अतिसङ्क्षिप्त (धेरै छोटो) प्रश्नहरु : कक्षा- १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
कक्षा- १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइ - ११ शिक्षा र सामाजिक विकास अति छोटो प्रश्नहरु: अतिसङ्क्षिप्त (धेरै छोटो) उत्तर आउने प्रश्न: ( प्रत्येक प्रश्न १ अङ्क) १. शिक्षा र रोजगारीका सम्बन्धमा भएको संवैधानिक व्यवस्थालाई एक वाक्यमा उल्लेख गर्नुहोस्। - नेपालको संविधानले शिक्षा र रोजगारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ। २. शिक्षा र रोजगारीको अन्तरसम्बन्ध देखाउने कुनै एक उदाहरण पेश गर्नुहोस्। - व्यक्तिसँग जस्तो शिक्षा र सिप छ त्यसै अनुसारको रोजगार प्राप्त गर्छ , जस्तै- मेडिकल साइन्स पढेको मानिसले अस्पतालामा रोजगारी पाउँछ । ३. शिक्षालाई रोजगारमूलक बनाउन कस्तो कार्यमा जोड दिनुपर्छ ? कुनै एक सुझाव प्रस्तुत गर्नुहोस्। - शिक्षालाई रोजगार मुलक बनाउन प्राविधिक शिक्षा जस्तैः मेडिकल साइन्स , इन्जिनियरिङ , सिए , कृषि विज्ञान , आई . टी . आदिमा जोड दिनुपर्छ। ४. शि...