कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइ- १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा / एकाइ- २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू
कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा Social Studies and Life Skill Education एकाइ १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा (Concept of Social Studies and Life Skill Education) पाठ: १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध Interrelation between Social Studies and Life Skill Education तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस : १. सामाजिक अध्ययन भनेको के हो ? सामाजिक अध्ययन भनेको मानव प्रकृति , मानविय गतिविधी तथा मानव संशाधनको समग्र अध्ययन हो । २. जीवनोपायोगी शिक्षा के लाई भनिन्छ ? Or, जीवनोपायोगी शिक्षाको अर्थ लेख्नुहोस्। मानव जीवनलाई सरल , सहज र सफल बनाउनका लागी आवश्यक पर्ने सिपहरुलाई जीवनोपायोगी सिप भनिन्छ । जस्तै- अध्ययन सिप , समूहकार्य सिप आदि। ३. सामाजिक शिक्षाको एउटा उद्देश्य लेख्नुहोस्। सामाजिक शिक्षाको एउटा उद्देश्य - मानिसलाई जीव...