कक्षा ११ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

 कक्षा ११ सामाजिक अध्ययन  तथा  जीवनोपयोगी शिक्षा) पाठ : १  सामाजिक अध्ययन  तथा  जीवनोपयोगी शिक्षा  (एकाइ १)

सामाजिक अध्ययन  तथा  जीवनोपयोगी शिक्षा

एकाइ : सामाजिक  तथा  जीवनोपयोगी  शिक्षाको  अबधारणा

पाठ :   सामाजिक अध्ययन  तथा  जीवनोपयोगी शिक्षा

सामाजिक अध्ययन  तथा  जीवनोपयोगी शिक्षाको अवधारणा

१.       सामाजिक अध्ययन  तथा  जीवनोपयोगी शिक्षाको अवधारणालाई प्रस्ट पार्नु होस् ।

२.      सामाजिक अध्ययन  तथा  जीवनोपयोगी शिक्षाको बिचको सम्बन्धलाई प्रस्ट पार्नुहोस् ।

मानिस सामाजिक प्राणी भएकोले उसको आर्थिक, सामाजिक, राजनैतीक तथा भौतिक बातावरण सँग को अन्तरक्रिया बाट प्रभावित भएको हुन्छ त्यसैले सामाजिक  अध्ययनको बिषय बस्तु मानिस र् उसको बातावरण सँग को अन्तरक्रियाको अध्ययन गर्ने हो। समाज मानव सँग सम्बन्धित आयामिक बहु आयामिक विषयहरू जस्तै भूगोल राजनीतिशास्त्र मनोविज्ञान जनसंख्या  सांस्कृतिक तथा आर्थिक क्षेत्रहरूको अध्ययन गर्ने शास्त्र समाजशास्त्र हो यसको अध्ययन नै समाजिक अध्ययन हो  अर्कोतिर जिबनलाई सुव्यवस्थित तरिकाले यापन गर्न आवश्यक सीपको अभिवृद्धि गर्नु गराउनु नै जीवनोपायोगी शिक्षा हो .

यसबाहेक सामाजिक अध्ययन ले निम्न तथ्यमा बिशेष जोड दिन्छ     

- मानब केन्द्रित समाज को घटना बातावरण परिवर्तनका प्रक्रीया बारे अध्ययन गर्ने गर्छ

- सामाजिक परिबेश भौतिक बिभिधता र् मानब ब्यवहार को अधयन मा जोड दिन्छ।

सामाजिक अध्ययन ले निम्न बिषय सँग अन्तर सम्बन्ध राख्द्छ।

  • v  भूगोल
  • v  इतिहास
  • v  राजनीतिशास्त्र
  • v  जनसंख्या अध्ययन
  • v  समाजशास्त्र
  • v  मानवशास्त्र
  • v  कला
  • v  दर्शनशास्त्र
  • v  मनोविज्ञान

३ .सामाजिक अध्ययनको उद्देश्यहरु यसप्रकार रहेका छन् .

 

Ø  प्रतिस्पर्धात्मक सामाजिक परिपाटीमा मिलेर काम गर्न सक्ने कुशलताको विकास गर्नु .

Ø  प्रजातान्त्रिक परिपाटीमा  व्यवहार प्रदर्शन गर्न सक्ने नागरिक तयार गर्नु  .

Ø  समुदायसँग सम्बन्धित विभिन्न जटिल पक्ष सँग विद्यार्थीलाई परिचय गराउनु

Ø  मानव व्यवहारमा प्रभाव पार्ने  विभिन्न आर्थिक-सामाजिक / सांस्कृतिक मूल्य मार्ने मान्यता  बुझ्न सक्ने  नागरिक तयार पार्ने .

Ø  विद्यार्थीलाई  असल ज्ञानी सक्षम सिर्जनशील नागरिक बनाउन कोशिश गर्नु .

Ø  देशका लागि आदर्श नागरिक तयार पार्ने .

Ø  मानवीय भावना सम्बन्धको समेतका गराउने .

 

४. सामाजिक अध्ययनको महत्वहरु यसप्रकार छन् .

 

ü  देशको आर्थिक-सामाजिक सांस्कृतिक अवसरको बारेमा जानकारी गराउने काम गर्दछ .

ü  सामाजिक कुरितिको अन्त्य गरी स्वास्थ्य, चिन्तनशिल   समालोचक  जनशक्ति तयार गर्ने काम गर्दछ .

ü  सामाजिक विषयअन्तर्गत अध्ययन गर्नुपर्ने विभिन्न समुदायहरू को बारेमा जानकारी गराउने काम गर्दछ .

ü  दैनिक जीवनमा आइपर्ने समस्याको समाधान गर्ने सिपको विकास गर्ने गर्दछ .

ü  आदर्श तथा सक्रिय नागरिक उत्पादन गर्नेखालको शिक्षा यसले प्रदान गर्दछ .

ü  सम-सामयिक विषयको बारेमा जानकारी दिनुको साथै समाजप्रति हरेक नागरिकको  जिम्मेवारीलाई बोध गराउँछ  .

ü  नेतृत्व  क्षमताको विकासको साथै समाजको यथार्थ अवस्थाको बारेमा जानकारी गराउँदछ .

 

 

५. सामाजिक अध्ययनले निम्न प्रकारको काम गर्ने गर्दछ  .

 

Ø  सामाजिक विज्ञानको एकिकृत शैक्षिक कार्यमा तर्जुमा गर्ने गर्दछ .

Ø  विद्यार्थीमा ज्ञान सीपको वृद्धि  विकास गर्न काम गर्दछ .

Ø   उत्तरदायित्व प्रजातान्त्रिक नागरिक बनाउने कार्यमा सहयोग गर्दछ .

Ø  मानिसको विचारलाई फराकिलो बनाउने कार्य गर्दछ .

Ø  विद्यार्थीको धारणा, बानी, विचारमा परिवर्तन ल्याउने कार्य f सहयोग गर्दछ .

Ø  देशको समसामयिक परिस्थितिलाई बुझाउने कार्य गर्दछ .

Ø  सामाजिक समस्या समाधानका लागि सहयोग पुर्याउने कार्य गर्दछ .

Ø  सापेक्षिक अवधारणा तयार पार्न सहयोग गर्दछ  .

Ø  हाम्रो सांस्कृतिक मौलिक परम्परा राष्ट्रिय सम्पदा  आदिको संरक्षण गर्दै सभ्य समाज निर्माणमा जोड दिने काम गर्दछ .

Ø  समाजद्वारा राष्ट्रको चौतर्फी विकासका निम्ति आवश्यक पर्ने जनशक्ति तयार गर्ने काम गर्दछ .

 

सामाजिक अध्ययनको क्षेत्र

^. सामाजिक अध्ययन को क्षेत्र व्यापक छ प्रस्ट पार्नु होस् ।

 सामाजिक अध्ययन को क्षेत्र व्यापक किनकि यस विषय अन्तर्गत विभिन्न विषयहरूको अध्ययनगर्नुको  साथसाथै मानिस मानिस बिचको सम्बन्ध, मानिस वातावरण बिचको सम्बन्ध मानिसको आत्मसम्बन्धको पनि अध्ययन गर्ने गरिन्छ .

सामाजिक अध्ययन एउटा बहु आयामिक  विषय हो यसको  क्षेत्रको सीमाना  पत्ता लगाउन अति कठिन यसको क्षेत्र घरपरिवार देखि विश्व सम्म फैलिएको  . यसले मानव जीवनसँग प्रतक्ष्य सम्बन्ध राख्ने सम्पूर्ण विषयहरूको अध्ययन गर्ने गर्दछन् यस आयामहरु यसप्रकार रहेका छन् .

Ø  विषयवस्तुको ज्ञान

Ø  समुदाय तथा समाजको अध्ययन

Ø  राष्ट्रियताको भाबनाको बिकास

Ø  सार्थक अभिवृत्ति विकास 

Ø  सृजनशीलताको विकास

Ø  राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा समायोजन

Ø  जीवनको उपयोगी सीपको विकास

Ø  समाजिकीकरण सीपको विकास

Ø  प्रजातान्त्रिक आचरण को बिकास

 यसका साथसाथै सामाजिक अध्ययन का क्षेत्रहरुलाई निम्न   अन्तर्गत अध्ययनगर्न सकिन्छ .

1.      मानवीय सम्बन्ध सम्बन्धित क्षेत्रयस अन्तर्गत मानिस- मानिस बिचको सम्बन्धव्यक्ति -समुहबिचको सम्बन्ध समुह-समुह बिचको सम्बन्धको  अध्ययन गर्ने गरिन्छ .

2.      मानव वातावरणबीचको अन्तरक्रियायस अन्तर्गत मानिसका वातावरणबीचको सम्बन्धको अध्ययन गर्ने गरिन्छ  मानिसका क्रियाकलापहरु वातावरण अनुसार फरक फरक हुन्छन्  यसका साथसाथै उनीहरूको वातावरण सँगको सम्बन्ध पनि फरक हुने गर्दछ .

3.      सामाजिक विज्ञान सँग सम्बन्धित-  यस  अन्तर्गत विभिन्न विषयहरू जस्तै अर्थशास्त्र, इतिहास, भूगोल जनसंख्या, राजनीतिशास्त्र का साथै अन्य पर्दछन् .

4.      विश्व परिवर्तित समाज यसको आधार- समाज परिबर्तन सिल यसको साथसाथै समाजको परिवर्तनको साथसाथै विश्वमा विभिन्न किसिमका परिवर्तन भइरहेका छन् तसर्थ विश्वमा परिवर्तित समाज तर यसको परिवर्तित आधारहरु को अध्ययन सामाजिक अध्ययनले गर्ने गर्दछ .

तसर्थ सामाजिक अध्ययन  एउटा बहु क्षेत्रीय एम बहुआयामिक   विषय भएकोले यसको क्षेत्र व्यापक रहेको  प्रष्ट हुन्छ .


 जीवनोपयोगी शिक्षा 


 जीवनोपयोगी सीपको अवधारणा तथा विकासक्रमलाई प्रष्ट पार्नु होस 𐩽

हामीले हाम्रो दैनिक जीवनमा संचालन गर्दा सहज, सरल   उपयोगी बनाउनकोलागि विभिन्न किसिमकोआवश्यक पर्नेसीपहरु को प्रयोग गरी आफ्नो जीवन शैली लाई सक्षम बनाइ दैनिक कार्यमा सहजीकरण गर्दै गएका हुन्छम  भने त्यस्तो सीपलाई जीवन उपयोगी सीप भन्ने गरिन्छ .

जस्तै सह्कार्य, सहयोगी, सिरजनात्मक समस्या समाधान तनाब ब्यवस्थापन, नेत्रित्व बिकास,सह्नूभुतिसम्वेग ब्यवस्थापन, सुचना प्रबिधी जस्ता अन्य सबै जीवनोप्योगी सिप हुन। जीवनोप्योगी सिप सिकाउने प्रकिया नै जीवनोप्योगी शिक्षा हो

  • जीवनोपयोगी शिक्षाको विकासक्रम को  सुरुवात Otawa Charter बाट   सन् 1886   मा भएको  पाइन्छ 𐩽

  • बालअधिकार महासन्धि ले जीवन उपयोगी सीप हरुलाई शिक्षासँग जोडेर सन् 1989 मा व्याख्या गरिएको पाइन्छ  𐩽

  •  सन् 1989 को मार्चमा थाइल्याण्डको  Jomtin मा सबैको लागि शिक्षा सम्बन्धी पहिलो सम्मेलन भएको थियो  जसमा जीवन उपयोगी सीप लाई जिबनयापन क्षमता  विकास र गुणस्तरीय जीवनको साधनको रुपमा व्याख्या गरिएको थियो

यसरी जीवन उपयोगी सीपले उद्देश्यहरु पूरा गर्नुको साथसाथै  मानव जीवनमा आइपर्ने समस्या सँग जुध्न जुध्ने साधनको

रुपमा लिन सकिन्छ 𐩽  तसर्थ दैनिक जीवनमा आइपर्ने समस्या र चुनौती को सामना गर्ने सीपहरु नै जीवन उपयोगी सीप हुन् 𐩽



   जीवनोपयोगी सीप किन आवश्यक छ ?   कारणहरु प्रष्ट पार्नुहोस्.ǀ

 हरेक मानिसको जीवनमा  जीवन उपयोगी  सिपको आवश्यकता हुन्छ  कारणहरु  यसप्रकार रहेका छन् ǀ

  •  मानिसको जीवनलाई सुखी र खुसी बनाउन ǀ
  •  मानिसको जीवन मा सकारात्मक सोचको विकास गर्न ǀ
  •  मानिसको जीवनमा  आइपर्ने समस्याहरुलाई राम्ररी बुझ्न ǀ
  •  आफूमा बाहेको ज्ञान को वृद्धि गर्न ǀ
  •  अरूको  राम्रो विचारको सम्मान गर्नु ǀ
  •  मानवजीवनमा आवश्यक पर्ने विभिन्न किसिमका सिपहरु  जस्तै  संवाद सीप, सञ्चार सीप   नेतृत्व सीप आदि

 जीवन उपयोगी सीप ले  व्यक्ति को जीवन मा आइपर्ने समस्या संग जुध्न जुध्ने क्षमताको विकास गर्नुको साथ-साथै

नैतिक मूल्यमान्यता को विकास गरी ब्यक्ति ब्यक्तित्व विकास गर्नमा ठूलो योगदान पुर्याउँछ ǀ

 तसर्थ मानव जीवनमा जीवनोपयोगी सिप अत्यन्तै आवश्यक छ ǀ

 

९. जीवनोपयोगी  जीवनोपयोगी सीप का उद्देश्यहरु के के हुन् उल्लेख गर्नुहोस्

 मानिसका असिमित आवश्यकता र चाहना हरु हुन्छन मानिस एउटा बहुआयामिक व्यक्तित्व भएकोले बहु सीप आवश्यक पर्नु स्वभाविक हुन्छ  तसर्थ व्यक्तिबीच भाव बानी व्यवहार

  एवं  वातावरणमा  अपनाउनुपर्ने सीपहरु पदक फरक हुनसक्छन् जीवन उपयोगी सीप ले मानिसले आफ्नो जिबनमा प्राप्त भएको सीपलाई कसरी प्रयोग गर्ने कला पनि दिन्छ  जीवन उपयोगी

सीपका उद्देश्यहरु यसप्रकार रहेका छन्

  • मानिसमा नकारात्मक धारणाको विकास गर्न 𐩽

  •  मानव जीवनमा आइपर्ने तनावहरु को व्यवस्थापन गर्न 𐩽

  •  कामप्रतिको मूल्य आधा मान्यताको बारेमा ज्ञान विस्तारगर्न 𐩽

  •  जागिर सँग सम्बन्धित  आवश्यक अन्तर्वार्ता वा वार्ताको बारेमा ज्ञान दिन 𐩽

  • आफ्नो मात्रभाषा बुझ्न  सक्ने ज्ञानको विस्तार गर्न   साथै संचार सीपको वृद्धि गर्न 𐩽

  • मानिसमा आत्मबिश्वास को वृद्धि गर्न 𐩽

यसरी जीवन उपयोगी सीपले उद्देश्यहरु पूरा गर्नुको साथसाथै  मानव जीवनमा आइपर्ने समस्या सँग जुध्न जुध्ने साधनको

रुपमा लिन सकिन्छ 𐩽  तसर्थ दैनिक जीवनमा आइपर्ने समस्या र चुनौती को सामना गर्ने सीपहरु नै जीवन उपयोगी सीप हुन् 𐩽


१०. नेपालको सन्दर्भमा जीवनोपयोगी शिक्षाको महत्वहरु प्रष्ट पार्नु होस 𐩽


जीवनोपयोगी सीपले सिकारु हरुलाई अभ्यास गर्न प्रशस्त अवसर प्रदान गर्ने गर्दछ यसका साथसाथै वास्तविक जीवनमा आइपर्ने समस्याहरु सँग जुध्नमा पनि यसले सहयोग गरेको हुन्छ 𐩽 तत्कालै सामाजिक अध्यन तथा जीवन उपयोगी शिक्षाविषयसँग सम्बन्धित भएको छलफल कार्यक्रममा उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगका सदस्य Bimal Phunyal ले जीवन उपयोगी शिक्षा कक्षा 11 र 12 मा मात्र यी नभई उच्च शिक्षाका विद्यार्थीहरुलाई पनि अध्ययन् गराउनुपर्ने आवश्यकता रहेको कुरा जानकारी दिनुभयो 𐩽 तसर्थ बाट के प्रस्ट हुन्छ भने  नेपालको सन्दर्भमा जीवन उपयोगी शिक्षा को महत्व धेरै रहेको बुझिन्छ 𐩽 जीवन उपयोगी शिक्षा का महत्वहरु यसप्रकार रहेका छन्  𐩽

  • स्वास्थ्य लाभ,  शैक्षिक लाभ,  संस्कृतिक  लाभ, र  राजनैतीक लाभहरु प्रदान गर्न𐩽

  •  सिकेका सिकाइ हरुलाई उद्देश्यमूलक र अर्थपूर्ण बनाउन 𐩽

  •  व्यक्तिमा व्यवसायिक क्षमता र दक्षताको विकास गर्न 𐩽

  • सकारात्मक सोच र चिन्तनको विकास गर्नु𐩽

  •  ठुलाबडाको मान्यजनप्रति आदर्श र  भावको देखाउन 𐩽

  •  व्यक्तिमा आफै  निर्णय गर्ने  क्षमताको विकास गर्न  𐩽

  •  प्राविधिक रूपमा दक्ष नागरिकको विकास गरी देश निर्माणमा सहयोग पुर्याउन  𐩽

  •  विद्यार्थीहरूमा व्यक्तिगत, शारीरिक, आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक,  संवेगात्मक, नैतिक, शैक्षिक, रुपमा अन्तरक्रिया गर्न सक्ने क्षमताको विकास गर्न  𐩽

  •  आफ्नो  साथ साथै हरेक नागरिकलाई हक र अधिकार प्रति सजग गराउन  𐩽

 यसरी प्रत्येक नागरिकको चौतर्फी विकास गर्नको निम्ति मानव जिबनमा आइपर्ने समस्याहरु संग जुध्न सक्ने क्षमताको विकास गर्नको लागि जीवनोपयोगी शिक्षाको अत्यन्तै आवश्यकता छ  𐩽 अहिलेको युगमा  जीवनोपयोगी शिक्षालाई मानव जीवनको अभिन्न अंगको रुपमा लिन सकिन्छ 𐩽


जीवनोपयोगी शिक्षाका प्रक्रितीहरु:

  • ü  प्रयोगात्मक् तथा संगलात्मक
  • ü  सिप मा आधारित
  • ü  गतिशिल
  • ü  सामाजिक संस्कृतिक  बाट प्रभावित 
(All Images Credit : Google Images)

(Source: Bharat Pokhrel Sir)






पाठ- 2 सामाजिक अध्ययन सामाजिक शिक्षा र सामाजिक विज्ञान बीचको अन्तरसम्बन्ध 



पाठ- 2 

सामाजिक अध्ययन सामाजिक शिक्षा  सामाजिक विज्ञान बीचको अन्तरसम्बन्ध


  1. सामाजिकअध्ययन सामाजिक शिक्षा र सामाजिक विज्ञान को बारेमा छोटकरीमा प्रस्ट पार्नुहोस् ।

सामाजिक अध्ययन:

 मानिस एक सामाजिक प्राणी भएको देशको  आर्थिक सामाजिक भौतिक तथा वातावरण बिचको अन्तरक्रियाबाट प्रभावित भएको हुन्छ   त्यसैले सामाजिक अध्ययनको विषय वस्तुले  मानिस  उसको  वातावरणसंग को अन्तरक्रियाको वैज्ञानिक अध्ययन गर्ने गर्दछ ।यस विषयले समुदाय तथा वातावरणमा मानिसले पार्ने तथा उपकरण तथा समुदायमा मानव जीवनमा पर्ने प्रभावको  अध्ययन गर्दछ  तसर्थ सामाजिक अध्ययन समाजमा भएका सम्पूर्ण गतिविधि मानव व्यवहार चालचलन  साथै यससँग सम्बन्धित अपराधिक व्यवहारहरु,   संस्कृतिहरुनाता  आदिको बारेमा वैज्ञानिक रूपमा अध्ययन गर्ने गर्दछ  

सामाजिक विज्ञान 

 सामाजिक विज्ञानले समाजिक विषयको विषयवस्तु हरु को गहिराइमा पुगेर सैद्धान्तिक पक्षको अध्ययन गर्ने गर्दछ 

 सामाजिक अध्ययनलाई नै सामाजिक विधा  विज्ञान  पनि भन्ने गरिन्छ  सामाजिक विज्ञानको अध्ययन तपसिलका कारणले गर्ने गरिन्छ 

1.    सामाजिक घटनाहरूको क्रमबद्ध रुपमा अध्ययन गर्ने भएकोले 

2.     घटनाहरूको कारण दिन सक्ने भएकोले 

3.     घटनाहरूको नतिजा  परीणाम  स्पष्ट प्रस्तुत गर्ने भएकोले 

4.    संख्यात्मक    गुणात्मक तथ्यहरूको विश्लेषण गर्ने भएकोले 

5.    प्राविधिक जनशक्तिलाई  सही ठाउँमा परिचालन सहयोग गर्ने भएको ले ।

6.    सामाजिक सम्बन्ध केलाउन परिवर्तनको आधार तयार गर्न समाज बीचको अन्तरक्रिया बुझ्नमा सहयोग गर्ने भएको ले

 सामाजिक शिक्षा 

समाजमा रहेका मानव समुदाय  यस समाजका प्रत्येक नागरिकलाई नैतिकवान् चरित्रवान् समग्रमा सक्षम सिर्जनशील सिर्जनशील गराउँदै राष्ट्रका लागि योग्य नागरिक बनाउन आवश्यक पर्ने सामाजिक सीप विकास विस्तार गर्ने सबै खालका शिक्षालाई सामाजिक शिक्षा भन्ने गरिन्छ 

 यो निरन्तर रुपमा समाजको गतिविधिबाट प्राप्त हुन्छ 

 यो कुनै औपचारिक सिकाइको विषय होइन व्यक्तिले आफ्नो दैनिक कार्य सञ्चालन बाट सिक्ने सिकाइ नै सामाजिक शिक्षा हो  यो घर परिवार समाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि तथा मानिस हरु को भोगाइबाट हुने शिक्षा  हो    आदरसंस्कारसहिष्णुयतासत्कारसंस्कारमानवीय मूल्य मान्यता एवं व्यवहारहरु सामाजिक शिक्षाका विषयवस्तु हुन्  



    2.  सामाजिक अध्ययन    सामाजिक बिज्ञान बिच को फरक प्रस्ट पार्नुहोस् ।


सामाजिक अध्ययन    सामाजिक बिज्ञान बिच को फरक 

सामाजिक अध्ययन

सामाजिक बिज्ञान

1. एकीकृत शिक्षण कार्यक्रम हो ।2. मानव जीवनको विभिन्न पक्षहरूसँग सम्बन्धित हुन्छ ।3. यो  ज्ञानको उपयोग सँग सम्बन्धित हुन्छ।  (ज्ञानको उपभोक्ता)
4. विद्यार्थीहरूको व्यवहारमा परिवर्तन ल्याउने गर्दछ।5. यो बढि व्यवहारिक हुन्छ।6. यसको उद्देश्य असल सक्षम सिर्जनशील तथा सभ्य
 तथा सभ्य नागरिक तयार  पार्ने हो।7. यो विद्यालय तहसँग मात्र  केन्द्रित हुन्छ।
1. स्वतन्त्र अस्तित्व भएको विज्ञान हो।2. मानव जिवनको कुनै एक पक्ष सँग सम्बन्धित 
हुन्छ।
3. 
यो ज्ञानको उत्पादक सँग सम्बन्धित हुन्छ। (ज्ञानको उत्पादक)
4. 
बौद्धिक विकासको लागि उपयुक्त हुन्छ।5. यो बढी सैद्धान्तिक  हुन्छ।6. यसको उद्देश्य विषय विशेषज्ञ वा विषयविज्ञ 
तयार गर्ने हो।7. यसलाईउच्च शिक्षासम्म अध्ययन गर्ने गरिन्छ 

3. सामाजिक अध्ययन    सामाजिक शिक्षा बिच को भिन्नता लेख्नुहोस् । 

                सामाजिक अध्ययन    सामाजिक शिक्षा बिच को फरक 

सामाजिक अध्ययन

सामाजिक शिक्षा

1. शिक्षक  सिकारु हरूको अन्तरक्रियाबाट सिकाइ 
सहजिकरण हुन्छ।2. विद्यालयमा अध्ययन धर बालबालिका हरु को लागि 
तयार पारिएको हुन्छ।3. यो निश्चित पाठ्यक्रममा आधारित हुन्छ।
4. यो एक स्थानीय विषयवस्तु हो। 
5. यसको क्षेत्र निश्चित  सीमित हुन्छ।6. यसको मुख्य स्रोतको रुपमा पाठ्यपुस्तकलाई लिने 
गरिन्छ।
7. 
यसको पाठ्यक्रम निश्चित हुन्छ।
1. व्यक्ति स्थान परिवेश  समयका आधारमा 
सिकाईन्छ।2. जोसुकैले पनि आर्जन गर्न सक्छ।
3. यो खुला एकाइका रूपमा हुन्छ।
4. यो सामाजिकीकरणको प्रक्रिया हो।
5. 
यसको क्षेत्र निश्चित  सिमित हुँदैन।6. यसको मुख्य स्रोतको रुपमा  समुदाय  
सञ्चारमाध्यमलाई लिने गरिन्छ।7. यसको पाठ्यक्रम निश्चित  निर्धारित हुँदैन।


4. सामाजिक अध्ययन सामाजिक शिक्षा  सामाजिक विज्ञान बीचको अन्तरसम्बन्ध उल्लेख  
गर्नुहोस्।

समाजसँग सम्बन्धित विभिन्न पक्षहरूको अध्ययन गर्ने शास्त्र नयाँ सामाजिक अध्ययन हो।  यस्तो अध्ययनलाई सिकाइ पद्धतिमा  लागू गर्नु लाई  सामाजिक शिक्षा भन्ने गरिन्छ   समग्रमा समाजको क्षेत्रको वैज्ञानिक तथा तथ्यपरक अध्ययन गर्ने शास्त्रलाई समाजिक विज्ञान भनिन्छ।  यी तीन पक्षहरूको एक-आपसमा गहिरो अन्तरसम्बन्ध रहेको पाइन्छ। 




 सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने यी तीनैवटा विषय एकआपसमा त्रिकोणात्मक सम्बन्ध बनाएका हुन्छन्। मानिस एक सामाजिक प्राणी भएकोले उसले हरेक क्रियाकलापहरु समाजमा नै गर्ने गर्दछ तसर्थ आफ्नो जिबनमा सार्थक एवं तथ्य पूरक विकास गर्नको लागि सामाजिक शिक्षाको आवश्यकता पर्दछ।  व्यक्तिहरुमा यसप्रकारको शिक्षा प्रदान गर्ने आवश्यक माध्यम को रूपमा सामाजिक अध्ययनलाई गर्ने गरिन्छ।  यस सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा नामक पुस्तकले  व्यक्तिलाई समाजमा आवश्यक पर्ने ज्ञान सीप संस्कृति व्यवहार इत्यादि को विकास गर्दछ। यस्तो  भएमा मात्र सामाजिक विज्ञानको उद्देश्य  पूरा भएको भन्न सकिन्छ।

 छोटकरीमा भन्नुपर्दा सामाजिक शिक्षाले व्यक्तिमा सामाजिक विज्ञान सार्थक अभिब्यक्ति जीवनोपयोगी सीप कोहो विकास गर्ने गर्दछ  यसका साथसाथै सामाजिक अध्ययनले ती   प्राप्त भएका  ज्ञान,  व्यवहार,  संस्कृतिसीपलाई इत्यादिलाई व्यक्ति बिशेषमा  औपचारिक  प्रभावकारीरुपमा विकास गर्ने गर्दछ।  यी चरणहरू पार गरिसकेपछि व्यक्तिविशेषले समाजिक विज्ञानको उच्चतहको ज्ञान लिन सक्षम हुनेछन्। यसरी सामाजिक अध्ययन सामाजिक शिक्षा  सामाजिक विज्ञान बिचमा अन्तरसम्बन्ध रहेको प्रष्ट हुन्छ। 


5. सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो यस भनाइलाई पुष्टि गर्नुहोस्  


सामाजिक विज्ञान समाजिक अध्यन दुवै विषयहरुले मानव सम्बन्धको अध्ययन गर्दछन् सामाजिक विज्ञान अन्तरगत मानविकी तथा सामाजिक शास्त्र संकायका विभिन्न विषयहरू जस्तै भूगोल अर्थशास्त्र इतिहास जनसंख्या मानवशास्त्र समाजशास्त्र नागरिक शास्त्र राजनीतिशास्त्र संस्कृति मनोविज्ञान इत्यादि जस्ता विषयहरु पर्दछन्।  सामाजिक अध्ययन यिनै सामाजिक विज्ञानका विषयहरुलाई  एकीकृत गरेर निर्माण गरिएको एउटा  शैक्षिक कार्यक्रम हो।  तसर्थ सामाजिक अध्ययनमा समाजिक विज्ञानका विषयहरुलाई विद्यार्थीहरूको रुचि मतानुसार संगठित गर्ने गरिन्छ।   यसले सामाजिक विज्ञान  सामाजिक अध्ययन   बीच घनिष्ठ सम्बन्ध रहेको प्रष्ट हुन्छ।   यही कारणले गर्दा सामाजिक विज्ञानलाई सामाजिकअध्ययन को आधारको रुपमा लिने गरिन्छ। 

 अर्को शब्दमा भन्नुपर्दा सामाजिक अध्ययन विषय भित्र सामाजिक विज्ञानका विषयवस्तुहरु समावेश गरिएका छन् सामाजिक विज्ञान सामाजिक अध्ययन का विषयवस्तुहरू उस्ता उस्तै छन् सामाजिक विज्ञानले विषयवस्तुको गहिराइसम्म पुगी त्यसलाई कसरी उपयोग गर्ने वा समायोजन गर्ने भन्ने पक्षलाई जोड दिन्छ भने अध्यनले यस्ता विषयबाट व्यवहारिक जीवनमा केहि उपयोगी कुराहरु गर्न सकिन्छ त्यसलाई  जोड दिने गर्दछ।

समग्रमा भन्नुपर्दा सामाजिक विज्ञानका विषयवस्तुको हरूको अध्ययन गरी सामाजिक अध्ययनको सिकाइमा पूर्ण नहुने भएकोले सामाजिक विज्ञानलाई सामाजिक अध्ययनको आधारशिलाको रुपमा प्रष्ट पार्न सकिन्छ  




            (All Images Credit: Google Images)











 पाठ -३   सामाजिक अध्ययनका सीप र जिवनोपयोगी सीपको अवधारणा (एकाइ- १ )

पाठ - 

सामाजिक अध्ययनका सीप  जिवनोपयोगी सीपको अवधारणा 



.    सामाजिक अध्ययनका  सीपहरु भन्नाले के बुझ्नुहुन्छ ?  यस अध्ययनमा प्रयोगहुने सिपहरु उल्लेख गर्नुहोस्।  

सामाजिक अध्ययनका  सीपहरु:

शिक्षाको मुख्य उद्देश्य विद्यार्थीहरुलाई नयाँ ज्ञान प्रदान गर्नु हो  ति  सिकेका कुरा अनुसार उनीहरूको बानीमा   परिवर्तन गराई असल कार्य गर्न सक्षम बनाउनु हो यसरी सिकेको ज्ञानको व्यवहारिक प्रयोगलाई नै सिप भनिन्छ।तसर्थ अनुभव  सिकाइबाट प्राप्त गरेको ज्ञान  अथवा तालिम वा अभ्यासमार्फत प्राप्त गर्न सकिने ज्ञान नै सिप हो।

सामाजिक अध्ययन सिप हरुलाई मुख्यगरी चार भागमा विभाजन गर्न सकिन्छ।

  1. अध्ययन सिप  विद्यार्थीहरुले विभिन्न पुस्तक,, पत्रपत्रिका अनलाइन सामग्री पढ्नेगृहकार्य गर्नेनोट बनाउनेचित्र बनाउनेसमस्याको पहिचान गर्नेउद्देश्य निर्धारण गर्नेखोज अनुसन्धान गर्ने जस्ता सिपहरु अध्ययन सिप भित्र पर्दछन्। यसअन्तर्गत विशेषगरी  धारणात्मक  सिपसन्दर्भ सिपअन्वेषणात्मक  सिप आदि पर्ने गर्दछन् 
  2.  बौद्धिक सिप: आफ्नो बुद्धि विवेक अरबी भाषाको प्रयोग गरी समानता  भिन्नता छुट्याउनेप्रमाणको आधारमा निष्कर्ष निकाल्ने,  मूल्यांकन गर्नेगुण दोष पत्ता लगाउने,  वर्गीकरण गर्नेसमस्याहरूको समाधान गर्ने  साथै तथ्यहरु जोड्ने जस्ता सीपहरु बौद्धिक सिप पर्दछन्। 
  3.  सामाजिक सिप:  समाजमा   समायोजन भएर कसरी अघि बढ्नेसमाजका अन्य व्यक्तिहरू सँग सम्बन्ध कसरी स्थापना गर्ने,   सामुहिक हितका लागि के कस्ता कार्यहरु गर्ने जस्ता सीपहरु सामाजिक सीप भनिन्छ। यस अन्तर्गत  सामूहिक कार्यहरुछलफल  नेतृत्व नेतृत्व सम्बन्धी सीपहरु पर्दछन।
  4. सञ्चार सीप:  समाजमा बस्ने सदस्यहरु बीचहुने  अन्तरक्रियाज्ञानअनुभवविचार  आदिकोआदानप्रदान गर्नुलाई सञ्चार सीप भनिन्छ।
छोटकरीमा भन्नुपर्दा सामाजिक अध्यन सिपहरु अन्तर्गत माथि उल्लेखित भएका साथसाथै अन्य सीपहरु जस्तै सिर्जनात्मक सीपसम्पादकीय सीपनेतृत्व सीपतथ्यांक संग सम्बन्धित सीपप्रदर्शन  प्रवचनसीपहरुलाई प्रमुख सीप अन्तर्गत लिन सकिन्छ l



२.  जीवनोपयोगी सीपको अर्थ   लेखी  यस अन्तरगत पर्ने विभिन्न सीपहरु उल्लेख गर्नुहोस्।


जीवनोपयोगी सीपको अर्थ

साधारण अर्थमा जीवनोपयोगी सीपले कुनै पनि कामलाई राम्रो तरिकाले गर्न सक्ने क्षमतालाई जनाउँछतसर्थ कुनै पनि ब्यक्तिले सफल जीवन बिताउन को लागि अपनाइएका क्षमताहरु जसले मानिसको व्यवहारमा परिवर्तन गर्ने गर्दछ त्यसलाई नै जीवन उपयोगी सीप भनिन्छ

अर्को शब्दमा भन्नुपर्दा मानिसको जीवनका लागि  उपयोगी हुने  सीप नै जीवन उपयोगी सीप होl  यसरी भन्नुपर्दा  व्यक्तिगत जीवनमा आइपर्ने समस्या तथा अड्चनको समाधान गर्न आवश्यक पर्ने सीपलाई नै जीवन उपयोगी सीप भनिन्छl  यस्ता सीपले व्यक्तिलाई आफ्नो काममा सफलता हासिल गर्न सहयोग गर्दछन्l   यसका साथसाथै व्यक्तिमा क्षमताको विकास गरी सक्षम नागरिक बनाउन,  समाजराष्ट्र  विश्व समुदायकोभलाइको लागि कार्य गर्न प्रेरित गर्दछन्l  जीवन उपयोगी सीप अन्तर्गत निम्न अनुसारका सीपहरु पर्दछन

  • समस्या समाधान सिपजीवन यापन गर्ने क्रममा आएका  बाधा अड्चनलाई परिस्थिति अनुकूल उत्तम विकल्पको छनौट गरी समस्याको समाधान गर्ने सीप 
  • सञ्चार तथा सूचना प्रविधि सिप  - सूचना प्रविधिको प्रभावकारी उपयोग गर्ने सीप 
  • सहकार्य सिप (सहभागगिता  छलफल) - समुहमा सहकार्य गरेर कामलाई प्रभावकारी तरिकाले गर्ने सीप
  • समालोचनात्मक सोचाइ सिप -    समस्या वा अड्चन लाई  गुण  दोषको आधारमा विश्लेषण गर्ने सीप
  • अध्ययन सिप -  धारणात्मकसान्दर्भिक अन्वेषणात्मक सीप
  • सिर्जनात्मकता -विषयवस्तु वा समस्यालाई  सरल  सहज तरिकाले प्रस्तुत गरिने  सीप
  • अन्तरवैयक्तिक सिप आफ्नो विचार तथा भाबनालाई अरु समक्ष प्रभावकारी तरिकाले राख्ने सीप 
  • तनाव व्यवस्थापन पारिवारिक  मानसिक तनावलाई  सन्तुलनमा कायम गरी राख्ने सीप
  • संवेग व्यवस्थापन - रिस आबेग पीडा जस्ता संवेग  व्यवस्थापन गर्ने सीप 
  • निर्णय निर्माण सिप - भविष्यको बारेमा उचित विकल्प निर्णय लिन सक्नुको साथै सही क्षेत्र छनौट गर्ने सीप
  • नेतृत्व सिप -  काम गर्न सक्ने वा समूहलाई अगाडि बढाउन सक्ने क्षमताको विकास गर्ने सीप

सन्दर्भमा भन्नुपर्दामानव व्यवहारमा प्रयोग हुने सीपहरुलाई जीवनोपयोगी सीप भनिन्छ l मानिसले केही सीपहरु शिक्षाको माध्यमबाट  केही सिपहरु जीवन जिउने क्रममा सिक्ने गर्दछl  यसरी भन्नुपर्दा जीवनोपयोगी शिक्षाले व्यक्तिको क्षमता विकास गरी सक्षम नागरिक बनाउने तथा समाजराष्ट्र  विश्व समुदायको भलाइको लागि योगदान दिन प्रेरित गर्ने कार्य गर्दछl

३. WHO  ले जिवनोपयोगी सीपलाई कति भागमा वर्गिकरण गरेको लेख्नुहोस्।

WHO ले जीवनोपयोगी सीपहरुलाई 10  वटा सीप अन्तर्गत राखेको ती यसप्रकार छन् l

  1. जागरूकता 
  2. सहनुभुति 
  3. समालोचनात्मक 
  4. स्रीजनात्मक 
  5. तनाब ब्यवस्थापन 
  6. प्रभावकारी
  7. सम्बेग ब्यवस्थापन 
  8. निर्णय निर्माण 
  9. समस्या समाधान 
  10. अन्तर ब्यतिगत     


४ . “जीवन निर्वाहको लागि चाहिने सीप नै जीवनोपयोगी  सीप हुन्”  पुष्टि गर्नुहोस्l

कुनै पनि ब्यक्तिले सफल जीवन बिताउन को लागि अपनाइएका क्षमताहरु जसले मानिसको व्यवहारमा परिवर्तन गर्ने गर्दछ त्यसलाई नै जीवन उपयोगी सीप भनिन्छl   साधारण अर्थमा, मानिसको जीवनका लागि  उपयोगी हुने  सीप नै जीवन उपयोगी सीप होl  यसरी भन्नुपर्दा, मानिसलाई जीवन निर्वाह गर्दा आवश्यक पर्ने सीपहरु नै जीवनोपयोगी सीप हुन्l 

मानिसले आफ्नो दैनिक जीवनमा अथवा व्यवहारमा प्रयोग गर्ने केही सीपहरु श्रममा आधारित हुन्छन्l  केही सीपहरु भने बाहिर देखिँदैनन् तर ब्यक्तित्व बिकासका जीवनयापनमा प्रभाव पार्ने खालका हुन्छन्l  यस्ता सीपले व्यक्तिलाई समाजमा समायोजन हुन मा सहयोग गर्छन् l  यिनै  सिपको कारणले गर्दा मानिस आफ्नो काममा सफलता हासिल गर्न सक्षम हुन्छl यसका साथसाथै व्यक्तिमा क्षमताको विकास गरी सक्षम नागरिक बनाउन,  समाज, राष्ट्र र विश्व समुदायकोभलाइको लागि कार्य गर्न प्रेरित गर्दछन्l   

व्यक्तिगत जीवनमा आइपर्ने समस्या तथा अड्चनको समाधान गर्न,  सूचना प्रविधि  बारे ज्ञान हासिल गर्न, सहकार्य गर्न, समाजका अरु मानिसहरुसँग  सहभागी भई छलफल गर्न,   तनाव व्यवस्थापन गर्न, नेतृत्व गर्न,  निर्णय लिन,  समालोचनात्मक सोचाइसीपको विकास  गर्नुको साथसाथै जीवन निर्वाह गर्दा आवश्यक पर्ने सिपहरु जीवन उपयोगी सीप अन्तर्गत पर्दछन्l  यस अर्थमा जीवन निर्वाहको लागि चाहिने सीप नै जीवनोपयोगी  सीप हुन् भन्ने प्रष्ट हुन्छ l    




(All Images Credit: Google Images)


Any Queries...?




















एकाइ -२ 

जीवनोपयोगी सीपका रुपमा डिजिटल सिपहरु तथा सामान्य अनुसन्धान सीपहरु 

पाठ -१  डिजिटल साक्षरता


1. डिजिटल साक्षरता भन्नाले के बुझिन्छ? यसको अवधारणा स्पष्ट गर्नुहोस्

डिजिटल साक्षरता को अवधारणा:
समाज विकासको विभिन्न चरण पार गर्दै एक्काईसौं शताब्दीमा  पुगीसकेको  जसलाई विज्ञान  प्रविधि को युग भन्ने गरिन्छ।आजको यस विज्ञान  प्रविधि को युग ले हाम्रो जीवनलाई सरल बनाउनु को साथसाथै इच्छा व्यापार पर्यटन कृषि उद्योग चिकित्सा engineering जस्ता क्षेत्रहरुमा प्रभावित पारेको   आजको युगमा जुनसुकै काम गर्नको लागि विज्ञान तथा प्रविधीको   प्रयोग अपरिहार्य छ। शिक्षा स्वास्थ्य मनोरञ्जन व्यापारको कार्यालय banking अनुसन्धान आदि क्षेत्रमा यसको प्रयोग दिनप्रतिदिन बढ्दै गइरहेको छ। कम्प्युटर इन्टरनेट  एस्तै electronic माध्यम प्रयोग गरिने प्रविधिलाई सूचना प्रविधि भनिन्छ। यसलाई अंग्रेजीमा information technology  भन्ने गरिन्छ।डिजिटल साक्षरता भनेको कम्प्युटरमा  प्रयोग हुने सामग्रीहरूको  प्रयोगसँग सम्बन्धित   आधारभूत ज्ञान हुनु हो।त्यसले विद्युतीय माध्यमबाट आफ्नो कार्य गर्दछ।
डिजिटल भनेको electronic   साक्षरता को अर्थ पढ्नु,साक्षर हुनु   लेख्न जान्नु हो। तसर्थ डिजिटल साक्षरता  भन्नाले कम्प्युटर तथा इन्टरनेट,  सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी आफ्नो दैनिक  व्यवसायिक जीवनलाई सरल बनाउनु हो। डिजिटल साक्षर व्यक्ति डिजिटल सामाग्री प्राप्त गर्नउपयोग गर्नसिर्जना गर्न  वितरण वा सञ्चार गर्न सक्षम हुन्छ।डिजिटल साक्षरता भित्र सूचना तथा सञ्चार प्रविधि सम्बन्धि प्राविधिक सिप  ज्ञान दुवै पर्दछन् 

नेपालमा डिजिटल  शिक्षाको अवधारणा:
नेपालमा कम्प्युटरको प्रयोग सर्वप्रथम विक्रमसंवत् 2028 मा जनगणनाको तथ्यांक प्रशोधन कालागि गरिएको थियो।IMB 1404 Mainframe नामक second generation computer लाई यस   कामको लागि ल्याइएको थियो। यसको करिब एक दशकपछि मात्र काठमाडौँलगायत देशका प्रमुख शहरहरुमा computer भित्रिइएको पाइन्छ।
सुचना तथा सञ्चार प्रविधीको द्रुत विकास भने विक्रम संवत 2046 मा  प्रजातन्त्रको पुनर्स्थापनाभए पछि मात्र भएको पाइन्छ।। हाल नेपालमा सामान्य कुराकानी गर्नअनलाइन तथा भर्चुअल कक्षा  सञ्चालन गर्नहिसाबकिताब राख्नदेखि बिरामीको उपचार गर्नसमेत सूचना तथा सञ्चार प्रविधिको प्रयोग भइरहेको छ।Computer  इन्टरनेट प्रविधि  भित्रिय पछि नेपालले सूचनाप्रविधि   सञ्चारको क्षेत्रमा चमत्कारिक विकास सुरु गरेको छ।
 

  1. सूचना तथा संचार प्रविधि भनेको के हो?

सूचना तथा सञ्चार प्रविधिको धारणा:
कम्प्युटरइन्टरनेट तथा अन्य माध्यमको प्रयोग गरेर तथ्याङ्क सङ्कलन गर्नेसङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सूचनामा परिवर्तन गर्नेप्रशोधित सूचनालाई भण्डारन गर्ने  उक्त सूचना प्रयोगकर्तालाई उपलब्ध गराउने कार्य नै सूचना तथा सञ्चार प्रविधि हो  यसलाई छोटकरीमा सूचना प्रविधि (आइटीपनि भन्ने गरिन्छ  सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्नेमूल्याङ्कन गर्नेसिर्जना गर्ने  सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ  प्रोहिलर स्पाइर्सका अनुसार डिजिटल साक्षरताका तीन पक्षहरू हुन्छन् : 
(डिजिटल सामग्री प्राप्त  उपयोग गर्ने 
(डिजिटल सामग्री सिर्जना गर्ने 
(डिजिटल सामग्री सञ्चार वा वितरण गर्ने 
यसैले डिजिटल साक्षरताभित्र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्राविधिक ज्ञान  सिप दुवै पर्दछन्  आजको वैज्ञानिक युगमा जीवनका हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग भइरहेको   हाल कुनै पनि क्षेत्रमा सफल हुन डिजिटल साक्षरता नभई नहुने अवस्था आएको   त्यसैले हरेक व्यक्तिले यी ज्ञान  सिपहरू प्राप्त गर्नैपर्ने भएको   
 यसरी भन्नुपर्दा कम्प्युटर इन्टरनेट   यस्तै अन्य इलेक्ट्रोनिक माध्यम प्रयोग गरिने प्रविधिलाई सूचना  तथा सञ्चार प्रविधि भनिन्छ  

 


  1. सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरूको चर्चा गर्नुहोस्

सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू:
सूचना तथा सञ्चार प्रविधिको प्रयोग आजको युगमा  अपरिहार्य छ। मानिसहरु सूचना तथा संचार प्रविधिबाट  टाढा रहेर बस्न गाह्रो  छ।तथा सञ्चार प्रविधिको प्रयोग गर्ने   सिप  नभएको मानिस  निरक्षर सरह हुन्छ। त्यसैले आफ्नो दैनिक  व्यवसायिक जीवनमा सूचना तथा संचार प्रविधिहरु को  प्रयोगको बारेमा सिक्नु अपरिहार्य छ।
सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू यसप्रकार छन्।

  •  सूचना  प्रविधिको प्रयोग गर्दा मानिसको control यस माथि भएको हुनुपर्छ ना कि सूचना  प्रविधीको control मानिस माथि भएको हुनुपर्छ।
  •  सूचना  प्रविधि सानो वा ठूलो ले फरक पर्दैन  बरु यसको प्रयोग सही तरिकाले भएको हुनुपर्छ।
  •  प्रविधिलाई मानिसले कुनैपनि काम सजिलो  छिटो गर्नकोलागि  गरिनुपर्छ।
  • अतिआवश्यक चिजहरु  जस्तै पासवर्ड, code word  अन्य चिजहरु गोप्य राख्नु पर्छ।
  •  सूचना तथा प्रविधि वियोग डिजिटल सामग्री प्राप्त गर्नउपयोग गर्नसिर्जना गर्नवितरण वा सञ्चार गर्न को लागि गरिनुपर्छ।
  • तसर्थ सूचना  प्रविधि प्रयोग राम्ररी भएमा यो मानिसको लागि वरदान स्वरुप हुन्छ तर यसको गलत प्रयोग भएमा यो मानिसै लागि अभिश्राप  हुन्छ। यसरी भन्नुपर्दा सूचना  तथा प्रविधिको प्रयोग प्रयोगकर्ता माथि आधारित  कि उनीहरूले यसलाई समाजको उन्नतिको लागि प्रयोग गर्छन् कि अवनति को लागि प्रयोग गर्छन्। 
कम्प्युटरको परिचय: 
कम्प्युटरको परिचय कम्प्युटर एक विद्युतीय यन्त्र होजसले निर्देशनअनुसार तथ्याङ्कलाई गणनाप्रशोधन तथा भण्डारन गर्दछ  यसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्य सम्पादन गर्नअधिकांश गणितीय समस्याहरू हल गर्नतथ्याङ्क भण्डार गर्न तथा नतिजा देखाउन सक्दछ ।। कम्प्युटर सिस्टम भनेको यसका हार्डवेयर  सफ्टवेयरको संयुक्त रूप हो  
कम्प्युटरल्याटिन भाषाको ‘computare’ भन्ने शब्दबाट आएको हो जस्तो अर्थ हिसाब-किताब गर्ने बुझिन्छ। 


कम्प्युटरका प्रकारहरु: 
प्रयोग गर्ने मानिस तथा प्रयोजनअनुसार कम्प्युटर विभिन्न आकार  प्रकारका हुन्छन्  

  • व्यक्तिहरूले स्मार्ट फोनट्याबलेटल्यापटपडेस्कटप जस्ता माइक्रो कम्प्युटर प्रयोग गर्दछन्। 
  • गुगलयाहु जस्ता ठुला कम्पनीहरूले एकै पटक धेरै मानिसहरूले चलाउन मिल्ने मेन फ्रेम  सुपर कम्प्युटर प्रयोग गर्दछन्।




  1.  कम्प्युटर हार्डवेयरलाई  उदाहरणसहित वर्गीकरण गर्नुहोस्

        कम्प्युटरका अङ्गहरू:

  1. हार्डवेयर  कम्प्यूटर प्रणालीमा देख्न  सुन्न सक्ने सम्पूर्ण सामानहरु जस्तै    मनिटरप्रिन्टरप्रोसेसरस्क्यानर,Mouse,  सिपियु,  keyboard, आदि।

        हार्डवेयर लाई input उपकरण,  प्रशोधन उपकरण,  output उपकरण,    भण्डारण उपकरण गरी चार           भागमा वर्गीकरण  गरिन्छ। 

i. Input उपकरण( Input Unit)कम्प्युटरमा कुनै पनि तथ्यांक वा निर्देशन प्रविष्ट गराउन प्रयोग हुने उपकरण हरु लाई input उपकरण भनिन्छ,  जस्तै :  Keyboard, Mouse, Microphone, Camera आदि।

ii. प्रशोधन उपकरण(Processing Unit): कम्प्यूटरमा प्रविष्ट भएका कुनैपनि तथ्याङ्कलाई निर्देशनअनुसार गणना वा प्रशोधन गर्न प्रयोग गरिने उपकरण लाई प्रशोधन उपकरण भनिन्छ,  जस्तै  Central Processing Unit (CPU)

iii. Output उपकरण (Output Unit): कम्प्युटरमा भएका कुनै तथ्यांक वा सूचनालाई देखाउन  प्रयोग हुने उपकरणलाई output उपकरण भनिन्छ,  जस्तै monitor, projector,  speaker, printer, आदि।

iv. भण्डारण उपकरण (Storage Unit): कम्प्यूटरमा प्रविष्ट भएका वा गरिएका तथ्याङ्कहरु लामो समयसम्म सुरक्षित राख्नको लागि प्रयोग गरिने उपकरणलाई भण्डारण उपकरण भनिन्छजस्तै CD,  DVD, Harddisk, Pendrive, Memory  आदि

2.            सफ्टवेयर:कम्प्यूटर प्रोग्रामहरु।




कम्प्युटरका विशेषताहरु:

  1. त्रुटिरहित
  2.  अत्यन्तै छिटो
  3. भण्डारण
  4. लगनशीलता
  5. बहुमुखी
  6. स्वचालित
  7.  लामो समयमा लगातार काम गर्न   सक्ने
  8.  टिकाउ 


5. कम्प्युटरको प्रयोग भइरहेका कुनै दुई क्षेत्र हरु को नाम लेख्नुहोस

6. ‘कम्प्युटरको  प्रयोग आज विश्वव्यापी भएको छ।’ यस भनाईलाई पुष्टि गर्नुहोस्

7. कम्प्युटरको  प्रयोग हुने कुनै चार क्षेत्रहरूको उदाहरणसहित वर्णनगर्नुहोस्।

कम्प्युटरको प्रयोग वा क्षेत्र:

  1. शिक्षा:  कम्प्युटरको  प्रयोग Smart Class, Distance Learning, Virtual Class, Online Class आदिको माध्यमबाट पठनपाठन गर्न,  पठन पाठन संग सम्बन्धित आवश्यक शैक्षिक सामग्री निर्माण गर्न,  विद्यार्थी तथा शिक्षकहरूको  रेकर्ड राख्न,  नतिजा  तयार गर्नतालिमगोष्ठीछलफलसेमिनार तथा वेवीनारहरु सञ्चालन गर्न।
  2. संचारमानिसहरुबीच इमेल इन्टरनेट सामाजिक सञ्जाल आदिको माध्यमबाट सरल तथा सुलभ तरिकाले  विचार वा संचार,सूचना वा सन्देश आदि आदानप्रदान गर्न।
  3. बैन्किङ:  ATM, Mobile Banking, Online Transfer,वा Online Payment आदि 
  4. अनुवाद गर्न:  आजको यस 21औं शताब्दीमा कम्प्युटरको प्रयोग अनुवाद गर्नकोलागि गरिन्छ।कम्प्युटरले एउटा भाषामा लेखिएको शब्द,वाक्य   वा किताबलाई अर्को भाषामा अनुवाद गर्नमा सहयोग गर्दछ।
  5. मनोरञ्जन,  वैज्ञानिक अनुसन्धान,  मौसम संबंधी भविष्यवाणीव्यक्तिगत प्रयोजन,  कार्यालय,  बीमा,  उद्योग,व्यापार,   radio तथा टेलिभिजन प्रसारण गर्नआदि 

 यसरी,  हामी भन्न सक्छौं कि  आजको युगमा computer  हाम्रो दैनिक जीवनको एउटा अङ्ग  बनेको  Computer हरुले हाम्रो दैनिक जीवनमा हुने कार्यहरुलाई  ease बनाएका छन्। यसलाई संचारमा,   तथ्यांक भण्डारणमा,  गणना गर्नमा,  विभिन्न महत्वपूर्ण कागजात हरु सुरक्षित राख्नमा,  मनोरञ्जनात्मक चिजहरु जस्तै खेलहरु खेल्नमा,  गीत सुन्नमा,  चलचित्र हेर्नमा डकुमेन्टहरु type गर्नमा मानिसहरुले प्रयोग  गरिरहेका छन्। तसर्थ,   आजको एक्काइसौं शताब्दी शताब्दीमा कम्प्युटरको प्रयोग व्यापक क्षेत्रमा गर्न सकिन्छ  यसको उपयोग विश्वव्यापी भएको छ।

8. Microsoft Word मा के के काम गर्न सकिन्छ? उदाहरणसहित लेख्नुहोस्।

Microsoft word  र यसमा कागजात तयार गर्ने तरिका: 
Microsoft word एउटा   लोकप्रिय word processing  प्रोग्राम हो  जुन microsoft office अन्तर्गत पर्दछ।यस अन्तर्गत  Ms-Excel   MS-PowerPoint पनि पर्दछन् ।यसको प्रयोग तपसिल का कार्यहरु गर्नको लागि गर्न सकिन्छ:

  • अनलाइनबाट काम गर्नेहरुले Google Docs,  Google Spreadsheet, Google Slide  आदि एप्लिकेसनहरुमा documents तयार  गर्दछन्।
  • चिठीपत्र हरु लेख्न।
  •  Documentation गर्न।
  •  गतिविधिहरु  अर्डरमा मिलाएर राख्न।
  •  अध्ययन  अध्यापन को काम सजिलो गर्न।
  •  विद्यार्थीहरूको  homework   assignment हरुका लागि।
  •  विभिन्न कार्यक्रमहरूमा स्लाइडहरू बनाएर देखाउनका लागि।
  •  Research Paper लाई लिखित रुपमा प्रस्तुत गर्नको लागि।
  •  विभिन्न प्रस्तुतीकरण हरुमा प्रयोग गर्नको लागि।
  •  Exams  हरूको  papers तयार  पार्नको लागि   यस्तैअन्य कार्यको लागि।



Microsoft word  खोल्ने,  नयाँ document लाई save गर्ने  र  टाइप गर्ने

  • आफ्नो कम्प्युटर वा ल्यापटप  अन गर्नुहोस्।
  • स्टार्ट मेनु मा क्लिक गर्नुहोस।
  • Microsoft office word 2007, 2010,2013, वा   2016  मा क्लिक गर्नुहोस।
  •  Bank document मा क्लिक गर्नुहोस।
  •   बायाँ तर्फ माथितिर रहेको file tab मा क्लिक गर्नुहोस। त्यसपछि save वा save as मा क्लिक गर्नुहोस। Pc मा क्लिक गर्नुहोस्  आफूले  चाहेको drive वा desktop मा क्लिक  गरी file name भन्ने ठाउँमा files name type गर्नुहोस  save button मा click गरी फाइललाई सेभ गर्नुहोस्। यसपश्चातWord पेजमा आवश्यक पर्ने document type गरि  फेरी सेभ गर्न परेमा Ctrl+S  एकैपटक थिच्नुहोस्। 

9. कम्प्युटरमा रहेका document लाई कसरी प्रिन्ट गर्न सकिन्छ, चरणहरु उल्लेख गर्नुहोस्।

10. कुनैपनि  फाइल प्रिन्ट गर्दा अपनाइने प्रक्रियाहरु उल्लेख गर्नुहोस्।


कम्प्युटरमा भएका कागजातहरुलाई प्रिन्ट गर्ने तरिका:
कम्प्युटरमा भएका document हरुलाई printer को माध्यमबाट प्रिन्ट गर्न सकिन्छ।  यसकोलागि उक्त कम्प्युटरमा  सम्बन्धित प्रिन्टरको  Software/ Driver install भएको हुनुपर्छ। तसर्थ कम्प्युटरमा भएका आवश्यक कागजपत्रहरु लाई तपसिल का चरणहरु प्रयोगगरी प्रिन्ट गर्न सकिन्छ:
  •   प्रिन्ट गर्नुपर्ने फाइल खोल्नुहोस।
  • Office Button क्लिक गर्ने,  print मा जाने अनि print preview मा गएर files को setting  चेक गर्ने।
  • त्यसपछि print अप्सनमा गएर  printer सेलेक्ट गर्ने  Number of Copies  select गर्ने 
  • कुनै निश्चित पेजहरू प्रेम  गर्न परेमा print number  टाइप गर्ने।
  • आवश्यकताअनुसार अन्य सेटिङहरू मिलाउने।
  • कागजको सायद सामान्यतया A4 हुन्छ विशेष अवस्थाबाहेक A4  साइज को कागज  राख्ने।
  •  एकभन्दा बढी  प्रति आवश्यक भए सोअनुसार मिलाउने।
  •  अन्त्यमा OK  को बटनमा क्लिक गर्ने   तपाईंको  कागजात  print हुनेछ। 

 







पाठ-२  

संचार एप्लिकेसनहरूको प्रयोग


  1. ब्राउजर भनेको के हो? उदाहरण दिएर प्रष्ट पार्नुहोस्।

ब्राउजर एउटा कम्प्युटर एप्लिकेसन हो। यसले इन्टरनेट र कम्प्युटर बिच सञ्चार सम्बन्ध स्थापना गर्ने काम गर्दछ। इन्टरनेट चलाउन आवश्यक पर्ने application वा वेब भित्र छिर्ने मूल ढोका नै ब्राउजर हो। Google Chrome, Mozilla Firefox, Opera,आदि उपयोगी  र लोकप्रिय ब्राउजर हरु हुन्। Microsoft Firefox, Microsoft edge, र  Safari चाहिँ Default ब्राउजर हुन्। कुनै पनि ब्राउजरबाट इन्टरनेट चलाउन उक्त कम्प्युटरमा इन्टरनेट जोडिएको हुनुपर्छ। यसरी भन्नुपर्दा,  कम्प्युटरमा गरिने online कामहरु ब्राउजरको मद्दतले गरिने गरिन्छ।


  1.  Email भनेको के हो? यसका फाइदाहरु उल्लेख गर्नुहोस्।

इमेल Electronic Mail  को छोटकरी रुप  हो। यसलाई नेपालीमा विद्युतीय हुलाक भन्ने गरिन्छ। अर्को शब्दमा भन्नुपर्दा email परम्परागत  हुलाकी पत्राचारको आधुनिक माध्यम हो। इमेलले  इन्टरनेटमार्फत पत्राचार गर्ने कार्य गर्छ । इमेलबाट पत्राचार गर्न इमेल एकाउन्ट खोलिएको हुनुपर्छ । Gmail, Yahoo, Hotmail आदि जस्ता इमेल सेवा प्रदायक मध्ये कुनै एकमा एकाउन्ट खोल्न सकिन्छ ।

इमेलका निम्नलिखित फाइदाहरू हुन्छन् : 

  1. नि:शुल्क पत्राचार गर्न सकिन्छ 

  2. एकै पटक धेरै जनालाई पत्राचार गर्न सकिन्छ 

  3. छिटो, सजिलो र विश्वसनीय रूपमा पत्राचार गर्न सकिन्छ

  4. एकै पटक धेरैओटा डकुमेन्ट, फोटो आदिलाई पठाउन सकिन्छ

  5. पत्राचार गरिएका डकुमेन्टहरू सुरक्षित भण्डार गर्न सकिन्छ

  6. चित्र, फोटो, भिडियो वा अन्य आरकाइभ गरिएका डकुमेन्ट सुरक्षित गर्न सकिन्छ ।

  7. संसारको जुनसुकै ठाउँबाट जुनसुकै समयमा इन्टरनेटको कनेक्सनभएमा  पत्रचार गर्न सकिन्छ।

  8. यसमा कागजको खर्च लाग्दैन, त्यसकारण यो फाइदाकारी हुन्छ।

  9.  यसलाई सूचना सञ्चार गर्न,   समूहमा काम गर्न, भण्डारण गर्न, कामको व्यवस्थापन गर्न र योजना बनाउन प्रयोग गरिन्छ।

  10.  आजको यस एक्काइसौं शताब्दीमा, Research Proposal, HomeWork,  Assignment, का साथ साथै कुनैपनि ब्राउजर चलाउनको इमेलको लागि प्रयोग गरिन्छ। 



3.  जिमेल (Gmail) खाता खोल्ने तरिका लेख्नुहोस्

  जिमेल खाता खोल्ने तरिकाहरु यसप्रकार रहेका छन्:

  1. कुनै पनि ब्राउजर खोलेर Search Option  www.gmail.com टाइप गर्ने, र Enterमा क्लिक गर्ने, Window  खुल्छ। Window   खोलिसकेपछि ‘Create Account’  मा क्लिक गर्ने। 

  2. आफ्नो नाम भर्ने,  अनि Username मा आफ्नो नामसाग मिल्दो नाम भर्ने । Available नदेखाए सम्म  नामको पछाडि सङ्ख्या परिवर्तन गर्दै जाने। पासवर्डमा सामान्यतया ८ अक्षर (Characters)संख्या र अक्षर मिलाएर राख्ने ।  त्यसपछि Next मा क्लिक गर्ने।

  3. अर्को Window मा आफ्नो फोन न. टाइप गर्ने र फेरि Next मा क्लिक गर्ने।अनि मोबाइल फोनमा ६ अङ्कको कोड न. भएको सन्देश आउाछ र प्रमाणीकरण  फोनको म्यासेजमा आएको सङ्केत न. कम्प्युटरमा टाइप गर्ने र Verify मा क्लिक गर्ने।

  4. अर्को Window खुल्छ र त्यसमा आवश्यक विवरण भरी Next मा क्लिक गर्ने 

  5. Google Privacy and Termsको  तल भएको I Agree मा क्लिक गर्ने 

  6.  अब जिमेल खाता तयार भयो । तपाईाको Gmail Inboxमा Welcome Message आउँछ। 




जिमेल खातामा साइन इन गर्ने तरिका 

  • ब्राउजर खोलेर Search Optionमा www.gmail.com  टाइप गर्ने

  • आफ्नो पूरा Email address टाइप गर्ने, जस्तै : nikitasharma123@gmail.com अनि Next मा क्लिक गर्ने

  • अर्काे  Window आईसके पछि त्यसमा पासवर्ड टाइप गर्ने र Next मा क्लिक गर्ने

  •  तपाईंको  जिमेल खातामा साइन इन भयो।


 जिमेल  खातामा इमेल हेर्ने तरिका 

  • ब्राउजरखोलेर साइन इन गर्ने, यसो गर्दा Window मा Inbox देखिन्छ र नयाा इमेलहरू बोल्ड कलरमा हुन्छन् 

  • आफूले हेर्नुपर्ने इमेलमा क्लिक गर्ने  । 

  •  इमेलको जवाफ दिन Reply Button बटन क्लिक गर्नुपर्छ र आवश्यकताअनुसार सन्देश टाइप गरी फाइल Attech गरेर Send गर्नुपर्छ । 

  •  इमेल अरू कसैलाई पठाउनुपर्ने भएमा सोको इमेल ठेगाना टाइप गरी Send बटन क्लिक गर्नुपर्छ ।


4. इमेलमा फाइल लाई Attach गर्ने तरिका लेख्नुहोस्। 

जिमेल खाताबाट इमेल पठाउने तरिका

  1. ब्राउजरमा साइन इन गर्ने ।

  2. Compose  वा प्लस चिह्न (+) मा क्लिक गर्ने ।

  3. माथिको बाकसमा पाउने व्यक्ति वा संस्थाको इमेल ठेगाना टाइप गर्ने। 

  4. दोस्रो बाकसमा इमेलको विषय टाइप गर्ने। 

  5. त्यसको तलको खाली ठाउामा आफ्नो सन्देश टाइप गर्ने। 

  6. कुनै डकुमेन्ट Attech गर्नुपर्ने भएमा तल Send बटनको दायाापट्टि क्लिप चिह्नमा क्लिक गर्ने र  आफ्नो फाइल Attech गर्ने। अन्त्यमा Send बटनमा क्लिक गर्ने। अनि Sent भएको सन्देश देखाउँछ। 

  7. इमेल ठेगाना नमिलेमा डेलिभरी नभएको सन्देश आउँछ।


5. सामाजिक सञ्जाल भनेको के हो?  यस  फाइदा  र बेफाइदाहरु उल्लेख  गर्नुहोस्। 

सामाजिक सञ्जाल:

संचारका एप्लिकेसनहरु  मार्फत अन्य व्यक्तिहरुसँग भेट्न वा अन्तरक्रिया गर्नका लागि निर्माण गरिएका विभिन्न समुहहरुलाई सामाजिक संजाल भनिन्छ। नेपालमा प्रचलित  फेसबुक(Facebook), ट्विटर(Twitter), इन्स्ट्राग्राम(Instagram), युटुब(You Tube), टिकटक(Tick tok), Likee आदि छन्। यी समाजिक संजालहरु नयाँ साथी बनाउन पुराना साथीहरु सँग भेटघाट गर्न सूचना आदानप्रदान गर्न र विभिन्न प्रतिभालाई प्रस्तुत गर्न उपयुक्त माध्यम    बन्दै गइरहेका छन्। यस्ता सञ्जालहरूले व्यक्तिगत सूचना प्रवाहदेखि सामाजिक दबाब दिनसमेत सहज बनाएका छन् । यसको सदुपयोगबाट धेरै लाभ लिन सकिन्छ भने यसको सुरक्षित प्रयोग भएन  भने  यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ।  

सामाजिक सञ्जालका फाइदाहरू 

१. नि:शुल्क रूपमा व्यक्तिगत र सामूहिक कुराकानी गर्न। 

२. विश्वभर सञ्चार सम्बन्ध राख्न। 

३. नि:शुल्क रूपमा समाचार र सूचना सम्प्रेरण गर्न। 

४. व्यापारका लागि बजार व्यवस्थापन र प्रवर्द्धनमा। 

५. सामाजिक तथा राजनीतिक सचेतना गराउनमा।

६. विचार आदानप्रदान र सहकार्य गर्नमा। 

७. सामाजिक तथा राजनीतिक दबाब दिनमा।

८. Open Learning, E-Learning, Online and Virtual Class संचालन गर्नमा।

सामाजिक सञ्जालका बेफाइदा तथा चुनौतीहरू 

१. साामाजिक सञ्जालको कुलत लाग्न सक्छ ।

२. मानसिक रोग लाग्न सक्छ।

३. धोकेबाज र अपराधी प्रकृतिका मानिसलाई सहज हुन्छ। 

४. गलत सूचना प्रवाह गर्ने, व्यक्तिको प्रतिष्ठामा आाच आउने तथा समाजमा आतंक फैलाउने।

५. डर, त्रास र धम्की दिएर शारीरिक, मानसिक वा अन्य शोषण गर्न।

६. गोप्य सूचना ह्याकिङ हुन सक्छ। 

७. व्यक्तिको आनीबानी पत्ता लगाई गलत फाइदा उठाउन सक्छ। 

८. मानिसहरु वास्तविक    संसार र सम्बन्ध बिर्सेर काल्पनिक संसारतिर धकेलिनु। 



6. सामाजिक सञ्जालहरुलाई सुरक्षित रुपमा प्रयोग गर्न के गर्नुपर्छ? सुझाव दिनुहोस्। 

सामाजिक सञ्जालको सुरक्षित प्रयोग:

 सामाजिक संजाल का साधनहरूको सुरक्षित र सावधानीपूर्वक प्रयोग गर्नका लागि निम्न कुराहरुमा  ध्यान दिनुपर्दछ। 

  1. नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा  साथी नबनाउने। 

  2. आफ्नो पासवर्ड गोप्य  र सुरक्षित राख्ने। 

  3.  समाजलाई असर पार्ने नकारात्मक फोटो Page, र पोस्टलाई लाइक, कमेन्ट र  सेयर  नगर्ने। 

  4.  आफ्नो गोप्य कुरालाई सामाजिक सञ्जालमा नराख्ने। 

  5.  विश्वासिलो ज्ञानवर्धक र आवश्यक पेजहरुमा मात्र  जोडिने। 

  6.  सामाजिक सञ्जाललाई  सदुपयोग र लाभ लिन को लागि प्रयोग गर्ने।



पाठ -३ 

अनलाइन भुक्तानी (Online Payment) 




1. अनलाइन भुक्तानी भनेको के हो ? यसका फाइदाहरु  र बेफाइदाहरु उल्लेख गर्नुहोस्

अनलाइन भुक्तानी (Online Payment) भन्नाले इन्टरनेट र विद्युतीय उपकरण प्रयोग गरीजस्तै computer अब मोबाइल एप्लिकेसनहरु  बाट आफ्नो बैङ्क खाताबाट अरू कसैको बैङ्क खातामा रकम वा  पैसा पठाउने  नवीनतम पद्धतिलाई बुझिन्छ । यसबाट बैङ्कमा नगई जुनसुकै ठाउाबाट सामान वा सेवाको बिल तिर्ने, इन्टरनेट, खानेपानी, विद्युत्को महसुल तिर्ने,  इन्सुरेन्सको पैसा तिर्ने  तथा  मोबाइल रिचार्ज गर्ने, जस्ता कार्यहरू गर्न सकिन्छ । 

  • Online भुक्तानीको लागि आफ्नो बैंकको खातामा पर्याप्त रकम भएको हुनुपर्छ। 

  •  कम्प्युटर वा मोबाइल फोनमा इन्टरनेट र आवश्यक एप्लिकेसनहरु install भएको हुनुपर्छ। 

  • सम्बन्धित बैंकमा गई इन्टरनेट बैंकिङ सेवाका लागि आवेदन दिएको हुनुपर्छ। 

  • Online भुक्तानीका लागि आवश्यक एप्लिकेसनहरू डाउनलोड गरी एक्टिभेट गरेको हुनुपर्छ। 

  • Mobile banking activate गर्दा आफ्नो मोबाइल नम्बर  र बैंकको खाता नम्बर भरि Next गर्ने,  अनी बैंकले पठाएको One-Time Password (OTP) setup गर्ने र transaction pin setup गरी Finish गर्ने र आवश्यक कारोबार गर्ने। 

  • Online Payment सम्बन्धी राम्ररी जानकारी लिएको हुनुपर्छ।

अनलाइन भुक्तानीका प्रकारहरु:

  1. Card System (डेबिट कार्ड, क्रेडिट कार्ड, Mastercard)

  2. Mobile Payment (Phone Pay, e-sewa)

अनलाइन भुक्तानीका फाइदाहरू 

१. बिल तिर्दा  धेरै  समय खर्च गर्न पर्दैन र लाइनमा बस्नु पर्दैन। 

२. जनशक्तिमा लाग्ने खर्च कटौती हुन्छ। 

३. अनलाइनबाट सामान र सेवा किनबेच गर्न सहज हुन्छ।

४. छिटो, छरितो र विश्वसनीय हुन्छ।

५. चोरीडकैतीको डर नहुने। 

६. देशको नोटको आयु बढ्न गई बचत हुन्छ। 

७. व्यक्ति, संस्था र सरकारलाई हिसाब/रेकर्ड राख्न सजिलो हुन्छ। 

 ८.विभिन्न महामारीको समयमा पनि सामाजिक दूरी कायम हुने। 

अनलाइन भुक्तानीका बेफाइदा तथा चुनौतीहरू

१. अनलाइन सेवाबापत शुल्क तिर्नुपर्छ ।  

२. अफलाइन कारोबारमा काम लाग्दैन । 

३. सर्भरमा security को अभाव ले गर्दा साइबर अपराधीहरूले ह्याक गरेर रकम दुरुपयोग गर्न सक्छन् ।  

४. कहिलेकाहीा इन्टरनेट वा सर्भर डाउन भएर कारोबार गर्न सकिादैन  । 

५. डिजिटल साक्षरता नभएका व्यक्तिहरूले प्रयोग गर्न सक्दैनन् ।  

६. नेपालको सबै ठाउामा यसको पहुाच नपुगेकाले प्रयोग गर्न सकिादैन । 



2. अनलाइन भुक्तानी (Online Payment) गर्दा के के कुरामा ध्यान दिनुपर्छ? 

सुरक्षित अनलाइन भुक्तानीका लागि ध्यान दिनुपर्ने कुराहरू 

१. कुनै पनि सामान वा सेवा अनलाइन खरिद गर्नुअघि इन्टरनेटमा सर्च गरेर त्यस्ता वस्तु वा सेवाबारेराम्ररी बुझेर विश्वसनीय ठाउँमा कम्पनीबाट मात्र खरिद गर्नुपर्छ। 

२.अनलाइन कारोबार गर्दा विवरणहरू, पासवर्ड र रकम आफौ टाइप गर्नुपर्छ ।  

३.आफ्नै कम्प्युटर वा स्मार्टफोनबाट मात्र कारोबार गर्नुपर्छ ।

४. आफ्नो पासवर्ड अति गोप्य र सुरक्षित राख्नुपर्छ। 

५. अनलाइन भुक्तानीका लागि छुट्टै इमेल खाता प्रयोग गर्दा बढी सुरक्षित हुन्छ । 

६. सुरक्षित Wi-Fi, Internet Service र  विश्वसनीय एप्लिकेसनहरु को प्रयोग गर्नुपर्छ।


3.डिजिटल एप्लिकेसन (Digital Application)भनेको के हो? यसको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन्?  लेख्नुहोस्

 डिजिटल एप्लिकेसन (Digital Application):

 विश्वमा कम्प्युटर र इन्टरनेटको विकाससागै घर, कार्यालय, अस्पताल, यातायात आदिमा पनि डिजिटल एप्लिकेसनको प्रयोग बढिरहेको छ । Digitalअप्लिकेसन को प्रयोग गरी हामी विभिन्न किसिमका सेवाहरु जस्तै online सामान तथा सेवा खरिद बिक्री गर्न,   टेलिफोन खानेपानी बिजुली आदिको बिल तिर्न,  मोबाइलमा रिचार्ज गर्न बैंक खातामा ब्यालेन्स चेक गर्न पैसा पठाउन  र पाउन आदि लिन  सक्छौं।   कम्प्युटर, स्मार्ट टेलिभिजन, वाइफाई राउटर, माइक्रोओभन, लुगा धुने मेसिन, डिजिटल कुकर आदि कम्प्युटर प्रोग्राममा आधारित एप्लिकेसनहरू घरायसी प्रयोगमा आइरहेका छन् । त्यस्तै डिजिटल ताल्चाहरू (Locks), अनुहार तथा आवाज चिन्न सक्ने एप्लिकेसनहरू, डिजिटल हाजिरी, कार्डबाट ताल्चा खोल्ने, कार्डबाटै भाडा तथा बिल तिर्ने जस्ता कार्यहरू कार्यालय, अस्पताल, यातायात, बैङ्क आदिमा प्रयोग भइरहेका छन्। यस्ता एप्लिकेसनहरू प्रयोग  गर्दा केही कुराहरूमा ध्यान दिन आवश्यक छ  ती यस प्रकार छन् ।

डिजिटल एप्लिकेसनको प्रयोग गरी सेवा लिँदा ध्यान दिनुपर्ने कुराहरू 

१. घरमा कुनै नयाा डिजिटल उपकरण ल्याएपछि त्यसको प्रयोग निर्देशिका (User Mannual) राम्ररी पढेर मात्र प्रयोग गर्नुपर्छ।

२. घरका  अन्यसदस्यहरूलाई नयाा उपकरण को प्रयोगबारे आवश्यक जानकारी दिने। 

३. तात्ने वा पोल्ने उपकरणहरू साना बालबालिकाहरूको पहुँचबाट टाढा राख्ने। 

४. साना बालबालिकाहरूलाई लत लाग्ने गरी  डिजिटल उपकरणहरू चलाउन नदिने।  

५. कार्यालय, यातायात, बैङ्क, अस्पताल आदिमा रहेको डिजिटल उपकरण आफूले चलाउनैपर्ने भए त्यहा दिइएका आवश्यक निर्देशन पढेर वा त्यहाका कर्मचारीहरूलाई सोधेर मात्र चलाउने ।



4. ‘डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ’, यस भनाइलाई पुष्टि गर्नुहोस् ।

डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ । यसको प्प्रयोगले गर्दा telephone, बिजुली, खानेपानी आदिको बिल तिर्दा  धेरै  समय खर्च गर्न पर्दैन र लाइनमा बस्नु पर्दैन।  यसको साथसाथै, डिजिटल एप्लिकेसनको प्रयोगबाट गरिने काम छिटो, छरितो र विश्वसनीय हुन्छ।विभिन्न महामारीको समयमा पनि सामाजिक दूरी कायम  राख्न सकिन्छ।

 कुनै पनि विशेष कार्य गर्ने उद्देश्यले तयार पारिएको विद्युतीय सफ्टवेयर हरु लाई नै डिजिटल  एप्लिकेसन भनिन्छ।

 जस्तै- Email विद्युतीय पत्र पठाउन को लागि प्रयोग गरिन्छ।विज्ञानको यस अविश्वसनीय अविस्कार ले कुनै पनि वस्तु, सामग्री, भिडियो, तस्बिर, समाचार  एक ठाउँबाट अर्को ठाउँमा हावाको तरंगबाट  प्रसारित हुन्छन्। यसको गति यति धेरै तीव्र हुन्छ कि यसले मानिसको भौतिक जीवनमा अति नै महत्त्वपूर्ण रोल खेलेको हुन्छ।  उदाहरणको लागि, हुलाकबाट पत्र पठाउँदा 5-10 दिन सम्म लाग्न सक्छ, त्यस्तैगरी बैंकबाट पैसा  निकाल्दा, बिजुलीको बिल तिर्दा,  खानेपानीको बिल तिर्दा, घन्टौ सम्म लाइनमा लग्नु पर्ने बाध्यता  हुन्छ  तर अहिलेको युगमा डिजिटल  एप्लिकेसन यी सबै   कामहरूको एउटा विश्वसनीय र लोकप्रिय माध्यम बनेको छ। यसरी समय र श्रमको बचत गरि थोरै समयमा धेरै  काम गर्ने क्षमताको विकास डिजिटल  एप्लिकेसनले गरेको छ।

संक्षिप्तमा भन्नु पर्दा,डिजिटल  एप्लिकेसन उनले मानिसको  धेरैजसो भौतिक कार्य विद्युतीय माध्यमबाट गर्ने भएकोले यसले  श्रम र सिपको बचत गरेको  कुरा पुष्टि हुन्छ। तसर्थ मानिसहरूलाई आत्मनिर्भर बनाउन, डिजिटल  एप्लिकेसन को प्रयोग गर्न,  तिनीहरूलाई डिजिटल साक्षरता दिन आवश्यक छ।


(All Images Credit: Google Images)


Any Queries...?

Comments

Popular posts from this blog

Grade: 11 (Compulsory English) Model/Sample Questions Sets - based on NEB Exam Paper Model

सामाजिक अध्ययन कक्षा - १० (एकाई- १ देखी एकाई- ३ सम्म) नयाँ पाठ्यक्रम : २०८०

Grade : 12 (NEB) C. English : Question No. 8 (All in One)