कक्षा ११ (सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा) एकाइ -२ जीवनोपयोगी सीपका रुपमा डिजिटल सिपहरु तथा सामान्य अनुसन्धान सीपहरु (all)
कक्षा ११ (सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा) एकाइ -२ (all)
जीवनोपयोगी सीपका रुपमा डिजिटल सिपहरु तथा सामान्य अनुसन्धान सीपहरु
पाठ -१ डिजिटल साक्षरता
1. डिजिटल साक्षरता भन्नाले के बुझिन्छ? यसको अवधारणा स्पष्ट गर्नुहोस्।
समाज विकासको विभिन्न चरण पार गर्दै एक्काईसौं शताब्दीमा पुगीसकेको छ जसलाई विज्ञान र प्रविधि को युग भन्ने गरिन्छ।आजको यस विज्ञान र प्रविधि को युग ले हाम्रो जीवनलाई सरल बनाउनु को साथसाथै इच्छा व्यापार पर्यटन कृषि उद्योग चिकित्सा engineering जस्ता क्षेत्रहरुमा प्रभावित पारेको छ । आजको युगमा जुनसुकै काम गर्नको लागि विज्ञान तथा प्रविधीको प्रयोग अपरिहार्य छ। शिक्षा स्वास्थ्य मनोरञ्जन व्यापारको कार्यालय banking अनुसन्धान आदि क्षेत्रमा यसको प्रयोग दिनप्रतिदिन बढ्दै गइरहेको छ। कम्प्युटर इन्टरनेट र एस्तै electronic माध्यम प्रयोग गरिने प्रविधिलाई सूचना प्रविधि भनिन्छ। यसलाई अंग्रेजीमा information technology भन्ने गरिन्छ।डिजिटल साक्षरता भनेको कम्प्युटरमा प्रयोग हुने सामग्रीहरूको प्रयोगसँग सम्बन्धित आधारभूत ज्ञान हुनु हो।त्यसले विद्युतीय माध्यमबाट आफ्नो कार्य गर्दछ।
डिजिटल भनेको electronic र साक्षरता को अर्थ पढ्नु,साक्षर हुनु र लेख्न जान्नु हो। तसर्थ डिजिटल साक्षरता भन्नाले कम्प्युटर तथा इन्टरनेट, सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी आफ्नो दैनिक र व्यवसायिक जीवनलाई सरल बनाउनु हो। डिजिटल साक्षर व्यक्ति डिजिटल सामाग्री प्राप्त गर्न, उपयोग गर्न, सिर्जना गर्न र वितरण वा सञ्चार गर्न सक्षम हुन्छ।डिजिटल साक्षरता भित्र सूचना तथा सञ्चार प्रविधि सम्बन्धि प्राविधिक सिप र ज्ञान दुवै पर्दछन् ।
सूचना तथा संचार प्रविधि भनेको के हो?
कम्प्युटर, इन्टरनेट तथा अन्य माध्यमको प्रयोग गरेर तथ्याङ्क सङ्कलन गर्ने, सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सूचनामा परिवर्तन गर्ने, प्रशोधित सूचनालाई भण्डारन गर्ने र उक्त सूचना प्रयोगकर्तालाई उपलब्ध गराउने कार्य नै सूचना तथा सञ्चार प्रविधि हो । यसलाई छोटकरीमा सूचना प्रविधि (आइटी) पनि भन्ने गरिन्छ । सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ । प्रो. हिलर स्पाइर्सका अनुसार डिजिटल साक्षरताका तीन पक्षहरू हुन्छन् :
(क) डिजिटल सामग्री प्राप्त र उपयोग गर्ने
(ख) डिजिटल सामग्री सिर्जना गर्ने
(ग) डिजिटल सामग्री सञ्चार वा वितरण गर्ने
यसैले डिजिटल साक्षरताभित्र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्राविधिक ज्ञान र सिप दुवै पर्दछन् । आजको वैज्ञानिक युगमा जीवनका हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग भइरहेको छ । हाल कुनै पनि क्षेत्रमा सफल हुन डिजिटल साक्षरता नभई नहुने अवस्था आएको छ । त्यसैले हरेक व्यक्तिले यी ज्ञान र सिपहरू प्राप्त गर्नैपर्ने भएको छ ।
यसरी भन्नुपर्दा कम्प्युटर इन्टरनेट र यस्तै अन्य इलेक्ट्रोनिक माध्यम प्रयोग गरिने प्रविधिलाई सूचना तथा सञ्चार प्रविधि भनिन्छ ।
सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरूको चर्चा गर्नुहोस्।
सूचना तथा सञ्चार प्रविधिको प्रयोग आजको युगमा अपरिहार्य छ। मानिसहरु सूचना तथा संचार प्रविधिबाट टाढा रहेर बस्न गाह्रो छ।तथा सञ्चार प्रविधिको प्रयोग गर्ने सिप नभएको मानिस निरक्षर सरह हुन्छ। त्यसैले आफ्नो दैनिक र व्यवसायिक जीवनमा सूचना तथा संचार प्रविधिहरु को प्रयोगको बारेमा सिक्नु अपरिहार्य छ।
सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू यसप्रकार छन्।
- सूचना र प्रविधिको प्रयोग गर्दा मानिसको control यस माथि भएको हुनुपर्छ ना कि सूचना र प्रविधीको control मानिस माथि भएको हुनुपर्छ।
- सूचना र प्रविधि सानो वा ठूलो ले फरक पर्दैन बरु यसको प्रयोग सही तरिकाले भएको हुनुपर्छ।
- प्रविधिलाई मानिसले कुनैपनि काम सजिलो र छिटो गर्नकोलागि गरिनुपर्छ।
- अतिआवश्यक चिजहरु जस्तै पासवर्ड, code word र अन्य चिजहरु गोप्य राख्नु पर्छ।
- सूचना तथा प्रविधि वियोग डिजिटल सामग्री प्राप्त गर्न, उपयोग गर्न, सिर्जना गर्न, वितरण वा सञ्चार गर्न को लागि गरिनुपर्छ।
- तसर्थ सूचना र प्रविधि प्रयोग राम्ररी भएमा यो मानिसको लागि वरदान स्वरुप हुन्छ तर यसको गलत प्रयोग भएमा यो मानिसै लागि अभिश्राप हुन्छ। यसरी भन्नुपर्दा सूचना तथा प्रविधिको प्रयोग प्रयोगकर्ता माथि आधारित छ कि उनीहरूले यसलाई समाजको उन्नतिको लागि प्रयोग गर्छन् कि अवनति को लागि प्रयोग गर्छन्।
कम्प्युटरको परिचय कम्प्युटर एक विद्युतीय यन्त्र हो, जसले निर्देशनअनुसार तथ्याङ्कलाई गणना, प्रशोधन तथा भण्डारन गर्दछ । यसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्य सम्पादन गर्न, अधिकांश गणितीय समस्याहरू हल गर्न, तथ्याङ्क भण्डार गर्न तथा नतिजा देखाउन सक्दछ ।। कम्प्युटर सिस्टम भनेको यसका हार्डवेयर र सफ्टवेयरको संयुक्त रूप हो ।
कम्प्युटरल्याटिन भाषाको ‘computare’ भन्ने शब्दबाट आएको हो जस्तो अर्थ हिसाब-किताब गर्ने बुझिन्छ।
प्रयोग गर्ने मानिस तथा प्रयोजनअनुसार कम्प्युटर विभिन्न आकार र प्रकारका हुन्छन् ।
- व्यक्तिहरूले स्मार्ट फोन, ट्याबलेट, ल्यापटप, डेस्कटप जस्ता माइक्रो कम्प्युटर प्रयोग गर्दछन्।
- गुगल, याहु जस्ता ठुला कम्पनीहरूले एकै पटक धेरै मानिसहरूले चलाउन मिल्ने मेन फ्रेम र सुपर कम्प्युटर प्रयोग गर्दछन्।
कम्प्युटर हार्डवेयरलाई उदाहरणसहित वर्गीकरण गर्नुहोस्।
कम्प्युटरका अङ्गहरू:
- हार्डवेयर: कम्प्यूटर प्रणालीमा देख्न र सुन्न सक्ने सम्पूर्ण सामानहरु जस्तै मनिटर, प्रिन्टर, प्रोसेसर, स्क्यानर,Mouse, सिपियु, keyboard, आदि।
हार्डवेयर लाई input उपकरण, प्रशोधन उपकरण, output उपकरण, र भण्डारण उपकरण गरी चार भागमा वर्गीकरण गरिन्छ।
i. Input उपकरण( Input Unit): कम्प्युटरमा कुनै पनि तथ्यांक वा निर्देशन प्रविष्ट गराउन प्रयोग हुने उपकरण हरु लाई input उपकरण भनिन्छ, जस्तै : Keyboard, Mouse, Microphone, Camera आदि।
ii. प्रशोधन उपकरण(Processing Unit): कम्प्यूटरमा प्रविष्ट भएका कुनैपनि तथ्याङ्कलाई निर्देशनअनुसार गणना वा प्रशोधन गर्न प्रयोग गरिने उपकरण लाई प्रशोधन उपकरण भनिन्छ, जस्तै Central Processing Unit (CPU)
iii. Output उपकरण (Output Unit): कम्प्युटरमा भएका कुनै तथ्यांक वा सूचनालाई देखाउन प्रयोग हुने उपकरणलाई output उपकरण भनिन्छ, जस्तै monitor, projector, speaker, printer, आदि।
iv. भण्डारण उपकरण (Storage Unit): कम्प्यूटरमा प्रविष्ट भएका वा गरिएका तथ्याङ्कहरु लामो समयसम्म सुरक्षित राख्नको लागि प्रयोग गरिने उपकरणलाई भण्डारण उपकरण भनिन्छ, जस्तै CD, DVD, Harddisk, Pendrive, Memory आदि
2. सफ्टवेयर:कम्प्यूटर प्रोग्रामहरु।
कम्प्युटरका विशेषताहरु:
- त्रुटिरहित
- अत्यन्तै छिटो
- भण्डारण
- लगनशीलता
- बहुमुखी
- स्वचालित
- लामो समयमा लगातार काम गर्न सक्ने
- टिकाउ
5. कम्प्युटरको प्रयोग भइरहेका कुनै दुई क्षेत्र हरु को नाम लेख्नुहोस।
6. ‘कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ।’ यस भनाईलाई पुष्टि गर्नुहोस्।
7. कम्प्युटरको प्रयोग हुने कुनै चार क्षेत्रहरूको उदाहरणसहित वर्णनगर्नुहोस्।
कम्प्युटरको प्रयोग वा क्षेत्र:
- शिक्षा: कम्प्युटरको प्रयोग Smart Class, Distance Learning, Virtual Class, Online Class आदिको माध्यमबाट पठनपाठन गर्न, पठन पाठन संग सम्बन्धित आवश्यक शैक्षिक सामग्री निर्माण गर्न, विद्यार्थी तथा शिक्षकहरूको रेकर्ड राख्न, नतिजा तयार गर्न, तालिम, गोष्ठी, छलफल, सेमिनार तथा वेवीनारहरु सञ्चालन गर्न।
- संचार: मानिसहरुबीच इमेल इन्टरनेट सामाजिक सञ्जाल आदिको माध्यमबाट सरल तथा सुलभ तरिकाले विचार वा संचार,सूचना वा सन्देश आदि आदानप्रदान गर्न।
- बैन्किङ: ATM, Mobile Banking, Online Transfer,वा Online Payment आदि
- अनुवाद गर्न: आजको यस 21औं शताब्दीमा कम्प्युटरको प्रयोग अनुवाद गर्नकोलागि गरिन्छ।कम्प्युटरले एउटा भाषामा लेखिएको शब्द,वाक्य वा किताबलाई अर्को भाषामा अनुवाद गर्नमा सहयोग गर्दछ।
- मनोरञ्जन, वैज्ञानिक अनुसन्धान, मौसम संबंधी भविष्यवाणी, व्यक्तिगत प्रयोजन, कार्यालय, बीमा, उद्योग,व्यापार, radio तथा टेलिभिजन प्रसारण गर्न, आदि
यसरी, हामी भन्न सक्छौं कि आजको युगमा computer हाम्रो दैनिक जीवनको एउटा अङ्ग बनेको छ। Computer हरुले हाम्रो दैनिक जीवनमा हुने कार्यहरुलाई ease बनाएका छन्। यसलाई संचारमा, तथ्यांक भण्डारणमा, गणना गर्नमा, विभिन्न महत्वपूर्ण कागजात हरु सुरक्षित राख्नमा, मनोरञ्जनात्मक चिजहरु जस्तै खेलहरु खेल्नमा, गीत सुन्नमा, चलचित्र हेर्नमा, र डकुमेन्टहरु type गर्नमा मानिसहरुले प्रयोग गरिरहेका छन्। तसर्थ, आजको एक्काइसौं शताब्दी शताब्दीमा कम्प्युटरको प्रयोग व्यापक क्षेत्रमा गर्न सकिन्छ र यसको उपयोग विश्वव्यापी भएको छ।
8. Microsoft Word मा के के काम गर्न सकिन्छ? उदाहरणसहित लेख्नुहोस्।
Microsoft word एउटा लोकप्रिय word processing प्रोग्राम हो जुन microsoft office अन्तर्गत पर्दछ।यस अन्तर्गत Ms-Excel र MS-PowerPoint पनि पर्दछन् ।यसको प्रयोग तपसिल का कार्यहरु गर्नको लागि गर्न सकिन्छ:
- अनलाइनबाट काम गर्नेहरुले Google Docs, Google Spreadsheet, Google Slide आदि एप्लिकेसनहरुमा documents तयार गर्दछन्।
- चिठीपत्र हरु लेख्न।
- Documentation गर्न।
- गतिविधिहरु अर्डरमा मिलाएर राख्न।
- अध्ययन र अध्यापन को काम सजिलो गर्न।
- विद्यार्थीहरूको homework र assignment हरुका लागि।
- विभिन्न कार्यक्रमहरूमा स्लाइडहरू बनाएर देखाउनका लागि।
- Research Paper लाई लिखित रुपमा प्रस्तुत गर्नको लागि।
- विभिन्न प्रस्तुतीकरण हरुमा प्रयोग गर्नको लागि।
- Exams हरूको papers तयार पार्नको लागि र यस्तैअन्य कार्यको लागि।
Microsoft word खोल्ने, नयाँ document लाई save गर्ने र टाइप गर्ने
- आफ्नो कम्प्युटर वा ल्यापटप अन गर्नुहोस्।
- स्टार्ट मेनु मा क्लिक गर्नुहोस।
- Microsoft office word 2007, 2010,2013, वा 2016 मा क्लिक गर्नुहोस।
- Bank document मा क्लिक गर्नुहोस।
- बायाँ तर्फ माथितिर रहेको file tab मा क्लिक गर्नुहोस। त्यसपछि save वा save as मा क्लिक गर्नुहोस। Pc मा क्लिक गर्नुहोस् र आफूले चाहेको drive वा desktop मा क्लिक गरी file name भन्ने ठाउँमा files name type गर्नुहोस र save button मा click गरी फाइललाई सेभ गर्नुहोस्। यसपश्चातWord पेजमा आवश्यक पर्ने document type गरि फेरी सेभ गर्न परेमा Ctrl+S एकैपटक थिच्नुहोस्।
9. कम्प्युटरमा रहेका document लाई कसरी प्रिन्ट गर्न सकिन्छ, चरणहरु उल्लेख गर्नुहोस्।
10. कुनैपनि फाइल प्रिन्ट गर्दा अपनाइने प्रक्रियाहरु उल्लेख गर्नुहोस्।
कम्प्युटरमा भएका document हरुलाई printer को माध्यमबाट प्रिन्ट गर्न सकिन्छ। यसकोलागि उक्त कम्प्युटरमा सम्बन्धित प्रिन्टरको Software/ Driver install भएको हुनुपर्छ। तसर्थ कम्प्युटरमा भएका आवश्यक कागजपत्रहरु लाई तपसिल का चरणहरु प्रयोगगरी प्रिन्ट गर्न सकिन्छ:
- प्रिन्ट गर्नुपर्ने फाइल खोल्नुहोस।
- Office Button क्लिक गर्ने, print मा जाने अनि print preview मा गएर files को setting चेक गर्ने।
- त्यसपछि print अप्सनमा गएर printer सेलेक्ट गर्ने र Number of Copies select गर्ने ।
- कुनै निश्चित पेजहरू प्रेम त गर्न परेमा print number टाइप गर्ने।
- आवश्यकताअनुसार अन्य सेटिङहरू मिलाउने।
- कागजको सायद सामान्यतया A4 हुन्छ विशेष अवस्थाबाहेक A4 साइज को कागज राख्ने।
- एकभन्दा बढी प्रति आवश्यक भए सोअनुसार मिलाउने।
- अन्त्यमा OK को बटनमा क्लिक गर्ने र तपाईंको कागजात print हुनेछ।
पाठ-२
संचार एप्लिकेसनहरूको प्रयोग
ब्राउजर भनेको के हो? उदाहरण दिएर प्रष्ट पार्नुहोस्।
ब्राउजर एउटा कम्प्युटर एप्लिकेसन हो। यसले इन्टरनेट र कम्प्युटर बिच सञ्चार सम्बन्ध स्थापना गर्ने काम गर्दछ। इन्टरनेट चलाउन आवश्यक पर्ने application वा वेब भित्र छिर्ने मूल ढोका नै ब्राउजर हो। Google Chrome, Mozilla Firefox, Opera,आदि उपयोगी र लोकप्रिय ब्राउजर हरु हुन्। Microsoft Firefox, Microsoft edge, र Safari चाहिँ Default ब्राउजर हुन्। कुनै पनि ब्राउजरबाट इन्टरनेट चलाउन उक्त कम्प्युटरमा इन्टरनेट जोडिएको हुनुपर्छ। यसरी भन्नुपर्दा, कम्प्युटरमा गरिने online कामहरु ब्राउजरको मद्दतले गरिने गरिन्छ।
Email भनेको के हो? यसका फाइदाहरु उल्लेख गर्नुहोस्।
इमेल Electronic Mail को छोटकरी रुप हो। यसलाई नेपालीमा विद्युतीय हुलाक भन्ने गरिन्छ। अर्को शब्दमा भन्नुपर्दा email परम्परागत हुलाकी पत्राचारको आधुनिक माध्यम हो। इमेलले इन्टरनेटमार्फत पत्राचार गर्ने कार्य गर्छ । इमेलबाट पत्राचार गर्न इमेल एकाउन्ट खोलिएको हुनुपर्छ । Gmail, Yahoo, Hotmail आदि जस्ता इमेल सेवा प्रदायक मध्ये कुनै एकमा एकाउन्ट खोल्न सकिन्छ ।
इमेलका निम्नलिखित फाइदाहरू हुन्छन् :
नि:शुल्क पत्राचार गर्न सकिन्छ ।
एकै पटक धेरै जनालाई पत्राचार गर्न सकिन्छ ।
छिटो, सजिलो र विश्वसनीय रूपमा पत्राचार गर्न सकिन्छ।
एकै पटक धेरैओटा डकुमेन्ट, फोटो आदिलाई पठाउन सकिन्छ।
पत्राचार गरिएका डकुमेन्टहरू सुरक्षित भण्डार गर्न सकिन्छ।
चित्र, फोटो, भिडियो वा अन्य आरकाइभ गरिएका डकुमेन्ट सुरक्षित गर्न सकिन्छ ।
संसारको जुनसुकै ठाउँबाट जुनसुकै समयमा इन्टरनेटको कनेक्सनभएमा पत्रचार गर्न सकिन्छ।
यसमा कागजको खर्च लाग्दैन, त्यसकारण यो फाइदाकारी हुन्छ।
यसलाई सूचना सञ्चार गर्न, समूहमा काम गर्न, भण्डारण गर्न, कामको व्यवस्थापन गर्न र योजना बनाउन प्रयोग गरिन्छ।
आजको यस एक्काइसौं शताब्दीमा, Research Proposal, HomeWork, Assignment, का साथ साथै कुनैपनि ब्राउजर चलाउनको इमेलको लागि प्रयोग गरिन्छ।
3. जिमेल (Gmail) खाता खोल्ने तरिका लेख्नुहोस्।
जिमेल खाता खोल्ने तरिकाहरु यसप्रकार रहेका छन्:
कुनै पनि ब्राउजर खोलेर Search Option www.gmail.com टाइप गर्ने, र Enterमा क्लिक गर्ने, Window खुल्छ। Window खोलिसकेपछि ‘Create Account’ मा क्लिक गर्ने।
आफ्नो नाम भर्ने, अनि Username मा आफ्नो नामसाग मिल्दो नाम भर्ने । Available नदेखाए सम्म नामको पछाडि सङ्ख्या परिवर्तन गर्दै जाने। पासवर्डमा सामान्यतया ८ अक्षर (Characters)संख्या र अक्षर मिलाएर राख्ने । त्यसपछि Next मा क्लिक गर्ने।
अर्को Window मा आफ्नो फोन न. टाइप गर्ने र फेरि Next मा क्लिक गर्ने।अनि मोबाइल फोनमा ६ अङ्कको कोड न. भएको सन्देश आउाछ र प्रमाणीकरण फोनको म्यासेजमा आएको सङ्केत न. कम्प्युटरमा टाइप गर्ने र Verify मा क्लिक गर्ने।
अर्को Window खुल्छ र त्यसमा आवश्यक विवरण भरी Next मा क्लिक गर्ने
Google Privacy and Termsको तल भएको I Agree मा क्लिक गर्ने
अब जिमेल खाता तयार भयो । तपाईाको Gmail Inboxमा Welcome Message आउँछ।
जिमेल खातामा साइन इन गर्ने तरिका
ब्राउजर खोलेर Search Optionमा www.gmail.com टाइप गर्ने
आफ्नो पूरा Email address टाइप गर्ने, जस्तै : nikitasharma123@gmail.com अनि Next मा क्लिक गर्ने
अर्काे Window आईसके पछि त्यसमा पासवर्ड टाइप गर्ने र Next मा क्लिक गर्ने
तपाईंको जिमेल खातामा साइन इन भयो।
जिमेल खातामा इमेल हेर्ने तरिका
ब्राउजरखोलेर साइन इन गर्ने, यसो गर्दा Window मा Inbox देखिन्छ र नयाा इमेलहरू बोल्ड कलरमा हुन्छन्
आफूले हेर्नुपर्ने इमेलमा क्लिक गर्ने ।
इमेलको जवाफ दिन Reply Button बटन क्लिक गर्नुपर्छ र आवश्यकताअनुसार सन्देश टाइप गरी फाइल Attech गरेर Send गर्नुपर्छ ।
इमेल अरू कसैलाई पठाउनुपर्ने भएमा सोको इमेल ठेगाना टाइप गरी Send बटन क्लिक गर्नुपर्छ ।
4. इमेलमा फाइल लाई Attach गर्ने तरिका लेख्नुहोस्।
जिमेल खाताबाट इमेल पठाउने तरिका
ब्राउजरमा साइन इन गर्ने ।
Compose वा प्लस चिह्न (+) मा क्लिक गर्ने ।
माथिको बाकसमा पाउने व्यक्ति वा संस्थाको इमेल ठेगाना टाइप गर्ने।
दोस्रो बाकसमा इमेलको विषय टाइप गर्ने।
त्यसको तलको खाली ठाउामा आफ्नो सन्देश टाइप गर्ने।
कुनै डकुमेन्ट Attech गर्नुपर्ने भएमा तल Send बटनको दायाापट्टि क्लिप चिह्नमा क्लिक गर्ने र आफ्नो फाइल Attech गर्ने। अन्त्यमा Send बटनमा क्लिक गर्ने। अनि Sent भएको सन्देश देखाउँछ।
इमेल ठेगाना नमिलेमा डेलिभरी नभएको सन्देश आउँछ।
5. सामाजिक सञ्जाल भनेको के हो? यस फाइदा र बेफाइदाहरु उल्लेख गर्नुहोस्।
सामाजिक सञ्जाल:
संचारका एप्लिकेसनहरु मार्फत अन्य व्यक्तिहरुसँग भेट्न वा अन्तरक्रिया गर्नका लागि निर्माण गरिएका विभिन्न समुहहरुलाई सामाजिक संजाल भनिन्छ। नेपालमा प्रचलित फेसबुक(Facebook), ट्विटर(Twitter), इन्स्ट्राग्राम(Instagram), युटुब(You Tube), टिकटक(Tick tok), Likee आदि छन्। यी समाजिक संजालहरु नयाँ साथी बनाउन पुराना साथीहरु सँग भेटघाट गर्न सूचना आदानप्रदान गर्न र विभिन्न प्रतिभालाई प्रस्तुत गर्न उपयुक्त माध्यम बन्दै गइरहेका छन्। यस्ता सञ्जालहरूले व्यक्तिगत सूचना प्रवाहदेखि सामाजिक दबाब दिनसमेत सहज बनाएका छन् । यसको सदुपयोगबाट धेरै लाभ लिन सकिन्छ भने यसको सुरक्षित प्रयोग भएन भने यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ।
सामाजिक सञ्जालका फाइदाहरू
१. नि:शुल्क रूपमा व्यक्तिगत र सामूहिक कुराकानी गर्न।
२. विश्वभर सञ्चार सम्बन्ध राख्न।
३. नि:शुल्क रूपमा समाचार र सूचना सम्प्रेरण गर्न।
४. व्यापारका लागि बजार व्यवस्थापन र प्रवर्द्धनमा।
५. सामाजिक तथा राजनीतिक सचेतना गराउनमा।
६. विचार आदानप्रदान र सहकार्य गर्नमा।
७. सामाजिक तथा राजनीतिक दबाब दिनमा।
८. Open Learning, E-Learning, Online and Virtual Class संचालन गर्नमा।
सामाजिक सञ्जालका बेफाइदा तथा चुनौतीहरू
१. साामाजिक सञ्जालको कुलत लाग्न सक्छ ।
२. मानसिक रोग लाग्न सक्छ।
३. धोकेबाज र अपराधी प्रकृतिका मानिसलाई सहज हुन्छ।
४. गलत सूचना प्रवाह गर्ने, व्यक्तिको प्रतिष्ठामा आाच आउने तथा समाजमा आतंक फैलाउने।
५. डर, त्रास र धम्की दिएर शारीरिक, मानसिक वा अन्य शोषण गर्न।
६. गोप्य सूचना ह्याकिङ हुन सक्छ।
७. व्यक्तिको आनीबानी पत्ता लगाई गलत फाइदा उठाउन सक्छ।
८. मानिसहरु वास्तविक संसार र सम्बन्ध बिर्सेर काल्पनिक संसारतिर धकेलिनु।
6. सामाजिक सञ्जालहरुलाई सुरक्षित रुपमा प्रयोग गर्न के गर्नुपर्छ? सुझाव दिनुहोस्।
सामाजिक सञ्जालको सुरक्षित प्रयोग:
सामाजिक संजाल का साधनहरूको सुरक्षित र सावधानीपूर्वक प्रयोग गर्नका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्दछ।
नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी नबनाउने।
आफ्नो पासवर्ड गोप्य र सुरक्षित राख्ने।
समाजलाई असर पार्ने नकारात्मक फोटो Page, र पोस्टलाई लाइक, कमेन्ट र सेयर नगर्ने।
आफ्नो गोप्य कुरालाई सामाजिक सञ्जालमा नराख्ने।
विश्वासिलो ज्ञानवर्धक र आवश्यक पेजहरुमा मात्र जोडिने।
सामाजिक सञ्जाललाई सदुपयोग र लाभ लिन को लागि प्रयोग गर्ने।
पाठ -३
अनलाइन भुक्तानी (Online Payment)
1. अनलाइन भुक्तानी भनेको के हो ? यसका फाइदाहरु र बेफाइदाहरु उल्लेख गर्नुहोस्।
अनलाइन भुक्तानी (Online Payment) भन्नाले इन्टरनेट र विद्युतीय उपकरण प्रयोग गरीजस्तै computer अब मोबाइल एप्लिकेसनहरु बाट आफ्नो बैङ्क खाताबाट अरू कसैको बैङ्क खातामा रकम वा पैसा पठाउने नवीनतम पद्धतिलाई बुझिन्छ । यसबाट बैङ्कमा नगई जुनसुकै ठाउाबाट सामान वा सेवाको बिल तिर्ने, इन्टरनेट, खानेपानी, विद्युत्को महसुल तिर्ने, इन्सुरेन्सको पैसा तिर्ने तथा मोबाइल रिचार्ज गर्ने, जस्ता कार्यहरू गर्न सकिन्छ ।
Online भुक्तानीको लागि आफ्नो बैंकको खातामा पर्याप्त रकम भएको हुनुपर्छ।
कम्प्युटर वा मोबाइल फोनमा इन्टरनेट र आवश्यक एप्लिकेसनहरु install भएको हुनुपर्छ।
सम्बन्धित बैंकमा गई इन्टरनेट बैंकिङ सेवाका लागि आवेदन दिएको हुनुपर्छ।
Online भुक्तानीका लागि आवश्यक एप्लिकेसनहरू डाउनलोड गरी एक्टिभेट गरेको हुनुपर्छ।
Mobile banking activate गर्दा आफ्नो मोबाइल नम्बर र बैंकको खाता नम्बर भरि Next गर्ने, अनी बैंकले पठाएको One-Time Password (OTP) setup गर्ने र transaction pin setup गरी Finish गर्ने र आवश्यक कारोबार गर्ने।
Online Payment सम्बन्धी राम्ररी जानकारी लिएको हुनुपर्छ।
अनलाइन भुक्तानीका प्रकारहरु:
Card System (डेबिट कार्ड, क्रेडिट कार्ड, Mastercard)
Mobile Payment (Phone Pay, e-sewa)
अनलाइन भुक्तानीका फाइदाहरू
१. बिल तिर्दा धेरै समय खर्च गर्न पर्दैन र लाइनमा बस्नु पर्दैन।
२. जनशक्तिमा लाग्ने खर्च कटौती हुन्छ।
३. अनलाइनबाट सामान र सेवा किनबेच गर्न सहज हुन्छ।
४. छिटो, छरितो र विश्वसनीय हुन्छ।
५. चोरीडकैतीको डर नहुने।
६. देशको नोटको आयु बढ्न गई बचत हुन्छ।
७. व्यक्ति, संस्था र सरकारलाई हिसाब/रेकर्ड राख्न सजिलो हुन्छ।
८.विभिन्न महामारीको समयमा पनि सामाजिक दूरी कायम हुने।
अनलाइन भुक्तानीका बेफाइदा तथा चुनौतीहरू
१. अनलाइन सेवाबापत शुल्क तिर्नुपर्छ ।
२. अफलाइन कारोबारमा काम लाग्दैन ।
३. सर्भरमा security को अभाव ले गर्दा साइबर अपराधीहरूले ह्याक गरेर रकम दुरुपयोग गर्न सक्छन् ।
४. कहिलेकाहीा इन्टरनेट वा सर्भर डाउन भएर कारोबार गर्न सकिादैन ।
५. डिजिटल साक्षरता नभएका व्यक्तिहरूले प्रयोग गर्न सक्दैनन् ।
६. नेपालको सबै ठाउामा यसको पहुाच नपुगेकाले प्रयोग गर्न सकिादैन ।
2. अनलाइन भुक्तानी (Online Payment) गर्दा के के कुरामा ध्यान दिनुपर्छ?
सुरक्षित अनलाइन भुक्तानीका लागि ध्यान दिनुपर्ने कुराहरू
१. कुनै पनि सामान वा सेवा अनलाइन खरिद गर्नुअघि इन्टरनेटमा सर्च गरेर त्यस्ता वस्तु वा सेवाबारेराम्ररी बुझेर विश्वसनीय ठाउँमा कम्पनीबाट मात्र खरिद गर्नुपर्छ।
२.अनलाइन कारोबार गर्दा विवरणहरू, पासवर्ड र रकम आफौ टाइप गर्नुपर्छ ।
३.आफ्नै कम्प्युटर वा स्मार्टफोनबाट मात्र कारोबार गर्नुपर्छ ।
४. आफ्नो पासवर्ड अति गोप्य र सुरक्षित राख्नुपर्छ।
५. अनलाइन भुक्तानीका लागि छुट्टै इमेल खाता प्रयोग गर्दा बढी सुरक्षित हुन्छ ।
६. सुरक्षित Wi-Fi, Internet Service र विश्वसनीय एप्लिकेसनहरु को प्रयोग गर्नुपर्छ।
3.डिजिटल एप्लिकेसन (Digital Application)भनेको के हो? यसको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन्? लेख्नुहोस्।
डिजिटल एप्लिकेसन (Digital Application):
विश्वमा कम्प्युटर र इन्टरनेटको विकाससागै घर, कार्यालय, अस्पताल, यातायात आदिमा पनि डिजिटल एप्लिकेसनको प्रयोग बढिरहेको छ । Digitalअप्लिकेसन को प्रयोग गरी हामी विभिन्न किसिमका सेवाहरु जस्तै online सामान तथा सेवा खरिद बिक्री गर्न, टेलिफोन खानेपानी बिजुली आदिको बिल तिर्न, मोबाइलमा रिचार्ज गर्न बैंक खातामा ब्यालेन्स चेक गर्न पैसा पठाउन र पाउन आदि लिन सक्छौं। कम्प्युटर, स्मार्ट टेलिभिजन, वाइफाई राउटर, माइक्रोओभन, लुगा धुने मेसिन, डिजिटल कुकर आदि कम्प्युटर प्रोग्राममा आधारित एप्लिकेसनहरू घरायसी प्रयोगमा आइरहेका छन् । त्यस्तै डिजिटल ताल्चाहरू (Locks), अनुहार तथा आवाज चिन्न सक्ने एप्लिकेसनहरू, डिजिटल हाजिरी, कार्डबाट ताल्चा खोल्ने, कार्डबाटै भाडा तथा बिल तिर्ने जस्ता कार्यहरू कार्यालय, अस्पताल, यातायात, बैङ्क आदिमा प्रयोग भइरहेका छन्। यस्ता एप्लिकेसनहरू प्रयोग गर्दा केही कुराहरूमा ध्यान दिन आवश्यक छ ती यस प्रकार छन् ।
डिजिटल एप्लिकेसनको प्रयोग गरी सेवा लिँदा ध्यान दिनुपर्ने कुराहरू
१. घरमा कुनै नयाा डिजिटल उपकरण ल्याएपछि त्यसको प्रयोग निर्देशिका (User Mannual) राम्ररी पढेर मात्र प्रयोग गर्नुपर्छ।
२. घरका अन्यसदस्यहरूलाई नयाा उपकरण को प्रयोगबारे आवश्यक जानकारी दिने।
३. तात्ने वा पोल्ने उपकरणहरू साना बालबालिकाहरूको पहुँचबाट टाढा राख्ने।
४. साना बालबालिकाहरूलाई लत लाग्ने गरी डिजिटल उपकरणहरू चलाउन नदिने।
५. कार्यालय, यातायात, बैङ्क, अस्पताल आदिमा रहेको डिजिटल उपकरण आफूले चलाउनैपर्ने भए त्यहा दिइएका आवश्यक निर्देशन पढेर वा त्यहाका कर्मचारीहरूलाई सोधेर मात्र चलाउने ।
डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ । यसको प्प्रयोगले गर्दा telephone, बिजुली, खानेपानी आदिको बिल तिर्दा धेरै समय खर्च गर्न पर्दैन र लाइनमा बस्नु पर्दैन। यसको साथसाथै, डिजिटल एप्लिकेसनको प्रयोगबाट गरिने काम छिटो, छरितो र विश्वसनीय हुन्छ।विभिन्न महामारीको समयमा पनि सामाजिक दूरी कायम राख्न सकिन्छ।
कुनै पनि विशेष कार्य गर्ने उद्देश्यले तयार पारिएको विद्युतीय सफ्टवेयर हरु लाई नै डिजिटल एप्लिकेसन भनिन्छ।
जस्तै- Email विद्युतीय पत्र पठाउन को लागि प्रयोग गरिन्छ।विज्ञानको यस अविश्वसनीय अविस्कार ले कुनै पनि वस्तु, सामग्री, भिडियो, तस्बिर, समाचार एक ठाउँबाट अर्को ठाउँमा हावाको तरंगबाट प्रसारित हुन्छन्। यसको गति यति धेरै तीव्र हुन्छ कि यसले मानिसको भौतिक जीवनमा अति नै महत्त्वपूर्ण रोल खेलेको हुन्छ। उदाहरणको लागि, हुलाकबाट पत्र पठाउँदा 5-10 दिन सम्म लाग्न सक्छ, त्यस्तैगरी बैंकबाट पैसा निकाल्दा, बिजुलीको बिल तिर्दा, खानेपानीको बिल तिर्दा, घन्टौ सम्म लाइनमा लग्नु पर्ने बाध्यता हुन्छ तर अहिलेको युगमा डिजिटल एप्लिकेसन यी सबै कामहरूको एउटा विश्वसनीय र लोकप्रिय माध्यम बनेको छ। यसरी समय र श्रमको बचत गरि थोरै समयमा धेरै काम गर्ने क्षमताको विकास डिजिटल एप्लिकेसनले गरेको छ।
संक्षिप्तमा भन्नु पर्दा,डिजिटल एप्लिकेसन उनले मानिसको धेरैजसो भौतिक कार्य विद्युतीय माध्यमबाट गर्ने भएकोले यसले श्रम र सिपको बचत गरेको कुरा पुष्टि हुन्छ। तसर्थ मानिसहरूलाई आत्मनिर्भर बनाउन, डिजिटल एप्लिकेसन को प्रयोग गर्न, तिनीहरूलाई डिजिटल साक्षरता दिन आवश्यक छ।
Comments
Post a Comment