कक्षा ११ (सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा) पाठ- 2 सामाजिक अध्ययन सामाजिक शिक्षा र सामाजिक विज्ञान बीचको अन्तरसम्बन्ध (एकाइ १ )
कक्षा ११ (सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा) पाठ- 2 सामाजिक अध्ययन सामाजिक शिक्षा र सामाजिक विज्ञान बीचको अन्तरसम्बन्ध (एकाइ १ )
- सामाजिकअध्ययन सामाजिक शिक्षा र सामाजिक विज्ञान को बारेमा छोटकरीमा प्रस्ट पार्नुहोस् ।
सामाजिक अध्ययन:
मानिस एक सामाजिक प्राणी भएको देशको आर्थिक सामाजिक भौतिक तथा वातावरण बिचको अन्तरक्रियाबाट प्रभावित भएको हुन्छ । त्यसैले सामाजिक अध्ययनको विषय वस्तुले मानिस र उसको वातावरणसंग को अन्तरक्रियाको वैज्ञानिक अध्ययन गर्ने गर्दछ ।यस विषयले समुदाय तथा वातावरणमा मानिसले पार्ने तथा उपकरण तथा समुदायमा मानव जीवनमा पर्ने प्रभावको अध्ययन गर्दछ । तसर्थ सामाजिक अध्ययन समाजमा भएका सम्पूर्ण गतिविधि मानव व्यवहार चालचलन साथै यससँग सम्बन्धित अपराधिक व्यवहारहरु, संस्कृतिहरु, नाता आदिको बारेमा वैज्ञानिक रूपमा अध्ययन गर्ने गर्दछ ।
सामाजिक विज्ञान
सामाजिक विज्ञानले समाजिक विषयको विषयवस्तु हरु को गहिराइमा पुगेर सैद्धान्तिक पक्षको अध्ययन गर्ने गर्दछ ।
सामाजिक अध्ययनलाई नै सामाजिक विधा व विज्ञान पनि भन्ने गरिन्छ सामाजिक विज्ञानको अध्ययन तपसिलका कारणले गर्ने गरिन्छ ।
1.
सामाजिक घटनाहरूको क्रमबद्ध रुपमा अध्ययन गर्ने भएकोले ।
2.
घटनाहरूको कारण दिन सक्ने भएकोले ।
3.
घटनाहरूको नतिजा व परीणाम स्पष्ट प्रस्तुत गर्ने भएकोले ।
4.
संख्यात्मक र गुणात्मक तथ्यहरूको विश्लेषण गर्ने भएकोले ।
5.
प्राविधिक जनशक्तिलाई सही ठाउँमा परिचालन सहयोग गर्ने भएको ले ।
6.
सामाजिक सम्बन्ध केलाउन परिवर्तनको आधार तयार गर्न समाज बीचको अन्तरक्रिया बुझ्नमा सहयोग गर्ने भएको ले।
सामाजिक शिक्षा
समाजमा रहेका मानव समुदाय र यस समाजका प्रत्येक नागरिकलाई नैतिकवान् चरित्रवान् समग्रमा सक्षम सिर्जनशील सिर्जनशील गराउँदै राष्ट्रका लागि योग्य नागरिक बनाउन आवश्यक पर्ने सामाजिक सीप विकास विस्तार गर्ने सबै खालका शिक्षालाई सामाजिक शिक्षा भन्ने गरिन्छ ।
यो निरन्तर रुपमा समाजको गतिविधिबाट प्राप्त हुन्छ ।
यो कुनै औपचारिक सिकाइको विषय होइन व्यक्तिले आफ्नो दैनिक कार्य सञ्चालन बाट सिक्ने सिकाइ नै सामाजिक शिक्षा हो । यो घर परिवार समाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि तथा मानिस हरु को भोगाइबाट हुने शिक्षा हो । आदर, संस्कार, सहिष्णुयता, सत्कार, संस्कार, मानवीय मूल्य मान्यता एवं व्यवहारहरु सामाजिक शिक्षाका विषयवस्तु हुन् ।
2. सामाजिक अध्ययन र सामाजिक बिज्ञान बिच को फरक प्रस्ट पार्नुहोस् ।
सामाजिक अध्ययन र सामाजिक बिज्ञान बिच को फरक
सामाजिक अध्ययन |
सामाजिक बिज्ञान |
|
|
सामाजिक अध्ययन |
सामाजिक शिक्षा |
|
|
समाजसँग सम्बन्धित विभिन्न पक्षहरूको अध्ययन गर्ने शास्त्र नयाँ सामाजिक अध्ययन हो। यस्तो अध्ययनलाई सिकाइ पद्धतिमा लागू गर्नु लाई सामाजिक शिक्षा भन्ने गरिन्छ र समग्रमा समाजको क्षेत्रको वैज्ञानिक तथा तथ्यपरक अध्ययन गर्ने शास्त्रलाई समाजिक विज्ञान भनिन्छ। यी तीन पक्षहरूको एक-आपसमा गहिरो अन्तरसम्बन्ध रहेको पाइन्छ।
सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने यी तीनैवटा विषय एकआपसमा त्रिकोणात्मक सम्बन्ध बनाएका हुन्छन्। मानिस एक सामाजिक प्राणी भएकोले उसले हरेक क्रियाकलापहरु समाजमा नै गर्ने गर्दछ तसर्थ आफ्नो जिबनमा सार्थक एवं तथ्य पूरक विकास गर्नको लागि सामाजिक शिक्षाको आवश्यकता पर्दछ। व्यक्तिहरुमा यसप्रकारको शिक्षा प्रदान गर्ने आवश्यक माध्यम को रूपमा सामाजिक अध्ययनलाई गर्ने गरिन्छ। यस सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा नामक पुस्तकले व्यक्तिलाई समाजमा आवश्यक पर्ने ज्ञान सीप संस्कृति व्यवहार इत्यादि को विकास गर्दछ। यस्तो भएमा मात्र सामाजिक विज्ञानको उद्देश्य पूरा भएको भन्न सकिन्छ।
छोटकरीमा भन्नुपर्दा सामाजिक शिक्षाले व्यक्तिमा सामाजिक विज्ञान सार्थक अभिब्यक्ति जीवनोपयोगी सीप कोहो विकास गर्ने गर्दछ यसका साथसाथै सामाजिक अध्ययनले ती प्राप्त भएका ज्ञान, व्यवहार, संस्कृति, सीपलाई इत्यादिलाई व्यक्ति बिशेषमा औपचारिक र प्रभावकारीरुपमा विकास गर्ने गर्दछ। यी चरणहरू पार गरिसकेपछि व्यक्तिविशेषले समाजिक विज्ञानको उच्चतहको ज्ञान लिन सक्षम हुनेछन्। यसरी सामाजिक अध्ययन सामाजिक शिक्षा र सामाजिक विज्ञान बिचमा अन्तरसम्बन्ध रहेको प्रष्ट हुन्छ।
5. सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।
सामाजिक विज्ञान र समाजिक अध्यन दुवै विषयहरुले मानव सम्बन्धको अध्ययन गर्दछन् सामाजिक विज्ञान अन्तरगत मानविकी तथा सामाजिक शास्त्र संकायका विभिन्न विषयहरू जस्तै भूगोल अर्थशास्त्र इतिहास जनसंख्या मानवशास्त्र समाजशास्त्र नागरिक शास्त्र राजनीतिशास्त्र संस्कृति मनोविज्ञान इत्यादि जस्ता विषयहरु पर्दछन्। सामाजिक अध्ययन यिनै सामाजिक विज्ञानका विषयहरुलाई एकीकृत गरेर निर्माण गरिएको एउटा शैक्षिक कार्यक्रम हो। तसर्थ सामाजिक अध्ययनमा समाजिक विज्ञानका विषयहरुलाई विद्यार्थीहरूको रुचि छ मतानुसार संगठित गर्ने गरिन्छ। यसले सामाजिक विज्ञान र सामाजिक अध्ययन बीच घनिष्ठ सम्बन्ध रहेको प्रष्ट हुन्छ। यही कारणले गर्दा सामाजिक विज्ञानलाई सामाजिकअध्ययन को आधारको रुपमा लिने गरिन्छ।
अर्को शब्दमा भन्नुपर्दा सामाजिक अध्ययन विषय भित्र सामाजिक विज्ञानका विषयवस्तुहरु समावेश गरिएका छन् सामाजिक विज्ञान र सामाजिक अध्ययन का विषयवस्तुहरू उस्ता उस्तै छन् सामाजिक विज्ञानले विषयवस्तुको गहिराइसम्म पुगी त्यसलाई कसरी उपयोग गर्ने वा समायोजन गर्ने भन्ने पक्षलाई जोड दिन्छ भने अध्यनले यस्ता विषयबाट व्यवहारिक जीवनमा केहि उपयोगी कुराहरु गर्न सकिन्छ त्यसलाई जोड दिने गर्दछ।
समग्रमा भन्नुपर्दा सामाजिक विज्ञानका विषयवस्तुको हरूको अध्ययन गरी सामाजिक अध्ययनको सिकाइमा पूर्ण नहुने भएकोले सामाजिक विज्ञानलाई सामाजिक अध्ययनको आधारशिलाको रुपमा प्रष्ट पार्न सकिन्छ ।
Comments
Post a Comment