ औँ स्पोर्ट अवार्ड सम्पन्न भएको छ । यस अवार्ड कार्यक्रममा
गौरीका सिंह र मन्देकाजी वर्ष (वि.सं. २०७७) खेलाडी घोषित भएका छन् । पौडीवाज
गौरीका सिंह १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण, २ रजत र ३ कास्य
पदककी विजेता हुन्। त्यस्तै कराँते खेलाडी मन्देकाजी श्रेष्ठ १३ औं दक्षिण
एसियाली। खेलकुद (साग) मा २ स्वर्ण पदक विजेता हुन्।
•
सन् २०२० नोभेम्बर
२५ मा विश्वप्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ। उनी
अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर फुटबल खेलाडी हुन्।
•
पोर्चुगलका फुटबल
खेलाडी क्रिस्चियानो रोनाल्डोलाई प्लेयर अफ द सेन्चुरी अवार्ड प्राप्त भएको
छ। सन् २००१ देखि २०२० सम्म फुटबल खेलाडीले प्रदर्शन गरेको खेललाई आधार मानी यो
पुरस्कार प्रदान गरिएको हो।
Euro
Cup- सन् २०२०
•
युरोपेली राष्ट्रका
बिच हुने Euro Cup- सन् २०२० सम्पन्न भएको छ। सन्
२०२० मा हुने भनिएकोमा COVID-19 महामारीका कारण यो खेल स्थगित गरिएको थियो। २०२० मा स्थगित गरिएको यो
खेल सन् २०२१ जुन ११ देखि जुलाई ११ सम्ममा सम्पन्न गरिएको छ। Euro Cup को फाइनल खेल बेलायत
(ब्रिटेन) को बिम्बले स्टेडियममा सम्पन्न भएको थियो। २४ देश सहभागी भएको उक्त
खेललाई ६ समूहमा विभाजित गरिएको थियो। सहभागी राष्ट्र इटली र आयोजक बेलायत Euro Cup को फाइनमा पुगेका
थिए। उक्त फाइनल खेलमा निर्धारित समयअवधिमा बराबरी (१-१) गोल भएको थियो।
त्यसपश्चात् पेनल्टीमा इटलीले बेलायतलाई २ का विरुद्ध ३ गोल गरी विजय प्राप्त
गरेको थियो।
Copa
America
•
दक्षिण अमेरिकी
मुलुकहरूबिचमा हुने Copa America सन् २०२१ सम्पन्न भएको छ । सन् २०२० मा हुने भनिएको उक्त खेल COVID 19 महामारीको कारण
स्थगित गरिएको थियो। आयोजक राष्ट्र ब्राजिलको सक्रियतामा सम्पन्न उक्त खेल सन्
२०२१ जुन ११ देखि जुलाई १० सम्म सञ्चालनमा आएको थियो। फाइनलमा पुगेका ब्राजिल र
अर्जेन्टिनाको खेल अर्जेन्टिनाले ब्राजिललाई ० का विरुद्ध १ गोलले उछिन्दै प्रथम
स्थान हासिल गर्न सफल भएको थियो।
ओलम्पिक खेलकूद
•
ओलम्पिक खेलकूद सन्
२०२० जापानको टोकियो सहरमा सम्पन्न भएको छ। सन् २०२० मा हुने भनिएको ओलम्पिक खेल COVID-19 का कारण स्थगित
गरिएको थियो। यो खेल सन् २०२१ जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालनमा आएको थियो।
यसको नारा Motto: United by Emotion' रहेको थियो। यस खेलमा २०५ भन्दा बढी देशहरू सहभागी भए। ओलम्पिकका
फरक-फरक ३३ खेलमा ३३९ प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा ११,००० भन्दा बढी
खेलाडीले भाग लिएका थिए।
अर्थतन्त्र समाचार
ट्रान्सपरेन्सी
इन्टरनेशनल
ट्रान्सपरेन्सी
इन्टरनेशनल नामक संस्थाले सन् २०२१ जनवरी २८ मा भ्रष्टाचार सम्बन्धी सूचकाङ्क
सार्वजनिक गरेको छ। यसको पूर्णाङ्क १०० हुन्छ। जुन देशले जति धेरै अङ्क प्राप्त
गयो, त्यो देशमा त्यति नै कम भ्रष्टाचार हुन्छ भन्ने कुरा बुझिन्छ।
विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देश
देशको नाम प्राप्ताङ्क
डेनमार्क ८८
न्युजिल्याण्ड ८८
फिनल्याण्ड ८५
सिङ्गापुर ८५
स्विडेन ८५
स्विट्जरल्याण्ड ८४
नेदरल्याण्ड ८२
विश्वमा सबैभन्दा
बढी भ्रष्टाचार हुने देश
(ट्रान्सपरेन्सी इन्टरनेशनल)
देशको नाम प्राप्ताङ्क
सोमालिया १२
दक्षिणसुडान १२
सिरिया १४
यमन १५
भेनेजुएला १५
सुडान १६
सिरिया इक्वेटोरियल गिनी १६
सार्क राष्ट्रको
स्थिति (ट्रान्सपरेन्सी
इन्टरनेशनल)
देशको नाम
प्राप्ताङ्क
§ भुटान ६८
§ माल्दिभ्स ४३
§ भारत ४०
§ श्रीलङ्का ३८
§ नेपाल ३३
§ पाकिस्तान ३१
§ बङगलादेश २६
§ अफगानिस्तान १९
v विश्वमा कम भ्रष्टाचार हुने देशको सूचिक्रममा नेपाल ११७ औं स्थानमा
परेको छ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) ले मानव विकास सूचाङ्क (HDI सन् २०२०) सार्वजनिक गरेको छ। यसको प्राप्ताङ्क ० देखि १ को बिचमा हुने गर्दछ। जुन देशको अडक बढी छ, त्यही देश मानव विकासको क्रममा अगाडि छ भनेर बुझ्न सकिन्छ ।
सबैभन्दा उच्च मानव विकास भएका देश
देशको नाम प्राप्ताङ्क
नर्वे ०.९५७
आयरल्याण्ड ०.९५५
स्विट्जरल्याण्ड ०.२५५.
आइसल्याण्ड ०.९४९
जर्मनी
०.९४७
स्विडेन ०.९४५
अष्ट्रेलिया ०.९४४
नेदरल्याण्ड ०.९४४
डेनमार्क
०.९४०
सबैभन्दा न्यून मानव
विकास भएका देश
देशको नाम
प्राप्ताङ्क
नाइजर ०.३९४
केन्द्रीय अफ्रिकी
गणराज्य ०.३९७
चाड ०.३९८
दक्षिण सुडान ०.४३३
बुरुण्डी ०.४३३
सार्क राष्ट्रको
स्थिति (मानव विकास)
देशको नाम प्राप्ताक
•
श्रीलका ०.७८२
•
माल्दिभ्स ०.६०२
•
भुटान ०.६५४
•
भारत ०.६४५
•
बगलादेश ०.६३२
•
नेपाल ०.६०२
•
पाकिस्तान ०.५५७
•
अफगानिस्तान ०.५११
v विश्वका १८९ देशमा गरिएको सर्वेक्षणअनुसार नेपाल १४७ औ स्थानमा रहेको
छ।
विज्ञान तथा प्रविधि
नेपाल विज्ञान तथा
प्रविधि प्रज्ञा प्रतिष्ठान
•
नेपाल विज्ञान तथा
प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) ले ८७३ जना नेपाली वैज्ञानिकको सूची तयार गरेको छ। यी व्यक्तिहरू देश
तथा विदेशको अनुसन्धान क्षेत्रमा कार्यरत छन्। नाष्टले यी नेपाली वैज्ञानिकको नाम
र काम सम्बन्धी विवरणलाई Who is Who? शीर्षकमा सूचिकृत गरेको छ।
'नेपाली स्याट-१' नामक भू-उपग्रह
•
नेपालको तर्फबाट
वि.सं. २०७६ बैशाख ५ मा 'नेपाली स्याट-१' नामक भू-उपग्रह प्रक्षेपण गरिएको छ। यो भू-उपग्रह पृथ्वीको सतहभन्दा
४०० किमी माथि रहने छ। नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहने यो उपग्रह USA को भर्जिनिया बाट
प्रक्षेपण गरिएको थियो। भू-उपग्रह प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी
अर्विटल ए टिकेले लिएको थियो।
शिक्षा र समाज
•
कोरोना भाइरस (COVID 19) महामारी रोगको कारण
वि.सं. २००६ चैत ६ गतेदेखि शैक्षिक संस्थाहरू बन्द रहे। जसको कारण SEE. CTEVT लगायत University सम्मका परीक्षाहरू
स्थगित भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय बमोजिम २०७७ जेठ १८ बाट
अनलाइन कक्षा सञ्चालन गराइयो। लगभग १० महिना बन्द रहेका शैक्षिक संस्थाहरू वर्षको
अन्त्यबाट पुनः सञ्चालनमा आएका थिए। २०७० को चैत महिनादेखि पुनः COVID-19 को दोस्रो Varient देखा पत्यो। दोस्रो Varient को बढी प्रभाव भारत
र नेपालमा परेको छ। जसको कारण शैक्षिक सत्र वि.सं. २०७८ मा सञ्चालन हुने कक्षा र
परीक्षा प्रभावित भइरहेका छन्। COVID-19 को दोस्रो Varient ले विश्व समुदायलाई शोक र चिन्तामा डुबाइरहेको छ। अझ तेस्रो तथा चौथो Varient को हल्लाले मानव
समाजमा प्राश उत्पन्न भएको देखिन्छ।
•
COVID-19 ले हालसम्म विश्वमा लगभग ४३ लाख मानिसको ज्यान गइसकेको अवस्था छ।
आजसम्मको सबैभन्दा उच्च मृत्युदर संयुक्त राज्य अमेरिका (६ लाख ३० हजार), ब्राजिल (५ लाख ५०
हजार), भारत (४ लाख २५ हजार) रहेको देखिन्छ। नेपालमा पनि COVID-19 को कारण लगभग १ हजार व्यक्तिको ज्यान गएको छ।
अन्य केही समसामयिक
गतिविधिहरू:
•
सगरमाथाको नयाँ उचाइ
वि.सं. २०७७ मङसिर २३ मा सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ। हालको नयाँ उचाइ ८,८४८.८६ मिटर कायम
गरिएको छ। ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टमबाट यो उचाइ नापिएको हो। यस कार्यबाट
सर्वोच्च शिखर सगरमाथाको पुरानो उचाइमा ०.८६ मिटर थपिएको छ।
•
नेपालको नयाँ नक्सा
सार्वजनिक
नक्सामा लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रलाई समेटिएको छ। यो नयाँ नक्सा
मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। जसअनुसार नेपालको नयाँ क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर
कायम हुने अनुमान गरिएको छ। यो विषयले पूर्ण मान्यता पाउन भने अझै बाँकी रहेको छ।
•
जनगणना वर्ष २०७८
नेपालमा १२ औं राष्ट्रिय जनगणना कार्यक्रम सञ्चालन हुँदै छ। जनगणनाको कार्यक्रम
वि.सं. २०७८ जेठ २५ देखि असार ८ गते सम्मका लागि मिति तोकिएको थियो। COVID-19 के कारणले गर्दा यो
कार्य हाललाई स्थगित गरिएको हो। १२ औं जनगणनाको मुख्य नारा 'मेरो गणना मेरो
सहभागिता रहेको छ। यसबाट नेपालको जनसङ्ख्या सम्बन्धी नयाँ तथाङ्क सार्वजनिक गरिने
छ।
•
राष्ट्रकविको निधन
२०७७ साल भदौ २ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। वि.सं. १९७६ असोज
७ गते जन्मनुभएका कवि घिमिरे १०२ वर्ष पूरा गरी मृत्यु शैयामा पुग्नुभयो। गीति
काव्य, खण्डकाव्य तथा महाकाव्यमा कलम चलाउने घिमिरे नेपाली साहित्यका
अग्रणी व्यक्तित्त्व मानिनुहुन्छ। उहाँको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति
पुगेको छ।
Comments
Post a Comment