सामाजिक अध्ययन कक्षा-१० एकाइ १० : जनसङ्ख्या र यसको व्यवस्थापन (Population and Its Management) अति छोटो उत्तर आउने प्रश्नहरू
एकाइ १०: जनसङ्ख्या र यसको व्यवस्थापन ( Population and Its Management) अति छोटो उत्तर आउने प्रश्नहरू १. २०७८ को जनगणना अनुसार नेपालमा शहरमा बस्ने जनसङ्ख्याको प्रतिशत वृद्धि हुनाको एउटा कारण लेख्नुहोस् । Ø शहरमा रोजगारी , शिक्षा , स्वास्थ्य , सेवा र अन्य सुविधा बढी हुनु । २. २०७८ को जनगणना अनुसार सबैभन्दा बढी र कम जनसङ्ख्या भएका जिल्लाहरूको नाम लेख्नुहोस् । Ø बढी जनसंख्या भएका जिल्ला : काठ्माडौं- २० , १७ , ५३२ Ø कम जनसंख्या भएका जिल्ला : मनाङ्ग- ५,६४५ ३. विश्वको जनसङ्ख्या वृद्धिदर घट्नुको एउटा कारण दिनुहोस् । Ø विश्वको जनसङ्ख्या वृद्धिदर घट्नुको एउटा मुख्य कारण महिला शिक्षा र रोजगारीमा पहुँचको वृद्धि हो। ४. जनसङ्ख्या वृद्धि भन्नाले के बुझिन्छ ? Ø जनसङ्ख्या वृद्धि भन्नाले कुनै निश्चित समयमा कुनै निश्चित ठाउँको जनसङ्ख्यामा हुने वृद्धि वा बढोत्तरीलाई बुझिन्छ। ५. नेपालमा कृषि पेशामा संलग्न...